२१६  परमेश्‍वरलाई प्रेम गर्नेहरू आशिषित हुन्

परमेश्‍वरलाई प्रेम गर्नेहरू मात्र परमेश्‍वरको गवाही दिन समर्थ हुन्छन्‌, तिनीहरू मात्र परमेश्‍वरका गवाहीहरू हुन्‌, तिनीहरू मात्र परमेश्‍वरद्वारा आशिषित हुन्छन्‌, र तिनीहरूले मात्र परमेश्‍वरका प्रतिज्ञाहरू पाउन समर्थ हुन्छन्‌। परमेश्‍वरलाई प्रेम गर्नेहरू परमेश्‍वरका हितैषीहरू हुन्‌; ती परमेश्‍वरद्वारा प्रेम गरिएका व्यक्तिहरू हुन्‌, र तिनीहरूले परमेश्‍वरसँग सँगै आशिषहरूको आनन्द उपभोग गर्न सक्छन्‌। यस्ता मानिसहरू मात्र अनन्तसम्म जिउनेछन्‌, र तिनीहरू मात्र सदाको लागि परमेश्‍वरको स्याहार र सुरक्षा अन्तर्गत जिउनेछन्‌।

परमेश्‍वर मानिसहरूले प्रेम गर्नुपर्ने परमेश्‍वर हुनुहुन्छ र उहाँ सबै मानिसको प्रेमको योग्य हुनुहुन्छ, तर सबै मानिस परमेश्‍वरलाई प्रेम गर्न सक्दैनन्, र परमेश्‍वरको गवाही दिन सक्दैनन्‌ र परमेश्‍वरसँगै शासन गर्न सक्दैनन्। परमेश्‍वरलाई साँच्चै प्रेम गर्ने मानिसहरूले परमेश्‍वरको गवाही दिन सक्ने र तिनीहरूले परमेश्‍वरको काममा आफ्ना सबै प्रयासहरू लगाउन सक्ने भएकाले तिनीहरू स्वर्गमुनि जुनसुकै ठाउँमा कसैले तिनीहरूको विरोध गर्ने आँट नगर्ने गरी हिँड्न सक्छन्‌, र तिनीहरूले पृथ्वीमा शासन गर्न सक्छन्‌ र परमेश्‍वरका सारा मानिसमाथि शासन गर्न सक्छन्‌।

यी मानिसहरू संसारभरिबाट आएका छन्‌। तिनीहरू विभिन्न भाषा बोल्ने र फरक-फरक वर्णका सारा संसारभरिबाट आएका मानिस हुन्, तर तिनीहरूको अस्तित्वको महत्त्व एउटै छ; तिनीहरू सबैसँग परमेश्‍वरलाई प्रेम गर्ने हृदय छ, तिनीहरू सबै एउटै गवाही दिन्छन्, तिनीहरूसँग एउटै सङ्कल्प, र एउटै चाहना छ। परमेश्‍वरलाई प्रेम गर्नेहरू संसारभरि स्वतन्त्र हिँडडुल गर्न सक्छन्‌, र परमेश्‍वरको गवाही दिनेहरू ब्रह्माण्डभरि नै यात्रा गर्न सक्छन्‌। यी मानिसहरू परमेश्‍वरद्वारा प्रेम गरिएका हुन्छन्‌, तिनीहरू परमेश्‍वरद्वारा आशिषित हुन्छन्‌, र तिनीहरू सदाको लागि उहाँको ज्योतिभित्र जिउनेछन्‌।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नेहरू सदाको लागि उहाँको ज्योतिभित्र जिउनेछन्‌

अघिल्लो: २१५  शोधनको पीडाद्वारा मात्रै मानिसको प्रेम शुद्ध हुन्छ

अर्को: २१८  परमेश्‍वरलाई चिन्नेहरूले मात्र उहाँको साक्षी दिन सक्छन्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्