तैँले हैसियतका आशिष्हरूलाई पन्छ्याउनुपर्छ र मानिसलाई मुक्ति दिने परमेश्वरको अभिप्रायलाई बुझ्नुपर्छ
मानव दृष्टिकोणबाट हेर्दा, मोआबका सन्ततिलाई पूर्ण पारिनु सम्भव छैन, न त तिनीहरू त्यसरी पूर्ण पारिन योग्य नै छन्। अर्कोतर्फ, दाऊदका सन्तानहरूसँग पक्कै पनि आशा छ, र तिनीहरू वास्तवमै पूर्ण पारिन सक्छन्। यदि कोही मोआबको सन्तति हो भने, उसलाई पूर्ण पार्न सकिँदैन। अहिले पनि, तिमीहरूमाझ भइरहेको कामको महत्त्व तिमीहरूलाई अझै थाहा छैन; यस चरणमा समेत, तिमीहरू अझै पनि आफ्नो भविष्यका सम्भावनाहरूलाई हृदयमा बोक्छौ, र तिनलाई त्याग्न हिचकिचाउँछौ। आज परमेश्वरले किन तिमीहरूजस्ता सबैभन्दा अयोग्य मानिसहरूको समूहमा काम गर्न रोज्नुभएको छ भन्ने कुराको कसैलाई वास्ता छैन। के उहाँले यस काममा गल्ती गर्नुभएको हुन सक्छ? के यो काम क्षणिक भूलवश गरिएको हो? जसले सधैँ तिमीहरू मोआबका सन्तति हौ भनी जान्नुभएको छ उनै परमेश्वर किन तिमीहरूकै बीचमा काम गर्न तल आउनुभएको छ? के तिमीहरूलाई कहिल्यै यस्तो लाग्दैन? के परमेश्वरले आफ्नो काम गर्दा यसलाई कहिल्यै ख्याल गर्नुहुन्न र? के उहाँ भड्किलो व्यवहार गर्नुहुन्छ र? के तिमीहरू मोआबका सन्तति हौ भन्ने कुरा उहाँलाई सुरुदेखि नै थाहा थिएन र? के तिमीहरू यी कुरालाई ख्याल गर्न जान्दैनौ? तिमीहरूका धारणाहरू कहाँ गए? के तिमीहरूको त्यो स्वस्थ सोचाइ असन्तुलित भएको छ? तिमीहरूको चलाखी र बुद्धि कहाँ गए? के तिमीहरूको चालढाल अत्यन्तै सदाशयी भएकोले तिमीहरूले यस्ता सानातिना कुरामा ध्यान नदिएको हो? तिमीहरूको मन आफ्ना भविष्यका सम्भावनाहरू र आफ्नै भाग्यजस्ता कुराप्रति सबैभन्दा बढी संवेदनशील हुन्छ, तर अरू कुनै पनि कुराको हकमा, त्यो संवेदनहीन, बोधहीन, र पूर्ण रूपमा अनजान हुन्छ। आखिर तिमीहरू केमा विश्वास गर्छौ? आफ्ना भविष्यका सम्भावनाहरूमा? कि परमेश्वरमा? तैँले विश्वास गर्ने भनेको तेरो सुन्दर गन्तव्यमा होइन र? तेरा भविष्यका सम्भावनाहरूमा होइन र? तैँले जीवनको मार्गबारे कति बुझेको छस्? तैँले कति हासिल गरेको छस्? के तँलाई अहिले मोआबका सन्ततिमाथि भइरहेको काम तिमीहरूलाई अपमानित गर्न गरिएको हो भन्ने लाग्छ? के यो जानीजानी तिमीहरूको कुरूपतालाई खुलासा गर्न गरिएको हो? के यो जानाजानी तिमीहरूलाई सजाय स्वीकार गराउन, र त्यसपछि तिमीहरूलाई आगोको कुण्डमा फ्याँक्न गरिएको हो? मैले तिमीहरूको भावी सम्भावना छैन भनेर कहिल्यै भनिनँ, तिमीहरू नष्ट हुनुपर्छ वा तिमीहरूले अनन्त विनाश भोग्नुपर्छ भनेर त झनै भनिनँ। के मैले सार्वजनिक रूपमा यस्ता कुराहरू घोषणा गरेको छु र? तँ आफू आशाहीन भएको भन्छस्, तर के यो तँ आफैले गरेको फैसला होइन र? के यो तेरो आफ्नै मानसिकताको असर होइन र? के तेरा आफ्नै फैसलाहरू मान्य हुन्छन्? यदि मैले तँ आशिषित् छैनस् भनेँ भने, तँ पक्कै पनि विनाशको पात्र हुनेछस्; अनि यदि मैले तँ आशिषित् छस् भनेँ भने, तँ पक्कै पनि नष्ट हुनेछैनस्। म यति मात्र भनिरहेको छु कि तँ मोआबको सन्तति होस्; मैले तँ नष्ट हुनेछस् भनेर भनिनँ। कुरा यति मात्र हो कि मोआबका सन्तति श्रापित भएका छन्, र तिनीहरू भ्रष्ट मानवहरूको एउटा प्रजाति हुन्। अघि पापको कुरा उठाइएको थियो; के तिमीहरू सबै पापी होइनौ र? के सबै पापीहरू शैतानद्वारा भ्रष्ट तुल्याइएका छैनन् र? के पापीहरू सबैले परमेश्वरको प्रतिरोध र उहाँविरुद्ध विद्रोह गर्दैनन् र? के परमेश्वरको प्रतिरोध गर्नेहरू श्रापित हुनुपर्दैन र? के पापीहरू सबै नष्ट पारिनुपर्दैन र? त्यसो हो भने, मासु र रगतले बनेका मानिसहरूमध्ये कसले मुक्ति पाउन सक्थ्यो र? के तिमीहरू आजको दिनसम्म जीवित रहन सक्थ्यौ र? तिमीहरू मोआबका सन्तति भएकाले नकारात्मक बनेका छौ; के तिमीहरू पनि पापी मानिसमा गनिँदैनौ र? तिमीहरू आजको दिनसम्म कसरी टिकेका छौ? सिद्ध पारिने कुरा उठ्दा, तिमीहरू खुसी हुन्छौ, र आफूले ठूलो सङ्कष्टको अनुभव गर्नु पर्नेछ भन्ने सुन्दा, तिमीहरू यसले आफूलाई अझ बढी आशिषित् तुल्याउँछ भन्ने अनुभूति गर्छौ। तिमीहरू सङ्कष्टबाट निस्केपछि विजेता बन्नु भनेको परमेश्वरको अझ ठूलो आशिष् र उहाँले तिमीहरूलाई धेरै उचाल्नुभएको हो भन्ने सोच्छौ। मोआबको कुरा उठेपछि, तिमीहरूका बीचमा खैलाबैला मच्चिन्छ; ठूला र साना सबैले अवर्णनीय दुःख महसुस गर्छन् र तिमीहरूको हृदयमा पटक्कै आनन्द हुँदैन, अनि तिमीहरू जन्मेकोमा पछुतो मान्छौ। तिमीहरू मोआबका सन्ततिमाथि यस चरणको काम भइरहेको हुनुको महत्त्व बुझ्दैनौ; तिमीहरू उच्च ओहोदाहरू पछ्याउन मात्र जान्दछौ, र जब-जब तिमीहरू कुनै आशा नभएको देख्छौ, तब तिमीहरू पुरानै अवस्थामा फर्कन्छौ। सिद्ध पारिने र भविष्यको गन्तव्यको कुरा उठेपछि, तिमीहरू खुसी महसुस गर्छौ। तिमीहरू आशिष्हरू प्राप्त गर्न र राम्रो गन्तव्य पाउन सकियोस् भनेर परमेश्वरमा विश्वास गर्छौ। अहिले कतिपय मानिस आफ्नो हैसियतका कारण आशङ्का महसुस गर्छन्। तिनीहरू कम मूल्यका र कम हैसियतका भएकाले, तिनीहरू सिद्ध पारिने खोजी गर्न चाहँदैनन्। पहिले, सिद्ध पारिने बारेमा कुरा गरियो, र त्यसपछि मोआबका सन्ततिको कुरा उठाइयो, त्यसैले मानिसहरूले पहिले उल्लेख गरिएको सिद्ध पारिने मार्गलाई इन्कार गरे। यसो हुनुको कारण भनेको सुरुदेखि अन्त्यसम्म, तिमीहरूले यस कामको महत्त्व कहिल्यै थाहा पाएका छैनौ, न त तिमीहरू यसको महत्त्वको वास्ता नै गर्छौ। तिमीहरूको कद अत्यन्तै सानो छ, र तिमीहरू सानोभन्दा सानो अवरोध पनि सहन सक्दैनौ। जब तिमीहरू आफ्नो पहिचान अत्यन्तै निकृष्ट भएको देख्छौ, तब तिमीहरू नकारात्मक बन्छौ र निरन्तर पछ्याइरहने विश्वास गुमाउँछौ। मानिसहरू केवल अनुग्रह प्राप्त गर्नु र शान्तिको आनन्द लिनुलाई विश्वासका प्रतीक मान्छन्, र आशिष्हरूको पछ्याइलाई परमेश्वरप्रति आफ्नो विश्वासको जगका रूपमा हेर्छन्। धेरै कम मानिस परमेश्वरलाई चिन्न खोज्छन् वा आफ्नो स्वभावमा परिवर्तनको खोजी गर्छन्। आफ्नो विश्वासमा, मानिसहरू परमेश्वरले तिनीहरूलाई उपयुक्त गन्तव्य र तिनीहरूले चाहेका सबै अनुग्रह दिलाउनुहोस्, उहाँ तिनीहरूको सेवक बन्नुहोस्, उहाँले तिनीहरूसँग शान्तिपूर्ण, मित्रवत् सम्बन्ध कायम राख्नुहोस् ताकि कुनै पनि बेलामा तिनीहरूबीच कुनै द्वन्द्व नहोस् भन्ने खोजीमा हुन्छन्। भन्नुको मतलब, परमेश्वरमा विश्वास गर्दा, तिनीहरू आफूले बाइबलमा पढेको “म तिमीहरूका सबै माग सुन्नेछु” भन्ने वचनबमोजिम उहाँले तिनीहरूका सबै आवश्यकताहरू पूरा गर्ने र तिनीहरूले मागेका जुनसुकै कुरा प्रदान गर्ने प्रतिज्ञा गर्नुपर्छ भन्ने माग गर्छन्। तिनीहरू परमेश्वरले कसैको न्याय वा काटछाँट नगर्नुहोस् भन्ने माग गर्छन्, किनभने उहाँ सधैँ कृपालु मुक्तिदाता येशू रहनुभएको छ जसले हर समय र हरेक ठाउँमा मानिसहरूसँग राम्रो सम्बन्ध कायम राख्नुहुन्छ। मानिसहरूले परमेश्वरमा विश्वास गर्ने तरिका यस्तो छ: तिनीहरू निर्लज्ज भई परमेश्वरसँग मागहरू मात्र राख्छन्, र तिनीहरू चाहे विद्रोही होऊन् वा आज्ञाकारी होऊन्, उहाँले तिनीहरूलाई सबै कुरा प्रदान गरिरहनुपर्छ भन्ने विश्वास गर्छन्। तिनीहरू केवल निरन्तर परमेश्वरबाट “ऋण असुल” गरिरहन्छन्, र उहाँले कुनै प्रतिरोधविना तिनीहरूलाई “प्रतिदान” गर्नुपर्छ र, अझ भन्ने हो भने, दोब्बर तिर्नुपर्छ भन्ने विश्वास गर्छन्। तिनीहरू परमेश्वरले तिनीहरूबाट केही प्राप्त गर्नुभएको होस् वा नहोस्, उहाँलाई तिनीहरूले मात्र आफ्नो फाइदाका लागि प्रयोग गर्न पाउँछन्, र उहाँले आफूले चाहेअनुसार मानिसहरूलाई योजनाबद्ध गर्न सक्नुहुन्न, अनि धेरै वर्षदेखि लुकाइएको उहाँको बुद्धि र धर्मी स्वभावलाई उहाँले चाहनुभएको बेला र तिनीहरूको अनुमतिविना मानिसहरूलाई प्रकट गर्न त झनै पाउनुहुन्न भन्ने सोच्छन्। तिनीहरू केवल परमेश्वरसामु आफ्ना पापहरू स्वीकार गर्छन्, र उहाँले त्यसप्रति कुनै वितृष्णा महसुस नगरी तिनीहरूलाई पापमुक्त गरिदिनुपर्छ, र यो सधैँभरि चलिरहनेछ भन्ने विश्वास गर्छन्। तिनीहरू परमेश्वर मानिसहरूको सेवा लिनका लागि नभई तिनीहरूको सेवा गर्न, र तिनीहरूको सेवक बन्न आउनुभएको हो भनी बाइबलमा उल्लेख रहेकाले उहाँले तिनीहरूको आज्ञा मान्नैपर्छ भन्ने विश्वास गर्दै उहाँलाई आदेशहरू दिइरहन्छन्। अहिले पनि, के तिमीहरू यही तरिकाले विश्वास गर्दैनौ र? जब-जब तिमीहरू परमेश्वरबाट केही कुरा प्राप्त गर्न असमर्थ हुन्छौ, तब तिमीहरू भागेर जाने इच्छा गर्छौ; जब तिमीहरूले केही कुरा बुझ्दैनौ, तब तिमीहरू धेरै रिसाउँछौ र उहाँलाई अनेक गाली गर्न समेत तम्सिन्छौ। तिमीहरू परमेश्वर स्वयम्लाई उहाँको बुद्धि र अचम्मको कार्य पूर्ण रूपमा व्यक्त गर्न पटक्कै दिँदैनौ; बरु, तिमीहरू केवल क्षणिक सहजता र आराममा लिप्त हुन चाहन्छौ। अहिलेसम्म, परमेश्वरमा विश्वास गर्दा तिमीहरूको मनोवृत्तिमा उही पुराना दृष्टिकोणहरू मात्रै थिए। यदि परमेश्वरले तिमीहरूलाई अलिकति मात्रै प्रताप देखाउनुभयो भने, तिमीहरू बेखुसी हुन्छौ। के तिमीहरूले अब आफ्नो कद ठ्याक्कै कति ठूलो छ भनी देख्यौ त? तिमीहरू सबै जना परमेश्वरप्रति बफादार छौ भन्ने नठान जबकि वास्तवमा तिमीहरूका पुराना दृष्टिकोणहरू नै परिवर्तन भएका छैनन्। आफूलाई केही पनि आइपरेको छैन भने, तँ सबै कुरा सहज रूपमा चलिरहेको छ भन्ने विश्वास गर्छस्, र परमेश्वरप्रतिको तेरो प्रेम उच्च बिन्दुमा पुग्छ। जब तँलाई केही सानो कुरा आइपर्छ, तब तँ पातालमा खस्छस्। के यो परमेश्वरप्रति बफादार हुनु हो?
यदि विजयको कामको अन्तिम चरण इस्राएलमा सुरु हुने हो भने, त्यस्तो विजयको कामको कुनै अर्थ हुनेथिएन। यो काम चीनमा गरिँदा, र यो तिमीहरूजस्ता मानिसमाथि गरिँदा सबैभन्दा अर्थपूर्ण हुन्छ। तिमीहरू सबैभन्दा तल्लो स्तरका, सबैभन्दा कम हैसियत भएका मानिस हौ; तिमीहरू यस समाजको सबैभन्दा तल्लो स्तरमा रहेका मानिस हौ, र सुरुमा परमेश्वरलाई सबैभन्दा कम स्वीकार गर्ने तिमीहरू नै हौ। तिमीहरू परमेश्वरबाट सबैभन्दा टाढिएका र सबैभन्दा गम्भीर हानि भोगेका मानिस हौ। कामको यो चरण विजयका खातिर मात्र भएको हुनाले, के तिमीहरू भविष्यको गवाही दिनका लागि चुनिनु सबैभन्दा उपयुक्त हुँदैन र? यदि विजयको कामको पहिलो चरण तिमीहरू जस्ता मानिसमाथि नगरिएको भए, आउन लागेको विजयको कामलाई अघि बढाउन गाह्रो हुनेथियो, किनभने यसपछि आउने विजयको कामले आज भइरहेको यस कामको तथ्यका आधारमा नतिजाहरू हासिल गर्नेछ। अहिलेको विजयको काम त समग्र विजयको कामको सुरुवात मात्र हो। तिमीहरू विजय गरिने पहिलो ब्याच हौ; तिमीहरू विजय गरिन लागिएका सारा मानवजातिका प्रतिनिधि हौ। साँच्चै ज्ञान भएका मानिसहरूले परमेश्वरले आज गर्नुहुने सबै काम महान् भएको देख्नेछन्। उहाँले मानिसहरूलाई तिनीहरूको आफ्नै विद्रोहीपन चिनाउने मात्र नभई तिनीहरूको पहिचान पनि खुलाउनुहुन्छ। उहाँका वचनहरूको उद्देश्य र अर्थ मानिसहरूलाई नकारात्मक बनाउनु होइन, न त तिनीहरूलाई ढाल्नु नै हो। यो त तिनीहरूले उहाँका वचनहरूमार्फत अन्तर्दृष्टि र मुक्ति प्राप्त गरून् भन्नका लागि हो; यो उहाँका वचनहरूमार्फत तिनीहरूको आत्मालाई जगाउनका लागि हो। संसारको सृष्टि भएदेखि नै, मानिस शैतानको शक्तिअन्तर्गत जिउँदै आएको छ, र उसले न त परमेश्वर हुनुहुन्छ भन्ने कुरा जानेको छ न त त्यो कुरामा विश्वास गरेको छ। यी मानिसहरूले परमेश्वरबाट महान् मुक्ति र महान् उचाइ प्राप्त गर्न सक्नुले वास्तवमै परमेश्वरको प्रेम देखाउँछ; साँच्चै ज्ञान भएका सबैले यसरी नै सोच्नेछन्। अनि त्यस्तो ज्ञान नभएकाहरूले चाहिँ कस्तो सोच्नेछन्? तिनीहरूले यसो भन्नेछन्, “ए, परमेश्वरले हामी मोआबका सन्तति भएको भन्नुभयो; उहाँले आफ्नै वचनहरूमार्फत यसो भन्नुभयो। के हामी अझै पनि राम्रो परिणाम प्राप्त गर्न सक्छौँ र? हामी मोआबका सन्तति हौँ, र हामीले विगतमा उहाँको प्रतिरोध गरेका छौँ। परमेश्वर हामीलाई दोषी ठहराउन आउनुभएको हो; के तिमी उहाँले सुरुदेखि नै सधैँ हाम्रो न्याय गर्नुभएको देख्दैनौ? हामीले परमेश्वरको प्रतिरोध गरेका हुनाले, हामीलाई यसरी नै सजाय दिइनुपर्छ।” के यी वचनहरू सही छन्? आज परमेश्वर तिमीहरूको न्याय गर्नुहुन्छ, तिमीहरूलाई सजाय दिनुहुन्छ, र तिमीहरूलाई दोषी ठहराउनुहुन्छ, तर तैँले के थाहा पाउनुपर्छ भने, तँलाई दोषी ठहराउनुको उद्देश्य तैँले आफैलाई चिन्नु हो। उहाँ तँलाई दोषी ठहराउनुहुन्छ, सराप्नुहुन्छ, न्याय गर्नुहुन्छ, र सजाय दिनुहुन्छ, ताकि तँ आफूलाई चिन्न सक्, ताकि तेरो स्वभाव परिवर्तन हुन सकोस्, र यसभन्दा पनि बढी, ताकि तँ आफ्नो मूल्य जान्न सक्, र परमेश्वरका सबै कार्य धर्मी छन् र उहाँको स्वभाव र उहाँको कामका आवश्यकताहरूअनुसार छन्, र उहाँ मानिसको मुक्तिसम्बन्धी आफ्नो योजनाअनुसार काम गर्नुहुन्छ, अनि उहाँ मानिसलाई प्रेम गर्नुहुने र मुक्ति दिनुहुने, अनि न्याय गर्नुहुने र सजाय पनि दिनुहुने धर्मी परमेश्वर हुनुहुन्छ भनी देख्न सक्। यदि तँलाई तँ निम्न हैसियतको छस्, तँ भ्रष्ट र विद्रोही छस् भन्ने मात्र थाहा छ, तर परमेश्वरले आज तँमाथि जुन न्याय र सजाय गर्नुहुन्छ त्यसमार्फत उहाँले आफ्नो मुक्ति प्रकट गर्ने अभिप्राय राख्नुहुन्छ भन्ने थाहा छैन भने, तैँले कामकुरा अनुभव गर्न सम्भव छैन, अनि तँ अघि बढिरहन त झनै सक्षम छैनस्। परमेश्वर मानिसहरूलाई ढाल्न वा नष्ट गर्न आउनुभएको होइन, बरु तिनीहरूलाई न्याय गर्न, श्राप दिन, सजाय दिन, र मुक्ति दिन आउनुभएको हो। उहाँको ६ हजार वर्षे व्यवस्थापनको योजना समाप्त नभएसम्म—उहाँले प्रत्येक वर्गको मानिसको परिणाम प्रकट गर्नुअघि—पृथ्वीमा परमेश्वरको काम पूर्ण रूपमा मुक्तिका खातिर हुन्छ; यसको उद्देश्य उहाँलाई प्रेम गर्नेहरूलाई पूर्ण रूपमा सिद्ध पार्नु र तिनीहरूलाई उहाँको प्रभुत्वअन्तर्गत समर्पण गर्न लगाउनु मात्रै हो। परमेश्वरले मानिसहरूलाई जसरी मुक्ति दिनुभए पनि, यो सबै तिनीहरूलाई तिनीहरूको पुरानो शैतानी प्रकृतिबाट अलग गराएर गरिन्छ; अर्थात्, उहाँ तिनीहरूलाई जीवन पछ्याउन लगाएर मुक्ति दिनुहुन्छ। यदि तिनीहरूले त्यसो गरेनन् भने, तिनीहरूले परमेश्वरको मुक्ति स्वीकार गर्न सम्भव हुनेछैन। मुक्ति परमेश्वर स्वयम्को काम हो, र मुक्ति स्वीकार गर्नका निम्ति मानिसले जीवन पछ्याउनैपर्छ। मानिसको नजरमा, मुक्ति भनेको परमेश्वरको प्रेम हो, र परमेश्वरको प्रेम सजाय, न्याय, र श्राप हुन सक्दैन; मुक्तिमा कृपा, दयाधर्म, र, यतिमात्र नभएर, सान्त्वनाका वचनहरू, साथै परमेश्वरले प्रदान गर्नुभएका असीमित आशिष्हरू समावेश हुनैपर्छ। मानिसहरू के विश्वास गर्छन् भने, परमेश्वरले मानिसलाई मुक्ति दिँदा उसलाई उहाँका आशिष् र अनुग्रहले प्रेरित गरेर त्यसो गर्नुहुन्छ, ताकि उसले आफ्नो हृदय परमेश्वरलाई दिन सकोस्। भन्नुको मतलब, उहाँले मानिसलाई छुनु नै उहाँले उसलाई मुक्ति दिनु हो। यस प्रकारको मुक्तिमा लेनदेन हुन्छ। परमेश्वरले मानिसलाई सय गुणा दिँदा मात्र ऊ परमेश्वरको नाउँसमक्ष आफूलाई समर्पण गर्न आउनेछ, र यसरी परमेश्वरलाई गर्व गराउनेछ र उहाँलाई श्रेय दिनेछ। मानवजातिप्रति लागि परमेश्वरको अभिप्राय यो होइन। परमेश्वर भ्रष्ट मानवजातिलाई मुक्ति दिनका निम्ति पृथ्वीमा काम गर्न आउनुभएको हो; यसमा कुनै झूट छैन। यदि यस्तो नभएको भए, उहाँ पक्कै पनि आफ्नो काम गर्न व्यक्तिगत रूपमा आउनुभएको हुनेथिएन। विगतमा, उहाँले मुक्ति दिँदा सबैभन्दा धेरै कृपा र दयाधर्म देखाउनुहुन्थ्यो, यतिसम्म कि उहाँले सम्पूर्ण मानवजातिको बदलामा शैतानलाई आफ्नो सर्वस्व दिनुभयो। वर्तमान भनेको विगतजस्तो छँदै छैन: आज तिमीहरूको मुक्ति आखिरी दिनहरूमा हुन्छ, जब हरेकलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गरिन्छ; तिमीहरूको मुक्तिको माध्यम कृपा वा दयाधर्म होइन, बरु सजाय र न्याय हो, ताकि मानिसलाई अझ पूर्ण रूपमा मुक्ति दिन सकियोस्। तसर्थ, तिमीहरूले सजाय, न्याय, र निर्दयी प्रहार मात्र प्राप्त गर्छौ, तर यो कुरा जानिराख: यस निर्दयी प्रहारमा अलिकति पनि दण्ड हुँदैन। मेरा वचनहरू जतिसुकै कठोर भए पनि, तिमीहरूमाथि केही त्यस्ता वचन मात्रै आइपर्छन् जुन तिमीहरूलाई पूर्ण रूपमा निर्दयी लाग्न सक्छन्, र म जतिसुकै रिसाएको भए पनि, तिमीहरूमाथि अझै पनि हप्काइका वचनहरू नै आइपर्छन्, र मेरो उद्देश्य तिमीहरूलाई हानि गर्नु वा मृत्युदण्ड दिनु होइन। के यी सबै तथ्य होइनन् र? आजकाल, चाहे त्यो धर्मी न्याय होस् वा निर्दयी शोधन र सजाय होस्, सबै कुरा मुक्तिका खातिर हो भन्ने जानिराख। आज हरेकलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गरिने भए पनि वा सबै प्रकारका मानिस प्रकट गरिने भए पनि, परमेश्वरका सबै वचन र कामको उद्देश्य परमेश्वरलाई साँच्चै प्रेम गर्नेहरूलाई मुक्ति दिनु हो। धर्मी न्याय मानिसलाई शुद्ध गर्न ल्याइन्छ, र निर्दयी शोधन उसलाई स्वच्छ पार्न गरिन्छ; कठोर वचनहरू वा ताडना दुवै शुद्ध गर्नका लागि गरिन्छन् र ती मुक्तिका खातिर हुन्। तसर्थ, आज मुक्ति दिने विधि विगतको जस्तो छैन। आज, धर्मी न्यायले तिमीहरूको मुक्तिका रूपमा, र तिमीहरू हरेकलाई तिमीहरूको प्रकारअनुसार वर्गीकरण गर्ने असल साधनका रूपमा काम गर्छ, र निर्दयी सजायले तिमीहरूको सर्वोच्च मुक्तिका रूपमा काम गर्छ। यस्तो सजाय र न्यायको सामना गर्नुपर्दा तिमीहरूसँग भन्नुपर्ने कुरा के छ? के तिमीहरू सुरुदेखि अन्त्यसम्म सधैँ मुक्तिमा रमाएका छैनौ र? तिमीहरूले देहधारी परमेश्वरलाई देखेका छौ र उहाँको सर्वशक्तिमान्ता र बुद्धिलाई महसुस गरेका छौ; यसका साथै, तिमीहरूले बारम्बारको प्रहार र ताडनाको अनुभव गरेका छौ। तर, के तिमीहरूले सर्वोच्च अनुग्रह पनि प्राप्त गरेका छैनौ र? के तिमीहरूका आशिष्हरू अरू कसैका भन्दा ठूला छैनन् र? तिमीहरूका अनुग्रहहरू सोलोमनले प्राप्त गरेका महिमा र सम्पत्तिभन्दा पनि बढी प्रचुर छन्! यसबारे सोच: यदि मेरो आउनुको अभिप्राय तिमीहरूलाई मुक्ति दिनुको साटो तिमीहरूलाई दोषी ठहराउनु र दण्ड दिनु भएको भए, के तिमीहरू यतिका दिनसम्म टिक्न सक्थ्यौ र? के मासु र रगतले बनेका तिमीहरू जस्ता पापी प्राणी आजसम्म जीवित रहन सक्थ्यौ र? यदि मेरो लक्ष्य तिमीहरूलाई दण्ड दिनु मात्रै भएको भए, म किन देह बन्नेथिएँ र यति ठूलो उद्यममा लाग्नेथिएँ? के तिमीहरूजस्ता तुच्छ मानिसलाई एउटै वचन बोलेर दण्ड दिन सकिँदैनथियो र? के मैले तिमीहरूलाई जानीजानी दोषी ठहराएपछि पनि तिमीहरूलाई नष्ट गर्नुपर्थ्यो र? के तिमीहरूलाई अझै पनि मेरा यी वचनहरूको विश्वास लाग्दैन? के म मानिसलाई कृपा र दयाधर्मद्वारा मात्रै मुक्ति दिन सक्थेँ र? वा, के म क्रुसीकरण मात्रै प्रयोग गरेर मानिसलाई मुक्ति दिन सक्थेँ र? के मेरो धर्मी स्वभाव मानिसलाई पूर्ण रूपमा समर्पित बनाउनका लागि अझ बढी अनुकूल छैन र? के यो मानिसलाई पूर्ण रूपमा मुक्ति दिन अझ बढी सक्षम छैन र?
मेरा वचनहरू कठोर भए पनि, ती सबै मानिसका लागि मुक्ति हुन्, किनभने म वचनहरू मात्रै बोलिरहेको छु र मानिसको देहलाई दण्ड दिइरहेको छैनँ। यी वचनहरूले मानिसलाई ज्योतिमा जिउन, ज्योति अस्तित्वमा छ भनी जान्न, ज्योति बहुमूल्य छ भनी जान्न, र, अझ बढी, यी वचनहरू उसका लागि कति लाभदायक छन् भनी जान्न, साथै परमेश्वर नै मुक्ति हुनुहुन्छ भनी जान्न लगाउँछन्। मैले सजाय र न्यायका वचनहरू धेरै बोलेको भए पनि, वास्तवमा तिमीहरूमाथि केही पनि आइपरेको छैन। म मेरो काम गर्न र मेरा वचनहरू बोल्न नै आएको हुँ, र मेरा वचनहरू कठोर भए पनि, ती तिमीहरूको भ्रष्टता र तिमीहरूको विद्रोहीपनको न्याय गर्न बोलिएका हुन्। मैले यसो गर्नुको उद्देश्य मानिसलाई शैतानको शक्तिबाट मुक्ति दिनु नै हो। यसको उद्देश्य मेरा वचनहरू प्रयोग गरेर मानिसलाई मुक्ति दिनु हो; मेरा वचनहरूद्वारा मानिसलाई हानि गर्नु होइन। मेरो काममा नतिजाहरू हासिल गर्नका निम्ति मेरा वचनहरू कठोर छन्। यस्तो काममार्फत मात्रै मानिसले आफूलाई चिन्न र आफ्नो विद्रोही स्वभावबाट अलग हुन सक्छ। वचनहरूको कामको सबैभन्दा ठूलो महत्त्व के हो भने यसले मानिसहरूलाई सत्यता बुझेपछि त्यसलाई अभ्यास गर्न, र यसरी तिनीहरूको स्वभावमा परिवर्तनहरू हासिल गर्न, साथै आफू र परमेश्वरको कामबारे ज्ञान प्राप्त गर्न सम्भव बनाइदिन्छ। वचनहरू बोलेर गरिने कामले मात्र परमेश्वर र मानिसबीचको सम्बन्धलाई जोड्न सक्छ, र वचनहरूले मात्र सत्यता बुझाउन सक्छन्। यसरी काम गर्नु मानिसलाई विजय गर्ने सबैभन्दा उत्तम उपाय हो; वचनहरूको वाणीबाहेक, अरू कुनै पनि विधिले मानिसहरूलाई सत्यता र परमेश्वरको काम अझ प्रस्टताका साथ बुझ्न सम्भव तुल्याउन सक्दैन। तसर्थ, परमेश्वरको कामको अन्तिम चरणमा, मानिसलाई उसले नबुझ्ने सबै सत्यता र रहस्य खोलिदिन उहाँले मानिससँग बोल्ने विधि प्रयोग गर्नुहुन्छ, जसले गर्दा उसले परमेश्वरबाट साँचो मार्ग र जीवन प्राप्त गर्न सक्छ, र यसरी उहाँका अभिप्रायहरू पूरा गर्छ। मानिसमा गरिने परमेश्वरको कामको उद्देश्य उसलाई परमेश्वरका अभिप्रायहरू पूरा गर्न सक्षम बनाउनु हो, र यो उसलाई मुक्ति दिन गरिन्छ। त्यसकारण, उहाँले मानिसलाई मुक्ति दिने समयमा, उहाँले उसलाई दण्ड दिने काम गर्नुहुन्न। मानिसलाई मुक्ति दिँदा, परमेश्वरले दुष्टलाई दण्ड वा असललाई इनाम दिनुहुन्न, न त उहाँले सबै प्रकारका मानिसका गन्तव्यहरू नै प्रकट गर्नुहुन्छ। बरु, उहाँको कामको अन्तिम चरण पूरा भएपछि मात्र उहाँले दुष्टलाई दण्ड दिने र असललाई इनाम दिने काम गर्नुहुनेछ, र त्यसपछि मात्र उहाँले सबै प्रकारका मानिसका परिणामहरू प्रकट गर्नुहुनेछ। जसलाई साँच्चै मुक्ति दिन सकिँदैन तिनीहरू नै दण्डित हुनेछन्, जबकि परमेश्वरले मानिसलाई मुक्ति दिने समयमा जसले उहाँको मुक्ति प्राप्त गरेका छन् तिनीहरूलाई नै मुक्ति दिइनेछ। आफ्नो मुक्तिको काम गर्दा, परमेश्वरले मुक्ति दिन सकिने हरेक व्यक्तिलाई भरसक मुक्ति दिनुहुन्छ, र तिनीहरूमध्ये कसैलाई पनि त्याग्नुहुन्न, किनभने परमेश्वरको कामको उद्देश्य मानिसलाई मुक्ति दिनु हो। परमेश्वरले मानिसलाई मुक्ति दिने समयमा, ज-जसले आफ्नो स्वभावमा परिवर्तनहरू हासिल गर्न सक्दैनन्—साथै जो-जो परमेश्वरप्रति पूर्ण रूपमा समर्पित हुन सक्दैनन्—तिनीहरू सबै दण्डका पात्र बन्नेछन्। कामको यो चरण—वचनहरूको काम—ले मानिसहरूलाई तिनीहरूले नबुझ्ने सबै वचन, साथै तिनीहरूले नबुझेका सबै रहस्य खोलिदिन्छ। यसले तिनीहरूलाई परमेश्वरका अभिप्रायहरू र तिनीहरूप्रति परमेश्वरका मागहरू बुझ्न, साथै परमेश्वरका वचनहरू व्यवहारमा लागू गर्न र तिनीहरूको स्वभावमा परिवर्तनहरू हासिल गर्न आवश्यक पूर्वसर्तहरू प्राप्त गर्न मद्दत गर्छ। परमेश्वरले आफ्नो काम गर्न वचनहरू मात्रै प्रयोग गर्नुहुन्छ र मानिसहरू अलिकति विद्रोही भएकोमा तिनीहरूलाई दण्ड दिनुहुन्न। किनभने अहिले भनेको मुक्तिको कामको समय हो, र यदि मानिसहरू विद्रोही हुनेबित्तिकै तिनीहरूलाई दण्ड दिइन्थ्यो भने, कसैले पनि मुक्ति प्राप्त गर्ने अवसर पाउनेथिएन, र सबै जना दण्डित हुनेथिए र पातालमा खस्नेथिए। मानिसको न्याय गर्न वचनहरू प्रयोग गर्नुको उद्देश्य उसलाई आफूलाई चिन्न र परमेश्वरसामु समर्पित हुन मद्दत गर्नु हो; यसको उद्देश्य यस्तो न्यायद्वारा उसलाई दण्ड दिनु होइन। वचनहरूको कामको समयमा, धेरै मानिसले आफ्नो विद्रोहीपन र प्रतिरोध, साथै देहधारी परमेश्वरप्रति तिनीहरूको समर्पणको कमीको खुलासा गर्नेछन्। तैपनि, उहाँले यसको परिणामस्वरूप यी सबै मानिसलाई दण्ड दिनुहुनेछैन, बरु यसको साटो जो भित्रैसम्म भ्रष्ट छन् र जसलाई मुक्ति दिन सकिँदैन तिनीहरूलाई मात्र पाखा लगाउनुहुनेछ। उहाँले तिनीहरूको देह शैतानलाई दिनुहुनेछ, र, केही अवस्थामा, तिनीहरूको देहको अन्त्य गर्नुहुनेछ। बाँकी रहेकाहरूले भने पछ्याइरहनेछन् र काटछाँटको अनुभव गरिरहनेछन्। पछ्याउने क्रममा, यदि यी मानिसहरू अझै पनि काटछाँट गरिने कुरा स्वीकार गर्न सक्दैनन्, र झन्-झन् पतित बन्दै जान्छन् भने, तिनीहरूले मुक्तिको मौका गुमाएका हुनेछन्। परमेश्वरका वचनहरूद्वारा विजय गरिने कार्यलाई स्वीकार गर्ने प्रत्येक व्यक्तिले मुक्ति पाउने केही अवसरहरू पाउनेछ; परमेश्वरले यी प्रत्येक व्यक्तिलाई मुक्ति प्रदान गर्नुहुँदा उहाँले सम्भव भएको सबैभन्दा धेरै हदसम्म सहन गर्नुहुनेछ। अर्को शब्दमा भन्दा, तिनीहरूलाई अत्यधिक उदारता देखाइनेछ। जबसम्म मानिसहरू गलत मार्गबाट फर्कन्छन्, र जबसम्म तिनीहरूले पश्चात्ताप गर्न सक्छन्, परमेश्वरले तिनीहरूलाई उहाँको मुक्ति प्राप्त गर्ने अवसरहरू दिनुहुनेछ। मानिसहरूले सुरुमा परमेश्वरविरुद्ध विद्रोह गर्दा, उहाँलाई तिनीहरूलाई ढाल्ने कुनै चाहना हुँदैन; बरु, तिनीहरूलाई मुक्ति दिन उहाँले सकेजति सबै गर्नुहुन्छ। यदि कसैले मुक्ति पाउने साँच्चै कुनै गुन्जायस छैन भने, परमेश्वरले उसलाई त्याग्नुहुनेछ। परमेश्वरले कसैलाई दण्ड दिन ढिला गर्नुको कारण भनेको उहाँ मुक्ति दिन सकिने सबैलाई मुक्ति दिन चाहनुहुन्छ। उहाँ मानिसहरूलाई न्याय गर्न, अन्तर्दृष्टि दिन, र मार्गदर्शन गर्न वचनहरू मात्रै प्रयोग गर्नुहुन्छ; उहाँ लौरो प्रयोग गरेर तिनीहरूलाई ढाल्नुहुन्न। कामको अन्तिम चरणको उद्देश्य र महत्त्व भनेकै वचनहरू प्रयोग गरेर मानिसहरूलाई मुक्ति दिलाउनु हो।