९२. आमाबुबाको दया कहिल्यै तिर्न नसकिने ऋण हो?
म एउटा गरिब किसान परिवारमा हुर्किएँ। मेरा आमाबुबा लगभग ४० वर्षको हुँदा उहाँहरूले मलाई धर्मपुत्री बनाउनुभयो। जबदेखि मैले कुरा बुझ्न थालेँ, तबदेखि मैले मेरा आमाबुबालाई हाम्रो परिवार पाल्नका लागि पैसा कमाउन कडा परिश्रम गरिरहेको देखेँ। मेरा बुबा वर्षैभरि उज्यालो नहुँदै काम गर्न उठ्नुहुन्थ्यो, र मेरो पढाइका लागि पैसा कमाउन असारको गर्मीमा पनि बाहिर काम गर्नुहुन्थ्यो। मेरी आमाले पनि धेरै कडा परिश्रम गर्नुहुन्थ्यो। बिरामी हुँदा उहाँ उपचारमा पैसा खर्च गर्न हिचकिचाउनुहुन्थ्यो; खरायो हुर्काउनका लागि हरेक दिन घाँस काट्न खोलातिर जानुहुन्थ्यो, र मेरो पढाइ शुल्कका लागि पैसा बचत गर्नुहुन्थ्यो। मेरा आमाबुबाको हाल देखेर मेरो मन दुख्थ्यो, त्यसैले मैले ठूली भएपछि सन्तानी धर्म निभाउने मन बनाएँ। ठूली भएपछि, मैले आफूलाई अक्सर “‘छोराछोरीले हेरचाह गर्ने बेलामा आमाबुबा नै नरहने’ अवस्था नआओस्” भनेर सम्झाउँथेँ। मैले आफूलाई सन्तानी धर्म निभाउने कुरामा कुनै पछुतो छाड्नुहुँदैन भनेर सम्झाउँथेँ। पछि, मैले आफूले मन पराएको व्यक्तिलाई त्यागेर मेरा आमाबुबाको इच्छाअनुसार अहिलेका पतिलाई रोजेँ, र घरज्वाइँ बनाएर भित्र्याएँ।
२०११ मा, मेरा बुबाको अचानक मृत्यु भयो। मैले सोचेँ, “अब जतिसुकै मुस्किल वा कठिनाइ आए पनि, मैले आमाप्रतिको सन्तानी धर्म राम्ररी निभाउनैपर्छ। कुनै पछुतो छाड्नुहुँदैन।” म अक्सर मेरी आमाका लागि पोषण पूरक आहार किनिदिन्थेँ। २०१२ मा, मेरी आमाले मलाई सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको सुसमाचार प्रचार गर्नुभयो। छ महिनापछि, म अक्सर भेलाहरूमा र आफ्नो कर्तव्य पूरा गर्न बाहिर जान थालेँ। मेरा पतिले मेरी आमाले मलाई सुसमाचार प्रचार गर्नुभएकोमा प्रत्यक्ष-अप्रत्यक्ष रूपमा आलोचना गरे, र मेरो अगाडि नै मेरी आमालाई गिज्याउने र खिल्ली उडाउनेसमेत गरे। मलाई यति रिस उठ्यो कि मैले पतिलाई गाली गरेँ, र हरेक पटक यस्तो हुँदा, म मेरी आमालाई पीडा र विवशतामा परेर जानुभएको देख्थेँ। पछि, मेरा पतिले मलाई गर्ने सतावट झन्-झन् गम्भीर हुँदै गयो, र उनले मलाई कुटपिट र गालीगलौजसमेत गरे। मेरी आमाले पनि मसँगै गालीगलौज सहनुभयो, र मलाई आमाको धेरै ऋणी भएको महसुस भयो। २०१५ को अन्त्यमा, म प्रचारक चुनिएँ। एक पटक, म आफ्नो कर्तव्यमा यति व्यस्त भएँ कि म करिब एक हप्तासम्म घर गइनँ। मेरा पतिले आफन्तहरूसँग मिलेर मेरी आमालाई दुःख दिए, र मण्डलीका अगुवा र कामदारहरूबारे उजुरी गर्ने धम्की पनि दिए। म आफ्नो कर्तव्य पूरा गर्न छाडेर वातावरण मिलाउन घर फर्कन बाध्य भएँ। घर फर्केपछि, मेरा पतिले काम छाडेर घरमै बसेर मेरो निगरानी गर्न थाले। मलाई यो कुराले अत्यन्तै दिक्क लाग्यो, तर मैले मेरी आमाको अगाडि उनीसँग झगडा गर्ने आँट गरिनँ। म भित्रभित्रै एकदमै पीडा र दमन महसुस गर्दै त्यो सहेर बस्न बाध्य थिएँ। मैले परमेश्वरमा विश्वास गर्न थालेदेखि कसरी मेरा पतिले मेरी आमालाई बारम्बार अपमानित र खिसी गरेका थिए भन्ने सम्झेँ, म धेरै हैरान भएँ, मेरो मन छियाछिया भएजस्तो भयो। मलाई आमालाई बुढेसकालमा सुख दिनुको सट्टा, मैले उहाँलाई धेरै पीर र पीडा दिइरहेकी छु भन्ने महसुस भयो। फलस्वरूप, मसँग बाहिर गएर आफ्नो कर्तव्य पूरा गर्ने सङ्कल्प नै रहेन। मेरी आमाले मसँग सङ्गति गर्नुभयो र मैले प्रार्थना गरेर परमेश्वरमा भरोसा राख्नुपर्छ भन्नुभयो, तर मलाई यदि म आफ्नो कर्तव्य पूरा गर्न बाहिर गएँ भने, मेरा पतिले मलाई फेरि सताउनेछन् भन्ने चिन्ता थियो, र मेरी आमाले अझै कति पीर झेल्नुपर्ने हो, मलाई थाहा थिएन। त्यसैले, म घरै बसेँ, र मेरो स्थिति पनि झन्-झन् खराब हुँदै गयो। पछि, परमेश्वरले मेरा लागि बाटो खोलिदिनुभयो। मेरा पतिलाई उनको रोजगारदाताले काममा फर्कन सूचित गर्यो, र त्यसपछि मात्र म भेलाहरूमा जान र आफ्नो कर्तव्य पूरा गर्न सकेँ।
२०१६ मा, मसँग सहकार्य गर्ने सिस्टर पक्राउ परिन्। हामी छिमेकी थियौँ, त्यसैले मेरो सुरक्षामा पनि खतरा थियो। मैले मेरा पतिसँग बाहिर गएर लुक्नेबारे कुरा गरेँ, तर विश्वासै नलाग्ने गरी, मैले घर छाडेको केही दिनमै उनले प्रहरी चौकीमा गएर मैले परमेश्वरमा विश्वास गरेको र घर छाडेको भनेर उजुरी गरिदिए। प्रहरीले मेरा बारेमा अनुसन्धान गर्न थाल्यो, त्यसैले म घर फर्कन झनै नसक्ने भएँ। मैले भविष्यमा घर गएर आमालाई भेट्न नसक्ने कुरा सोचेँ—मैले कसरी उहाँको हेरचाह गर्ने र सन्तान धर्म निभाउने? मेरा बुबा बितिसक्नुभएको थियो, र मेरा पतिले हामीलाई यसरी सताइरहेका थिए। म गएपछि, के थाहा उनले मेरी आमालाई कस्तो व्यवहार गर्नेथिए होला। म मेरी आमाको एकमात्र नातेदार हुँ। म उहाँको साथमा नहुँदा उहाँ कति दुःखी र असह्य पीडामा हुनुहुनेथ्यो होला! तर यदि म घर जाँदा पक्राउ परेँ भने, के म दृढ रहन सक्नेथिएँ र? मेरो हृदय पीडा र द्वन्द्वले छियाछिया भयो, त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरी मलाई डोऱ्याउनुहोस् भनी बिन्ती गरेँ। एक दिन, मैले परमेश्वरका वचनहरू सम्झेँ: “एउटा व्यक्ति कहाँ जानेछ, उसले के गर्नेछ, उसले कस्ता मानिस वा अवस्थाहरू सामना गर्नेछ, उसले के-कस्ता कुराहरू भन्नेछ, र हरेक दिन के हुनेछ—के यी उसले पूर्वानुमान गर्न सक्ने कुरा हुन्? यो भन्न सकिन्छ कि मानिसहरूले यी सबै घटनाहरूको भविष्यवाणी गर्न नसक्ने मात्र होइन, योभन्दा पनि बढी, तिनीहरूले परिस्थितिहरू कसरी विकसित हुनेछन् भन्ने कुरालाई नियन्त्रण गर्न सक्दैनन्। मानिसहरूको दैनिक जीवनमा, यस्ता पूर्वानुमान गर्न नसकिने घटनाहरू नौलो हुँदै होइनन्, ती त आम रूपमा घट्ने घटना हुन्। यस्ता ‘दैनिक जीवनका सानातिना मामलाहरू’ सम्बन्धी घटनाहरू र ती विकसित हुने तरिका र नियमहरू मानिसहरूका लागि निरन्तर सम्झौटा हुन्: कुनै पनि घटना संयोग होइन; हरेक घटनाको विकासक्रम र अपरिहार्यतालाई मानव इच्छाद्वारा परिवर्तन गर्न सकिँदैन। आइपर्ने हरेक घटनाले मानवजातिलाई सृष्टिकर्ताको चेतावनी सुनाउँछ र यसले मानवले आफ्नै भाग्यलाई नियन्त्रण गर्न सक्दैन भन्ने सन्देश दिन्छ। यसका साथै, यो भाग्यलाई आफ्नै हातमा लिने मानिसहरूको निरर्थक महत्त्वाकाङ्क्षा र चाहनाविरुद्धको प्रतिप्रहार हो। यो प्रहार मानवजातिको अनुहारमा बारम्बार हानिएको शक्तिशाली झापड जस्तै हो, जसले मानिसहरूलाई तिनीहरूको भाग्यमाथि ठ्याक्कै कसले सार्वभौमिकता राख्छ र त्यसलाई कसले नियन्त्रण गर्छ भनी आत्मचिन्तन गर्न बाध्य पार्छ। अनि जब मानिसहरूका महत्त्वाकाङ्क्षा र चाहनाहरू बारम्बार धराशायी र चकनाचुर हुन्छन्, तब तिनीहरूसँग अचेतन रूपमै भाग्यका प्रबन्धहरूअनुसार चल्नु, साथै वास्तविकता, स्वर्गको इच्छा, र सृष्टिकर्ताको सार्वभौमिकतालाई स्विकार्नुको विकल्प नै हुँदैन। ‘दैनिक जीवनका सानातिना मामलाहरू’ सम्बन्धी दोहोरिरहने घटनाहरूदेखि सारा मानिसहरूको जीवनको भाग्यसम्म यस्तो कुनै कुरा छैन जसले सृष्टिकर्ताको सार्वभौमिकता र उहाँका प्रबन्धहरू प्रकट नगरोस्; यस्तो कुनै कुरा छैन जसले सृष्टिकर्ताको अख्तियारलाई उछिन्न सकिँदैन भन्ने सन्देश नदेओस्, सृष्टिकर्ताको अख्तियार सर्वोच्च छ भन्ने सर्वदा अपरिवर्तनीय सत्यता व्यक्त नगरोस्!” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ३)। परमेश्वरका वचनहरू मनन गर्दैजाँदा मैले के बुझेँ भने हरेक दिन जे-जे हुन्छ, त्यसमाथि परमेश्वरको सार्वभौमिकता छ; मानिसहरूले यी कुराहरू आफैँ पूर्वानुमान वा नियन्त्रण गर्न सक्दैनन्। म परमेश्वरको योजनाबद्ध कार्य र बन्दोबस्तमा समर्पित हुनुपर्छ। मैले कसरी मसँग सहकार्य गर्ने सिस्टर प्रहरीद्वारा पक्राउ परिन्, मेरा पतिले प्रहरी चौकीमा मेरो उजुरी गरिदिए, र म कसरी प्रहरीद्वारा खेदिँदै छु र घर जान नसक्ने भएकी छु भन्नेबारे सोचेँ। यो घटना शृङ्खला मैले पूर्वानुमान गर्न सक्ने कुरा थिएन; यो सबै परमेश्वरको अनुमतिले भएको थियो। मैले यो वास्तविकतालाई स्वीकार्नुपर्थ्यो। मैले परमेश्वरमा विश्वास गर्न थालेदेखिको समयलाई फर्केर हेरेँ। मेरा पतिद्वारा मेरी आमा सताइएको र अपमानित भएको देख्दा मेरो हृदय धेरै दुःखित थियो, र मेरी आमा सताइनुहुन्छ भन्ने डरले म बाहिर गएर आफ्नो कर्तव्य पूरा गर्न चाहन्नथेँ। मलाई यदि म गएँ भने, उहाँको बुढेसकालमा हेरचाह गर्ने कोही हुनेछैन भन्ने पनि डर थियो। जब मैले यो कुरा सोचेँ, तब मैले के बुझेँ भने म निरन्तर पारिवारिक स्नेहमा फसेकी छु, र मैले राम्रोसँग सत्यता पछ्याउन वा आफ्नो कर्तव्य पूरा गर्न सकेकी छैनँ। अहिले ममाथि यस्तो वातावरण आएको छ, जहाँ म घर जान सक्दिनँ, यसमा परमेश्वरको अभिप्राय के थियो भने मैले आफ्नो हृदय कर्तव्यमा लगाउनुपर्छ, जुन मेरो जीवन वृद्धिका लागि लाभदायक हुनेछ। यसबाहेक, म मण्डली अगुवा थिएँ। यदि मैले घर नछाडेकी भए, म पक्राउ पर्नेबित्तिकै प्रहरीले मेरी आमालाई प्रयोग गरेर मलाई धम्की दिनेथिए। के म त्यतिबेला दृढ रहन सक्नेथिएँ र? यदि मैले यातना सहन नसकेर यहूदा बनेर परमेश्वरलाई विश्वासघात गरेँ भने, म परमेश्वरद्वारा पूर्ण रूपमा हटाइने थिएँ। धेरै सोचविचार गरेपछि, मैले मण्डलीमा आफ्नो कर्तव्य पूरा गरिरहने निर्णय गरेँ। घरबाट टाढा हुँदा, हरेक पटक पानी पर्दा म सोच्थेँ, “हाम्रो आँगनको भुइँ चिप्लो छ—कतै मेरी आमा लड्नुभयो र उहाँलाई उठाउने कोही भएन भने के होला?” गहुँ काट्ने मौसममा मलाई चिन्ता लाग्थ्यो, “मेरी आमाले एक्लै कसरी बाली भित्र्याउनुहोला? मेरा पतिले उहाँलाई सघाउलान् भन्ने मलाई थाहा छैन।” नयाँ वर्षको समयमा, मैले आँखाभरि आँसु पारेर अतिथि-सत्कार गर्ने परिवारले तयार पारेको खाना समातेँ। “म घरबाट टाढा भए पनि राम्रोसँग खान पाएकी छु, तर घरमा मेरी आमालाई कस्तो छ, मलाई थाहा छैन। के मेरा पतिले उहाँलाई गालीगलौज र दुर्व्यवहार गर्लान्? चाडपर्वमा अरूका परिवारहरू भेला हुन्छन्, तर मैले मेरी आमालाई घरमा एक्लै छाडेकी छु। उहाँलाई पक्कै पनि उदासी र एक्लोपन महसुस भइरहेको होला, र उहाँले हाम्रा आफन्त र साथीहरूको खिसी पनि सहनुपर्नेछ। म आमाको धेरै ऋणी छु!” मैले जति धेरै सोचेँ, मलाई त्यति नै पीडा भयो, र मलाई आफ्नो कर्तव्य पूरा गर्न मनै लागेन। म रोएँ र परमेश्वरलाई प्रार्थना गरेँ, उहाँलाई यो नकारात्मक स्थितिबाट मलाई बाहिर निकाल्नुहोस् भनी बिन्ती गरेँ।
एक दिन आत्मिक भक्तिको दौरान, मैले परमेश्वरका वचनहरू पढेँ र आफ्ना आमाबुबाबारे मेरा केही चिन्ताहरू त्याग्न सकेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “तैँले जेसुकै सोचे पनि, जेसुकै योजना गरे पनि, वा जे काम गरे पनि, ती कुराहरू महत्त्वपूर्ण होइनन्। महत्त्वपूर्ण कुरा त तैँले सम्पूर्ण सृजित प्राणीहरू परमेश्वरका हातमा हुन्छन् भनी बुझ्न र साँच्चिकै विश्वास गर्न सक्छस् सक्दैनस् भन्ने हो। कतिपय आमाबुबाले घरायसी आनन्द साथै बालबच्चा र नातिनातिनाले भरिएको घरमा रमाउने आशिष् र नियति पाएका हुन्छन्। यो परमेश्वरको सार्वभौमिकता हो, र यो तिनीहरूलाई परमेश्वरले दिनुहुने आशिष् हो। कतिपय आमाबुबाको यो नियति हुँदैन; परमेश्वरले तिनीहरूको लागि यस्तो बन्दोबस्त गर्नुभएको हुँदैन। तिनीहरूले सुखी परिवार पाउने, वा आफ्ना सन्तानद्वारा घेरिएर बस्ने आशिष् पाएका हुँदैनन्। यो परमेश्वरको योजनाबद्ध कार्य हो र मानिसहरूले जबरजस्ती गरेर हुँदैन। जे होस्, अन्ततः पितृभक्तिको सन्दर्भमा, मानिसहरूमा कम्तीमा समर्पणको मानसिकता हुनैपर्छ। यदि परिस्थितिले साथ दियो र तँसित त्यसो गर्नलाई क्षमता भयो भने, तैँले आमाबुबालाई सन्तानीय आदर देखाउन सक्छस्। यदि परिस्थितिले साथ दिएन र तँसित त्यसो गर्ने क्षमता छैन भने, जबरजस्ती गर्ने कोसिस नगर्। यो समर्पण हो। यो समर्पण कसरी आउँछ? यो समर्पणको आधार के हो? यो परमेश्वरले बन्दोबस्त गरिरहनुभएका र परमेश्वरको सार्वभौमिकताअन्तर्गत पर्ने यी सबै कुराहरूमा आधारित हुन्छ। यी मानिसहरूले रोज्ने कुरा होइनन्, र मानिसहरूसँग रोज्ने अधिकार पनि हुँदैन; तिनीहरू समर्पित हुनुपर्छ। जब तँलाई मानिसहरू समर्पित हुनुपर्छ र सबथोक परमेश्वरद्वारा योजनाबद्ध गरिएको हुन्छ भन्ने अनुभूति हुन्छ, के तँलाई हृदयमा अझ धेरै सहज अनुभूति हुँदैन र? (हुन्छ।) तब के तेरो विवेकले अझै घोच्नेछ र? त्यसले त्यसउप्रान्त निरन्तर घोच्नेछैन, र आमाबुबाप्रति आफू कर्तव्यनिष्ठ नभएको विचार तँभित्र हाबी हुनेछैन। कहिलेकाहीँ तैँले यसबारे अझै सोच्न सक्छस्—आफ्नो मानवताभित्र केही सामान्य सोच र प्रवृत्तिहरू हुनु भनेको कसैले पन्छाउन नसक्ने कुरा हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता वास्तविकता भनेको के हो?)। परमेश्वरका वचनहरू मनन गरेपछि, मैले के बुझेँ भने परमेश्वरले हरेक व्यक्तिका लागि फरक-फरक नियति निर्धारण गर्नुभएको छ, र मानिसहरूसँग केही पनि बदल्ने शक्ति छैन। यदि परमेश्वरले मेरी आमाले आफ्ना छोराछोरी साथमा रहने आशिष् नपाउने भनेर नियोजन गर्नुभएको छ भने, मैले जतिसुकै कोसिस गरे पनि केही बदल्न सक्दिनँ। मैले कसरी मेरी आमा र म मेरो बाल्यकालदेखि सँगै थियौँ, एक पटक पनि छुट्टिएका थिएनौँ भन्ने कुरा सम्झेँ। पछि, परमेश्वरमाथिको मेरो विश्वासको कारण, म प्रहरीद्वारा खेदिएँ र घर छाड्नुपर्यो। यो परमेश्वरको बन्दोबस्त र पूर्वनियोजन थियो। घरमा मेरा पतिद्वारा मेरी आमा सताइनु उहाँले भोग्नैपर्ने कुरा हो। तर, मैले परमेश्वरको सार्वभौमिकतालाई बुझिनँ, र मेरी आमा एक्लो हुनुभएको र कष्ट भोगिरहनुभएकोमा निरन्तर चिन्ता गर्थेँ। म पनि अन्धकार र पीडामा जिएँ, र मेरो कर्तव्यमा असर पर्यो। अहिले आएर मैले के बुझेँ भने आमाप्रति सन्तान धर्म निभाउने अवसर नभएकाले, मैले प्रकृतिलाई नै आफ्नो बाटो समात्न दिनुपर्छ। मेरी आमा परमेश्वरमा विश्वास गर्नुहुन्छ, त्यसैले उहाँ मबाट टाढा भए पनि, उहाँसँग अझै परमेश्वर हुनुहुन्छ, र भविष्यमा हामी आफ्नो बाटो हिँड्दैगर्दा परमेश्वरले डोऱ्याउनुहुनेछ। मैले सबै कुरा परमेश्वरको हातमा छ भन्ने विश्वास गरेँ। जब मैले यो सोचेँ, म समर्पित हुन इच्छुक हुँदै चुपचाप परमेश्वरलाई प्रार्थना गरेँ। मैले मेरी आमालाई परमेश्वरलाई सुम्पिदिएँ, ताकि हाम्रो परिवारको हातबाट हुने सतावट भोग्दा परमेश्वरले उहाँलाई डोऱ्याउनुहोस्। पछि, मैले संयोगवश मेरी आमाले लेख्नुभएको एउटा अनुभवात्मक गवाहीको लेख पढेँ। मैले के पढेँ भने म उहाँसँग नहुँदा र उहाँ कमजोर हुँदा उहाँले परमेश्वरलाई प्रार्थना गर्नुहुन्थ्यो, र ब्रदर र सिस्टरहरू परमेश्वरका वचनहरूबारे सङ्गति गर्न र उहाँलाई मद्दत गर्न हाम्रो घरमा जानुहुन्थ्यो। जब उहाँले परमेश्वरको अभिप्राय बुझ्नुभयो, तब उहाँ बिस्तारै आफ्नो नकारात्मकता र कमजोरीबाट बाहिर आउनुभयो। म परमेश्वरप्रति धेरै आभारी भएँ।
२०२२ मा, विश्वव्यापी महामारी फेरि फैलियो। जब मैले धेरै वृद्धवृद्धा महामारीबाट मरिरहेको देखेँ, तब मलाई फेरि चिन्ता लाग्न थाल्यो, “यदि मेरी आमा महामारीमा सङ्क्रमित हुनुभयो भने, उहाँको हेरचाह गर्ने कोही होला? के उहाँ बाँच्नुहोला? यदि म उहाँको साथमा भएर, उहाँलाई पानी र औषधि दिँदै, र उहाँलाई हौसला दिन परमेश्वरका वचनहरूमा सङ्गति गर्दै गरेको भए, के त्यसले उहाँको हृदयको पीडा कम गर्दैनथ्यो र?” उहाँलाई भेट्न जान पाए कति राम्रो हुन्थ्यो! मैले उहाँलाई विगत केही वर्षका मेरा अनुभवहरू र मैले उहाँलाई कति धेरै सम्झिरहेकी थिएँ भनेर साँच्चै भन्न मन थियो। त्यसको केही समयपछि, म बिरामी परेँ, र ओछ्यानमा पर्दा मलाई आमाको झनै धेरै याद आयो। मलाई यदि उहाँ मर्नुभयो भने, मैले उहाँलाई फेरि कहिल्यै भेट्न पाउनेछैन भन्ने चिन्ता लाग्यो, र मैले हृदयमा परमेश्वरसँग तर्क गरेँ, “हे परमेश्वर, किन अरूले आफ्नो परिवारसँग पुनर्मिलन हुन पाउँछन् तर मचाहिँ मेरी आमाबाट छुट्टिनुपरेको छ? तपाईँलाई थाहा छ, मेरो पृष्ठभूमि अरूको भन्दा फरक छ। म परिवारको एकमात्र सन्तान हुँ, तर म उहाँको मृत्युसम्म उहाँको हेरचाह गर्न पाउँदिनँ। यदि उहाँ एक्लै मर्नुभयो भने, मेरो विवेकले मलाई सधैँ दोषी ठहराउनेछ।” मलाई थाहा थियो यसरी सोच्नु गलत हो, तर मैले यसलाई कसरी अनुभव गर्ने भनेर जानेकी थिइनँ, त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरी मलाई डोऱ्याउनुहोस् भनी बिन्ती गरेँ। मैले सम्झेँ, कसरी हरेक पटक मलाई अन्तर्दृष्टि दिएर मेरो नकारात्मकता र कमजोरीबाट मलाई बाहिर निकाल्ने परमेश्वरका वचनहरू नै थिए, र कसरी मेरी आमाले पनि घरमा परमेश्वरको अगुवाइ र सुरक्षा अनुभव गर्नुभयो। हामी दुवैले परमेश्वरको प्रेम पाइरहेका थियौँ। परमेश्वरले हामीलाई यति धेरै प्रदान गर्नुभएको थियो, तर मैले उहाँको ऋण तिर्नुपर्छ भन्ने जानिनँ, बरु उहाँबारे गुनासो गरेँ। ममा साँच्चै विवेकको कमी थियो! मैले परमेश्वरलाई प्रार्थना गरेँ, र आफ्ना समस्याहरू समाधान गर्न गम्भीरतापूर्वक सत्यता खोज्न तयार भएँ।
एक दिन, मैले परमेश्वरका वचनहरूको वाचन सुनेँ र आफ्ना आमाबुबाको दयालुपनलाई कसरी लिने भनेर बुझेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “जब मानिसहरूको कुरा आउँछ, तेरा आमाबुबाले तँलाई सावधानीपूर्वक हेरचाह गरे पनि वा तेरो राम्रो देखभाल गरे पनि, आखिरमा तिनीहरूले आफ्नो जिम्मेवारी र दायित्व मात्रै पूरा गरिरहेका थिए। तँलाई हुर्काउनुमा तिनीहरूको उद्देश्य जे भए पनि, त्यो तिनीहरूको जिम्मेवारी थियो—तिनीहरूले तँलाई जन्म दिएका हुनाले, तिनीहरूले तेरो जिम्मेवारी लिनुपर्छ। यसको आधारमा, के तेरा आमाबुबाले तेरा लागि गरेका सबै कुरालाई दयाका रूपमा लिन सकिन्छ? सकिँदैन, होइन र? (हजुर।) तेरा आमाबुबाले तँप्रतिको जिम्मेवारी गर्नुलाई तेरा आमाबुबाको दयाका रूपमा लिन मिल्दैन, त्यसैले यदि तिनीहरूले फूल वा बोटबिरुवाप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्छन्, त्यसलाई मलजल गर्छन् भने, के त्यो दयामा गनिन्छ? (गनिँदैन।) त्यो त झन् दया हुँदै होइन। फूलहरू र बोटबिरुवाहरू बाहिर नै राम्रोसँग बढ्छन्—यदि तिनलाई हावा, घाम र वर्षाको पानी पाउने गरी जमिनमा रोपिए भने, ती झनै फस्टाउँछन्। तिनलाई घरभित्र गमलामा रोपियो भने बाहिर जस्तो हुर्किँदैनन् वा राम्रो हुँदैनन्! जस्तोसुकै परिवारमा जन्मिए पनि, यो कुरा परमेश्वरले नै नियोजित गर्नुभएको हुन्छ। तँ जीवन बोकेको व्यक्ति होस्, र परमेश्वरले हरेक जीवनको जिम्मेवारी लिनुहुन्छ, मानिसहरूलाई बाँच्न सक्ने तुल्याउनुहुन्छ, र सबै प्राणीहरूले पालना गर्नुपर्ने नियम पालना गर्न लगाउनुहुन्छ। यति मात्र हो कि एउटा व्यक्तिका रूपमा, तँ आफ्ना आमाबुबाले तँलाई हुर्काएको परिवेशमा जिइस्, त्यसैले तँ त्यही वातावरणमा हुर्किएको हुनुपर्छ। तँ परमेश्वरको नियोजनका कारण त्यस परिवेशमा जन्मिस्; तेरा आमाबुबाले तँलाई वयस्कावस्थासम्म हुर्काउनु पनि परमेश्वरको नियोजनका कारणले गर्दा नै हो। जे भए पनि, तँलाई हुर्काउनुमा तेरा आमाबुबाले एउटा जिम्मेवारी र दायित्व पूरा गरिरहेका हुन्छन्। तँलाई वयस्कतासम्म हुर्काउनु तिनीहरूको दायित्व र जिम्मेवारी हो, र यसलाई दया भन्न मिल्दैन। यसलाई दया भन्न नमिल्ने भएपछि, के यसलाई तैँले उपभोग गर्न अधिकार पाएको कुरा भन्न मिल्छ? (मिल्छ।) यो तैँले पाउनुपर्ने एक प्रकारको अधिकार हो। तैँले तेरा आमाबुबाद्वारा हुर्काइन पाउनुपर्छ, किनभने तँ वयस्क हुनुभन्दा पहिले, तैँले हुर्कँदै गरेको बच्चाको भूमिका खेल्छस्। त्यसकारण, तैँले जे पाउँछस् त्यो त तँप्रति तेरा आमाबुबाको जिम्मेवारी पूरा भएको मात्र हो, तिनीहरूबाट कुनै निगाह वा दया प्राप्त भएको होइन। कुनै पनि जीवित प्राणीका लागि, छोराछोरी जन्माउनु र हुर्काउनु, प्रजनन गर्नु, र अर्को सन्तानलाई हुर्काउनु भनेको एक प्रकारको जिम्मेवारी हो। उदाहरणका लागि, चराचुरुङ्गी, गाईवस्तु, भेडा, र बाघले पनि प्रजनन गरेपछि आफ्नो सन्तानलाई हुर्काउनुपर्छ। आफ्नो सन्तानलाई नहुर्काउने कुनै जीवित प्राणी छैन। केही अपवादहरू हुन सक्छन्, तर हाम्रा लागि ती अज्ञात छन्। यो जीवित प्राणीहरूको अस्तित्वसम्बन्धी प्राकृतिक कुरा हो, यो जीवित प्राणीहरूमा हुने नैसर्गिक प्रवृत्ति हो, र यसलाई दया मान्न मिल्दैन। तिनीहरूले त सृष्टिकर्ताले जनावरहरू र मानवजातिका लागि तोक्नुभएको नियमको पालना मात्रै गरिरहेका हुन्छन्। त्यसकारण, तेरा आमाबुबाले तँलाई हुर्काउनु भनेको एक प्रकारको दया होइन। यसका आधारमा के भन्न सकिन्छ भने तेरा आमाबुबा तेरा ऋणदाता होइनन्। तिनीहरूले तँप्रतिको आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन्। तिनीहरूले तेरा लागि जतिसुकै रगत-पसिना समर्पित गरे पनि र तँमा जतिसुकै पैसा खर्च गरे पनि, तिनीहरूले बदलामा तँलाई केही पनि माग्नु हुँदैन, किनभने आमाबुबाका रूपमा तिनीहरूको जिम्मेवारी यही नै हो। यो जिम्मेवारी र दायित्व भएको हुनाले, यो निःशुल्क हुनुपर्छ, र तिनीहरूले तँलाई प्रतिदान माग्नु हुँदैन। तँलाई हुर्काएर, तेरा आमाबुबाले आफ्नो जिम्मेवारी र दायित्व मात्रै पूरा गरिरहेका हुन्छन्; यो लेनदेनका रूपमा नभई निःशुल्क गरिनुपर्छ। त्यसकारण, तैँले आफ्ना आमाबुबालाई व्यवहार गर्दा वा तँ र तिनीहरूबीचको सम्बन्धलाई सम्हाल्दा प्रतिदान गर्ने मानसिकता राख्नु हुँदैन। यदि तैँले त्यस्तो मानसिकता बोकेर आफ्ना आमाबुबासँग व्यवहार गर्छस्, तिनीहरूलाई प्रतिदान गर्छस्, र तँ र तिनीहरूबीचको सम्बन्धलाई सम्हाल्छस् भने, त्यो वास्तवमा अमानवीय हुन्छ। साथ-साथै, त्यसो गर्दा तँ तेरा दैहिक भावनाहरूद्वारा रोकिने र बाँधिने सम्भावना हुन्छ, र तँलाई यी उल्झनहरूबाट बाहिर निस्कन गाह्रो हुनेछ, यहाँसम्म कि तैँले आफ्नो बाटो बिराउनसमेत सक्छस्। तेरा आमाबुबा तेरा ऋणदाता होइनन्, त्यसैले तँसँग तिनीहरूका सबै अपेक्षाहरू पूरा गर्ने दायित्व हुँदैन। तँसँग तिनीहरूको अपेक्षाहरू पूर्ति गर्ने कुनै दायित्व हुँदैन। तिनीहरूका आफ्नै अपेक्षाहरू हुन सक्छन्, तर तैँले आफै निर्णयहरू गर्नुपर्छ। परमेश्वरले तेरा लागि एउटा जीवन मार्ग तय गर्नुभएको छ, उहाँले तेरा लागि एउटा नियति बन्दोबस्त गर्नुभएको छ, र तेरा आमाबुबासँग यी कुराको कुनै सरोकार छैन। … यदि तेरो परिस्थितिले तँलाई तिनीहरूप्रतिको आफ्ना केही जिम्मेवारी पूरा गर्न अनुमति दिन्छ भने, त्यसै गर्। यदि तिनीहरूप्रतिको तेरो दायित्व पूरा गर्न तँलाई तेरा वातावरण र वस्तुगत परिस्थितिहरूले साथ दिँदैनन् भने, तैँले त्यसबारे धेरै सोच्नु पर्दैन, र तैँले तिनीहरूप्रति ऋणी छु भनेर सोच्नु हुँदैन, किनभने तेरा आमाबुबा तेरा ऋणदाता होइनन्। तैँले आफ्ना आमाबुबाप्रति छोराछोरीको धर्म निभाए पनि, वा तिनीहरूप्रतिको आफ्नो जिम्मेवारी पूरा गरे पनि, तैँले एउटा सन्तानको दृष्टिकोणबाट कुनैबेला आफूलाई जन्म दिएर हुर्काउने आफ्ना आमाबुबाप्रतिको थोरै जिम्मेवारी मात्र पूरा गरिरहेको हुन्छस्। तर तैँले तिनीहरूप्रतिको ऋण तिर्ने दृष्टिकोणले वा ‘तेरा आमाबुबा तेरा हितकारी हुन्, र तैँले तिनीहरूको ऋण तिर्नुपर्छ, तैँले तिनीहरूको दया प्रतिदान गर्नुपर्छ’ भन्ने दृष्टिकोणले अवश्य नै यसो गर्नु हुँदैन” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१७))। परमेश्वरका वचनहरू सुनिसकेपछि, मैले अचानक के बुझेँ भने मैले मेरा आमाबुबाले मलाई हुर्काउनुभएको कुरालाई दयाको ऋण ठानेकी रहेछु। मलाई त्यो जुनसुकै बेला पनि चुकाउनैपर्छ जस्तो लाग्थ्यो, तर यो दृष्टिकोण त सत्यताअनुसार बिलकुलै छैन। वास्तवमा, आफ्ना छोराछोरीलाई हुर्काउनु आमाबुबाको जिम्मेवारी र दायित्व हो। यो कुनै पनि हालतमा दया होइन। जसरी जनावरहरूले आफ्ना बच्चाहरूलाई हुर्काउँछन्, यो एक प्राकृतिक झुकाव हो, र परमेश्वरले सबै थोकका लागि स्थापना गर्नुभएको अस्तित्वको नियम पनि हो। परमेश्वरले मानिसलाई सृष्टि गर्नुभएकाले, उहाँले उनीहरूका लागि उपयुक्त पारिवारिक वातावरणको बन्दोबस्त गर्नुहुनेछ। मेरो उदाहरण लिनुहोस्। म जन्मेलगत्तै मेरी जन्म दिने आमा बित्नुभयो, र त्यसपछि मलाई धर्म-आमाबुबाले धर्मपुत्री बनाउनुभयो। बाहिरबाट हेर्दा, मलाई मेरा आमाबुबाले हेरचाह गरेको र हुर्काएको जस्तो देखिन्थ्यो, तर वास्तवमा, मेरो जीवन परमेश्वरबाट आएको हो। यतिका वर्षसम्म म बाँच्न सक्नुको कारण परमेश्वरले मेरो हेरचाह र सुरक्षा गर्दै हुनुहुन्छ। मलाई याद छ, म सानो छँदा गहुँ निफन्ने एउटा ठूलो पङ्खामा मेरो खुट्टा अड्किएको थियो, तर म अपाङ्ग भइनँ। हाइस्कूलको प्रवेश परीक्षाअघि, म परीक्षा केन्द्र हेर्न साइकलमा गएकी थिएँ, र दुईवटा गाडीको बिचमा फसेर झन्डै ठक्कर खाएकी थिएँ। त्यतिबेला मेरी आमा मसँग हुनुहुन्नथ्यो, तर मलाई केही भएन। मैले मेरी जन्म दिने आमालाई फेरि सम्झेँ। उहाँले मलाई यस संसारमा ल्याउनुभयो र त्यसपछि बित्नुभयो, र मेरा अहिलेका आमाबुबाले मलाई हुर्काउन सक्नु परमेश्वरको नियोजन र योजनाबद्ध कार्यको कारण थियो। मैले धन्यवाद दिनुपर्ने त परमेश्वरलाई हो। जन्मदेखि अहिलेसम्म मैले सधैँ परमेश्वरको हेरचाह, सुरक्षा, र उहाँले प्रदान गरेका सबै कुराको उपभोग गरेकी छु। मैले परमेश्वरको अनुग्रहसमेत पाउन सकेकी छु, र मैले उहाँलाई पछ्याउँदै, आफ्नो कर्तव्य पूरा गर्दै र हजारौँ वर्षमा एक पटक आउने परमेश्वरद्वारा मुक्ति पाउने अवसर पाएकी छु। तर, मैले परमेश्वरको प्रेमको ऋण चुकाउन आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्नुपर्छ भन्ने कुरा बुझिनँ, बरु मैले आमाबुबालाई मलाई हुर्काएको दयाको ऋण चुकाउनेबारे मात्र सोचेँ। आफ्नो कर्तव्य छान्ने कुरामा समेत, मैले सधैँ आमाप्रति सन्तान धर्म निभाउन सक्छु कि सक्दिनँ भन्ने पूर्वसर्तको आधारमा त्यसलाई तौलन्थेँ। म घरबाट टाढा बसेर आफ्नो कर्तव्य पूरा गर्दा, मेरो स्थिति निरन्तर खलबलिन्थ्यो। म कस्तो मूढबुद्धि थिएँ! शैतानले मभित्र हालेका “आमाबुबाको माया समुद्रजस्तै गहिरो हुन्छ,” र “आमाबुबालाई आदर नगर्ने व्यक्ति पशुभन्दा गिरेको हुन्छ” जस्ता भ्रामक धारणाहरूबाट म प्रभावित भएकी थिएँ, र मैले आँखा चिम्लेर मूर्खतापूर्वक यो दयाको ऋण चुकाउन चाहेँ। कति मूर्खतापूर्ण कुरा! जब मैले यो बुझेँ, मैले धेरै स्वतन्त्रता महसुस गरेँ। मैले बिस्तारै आमाप्रतिको चिन्ता छाड्दै गरेकै बेला, मैले मेरी छोरीबाट एउटा चिठी पाएँ। चिठीमा उनले मण्डलीमा कर्तव्य पूरा गर्न थालेकी छिन्, र मेरी आमा स्वस्थ हुनुहुन्छ, घरमा नियमित भेला हुने र परमेश्वरका वचनहरू पढ्ने गर्नुहुन्छ भनी लेखिएको थियो। त्यस क्षण, मैले यति भावुक र आत्म-ग्लानि महसुस गरेँ कि मैले त्यो भावनालाई शब्दमा वर्णन गर्नै सक्दिनँथेँ। मैले हृदयमा परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, म तपाईँलाई धन्यवाद दिन्छु! तपाईँले मेरा लागि बन्दोबस्त गर्नुभएका सबै कुरा कति असल रहेछन् भनी म देख्दछु, र म साँच्चै तपाईँको यति ठूलो प्रेम र कृपा पाउन अयोग्य छु। तपाईँमाथि पर्याप्त आस्था नराखेकामा म आफैलाई घृणा गर्छु। हे परमेश्वर, म सबैभन्दा धेरै तपाईँको ऋणी छु। अबदेखि, म निश्चय नै आफ्नो हृदयलाई स्थिर राखेर राम्रोसँग आफ्नो कर्तव्य पूरा गर्नेछु, र तपाईँलाई फेरि चिन्तित वा व्याकुल बनाउनेछैन।”
पछि, मैले परमेश्वरका थप वचनहरू पढेँ, र आमाप्रति ऋणी महसुस गर्ने मेरो स्थिति पूर्ण रूपमा समाधान भयो। परमेश्वर भन्नुहुन्छ: “कतिपय मानिसहरूले परमेश्वरमा विश्वास गर्ने र आफ्ना कर्तव्य पूरा गर्ने भएकाले आफ्नो परिवार त्याग्छन्। तिनीहरू यही कारणले चर्चित बन्छन्। सरकारले बारम्बार तिनीहरूको घरको खानतलासी गर्छ, तिनीहरूका आमाबुबालाई दुर्व्यवहार गर्छ, र तिनीहरूलाई सरकारसामु सुम्पन आमाबुबालाई धम्क्याउनेसमेत गर्छ। सारा छिमेकीहरू यसो भन्दै तिनीहरूबारे कुरा गर्छन्, ‘यो व्यक्तिमा विवेक छैन। ऊ आफ्ना पाका आमाबुबाको वास्ता गर्दैन। ऊ अनुत्तरदायी सन्तान त हो नै, उसले आमाबुबालाई धेरै समस्यामा समेत पार्छ। ऊ अनुत्तरदायी सन्तान हो!’ के यी कुनै शब्द सत्यतासँग मिल्छन्? (मिल्दैनन्।) तर के यी सबै शब्दहरू गैरविश्वासीहरूको नजरमा सही मानिँदैनन् र? गैरविश्वासीहरू यो नै यसलाई हेर्ने सबैभन्दा मान्य र तर्कसङ्गत तरिका हो, र यो मानव नैतिकतासँग मिल्दो, र आत्मआचरणका मानकहरूबमोजिम छ भन्ठान्छन्। यी मापदण्डहरूमा आमाबुबाप्रति सन्तानीय आदर कसरी देखाउने, वृद्धावस्थामा उनीहरूको हेरचाह कसरी गर्ने, अनि दाहसंस्कार कसरी गर्ने, वा उनीहरूको मायाको ऋण कसरी तिर्नेजस्ता जतिसुकै कुराहरू समेटिएका भए पनि, र यी मापदण्डहरू सत्यतासँग मिले पनि नमिले पनि, तिनलाई गैरविश्वासीहरूले सकारात्मक कुराका रूपमा हेर्छन् र सही देख्छन्, र सबै समूहका मानिसहरूले दोषरहित मान्छन्। गैरविश्वासीहरूको लागि त मानिसहरूले जिउने मापदण्डहरू यिनै हुन्, र तिनीहरूको हृदयमा मानकअनुरूप असल व्यक्ति हुनलाई तैँले यी कामकुराहरू गर्नुपर्छ। परमेश्वरमा विश्वास गरेर सत्यता बुझ्नुअघि, के तैँले पनि यसरी आफूलाई आचरणमा ढाल्नुको मतलब तँ असल व्यक्ति होस् भनेर दृढतापूर्वक विश्वास गर्दैनथिस् र? (गर्थेँ।) साथै, तैँले यी कुराहरूद्वारा नै आफूलाई मूल्याङ्कन गर्ने र संयमित पार्ने कामसमेत गर्थिस्, र तैँले आफूलाई यस्तो व्यक्ति हुन आवश्यक गराउँथिस्। … तर तैँले परमेश्वरका वचन र उहाँका प्रवचनहरू सुनेपछि, तेरो दृष्टिकोण बदलिन थाल्यो, र तैँले बुझिस् कि सृजित प्राणीका रूपमा कर्तव्य पूरा गर्न तैँले सबथोक त्याग्नुपर्छ, र परमेश्वर मानिसहरूले आफूलाई यस्तै आचरणमा ढालून् भन्ने मापदण्ड दिनुहुन्छ। तँ सृजित प्राणीका रूपमा कर्तव्य पूरा गर्नु नै सत्यता हो भनी निश्चित हुनुअघि, तैँले आफू आमाबुबाप्रति उत्तरदायी हुनुपर्छ भन्ने सोच्थिस्, तर तँलाई आफूले सृजित प्राणीका रूपमा कर्तव्य पूरा गर्नुपर्छ भन्ने पनि लाग्थ्यो, र तँ भित्री रूपमा दोधारमा थिइस्। परमेश्वरका वचनहरूको निरन्तरको मलजल र रखवारीमार्फत, तैँले बिस्तारै सत्यता बुझिस्, र त्यसपछि नै तैँले सृजित प्राणीका रूपमा कर्तव्य पूरा गर्नु पूर्णतया स्वाभाविक र न्यायसङ्गत कुरा हो भन्ने महसुस गरिस्। आजको दिनसम्ममा, धेरै मानिसले सत्यता स्विकार्न सकेका छन्, र तिनीहरूले मान्छेका परम्परागत धारणा र कल्पनाहरूमा भएका आत्मआचरणका मानकहरू पूर्ण रूपमा त्यागेका छन्। अनि यी कुराहरू पूरै त्यागेपछि, परमेश्वरलाई पछ्याउँदा र आफ्नो कर्तव्य पूरा गर्दा, तँ गैरविश्वासीहरूका आलोचना र निन्दाका वचनहरूद्वारा बाँधिन छोडिस्, र परम्परागत धारणाहरूले तँमाथि राखेका जन्जिरहरूलाई तैँले सजिलै फाल्न सकिस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता वास्तविकता भनेको के हो?)। “अहिले परमेश्वर काम गरिरहनुभएको र मानिसहरूलाई यी सबै तथ्यहरूको सत्यता बताउन, र तिनीहरूलाई सत्यता बुझ्न सक्षम तुल्याउन सत्यता व्यक्त गरिरहनुभएको हुनाले, तैँले सत्यता बुझेपछि, यी भ्रामक विचार र दृष्टिकोणहरूले तँमाथि बोझ थोपर्न छोड्नेछन्, र तैँले तिनलाई आफ्ना आमाबुबासँगको सम्बन्धलाई कसरी सम्हाल्ने भन्ने कुराको मार्गनिर्देशिकाका रूपमा प्रयोग गर्न छोड्नेछस्। त्यसपछि, तँलाई जीवनमा सहज महसुस हुनेछ। जीवनमा सहज महसुस गर्नुको अर्थ तँलाई आफ्ना जिम्मेवारी र दायित्वहरू के हुन् भनेर थाहा हुँदैन भन्ने होइन—तँलाई अझै पनि यी कुराहरू थाहा हुन्छ। यो कुरा तैँले आफ्नो जिम्मेवारी र दायित्वहरूलाई लिनका लागि कुन दृष्टिकोण र विधिहरू रोज्छस् भन्ने कुरामा निर्भर हुने मात्र हो। एउटा तरिका भनेको भावनाहरूको बाटो समात्नु, साथै संवेगद्वारा प्रेरित शैली, र शैतानले मानिसलाई निर्देशित गर्ने विधि, विचार र दृष्टिकोणहरूका आधारमा यी कुरालाई सम्हाल्नु हो। अर्को मार्ग भनेको परमेश्वरले मानिसलाई सिकाउनुभएका वचनहरूका आधारमा यी कुराहरूलाई लिनु हो। … यदि तैँले सत्यता सिद्धान्तहरूको एउटा पक्ष वा सही र परमेश्वरबाट आउने एउटा विचार र दृष्टिकोण पालना गरिस् भने, तँलाई जीवनमा साँच्चिकै सहज महसुस हुनेछ। उपरान्त, तैँले आफ्ना आमाबुबासँगको सम्बन्धलाई कसरी लिन्छस् भन्ने कुरालाई न त जनमतले, न त तेरो विवेकको सचेतनाले, न त तेरो भावनाको बोझले नै अवरोध गर्न सक्छ; यसको सट्टा, यी सत्यता सिद्धान्तहरूले तँलाई यो सम्बन्धलाई सही र तर्कसङ्गत ढङ्गले सामना गर्न र सम्हाल्न सक्षम तुल्याउनेछन्। यदि तैँले परमेश्वरले मानिसलाई दिनुभएका सत्यता सिद्धान्तअनुसार काम गरिस् भने, मानिसहरूले तँलाई तेरो पिठ्यूँपछाडि आलोचना गरे पनि, हृदयको गहिराइमा तँलाई शान्त र सुरक्षित महसुस हुनेछ, र तँ अप्रभावित हुनेछस्। कम्तीमा पनि, तेरो हृदयको गहिराइमा, तैँले आफूलाई कसैको वास्ता नगर्ने बैगुनी भएको भन्दै हप्काउनेछैनस् र विवेकले घोचेको महसुस गर्न छोड्नेछस्। किनभने तेरा सबै कार्यहरू परमेश्वरले तँलाई सिकाउनुभएका विधिअनुरूप छन्, र तैँले परमेश्वरका वचनहरू सुनिरहेको र तिनमा समर्पित भइरहेको, र उहाँको मार्ग पछ्याइरहेको छस् भन्ने कुरा तँलाई थाहा हुन्छ। परमेश्वरका वचनहरू सुन्नु र उहाँको मार्ग पछ्याउनु नै मानिसहरूमा सबैभन्दा बढी हुनुपर्ने विवेकको भावना हो। तैँले यी कुराहरू गर्न सक्ने भएपछि मात्रै तँ एक साँचो व्यक्ति हुनेछस्। यदि तैँले गरेको छैनस् भने, तँ कसैको वास्ता नगर्ने बैगुनी होस्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१७))। मैले सधैँ आफूलाई आमाको ऋणी महसुस गरेकी थिएँ किनभने कामकुरालाई हेर्ने मेरो दृष्टिकोण बदलिएको थिएन। जब म परमेश्वरमा विश्वास गर्दिनथेँ, मैले “आमाबुबाप्रतिको धर्म निभाउनु नै सबैभन्दा ठूलो पुण्य हो,” र “आमाबुबालाई आदर नगर्ने व्यक्ति पशुभन्दा गिरेको हुन्छ” जस्ता शैतानका परम्परागत धारणाहरूलाई स्वीकार गरेकी थिएँ। म ठान्थेँ संसारमा जिउने एक व्यक्तिका रूपमा, मैले आमाबुबाप्रतिको सन्तानी मायालाई आफ्नो आत्मआचरणको सबैभन्दा महत्त्वपूर्ण सिद्धान्त मान्नुपर्छ, र यदि मैले यो हासिल गर्न सकिनँ भने, म मानिस कहलाइन लायक नै हुन्नथेँ। यही कारणले, विवाहको कुरामा मैले मेरा आमाबुबाको इच्छा पालन गरेँ र मेरा पतिलाई मसँगै आमाबुबाको हेरचाह गर्न घरज्वाइँ बनाएर भित्र्याएँ। परमेश्वरमा विश्वास गर्न थालेपछि पनि, म यिनै विचारहरूअनुसार जिइरहेँ। जब मैले मेरा पतिद्वारा मेरी आमा सताइएको देखेँ, तब मलाई छोरीका नाताले मैले आमालाई मसँग खुसी साट्ने वातावरण दिन सकेकी छैन, बरु मेरा कारणले उहाँले कष्ट पाउनुभयो भन्ने लाग्यो। मैले उहाँलाई निराश तुल्याएको महसुस गरेँ। पछि, मेरा पतिले मलाई सताएका र समस्या खडा गरेका कारण म वातावरण सुरक्षित राख्न घरमै बसेँ। जब मैले मेरा कारणले मेरी आमालाई धेरै कष्ट भएको देखेँ, मलाई झनै आत्म-ग्लानि भयो र तबउप्रान्त आफ्नो कर्तव्य पूरा गर्न मनै लागेन। यी परम्परागत विचारहरूले मलाई अदृश्य डोरीहरूले जस्तै कसिलोसँग बाँधेका थिए, जसले गर्दा मैले आफ्नो कर्तव्यको सन्दर्भमा बारम्बार सम्झौता गरेँ। ती मेरो जीवन वृद्धिको खोजीमा बाधक बने। विशेष गरी, जब महामारी फैलिरहेको थियो, तब मलाई मेरी आमा सङ्क्रमित हुनुहोला र मैले उहाँ ओछ्यानमा परेका बेला हेरचाह गर्न पाउनेछैन भन्ने चिन्ता थियो, त्यसैले मलाई उहाँप्रति ऋणी महसुस भयो। मैले त मेरी आमाप्रति सन्तान धर्म निभाउने अवसर नदिनुभएकामा परमेश्वरबारे गुनासोसमेत गरेँ। अहिले मात्र मैले स्पष्ट रूपमा के देखेँ भने शैतानले मभित्र हालेका “आमाबुबाप्रतिको धर्म निभाउनु नै सबैभन्दा ठूलो पुण्य हो,” र “आमाबुबालाई आदर नगर्ने व्यक्ति पशुभन्दा गिरेको हुन्छ” जस्ता कुराहरूले मलाई सत्यताबारे थाहा हुँदाहुँदै पनि त्यसलाई पछ्याउने मेरो हृदयलाई कमजोर बनाएको मात्र होइन, बरु मलाई परमेश्वरविरुद्ध विद्रोह गर्न र उहाँको प्रतिरोध गर्न पनि लगायो। शैतान साँच्चै अत्यन्तै दुष्ट, घृणित र दुराशयपूर्ण छ, र यसले मलाई साँच्चै हानि पुऱ्याएको थियो। वास्तवमा, मलाई परमेश्वरमाथिको विश्वासको मार्गमा मेरी आमासँगै हिँड्नबाट रोक्ने वास्तविक अपराधीहरू त चिनियाँ कम्युनिष्ट पार्टी र शैतान दियाबलस थिए! परमेश्वरमा विश्वास गर्नेहरूले आफ्नो कर्तव्य पूरा गर्न घर छाड्नुको कारण यो होइन कि हामी हाम्रो परिवार चाहँदैनौँ, वा हामी निष्ठुर छौँ, बरु यो हो कि त्यो दुष्ट कम्युनिस्ट पार्टीले हामीलाई साँचो परमेश्वरलाई पछ्याउन र सही मार्गमा हिँड्न अनुमति दिँदैन। यसले मण्डलीलाई बदनाम गर्न आधारहीन अफवाहहरू फैलाउँछ, जसले गर्दा गैरविश्वासी परिवारका सदस्यहरूले हामीलाई सताउँछन् र बाधा दिन्छन्। तर म अलमल्ल थिएँ र मैले खुट्ट्याउन सकिनँ, र मैले शैतानको दुष्ट सार छर्लङ्ग देख्न सकिनँ; मैले त परमेश्वरको बन्दोबस्त उपयुक्त थिएन भनेर गुनासो समेत गरेँ। मैले साँच्चै सही र गलत छुट्याउन सकिनँ! म अब यी परम्परागत विचारहरूद्वारा बाँधिन र बहकिन हुँदैनथ्यो, र मैले मेरी आमालाई परमेश्वरका वचनहरूअनुसार व्यवहार गर्नुपर्थ्यो। मेरी आमा र म दुवै सृजित प्राणी हौँ, र हामी दुवैले परमेश्वरमा विश्वास गर्न र उहाँलाई पछ्याउन सक्छौँ, र सृजित प्राणीको कर्तव्य राम्रोसँग पूरा गर्न जिउन सक्छौँ। यो त परमेश्वरले हामीलाई दिनुभएको ठूलो उन्नयन र अनुग्रह हो। यो जीवनमा हामी फेरि भेट्न सकौँ या नसकौँ, म केवल परमेश्वरको योजनाबद्ध कार्य र बन्दोबस्तमा समर्पित हुन र सबैभन्दा पहिले परमेश्वरलाई सन्तुष्ट पार्न र आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न चाहन्छु। जब मैले यो सबै बुझेँ, मैले मेरी आमाप्रतिको चिन्ता र ऋणको भावनालाई पूर्ण रूपमा त्यागिदिएँ। कहिलेकाहीँ जब म मेरी आमालाई सम्झन्छु, म परमेश्वरका वचनहरू सम्झन्छु: “एउटा व्यक्तिले कति दुःख भोग्नुपर्छ र उसले आफ्नो मार्गमा कति दूरी हिँड्नुपर्छ भन्ने कुरा परमेश्वरद्वारा पूर्वनियोजित हुन्छ, र कसैले पनि अरू कसैलाई साँच्चिकै मद्दत गर्न सक्दैन” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। मार्ग … (६))। त्यसपछि, म चुपचाप परमेश्वरलाई प्रार्थना गर्छु, मेरी आमालाई परमेश्वरलाई सुम्पन्छु, र आफ्नो कर्तव्य पूरा गर्न मेरो हृदयलाई शान्त पार्छु।
यो अनुभवमार्फत, परमेश्वरका वचनहरूको खुलासाले नै परम्परागत संस्कृतिले मलाई पारेको बन्धन र हानि स्पष्ट रूपमा देखायो, मलाई बिस्तारै मेरी आमाप्रतिको चिन्ता र ऋणको भावना त्याग्न मद्दत गर्यो, र मेरो हृदयमा स्वतन्त्रता दियो। परमेश्वरलाई धन्यवाद!