अध्याय ११५

तेरो कारण, मेरो हृदयले अति आनन्द गर्नेछ; तेरो कारण, मेरो हात आनन्दले नाच्‍नेछ, र म तँलाई अन्तहीन आशिष्‌हरू दिनेछु, किनकि सृष्टिको समय अगाडि नै तँ मबाट आइस्। आज तँ मेरो पक्षमा फर्कनुपर्छ, किनकि तँ संसार वा पृथ्वीको होइनस् तर मेरो होस्। म तँलाई सदा प्रेम गर्नेछु, म तँलाई सदा आशिष् दिनेछु, र म तँलाई सदा सुरक्षा गर्नेछु। मबाट आएकाले मात्र मेरो इ‍च्छा जान्दछन्; तिनीहरूले मात्र मेरो बोझप्रति ध्यान पुर्‍याउनेछन्, र तिनीहरूले मात्र मैले चाहेको कुरा गर्नेछन्। आज, सबै कुरा सम्पन्‍न भएको छ। मेरा प्रिय पुत्रहरू चाँडै मसँग पुनर्मिलन हुने र मेरो व्यक्तित्व चाँडै नै पूर्ण रूपमा सियोनमा फर्कने कुराको तृष्णा गर्दै मेरो हृदय आगोको गोला जस्तै भएको छ। तँसँग यसको केही ज्ञान छ। हामीले एकअर्कालाई आत्मामा अक्सर पछ्याउन नसके तापनि, हामीले आत्मामा एकअर्कालाई साथ दिन र देहमा भेट्न भने सक्छौं। पिता र पुत्रहरू सदा अविभाज्य छन्; तिनीहरू घनिष्ट रूपमा जोडिएका छन्। सियोनमा फर्कने दिनसम्म तँलाई कसैले पनि मेरो पक्षबाट लैजान सक्दैन। मकहाँ आउने सबै ज्येष्ठ पुत्रहरूलाई म प्रेम गर्छु, र मेरो विरोध गर्ने शत्रुहरूलाई म घृणा गर्छु। मैले प्रेम गर्नेहरूलाई म सियोनमा फर्काएर ल्याउनेछु र मैले घृणा गर्नेहरूलाई पातालमा, नरकमा फालिदिनेछु। मेरा सबै प्रशासनिक आदेशहरूको मुख्य सिद्धान्त यही हो। मेरा ज्येष्ठ पुत्रहरूले भन्‍ने वा गर्ने हरेक कुरा मेरो आत्माको अभिव्यक्ति हो। यसलाई स्पष्ट बुझेर हरेकले मेरा ज्येष्ठ पुत्रहरूको गवाही दिनुपर्छ। यो मेरो कामको अर्को चरण हो, र यदि कसैले प्रतिरोध गर्‍यो भने मेरा प्रिय छोराहरूलाई तिनीहरूको सामना गर्न लगाउनेछु। अहिले पहिलेभन्दा भिन्‍न छ। मैले प्रेम गरेकाहरूले न्यायको वचन बोले भने शैतान तुरुन्तै पातालमा मर्नेछ किनकि मैले पहिले नै मेरा ज्येष्ठ पुत्रहरूलाई अधिकार दिएको छु। भन्‍नुको तात्पर्य, अबदेखि उसो मेरा ज्येष्ठ पुत्रहरू र मैले सँगै शासन गर्ने समय हो। (यो देहको चरणमा हो, जुन देहमा सँगै शासन गर्नुभन्दा थोरै फरक छ।) विचारमा आज्ञा पालन नगर्नेले म जुन व्यक्ति हुँ त्यसको प्रतिरोध गर्नेले जस्तै दुर्भाग्य भोग्‍नुपर्छ। मेरा ज्येष्ठ पुत्रहरूलाई मलाई जस्तै व्यवहार गरिनुपर्छ, किनकि हामी एकै शरीरका हौँ र हामी कहिले पनि अलग हुन सक्दैनौं। विगतमा जसरी मेरो साक्षी बन्‍ने काम गरिएको थियो, आज पनि त्यसरी नै मेरा ज्येष्ठ पुत्रहरूको निम्ति साक्षी दिइनुपर्छ। यो मेरा प्रशासनिक आदेशहरूमध्ये एउटा हो; हरेक व्यक्ति खडा हुनुपर्छ र साक्षी बन्‍नुपर्छ।

मेरो राज्य पृथ्वीको अन्तसम्म फैलन्छ, र मेरा ज्येष्ठ पुत्रहरू मसँगै पृथ्वीको अन्तसम्म यात्रा गर्छन्। तिमीहरूका देहको वाधाहरूको कारण, यस्ता धेरै वचनहरू छन् जसलाई मैले बोले तापनि तिमीहरू बुझ्दैनौ, यसैले अधिकांश काम सियोनमा फर्केपछि सम्पन्‍न गरिनुपर्छ। मेरा वचनहरूबाट देख्‍न सकिन्छ कि यो फर्काइ टाढा छैन—वास्तवमा त्यो बेला लगभग आइसकेको छ। यसैले मैले सियोन र सियोनका मामलाहरूको बारेमा एकनासले कुरा गरिरहेको छु। मेरा वचनहरूको उद्देश्य के हो भन्‍ने के तिमीहरूलाई थाहा छ? मेरो हृदयमा के छ भन्‍ने के तिमीहरूलाई थाहा छ? मेरो हृदय चाँडै सियोनमा फर्कन, पुरानो युगलाई पूर्ण रूपमा समाप्त गर्न, पृथ्वीको हाम्रो जीवन समाप्त गर्न (किनकि म सांसारिक मानिसहरू, पदार्थहरू र थोकहरूलाई घृणा गर्छु र देहको जीवनलाई झन् बढी घृणा गर्छु, अनि देहका बाधाहरू ठूला छन्; सियोनमा फर्केपछि मात्र सबै कुरा समृद्धि हुनेछ), र राज्यमा हाम्रो जीवन पुनः प्राप्ति गर्न लालायित छ। मेरो पहिलो देहधारण मेरो दोस्रो देहधारणको जग बनाउनको निम्ति थियो। यो यात्रा गरिनुपर्ने बाटो थियो। मैले आफैलाई शैतानको हातमा पूर्ण रूपमा दिएर मात्र तिमीहरूलाई उद्धार गर्न सक्थेँ, ताकि अन्तिम चरणमा तिनीहरू मेरो शरीरमा फर्कन सक। (यदि मेरो पहिलो देहधारण नभएको भए, मैले महिमा प्राप्त गर्न सक्‍नेथिइनँ, र मैले पाप बलीलाई फिर्ता गर्न सक्‍नेथिइनँ, यसैले तिमीहरू संसारमा पापी कै रूपमा आउनुपर्थ्यो।) मसँग अनन्त बुद्धि भएको कारण, तिमीहरूलाई सियोन बाहिर मैले अगुवाइ गरी ल्याएको कुराले तिमीहरूलाई निश्‍चय नै सियोनमा फर्काएर ल्याउनेछु भन्‍ने अर्थ दिन्छ। बाटो बन्द गर्ने शैतानका प्रयासहरू सफल हुनेछैनन्, किनकि मेरो महान् काम धेरै पहिले सम्पन्‍न भएको थियो। मेरा ज्येष्ठ पुत्रहरू म जस्तै छन्—तिनीहरू पवित्र र शुद्ध छन्, यसैले म अझ पनि मेरा ज्येष्ठ पुत्रहरूसँग सियोनमा फर्कनेछु, र हामी कहिले पनि अलग हुनेछैनौं।

मेरो सम्पूर्ण व्यवस्थापनको योजना तिमीहरूकहाँ क्रमिक रूपले प्रकट गरिँदैछ। मैले मेरो कामलाई सबै जाति र सबै मानिसहरूकहाँ लागू गर्न सुरु गरेको छु। सियोनमा मेरो फर्काइ धेरै टाढा छैन भन्‍ने कुरा प्रमाणित गर्नको निम्ति यो पर्याप्त छ, किनकि सबै जाति र सबै मानिसहरूकहाँ मेरो काम लागू गर्ने काम सियोनमा फर्किएपछि गरिनुपर्ने काम हो। मेरो गति चाँडो बढिरहेको छ। (सियोनमा म फर्कने दिन नजिक आइरहेको कारण म फर्कनुभन्दा पहिले म मेरो काम सम्पन्‍न गर्न चाहन्छु।) म मेरो काममा झन् बढी व्यस्त हुँदै छु, तापनि पृथ्वीमा मैले गर्ने काम झन्-झन् कम हुँदै गइरहेको छ—छैन भन्दा पनि हुन्छ। (मेरो व्यस्तता आत्माको कामप्रति लक्षित छ, जसलाई मानिसका नाङ्‍गा आँखाले देख्‍न सकिन्‍न तर मेरा वचनबाट मात्र देख्‍न सकिन्छ; मेरो व्यस्तता देहमा हुँदाको जस्तो हुँदैन, तर यसले धेरै कार्यहरूको योजनालाई जनाउँछ।) यो यस कारणले हो, मैले भनेको जस्तै, पृथ्वीमा मेरो काम अगाडि नै पूर्ण रूपमा सम्पन्‍न भएको छ, र बाँकी कामले म सियोनमा फर्कने बेलासम्म पर्खनुपर्छ। (म काम गर्न सियोनमा फर्कनुको कारण यो हो कि भविष्यको काम देहमा सम्पन्‍न हुँदैन, र यदि यो काम देहमा गरिनेथियो भने यसले मेरो नामको अपमान गर्नेथियो।) जब म आफ्ना शत्रुहरूलाई परास्त गरेर सियोनमा फर्कन्छु, युगहरू पहिलेको भन्दा जीवन अझ सुन्दर र शान्तिमय हुनेछ। (यो मैले पूर्ण रूपमा संसारलाई जितेको कारणले हो, र मेरो पहिलो र दोस्रो देहधारणको कारण, मैले पूर्ण महिमा प्राप्त गरेको छु। मेरो पहिलो देहधारणमा, मैले मेरो महिमाको एक भाग मात्र प्राप्त गरेको छु, तर मेरो दोस्रो देहधारणमा, मेरो व्यक्तित्वले पूर्ण महिमा प्राप्त गरेको छ, यसैले उप्रान्त शोषण गर्ने अवसर शैतानले पाउँदैन। यसैले, सियोनमा भविष्यको जीवन अझ सुन्दर र शान्तिमय हुनेछ।) ठूलो रातो अजिङ्‍गरलाई शर्ममा पार्नको निम्ति मेरो व्यक्तित्व संसार र शैतानको अगाडि अझ महिमित भएर देखा पर्नेछ; यो मेरो सबै बुद्धिको केन्द्र बिन्दु हो। म जति बढी बाहिरी कुराहरूको बारेमा बोल्छु, तिमीहरूले त्यति नै धेरै बुझ्छौ; म जति बढी मानवले देख्‍न नसक्ने सियोनका कुराहरूको बारेमा बोल्छु, तिमीहरूले यी कुराहरूलाई त्यति नै बढी खोक्रा छन् भनी सोच्छौ, अनि तिमीहरूको निम्ति कल्पना गर्न त्यति कठिन हुनेछ; मैले तिमीहरूलाई दन्त्य कथाहरू भन्दैछु भन्‍ने तिमीहरूले सोच्‍नेछौ। तैपनि, तिमीहरू सावधान हुनुपर्छ। मेरो मुखमा खोक्रा वचनहरू छैनन्; मेरा मुखबाट निस्कने वचनहरू भरोसायोग्य छन्। तिमीहरूका सोचाइका तरिकाले यसलाई बुझ्‍न कठिन भए तापनि यो पूर्ण रूपमा सत्य छ। (देहका सीमाहरूको कारण, मैले भनेका कुराहरू पूर्ण रूपमा र राम्ररी बुझ्‍न मानवलाई कठिन छ, र मैले भनेका धेरै कुराहरू मैले पूर्ण रूपमा प्रकट गरेको छैनँ। तापनि, जब हामी सियोनमा फर्कन्छौं, मैले वर्णन गर्नुपर्ने आवश्यकता पर्नेछैन; तिमीहरूले स्वभाविक रूपमा बुझ्‍नेछौ।) यसलाई हल्‍का रूपमा लिनु हुँदैन।

मानव देह र धारणाहरूमा सीमितता भए पनि, म तिमीहरूको शारीरिक सोचमा सुधार ल्याउन र प्रकट भएका रहस्यहरूद्वारा तिमीहरूका धारणाहरूको विरुद्ध लड्न चाहन्छु, किनकि मैले धेरै पटक भने जस्तै, यो मेरो कामको एउटा चरण हो (र सियोनमा प्रवेश नभएसम्म यो काम रोकिनेछैन)। हरेक व्यक्तिको मनमा एउटा “सियोन पर्वत” छ र यो हरेकको निम्ति भिन्‍न छ। मैले सियोन पर्वतको बारेमा उल्लेख गर्ने काम गरिरहेको हुनाले, म तिमीहरूलाई यसको बारेमा सामान्य जानकारी दिन्छु, ताकि तिमीहरूले यसको बारेमा थोरै जानकारी प्राप्त गर्न सक। सियोन पर्वतमा हुनु भनेको आत्मिक संसारमा फर्कनु हो। यसले आत्मिक संसारलाई जनाउने भए तापनि, यो मानवले देख्‍न वा छुन नसक्‍ने ठाउँ होइन; यसले शरीरलाई जनाउँछ। यो पूर्ण रूपमा अदृष्य वा अमूर्त छैन, किनकि जब शरीर देखा पर्छ, यसको स्वरूप र आकार हुन्छ, तर जब शरीर देखा पर्दैन यसको स्वरूप र आकार हुँदैन। सियोन पर्वतमा खाना, कपडा र दैनिक आवश्यकताहरू, वा आश्रयको चिन्‍ता हुनेछैन, न त त्यहाँ विवाह र परिवार नै हुनेछ, र त्यहाँ लैङ्‍गिक विभाजन हुनेछैन (सियोन पर्वतमा हुनेहरू एक शरीरमा मेरा व्यक्तित्व हुन्, यसैले त्यहाँ विवाह, परिवार वा लैङ्‍गिक विभाजन हुँदैन), अनि मेरो व्यक्तित्वले बोल्‍ने हरेक कुरा प्राप्त गरिनेछ। जब मानिसहरू होसियार नभएको अवस्थामा हुन्छन्, मेरो व्यक्तित्व तिनीहरूका बीचमा देखा पार्नेछ, र मानिसहरूले ध्यान नदिएको बेला मेरो व्यक्तित्व हराउनेछ। (यो देह र रगत भएका मानिसहरूले प्राप्त गर्न सक्‍ने कुरा होइन, यसैले तिमीहरूले अहिले यसको बारेमा कल्पना गर्न कठिन छ।) भविष्यमा सूर्य, चन्द्रमा र भौतिक स्वर्ग र पृथ्वी अझै रहनेछ, तर मेरो व्यक्तित्व सियोनमा हुने हुनाले त्यहाँ सूर्यको प्रखर गर्मी हुनेछैन, दिन हुनेछैन र प्राकृतिक प्रकोपहरूको कष्ट हुनेछैन। जब मैले परमेश्‍वरले हामीलाई प्रकाश दिनुहुने भएकोले हामीलाई बत्ती वा सूर्यको प्रकाश चाहिनेछैन भनी भनेँ, मैले सियोनमा रहने विषयमा कुरा गरिरहेको थिएँ। मानवीय धारणाहरूअनुसार, ब्रह्माण्डमा भएका हरेक कुरा नष्ट गरिनुपर्छ र सबै मानिसहरू मेरो प्रकाशमा बस्‍नुपर्छ। “परमेश्‍वरले हामीलाई प्रकाश दिनुहुने भएकोले हामीलाई बत्ती वा सूर्यको प्रकाश चाहिनेछैन” भन्‍ने कुराको वास्तविक अर्थ यही हो भन्‍ने तिनीहरू सोच्छन्, तर वास्तवमा यो गलत व्याख्या हो। “हरेक महिना, रूखले बाह्र प्रकारका फलहरू दिनेछ” भनेर मैले भन्दा, मैले सियोनका विषयमा कुरा गरिरहेको थिएँ। यस वाक्यले सियोनमा हुने जीवनको अवस्थालाई पूर्ण रूपमा प्रतिनिधित्व गर्छ। सियोनमा, समयको सीमा हुनेछैन, न त त्यहाँ भूगोल र स्थानको नै सीमा हुनेछ। त्यसैले मैले “हरेक महिना” भनेँ। “बाह्र प्रकारका फलहरू” ले तिमीहरूले आजको दिनमा जिएको व्यवहारको प्रतिनिधित्व गर्दैन; बरु, यसले सियोनको स्वतन्त्रतालाई जनाउँछ। यी वचनहरू सियोनको जीवनको सामान्यीकरण हुन्। यसबाट, कसैले सियोनको जीवन सम्पन्‍न र विविध हुनेछ भन्‍ने कुरा देख्‍न सक्छ (किनकि यहाँ “बाह्र” ले पूर्णतालाई जनाउँछ)। यो शोक र आँसुबिनाको जीवन हुनेछ, र त्यहाँ कुनै शोषण वा थिचोमिचो हुनेछैन, यसैले सबै जना स्वतन्त्र पारिनेछन् र स्वतन्त्र हुनेछन्। हरेक कुरा मेरो व्यक्तित्व भित्र अस्तित्वमा रहने भएको कारण यसो भएको हो, यसलाई कुनै पनि व्यक्तिले छुटाउन सक्दैन, र हरेक कुरा सुन्दर र अनन्त नयाँपनको दृष्य हुनेछ। यो सबै कुरा तयार हुने, र सियोनमा फर्किए पछिको हाम्रो जीवनको सुरुवात हुने समय हुनेछ।

पृथ्वीको मेरो काम पूर्ण रूपमा सम्पन्‍न भएको भए पनि, मलाई पृथ्वीमा काम गर्नको निम्ति मेरा ज्येष्ठ पुत्रहरूको आवश्यकता छ, यसैले म अझै सियोनमा फर्कन सक्दिनँ। म सियोनमा एक्लै फर्कन सक्दिनँ। मेरा ज्येष्ठ पुत्रहरूले पृथ्वीको आफ्ना काम सम्पन्‍न गरिसके पछि म तिनीहरूसँगै म सियोन फर्कन्छु। यसैले, हामीले सँगै महिमा प्राप्त गरिरहेका छौँ भनेर भन्‍ने ठीकै हुन्छ; यो मेरो व्यक्तित्वको पूर्ण प्रकटीकरण हो। (पृथ्वीमा मेरा ज्येष्ठ पुत्रहरूको काम अझ सकिएको छैन भनेर म भन्छु किनकि मेरा ज्येष्ठ पुत्रहरूलाई अहिलेसम्म प्रकट गरिएको छैन। यो काम अझ पनि वफादार र इमान्दार सेवाकर्ताहरूद्वारा नै गरिनुपर्छ।)

अघिल्लो: अध्याय ११४

अर्को: अध्याय ११६

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्