१९९ तैँले सबै कुरामा परमेश्वरको गवाही दिनैपर्छ
१
परमेश्वरले मानिसहरूमा गर्ने कामको प्रत्येक कदममा, बाहिरी रूपमा यो मानिसबीचको अन्तरक्रियाजस्तो देखिन्छ, मानौँ यो मानव प्रबन्ध वा मानव बाधाबाट उत्पन्न भएको हो। तर पर्दापछाडि, कामको प्रत्येक कदम, र घट्ने सबै कुरा शैतानले परमेश्वरसँग थापेको बाजी हो, र यसका लागि मानिसहरू परमेश्वरको गवाहीमा दृढ रहनु आवश्यक हुन्छ। उदाहरणका लागि, अय्यूबको परीक्षा लिइएको घटना लिऊँ: पर्दापछाडि, शैतानले परमेश्वरसँग बाजी थापिरहेको थियो, र अय्यूबलाई जे भयो, त्यो मानिसहरूका कार्यहरू र मानिसहरूको बाधा थियो। तिमीहरूमा परमेश्वरले गर्नुहुने कामको प्रत्येक कदमपछाडि शैतानले परमेश्वरसँग थापेको बाजी हुन्छ—त्यो सबको पछाडि एउटा लडाइँ हुन्छ।
२
जब आत्मिक क्षेत्रमा परमेश्वर र शैतानबीच लडाइँ हुन्छ, तैँले परमेश्वरलाई कसरी सन्तुष्ट पार्नुपर्छ, र उहाँको गवाहीमा तँ कसरी दृढ रहनुपर्छ? तँलाई हुने सबै कुराहरू ठूलो परीक्षा हो र परमेश्वरलाई तेरो गवाही चाहिने समय हो भन्ने तँलाई थाहा हुनुपर्छ। ती बाहिरबाट नगण्य देखिए पनि, जब यी कुराहरू हुन्छन्, तिनले तँ परमेश्वरलाई प्रेम गर्छस् कि गर्दैनस् भन्ने कुरा देखाउँछन्। यदि तँ उहाँलाई प्रेम गर्छस् भने, तँ उहाँको गवाहीमा दृढ रहन सक्नेछस्, र यदि तैँले उहाँप्रतिको प्रेमलाई अभ्यास गरेको छैनस् भने, यसले तँ सत्यता अभ्यास गर्ने व्यक्ति होइनस्, तँ सत्यताविहीन छस्, र जीवनविहीन छस्, तँ भुस होस् भन्ने देखाउँछ!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्वरलाई विश्वास गर्नु हो