देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको दायित्व बीचको भिन्नता

तिमीहरूले परमेश्‍वरको कार्यका दर्शनहरूलाई जान्‍नैपर्छ र उहाँको कार्यको सामान्य निर्देशनलाई बुझ्‍नैपर्छ। यो सकारात्मक प्रवेश हो। तँ दर्शनहरूको सत्यतामाथि विशुद्ध रूपमा पारङ्गत भइसकेपछि, तेरो प्रवेश सुरक्षित रहनेछ; परमेश्‍वरका कार्यहरू जति नै परिवर्तन भएतापनि, तँ आफ्नो हृदयमा स्थिर रहनेछस्, दर्शनहरूका बारेमा स्पष्ट हुनेछस्, र आफ्नो प्रवेश र आफ्नो खोजीप्रति तेरो एउटा लक्ष्य हुनेछ। यसरी, तँभित्रका सारा अनुभव र ज्ञान अझै गहिरो भएर बढ्नेछन्‌ र अझै विस्तृत हुनेछन्‌। तैँले पूर्ण रूपमा समग्र चित्रलाई बुझेपछि, तैँले जीवनमा कुनै पनि नोकसानीहरूलाई भोग्नु पर्नेछैन, न त तँ बाटो बिराएर नै जानेछस्। यदि तैँले कार्यका यी कदमहरूलाई जानेको छैनस् भने, तैँले हरेक कदममा नोकसानी भोग्नुपर्नेछ, र सबै कुराहरूलाई मिलाउनको लागि तँलाई धेरै दिन लाग्नेछ, न त तँ केही हप्तापछि नै सहि मार्गमा आउन सक्नेछस्। के यसले विलम्ब गराउनेछैन र? तिमीहरूले पूर्ण रूपमा पारङ्गत हुनुपर्ने सकारात्मक प्रवेश र अभ्यासको मार्गमा धेरै कुराहरू छन्। परमेश्‍वरको कार्यका दर्शनहरूको बारेमा कुरा गर्दा, तैँले निम्न बुँदाहरूलाई बुझ्‍नैपर्छ: विजयको सम्बन्धमा उहाँको कार्यको महत्त्व, सिद्ध पारिँदै गरिएको भविष्यको मार्ग, परीक्षाहरू र सङ्कष्टहरूलाई अनुभव गरेर प्राप्त गर्नैपर्ने कुरा, न्याय र सजायको महत्त्व, पवित्र आत्माको कार्यको पछाडि रहेका सिद्धान्तहरू, र सिद्धता र विजयको पछाडि रहेका सिद्धान्तहरू। यी सबै कुराहरू दर्शनहरूको सत्यतामा पर्छन्। बाँकी व्यवस्थाको युग, अनुग्रहको युग, र राज्यको युगमा भएको कार्यका तीन चरणहरूको साथै भविष्यको गवाही हुन्। यी पनि दर्शनहरूको सत्यता हुन्, र ती सबैभन्दा आधारभूत हुनुको साथै सबैभन्दा महत्त्वपूर्ण कुराहरू हुन्। वर्तमानमा, तिमीहरूले प्रवेश गर्नुपर्ने र अभ्यास गर्नुपर्ने धेरै कुराहरू छन्, र अहिले यो अझै गहन र अझै विस्तृत छ। यदि तँसँग यी सत्यताहरूको बारेमा कुनै ज्ञान छैन भने, तैँले प्रवेशलाई अझै प्राप्त गर्न बाँकी नै छ भन्ने कुरालाई यसले प्रमाणित गर्छ। धेरैजसो समयमा, सत्यता सम्बन्धी मानिसहरूको ज्ञान अत्यन्तै सतही हुन्छ; निश्चित आधारभूत सत्यताहरूलाई अभ्यास गर्न तिनीहरू असक्षम हुन्छन् र सानातिना कुराहरूलाई कसरी सम्हाल्ने भन्ने कुरा समेत तिनीहरू जान्दैनन्। मानिसहरूले सत्यतालाई व्यवहारमा प्रयोग गर्न नसक्नुको कारण के हो भने तिनीहरूको स्वभाव विद्रोही छ, र आजको कार्यसम्बन्धी तिनीहरूको ज्ञान अत्यन्तै सतही र एकतर्फी छ। तसर्थ, मानिसहरूको लागि सिद्ध बनाइनु त्यति सजिलो कार्य होइन। तँ अत्यन्तै बढी विद्रोही छस्, र तैँले धेरै मात्रामा आफ्नो पुरानो स्वभावलाई कायम राख्छस्; तँ सत्यताको पक्षमा खडा हुन सक्दैनस्, र तँ सबैभन्दा स्पष्ट सत्यताहरूलाई समेत अभ्यास गर्न सक्दैनस्। यस्ता मानिसहरूलाई बचाउन सकिँदैन र तिनीहरू विजय नगरिएका मानिसहरू हुन्। यदि तेरो प्रवेशसँग न त कुनै विवरण छ न त कुनै उद्देश्यहरू छन्‌ भने, तँमा वृद्धि आउन निकै विलम्ब हुनेछ। यदि तेरो प्रवेशमा अलिकति पनि वास्तविकता छैन भने, तेरो खोजी व्यर्थ हुनेछ। यदि तँ सत्यताको सारतत्त्वको बारेमा अनभिज्ञ छस् भने, तँ अपरिवर्तित नै रहनेछस्। वास्तविकतामा प्रवेश गरेर, र यस अतिरिक्त, विस्तृत अनुभवहरूमा प्रवेश गरेर मानिसको जीवनमा वृद्धि र उसको स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ। यदि तेरो प्रवेशको बेला तैँले धेरै विस्तृत अनुभवहरू प्राप्त गरेको छस् भने, र तँसँग धेरै वास्तविक ज्ञान र प्रवेश छ भने, स्वभाव तुरुन्तै परिवर्तन हुनेछ। यदि, वर्तमानमा, तँ अभ्यासको बारेमा पूर्ण रूपमा स्पष्ट छैनस् भने पनि, तँ कम्तीमा पनि परमेश्‍वरको कार्यका दर्शनहरूको बारेमा स्पष्ट हुनुपर्छ। अन्यथा, तँ प्रवेशको लागि असमर्थ हुनेछस्; तैँले सत्यताको ज्ञान प्राप्त गरिसकेपछि मात्रै प्रवेश सम्भव हुन्छ। यदि पवित्र आत्माले तँलाई तेरो अनुभवमा अन्तर्दृष्टि दिनुहुन्छ भने मात्रै तैँले सत्यताको गहन बुझाइलाई, र गहन प्रवेशलाई प्राप्त गर्नेछस्। तिमीहरूले परमेश्‍वरको कार्यलाई बुझ्‍नैपर्छ।

सुरुमा, मानिस जातिको सृष्टिपछि, इस्राएलीहरूले परमेश्‍वरको कार्यको आधारको रूपमा सेवा गरे। सारा इस्राएल नै पृथ्वीमा यहोवाको कार्यको आधार बने। यहोवाको कार्य भनेको व्यवस्था स्थापित गरेर मानिसलाई प्रत्यक्ष रूपमा नेतृत्व गर्नु र गोठाला गर्नु थियो, ताकि पृथ्वीमा मानिसले सामान्य जीवन जिउन सकोस् र यहोवालाई सामान्य तरिकाले आराधना गर्न सकोस्। व्यवस्थाको युगमा परमेश्‍वरलाई मानवद्वारा न त देख्न सकिन्थ्यो न त छुन सकिन्थ्यो। शैतानद्वारा भ्रष्ट गरिएका प्रारम्भिक मानिसहरूलाई शिक्षा दिँदै र तिनीहरूलाई गोठाला गर्दै उहाँले अगुवाइ मात्रै गर्नुभएको हुनाले, उहाँको वचनमा व्यवस्थाहरू, विधिविधानहरू, र मानव आचरणका मूल्य-मान्यताहरू मात्रै समावेश थिए, र यसले तिनीहरूलाई जीवनका सत्यताहरू प्रदान गरेन। उहाँको नेतृत्व अन्तर्गत रहेका इस्राएलीहरू शैतानद्वारा गहन रूपमा भने भ्रष्ट गरिएका थिएनन्। उहाँको व्यवस्थाको कार्य मुक्तिको कार्यको केवल प्रथम चरण, मुक्तिको कार्यको केवल सुरुवात मात्रै थियो, र मानिसको जीवन आचरणको परिवर्तनसँग व्यवहारिक रूपमा यसको कुनै सम्बन्ध नै थिएन। त्यसकारण, मुक्तिको कार्यको सुरुवातमा उहाँले इस्राएलमा गर्नुभएको कार्यको लागि देह धारण गर्नुपर्ने कुनै आवश्यकता थिएन। यही कारणले गर्दा, मानिससँग संलग्न हुनको लागि उहाँलाई एउटा माध्यम—एउटा औजार—को आवश्यकता पर्यो। तसर्थ, सृष्टि गरिएका प्राणीहरूका बीचमा यहोवाको लागि बोल्ने र कार्य गर्नेहरूको उदय भयो, जसले गर्दा, मानिसका पुत्रहरू र अगमवक्ताहरू मानिसहरूका बीचमा कार्य गर्न आए। मानिसका पुत्रहरूले मानिसहरूका बीचमा यहोवाको तर्फबाट कार्य गरे। यहोवाद्वारा “मानिसका पुत्रहरू” भनेर बोलाइनुको अर्थ यहोवाको तर्फबाट यस्ता मानिसहरूले व्यवस्थालाई स्थापित गरे भन्ने हो। इस्राएलका मानिसहरूका बीचमा तिनीहरू पूजाहारीहरू पनि थिए, यहोवाद्वारा रेखदेख गरिएका र सुरक्षा दिइएका पूजाहारीहरू, र जसमा यहोवाको आत्माले कार्य गर्नुहुन्थ्यो; तिनीहरू मानिसहरूका बीचमा रहेका अगुवाहरू थिए र तिनीहरूले प्रत्यक्ष रूपमा यहोवाको सेवा गर्थे। अर्कोतर्फ, अगमवक्ताहरू सारा भूमिका र जातिका मानिसहरूसँग यहोवाको तर्फबाट बोल्ने कार्यप्रति समर्पित थिए। तिनीहरूले यहोवाको कार्यको बारेमा अगमवाणी पनि गर्थे। चाहे तिनीहरू मानिसका पुत्रहरू होऊन्‌ वा अगमवक्ताहरू होऊन्‌, तिनीहरू सबै स्वयम्‌ यहोवाको आत्माद्वारा खडा गरिए र तिनीहरूमा यहोवाको कार्य थियो। मानिसहरूका बीचमा, यहोवालाई प्रत्यक्ष रूपमा प्रतिनिधित्व गर्नेहरू तिनीहरू नै थिए; तिनीहरू यहोवाद्वारा खडा गरिएका हुनाले मात्रै तिनीहरूले आफ्ना कार्य गरे र स्वयम् पवित्र आत्मा देहधारी हुनुभएको देह तिनीहरूसँग भएको हुनाले होइन। त्यसकारण, परमेश्‍वरको तर्फबाट बोल्नमा र कार्य गर्नमा तिनीहरू उस्तै भएतापनि, व्यवस्थाको युगमा मानिसका पुत्रहरू र अगमवक्ताहरू देहधारी परमेश्‍वरका देह थिएनन्। अनुग्रहको युगमा र अन्तिम चरणमा परमेश्‍वरको कार्य ठीक विपरीत थियो, किनकि मुक्तिको कार्य र मानिसको न्याय दुवै स्वयम् देहधारी परमेश्‍वरले गर्नुभयो, र उहाँको तर्फबाट कार्य गर्नको लागि अगमवक्ताहरू र मानिसका पुत्रहरू खडा गर्ने अब फेरि कुनै आवश्यकता परेन। मानिसको नजरमा, तिनीहरूको कार्यको सारतत्त्व र विधिको बीचमा कुनै उल्लेखनीय भिन्नताहरू छैनन्। अनि यही कारणले गर्दा मानिसहरूले निरन्तर रूपमा देहधारी परमेश्‍वरको कार्यलाई अगमवक्ताहरू र मानिसका पुत्रहरूको कार्यसँग अन्योल पैदा गर्दै हुन्छन्। देहधारी परमेश्‍वरको रूप र अगमवक्ताहरू तथा मानिसका पुत्रहरूको रूप आधारभूत रूपमा उस्तै थियो। अनि देहधारी परमेश्‍वर अगमवक्ताहरूभन्दा अझै सामान्य र अझै वास्तविक हुनुहुन्थ्यो। यसरी, उहाँहरूबीचको भिन्नता छुट्याउन मानिस असमर्थ छ। मानिसले केवल रूपमा मात्रै ध्यान दिन्छ, कार्य गराइ र बोलाइमा यी दुई उस्तै भएतापनि, तिनीहरूका बीचमा तात्त्विक भिन्नता छ भन्ने बारेमा मानिस पूर्ण रूपमा अनभिज्ञ छ। उस्तै देखिने कुराहरूका बीचमा रहेको भिन्नतालाई बताउने मानिसको क्षमता अत्यन्तै कमजोर भएको हुनाले, उसले सामान्य कुराहरूका बीचमा रहेको भिन्नतालाई छुट्याउन असमर्थ हुन्छ, अति जटिल कुनै कुराको बारेमा त कुरै नगरौं। जब पवित्र आत्माद्वारा प्रयोग गरिएका यी अगमवक्ताहरू र मानिसहरूले बोले र कार्य गरे, यो मानिसका दायित्वहरूलाई अघि बढाउनको लागि थियो, सृष्टि गरिएको प्राणीको प्रकार्यलाई पूरा गर्नको लागि थियो, र यो मानिसले गर्नुपर्ने कार्य थियो। तैपनि, देहधारी परमेश्‍वरका वचनहरू र कार्य भनेको उहाँको सेवकाइलाई अघि बढाउनु थियो। उहाँको बाहिरी रूप सृष्टि गरिएको प्राणीको जस्तो थियो, तैपनि उहाँको कार्य भनेको आफ्नो प्रकार्यलाई होइन तर आफ्नो सेवकाइलाई अघि बढाउनु थियो। सृष्टि गरिएका प्राणीहरूको हकमा “दायित्व” भन्ने शब्दको प्रयोग गरिन्छ, तर देहधारी परमेश्‍वरको देहको हकमा भने “सेवकाइ” भन्ने शब्दको प्रयोग गरिन्छ। यी दुईको बीचमा एउटा अपरिहार्य भिन्नता रहेको छ; यिनलाई एक-अर्कासँग प्रतिस्थापन गर्न सकिँदैन। मानिसको कार्य भनेको केवल आफ्नो दायित्वलाई पूरा गर्नु हो भने, परमेश्‍वरको कार्य भनेको आफ्नो सेवकाइलाई व्यवस्थापन गर्नु, र अघि बढाउनु हो। त्यसकारण, धेरै प्रेरितहरू पवित्र आत्माद्वारा प्रयोग गरिएका भएतापनि र धेरै अगमवक्ताहरू उहाँद्वारा भरिएका भएतापनि, तिनीहरूको कार्य र वचनहरू भनेका सृष्टि गरिएका प्राणीहरूका रूपमा रहेको आफ्नो दायित्वलाई पूरा गर्नु मात्रै थियो। तिनीहरूका अगमवाणीहरूले देहधारी परमेश्‍वरद्वारा बोलिएको जीवनको मार्गलाई नाघेका हुन सक्थे, र तिनीहरूको मानवत्वले देहधारी परमेश्‍वरको मानवत्वलाई अझै नाघेको हुन सक्थ्यो, तर तिनीहरूले अझै आफ्नो दायित्व पूरा गर्दै थिए, र सेवकाइलाई पूरा गर्दै थिएनन्। मानिसको दायित्वले मानिसको प्रकार्यलाई जनाउन सक्छ; मानिसद्वारा प्राप्त गरिने कुरा पनि यही नै हो। तैपनि, देहधारी परमेश्‍वरद्वारा अघि बढाइएको सेवकाइ उहाँको व्यवस्थापनसँग सम्बन्धित छ, र यो मानवद्वारा प्राप्त गरिँदैन। देहधारी परमेश्‍वरले चाहे बोल्नुहुन्छ, चाहे कार्य गर्नुहुन्छ, वा चाहे जे-जस्ता आश्चर्यका कुराहरू प्रकट गर्नुहुन्छ, उहाँले आफ्नो व्यवस्थापनभित्र रहेर नै महान् कार्य गर्दै हुनुहुन्छ, र उहाँको सट्टामा त्यस किसिमको कार्य मानिसद्वारा गर्न सकिँदैन। मानिसको कार्य भनेको परमेश्‍वरको व्यवस्थापनको कार्यको निश्चित चरणमा रहेर सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो दायित्वलाई पूरा गर्नु मात्रै हो। परमेश्‍वरको व्यवस्थापन नभएको भए, अर्थात्, यदि देहधारी परमेश्‍वरको सेवकाइ हराएको भए, सृष्टि गरिएको प्राणीको दायित्व हराउने थियो। आफ्नो सेवकाइलाई अघि बढाउनको लागि परमेश्‍वरले गर्ने कार्य मानिसलाई व्यवस्थापन गर्नको लागि हो, जबकी मानिसले निभाउने आफ्नो दायित्व भनेको सृष्टिकर्ताका मागहरूलाई पूरा गर्न उसको दायित्व निभाउनु हो, र आफ्नै सेवकाइलाई अघि बढाउने विचार गर्ने कुरा कुनै पनि हालतमा हुन सक्दैन। परमेश्‍वरको अन्तर्निहित सारतत्त्वको लागि—उहाँको आत्माको लागि—परमेश्‍वरको कार्य भनेको उहाँको व्यवस्थापन नै हो, तर सृष्टि गरिएको प्राणीको बाहिरी रूपलाई धारण गर्नुहुने देहधारी परमेश्‍वरको लागि, उहाँको कार्य भनेको आफ्नो सेवकाइलाई अघि बढाउनु हो। उहाँले गर्नुहुने जेसुकै कार्य भनेको आफ्नो सेवकाइलाई अघि बढाउनको लागि हो; मानिसले गर्न सक्ने भनेको परमेश्‍वरको व्यवस्थापनको क्षेत्राधिकारभित्र र उहाँको मार्गदर्शनको अन्तर्गत रही सक्दो प्रयास गर्नु मात्रै हो।

वास्तविकतामा, मानिसले पूरा गर्ने आफ्नो दायित्व भनेको मानिसभित्र अन्तर्निहित रहेका सबै कुराहरूको उपलब्धि हो, भन्नुको अर्थ, जुन कुरा मानिसको लागि सम्भव छ। त्यसपछि उसको दायित्व पूरा हुन्छ। आफ्नो सेवाको अवधिमा देखिने मानिसका कमजोरीहरू प्रगतिशील अनुभव र न्यायबाट भएर जानु पर्ने प्रक्रियामार्फत‌ विस्तारै घटाइन्छन्‌; तिनले मानिसको दायित्वलाई वाधा दिँदैन वा प्रभाव पार्दैन। आफ्नो सेवामा कमजोरीहरू हुन सक्छन् भन्ने डरले सेवा गर्न वा परिणाम ल्याउन छोड्ने र पछि हट्ने मानिसहरू नै सबैभन्दा कायरहरू हुन्। यदि मानिसहरूले सेवाको अवधिमा व्यक्त गर्नुपर्ने कुरालाई व्यक्त गर्न सक्दैनन् वा तिनीहरूको लागि सम्भव भएका कुराहरूलाई अन्तर्निहित रूपमा तिनीहरूले उपलब्धि गर्न सक्दैनन्, र यसको सट्टामा समय बरबाद गर्छन् र आलटाल मात्रै गर्छन् भने, तिनीहरूले सृष्टि गरिएको प्राणीमा हुनुपर्ने कार्यगत प्रकार्यलाई गुमाएका हुन्छन्। त्यस्ता मानिसहरू “मध्यम-स्तरीय” भनेर चिनिन्छन्‌; तिनीहरू कार्य नलाग्ने रद्दी हुन्। त्यस्ता मानिसहरूलाई कसरी उचित रूपमा सृष्टि गरिएका प्राणीहरू भन्न सकिन्छ? के तिनीहरू भ्रष्ट प्राणीहरू होइनन् र, जो बाहिर चम्कन्छन् तर भित्र कुहिएका हुन्छन्? यदि कुनै मानिसले आफैलाई परमेश्‍वर हुँ भनी भन्छ तैपनि ईश्‍वरत्वलाई व्यक्त गर्न, स्वयम्‌ परमेश्‍वरको कार्य गर्न, वा परमेश्‍वरलाई प्रतिनिधित्व गर्न असक्षम हुन्छ भने, ऊ निःसन्देह नै परमेश्‍वर होइन, किनकि ऊसँग परमेश्‍वरको सारतत्त्व छैन, र जुन कुरा परमेश्‍वरले अन्तर्निहित रूपमा प्राप्त गर्न सक्नुहुन्छ त्यो ऊभित्र अस्तित्वमा हुँदैन। यदि मानिसले ऊद्वारा अन्तर्निहित रूपमा नै प्राप्त गर्न सकिने कुरालाई गुमाउँछ भने, उसलाई अब उप्रान्त मानिस भन्न सकिँदैन, र ऊ सृष्टि गरिएको प्राणीको रूपमा खडा हुन वा परमेश्‍वरको अघि आउन र उहाँको सेवा गर्न योग्य हुँदैन। यसको साथै, परमेश्‍वरको अनुग्रह ग्रहण गर्न वा उहाँको हेरचाह पाउन, सुरक्षा प्राप्त गर्न, र परमेश्‍वरद्वारा सिद्ध गरिन ऊ योग्यको हुँदैन। परमेश्‍वरको भरोसालाई गुमाएका धेरैले परमेश्‍वरको अनुग्रहलाई पनि गुमाउन पुग्छन्। तिनीहरूले आफ्ना दुष्कर्महरूलाई घृणा मात्रै गर्दैनन्, तर तिनीहरूले परमेश्‍वरको मार्ग गलत छ भन्ने विचारलाई निर्धक्कसाथ प्रचार गर्छन्, र विद्रोहीहरूले त परमेश्‍वरको अस्तित्वलाई समेत इन्कार गर्छन्। त्यस किसिमको विद्रोहले भरिएका त्यस्ता मानिसहरू परमेश्‍वरको अनुग्रहको आनन्द लिनका लागि कसरी हकदार बन्न सक्छन्? आफ्नो दायित्वलाई पूरा नगर्ने मानिसहरू परमेश्‍वरको विरुद्धमा अत्यन्तै विद्रोही हुन्छन्, र उहाँप्रति धेरै ऋणी हुन्छन्, तैपनि तिनीहरू पछि फर्कन्छन् र परमेश्‍वर नै गलत हुनुहुन्छ भनेर तीखो आलोचना गर्छन्। त्यस किसिमको मानिस कसरी सिद्ध बनाइनको लागि योग्य हुनसक्छ? के यो हटाइनु र दण्डित हुनुको अग्रिम लक्षण होइन र? परमेश्‍वरको अघि आफ्नो दायित्वलाई पूरा नगर्ने मानिसहरू पहिले नै अति दुष्ट अपराधको दोषी भइसकेका हुन्छन्, जसको निम्ति मृत्यु समेत पनि अपर्याप्त दण्ड हुन्छ, तैपनि परमेश्‍वरसँग तर्क गर्ने र उहाँको विरुद्धमा आफै जोरी खोज्ने आँट तिनीहरूसँग छ। त्यस्ता मानिसहरूलाई सिद्ध पार्नुको औचित्य के छ र? जब मानिसहरू आफ्नो दायित्व पूरा गर्न असफल हुन्छन्, तिनीहरूले दोषी र ऋणी भएको महसुस गर्नुपर्छ; तिनीहरूले आफ्ना कमजोरी र अनुपयोगितालाई, आफ्ना विद्रोह र भ्रष्टतालाई घृणा गर्नुपर्छ, र अझ अधिक, परमेश्‍वरलाई आफ्नो जीवन दिनुपर्छ। त्यसपछि मात्रै तिनीहरू परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्ने सृष्टि गरिएका प्राणीहरू हुन्छन्‌, र त्यस्ता मानिसहरू मात्रै परमेश्‍वरका आशिषहरू र प्रतिज्ञामा रमाउनका लागि, र उहाँद्वारा सिद्ध बनाइनका लागि योग्य हुन्छन्। अनि तिमीहरूमध्ये अधिकांश कस्ता छौ? तिमीहरूका बीचमा जिउनुहुने परमेश्‍वरलाई तिमीहरूले कस्तो व्यवहार गर्छौ? उहाँको सामुन्ने तिमीहरूले आफ्नो दायित्वलाई कसरी निभाएका छौ? के तिमीहरूलाई जे गर्नको लागि बोलाइएको थियो, तिमीहरूले आफ्नै जीवनको बाजी समेत राखेर, ती सबै पूरा गरेका छौ? तिमीहरूले के बलिदान दिएका छौ? के तिमीहरूले मबाट धेरै कुरा पाएका छैनौ र? के तिमीहरूले छुट्याउन सक्छौ? तिमीहरू मप्रति कति निष्ठावान् छौ? तिमीहरूले मलाई कसरी सेवा गरेका छौ? अनि मैले तिमीहरूलाई जे दिएको छु र तिमीहरूका लागि मैले जे गरेको छु, त्यसको बारेमा के? के तिमीहरूले यी सबै कुराहरूलाई नापेका छौ? के तिमीहरू सबैले तिमीहरूभित्र भएको थोरै विवेकसँग यसलाई मूल्याङ्कन र तुलना गरेका छौ? तिमीहरूका वचनहरू र कार्यहरू कसको योग्य हुनसक्छ? के तिमीहरूले गरेको त्यति सानो बलिदान मैले तिमीहरूलाई दिएका सबै कुराको योग्य हुनसक्छ? मसँग अरू कुनै विकल्प छैन र तिमीहरूप्रति म पूर्ण हृदयले समर्पित भएको छु, तैपनि तिमीहरूले मप्रति दुष्ट अभिप्रायहरू राखेका छौ र मप्रति अर्ध हृदयका भएका छौ। तिमीहरूको दायित्वको हद, तिमीहरूको एउटै मात्र कार्य त्यही नै हो। के यस्तै होइन र? तिमीहरू सृष्टि गरिएको प्राणीको दायित्वलाई पूरा गर्न पूर्ण रूपमा असफल भएका छौ भन्ने कुरा के तिमीहरूलाई थाहा छैन? तिमीहरूलाई कसरी सृष्टि गरिएको प्राणीको रूपमा लिन सकिन्छ? तिमीहरूले जे व्यक्त गर्दैछौ र जसरी जीवन बिताउँदैछौ त्यो तिमीहरूलाई स्पष्ट नै छैन र? तिमीहरू आफ्नो दायित्व पूरा गर्न असफल भएका छौ, तर तिमीहरू परमेश्‍वरको सहिष्णुता र प्रशस्त अनुग्रह प्राप्त गर्न खोज्छौ। त्यस किसिमको अनुग्रह तिमीहरू जस्ता अनुपयोगी र नीचहरूका लागि तयार गरिएको होइन, तर तिनको लागि हो जसले केही पनि माग्दैनन्‌ र खुसीसाथ बलिदान दिन्छन्‌। तिमीहरू जस्ता मानिसहरू, यस्ता मध्यम-स्तरीयहरू, स्वर्गको अनुग्रहको आनन्द उपभोग गर्न पूर्ण रूपमा अयोग्य छौ। तिमीहरूका दिनहरूलाई कठिनाइ र अनन्त दण्डले साथ दिनेछन्‌! यदि तिमीहरू मप्रति विश्‍वासयोग्य हुन सक्दैनौ भने, तिमीहरूको नियति कष्टको हुनेछ। यदि तिमीहरू मेरा वचनहरू र मेरो कार्यप्रति जबाफदेही हुन सक्दैनौ भने, तिमीहरूको परिणाम दण्डको नै हुनेछ। राज्यका सारा अनुग्रह, आशिषहरू, र सुन्दर जीवनले तिमीहरूसँग कुनै सरोकार राख्‍नेछैनन्‌। तिमीहरूले पाउन योग्य अन्त्य र तिमीहरू आफैले निम्त्याएको परिणाम यही नै हो! अज्ञानता र अहङ्कार भएकाहरूले सक्दो प्रयास नगर्ने मात्र होइन, आफ्नो दायित्व पूरा नगर्ने मात्रै होइन, तिनीहरूले अनुग्रहको लागि आफ्ना हातहरू समेत पसार्छन्‌, मानौं तिनीहरूले मागेको कुरा पाउन तिनीहरू योग्य छन्। अनि यदि तिनीहरूले आफूले मागेको कुरा प्राप्त गर्न असफल भए भने, तिनीहरू अझै कम विश्‍वासयोग्य बन्छन्। त्यस्ता मानिसहरूलाई कसरी उचित मान्न सकिन्छ? तिमीहरू कमजोर क्षमता भएका र तर्करहित छौ, व्यवस्थापनको कार्यको अवधिमा तिमीहरूले पूरा गर्नुपर्ने दायित्वलाई पूरा गर्न तिमीहरू पूर्ण रूपमा असक्षम छौ। तिमीहरूको मूल्य पहिले नै गिरिसकेको छ। त्यस्तो अनुग्रह तिमीहरूलाई देखाएकोमा तिमीहरूले मलाई तिर्नुपर्ने मूल्य तिर्ने तिमीहरूको असफलता आफैमा पनि एउटा चरम विद्रोह हो, तिमीहरूलाई दोषी ठहर्याउन र तिमीहरूको कायरता, असक्षमता, नीचता, र अयोग्यतालाई देखाउनको लागि त्यही नै पर्याप्त छ। तिमीहरूलाई आफ्नो हात फैलाउनको लागि केले हकदार बनाउँछ? कि तिमीहरू मेरो कार्यको लागि थोरै पनि सहयोगी हुन असमर्थ हुनु, निष्ठावान् हुन असमर्थ हुनु, र मेरो लागि साक्षीको रूपमा खडा हुन असमर्थ हुनु नै तिमीहरूको दुष्कर्महरू र असफलताहरू हुन्, तैपनि तिमीहरूले यसको सट्टा मलाई आक्रमण गर्छौ, मेरो बारेमा झूटा कुरा गर्छौ, र म अधार्मिक हुँ भनेर गुनासो गर्छौ। के तिमीहरूको निष्ठा यसैले बनेको हो त? के तिमीहरूको प्रेम यसैले बनेको हो त? यसभन्दा पर, तिमीहरूले अरू के कार्य गर्न सक्छौ? पूरा गरिएका सबै कार्यमा तिमीहरूले कस्तो योगदान दिएका छौ? तिमीहरूले कति धेरै समर्पणता गरेका छौ? मैले तिमीहरूलाई दोष नदिइकन पहिले नै निकै ठूलो सहिष्णुता देखाइसकेको छु, तैपनि तिमीहरूले मसँग लाजै नमानी बहाना गर्छौ र गुप्तमा मेरो बारेमा गुनासो गर्छौ। के तिमीहरूमा मानवताको अलिकति पनि अवशेष बाँकी छ? मानिसको दायित्व मानिसको मन र उसका धारणाहरूद्वारा कलङ्कित भएको भएतापनि, तिमीले आफ्नो दायित्वलाई पूरा गर्नैपर्छ र आफ्नो निष्ठालाई देखाउनैपर्छ। मानिसको कार्यमा रहेका अशुद्धताहरू भनेको उसको क्षमताको समस्या हो, जबकी, यदि मानिसले आफ्नो दायित्वलाई पूरा गर्दैन भने, यसले उसको विद्रोहलाई देखाउँछ। मानिसको दायित्व र ऊ आशिषित भएको छ कि श्रापित भएको छ भन्ने बीच कुनै अन्योन्याश्रित सम्बन्ध छैन। दायित्व भनेको मानिसले पूरा गर्नुपर्ने कुरा हो; यो उसको स्वर्गबाट पठाइएको कार्य हो, र यो भरणपोषण, सर्तहरू, वा तर्कहरूमा निर्भर हुनुहुँदैन। तब मात्रै उसले आफ्नो दायित्व पूरा गर्दै हुन्छ। आशिषित हुनु भनेको कसैले न्यायको अनुभव गरिसकेपछि सिद्ध बनाइनु र परमेश्‍वरको आशिषहरू प्राप्त गर्नु हो। श्रापित हुनु भनेको सजाय र न्याय भोगिसकेपछि पनि कसैको स्वभाव परिवर्तन नहुनु हो, यो तब हुन्छ जब तिनीहरूले सिद्ध बनाइएको अनुभव गर्दैनन् र तिनीहरू दण्डित हुन्छन्। तर चाहे तिनीहरूले आशिष पाऊन्‌ वा श्राप पाऊन्‌, सृष्टि गरिएका प्राणीहरूले आफूले गर्नुपर्ने कार्य गर्दै, र आफूले गर्न सक्ने कार्य गर्दै आफ्नो दायित्वलाई पूरा गर्नुपर्छ; कुनै पनि व्यक्ति, जो परमेश्‍वरको पछि लाग्छ, उसले गर्नुपर्ने न्यूनतम‌ कार्य यही हो। आशिषित हुनको लागि मात्रै तैँले आफ्नो दायित्वलाई पूरा गर्नु हुँदैन, र श्रापित हुने डरले तैँले कार्य गर्न इन्कार गर्नु हुँदैन। म तिमीहरूलाई यो एउटा कुरा बताउन चाहन्छु: मानिसले पूरा गर्ने आफ्नो दायित्व भनेको उसले गर्नुपर्ने कार्य हो, र यदि ऊ आफ्नो दायित्व पूरा गर्न असक्षम छ भने, यो उसको विद्रोह हो। आफ्नो दायित्वलाई पूरा गर्ने प्रक्रियाद्वारा मानिस बिस्तारै परिवर्तन गरिन्छ, र यही प्रक्रियाद्वारा उसले आफ्नो निष्ठालाई प्रदर्शन गर्छ। जस्तो कि, तैँले जति आफ्नो दायित्वलाई पूरा गर्न सक्षम हुन्छस्, त्यति नै तैँले सत्यतालाई प्राप्त गर्नेछस्, र त्यति नै वास्तविक तेरो अभिव्यक्ति हुनेछ। आफ्नो दायित्व पूरा गर्ने कार्यमा आलटाल गर्ने र सत्यतालाई नखोज्‍नेहरू अन्त्यमा हटाइनेछन्‌, किनकि त्यस्ता मानिसहरूले सत्यताको अभ्यासमा आफ्नो दायित्वलाई पूरा गर्दैनन्, र आफ्नो दायित्व पूरा गर्नमा सत्यतालाई अभ्यास गर्दैनन्। तिनीहरू ती हुन्‌ जो अपरिवर्तित रहन्छन्‌ र श्रापित हुनेछन्‌। तिनीहरूको अभिव्यक्तिहरू अशुद्ध मात्रै छैनन्, तर तिनीहरूले अभिव्यक्त गर्ने हरेक कुरा नै दुष्ट छ।

अनुग्रहको युगमा, येशूले पनि धेरै वचनहरू बोल्नुभयो र धेरै कार्य गर्नुभयो। उहाँ कसरी यशैयाभन्दा फरक हुनुहुन्थ्यो? उहाँ कसरी दानिएलभन्दा फरक हुनुहुन्थ्यो? के उहाँ अगमवक्ता हुनुहुन्थ्यो? उहाँ ख्रीष्ट हुनुहुन्छ भनेर किन भनिन्छ? उहाँहरूका बीचमा रहेका भिन्नताहरू के-के हुन्? उहाँहरू सबै नै वचन बोल्ने मानिसहरू हुनुहुन्थ्यो, र उहाँहरूका वचनहरू मानिसको लागि लगभग उस्तै देखिन्थे। उहाँहरू सबैले वचनहरू बोल्नुहुन्थ्यो र कार्य गर्नुहुन्थ्यो। पुरानो करारका अगमवक्ताहरूले अगमवाणीहरू बोले, र त्यसरी नै, येशूले पनि बोल्न सक्नुभयो। किन यसो भयो? यहाँ रहेको भिन्नता कार्यको प्रकृतिमा आधारित छ। यस विषयलाई बुझ्नको लागि, तैँले देहको प्रकृतिलाई विचार गर्नु हुँदैन, न त तैँले उहाँहरूको वचनको गहिराइ वा सतहीपनलाई नै विचार गर्नु हुन्छ। सधैँ नै तैँले पहिला उहाँहरूको कार्य र मानिसमा उहाँहरूको कार्यले हासिल गर्ने प्रभावहरूलाई विचार गर्नुपर्छ। त्यो समयमा अगमवक्ताहरूद्वारा बोलिएका अगमवाणीहरूले मानिसको जीवन आपूर्ति गरेन, र यशैया र दानिएल जस्ता व्यक्तिहरूद्वारा प्राप्त गरिएका प्रेरणाहरू अगमवाणीहरू मात्रै थिए, र जीवनका मार्ग थिएनन्‌। यदि यहोवाको प्रत्यक्ष प्रकाश नभएको भए, कसैले पनि त्यो कार्य गर्न सक्ने थिएन, जुन मरणशीलहरूका लागि सम्भव छैन। येशूले पनि धेरै वचनहरू बोल्नुभयो, तर ती वचनहरू जीवनका मार्ग थिए जसबाट मानिसले अभ्यास गर्ने मार्ग पाउन सक्थे। भन्नुको अर्थ के हो भने, पहिलो, उहाँले मानिसको जीवन आपूर्ति गर्न सक्नुभयो, किनकि येशू जीवन हुनुहुन्छ; दोस्रो, उहाँले मानिसका विचलनहरूलाई सुल्ट्याउन सक्नुभयो; तेस्रो, यस युगलाई अघि बढाउनको लागि उहाँको कार्यले यहोवाको कार्यलाई निरन्तरता दिन सक्यो; चौथो, उहाँले मानिसभित्रका आवश्यकताहरूलाई भेउ पाउन सक्नुभयो र मानिसमा के कमी छ त्यसलाई बुझ्न सक्नुभयो; पाँचौं, उहाँले नयाँ युगलाई अस्तित्वमा ल्याउन र पुरानोलाई समाप्त गर्न सक्नुभयो। यही कारणले गर्दा उहाँलाई परमेश्‍वर र ख्रीष्ट भनिन्छ; यशैयाभन्दा मात्र होइन तर अरू सबै अगमवक्ताहरूभन्दा उहाँ फरक हुनुहुन्छ। यशैयालाई अगमवक्ताहरूका कार्यको लागि एउटा तुलनाको रूपमा लेऊ। पहिलो, उसले मानिसको जीवन आपूर्ति गर्न सकेन; दोस्रो, उसले नयाँ युग अस्तित्वमा ल्याउन सकेन। उसले यहोवाको नेतृत्वमा रहेर कार्य गर्दै थिए र नयाँ युगको प्रारम्भ गर्नु थिएन। तेस्रो, उसले बोलेका वचनहरू उनीभन्दा परका कुरा थिए। उसले परमेश्‍वरको आत्माबाट प्रत्यक्ष रूपमा प्रकाशहरू प्राप्त गर्दै थिए, र अरूहरूले तिनलाई सुन्दा समेत पनि बुझ्दैन थिए। उसका वचनहरू अगमवाणीभन्दा बढी केही थिएन, यहोवाको पक्षमा गरिएको कार्यको एउटा पक्षभन्दा बढी अरू केही थिएन भन्ने कुरालाई प्रमाणित गर्नको लागि यी थोरै कुराहरू नै पर्याप्त छन्। तैपनि, उसले यहोवालाई पूर्ण रूपमा प्रतिनिधित्व गर्न सकेन। उनी यहोवाको एक सेवक थिए, यहोवाको कार्यमा एक साधन। उसले व्यवस्थाको युगभित्र र यहोवाको कार्यको क्षेत्राधिकारभित्र मात्रै कार्य गर्दै थियो; उसले व्यवस्थाको युगभन्दा पर कार्य गरेन। यसको विपरीत, येशूको कार्य फरक थियो। उहाँले यहोवाको क्षेत्राधिकारलाई पार गर्नुभयो; उहाँले देहधारी परमेश्‍वरको रूपमा कार्य गर्नुभयो र सारा मानव जातिलाई उद्धार गर्नको लागि उहाँ क्रूसमा जानुभयो। भन्नुको अर्थ के हो भने, यहोवाद्वारा गरिएको कार्यभन्दा बाहिर उहाँले नयाँ कार्य गर्नुभयो। यो नयाँ युग अस्तित्वमा ल्याउने कार्य थियो। यस अतिरिक्त, उहाँले त्यस्तो कुराको बारेमा बताउन सक्षम हुनुभयो जसलाई मानिसले प्राप्त गर्न सक्दैनथ्यो। उहाँको कार्य परमेश्‍वरको व्यवस्थापनभित्रकै कार्य थियो र सम्पूर्ण मानव जाति यसमा समावेश थियो। उहाँले केही मानिसहरूमा मात्रै कार्य गर्नुभएन, न त सीमित सङ्ख्याका मानिसहरूलाई नेतृत्व गर्नु नै उहाँको कार्यको आशय थियो। परमेश्‍वर कसरी मानिसको रूपमा देहधारी हुनुभयो, त्यो समयमा पवित्र आत्माले कसरी प्रकाशहरू दिनुभयो, र कार्य गर्नको लागि पवित्र आत्मा कसरी मानिसमा ओर्लनुभयो भन्ने विषयमा कुरा गर्दा—यी कुराहरू मानिसहरूले देख्न वा छुन नसक्ने विषयहरू हुन्। यी सत्यताहरूले उहाँ नै देहधारी परमेश्‍वर हुनुहुन्छ भन्ने कुराको प्रमाणको रूपमा कार्य गर्नु पूर्ण रूपमा असम्भव छ। जस्तो की, परमेश्‍वरका वचनहरू र कार्यको बीचमा मात्रै भिन्नता छुट्याउन सकिन्छ, जुन मानिसको लागि मूर्त छन्। यो मात्रै वास्तविक छ। यसको कारण के हो भने पवित्र आत्माका कुराहरू तेरो लागि अदृश्य छन् र स्वयम् परमेश्‍वरद्वारा मात्रै यसलाई स्पष्ट रूपमा जानिन्छ, र परमेश्‍वरको देहधारी देहले समेत सबै कुरा जान्दैन; उहाँले गर्नुभएको कार्यद्वारा मात्रै उहाँ परमेश्‍वर हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरालाई तैँले पुष्टि गर्न सक्छस्। उहाँको कार्यबाट, के देख्न सकिन्छ भने, पहिलो, उहाँ नयाँ युग सुरु गर्न सक्षम हुनुहुन्छ; दोस्रो, उहाँ मानिसको जीवन आपूर्ति गर्न र पछ्याउनु पर्ने बाटो मानिसलाई देखाउन सक्षम हुनुहुन्छ। उहाँ स्वयम् परमेश्‍वर नै हुनुहुन्छ भन्ने कुरालाई स्थापित गर्नको लागि यो नै पर्याप्त छ। कम्तीमा पनि, उहाँले गर्नुहुने कार्यले परमेश्‍वरको आत्मालाई पूर्ण रूपले प्रतिनिधित्व गर्न सक्छ, र परमेश्‍वरका आत्मा उहाँभित्र हुनुहुन्छ भन्ने कुरा त्यस किसिमको कार्यबाट देख्न सकिन्छ। देहधारी परमेश्‍वरले गर्नुभएको कार्य मुख्य रूपमा नयाँ युगलाई अस्तित्वमा ल्याउन, नयाँ कार्यलाई अघि बढाउन, र नयाँ जगत स्थापना गर्नको लागि भएकोले, उहाँ स्वयम् परमेश्‍वर नै हुनुहुन्छ भन्ने कुरालाई स्थापित गर्न यी मात्रै पनि पर्याप्त छन्। तसर्थ, यसले उहाँलाई यशैया, दानिएल, र अरू महान् अगमवक्ताहरूबाट अलग गर्छ। यशैया, दानिएल, र अरूहरू अत्यन्तै उच्च शिक्षा पाएका र सभ्य मानिसहरू थिए; तिनीहरू यहोवाको नेतृत्व अन्तर्गत रहेका असाधारण मानिसहरू थिए। देहधारी परमेश्‍वरको देह पनि ज्ञानवर्धक थियो र उहाँमा चेतनाको कमी थिएन, तर उहाँको मानवत्व खास रूपमा सामान्य थियो। उहाँ एक सामान्य मानिस हुनुहुन्थ्यो, र नाङ्गो आँखाले उहाँसँग सम्बन्धित कुनै पनि विशेष मानवत्वलाई छुट्याउन वा उहाँको मानवत्वमा अरूहरूबाट भिन्न रहेको कुनै पनि कुरालाई पत्ता लगाउन सकिँदैनथ्यो। उहाँ पूर्ण अलौकिक वा अद्वितीय हुनुहुन्नथ्यो, र उहाँसँग कुनै पनि उच्च शिक्षा, ज्ञान, वा सिद्धान्त थिएन। उहाँले बोल्नुभएको जीवन र उहाँले देखाउनुभएको मार्ग सिद्धान्तद्वारा, ज्ञानद्वारा, जीवनको अनुभवद्वारा, वा पारिवारिक पृष्ठभूमिद्वारा प्राप्त गरिएका थिएनन्‌। बरु, ती पवित्र आत्माको प्रत्यक्ष कार्य थिए, जुन देहधारी देहको कार्य हो। मानिससँग परमेश्‍वरको बारेमा ठूला-ठूला धारणाहरू भएकाले, र अझै खास रूपमा, यी धारणाहरू अत्यन्तै धेरै अथाह र अलौकिक तत्त्वहरूसँग सम्बन्धित भएकाले, जस्तो की मानिसको नजरमा, चिन्हहरू र आश्‍चर्यकर्महरू गर्न नसक्ने, मानवीय कमजोरी सहितका एक सामान्य परमेश्‍वर निश्चित रूपमा नै परमेश्‍वर हुनुहुन्न भन्ने धारणाले गर्दा यसो भएको हो। के यी मानिसका त्रुटिपूर्ण धारणाहरू होइनन् र? यदि देहधारी परमेश्‍वरको देह एक सामान्य मानिस थिएन भने, उहाँ देह हुनुभयो भनेर कसरी भन्न सकिन्छ? देह धारण गर्नु भनेको सामान्य, साधारण मानिस बन्नु हो; यदि उहाँ अभौतिक प्राणी रहिआउनुभएको भए, उहाँ देह बन्नुहुने थिएन। उहाँ देहबाटको हुनुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्नको लागि, देहधारी परमेश्‍वरले सामान्य देहलाई धारण गर्नु आवश्यक पर्यो। यो केवल देहधारणको महत्त्वलाई पूरा गर्नको लागि मात्रै थियो। तैपनि, अगमवक्ताहरू र मानिसका पुत्रहरूका हकमा यो लागू भएको थिएन। तिनीहरू पवित्र आत्माद्वारा प्रयोग गरिएका वरदान प्राप्त मानिसहरू थिए; मानिसको नजरमा, तिनीहरूको मानवत्व खास रूपमा महान् थियो, र तिनीहरूले सामान्य मानवत्वलाई माथ दिने विभिन्न कार्यहरू गरे। यसकारणले गर्दा, मानिसले तिनीहरूलाई परमेश्‍वरको रूपमा लिए। अब तिमीहरूले यो कुरालाई स्पष्ट रूपमा बुझ्नुपर्छ, किनभने यो विगतका युगहरूका सबै मानिसहरूद्वारा सहजै अन्योलमा पारिएको विषय हो। यस अतिरिक्त, देहधारण रहस्यमय कुराहरूमध्ये सबैभन्दा रहस्यमय कुरा हो, र मानिसले देहधारी परमेश्‍वरलाई स्विकार गर्न सबैभन्दा कठिन छ। म जे भन्छु त्यो तिमीहरूको प्रकार्यलाई पूरा गर्ने र देहधारणको रहस्य सम्बन्धी तिमीहरूको बुझाइप्रति अनुकूल छ। यी सबै नै परमेश्‍वरको व्यवस्थापनसँग, दर्शनहरूसँग सम्बन्धित छन्। दर्शनहरू, अर्थात् परमेश्‍वरको व्यवस्थापनको कार्य सम्बन्धी ज्ञान प्राप्त गर्नको लागि यसबारे तिमीहरूको बुझाइ अझै लाभदायक हुनेछ। यसरी, तिमीहरूले विभिन्न प्रकारका मानिसहरूले पूरा गर्नुपर्ने दायित्वको बारेमा धेरै नै बुझाइ प्राप्त गर्नेछौ। यी वचनहरूले तिमीहरूलाई प्रत्यक्ष रूपमा मार्ग नदेखाए तापनि, तिमीहरूको प्रवेशको लागि ती अझै पनि निकै नै सहयोगीसिद्ध छन्, किनकि वर्तमानमा तिमीहरूको जीवन दर्शनहरूमा निकै अभावग्रस्त छ, र यो तिमीहरूको प्रवेशलाई रोक्ने निकै ठूलो बाधा बन्नेछ। यदि तिमीहरू यी समस्याहरूलाई बुझ्न असमर्थ रहेका छौ भने, तिमीहरूको प्रवेशलाई अघि बढाउने कुनै उत्प्रेरणा हुनेछैन। अनि तिमीहरूको दायित्वलाई पूरा गर्नको लागि त्यस्तो खोजीले कसरी तिमीहरूलाई सर्वोत्तम रूपमा सक्षम पार्न सक्छ र?

अघिल्लो: परमेश्‍वर र उहाँको कार्यलाई चिन्नेहरूले मात्र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छन्‌

अर्को: भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरसँग सामान्य सम्बन्ध स्थापित गर्नु अति नै महत्त्वपूर्ण छ

मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्ने, परमेश्‍वरलाई प्रेम गर्ने र परमेश्‍वरलाई सन्तुष्ट पार्ने तरीका भनेको उनीहरूका हृदयले परमेश्‍वरको...

परमेश्‍वरको वचनद्वारा सबै कुरा प्राप्त हुन्छ

परमेश्‍वरले उहाँको वचन बोल्नुहुन्छ र विभिन्न युगअनुसार विभिन्न युगमा उहाँको काम गर्नुहुन्छ, उहाँले फरक-फरक वचनहरू बोल्नुहुन्छ। परमेश्‍वरले...

सच्चा हृदयका साथ परमेश्‍वरको आज्ञापालन गर्नेहरूलाई अवश्य पनि परमेश्‍वरले प्राप्त गर्नुहुनेछ

पवित्र आत्माको काम दिन प्रतिदिन परिवर्तन हुन्छ। प्रत्येक कदमसँगै यो अझ माथि जान्छ, आजको भन्दा भोलिको प्रकाश अझ माथि हुन्छ, यो एकपछि अर्को...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्