सत्यतालाई अभ्यास गर्नु मात्रै वास्तविकता धारण गर्नु हो

तैंले परमेश्‍वरका वचनहरू पक्डेको छस् अनि निर्लज्ज भई तिनको व्याख्या गर्न सक्छस् भन्दैमा त्यसको अर्थ तैंले वास्तविकता धारण गरेको छस् भन्ने हुँदैन; यी कुराहरू तैंले कल्पना गरेजस्तो सरल छैनन्। तैंले सत्यता धारण गरेको छस् कि छैन भन्‍ने कुरा तैंले जे भन्छस् त्यसमा आधारित हुँदैन; बरु तैंले जे जिउँछस् त्यस कुरामा आधारित हुन्छ। जब परमेश्‍वरका वचनहरू तेरो जीवन र तेरो प्राकृतिक अभिव्यक्ति बन्छन् तब मात्र तँसँग वास्तविकता छ भन्न सकिन्छ, र मात्र तैंले साँचो बुझाइ र वास्तविक कद प्राप्त गरेको मान्न सकिन्छ। तैँले लामो समयसम्म परीक्षाको सामना गर्न सक्‍नुपर्छ, र तँ परमेश्‍वरले माग गर्नुभएको स्वरूपमा जिउन सक्षम हुनुपर्दछ। यो शारीरिक स्थिति मात्र हुनु हुँदैन; यो तँबाट प्राकृतिक रूपमा बग्नुपर्छ। तब मात्र तैंले साँच्चै वास्तविकता धारण गर्नेछस्, तब मात्र तैंले जीवन प्राप्त गरेको हुनेछस्। म सेवाकर्ताहरूको परीक्षाको उदाहरण प्रयोग गर्छु, जसको बारेमा सबै परिचित छन्: सेवाकर्ताहरूको बारेमा कसैले पनि उच्च सिद्धान्तहरू प्रदान गर्न सक्छ, र सबैसँग त्यस विषयको उचित ज्ञान हुन्छ; तिनीहरू यस विषयमा कुरा गर्छन् र प्रत्येक भाषण पछिल्लोभन्दा उत्तम हुन्छ, मानौं यो एक प्रतिस्पर्धा हो। तैपनि, यदि मानिस ठूलो परीक्षाबाट भएर गएको छैन भने ऊसित राम्रो साक्षी छ भन्नु कठिन हुन्छ। संक्षेपमा, मानिस जियाइको अझै पनि कमी छ, उसको बझाइको पूर्ण विपरीत छ। त्यसकारण, यो अझै मानिसको वास्तविक कद बन्‍न बाँकी नै छ, र यो अझै मानिसको जीवन बनेको छैन। मानिसको समझलाई वास्तविकतामा ल्याइएको छैन, त्यसकारण उसको कद अझै पनि बालुवामा बनेको किल्ला जस्तो हुन्छ, अस्थिर र ढल्न लागेको हुन्छ। मानिससँग यथार्थ एकदम थोरै छ; मानिसमा कुनै पनि वास्तविकता पाउन लगभग असम्भव छ। मानिसबाट स्वाभाविक रूपले बगिरहेको वास्तविकता एकदम थोरै छ, र तिनीहरू जिइरहेका सबै वास्तविकतामा करकापले गर्दा हो। यही कारणले गर्दा म भन्छु मानिससँग कुनै वास्तविकता छैन। मानिसहरू परमेश्‍वरप्रतिको उनीहरूको प्रेम कहिल्यै परिवर्तन हुँदैनन् भन्ने दाबी गर्दछन्, तर तिनीहरूले कुनै पनि परीक्षाको सामना गर्नु अघि भन्‍ने कुरा मात्रै हो। जब एक दिन उनीहरूले अचानक परीक्षाहरूको सामना गर्नुपर्दछ, उनीहरूले बोलेका कुराहरू फेरि वास्तविकतासँग अमिल्दा हुन्छन्, र यसले फेरि पनि मानिसमा कुनै वास्तविकता छैन भन्‍ने प्रमाणित गर्नेछ। यो भन्न सकिन्छ कि जब तँ यस्तो थोक भेट्टाउँछस् जुन तेरो धारणासँग मिल्दैन र जसले गर्दा तैंले आफैलाई अलग राख्नु आवश्यक हुँदछ, ती थोकहरू तेरा परीक्षाहरू हुन्। परमेश्‍वरको इच्छा प्रकट हुनुभन्दा अघि, सबै जना कठोर जाँच र अथाह परीक्षाबाट भएर जान्छन्। के तँ यो बुझ्न सक्छस्? जब परमेश्‍वर मानिसहरूलाई जाँच गर्न चाहनुहुन्छ, तब उहाँले सधैँ वास्तविक सत्यता प्रकट हुनुभन्दा अघि उनीहरूलाई आफ्नो निर्णय गर्ने अनुमति दिनुहुन्छ। यसको अर्थ के हो भने, जब परमेश्‍वरले मानिसलाई परीक्षाहरूमा पर्न दिनुहुन्छ, उहाँले तँलाई कहिल्यै पनि सत्यता बताउनुहुन्न; यही तरिकाद्वारा मानिसहरूलाई खुलासा गरिन्छ। तैंले आजका परमेश्‍वरलाई चिन्छस् कि चिन्दैनस्, साथै तँमा कुनै वास्तविकता छ कि छैन भनी हेर्नका लागि परमेश्‍वरले काम गर्नुहुने एउटा तरिका यही हो। के तँ परमेश्‍वरको कामको सम्बन्धमा साँच्‍चै शङ्का मुक्त छस्? तँमाथि ठूलो परीक्षा आइपर्दा के तँ साँच्चै दृढ भएर खडा हुन सक्‍नेछस्? कसले यसो भन्ने साहस गर्छ, “कुनै समस्या हुनेछैन भनेर म सुनिश्‍चितता दिन्छु”? “अरूलाई शङ्का लाग्ला, तर म कहिल्यै शङ्का गर्दिनँ” भनी कसले ठोकुवा गर्न सक्छ? यो ठीक त्यस्तै हो जब पत्रुसले परीक्षाहरूको सामना गर्नु परेको थियो: सत्य प्रकट हुनुअघि तिनले जहिले पनि घमण्ड गर्थे। यो पत्रुसमा मात्र भएको विशेष व्यक्तिगत त्रुटि होइन; यो वर्तमानमा सबै मानिसले सामना गरिरहेका सबैभन्दा ठूलो कठिनाइ हो। यदि म केही ठाउँमा भ्रमण गर्न गएँ वा आजको परमेश्‍वरको कामको बारेमा तिमीहरूको बुझाइ के रहेछ भनी हेर्न केही भाइ-बहिनीहरूलाई भेट्न गएँ भने, तब निश्‍चित रूपले तिमीहरू आफ्नो ज्ञानको बारेमा धेरै कुरा भन्न सक्छौ, र तिमीहरूमा कुनै पनि प्रकारको शङ्का छैन जस्तो देखिन सक्छ। यदि मैले तँलाई, “आजको काम परमेश्‍वर आफैले गर्नुभएको हो भनी के तैँले निर्धारण गर्न सक्छस्? के कुनै शङ्काविना त्यसो गर्न सक्छस्?” भनी सोधेँ भने, तैँले निश्‍चय नै यो जबाफ दिनेछस्, “कुनै पनि प्रकारको शङ्का छैन कि यो परमेश्‍वरका आत्माले गर्नुभएको काम हो।” तैंले यस्तो जबाफ दिइसकेपछि, तैँले निश्‍चित रूपमा रत्तीभर पनि शङ्का गर्दैनस्, र तैंले थोरै वास्तविकता प्राप्त गरेको ठान्दै तैँले केही आनन्दको अनुभव पनि गर्नेछस्। यस तरिकाले स्थितिहरूलाई बुझ्‍ने प्रवृत्ति भएका मानिसहरू थोरै वास्तविकता भएका मानिसहरू हुन्; व्यक्तिले त्यो पाएको छु भनी जति बढी सोच्छ, परीक्षाहरू आउँदा ऊ उत्ति नै कम खडा हुन सक्छ। ती अहङ्कारी र हठीहरूलाई धिक्कार, र तिनीहरूलाई धिक्कार, जसलाई आफ्‍नो बारेमा कुनै ज्ञान छैन। त्यस्ता व्यक्तिहरू कुरा गर्नमा पोख्त हुन्छन्, तैपनि उनीहरूको कुरालाई व्यवहारमा लागू गर्दा सबैभन्दा नराम्रो तरिकाले गर्छन्। समस्याको सानो सङ्केत देख्दा, यी मानिसहरूले शङ्का गर्न थाल्छन्, र तिनीहरूको मनमा छोडेर जाने विचार आउँछ। तिनीहरूसँग कुनै वास्तविकता हुँदैन; तिनीहरूसँग धर्मभन्दा माथिका सिद्धान्तहरू मात्र हुन्छ, जसमा परमेश्‍वरले अहिले चाहनुभएको कुनै वास्तविकता हुँदैन। कुनै पनि वास्तविकताविना नै सिद्धान्तहरूको कुरा मात्र गर्नेहरूलाई म सबैभन्दा बढी घृणा गर्छु। तिनीहरू आफ्नो काम गर्दा ठूलो सोरले कराउँछन्, तर वास्तविकताको सामना गर्न साथै तिनीहरू चकनाचूर हुन्छन्। के यसले ती मानिसहरूमा कुनै वास्तविकता छैन भन्‍ने देखाउँदैन र? बतास र छालहरू जतिसुकै उग्र भए पनि, यदि तँ आफ्नो मनमा रत्तीभर शङ्का नगरी खडा रहन सक्छस्, र अरू कोही बाँकी नभए पनि तँचाहिँ दृढ भएर खडा रहन र इन्कार नगरी रहन सक्छस् भने, तँलाई वास्तविक बुझाइ भएको र सच्‍चा रूपमा वास्तविकता भएको व्यक्ति मानिनेछ। यदि तँ जता बतास बहन्छ त्यतैतिर मोडिन्छस् भने—यदि तँ बहुमतलाई पछ्याउँछस्, र सुगाजस्तो अरूको बोलीलाई रट्न सिक्छस् भने—तँ जति नै प्रभावशाली रूपमा बोल्ने भए पनि, त्यो तँमा वास्तविकता छ भन्ने कुराको प्रमाण हुँदैन। त्यसकारण, म सुझाव दिन्छु कि तँ खोक्रा शब्दहरू चिच्याउन हतार नगर्। परमेश्‍वरले के गर्न लाग्‍नुभएको छ भन्‍ने के तँलाई थाहा छ? अर्को पत्रुसजस्तो व्यवहार नगर्, नत्र तैँले आफैमाथि सर्म ल्याउनेछस् र आफ्नो शिर उच्च पार्ने क्षमता गुमाउनेछस्; त्यसले कसैको कुनै भलाइ गर्दैन। धेरैजसो मानिसमा कुनै वास्तविक कद हुँदैन। परमेश्‍वरले धेरै काम गर्नुभएको भए तापनि, उहाँले वास्तविकतालाई तल मानिसहरूमा ल्याउनुभएको छैन; स्पष्ट भन्ने हो भने, उहाँले व्यक्तिगत रूपमा कसैलाई कहिल्यै सजाय दिनुभएको छैन। केही मानिसहरू यस्ता परीक्षाहरूद्वारा उदाङ्गो भएका छन् जसका पापी हातहरू परमेश्‍वरबाट अझ उत्तम थोक पाउन सकिन्छ, आफूले चाहेको जे पनि गर्न सकिन्छ भनी सोच्दै टाढा र टाढासम्म पुर्‍याउँछन्। तिनीहरूले यस प्रकारका परीक्षाहरूको समेत सामना गर्न नसक्ने भएकोले, अझ चुनौतीपूर्ण परीक्षाहरू त वास्तविकता धारण गर्नु जस्तै नै, उनीहरूको पहुँचदेखि बाहिरका कुरा हुन्छन्। के तिनीहरूले परमेश्‍वरलाई मूर्ख बनाउने मात्रै कोसिस गरिरहेका छैनन् र? वास्तविकता धारण गर्नु भनेको कुनै यस्तो कुरा होइन जुन बहाना बनाएर देखाउन सकिन्छ, न त वास्तविकता कुनै त्यस्तो थोक हो जसलाई जानेपछि प्राप्त गर्न सकिन्छ। यो तेरो वास्तविक कदमा, साथै तैँले सबै परीक्षाहरूको सामना गर्न सक्छस् कि सक्दैनस् भन्ने कुरामा निर्भर हुन्छ। के तैले बुझिस्?

परमेश्‍वरले मानिसहरूमा वास्तविकताबारे कुरा गर्ने क्षमता होस् भन्ने मात्र चाहनुहुन्न; त्यो त धेरै सजिलो हुनेछ, होइन र? त्यसोभए, परमेश्‍वरले किन जीवनमा प्रवेश गर्नेबारे कुरा गर्नुहुन्छ? किन उहाँले रूपान्तरणको कुरा गर्नुहुन्छ? यदि मानिसहरू वास्तविकताको बारेमा खोक्रो कुरा गर्न मात्र सक्षम छन् भने, के तिनीहरूले आफ्नो स्वभावमा परिवर्तन हासिल गर्न सक्छन्? राज्यका असल सिपाहीहरूलाई केवल वास्तविकताको बारेमा कुरा गर्न वा घमण्ड गर्न सक्ने मानिसहरूको समूह हुनका निम्ति मात्र तालिम दिइँदैन; बरु, हरसमय परमेश्‍वरको वचन अनुसार जिउन, जस्तोसुकै अवरोधहरूको सामना गर्नु परे पनि अटल रहन, र निरन्तर परमेश्‍वरको वचनअनुसार जिउन र संसारमा नफर्कनको लागि तिनीहरूलाई तालिम दिइन्छ। परमेश्‍वरले बताउनुभएको वास्तविकता यही हो; परमेश्‍वरले मानिससँग गर्नुभएको माग यही हो। यसैले, परमेश्‍वरले बताउनुभएको वास्तविकतालाई अति नै साधारण नठान। पवित्र आत्माबाट अन्तर्दृष्टि मात्रै प्राप्त गर्नु वास्तविकता धारण गर्नु बराबर होइन। मानिसको कद यस्तो छैन—यो परमेश्‍वरको अनुग्रह हो, जसमा मानिसको कुनै योगदान छैन। प्रत्येक व्यक्तिले पत्रुसको कष्ट सहनुपर्छ, यति मात्र होइन, तिनीहरूले पत्रुसको महिमा धारण गर्नुपर्दछ, जसमा तिनीहरू परमेश्‍वरको काम प्राप्त गरेपछि जिउँछन्। यसलाई मात्र वास्तविकता भन्न सकिन्छ। तैँले वास्तविकताको विषयमा कुरा गर्न सक्छस् भन्दैमा तँसँग त्यो छ भन्ने नसोच्; त्यो गलत हो। त्यस्ता विचारहरू परमेश्‍वरको इच्छासँग मेल खाँदैनन् र ती कुराको कुनै वास्तविक महत्त्व हुँदैन। भविष्यमा यस्ता कुरा नगर्—त्यस्ता भनाइहरूलाई समाप्त गर्। परमेश्‍वरका वचनहरूको बारेमा गलत बुझाइ भएकाहरू सबै अविश्‍वासीहरू हुन्। तिनीहरूसँग कुनै वास्तविक ज्ञान हुँदैन, वास्तविक कद हुने कुरा त परै जाओस्; तिनीहरू अज्ञानी मानिसहरू हुन् जसमा वास्तविकताको कमी हुन्छ। अर्को शब्दमा, परमेश्‍वरका वचनहरूको सारभन्दा बाहिर जिउनेहरू सबै अविश्‍वासीहरू हुन्। मानिसहरूले अविश्‍वासीहरू ठानेका व्यक्तिहरू परमेश्‍वरको नजरमा जनावरहरू हुन्, र परमेश्‍वरले अविश्‍वासीहरू ठान्नुभएका मानिसहरू त्यस्ता व्यक्तिहरू हुन् जसको जीवनमा परमेश्‍वरका वचनहरू हुँदैनन्। त्यसकारण जुन मानिसहरूसँग परमेश्‍वरको वचनको वास्तविकता हुँदैन र जो उहाँको वचनअनुसार जिउन असफल हुन्छन् तिनीहरू अविश्‍वासीहरू हुन् भनेर भन्‍न सकिन्छ। परमेश्‍वरको उद्देश्य भनेको सबैलाई उहाँको वचनको वास्तविकता अनुसार जिउन लगाउनु हो—सबै जनालाई वास्तविकताको बारेमा कुरा गर्न लगाउनु मात्र होइन, तर, त्योभन्दा बढी, सबैलाई उहाँका वचनहरूको वास्तविकता अनुसार जिउन सक्ने तुल्याउनु हो। मानिसले बुझ्ने वास्तविकता अत्यन्त सतही हुन्छ; यसको कुनै मूल्य हुँदैन र यसले परमेश्‍वरको इच्छा पूरा गर्न सक्दैन। यो अति तुच्छ छ र उल्लेख गर्न पनि लायक छैन। यसमा धेरै कुराको कमी छ र यो परमेश्‍वरका आवश्यकताहरूको मापदण्डबाट धेरै चुकेको छ। तिमीहरूमध्ये कसले बाटो देखाउन सक्ने नभई आफ्नो बुझाइको बारेमा कुरा गर्न सक्छ सो हेर्न, साथै तिमीहरूमध्ये कोचाहिँ फाल्न योग्य फोहोर जस्ता छौ सो पत्ता लगाउनको लागि तिमीहरू प्रत्येकलाई एउटा ठूलो निरीक्षणमा राखिनेछ। अबदेखि उसो यो याद राख! खोक्रो ज्ञानको कुरा नगर; केवल अभ्यासको मार्ग र वास्तविकताको बारेमा कुरा गर। वास्तविक ज्ञानबाट वास्तविक अभ्यासमा सर, त्यसपछि अभ्यासबाट वास्तविक जीवनमा सर। अरूलाई भाषण नदे, र वास्तविक ज्ञानको कुरा नगर्। यदि तैँले मार्गको बारेमा बुझेको छस् भने, तेरा शब्दहरूलाई स्वतन्त्र रूपमा यसमा जान दे; यदि यो बुझाइ मार्गको बारेमा होइन भने, तेरो मुख बन्द गर् र बोल्‍न छोड्! तैंले भन्ने कुरा व्यर्थको हुन्छ। तँ परमेश्‍वरलाई धोका दिन र अरूलाई ईर्ष्यालु बनाउनका लागि ज्ञानको कुरा गर्छस्। के त्यो तेरो महत्वाकांक्षा होइन र? के तँ जानाजानी अरूसँग खेलबाड गर्दैछैनस् र? के यसमा कुनै मूल्य छ? यदि तैंले अनुभव गरिसकेपछि ज्ञानको बारेमा कुरा गरिस् भने तैंले घमण्ड गरेको रूपमा हेरिनेछैन। अन्यथा, तँ अहङ्कारी वचनहरू बोल्ने व्यक्ति होस्। तेरो वास्तविक अनुभवमा धेरै यस्ता कुराहरू छन् जसलाई तैँले विजय गर्न सक्दैनस्, र तैँले आफ्नै देहको विरुद्ध विद्रोह गर्न सक्दैनस्; तँ जहिले पनि आफूले चाहेको कुरा गरिरहन्छस्, परमेश्‍वरको इच्छा कहिल्यै पूरा गर्दैनस्—तापनि तँ अझै सैद्धान्तिक ज्ञानको कुरा गर्ने आँट गर्छस्। तँ निर्लज्ज छस्! तँ अझै पनि परमेश्‍वरका वचनहरू सम्बन्धी आफ्नो ज्ञानको कुरा बोल्ने साहस गर्छस्। तँ कति निर्लज्ज छस्! भाषण दिनु र गर्व गर्नु तेरो प्रकृति नै भएको छ, र तँलाई त्यसो गर्ने बानी भएको छ। जब-जब तँ बोल्न चाहन्छस्, तँ सजिलैसँग बोल्छस्, तर जब अभ्यास गर्ने कुरा आउँछ तब तँ अलङ्कारतिर लाग्छस्। के यो अरूलाई मूर्ख तुल्याउने तरिका होइन र? तैँले मानिसहरूलाई छल गर्न सक्लास्, तर परमेश्‍वरलाई धोका दिन सकिँदैन। मानिसहरू अनजान छन् र उनीहरूमा कुनै समझशक्ति छैन, तर परमेश्‍वर त्यस्ता विषयहरूमा गम्भीर हुनुहुन्छ, र उहाँले तँलाई बचाउनुहुनेछैन। तेरा भाइ-बहिनीहरूले तेरो निम्ति वकालत गर्न सक्नेछन्, तेरो समझशक्ति र तेरो ज्ञानको प्रशंसा र तेरो सराहना गर्न सक्छन्, तर यदि तँसँग कुनै वास्तविकता छैन भने, पवित्र आत्माले तँलाई बचाउनुहुनेछैन। सायद व्यावहारिक परमेश्‍वरले तेरा गल्तीहरू खोज्नुहुनेछैन, तर परमेश्‍वरका आत्माले तँलाई बेवास्ता गर्नुहुनेछ, र तँलाई यो कुरा सहन कठिन हुनेछ। के तँ यो कुरा विश्‍वास गर्छस्? अभ्यास गर्ने वास्तविकताको बारेमा धेरै कुरा गर्; के तैंले पहिले नै बिर्सी सकिस्? व्यावहारिक मार्गहरूको बारेमा धेरै कुरा गर्; के तैंले पहिले नै बिर्सी सकिस्? “उत्कृष्ट सिद्धान्तहरू र बेकम्मा, घमण्डी कुराहरू थोरै देऊ; अहिले नै अभ्यास गर्न सुरु गर्नु उत्तम हुन्छ।” के तैंले यी वचनहरू बिर्सिस्? के तँ केही पनि बुझ्दैनस्? के तँलाई परमेश्‍वरको इच्छाको बारेमा कुनै बुझाइ छैन?

अघिल्लो: वास्तविकतामा अझ बढी ध्यान देऊ

अर्को: विश्‍वासीहरूले कस्तो दृष्टिकोण राख्‍नुपर्छ

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

तैँले सम्पूर्ण मानवजाति वर्तमान दिनसम्म कसरी विकसित भयो भन्ने जान्‍नुपर्छ

छ हजार वर्षभन्दा लामो अवधिमा गरिएको कामको सम्पूर्णता फरक-फरक युग आउने र जाने क्रममा परिवर्तन भएको छ। यो कार्यको परिवर्तन संसारको समग्र...

देहधारी परमेश्‍वर र परमेश्‍वरद्वारा प्रयोग भएका मानिसहरूका बीचका अत्यावश्यक भिन्नता

परमेश्‍वरका आत्माले पृथ्वीमा काम गर्नुहुँदा, उहाँले धेरै वर्षदेखि खोजिरहनुभएको छ, र युगौँदेखि उहाँको काम गर्नका लागि परमेश्‍वरले धेरै...

विजयको कामको भित्री सत्यता (१)

मानवजाति शैतानद्वारा यति गम्भीर रूपले भ्रष्ट भएको छ कि उसले परमेश्‍वर हुनुहुन्छ भनी जान्दैन, र उसले परमेश्‍वरको आराधाना गर्न छाडेको छ।...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्