१२७ परमेश्वरको महिमा पूर्वबाट चम्कन्छ
१
म नयाँ स्वर्ग र पृथ्वीमा पस्दा मात्र, मेरो महिमाको अर्को भागलाई सुरुमा कनानको भूमिमा प्रकट गर्छु, सारा निस्पट्ट अँध्यारो पृथ्वीभर ज्योतिको झिलमिल चम्किने तुल्याउँछु, ताकि सारा पृथ्वी ज्योतिमा आउन सकोस्, ताकि सारा पृथ्वीभरिका मानिसहरूले ज्योतिको शक्तिबाट लाभ लिन सकून्, जसले गर्दा मेरो महिमा अझ बढोस् र हरेक राष्ट्रमा नयाँ देखियोस्, र म मानव संसारमा आएको लामो समय भइसक्यो र मैले मेरो महिमालाई इस्राएलबाट पूर्वतिर लामो समय अघि नै ल्याएको छु भन्ने कुरा सारा मानवजातिले महसुस गर्न सकून्, किनभने मेरो महिमा पूर्वबाट चम्किन्छ, र यसलाई अनुग्रहको युगदेखि यस दिनसम्म ल्याइएको छ। तर म इस्राएलबाट निस्किएको थिएँ र त्यहाँबाट म पूर्वमा आइपुगेँ।
२
जब पूर्वको ज्योति बिस्तारै सेतो हुँदै जान्छ तब मात्र पृथ्वीभरको अँध्यारो ज्योतिमा परिणत हुन थाल्छ, तब मात्र म लामो समयअघि नै इस्राएलबाट गएको थिएँ र म पूर्वमा नयाँ भएर उदाइरहेको छु भन्ने कुरा मानिसहरूले पत्ता लगाउनेछन्। एक पटक इस्राएलमा ओर्लेर पछि यसबाट गएपछि, म फेरि इस्राएलमा नै जन्मिनेछु भन्ने हुन सक्दैन, किनभने मेरो कामले सारा ब्रह्माण्डलाई नै अगुवाइ गर्छ र अझ के भने, बिजुली पूर्वदेखि आउँछ, पश्चिमसम्मै चम्किन्छ। यसैले, म पूर्वमा ओर्लेको छु, र मैले कनानलाई पूर्वमा मेरा चुनिएका मानिसहरूकहाँ ल्याएको छु। म सारा पृथ्वीभरिका मेरा चुनिएका मानिसहरूलाई कनानको भूमिमा ल्याउनेछु, त्यसैले सारा ब्रह्माण्डलाई नियन्त्रण गर्न, म कनानको भूमिमा वाणी जारी गर्ने कामलाई निरन्तरता दिन्छु। यस बेला, सारा पृथ्वीमा कुनै ज्योति छैन। कनानमा भएकाहरू बाहेक, सबै मानिसहरू भोक र ठन्डिको जोखिममा छन्। यस बेला, सारा पृथ्वीमा कुनै ज्योति छैन। कनानमा भएकाहरू बाहेक, सबै मानिसहरू भोक र ठन्डिको जोखिममा छन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सात मेघगर्जनको आवाज—राज्यको सुसमाचार सारा ब्रह्माण्डभरि फैलिनेछ भन्ने अगमवाणी