१८३ शोधनमार्फत मात्र आस्था आउँछ
१
तँसँग आस्था हुँदा मात्र तैँले परमेश्वरलाई देख्न सक्नेछस्, जब तँसँग आस्था हुन्छ, परमेश्वरले तँलाई सिद्ध पार्नुहुनेछ, र यदि तँसँग आस्था छैन भने, उहाँ यो गर्न सक्नुहुन्न। जब, तेरा वास्तविक अनुभवमा, तँसँग उहाँका कार्यहरू देख्ने आस्था हुन्छ, तब परमेश्वर तँकहाँ देखा पर्नुहुनेछ, तँलाई भित्रबाट अन्तर्दृष्टि र मार्गदर्शन दिनुहुनेछ, त्यो आस्थाबिना, परमेश्वरले त्यसो गर्न सक्नुहुनेछैन। यदि तैँले परमेश्वरमा आशा गुमाएको छस् भने, तैँले कसरी उहाँको काम अनुभव गर्न सक्नेछस् र? त्यसकारण, तँमा आस्था छ र तैँले परमेश्वरप्रति शङ्का पाल्दैनस् भने मात्र, उहाँले जेसुकै गर्नुभए पनि उहाँप्रति तँमा साँचो आस्था हुँदा मात्र, उहाँले तँलाई तेरा अनुभवहरूका दौरान अन्तर्दृष्टि र ज्योति दिनुहुनेछ, र तब मात्र तैँले उहाँका कार्यहरू देख्न सक्नेछस्। यी सबै कुराहरू आस्थामार्फत नै प्राप्त हुन्छ। शोधनमार्फत मात्र आस्था आउँछ, अनि शोधनबिना, आस्था उत्पन्न हुन सक्दैन।
२
आस्थाले के जनाउँछ? आस्था भनेको मानिसहरूले कुनै कुरा देख्न वा छुन नसक्दा, परमेश्वरको काम मानव धारणाहरूसँग मेल नखाँदा, त्यो मानवको पहुँचभन्दा बाहिर हुँदा मानिससँग हुनुपर्ने साँचो विश्वास र निष्कपट हृदय हो। मैले यही आस्थाका बारेमा कुरा गरेको हुँ। कष्ट र शोधनका दौरान मानिसहरूलाई आस्थाको खाँचो पर्छ, र जब तिनीहरूसँग आस्था हुन्छ, तब तिनीहरूले शोधन सामना गर्छन्—शोधन र आस्थालाई अलग गर्न सकिँदैन। यदि, परमेश्वरले जसरीसुकै काम गर्नुभए पनि, र तेरो वातावरण जस्तोसुकै भए पनि, तँ जीवन पछ्याउन अनि सत्यता खोजी गर्न, परमेश्वरको कामको ज्ञान पछ्याउन, उहाँका कार्यहरू जान्ने खोजी गर्न सक्छस्, अनि तँ सत्यताअनुसार कार्य गर्न सक्छस् भने, यो नै साँचो आस्था हुनु हो, अनि यसले तैँले परमेश्वरमाथिको आस्था गुमाएको छैनस् भन्ने पुष्टि गर्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सिद्ध बनाइनुपर्नेहरू शोधन भएर जानैपर्छ