२१४  मानिसलाई सिद्ध पार्न परमेश्‍वरका लागि सर्वोत्तम माध्यम शोधन हो

परमेश्‍वरले मानिसलाई जति धेरै शोधन गर्नुहुन्छ, मानिसहरूका हृदयले त्यति नै धेरै परमेश्‍वरलाई प्रेम गर्न सक्छन्। तिनीहरूका हृदयको यातनाले तिनीहरूका जीवनमा फाइदा पुर्‍याउँछ, तिनीहरू परमेश्‍वरसामु शान्त हुन अझ बढी सक्षम हुन्छन्, परमेश्‍वरसँगको तिनीहरूको सम्बन्ध अझ बढी घनिष्ठ हुन्छ, र तिनीहरू परमेश्‍वरको अत्यन्तै ठुलो प्रेम र उहाँको अत्यन्तै ठुलो मुक्ति देख्न झनै सक्षम हुन्छन्।

पत्रुसले सयौँ पटक शोधनको अनुभव गरे, र अय्यूबले केही परीक्षा भोगे। यदि तिमीहरू परमेश्‍वरद्वारा सिद्ध पारिन चाहन्छौ भने, तिमीहरूले पनि सयौँ पटक शोधन भोग्नुपर्छ—तिमीहरूले यो प्रक्रिया अनुभव गर्नैपर्छ र यस कदममा भर पर्नैपर्छ—तब मात्रै तिमीहरू परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न र परमेश्‍वरद्वारा सिद्ध पारिन सक्षम हुनेछौ। शोधन त्यो सर्वोत्तम माध्यम हो जसद्वारा परमेश्‍वरले मानिसलाई सिद्ध पार्नुहुन्छ; शोधन र तीता परीक्षाहरूले मात्र मानिसहरूको हृदयमा परमेश्‍वरका लागि साँचो प्रेम उत्पन्न गर्न सक्छन्। कष्टविना, मानिसहरूमा परमेश्‍वरका लागि साँचो प्रेमको अभाव हुन्छ; यदि तिनीहरूलाई भित्री रूपमा जाँचिएन भने, यदि तिनीहरूलाई साँचो शोधन भोगाइएन भने, तिनीहरूका हृदय सधैँ बाहिर-बाहिर भौँतारिरहनेछन्।

एक निश्चित बिन्दुसम्म शोधन गरिएपछि, तैँले आफ्नै कमजोरी र कठिनाइहरू देख्नेछस्, तँमा कति कमी रहेछन् र तँ आफूले सामना गर्ने धेरै समस्याहरूमाथि विजय हासिल गर्न नसक्ने रहेछस् भनी देख्नेछस्, र तैँले कति धेरै विद्रोह गरेको रहेछस् भनी देख्नेछस्। परीक्षाहरूको अवधिमा मात्रै मानिसहरूले आफ्ना वास्तविक स्थिति जान्न सक्छन्; परीक्षाहरू मानिसलाई सिद्ध पार्न अझ बढी सक्षम हुन्छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। शोधन अनुभव गरेपछि मात्र मानिसमा साँचो प्रेम हुन सक्छ

अघिल्लो: २१३  शोधन दौरान परमेश्‍वरलाई कसरी प्रेम गर्ने

अर्को: २१५  शोधनको पीडाद्वारा मात्रै मानिसको प्रेम शुद्ध हुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्