आफ्‍नो सारा हृदय, मनमस्तिष्क, र प्राणले कर्तव्य निभाउने व्यक्तिले मात्रै परमेश्‍वरलाई प्रेम गरेको हुन्छ

कुनै व्यक्तिमा परमेश्‍वरप्रति साँच्चि नै आस्था छ कि छैन भन्‍ने कुरा उसको कर्तव्य निर्वाहबाट प्रस्ट हुन्छ। उसले सत्यता पछ्याउँछ कि पछ्याउँदैन भनी निर्धारण गर्न, उसले सिद्धान्तअनुसार आफ्नो कर्तव्य निर्वाह गर्छ कि गर्दैन भनेर हेर्। कतिपय मानिसहरूले कर्तव्य निभाउँदा, तिनीहरूमा कुनै सिद्धान्तहरू हुँदैनन्। तिनीहरू निरन्तर रूपमा आफ्‍नै चाहनालाई पछ्याएर स्वेच्‍छाचारीपूर्वक व्यवहार गर्छन्। के यो लापरवाहीपन र झारा टार्ने काम देखिएको होइन र? के तिनीहरू परमेश्‍वरलाई छल गरिरहेका छैनन् र? त्यस्तो व्यवहारका के-कस्ता परिणामहरू हुनेछन् भनेर तिमीहरूले कहिल्यै विचार गरेका छौ? तिमीहरू आफ्‍नो कर्तव्य निर्वाहमार्फत परमेश्‍वरका अभिप्रायहरूबारे सोचविचार नै गर्दैनौ। तिमीहरू आफूले गर्ने हरेक काममा लापरवाह र अदक्ष छौ, कटिबद्ध समर्पण र प्रयत्न गर्दैनौ। के तिमीहरूले यसरी परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्छौ? धेरै मानिसहरू मन नलागीनलागी आफ्‍नो कर्तव्य निभाउँछन्, र तिनीहरू त्यसमा डटिरहन सक्दैनन्। तिनीहरूले अलिकति पनि कष्ट सहन सक्दैनन्, र सधैँ आफूलाई ठूलो हानि भएको अनुभूति गर्छन्, अनि तिनीहरूले कठिनाइहरूको समाधान गर्न सत्यता खोजी पनि गर्दैनन्। के यसरी कर्तव्य निभाएर तिनीहरूले परमेश्‍वरलाई अन्त्यसम्‍मै पछ्याउन सक्छन् र? के आफूले गर्ने हरेक काममा लापरवाह र झाराटारुवा बन्‍नु ठीक हुन्छ र? के विवेकअनुसार यो कुरा स्वीकार्य हुन सक्छ? मानवको मानकअनुसार मापन गर्दासमेत यस्तो व्यवहार स्वीकार्य हुँदैन—अनि के यसलाई कर्तव्य निभाउने चित्तबुझ्दो तरिका मान्‍न सकिन्छ? यदि तैँले यसरी आफ्‍नो कर्तव्य निभाउँछस् भने, कहिल्यै पनि सत्यता प्राप्त गर्नेछैनस्। तैँले गर्ने सेवा असन्तोषी हुनेछ। तब कसरी तैँले परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्छस्? धेरै मानिसहरू आफ्‍नो कर्तव्य निभाउने क्रममा कठिनाइदेखि डराउँछन्, तिनीहरू अत्यन्तै अल्छी हुन्छन्, र तिनीहरू शारीरिक सहजताको लालसा गर्छन्। तिनीहरू विशेष सीपहरू सिक्‍न वा परमेश्‍वरका वचनहरूभित्रका सत्यताहरू मनन गर्ने प्रयत्न कहिल्यै गर्दैनन्; तिनीहरूले सोच्छन् कि यसरी झाराटारुवा बन्दा तिनीहरू कष्टबाट बच्छन्: तिनीहरूले कुनै कुराको खोजी गर्नु वा कसैलाई प्रश्‍न सोध्‍नु, वा दिमाग खियाउनु वा सोच्‍नु पर्दैन—यसले गर्दा तिनीहरूको धेरै बल जोगिन्छ र तिनीहरूलाई शारीरिक कठिनाइ हुँदैन, र तिनीहरूले अझै पनि काम पूरा गर्न सक्छन्। अनि तैँले तिनीहरूको निराकरण गरिस् भने, तिनीहरूले अवज्ञा गर्छन् र बहाना बनाउँछन्: “मैले अल्छी गर्ने वा पन्छिने काम गरिनँ, काम पूरा गरेँ—किन तपाईं यस्तो र उस्तो भनिरहनुहुन्छ? के यो सानोतिनो गल्ती खोतल्‍ने काम होइन र? मैले यसरी कर्तव्य निभाएर राम्रै गरिरहेको छु, र पनि किन तपाईंलाई चित्त बुझेन?” के तिमीहरूलाई यस्ता मानिसहरूले थप प्रगति गर्न सक्छन् जस्तो लाग्छ? तिनीहरूले आफ्‍नो कर्तव्य निभाउँदा सधैँ झाराटारुवा काम गर्छन्, र पनि अझै अनेक बहाना गर्छन्, अनि समस्याहरू देखा पर्दा तिनीहरूले कसैलाई बोल्‍न दिँदैनन्। यो कस्तो स्वभाव हो? यो शैतानको स्वभाव हो, होइन र? के यस्तो स्वभाव पछ्याएर मानिसहरूले आफ्‍नो कर्तव्य चित्तबुझ्दो रूपमा निभाउन सक्छन्? के तिनीहरूले परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छन्? के तिमीहरू यसरी नै आफ्नो कर्तव्य निभाउँछौ? यसो हेर्दा तिमीहरू व्यस्त, अरूसँग कुनै विवाद नगरी राम्ररी काम गरिरहेका देखिन्छौ। तर, तिमीहरूमध्ये कसैले पनि आफ्नो कर्तव्यमा प्रयत्न गरिरहेका छैनौ, यसबारे आफ्नो दिमाग खियाएका छैनौ, र यसबारे चिन्ता लिँदैनौ। तिमीहरू कसैले पनि आफ्नो कर्तव्य राम्ररी पूरा नगरेको कारण भोक वा निद्रा गुमाइरहेका छैनौ। तिमीहरू कसैले पनि सत्यता खोजिरहेका वा समस्या समाधान गर्न सिद्धान्तहरू पालना गरिरहेका छैनौ। तिमीहरू सबै लापरवाह ढङ्गमा झारा टार्दै जीवन धानिरहेका छौ। तिमीहरूमध्ये कमै मात्रले आफ्नो कर्तव्यमा साँचो जिम्मेवारी लिन्छौ। कठिनाइहरू उत्पन्न भए तापनि, तिमीहरू गम्भीरताका साथ प्रार्थना गर्न वा समस्या सामना गर्न र मिलेर ती समाधान गर्न एकजुट हुँदैनौ। परिणामबारे विचार गरिँदैन। तिमीहरू कुनै कार्य फेरि दोहोऱ्याएर गर्नुपर्ने गरी मात्र गर्छौ। यस तरिकाले आफ्नो कर्तव्य निर्वाह गर्नु भनेको झारा टार्नु मात्र हो र यो अविश्‍वासीहरूको काम गर्ने तरिकाभन्दा फरक हुँदैन। यो त सेवाकर्ताको मनोवृत्ति हो। तिमीहरूले यसरी आफ्नो कर्तव्य निर्वाह गरेर परमेश्‍वरको काम अनुभव गरिरहेका हुँदैनौ, न त परमेश्‍वरका लागि आफूलाई सच्चा रूपले समर्पित गरिरहेका नै हुन्छौ। यदि तिमीहरू यो मनस्थिति परिवर्तन गर्दैनौ भने, तिमीहरूको खुलासा र निष्कासन मात्र हुनेछ।

तिमीहरू आफूले लिने प्रत्येक काम, र सम्पन्न गर्ने प्रत्येक प्रजेक्टबाट कस्ता कठिनाइहरू भोग्छौ? के तिमीहरूले उचित खानाविनाको, राम्रो निद्राविनाको समय, आराम र भोजन त्याग गरेको समयको कहिल्यै अनुभव गरेका छौ? के तिमीहरूले कुनै व्यक्तिगत कठिनाइहरू पार गरेका छौ? के तिमीहरूले कुनै मूल्य चुकाएका छौ? कतिपय मानिसहरू आफ्नो कर्तव्य निर्वाह गरेपछि यति लखतरान हुन्छन् कि रातभरि सुत्नै सक्दैनन्। तिनीहरू किन सुत्न सक्दैनन्? किनकी तिनीहरू कर्तव्य राम्रोसँग निर्वाह गर्न चाहिने सत्यता आफूमा नभएको महसुस गर्छन्, र यो तिनीहरूका लागि श्रमसाध्य हुन्छ। तिनीहरू आफूले कर्तव्य राम्रोसँग निर्वाह गर्न सकेन भने, त्यसको मतलब आफूले विश्‍वासका साथ कर्तव्य निर्वाह गरेको छैन भन्ठानेर चिन्तित हुन्छन्। तिनीहरूको विवेक पोल्छ र त्यसले तिनीहरूलाई घोच्छ। अरूले खाँदै गर्दा तिनीहरू यस्तो सोच्छन्: “म कसरी अझ राम्रो गर्न सक्छु? पछिल्लोपटक मैले फेरि त्यही क्षेत्रमा गल्ती गरेँ। मैले कामकुरा राम्ररी जाँच गरिनँ। यसबारे मैले के गर्नुपर्छ? यो निराकरण गरिँदा सहने विषय मात्र होइन; यो त मैले आफ्ना जिम्मेवारीहरू पूरा नगर्नेसम्बन्धी कुरा हो।” तिनीहरूले अरूलाई भोजनको आनन्द लिइरहेको देख्छन्, तर तिनीहरूमा भने भोक हुँदैन। तिनीहरूको मन सधैँ आफ्नो कर्तव्य कसरी राम्ररी निर्वाह गर्ने भन्‍नेमै हुन्छ। के यो तिनीहरूले आफ्नो हृदय त्यसैमा लगाइरहेको होइन र? के यो प्रयत्न गरिरहेको होइन र? (हो।) के तिमीहरूले कहिल्यै त्यस्तो प्रयत्न गरेका छौ? यदि तँमा जिम्मेवारीको अलिकति पनि बोध छैन, यदि तँ झारा टार्ने तरिकाले गलत कामकुरा गर्न सक्छस् तर यसमा तँलाई आफ्नो विवेकले घोच्दैन र केही थाहा हुँदैन भने, कसरी भक्तिको कुरा गर्न सक्छस्? तैँले सक्दै सक्दैनस्। यदि परमेश्‍वरको घरले तँलाई अत्यन्तै कम समयमा जतिसक्दो चाँडो सम्पन्न गर्नैपर्ने कुनै कर्तव्य सुम्पन्छ भने, तँ यसलाई कसरी पूरा गर्छस्? यदि तँ सोचविचार र अनुसन्धान नगरी अनि जानकार व्यक्तिहरूलाई सङ्गति नमागी झारा टार्छस्; यदि तँ यतिकै समय बिताउँछस् भने, तैँले आफ्नो कर्तव्यप्रति कस्तो प्रकारको मनोवृत्ति राखिरहेको हुन्छस्? तैँले सच्चा हृदयविना ओठको सेवा मात्र चढाइरहेको हुन्छस्। गफ मात्र छाँट्ने हुनुको अर्थ के हो? यसको अर्थ तैँले भन्‍ने कुरा राम्रो सुनिन्छ तर त्यो देखाउनका लागि मात्र हो; यसले मानिसहरूमा गलत छाप छोड्छ वा जानाजानी उनीहरूलाई बहकाउँछ, त्यसले गर्दा उनीहरू तैँले कष्ट भोगिरहेको छस्, तँ अत्यन्तै होसियार र मेहनती छस् भन्ठान्छन्, तर यथार्थमा तैँलै कामकुराबारे बिलकुलै केही विचार गरेको हुँदैनस्। यदि तँ साँच्चि नै विचार गर्छस्, यसमा आफ्नो हृदय लगाउँछस्, आफ्नो कर्तव्यप्रति साँच्चै प्रतिबद्व हुन्छस् भने, तैँले कदम चाल्नुपर्छ। तैँले कसरी कदम चाल्नुपर्छ? तँ व्यस्त रहनुपर्छ, तैँले अनुसन्धान गर्नुपर्छ, वा परमेश्‍वरको घरका सिद्धान्तहरूबारे अझ धेरै पढ्नुपर्छ। अथवा तैँले त्यस क्षेत्रमा ज्ञान भएका जानकार मानिसहरूसँग परामर्श लिनुपर्छ। कहिलेकाहीँ तँ यति व्यस्त हुनेछस् कि तैँले खाना खाने समयसमेत पाउनेछैनस्, तर तैँले व्यस्त हुँदा पनि परमेश्‍वरलाई प्रार्थना र भरोसा गर्न पटक्कै बिर्सनु हुदैन। तैँले अघि बढ्ने मार्ग भेट्टाएपछि र धेरथोर सिद्धान्तहरू बुझिसकेपछि काम गर्न थाल्नुपर्छ। केही दिनपछि तैँले मानकअनुरूप केही फल फलाएको हुनेछस् र त्यो उपलब्धि हुनेछ। यदि तँ यसमा त्यस्तो प्रयत्न गर्दैनस्, बरु झारा टार्ने मनोवृति अपनाउँछस् भने, तैँले केही दिनपश्चात् केही फल फलाउन त सक्लास्, तर त्यसको गुणस्तर कस्तो हुनेछ? यसो हेर्दा यो स्वीकार्य देखिएला, त्रुटिहरू प्रस्ट नदेखिएलान्। तर यो कुनै प्रकारको उत्कृष्ट काम हुनेछैन। यो ध्यान पुऱ्याएर गरिएको कुरा नभएर बेढङ्गको काम हुनेछ। यदि तँ आफूले लापवाही र झाराटारुवा तरिकाले पूरा गरेको कुनै कुरा पेस गर्छस् भने, के त्यसलाई कहिल्यै सन्तोषजनक मान्न सकिन्छ र? अन्त्यमा, तैले यो काम पुनः गर्नु नै पर्ने हुनेछ, अनि के त्यसले कामकुरामा ढिलाइ मात्र गर्नेछैन र?

कतिपय मानिसहरू बेढङ्गले कामकुरा गर्छन्। तिनीहरू कुनै पनि कुरामा आफ्नो हृदय लगाउँदैनन्; तिनीहरूमा झाराटारुवा मनोवृति हुन्छ। यस्ता मानिसहरूमा खराब मनस्थिति हुन्छ। के खराब मनस्थिति हुने व्यक्तिले जिम्मेवारी बोध गर्छ र? (गर्दैन।) अर्कोतिर, जिम्मेवारी बोध नहुने व्यक्तिको मनस्थिति असल हुन सक्छ कि खराब? (खराब।) गैरजिम्मेवार व्यक्ति भनेको खराब मनस्थिति हुने व्यक्ति हो! ऊ हरेक कुरालाई झाराटारुवा मनोवृतिले लिन्छ, परिणाम हासिल गर्नका लागि जिम्मेवारी लिन वा कुनै किसिमको मूल्य चुकाउन चाहँदैन। के तैँले त्यस्तो मनोवृतिले आफ्नो कर्तव्य निर्वाह गर्नुलाई सन्तोषजनक मानिन्छ? (अहँ, मानिँदैन।) समयको सन्दर्भमा भन्नुपर्दा, के सन्तोषजनक रूपमा आफ्नो कर्तव्य निर्वाह गर्नका लागि मापदण्ड र मानकहरू छन् त? तेरो मनोवृत्तिको सन्दर्भमा भन्नुपर्दा, के तेरो कर्तव्य निर्वाहका लागि मापदण्ड वा मानकहरू छन्? कतिपय मानिसहरू यसो भन्छन्: “मेरा मानकहरू छन्। पहिलो हो, आफूलाई थकित नपार्नु, दोस्रो हो, भोको नबस्नु, र तेस्रो हो, जोखिम नमोल्नु। यदि अरू आइपुगेका छैनन् भने म चाँडै आउन मिल्दैन; म त्यहाँ पुग्ने पहिलो व्यक्ति बन्ने छैनँ। यदि अरूले अझै आफ्नो कर्तव्य निर्वाह गरिरहेका छन् भने, म कसरी कामकुरा सिध्याउने र अलि आराम गर्ने भनेर सोच्नेछु। अरूले नभोगिरहेको कुनै पनि कष्ट म भोग्नेछैनँ, र अरूले भोग्न सक्ने जति कष्ट मात्रै म भोग्नेछु। यदि सबैले केही कुरा गर्दै छन् भने म पनि त्यो काम गर्नेछु। तर यदि कसैले केही गरिरहेका छैनन् भने, म पनि गर्नेछैनँ।” यी कस्ता मानकहरू हुन्? (खराब मानकहरू।) कतिपय मानिस यसो भन्छन्: “यदि मेरो मुड खराब छ भने, म आफ्नो कर्तव्य केही समयका लागि थाती राख्नेछु। म आफ्नो कार्यसमय छोट्याउनेछु र मेरो सहयोग चाहिएको बेला, म धेरै सक्रिय हुनु पर्नेछैन। त्यसपछि, जब मेरो मुड अलि ठिक हुन्छ, तब म अझ धेरै संलग्न हुनेछु।” यी मानकहरू कस्ता छन्? (यी राम्रा छैनन्; तिनीहरूको काम तिनीहरूको मुडमा निर्भर हुन्छ।) अनि अरूचाहिँ यसो भन्छन्: “यदि सबैले मलाई राम्रो व्यवहार गर्छन् र मैले आफ्नो कर्तव्य निर्वाह गर्दा मैले चाहेकै कुरा गर्छन्, अनि मैले गल्ती गरे पनि कसैले मलाई काँटछाँट वा निराकरण गर्दैन भने, त्यो ठिकै छ, र म ७०% जति प्रयत्न गर्नेछु। तर यदि कसैले मेरो आलोचना गर्छ वा मेरो गल्ती औँल्याउँछ भने, त्यसपछि मलाई आफ्नो कर्तव्य ठिकसँग पूरा गरूँजस्तो लाग्ने छैन, र म केवल लुकेर बस्नेछु।” यो मनोवृति तिमीहरूलाई कस्तो लाग्छ? (यो नराम्रो छ।) कतिपयले यसो पनि भन्छन्, “मेरो कर्तव्य निर्वाहको सन्दर्भमा भन्नुपर्दा, कसैले पनि मसँग केही माग गर्न सक्दैन। म त्यो स्वेच्छाले मात्र गर्नेछु। मेरो आफ्नै मर्यादा छ, र यदि कसैले मलाई मेरो कर्तव्य पूरा गर्न जोड दिइरहन्छ, दक्षताको माग गर्छ भने, म त्यो काम गर्नेछैनँ। यदि तिनीहरू मलाई सिद्धान्तविरुद्ध जाँदै छु भनेर सँधै भन्छन् भने, तिनीहरूले मलाई कठिनाइहरू निम्त्याएर गाह्रो बनाइरहेका छन्। यदि तिनीहरूले परमेश्‍वको घरका सत्यता सिद्धान्तहरू प्रयोग गरेर मसँग मागहरू गरिरहन्छन् भने, मेरो सानो कदले मलाई ती माग पूरा गर्न रोक्नेछ। म आफूले हासिल गर्न सक्ने कुरा हासिल गर्न सक्दो गर्नेछु, तर मेरो क्षमता बाहिरको कुरामा मलाई जबरजस्ती नगर। यदि तिमीहरूले त्यसो गर्छौ भने, म त्यो लत्याएर जानेछु, र तिमीहरूले मलाई जबरजस्ती गर्न छोडेपछि फर्केर आउनेछु।” त्यो मनोवृति कस्तो छ? (खराब।) यी कुनै पनि मनोवृत्ति पटक्कै राम्रो छैन—त्यो स्पष्ट छ र सबैलाई थाहा छ। त्यसोभए तिमीहरू सबैले आफ्नो कर्तव्य कसरी निर्वाह गर्दै छौ? के तिमीहरू यीमध्ये कुनै व्यवहार देखाउँछौ? तिमीहरू असंयमित, जिद्दी, अहङ्कारी र आत्मधर्मी छौ, कसैको कुरा सुन्दैनौ, झारा टार्ने मात्र काम गर्छौ। तिमीहरूमा कुनै कुराप्रति गम्भीर मनोवृति छैन। अलिकति प्रतिभा भएमा तिमीहरू गमक्क पर्छौ अनि कुनै सानो कुरा आफूले भनेजस्तो नहुँदा, रिसले चूर हुन्छौ र थुतुनो बिगार्छौ, अनि अबउसो काम गर्नै चाहँदैनौ। तिमीहरू सधैँ आफ्नो कर्तव्य निर्वाह छोड्ने सोचमा हुन्छौ। के तिमीहरूले कहिल्यै यस्तो व्यवहार गरेका छौ? (गरेका छौँ।) जब तिमीहरू यस्तो व्यवहार गर्छौ, तब के तिमीहरू एकअर्कासँग सङ्गति गर्छौ र यी समस्याहरू समाधान गर्ने प्रयास गर्छौ? के ती समस्याहरू हुँदाहुँदै पनि मानिसहरू आफ्नो कर्तव्य राम्रोसँग निभाउन सक्छन्? के तिनीहरूले मानकअनुरूप कर्तव्य निर्वाह गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छन्? स्पष्ट छ, तिनीहरूले सक्दैनन्।

कुनै व्यक्ति आफ्नो कर्तव्य निर्वाह गर्दा ऊबाट जस्तोसुकै भ्रष्ट स्वभाव प्रकट भए पनि, यो व्यावहारिक समस्या हो र यसले उसको प्रभावकारी कर्तव्य निर्वाहलाई कमजोर बनाउनेछ। उसले तत्कालै सत्यता खोजेर त्यसलाई समाधान गर्नुपर्छ। यदि त्यस्ता व्यावहारिक समस्याहरू समाधान गरिएन भने, ती आफै हराउनेछैनन्; समयको दौडान ती झनै खराब हुनेछन्। ती “खराब हुनेछन्” भन्नुको मतलब के हो? यसको मतलब हो, यदि यी भ्रष्ट स्वभावहरू समाधान गरिएन भने, तिनले तेरो स्थिति र अरू मानिसहरूलाई दखल दिनेछन्। अन्ततः यी समस्याहरूले तँलाई आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न, सत्यता बुझ्न तथा अभ्यास गर्न र परमेश्‍वरसामु आउन बाधा दिनेछन्। यो कुनै सानोतिनो समस्या होइन, गम्भीर समस्या हो। त्यसपछि समय बित्दै जाँदा, तेरो हृदयका गुनासा र क्रोधहरू, र परमेश्‍वप्रतिको तेरा धारणा र गलत बुझाइहरू, र अरूप्रतिको तेरा पूर्वाग्रहहरू, साथै अरूबाट तेरो अलग्याइ तँभित्रै बढ्दै जानेछ। यसले पक्कै पनि तँलाई गलत मार्गमा डोऱ्याउनेछ। यी कुराहरूले कसैको हृदय खलबल्याउने, उसलाई नकारात्मक बनाउने र परमेश्‍वरबाट अलग्याउने मात्र गर्न सक्छन्। यसो किन? किनभने मानिसका धारणा र गलत बुझाइजस्ता कुराहरू सबै नकारात्मक कुरा, सबै शैतानका विष हुन्। यदि यी कुरा कसैको हृदयमा लामो समयसम्म बढ्दै गएमा, तिनले त्यस व्यक्तिको आस्थालाई नष्ट पार्छन्, अनि उसको जोस र इमानदारीलाई कमजोर बनाउँछ। आस्था वा जोसविना, के समयको दौडान व्यक्तिको कर्तव्य निर्वाह गर्ने शक्ति घट्दैन र? यदि व्यक्तिले परमेश्‍वरमा विश्‍वास गर्दा शान्ति र आनन्द महसुस गर्दैन, र आफ्नो कर्तव्य निर्वाहमा परमेश्‍वरको आशिष र निर्देशन अनुभूति गर्दैन भने, उसले आफूभित्र शक्ति सञ्चय गर्न सक्दैन, अनि ऊ धारणा, गलत बुझाइ, गुनासो, र नकारात्मकताजस्ता नकारात्मक कुराद्वारा नियन्त्रित हुनेछ। जब व्यक्ति यी स्थितिहरूमा हुन्छ, तब उसले आफ्नो कर्तव्य निर्वाहमाप्रयत्न गर्ने, लागिपर्ने र सामना गर्ने, सबैकुरा सङ्कल्पसहित मात्र गर्ने—तर यो समाधान गर्न सत्यता खोजी नगर्नेबाहेक केही गर्न सक्दैन। उसले परमेश्‍वरको मार्गदर्शन वा उहाँका आशिषहरू यस तरिकाले देख्न सक्दैन। अनि त्यसको लगत्तै के हुन्छ? उसले जसरी आफ्नो कर्तव्य निर्वाह गरे पनि त्यसका सिद्धान्तहरू भेट्टाउन सक्दैन। ऊ झन्-झन् आश्‍वस्त हुँदै आफ्नै इच्छाअनुसार मात्र काम गर्छ, र उसले आफ्नो कर्तव्य पूरा गर्ने ऊर्जा गुमाउँछ। कतिपय मानिस यसो भन्छन्, “मैले भर्खरै आफ्नो कर्तव्य निर्वाह थाल्दा, मलाई आफ्नो मन एकदमै छोएको र आफूलाई अन्तर्दृष्टि प्राप्त भएको अनुभूति भएको थियो, र परमेश्‍वर मेरो साथमा हुनुहुन्छ भन्‍ने लागेको थियो। मेरो हृदयमा खुसी थियो; मेरो दृष्टिले सबै कुरा छर्लङ्गै देख्न सक्थ्यो र म हरेक कुरा सहजतापूर्वक गर्न सक्थेँ। तर केही समयपछि, मेरो हृदय परमेश्‍वरबाट धेरै टाढा भयो, मेरो हृदयमा कुनै प्रार्थना थिएन, र मैले तबउसो परमेश्‍वरलाई अनुभूति गर्न सकिनँ।” यहाँ के भइरहेको छ? यो व्यक्तिको हृदयमा रोग लागेको छ। अनि त्यो कस्तो रोग हो? त्यो रोग ऊभित्र सधैँ काम गरिरहने र खलबल मच्चाइरहने भ्रष्ट स्वभाव हो। यदि यी भ्रष्ट स्वभावहरू समाधान गरिएन भने, उसको कर्तव्य निर्वाहमा समस्याहरू सधैँ उत्पन्न हुनेछन्, र जब ती समस्याहरू गम्भीर बन्छन्, तब तिनले मण्डलीको काममा बाधा र अडचन ल्याउनेछन्। यदि कसैले आफ्नो कर्तव्य निर्वाह सन्तोषजनक भएको चाहन्छ भने, उसले बारम्बार सत्यता खोजी गरेर आफ्नो भ्रष्ट स्वभाव हटाउनैपर्छ, र आफ्नो भ्रष्ट स्वभाव हटाउने प्रयत्न गर्नैपर्छ, ऊ आफ्ना भ्रष्ट स्वभावहरू नहटाएसम्म कष्ट भोग्न र मूल्य चुकाउन सक्षम हुनैपर्छ। त्यसपछि ऊ अवरोध र बाधाविना आफ्नो कर्तव्य निर्वाह गर्न सक्षम हुनेछ। कतिपय मानिसहरू आफ्नो भ्रष्ट स्वभावहरू हटाउन सत्यता खोजी गर्न सक्दैनन्। तिनीहरू भलाइ र उत्साहद्वारा तथा मानव इच्छाद्वारा आफूलाई नियन्त्रण गर्न मात्र सक्छन्; तिनीहरू आफ्नो भ्रष्ट स्वभावका क्षणिक प्रकटीकरणहरूलाई मात्र रोक्न सक्छन्। तर के तिनीहरूले भ्रष्ट स्वभावको समस्यालाई जराबाटै हटाउन सक्छन् त? यदि कसैले सत्यता खोजी गर्दैन भने, उसले कुनै हालतमा पनि भ्रष्ट स्वभाव हटाउन सक्दैन, र यदि कोही भ्रष्ट स्वभावमा जिउँछ भने, उसले कुनै हालतमा पनि सत्यता अभ्यास गर्न सक्दैन, र कुनै हालतमा पनि कर्तव्य निर्वाहलाई सन्तोषजनक बनाउन सक्दैन।

के स्वभावैले मान्छे खुसी पारिहिँड्ने व्यक्ति वास्तवमै असल व्यक्ति हो त? परमेश्‍वरले कस्तो व्यक्तिलाई सत्यता धारण गर्ने वास्तविक असल व्यक्तिको रूपमा हेर्नुहुन्छ? सबैभन्दा पहिले, एक व्यक्तिले परमेश्‍वरको इच्छालाई बुझ्नुपर्छ अनि सत्यतालाई बुझ्नुपर्छ। दोस्रो, एक व्यक्तिले आफूले सत्यता बुझेको आधारमा त्यो सत्यतालाई व्यवहारमा अपनाउन सक्‍नुपर्छ। तिनीहरू सत्यतासँग मेल नखाने आफूभित्रका कुराहरू—तिनीहरूका धारणा र कल्पनाहरू, अरूप्रतिका पूर्वाग्रहहरू र अन्य मानिस तथा परमेश्‍वरप्रतिका गलत बुझाइहरू—पत्ता लाग्नेबित्तिकै समाधान गर्न सक्छन्। र जब तिनीहरू खराब स्थिति वा नकारात्मक स्थितिहरूमा जिउँछन्, तब तिनीहरू उचित समयमा आफूलाई बदल्न सक्छन्; तिनीहरू यी भ्रष्ट कुराहरूमा अल्झिँदैनन्। अर्थात्, जुन क्षण यो व्यक्तिले उनीहरूसित समस्या भएको थाहा पाउँछ, तब समाधान खोज्‍न तिनीहरू परमेश्‍वरको सामु आउन सक्छन्, र उहाँसँग सामान्य सम्बन्ध कायम राख्‍न सक्छन्। त्यस्तो व्यक्ति कमजोर र विद्रोही हुन सक्छ, अनि उसले अहङ्कार, स्व-धार्मिकता, धूर्तता, र छलीपनजस्ता सबै प्रकारका भ्रष्ट स्वभावहरू प्रकट गर्न सक्छ। तापनि, एकपटक उनीहरूले स्व-चिन्तन गरेर यी कुराहरूका बारेमा थाहा पाएपछि, ती कुराहरूलाई उनीहरूले समयमै समाधान गर्न र त्यसबाट फर्केर परिस्थिति बदल्न सक्छन्। यो कस्तो प्रकारको व्यक्ति हो। यो त्यस्तो व्यक्ति हो जसले सत्यतालाई प्रेम गर्छ र जसले सत्यतालाई व्यवहारमा अपनाउँछ। त्यस्तो व्यक्तिलाई परमेश्‍वरको नजरमा कसरी हेरिन्छ? परमेश्‍वरको नजरमा यो एक असल व्यक्ति हो। कतिपय मानिस सधैँ आफ्नो पुरानो धारणामा अडिग रहन्छन्, जिद्दी हुँदै आफ्नो व्यक्तिगत पूर्वाग्रह र गलत बुझाइहरूमा टाँसिरहन्छन्। तिनीहरू सधैँ नकारात्मक मनोवृतिले आफ्नो कर्तव्य निर्वाह गर्छन्, आफू गलत छ भन्‍ने राम्रोसँग थाहा हुँदाहुँदै पनि आफ्ना विचारहरूमा अडिग हुन्छन्। निराकरण गर्दा पनि, तिनीहरू प्रतिरोध गर्छन् र आफ्नो बचाउ गर्दै यसो भन्छन्, “म यसरी नै कामकुरा गर्ने गर्छु। म आफ्नो तरिका छोड्दिनँ। मलाई लाग्छ, परमेश्‍वरको घरले यो मामिलालाई निष्पक्ष तरिकामा सम्हालिरहेको छैन, त्यसैले म यो समस्या समाधान गर्नेछैनँ। तपाईंले निष्पक्षबारे कुरा गर्नुभए पनि, म यसलाई स्वीकार गर्नेछैनँ। तपाईंका वचनहरू सत्यता होइनन्! तपाईं ममा आफ्नो कर्तव्य निर्वाहप्रति उचित मनोवृति छैन भनेर दाबी गर्नुहुन्छ, तर मैले कुनै दुष्ट काम गरेको छैनँ। तपाईं भन्नुहुन्छ, म आफ्नो कर्तव्य निर्वाहमा झाराटारुवा बन्दै छु। त्यसोभए मैले झाराटारुवा नबन्न के गर्नुपर्छ? यसरी आफ्नो कर्तव्य निर्वाह गर्नु पर्याप्त छ। यदि मैले यसरी आफ्नो कर्तव्य निर्वाह गर्दा परमेश्‍वर प्रसन्न हुनुहुन्न भने, परमेश्‍वर निष्पक्ष हुनुहुन्न, र उहाँको धार्मिकता पनि नक्कली हो।” के सत्यता स्वीकार गर्ने व्यक्ति यस्तै हुन्छ? के सत्यता स्वीकार गर्ने व्यक्तिको मनोवृति यस्तै हुन्छ? यस्तो तरिकाले बोल्ने व्यक्ति कसरी अविश्‍वासीभन्दा फरक हुन्छ? यस्तो व्यक्तिलाई परमेश्‍वर कसरी हेर्नुहुन्छ? परमेश्‍वरको मनोवृति कस्तो छ? (उहाँ घिनाउनुहुन्छ।) के यो व्यक्ति जिद्दी र विद्रोही होइन र? तँमा भ्रष्टताहरू भए पनि, परमेश्‍वर ती सम्झनुहुन्न। तँ भ्रष्ट मानवजाति भएकाले परमेश्‍वर तँलाई अस्वीकार वा निन्दा गर्नुहुन्न। तर तँलाई सत्यताबारे राम्ररी थाहा भएर पनि तैँले जानाजानी त्यसको प्रतिरोध र त्यसविरुद्ध विद्रोह गरेकाले गर्दा परमेश्‍वर तँलाई अस्वीकार र निन्दा गर्नुहुन्छ। तेरो मनोवृतिले नै परमेश्‍वरलाई दुःखी बनाउँछ, उहाँमा घृणा र तिरस्कार जगाउँछ। यो परमेश्‍वरको मनोवृति हो। यस्तो व्यक्ति परमेश्‍वरको नजरमा वा अरूको नजरमा राम्रो व्यक्ति होइन।

यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस् र उहाँको मुक्ति प्राप्त गर्न चाहन्छस् भने, तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नैपर्छ। पहिला, तैँले आफ्नो कर्तव्य पूरा गर्ने क्रममा जिम्मेवारी बोध विकास गरेर सक्दो कोसिस गर्नुपर्छ। परमेश्‍वरले तँलाई असल व्यक्तिको रूपमा हेर्नु नै तेरो आधा काम पूरा हुनु हो। तैँले आफ्नो कर्तव्य निभाउने क्रममा यदि सत्यता पछ्याउन सक्छस्, अनि जति भ्रष्ट स्वभाव प्रकट भए पनि वा आफूलाई जति नै कठिनाइहरू आइपरे पनि, ती समाधान गर्न सत्यता खोज्न सक्छस्; अनि यदि तँ काटछाँट र निराकरणमा पर्दा तँसित स्वीकार गर्ने र आज्ञापालन गर्ने मनोवृति हुन्छ भने, परमेश्‍वरको मुक्ति प्राप्त गर्ने तेरो आशा पूर्ण रूपले यथावत् रहनेछ। परमेश्‍वरको नजरमा सत्यता पछ्याउने व्यक्तिको रूपमा देखिनु उच्च मापदण्ड हो जुन तैँले पूरा गर्न नसक्लास्। तँमा इच्छा र कद छैन, अनि तेरो आस्था अत्यन्तै कमजोर छ। त्यसैले, सुरुमा आफूलाई आफू वरिपरिका दाजुभाइ-दिदीबहिनीहरूको नजरमा असल, सही र तुलनात्मक रूपले सकारात्मक कुराहरू मन पराउने, निष्पक्षता र धार्मिकता रुचाउने, र अपेक्षाकृत सोझो व्यक्ति बनेर देखा। तँ आफूले गल्तीहरू गर्दा ती सच्याउँछस्। तैँले आफ्नो विद्रोही अवस्था चिनेपछि, तुरुन्तै त्यो सुधार्छस्। तैँले आफ्नो भ्रष्ट स्वभाव पत्ता लगाउनेबित्तिकै सत्यता खोज्छस् र अरूसँग सङ्गति गर्छस्। तैँले बुझाइ प्राप्त गरेपछि, पश्चाताप गर्न सक्छस्। तैँले यसरी पछ्याएर अवश्य प्रगति गर्नेछस्। पहिला, आफूलाई आफ्ना दाजुभाइ-दिदीबहिनीहरूको नजरमा असल, सही र जीवन प्रवेश गरिसकेको व्यक्तिको रूपमा देखा। त्यसपछि, क्रमशः सत्यतालाई प्रेम गर्ने र सत्यता पछ्याउने व्यक्ति बन्ने प्रयास गर्। यसलाई अभ्यास गरेर प्रवेश पाउन अझ सजिलो हुनेछ, र आफूबाट यस्ता मागहरू गर्नु तेरा लागि अझ बढी व्यावहारिक हुनेछ। सबैभन्दा पहिला, तँ आफ्ना दाजुभाइ-दिदीबहिनीहरूको नजरमा असल व्यक्तिको रूपमा दरिनैपर्छ। असल व्यक्ति बन्ने मापदण्डहरू के-के हुन्? पहिलो, तैँले आफ्नो कर्तव्य पूर्तिलाई हेर्नैपर्छ। तेरो कर्तव्य निर्वाहमा कतिवटा मानक र मापदण्डहरू पूरा गर्नुपर्छ? मामिलाहरू सम्हाल्दा, तँ लगनशील, जिम्मेवार, कठिनाइ सहन, मूल्य चुकाउन इच्छुक, र होसियार हुनैपर्छ, झारा टार्ने गर्नु हुँदैन। अलि उच्च स्तरमा, तैँले हरेक मामिलामा सही सिद्धान्तहरू खोज्न र यी सिद्धान्तहरूअनुसार कार्य गर्न सक्नैपर्छ। जसले बोले पनि, तैँले सबैभन्दा कम प्रशंसा गर्ने दाजुभाइ वा दिदीबहिनीले सही र सत्यताअनुरूप सिद्धान्तबताए पनि, तैँले त्यो सुन्नुपर्छ, स्विकार्ने कोसिस गर्नुपर्छ, र आफ्ना राय र धारणाहरूबाट पन्छिने प्रयास गर्नुपर्छ। तँलाई यो मनोवृतिबारे कस्तो लाग्छ? (यो राम्रो छ।) आफ्नो कर्तव्य राम्ररी निभाउनुपर्छ भनेर भन्नु सजिलो छ, यो भन्नाका लागि सजिलो कुरा हो; तर वास्तवमा मानकअनुरूप कर्तव्य निर्वाह गर्न कठिन छ। त्यसका लागि तैँले मूल्य चुकाउनुपर्छ र निश्चित कुराहरू त्याग्नुपर्छ। तैँले के दिनुपर्छ? सबैभन्दा आधारभूत तहमा, तैँले केही समय र शक्ति लगाउनुपर्छ। तैँले हरेक दिन अरू मानिसले भन्दा बढी समय खर्चनुपर्छ र बढी शक्ति लगाउनुपर्छ। तैँले अलि धेरै अघि बढिरहनुपर्छ र अलि बढी प्रयास लगाउनुपर्छ। यदि तँ जिम्मेवारी बोध विकास गरेर आफ्नो कर्तव्य राम्ररी निभाउन चाहन्छस् भने, कसरी आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्ने भनी तैँले मनन गरिरहनुपर्छ। तैँले आफूलाई कस्ता सत्यताहरूले सुसज्जित पार्नुपर्छ र कस्ता समस्याहरू हल गर्नुपर्छ भनी विचार गर्नु आवश्यक छ। त्यसपछि प्रार्थनामार्फत सत्यता खोज्, परमेश्‍वरलाई आफ्नो आकाङ्क्षा बता, र परमेश्‍वरलाई बिन्ती बिसाउँदै अन्तर्दृष्टि र मार्गदर्शन माग। अरूहरू राति आराम गरिरहेका बेला, तैँले चाहिँ आफूलाई त्यस दिन कर्तव्य निर्वाहमा आइपरेका समस्याहरू र आफूले प्रकट गरेको भ्रष्टताबारे मनन गर्न अझ बढी समय खर्चनुपर्छ। तैँले यी कुराहरूबारे चिन्तन गर्नुपर्छ, अनि तैँले अघाडिको मार्ग पत्ता लगाएपछि मात्र आराम गर्नुपर्छ, ताकि त्यो दिन फलदायी साबित होस् र खेर नजाओस्। यदि तँ यी समस्याहरू समाधान गर्नेबारे मनन गर्दैनस् भने, राम्ररी खान वा सुत्न सक्नेछैनस्। यो कष्ट हो, यो तैँले चुकाउने मूल्य हो। तैँले अरूले भन्दा बढी कठिनाइ सहनुपर्नेछ र अरूले भन्दा ठूलो मूल्य चुकाउनुपर्नेछ, अनि सत्यताका लागि कोसिस गर्न बढी समय र शक्ति लगाउनुपर्छ। के यो चुकाउनुपर्ने व्यावहारिक मूल्य हो? (छ।) के तिमीहरूले पहिला यस्तो मूल्य चुकाएका छौ? कतिपय दिदीबहिनीहरू पहिरन लगाउन रुचाउँछन्, हरेक दिन मेकअप गर्न र कपाल बनाउन कम्तीमा एकदुई घन्टा समय खर्चन्छन्। तिनीहरू आफ्ना शारीरिक चाहनाहरूमा लिप्त हुन कहिल्यै कुनै कुरा त्याग गर्दैनन्, सधैँ आफूलाई तेजिलो र सुन्दर जिउडालकी बनाउँछन् र चटक्क पारेर पहिरन लगाउँछन्। तर जब आफ्नो कर्तव्य पूरा गर्ने कुरा आउँछ, तिनीहरू त्यसलाई कहिल्यै गम्भीरतापूर्वक लिँदैनन् र कुनै प्रयत्न गर्दैनन्। तिनीहरूले प्रयत्न नगरेको केमा देखिन्छ? तिनीहरू आफ्नो कर्तव्य निर्वाहमा इमानदारी र होसियार नहुनुमा देखिन्छ। तिनीहरू कहिलेकाहीँ अबेरसम्म जागै बसे पनि, त्यो अरू सबै जना जागै हुने भएकाले मात्र हो, आफूले चाहेर होइन, वा आफूले कार्यहरू सम्पन्न नगरेकाले र ती छोड्नै नमिल्ने भएकाले हो। तर व्यक्तिगत रूपमा तिनीहरूले कहिल्यै अतिरिक्त समय र शक्ति समर्पित गरेका हुँदैनन्, कहिल्यै थप मूल्य चुकाएका हुँदैनन्, र आफ्नो कर्तव्य निर्वाहमा कहिल्यै कुनै कठिनाइ सहेका हुँदैनन्। तिनीहरूले अरू सँगसँगै आफ्नो कर्तव्य निभाउँदै आएका, उति नै समय खर्चँदै आएका भए पनि, कुनै फलदायी नतिजा प्राप्त भएको छैन। त्यो सबै लापरवाह बन्नेर झारा टार्ने विषय मात्र भएको छ, तैपनि तिनीहरू अझै भित्रनिकै दुःखी हुन्छन्। तँलाई यो मनोवृतिबारे कस्तो लाग्छ? के यस्तो मनोवृतिले आफ्नो कर्तव्य निर्वाह गर्नु सत्यताअनुरूप हो? कदापि होइन। तिमीहरू सामान्यतया कसरी आफ्नो कर्तव्य पूरा गर्न थाल्छौ? के तिमीहरूले कहिल्यै त्यसलाई गम्भीरतापूर्वक लिएका छौ? के तिमीहरूले आफूमा यस्तो अठोट वा समर्पण छैन भन्‍ने थाहा पाएर, आफ्नो कर्तव्य निर्वाह इच्छाशक्ति र आत्मसंयममा मात्र निर्भर छ भन्‍ने जानेर, अनि यो परिस्थितिमा केही कुरा गलत छ भन्‍ने महसुस गरेरकुनै परिवर्तनहरू गरेका छौ? त्यसलाई ठिक गर्न के गर्नुपर्छ? पहिला, तैँले मूल्य चुकाउनु आवश्यक छ। कहिलेकाहीँ त्यसको मतलब अबेरसम्म जागै बस्नु हो भने कहिलेकाहीँ सबेरै उठ्नु हो। यो नै देहको कष्ट हो। त्यसबाहेक, तैँले अझ बढी सोच र शक्ति लगाउनुपर्छ, अझ बढी सोच्नुपर्छ, अझ बढी मनन गर्नुपर्छ, र परमेश्‍वर प्रार्थना र खोजी गर्न अझ बढी उहाँसामु आउनुपर्छ, आफ्नो समय र शक्ति परमेश्‍वरलाई समर्पित गर्नुपर्छ, आफूलाई परमेश्‍वरप्रति अर्पित गर्नुपर्छ, त्यो समय र शक्ति आफ्नो कर्तव्य निर्वाहमा, परमेश्‍वरले तेरा लागि तोकेको आज्ञा पालन गर्नमा र सत्यता पछ्याउनमा खर्चनुपर्छ। के यो आफ्नो कर्तव्य निर्वाह गर्दा चुकाउनैपर्ने मूल्य होइन र? (हो।)

तिमीहरूको आफ्नो कर्तव्य निर्वाहमा सबैभन्दा के कुराको कमी छ? परमेश्‍वरले यसो भन्नुभएको छ, “तैँले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्नो सम्पूर्ण हृदयले, आफ्नो सम्पूर्ण प्राणले, आफ्नो सम्पूर्ण मनले, र आफ्नो सम्पूर्ण शक्तिले प्रेम गर्नू” (मर्कूस १२:३०)। तिमीहरूले आफ्नो शक्ति मात्र लगाएका छौ, तर हृदय, प्राण, र मन लगाएका छैनौ—तिमीहरूले यी तीन पक्ष हासिल गरेका छैनौ। तिमीहरूले आफ्नो कर्तव्य निर्वाहमा शक्ति लगाउन मात्र जानेका छौ। परमेश्‍वरको नजरमा, यो कस्तो प्रकारको व्यक्ति हो? (सेवाकर्ता।) के तिमीहरू सेवाकर्ता बन्न इच्छुक छौ? (छैनौँ।) तिमीहरू सेवाकर्ता हुन इच्छुक नभए पनि, अझै सेवा नै गरिरहेका छौ, र यो अथक रूपमा गर्छौ। तिमीहरू हिँड्ने मार्ग यही हो। तिमीहरूले सेवाकर्ता हुन इच्छुक नहुँदानहुँदै पनि स्वेच्छाले सेवा गर्नु विरोधाभास होइन र? कसरी यस्तो हुन पुग्यो? मानिसहरूले गलत मार्ग रोज्ने भएकाले गर्दा हो। तैँले रोज्ने मार्गले तेरो अन्तिम लक्ष्य र तैँले फलाउन सक्ने फल निर्धारण गर्दछ। यदि तँ सेवा गर्ने मार्ग रोज्छस् भने, त्यसको अन्तिम परिणाम सेवाकर्ता बन्ने हो। तँ सधैँ कोसिस गरेर आशिष प्राप्त गर्न चाहने, अनि आफ्नो कर्तव्य सन्तोषजनक ढङ्गले पूरा गर्न आफ्नो कर्तव्य निर्वाहमा सत्यता खोज्न र सिद्धान्तअनुसार मामिलाहरू सम्हाल्न इच्छुक नहुने हुनाले; तँ आफ्नो कर्तव्य निर्वाहमा परमेश्‍वरलाई सारा हृदय, प्राण, र मनले प्रेम गर्न इच्छुक नहुने हुनाले, अनि शक्ति मात्र लगाएर तँ सन्तुष्ट हुने हुनाले, त्यसको परिणामस्वरूप तँ सेवाकर्ता बन्छस्। यसमा कुनै विरोधाभास छैन। तर, विरोधाभासहरू सेवाकर्ताहरूको हृदयमै पैदा हुन्छन्। कस्ता विरोधाभासहरू? मानिसहरू सेवाकर्ता बन्न अनिच्छुक हुन्छन्, तर तिनीहरू सत्यता पछ्याउन वा प्रेमिलो परमेश्‍वरलाई पछ्याउन पनि अनिच्छुक हुन्छन्। तिनीहरू अझै पनि आशिषको चाहना गर्छन्। यदि तिनीहरूले आफू सेवाकर्ता हो भन्‍ने सुनेमा, तिनीहरू त्यो सुन्न चाहँदैनन् र यस्तो सोच्छन्, “के तिनीहरू मलाई अपमान गर्न र होच्याउन खोजिरहेका छैनन् र? के यो एक प्रकारको पूर्वाग्रह होइन र? मैले अति धेरै प्रयास र शक्ति लगाएको छु। म कसरी सेवाकर्ता बन्न सक्थेँ होला त?” तर त्यो सही हो। तँ बिलकुलै सत्यता अभ्यास गर्दैनस्; तँ प्रयत्न गर्नमै सन्तुष्ट छस् र त्यसले तँलाई सेवाकर्ता बनाउँछ। आफ्नो कर्तव्य पूरा गर्नु भनेको थोरै प्रयत्न गर्नु मात्र हो भन्‍ने नठान्। यदि तैँले आफ्नो सम्पूर्ण हृदयले आफ्नो कर्तव्य निर्वाह गर्दैनस् भने, त्यो राम्ररी गर्न सक्दैनस्। सम्पूर्ण हृदयले कार्य गर्नु भनेको आफ्नो सारा हृदय, प्राण र मन दिनु हो। तैँले यो मानक पूरा गर्नैपर्छ। “तैँले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्नो सम्पूर्ण हृदयले, आफ्नो सम्पूर्ण प्राणले, आफ्नो सम्पूर्ण मनले, र आफ्नो सम्पूर्ण शक्तिले प्रेम गर्नू।” यो कथन कर्तव्य निर्वाहमा पूर्ण रूपले लागू हुन्छ। यदि तँ परमेश्‍वरको साँचो विश्‍वासी होस् भने, तैँले सम्पूर्ण हृदय, प्राण, मन, र शक्तिले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ। त्यसपछि, तँ परमेश्‍वरको नजरमा असल व्यक्ति ठहरिनेछस्। परमेश्‍वरको नजरमा असल ठहरिने व्यक्तिलाई कसरी मापन गर्नुपर्छ? कुन दृष्टिकोणबाट उसको मूल्याङ्कन हुनुपर्छ? (कर्तव्य निर्वाहको दृष्टिकोणबाट।) उसलाई पहिला उसको कर्तव्य निर्वाहको दृष्टिकोणबाट, कर्तव्य निर्वाहमा उसको मनोवृति र दृष्टिकोण, उसको अभिप्राय र उद्देश्यबाट, ऊसँग आफ्नो कर्तव्य निर्वाहमा सत्यताका सिद्धान्तहरू छन् कि छैनन् अनि मामिलाहरू सम्हालेर उसले कस्ता परिणामहरू हासिल गर्न सक्छ भन्‍ने कुराबाट मूल्याङ्कन गर्नुपर्छ। हामी यी पक्षहरूको मूल्याङ्कन गरेर कुनै व्यक्तिले सत्यतालाई प्रेम गर्छ कि गर्दैन, सत्यता पछ्याउँछ कि पछ्याउँदैन, ऊ परमेश्‍वरको नजरमा इमानदार व्यक्ति, परमेश्‍वरले प्रेम गर्ने व्यक्ति हो कि होइन भन्‍ने कुरा हामी निर्धारण गर्न सक्छौँ। यी कुरा कुनै व्यक्तिलाई मूल्याङ्कन गर्नका लागि सबैभन्दा सिधा सिद्धान्त र मापदण्डहरू हुन्। के तिमीहरूले यो कुरा बुझ्यौ? के तिमीहरूमा सत्यता पछ्याउने र परमेश्‍वरका मानिसहरू बन्ने अठोट छ? आफ्नो कर्तव्य निर्वाह गर्ने प्रयत्न गरेर मात्र सन्तुष्ट नबन्; तैँले सत्यताका लागि र परमेश्‍वरका मापदण्डहरू पूरा गर्न लागिपर्नुपर्छ। यो मात्र परमेश्‍वरको इच्छासँग मेल खान्छ। यदि तँ प्रयत्न गरेर मात्र सन्तुष्ट हुन्छस् भने, यो मापदण्डको स्तर अत्यन्तै निम्न हुन्छ। आफ्नो कर्तव्य पूरा गर्नु भनेको सानो प्रयासले गर्न सकिने सरल कार्यहरू गर्नु होइन। प्राविधिक दक्षता आवश्यक पर्ने कार्यहरू आवश्यक दक्षताविना राम्ररी गर्न सकिँदैन। विशेष गरी, परमेश्‍वरको घरका कर्तव्यहरूमा परमेश्‍वरको गवाही दिनु समावेश छ र यदि तँमा सत्यता छैन भने त्यो गर्न सकिँदैन। यदि तैँले सत्यताका सिद्धान्तहरूअनुरूप आफ्नो कर्तव्य पूरा गर्दैनस् भने, परमेश्‍वरको गवाही दिँदा अपेक्षित नतिजा हासिल गर्न सक्दैनस्। त्यसकारण, मानिसहरूले आफ्नो कर्तव्य राम्ररी निभाउन सत्यता र सिद्धान्तहरू बुझ्नैपर्छ। यदि कुनै व्यक्तिले सत्यतालाई प्रेम गर्दैन तर परमेश्‍वरबाट आशिष् पाउन थोरै प्रयत्न गर्न मात्र चाहन्छस् भने, यस्तो मनस्थिति अनुचित हो। यदि तँ सन्तोषजनक रूपमा आफ्नो कर्तव्य पूरा गर्दैनस् भने, परमेश्‍वरले तँजस्तो व्यक्तिलाई प्रयोग गर्नुहुनेछैन। परमेश्‍वरले तँलाई हटाउनुहुनेछ, किनभने मानिसहरूका लागि परमेश्‍वरबाट मुक्ति पाइने मानक भनेकै तिनीहरूले सन्तोषजनक रूपमा आफ्ना कर्तव्य निभाउन सक्नु हो, सेवा गरेर मात्र हुँदैन। यदि तँलाई सेवाकर्ताको नाताले यसबारे हृदयमा कुनै असहज महसुस हुन्छ भने वास्तवमा, परमेश्‍वर पनि तेरा लागि उदास र दुःखी हुनुहुन्छ। तैँले वास्तवमा परमेश्‍वरको हृदयलाई पटक्कै बुझ्दैनस्। के परमेश्‍वरले सेवाकर्ताहरूको समूहलाई मुक्ति दिन यत्ति ठूलो मूल्य चुकाउनुहोला त? कदापि चुकाउनुहुनेछैन। परमेश्‍वर उहाँलाई चिन्ने र उहाँका इच्छासँग मेल खाने व्यक्तिहरूको समूहलाई सिद्ध पार्न चाहनुहुन्छ। के सेवाकर्ताहरूमा सत्यता र जीवन हुन्छ? के परमेश्‍वरले सेवाकर्ताहरूलाई मुक्ति दिनु उचित हुन्छ? के यो परमेश्‍वरलाई महिमा प्राप्त भएको सङ्केत हो? के सेवा गर्नु मात्रै परमेश्‍वरको गवाही हो? सेवाकर्ता हुनुमा परमेश्‍वरको गवाही दिने कुरा पर्दैन। यो मानवहरू हिँड्नुपर्ने मार्ग होइन। कतिपयले यसो भन्लान्, “म परमेश्‍वरको सेवा गर्न इच्छुक छु। जति नै प्रयत्न गर्नुपरे पनि, म त्यो सब दिन इच्छुक छु। म ८०% को साटो १००% दिनेछु। ममा क्षमता र सत्यताको बुझाइ नहोला, तर मैले सक्दो दिइसकेको छु। परमेश्‍वर मेरो हृदय जान्नुहुन्छ, र उहाँले मेरो सराहना गर्नुपर्छ, पर्दैन र?” के यो भनाइ परमेश्‍वरको मापदण्डसँग मेल खान्छ? परमेश्‍वरले ती मानिसहरूको सराहना गर्नुहुन्छ जो सन्तोषजनक रूपमा आफ्नो कर्तव्य पूरा गर्छन्, जो सारा हृदय, मन, प्राण, र शक्तिले आफ्नो कर्तव्य निर्वाह गर्छन्। यदि तँ बल मात्र लगाउँछस् तर त्यसमा हृदय लगाउँदैनस् भने, तैँले सारा हृदयले आफ्नो कर्तव्य पूरा गरेको हुँदैनस्। के तँ आफ्नो सम्पूर्ण हृदयविना सत्यता अभ्यास गर्न सक्छस्? के तँ सिद्धान्तअनुसार मामिलाहरू सम्हाल्न सक्छस्? यदि तँ आफ्नो सारा हृदय नलगाई बल मात्र लगाउँछस् भने, तँ सेवाकर्ता मात्र बन्न सक्छस्। के सेवाकर्ताहरूले परमेश्‍वरको अनुमोदन पाउन सक्छन्? यो असम्भव छ। कर्तव्य पूरा गर्नका लागि परमेश्‍वरको वचनको मापदण्ड के हो? (“तैँले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्नो सम्पूर्ण हृदयले, आफ्नो सम्पूर्ण प्राणले, आफ्नो सम्पूर्ण मनले, र आफ्नो सम्पूर्ण शक्तिले प्रेम गर्नू।”) यो कुरा सत्यता, सत्यताको सिद्धान्त र अभ्यासको सिद्धान्तसँग सम्बन्धित छ। अभ्यासका सिद्धान्तहरू के-के हुन्? तैँले आफ्नो जीवनमा के गर्नुपर्छ, तैँले आफ्नो कर्तव्य निर्वाहमा के गर्नुपर्छ, तेरो अभ्यासको मार्ग के हो, साथै तेरो जीवनको दिशा र लक्ष्य के हुन् भन्‍ने कुरा नै अभ्यासका सिद्धान्त हुन्। तैँले “परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्नो सम्पूर्ण हृदयले, आफ्नो सम्पूर्ण प्राणले, आफ्नो सम्पूर्ण मनले, र आफ्नो सम्पूर्ण शक्तिले प्रेम गर्” भन्‍ने यो वचनलाई आफ्नो आदर्श वाक्यको रूपमा कुँदेर राख्। तैँले जे गरे गर्दा पनि, यी वचनहरू प्रयोग गरेर आफ्नो मूल्याङ्कन गर्। आफूलाई सोध, “मैले यीमध्ये कुन-कुन प्राप्त गरेको छु? मैले कुन-कुन अहिलेसम्म हासिल गरेको छैनँ? मेरो भित्री स्थिति कस्तो छ? के त्यसमा कुनै अनाज्ञाकारिता छ? कुनै स्वार्थीपन छ? के म परमेश्‍वरसित मोलमोलाइ वा सर्त छलफल गरिरहेको छु? के म जिद्दी बन्दै छु? के मभित्र कुनै नकारात्मकता वा सुस्तताको तत्व छ? के म झारा टार्ने तरिकाले काम गरिरहेको छु?” जब तँ “परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्नो सम्पूर्ण हृदयले, आफ्नो सम्पूर्ण प्राणले, आफ्नो सम्पूर्ण मनले, र आफ्नो सम्पूर्ण शक्तिले प्रेम गर्” भन्‍ने वचनलाई आफ्नो हृदयमै कुँदेर राख्छस्, तब तैँले आफ्नो हृदयमा परमेश्‍वरका यी वचनहरू, सत्यताका यी वचनहरू सम्झिरहेको हुन्छस्। ती वचनहरूलाई आफ्नो हृदयमा राख्नुको उद्देश्य के हो? त्यो अरूले सुनून् भन्‍ने हेतुले भन्नु होइन, तर तेरो आफ्नै स्थितिलाई सच्याउनु, तेरो व्यवहारलाई नियन्त्रण गर्नु, र तेरो हरेक कार्यलाई मार्गदर्शन गर्नु हो। उदाहरणका लागि, यदि तँलाई कुनै कुरा गर्न आउँदैन भने, परमेश्‍वरको वचनले के भन्छ भनी तुरुन्तै विचार गर् र यसरी सोच्, “परमेश्‍वरले यो आफ्नो सम्पूर्ण हृदयले गर्नू भन्नुभएको छ, त्यसोभए म कसरी आफ्नो सम्पूर्ण हृदयलाई त्यो गर्न सक्छु त? यो कुरा मैलेभन्दा अरू कसैले राम्रो बुझ्छ, त्यसैले मैले तिनीहरूसँग सोध्नुपर्छ र सङ्गति गर्नुपर्छ।” सङ्गति गरेपछि, प्रार्थना गर् अनि आफूमा कुनै गलत आशयहरू छन् कि भनेर आफूलाई जाँच्। यदि तँसँग कुनै व्यक्तिगत उद्देश्य वा स्वार्थ छैन, र यसो गर्नु पूर्णतया सत्यतासँग मेल खान्छ भनेर तँ निश्चित छस्, अनि सत्यता अभ्यास गर्न सक्षम छस् भने, तेरो हृदयमा शान्ति छाउनेछ, र यसले तैँले सम्भव भएसम्म आफ्नो सम्पूर्ण हृदयले कार्य गरेको छस् भन्‍ने देखाउँछ। तैँले दत्तचित्त हुनका लागि आफ्नो हृदयमा सत्यता खोज्नुपर्छ, परमेश्‍वरका वचनहरूमा मनन गर्नुपर्छ, परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ, र उहाँसँग सम्बन्ध गाँस्नुपर्छ। यो हृदयको कुरा हो। यदि तेरो हृदय परमेश्‍वरको नजिक हुन्छ, सधैँ मनन गर्छ र सत्यताप्रति प्रयासरत हुन्छ भने, तँ परमेश्‍वरसामु जिउने व्यक्ति होस्। तैँले आफ्नो सम्पूर्ण हृदयले कुनै काम गरेपछि, स्वाभाविक रूपमा आफ्नो सम्पूर्ण मन, सम्पूर्ण प्राण र सम्पूर्ण शक्तिले त्यो काम गर्नेछस्। “परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्नो सम्पूर्ण हृदयले, आफ्नो सम्पूर्ण प्राणले, आफ्नो सम्पूर्ण मनले, र आफ्नो सम्पूर्ण शक्तिले प्रेम गर्” भन्‍ने वचन तेरो वास्तविकता बन्नेछ।

किन परमेश्‍वरको वचन मानिसहरूलाई मार्गदर्शन गर्ने बत्ती हो भनेर भनिन्छ? किनभने परमेश्‍वरको वचन व्यर्थमा बोलिएको हुँदैन, त्यो मानिसका वास्तविक समस्याहरूलाई सम्बोधन गर्न बोलिएको हुन्छ। त्यो सिद्धान्त, राम्रो सुनिने वाक्कौशल, वा संवाद होइन। परमेश्‍वरको वचन तैँले लागू गर्न र अभ्यास गर्नको लागि हो। जब तैँले एउटा त्यस्तो परिस्थिति सामना गर्छस् जहाँ तेरो लागि अघि बढ्ने उपाय नै छैन र तँलाई के गर्ने भनेर थाहा छैन, तब तैँले परमेश्‍वरका मापदण्डअनुसार कसरी व्यवहार गर्नुपर्छ भनेर सम्झन सक्छस्। परमेश्‍वरको वचनबारे मनन गरेपछि, तैँले एउटा मार्ग भेट्टाउँछस् र परमेश्‍वरको वचनको अर्थ बुझ्छस्, र त्यसपछि त्यसलाई परमेश्‍वरको इच्छाअनुसार व्यवहारमा लागू गर्नतिर लाग्छस्। त्यसलाई व्यवहारमा लागू गरेपछि, तैँले पुष्टि प्राप्त गर्छस्, र यस कार्यमार्फत तैँले आत्मामा शान्ति र आनन्द अनुभव गर्ने यसले अरूलाई पनि सुधार गर्ने कुरा पत्ता लगाउँछस्। परमेश्‍वरको वचनलाई व्यवहारमा लागू गर्ने क्रममा, तैँले अन्तर्दृष्टि र अनुभवहरू प्राप्त गर्छस्, तैँले आफ्ना अनुभवहरूबाट सिक्छस् र तैँले निश्‍चित कुराहरू बुझ्छस्। तैँले के बुझ्छस्? तैँले परमेश्‍वरको वचनको र मानिसहरूलाई निश्‍चित तरिकाले काम गर्न लगाउने उहाँको अभिप्रायको उद्देश्य बुझ्‍छस्। जब तैँले यी सबैमा अन्तर्निहित अभ्यासका सिद्धान्तहरू पत्ता लगाउँछस्, तब तैँले उहाँका वचनहरूको स्रोत र महत्त्व पत्ता लगाउँछस्। सत्यताको बुझाइ भनेको यही हो। सत्यता बुझेपछि, तँ दुविधामा पर्न छोड्छस्, त्यति अनभिज्ञ हुँदैनस्, र तबउसो कामकुरा गर्दा कायर हुँदैनस्। कायर नहुनुको अर्थ के हो? त्यसको अर्थ तैँले कठिनाइहरू सामना गर्नुपर्दा सत्यता खोज्न, तिनलाई समाधान गर्ने तरिका जान्न, र ठ्याक्कै कसरी अघि बढ्ने भनी थाहा पाउन सक्छस्। परमेश्‍वरका वचनआभ्यास गर्दा अघि बढ्ने मार्ग पाउनुको अर्थ के हो? त्यसको अर्थ तैँले उहाँको वचन अभ्यास गर्ने सिद्धान्तहरू बुझ्छस्, तँ उहाँका वचनहरूले जनाउने परिस्थितिहरू बुझ्छस्, र ती अभ्यास गर्ने तरिका जान्दछस्। किन परमेश्‍वरको वचन मानवजातिको जीवन र मार्ग हो भनिन्छ? किनभने परमेश्‍वरको वचन मानिसहरूको जीवन बन्न सक्छ, अनि उहाँको वचन अर्थात् सत्यताले मात्र मानिसहरूलाई जीवनको सही मार्गमा डोऱ्याउन सक्छ। परमेश्‍वरको वचन सुस्पष्ट र बुझ्न सजिलो छ। त्यो मानिसहरूलाई सत्यता सजिलै बुझ्न र स्विकार्न मदत गर्नका लागि दिइएको हो। जब मानिसहरू सत्यतालाई मान्न र स्वीकार गर्न सक्षम हुन्छन्, तब तिनीहरू थाहै नपाई आफूलाई जीवनको सही मार्गमा पाउँछन्। परमेश्‍वरका वचनहरूमध्ये केही तेरो लागि सरल र सजिलै बुझ्न सकिने देखिन सक्छन्, तर ती सबै कसरी जिउने, विविध परिस्थितिहरूलाई कसरी सम्हाल्ने, र कठिनाइहरूलाई कसरी समाधान गर्ने भन्‍नेबारे निर्देशनहरू हुन्।यो सत्यता हो। त्यो तेरो मार्ग बनेर तैँले चुनौतीहरूको सामना गर्नुपर्दा त्यसले तँलाई बुद्धि, सिद्धान्तहरूर अभ्यासको मार्ग प्रदान गर्न सक्छ। यदि तेरो कर्तव्य पूरा गर्ने काम वा अरू मामलाहरूमा तँसँग मार्ग छ भने, यदि तैँले कार्यहरूलाई सिद्धान्तद्वारा सम्हाल्न र परमेश्‍वरका अभिप्रायहरू बुझ्न सक्छस् भने, के यसको अर्थ तैँले सत्यता बुझ्छस् भन्‍ने हो? (हो।) यसको अर्थ तैँले सत्यता र परमेश्‍वरको वचन बुझ्छस् भन्‍ने हो। सेवाकर्ताहरूले परमेश्‍वरको वचन बुझ्नैपर्छ भन्‍ने छैन; तिनीहरूले प्रयत्न मात्र गर्नुपर्छ। त्यसकारण, सेवा गर्नु सरल कार्य हो। कतिपय मानिसहरू राम्ररी सेवा गर्नसमेत सक्दैनन्, र यस्ता मानिसहरूले आफूलाई कस्तो असक्षम देखाउँछन्! आफूलाई असक्षम देखाउनुको अर्थ के हो? त्यसको अर्थ, तिनीहरू सेवा गर्ने कार्यसमेत राम्ररी सम्हाल्न सक्दैनन्, तिनीहरू राम्रो प्रयत्न गर्न सक्दैनन्, अनि तिनीहरू सधैँ उपद्रवी, विघटनकारी, नकारात्मक र अल्छी हुन्छन्। तिनीहरूलाई सधैँ फकाउनुपर्छ र रेखदेख गर्नुपर्छ। यस्ता मानिसहरू आफ्नो कर्तव्य सन्तोषजनक रूपले पूरा गर्न सक्दैनन् र ति व्यक्ति बन्ने मानक पूरा गर्दैनन्। अब तिमीहरूको कुन मार्गमा हिँड्ने मनसाय छ? तिमीहरूको कस्तो व्यक्ति बन्ने योजना छ? के तिमीहरू मानकीकृत सेवाकर्ता बन्ने कोसिस गर्नेछौ कि सारा हृदय, प्राण र मनले आफ्नो कर्तव्य पूरा गर्ने व्यक्ति बन्ने लक्ष्य राख्नेछौ? (सारा हृदय, प्राण र मनले आफ्नो कर्तव्य पूरा गर्ने व्यक्ति बन्ने।) त्यो राम्रो कुरा र सही लक्ष्य हो। तँ केवल सेवाकर्ता बन्ने, प्रयत्न मात्र गर्ने इच्छा राख्दैनस्। त्यसकारण, तैँले सत्यताका लागि प्रयत्न गर्नुपर्छ! सत्यताका लागि प्रयत्न गर्दा बुझ्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण सत्यताहरू के-के हुन्? यो तैँले भोगिरहेका कठिनाइहरूमा भर पर्छ, अनि पहिला तुरुन्तै समस्याहरू हल गर्नु अत्यन्तै महत्त्वपूर्ण छ। अहिले, अधिकांश मानिस सत्यता पछ्याउ र आफ्नो कर्तव्य पूरा गर्नमा ध्यान दिइरहेका छन्, अनि आफ्नो कर्तव्य पूरा गर्नेसम्बन्धी सत्यता निकै महत्त्वपूर्ण छ। यदि तँसिद्धान्तहरूअनुसार आफ्नो कर्तव्य पूरा गर्न सक्छस् भने, तँलाई हृदयमा शान्ति र आश्‍वासन अनुभूति हुनेछ। अनि यदि तँ परमेश्‍वरको काम पनि चिन्न, उहाँको काम अनुभव गर्न, र आफ्ना केही भ्रष्ट स्वभावहरू हटाउन सक्छस् भने, तैँले परमेश्‍वरलाई पछ्याउनुको मिठास चाख्नेछस् र सत्यता पछ्याउने मार्गमा हिँड्नु तँलाई सजिलो लाग्नेछ। परमेश्‍वरलाई पछ्याउनु र उहाँको आज्ञापालन गर्नुको मुख्य कुरा भनेको आफ्नो कर्तव्य राम्ररी पूरा गर्नु हो। परमेश्‍वरको वचन यसो भन्छ, “तैँले आफ्नो सम्पूर्ण हृदय, आफ्नो सम्पूर्ण मन, र आफ्नो सम्पूर्ण शक्तिले आफ्नो कर्तव्य पूरा गर्नू।” के यो भनाइ सत्यता होइन र? यदि तँ यो भनाइ नै सत्यता हो भनेर पुष्टि गर्न सक्छस् भने, तैँले आफ्नो कर्तव्य पूरा गर्ने प्रयत्न गर्नुपर्छ। तैँले आफ्नो कर्तव्य निर्वाहमा सत्यतालाई जति बढी बुझ्छस्, तेरो त्यो कर्तव्य निर्वाह उति नै बढी शिष्ट र प्रभावकारी हुनेछ। यदि तँ आफ्नो कर्तव्य सन्तोषजनक रूपले पूरा गर्छस् भने, तेरो हृदयमा शान्ति र आनन्द मात्र नभई सच्चा आस्था पनि हुनेछ। यो नै परमेश्‍वरलाई पछ्याउनुको र आफ्नो कर्तव्य पूरा गर्नुको परिणाम हो। यो पूर्णतया साँचो हो, परमेश्‍वरलाई पछ्याउने मार्ग हिँड्दै जाँदा यो झन्-झन् उज्यालो बन्दै जान्छ। त्यसकारण, आफ्नो कर्तव्य पूरा गर्नु नै सबैभन्दा अर्थपूर्ण कार्य हो। यदि तँ परमेश्‍वरको मापदण्डबमोजिम सत्यताका लागि प्रयत्न गर्छस् भने, तैँले सही स्थानबाट थालनी गरेको छस्। जब तँ यो दिशामा प्रयत्न गर्छस्, तब तैँले बिस्तारै परिणामहरू देख्नेछस् र मानव स्वरूप प्राप्त गर्नेछस्। क्रमिक रूपमा परमेश्‍वरसँगको तेरो सम्बन्ध निकट बन्दै जानेछ। जब तँ परीक्षा र सङ्कष्ट सामना गर्छस् अनि अलि नकारात्मक वा कमजोर महसुस गर्छस्, अनि केही धारणा र गलत बुझाइहरू पैदा हुन्छन्, तब तैँले ती समस्याहरू समाधान गर्न सजिलै सत्यता खोज्नेछस्, र ती अबउसो ठूलो समस्या रहनेछैनन्।

तिमीहरूमध्ये अधिकांश उत्पीडन र कठिनाइहरू भोगेका मुख्यभूमि चिनियाँ मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूजस्तो नभई लोकतान्त्रिक प्रणाली भएको मुलुकमा बस्छौ। आरामदायी जीवन पाउनु तिमीहरूका लागि राम्रो कुरा नै हो भन्‍ने छैन। तैँले सत्यता पछ्याउन केही प्रयत्न गर्नुपर्ने होला, अनि आफ्नो कर्तव्य निर्वाहमा कठिनाइहरू सहन र मूल्य चुकाउन अलि चुनौतीपूर्ण होला। लोकतान्त्रिक र स्वतन्त्र प्रणालीमा हुर्केबढेका मानिसहरू आफूमा लिप्त हुने गल्ती गर्ने झुकाव राख्छन्। तिनीहरू अरूलाई तिनीहरूको आलोचना वा गाली गर्न दिँदैनन्। तुलनात्मक रूपले तिनीहरू सोचाइमा बढी स्वतन्त्र र खुला हुन्छन्। तिनीहरू सधैँ व्यक्तिगत दायरा र स्वतन्त्रता माग गर्छन्, सधैँ आफ्नो हरेक चाहनाको पछि लाग्न चाहन्छन्, र सधैँ देहसुखसँग सम्बन्धित हरेक प्रकारका कुरा माग गर्छन्। यदि तिमीहरू यी कुराहरू त्याग्न इच्छुक हुँदैनौ भने, सत्यता नपछ्याई प्रयत्न मात्र गर्ने स्थिति र हालतबाट मुक्त हुन तिमीहरूलाई कठिन हुनेछ। स्वतन्त्रता र व्यक्तिगत दायरालाई निरन्तर जोड दिनाले समस्या निम्त्याउनेछ। तैँले सत्यता, परमेश्‍वरका वचनहरू, र जीवनको सकारात्मक र सही मार्गबारे कुरा गर्नैपर्छ। स्वतन्त्रता, लोकतन्त्र र स्वाधीनता असल र प्रगतिशील सामाजिक प्रणालीहरू भए पनि, ती सत्यता होइनन्। ती त यो अन्धकार र दुष्ट संसारका प्रगतिशील विचार र प्रणाली मात्र हुन्। ती कुरा मानव अस्तित्वका लागि तुलनात्मक रूपले उपयुक्त प्रणाली हुन् जसले मानव अधिकारको समर्थन गर्छन्। ती बिलकुलै सत्यता होइनन्, र तिमीहरूले यो प्रस्ट रूपमा बुझ्नैपर्छ। यस्तो नसोच्, “म त्यस्तो सामाजिक प्रणालीमा जन्मेकाले मसँग यी अधिकारहरू छन्। म जे चाहन्छु त्यो सोच्न, भन्न र गर्न सक्छु, र कसैले हस्तक्षेप गर्नै मिल्दैन। यो मेरो मानव अधिकार हो, समाज र मेरो देशले मलाई दिएको अधिकार हो।” यदि तँ यसलाई सर्वोच्च सत्यता मान्छस् भने, यसले समस्या निम्त्याउनेछ। के यी सोचहरूले तँसँग सत्यता छ भनेर देखाउन सक्छन्? यी कुराहरू कहाँबाट आउँछन्? ती त मानवबाटै आउँछन् र भ्रष्ट मानवताबाट उत्पन्न हुन्छन्। ती परमेश्‍वरका वचन होइनन्, झन् परमेश्‍वरले मानिसहरूमा भएको माग गर्ने सत्यता हुनु त परको कुरा हो। यदि तँ लोकतन्त्र र स्वतन्त्रतालाई सत्यताको रूपमा लिन्छस्, अनि परमेश्‍वरको घरमा स्वतन्त्रताको पछि लाग्नमा मात्र ध्यान दिन्छस् र रोकटोक सहँदैनस्, आफ्नो कर्तव्य निर्वाहमा लापर्बाहीपूर्वक काम गर्छस् भने, तँलाई समस्या आइपर्नेछ। के तैँले यस्ता सोचहरू राखेर सत्यता अपनाउनेछस्? के तैँले सजिलै सत्यता अभ्यास गर्न सक्नेछस्? के तँ अझै पनि परमेश्‍वरलाई साँच्चै पछ्याउन सक्षम हुनेछस्? परमेश्‍वरलाई पछ्याउनका लागि सत्यता बुझ्न, कसरी आज्ञाकारी बन्ने भनी बुझ्न, र सत्यताको नियन्त्रणमा रहन जरुरी छ। तैँले जिद्दी व्यवहार गर्न मिल्दैन। यदि तँ लोकतन्त्र र स्वतन्त्रताको पछि लाग्छस् भने, त्यताको वास्तविकताभित्र प्रवेश गर्न सक्दैनस्। तँ परमेश्‍वरको अनुयायी बन्नेछैनस् न त आफूलाई ख्रीष्टलाई पछ्याउने व्यक्ति नै मान्नेछस्। यसले तँलाई समस्यामा पार्नेछ, र तिमीहरूलाई सामना गर्न कठिन हुने यही नै हो। मानिसहरूमा निश्चित धारणा र कल्पना, निश्चित परम्परागत सांस्कृतिक दृष्टिकोण र सामाजिक प्रचलनहरूमा प्रचारित विचारहरू हुन्छन्। यी कुरा सामाजिक पृष्ठभूमि र परिवेशले सिर्जना गरेका हुन्। यदि तिमीहरू यी मामिलाहरूको सार र गम्भीरता देख्न सक्दैनस् र सधैँ कर्तव्य निर्वाह, परमेश्‍वरप्रतिको विश्‍वास, र परमेश्‍वरले तिमीहरूलाई दिएको आज्ञालाई मानव अधिकार र स्वतन्त्रताको रूपमा लिन्छौ भने, कहिल्यै सही मार्गमा हिँड्नेछैनौ र परमेश्‍वरप्रतिको आस्थाको सही मार्गमा प्रवेश गर्नेछैनौ। मुख्यभूमि चीनका मानिसहरू अहिले अधिनायकवादी शासनको अँध्यारो छायाँमा जिउँछन् र तिनीहरूमा श्रेष्ठताको कुनै भावना छैन। तिनीहरू जन्मेदेखि नै कठिनाइ सहन र गोरुले जस्तै खटेर काम गर्न अभ्यस्त हुन्छन्, अनि यस प्रकारको सामाजिक पृष्ठभूमि र परिवेशले तिनीहरूको जीवनका बानी र आचरणका सिद्धान्तहरूलाई आकार दिन्छन्। अर्कोतर्फ, लोकतान्त्रिक र स्वतन्त्र देशहरूमा जिउने मानिसहरूमा यस्ता विचारहरू हुँदैनन्। तिनीहरू सीमित पारिन चाहँदैनन्, तिनीहरूलाई त्यो दमन हो भन्‍ने लाग्छ र तिनीहरू कुनै पनि नियन्त्रण र नियमनहरूबाट मुक्त हुन चाहन्छन्। तिनीहरू परमेश्‍वरका घरमा आउँदा प्रशासनिक प्रणाली, कार्य प्रबन्ध, र मण्डलीका नियमहरूबाट समेत मुक्त हुन चाहन्छन्। तिनीहरू सीमित पारिन चाहँदैनन्। तिनीहरू कोहीबाट पनि निराकरण गरिन इन्कार गर्छन् र सबै आलोचना अस्वीकार गर्छन्। तिनीहरू काममा अलि बढी व्यस्त हुन वा थोरै थकान सहन चाहँदैनन्। यसले समस्या निम्त्याउनेछ! यो इसाईमा हुनुपर्ने बानीबेहोरा होइन, न त ख्रीष्टको असल सैनिकमा हुनुपर्ने बानीबेहोरा नै हो। अनुग्रहको युगमा सन्तहरूको शालीनताबारे सधैँ कुरा गरिन्थ्यो। के त्यो अहिले पनि लागू हुन्छ? निश्चय नै! यो सकारात्मक कुरा हो जुन जहाँ पनि र जहिले पनि लागू हुन्छ। पहिलो कुरा त सृष्टि गरिएका मानवजातिमा हुनुपर्ने स्वरूपबारे समेत कुरै नगरौँ, जुन मान्छेले हासिल गर्नुपर्ने परमेश्‍वरको सबैभन्दा आधारभूत मापदण्ड हो। यसो विचार गर् त, इसाई भएको नाताले के तँमा इसाईको शालीनता हुनुपर्दैन र? यदि तँमा त्यो छैन भने, तँ परमेश्‍वरको अनुयायी हुन लायक छैनस्, र परमेश्‍वर तँलाई स्विकार्नुहुन्न। यदि तँ परमेश्‍वरलाई पछ्याउन चाहन्छस् भने, चाहे सृष्टि गरिएको प्राणी बन्ने चाह गर् वा केवल सामान्य व्यक्ति बन्ने, तँ मानवजातिकै रूपमा जिउनुपर्छ। तेरो हृदयलाई परमेश्‍वरसामु प्रस्तुत गर्नैपर्छ। तैँले यसो भन्न सक्छस्, “हे परमेश्‍वर, तपाईंलाई यसरी पछ्याउने मेरो योजना छ। यो मेरो अठोट र लक्ष्य हो। के यो तपाईंको इच्छाअनुरूप छ?” अथवा सायद तँ त्यो कुरा परमेश्‍वरलाई सिधै भन्दैनस्, तर परमेश्‍वरको छानबीन स्विकार्न र गोप्य रूपमा सङ्कल्प गर्न सक्छस्, अनि यसरी आफूले त्यसपछि गर्ने कार्यहरू परमेश्‍वरलाई हेर्न दिन्छस्। तँ जुनै देशको वा जुनै सामाजिक पृष्ठभूमिमा जन्मेको भए पनि, अब तँ परमेश्‍वरलाई पछ्याइरहेको छस्, तँ त्यो देशको वा ती मानिसहरूको अधीनमा छैनस्। तँ परमेश्‍वरको अनुयायी, परमेश्‍वरको विश्‍वासी, परमेश्‍वरको घरको सदस्य होस्। तैँले सधैँ र सबै तरिकाले आफूलाई परमेश्‍वरको घरको व्यक्ति, परमेश्‍वरको अनुयायी मान्नुपर्छ। तैँले ख्रीष्टको असल सिपाही बन्ने प्रयास गर्नुपर्छ, र आफूलाई सन्तहरूको मानकअनुसार मापन गर्नुपर्छ। यदि तँ निरन्तर “म कोरियन हुँ,” “म ताइवानी हुँ,” “म अमेरिकी हुँ,” “हामी सबैको आ-आफ्नै जिउने शैली छ” भन्छस् भने, के तँ अझै पनि परमेश्‍वरको अनुयायी हुन्छस्? तेरो दृष्टिकोण गलत छ; त्यो अविश्‍वासीहरूको दृष्टिकोण हो भन्‍ने प्रस्ट छ। यिनीहरू गैरविश्‍वासी हुन्! यदि तँ गैरविश्‍वासी होस् भने, तँ परमेश्‍वरको घरहुँदो त्यतिकै डुल्दै के गरिरहेको छस्? के तँ इसाई भएको नाटक गर्न खोज्दैछस्? यहाँ नाटक चल्दैन। मिसिन खोज्नु पूर्णतया व्यर्थ छ। यदि तँ इसाई होस् भने, तैँले सत्यता स्विकारेर आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नैपर्छ। परमेश्‍वरलाई पछ्याउनु भनेको त्यही नै हो। यदि तँ आफ्नो कर्तव्य राम्ररी निभाउन सक्दैनस् भने, तँ जुनसुकै देशको होस्; परमेश्‍वरले तँलाई स्विकार्नुहुनेछैन। आफ्नो राष्ट्रियता जुनै भए पनि, परमेश्‍वरमा विश्‍वास गर्नेहरूले आफ्नो कर्तव्य राम्ररी निभाएर सत्यता स्विकार्नैपर्छ। परमेश्‍वरलाई पछ्याउनु भनेको त्यही हो। यदि तँ परमेश्‍वरमा विश्‍वास गरेको दाबी गर्छस् तर सत्यता स्विकार्दैनस् वा आफ्नो कर्तव्य पूरा गर्दैनस् भने, गैरविश्‍वासी होस्, अविश्‍वासीहरूजस्तै होस्। तँ यता न उताको होस्। यता न उताका मानिसहरूलाई परमेश्‍वरको घरबाट तुरुन्तै हटाउनैपर्छ, यस्तो व्यक्ति परमेश्‍वरको घरमा चाहिँदैन। यदि तँ आफूलाई राज्यको व्यक्ति ठान्छस् भने, तैँले आफूलाई राज्यका मानिसहरूको स्तरमा राख्नैपर्छ। यदि तँ “राज्यका कस्तो मानिसहरू? म लोकतान्त्रिक मुलुकको नागरिक हुँ। मसँग मर्यादा र मानव अधिकार छ। तपाईंले मलाई गणतान्त्रिक मुलुककै मापदण्डअनुसारका मागहरू गर्नुपर्छ। अन्यथा, कुरा नगरौँ!” भन्छस् भने दुःखको कुरो, तर यो परमेश्‍वरको राज्य हो, शैतानको राज्य होइन। परमेश्‍वर उहाँका चुनिएका मानिसहरूलाई अर्थात् राज्यका मानिसहरूलाई चाहनुहुन्छ। कुरा बुझिस्? (हजुर, बुझेँ।) यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस् र उहाँलाई पछ्याउँछस् भने, तैँले उहाँका वचनहरू सुन्नैपर्छ। यदि तँ “म परमेश्‍वरलाई पछ्याउन सक्छु, तर मलाई रोज्ने स्वतन्त्रता चाहिन्छ। मलाई मानिसका कुरा सुन्न, आफूलाई मन पर्ने कुरा सुन्न, र आफूलाई मन पर्ने मानिसहरूलाई पछ्याउन मन पर्छ। मलाई हस्तक्षेप नगर्नुहोस्। म मेरो मुलुकका नीति र नियमनहरू पालना गर्नुलाई प्राथमिकता दिन्छु; सबैभन्दा महत्त्वपूर्ण कुरा त्यही हो। म परमेश्‍वरका वचनहरू अर्थात् सत्यता पालनालाई प्राथमिकता दिन सक्दिनँ। मेरा लागि, आफ्नो देश र आफ्नो राष्ट्रियता नै पहिलो कुरा हो, अनि सत्यता चाहिँ दोस्रो वा तेस्रोमा पर्छ। म त्यसलाई स्विकार्न वा नकार्न सक्छु” भन्छस् भने, त्यस्तो व्यक्तिप्रति परमेश्‍वरको मनोवृति कस्तो हुन्छ? दुःखको कुरो, तैँले परमेश्‍वरको घर छोड्नुपर्छ! परमेश्‍वरको घरलाई तँजस्तो व्यक्तिको आवश्यकता छैन। तँ परमेश्‍वरलाई पछ्याइरहेको छैनस्; तँ स्वर्गको राज्यको व्यक्ति हैनस्। तँ संसारको नागरिक होस्, र परमेश्‍वर तँजस्ता मानिससँग बोल्न मन पराउनुहुन्न, न त तँजस्ता मानिसलाई मुक्ति नै दिनुहुन्छ। यस्ता व्यक्तिहरू सृष्टि गरिएका प्राणीको रूपमा आफ्ना कर्तव्यहरू निभाउन सक्दैनन्। तैँले सकेसम्म चाँडो छोडेर जानुपर्छ, जति चाँडो जान्छस् त्यति नै राम्रो हुनेछ!

कतिपय मानिसहरू प्रसिद्ध र भद्र मानिसहरूको आराधना गर्छन्। तिनीहरू परमेश्‍वरका वचनहरूले मानिसहरूलाई वास्तवमै मुक्ति दिन सक्छ कि सक्दैन भन्‍नेबारे सधैँ शङ्का गर्छन्, र तिनीहरू सधैँ प्रसिद्ध र भद्र मानिसहरूका कुराको मात्र वजन र आभा हुन्छ भन्‍ने विश्‍वास गर्छन्। तिनीहरू सधैँ मनमनै यस्तो सोचिरहेका हुन्छन्, “हेर त हाम्रो राज्य प्रमुख कति प्रभावशाली छ! हाम्रो राष्ट्रिय सभाहरूको धूमधाम, दृश्य, भव्यता हेर! के परमेश्‍वरको घरको त्योसित कुनै रूपले तुलना हुन सक्छ?” तैँले यसो भन्न सक्नुले तँ अविश्‍वासी होस् भन्‍ने देखाउँछ। तैँले राजनीतिको दुष्टता, वा राष्ट्रको अन्धकार अवस्था, वा मानवताको भ्रष्टता प्रस्ट रूपले देख्न सक्दैनस्। तैँले परमेश्‍वरको घरमा सत्यताले राज गर्छ भनेर देख्न सक्दैनस्, अनि तैँले परमेश्‍वरका चुनिएका मानिसहरूको अनुभवात्मक गवाहीले के देखाउँछ भन्‍ने कुरा देख्न वा बुझ्न सक्दैनस्। परमेश्‍वरको घरमा सत्यता र अत्यन्तै धेरै गवाही छन्, अनि परमेश्‍वरका चुनिएका मानिसहरू सबै जागिरहेका र परिवर्तन भइरहेका छन्, तिनीहरू सबैले परमेश्‍वरको काम अनुभव गर्न र सत्यताको वास्तविकतामा प्रवेश गर्न सुरु गरिरहेका छन्। के तँ परमेश्‍वरका मानिसहरू उहाँप्रति समर्पित हुन र उहाँको आराधना गर्न आएको दृश्य देख्न सक्छस्? त्यो तेरो कल्पनाबाहिरको कुरा हो। परमेश्‍वरको घरका सबथोक संसारभन्दा सयौँ गुणा, हजारौँ गुणा राम्रा छन्, र भविष्यमा, परमेश्‍वरको घरका सबै कुरा झन् राम्रा, झन् नियमित, र झन् सिद्ध मात्र हुँदै जान सक्छन्। यी सबै कुराहरू बिस्तारै हासिल हुन्छन्, र परमेश्‍वरको वचनले पूरा गर्ने कुराहरू ती नै हुन्। परमेश्‍वरका चुनिएका मानिसहरू उहाँद्वारा छानिने र उहाँद्वारा तोकिने हुनाले निश्चय नै तिनीहरू संसारका मानिसहरूभन्दा निकै राम्रा हुन्छन्। यदि कसैले यी तथ्यहरू देख्न सक्दैन भने, के ऊ अन्धो होइन र? कतिपय मानिसहरूलाई सधैँ संसार रमाइलो छ भन्‍ने लाग्छ, र तिनीहरू मनमनै संसारका प्रसिद्ध र प्रतिष्ठित मानिसहरूको आराधना गर्छन्। के तिनीहरू दियाबलसहरू र शैतानको आराधना गरिरहेका छैनन् र? के यी प्रसिद्ध र प्रतिष्ठित मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्छन्? के तिनीहरू परमेश्‍वरप्रति समर्पित हुने मानिस हुन्? के तिनीहरूमा परमेश्‍वरको डर मान्ने हृदय छ? के तिनीहरू सत्यता स्विकार्छन्? तिनीहरू सबै परमेश्‍वरको प्रतिरोध गर्ने पिशाचहरू हुन्—के तँ त्यो साँच्चै देख्न सक्दैनस्? किन तँ आफूले संसारका प्रसिद्ध र प्रतिष्ठित मानिसहरूको आराधना गरेको देख्दादेख्दै परमेश्‍वरमा विश्‍वास गर्छस्? परमेश्‍वरले व्यक्त गर्नुहुने सबै वचनहरूलाई तैँले वास्तवमा कसरी हेर्छस्? तैँले सबै कुरामाथि परमेश्‍वरको सार्वभौमिकतालाई कसरी हेर्छस्? कतिपय मानिसहरूमा परमेश्‍वरको डर नहुने मात्र होइन—तिनीहरूमा उहाँप्रति थोरै पनि सम्मान हुँदैन। के ती गैर-विश्‍वासीहरू होइनन् र? के यस्ता मानिसलाई तुरुन्तै निस्केर जानू भन्नुपर्दैन र? (पर्छ नि।) र उनीहरू निस्केर गएनन् भने के गर्नुपर्छ? तिनीहरूलाई चाँडो निकालेर हटाउनुपर्छ। गैर-विश्‍वासीहरू फोहोरी झिँगा जस्तै हुन्, र हेर्न अति घिनलाग्दो हुन्छन्। परमेश्‍वरको घरमा, सत्यता र उहाँका वचनहरूले राज्य गर्छन्, र कार्यहरू सत्यताका सिद्धान्तअनुसार गरिन्छन्। त्यस्ता मानिसहरूलाई हटाउनुपर्छ। तिनीहरू मुखले परमेश्‍वरमा विश्‍वास गर्छु भन्छन्, तर हृदयमा, तिनीहरू परमेश्‍वरको घरलाई हेला गर्छन् र परमेश्‍वरलाई घृणा गर्छन्। के तिमीहरू यस्ता गैर-विश्‍वासीहरू तिमीहरूमाझ मिसिएको चाहन्छौ? (चाहँदैनौँ।) त्यसैले तिनीहरूलाई झट्टै हटाउनुपर्छ। तिनीहरू जतिसुकै शिक्षित वा सक्षम भए पनि, तिनीहरूलाई हटाउनैपर्छ। कतिपय मानिसहरू यस्तो सोध्छन् “के यसो गर्नु प्रेम नगर्नु होइन र?” होइन, यसो गर्नु भनेको सिद्धान्तहरूअनुसार काम गर्नु हो। मैले यसो भन्नुको अर्थ के हो? तेरो कद जति नै ठूलो भए पनि, सत्यता पछ्याउने तेरो इच्छा जति ठूलो भए पनि, वा तँमा परमेश्‍वरप्रति भए पनि नभए पनि, एउटा कुरा निश्चित छ: ख्रीष्ट नै सत्यता, बाटो र जीवन हुनुहुन्छ। यो सधैँको लागि अपरिवर्तनीय छ। यो तेरो चट्टान हुनुपर्छ, परमेश्‍वरमाथिको तेरो विश्‍वासको सबैभन्दा बलियो जग हुनुपर्छ; तँ हृदयमा यो कुराबारे निश्चित हुनुपर्छ र कुनै शङ्का गर्नु हुँदैन। यदि तैँले यसमा समेत शङ्का गर्छस् भने, तँ परमेश्‍वरको घरमा रहन अयोग्य छस्। कतिपय मानिसहरू यसो भन्छन्, “हाम्रो राष्ट्र ठूलो छ, र हाम्रो जात कुलीन छ; हाम्रा रीतिरिवाज र सँस्कृति तुलना गर्नै नसकिने गरी अद्भुत छन्। हामीले सत्यता स्विकार्नु आवश्यक छैन।” के यो गैरविश्‍वासीको विचार होइन र? यो त गैरविश्‍वासीहरूको विचार हो, र यस्ता गैरविश्‍वासीहरूलाई हटाउनैपर्छ। कतिपय मानिस प्रायः भ्रष्ट स्वभाव प्रकट गर्छन्, र बेलाबेलामा तिनीहरूको स्वभाव चञ्चल र असंयमित हुन्छ, तर परमेश्‍वरप्रतिको तिनीहरूको आस्था साँचो हुन्छ, र तिनीहरू सत्यता स्विकार्न सक्छन्। यदि तिनीहरूलेकेही मात्रामा काटछाँट र निराकरण भोगेमा, पश्चाताप गर्न सक्छन्। यस्ता मानिसहरूलाई मौका दिनुपर्छ। मानिसहरू अलि मूर्ख हुन्छन्, वा कामकुरालाई प्रस्ट रूपमा देख्न सक्दैनन्, वा बहकिन्छन्, वा कुनै मूर्खतापूर्ण क्षणमा तिनीहरूले केही भ्रमित कुरा भन्लान् वा भ्रमित तरिकाले व्यवहार गर्लान् किनकि तिनीहरू सत्यता बुझ्दैनन्। यो त भ्रष्ट स्वभावको कारण भएको हो; यो मूर्खता, अज्ञानता, र सत्यता नबुझ्नुको कारणले भएको हो। तर, यस्ता मानिसहरू रविश्‍वासीहरू वर्गका होइनन्। यस्तोमा यी समस्याहरू समाधान गर्न सत्यताबारे सङ्गति गर्नुपर्छ। कैयौँ वर्षदेखि परमेश्‍वरमा विश्‍वास गर्दै आएका कतिपय मानिस सत्यता बिलकुलै स्विकार्दैनन् र अलिकति पनि परिवर्तन भएका छैनन्। तिनीहरू गैरविश्‍वासी हुन्। तिनीहरू परमेश्‍वरको घरका मानिस होइनन्, र परमेश्‍वर तिनीहरूलाई स्विकार्नुहुन्न। मैले यी कुरा भन्नुको मतलब के हो? त्यसको मतलब म तिमीहरूलाई लगनशील भई सत्यता पछ्याउनू भनिरहेको छु। प्रयत्न गर्ने काम मात्र नगर्। परमेश्‍वर आफ्नो वचनमार्फत्, सत्यतामार्फत् मानिसहरूलाई मुक्ति दिनुहुन्छ। सबैभन्दा सोझो तरिका भनेको तिमीहरूलाई सत्यता बुझ्ने र आफ्नो कर्तव्य निर्वाह गर्दै व्यावहारिक समस्याहरू समाधान गर्ने तुल्याउनु हो। यसो गर्दा तिमीहरू सत्यता अभ्यास गर्न र परमेश्‍वरको आज्ञा पालना गर्न सक्षम हुन्छौ। यसरी, परमेश्‍वर सन्तुष्ट हुनुहुनेछ, र उहाँको हृदयलाई सान्त्वना मिल्नेछ। परमेश्‍वरलाई के कुरा हेर्न सबैभन्दा मन पर्दैन? परमेश्‍वरले तिमीहरूका लागि धेरै वचन बोल्नुभएको छ, धेरै सत्यता व्यक्त गर्नुभएको छ, अनि निकै प्रयत्न गर्नुभएको छ र ठूलो मूल्य चुकाउनुभएको छ। अन्त्यमा, उहाँले प्रयत्न मात्र गर्ने मानिसहरूको समूह मात्र प्राप्त गर्नुहुन्छ, र बाँकी सबै सेवा गर्ने मानिसहरूको समूह हो। यी मानिसहरू सत्यता बुझ्दैनन्, तिनीहरू परमेश्‍वरको इच्छा बुझ्दैनन्, तर प्रयत्न मात्र गर्छन्। यी मानिसहरू रहिरहे पनि, परमेश्‍वरको इच्छासँग सहमत हुँदैनन्। तिनीहरूलाई सृष्टि गरिएका साँचो प्राणी मान्न सकिन्न। परमेश्‍वर यही कुरा हेर्न सबैभन्दा बढी अनिच्छुक हुनुहुन्छ, र यो परमेश्‍वरले मानवजातिलाई मुक्ति दिने व्यवस्थापन योजनाको मूल अभिप्राय होइन।

तिमीहरूले दत्तचित्त भएर सत्यता स्विकार्नैपर्छ र संसारका प्रचलनहरू पालना गर्नु वा शैतानको दर्शनअनुसार जिउनु पटक्कै हुँदैन। परमेश्‍वरलाई पछ्याउन आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ, अनि आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सत्यता स्विकार्नुपर्छ। यो महत्त्वपूर्ण छ। धेरै मानिस परमेश्‍वरमा विश्‍वास गर्दा सत्यतालाई बेवास्ता गर्छन्। तिनीहरू कैयौँ वर्षको आस्थापछि पनि सत्यता अभ्यास गर्दैनन्, र तिनीहरू बिलकुलै चासो देखाउँदैनन्। यी मानिसहरू गैरविश्‍वासी हुन् र तिनीहरूलाई ढिलोचाँडो हटाइनेछ। कतिपय मानिस देहकै लागि, व्यक्तिगत लाभका लागि मात्र जिउँछन्, र पारस्परिक सम्बन्धका लागि मरिमेट्छन्, आफ्ना कर्तव्य त्याग्छन्, त्यसलाई गम्भीरताका साथ लिँदैनन्, अनि देहसुखको पछि लाग्छन्। के यो अति स्वार्थी र घृणित कुरा होइन र? यस्ता व्यक्तिहरू सत्यतालाई प्रेम गर्दैनन्; तिनीहरू व्यक्तिगत लाभ र अहमतालाई मात्र प्रेम गर्छन्। तिनीहरू ससाना लाभहरूमा अनुहार रातो पार्छन् र उत्तेजित बन्छन्, र आफ्नो निष्ठा र मानव मर्यादा गुमाउँछन्। के तिनीहरू अज्ञानी र मूर्ख होइनन् र? सच्चा रूपमा सत्यतालाई प्रेम गर्नेहरूले जस्तोसुकै परिस्थिति आइपरे पनि पहिला परमेश्‍वरसामु सत्यता खोज्नुपर्छ। तिनीहरू विवादहरूमा पर्न वा अरूसँग मुखामुख गर्नदेखि टाढै रहनुपर्छ। यो अपरिपक्व व्यवहार हो र यसमा समझ हुँदैन। धेरै मानिस एकसाथ भेला हुँदा, विभिन्न समस्या उत्पन्न हुनेछन् किनभने त्यहाँ मानिसहरू थरीथरीका हुन्छन् अनि सही र गलतको मामिला कहिल्यै टुङ्गिदैन। भ्रष्ट मानवता ठ्याक्कै यस्तै हुन्छ। यो परिस्थिति अविश्‍वासीहरूमाझ झनै गम्भीर रूपमा हुन्छ। हरेक दिन शत्रुता र भित्रभित्रै दबिएको तनावले भरिएको हुन्छ। यो संसार त्यत्तिको विश्‍वासघाती छ। परमेश्‍वरको परिवारमा, हरेकले परमेश्‍वरमा विश्‍वास गर्ने भएकाले दुष्ट व्यक्तिहरू कम हुन्छन् र मानिसबाट फाइदा लुट्ने घट्नाहरू कम हुन्छन्। त्यहाँ कमै मात्रामा विवाद र झगडा हुन्छन्। यदि तँ सत्यता बुझ्दैनस् र यी मामिलाबारे सोचिरहन्छस् भने, तेरो हृदय यी कुराको कब्जामा पर्नेछ र त्यसमा फस्नेछ, अनि तँ परमेश्‍वरसामु आउन असक्षम हुनेछस्। तिमीहरू त्यस्ता स्थितिबाट मुक्त हुनैपर्छ, र त्यस्तो व्यवहारले अपरिवपक्व कदलाई देखाउँछ। अपरिपक्व कद हुनेहरू प्रायः देहगत मामिला, आफ्नै अभिरूचि, र आफ्नो स्वार्थी चाहना पूरा गर्नमा ध्यान दिन्छन्। फलस्वरूप, तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्ने यथोचित कार्यलाई बेवास्ता गर्छन्। यस्ता मानिसहरू कामकुरा राम्ररी व्यवस्थापन गर्न सक्दैनन् र प्रायः गल्ती गर्छन्, र बचपना देखाउँछन्। तिमीहरू जीवनमा परिपक्वताको पछि लाग्नैपर्छ। मैले परिपक्वता भन्नुको मतलब के हो? मेरो मतलब सत्यता बुझ्नु, वयस्कको कद प्राप्त गर्नु, अनि परमेश्‍वरका मापदण्डहरू पूरा गर्न सक्नु र उहाँले सुम्पेका कार्यहरू पूरा गर्नु हो। मेरो मतलब मानवजातिको कर्तव्यको बोझ र सामान्य कर्तव्यको बोझ उठाउन, अरूले जस्तै कर्तव्य निर्वाह गर्न साथै अरूले हासिल गर्न सक्ने कुरा हासिल गर्न, परमेश्‍वरप्रति आज्ञाकारी र सत्यता पछ्याउनेहरूको नक्कल गर्न, मानिसले गर्नुपर्ने कुरा र मानिसले निर्वाह गर्नुपर्ने कर्तव्य गर्न, सत्यता पछ्याउने मार्गतर्फ अनुसन्धान र खोजी गर्न सक्नु हो। व्यक्तिको जीवनमा वृद्धि हुने प्रक्रिया यही हो। तिमीहरूले सामान्य मानिसहरू कस्तो व्यवहार गर्छन्, र आफ्नो उचित कर्तव्य निर्वाह गर्ने मानिसहरू कस्तो व्यवहार गर्छन्, साथै त्यस्ता मानिसहरू कामकुरा गर्दा कस्ता शैली, तरिका र सिद्धान्तहरू प्रयोग गर्छन् आदिजस्ता कुराहरूको कसरी अनुसन्धान गर्ने भनी खोजी गरेर जान्नैपर्छ। वयस्कहरूले आफ्नो कर्तव्य उचित रूपमा सम्हाल्नैपर्छ। जे आइपरे पनि, आकासै खसे पनि, तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्नैपर्छ र आफ्ना उचित कार्यहरूमा ढिलाइ हुन दिनु हुँदैन। अर्कोतर्फ, बालबालिकालाई आफू वरिपरिका घटनाबारे जिज्ञासा नहुने त कुरै भएन। तिनीहरू बाहिर निस्केर के भइरहेको छ भनी हेर्न चाहन्छन्। तिनीहरूलाई कुनै पनि घटनाले प्रभावित पार्छ र सही कुरा गर्नदेखि ध्यान भङ्ग गरिदिन्छ। के यो आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध नहुनु होइन र? सानोभन्दा सानो समस्याले नै तिनीहरूलाई बाधा पार्न सक्छ। कसैको एउटा टिप्पणीले नै तिनीहरूको हृदयमा खलबल मच्चाउन सक्छ वा कुनै ठट्टाले गलत बुझाइ उत्पन्न हुन सक्छ र भावना पोखिन सक्छ जसले गर्दा तिनीहरू दुई-तीन दिनसम्म नकारात्मक तरिकाले व्यवहार गर्छन्, आफ्ना कर्तव्य निर्वाहमा ढिलाइ गर्छन्। तिनीहरूलाई आफ्नो कर्तव्य छाड्ने सोचाइसमेत आउला अनि अगुवा र सेवकहरूले तिनीहरूसँग सत्यतामा सङ्गति गर्दै र तर्क गर्दै तिनीहरूलाई निरन्तर रूपमा नफकाई र नमनाई हुँदै हुँदैन। के यो सानो कद र अपरिपक्वताको सङ्केत होइन र? मानिसहरू कहिल्यै प्रगति नगर्ने र बालबालिकाजस्तै अपरिपक्व—भोलाभाला र हाँसउठ्दा रहिरहने देखिन्छन्। तिनीहरूलाई तुच्छ ठानिन्छ, तिनीहरूमा मर्यादा र निष्ठा हुँदैन, र परमेश्‍वर तिनीहरूसित खुसी हुनुहुन्न।

तिमीहरूले सत्यतामै ध्यान केन्द्रित गर्नुपर्छ—त्यसपछि मात्रै तिमीहरू जीवनप्रवेश गर्न सक्छौ, अनि तिमीहरूले जीवनप्रवेश गरिसकेपछि मात्र अरूलाई भरणपोषण र अगुवाइ गर्न सक्छौ। अरूका कार्यहरू सत्यतासँग नमिल्‍ने किसिमका छन् भन्‍ने पत्ता लाग्यो भने, हामीले तिनीहरूलाई सत्यतामा लागिपर्न अत्यन्तै प्रेमपूर्वक सहयोग गर्नुपर्छ। यदि अरूले सत्यताको अभ्यास गर्न सक्छन्, र तिनीहरूले काम गर्ने तरिकामा सिद्धान्तहरू छन् भने, हामीले तिनीहरूबाट सिक्‍ने र तिनीहरूको अनुकरण गर्ने प्रयास गर्नुपर्छ। आपसी प्रेम भनेकै त्यही हो। मण्डलीमा तिमीहरूसँग यस्तै वातावरण हुनुपर्छ—हरेकले सत्यतामा ध्यान केन्द्रित गर्ने र त्यसलाई प्राप्त गर्न लागिपर्ने अवस्था हुनुपर्छ। मानिसहरू जति वृद्ध वा जवान भए पनि वा तिनीहरू अनुभवी विश्‍वासी भए पनि नभए पनि केही फरक पर्दैन। न त तिनीहरूसँग राम्रो क्षमता वा कमजोर क्षमता हुँदा नै केही फरक पर्छ। यी कुराहरूले केही फरक पर्दैन। सत्यताको अघि, सबै समान हुन्छन्। तैँले हेर्नुपर्ने कुरा भनेको कसले सही तरिकाले र सत्यताअनुरूप बोल्छ, कसले परमेश्‍वरको घरका हितहरूबारे विचार गर्छ, परमेश्‍वरको घरको काममा कसले सबैभन्दा बढी बोझ लिन्छ, कसले अझै स्पष्ट रूपमा सत्यता बुझ्छ, कोसँग धार्मिकताको बोध छ र को मूल्य चुकाउन तयार छ भन्‍ने हो। त्यस्ता मानिसहरूलाई तिनीहरूका दाजुभाइ-दिदीबहिनीहरूले समर्थन र प्रशंसा गर्नुपर्छ। सत्यताको खोजीबाट आउने यो सीधापनको वातावरण नै मण्डलीमा हाबी हुनुपर्छ; यस तरिकाले, तिमीहरूसँग पवित्र आत्‍माको कार्य हुनेछ, र परमेश्‍वरले आशिष्‌हरू र अगुवाइ प्रदान गर्नुहुनेछ। यदि मण्डलीमा कहानी बताउने, एक-र्काको बारेमा कोलाहल गर्ने, एकअर्कासँग ईख बोक्‍ने, एकअर्काको डाह गर्ने, र एकअर्कासँग भनावैरी गर्ने किसिमको वातावरण हाबी छ भने, पवित्र आत्‍माले अवश्य नै तिमीहरूमा काम गर्नुहुनेछैन। एकअर्काको विरुद्धमा संघर्ष गर्ने र गुप्त रूपमा एकअर्काको विरुद्धमा लडाइँ गर्ने, छल गर्ने, धोका दिने, र षड्यन्त्र गर्ने—यो त दुष्टको वातावरण हो! यदि मण्डलीमा त्यस्तो वातावरण हाबी छ भने, पवित्र आत्‍माले अवश्य नै आफ्‍नो काम गर्नुहुनेछैन। बाइबलमा, प्रभु येशूले यसो भन्नुभएको छः “फेरि म तिमीलाई भन्छु, यदि पृथ्वीमा तिमीहरूमध्ये दुई जना आफूले माग्‍ने कुरालाई छुँदै सहमत भएर माग्यौ भने स्वर्गमा हुनुहुने मेरा पिताले तिनीहरूको निम्ति त्यो गरिदिनुहुनेछ। किनभने जहाँ दुई वा तीन जना मेरो नाउँमा भेला हुन्छन्, म त्यहाँ तिनीहरूको बीचमा हुन्छु” (मत्ती १८:१९-२०)। यो परमेश्‍वरको वचन हो, यो सत्यता हो। जब परमेश्‍वर बोल्नुहुन्छ, तब त्यो कुरा भएरै छाड्छ। यदि तँ परमेश्‍वरको इच्छाविपरीत जान्छस् र उहाँको वचन पालना गर्दैनस् भने, परमेश्‍वर तँबाट टाढिनुहुनेछ। यदि तँ परमेश्‍वरको वचन पढ्दैनस्, प्रकाश, न्याय, वा उहाँका वचनहरूमार्फत काँटछाँट र निराकरण स्विकार्दैनस्, र आफ्ना दाजुभाइ-दिदीबहिनीहरूको सहयोग नकार्छस्, आफू अरू जत्तिको खराब छैन भनी सोच्दै, अरूको त्रुटि र समस्यामा ध्यान दिइरहन्छस्, आफूलाई अरू सबैभन्दा राम्रो ठान्छस् भने, तँ समस्यामा पर्छस्। पहिला, पवित्र आत्माले तँमा काम गर्नुहुनेछैन, र तैँले परमेश्‍वरका आशिषहरू गुमाउनेछस्। दोस्रो, तेरा दाजुभाइ-दिदीबहिनीहरू पनि तँबाट टाढिनेछन्, तँलाई सहयोग गर्ने कोही हुनेछैन, त्यसले गर्दा तँलाई तिनीहरूको साथबाट लाभ लिन कठिन हुनेछ। परमेश्‍वरको काम र आशिषहरूविना, तेरा दाजुभाइ-दिदीबहिनीहरूको सहयोग र उपकारविना तँ दुर्दशामा पर्नेछस्, प्रगति गर्न नै सक्नेछैनस्। के तँ मानव प्रतिभा र सीपमा भर परेर मात्र मण्डलीको काम प्रभावकारी रूपमा गर्न सक्छस्? त्यो सबै व्यर्थ हुनेछ, सबै प्रयास खेर जानेछ। के त्यस्तो मोडमा पुग्नु खतरनाक होइन र? तैँले आफ् हृदयमा कति वेदना भोग्नेछस्? जे भए पनि, तैँले परमेश्‍वरका आशिषहरू र तेरा दाजुभाइ-दिदीबहिनीहरूको सहयोग प्राप्त गर्न सही मार्गमा, सत्यता पछ्याउने मार्गमा हिँड्नैपर्छ। आफ्नै मार्गमा हिँड्नाले तँलाई आखिर मृत्युमा पुऱ्याउँछ, र सत्यता नपछ्याउनेहरूलाई हटाइनेछ। तिमीहरूले समयको दौडान अनुभव गर्ने क्रममा बिस्तारै यसको मोल गर्न थाल्नेछौ। तिमीहरूले आफ्ना सबै प्रयासमा एकै मनको नभइञ्जेल सत्यता सिद्धान्तहरू खोज्नैपर्छ, त्यसपछि मात्र तिमीहरू सुताहरू एकसाथ बाटिएर डोरी बनिएझैँमिलेर एकसाथ काम गर्न सक्छौ। जब सौहार्दपूर्ण सहकार्य हुन्छ, तब तिमीहरू आफ्ना कर्तव्यहरू राम्ररी निर्वाह गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छौ।

सेप्टेम्बर १९, २०१७

अघिल्लो: सामञ्‍जस्यपूर्ण सहकार्यको विषयमा

अर्को: परमेश्‍वरप्रति समर्पित हुने अभ्यासका सिद्धान्तहरू

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्