अध्याय ९०

जो अन्धो अन्धा छन्, तिनीहरू सबै मबाट गइसकेको हुनुपर्छ र एक क्षण पनि रहनु हुँदैन, किनभने मैले चाहने भनेका मलाई चिन्‍न सक्‍ने, मलाई देख्‍न सक्‍ने र मबाट सबै कुरा प्राप्त गर्न सक्‍ने मानिसहरू हुन्। अनि कसले मबाट साँचो रूपमा सबै कुरा प्राप्त गर्न सक्छ? यस प्रकारका का व्यक्ति पक्‍कै पनि निकै थोरै छन् र तिनीहरूले अवश्य नै मेरा आशिषहरू आशिष्‌हरू प्राप्त गर्नेछन्। म यी मानिसहरूलाई प्रेम गर्छु र म तिनीहरूलाई मेरो दाहिने हात बन्‍न, मेरो प्रकटीकरण बन्‍न एक-एक गरी टिप्‍नेछु। म सबै राष्ट्रहरू र सबै मानिसहरूलाई निरन्तर रूपमा हर्षोल्‍लास गर्दै मेरो प्रशंसा गर्न र यी मानिसहरूका खातिर त्यसो गर्न लगाउनेछु। ए सियोन पर्वत! विजयको झण्डा उठाएर मेरो लागि हर्ष मना! किनभने म यहाँ फेरि फर्केर आउनुभन्दा पहिले पहाड-पर्वतका हरेक कुनाकाप्चा, खोलानाला र सबै थोकहरू चहार्दै सम्पूर्ण ब्रह्माण्ड र पृथ्वीको पल्‍लो छेउसम्‍म जान्छु। म धार्मिकता, न्याय, क्रोध र ज्वाला सहित, र त्योभन्दा पनि बढी मेरा ज्येष्ठ पुत्रहरूसँग विजयको साथ फर्कन्छु। मैले घृणा गर्ने सबै कुरा र मैले घिनाउने सबै मानिस, मामला, र वस्तुहरूलाई म टाढा फ्याँक्छु। म विजयी छु र मैले गर्न चाहेका सबै कुरा मैले पूरा गरेको छु। मैले मेरो काम पूरा गरेको छैन भनेर कसले भन्‍ने आँट गर्छ? मैले मेरा ज्येष्ठ पुत्रहरूलाई प्राप्त गरेको छैन भनेर कसले भन्‍ने आँट गर्छ? म विजयको साथ फर्केको छैन भनेर कसले भन्‍ने आँट गर्छ? त्यस्ता मानिसहरू अवश्य नै शैतानको प्रकार हुन्; तिनीहरू त्यस्ता मानिसहरू हुन् जसले मेरो माफी पाउन कठिन ह छ। तिनीहरू अन्धा हुन्, तिनीहरू फोहोरी भूतहरू हुन् र म तिनीहरू सँग नै सबैभन्दा बढी घिनाउँछु। ती कुराहरूमा म मेरो क्रोध र मेरो सम्पूर्ण न्याय प्रकट गर्न थाल्‍नेछु, र मेरो ज्वलन्त आगोले ब्रह्माण्ड र पृथ्वीलाई एउटा कुनादेखि अर्को कुनासम्‍म सल्‍काउनेछ, हरेक कुनालाई प्रकाश दिनेछ—मेरो प्रशासनिक आदेश यही हो।

तैँले मेरा वचनहरू बुझेपछि, तैँले तीबाट सान्त्वना लिनुपर्छ; तैँले तिनलाई नसुनीकन जान दिनु हुँदैन। न्यायका वाणीहरू हरेक दिन आइपर्छन्, त्यसोभए किन तिमीहरू यति बोधो र सुस्त छौ? तिमीहरू किन मसँग सहकार्य गर्दैनौ? के तिमीहरूलाई नरक जान यति धेरै मन छ? म भन्छु, म मेरा ज्येष्ठ पुत्रहरू, मेरा पुत्रहरू र मानिसहरूका निम्ति कृपाको परमेश्‍वर हुँ, तब तिमीहरूले यसलाई कसरी बुझ्छौ? यो त्यति सरल अभिव्यक्ति होइन, र यसलाई सकारात्मक दृष्टिकोणले बुझ्‍नुपर्छ। ए अन्धा मानव हो! तिमीहरूले मेरो प्रतिज्ञा प्राप्त गर्न सक भनेर मैले तिमीहरूलाई शैतानको पकडबाट छुटाउँदै र सजायबाट निकाल्दै धेरै पटक मुक्ति दिएको छु, तब किन तिमीहरूले मेरो हृदयलाई कुनै ध्यान दिँदैनौ? के तिमीहरूमध्ये एक जनाले समेत यसरी मुक्ति पाउन सक्छ? मेरो धार्मिकता, प्रताप र न्यायले शैतानलाई कुनै दया देखाउँदैन। तर तिमीहरूको हकमा भने, यी कुराहरूको उद्देश्‍य भनेको तिमीहरूलाई मुक्ति दिनु हो, तैपनि तिमीहरूले मेरो स्वभावलाई बुझ्‍नै सक्दैनौ, न त तिमीहरूले मेरा कार्यहरू पछाडिका सिद्धान्तहरूलाई नै बुझ्छौ। मैले मेरा विभिन्‍न कार्यहरूको गम्‍भीरताको बीचमा कुनै भिन्‍नता छुट्याउँदिन, र मैले मेरो कामका निसानाहरूको बीचमा कुनै भिन्‍नता छुट्याउँदिन भन्‍ने तिमीहरूलाई लाग्छ—कति अबुझ! म सबै मानिसहरू, घटना, र कामकुराहरूलाई स्पष्ट देख्‍न सक्छु। म हरेक व्यक्तिको सारलाई पूर्ण स्पष्टताको साथ बुझ्‍न सक्छु, भन्‍नुको अर्थ, व्यक्तिले आफूभित्र लुकाएर राख्‍ने राख्ने कुराहरूलाई म पूर्ण रूपमा देख्‍न सक्छु। कुनै व्यक्ति ईजेबेल हो कि वेश्या हो म स्पष्ट रूपमा देख्‍न सक्छु, र कसले गुप्तमा के गर्छ मलाई थाहा हुन्छ। मेरो अघि तिमीहरू फाइँफुट्टी नलगाओ, घृणित व्यक्तिहरू! अहिले नै यहाँबाट गइहाल! मेरो नाम बदनाम नगर्नको लागि, म त्यस्तो व्यक्तिलाई कुनै रीतिले प्रयोग गर्दिनँ! तिनीहरू मेरो नाउँको गवाही दिन सक्दैनन्, बरु उल्टो काम गर्छन् र मेरो परिवार को अपमान गर्छन्! तिनीहरूलाई तुरुन्तै मेरो घरबाट निकालिनुपर्छ। म तिनीहरूलाई चाहन्‍नँ। म एक सेकेन्ड समेत ढिलो भएको सहनेछैनँ! ती मानिसहरूले जसरी खोजी गरे पनि त्यो व्यर्थ हुन्छ, किनभने मेरो राज्यमा सबै हरेक किसिमले पवित्र र निष्खोट छन्। यदि म कसैलाई चाहन्‍नँ भनी भन्छु भने—र त्यसमा मेरा आफ्‍नै मानिसहरू पनि पर्छन्—मैले त्यो साँच्‍चै भनेको हुन्छु; मैले मेरो मन परिवर्तन गर्छु कि भनेर नपर्खी। तँ पहिले मप्रति कति असल थिइस्, मलाई त्यसको मतलब छैन!

म तिमीहरूलाई हरेक दिन रहस्यहरू प्रकट गर्छु। के तिमीहरूलाई मेरो बोल्‍ने शैली थाहा छ? मैले मेरा रहस्यहरू प्रकट गर्ने आधार के हो? के तिमीहरूलाई थाहा छ? म बारम्‍बार भन्‍ने गर्छु, म तिमीहरूको निम्ति ठीक समयमा जुटाउने परमेश्‍वर हुँ, त्यसो भए तिमीहरूले यी पक्षहरूलाई कसरी बुझ्छौ? म मेरो काम का चरणहरू अनुसार तिमीहरूलाई एक-एक गरी मेरा रहस्यहरू खुलासा गर्छु, र म तिमीहरूलाई मेरो योजना अनुसार प्रदान गर्छु, अनि अझै बढी तिमीहरूको वास्तविक कद अनुसार प्रदान गर्छु (जब-जब मेरो प्रबन्धको बारेमा उल्‍लेख गरिन्छ, यो मेरो राज्यको हरेक व्यक्तिसँग सम्‍बन्धित कुरा हो)। मेरो बोल्‍ने शैली यस्तो छ: मेरो घरका मानिसहरूलाई म सान्त्वना दिन्छु—म तिनीहरूका निम्ति जुटाउँछु र म तिनीहरूको न्याय गर्छु; शैतानको लागि, म कुनै कृपा देखाउँदिनँ, अलिकति पनि देखाउँदिनँ, र सबै क्रोध र ज्वाला मात्र हुन्छ। मैले पूर्वनियुक्ति नगरेका वा नचुनेका मानिसहरूलाई म मेरा प्रशासनिक आदेशहरूले मेरो घरबाट एक-एक गरी निकाल्‍नेछु। चिन्तित हुनुपर्ने कुनै कारण छैन। मैले तिनीहरूलाई तिनीहरूको खास रूप प्रकट गर्न लगाएपछि (तिनीहरूले मेरा पुत्रहरूलाई सेवा दिइसकेर अन्त्य आएपछि), तिनीहरू अतल कुण्‍डमा फर्कनेछन्, नत्र म यस मामलालाई कहिल्यै थाती राख्दिनँ र कहिल्यै जान दिनेछैनँ। मानिसहरूले प्रायजसो नरक र पातालको बारेमा उल्लेख गर्छन्। तर यी दुई शब्दले के बुझाउँछन् र ती दुई बीच के भिन्नता छ? के तिनले साँच्चै केही चिसो, अँध्यारो कुनालाई जनाउँछन्? मानिसको दिमागले जहिले पनि उनीहरूको आफ्नै अनियमित सोच-विचारहरू अति नै उत्तम छ भन्ने सोचेर मेरो व्यवस्थापनमा बाधा पुर्‍याइरहेको छ! तर ती तिनीहरूका आफ्नै कल्पना बाहेक अरू केही होइनन्। पाताल र नरक दुवैले फोहोरको मन्दिरलाई जनाउँछ जहाँ पहिले शैतान वा दुष्टात्मा बस्थे। भन्नुको अर्थ, पहिले ज-जसमा शैतान वा दुष्टात्माहरूले ठाउँ ओगटेको थियो—तिनीहरू नै पाताल हुन् र नरक पनि तिनीहरू नै हुन्—त्यसमा कुनै गल्ती छैन! यसैकारण मैले विगतमा म फोहोरको मन्दिरमा बस्दिनँ भनी बारम्बार जोड दिएको छु। के म (परमेश्‍वर स्वयम्‌) पातालमा, वा नरकमा बस्न सक्छु? के यो हास्यास्पद मूर्खता हुनेछैन र? मैले यो धेरै पटक भनेको छु, तर तिमीहरू अझै पनि मैले भनेको कुरा बुझ्दैनौं। नरकको तुलनामा पाताललाई शैतानले अझ बढी भ्रष्ट पारेको हुन्छ। ती मानिसहरू जो पातालका लागि हुन् तिनीहरूको अवस्था सबैभन्दा गम्भीर हुन्छ, र मैले यी मानिसहरूलाई पूर्वनियुक्ति गरेको छैनँ; जुन मानिसहरू नरकको लागि हुन् तिनीहरू मैले पूर्वनियुक्त गरेको, र त्यसपछि हटाइएका मानिसहरू। सरल शब्दमा भन्दा, मैले यी मानिसहरूमध्ये एकै जनालाई पनि चुनेको छैनँ।

मानिसहरूले प्रायजसो मेरा वचनहरूलाई गलत रूपले बुझ्‍नमा आफू विज्ञ रहेको जनाउँछन्। यदि मैले स्पष्ट रूपमा औँल्याइन र एक-एक गरी कुराहरूलाई स्पष्ट पारिनँ भने, तिमीहरूमध्ये कसले बुझ्‍नेथियौ? मैले बोल्‍ने वचनहरूलाई समेत तिमीहरूले आधा मात्रै विश्‍वास गर्छौ, पहिले उल्‍लेख गरिए का कुराहरूको बारेमा त उल्‍लेख नै नगरौं। अब, सबै राष्ट्रहरूभित्र आन्तरिक विवादहरू सुरु भएका छन्: मजदुरहरू नेताहरूसँग विवाद गर्दैछन्, विद्यार्थीहरू शिक्षकहरूसँग, जनता सरकारी अधिकारीहरूसँग विवाद गर्दैछन्, र यस्ता अशान्ति पैदा गर्ने सबै क्रियाकलापहरू सुरुमा हरेक राष्ट्रमा पैदा हुन्छन्, र यो सबै मलाई दिइने सेवाको भाग मात्रै हो। अनि म किन यी कुराहरूद्वारा मलाई सेवा गरिन्छ भनेर भन्छु? के मानिसहरूको दुर्दशा हुँदा म खु सी हुन्छु? म केही नसुनी बस्छु? अवश्य होइन! किनभने यो त आफ्‍नो मृत्युको वेदनामा शैतानले अचानक आक्रमण गरेको हो, र यी सबै कुराको उद्देश्‍य भनेको नकारात्मक कुरालाई मेरो शक्ति र मेरा अचम्‍मका कार्यहरूको प्रतिभारको रूपमा काम गर्ने तुल्याउनु हो। यो सबै मेरो निम्ति गवाही दिने दह्रिलो साक्षी र शैतानलाई आक्रमण गर्ने हतियार हो। जब संसारका सबै राष्ट्रहरू भूमि र प्रभावको लागि लडाइ गरिरहे का हुन्छन्, तब मेरा ज्येष्ठ पुत्रहरू र म सँगै मिलेर राजाहरूका रूपमा शासन गर्नेछौं र तिनीहरूको निराकरण गर्नेछौं, अनि यस्तो खेदलाग्दो वातावरण सम्‍बन्धी अवस्थाहरूमा, मेरो राज्य मानिसको बीचमा पूर्ण रूपमा पूरा भएको छ भन्‍ने कुरा तिनीहरूको कल्‍पनाभन्दा बिलकुल बाहिरको कुरा हुन्छ। यसको साथै, जब तिनीहरूले शक्तिको लागि होड गरिरहेका र अरूलाई न्याय गर्ने चाहना गरिरहेका बेला, अरूले तिनीहरूको न्याय गर्नेछन् र तिनीहरू मेरो क्रोधले जल्छन्—कस्तो दयनीय! कस्तो दयनीय! मानिसको बीचमा मेरो राज्य प्रकट भएको छ—यो कस्तो वैभवपूर्ण घटना!

मानव भएर (चाहे मेरो राज्यका मानिसहरू होऊन् वा शैतानका सन्तान होऊन्), तिमीहरू सबैले मेरा अचम्‍मका कामहरू हेर्नुपर्छ, नत्र म यो मामलालाई कहिल्यै पनि थाती राख्‍नेछैनँ। यदि तँ मेरो न्याय स्वीकार गर्न इच्‍छुक भए पनि, मेरा अचम्‍मका कामहरू हेरेको छैनस् भने यसले काम गर्नेछैन। सबै मानिसहरू मेरो हृदयद्वारा वचन र दृश्य दुवैमा विश्‍वस्त हुनुपर्छ, अनि कसैलाई पनि हलकासाथ छोड्न सकिँदैन। सबै मानिसहरूले मलाई महिमा दिनुपर्छ। अन्त्यमा, म ठूलो रातो अजिङ्गरलाई समेत खडा भएर मेरो विजयको लागि प्रशंसा ग गर्न लगाउनेछु। यो मेरो प्रशासनिक आदेश हो—के तँ यस कुरालाई याद गर्नेछस्? सबै मानिसहरूले मलाई अटुट रूपमा प्रशंसा गर्नुपर्छ र मलाई महिमा दिनुपर्छ!

अघिल्लो: अध्याय ८९

अर्को: अध्याय ९१

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्