२११  यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस् भने तेरो हृदय उहाँको सामु सुम्पिई

तैँले परमेश्‍वरमा विश्‍वास गर्ने भएकाले, तैँले आफ्नो हृदय परमेश्‍वरलाई सुम्‍पनैपर्छ। यदि तँ परमेश्‍वरसामु आफ्‍नो हृदय चढाउँछस् र सुम्पन्छस् भने, शोधन दौरान उहाँलाई अस्वीकार गर्न, वा छोड्न तँलाई असम्भव हुनेछ। यस प्रकारले परमेश्‍वरसँगको तेरो सम्बन्ध झन्झन् नजिक र झन्झन् सामान्य हुँदै जानेछ, र उहाँसँगको तेरो सङ्गति झन्झन् निरन्तर हुनेछ। यदि तँ सधैँ यस तरिकाले अभ्यास गर्छस् भने, तैँले परमेश्‍वरको ज्योतिमा अझ बढी समय बिताउनेछस् र उहाँका वचनको मार्गदर्शनमुनि अझ बढी समय बिताउनेछस्। तेरो स्वभावमा झन्-झन् बढी परिवर्तनहरू पनि हुनेछन्, र तेरो ज्ञान दिन प्रतिदिन बढ्नेछ।

जब परमेश्‍वरका परीक्षा अचानक तँमाथि आइपर्ने दिन आउँछ, तब तँ परमेश्‍वरको पक्षमा खडा हुन सक्षम मात्र हुनेछैनस्, तर उहाँको गवाही दिन पनि सक्षम हुनेछस्। त्यसबेला, तँ अय्यूब, र पत्रुसजस्तै हुनेछस्। परमेश्‍वरको गवाही दिएपछि तँ उहाँलाई साँच्चै प्रेम गर्ने, र खुसीसाथ आफ्‍नो जीवन उहाँका लागि बलिदान गर्ने व्यक्ति बन्नेछस्; तँ परमेश्‍वरको साक्षी, र उहाँले प्रेम गर्नुहुने व्यक्ति बन्नेछस्। शोधन अनुभव गरेको प्रेम नाजुक नभई बलियो हुन्छ। परमेश्‍वरले तँलाई जहिले वा जसरी उहाँका परीक्षाहरूमा पार्नुभए पनि, तँ जिउने वा मर्ने चिन्ता पन्छाउन सक्षम हुन्छस्, सबै कुरा परमेश्‍वरका लागि खुसीसाथ त्याग्न सक्छस्, र उहाँका लागि खुसीसाथ कुनै पनि कुरा सहन सक्छस्—यसप्रकार तेरो प्रेम शुद्ध हुनेछ र तेरो आस्थामा वास्तविकता हुनेछ। तब मात्र तँ परमेश्‍वरद्वारा साँच्चै प्रेम गरिएको र उहाँद्वारा साँच्चै सिद्ध पारिएको व्यक्ति बन्‍नेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। शोधन अनुभव गरेपछि मात्र मानिसमा साँचो प्रेम हुन सक्छ

अघिल्लो: २१०  पत्रुसले परमेश्‍वरलाई व्यावहारिक रूपमा चिन्ने कुरामा ध्यान केन्द्रित गरे

अर्को: २१२  परमेश्‍वरद्वारा मानिसको शोधन सबैभन्दा अर्थपूर्ण हुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्