परमेश्‍वरको वर्तमान काम थाहा हुनेहरू मात्र परमेश्‍वरको सेवा गर्न सक्‍छन्

परमेश्‍वरका लागि गवाही दिन अनि ठूलो रातो अजिङ्गरलाई लज्जित पार्नका लागि, व्यक्तिसित सिद्धान्त हुनैपर्छ, र उसले एउटा सर्त पूरा गर्नैपर्छ: व्यक्तिले हृदयमा परमेश्‍वरलाई प्रेम गर्नैपर्छ र ऊ उहाँका वचनहरूमा प्रवेश गर्नैपर्छ। यदि तँ परमेश्‍वरका वचनहरूमा प्रवेश गर्दैनस् भने, तँसित शैतानलाई लज्जित तुल्याउने कुनै उपाय हुनेछैन। आफ्नो जीवनमा वृद्धिमार्फत, तँ ठूलो रातो अजिङ्गरको विरुद्धमा विद्रोह गर्छस् र त्यसलाई पूर्णतया अपमानित तुल्याउँछस्—ठूलो रातो अजिङ्गरलाई साँच्चै लज्जित पार्नु भनेको यही हो। तँ परमेश्‍वरका वचनहरू व्यवहारमा लागू गर्न जति बढी इच्छुक हुन्छस्, परमेश्‍वरप्रतिको तेरो प्रेम र ठूलो रातो अजिङ्गरप्रतिको तेरो घृणाको प्रमाण त्यति नै ठूलो हुन्छ; तँ परमेश्‍वरका वचनहरूप्रति जति बढी समर्पित हुन्छस्, सत्यताप्रतिको तेरो तृष्णाको प्रमाण त्यति नै ठूलो हुन्छ। परमेश्‍वरका वचनहरूको तृष्णा नगर्ने मानिसहरू जीवनविनाका मानिस हुन्। यस्ता मानिसहरू परमेश्‍वरको वचनबाहिरका मानिस हुन्, जो धर्मको अधीनमा हुन्छन। परमेश्‍वरमा साँचो रूपले विश्‍वास गर्ने मानिसहरूले परमेश्‍वरका वचनहरू खाएर अनि पिएर उहाँका वचनहरूको गहन ज्ञान पाएका हुन्छन्। यदि तँ परमेश्‍वरका वचनहरूको तृष्णा गर्दैनस् भने, तैँले निष्कपट रूपमा उहाँका वचनहरू खान र पिउन असम्भव हुनेछ, अनि यदि तँसँग परमेश्‍वरका वचनहरूको ज्ञान छैन भने, तँसँग परमेश्‍वरलाई गवाही दिने वा परमेश्‍वरलाई सन्तुष्ट पार्ने कुनै उपाय हुँदैन।

परमेश्‍वरमा विश्‍वास गर्दा, परमेश्‍वरलाई कसरी चिन्नुपर्छ? व्यक्तिले विचलित वा भ्रमित नभई परमेश्‍वरका वर्तमानका वचनहरू र कामका आधारमा परमेश्‍वरलाई चिन्नुपर्छ, र सबैभन्दा पहिला, उसले परमेश्‍वरको काम चिन्‍नुपर्छ, जुन परमेश्‍वर स्वयम्‌लाई चिन्नुको आधार हो। परमेश्‍वरका वचनहरूको शुद्ध बुझाइ नभएका ती विभिन्‍न भ्रम सबै धार्मिक धारणा हुन्; ती विकृत बुझाइ हुन्। धार्मिक व्यक्तित्वहरूको सबैभन्दा ठूलो खुबी भनेको विगतमा बुझिएका परमेश्‍वरका वचनहरूलाई लिएर तिनका आधारमा आजका परमेश्‍वरका वचनहरूलाई मापन गर्नु हो। आजको परमेश्‍वरको सेवा गर्दा, यदि तँ विगतमा पवित्र आत्माको अन्तर्दृष्टिद्वारा प्रकट गरिएका कुराहरूमा टाँसिइरहन्छस् भने, तेरो सेवाले अवरोध सृजना गर्नेछ, र त्यो एक प्रकारको पुरानो अभ्यास बन्नेछ, त्यो धार्मिक अनुष्ठानबाहेक केही हुनेछैन। यदि तँ परमेश्‍वरको सेवा गर्नेहरू, अरू गुणबाहेक, बाहिरी रूपले नम्र र धैर्यवान् हुनैपर्छ भन्‍ने विश्‍वास गर्छस्, र यदि तँ आज यस प्रकारको ज्ञान अभ्यास गर्छस् भने, त्यस्तो ज्ञान एउटा धार्मिक धारणा हो; यस तरिकाले अभ्यास गर्नु भनेको पाखण्ड देखाउनुसरह हो। “धार्मिक धारणाहरू” भन्‍ने वाक्यांशले पुराना (परमेश्‍वरले पहिले बोल्नुभएका वचनहरू र पवित्र आत्माको प्रत्यक्ष अन्तर्दृष्टिबारे बुझाइलगायत) कुराहरूलाई दर्साउँछ, र यदि तिनलाई आज व्यवहारमा लागू गरियो भने, तिनले परमेश्‍वरको काममा अवरोध पुर्‍याउँछन् र मानिसलाई कुनै फाइदा गर्दैनन्। यदि मानिसहरूले धार्मिक धारणाभित्र पर्ने ती कुरालाई आफूबाट हटाउन सकेनन् भने, ती कुरा तिनीहरूले परमेश्‍वरको सेवा गर्ने कार्यमा ठूलो तगारो बन्‍नेछन्। धार्मिक धारणा बोकेका मानिसहरूसँग पवित्र आत्माको कामसित कदम मिलाउने कुनै उपाय हुँदैन—तिनीहरू एक कदम, दुई कदम गर्दै झन्-झन् पछि पर्छन्। यस्तो किन हुन्छ भने, यी धार्मिक धारणाहरूले गर्दा मानिस असाधारण रूपमा आत्म-धर्मी र अहङ्कारी बन्छ। परमेश्‍वर विगतमा आफूले भनेका वा गरेका कुरालाई सम्झेर बस्नुहुन्न; यदि कुनै कुरा काम नलाग्‍ने भयो भने, उहाँ त्यसलाई हटाउनुहुन्छ। के तँ आफ्‍ना धारणाहरू त्याग्न साँच्चै असक्षम छस्? यदि तँ विगतमा परमेश्‍वरले बोलेका वचनहरूमा नै टाँसिइरहन्छस् भने, के यसले तँलाई परमेश्‍वरको काम थाहा भएको प्रमाणित गर्छ? यदि तँ पवित्र आत्माको वर्तमानको ज्योति स्विकार्न सक्दैनस्, बरु त्यही पुरानो ज्योतिमा टाँसिइरहन्छस् भने, के यसले तँ परमेश्‍वरका पदचापहरू पछ्याउँछस् भन्‍ने प्रमाणित गर्न सक्छ? के तँ अझै पनि धार्मिक धारणाहरू त्याग्न असक्षम छस्? यदि त्यसो हो भने, तँ परमेश्‍वरको विरोध गर्ने व्यक्ति बन्‍नेछस्।

यदि मानिसहरूले धार्मिक धारणाहरूलाई त्याग्‍न सक्छन् भने, तिनीहरूले आजका परमेश्‍वरका वचनहरू र कामलाई गर्नमा आफ्नो दिमाग प्रयोग गर्नेछैनन्, बरु तिनीहरू सीधै समर्पित हुनेछन्। आज परमेश्‍वरको काम स्पष्टतः विगतको जस्तो नभए पनि तँ विगतको दृष्टिकोणलाई त्यागेर सीधै परमेश्‍वरको आजको कामप्रति समर्पित हुन सक्छस्। विगतमा परमेश्‍वरले जसरी काम गर्नुभएको भए पनि, यदि तँ आजका परमेश्‍वरको कामलाई महत्वपूर्ण स्थान दिनुपर्छ भन्‍ने कुरा बुझ्‍न सक्छस् भने, तँ आफ्‍ना धारणाहरूलाई त्यागिसकेको, परमेश्‍वरप्रति समर्पित हुने, अनि परमेश्‍वरका काम र वचनहरूप्रति समर्पित हुन र उहाँका पाइलाहरू पछ्याउन सक्‍ने व्यक्ति होस्। यस्तो अवस्थामा, तँ साँच्चिकै परमेश्‍वरप्रति समर्पित हुने व्यक्ति बन्छस्। तँ परमेश्‍वरको कामलाई विश्लेषण वा छानबिन गर्दैनस्; यो परमेश्‍वरले आफ्‍नो पहिलेको काम बिर्सनुभएको, र तैँले पनि यसलाई बिर्सेको जस्तै हो। वर्तमान वर्तमान नै हो, अनि विगत विगत नै हो, र आजदेखि, परमेश्‍वरले विगतमा आफूले गरेका कामकुरालाई पन्छाउनुभएको छ, त्यसैले तँ त्यसैका बारेमा सोचेर बस्नु हुँदैन। त्यो मात्र त्यस्तो व्यक्ति हो जो पूर्ण रूपमा परमेश्‍वरप्रति समर्पित हुन्छ र जसले आफ्‍ना धार्मिक धारणाहरूलाई पूर्ण रूपले त्यागेको हुन्छ।

परमेश्‍वरको काममा सधैँ नयाँ कुराहरू विकसित भइरहने हुनाले, नयाँ कामहरू पैदा हुने क्रममा कतिपय काम अनुपयोगी र पुराना हुँदै जान्छन्। यी विभिन्न किसिमका नयाँ तथा पुराना काम विरोधाभासपूर्ण नभई एकअर्काका परिपूरक हुन्; प्रत्येक चरण पछिल्‍लो चरणपछि आउँछ। नयाँ काम आएपछि पुराना कुरालाई निश्चय नै हटाइनैपर्छ। उदाहरणका लागि, मानिसका धेरै अघिदेखि स्थापित अभ्यास र बानी परेका भनाइहरू, साथै मानिसका धेरै वर्षको अनुभव र उसले सिकेका पाठहरूले मानिसको मन-मस्तिष्कमा अनेक प्रकार र स्वरूपका धारणाहरू निर्माण गरेका हुन्छन्। परमेश्‍वरले मानिसलाई उहाँको साँचो मुहार र अन्तर्निहित स्वभाव पूर्ण रूपले प्रकट नगर्नुभएको—साथै विगतदेखि वर्तमानसम्म धेरै वर्ष परम्‍परागत सिद्धान्तहरू फैलाइएका हुनाले—मानिसलाई यस्ता धारणाहरू निर्माण गर्न अझ बढी अनुकूल बनेको छ। के भन्न सकिन्छ भने, मानिसले परमेश्‍वरमाथि विश्‍वास गर्ने क्रममा, विभिन्न धारणाको प्रभावले गर्दा मानिसमा परमेश्‍वरसम्‍बन्धी अनेक किसिमका धारणागत बुझाइ निरन्तर निर्माण र विकास भएका छन्, जसले गर्दा परमेश्‍वरको सेवा गर्ने धेरै धार्मिक व्यक्तित्व उहाँका शत्रु हुन पुगेका छन्। त्यसकारण, मानिसहरूका धार्मिक धारणाहरू जति बलिया हुन्छन्, तिनीहरू त्यति नै बढी परमेश्‍वरको विरोध गर्छन्, अनि तिनीहरू त्यति नै बढी परमेश्‍वरका शत्रु बन्छन्। परमेश्‍वरको काम सधैँ नयाँ हुन्छ र कहिल्यै पुरानो हुँदैन—यसले कहिल्यै प्रावधानहरू निर्माण गर्दैन; बरु यो विभिन्न मात्रामा निरन्तर परिवर्तन र नवीकरण भइरहन्छ। परमेश्‍वरले यसरी काम गर्नु उहाँको अन्तर्निहित स्वभावको एउटा अभिव्यक्ति हो। यो परमेश्‍वरको कामको अन्तर्निहित सिद्धान्त पनि हो, साथै परमेश्‍वरले आफ्‍नो व्यवस्थापन पूरा गर्न प्रयोग गर्ने काम गर्ने उपायहरूमध्ये एक हो। यदि परमेश्‍वरले यसरी कार्य नगर्नुभएको भए, मानिस परिवर्तन हुनेथिएन वा उसले परमेश्‍वरलाई चिन्न सक्‍नेथिएन, अनि शैतान पराजित हुनेथिएन। तसर्थ, उहाँको काममा परिवर्तनहरू निरन्तर भइरहन्छन्, जुन अनियमित देखिन्छन् तर वास्तवमा आवधिक हुन्छन्। तर, मानिस जसरी परमेश्‍वरमा विश्‍वास गर्छ, त्यो निकै फरक छ। ऊ पुराना, परिचित प्रावधान र प्रणालीहरूमा नै झुन्डिरहन्छ, अनि ती जति पुराना हुन्छन्, उसलाई ती त्यति नै रुचिकर लाग्छन्। मानिसको मूर्ख मस्तिष्कले, एउटा ढुङ्गा जस्तै हठी मस्तिष्कले, परमेश्‍वरको अथाह नयाँ काम र वचन कसरी स्वीकार गर्न सक्छ? मानिस सधैँ नयाँ रहने र कहिल्यै पुरानो नुहुने परमेश्‍वरलाई मन पराउँदैन; ऊ लामो दाँत र सेतो कपाल भएको, अनि हिँड्न नसक्ने परमेश्‍वरलाई मात्र मन पराउँछ। यसरी, परमेश्‍वर र मानिसका आ-आफ्नै “रुचिहरू” भएकाले, मानिस परमेश्‍वरको शत्रु बनेको छ। परमेश्‍वरले छ हजार वर्षदेखि नयाँ काम गर्दै आइरहनुभएको आजको समयमा पनि, यस्ता धेरै विरोधाभास रहेका छन्। त्यसैले, ती असुधार्य छन्। सायद मानिसहरूको जिद्दीपनका कारण, वा सायद परमेश्‍वरका प्रशासनिक आदेशहरूलाई कुनै पनि मानिसले उल्‍लङ्घन गर्न नसक्‍ने हुनालेले, ती सेवक र सेविकाहरू ती ढुँडी लागेका पुराना पुस्तक र कागजहरूमा टाँसिइरहन्छन्, जबकि परमेश्‍वर कसैले नहेरिरहेझैँ गरी आफ्नो अधुरो व्यवस्थापनको कार्य जारी राख्नुहुन्छ। समाधान गर्न समेत असम्भव रहेका त्यस्ता शत्रुवत् विरोधाभासहरू भए पनि, परमेश्‍वर ती छन् पनि र छैनन् पनि जस्तो गरी तिनलाई ध्यान दिनुहुन्‍न। तर, मानिस अझै पनि आफ्‍ना विश्‍वास र धारणाहरूमा टाँसिइरहन्छ, र तिनलाई कहिल्यै छोड्दैन। यद्यपि एउटा कुरा चाहिँ आफैमा स्पष्ट छ: मानिस आफ्नो अडानबाट विचलित नभए पनि, परमेश्‍वरका “पाउहरू” सधैँ चलिरहेका हुन्छन्, र उहाँ परिवेशअनुसार आफ्नो अडान सधैँ बदलिरहनुहुन्छ। अन्तमा, कुनै लडाइँविना नै हार्नुपर्ने त मानिस नै हो। यसैबीच, परमेश्‍वर उहाँका पराजित सबै शत्रुको “सबैभन्दा ठूलो शत्रु” हुनुहुन्छ, अनि पराजित र अपराजित दुवै मानवजातिको “पक्षधर” पनि हुनुहुन्छ। परमेश्‍वरसित प्रतिस्पर्धा गरेर को विजयी हुन सक्छ? मानिसका धारणाहरू परमेश्‍वरबाट नै आएझैँ लाग्छन्, किनभने तीमध्ये धेरै परमेश्‍वरको कामपछि नै अलिअलि गर्दै उत्पन्न भएका हुन्। तर, यस कारणले परमेश्‍वर मानिसलाई क्षमा गर्नुहुन्न, उहाँको कामपछि उहाँको कामभन्दा बाहिर “परमेश्‍वरका निम्ति” एकपछि अर्को जत्था उत्पादन गरेकोमा मानिसलाई प्रशंसा त झनै बर्साउनुहुन्न। बरु, उहाँ मानिसका धारणाहरू अनि पुरानो, भक्तिपूर्ण विश्वासदेखि घिन मान्नुहुन्छ, र उहाँसँग ती धारणाहरू सुरुमा कुन मितिमा उत्पन्न भए भन्‍ने कुरा स्वीकार गर्ने सोचसमेत हुँदैन। उहाँ यी धारणाहरू उहाँकै कामका कारण उत्पन्न भएका हुन् भनी पटक्कै स्वीकार गर्नुहुन्‍न, किनभने मानिसका धारणाहरू मानव सङ्क्रमणबाट नै आउँछन्; तिनको स्रोत मानिसकै सोचहरू र मस्तिष्क हुन्—परमेश्‍वर नभई शैतान हो। परमेश्‍वरको अभिप्राय सधैँ नै उहाँको काम पुरानो र मृत होइन, नयाँ र जीवित होस् भन्‍ने रहेको छ, अनि उहाँले मानिसलाई पालन गर्न लगाउने कुरा युग र अवधिअनुसार फरक हुन्छ, अनि त्यो चिरस्थायी र अपरिवर्तनीय हुँदैन। यस्तो किन हुन्छ भने, उहाँ मानिसलाई मर्न र वृद्ध हुन लगाउने दियाबलस नभई मानिसलाई जिउन र नयाँ बन्न लगाउनुहुने परमेश्‍वर हुनुहुन्छ। के तिमीहरू अझै पनि यो कुरा बुझ्दैनौ? तँसँग परमेश्‍वरका बारेमा धारणाहरू हुनु र तैँले तिनलाई त्याग्न नसक्नुको कारण भनेको तैँले कामकुरा बुझ्न नसक्नु हो—यो परमेश्‍वरको कामभित्र ज्यादै कम अर्थ भएको कारणले होइन, न त उहाँको काम मान्छेका भावनाहरूप्रति विचारशील नभएर नै हो, यो परमेश्‍वरले आफ्नो उचित कामलाई ध्यान नदिएर त झनै होइन। तँ आफ्ना धारणाहरू त्याग्न सक्दैनस् किनभने तँमा समर्पणको ज्यादै कमी छ, र किनभने तँमा सृजित प्राणीको रूप अलिकति पनि छैन; यो परमेश्‍वरले तेरा लागि कामकुरा कठिन बनाइदिनुभएकाले भएको होइन। यो सबै तैँले गर्दा नै भएको हो, र परमेश्‍वरसित यसको सम्बन्ध छँदै छैन; सबै कष्ट र प्रकोप मानिसद्वारा नै सृजना गरिएका हुन्। परमेश्‍वरका सोचहरू सधैँ असल हुन्छन्: उहाँ तँलाई धारणाहरू विकास गर्न लगाउन इच्छा गर्नुहुन्न, बरु युगहरू बित्दै जाँदा तँ नवीकरण र रुपान्तरण भएको इच्छा गर्नुहुन्छ। तैपनि तँलाई आफ्नो लागि के राम्रो हो भन्ने थाहा छैन, अनि तँ सधैँ कि त छानबिन कि त विश्लेषण गरिरहेको हुन्छस्। परमेश्‍वरले तेरा निम्ति कामकुरा कठिन बनाइरहनुभएको होइन, बरु तँसँग चाहिँ परमेश्‍वरको डर मान्ने हृदय नभएको हो, र तेरो विद्रोहीपन धेरै ठूलो भएको हो। एउटा झिनो सृजित प्राणीले परमेश्‍वरले पहिले दिएको कुनै कुराको नगण्य अंश लिनु अनि फनक्क फर्केर परमेश्‍वरलाई नै आक्रमण गर्न त्यो प्रयोग गर्ने आँट गर्नु—के यो मानिसको विद्रोहीपन होइन र? मानवजाति परमेश्‍वरसमक्ष आफ्ना विचारहरू व्यक्त गर्न पूर्णतया अयोग्य छ, अनि तिनीहरू आफ्नो बेकारको, गन्हाउने, कुहिएको, पुरातन शब्दाडम्बर मनलागी प्रदर्शन गर्न झनै अयोग्य छन् भनेर भन्‍नु अत्युक्ति हुँदैन—ती ढुसी लागेका धारणाहरूबारे त केही भन्‍नै परेन। के तिनीहरू अझै बेकारका छैनन् र?

साँचो रूपमा परमेश्‍वरको सेवा गर्ने व्यक्ति परमेश्‍वरका अभिप्रायहरू अनुरूपको, परमेश्‍वरद्वारा प्रयोग गरिन योग्य, र धार्मिक धारणाहरू त्याग्‍न सक्‍ने व्यक्ति हो। यदि तँ आफूले परमेश्‍वरका वचनहरू खानु र पिउनु प्रभावकारी होस् भन्‍ने चाहन्छस् भने, तैँले आफ्‍ना धार्मिक धारणाहरू त्याग्नैपर्छ। यदि तँ परमेश्‍वरको सेवा गर्न चाहन्छस् भने, तैँले सुरुमा धार्मिक धारणाहरू त्याग्न र सबै कुरामा परमेश्‍वरका वचनहरूप्रति समर्पित हुन अझै बढी जरुरी छ। परमेश्‍वरको सेवा गर्ने व्यक्तिमा यो कुरा हुनुपर्छ। यदि तँसँग यो ज्ञानको कमी छ भने, तैँले सेवा गर्नेबित्तिकै अवरोध र बाधाहरू निम्त्याउनेछस्, अनि यदि तँ आफ्ना धारणाहरूमा टाँसिरहिस् भने, तँलाई अपरिहार्य रूपमा परमेश्‍वरले फेरि कहिल्यै उठ्न नसक्‍ने गरी “ढाल्नुहुनेछ।” उदाहरणका लागि, वर्तमानलाई नै लिऊँ: धेरै भनाइ र धेरै काम बाइबल र परमेश्‍वरले यसअघि गरेका कामअनुरूप छैनन्, अनि यदि तँमा समर्पणको हृदय छैन भने, तँ कुनै पनि समय पतित हुनेछस्। यदि तँ परमेश्‍वरका अभिप्रायहरू अनुसार सेवा गर्न चाहन्छस् भने, तैँले सुरुमा धार्मिक धारणाहरू त्याग्न र आफ्ना विचार सच्याउनैपर्छ। भविष्यमा, धेरै भनाइ पहिलेका भनाइहरूअनुरूप हुनेछैनन्, अनि यदि तँसँग अहिले समर्पित हुने सङ्कल्प छैन भने, तँ अगाडिको मार्गमा हिँड्न सक्नेछैनस्। यदि परमेश्‍वरको काम गर्ने एउटा विधिले तँभित्र जरा गाडेको छ र तँ यसलाई कहिल्यै त्याग्‍दैनस् भने, यो विधि नै तेरो धार्मिक धारणा बन्नेछ। यदि परमेश्‍वर जे हुनुहुन्छ त्यसले तँमा जरा गाडेको छ भने, तैँले सत्यता प्राप्त गरेको छस्, अनि परमेश्‍वरका वचनहरू र सत्यता तेरो जीवन बनेमा, तँमा अब उप्रान्त परमेश्‍वरबारे धारणाहरू हुनेछैनन्। परमेश्‍वरको साँचो ज्ञान हुनेहरूसँग कुनै धारणा हुनेछैन र तिनीहरूले प्रावधानहरू पालन गर्नेछैनन्।

आफूलाई सचेत राख्न यी प्रश्‍नहरू सोध्:

१. के तँभित्र भएको ज्ञानले परमेश्‍वरप्रतिको तेरो सेवामा बाधा पुर्‍याउँछ?

२. तेरो दैनिक जीवनमा कति वटा धार्मिक अभ्यासहरू रहेका छन्? यदि तँ भक्तिको बाहिरी स्वरूप मात्र देखाउँछस् भने, के यसको अर्थ तेरो जीवन वृद्धि भएर परिपक्व भएको छ भन्ने हुन्छ?

३. के तँ परमेश्‍वरका वचनहरू खाँदा र पिउँदा आफ्‍ना धार्मिक धारणाहरू त्याग्न सक्छस्?

४. के तँ प्रार्थना गर्दा धार्मिक अनुष्ठानहरू त्याग्‍न सक्छस्?

५. के तँ परमेश्‍वरद्वारा प्रयोग गरिन योग्य व्यक्ति होस्?

६. परमेश्‍वरसम्‍बन्धी तेरो ज्ञानमा कति धार्मिक धारणाहरू छन्?

अघिल्लो: विश्‍वासमा, व्यक्तिले वास्तविकतालाई जोड दिनुपर्छ—धार्मिक विधिविधानमा संलग्‍न हुनु विश्‍वास होइन

अर्को: परमेश्‍वरप्रतिको सच्‍चा प्रेम स्वस्फूर्त हुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्