२२६ मानिसहरूले परमेश्वरको डर मान्ने हृदयको साथ उहाँमा विश्वास गर्नुपर्छ
पद १
यदि मानिससँग आदर गर्ने र
आज्ञाकारी हृदय छैन भने,
परमेश्वरको विरोध गर्नेछन्।
उहाँको लागि काम गर्न सक्ने छैनन्, सक्ने छैनन्।
कोरस
उहाँमा साँच्चै विश्वास गर्छौ भने,
उहाँलाई सधैँ आफ्नो हृदयमा बोक,
उहाँलाई आदर र प्रेम गर्ने हृदय।
उहाँको डर मान्ने हृदयले उहाँमा विश्वास गर।
पद २
विश्वास गर्नेहरू सावधान हुनुपर्छ।
उहाँको इच्छालाई सन्तुष्ट गर्नुपर्छ।
हठी भई, जे मन लाग्यो त्यो गर्नु हुँदैन।
सन्तको आचरणलाई त्यो सुहाउँदो हुँदैन, सुहाउँदो हुँदैन।
कोरस
उहाँमा साँच्चै विश्वास गर्छौ भने,
उहाँलाई सधैँ आफ्नो हृदयमा बोक,
उहाँलाई आदर र प्रेम गर्ने हृदय।
उहाँको डर मान्ने हृदयले उहाँमा विश्वास गर।
ब्रिज
उहाँमा विश्वास गर्नु तर
उहाँलाई पालन वा आदर नगर्नु,
बरु विरोध गर्नु,
विश्वासीको लागि सबभन्दा ठूलो बेइज्जती हो।
उहाँको झण्डा फहराउँदै,
सेखी गर्दै, ठग्दै, जथाभावी दौडनैहुन्न।
यो सबभन्दा विद्रोही प्रकारको आचरण हो।
पद ३
परिवार आफ्नै नियम र राष्ट्र
आफ्नै कानुन अनुसार जिउँछन्,
उहाँको घरमा झन् बढी कानुन छन्।
आदेशहरूका मापदण्ड झन् कडा छन्।
पद ४
मानिस चाहे अनुसार गर्न स्वतन्त्र भए पनि,
उहाँका आदेश इच्छा अनुसार बदल्न मिल्दैन।
उहाँ चिढ्याइ सहनुहुन्न, मृत्यु दिनुहुन्छ।
के मानिसलाई यो सब साँच्चै थाहा छैन, थाहा छैन?
कोरस
उहाँमा साँच्चै विश्वास गर्छौ भने,
उहाँलाई सधैँ आफ्नो हृदयमा बोक,
उहाँलाई आदर र प्रेम गर्ने हृदय।
उहाँको डर मान्ने हृदयले उहाँमा विश्वास गर।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी” बाट परिमार्जित