196 दुई देहधारणले परमेश्वरको देहको कामलाई पूरा गर्नुहुन्छ
१
आफ्नो पहिलो देहधारणमा परमेश्वरले देहधारणको कामलाई पूरा गर्नुभएन; उहाँले कामको पहिलो चरणलाई मात्रै पूरा गर्नुभयो जसलाई परमेश्वरले देहमा गर्नु अत्यावश्यक थियो। त्यसैले, देहधारणको कामलाई पूरा गर्नको लागि, परमेश्वर एकपटक फेरि देहमा फर्कनुभएको छ, उहाँ देहका सारा सामान्यता र व्यावहारिकता जिउनुहुन्छ, अर्थात्, परमेश्वरका वचनलाई पूर्ण रूपमा सामान्य र साधारण देहमा प्रकट हुने तुल्याउनुहुन्छ, यसरी उहाँले देहमा अधुरो छोड्नुभएको कामलाई समापन गर्नुहुन्छ। सारमा, दोस्रो देहधारी शरीर पहिलोजस्तै छ, तर यो पहिलोभन्दा अझै व्यावहारिक, अझै सामान्य छ।
२
क्रूसमा टाँगिनुभएका येशूकै देह हुनुहुन्थ्यो, पापबलिको रूपमा दिइएको उहाँकै देह थियो; सामान्य मानवतासहितको देहको माध्यमद्वारा नै उहाँले शैतानलाई जित्नुभयो र मानिसलाई क्रूसबाट पूर्ण रूपमा मुक्त गर्नुभयो। अनि दोस्रो देहधारणमा हुनुहुने परमेश्वरले पूर्णतया देहमै विजयको काम गर्नुहुन्छ र शैतानलाई पराजित गर्नुहुन्छ। पुर्ण रूपमा सामान्य र व्यावहारिक देहले मात्रै विजयको कामलाई पूर्ण रूपमा गर्न सक्छ र शक्तिशाली गवाही दिन सक्छ।
३
यस देहधारी परमेश्वरको सेवकाइ बोल्नु र त्यसद्वारा मानिसलाई विजय गर्नु र सिद्ध पार्नु हो; आत्माको काम जुन देहमा साकार गरिन्छ, देहको कार्य भनेको बोल्नु र त्यसद्वारा मानिसलाई पूर्ण रूपमा विजय गर्नु, प्रकाश गर्नु, सिद्ध पार्नु र हटाउनु हो। त्यसैले, विजयको काममा नै परमेश्वरले देहमा गर्नुहुने काम पूर्ण रूपमा पूरा हुनेछ। छुटकाराको प्रारम्भिक काम देहधारणको कामको सुरुवात मात्रै थियो; विजयको काम गर्ने देहले देहधारणको सम्पूर्ण कामलाई पूरा गर्नेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरद्वारा बास गरिएको देहको सार