९८. मैले आफ्नो हैसियतको चाहनालाई त्यागेको छु
सन् २०२३ को डिसेम्बरमा, म प्रचारक चुनिएँ। यो खबर सुनेपछि, म अलिकति चिन्तित भएँ, “प्रचारक हुँदा, मैले कयौँ मण्डलीको जिम्मेवारी लिनुपर्छ। मैले बारम्बार मण्डली अगुवा र डिकनहरूसँग भेला हुनुपर्छ र कामलाई मार्गदर्शन गर्न तिनीहरूसँग सङ्गति गर्नुपर्छ। यसका लागि सत्यताको बुझाइ र सत्यतामा सङ्गति गरी समस्याहरू समाधान गर्ने क्षमता चाहिन्छ। मैले परमेश्वरमा विश्वास गरेको थोरै समय मात्रै भएको छ, र मेरो सत्यताको बुझाइ पनि सतही छ। मैले भर्खरै प्रचारकका रूपमा तालिम लिन सुरु गरेको छु र धेरै कुरामा कमी छ। यदि मैले भेलाको दौरान आफ्ना ब्रदर-सिस्टरहरूका समस्याहरू समाधान गर्न सकिनँ भने, तिनीहरूले मेरा बारेमा के सोच्नेछन्? के तिनीहरूले म यो कर्तव्यका लागि योग्य छैन भनेर सोच्नेछन् र मलाई हेप्नेछन्?” तर फेरि मैले सोचेँ, “परमेश्वरको अनुमतिले कर्तव्य मेरो काँधमा आएको छ, र त्योभन्दा पनि बढी, यो परमेश्वरको अनुग्रह हो। मैले परमेश्वरलाई निराश पार्नु हुँदैन र काम गर्दा परमेश्वरमा भरोसा गर्नुपर्छ।” त्यसैले, मैले यो कर्तव्य स्वीकार गरेँ।
सुरुमा, मैले मण्डली अगुवा र डिकनहरूसँग पत्रहरूमार्फत मात्र कामका बारेमा सञ्चार गर्थेँ, तर त्यो त्यति प्रभावकारी भएन। केही कामका लागि अवस्था प्रत्यक्ष रूपमा बुझ्न र व्यावहारिक मार्गदर्शन प्रदान गर्न भेला हुन आवश्यक थियो। मैले के सोचेँ भने धेरैजसो मण्डली अगुवाले मभन्दा लामो समयदेखि परमेश्वरमा विश्वास गरेका थिए, र निश्चित रूपमा मभन्दा बढी सत्यता बुझेका थिए। यदि मैले राम्ररी सङ्गति गर्न सकिनँ र तिनीहरूका समस्या र कठिनाइहरू समाधान गर्न असमर्थ भएँ भने, के त्यो साँच्चै लाजमर्दो हुने थिएन र? यदि हामीले पत्रहरूमार्फत सञ्चार गर्यौँ भने, मैले तिनीहरूका समस्याहरूमाथि मनन गर्न समय पाउँथेँ, र मैले नबुझेको कुनै पनि कुराका बारेमा माथिका अगुवाहरूसँग खोजी गर्न सक्थेँ। कम्तीमा पनि मैले सबैका अगाडि आफूलाई लज्जित त बनाउने थिइनँ। तर, भेलाहरूविना, तिनीहरूका समस्या र कठिनाइहरू विस्तृत रूपमा बुझ्ने कुनै तरिका थिएन, र त्यसैले तिनीहरूलाई भेलामा बोलाउनुबाहेक मसँग अरू कुनै विकल्प थिएन। भेलाको दौरान म असाध्यै आत्तिएको थिएँ। एउटी सिस्टरले सफा गर्ने काम गर्दा आफूले धेरै समस्याहरूको सामना गरेकी र ती कसरी समाधान गर्ने भनेर थाहा नभएको, अनि आफ्नो स्थिति पनि खराब रहेको बताइन्। मेरो दिमाग खाली भयो, र मैले तुरुन्तै यी समस्याहरू कसरी समाधान गर्ने भनेर पत्ता लगाउन सकिनँ, र त्यसैले म झनै आत्तिएँ। मैले मनमनै सोचेँ, “मेरी सिस्टर अझै पनि उनीसँग मैले सङ्गति गरूँ भनेर पर्खिरहेकी छिन्। यो मेरो पहिलो भेला हो। यदि मैले समस्याहरू समाधान गर्न सकिनँ भने, मेरा ब्रदर-सिस्टरहरूले मेरा बारेमा के सोच्नेछन्? के तिनीहरूले मेरो स्तरको प्रचारकले यस्ता समस्याहरू समेत समाधान गर्न सक्दैन भनेर सोच्नेछन्?” मेरा ब्रदर-सिस्टरहरूले मेरो वास्तविकता थाहा नपाऊन् भनेर, मैले आफूलाई परमेश्वरका वचनहरू खोज्न बाध्य तुल्याउनुबाहेक अरू कुनै विकल्प थिएन। लामो समयसम्म खोजेपछि पनि, मैले मेरी सिस्टरको स्थितिमा लागू हुने कुनै वचनहरू भेट्टाउन सकिनँ। अन्तमा, मैले मुस्किलले एउटा खण्ड भेट्टाएँ, तर मैले त्यो पढेर सिध्याएपछि, कसैले पनि त्यसमाथि सङ्गति गरेन। कोठामा पूरा सन्नाटा छायो, र म लाजले मरेतुल्य भएँ। “यो त ठूलो बेइज्जती हो। मैले भेट्टाएको खण्ड पक्कै पनि उपयुक्त छैन र यसले यी समस्याहरू समाधान गर्न सक्दैन। अब मेरा ब्रदर-सिस्टरहरूले मेरो वास्तविक स्तर पक्कै थाहा पाए। भविष्यमा म कसरी तिनीहरूको सामना गर्न सक्छु?” मैले जति धेरै सोचेँ, त्यति नै मलाई यो कर्तव्य पूरा गर्न सक्दिनँ भन्ने महसुस भयो। अन्तमा, मैले झाराटारुवा तरिकाले केही शब्दहरूमा छोटकरीमा सङ्गति गरेँ, र कामका बारेमा सोध्न थालेर विषय परिवर्तन गरेँ। तर म आत्तिएकाले, र समस्याहरू समाधान गर्न नसकेमा मेरा ब्रदर-सिस्टरहरूले मलाई कस्तो दृष्टिले हेर्लान् भनेर चिन्तित भएकाले, मैले तिनीहरूको कामका बारेमा मोटामोटी रूपमा मात्रै बुझेँ र भेला नसकिउन्जेल मैले जसोतसो आफूलाई सम्हाल्न सकेँ। घर पुगेपछि म धेरै नकारात्मक भएँ, र मनमनै सोचेँ, “आजको भेला पूर्ण रूपमा असफल भयो। मैले मेरा ब्रदर-सिस्टरहरूका समस्याहरू समाधान गर्न नसकेको मात्र होइन, मैले आफ्नो वास्तविक स्तरलाई पनि पूर्ण रूपमा खुलासा गरेँ। भविष्यमा म कसरी मेरा ब्रदर-सिस्टरहरूको सामना गर्न सक्छु?” त्यस समयमा, म नकारात्मक स्थितिमा जिइरहेको थिएँ र परमेश्वरका वचनहरू खान र पिउन मसँग कुनै ऊर्जा थिएन। म कामको अनुगमनमा त्यति लगनशील थिइनँ, र जानाजानी भेलाहरूलाई टारिरहेको थिएँ। मैले लगभग एक महिनासम्म अगुवा र डिकनहरूसँग भेला हुने आँटसमेत गरिनँ। केही मण्डली अगुवाले मानिसहरूलाई खुट्याउने सिद्धान्तहरू बुझेका थिएनन्, र मानिसहरूलाई निकाल्नका लागि सामग्रीहरू व्यवस्थित गर्ने कामको प्रगति एकदमै ढिलो थियो। पत्रहरूमार्फत धेरै पटक सञ्चार गरेपछि पनि कुनै सुधार भएन, त्यसैले हामीले व्यावहारिक मार्गदर्शनका लागि प्रत्यक्ष भेट्नुपर्ने थियो। तर, आफ्नो नाक जोगाउनका लागि मैले तिनीहरूसँग भेटेर सङ्गति गर्ने आँट गरिनँ। यसले मण्डलीको सफाइको काममा ढिलाइ गरायो।
पछि, म मेरा सहकर्मीहरूसँग भेला हुँदा, मैले तिनीहरूलाई आफ्नो स्थितिबारे बताएँ। मेरो सहकर्मी सिस्टरले मलाई परमेश्वरका वचनहरूको एउटा पठनको भिडियो देखाइन्। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “जब कसैलाई दाजुभाइ-दिदीबहिनीहरूले अगुवा बन्न चयन गर्छन्, वा उसलाई कुनै एक निश्चित काम गर्न वा एक निश्चित कर्तव्य निर्वाह गर्नका लागि परमेश्वरको घरद्वारा प्रवर्धन गरिन्छ, तब यसको अर्थ उसको विशेष हैसियत वा पद छ, वा उसले बुझेका सत्यताहरू अन्य मानिसहरूले बुझेका सत्यताभन्दा गहिरो र धेरै छन् भन्ने होइन—उसले आफूलाई परमेश्वरमा समर्पित गर्न सक्छ, र उहाँलाई धोका दिनेछैन भन्ने त झनै होइन। निश्चय नै, यसको अर्थ उसले परमेश्वरलाई चिन्छ, र ऊ परमेश्वरको डर मान्ने व्यक्ति हो भन्ने पनि होइन। वास्तवमा, उसले यीमध्ये कुनै पनि कुरा हासिल गरेको हुँदैन। प्रवर्धन र संवर्धन त सिधा अर्थको प्रवर्धन र संवर्धन मात्रै हो, र यो उसलाई परमेश्वरले पूर्वनियोजन गर्नुभएको र योग्य ठान्नुभएको बराबर होइन। उसको प्रवर्धन र संवर्धनको अर्थ उसलाई प्रवर्धन गरिएको छ, र ऊ संवर्धन हुने प्रतीक्षामा छ भन्ने मात्र हो। अनि यो संवर्धनको अन्तिम परिणाम यो व्यक्तिले सत्यता पछ्याउँछ कि पछ्याउँदैन, र सत्यता पछ्याउने मार्ग छनौट गर्न सक्छ कि सक्दैन भन्ने कुरामा निर्भर हुन्छ। तसर्थ, जब मण्डलीमा कसैलाई अगुवा हुनका निम्ति प्रवर्धन र संवर्धन गरिन्छ, उसलाई केवल सिधा अर्थमा प्रवर्धन र संवर्धन गरिएको हुन्छ; यसको अर्थ अगुवाका रूपमा ऊ पहिलेदेखि नै मानकअनुरूप र दक्ष छ, ऊ पहिल्यै अगुवाइको काम गर्न सक्षम छ, र उसले वास्तविक काम गर्न सक्छ भन्ने होइन—कुरा त्यस्तो होइन। धेरैजसो मानिसहरूले यी कुराहरूलाई छर्लङ्ग देख्न सक्दैनन्, र तिनीहरू बढुवा गरिएकाहरूलाई आफ्नै कल्पनाहरूका आधारमा सम्मान गर्छन्। यो गल्ती हो। ती प्रवर्धन गरिएकाहरूले परमेश्वरमा जति नै वर्ष विश्वास गरेका भए पनि, के तिनीहरूसँग साँच्चै नै सत्यता वास्तविकता हुन्छ? हुन्छ नै भन्ने हुँदैन। के तिनीहरू परमेश्वरको घरको कामका प्रबन्धहरू लागू गर्न सक्षम हुन्छन्? हुन्छन् नै भन्ने हुँदैन। के तिनीहरूसँग जिम्मेवारी बोध हुन्छ? के तिनीहरू बफादार हुन्छन्? के तिनीहरू समर्पित हुन सक्छन्? कुनै समस्याको सामना गर्नुपर्दा, के तिनीहरूले सत्यताको खोजी गर्न सक्छन्? यो सब अज्ञात हुन्छ। के यी मानिसहरूमा परमेश्वरको डर मान्ने हृदय हुन्छ? अनि, परमेश्वरको डर मान्ने उनीहरूको हृदय कति ठूलो हुन्छ? के तिनीहरू कामकुरा गर्दा आफ्नै इच्छा नपछ्याउन सक्षम हुन्छन्? के तिनीहरू परमेश्वरको खोजी गर्न सक्षम हुन्छन्? तिनीहरूले अगुवाइको काम गरिरहेका बेला के तिनीहरू परमेश्वरका अभिप्रायहरू खोज्न बारम्बार परमेश्वरसामु आउन सक्छन्? के तिनीहरूले मानिसहरूलाई सत्यता वास्तविकतामा डोर्याउन सक्छन्? तिनीहरू निश्चय नै त्यस्ता कुराहरू गर्न असक्षम हुन्छन्। तिनीहरूले तालिम प्राप्त गरेका हुँदैनन् र पर्याप्त अनुभवहरू पाएका हुँदैनन्, त्यसकारण तिनीहरू यी कामकुरा गर्न असक्षम हुन्छन्। यही कारणले गर्दा कसैलाई बढुवा र संवर्धन गर्नुको अर्थ उसले पहिल्यै सत्यता बुझेको छ भन्ने होइन, न त यसको अर्थ ऊ पहिलेबाटै मानकअनुरूप आफ्नो कर्तव्य पूरा गर्न सक्षम छ भन्ने नै हुन्छ। त्यसोभए, कसैलाई प्रवर्द्धन र संवर्धन गर्नुको उद्देश्य र महत्त्व के हो त? यही कि यो व्यक्तिलाई, एउटा व्यक्तिगत रूपमा प्रवर्द्धन गरिन्छ ताकि उसले अभ्यास गरोस्, र उसले विशेष रूपमा मलजल र तालिम प्राप्त गरोस्, यसरी ऊ सत्यता सिद्धान्तहरू, अनि विभिन्न कामकुरा गर्ने र विभिन्न समस्याहरू समाधान गर्ने सिद्धान्त, उपाय, र विधिहरू बुझ्न, साथसाथै उसले सामना गर्ने विभिन्न प्रकारका वातावरण र मानिसहरूलाई परमेश्वरका अभिप्रायहरूअनुसार, र परमेश्वरको घरका हितहरूको सुरक्षा गर्ने तरिकाले कसरी सम्हाल्ने र व्यवहार गर्ने भनी बुझ्न सक्षम होओस्। यी बुँदाहरूका आधारमा मूल्याङ्कन गर्दा, के परमेश्वरको घरद्वारा प्रवर्द्धन र संवर्धन गरिने प्रतिभावान् मानिसहरू प्रवर्द्धन र संवर्धन गरिने अवधिमा वा प्रवर्द्धन र संवर्धनको अगावै राम्रोसित आफ्नो काम गर्न र आफ्नो कर्तव्य पूरा गर्न पर्याप्त रूपमा सक्षम हुन्छन् त? अवश्य नै हुँदैनन्। यसैले, संवर्धनको दौरान, यी मानिसहरूले काँटछाँट, न्याय र सजाय, खुलासा र बर्खास्ती समेत भोग्नु अपरिहार्य हुन्छ; यो सामान्य कुरा हो, यो तालिम र संवर्धन हो” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (५))। परमेश्वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने कुनै व्यक्तिलाई पदोन्नति र संवर्धन गरियो भन्दैमा ऊ अरू कोहीभन्दा उत्तम छ, सत्यता वास्तविकताले युक्त छ, वा कुनै पनि समस्यालाई स्पष्ट रूपमा देखेर समाधान गर्न सक्षम छ भन्ने हुँदैन। जब मण्डलीले कसैलाई पदोन्नति र संवर्धन गर्छ, तब उसलाई जिम्मेवारी र बोझ दिन्छ, र अभ्यास गर्ने, अनि समस्याहरू पत्ता लगाएर तिनलाई समाधान गर्न सत्यता खोज्न सिक्ने थप अवसरहरू दिन्छ। उसले नबुझ्ने वा गर्न नसक्ने केही कुराहरू हुनु एकदमै सामान्य हो। यो मैले ब्रदर-सिस्टरहरूसँग भेला हुँदाको जस्तै थियो। मैले परमेश्वरमा विश्वास गरेको छोटो समय मात्र भएकाले र यो कर्तव्य भर्खरै गर्न थालेकाले, मैले केही समस्याहरू कसरी समाधान गर्ने भनेर नजान्नु धेरै सामान्य थियो। तर, मैले सधैँ के विश्वास गरेको थिएँ भने प्रचारक हुँदा मैले सबै समस्याहरू समाधान गर्न सक्षम हुनुपर्छ, र मैले ती कसरी समाधान गर्ने भनेर थाहा छैन भन्न मिल्दैन। जब म समस्याहरू समाधान गर्न सक्दिनथेँ, तब मैले आफ्नै कमीकमजोरी ढाकछोप गरेको थिएँ। म नकारात्मक पनि भएको थिएँ र आफू प्रचारकको कर्तव्यका लागि असक्षम छु भनेर आफैले फैसला गरिसकेको थिएँ, र लगभग एक महिनासम्म अगुवा र डिकनहरूसँग भेला हुने आँटसमेत गरेको थिइनँ, जसले मण्डलीको काममा ढिलाइ गराएको थियो। वास्तवमा, म प्रचारक भए तापनि, मेरो कद उस्तै थियो। ममा अझै पनि धेरै कमीकमजोरी थिए, र सत्यताको सतही बुझाइ थियो, र मैले नबुझेका वा गर्न नसक्ने कुराहरूका बारेमा धेरै खोजी गर्न र सोध्न, अनि ब्रदर-सिस्टरहरूसँग सङ्गतिमा खुलेर कुरा गर्दै, उनीहरूको सबलताको उपयोग गर्दै मेरा कमीकमजोरी परिपूर्ति गर्दै आफ्नो कर्तव्य राम्ररी पूरा गर्न आवश्यक थियो। यो कुरा बुझेपछि, म मण्डली अगुवा र डिकनहरूसँग भेला हुन इच्छुक भएँ।
तर जब मैले तिनीहरूलाई भेलाका बारेमा जानकारी दिन पत्र लेखेँ, मेरा अघिल्ला चिन्ताहरू थाहै नपाइकनै फेरि उब्जिए। पछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ जसले मेरो स्थितिलाई ठ्याक्कै सम्बोधन गऱ्यो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “भ्रष्ट मानिसहरू सबैमा एउटा साझा कमजोरी हुन्छ: जब तिनीहरूसँग हैसियत हुँदैन, तब तिनीहरूले अरूसँग अन्तरक्रिया गर्दा वा बोल्दा स्वाङ पार्दैनन् वा कुनै निश्चित शैली अपनाउँदैनन्। तिनीहरूको बोलीमा कुनै बनावटी स्वर हुँदैन र त्यो साधारण र सामान्य हुन्छ। तिनीहरूको देखावटी रूप हुँदैन, वा तिनीहरू अरूले तिनीहरूका बारेमा के सोच्छन् भनी चिन्ता गर्दैनन्। तिनीहरूले कुनै मनोवैज्ञानिक दबाब महसुस गर्दैनन्, र अरू मानिसहरूसँग खुलेर कुरा गर्न र सङ्गति र अन्तरङ्ग कुराकानीमा संलग्न हुन सक्षम हुन्छन्। अरूले तिनीहरू मित्रवत् र सजिलै नजिकिन सकिने स्वभावका भएको महसुस गर्छन्, र तिनीहरू निकै राम्रा छन् भनी सोच्छन्। तर, तिनीहरू हैसियत प्राप्त गर्नेबित्तिकै, उच्च र शक्तिशाली बन्छन्, साधारण मानिसहरूलाई बेवास्ता गर्छन्, तिनीहरूसँग कोही पनि रकुरा गर्न सक्दैन; तिनीहरूले आफू कुलीन हुँ, र आफू साधारण मानिसहरूभन्दा फरक वर्गको हुँ भन्ने ठान्छन्। तिनीहरू साधारण मानिसहरूलाई तुच्छ नजरले हेर्छन्, तिनीहरू ठाँटसित बोल्छन् र अरूसँग खुला रूपमा सङ्गति गर्न छोड्छन्। किन तिनीहरूले त्यसउप्रान्त खुला रूपमा सङ्गति गर्न छोड्छन्? तिनीहरूलाई आफूसँग अब हैसियत छ, र आफू अगुवा हुँ भन्ने लाग्छ। तिनीहरू अगुवाहरूको एउटा निश्चित छवि हुनैपर्छ, उनीहरू साधारण मानिसहरूभन्दा उच्च हुनुपर्छ, उनीहरूसँग अरूको भन्दा ठूलो कद र सहनशक्ति हुनुपर्छ भन्ने सोच्छन्; तिनीहरूले के विश्वास गर्छन् भने, सर्वसाधारण मानिसहरूका तुलनामा, अगुवाहरूसँग अझै बढी धैर्य हुनुपर्छ, उनीहरूले अझै बढी कष्ट भोग्न र समर्पित हुन, अनि शैतानको कुनै पनि परीक्षा सामना गर्न सक्नुपर्छ। तिनीहरूका आमाबुबा वा परिवारका अन्य सदस्यहरूको मृत्यु भए पनि, तिनीहरूलाई आफूसँग नरुनका लागि आत्म-नियन्त्रण हुनुपर्छ, वा तिनीहरूले अरूका अगाडि भन्दा पनि गोप्य रूपमा, नदेखिने गरी रुनुपर्छ भन्ने लाग्छ। तिनीहरूले कसैलाई पनि आफ्ना कमजोरी वा त्रुटि वा आफ्ना कुनै पनि दुर्बलताहरू देख्न दिनु हुँदैन, र तिनीहरूले आफू नकारात्मक भएको कुरा समेत कसैलाई थाहा दिनु हुँदैन; बरु, त्यस्ता सबै कुराहरू लुकाउनुपर्छ भन्ने सोच्छन्। तिनीहरूले हैसियत भएको व्यक्तिले यसरी नै व्यवहार गर्नुपर्छ भन्ने विश्वास गर्छन्। जब तिनीहरू आफूलाई यस हदसम्म कुण्ठित पार्छन्, तब के हैसियत नै तिनीहरूको परमेश्वर, तिनीहरूको प्रभु बनेको हुँदैन र? अनि यस्तो हुँदा, के तिनीहरूमा अझै सामान्य मानवता हुन्छ? जब तिनीहरूमा यी विचार हुन्छन्, जब तिनीहरूले आफूलाई सीमित दायरामा राख्छन्, र यस प्रकारको नाटक गर्छन्, तब के तिनीहरू हैसियतले मोहित भएका हुँदैनन् र?” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। हैसियतको परीक्षा र बन्धनलाई कसरी समाधान गर्ने)। परमेश्वरका वचनहरूको खुलासामार्फत मैले के बुझेँ भने प्रचारक बनेदेखि मैले आफ्ना कमीकमजोरीलाई कहिल्यै पनि सही तरिकाले लिन नसक्नुको कारण मैले आफूलाई प्रचारकको उच्च आसनमा राखेकाले थियो। भेलाअघि, मैले भेट्ने अगुवा र डिकनहरूले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरेका छन् भन्ने सोच्नेबित्तिकै म आत्तिएको हुन्थेँ, मलाई समस्याहरू समाधान गर्न सक्दिनँ, र तिनीहरूले मलाई एक अयोग्य प्रचारक ठान्नेछन्, जसले गर्दा म लज्जित र अप्ठ्यारोमा पर्नेछु भन्ने डर लाग्थ्यो। भेलाको दौरान, मैले सिस्टरका समस्याहरूलाई स्पष्ट देख्न वा समाधान गर्न नसकेको भए तापनि, मैले अझै के विश्वास गरेको थिएँ भने प्रचारक भएर मैले वास्तवमा ती समस्याहरूलाई छर्लङ्ग देख्न सक्दिनँ भन्न मिल्दैन। त्यसैले, मैले त्यसै परमेश्वरका वचनहरूको एउटा खण्ड फेला पारेँ र झाराटारुवा तरिकाले सङ्गति गरेँ, सिस्टरका समस्याहरू समाधान भए वा भएनन् भन्ने कुरामा कुनै ध्यान नदिई मैले कुराकानीलाई अन्य कामका बारेमा पत्ता लगाउनतिर मोडेँ। त्यसो गर्दा पनि, आफूले पत्ता लगाएका समस्याहरू समाधान गर्न सक्दिनँ कि भनेर चिन्तित भएकाले, मैले कामका बारेमा धेरै छोटकरीमा मात्र सोधेको थिएँ। फलस्वरूप, भेलाले कुनै पनि समस्या समाधान गरेन। यदि मैले त्यस समयमा खुलस्त भन्न र इमानदार हुन सकेको भए, र त्यसपछि सबैसँग मिलेर सङ्गति र खोजी गरेको भए, सिस्टरका समस्याहरू केही हदसम्म समाधान हुन सक्थे। र यदि यो साँच्चै समाधान हुन नसकेको भए, मैले पछि अरूबाट खोजी गर्न सक्थेँ। तर, मैले हरेक मोडमा प्रचारकका रूपमा आफ्नो हैसियत र छविलाई जोगाएँ, निरन्तर देखावटी गर्दै आफूलाई लुकाउँदै थिएँ। मैले सम्झेँ, कसरी माथिल्ला अगुवाहरू मसँग भेला भएको बेला, मैले जति बुझेको थिएँ त्यति नै सङ्गति गरेको थिएँ, र मैले नबुझेको कुनै पनि कुराका बारेमा आफ्नो हृदय खोलेर सोधेको थिएँ। ती भेलाहरूमा मैले ढुक्क र स्वतन्त्र महसुस गरेको थिएँ। तर, जब म ब्रदर-सिस्टरहरूसँग भेला हुन्थेँ, त्यो ढुक्क र स्वतन्त्रताको भावना पूर्ण रूपमा हराएर जान्थ्यो। मैले के विश्वास गरेको थिएँ भने प्रचारकका रूपमा, म तिनीहरूका समस्याहरू समाधान गर्नका लागि त्यहाँ थिएँ, र त्यसैले मैले थाहै नपाई आफूलाई प्रचारकको उच्च आसनमा राखेको थिएँ। मैले निरन्तर आफ्ना कमीकमजोरी छिपाउने र लुकाउने प्रयास गरिरहेको थिएँ, र फलस्वरूप, मैले परमेश्वरको अगुवाइ प्राप्त गर्न सकेको थिइनँ। यसले गर्दा भेलाहरूमा मेरो सङ्गति खल्लो र उजाड हुन्थ्यो, र मलाई धेरै थकित महसुस गराउँथ्यो।
मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढेँ र आफ्नो समस्याबारे थप केही बुझाइ हासिल गरेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “ख्रीष्टविरोधीहरूले आफ्नो प्रतिष्ठा र हैसियतलाई अत्यन्तै प्यारो ठान्ने कार्य साधारण मानिसको भन्दा धेरै परको हदसम्म जान्छ र यो तिनीहरूको स्वभाव सारभित्रै रहेको हुन्छ; यो तिनीहरूको अस्थायी रुचि वा तिनीहरूको वातावरणले पारेको क्षणिक प्रभाव होइन—यो तिनीहरूको जीवन र हड्डीभित्र गाडिएको कुरा हो, त्यसैले यो तिनीहरूको सार हो। भन्नुको मतलब ख्रीष्टविरोधीहरूले गर्ने हरेक कुरामा तिनीहरूको पहिलो सोच भनेको तिनीहरूको आफ्नै प्रतिष्ठा र हैसियत हो, योभन्दा अरू केही होइन। ख्रीष्टविरोधीहरूका लागि प्रतिष्ठा र हैसियत नै तिनीहरूको जीवन हो र तिनीहरूले जीवनभर पछ्याउने लक्ष्य हो। आफूले गर्ने सबै कुराहरूमा तिनीहरूको पहिलो सोच यस्तो हुन्छ: ‘मेरो हैसियत के हुनेछ? अनि मेरो प्रतिष्ठा के हुनेछ? के यो काम गर्दा यसले मलाई राम्रो प्रतिष्ठा दिन्छ त? के यसले मानिसहरूको मनमस्तिष्कमा मेरो हैसियत उच्च पार्छ त?’ तिनीहरूले सुरुमा सोच्ने कुरा यही हो, जुन तिनीहरूमा ख्रीष्टविरोधीहरूको स्वभाव र सार छ भन्ने कुराको पर्याप्त प्रमाण हो—र यसैकारण तिनीहरू कुराहरूलाई यसरी विचार गर्छन्। के भन्न सकिन्छ भने, ख्रीष्टविरोधीहरूको लागि, प्रतिष्ठा र हैसियत केही अतिरिक्त आवश्यकता होइनन्, झन् तिनीहरूका लागि नहुँदा पनि हुने बाह्य कुराहरू हुने त परै जाओस्। ती कुराहरू ख्रीष्टविरोधीहरूको प्रकृतिका अंश हुन्, ती तिनीहरूका हड्डीमै हुन्छन्, रगतमै हुन्छन् र ती तिनीहरूमा जन्मदेखि नै आएका हुन्। ख्रीष्टविरोधीहरू आफूले प्रतिष्ठा र हैसियत धारण गर्ने कि नगर्ने भन्ने कुराप्रति उदासीन रहँदैनन्; यो तिनीहरूको मनोवृत्ति होइन। त्यसो भए तिनीहरूको मनोवृत्ति के हो त? प्रतिष्ठा र हैसियत घनिष्ठ रूपमा तिनीहरूको दैनिक जीवन, दैनिक अवस्था र तिनीहरूले दैनिक रूपमा पछ्याइरहेका कुरासँग जोडिएको हुन्छ। ख्रीष्टविरोधीहरूका लागि प्रतिष्ठा र हैसियत तिनीहरूको जीवन हो। तिनीहरू जे-जसरी बाँचे पनि, तिनीहरू जुनसुकै वातावरणमा बाँचे पनि, तिनीहरूले जे काम गरे पनि, तिनीहरूले जुनसुकै कुरा पछ्याए पनि, तिनीहरूको लक्ष्य जेसुकै भए पनि, तिनीहरूको जीवनको दिशा जतासुकै भए पनि, यो सबै राम्रो प्रतिष्ठा र उच्च हैसियत प्राप्त गर्नमा केन्द्रित हुन्छ। अनि यो लक्ष्य परिवर्तन हुँदैन; तिनीहरूले यस्ता कुराहरूलाई कहिल्यै पनि पन्छाउन सक्दैनन्। ख्रीष्टविरोधीहरूको साँचो अनुहार र तिनीहरूको सार यही हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्वरले के खुलासा गर्नुहुन्छ भने ख्रीष्टविरोधीले प्रतिष्ठा र हैसियतलाई आफ्नो जीवन ठान्छ। उसले जे गरे पनि सधैँ आफ्नै प्रतिष्ठा र हैसियतलाई पहिलो स्थानमा राख्छ, र प्रतिष्ठा र हैसियत नहुँदा, उसमा केही गर्ने उत्प्रेरणा हुँदैन। यो उसको प्रकृति सारद्वारा निर्धारण हुन्छ। मैले पनि हरेक मोडमा आफ्नो प्रतिष्ठा र हैसियतको रक्षा गरेँ। म प्रचारक चुनिएपछि, कुनै पनि भेलामा जानुअघि नै म समस्याहरू समाधान गर्न नसक्ने हो कि भनेर चिन्ता गर्न थालिसकेको थिएँ। म भेलाहरूमा जान चाहन्नथेँ किनभने मलाई मेरा ब्रदर-सिस्टरहरूले मेरो वास्तविक स्तर देख्नेछन् भन्ने डर थियो। मेरा ब्रदर-सिस्टरहरूले मानिसहरूलाई निकाल्नका लागि सामग्रीहरू व्यवस्थित गर्नेसम्बन्धी सिद्धान्तहरू बुझेका छैनन् र उनीहरूलाई आमने-सामने मार्गदर्शनको खाँचो छ भन्ने कुरा राम्ररी जान्दाजान्दै पनि, अरूका अगाडि आफूलाई मूर्ख बनाउने र इज्जत गुमाउने डर थियो, त्यसैले म भेलामा गइनँ। यसको मतलब सफाइको कामका समस्याहरू समाधान गर्न लामो ढिलाइ भएको थियो, जसले काममा ढिलाइ हुन पुगेको थियो। मैले प्रतिष्ठा र हैसियतलाई अत्ति धेरै वास्ता गरेको थिएँ! विगतमा, म संसारमा हुँदा ममा प्रतिष्ठा र हैसियतप्रति एकदमै बलियो इच्छा थियो। जब म काम गरिरहेको हुन्थेँ, तब मेरो कामप्रतिको बलियो नैतिकता र केही सीपहरू भएकाले सिफ्ट लिडरले बैठकहरूमा अक्सर मेरो प्रशंसा गर्थे। हाकिमले पनि मलाई राम्रो ठान्थे र मलाई केही कामहरूको जिम्मेवारी लिन भने। यसले मलाई धेरै खुसी बनायो। तर जब मैले गरेको काम फेरि गर्नुपर्यो र सिफ्ट लिडरले मेरो आलोचना गरे, तब धेरै मानिसका अगाडि मेरो नाक काटियो भन्ने महसुस भएकाले मैले राजीनामा दिन चाहेँ। परमेश्वरको घरमा आफ्नो कर्तव्य पूरा गर्न आएपछि पनि, मैले अझै पनि आफ्नै इज्जत र हैसियतलाई पहिलो स्थानमा राखेँ, र केही काम कसरी सम्हाल्ने भनेर मलाई थाहा छैन भनेर स्वीकार्ने आँट गरिनँ। मैले परमेश्वरमा विश्वास गरेको लामो समय भएको थिइन, तर मैले प्रचारकका रूपमा आफ्नो कर्तव्य पूरा गर्न सक्षम हुन परमेश्वरबाट अनुग्रह पाएको थिएँ। परमेश्वरको अभिप्राय मैले आफ्नो कर्तव्यमा समस्याहरू समाधान गर्न सत्यता खोज्ने तालिम लिऊँ भन्ने थियो। यो सत्यता प्राप्त गर्ने राम्रो अवसर थियो। तर, मैले आफ्नो कर्तव्य कसरी राम्ररी पूरा गर्ने र परमेश्वरलाई सन्तुष्ट पार्ने भनेर सोच्नुको सट्टा, मैले जोडतोडले आफ्नै इज्जत र हैसियतको रक्षा गर्ने प्रयास गरेँ। जब मैले मण्डलीको काममा समाधान गर्नुपर्ने समस्याहरू देखेँ, तब म पछि हटेँ र आफ्नै इज्जत र हैसियतको रक्षा गर्न ती समस्याहरू समाधान गर्न जानबाट पन्छिएँ। मैले मण्डलीको काममा अलिकति पनि ध्यान दिइनँ। म एकदमै स्वार्थी र घृणास्पद थिएँ। मैले हिँडिरहेको मार्ग परमेश्वरलाई प्रतिरोध गर्ने ख्रीष्टविरोधीहरूको मार्ग थियो! जब मैले यो बुझेँ, तब मलाई आफ्नो स्थिति धेरै खतरनाक छ भन्ने लाग्यो, र छिटो पश्चात्ताप गर्न र यो स्थिति बदल्न इच्छुक भएँ।
पछि, माथिका अगुवाहरूले मेरो स्थितिबारे थाहा पाएपछि मलाई परमेश्वरका वचनहरूका दुइटा खण्ड पठाए, जसले मलाई हैसियत त्याग्ने अभ्यास गर्ने बाटो दियो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “तँ कसरी साधारण र सामान्य व्यक्ति हुन सक्छस्? … पहिले, आफूलाई उपाधि नदे र त्यसपछि त्यसलाई तँलाई बाँध्न नदे, र यसो नभन्, ‘म अगुवा हुँ, म टोली प्रमुख हुँ, म सुपरिवेक्षक हुँ, वा म यस क्षेत्रमा सबैभन्दा ज्ञानी र प्राविधिक रूपमा निपुण व्यक्ति हुँ।’ आफूले आफैलाई दिएको उपाधिद्वारा नियन्त्रित नहो। यसो हुनेबित्तिकै, यसले तँलाई कसिलो गरी बाँध्नेछ; तेरा वचन र कार्यहरू यसबाट प्रभावित हुनेछन्, साथै तेरो सामान्य सोचाइ र निर्णय पनि प्रभावित हुनेछन्। तैँले आफूलाई यो हैसियतका बन्धनहरूबाट मुक्त गर्नैपर्छ। पहिले, यो आधिकारिक उपाधिको पदबाट हट्, र एक साधारण व्यक्तिको पद धारण गर्। त्यसपछि तेरो मानसिकता केही हदसम्म सामान्य हुनेछ। तैँले यो पनि स्वीकार गर्नुपर्छ: ‘मलाई यो कसरी गर्ने भन्ने थाहा छैन, र म त्यो बुझ्दिनँ—मैले केही अनुसन्धान र अध्ययन गर्नुपर्छ,’ वा ‘मैले यो कहिल्यै अनुभव गरेको छैन, त्यसैले मलाई के गर्ने भन्ने थाहा छैन।’ जब तँ आफूले साँच्चै के सोचिरहेको छु भनी भन्न सक्छस् र यसरी इमानदारीपूर्वक बोल्न सक्छस्, तब तँसँग सामान्य समझ हुनेछ। यदि तैँले अरूलाई आफ्नो वास्तविक रूप चिन्न दिइस् भने, तिनीहरूले तँप्रति सामान्य दृष्टिकोण राख्नेछन्, र तैँले देखावटी गर्नु पर्नेछैन। तैँले उप्रान्त गह्रौँ दबाब महसुस गर्नेछैनस्, र तँ अरूसँग सामान्य रूपमा कुराकानी गर्न सक्षम हुनेछस्। यसरी जिउनु स्वतन्त्र र सहज हुन्छ। जीवन धेरै थकाइलाग्दो लाग्नेले आफैलाई मात्रै दोष दिनुपर्छ। कुनै पनि कुराको नाटक नगर् वा कुनै पनि कुरालाई ढाकछोप नगर्। पहिले, तँ आफ्नो हृदयमा के सोचिरहेको छस् र तेरा साँचो विचारहरू के हुन् भनी खुलस्त हो, ताकि सबैले ती कुरा जानून् र बुझून्। यसरी, तेरा चिन्ताहरू, साथै तँ र अरूबीचका तगारो र शङ्काहरू सबै हट्नेछन्। यसबाहेक, तँलाई अर्को कुराले पनि बाँधिरहेको छ, त्यो के हो भने, तँ सधैँ आफूलाई टोलीको प्रमुख, एक अगुवा वा एक कामदार, उपाधि, हैसियत र प्रतिष्ठा भएको व्यक्ति ठान्छस्—यदि तँ त्यसपछि आफूले यो बुझ्दिनँ र त्यो गर्न असक्षम छु भनेर भन्छस् भने, के त्यो आफ्नै अपमान गर्नु होइन र? जब तँ आफ्नो हृदयका यी बन्धनहरू त्याग्छस्, जब तँ आफूलाई अगुवा वा कामदार ठान्न छोड्छस्, र जब तँ आफूलाई अरू मानिसहरूभन्दा राम्रो ठान्न छोड्छस् र बरु तँ एक साधारण व्यक्ति, अरू सबैजस्तै होस्, र तँ केही क्षेत्रमा अरूभन्दा निम्नस्तरीय छस् भनी महसुस गर्छस्, तब तैँले यस मानसिकताका साथ सत्यता र कामसँग सम्बन्धित मामिलाहरूमा सङ्गति गर्दा, नतिजा र वातावरण दुवै फरक हुनेछन्। यदि तेरो हृदयमा सधैँ दुबिधाहरू हुन्छन् भने, यदि तैँले सधैँ तनाव र रोकटोक महसुस गर्छस्, र तँ यी कुराहरू त्याग्न चाहन्छस् तर सक्दैनस् भने, तैँले इमानदारीपूर्वक परमेश्वरलाई प्रार्थना गर्नुपर्छ, आत्म-चिन्तन गर्नुपर्छ, आफ्ना कमीकमजोरीहरू चिन्नुपर्छ, र सत्यतातर्फ लागिपर्नुपर्छ। यदि तँ सत्यतालाई अभ्यासमा लागू गर्न पुगिस् भने, तैँले नतिजाहरू प्राप्त गर्नेछस्। तैँले जे गरे पनि, हैसियतको स्थानबाट वा आफ्नो उपाधिलाई मनमा राखेर नबोल् र कार्य नगर्। पहिले, यी सबैलाई पन्छा, र एक साधारण व्यक्तिको स्थान लि” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरका वचनहरूलाई बहुमूल्य ठान्नु नै परमेश्वरमाथिको विश्वासको जग हो)। “तेरा लागि हैसियतको अर्थ के हो त? वास्तवमा, हैसियत एउटा कपडा वा टोपीजस्तै थप, अतिरिक्त कुरा मात्र हो। यो एउटा गहना मात्र हो। यसको खास उपयोगिता छैन, र यो हुनुले कुनै प्रभाव पार्दैन। तँसँग हैसियत भए पनि नभए पनि, तँ उही व्यक्ति होस्। तैँले हैसियत प्राप्त गरेको कारणले मात्रै सत्यता वास्तविकता प्राप्त गर्नेछैनस्। मानिसहरूले सत्यता बुझ्न र सत्यता र जीवन प्राप्त गर्न सक्छन् कि सक्दैनन् भन्ने कुराको हैसियतसँग कुनै सरोकार छैन। जबसम्म तैँले हैसियतलाई ठूलो कुरा मान्दैनस्, तबसम्म यसले तँलाई बाँध्न सक्दैन। तर, यदि तैँले हैसियतलाई प्रेम गरिस् र त्यसमा विशेष गरी ध्यान केन्द्रित गरिस्, सधैँ त्यसलाई महत्त्वपूर्ण कुराका रूपमा लिइस् भने, त्यसले तँलाई आफ्नो नियन्त्रणमा राख्नेछ, र तैँले सधैँ आफ्नो हैसियत र मानिसहरूको मनमा रहेको आफ्नो छविको रक्षा गर्न चाहनेछस्। तँ खुलेर कुरा गर्न र आफूलाई उदाङ्गो पार्न, वा आत्म-ज्ञान प्राप्त गर्न इच्छुक हुनेछैनस्, र तँ आफ्ना कार्य, बोली, अरूसँगको अन्तरक्रिया, र आफ्नो कर्तव्य निर्वाहमा एक अगुवाको रूपमा आफ्नो पहिचान र हैसियतलाई पन्छाउन इच्छुक हुनेछैनस्। यो कस्तो प्रकारको समस्या हो? के यो हैसियतका बन्धनमा पर्ने कुरा होइन? तैँले हैसियतको स्थानबाट बोल्ने र कार्य गर्ने अनि आफ्नो अहङ्कार त्याग्न नसक्ने भएकाले यस्तो हुन्छ। के तैँले यसो गरेर आफूलाई कष्ट दिइरहेको छैनस् र? यदि तैँले साँच्चै सत्यता बुझ्छस्, र यदि तैँले हैसियतमा टाँसिएर नबसी त्यसलाई कायम राख्न सक्छस्, बरु आफूले निर्वाह गर्नुपर्ने सबै कर्तव्य र जिम्मेवारीहरू पूरा गर्नमा ध्यान केन्द्रित गर्न सक्छस्, र यदि तैँले आफूलाई एक साधारण दाजुभाइ वा दिदीबहिनीका रूपमा हेर्छस् भने, तँ हैसियतद्वारा बाँधिनेछैनस्, बाँधिनेछस् र?” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। हैसियतको परीक्षा र बन्धनलाई कसरी समाधान गर्ने)। परमेश्वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने “प्रचारक” भन्ने शब्द केवल एउटा पदवी हो, र यसले केहीको प्रतिनिधित्व गर्दैन। म प्रचारक भएँ भन्दैमा मैले तुरुन्तै सत्यता बुझ्न र समस्याहरू समाधान गर्न सक्छु भन्ने कुरा थिएन; मेरो कद पहिले जस्तै थियो, र मैले गर्न नसक्ने कुराहरू म अझै पनि गर्न सक्दिनथेँ। परमेश्वरले के आश गर्नुहुन्छ भने म एक धरातलीय, साधारण व्यक्ति बन्न सकूँ; पदवीहरूद्वारा बाँधिन वा नियन्त्रित नहूँ; भेलाको दौरान मेरा भ्रष्टता र कमीकमजोरी खुलस्त बताऊँ, आफूले बुझेजति सङ्गति गरूँ; आफूले समाधान गर्न नसक्ने समस्या वा कठिनाइहरू आइपर्दा “मलाई थाहा छैन” भन्दै एक इमानदार व्यक्ति बन्ने अभ्यास गरूँ; र मेरा ब्रदर-सिस्टरहरूसँग सङ्गति र खोजी गरेर आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सकूँ। परमेश्वरको अभिप्राय बुझेपछि, म यस सन्दर्भमा प्रवेश गर्न परमेश्वरमा भरोसा गर्न इच्छुक भएँ। पछि, भेलाहरूको दौरान, मैले आफूलाई प्रचारकको उच्च आसनमा राख्न छाडेँ, र जब मैले नबुझेका समस्याहरूको सामना गरेँ, तब मैले सबैसँग मिलेर छलफल गरेर समाधान गरेँ।
एक पटक, म एउटा मण्डलीमा कामका बारेमा बुझ्न गएँ र मैले आफूसँग पहिले सम्पर्कमा रहेको एक ब्रदरलाई देखेँ। उनको जीवन प्रवेश निकै राम्रो थियो, र उनले केही समस्या समाधान गर्न सत्यतामा सङ्गति गर्न सक्थे। मैले सोच्न थालेँ, “यदि म समस्याहरू समाधान गर्नमा उनी जत्तिको राम्रो भइनँ भने, मेरा ब्रदर-सिस्टरहरूले मेरा बारेमा के सोच्नेछन्? के तिनीहरूले म, एक प्रचारक, समस्याहरू समाधान गर्न सत्यतासमेत प्रयोग गर्न सक्दिनँ भनेर सोच्नेछन्? त्यो त अति लाजमर्दो हुनेछ!” मलाई के महसुस भयो भने म फेरि आफ्नो हैसियत र पदवीद्वारा नियन्त्रित भइरहेको छु, र विगतका भेलाहरू याद गरेँ, जब मैले प्रतिष्ठा र हैसियतका लागि सधैँ कुराहरू लुकाएको थिएँ र भेष बदलेको थिएँ, र मैले नबुझेका वा गर्न नसकेका कुराहरूलाई खुलेर प्रकट गर्ने आँट गरेको थिइनँ। भेलाहरूमा फुर्ती लगाएर बस्नु साँच्चै दुःखदायी र पीडादायी थियो! म उप्रान्त यसो गर्न चाहन्नथेँ। मैले परमेश्वरका वचनहरू सम्झेँ: “यदि तँ हैसियतका बन्धन र सीमाहरूको सास्ती भोग्न चाहँदैनस् भने, तैँले यी सबै उपाधि र प्रभा-मण्डल त्याग्नुपर्छ र आफ्ना ब्रदर-सिस्टरहरूलाई तेरो साँचो स्थिति र तेरो हृदयका विचारहरू बताउनुपर्छ। तिनीहरूलाई तेरा कमीकमजोरी र अपर्याप्तताहरू देख्न दे; यसरी, तिनीहरूले तँलाई सही तरिकाले व्यवहार गर्न सक्नेछन्, तँलाई अति उच्च सम्मान गर्नेछैनन् वा तँलाई पुज्नेछैनन्, र तैँले भेष बदल्नु पर्नेछैन। त्यसपछि, तैँले खुलेर आफ्नो साँचो स्थिति उदाङ्गो पारेपछि, के तेरो हृदयले अझ धरातलमा टेकेको, अझ आराम भएको महसुस गर्नेछैन र? किन आफ्नो ढाडमा यति भारी बोझ बोकेर हिँड्नु? यदि तैँले आफ्नो साँचो अवस्था देखाइस् भने, के ब्रदर-सिस्टरहरूले साँच्चै तँलाई हेयको नजरले हेर्नेछन्? के तिनीहरूले साँच्चै तँलाई त्याग्नेछन्? पटक्कै होइन। बरु, ब्रदर-सिस्टरहरूले तँलाई अनुमोदन गर्नेछन् र आफ्नो हृदयदेखि बोल्ने साहस भएकोमा तेरो प्रशंसा गर्नेछन्। तिनीहरूले तँ एक इमानदार व्यक्ति होस् भनी भन्नेछन्। यसले तँलाई मण्डलीको काम गर्नमा पटक्कै रोकटोक गर्नेछैन, न त यसले त्यसमा अलिकति पनि नकारात्मक प्रभाव पार्नेछ। यदि ब्रदर-सिस्टरहरूले साँच्चै तँलाई कठिनाइहरू छन् भनी देखे भने, तिनीहरूले तँलाई मद्दत गर्न र तँसँग सहकार्य गर्न पहल गर्नेछन्। त्यसो नै हुनेछैन र?” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरका वचनहरूलाई बहुमूल्य ठान्नु नै परमेश्वरमाथिको विश्वासको जग हो)। परमेश्वरका वचनहरूबाट मैले के बुझेँ भने यदि म हैसियत र पदवीहरू त्याग्न चाहने हो भने म एक इमानदार व्यक्ति हुनुपर्छ, कुराहरू लुकाउन वा भेष बदल्न छोडेर मेरा ब्रदर-सिस्टरहरूसँग आफ्ना साँचो सोचहरूका बारेमा खुलेर सङ्गति गर्नुपर्छ, मैले नबुझेका कुराहरूका बारेमा मेरा ब्रदर-सिस्टरहरूलाई सोध्नुपर्छ र सबैसँग सङ्गति गर्नुपर्छ, हाम्रा कमजोरीहरूको परिपूर्ति गर्न एकअर्काको सबलताहरूबाट सिक्नुपर्छ। यो मेरा लागि र मण्डलीको कामका लागि लाभदायक छ। त्यसैले, मैले मनमनै परमेश्वरलाई प्रार्थना गरेँ र मलाई इज्जत र हैसियत त्याग्न, पदवीहरूको बन्धन फाल्न, र एक इमानदार व्यक्ति बनेर सङ्गतिमा खुलस्त हुन अगुवाइ गर्नुहोस् भनेँ। भेलाको दौरान, मैले खुलेर आफूमा धेरै कमीकमजोरी छन्, र यदि कसैलाई केही समस्या छ भने, हामी सँगै सङ्गति गर्न र एकअर्काका सबलताहरूबाट सिक्न सक्छौँ भनेँ। जब मैले आफूलाई प्रचारकको उच्च आसनमा राख्न छाडेँ, तब म भेलामा त्यति तनावमा वा बाँधिएको महसुस गरिनँ। बरु, मैले त्यो पूरै भेलामा आफूलाई साँच्चै स्वतन्त्र र फुक्का महसुस गरेँ। मैले मेरा ब्रदर-सिस्टरहरूको सङ्गतिबाट केही ज्योति पनि पाएँ र समस्याहरूलाई अझ स्पष्ट रूपमा देखेँ। मेरो हृदयको गहिराइबाट, मलाई के महसुस भयो भने भेला हुँदा हैसियत र पदवीहरू त्याग्नु कत्ति ढुक्कलाग्दो हुँदो रहेछ।
यस अवधिको मेरो अनुभवमार्फत, मैले के बुझेँ भने मेरो कर्तव्य पूरा गर्ने क्रममा प्रतिष्ठा र हैसियत पछ्याउँदा त्यसले मलाई पीडा र यातनाबाहेक केही दिएन, र म हिँडिरहेको मार्ग परमेश्वरलाई प्रतिरोध गर्ने, ख्रीष्टविरोधीहरूको मार्ग थियो। म अन्ततः परमेश्वरद्वारा हटाइने मात्र थिएँ। एक सृजित प्राणीको उचित स्थानमा उभिएर, सरल र सिधा रूपमा खुलस्त हुँदै इमानदार व्यक्ति बनेर मात्रै म आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्छु।