२६४  परमेश्‍वर नै ६,००० वर्षे व्यवस्थापन योजनाका सार्वभौम हुनुहुन्छ

परमेश्‍वर सुरु र अन्त्य हुनुहुन्छ; उहाँको कामलाई गति दिने उहाँ स्वयम् नै हुनुहुन्छ, त्यसैले पहिलेको युगको अन्त्य गर्ने पनि स्वयम् उहाँ नै हुनुपर्दछ। त्यो उहाँले शैतानलाई हराउनुभएको र संसारमाथिको उहाँको विजयको प्रमाण हो। प्रत्येकचोटि उहाँ स्वयम्ले मानिसमाझ काम गर्नुहुँदा, त्यो एक नयाँ लडाइँको सुरुवात हो। नयाँ कामको सुरुवातविना, पुरानोको अन्त्य हुनेथिएन। र जब पुरानोको अन्त्य भएको हुँदैन, तब त्यो शैतानसँगको लडाइँ अझै समाप्त हुन बाँकी छ भन्‍ने कुराको प्रमाण हो। यदि परमेश्‍वर स्वयम् आउनुहुन्छ, र मानिस बीचमा नयाँ काम गर्नुहुन्छ भने मात्र, मानिस शैतानको शक्तिबाट पूर्णतः उम्कन सक्छ र उसले नयाँ जीवन र नयाँ सुरुवात प्राप्त गर्न सक्छ। अन्यथा, मानिस सदासर्वदा पुरानो युगमा जिउनेछ र सधैँका लागि शैतानको पुरानो प्रभावमा जिउनेछ।

परमेश्‍वरको काम परमेश्‍वर आफैले गर्नुहुन्छ। उहाँको कामलाई गति दिने उहाँ नै हुनुहुन्छ, र उहाँको काम समाप्त गर्ने उहाँ नै हुनुहुन्छ। कामको योजना बनाउने, र त्यसलाई व्यवस्थापन गर्ने उहाँ नै हुनुहुन्छ, र अझ बढी, कामलाई फलदायी बनाउने उहाँ नै हुनुहुन्छ। बाइबलमा भनिएझैँ, “आदि र अन्त्य म नै हुँ; बीउ छर्ने र कटनी गर्ने म नै हुँ।”

परमेश्‍वरको व्यवस्थापनसँग सम्बन्धित यो सबै काम उहाँ आफैले गर्नुहुन्छ। उहाँ छ हजार वर्षे व्यवस्थापन योजनाका सार्वभौम हुनुहुन्छ; उहाँको सट्टा कसैले पनि उहाँको काम गर्न सक्दैन र कसैले पनि उहाँको कामलाई समाप्तिमा ल्याउन सक्दैन, किनकि सबै थोक आफ्नो हातमा राख्नुहुने उहाँ नै हुनुहुन्छ। संसार सृष्टि गर्नुभएकाले, उहाँ सारा संसारलाई उहाँको ज्योतिमा जिउनका निम्ति डोऱ्याउनुहुनेछ, र उहाँले निश्चय नै सम्‍पूर्ण युगलाई पनि समाप्त गर्नुहुनेछ, यसरी आफ्नो सम्पूर्ण योजनालाई फलदायी बनाउनुहुनेछ!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (१)

अघिल्लो: २६३  मानिसले शैतानको प्रभाव हटाएपछि तिनलाई मुक्ति दिइन्छ

अर्को: २६५  परमेश्‍वर आदि र अन्त्य हुनुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्