सत्यता सिद्धान्तहरू खोजी गरेर मात्र व्यक्तिले राम्रोसित आफ्नो कर्तव्य निभाउन सक्छ

व्यक्तिले परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमार्फत सत्यता हासिल गर्न सक्छ कि सक्दैन भन्‍ने कुरा उसले कर्तव्य निर्वाह गर्ने क्रममा काटछाँट र निराकरण स्विकार्न सक्छ कि सक्दैन, उसले सिद्धान्तअनुसार मामलाहरू सम्हाल्न सक्छ कि सक्दैन, र ऊ सधैँ परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुन सक्छ कि सक्दैन भन्नेमा भर पर्छ—यो नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुनुको अर्थ के हो? त्यसको अर्थ के हो भने, परमेश्‍वरको घरले तेरो लागि जुनसुकै काम गर्ने वा जहाँसुकै कर्तव्य निभाउने बन्दोबस्त गरे पनि, तैँले त्यो कुरा परमेश्‍वरबाटै आएको भनी ग्रहण गर्न सक्छस्। त्यो कुरा परमेश्‍वरबाट आएको भनी ग्रहण गर्नु नै साँचो आस्था हो, र यो अभ्यासको एउटा पक्ष हो। अनि, व्यक्तिले कसरी त्यो कुरा परमेश्‍वरबाट आएको भनी ग्रहण गर्छ? तैँले यसो भन्छस्: “यो मामला मानिसहरूले बन्दोबस्त गरेको भए पनि यो मेरै कर्तव्य हो। मैले निर्वाह गर्नुपर्ने भनी मण्डलीले जुनसुकै कर्तव्य बन्दोबस्त गरे पनि त्यो परमेश्‍वरको सहमतिमै आएको हुन्छ। मैले स्विकार्नु र समर्पित हुनुपर्छ। तर अब मैले आफ्नो कर्तव्यलाई कुन रूपमा लिनुपर्छ?” के तैँले तेरो कर्तव्यलाई कुन रूपमा लिनुपर्छ भन्नेबारे परमेश्‍वरका कुनै मापदण्डहरू छन्? मानिसहरूले व्यवहारमा लागू गरून् भनी परमेश्‍वरले आवश्यक गर्नुभएको सत्यता के हो? (यो सत्यता कर्तव्य निर्वाहमा तन, मन र बल समर्पित गर्नुपर्छ भन्‍ने हो।) यो सिद्धान्त पछ्याएर तैँले आफू अल्छी हुँदा र आफ्नो कर्तव्य निभाउन मन नलाग्दा, वा आफूसँग गुनासाहरू हुँदा, यसरी खोजी गर्नुपर्छः “यसमा समस्या कहाँनेर छ? मैले परमेश्‍वरको मापदण्डअनुसार अभ्यास गरिरहेको छैनँ! मैले मेरा विचारहरू त्याग्नैपर्छ, मेरा माग र चाहनाहरू त्याग्नैपर्छ। मैले आफूभित्रको गलत स्थिति सुल्टाउनैपर्छ।” तैँले यी कुराहरू त्याग्न सक्नैपर्छ। तर कहिलेकाहीँ त्यस्ता केही कुराहरू हुन्छन् जसले मानिसहरूलाई त्याग गर्नबाट रोक्छन्। ती कस्ता कुराहरू हुन्? उदाहरणको लागि, कतिपय मानिसहरू सधैँ अरू मानिसका कर्तव्यहरू बढी आकर्षक छन्, तिनले तिनीहरूलाई धेरै मानिसहरूसँग अन्तरक्रिया गराउँछन् भनी ईर्ष्या गर्छन्। तिनीहरू सधैँ आफ्नो कर्तव्य महत्त्वहीन छ, उक्त कर्तव्य निभाउँदा तिनीहरूले अति थोरै मानिसहरू भेट्छन् भन्ने सोच्छन्, र यसले तिनीहरूलाई असन्तुष्ट तुल्याउँछ। साथै, तिनीहरूको कर्तव्यमा जिम्मेवारीको सानो दायरा भएकोले र तिनीहरूले थोरै मानिसहरूको व्यवस्थापन गर्नुपर्ने भएकोले, तिनीहरू आफूसित हैसियत नभएको अनुभूति गर्छन्। यी कस्ता खालका सोच हुन्? यी विचारहरू कहाँबाट आउँछन्? (भ्रष्ट स्वभावहरूबाट।) यी सबै भ्रष्ट स्वभावहरूबाट आउँछन्। भ्रष्ट स्वभावहरूले पैदा गर्ने यी कुराहरू के हुन्? यी कुराहरू व्यक्तिगत परिकल्पना, योजना, चाहना र महत्त्वाकाङ्क्षाहरू हुन्। यी कुराहरू कसरी समाधान गर्नुपर्छ? सुरुमा, तैँले यी कुराहरू त्याग्‍नुपर्छ, र त्यसपछि विश्‍लेषणमार्फत यो महसुस गर्नुपर्छ कि तैँले परमेश्‍वरलाई सन्तुष्ट पार्नको लागि गम्भीरतापूर्वक तेरो कर्तव्य निभाउनुको साटो, बरु हैसियत खोजिरहेको छस्; तँसँग अझै महत्त्वाकाङ्क्षा र चाहनाहरू छन्, तँ हैसियतका लाभहरूको लोभ गर्छस्, तेरा अत्यन्तै धेरै मागहरू छन्, र तँ परमेश्‍वरप्रति समर्पित भएको छैनस्। त्यसैले तँ परमेश्‍वरको सामुन्ने आएर प्रार्थना गर्छस्: “परमेश्‍वर, मेरो स्थिति ठिक छैन। कृपया मलाई अनुशासनमा राख्नुहोस् र ताडना दिनुहोस्, कृपया ममाथि तपाईंको न्याय र सजाय पर्न दिनुहोस्, ताकि मैले आफूलाई चिन्‍न र पश्‍चात्ताप गर्न सकूँ।” यदि तँसँग पश्‍चात्तापी हृदय छ भने, जब तैँले परमेश्‍वरसामु आएर तँलाई गाली गर्न र अनुशासनमा राख्न भनी उहाँलाई भन्छस्, तब उहाँले तेरो कदअनुसार प्रतिक्रिया दिनुहुनेछ। अनि, उहाँले तँलाई अनुशासनमा राख्‍न सक्‍नुहुनेछ, वा सायद उहाँले अलिअलि गर्दै तँलाई मार्गदर्शन दिनुहुनेछ। यदि उहाँले तँलाई अनुशासनमा राख्नुहुन्छ भने, त्यो तँसित केही कद भएको कारणले गर्दा हो। तर उहाँले तँलाई अनुशासनमा नराख्‍न पनि सक्‍नुहुनेछ, र त्यो तँ कमजोर भएको कारणले गर्दा हो, र त्यो अवस्थामा उहाँले तँ आफ्नो कर्तव्य निभाउने क्रममा समर्पित हुन सक् भनेर तँलाई अलिअलि गर्दै साथ र मार्गदर्शन दिन सक्नुहुनेछ। परमेश्‍वरले यो काम गर्नको लागि के-कस्ता पूर्वसर्तहरू आवश्यक पर्छन्? तँसँग पश्‍चात्तापी हृदय छ भने, अर्थात् परमेश्‍वरप्रति समर्पित हुने र उहाँसित सहकार्य गर्ने, र सत्यताको तृष्णा र लालसा गर्ने हृदय छ भने मात्र परमेश्‍वरले तँलाई न्याय र सजाय, अनि शुद्धीकरण गर्नुहुनेछ। यदि तँसित यसप्रतिको दृढसङ्कल्प छैन र तैँले प्रार्थना गर्दैनस्, बरु तेरो आफ्नै देहलाई पछ्याउँछस् र तेरा परिकल्पना, महत्त्वाकाङ्क्षा र चाहनाहरू त्याग्दैनस् भने, के परमेश्‍वरले अझै पनि तेरो लागि यसो गर्नुहुनेछ र? परमेश्‍वरले तँमा काम गर्नुहुनेछैन। परमेश्‍वरले आफूलाई तँबाट लुकाउनुहुनेछ, उहाँले तँदेखि उहाँको अनुहार लुकाउनुहुनेछ। भेलाहरूमा अरू सबैले प्रवचनहरूबाट आफ्नो उत्थान भएको अनुभूति गर्नेछन् तर तँलाई सधैँ निन्द्रा लाग्नेछ, र तँसित आफूमा ऊर्जा भर्ने कुनै मार्ग नभएको अनुभूति हुनेछ। जुनसुकै कुरा भए पनि, तैँले ती कुनैलाई पनि बोध गर्न सक्नेछैनस्, र यो स्थिति अटुट रूपमा रहिरहनेछ, एकदुई वर्ष वा तीनदेखि पाँचवर्षसम्म समेत रहनेछ। यसको मतलब परमेश्‍वरले तँलाई पहिल्यै अस्वीकार र घृणा गर्नुभएको छ, उहाँले तँबाट उहाँको अनुहार लुकाउनुभएको छ, र यो निकै खतरनाक कुरा हो। कतिपयले यसो भन्नेछन्: “यो कसरी खतरनाक हो? मैले आफ्नो कर्तव्य निभाइरहेको छु। मैले परमेश्‍वरलाई छोडेको छैन। म अझै पनि परमेश्‍वरका वचनहरू पढ्छु, भजनहरू सुन्छु, र मसँग अझै पनि आत्मिक जीवन छ। म अझै पनि परमेश्‍वरको घरको सदस्य हुँ।” यी कुराहरू त बाह्य चित्रणहरू मात्र हुन्, कुनै पनि कुराको निर्णायक वस्तु होइनन्। अर्कोतिर विचार गर्दा, के कुराको चाहिँ निर्णायक प्रभाव हुन्छ? परमेश्‍वरले तेरो हेरचाह र मार्गदर्शन् गरिरहनुभएको छ कि छैन; पवित्र आत्माले तँमाथि काम गरिरहनुभएको र तँलाई अनुशासनमा राखिरहनुभएको छ कि छैन भन्ने कुराको निर्णायक प्रभाव हुन्छ। कुरोको चुरो यही हो। त्यसोभए, परमेश्‍वरको मार्गदर्शन् र पवित्र आत्माको काम के कुरामा भर पर्छन्? (ती मानिसहरूको हृदयमा भर पर्छन्।) ठिक भनिस्। ती परमेश्‍वरप्रतिको मानिसहरूको मनोवृतिमा, तिनीहरूको हृदयमा, र तिनीहरूका तृष्णा, लालसा र खोजीहरूमा भर पर्छन्। ती मानिसहरूले रोज्ने मार्गमा भर पर्छन्। ती सबैभन्दा महत्त्वपूर्ण पक्षहरू हुन्, र परमेश्‍वरले मानिसहरूलाई गर्ने व्यवहारमा तिनलाई नै आधार बनाउनुहुन्छ।

अहिले तत्काल सम्बोधन गर्नुपर्ने सबैभन्दा जरूरी विषय भनेको आफ्नो कर्तव्यलाई कुन रूपमा लिने भन्ने हो, किनभने व्यक्तिमा रहेको विश्‍वास साँचो छ वा झूटो, उसले सत्यतालाई प्रेम गर्छ वा गर्दैन, उसले सही वा गलत मार्ग रोज्छ, र उसमा विवेक र समझ छ वा छैन भन्‍ने कुरा उसको कर्तव्यपालनले नै सर्वोत्तम रूपमा खुलासा गर्छ। यी सबै कुराहरू कर्तव्यपालनको दौरान पर्दाफास हुन सक्छन्। आफ्नो कर्तव्यलाई कुन रूपमा लिने भन्ने सवाल सम्बोधन गर्नको निम्ति, तैँले सर्वप्रथम कर्तव्य भनेको के हो, साथै त्यो कसरी राम्रो तरिकाले निर्वाह गर्ने र त्यो निर्वाह गर्ने क्रममा तैँले कुनै कठिनाइ भोगिस् भने के गर्ने—अर्थात् कुन सत्यताबमोजिम कुन सिद्धान्तहरू अनुसरण र अभ्यास गर्ने भनेर बुझ्‍नुपर्छ। तैँले आफूले परमेश्‍वरलाई गलत अर्थ्याउँदा र आफ्ना परिकल्पनाहरू त्याग्न नसक्दा के गर्ने भनेर बुझ्‍नुपर्छ। त्यसको साथै, तैँले आफ्ना कर्तव्यहरू निभाउने क्रममा, तेरो हृदयमा भएका गलत सोचहरूमाथि बारम्बार चिन्तन गर्नुपर्छ जुन शैतानका सोच र विचारहरू हुन्, जसले तेरो कर्तव्यपालनमा प्रभाव र बाधा पार्छन्; जसले कर्तव्य निभाउने क्रममा तँलाई परमेश्‍वरविरुद्ध अवज्ञा र प्रतिरोध गर्ने तुल्याउन सक्छन्; र जसले तँलाई परमेश्‍वरले तँलाई जिम्मा दिनुभएको कुरामा असफल तुल्याउँछन्—तैँले यो सब कुरा जान्‍नुपर्छ। के कुनै व्यक्तिको लागि कर्तव्य महत्त्वपूर्ण हुन्छ? यो अत्यन्तै महत्त्वपूर्ण हुन्छ। अब तिमीहरूलाई यो दर्शन प्रस्ट भएको हुनुपर्छः परमेश्‍वरमाथि विश्‍वास गर्नको लागि आफ्नो कर्तव्य पूरा गर्नु अत्यन्तै महत्त्वपूर्ण हुन्छ। अहिले परमेश्‍वरमा विश्‍वास गर्नुको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको कर्तव्य निर्वाह गर्नु नै हो। कर्तव्य राम्ररी निर्वाह नगरीकन, वास्तविकता हुनै सक्दैन। कर्तव्य निर्वाह गरेर मानिसहरू परमेश्‍वरको इच्छा बुझ्न सक्षम हुन्छन्, र तिनीहरूले बिस्तारै उहाँसित सामान्य सम्बन्ध निर्माण गर्न सक्छन्। कर्तव्य निर्वाह गरेर मानिसहरूले बिस्तारै आफ्ना समस्याहरू पहिचान गर्छन्, अनि आफ्ना भ्रष्ट स्वभाव र सार चिन्‍ने अवस्थामा पुग्छन्। त्यो सँगसँगै, आफूमाथि चिन्तन गरेर मानिसहरूले परमेश्‍वरले तिनीहरूलाई के-कस्तो मापदण्ड दिनुहुन्छ भनेर बिस्तारै पत्ता लगाउन पनि सक्छन्। के अब परमेश्‍वरमा विश्‍वास गर्दा, तैँले विश्‍वास गर्ने कुरा के हो भनेर बुझ्छस्? खासमा, त्यो सत्यतामाथिको विश्‍वास हो, त्यो सत्यता प्राप्ति हो। कर्तव्य निर्वाह गर्नाले सत्यता र जीवन प्राप्त गर्न मदत मिल्छ। कर्तव्य निर्वाह नगरीकन सत्यता र जीवन प्राप्त गर्न सकिँदैन। यदि कसैले कर्तव्य निर्वाह नगरीकन परमेश्‍वरमा विश्‍वास गर्छ भने के त्यसमा वास्तविकता हुन सक्छ? (सक्दैन।) त्यसमा वास्तविकता हुनै सक्दैन। यसर्थ, यदि तैँले तेरो कर्तव्य राम्ररी निर्वाह गर्दैनस् भने, तैँले सत्यता प्राप्त गर्न सक्दैनस्। तँलाई हटाइएपछि, यसले तैँले परमेश्‍वरमा विश्‍वास गर्न सकिनस् भन्ने देखाउँछ। तैँले उहाँमा विश्‍वास गर्छु भनेर भन्छस् नै भने पनि, तेरो विश्‍वास अर्थहीन भैसकेको हुन्छ। यो पूर्णतया बोध गर्नैपर्ने कुरा हो।

तैँले जुनसुकै कर्तव्य निर्वाह गरिरहेको भए पनि, तैँले बुझ्‍नुपर्ने सिद्धान्तहरू र तैँले अभ्यास गर्नुपर्ने सत्यताहरू एउटै हुन्छन्। तँलाई अगुवा बन्‍न अनुरोध गरिए पनि वा सेवक बन्‍न अनुरोध गरिए पनि, वा घरधनी वा मेजबानको रूपमा तैँले भाँडा माझे पनि वा तँलाई केही बाह्य कामकाज सम्‍हाल्‍न लगाइए पनि वा कुनै शारीरिक परिश्रम गर्न लगाइए पनि, यी विभिन्‍न कर्तव्यहरू निभाउँदा पालन गर्नुपर्ने सत्यता सिद्धान्तहरू उही हुन्छन्, र ती सबै कर्तव्यहरू सत्यता र परमेश्‍वरका वचनहरूमा आधारित हुनुपर्छ। अनि यी सिद्धान्तहरूमध्ये सबैभन्दा ठूलो र मुख्य कुन हो त? त्यो आफ्नो कर्तव्य निर्वाह गर्नमा तन, मन, र बल समर्पित गर्नु, र आवश्यक मापदण्डको स्तरअनुसार कर्तव्य निर्वाह गर्नु हो। आफ्नो कर्तव्य राम्ररी र मापदण्डको स्तरअनुसार निर्वाह गर्नको निम्ति, तैँले कर्तव्य भनेको के हो भन्ने कुरा बुझ्‍नुपर्छ। त्यसोभए, वास्तवमा कर्तव्य भनेको चाहिँ के हो त? के कर्तव्य तेरो करियर नै हो त? (होइन।) यदि तैँले तेरो कर्तव्यलाई तेरो करियरको रूपमा लिन्छस्, र अरूले तँ कति सफल र महान् छस् भन्ने कुरा अरूले देखून् भनेर त्यो कर्तव्य राम्ररी निर्वाह गर्न तेरो सारा बल लगाउन तयार हुन्छस्, र यसले तेरो जीवनलाई अर्थ दिन्छ भन्ठान्छस् भने, के त्यो सही विचार हुनेछ र? (हुनेछैन।) यो विचार कहाँनेर गलत छ? यो कुरा परमेश्‍वरको आज्ञालाई आफ्नै उद्यमको रूपमा लिएकोमा गलत छ। मानिसहरूलाई यो ठिकै लाग्‍न सक्छ, तर परमेश्‍वरको लागि त्यो गलत मार्गमा हिँड्नु र सत्यता सिद्धान्तहरू उल्लङ्घन् गर्नु हो, र उहाँले यसको निन्दा गर्नुहुन्छ। परमेश्‍वरको इच्छाअनुरूप हुनको निम्ति परमेश्‍वरका मापदण्ड र सत्यता सिद्धान्तहरूअनुसार नै कर्तव्य निर्वाह गर्नुपर्छ। सत्यता सिद्धान्तहरू उल्लङ्घन् गर्नु र मानव अभिरुचिहरूको आधारमा कार्य गर्नु पाप हो। यसले परमेश्‍वरको विरोध जनाउँछ र दण्ड निम्त्याउँछ। यो सत्यता स्वीकार नगर्ने मूर्ख र अज्ञानी मानिसहरूको नियति हो। परमेश्‍वरमा विश्‍वास गर्नेहरू परमेश्‍वरले मानिसहरूबाट के माग गर्नुहुन्छ भन्नेबारे प्रस्ट हुनैपर्छ। यो दर्शनलाई प्रस्ट पारिनुपर्छ। पहिला कर्तव्य भनेको के हो भन्नेबारे कुरा गरौँ। कर्तव्य भनेको तेरो आफ्नै उद्यम, तेरो आफ्नै करियर, वा तेरो आफ्नै काम होइन; त्यो परमेश्‍वरको काम हो। कर्तव्य भनेको तैँले व्यवस्थापन गर्ने कुरा होइन—यो तेरो आफ्‍नै जागिर वा तेरो आफ्‍नै काम होइन; बरु, यो त परमेश्‍वरको काम हो। परमेश्‍वरको कामलाई तेरो सहकार्यको आवश्यकता पर्छ, जसले तेरो कर्तव्य पैदा गर्छ। मानिसले सहकार्य गर्नैपर्ने परमेश्‍वरको कामको भाग नै मानिसको कर्तव्य हो। कर्तव्य भनेको परमेश्‍वरको कामको भाग हो—यो तेरो जागिर होइन, वा तेरो घरायसी कामकाज वा तेरो जीवनको व्यक्तिगत कामकाज पनि होइन। तेरो कर्तव्य बाहिरी मामलाहरूसँग सम्‍बन्धित भए पनि वा भित्री मामलाहरूसँग सम्‍बन्धित भए पनि, त्यसमा मानसिक वा शारीरिक परिश्रम जे आवश्यक हुने भए पनि, यो तैँले निर्वाह गर्नुपर्ने कर्तव्य हो, यो मण्डलीको काम हो, यो परमेश्‍वरको व्यवस्थापन योजनाको एउटा भाग हो, र यो परमेश्‍वरले तँलाई दिनुभएको आज्ञा हो। यो तेरो व्यक्तिगत कामकाज होइन। त्यसो भए, तैँले आफ्‍नो कर्तव्यलाई कसरी लिनुपर्छ त? कम्तीमा पनि, तैँले आफ्‍नो कर्तव्य आफूलाई जसरी मन लाग्यो त्यसरी गर्नु हुँदैन, तैँले लापरबाही रूपमा व्यवहार गर्नु हुँदैन। उदाहरणको लागि, यदि तँ तेरा दाजुभाइ-दिदीबहिनीहरूको लागि खाना बनाउने मुख्य व्यक्ति होस् भने, त्यो नै तेरो कर्तव्य हो। तैँले यो कार्यलाई कुन रूपमा लिनुपर्छ? (मैले सत्यता सिद्धान्तहरू खोजी गर्नुपर्छ।) तैँले सत्यता सिद्धान्तहरू कसरी खोजी गर्छस्? यो वास्तविकता र सत्यतासँग सम्बन्धित हुन्छ। तैँले सत्यता कसरी व्यवहारमा लागू गर्ने, कसरी यो कर्तव्य राम्रो तरिकाले निर्वाह गर्ने, र यस कर्तव्यमा सत्यताका कुन-कुन पक्षहरू संलग्न छन् भन्नेबारे सोच्‍नुपर्छ। यसको लागि, पहिलो कदम भनेको सर्वप्रथम तैँले “म मेरै लागि खाना पकाइरहेको छैनँ। मैले जे गरिरहेको छु त्यो मेरो कर्तव्य हो” भन्ने कुरा जान्‍नुपर्छ। यसमा संलग्न पक्ष दर्शन हो। अनि दोस्रो कदम के हो? (मैले खाना कसरी राम्ररी पकाउने भन्नेबारे सोच्‍नुपर्छ।) राम्ररी पकाउनको लागि के मापदण्ड छ? (मैले परमेश्‍वरका मापदण्डहरू खोजी गर्नुपर्छ।) ठिक भनिस्। परमेश्‍वरका मापदण्डहरू मात्र सत्यता, मानक र सिद्धान्तहरू हुन्। परमेश्‍वरका मापदण्डहरूअनुसार पकाउनु सत्यताको एउटा पक्ष हो। तैँले सर्वप्रथम सत्यताको यो पक्षबारे विचार गर्नुपर्छ, र त्यसपछि “परमेश्‍वरले मलाई यो कर्तव्य निर्वाह गर्न दिनुभएको छ। परमेश्‍वरको मापदण्डको स्तर के हो?” भनेर मनन् गर्नुपर्छ। यो जग जरुरी कुरा हो। अनि, तैँले परमेश्‍वरको मापदण्ड पूरा गर्न कसरी पकाउनुपर्छ? तैँले पकाउने खाना स्वस्थ, स्वादिष्ट, र सफा हुनुपर्छ, र शरीरको लागि हानिकारक हुनु हुँदैन—यसमा संलग्न कुराहरू यिनै हुन्। जबसम्म तैँले यो सिद्धान्तअनुसार पकाउँछस्, तबसम्म तैँले पकाएको खाना परमेश्‍वरका मापदण्डहरूअनुसार नै बनाइएको हुनेछ। म किन यसो भनिरहेको छु? किनकि तैँले यो कर्तव्यका सिद्धान्तहरू खोजी गरिस् र परमेश्‍वरले तोक्नुभएको दायरा नाघिनस्। यही नै खाना पकाउने सही तरिका हो। तैँले आफ्नो कर्तव्य राम्ररी निभाएको छस्, र त्यसलाई सन्तोषजनक रूपमा निभाएको छस्।

आफूले जुनसुकै कर्तव्य पूरा गरिरहेको भए पनि, तैँले सत्यता सिद्धान्तहरू खोज्‍नुपर्छ, परमेश्‍वरको इच्‍छा बुझ्‍नुपर्छ, सम्‍बन्धित कर्तव्यको सम्‍बन्धमा उहाँका मापदण्डहरू के-के हुन् भनेर जान्‍नुपर्छ र त्यो कर्तव्यमार्फत तैँले के हासिल गर्नुपर्छ त्यो बुझ्‍नुपर्छ। त्यसो गरेर मात्रै तैँले सिद्धान्तअनुसार आफ्‍नो काम पूरा गर्न सक्छस्। तेरो कर्तव्य पूरा गर्दा, तैँले आफ्‍ना व्यक्तिगत रुचिहरूअनुसार, तँलाई जे मन लाग्छ त्यो गर्न, तँलाई जे गर्दा खुसी लाग्छ वा जुन कुराले तँलाई राम्रो देखाउँछ त्यो गर्दै अगि बढ्न मिल्दैन। यसो गर्नु भनेको आफ्‍नै इच्‍छाअनुसार काम गर्नु हो। आफ्‍नो कर्तव्य निभाउने क्रममा, यदि तैँले आफ्‍नै व्यक्तिगत रुचिहरूमा भरोस गर्छस् र परमेश्‍वरले माग्नुभएको कुरा यही हो, र यही कुराले परमेश्‍वरलाई खुशी तुल्याउँछ भनी भन्छस् भने, र यदि तैँले जबरजस्ती परमेश्‍वरमाथि तेरा आफ्ना व्यक्तिगत रुचिहरू लाद्छस् वा तिनलाई सत्य हुन् जस्तो गरी अभ्यास गर्छस्, तिनलाई सत्यता सिद्धान्तहरू हुन् जस्तो गरी पालन गर्छस् भने, के त्यो गल्ती हुन्‍न र? त्यो कर्तव्य पूरा गर्नु होइन, र यसरी निर्वाह गरिएको कर्तव्यलाई परमेश्‍वरले सम्झनुहुन्‍न। कतिपय मानिसहरूले सत्यतालाई बुझ्दैनन्, र तिनीहरूले आफ्ना कर्तव्यहरू राम्रोसँग पूरा गर्नु भनेको के हो सो जान्दैनन्। तिनीहरू आफूले प्रयत्न गरेको र त्यसमा आफ्नो हृदय लगाएको, आफ्नो देहलाई त्यागेको र कष्ट भोगेको छु भन्ने अनुभूति गर्छन्, त्यसोभए तिनीहरूले किन कहिल्यै सन्तुष्टिजनक रूपमा आफ्ना कर्तव्य पूरा गर्न सक्दैनन् त? परमेश्‍वर किन सधैँ असन्तुष्ट हुनुहुन्छ? यी मानिसहरूले कहाँ गल्ती गरेका छन्? परमेश्‍वरका मागहरूलाई खोज्नुको साटो तिनीहरूका आफ्नै विचारअनुसार व्यवहार गर्नु नै तिनीहरूको गल्ती थियो—कारण यही हो। तिनीहरूले आफ्नै चाहना, रुचि, र स्वार्थी उद्देश्यहरूलाई सत्यताको रूपमा लिए, र ती कुरालाई तिनीहरूले परमेश्‍वरले मन पराउनुभएको जस्तो, ती उहाँका मापदण्डहरू र आवश्यकताहरू हुन् जस्तो व्यवहार गरे। तिनीहरूले जे सत्य, असल र सुन्दर भनेर विश्‍वास गरेका थिए त्यो नै सत्य हो भन्‍ने देखे; यो गलत हो। वास्तवमा, यदि मानिसहरूले कहिलेकहीँ कुनै कुरा सही छ र त्यो सत्यतासँग मेल खान्छ भनी सोचे पनि, त्यसको अर्थ त्यो परमेश्‍वरको इच्छासँग मेल खान्छ भन्‍ने हुँदैन। मानिसहरूले कुनै कुरा सही छ भनेर जति धेरै सोच्छन्, तिनीहरू उत्ति नै बढी सतर्क हुनुपर्छ र तिनीहरूले सोचिरहेका कुराहरूले परमेश्‍वरका मागहरू पूरा गर्छ कि गर्दैन भनी अझ बढी सत्यको खोजी गर्नुपर्छ। यदि त्यो उहाँका मापदण्ड र उहाँका वचनहरूको विपरीत हुन जान्छ भने, तँलाई त्यो सही लागे पनि अस्वीकार्य नै हुन्छ, त्यो एक मानवीय विचार मात्र हो, र तँलाई त्यो जति नै सही हो भन्‍ने लागे पनि त्यो सत्यतासँग मेल खानेछैन। कुनै कुरा सही वा गलत हो भन्ने कुरा परमेश्‍वरका वचनहरूको आधारमा निर्धारित हुनुपर्दछ। तैँले कुनै कुरालाई जत्ति नै सही ठाने पनि, परमेश्‍वरको वचनमा त्यसको आधार छैन भने, त्यो गलत नै हो र तैँले त्यो त्याग्नैपर्छ। त्यो सत्यतासँग मेल खाएमा मात्र स्वीकार्य हुन्छ, र सत्यता सिद्धान्तहरू यसरी कायम राखेमा मात्र तेरो कर्तव्यपालनले मापदण्ड पूरा गर्न सक्छ। आखिर कर्तव्य के हो? यो परमेश्‍वरले मानिसहरूलाई सुम्पनुभएको एउटा आज्ञा हो, यो परमेश्‍वरको घरको कामको भाग हो, र परमेश्‍वरका चुनिएका हरेक मानिसहरूले वहन गर्नुपर्ने जिम्‍मेवारी र दायित्व हो। के कर्तव्य भनेको तेरो करियर हो र? के यो निजी पारिवारिक मामला हो? तँलाई कुनै कर्तव्य दिइएपछि, के त्यो कर्तव्य तेरो व्यक्तिगत व्यवसाय बन्छ भनेर भन्‍नु उचित हुन्छ? यस्तो त अवश्य नै भन्‍न मिल्दैन। त्यसो भए तैँले आफ्नो दायित्व कसरी पूरा गर्नुपर्छ? परमेश्‍वरका आवश्यक सर्तहरू, वचनहरू र मापदण्डहरूअनुसार काम गरेर, अनि तेरो व्यवहारलाई मानवीय व्यक्तिगत चाहनाहरूको साटो सत्यता सिद्धान्तहरूमा आधारित गरेर। केही मानिसहरू भन्छन्, “मलाई एकपटक कर्तव्य दिएपछि के त्यो मेरो आफ्नै काम हुँदैन र? मेरो कर्तव्य मेरो जिम्मेवारी हो, र मलाई जुन जिम्मेवारी दिइन्छ के त्यो मेरो आफ्नै काम हुँदैन र? यदि मैले आफ्नो कर्तव्यलाई आफ्नै कामको रूपमा सम्हाल्छु भने, के त्यसको अर्थ म त्यो ठिकसँग गर्छु भन्‍ने हुँदैन र? यदि मैले त्यसलाई मेरो आफ्नै कामको रूपमा व्यवहार गरिनँ भने के म त्यो राम्रोसँग गर्नेछु र?” यी कुराहरू सही छन् कि गलत? ती गलत छन्; ती सत्यसँग अमिल्दा छन्। कर्तव्य तेरो व्यक्तिगत कामकाज होइन, यो परमेश्‍वरको कामकाज हो, यो परमेश्‍वरको कामको एउटा हिस्सा हो, र तैँले त्यही गर्नुपर्छ जे परमेश्‍वरले अह्राउनुहुन्छ; परमेश्‍वरको आज्ञापालन गर्ने हृदयसाथ कर्तव्य निर्वाह गर्दा मात्र तँ मापदण्डअनुरूपको हुनेछस्। यदि तँ सधैँ तेरा आफ्नै धारणा र कल्पनाहरूअनुसार, र तेरो आफ्नै झुकावअनुसार, आफ्नो कर्तव्य निर्वाह गर्छस् भने, तैँले कहिल्यै पनि मापदण्ड पूरा गर्नेछैनस्; आफूले चाहेजसरी मात्रै कर्तव्य निर्वाह गर्नु भनेको कर्तव्य निर्वाह गर्नु होइन, किनकि तैँले जे गरिरहेको छस् त्यो परमेश्‍वरको व्यवस्थापनको दायराभित्रको काम होइन, यो परमेश्‍वरको घरको काम होइन; यो त तैँले आफ्नै कामकारबाही सञ्‍चालन गरिरहेको र आफ्नै कार्य अघि बढाइरहेको अवस्था हो, र त्यसैले यसलाई परमेश्‍वरले सम्झनुहुन्‍न। के अब तिमीहरूलाई कर्तव्यको अवधारणा प्रस्ट भयो? कर्तव्य निर्वाह गर्दा व्यवहारमा लागू गर्नुपर्ने सबैभन्दा आधारभूत र तात्विक सत्यता के हो? त्यो तेरो तन, मन र बल तेरो कर्तव्य राम्ररी निर्वाह गर्नमा समर्पित गर्नु हो। किन अझै पनि कर्तव्य निर्वाह गर्ने क्रममा अत्यन्तै धेरै मानिसहरूले हरप्रकारका दुष्कर्महरू गर्छन्, मण्डलीको काममा बाधा र अवरोध पुर्‍याउँछन्, र अन्त्यमा निकालामा पर्छन्? किनकि यी मानिसहरूले आफूलाई गम्भीर रूपले परमेश्‍वरप्रति समर्पित गरिरहेका हुँदैनन्। तिनीहरू सधैँ परमेश्‍वरसित मोलतोल गर्न खोजिरहेका हुन्छन् र तिनीहरूले अलिकति पनि सत्यता स्विकार्दैनन्। तिनीहरूले जति धेरै भ्रष्टता प्रकट गरे पनि वा जति धेरै दुष्टता गरे पनि, तिनीहरूले कहिल्यै पनि सत्यतामार्फत समाधान खोज्दैनन्। धेरैपटक काटछाँट र निराकरण भोगेपछि पनि तिनीहरूले साँचो रूपमा पश्‍चात्ताप गर्दैनन्, बरु अफ्ठ्यारो नमानीकन गल्तीहरू र हरप्रकारका दुष्कर्महरू गरिरहन्छन्, अनि आफ्नो दुष्ट सार पूर्णतया उदाङ्गो पारिरहन्छन्। परमेश्‍वरका चुनिएका मानिसहरूले यो कुरा छर्लङ्गै देख्छन्, र तिनीहरू पर्दाफास हुन्छन् र हटाइन्छन्। यी मानिसहरूले जे-जसरी आफ्ना कर्तव्यहरू निभाउँछन् त्यो हेर्न साँच्चिकै असहनीय हुन्छ। तिनीहरू अपेक्षाभन्दा तल मात्र हुँदैनन्, तिनीहरू त पूर्ण रूपले अयोग्य नै हुन्छन्। तिनीहरू कुनै न कुनै कचौरा नफुटाईकन त थालबोटुका माझ्नसमेत सक्दैनन्। तिनीहरूको सेवाले फाइदाभन्दा हानि धेरै गर्छ। तैँले सत्यताबारे तिनीहरूसित जे-जसरी सङ्गति गरे पनि, तिनीहरूले त्यो स्विकार्न सक्दैनन्, र काटछाँट र निराकरण भोगेपछि पनि तिनीहरूले पश्‍चात्ताप गर्दैनन्। यस्तो खाले व्यक्तिलाई निरन्तर प्रयोग गरियो भने, ऊ मार्गको लागि अवरोध, र ठेस लाग्‍ने ढुङ्गा बन्नेछ र उसले मण्डलीको सम्पूर्ण काममा बाधा र अवरोध पुर्‍याउनेछ। ल भन् त, के यी मानिसहरूलाई प्रतिस्थापन र निकाला गर्नुपर्दैन र? (पर्छ।) जबसम्म कसैसँग अलिकति भए पनि विवेक र समझ हुन्छ, तबसम्म उसले आफ्ना उचित कार्यहरू सम्हाल्न र आफ्ना मामलाहरू व्यवस्थापन गर्न सक्छ, अनि उसले आफ्ना कर्तव्यहरू निर्वाह गर्दा आत्मचिन्तन गर्न सक्छ। यस्तो व्यक्तिले आफ्ना गल्तीहरू देखेपछि र समस्याहरू पहिचान गरेपछि, तुरुन्तै सुधार गर्न सक्नेछ। तीन वा पाँच वर्षको यस्तो अनुभवपछि उसमा परिवर्तन देखा पर्नेछ। यसले एउटा जग बसाल्नेछ र सापेक्षित विश्‍वसनीयता प्रदान गर्नेछ; अपवाद परिस्थितिहरूमा बाहेक, यो व्यक्तिलाई कुनै पनि हालतमा हटाइनेछैन। तर अलिकति पनि सत्यता नस्विकारीकन वर्षौँसम्म परमेश्‍वरमा विश्‍वास गर्नेहरूले आफ्ना कर्तव्यहरू राम्ररी निर्वाह गर्दै गर्दैनन्, र तिनीहरूले बाधा र अवरोध सिर्जना गर्ने कार्यहरूसमेत गर्न सक्छन्। यसप्रकारका व्यक्तिहरू स्वाभाविक रूपमै निकालामा पर्नेछन्, किनकि यस्ता मानिसहरू बरु मर्नेछन् तर पश्‍चात्ताप कदापि गर्नेछैनन्। तिनीहरूले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेका हुन्छन् तर तिनीहरू अविश्‍वासीहरूभन्दा खासै फरक हुँदैनन्। ती सबै गैरविश्‍वासीहरू हुन्।

अत्यन्तै धेरै व्यक्तिगत परिकल्पनाहरू हुनु कर्तव्य निर्वाहको लागि सबैभन्दा ठूलो व्यवधान हो। त्यसोभए, कर्तव्य राम्ररी निर्वाह गर्नुको पूर्वसर्त के हो त? त्यो के हो भने, तैँले तेरा विविध परिकल्पनाहरू त्याग्‍नुपर्छ। उदाहरणको लागि, जब तँलाई साँच्चै निराश तुल्याउने कुनै कुरा घटित भएको छ, तर त्यसैबेला तैँले कर्तव्य पनि निभाउनु छ, तब तैँले एउटा निर्णय लिनुपर्ने हुन्छ। यो एक गम्भीर क्षण हो, जुन अत्यन्तै महत्त्वपूर्ण हुन्छ। यदि तँ निराश र भावुक भइस् भने पनि, वा तँभित्र केही व्यक्तिगत कुराहरू चलिरहेका भए पनि, तैँले यी सबै कुराहरू पन्छाएर पहिला आफ्नो कर्तव्य राम्ररी निभाउन सक्नुपर्छ। त्यसपछि मात्र, अर्थात् तेरो कर्तव्य प्रभावित नहुने परिस्थिति हुँदा मात्र, तैँले तेरा आफ्नै व्यक्तिगत मामलाहरूबारे विचार गर्नुपर्छ। जब तैँले लगातार तेरो कर्तव्यलाई पहिलो प्राथमिकता दिन्छस्, तब त्यसलाई के भनिन्छ? त्यसलाई कर्तव्यप्रति सम्मान गरेको भनिन्छ, र यो परमेश्‍वरप्रति बफादार हुनु हो। आफ्ना परिकल्पना र चाहनाहरू त्याग्नु, आफ्नो संवेग र आफ्ना व्यक्तिगत मामलाहरू त्याग्नु, अनि बाधित नभईकन आफ्नो कर्तव्य राम्ररी निभाउनु, र परमेश्‍वरको आज्ञा पूरा गर्नु—त्याग्नुको अर्थ नै यही हो, देहलाई पन्छाउनु भनेकै यही हो। जब कतिपय मानिसहरूले अहिलेसम्म कुनै कर्तव्य निभाएका हुँदैनन्, तब तिनीहरू यस्तो सोच्छन्, “परमेश्‍वरले मलाई कर्तव्य निभाउन दिनुभएको छैन, तर मेरो हृदय पक्कै इमानदार छ। परमेश्‍वरले किन यो कुरा कहिल्यै देख्नुहुन्न?” तर जब मण्डलीले तिनीहरूको लागि कुनै कर्तव्य बन्दोबस्त गर्छ, तब तिनीहरू रोजीछाडी गर्न चाहन्छन्। कतिपय मानिसहरू अगुवा वा सेवकको भूमिका निभाउन, वा सुसमाचार फैलाउन नसक्‍ने हुन्छन्, र तिनीहरूसँग अन्य विशेष सीपहरू केही हुँदैन। त्यसकारण, मण्डलीले तिनीहरूलाई पाहुना राख्ने कर्तव्य निभाउने बन्दोबस्त गर्छ, र तिनीहरू यस्तो सोच्छन्, “पाहुना राख्नु पक्कै पनि मैले गर्न सक्ने काम हो, तर मेरो क्षमता र प्रतिभा हेर्ने हो भने, के मण्डलीले मलाई यस्तो काम लगाएर मेरो अवमूल्यन गरिरहेको त छैन? के म यो कर्तव्यको लागि चाहिनेभन्दा बढी योग्य छैनँ र?” बाहिरी रूपमा तिनीहरूले मण्डलीका बन्दोबस्तहरू स्विकार्छन्, तर तिनीहरूका प्रतिरोधी संवेगहरूले तिनीहरूलाई कर्तव्यमा मेहनत गर्नबाट रोक्छन्। तिनीहरू राम्रो मुडमा हुँदा मात्र तिनीहरूको अलिअलि कर्तव्य निभाउँछन्, तर तिनीहरू खराब मुडमा हुँदा कर्तव्य नै निभाउँदैनन्, र तिनीहरूले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई बेवास्ता गर्छन्। तिनीहरूमा किन यस्ता संवेग र प्रतिक्रियाहरू हुन्छन्? के व्यक्तिमा आफ्नो कर्तव्यप्रति हुनुपर्ने मनोवृति यही हो त? यी मानिसहरू आफ्ना कर्तव्यप्रति असन्तुष्ट हुन्छन्। यो असन्तुष्टिको स्रोत के हो? (तिनीहरूलाई दिइएको कर्तव्यबाट तिनीहरूका दैहिक रूचिहरू पूरा हुँदैनन्।) अनि यदि तिनीहरू सन्तुष्ट थिए भने, के त्यसपछि तिनीहरू खुसी हुन्थे त? यसै भन्न सकिन्न। तिनीहरू सन्तुष्ट भए पनि खुसी नहुन सक्छन्, किनकि तिनीहरू त्यस्ता मानिसहरू हुन् जसको हृदयले कहिल्यै पनि प्रसन्नता थाहा पाउन सक्दैन। सत्यता नपछ्याउने मानिसहरूले आफ्ना कर्तव्यलाई यही रूपमा लिन्छन्। मानिसहरू सधैँ त्यस्ता कर्तव्यहरू निभाउन चाहन्छन् जुन सम्मानित छन् र जसले तिनीहरूलाई राम्रो देखाउँछन्, र तिनीहरू ती कर्तव्यहरू सजिला र शारीरिक रूपले सहज होऊन् भन्ने चाहन्छन्। तिनीहरू आफ्नो जुनसुकै कर्तव्यमा पनि हुरीबतास र घाममा पर्न वा कुनै कष्ट सहन तयार हुँदैनन्। यसको साथै, तिनीहरू अझै पनि आफ्नो कर्तव्यमार्फत सत्यता बुझ्न र परमेश्‍वरको अनुग्रह र आशिष् प्राप्त गर्न सक्ने हुन चाहन्छन्। तिनीहरू यी सबै कुराहरू चाहन्छन्। अन्त्यमा, तिनीहरू परमेश्‍वरले तिनीहरूलाई तिमीहरूले राम्ररी कर्तव्य राम्ररी निभायौ भनेर भन्नुहोओस् भन्नेसमेत चाहन्छन्। के यो तिनीहरूको पूरा नहुने कामना होइन र? यदि तैँले यस्तो कामना त्याग्न सक्दैनस् भने, तैँले तेरो कर्तव्य राम्ररी गर्न सक्नेछैनस्। विगतमा मैले प्रायः यसप्रकारको व्यक्तिले सत्यता पछ्याउँदैन मात्र भन्थेँ, तर अहिले, अझ प्रस्ट रूपमा भन्नुपर्दा, म भन्छु कि तिनीहरू अत्यन्तै लोभी र विद्रोही छन्, तिनीहरू आफ्नो कर्तव्यप्रति अलिकति पनि समर्पित छैनन्, र तिनीहरूले साँचो रूपमा परमेश्‍वरको आज्ञा पालना गर्दैनन्। त्यसोभए, अब तैँले कसरी तेरा परिकल्पनाहरू त्याग्ने अभ्यास गर्नुपर्छ? एकातिर, तैँले संयमित हुनुपर्छ र ती कुराहरू त्याग्नुपर्छ। अर्कोतिर, तैँले प्रार्थना गर्नुपर्छ र तँसित आज्ञापालन गर्ने चाहना हुनुपर्छ। तैँले यसो भन्‍नुपर्छः “परमेश्‍वर, तपाईंले मेरै लागि यो कर्तव्य योजनाबद्ध र बन्दोबस्त गर्नुभएको छ। मसँग दैहिक रोजाइ भए पनि र मैले यो कर्तव्य निभाउन नचाहे पनि, मेरो व्यक्तिपरक इच्छा के हो भने, म तपाईंकै आज्ञापालन गर्ने चाहना गर्छु। कुरा के मात्र हो भने, म अत्यन्तै भ्रष्ट र अवज्ञाकारी छु, र मेरो मानवताको गुण राम्रो छैन। कृपया, मलाई अनुशासनमा राख्नुहोस्!” के यसले तँलाई तेरो कर्तव्यनिर्वाहमा थप शुद्धता ल्याउन दिनेछैन र? यदि कुनै व्यक्ति उसका आफ्नै चाहनाहरूमा अल्झिरहन्छ र तिनलाई त्याग्न मान्दैन भने, यदि उसले सधैँ अगुवा हुन चुनिएकाहरूको प्रतिष्ठालाई हेर्छ र सुसमाचार फैलाउन चुनिएकाहरूले कसरी थुप्रै मानिसहरूसित भेट्न अनि ज्ञान र अनुभव हासिल गर्न पाउँछन् भनी सोच्छ, र त्यसपछि उसले आफ्नो कर्तव्य निभाउन चाहँदैन भने, के यो समर्पणको मनोवृति हो र? के यो परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरू स्विकार्ने मनोवृति हो र? (होइन।) परमेश्‍वरले पूर्व जा भन्नुहुँदा तँ पश्‍चिम जान्छस्, र परमेश्‍वरले तँलाई पश्‍चिम जान नदिनुहुँदा तैँले उहाँलाई दोष लगाउँछस् र गलत अर्थ्याउँछस्। तँ सधैँ परमेश्‍वरविरुद्ध सङ्घर्ष गरिरहेको हुन्छस्, यस्तोमा के पवित्र आत्माले अझै पनि तँमा काम गर्नुहुनेछ र? कदापि गर्नुहुनेछैन। पवित्र आत्माले कुनै व्यक्तिमा काम गर्नुभएन भने कस्ता स्थिति र प्रकटीकरणहरू उत्पन्न हुन्छन्? यस्तो व्यक्तिले परमेश्‍वरका वचनहरू पढे पनि बुझ्नेछैन। सङ्गति र प्रवचनहरू सुन्दा उसले केही बुझ्नेछैन, र ऊ निदाइरहनेछ। आफूलाई आइपर्ने कुनै पनि कुरा उसले राम्रोसित बुझ्न सक्नेछैन। ऊ सधैँ यस्तो अनुमान लगाइरहेको र शङ्का गरिरहेको हुनेछ: “अरू मानिसहरूले परमेश्‍वरका वचनहरू अत्यन्तै राम्ररी बुझ्न सक्छन्; ती वचनहरू पढेर मैले किन कुनै ज्योति प्राप्त गर्न सक्दिनँ? तिनीहरूको स्थिति सधैँ अति शुद्ध र मुक्त हुन्छ; मलाई किन सधैँ अति दुखित, भावुक, र असहज अनुभूति हुन्छ? तिनीहरूको लागि सबथोक अत्यन्तै सहज हुन्छ। तिनीहरूलाई परमेश्‍वरको मार्गदर्शन् मिलेको छ। मलाई चाहिँ किन छैन?” उसले यो सबै कुराको कारण बुझ्न सक्दैन। उसमा परमेश्‍वरप्रति समर्पणको मनोवृति छैन। उसले आफ्नो कर्तव्यमा मेहनत गर्नुपहिले ऊ सधैँ परमेश्‍वरले उसका चाहनाहरू पूरा गर्नुहोओस् भनी माग गरिरहेको हुन्छ। यदि उसले आफूले चाहेको कुरा पाएन भने, ऊ नकारात्मक र प्रतिरोधी बन्छ, र उसले आफ्नो कर्तव्य निभाउँदैन। के परमेश्‍वरले यस्तो व्यक्तिमा काम गर्नुहुन्छ होला त? उसमा साँचो आस्था नै छैन, र ऊ विद्रोहीपन र प्रतिरोधले भरिपूर्ण छ। परमेश्‍वरले यस्तो व्यक्तिलाई पन्छाउन मात्र सक्नुहुन्छ।

मानिसहरूले आफ्नो कर्तव्यलाई कुन रूपमा लिनुपर्छ? तिनीहरू परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुनुपर्छ, र तिनीहरूले आफ्ना सम्पूर्ण परिकल्पनाहरू त्याग्नुपर्छ। मानिसहरूसँग के-कस्ता परिकल्पनाहरू हुन्छन्? (तिनीहरूका अभिप्राय, योजना र दैहिक रूचिहरू।) उदाहरणको लागि, मानौँ एउटा त्यस्तो पाहुना राख्ने परिवार छ जहाँ जाँदा तँलाई साँच्चै आनन्द लाग्छ। तिनीहरू उत्कृष्ट खाना बनाउँछन्, तिनीहरूको घर सुन्दर छ, र तिनीहरूकोमा एसी र हिटरको सुविधा छ। तैँले मनमनै यस्तो सोच्छस्, “म त्यहाँ बस्न पाए नि हुन्थ्यो!” अनि, त्यसपछि तैँले प्रार्थना गर्छस्, “परमेश्‍वर, के तपाईंले मलाई त्यो पाहुना राख्ने परिवारसँग बस्न दिन सक्नुहुन्छ? म सहजता र आरामको लोभ गरिरहेको छु भन्ने मलाई थाहा छ, तर म यो चाहना त्याग्न सक्दिनँ। मेरो सानो कदलाई विचार गरेर मलाई त्यहाँ जान दिनुहोस्! म वाचा गर्छु, म मेरो कर्तव्यमा मेहनत गर्नेछु, समर्पित हुनेछु, र तपाईंलाई विश्‍वासघात गर्ने वा निराश तुल्याउनेछैनँ।” तैँले यसरी नै करिब दुई हप्तासम्म प्रार्थना गर्छस् तर त्यसपछि तँलाई अत्यन्तै नराम्रो अवस्था भएको कुनै ठाउँ जाने बन्दोबस्त मिलाइन्छ, र तँ निराश बन्छस्। तँ भित्रभित्रै बडबडाउँछस्, “के परमेश्‍वरले हाम्रा हृदयको गहिराइ छाम्‍नुपर्ने होइन र? मेरो हृदयमा के छ भनेर परमेश्‍वरलाई अलिकति पनि ज्ञान छैन। मैले राम्रो कुरा मागेँ तर उहाँले मलाई सडेको कुरा दिनुभयो। यो त उहाँले आफूलाई जानाजान मविरुद्ध उतार्नुभएको जस्तो भो।” त्यसपछि तँभित्र प्रतिरोध जाग्छ र तैँले यसो भन्छस्, “परमेश्‍वर, यदि तपाईंले मलाई सन्तुष्ट तुल्याउनुभएन भने, म पनि तपाईंलाई सन्तुष्ट तुल्याउनेछैनँ। म मेरो कर्तव्यमा मेहनत गर्नेछैनँ, र मैले चाहेको कुरा नपाउञ्जेल म त्यसमा मेहनत गर्नेछैनँ।” के यो परमेश्‍वरमा विश्‍वास गर्नु हो त? के यो कर्तव्य निभाउनु हो त? यो त परमेश्‍वरविरुद्ध विद्रोह गर्नु हो, यो हठी स्वभाव हो। तैँले यसो भन्छस्: “यदि परमेश्‍वरले मलाई सन्तुष्ट तुल्याउनुभएन भने, म उहाँलाई सन्तुष्ट तुल्याउनेछैनँ। आफ्नो कर्तव्य निभाउनेप्रति मेरो मनोवृति यही हुनेछ। यदि म आफ्नो कर्तव्य निभाउन गइरहेको छु भने, परमेश्‍वरले मलाई केही आनन्द प्रदान गर्नुपर्छ। अरू मानिसहरू राम्रा घरमा बस्न पाउने तर मैले चाहिँ नपाउने, यो कसरी हुन्छ? अरू मानिसहरूले राम्रा वातावरणमा आफ्नो कर्तव्य निभाउन पाउने तर मैले चाहिँ जर्जर वातावरणमा आफ्नो कर्तव्य निभाउनुपर्ने, यो कसरी हुन्छ? मैले मेरो कर्तव्य निभाउँदा पनि परमेश्‍वरले किन मेरा मागहरू पूरा गर्नुहुन्न?” तैँले औचित्य साबित गर्न यस्तै खाले तर्कहरू आफैसँग दोहोर्‍याइरहन्छस्। के यसमा परमेश्‍वरप्रतिको समर्पणको मनोवृति छ त? के यो विवेक र समझसहित आफ्नो कर्तव्य पूरा गर्नु हो र? “तैँले परमेश्‍वरसित बिलकुलै प्रतिस्पर्धा गर्नु हुँदैन,” मैले पहिल्यै बोलिसकेको छु। यसो गर्नु भनेको परमेश्‍वरसित प्रतिस्पर्धा गर्नु हो। तैँले परमेश्‍वरसित प्रतिस्पर्धा गर्दा परमेश्‍वरले तँप्रति कस्तो मनोवृति अपनाउनुहोला? (परमेश्‍वरले काम गर्नुहुनेछैन। उहाँले मलाई पन्छाउनुहुनेछ।) परमेश्‍वरले तँलाई पन्छाउनुहुनेछ र बेवास्ता गर्नुहुनेछ। के परमेश्‍वरले तँसित गम्भीर रूपले व्यवहार गर्नुहुनेछ? गर्नुहुनेछैन। यदि तैँले सानो दुष्टता गरेको छस् र त्यो गम्भीर होइन भने, उहाँले तँलाई साथमा राखिरहनुहुनेछ र थप केही समय सेवा गर्न लगाउनुहुनेछ। तर यदि तैँले अत्यन्तै धेरै दुष्कर्महरू गरेको छस्, र मण्डलीको काममा गम्भीर रूपले बाधा र अवरोध पुर्‍याएको छस् भने, तँलाई हटाइनेछ। जब तँलाई सेवा गर्न राखिएको हुन्छ, तब यदि कुनै बिन्दुमा पुगेर तैँले पश्‍चात्ताप गरिस् भने, परमेश्‍वरले तँलाई अन्तर्दृष्टि दिनुहुनेछ। यदि तँ कहिल्यै पश्‍चात्ताप गर्दैनस् र सधैँ परमेश्‍वरसित प्रतिस्पर्धा गर्छस् भने, तँ वास्तवमै अत्यन्तै दुष्ट र अत्यन्तै जिद्दीवाल छस्—अनि अन्त्यमा कसले घाटा बेहोर्नेछ? त्यो तैँले नै बेहोर्नेछस्। तैँले यो कुरा प्रस्टसित बुझ्नुपर्छः परमेश्‍वरसित प्रतिस्पर्धा गर्नु भनेको सबैभन्दा समस्याजनक कुरा हो, र यो सबैभन्दा ठूलो समस्या हो। जब सबथोक राम्रै चलिरहेको हुन्छ, तब मानिसहरू परमेश्‍वरमाथि विश्‍वास गर्नु राम्रो हो भन्ने सोच्छन्, र तिनीहरूमा परमेश्‍वरबारे कुनै धारणा हुँदैन। तर जब तिनीहरूलाई कुनै विपत्ति वा दुर्भाग्य आइपर्छ, तब तिनीहरू परमेश्‍वरबारे यतिसम्म धारणाहरू बनाउँछन् कि तिनीहरू उहाँबारे गुनासोसमेत गर्छन् र उहाँसित ठूलो स्वरले बोल्नेसमेत आँट गर्छन्: “के परमेश्‍वर साँच्चिकै हुनुहुन्छ र? उहाँ कहाँ हुनुहुन्छ त? सर्वोच्च शासक मै हुँ। सबैभन्दा ठूलो मै हुँ, र ममा परमेश्‍वरसित प्रतिस्पर्धा गर्ने आँट छ। वास्तवमा, उहाँले मलाई के नै गर्न सक्नुहुन्छ र?” परमेश्‍वरले तँलाई केही पनि गर्नुहुनेछैन। तर तँ तुच्छ, हठी, र झन्झटलाग्दो छस् भन्ने कुरा खुलासा भएको छ। तँ झन्झटलाग्दो हुनुले के जनाउँछ? त्यसको अर्थ के हो भने, तँ सकारात्मक कुराहरू रुचाउँदैनस्। तँ परमेश्‍वरको आज्ञापालन गर्न इच्छुक छैनस्, र उहाँ परमेश्‍वर हुनुहुन्छ भनेर तँलाई थाहा हुँदा पनि, तैँले उहाँको आज्ञापालन गर्न सक्दैनस्। सत्यता स्विकार्न तँलाई निकै कठिन हुन्छ। तँ हठी, अज्ञानी, र जिद्दीवाल छस्। परमेश्‍वरले यस्ता मानिसहरूलाई घोर घृणा गर्नुहुन्छ। तँलाई तेरो कर्तव्य निर्वाह गरिरहन निकै कठोर हुनेछ, र तैँले अन्त्यसम्म सेवा गर्न सक्नुभन्दा पहिले नै तेरो पर्दाफास र निकाला हुन सक्‍नेछ। परिणाम यही हुनेछ। यो निकै प्रस्ट देखिन्छ। के यो खतरनाक होइन र? (हो।) यो खतरनाक हो भन्ने थाहा पाएपछि मानिसहरूले के गर्नुपर्छ? सर्वप्रथम तिनीहरूले आफू को हुँ भनेर जान्नुपर्छ। तिनीहरूले आफ्नो स्थान चिन्‍नुपर्छ र आफू के हुँ भनेर पनि जान्नुपर्छ। मानिसहरू सृष्टि गरिएका प्राणीहरू हुन्, र तिनीहरूले परमेश्‍वरसित बिलकुलै प्रतिस्पर्धा गर्न हुँदैन, त्यसो गर्नाले कुनै प्रतिफल प्राप्त हुनेछैन। यदि परमेश्‍वरले तँलाई केही दिन चाहनुहुन्छ भने, तैँले त्यो चाहिनस् र मागिनस् भने पनि, उहाँले तँलाई त्यो कुरा जसरी पनि दिनु नै हुनेछ—यो परमेश्‍वरको धार्मिकता हो। यदि परमेश्‍वरले तँलाई केही कुरा दिने योजना गर्नुभएन भने, यदि उहाँले तँलाई निगाहसहित हेर्नुभएन भने, तैँले उहाँलाई त्यो कुरा माग्नुको कुनै अर्थ हुँदैन। यदि उहाँले तँलाई केही कुरा दिने योजना गर्नुभयो भने, यदि उहाँले तँलाई मार्गदर्शन्, सहयोग, र आशिष् प्रदान गर्नुपर्ने देख्नुभयो भने, तैँले नमागीकनै उहाँले त्यो कुरा तँलाई प्रदान गर्नुहुनेछ। यदि उहाँले तेरो परीक्षा वा पर्दाफास गर्ने योजना गर्नुभयो भने, उहाँले जानाजान त्यो काम गर्नुहुनेछ, र उहाँलाई बिन्ती चढाउनुको कुनै अर्थ हुँदैन। यो परमेश्‍वरको स्वभाव हो। मानिसहरूले परमेश्‍वरको मनोवृतिको आधारमा उहाँलाई कस्तो व्यवहार गर्ने भन्ने निर्णय गर्नु हुँदैन। त्यसोभए तिनीहरूले केचाहिँ गर्नुपर्छ त? (सबै कुराहरूमा परमेश्‍वरप्रति समर्पित हुनुपर्छ।) ठिक भनिस्; तिनीहरू समर्पित हुनुपर्छ। परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुनु नै सबैभन्दा ठूलो बुद्धिमानी हो र यसो गर्ने व्यक्ति सबैभन्दा समझवाल व्यक्ति हो। ती अहङ्कारी र आत्मधर्मी व्यक्तिहरू आफू अत्यन्तै अक्कली र चतुर छु भन्ठान्छन्। अरू मानिसहरूमाथि चाल चल्न खोज्नु एउटा कुरा हो—र यो तेरो भ्रष्टताको प्रकटीकरण हो—तर तैँले सानातिना चालहरू चल्दै परमेश्‍वरविरुद्ध सङ्घर्ष गर्नु बिलकुलै हुँदैन। तैँले परमेश्‍वरविरुद्ध षडयन्त्र रच्नै हुँदैन, किनभने तैँले उहाँमा क्रोध पैदा गरिस् भने, तैँले मृत्युको सामना गर्नेछस्।

मानिसहरूले आफ्नो कर्तव्य र परमेश्‍वरलाई इमानदार हृदयले हेर्नुपर्छ। यदि तिनीहरूले त्यसो गर्छन् भने, तिनीहरू परमेश्‍वरको डर मान्ने मानिसहरू बन्‍नेछन्। इमानदार हृदय भएका मानिसहरूमा परमेश्‍वरप्रति कस्तो मनोवृति हुन्छ? कम्तीमा पनि, तिनीहरूमा परमेश्‍वरको डर मान्ने हृदय हुन्छ, अर्थात् तिनीहरूसित सबै कुरामा परमेश्‍वरको आज्ञापालन गर्ने हृदय हुन्छ, तिनीहरू आशिष् वा दुर्दशा माग्दैनन्, तिनीहरू विभिन्‍न अवस्थाहरूबारे बोल्दैनन्, तिनीहरू आफूलाई परमेश्‍वरको कृपामा छोड्छन्—यिनीहरू नै इमानदार हृदय भएका मानिसहरू हुन्। परमेश्‍वरप्रति सधैँ शङ्का गर्ने, उहाँको छानबिन गर्ने, उहाँसँग सधैँ लेनदेन गर्ने प्रयास गर्ने—के तिनीहरू इमानदार हृदय भएका मानिसहरू हुन्? (होइनन्।) त्यस्ता मानिसहरूको हृदयमा के बसेको हुन्छ? छलीपन र दुष्टता; तिनीहरूले सधैँ सूक्ष्म जाँच गरिरहेका हुन्छन्। अनि तिनीहरूले के कुराको सूक्ष्म जाँच गर्छन्? (मानिसहरूप्रतिको परमेश्‍वरको मनोवृत्ति।) तिनीहरूले सधैँ मानिसहरूप्रतिको परमेश्‍वरको मनोवृत्तिको बारेमा सूक्ष्म जाँच गरिरहेका हुन्छन्। यो कस्तो समस्या हो? अनि तिनीहरूले किन यसरी सूक्ष्म जाँच गर्छन्? किनभने यो तिनीहरूको महत्त्वपूर्ण चासोहरूसँग सम्‍बन्धित हुन्छ। तिनीहरूले आफ्‍नो हृदयमा यस्तो विचार गर्छन्, “परमेश्‍वरले नै मेरो लागि यी परिस्‍थितिहरूको रचना गर्नुभएको हो, उहाँले नै मेरो जीवनमा यो हुन दिनुभएको हो। उहाँले किन यसो गर्नुभयो? अरू मानिसहरूको जीवनमा यस्तो भएको छैन—यो किन मेरो जीवनमा आइलाग्यो? अनि यसपछिका परिणामहरू के हुनेछन्?” तिनीहरूले सूक्ष्म जाँच गर्ने कुरा यिनै हुन्, तिनीहरूले तिनीहरूका नाफा र घाटाहरू, आशिष्‌ र दुर्भाग्यहरूको सूक्ष्म जाँच गर्छन्। अनि यी कुराहरूको सूक्ष्म जाँच गर्ने क्रममा, के तिनीहरूले सत्यताको अभ्यास गर्न सक्छन्? के तिनीहरूले परमेश्‍वरको आज्ञापालन गर्न सक्छन्? सक्दैनन्। अनि तिनीहरूले हृदयभित्रैबाट मनन गरेर पैदा भएका कुराहरूको प्रकृति कस्तो हुन्छ? यी सबै कुराहरू स्वाभाविक रूपमै तिनीहरूको हितमा हुन्छन्, ती सब तिनीहरूकै पक्षमा हुन्छन्। यी मानिसहरूले जुनै कर्तव्य निर्वाह गरे पनि, पहिला यसरी अनुसन्धान गर्छन्: “के यो कर्तव्य निर्वाह गर्दा मलाई कष्ट हुनेछ? के मैले बारम्बार बाहिर काम र यात्रा गर्नुपर्नेछ? के मैले नियमित रूपले खान र आराम गर्न सक्नेछु? के मैले सबेरै उठिरहनुपर्नेछ? मैले के-कस्ता प्रकारका मानिसहरू भेट्नेछु? के मैले बारम्बार अविश्‍वासीहरूलाई भेट्नेछु? अहिले बाहिरी संसार अलि शत्रुवत्‌ छ, यदि मैले सधैँ बाहिर काम र यात्रा गरिरहनु परेर मलाई ठूलो रातो अजिङ्गरद्वारा गिरफ्तार गरियो भने के गर्ने हो?” तिनीहरूले आफ्नो कर्तव्य स्विकारेजस्तो देखिए पनि, तिनीहरूको हृदयमा छलीपन हुन्छ, तिनीहरू सधैँ यी कुराहरू अनुसन्धान गरिरहन्छन्। खासमा, तिनीहरू यी कुराहरू अनुसन्धान गरेर तिनीहरूका आफ्नै सम्भाव्यता र भाग्यबारे विचार गरिरहेका हुन्छन्, तिनीहरू परमेश्‍वरको घरका हितहरूबारे कुनै चासो राख्दैनन्। अनि, मानिसहरूले आफ्नै सम्भाव्यता, भाग्य र हितहरूबारे मात्र विचार गर्दा त्यसको परिणाम के हुन्छ? तिनीहरूलाई परमेश्‍वरको आज्ञापालन गर्न सजिलो हुँदैन, र तिनीहरूले इच्छा गरेर पनि त्यसो गर्न सक्दैनन्। विशेष गरी आफ्नै सम्भाव्यता, भाग्य र हितहरूलाई विशेष महत्त्व दिने मानिसहरूले सधैँ परमेश्‍वरको काम आफ्ना सम्भाव्यता र भाग्यको लागि, र आफूले आशिष्‌हरू प्राप्त गर्नको लागि लाभदायक छ कि छैन भनी अनुसन्धान गर्छन्। अन्त्यमा, तिनीहरूको अनुसन्धानको परिणाम के हुन्छ? तिनीहरूले परमेश्‍वरको आज्ञा उल्‍लङ्घन गर्ने र उहाँलाई विरोध गर्ने काम मात्रै गर्छन्। तिनीहरूले आफ्‍ना कर्तव्यहरू निभाउन जोड गर्दा पनि, तिनीहरूले लापरवाही र झारा टार्ने तरिकाले अनि नकारात्मक मनस्थितिमा रहेर काम गर्छन्; तिनीहरूले आफ्‍नो हृदयमा कसरी फाइदा लिने, र घाटामा नपर्ने भनेर मात्र सोचिरहेका हुन्छन्। तिनीहरूले आफ्‍ना कर्तव्य निभाउँदा यस्तै मनसाय राखेका हुन्छन्, र यस क्रममा, तिनीहरूले परमेश्‍वरसँग लेनदेन गर्ने प्रयास गरिरहेका हुन्छन्। यो कस्तो स्वभाव हो? यो छलीपन हो, यो दुष्ट स्वभाव हो। यो अब साधारण भ्रष्ट स्वभावमा मात्रै सीमित रहँदैन, बरु बढेर दुष्टतामा परिणत भइसकेको हुन्छ। जब कुनै व्यक्तिको हृदयमा यस्तो दुष्ट स्वभाव हुन्छ, तब यो परमेश्‍वरविरुद्धको संघर्ष बन्छ! तिमीहरूलाई यो समस्याको बारेमा स्पष्ट थाहा हुनुपर्छ। यदि मानिसहरूले आफ्‍ना कर्तव्य निभाउँदा सधैँ परमेश्‍वरको सूक्ष्म जाँच गरिरहेका र उहाँसँग कारोबार गर्ने प्रयास गरिरहेका हुन्छन् भने, के तिनीहरूले राम्ररी आफ्‍ना कर्तव्य निभाउन सक्छन् र? अवश्य सक्दैनन्। तिनीहरूले हृदयबाट र इमानदारीसाथ परमेश्‍वरको आराधना गर्दैनन्, तिनीहरूमा इमानदार हृदय हुँदैन, तिनीहरूले आफ्‍ना कर्तव्य निभाउँदा हेरिरहेका र प्रतीक्षा गरिरहेका हुन्छन्, सधैँ आफूलाई रोकिरहेका हुन्छन्—अनि, परिणाम के हुन्छ? परमेश्‍वरले तिनीहरूमा काम गर्नुहुन्‍न, र तिनीहरू भ्रमित र अन्योल बन्छन्, तिनीहरूले सत्यता सिद्धान्तहरू बुझ्दैनन्, र तिनीहरूले आफ्‍नै झुकावअनुसार काम गर्छन्, र सधैँ बाटो बिराउँछन्। अनि किन तिनीहरूले सधैँ बाटो बिराउँछन्? किनभने तिनीहरूको हृदयमा स्पष्टताको औधी कमी हुन्छ, र तिनीहरूमाथि परिस्थितिहरू आइपर्दा, तिनीहरूले आफ्‍नो बारेमा मनन गर्ने, वा समाधान खोज्‍न सत्यताको खोजी गर्दैनन्, र तिनीहरू आफूलाई जसरी मन लाग्छ त्यसरी, आफ्‍नै रुचिहरूअनुसार काम गर्न अडिग हुन्छन्—फलस्वरूप, तिनीहरूले आफ्‍ना कर्तव्य निर्वाह गर्दा सधैँ बाटो बिराउँछन्। तिनीहरूले कहिल्यै पनि मण्डलीको कामको बारेमा विचार गर्दैनन्, न त परमेश्‍वरको घरका हितहरूका बारेमा नै विचार गर्छन्, तिनीहरूले सधैँ आफ्‍नै खातिर षड्यन्त्र गर्छन्, सधैँ आफ्‍नै हितहरू, प्रतिष्ठा, र हैसियतको लागि योजना बनाउँछन्, र तिनीहरूले राम्ररी आफ्‍ना कर्तव्य ननिभाउने मात्र नभई मण्डलीको काममा ढिलाइ गराउने र त्यसमा असर पुर्‍याउनेसमेत गर्छन्। के यो बहकिनु र आफ्ना कर्तव्यलाई बेवास्ता गर्नु होइन र? यदि कसैले आफ्‍नो कर्तव्य निभाउँदा सधैँ आफ्‍नै हित र सम्भाव्यताहरूको लागि योजना बनाइरहेको हुन्छ, अनि मण्डलीको काम वा परमेश्‍वरको घरका हितहरूका बारेमा केही विचार गर्दैन भने, यो त कर्तव्य निर्वाह गर्नु होइन। यो अवसरवाद हो, यो आफ्नै लाभको लागि कामकुराहरू गर्नु र आफ्नै लागि आशिष्‌हरू प्राप्त गर्नु हो। यसरी, तिनीहरूको कर्तव्य गराइको प्रकृति परिवर्तन हुन्छ। त्यो परमेश्‍वरसित मोलमोलाइ गर्नु, र आफ्नो कर्तव्यपालन प्रयोग गरेर आफ्ना लक्ष्यहरू हासिल गर्न चाहनु मात्र हो। कामकुराहरू गर्ने त्यो तरिकाले परमेश्‍वरको घरको काममा बाधा पुर्‍याउने ठूलो सम्भावना हुन्छ। यदि त्यसले मण्डलीको काममा सानो क्षति मात्र पुर्‍याउँछ भने, अझै पनि छुटकाराको ठाउँ हुन्छ र तिनीहरूलाई हटाउनुको साटो अझै पनि कर्तव्य निभाउने अर्को अवसर दिन सकिन्छ; तर यदि त्यसले मण्डलीको काममा ठूलो क्षति पुर्‍याउँछ र परमेश्‍वर र मानिसहरू दुबैलाई क्रोधित तुल्याउँछ भने, तिनीहरूलाई पर्दाफास गरेर हटाइनेछ, र तिनीहरूलाई कर्तव्य निभाउने थप अवसर दिइनेछैन। कतिपय मानिसहरू यसरी नै बर्खास्त र निष्कासित हुन्छन्। तिनीहरू किन निष्कासित हुन्छन्? के तिमीहरूले यसको मूल कारण भेट्टाएका छौ? यसको मूल कारण के हो भने, तिनीहरू सधैँ आफ्नै फाइदा र क्षतिहरूबारे मात्र विचार गर्छन्, आफ्नै हितहरूमा लिप्त हुन्छन्, दैहिकता त्याग्न सक्दैनन्, र परमेश्‍वरप्रति समर्पित मनोवृति बिलकुलै राख्दैनन्, त्यसैले तिनीहरूमा लापर्बाहीपूर्वक व्यवहार गर्ने प्रवृति हुन्छ। तिनीहरूले नाफा, अनुग्रह, र आशिष्‌हरू प्राप्त गर्नको निम्ति मात्र परमेश्‍वरमा विश्‍वास गर्ने तर सत्यता प्राप्त गर्नको निम्ति बिलकुलै विश्‍वास नगर्ने हुनाले परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास असफल हुन्छ। समस्याको जड नै यही हो। के तिमीहरूलाई तिनीहरू पर्दाफास र निष्कासित हुनु अन्याय हो जस्तो लाग्छ? त्यो अलिकति पनि अन्याय होइन, त्यो त पूर्णतया तिनीहरूको प्रकृतिद्वारै निर्धारित कुरा हो। सत्यतालाई प्रेम नगर्ने वा नपछ्याउने जोकोहीलाई अन्त्यमा पर्दाफास गरेर हटाइने नै छ। तर सत्यतालाई प्रेम गर्नेहरूको हकमा भने यो कुरा फरक हुन्छ। जब तिनीहरूलाई केही आइपर्छ, सुरुमा तिनीहरू यस्तो सोच्छन्, “म कसरी सत्यताबमोजिम व्यवहार गर्न सक्छु? मैले कस्तो व्यवहार गर्नुपर्छ ताकि परमेश्‍वरको घरका हितहरूमा हानि नपुगोस्? के कुराले परमेश्‍वरलाई सन्तुष्ट पार्छ?” यस्तो तरिकाले सोच्ने व्यक्तिले सत्यता खोजिरहेको हुन्छ। यस्ता सोचहरूले तिनीहरू सत्यतालाई प्रेम गर्छन् भन्ने कुरा पुष्टि गर्छन्। तिनीहरू आफ्नै हितहरूबारे पहिले सोच्दैनन्, बरु पहिले परमेश्‍वरको घरका हितबारे विचार गर्छन्। तिनीहरू आफ्नै सन्तुष्टिबारे विचार गर्दैनन्; तिनीहरू परमेश्‍वर सन्तुष्ट हुनुहुन्छ कि हुन्न भन्नेबारे विचार गर्छन्। सत्यतालाई प्रेम गर्ने मानिसहरूका सोच र मानसिकता यिनै हुन्, र परमेश्‍वरले प्रेम गर्नुहुने मानिसहरू पनि यिनै हुन्। यदि आफूलाई केही आइपर्दा व्यक्तिले सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्न र परमेश्‍वरको सुक्ष्म जाँच स्विकार्न सक्छ, र परमेश्‍वरले तिनीहरूको पछाडिबाट प्रत्याभूतिकर्ताको कार्य गरिरहनुभएको छ भने, तिनीहरूले आफ्नो कर्तव्य निभाउँदा गल्तीहरू गर्ने सम्भावना हुँदैन, र परमेश्‍वरको इच्छाबमोजिम त्यो कर्तव्य पूरा गर्न तिनीहरूलाई सजिलो हुनेछ। यदि व्यक्ति सधैँ आफ्नै पहलमा कार्य गरिरहेको हुन्छ, र आफ्नै हितको लागि षडयन्त्र, योजना र चालबाजी गरिरहेको हुन्छ भने, यदि उसले परमेश्‍वरको घरका हित वा परमेश्‍वरका अभिप्रायहरूबारे विचार गर्दैन र उसमा परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुने अलिकति पनि इच्छा छैन भने—यदि उसमा यसो गर्ने इच्छासमेत छैन भने—अन्तिम परिणाम के हुनेछ? यस्ता व्यक्तिहरूले मण्डलीको काममा बाधा र अवरोध पुर्‍याउनेछन्। तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूमाझ आक्रोश पैदा गर्नेछन्, तिनीहरूलाई परमेश्‍वरका चुनिएका जनहरूले तिरस्कार र घृणा गर्नेछन्, र गम्भीर अवस्थाहरूमा, तिनीहरू पर्दाफास भएर निष्कासित हुनेछन्। सधैँ महत्त्वाकाङ्क्षा र चाहनाहरू राख्ने मानिसहरू अपरिहार्य रूपमै असफल हुनेछन् र पछारिनेछन्। एउटा भनाइ नै छ, “जति माथि गयो, त्यसबाट तल झर्नुको पीडा पनि त्यति नै ठूलो हुन्छ।” यसलाई के भनिन्छ? यसलाई पर्दाफास हुनु भनिन्छ। के तिनीहरू यसको हकदार होइनन् र? के यस्तो व्यक्ति सहानुभूति पाउन लायक हुन्छ र? हुँदैन। आफ्ना व्यक्तिगत हितहरूबारे योजना बनाउनेहरू सबैको अन्तिम परिणाम यही हो। कतिपय मानिसहरू भन्छन्: “तर म प्रायः मेरा आफ्नै व्यक्तिगत हितको लागि योजनाहरू बनाउँछु। मलाई किन यस्तो भएको छैन त?” किनभने तैँले मण्डलीको कामलाई प्रभावित पारेको छैनस्, त्यसैले परमेश्‍वर तँप्रति गम्भीर बन्नुहुन्न। परमेश्‍वर तँप्रति गम्भीर बन्नुहुन्न—के यो राम्रो कुरा हो कि नराम्रो कुरा हो? (नराम्रो कुरा हो।) तँ किन त्यसो भन्छस्? (यदि म यस्तै रहिरहने हो भने, मैले पवित्र आत्माको काम प्राप्त गर्न सक्दिनँ।) त्यो सही हो। यदि कुनै व्यक्तिले सत्यता पछ्याउँदैन र परमेश्‍वरको काम अनुभव गर्दैन भने, पवित्र आत्माले तिनीहरूमाथि काम गर्नुहुनेछैन। यो विशेष गरी ती मानिसहरूको हकमा साँचो हुन्छ जसले जस्तोसुकै खराब काम गरे पनि परमेश्‍वरले अनुशासन कारबाही गर्नुहुन्न; तिनीहरूको लागि पवित्र आत्माको काम पूर्णतया सकिएको हुन्छ। परमेश्‍वरले निश्‍चय नै ती मानिसहरू चाहनुहुन्न; उहाँले तिनीहरूलाई पन्छाउनुहुन्छ। यदि तैँले सत्यता पछ्याउँदैनस् भने, तँसित कुनै जीवन हुँदैन। यो त ती मानिसहरूजस्तै हुनु हो जो सधैँ प्रसिद्धि, नाफा, र हैसियत पछ्याउँछन्, जो सत्यता पछ्याउँदै पछ्याउँदैनन्, र जसले सत्यता अभ्यास गरिरहेको कहिल्यै देखिँदैन—के यस्ता मानिसहरूको जीवन वृद्धि हुन्छ र? तिनीहरूले सत्यता अभ्यास नगर्ने हुँदा तिनीहरूको जीवन वृद्धि हुनेछैन, चाहे तिनीहरूले परमेश्‍वरमा जतिसुकै वर्ष नै विश्‍वास किन नगरून्। कतिपय त्यस्ता मानिसहरू यस्ता छन् जो तीन वर्षपहिले जेबारे कुरा गरिरहेका हुन्थे अझै पनि त्यसैबारे कुरा गरिरहेका हुन्छन्, र अझै उही वचन र धर्मसिद्धान्तहरू बोलिरहेका हुन्छन्। ती मानिसहरूको सम्भाव्यता सक्‍किसकेको छ। तिनीहरूको कद वा आत्मज्ञानमा कुनै वृद्धि देख्न सकिन्न। परमेश्‍वरमाथिको तिनीहरूको आस्था उस्तै छ, र तिनीहरूको जीवन स्वभावमा अलिकति पनि परिवर्तन भएको छैन। परमेश्‍वरबारे तिनीहरूको गलतबुझाइ बढेको छ, र परमेश्‍वरको प्रतिरोध गर्ने तिनीहरूका भ्रष्ट स्वभावहरू झन् गम्भीर बनेका छन्। के यो झनै खतरनाक कुरा होइन र? यो वास्तवमै झनै खतरनाक कुरा हो, र तिनीहरू निश्‍चय नै निष्कासित हुनेछन्।

प्रायः तिमीहरूले आफ्नो कर्तव्य वा आफ्नो भ्रष्ट स्वभावसँग सम्बन्धित कुराहरू अनुभव गर्दा, के तिमीहरू आफूभित्रका समस्याहरू आत्मनिरीक्षणमार्फत पत्ता लगाउन सक्छौ? (अहिले म ती अलिअलि पत्ता लगाउन सक्छु। कर्तव्य निर्वाह गर्दा म सधैँ मुख्य भूमिकामा रहन र अन्तिम निर्णय आफै गर्न चाहन्छु, र म अरू मानिसहरूले मलाई सम्मान् गरून् भनेर धाक देखाउने प्रयास गर्छु। तर दाजुभाइ-दिदीबहिनीहरूले यो कुरा औँल्याइदिएपछि, म आफ्नै बारेमा चिन्तन गर्छु र आफ्नो अहङ्कारी प्रकृतिबारे केही ज्ञान प्राप्त गर्छु।) तैँले तेरो अहङ्कार त चिन्न सक्छस्—तर परमेश्‍वरप्रतिको तेरो समर्पण कस्तो छ, के त्यो बढेको छ? के आज्ञापालन गर्ने तेरो अभिप्राय र चाहना बढेको छ? के परमेश्‍वरमाथिको तेरो आस्था बढेको छ? (ती अलिअलि बढेका छन्।) सत्यता खोजी गरी कर्तव्य निभाउँदा त्यसले काम गर्दैन; समस्याहरू सामना गर्दा, तिनलाई समाधान गर्न तैँले सत्यता प्रयोग गर्नुपर्छ। यदि तैँले सधैँ तेरो आफ्नै इच्छा र शैतानी दर्शनअनुसार कर्तव्य निभाउँछस् भने, तैँले तेरा भ्रष्टता प्रकटीकरणहरूको समस्या त हल गर्न सक्दैनस् नै, परमेश्‍वरमाथिको तेरो आस्था, परमेश्‍वरप्रतिको तेरो आज्ञापालन, र परमेश्‍वरप्रतिको तेरो प्रेमसमेत बढ्नेछैन। यदि तैँले सत्यता स्विकार्दैनस् र सत्यता प्रयोग गरेर समस्याहरू हल गर्दैनस् भने, तेरो जीवन कहिल्यै वृद्धि हुनेछैन र तैँले कहिल्यै पनि तेरो भ्रष्टताको समस्या हल गर्न सक्नेछैनस्। अहिले तिमीहरूले आफ्नो कर्तव्य निभाउँदा के-कस्ता भ्रष्ट स्वभावहरू प्रकट गर्छौ? तिमीहरूमा के-कस्ता मानव अशुद्धताहरू बाँकी छन्? यी समस्याहरू पत्ता लगाउन तँ बारम्बार आत्मचिन्तनमा लाग्‍नुपर्छ। आत्मजाँचविना यी कुराहरू जान्न सकिँदैन। कहिलेकाहीँ अरू मानिसहरूले तिनीहरूका आफ्नै आत्मज्ञानबारे कुरा गरेको सुनेपछि मात्र तँलाई आफू पनि त्यस्तै भएको अनुभूति हुन्छ। यदि तैँले अरू मानिसहरूले तिनीहरूका स्थितिहरू पर्दाफास गरेको सुनिनस् भने, तैँले तेरा आफ्नै समस्याहरू पत्ता लगाउन सक्नेछैनस्। त्यस्ता धेरै मानिसहरू छन् जो सहजै अरूको अनुभवात्मक गवाही सुन्छन् किनकि तिनीहरूलाई त्यसबाट फाइदा पुग्छ र तिनीहरूले केही न केही प्राप्त गर्छन्। तैँले जति नजिकबाट र जति पूर्ण रूपमा तेरो आफ्नै भ्रष्ट स्वभाव र तेरा आफ्नै अभिप्राय र परिकल्पनाहरू जाँच्छस् र चिन्छस्, तँ त्यति नै ती कुराहरू त्याग्न सक्षम हुनेछस्, र त्यति नै सत्यता अभ्यास गर्ने तेरो आस्था बलियो बन्नेछ। अनि, सत्यता अभ्यास गर्ने तेरो आस्था जति बलियो बन्छ, त्यति नै सत्यता व्यवहारमा लागू गर्न तँलाई सजिलो हुनेछ। जब तैँले यसरी बारम्बार सत्यता अभ्यास गर्छस्, तब तैँले अझ बढी शुद्धतासाथ र अझ पर्याप्त रूपमा तेरो कर्तव्य निभाउन सक्नेछस्। यो जीवन वृद्धिको प्रक्रिया हो; यी कुराहरू आत्मचिन्तन र आत्मज्ञानका प्रतिफल हुन्। कतिपय त्यस्ता मानिसहरू छन् जो वर्षौँसम्म आफूले प्रवचनहरू सुनेको र थुप्रै वचन र धर्मसिद्धान्तहरू बुझेको कारण आफूमा भ्रष्ट स्वभाव छैन भन्ठान्छन्, मानौँ तिनीहरूलाई आत्मचिन्तन गर्नु र आत्मज्ञान प्राप्त गर्नु आवश्यक नै छैन। तिनीहरू सधैँ यी कुराहरू नयाँ विश्‍वासीहरूले मात्र ध्यान दिनुपर्ने कुराहरू हुन्, तर तिनीहरूले परमेश्‍वरमा धेरै वर्षसम्म विश्‍वास गरेकाले र तिनीहरूमा धेरै असल व्यवहारहरू भएकाले तिनीहरू पहिल्यै परिवर्तन भइसकेका छन्, र तिनीहरूमा भ्रष्ट स्वभाव छैन भन्ने विश्‍वास गर्छन्। यो अत्यन्तै गम्भीर गलत धारणा हो। यदि तँ आफू पहिल्यै परिवर्तन भइसकेको छु भन्ने सोच्छस् भने, तैँले सत्यता कति मात्रामा व्यवहारमा लागू गर्न सक्छस्? तेरा कतिवटा साँचा अनुभवात्मक गवाहीहरू छन्? के तँ ती गवाहीबारे कुरा गर्न सक्छस्? के तँ अरूको अगाडि परमेश्‍वरको साक्षी दिन सक्छस्? यदि तँ त्यसबारे बोल्न सक्दैनस् भने, त्यसले तँसित अनुभवात्मक गवाही छैन र तँसित सत्यता वास्तविकता पनि छैन भन्‍ने प्रमाणित गर्छ। त्यसोभए के तँजस्तो व्यक्ति साँच्चै परिवर्तन भएको हुन सक्छ त? के तँ साँचो पश्‍चात्ताप गरेको व्यक्ति होस् त? यसबारे शङ्का नगर्न कठिन छ। कहिल्यै आत्मचिन्तन नगर्ने वा आत्मज्ञान प्राप्त गर्न नखोज्ने व्यक्तिले कसरी जीवन प्रवेश पाउन सक्छ? आत्मज्ञानबारे कहिल्यै कुरा नगर्ने व्यक्तिले कसरी साँचो अनुभवात्मक गवाही बाँड्न सक्छ? यी कुराहरू असम्भव छन्। यदि कसैले तिनीहरू साँच्चिकै परिवर्तन भएका छन् र तिनीहरूले आफूलाई चिन्नु आवश्यक छैन भनी विश्‍वास गर्छन् भने, त्यस्ता व्यक्तिहरू पाखण्डी हुन् भनेर भन्न सकिन्छ। कतिपय मानिसहरू आफ्नो कर्तव्य निभाउँदा झारा टार्ने काम मात्र गर्छन्, र पर्याप्त मात्रामा काम गर्नु नै स्वीकार्य हुन्छ र बाहिरी रूपमा पर्याप्त देखिनुको मतलब तिनीहरूको कर्तव्यले मापदण्ड पूरा गरेको हुन्छ भन्‍ने विश्‍वास गर्छन्। काम गर्ने यो तरिका लापरवाही र झाराटाराइ हो, होइन र? के यस्तो व्यक्ति परमेश्‍वरप्रति साँच्चिकै समर्पित भइरहेको हुन्छ र? यसप्रकारको व्यक्तिले कुनै पनि सत्यता सिद्धान्तहरूविना आफ्नो कर्तव्य निभाउँछ, ऊ काम र परिश्रम गर्नमै सन्तुष्ट हुन्छ, र त्यसपछि उसले आफ्नो कर्तव्यले मापदण्ड पूरा गर्‍यो भन्ठान्छ। खासमा, ऊ सन्तोषजनक सेवाकर्ता मात्र हो, उसले पर्याप्त रूपले कर्तव्य निर्वाह गरिरहेको हुँदैन। केवल पर्याप्त मात्रामा सेवा गरेपछि नै चित्त बुझाउनेहरूले सत्यता वा स्वभाव परिवर्तन कहिल्यै हासिल गर्नेछैनन्। जसले परमेश्‍वरको मापदण्डबमोजिम कर्तव्य निर्वाह गर्दैन, जसले सत्यता सिद्धान्तहरू खोजी गर्दैन, र जसले आफ्नै इच्छाअनुसार व्यवहार गरिरहन्छ, उसले केवल सेवा दिने र परिश्रम गर्ने काम मात्र गरिरहेको हुन्छ। अहिले तिमीहरू कुन चरणमा छौ? (म त अझै पनि सेवा दिने चरणमै छु।) धेरैजसो समय तँ सेवा नै गरिरहेको हुन्छस्; कहिलेकाहीँ तैँले कर्तव्य निर्वाह गरिरहेको बेलामा र तँसित थोरै आज्ञापालन हुँदा तँ सत्यताप्रति लागिपर्न सक्छस्, तर के तँ प्रायः सधैँ यस्तै भइरहन्छस् त? (अहँ, हुँदिनँ।) सत्यता पछ्याउनुको उद्देश्य भनेकै यो समस्या हल गर्नु हो। तैँले बढीभन्दा बढी तेरो कर्तव्य निर्वाह गर्ने र कमभन्दा कम सेवा प्रदान गर्ने प्रयत्न गर्नुपर्छ, र तेरो सेवा प्रदान गराइलाई तेरो कर्तव्यनिर्वाहमा परिणत गर्ने कोसिस गर्नुपर्छ। सेवा प्रदान गर्नु र कर्तव्य निर्वाह गर्नुबीचको भिन्नता के हो? जुन व्यक्तिले सेवा प्रदान गर्छ, उसले आफूले चाहेको जुनसुकै काम गर्छ, उसले परमेश्‍वरको प्रतिरोध नगरे वा उहाँको स्वभाव नचिढ्याए त्यो ठिकै हो भन्ठान्छ, र यस्ताहरूले जीवन धान्न मात्र सके र कसैले त्यसको छानबिन नगरे त्यो स्वीकार्य हुन्छ भन्ठान्छन्। तिनीहरूले आत्मज्ञान प्राप्त गर्ने, इमानदार व्यक्ति हुने, सत्यता सिद्धान्तअनुसार काम गर्ने, वा परमेश्‍वरका बन्दोबस्तहरू पालना गर्ने कुरामा चासो देखाउँदैनन्, र तिनीहरू सत्यता वास्तविकतामा प्रवेश गर्नमा पनि निश्‍चय नै चासो देखाउँदैनन्। तिनीहरूले यी कुनै कुराप्रति चासो देखाउँदैनन्। यो सेवा प्रदान गर्नु हो। सेवा प्रदान गर्नु भनेको निरन्तर चलिरहने श्रम हो, यो बिहानदेखि रातीसम्म दासले झैँ श्रम गर्नु हो, त्यो यसप्रकारको श्रम हो। यदि तैँले कुनै सेवाकर्तालाई उसले किन यतिका वर्षसम्म गधाले झैँ काम गर्दै आएको हो भनेर सोधिस् भने, उसले “आशिष्‌हरू प्राप्त गर्न” भन्ने जवाफ दिनेछ! अनि, तैँले उसलाई त्यति धैरै वर्ष परमेश्‍वरमा विश्‍वास गरेपछि उसका भ्रष्ट स्वभावहरू बिलकुलै परिवर्तन भएका छन् कि छैनन्, उसले परमेश्‍वर हुनुहुन्छ भन्ने पुष्टि पाएको छ कि छैन, उसले सृष्टिकर्ताका योजनाबद्ध कार्य र बन्दोबस्तहरूबारे कुनै साँचो ज्ञान र अनुभव प्राप्त गरेको छ कि छैन भनेर सोधिस् भने, उसले यी कुनै कुरा पनि प्राप्त गरेको हुँदैन, र उसले यी कुनै कुराबारे केही पनि बोल्न सक्नेछैन। उसले उसको जीवन वृद्धि र स्वभाव रूपान्तरणसम्बन्धी विविध सूचकहरूमध्ये कुनैमा पनि प्रवेश गरेको वा सुधार हासिल गरेको हुँदैन। उसले स्वभाव परिवर्तन के हो भन्ने कुरा बुझ्दै नबुझी केवल सेवा प्रदान गर्ने काम मात्र गरिरहन्छ। कतिपय मानिसहरू वर्षौँसम्म यसरी नै सेवा मात्र गरिरहन्छन् तर बिलकुलै परिवर्तन हुँदैनन्। कठिनाइहरू सामना गर्दा तिनीहरू अझै पनि प्रायः नकारात्मक बनिरहन्छन्, गुनासो पोखिरहन्छन्, र भ्रष्ट स्वभावहरू प्रकट गरिरहन्छन्। जब तिनीहरूलाई काटछाँट र निराकरण गरिन्छ, तब तिनीहरू विवाद र किचकिच गर्नतिर लाग्छन्, कति पनि सत्यता स्विकार्न सक्दैनन् र परमेश्‍वरप्रति बिलकुलै समर्पित हुँदैनन्। अन्त्यमा, तिनीहरूलाई कर्तव्य निभाउन निषेध गरिन्छ। कतिपय मानिसहरूले कर्तव्य निभाउँदा कामकुराहरू भद्रगोल पार्छन् तर आलोचना स्विकार्दैनन्, बरु लाज पचाउँदै कुनै गलत काम नगरेको दाबी गर्छन् र बिलकुलै पश्‍चात्ताप गर्दैनन्। अन्त्यमा, जब परमेश्‍वरले तिनीहरूको कर्तव्य खारेज गर्नुहुन्छ र तिनीहरूलाई बाटो लगाइदिनुहुन्छ, तिनीहरूले रोइकराइ र गुनासो गर्दै कार्यस्थल छोड्छन्। तिनीहरू यसरी नै निष्कासित हुन्छन्। कर्तव्यहरूद्वारा यसरी नै मानिसहरू पूर्ण रूपले पर्दाफास हुन्छन्। मानिसहरूले प्रायः विश्‍वस्त रूपले नै बोल्छन् र चर्का नाराहरू फलाक्छन्, तर किन तिनीहरू कुनै कर्तव्य सम्हाल्दा मानव भएर व्यवहार गर्नुको साटो दियाबलस बन्छन्? यस्तो किन हुन्छ भने, मानवता नभएका मानिसहरू जहाँसुकै गए पनि दियाबलस नै हुन्छन्; र सत्यता नस्विकारीकन तिनीहरू कतै पनि खरो उत्रिन सक्दैनन्। कतिपय मानिसहरूले प्रायः लापर्बाहीपूर्वक र झाराटारुवा तरिकाले कर्तव्य निभाउँछन्, र काटछाँट र निराकरण गरिँदा तिनीहरूले विवाद र तर्क गर्ने प्रयास गर्छन्। लगातार निराकरण भोगेपछि, तिनीहरूमा पश्‍चात्ताप गर्ने केही चाहना जाग्छ, त्यसैले तिनीहरू आत्मसंयमका विधिहरू प्रयोग गर्न थाल्छन्। तर अन्त्यमा तिनीहरूले आफूलाई काबुमा राख्न सक्दैनन्, र तिनीहरूले कसम खाएर आफैलाई सरापे पनि, त्यसले केही हुँदैन, र तिनीहरूले अझै तिनीहरूको लापर्बाहीपन र झाराटारुवापनको समस्या अनि विवाद र किचकिच गर्ने समस्या हल गर्दैनन्। अन्त्यमा सबैले यस्तो व्यक्तिलाई घृणा र आलोचना गरेपछि मात्र उसले यसो भन्दै यो कुरा मान्‍न बाध्य हुन्छ, “ममा भ्रष्ट स्वभावहरू छन्। म पश्‍चात्ताप गर्न चाहन्छु तर म सक्दिनँ। कर्तव्य निभाउँदा म सधैँ मेरा आफ्नै हित, गौरव र प्रतिष्ठाबारे विचार गर्छु, जसले मलाई परमेश्‍वरविरुद्ध प्रायः विद्रोह गर्ने तुल्याउँछ। म सत्यता अभ्यास गर्न चाहन्छु, तर म मेरा अभिप्राय र चाहनाहरू त्याग्न सक्दिनँ; म तिनलाई त्याग्‍नै सक्दिनँ। म सधैँ मेरो आफ्नै इच्छाअनुसार काम गर्न चाहन्छु, म काम पन्छाउन षडयन्त्रहरू रच्छु, र म फुर्सद र मस्तीप्रति लालायित हुन्छु। म निराकरण र काटछाँट स्विकार्न सक्दिनँ र सधैँ विवाद गरेर उम्किन खोज्छु। मलाई मैले परिश्रम गरेकोले र कठिनाइहरू सहेकोले मैले पर्याप्त गरेको छु भन्ने लाग्छ, त्यसैले कसैले मलाई निराकरण गर्न खोज्दा म हृदयबाट चित्त बुझाउन नसकेर विवाद र किचकिच गर्नतिर लाग्छु। मलाई सम्हाल्न साँच्चिकै कठिन छ! यी समस्याहरू समाधान गर्न मैले कसरी सत्यता खोज्नुपर्छ?” तिनीहरूले यी कुराहरू मनन गर्न थाल्छन्। यसको अर्थ के हो भने, तिनीहरूमा मानिसहरूले कस्तो व्यवहार गर्नुपर्छ भन्नेबारे केही बुझाइका साथै केही समझ पनि छ। यदि कुनै सेवाकर्ताले कुनै बिन्दुमा पुगेर आफ्नो तोकिएको काम गर्न र आफ्नो स्वभाव परिवर्तन गर्नतिर ध्यान दिन थाल्छ भने, र उसले उसमा पनि भ्रष्ट स्वभावहरू छन्, ऊ पनि अहङ्कारी र परमेश्‍वरको आज्ञापालन गर्न असक्षम छ, र ऊ यस्तै रहिरहेर अब हुँदैन भन्ने महसुस गर्छ भने—जब उसले यी कुराहरू सोच्न र बुझ्‍न प्रयास गर्न थाल्छ, जब उसले आफूले पत्ता लगाएका समस्याहरू सामना गर्ने सत्यता खोज्न सक्छ—के त्यसपछि उसले आफ्नो मार्ग सुल्टाउन थाल्नेछैन र? यदि उसले उसको मार्ग सुल्टाउन थाल्छ भने, ऊ परिवर्तन हुने आशा रहन्छ। तर यदि उसले सत्यता पछ्याउने अभिप्राय कहिल्यै राख्दैन भने, यदि उसमा सत्यताप्रति लागिपर्ने चाहना छैन र उसलाई श्रम र काम गर्न मात्र आउँछ, र ऊ आफूलाई दिइएको काम पूरा गर्नु नै आफ्नो कार्य र परमेश्‍वरको आज्ञा पूरा गर्नु हो भन्ने विश्‍वास गर्छ भने—यदि उसले केही श्रम गर्नु भनेकै आफ्नो कर्तव्य निभाइसक्‍नु हो भन्‍ने विश्‍वास गर्छ, तर उसले परमेश्‍वरका मापदण्डहरू के-कस्ता छन् वा सत्यता के हो, वा ऊ परमेश्‍वरको आज्ञापालन गर्ने व्यक्ति हो वा होइन भन्नेबारे कहिल्यै सोचविचार गर्दैन, र यीमध्ये कुनै पनि कुरा कहिल्यै बुझ्न खोज्दैन भने—यदि उसले आफ्नो कर्तव्यलाई यसरी नै लिन्छ भने, के ऊ मुक्ति प्राप्त गर्न सक्षम हुन्छ त? हुँदैन। उसले मुक्तिको मार्गमा पाइला चालेको छैन, ऊ परमेश्‍वरमा विश्‍वास गर्ने सही बाटोमा पुगेको छैन, र उसले परमेश्‍वरसित कुनै सम्बन्ध निर्माण गरेको छैन। उसले अझै परमेश्‍वरको घरमा श्रम र सेवा मात्र गरिरहेको छ। यस्ता मानिसहरूले परमेश्‍वरको घरमा सेवा गर्दा उहाँले तिनीहरूलाई पनि रेखदेख र सुरक्षा प्रदान गर्नुहुन्छ, तर उहाँले तिनीहरूलाई मुक्ति दिने अभिप्राय राख्नुहुन्न। परमेश्‍वरले तिनीहरूलाई निराकरण, काटछाँट, न्याय, सजाय, परीक्षा, वा शोधन गर्नुहुन्न, उहाँले तिनीहरूलाई यो जुनीमा केही आशिष्‌हरू प्राप्त गर्न मात्र दिनुहुन्छ, त्योभन्दा बढी अरू केही दिनुहुन्न। जब यी मानिसहरूले चिन्तन गर्न र आफूबारे ज्ञान प्राप्त गर्न जानेका हुन्छन्, र सत्यता अभ्यास गर्नुको महत्त्व चिनेका हुन्छन्, तब त्यसको मतलब यो हुन्छ कि तिनीहरूले आफूले सुनेका प्रवचनहरू बुझेका छन् र अन्त्यमा केही प्रतिफलहरू प्राप्त गरेका छन्। तिनीहरूले त्यसपछि यस्तो सोच्छन्, “परमेश्‍वरमा विश्‍वास गर्नु अत्यन्तै गज्जब कुरा हो। उहाँका वचनहरूले मानिसहरूलाई साँच्चै परिवर्तन गर्न सक्छन्! मैले अहिले तत्काल गर्नुपर्ने भनेको सत्यता प्राप्त गर्ने खोजी गर्नु हो। यदि मैले आफूलाई चिन्न वा आफ्ना भ्रष्ट स्वभावहरूबाट मुक्त हुन ध्यान दिइनँ, र मैले केवल सेवा गरेरै चित्त बुझाएँ भने, मैले केही पनि हासिल गर्नेछुइनँ।” त्यसैले, यो व्यक्तिले यसरी मनन गर्न थाल्छः “मसित के-कस्ता भ्रष्ट स्वभावहरू छन्? मैले तिनलाई कसरी चिन्न सक्छु? मैले यी भ्रष्ट स्वभावहरू ठ्याक्कै कसरी हल गर्नुपर्छ?” यी मामलाहरूबारेको तिनीहरूको मननले सत्यतासम्बन्धी बुझाइ र स्वभाव परिवर्तनको कुरालाई छुन्छ, र त्यसपछि तिनीहरूको मुक्तिको आशा हुन्छ। यदि व्यक्तिले आफ्नो कर्तव्यमार्फत आत्मचिन्तन गर्न र आफूलाई चिन्न, सत्यता खोज्न, परमेश्‍वरका मापदण्डहरू पूरा गर्नहेतु मेहनत गर्न, र आफ्ना भ्रष्ट स्वभावहरू हल गर्न सक्छ भने, ऊ परमेश्‍वरमा विश्‍वास गर्ने सही बाटोमा पुगेको छ। यी मामलाहरू लगातार मनन गरेर अनि सत्यता बुझ्ने प्रयत्न गरेर उसले परमेश्‍वरको अन्तर्दृष्टि, ज्योति र मार्गदर्शन प्राप्त गर्नेछ। यसरी, यस्ता व्यक्तिहरू परमेश्‍वरबाट निराकरण र काटछाँट हुन स्विकार्न सक्षम हुन्छन्, र त्यसको केही समयपछि तिनीहरूको न्याय र दण्ड, अनि परीक्षा र सोधन हुन सक्छ। परमेश्‍वरले तिनीहरूमाथि उहाँको काम सुरु गर्नुहुनेछ, र तिनीहरूलाई शुद्धीकरण र रूपान्तरण गर्नुहुनेछ।

कतिपय मानिसहरू भन्छन्: “मैले धेरै वर्ष परमेश्‍वरमा विश्‍वास गरेको र कर्तव्य निभाएको छु, तर मेरो निराकरण र काटछाँट कहिल्यै भएको छैन, मैले कुनै अन्तर्दृष्टि वा ज्योति पाएको छैन, र परीक्षा र शोधन त झनै भोगेको छैन।” के यस्तो व्यक्तिले परमेश्‍वरको काम अनुभव गरिरहेको हुन्छ? यदि यस्ता व्यक्तिहरूले परमेश्‍वरका वचनहरू साँच्चै अनुभव र अभ्यास गर्न सक्थे भने, तिनीहरूलाई कसरी अन्तर्दृष्टि र ज्योति प्राप्त हुँदैनथ्यो र? यदि तिनीहरूले बारम्बार आफ्नो भ्रष्टता प्रकट गरिरहन्छन् भने, तिनीहरूलाई पक्कै पनि काटछाँट र निराकरण गरिनेछ। अनि, काटछाँट र निराकरणपछि पनि, यदि तिनीहरूले पश्‍चात्ताप गर्दैनन् भने, तिनीहरूमा पक्कै पनि कुनै मानवता छैन, र तिनीहरू हटाइनैपर्ने मानिसहरू हुन्। कतिपय मानिसहरू भन्छन्: “म प्रायः निराकरण र काटछाँटको अनुभव लिन्छु, र मैले प्रायः परमेश्‍वरको अन्तर्दृष्टि र ज्योति पाउँछु, र नयाँ ज्ञान प्राप्त गर्छु।” यहाँ के भइरहेको छ? (परमेश्‍वरले तिनीहरूलाई अगुवाइ गरिरहनुभएको छ।) अन्य कतिपयले भन्छन्: “म कसरी ती अरू मानिसहरूजस्तो छैनँ जसको लागि सबथोक सहज हुन्छ? तिनीहरूले सधैँ परमेश्‍वरको आशिष्‌ पाउँछन् र कोक्रोभित्रको बच्चाझैँ सुरक्षित भएर जिउँछन्, र तिनीहरूले कुनै कठिनाइहरू सामना गर्नु पर्दैन। मलाई किन सधैँ परीक्षा र शोधन गरिन्छ?” सधैँ परीक्षा र शोधन भोग्नु राम्रो कुरा हो कि नराम्रो? (यो राम्रो कुरा हो।) यो राम्रो कुरा हो, नराम्रो होइन। परमेश्‍वरले मानिसहरूलाई परीक्षा र शोधन गर्नुको उद्देश्य के हो? (तिनीहरूलाई आफ्नो भ्रष्ट स्वभाव चिन्न सक्षम तुल्याउनु हो।) परमेश्‍वरले मानिसहरूलाई यातना दिन वा सताउन त्यसो गर्नुभएको होइन; उहाँले मानिसहरूलाई आफ्ना भ्रष्ट स्वभावहरू चिन्न र आफ्नो भ्रष्टताको सार र साँचो मुहार प्रस्टसित देख्न सक्षम तुल्याउन त्यसो गर्नुहुन्छ, ताकि तिनीहरूले आफ्ना अभिप्राय र परिकल्पनाहरू त्यागेर उहाँप्रति समर्पण हासिल गर्न सकून्। त्यसपछि तिनीहरू सेवा गरिरहेका मात्र नभई आफ्नो कर्तव्यसमेत निभाइरहेका हुन्छन्। जब तैँले इमानदारीपूर्वक र औपचारिक रूपमा सृष्टि गरिएका प्राणीको कर्तव्य पूरा गर्छस्, तब परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य बन्छ, र उहाँसँगको तेरो पहिलेको असामान्य सम्बन्ध सुल्टिन्छ। यदि तँ र परमेश्‍वरबीचको सम्बन्ध रोजगारदाता र कामदारको जस्तो छ भने, तैँले मुक्ति प्राप्त गर्न सक्दैनस्। यदि तैँले परमेश्‍वरको आज्ञा स्विकार्छस्, परमेश्‍वरको घरका बन्दोबस्तहरू पालना गर्न सक्छस्, र आफ्नो कर्तव्य राम्ररी निभाउन गम्भीर जिम्मेवारी लिन्छस् भने, परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य हुनेछ। तँ सृष्टि गरिएको प्राणी हुनेछस्, तँ सृष्टिकर्ताका बन्दोबस्तहरूप्रति समर्पित हुन सक्नेछस्, र हृदयमा तैँले परमेश्‍वरलाई मुक्तिदाताको रूपमा स्विकार्न सक्नेछस्, र तँ उहाँको मुक्तिको लक्षित व्यक्ति हुनेछस्। उहाँसँगको तेरो सम्बन्ध त्यो स्तरको हुनेछ। तर यदि तँ सधैँ सेवा मात्र गरिरहेको हुन्छस् भने, यदि परमेश्‍वरले तँलाई जे आज्ञा दिनुभए पनि तैँले त्यो काम सधैँ लापरवाह र झाराटारुवा मनोवृतिले गर्छस्, सत्यता सिद्धान्तहरू स्विकार्दैनस् र साँचो आज्ञापालन गर्दैनस्, श्रम र काम गर्न मात्र जान्दछस्, काम गर्दा झारा मात्र टार्छस् भने, तँ साँच्चिकै सेवाकर्ता होस्। सेवाकर्ताहरूले सत्यता नस्विकार्ने हुनाले र तिनीहरू कहिल्यै अलिकति पनि परिवर्तन नहुने भएकाले, परमेश्‍वरसँगको तिनीहरूको सम्बन्ध सधैँभरि कामदार र रोजगारदाताको जस्तो हुन्छ। तिनीहरू कहिल्यै पनि परमेश्‍वरप्रति साँचो रूपमा समर्पित हुनेछैनन्, र परमेश्‍वरले तिनीहरूलाई विश्‍वासी वा उहाँका मानिसहरूका रूपमा चिन्नुहुनेछैन। यो तिनीहरूले सत्यता नपछ्याईकन परमेश्‍वरमाथि विश्‍वास गर्नुको परिणाम हो; यो कुरा तिनीहरू हिँड्ने मार्गद्वारा निर्धारित हुन्छ। यदि तँ परमेश्‍वरसँगको तेरो सम्बन्ध सुधार्न चाहन्छस् भने तैँले के गर्नुपर्छ? (सत्यता पछ्याउने मार्गमा हिँड्नुपर्छ।) ठिक भनिस्। तैँले सत्यता पछ्याउने मार्गमा हिँड्‍नुपर्छ। तेरो पहिलो कदम के हुनुपर्छ? (मैले मेरो कर्तव्य कसरी निभाउने भन्ने कुरा बुझ्नुपर्छ।) परमेश्‍वरका विश्‍वासीहरूले कुनै न कुनै कर्तव्य सम्हाल्नैपर्छ—यो परमेश्‍वरको मापदण्ड हो। परमेश्‍वरलाई पछ्याउनुले कर्तव्य पूरा गरेको जनाउँछ; कर्तव्य निर्वाह नगरीकन परमेश्‍वरमा विश्‍वास गर्नेहरूले परमेश्‍वरलाई पछ्याइरहेका हुँदैनन्। यदि तँ परमेश्‍वरलाई पछ्याउन चाहन्छस् भने, तैँले तेरो कर्तव्य राम्ररी निभाउनुपर्छ। अनि, कर्तव्य निर्वाह गर्दा पहिला सत्यताको कुन पक्ष अभ्यास गर्नुपर्छ? (आज्ञापालनको सत्यता।) त्यो सही हो। कतिपय मानिसहरू भन्छन्: “अब यो मेरो कर्तव्य हो। मैले मेहनतसाथ पढेर अङ्ग्रेजी सिक्‍नमा केही फड्को मार्नुपर्छ, र त्यसपछि TOEFL जाँच दिनुपर्छ वा दुई वर्षपछि PhD हासिल गर्नुपर्छ। त्यसपछि म बाहिरी संसारमा आफूलाई परिचित गराउन सक्नेछु, वा सायद परमेश्‍वरको घरमा राम्रै गर्नेछु र भविष्यमा अगुवा बन्नेछु।” के ती मानिसहरू आफ्नै खातिर युक्ति रचिरहेका छैनन् र? (छन्।) सधैँ आफ्नै देहको लागि योजना र बन्दोबस्त गर्नु, अनि आफ्नो जीवनका मामलाहरू मात्र नभई मृत्युपछिका मामलाहरू पनि बन्दोबस्त गर्नु—यो एक अविश्‍वासीको मानसिकता हो। अविश्‍वासीहरूले यस्तो सोचेर दिन बिताउनु सामान्य हो किनकि तिनीहरू परमेश्‍वरको अस्तित्व स्विकार्दैनन्, त्यसैले तिनीहरूले आफ्नो देहबारे मात्र सोच्न र जन्तुले झैँ आफ्नो जीवनबारे मात्र विचार गर्न सक्छन्। यद्यपि, परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले हरदिन उहाँका वचनहरू पढ्ने र सत्यता बुझ्ने हुनाले, तिनीहरूले कर्तव्य निभाउनुको महत्त्व र त्यसको कारण जानेको हुनुपर्छ। तिनीहरू यी कुराहरूबारे प्रस्ट हुनुपर्छ, यी कुराहरू परमेश्‍वरमाथिको विश्‍वासमा व्यक्तिले लिने मार्गसित प्रत्यक्ष सम्बन्धित हुन्छन्। सत्यता बुझ्न र स्वभाव परिवर्तन हासिल गर्न व्यक्तिले कसरी परमेश्‍वरको कामप्रति समर्पित हुनुपर्छ र परमेश्‍वरका वचनहरू बुझ्नुपर्छ, कर्तव्य राम्ररी निर्वाह गर्न र परमेश्‍वरको आज्ञापालन गर्न सत्यताका कुन पक्षहरू हासिल गर्नुपर्छ, र मानिसहरूले आफ्ना भ्रष्ट स्वभावहरू धुन सकियोस् भनेर परमेश्‍वरको न्याय र सजाय कसरी स्विकार्नुपर्छ—तिनीहरूले यी मामलाहरूसम्बन्धी सत्यता बुझ्न झनै जरूरी छ। परमेश्‍वरमाथिको विश्‍वासमा व्यक्तिले हिँड्नुपर्ने मार्ग यही हो। यो तरिकाले सत्यता पछ्याएर मात्र व्यक्तिले आफ्नो कर्तव्य राम्ररी निभाउन र परमेश्‍वरबाट मुक्ति प्राप्त गर्न सक्छ। यसरी सत्यता पछ्याउने मानिसहरूलाई परमेश्‍वरले मुक्ति दिन र सिद्ध पार्न चाहनुहुन्छ। परमेश्‍वरले उहाँको मुक्तिको काम पूरा गरेर केही यस्ता व्यक्तिहरू प्राप्त गर्न चाहनुहुन्छ। यदि कसैले कसरी अगाडि पुग्ने, कसरी नामी अगुवा बन्ने, अनि आफूले कति मानिसहरूलाई व्यवस्थापन गरिएला, र अन्त्यमा कति सहरहरूमा शासन गर्न पाइएला भन्नेबारे मात्र सोच्छ भने, ती केवल महत्त्वाकाङ्क्षा र चाहनाहरू हुन्। यस्तो व्यक्ति ख्रीष्टविरोधीहरूकै कोटिको हो—यी कुराहरू हासिल गर्न हर ख्रीष्टविरोधीले षडयन्त्र रच्छ। के षडयन्त्र रचेर यी कुराहरू हासिल गर्नु विधिसम्मत कुरा हो र? (होइन।) यो विधिसम्मत होइन भन्ने थाहा पाएपछि, के तिनीहरूले ती कुरा त्याग्न सक्छन् त? (त्यो सजिलो हुनेछैन।) सामान्य परिस्थितिहरूमा, मानिसहरूले आफ्ना लक्ष्यहरू हासिल गर्न तिनीहरूका आफ्नै अभिप्रायअनुसार कार्य गर्छन्। तैँले गर्ने सबथोकमा, के तँ तेरा आफ्नै लक्ष्यहरू हासिल गर्न कार्य गर्छस्, कि आत्मचिन्तन गर्ने, सत्यता खोज्ने, आफ्ना लक्ष्य र षड्यन्त्रहरू त्याग्ने, अनि सत्यता पछ्याउने मार्ग हिँड्ने गर्छस्? सही मार्ग कुनचाहिँ हो? (निरन्तर आफूलाई त्याग्ने र परमेश्‍वरका मापदण्डअनुसार व्यवहार गर्ने मार्ग हो।) कस्तो प्रकारको व्यक्तिको पछ्याइले यो कुरा हासिल गर्न सक्छ? दयालु, इमान्दार र सीधा हृदय भएको व्यक्तिले मात्र यो हासिल गर्न सक्छ। सत्यतालाई प्रेम नगर्ने ती छली, हठी र दुष्ट मानिसहरूले यो हासिल गर्न सक्दैनन्। तिनीहरूलाई तिनीहरूले हिँड्ने मार्ग सही होइन—त्यो पावलको गलत मार्ग हो—र तिनीहरूले अवश्यै मुक्ति प्राप्त गर्नेछैनन् भन्ने कुरा थाहा छ, तैपनि तिनीहरू किन सही मार्ग हिँड्दैनन्? किनकि तिनीहरू आफूलाई नियन्त्रणमा राख्न सक्दैनन्। यो पूर्णतया तिनीहरूको प्रकृतिद्वारा निर्धारित गरिएको हुन्छ। यो त दुईजना मानिसहरू उस्तै क्षमताका भए पनि, तिनीहरूले बराबर समय परमेश्‍वरमा विश्‍वास गरेर, उही प्रवचनहरू सुनेका, र उही कर्तव्यहरू निभाएका भए पनि तिनीहरू फरकफरक मार्ग हिँडेजस्तै हो। केही वर्षमै तिनीहरू अलगअलग मार्ग लाग्छन्, अनि एउटालाई हटाइन्छ र अर्कोलाई राखिन्छ। एउटाको हृदय इमानदार र सीधा हुन्छ, उसले सत्यतालाई प्रेम गर्छ, र ऊ सत्यता पछ्याउने मार्ग हिँड्छ। कसैले यो व्यक्तिलाई बहकाउन र दुष्टताको मार्ग हिँड्न उक्साए पनि, के उसले त्यसो गर्नेछ र? गर्नेछैन। उसले निश्‍चय नै ती कुराहरू अस्वीकार गर्नेछ। ऊ सत्यता खोज्न, परमेश्‍वरका मापदण्डअनुसार कार्य गर्न, र आफ्नो कर्तव्य निर्वाहमा झन्झन् निखारिन सक्षम हुन्छ। तर अर्को व्यक्ति तुलनात्मक रूपले दुष्ट र छली हुन्छ। ऊ हैसियत पछ्याउँछ र उसका महत्त्वाकाङ्क्षाहरू अति ठूला हुन्छन्। कसैले उसलाई सत्यताबारे जे-जसरी सङ्गति गरे पनि, उसले आफ्नो हैसियतको पछ्याइ त्याग्नेछैन। यो उसको प्रकृतिसम्बन्धी समस्या हो। अनि, सत्यता नस्विकार्ने र कहिल्यै हैसियत त्याग्न नसक्ने यस्तो व्यक्तिको अन्त्य कस्तो हुन्छ? ऊ निष्कासित हुनेछ। यी दुई मानिसहरूका परिणामहरू प्रस्ट रूपमै फरक छन्। हृदयमा इमानदारिता भएको र सत्यता पछ्याउने व्यक्तिले बढीभन्दा बढी सत्यता बढी प्रस्ट रूपमा बुझ्छ, र ऊ बिस्तारै परमेश्‍वरको इच्छासित मिल्न जान्छ। तर सत्यता नपछ्याउने व्यक्तिले चाहिँ धर्मसिद्धान्त बुझ्न मात्र सक्छ, र त्यसलाई व्यवहारमा लागू गर्न सक्दैन। उसले किन त्यसलाई व्यवहारमा लागू गर्न सक्दैन त? उसका महत्त्वाकाङ्क्षा र चाहनाहरू अति ठूला हुन्छन्, र उसले तिनलाई त्याग्नै सक्दैन। उसले गर्ने सबै कुरामा, उसले उसका आफ्नै हित, महत्त्वाकाङ्क्षा, चाहना, प्रतिष्ठा, नाफा, र हैसियतलाई प्राथमिकता दिन्छ। ऊ यी कुराहरूले भरिएको हुन्छ, र यी कुराहरूहरूद्वारा बहकिन्छ। जब उसलाई केही आइपर्छ, उसले पहिला आफ्नो देहलाई सन्तुष्ट तुल्याउँछ र उसका आफ्ना चाहनाहरू पूरा गर्छ। उसले सबै कुराहरूमा उसका आफ्नै चाहनाअनुसार कार्य गर्छ, उसले यही लक्ष्य पछ्याउँछ र सत्यता पन्छाउँछ। फलस्वरूप, उसले आफ्नो कर्तव्य राम्ररी निभाउँदैन र काम भद्रगोल पार्छ, र अन्त्यमा उसलाई हटाइन्छ। के परमेश्‍वरको घरले हटाउने मानिसहरू ठ्याक्कै यिनीहरू नै होइनन् र? अनि, के तिनीहरूको लागि कुनै आशा नहुने हुँदैन र? यदि तिनीहरूले साँचो रूपमा पश्‍चात्ताप गर्न सक्छन् भने, तिनीहरू बहिष्कार हुनबाट बच्न सक्छन्, र तिनीहरूको लागि मुक्तिको आशा रहनेछ। तर यदि तिनीहरूको हृदय हठी नै रहन्छ र तिनीहरू उग्र कुकुर हड्डीमा झुण्डेझैँ आफ्नै चाहनाहरूमा झुण्डिरहन्छन् भने, तिनीहरूले मुक्ति प्राप्त गर्ने बिलकुलै आशा हुँदैन। यदि मानिसहरू सही मार्गमा हिँड्दैनन् भने तिनीहरूले सत्यता प्राप्त गर्न सक्दैनन्! सत्यता पछ्याउने मार्ग मात्र सही मार्ग हो। त्यो मार्ग हिँडे मात्र व्यक्तिले सत्यता प्राप्त गर्न सक्छ। अनि, सत्यता पछ्याए मात्र, व्यक्तिले परमेश्‍वरबाट मुक्ति प्राप्त गर्ने आशा राख्न सक्छ।

छली र दुष्ट मानिसहरूको हृदय व्यक्तिगत महत्त्वाकाङ्क्षा, योजना र षड्यन्त्रहरूले भरिभराउ हुन्छ। के यी कुराहरू पन्छाउन सजिलो छ? (छैन।) यदि तँ अझै तेरो कर्तव्य उचित रूपमा निभाउने इच्छा गर्छस् तर यी कुराहरू पन्छाउन सक्दैनस् भने, तैँले के गर्नुपर्छ? त्यसको लागि एउटा मार्ग छः तैँले जे गरिरहेको छस् त्यसको प्रकृतिबारे तँ प्रस्ट हुनुपर्छ। यदि कुनै कुराले परमेश्‍वरको घरका हितहरूसित सरोकार राख्छ, र त्यो ठूलो महत्त्वको छ भने, तैँले त्यसलाई थाती राख्न हुँदैन, र तैँले गल्ती गर्न, परमेश्‍वरको घरका हितमा हानि पुर्‍याउन, वा परमेश्‍वरको घरको काम बिथोल्‍न हुँदैन। तैँले कर्तव्य निभाउँदा पालना गर्नुपर्ने सिद्धान्त यही हो। यदि तँ परमेश्‍वरको घरका हितहरूमा हानि पुर्‍याउनबाट जोगिन चाहन्छस् भने, सुरुमा तैँले तेरा महत्त्वाकाङ्क्षा र चाहनाहरू त्याग्‍नुपर्छ; तैँले तेरा हितहरूमा धेरथोर सम्झौता गर्नुपर्छ, तिनलाई पन्छाउनुपर्छ, र तैँले खतराको सीमा नाघी परमेश्‍वरको स्वभाव चिढ्याउनुभन्दा चाँडै अलिअलि कठिनाइ सहनुपर्छ। यदि तैँले तेरा ससाना महत्त्वाकाङ्क्षाहरू र आडम्बर पूरा गर्न मण्डलीको काम बिगार्छस् भने, तेरो अन्तिम परिणाम के हुनेछ? तँ प्रतिस्थापित हुनेछस्, र सायद निष्कासितसमेत हुनेछस्। तैँले परमेश्‍वरको स्वभाव भड्काएको हुनेछस्, र तँसित मुक्ति प्राप्त गर्ने थप कुनै मौका नहुन सक्छ। परमेश्‍वरले मानिसहरूलाई सीमित मौकाहरू दिनुहुन्छ। मानिसहरूले परमेश्‍वरको जाँच भोग्ने कति मौकाहरू पाउँछन्? यो तिनीहरूको सारअनुसार निर्धारित हुन्छ। यदि तैँले तँलाई दिइएका अवसरहरू सक्दो सदुपयोग गर्छस् भने, यदि तँ आफ्नो घमण्ड र आडम्बर त्याग्न सक्छस्, र मण्डलीको काम राम्ररी गर्न प्राथमिकता दिन्छस् भने, तँसित सही मानसिकता छ। तेरो हृदय पनि सीधा हुनुपर्छ, दायाँ वा बायाँतिर ढल्केको हुनु हुँदैन। जब तँसित गलत अभिप्रायहरू हुन्छन्, तैँले तुरुन्तै प्रार्थना गर्नुपर्छ र तिनलाई सच्याउनुपर्छ। तैँले महत्त्वपूर्ण घडीहरूमा परमेश्‍वरको घरका हितहरू रक्षा गरेर तेरा कार्यहरू पूरा गर्नुपर्छ। जसले यसो गर्छ ऊ सही व्यक्ति हो। यदि, कुनै कुरा पूरा भएपछि, तैँले बेलाबेलामा तेरो आडम्बर पूरा गर्नकै लागि हतारिँदै “यो मैले गरेको हुँ” भनेर भन्छस् भने, त्यो ठिकै हुन्छ। परमेश्‍वरले तँलाई त्यसो भन्‍ने अनुमति दिनुहुन्छ। तैँले जे-जसरी सोच्ने भए पनि, तैँले त्यो काम पूरा गरेपछि उहाँले त्यो सम्झनुहुनेछ। के यो न्यायोचित होइन र? यस्तो किन हो भने, यो तैँले वास्तवमै मनबाट र इमानदारीसाथ हासिल गरेको कुरा थियो; तैँले आफ्नो दैहिकता र महत्त्वाकाङ्क्षा त्यागिस्, तेरो कर्तव्य पूरा गरिस्, र परमेश्‍वरको घरका हितहरूमा हानि हुन नदिई उहाँको आज्ञा पूरा गरिस्। परमेश्‍वरको हृदयलाई सान्त्वना मिल्छ, र सँगसँगै तेरो हृदयमा तँलाई शान्ति र आनन्द पनि अनुभूति हुन्छ। यो यस्तो खुसी हो जुन पैसाले किन्नै सकिँदैन; यो तैँले तेरो इमानदारीद्वारा कमाएको कुरा हो। यो सत्यता पछ्याउनुको नतिजा हो। यदि तैँले पछि “के यो मैले गरेको भनेर तिमीहरू सबैले थाहा पायौ?” भन्दै धाक लाउँछस् भने पनि परमेश्‍वरलाई त्यसमा कुनै समस्या हुनेछैन। तर महत्त्वपूर्ण घडीहरूमा, तैँले न्युनतम मापदण्ड कायम राख्नैपर्छ। तैँले परमेश्‍वरलाई क्रोधित तुल्याउन वा उहाँको स्वभाव चिढ्याउन मिल्दैन। यदि तैँले यो कुरा पालना गर्न सक्छस्, र हरेक महत्त्वपूर्ण घडीमा त्यो मौका समात्ने र त्यो अवसर सदुपयोग गरेर तेरो कर्तव्य पूरा गर्ने सुनिश्‍चितता गर्छस् भने, तैँले मुक्ति प्राप्त गर्ने आशा रहनेछ। यदि सामान्य परिस्थितिहरूमा तँ सचेत हुन्छस्, तर जब सत्यता सिद्धान्तहरूसँग सम्बन्धित मामलाहरू—अर्थात् तैँले निर्णायक र न्यायिक रूपमा कार्य गर्नुपर्ने ती महत्त्वपूर्ण घडीहरूको कुरा आउँछ—तब तैँले तेरा महत्त्वाकाङ्क्षा र चाहनाहरू नियन्त्रणमा राख्दैनस् बरु जसरी मन लाग्छ त्यसरी कार्य गर्छस्, र मण्डलीको काम भद्रगोल पार्छस् र सबैभन्दा न्युनतम मापदण्डसमेत कायम राख्न सक्दैनस् भने, यसले परमेश्‍वरको स्वभाव भड्काउनेछ। के यो दण्डनीय कुरा होइन र? कम्तीमा पनि तैँले परमेश्‍वरको स्वभाव चिढ्याउनु हुँदैन; यो नै न्युनतम मापदण्ड हो। तैँले परमेश्‍वरको न्युनतम मापदण्ड के हो र तैँले कायम राख्नुपर्ने न्युनतम मापदण्ड के हो भनेर जान्नैपर्छ। यदि तैँले महत्त्वपूर्ण क्षणहरूमा यो न्युनतम मापदण्ड कायम राख्छस्, र आफ्नो कर्तव्य पूरा गरेपछि तैँले परमेश्‍वरलाई तँलाई अस्वीकार, घृणा र निन्दा गर्ने नभई तँलाई सम्झने र स्विकार्ने तुल्याउँछस् भने, यो असल कार्य हो। परमेश्‍वरले तैँले के सोच्छस्, तँ तेरा उपलब्धिहरूमा कति आत्मसन्तुष्ट वा गौरवान्वित हुन्छस् भन्नेमा ध्यान दिनुहुन्न; उहाँले यी कुराहरूमा चासो देखाउनुहुन्न र यसबारे उहाँ तँसित गम्भीर बन्नुहुनेछैन। बाँकी रहेको भनेको तेरो आफ्नै रूपान्तरणको मामला मात्र हो। तैँले सबै परिस्थितिमा अवसर सदुपयोग गर्न, परमेश्‍वरका मापदण्डअनुसार कार्य गर्न, महत्त्वपूर्ण समयमा बफादार रहन र परमेश्‍वरको हृदय सन्तुष्ट तुल्याउन, र तेरो न्युनतम मापदण्ड कायम राख्न सक्छस्, यसले के प्रमाणित गर्छ? यसले तँमा परमेश्‍वरप्रति आज्ञापालनको मनोवृति छ भन्‍ने प्रमाणित गर्छ। केही हदसम्म यो भन्न सकिन्छ कि तैँले परमेश्‍वरलाई आंशिक रूपमा सन्तुष्ट तुल्याइसकेको छस्। परमेश्‍वरले यो कुरालाई यसरी नै हेर्नुहुन्छ। परमेश्‍वर धर्मी हुनुहुन्छ, होइन र? (हो।) यसर्थ, यस तरिकाले अभ्यास गर्ने मानिसहरू मात्र अक्कली हुन्। यस्तो नसोच्, “यसपटक मैले परमेश्‍वरलाई सन्तुष्ट तुल्याउने गरी मेरो कर्तव्य राम्ररी निर्वाह गरिनँ। त्यसमा अझै केही त्रुटिहरू थिए। के उहाँले त्यो स्विकार्नुहुनेछैन र?” परमेश्‍वरले त्यसबारे सानोतिनो गल्ती खोतल्नुहुनेछैन। उहाँले तैँले यो काम गर्दा न्युनतम मापदण्ड पूरा गरेको वा नगरेको मात्र हेर्नुहुनेछ। जबसम्म तैँले न्युनतम मापदण्ड मिच्दैनस् र काम पूरा गर्छस्, तबसम्म उहाँले त्यो कुरा सम्झनु नै हुनेछ। तैँले जुनै कर्तव्य निभाए पनि वा जुनै काम गरे पनि, यदि तैँले सधैँ सत्यता सिद्धान्तहरू खोज्न सक्छस्, र विशेष कठिन परिस्थितिहरूमा पनि न्युनतम मापदण्ड मिच्दैनस् भने, तँ काम गर्ने र कर्तव्य निभाउने तरिकामा सिद्धान्तपरक छस्। आधारभूत रूपमा तेरो कर्तव्यपालनले मापदण्ड पूरा गरेको छ भनेर भन्न सकिन्छ।

परमेश्‍वरका मापदण्डहरू हरेक व्यक्तिको लागि फरकफरक हुन्छन्। एकातिर, ती व्यक्तिको क्षमतामा भर पर्छन् भने, अर्कोतिर, ती तिनीहरूको मानवता र पछ्याइहरूमा भर पर्छन्। कतिपय मानिसहरूलाई इमानदारीसाथ बोल्न समस्या हुँदैन; कतिपय अरूहरूले भने धेरै प्रयत्न गर्नुपर्छ, तर धेरै वर्ष काटछाँट र निराकरण भोगेपछि, अन्ततः तिनीहरूले पनि हृदयबाट केही सत्य कुरा बोल्न सक्छन्। के परमेश्‍वरले यसलाई रूपान्तरणको रूपमा हेर्नुहुन्छ? के यो उहाँको कामको नतिजा हो? परमेश्‍वरको कामको इच्छित परिणाम नै यही हो। अत्यन्तै धेरै वर्षसम्म यो काम गरेपछि जब उहाँले अन्त्यमा यो इच्छित नतिजा देख्नुहुन्छ, उहाँले त्यसलाई अत्यन्तै प्रिय ठान्नुहुन्छ। त्यसैले, तैँले विगतमा जे-जस्तो अनुभव गरेको भए पनि, तैँले गरेका गल्तीहरू वा भोगेका कैयौँ असफलताहरूको बाबजुद पनि, चिन्ता नली। तैँले परमेश्‍वर धर्मी हुनुहुन्छ भनेर विश्‍वास गर्नुपर्छ। परमेश्‍वरको आज्ञापालन गर्नु ठिक हो भनेर विश्‍वास गर्नुपर्छ। अनि, परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुनु ठिक हो भनेर विश्‍वास गर्नुपर्छ। यो नै सबैभन्दा उच्च सत्यता हो। तैँले आफ्ना अभ्यास र व्यवहारहरूमा यो मार्ग पछ्या, अनि तैँले गल्ती गर्नेछैनस्! यसबारे प्रश्‍न वा अनुसन्धान नगर्। कतिपय मानिसहरू भन्छन्: “मैले मेरा पहिलेका त्यागहरूबाट खासै लाभ प्राप्त गरिनँ। यदि अहिले मैले थप त्यागहरू गरेँ भने, के मैले फेरि पनि घाटा बेहोर्नुपर्ने त होइन?” ए तेसोभए, ती त्यागहरू गर्दा के तैँले सत्यता अभ्यास गरिस्? के तैँले सत्यता सिद्धान्तहरूअनुसार काम गरिस्? के तँ सही मार्गमा हिँडिस्? यदि तँ सही मार्ग हिँडेको थिस् भने, सत्यता हासिल नगर्नु वा तँसित गवाही नहुनु असम्भव हुन्थ्यो। तर यदि विगतका तेरा त्यागहरू पूर्णतया हैसियत, प्रसिद्धि र नाफाका लागि थिए भने, तैँले सम्भवतः के नै प्राप्त गर्न सकेको हुन्थिस् र? तेरो काटछाँट र निराकरण मात्र हुनेथ्यो, र यदि तैँले पश्‍चात्ताप गर्दैनथिस् भने, तैँले दण्ड र विनाश मात्र भोगेको हुन्थिस्। तैँले बस प्रसिद्धि, नाफा र हैसियतको लागि त्यागहरू गरिस्, अनि सत्यता हासिल गर्ने अपेक्षा गरिस्—के यो पूरा नहुने कामना होइन र? सधैँ युक्ति रचेर अनि परमेश्‍वरलाई ठग्न खोजेर के प्राप्त गर्न सकिन्छ र? ती सबै योजना र युक्तिहरू रचेपछि, अन्त्यमा तिनीहरूले आफैलाई ठगेका हुन्छन्। तिनीहरूले केही पनि हासिल गर्दैनन्, र के तिनीहरू यसैको लायक हुँदैनन् र? कम्तीमा, परमेश्‍वरमा विश्‍वास गर्नुको न्युनतम मापदण्ड के हो? यो दुष्टता नगर्नु, परमेश्‍वरको स्वभाव नचिढ्याउनु, उहाँको रिस नउठाउनु, र उहाँसित प्रतिस्पर्धा नगर्नु हो; यो महत्त्वपूर्ण क्षणहरूमा आफ्ना परिकल्पना, महत्त्वाकाङ्क्षा, र चाहनाहरू त्याग्नु हो। वास्तवमा, जब मानिसहरूले अनेक तरिकाले युक्ति रच्छन्, अन्ततः तिनीहरूले आफैलाई धोका दिन पुग्छन्। सबैजना यसबारे प्रस्ट हुँदा पनि, मानिसहरू किन युक्तिहरू रचिरहन्छन्? त्यो तिनीहरूको प्रकृतिको कारणले गर्दा हो। मानवहरूसँग दिमाग, सोच, र विचारहरू हुन्छन्; तिनीहरूमा ज्ञान र सिकाइ पनि हुन्छन्। यी कुराहरू भएकै कारण, मानिसहरू आफूलाई नियन्त्रण गर्न सक्दैनन्; यो अपरिहार्य नियम हो। यदि तँलाई युक्ति रच्न मन लाग्छ भने, अरू मानिसहरूविरुद्ध युक्ति रच्नु ठूलो समस्या नहोला। तर यदि तँ परमेश्‍वरविरुद्ध युक्ति रच्न लागिपर्छस्, र उहाँलाई तेरा युक्तिहरूको निशाना बनाउँछस् भने, तैँले तेरै अन्त्य निम्त्याउनेछस् र परमेश्‍वरले तँलाई दिनुभएको अवसर गुमाउनेछस्। यसो गर्नु सार्थक छैन। तैँले कदापि तेरा युक्तिहरूलाई त्यो हदसम्म पुग्‍न दिनु हुँदैन। तैँले जे-जसरी युक्ति रचिस् भने पनि, अन्त्यमा तेरो स्वभाव परिवर्तन हुनैपर्छ र तैँले नतिजा निकाल्नैपर्छ, र यी नतिजाहरू राम्रा र सकारात्मक हुनैपर्छ। यदि कुनै व्यक्तिले अनेक तरिकाले युक्ति रच्छ र अन्त्यमा सत्यता हासिल गर्दैन, बरु दण्डित हुन्छ भने, युक्ति रच्‍न रुचाउने र निरन्तर युक्ति रचिरहने व्यक्तिले भोग्ने परिणाम यही हुन्छ। यस्तो व्यक्ति चलाख होइन; त्यो त मूर्खहरूमध्येकै सबैभन्दा मूर्ख हो।

परमेश्‍वरमा विश्‍वास गर्न थाल्दा सुरुमा सबै मानिसहरूमा अशुद्धताहरू हुन्छन्। धेरै वर्ष परमेश्‍वरका वचनहरू पढ्नुका साथै सत्यताबारे सङ्गति गरेपछि, तिमीहरूले तिमीहरूका केही भ्रष्ट स्वभावहरू हटाएका हुन सक्छौ। के तिमीहरू अझै पनि आफ्नै हितको निम्ति युक्ति रच्‍ने र योजना गर्ने गर्छौ? (गर्छौँ।) तिमीहरूले बारम्बार आफूलाई यी स्थितिहरूमा पाइरहन्छौ। त्यसोभए, तिमीहरूले ती स्थितिहरू कसरी सम्हाल्नुपर्छ? के तिमीहरूले त्यस्ता कुनै सिद्धान्तहरू लागू गर्छौ? यसको लागि धेरै खोज जरूरी हुन्छ। जबजब तैँले आफू बेइमान भएको अनुभूति गर्छस् र आफू दुष्ट र छली स्थितिमा अल्झिएको, र आफ्नो हृदय यी भ्रष्ट स्वभावहरूले भरिएको पाउँछस्, तब तैँले परमेश्‍वरलाई प्रार्थना गरेर आफ्नो दैहिकता त्याग्नैपर्छ। तर्कमाथि निर्भर नहो वा तेरा धारणाहरूअनुसार यस मामलाबारे विश्‍लेषण वा व्यवहार नगर्। यदि तँ तेरा स्वभावहरूद्वारा नियन्त्रित छस् र तेरा चाहनाहरूले तँमाथि नियन्त्रण गर्छन् भने, त्यो समस्याजनक हुनेछ। पापको कालो पञ्जा कुन बेला फिजारिन लाग्यो भनेर तँलाई हृदयमा थाहा हुन्छ। त्यस्तो हुँदा तैँले आफूलाई नियन्त्रणमा राख्नुपर्छ, र कदम चाल्नु हुँदैन। तैँले आफ्नो मन शान्त पार्ने, परमेश्‍वरको अगाडि आउने, र प्रार्थना गर्ने गर्नुपर्छ। वास्तवमा, तैँले आफूलाई जाँच्नु आवश्यक पर्नेछैन। परमेश्‍वरमाथिको तेरो विश्‍वास यो चरणमा पुगेपछि, तैँले यति धेरै प्रवचनहरू सुनेपछि, तँ तेरो मनमा के छ भन्नेबारे प्रस्ट भएको हुनुपर्छ र तैँले सही र गलत छुट्याउन जानेको हुनुपर्छ। मुख्य कुरा के हो भने, तैँले तेरो दैहिकता त्याग्नुपर्छ र तँ त्यसद्वारा डोर्‍याइनु हुँदैन। अनि तैँले के गर्नुपर्छ? (समर्पित हुनुपर्छ।) तर तैँले तत्काल आफूलाई समर्पण गर्न सकिनस् भने के हुन्छ? तँ अझै विवाद, सूक्ष्म जाँच र विश्‍लेषण गर्न चाहन्छस् भने के हुन्छ? त्यसपछि तैँले तेरा महत्त्वाकाङ्क्षाहरू शान्त हुन र घट्न दिनुपर्छ, र साथसाथै तैँले परमेश्‍वरसामु आएर प्रार्थना गर्नुपर्छ, वा दाजुभाइ-दिदीबहिनीहरूसँग कुराकानी गर्नुपर्छ। साथै, तैँले खुलस्त भएर आफूलाई उदाङ्गो पार्नुपर्छ, सत्यता प्रयोग गरेर परिस्थिति विश्‍लेषण गर्नुपर्छ, अनि एकदुई दिनपछि तेरो स्थिति निकै राम्रो हुनेछ। पवित्र आत्माको काम भनेकै यही हो। आफ्ना परिकल्पनाहरू त्याग्नु भनेको एकातिर आफ्ना गलत सोच र विचारहरू त्याग्न, र सच्याउन सक्नु हो। अर्कोतिर, यदि कुनै व्यक्तिका महत्त्वाकाङ्क्षा र चाहनाहरू अत्यन्तै ठूला छन् र उसले ती कुराहरूमा काम गर्न चाहन्छ, र उसलाई यस तरिकाले कार्य गर्नु सत्यतासँग मेल खाँदैन र यो सही मार्ग हुनेछैन भन्ने थाहा हुँदाहुँदै पनि उसले मार्ग परिवर्तन गर्न सक्दैन भने, यसको लागि प्रार्थना जरूरी हुन्छ; उसले आफ्ना महत्त्वाकाङ्क्षाहरू कम गर्न जोडतोडले प्रार्थना गर्नुपर्छ। उदाहरणको लागि, तैँले गर्न चाहेको केही कुरा हुन सक्छ, र जब त्यो चाहनाले सबैभन्दा गहन रूप लिन्छ, तब तँलाई त्यो जसरी भएपनि गर्नैपर्छ भन्ने लाग्छ, मानौँ त्यसो नगर्दा तँ जिउनै सक्दैनस्। तर दुईतीन दिनको प्रतीक्षापछि, तैँले पहिलेको यो मनोवृति निर्लज्ज, अनुचित, र विवेकहीन भएको देख्नेछस्। यसको अर्थ तँ सुधार भएको छस् भन्ने हुन्छ। यो कसरी भयो त? यो प्रार्थना र त्यही पवित्र आत्माको अन्तर्दृष्टि र गालीमार्फत भएको हो, उहाँले केही अन्तर्ज्ञान र भावनाहरू प्रदान गर्नुभयो र त्यो कुराले तँलाई फरक कोणबाट उक्त समस्या हेर्न मद्दत गर्‍यो। तैँले विगतमा जे कुरालाई उचित ठानेको थिस् र जे नगर्दा तँलाई बेचैन हुन्थ्यो, तैँले अचानक त्यो गलत हो र त्यसो गर्नु भनेको तेरो विवेकको गाली खानु हो भन्ने महसुस गर्छस्। यसले स्थितिको रूपान्तरण जनाउँछ, र यसले गर्दा मन परिवर्तन हुन्छ। यदि कुनै व्यक्तिले उसको गलत स्थिति सच्याउँछ भने, त्यसले उसको लागि आशा जीवितै छ भन्ने पुष्टि गर्छ। त्यसको अर्थ ऊ सत्यता पछ्याउने र परमेश्‍वरबाट सुरक्षा प्राप्त गर्ने व्यक्ति हो भन्ने हुन्छ। तर यदि उसले आफ्नो गलत कहिल्यै स्थिति सच्याउँदैन, उसलाई आफूले गरिरहेको कुरा गलत हो भन्ने थाहा भएर पनि ऊ त्यसैमा लागिरहन्छ र उसले कसैको सुझाव सुन्दैन भने, ऊ सत्यता पछ्याउने व्यक्ति होइन, र उसलाई परमेश्‍वरद्वारा अनुशासनमा राखिनेछैन वा उसले पवित्र आत्माको काम प्राप्त गर्नेछैन। सत्यता पछ्याउने व्यक्तिले जेसुकै सामना गरे पनि, यदि उसले त्यो बुझ्दैन भने, उसले केवल एकदुई दिन प्रार्थना गर्ने, परमेश्‍वरका वचनहरू पढ्ने, प्रवचनहरू सुन्ने, वा सङ्गतिमा संलग्न हुने गर्नुपर्छ—अनि उसले जुनसुकै विधि प्रयोग गरे पनि, उसले बिस्तारै परिस्थिति बुझ्नेछ र अभ्यासको सही मार्ग भेट्टाउन सक्षम हुनेछ। यसले देखाउँछ कि यो व्यक्तिले पवित्र आत्माको काम प्राप्त गरेको छ र उसलाई उहाँद्वारा अगुवाइ गरिएको छ। यसमा नतिजाहरू प्रस्ट छन्, र यो व्यक्तिले जुन सिद्धान्तहरूद्वारा काम गर्छ ती पनि परिवर्तन हुनेछन्। यदि तँ कहिल्यै परिवर्तन हुँदैनस् भने, तेरो पछ्याइ र तेरो मनोवृतिमा समस्या छ। यदि तैँले कामकुराहरूप्रतिको तेरो दृष्टिकोण परिवर्तन गर्छस् भने, तँलाई सत्यता अभ्यास गर्न निकै सजिलो लाग्नेछ। उदाहरणको लागि, जब तैँले कुनै स्वादिष्ट खाना देख्छस् तर त्यो तँलाई मनपर्ने खालको छैन वा त्यसबेला तँलाई भोक लागेको छैन भने, के त्यो नखान सजिलो हुँदैन र? (हुन्छ।) अनि यदि तँलाई साह्रै भोक लागेको छ तर तँलाई त्यो खाने अनुमति दिइएको छैन भने, के यो स्विकार्न सजिलो हुनेछ र? (हुनेछैन।) त्यसोभए तैँले त्याग गर्नैपर्छ; तैँले तेरो भोक, तेरो चाहना त्याग्नैपर्छ। यदि तैँले “मलाई त्यो खाना खान मन पर्छ, र म त्यो खाएरै छाड्छु। मैले खानु हुँदैन भनेर कसले भन्छ?” भनेर भन्छस् अनि विवाद र जिद्दी व्यवहार गरिरहन्छस् भने, तैँले त्याग्न र छाड्न सक्नेछैनस्। अनि, तैँले कसरी त्याग्न सक्छस् त? सुरुमा तैँले शान्त भएर चुपचाप परमेश्‍वरसामु चिन्तन गर्‌। त्यसपछि, यस विषयमा परमेश्‍वरका केही वचनहरू पढ् र ती कुराहरूबारे ध्यानपूर्वक सोच्: “म कसरी यति लोभी हुन सकेँ? खाएरै छाड्छु भनेर जिद्‌ कस्‍नु, के त्यो म लाजपचाहा भएको होइन र? आखिर त्यो खाएर मैले के नै पाउँछु र? म त मनमौजी भइरहेको थिएछु, होइन र?” खाएरै छाड्छु भनेर जिद्‌ कस्‍नु—यो कस्तो स्वभाव हो? यसमा मनमौजीपन र हठ, साथै निरङ्कुशता र अनुचितता संलग्न हुन्छन्। यो भ्रष्ट स्वभाव हो। यो यस्तो स्वभाव हो जसले तँलाई निरङ्कुश, अटेरी, र समर्पित हुन असक्षम तुल्याउँछ। यदि तैँले यसबारे मनन गरिस् भने, तैँले महसुस गर्नेछस् कि तेरो भ्रष्ट स्वभाव निकै गम्भीर छ र त्यसले तँलाई परमेश्‍वरविरुद्ध विद्रोह र प्रतिरोध गर्ने तुल्याउन सक्छ। यदि तैँले दुष्ट व्यवहार गर्छस् भने, परिणामहरू अकल्पनीय हुनेछन्। यदि तैँले यस तरिकाले आफूमाथि चिन्तन गर्न सक्छस् भने, तैँले स्वाभाविक रूपले अन्तर्ज्ञान प्राप्त गर्नेछस् र त्यो समस्याको सार सजिलै बुझ्नेछस्। यस क्षणमा, जब तैँले फेरि परमेश्‍वरलाई प्रार्थना गर्छस्, तेरो मानसिकता पनि सामान्य हुनेछ, र त्यसको प्रभाव पनि फरक हुनेछ। के यो स्थिति सुरुको विद्रोही स्थितिभन्दा अलि फरक हुँदैन र? यो बेला तैँले के सोच्नेछस्? तैँले तँ कति हठी र मनोमानी भइरहेको थिइस् भन्ने कुरा चिन्न सक्नेछस्। तँलाई आफू निर्लज्ज र अयोग्य थिएछु भन्ने अनुभूति हुनेछ। आफूबारेको तेरो यो बुझाइ झन् सटीक हुनेछ, र तँ झनै तर्कसङ्गत ढङ्गले अभ्यासमा संलग्न हुनेछस्। मैले कतिपय मानिसहरूले बारम्बार यसो भनेको सुनेको छु, “मैले पहिले कसरी त्यस्तो मूर्ख व्यवहार गर्न सकेको रहेछु? मैले कसरी त्यस्ता मूर्ख कुराहरू भन्न सकेको रहेछु? म कसरी त्यस्तो विद्रोही थिएछु? मैले किन त्योभन्दा धेरै जानिनछु?” कसैले यसो भन्नुले ऊ वास्तवमै परिवर्तन भएको छ र उसको ज्ञान छिप्पिएको छ भन्ने प्रमाणित गर्छ। यसर्थ, तैँले केही समय व्यवहारमा सत्यता लागू गर्न नसक्दैमा तैँले तेरो जीवनभर सत्यता लागू गर्न सक्नेछैनस् भन्ने हुँदैन। मैले यसो भन्नुको मतलब के हो? कुनै व्यक्ति छली, मनोमानी, हठी, वा अहङ्कारी जे-जस्तो भए पनि, क्षणिक रूपमा परिवर्तन हुन नसक्‍नुले ऊ बिलकुलै परिवर्तन हुन सक्दैन भन्ने अर्थ लाग्दैन। कहिलेकाहीँ स्वभाव परिवर्तन हुन समय लाग्छ; कहिलेकाहीँ त्यसको लागि सही परिवेश वा परमेश्‍वरको न्याय र सजाय जरूरी हुन्छ। यद्यपि, तैँले यसो भन्‍न सक्छस्, “म यस्तै हुँ। म हार मान्छु। म चिन्‍ताभन्दा धेरै पर पुगिसकेँ।” यो खतरनाक कुरा हो; यो त परमेश्‍वरले तँलाई हटाउनुभएको होइन, बरु तैँले आफैलाई हटाएको हो। तैँले सत्यता पछ्याउने मार्ग नरोजेर आफैलाई त्याग्ने मार्ग रोज्दै छस्। यो परमेश्‍वरको विश्‍वासघात गर्नु हो, र यसो गरेर तैँले मुक्ति पाउने अवसर सदाको लागि गुमाउनेछस्। यदि कसैले सत्यता प्राप्त गर्न चाहन्छ भने, यदि उसले आफ्नो जीवन स्वभाव परिवर्तन भएको हेर्ने मन गर्छ भने, उसले परमेश्‍वरका वचनहरू बारम्बार पढ्नैपर्छ। उसले आफ्ना भ्रष्ट स्वभाव, अभिप्राय र अशुद्धताहरू क्रमैसँग समाधान गर्नको लागि परमेश्‍वरका वचनहरूभित्रैबाट आफ्नो बारेमा हरसमय र विभिन्न पक्षहरूबारे जाँच र चिन्तन गर्नुपर्छ। मानिसहरूले यसरी नै सहकार्य गर्नुपर्छ, तर त्यसको लागि परमेश्‍वरको काम पनि आवश्यक हुन्छ। परमेश्‍वरले विविध परिवेशहरू बन्दोबस्त गर्नुहुन्छ र उहाँको समयअनुसार तँमाथि उहाँको काम गर्नुहुन्छ। एकातिर, उहाँले तेरा भ्रष्ट स्वभावहरू पर्दाफास गर्नुहुन्छ, र तँलाई बुझ्न र आत्मनिरीक्षण गर्न दिनुहुन्छ। अर्कोतिर, पवित्र आत्माको कामले तेरो स्थिति सच्याउँछ। चाहे त्यो भ्रष्ट स्वभाव होस् वा चाहे ती उदासी र नकारात्मक संवेगहरू होऊन्, त्यसमा सधैँ सच्याइ र पश्‍चात्तापको प्रक्रिया हुन्छ। यदि यो प्रक्रियाको क्रममा तैँले परमेश्‍वरलाई प्रार्थना गर्छस् र सत्यता खोज्छस् भने, तेरो नकारात्मक स्थिति सच्चिनेछ र तैँले तेरो कर्तव्य सामान्य रूपमा निर्वाह गर्न सक्नेछस्। यदि पश्‍चात्ताप गर्ने कैयौँ अवसरहरू दिइएपछि पनि तँ परिवर्तन हुँदैनस्, बरु आफ्नो पुरानै मार्गमा अडिग रहन्छस्, र आफ्नो मनोमानी र हठी स्वभाव कायम राखिराख्छस् भने, तँ सत्यता पछ्याउने व्यक्ति होइनस्। सत्यता नपछ्याउने मानिसहरू समस्याजनक हुन्छन्, र तिनीहरूले मुक्ति प्राप्त गर्न सक्दैनन्। तिमीहरूले आफ्नै मूल्याङ्कन् गरः यी मामलाहरू सामना गर्नुपर्दा, तिमीहरू कति परिवर्तन हुन सक्छौ? के तिमीहरूले परिस्थितिहरू बदलेका र पश्‍चात्ताप गरेका छौ? यदि तिमीहरूले परिस्थितिहरू बदलेर पश्‍चात्ताप गरेका छौ भने, मुक्ति प्राप्त गर्ने आशा रहन्छ; तर यदि तिमीहरूले कहिल्यै बदलाव ल्याउँदैनौ भने, त्यस्तो कुनै आशा रहनेछैन।

कतिपय मानिसहरू आफ्‍ना कर्तव्य राम्ररी निर्वाह गर्दैनन्, तिनीहरूले सधैँ लापरवाही र झारातिरुवा शैलीमा काम गर्छन्, र बाधा वा अवरोध खडा गर्छन्, र अन्त्यमा, तिनीहरूलाई प्रतिस्थापन गरिन्छ। तर तिनीहरूलाई मण्डलीबाट निष्कासन भने गरिँदैन, र त्यो तिनीहरूलाई पश्‍चात्ताप गर्ने मौका दिइएको हो। हरेक व्यक्तिमा भ्रष्ट स्वभाव हुन्छ, र हरेक व्यक्ति कुनै बेला अलमल र दोधारमा पर्छ, र कुनै बेला तिनीहरूको कद सानो हुन्छ। तँलाई मौका दिइनुको उद्देश्य तैँले यो सबै कुरा सुल्टाउन सक् भन्‍ने हो। अनि तैँले कसरी यसलाई सुल्टाउन सक्छस्? तैँले चिन्तन गर्नुपर्छ र आफ्‍ना विगतका गल्तीहरू चिन्‍नुपर्छ; बहानाहरू बनाउने नगर्, र धारणाहरू फैलाउँदै नहिँड्। यदि तैँले परमेश्‍वरलाई गलत बुझ्छस् र अरूले पनि तँसँगै परमेश्‍वरलाई गलत बुझून् भनेर तैँले केहीजस्तो नमानी यी गलतबुझाइहरू अरूकहाँ फैलाउँछस् भने, र यदि तँसँग धारणाहरू छन् र सबैमा तेरा जस्तै धारणा हुन् र तँसँगै परमेश्‍वरसँग तर्क गरून् भनी ती धारणा फैलाउँदै हिँड्छस् भने, के तैँले मानिसहरूलाई उक्साइरहेको हुँदैनस् र? के यो परमेश्‍वरलाई विरोध गर्नु होइन र? अनि के परमेश्‍वरको विरोध गर्दा कुनै असल कुरा आउन सक्छ? के तैँले अझै मुक्ति पाउन सक्छस्? तँ परमेश्‍वरले तँलाई मुक्ति दिनुहुनेछ भन्‍ने आशा गर्छस्, तर पनि तँ उहाँको काम स्विकार्न मान्दैनस्, र तैँले परमेश्‍वरको प्रतिरोध र विरोध गर्छस्, त्यसोभए के परमेश्‍वरले अझै तँलाई मुक्ति दिनुहुनेछ र? यी कुराको आशा गर्न छोड्। तैँले गल्ती गर्दा, परमेश्‍वरले तँलाई जवाफदेही तुल्याउनुभएन, न त यो एउटा गल्तीको कारण तँलाई हटाउनु नै भयो। परमेश्‍वरको घरले तँलाई मौका दियो र कर्तव्य निर्वाह गरिरहन, अनि पश्‍चात्ताप गर्ने मौका दियो, र यो परमेश्‍वरले तँलाई दिनुभएको अवसर हो; यदि तँसँग विवेक र समझ छ भने, तैँले यसलाई कदर गर्नुपर्छ। कतिपय मानिसहरू आफ्‍ना कर्तव्य निर्वाह गर्दा सधैँ लापरवाही र झारातिरुवा शैलीमा काम गर्छन्, र तिनीहरूलाई प्रतिस्थापन गरिन्छ; कतिपयलाई स्थानान्तर गरिन्छ। के यसको अर्थ तिनीहरूलाई हटाइएको छ भन्‍ने हुन्छ? परमेश्‍वरले त्यसो भन्‍नुभएको होइन; तँसँग अझै पनि मौका हुन्छ। त्यसो भए, तैँले के गर्नुपर्छ? तैँले मनन गरेर आफूलाई चिन्‍नुपर्छ, र साँचो पश्‍चात्ताप हासिल गर्नुपर्छ; मार्ग यही हो। तर कतिपय मानिसहरूले त्यसो गर्दैनन्। तिनीहरूले प्रतिकार गर्छन्, र यसो भन्छन्, “मैले गलत कुरा भनेकोले र कसैलाई चिढ्याएकोले मलाई यो कर्तव्य निर्वाह गर्न दिइएन।” तिनीहरूले आफूभित्र समस्या नियाल्दैनन्, मनन गर्दैनन्, सत्यता खोजी गर्दैनन्, परमेश्‍वरका बन्दोबस्त र योजनाबद्ध कार्यहरू पालना गर्दैनन्, र धारणाहरू फैलाएर परमेश्‍वरको विरोध गर्छन्। के तिनीहरू शैतान नै बनिसकेका हुँदैनन् र? जब तैँले शैतानले गर्ने काम गर्छस्, त्यसउप्रान्त तँ परमेश्‍वरको अनुयायी रहँदैनस्। तँ परमेश्‍वरको शत्रु बनिसकेको हुन्छस्—के परमेश्‍वरले आफ्‍नो शत्रुलाई मुक्ति दिनुहुन्छ? दिनुहुन्‍न। परमेश्‍वरले भ्रष्ट स्वभाव भएका र वास्तविक मानिसहरूलाई मुक्ति दिनुहुन्छ—दियाबलस, र उहाँका शत्रुहरूलाई होइन। जब तँ परमेश्‍वरको विरुद्धमा जान्छस्, र परमेश्‍वरको बारेमा गुनासो गर्छस्, अनि परमेश्‍वरको गलत अर्थ लगाउँछस् अनि उहाँको आलोचना गर्दै परमेश्‍वरको बारेमा धारणाहरू फैलाउँछस्, तब तँ पूर्ण रूपमा परमेश्‍वरको विरुद्धमा हुन्छस्; तैँले परमेश्‍वरको विरुद्धमा कोहोलो मच्याइरहेको हुन्छस्। जब तँ परमेश्‍वरमा विश्‍वास गर्छस् तर सँगसँगै उहाँको चर्को विरोध पनि गर्छस्, तब तैँले केको भूमिका खेलिरहेको हुन्छस्? तैँले शैतानको भूमिका खेलिरहेको हुन्छस्। के तिमीहरूले यस्तो काम योभन्दा पहिला पनि गरेका छौ? (गरेका छौँ।) त्यसो गरेपछि तिमीहरूलाई कस्तो अनुभव भयो? (मेरो हृदय अन्धकार भयो, र मेरो स्थिति झन् खराब बन्यो।) त्यो सही मार्ग होइन। तिमीहरू सबैजना यसबारे सचेत छौ, तर कतिपय मानिसहरूमा चेतनै छैन। किन कतिपय मानिसहरूमा चेतना हुँदैन? (तिनीहरूमा हृदय र आत्मा हुँदैन।) के हृदय र आत्माविनाका ती मानिसहरू पशुजस्तै होइनन् र? विवेक र चेतना नभएका मानिसहरू परमेश्‍वरका साँचा विश्‍वासीहरू हुनै सक्दैनन्। तिनीहरू दुष्कर्मीहरू हुन् जो गोप्य रूपले परमेश्‍वरको घरमा प्रवेश गर्छन् र उहाँका आशिष्‌हरूबाट फाइदा लिन खोज्छन्। हृदय र आत्मा भएका जोकोहीमा चेतना हुन्छ; यदि तिनीहरूलाई प्रतिस्थापन गरियो वा अर्को ठाउँमा सारियो भने, तिनीहरूले आत्मचिन्तन गरी आफूलाई चिन्न सक्छन्। जब तिनीहरूले आफूले कहाँ गल्ती गरेछु भनेर देख्छन्, तिनीहरू पश्‍चात्ताप गर्न र परिवर्तन हुन सक्छन्। यस्तो व्यक्तिले अझै पनि मुक्ति प्राप्त गर्ने आशा हुन्छ।

कर्तव्य पूरा गर्नु भनेको व्यक्तिको जीवनको सबैभन्दा ठूलो र मूल्यावान्‌ कुरा हो। व्यक्तिले सत्यता सिद्धान्तहरूबमोजिम व्यवहार गर्नुपर्छ, र आफ्नै खातिर कहिल्यै युक्ति रच्नु हुँदैन, किनकि व्यक्तिले आफ्नो खातिर जति धेरै युक्तिहरू रच्छ, उसको जीवन वृद्धिमा त्यति नै ढिलाइ हुन्छ। कतिपय मानिसहरू सधैँ आफ्नै युक्तिबारे यसरी सोचिरहेका हुन्छन्: “परमेश्‍वरको दिन कहिले आउने हो? मैले अहिलेसम्म जीवनसाथी भेट्टाएको छैनँ; मेरो विवाह कहिले हुने हो? मैले मेरो आफ्नै जीवन कहिले जिउने हो?” हर व्यक्तिभित्र थुप्रै ससाना मामलाहरू हुन्छन्। तिनीहरूमा देहसुख हुँदा, तिनीहरू आफ्नो भावी जीवन, सम्भाव्यता, नियति र गन्तव्यका योजनाहरू बनाउन थाल्छन्। यदि तैँले यी सबै कुराहरू छर्लङ्गै देख्छस र तिनलाई छोड्न सक्छस् भने, तैँले बाधित नभई वा नरोकिईकन आफ्नो कर्तव्य झन्झन् राम्ररी निभाउनेछस्। उदाहरणको लागि, मानौँ तँलाई दाजुभाइ-दिदीबहिनीहरूको लागि खाना बनाउन वा पत्र पठाउन लगाइयो रे, र यदि तैँले यी सरल कामहरूलाई तेरो कर्तव्यको रूपमा हेर्न र तिनलाई गम्भीरतापूर्वक लिन सक्छस्, र सत्यता सिद्धान्तहरूअनुसार ती कामहरू गर्छस् भने, तैँले तेरो कर्तव्य झन्झन् राम्ररी पूरा गर्न सक्नेछस्—यो तैँले मापदण्डको स्तरमा आफ्नो कर्तव्य निभाउनु हो। आफ्नो स्थानमा अडिग रहेर कर्तव्य पूरा गर्नु एउटा पक्ष हो; अर्को पक्षचाहिँ के हो भने, तैँले तेरो कर्तव्य कसरी पूरा गर्ने र के-कस्ता सिद्धान्तहरू पालना गर्ने भनेर तैँले जान्‍नुपर्छ। तँलाई यी कुराहरू बोध भइसकेपछि, र यदि तैँले तेरा दैनिक कार्यहरूमा साथै तँलाई कर्तव्य सुम्पिइएको बेलामा वा त्यसलाई पूरा गर्ने क्रममा यी सिद्धान्तहरू पालना गर्छस् भने, तैँले थाहै नपाई तेरो आन्तरिक रूपान्तरण हुनेछ। यो तैँले बिरामी हुँदा औषधी खाएजस्तै हो। कतिपय मानिसहरू भन्छन्, “मैले दुई दिन औषधी खाइसकेपछि पनि मलाई किन खासै सन्चो भएको अनुभूति हुँदैन?” केको हतार हो? तँलाई केही दिनमै रोग लागेको होइन, र केही दिनमै निको पार्न पनि सकिन्न। यसलाई समय लाग्छ। कतिपय मानिसहरू भन्छन्: “मैले लामो समयदेखि सत्यता अभ्यास गर्दै आएको छु र सिद्धान्तपरक ढङ्गले व्यवहार गर्दै आएको छु; मैले किन परमेश्‍वरका आशिष्‌हरू प्राप्त गरेको छुइनँ? मलाई किन आफू पवित्र आत्माद्वारा भरिएको अनुभूति हुँदैन?” यसको लागि तँ भावनाहरूमा भर पर्नु हुँदैन। त्यसोभए यी परिवर्तनहरू कहिले देखा पर्छन् भनेर तैँले कसरी थाहा पाउनेछस्? तँलाई केही आइपरेपछि, समर्पित हुन झन्झन् सजिलो हुँदै जाँदा तैँले थाहा पाउनेछस्। पहिले त समर्पित हुन प्रयत्न नै गर्नुपर्थ्यो; तैँले सधैँ तर्क, सूक्ष्म जाँच, र विश्‍लेषण गर्थिस्, चुनौती दिन र प्रतिरोध गर्न चाहन्थिस्, र तैँले आत्मसंयम अपनाउनुपर्थ्यो। तर अहिले तैँले आफूलाई काबुमा राख्‍नै पर्दैन। जब तँलाई केही आइपर्छ, तैँले त्यसको सूक्ष्म छानबिन गर्दैनस्। तँसित केही धारणा र विचारहरू हुँदा, तिनलाई हटाउन र त्याग्न तैँले प्रार्थना गर्छस् र परमेश्‍वरका वचनहरू पढ्छस्। तैँले पहिलेभन्दा चाँडो र सजिलो तरिकाले आफ्ना समस्याहरू हल गर्छस्। यसले तैँले सत्यता बुझ्छस र तँ परिवर्तन भएको छस् भन्ने प्रमाणित गर्छ। सुरुमा त यो व्यवहारमा आउने परिवर्तन हुन्छ, तर यो बिस्तारै जीवन र स्वभावमा आउने परिवर्तन बन्दै जानेछ। अनि, परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुन झन्झन् सजिलो बन्नेछ। त्यसको साथै, तेरा अभिप्राय, परिकल्पना, र योजनाहरू झन्झन् कम हुनेछन् र बिस्तारै घट्दै जानेछन्। यद्यपि, यदि तिनीहरू घट्नुको साटो बढे भने समस्या हुनेछ। यसले यो अवधिमा तैँले सत्यता पछ्याइरहेको थिइनस् बरु प्रयत्न मात्र गरिरहेको थिइस् भन्ने प्रमाणित गर्छ। जो मानिसहरू सत्यता पछ्याउँदैनन् तिनीहरू आफूले जति धेरै प्रयत्न गरियो त्यति नै धेरै सत्कर्म गरिने, र भविष्यमा त्यति नै ठूलो मुकुट प्राप्त हुने ठान्छन। तिनीहरूले थाहै नपाई पावलको मार्ग पछ्याउँछन्। यसरी सत्यता नपछ्याउने मानिसहरू सधैँ मुकुट वा महिमाको परिमाणबारे चिन्तित हुन्छन्। सधैँ यी कुराहरूमा ध्यान दिँदा शीघ्र सफलता र शीघ्र लाभहरूको चाह पलाउनेछ। आफूले जति धेरै प्रयत्न गरिन्छ त्यति नै धेरै आशिष्‌हरू प्राप्त हुने, ठूला प्रयत्नहरूले ठूलै आशिष्‌हरू प्राप्त हुने, र ठूलो कर्तव्य निभाउँदा ठूलै सत्कर्म र इनामहरू पाइने सोचेर तिनीहरू सधैँ बढी प्रयत्न लगाउन चाहन्छन्। यदि तिनीहरू सधैँ यही कुरामा ध्यान दिइरहेका हुन्छन् भने, के तिनीहरूले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्छन् त? सत्यता नस्विकार्ने यी मानिसहरूले आफ्नो कर्तव्य पूरा गर्नै सक्दैनन्।

सत्यता पछ्याउँदा जीवनवृद्धि हासिल हुन्छ भन्‍ने सूचकहरू छन्। तैँले तेरो हृदयमा पनि त्यो महसुस गर्न सक्छस्। एक समय काटछाँट र निराकरण अनुभव भोगेपछि मानिसहरूका सोच र दृष्टिकोणहरू परिवर्तन हुन्छन्। उदाहरणको लागि, तैँले यसो भन्‍न सक्छस्, “मैले व्यक्तिगत लाभ वा क्षतिबारे वास्ता गर्न छोडिसकेँ। परमेश्‍वरले इनामहरू प्रदान गर्नुहुन्छ वा हुन्न भन्ने कुरा अहिले महत्त्वपूर्ण लाग्दैन, र अन्त्यमा मैले आशिष्‌हरू प्राप्त गर्छु कि गर्दिन भन्ने कुराले पनि खासै महत्त्व राख्छ जस्तो देखिदैन; मेरो हृदयमा यी मामलाहरूको लागि अब कुनै ठाउँ छैन। अहिले, यदि परमेश्‍वरले उहाँले मलाई आशिषित् तुल्याउनुहुनेछैन, र उहाँ मलाई शोधन गर्न र केही कुराबाट बञ्चित गर्न चाहनुहुन्छ भनेर भन्‍नुहुन्छ भने पनि, म समर्पित हुन सक्षम भएझैँ देखिन्छु। मेरो हृदयमा केही निराशा त होला, तर त्यसमा समर्पण पनि हुनेछ।” यसले के प्रमाणित गर्छ? अहिले तेरो हृदयमा परमेश्‍वरको थोरै भए पनि डर छ, तैँले तेरो भ्रष्ट स्वभाव निकै नै हटाएको छस्, र तँ साँच्चिकै परिवर्तन भएको छस्। उदाहरणको लागि, विगतमा यदि तँलाई शारीरिक रूपले केही कष्टपूर्ण कर्तव्य निभाउन लगाइन्थ्यो भने, तँ त्यसबारे एकदुई रात रोएको हुन्थिस् होला। तर अहिले थोरै आँसु झारेपछि नै तँ समर्पित हुन सक्छस्। समर्पित हुन सजिलो बनेको छ, र तँलाई कठिनाइदेखि डर लाग्न छोडेको छ। यो समर्पण कसरी हासिल भयो? यो परमेश्‍वरसित सामान्य सम्बन्ध स्थापित गरेर, अनि बिस्तारै परमेश्‍वरबाट काटछाँट र निराकरण हुन स्विकारेर, साथै उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरू स्विकारेर हासिल भएको हो। यो परिणाम हासिल गरेपछि, तेरा व्यक्तिगत चाहना, योजना, अभिप्राय, र महत्त्वाकाङ्क्षाहरू कम प्रकट हुन्छन्, र तैँले व्यक्तिगत लाभ र क्षतिबारे सोचविचार गर्न छोड्छस्। विगतमा तैँले यी कुराहरू तेरो दोस्रो, तेस्रो, वा चौथो प्राथमिकतामा राख्थिस्, तर अहिले ती महत्त्वपूर्ण छँदै छैनन्; तँ ती कुनै कुराबारे पनि सोचविचार गर्दैनस्। परमेश्‍वरको इच्छा पालन गर्ने तेरो इच्छा बढेको छ, र तैँले बिस्तारै “परमेश्‍वरले मलाई जे दिनुभए पनि र उहाँले मबाट जे लैजान चाहनुभए पनि ठिकै छ” भनेर भन्न सक्छस्, र यी केवल खोक्रा वचनहरू हुनेछैनन्। जसरी अय्यूबले “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्” भनेर भन्यो, अब तैँले पनि त्यही कुरा भन्न सक्छस्। तर के तँमा अय्यूबको कद छ त? (छैन।) के तँ परमेश्‍वरलाई जसरी उहाँले अय्यूबको जाँच गर्नुभयो त्यसरी नै मेरो पनि जाँच गर्नुहोओस् भनी प्रार्थना गर्ने आँट गर्थिस्? गर्थिनस्; तँमा त्यतिको आस्था वा कद छैन। जब तैँले अय्यूबलाई घावैघाउले ढाकिएको, उसले आफ्नो घाउ माटोको भाँडाका खबटाहरूले कोट्याइरहेको कल्पना गर्छस्, तँ डराएर काँप्छस्, र मनमनै सोच्छस्, “कति दुखेको होला। आशा छ, मलाई त्यस्तो कहिल्यै हुनेछैन। म त त्यो सहनै सक्दिनथेँ। ममा त्यस प्रकारको आस्था छैन।” के तैँले यस्तो सोच्दैनथिस् र? त्यसकारण, तँलाई आफूले गर्न सक्छु भन्ने विश्‍वास छैन भने त्यो काम नगर्। तत्काल परिणाम पाइहाल्न नखोज् र आफूमा कद छ भन्ने नसोच्। पाउ डगमगाउन नदिई अघि बढ्, परिस्थितिलाई आफै चल्न दिन सिक्, र अलिअलि गर्दै तेरो अनुभव बढा। जब तैँले साँच्चै सत्यता बुझ्छस्, तब तैँले आफूभित्रका भ्रष्ट कुराहरू प्रस्ट बुझ्न सक्नेछस्, र तैँले आफ्ना व्यक्तिगत सोच, परिकल्पना, योजना र अभिप्रायहरू सजिलै त्याग्नेछस्। अनि, परमेश्‍वरसँगको तेरो सम्बन्ध झन्झन् सामान्य बन्नेछ। उहाँसँगको तेरो सम्बन्धको सामान्यता मुख्य रूपमा परमेश्‍वरप्रति समर्पण हासिल गर्न तैँले सत्यता अभ्यास गर्न सक्छस कि सक्दैनस् भन्ने कुरामा भर पर्छ। समर्पणको कुरा गर्नुपर्दा, त्यसको अर्थ सीधा र पूर्ण आज्ञापालन, स्वीकार, र अभ्यास हो, र त्यसमा कुनै सूक्ष्म छानबिन वा आपत्ति हुँदैन। सूक्ष्म छानबिन आज्ञापालन होइन। अनि आपत्ति जनाउनुचाहिँ के हो? त्यो त झनै होइन। यदि तैँले “परमेश्‍वर मैले यो काम यसरी गरेको चाहनुहुन्छ, तर जे भए पनि म मेरै तरिकाले गर्नेछु” भनेर भन्छस् भने, के त्यो ठिक हो? (होइन।) यो ठिक नहुनुभन्दा पनि नराम्रो हो; यो समर्पण होइन। तैँले समर्पणका व्यावहारिक प्रकटीकरणहरूबारे जान्नैपर्छ, र यदि तैँले ती हासिल गर्न सक्दैनस् भने, आफू परमेश्‍वरप्रति समर्पित हुने व्यक्ति हुँ नभन्। बरु, तैँले हासिल गरेको स्तरअनुसार बोल्; वस्तुगत तथ्यहरू बोल्। बढाइचढाइ नगर् र ढाँट्ने काम त गर्दै नगर्। यदि तैँले कुनै कुरा बुझ्न सक्दैनस् भने, बस त्यो कुरा बुझ्दिनँ भन्, र त्यसलाई बुझ्नको लागि सत्यता खोजी गर्; त्यसबारे बोल्नको लागि पछि पनि समय हुनेछ। कतिपय मानिसहरूले प्रष्ट रूपमै यो कुरा हासिल गर्न सक्दैनन् तैपनि ठूलाठूला कुरा गर्छन्, र परमेश्‍वरप्रति समर्पित हुने दाबी गर्छन्। के यो अहङ्कारी र अविवेकी कुरा होइन र? यो सत्यता नपछ्याउने र सत्यता नबुझ्नेहरूले बोल्न रुचाउने कुरा हो। कसैले कर्तव्य निर्वाह गर्नको लागि आफ्नो परिवार र काम त्यागेको देख्दा, तिनीहरू “हेर त उसले परमेश्‍वरलाई कति धेरै प्रेम गरेको” भनेर भन्छन्। यी त मूर्ख व्यक्तिका बोलीहरू हुन्, र उसमा सत्यताको बुझाइ बिलकुलै हुँदैन। के तिमीहरूसँग अब आफूलाई परमेश्‍वरको आज्ञा मान्‍ने र उहाँलाई प्रेम गर्ने व्यक्ति घोषित गर्ने आँट छ? (छैन।) त्यसोभए तिमीहरूमा आफूबारे केही समझ छ। ती अहङ्कारी, अविवेकी मूर्खहरूले सधैँ आफूले परमेश्‍वरलाई प्रेम गर्छु र उहाँको आज्ञा मान्‍छु भनेर भनिरहेका हुन्छन्, र तिनीहरूले थोरै त्याग गर्दा वा सानो कठिनाइ सहँदा पनि, तिनीहरू यस्तो सोच्छन्: “के परमेश्‍वरले मलाई इनाम दिनुभयो त? के मेरो परिवार आशिषित भयो त? के मेरा बालबच्चा तिनीहरूले चाहेकै कलेजमा भर्ना हुन पाउँछन् त? के मेरो श्रीमानले बढुवा र तलबवृद्धि पाउने आशा छ त? के मैले विगत दुई वर्षमा पूरा गरेका कर्तव्यहरूबाट केही पाएको छु त? के म आशिषित् भएको छु? के मैले मुकुट प्राप्त गरूँला त?” सधैँ यी कुराहरूको लागि चालबाजी गर्नु—के यो सत्यता पछ्याउनुको प्रकटीकरण हो र? (होइन।) त्यसोभए सत्यता पछ्याउनेबारे तिमीहरूको बुझाइ के हो? (सत्यता पछ्याउनको लागि, हामीले आफ्ना भ्रष्ट स्वभावहरू चिन्‍नुपर्छ, स्वभाव परिवर्तन हासिल गर्न खोज्नुपर्छ, र साँचो व्यक्तिजस्तो भएर जिउनुपर्छ।) खासमा, तैँले अरू कुनै पनि कुराको मूल्याङ्कन् गर्नु आवश्यक छैन, र त्यो त्यति जटिल हुनु पर्दैन; बस कर्तव्य निर्वाह गर्ने क्रममा तँमा कुनै समर्पण र बफादारी थियो वा थिएन, तैँले तेरो सम्पूर्ण हृदय र शक्तिले त्यो गरिस् वा गरिनस्, र तैँले सत्यता सिद्धान्तहरूअनुसार व्यवहार गरिस् वा गरिनस् भन्ने कुरा मात्र हेर्। यी मापदण्डहरूले तँ सत्यता पछ्याउने व्यक्ति भएको वा नभएको कुरा प्रष्टै निर्धारण गर्न सक्छन्। यदि कसैले कर्तव्य निर्वाह गर्नमा निकै प्रयत्न लगाउँछ तर सत्यता अभ्यास गर्नमा प्रतिरोध गर्छ र त्यसो गर्न रुचाउँदैन भने, ऊ सत्यता पछ्याउने व्यक्ति होइन। कतिपय मानिसहरूले सधैँ आफूले मण्डलीको लागि गर्ने सबै कामकुराबारे, अनि परमेश्‍वरको घरको लागि आफ्नो कति ठूलो योगदान रहँदै आएको छ भन्नेबारे कुरा गरिरहेका हुन्छन्। धेरै वर्ष परमेश्‍वरमा विश्‍वास गरेपछि पनि तिनीहरू यी मामलाहरूबारे कुरा गरिरहन्छन्—के ऊ सत्यता पछ्याउने व्यक्ति हो त? (होइन।) यस्ता मानिसहरू दयनीय हुन्छन्! तिनीहरूको कद अत्यन्तै सानो हुन्छ, र तिनीहरू कहिल्यै बढ्दैनन्। तिनीहरूमा कुनै जीवन हुँदैन। अनि, जीवन नै नभएका मानिसहरूले किन अझै पनि त्यति धेरै प्रयत्न गर्छन्? (आशिष्‌हरू प्राप्त गर्न।) सही भनिस्। तिनीहरू आफ्नै व्यक्तिगत महत्त्वाकाङ्क्षा र चाहनाहरूद्वारा निर्देशित हुन्छन्। यदि तिनीहरूले सत्यता पछ्याएनन् भने, तिनीहरूले यी कुराहरू कहिल्यै त्याग्न सक्दैनन्। तैँले तिनीहरूलाई प्रवचनहरूमा सहभागी भइरहेको र भेलाहरूमा सत्यताबारे अरूले गरेको सङ्गति सुनिरहेको देख्छस्, तैपनि तिनीहरूले किन बुझ्न सक्दैनन्? दिनानुदिन तिनीहरू आफैबारे मनन गर्छन्, “मैले काम गर्दा म कसरी बढी सुन्न, बढी पढ्न, बढी याद गर्न, र बढी बोल्न सक्छु होला? तब त मैले असल कार्यहरू गरिसकेको हुन्थेँ र म परमेश्‍वरद्वारा सम्झिइन्थेँ, र मैले आशिष्‌हरू प्राप्त गर्न सक्थेँ।” अन्त्यमा, यो सबै आशिष्‌हरू प्राप्त गर्नकै लागि गरिन्छ। अनि यो व्यक्तिले आशिष्‌हरू प्राप्त गर्नु न्यायङ्गत हुने विश्‍वास गर्छ। तर सत्यता पछ्याउने व्यक्तिले जब सत्यता बुझ्छ र हासिल गर्छ, उसले त्यसउप्रान्त आशिष्‌हरू पछ्याउँदैन; उसले त्यसो गर्नु अनुचित हो भन्ने विश्‍वास गर्छ। यदि तेरो भ्रष्ट स्वभाव बिलकुलै रूपान्तरित भएको छैन र तँमा परमेश्‍वरप्रतिको कुनै समर्पण छैन भने, तैँले कस्ता आशिष्‌हरू प्राप्त गर्न सक्छस् र? तँलाई कसले आशिष्‌ प्रदान गर्नेछ र? यी आशिष्‌हरू कसरी प्राप्त हुन्छन्? (ती परमेश्‍वरले प्रदान गर्नुहुन्छ।) यदि उहाँले तँलाई आशिष्‌हरू प्रदान गर्नुभएन भने, के तँ आफैले उहाँबाट ती आशिष्‌ खोसिलिन मिल्छ र? (मिल्दैन।) कतिपय मानिसहरू त बल प्रयोग गरेरसमेत आशिष्‌ लिन खोज्छन्; के यो मूर्ख्याइँ होइन र? धेरैजसो मानिसहरू आफू चलाख छु भन्ने विश्‍वास गर्छन्, तर आफ्नो कर्तव्यनिर्वाहमा थप सत्यता खोज्न र सिद्धान्तहरूअनुसार व्यवहार गर्न अनिच्छुक हुन्छन्। यस्तो तरिकाले तिनीहरूले कसरी परमेश्‍वरका आशिष्‌हरू प्राप्त गर्न सक्छन् र? तिनीहरू आफ्नो भलाइको लागि अति चलाखी गर्छन्!

अगष्ट २८, २०१८

अघिल्लो: आत्मज्ञानले मात्रै सत्यता पछ्याउन सहयोग गर्छ

अर्को: उचित रूपमा कर्तव्य पूरा गर्न मैत्रीपूर्ण सहकार्य चाहिन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्