३४. वृद्धवृद्धाहरूले झनै बढी सत्यता पछ्याउनुपर्छ
म पचास वर्षकी हुँदा, मैले परमेश्वरका आखिरी दिनहरूको काम स्वीकार गरेँ। मैले आफ्नै जीवनकालमा परमेश्वरका व्यक्तिगत वाणीहरू सुन्न पाउँछु र प्रभु येशूको पुनरागमनलाई स्वागत गर्न पाउँछु भनेर सपनामा पनि सोचेकी थिइनँ। स्वर्गको राज्यमा प्रवेश पाउने आशा देखेर मलाई वास्तविक उद्देश्यको अनुभूति भयो। हरेक दिन म चाँडै उठ्ने र परमेश्वरका वचनहरू पढ्दै अबेरसम्म बस्ने गर्थेँ, र मण्डलीले बन्दोबस्त गरेको कुनै पनि कर्तव्यलाई स्वीकार गरी त्यसमा समर्पित हुन्थेँ। मैले सोचेँ, “यदि म आफ्नो कर्तव्यमा लागिरहन्छु भने, मैले मुक्ति पाउनेछु र स्वर्गको राज्यमा प्रवेश गर्नेछु।” सन् २०२३ सम्ममा, म ७५ वर्ष लागिसकेकी थिएँ। म बुढी थिएँ, मेरो स्मरणशक्ति कमजोर थियो, म कान कम सुन्थेँ र धमिलो देख्थेँ, अनि मेरा खुट्टाहरू पनि पहिले जस्ता स्थिर थिएनन्। मेरो अवस्थाअनुसार मण्डलीले मेरा लागि अतिथि-सत्कार गर्ने कर्तव्यको प्रबन्ध गर्यो। म आफू कसरी बुढी हुँदै गइरहेकी छु र आफ्नो स्वास्थ्य कसरी बिग्रँदै गइरहेको छ भन्ने बारे सोच्थेँ। आफ्नो कमजोर स्मरणशक्तिका कारण म कुराहरू बिर्सिरहन्थेँ, र म कहिलेकाहीँ अलमल्ल पर्थेँ। केही वर्षपछि, यदि म बुढ्यौलीका कारण मानसिक रूपमा कमजोर भएँ र मैले आफ्नो कर्तव्य निर्वाह गर्न सकिनँ भने, के म काम नलाग्ने व्यक्ति बन्दिनँ र? के मैले अझै पनि मुक्ति पाउन सकूँला त? एक पटक, म भर्खरै घर सरेकी थिएँ र घर फर्कने बाटो खोज्दा-खोज्दै हराएँ। यो थाहा पाएपछि एउटी सिस्टरले भनिन्, “तपाईँ अल्मलिन थाल्नुभएको हो कि?” मैले तुरुन्तै भनेँ, “म अलमलमा परेकी छैन।” मैले सोचेँ, “उनीहरूले म अल्मलिन थालेँ भन्ठानेर मलाई कर्तव्य निर्वाह गर्नबाट रोक्दैनन् भन्ने आशा छ। यदि मैले निर्वाह गर्ने कुनै कर्तव्य नै भएन भने, के त्यही नै मेरो अन्त्य होइन र? तब मैले कसरी मुक्ति पाउन सकूँला?” तर पछि फर्केर सोच्दा, म खाना पकाउँदा प्रायः नुन वा हरियो प्याज हाल्न बिर्सन्थेँ, र कहिलेकाहीँ सडकमा अलमलिन्थेँ अनि घर फर्कने बाटै भेट्टाउन सक्दिनथेँ भन्ने कुरा महसुस गरेँ। म डराउन थालेँ। मैले सोचेँ, “के म साँच्चै अल्मलिन लाग्दै छु? के मण्डलीले अझै पनि कर्तव्य निर्वाहमा मलाई प्रयोग गर्न सक्छ? यदि मैले कर्तव्य निर्वाह गर्न सकिनँ भने, मैले अझै पनि मुक्ति पाउन सकूँला र?” म चिन्ता र बेचैनीमा डुब्न थालेँ।
सन् २०२३ को जुन महिनामा, मैले ब्रदर-सिस्टरहरूका निम्ति एउटा भेलाको आतिथ्यता गरेँ। त्यसबेला, मेरो अपार्टमेन्टभन्दा माथिल्लो तल्लामा मर्मत भइरहेको थियो, र दिनहुँ निरन्तर ठकठकको आवाज आउँथ्यो। त्यसपछि, मैले ब्रदर-सिस्टरहरू केही समयसम्म भेलामा आएको देखिनँ, र म अलमल्ल परेँ, “उनीहरू आजभोलि किन आएका छैनन्? के उनीहरूले मलाई अतिथि सत्कारका रूपमा प्रयोग गर्न छोडेका हुन्? मेरो उमेरमा, मैले गर्न सक्ने भनेको अतिथि-सत्कारको कर्तव्य मात्र हो। यदि मैले अतिथि-सत्कारको कर्तव्य समेत निर्वाह गर्न सकिनँ भने, के मैले मुक्ति पाउने मौका गुमाउनेछैनँ र?” म धेरै चिन्तित थिएँ र उनीहरू फेरि आउलान् भन्ने व्यग्रतापूर्वक आशा गर्थेँ। एक साँझ, एउटी सिस्टर ढोका ढकढकाउन आइन्, र मेरी बुहारीले ढोका खोलिन्। ती सिस्टरले उनीहरू तीन-चार पटक आएका तर कसैले ढोका नखोलेको बताइन्। मलाई साह्रै नराम्रो लाग्यो। मैले सोचेँ, “के म वृद्धा र कान कम सुन्ने भएकीले गर्दा नै मैले उनीहरूको आवाज नसुनेकी होइन र? मैले आफ्नो कर्तव्य राम्ररी पूरा गरेकी छैन। अब म कान कम सुन्छु, आँखा धमिलो देख्छु, ढिलो प्रतिक्रिया दिन्छु, र खुट्टाहरू धर्मराउँछन्। म साँच्चै केही पनि राम्ररी गर्न सक्दिनँ! म अतिथि-सत्कारको कर्तव्य समेत राम्ररी निर्वाह गर्न सक्दिनँ! बुढेसकालले त साँच्चै काम नलाग्ने बनाउँदो रहेछ!” म तन्नेरीहरूको गहिरो ईर्ष्या गर्थेँ किनभने उनीहरू कति छिट्टै सिक्न सक्थे र कुनै पनि कर्तव्य निर्वाह गर्न सक्थे। मलाई परमेश्वर तन्नेरीहरूलाई मन पराउनुहुन्छ, र तिनीहरूले अन्तमा पक्कै पनि मुक्ति पाउनेछन् भन्ने लाग्थ्यो। मैले सोचेँ, म दश वर्ष मात्रै पछाडि फर्कन सकेमा, आफ्नो साठी-पैँसठ्ठी वर्षको उमेरमा पनि केही कर्तव्य निर्वाह गर्न सक्ने थिएँ। बिस्तारै, मेरो स्थिति बिग्रँदै गयो, र हरेक दिन म दुःख र चिन्तामा डुबिरहेँ। मेरा प्रार्थनाहरू सामान्य थिएनन्, र परमेश्वरका वचनहरू पढ्दा मलाई कुनै ज्योति वा अन्तर्दृष्टि मिल्दैनथ्यो। मेरो हृदय परमेश्वरबाट झन्-झन् टाढा हुँदै गयो। एक दिन हिँड्दै गर्दा, म लडेँ र मेरो खुट्टाको नसा तन्कियो। यसले भेलाहरूमा ढिलाइ नगरे पनि, म झनै चिन्तित भएँ। यस पटक म लडे पनि भेलाहरूमा ढिलाइ भएको थिएन, तैपनि कुनै दिन म बिरामी परेँ भने, म भेलाहरूमा सामेल हुन वा कर्तव्य निर्वाह गर्न नसक्ने हुन सक्छु। पछि, म साँच्चै बिरामी परेँ र अस्पताल भर्ना हुनुपर्यो। त्यसबेला म धेरै नकारात्मक थिएँ। मैले सोचेँ, “यस पटक मेरो लागि साँच्चै सबै सकियो—म भेलाहरूमा उपस्थित हुन समेत सक्दिनँ, कुनै पनि प्रकारको कर्तव्य निर्वाह गर्ने कुरा त परै जाओस्। के यसले मलाई साँच्चै काम नलाग्ने बनाउँदैन र?” अस्पतालबाट डिस्चार्ज भएपछि, मेरो स्थिति कमजोर नै रह्यो। यदि मैले अतिथि-सत्कारको कर्तव्य समेत निर्वाह गर्न सकिनँ भने मैले मुक्ति पाउन सकूँला र भनेर म चिन्तित भएँ। के यसको मतलब मेरो वर्षौँको आस्था व्यर्थ भएको हुनेछैन र? मैले जति धेरै यसबारे सोचेँ, मैले त्यति नै बढी हृदय टुटेको र बेचैन महसुस गरेँ। त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, म आफ्नो नकारात्मक स्थितिबाट बाहिर आउन सकूँ भनेर उहाँलाई मलाई अन्तर्दृष्टि र ज्योति दिनुहोस् भनी अनुरोध गरेँ।
एक दिन, मैले एउटी वृद्धा सिस्टरले लेखेको अनुभवात्मक गवाही लेख पढेँ, र त्यसले ठ्याक्कै मेरो स्थितिलाई प्रतिबिम्बित गर्यो। त्यसमा उद्धृत परमेश्वरका वचनहरूको एक खण्डले मलाई गहिरो रूपमा छोयो। परमेश्वर भन्नुहुन्छ: “विश्वासी दाजुभाइ-दिदीबहिनीहरूमाझ पाका मानिसहरू पनि छन्, जो ६० देखि ८० वा ९० वर्ष उमेरसम्मका छन् र जसले बुढेसकालको कारण केही कठिनाइहरू अनुभव गर्छन्। तर तिनीहरूको उमेर जति नै भए पनि, तिनीहरूको सोच सही वा तर्कसङ्गत हुन्छ नै भन्ने छैन, र तिनीहरूका विचार र दृष्टिकोणहरू सत्यताअनुरूप हुन्छन् नै भन्ने छैन। यी पाका मानिसहरूसँग पनि उस्तै समस्या हुन्छन्, र तिनीहरू सधैँ यस्तो चिन्ता गरिरहेका हुन्छन्, ‘अब त मेरो स्वास्थ्य स्थिति पनि त्यति राम्रो छैन र म सीमित काम मात्र गर्न सक्छु। यदि मैले यो थोरै कर्तव्य मात्रै निर्वाह गरेँ भने, के परमेश्वरले मलाई सम्झनुहोला त? कहिलेकाहीँ म बिरामी हुन्छु, र मलाई कसैले हेरचाह गर्नुपर्ने हुन्छ। जब मेरो हेरचाह गर्ने कोही हुँदैन, तब म आफ्नो कर्तव्य निर्वाह गर्न सक्षम हुँदिनँ, त्यसकारण मैले के गर्न सक्छु र? म वृद्ध भइसकेँ र परमेश्वरका वचनहरू पढ्दा म ती याद गर्नै सक्दिनँ र सत्यता बुझ्न मलाई गाह्रो हुन्छ। सत्यतामा सङ्गति गर्दा, म अस्पष्ट र अतार्किक रूपमा बोल्छु, र अरूलाई सुनाउनका लागि मसँग कुनै राम्रो अनुभव छैन। म बूढो भएँ र मसँग पर्याप्त ऊर्जा छैन, मेरो दृष्टि पनि त्यति राम्रो छैन र मेरो शक्ति सकिएको छ। सबै कुरा मेरो लागि गाह्रो छ। मैले आफ्नो कर्तव्य निर्वाह गर्न नसक्ने मात्रै होइन, म सजिलै बिर्सिन्छु र गल्ती पनि गर्छु। कहिलेकाहीँ म अन्योलमा पर्छु र मण्डली र मेरा विश्वासी दाजुभाइ-दिदीबहिनीहरूमा समस्या ल्याउँछु। मलाई सत्यता पछ्याउन र मुक्ति प्राप्त गर्न निकै गाह्रो हुन्छ। मैले के गर्न सक्छु र?’ जब तिनीहरूले यी कुराहरू सोच्छन्, तब तिनीहरू चिन्ता गर्छन्: ‘अरू मानिसहरूले २० वा ३० को दशकमा परमेश्वरमा विश्वास गर्न थाले—मैले किन यति बुढेसकालमा परमेश्वरमा विश्वास गर्न थालेँ? महाविपत्तिहरू आउनै लागेका छन्। मैले यति ढिलो परमेश्वरमा विश्वास गर्न थालेँ—के म अझै पनि मुक्ति प्राप्त गर्न सक्छु? मैले उहाँको कामको अवसर पाउनु परमेश्वरको अनुग्रह भए पनि, म धेरै बूढो भइसकेँ। मेरो स्मरणशक्ति राम्रो छैन, र मेरो शरीरले अब मेरो कुरा मान्दैन। भेलाहरूमा केही बेर सुनेपछि मलाई निद्रा लाग्छ र म झुल्छु। के मैले यसरी सत्यता प्राप्त गर्न सक्छु? म के गर्न सक्छु? म धेरै चिन्तित छु! मेरो उमेरमा, मेरा छोराछोरीहरू हुर्किसकेका छन्, र अब मैले तिनीहरूलाई हेरचाह गर्नु वा हुर्काउनु पर्दैन। म अब कुनै चिन्ता वा बेचैनीविना परमेश्वरमा विश्वास गर्न सक्छु। अब अरू केही पनि महत्त्वपूर्ण छैन। मेरो सबैभन्दा ठूलो इच्छा भनेको बाँकी रहेको समयमा सत्यता पछ्याउनु र सृजित प्राणीको कर्तव्य पूरा गर्नु, र अन्ततः मुक्ति प्राप्त गर्नु हो। कठै, मेरो शरीर पहिलेको जस्तो छैन। मेरो दृष्टि कमजोर हुँदैछ, मेरो दिमाग धमिलो छ, र मेरो शरीरले मेरो कुरा मान्दैन। मैले गर्न सक्ने थोरै काम गर्दा पनि, म बारम्बार गल्ती गर्छु र अरूलाई समस्यामा पार्छु। मलाई सत्यता प्राप्त गर्न र मुक्ति पाउन गाह्रो हुने जस्तो देखिन्छ! यस्तो लाग्छ कि पाका मानिसहरूसँग यी कुराहरूको कुनै सम्बन्ध छैन, र युवाहरू नै आशिषित् हुन्छन्। म बूढो भएँ र मैले यो अत्यन्तै राम्रो समय भेटे पनि, म यसको आनन्द लिन सक्नेगरी आशिषित् छैन!’ तिनीहरूले हृदयमा झन्-झन् हैरान र बेचैन महसुस गर्छन्। कहिलेकाहीँ तिनीहरू रुन चाहन्छन्, र तिनीहरूको हृदयमा सधैँ दुःखको एउटा स्पर्श हुन्छ। त्यसोभए, तिनीहरूले के गर्नुपर्छ? … के साँच्चै तिनीहरूसँग अघि बढ्ने कुनै बाटो नहुने हो त? के यसको कुनै हल छ? (पाका मानिसहरूले पनि आफूले सक्नेजति आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ।) पाका मानिसहरूले आफूले सक्नेजति कर्तव्य निर्वाह गर्न व्यवहार्य हुन्छ, होइन र? के पाका मानिसहरू आफ्नो उमेरको कारण सत्यता पछ्याउन नसक्ने हुन्छन् र? के तिनीहरू सत्यता बुझ्न सक्ने हुँदैनन् र? (बुझ्न सक्ने हुन्छन्।) के पाकाहरूले सत्यता बुझ्न सक्छन्? तिनीहरूले त्यो केही मात्रामा बुझ्न सक्छन्। जवान मानिसहरूले पनि त्यो सबै बुझ्न सक्ने चाहिँ होइन। पाकाहरूमा सधैँ भ्रम हुन्छ, र तिनीहरूलाई आफू अन्योलमा परेको छु, आफ्नो स्मरण शक्ति खराब छ, त्यसकारण आफूले सत्यता बुझ्न सक्दिनँ भन्ने लाग्छ। के यो तथ्य हो? (होइन।) कम उमेरका मानिसहरूसँग पाकाहरूमा भन्दा ज्यादा ऊर्जा हुने, र तिनीहरू शारीरिक रूपमा दह्रिला हुने भए पनि, तिनीहरूको बुझ्ने, जान्ने, र चिन्ने क्षमता पाकाहरूको जति नै हुन्छ। के पाकाहरू पनि कुनै बेला जवान नै थिएनन् र? तिनीहरू बुढो भएर जन्मेका थिएनन्, र कम उमेरका मानिसहरू पनि एक दिन पाका हुनेछन्। पाकाहरूले सधैँ आफू वृद्ध, शारीरिक रूपमा कमजोर, बिसन्चो, र स्मरण शक्ति कमजोर भएको कारण, जवान मानिसहरूभन्दा फरक छु भनेर सोच्नु हुँदैन। वास्तवमा, यहाँ कुनै भिन्नता हुँदैन। कुनै भिन्नता हुँदैन भनेर मैले भन्नुको अर्थ के हो? कुनै व्यक्ति वृद्ध भए पनि जवान भए पनि, उसको भ्रष्ट स्वभाव उस्तै हुन्छ, सबै कुराहरूबारे उसको मनोवृत्ति र दृष्टिकोण उस्तै हुन्छ, र सबै किसिमका कुराहरूबारे उसको दृष्टिकोण र अडान उस्तै हुन्छन्। … पाका मानिसहरूको काम नै नभएको र तिनीहरू आफ्ना कर्तव्यहरू निर्वाह गर्न असक्षम हुने होइन, वा तिनीहरू सत्यता पछ्याउन असक्षम हुने त झनै होइन—तिनीहरूले गर्नुपर्ने धेरै कुराहरू छन्। तेरो जीवनकालमा तैँले सबै प्रकारका विधर्म र भ्रमहरू, साथै विभिन्न परम्परागत विचार र धारणाहरू, मूर्ख र हठी कुराहरू, रूढिवादी कुराहरू, अविवेकी कुराहरू, र विकृत कुराहरू थुपारेको छस्। यी कुराहरू तेरो हृदयमा ज्यादै नै थुप्रिएका छन्। तैँले यी कुराहरूलाई खोतल्न, चिरफार गर्न, र चिन्न जवान मानिसहरूले भन्दा पनि धेरै समय खर्च गर्नुपर्छ। तेरो कुनै काम नभएको होइन। जब तँ फुर्सदमा हुन्छस्, तब तँ हैरान, बेचैन, र चिन्तित बन्छस्, जुन न त तेरो काम हो न त तेरो जिम्मेवारी। सबैभन्दा पहिले, पाका मानिसहरूसँग सही मानसिकता हुनुपर्छ। तेरो उमेर ढल्किँदै गएको र तँ शारीरिक रूपमा केही बूढो भएको भए पनि, तँसँग जवान मानसिकता हुनुपर्छ। तँ बूढो हुँदै गएको, तेरो सोचाइ सुस्त भएको, र तेरो स्मरणशक्ति कमजोर भएको भए पनि, यदि तैँले अझै पनि आफूलाई चिन्न सक्छस्, अझै पनि मैले भनेका वचनहरू बुझ्न सक्छस्, र अझै पनि सत्यता बुझ्न सक्छस् भने, त्यसले तँ बूढो छैनस् र तेरो क्षमता कमजोर छैन भनी प्रमाणित गर्छ। यदि कोही ७० वा ८० को दशकमा छ तर सत्यता बुझ्न सक्षम छैन भने, यसले उसको कद धेरै सानो र अपुग छ भन्ने देखाउँछ। त्यसकारण, सत्यताका सम्बन्धमा उमेर असान्दर्भिक हुन्छ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। मैले परमेश्वरका वचनहरूको यो खण्ड धेरै पटक पढेँ, र मैले जति धेरै पढेँ, मेरो हृदय त्यति नै उज्यालो भएको महसुस भयो। परमेश्वर साँच्चै मानिसहरूको भित्री हृदयलाई नियाल्नुहुन्छ। के यी वचनहरू सीधै मेरो बारेमा बोलिरहेका थिएनन् र? म चिन्तित थिएँ किनभने म वृद्ध, कमजोर स्वास्थ्यकी, कान कम सुन्ने, आँखा धमिलो देख्ने थिएँ, र मेरो स्मरणशक्ति खस्किएको थियो। मलाई आफ्नो उमेर बढ्दै जाँदा, मैले आफ्नो कर्तव्य निर्वाह गर्न सक्नेछैन, र मैले मुक्ति पाउने मौका गुमाउनेछु भन्ने डर थियो। मैले आफ्ना दिनहरू वेचैनी र चिन्तामा डुबेर बिताएँ। परमेश्वरका वचनहरूको त्यो खण्ड पढेपछि, मेरो हृदयले अचानक स्वतन्त्र भएको महसुस गर्यो। परमेश्वरलाई वृद्ध मानिसहरूको कठिनाइ थाहा छ, र उहाँले वृद्धवृद्धाहरूले उहाँको अभिप्राय बुझ्न सकून् भनेर यी वचनहरू व्यक्त गर्नुभएको छ। चाहे जवान होस् वा वृद्ध, परमेश्वर सबैलाई सत्यता पछ्याउने र मुक्ति पाउने मौका दिनुहुन्छ, र मैले परमेश्वर धर्मी हुनुहुन्छ भनी देखेँ। परमेश्वरका वचनहरूबाट, मैले अभ्यासको मार्ग भेट्टाएँ। म वृद्धा भए पनि, म अझै पनि परमेश्वरका वचनहरू बुझ्न सक्छु, र मैले आफूमाथि आइपर्ने कामकुराहरूमा सत्यता खोज्नुपर्छ, र आफ्नै भ्रष्टता र कमीकमजोरीहरूलाई चिन्नुपर्छ। मैले सत्यता पछ्याएर पश्चात्ताप र रूपान्तरण पनि हासिल गर्नुपर्छ किनभने वृद्धहरूको स्वभाव तन्नेरीहरूभन्दा कम भ्रष्ट हुँदैन। उदाहरणका लागि, ममा गम्भीर रूपमा अहङ्कारी स्वभाव थियो, र कहिलेकाहीँ ब्रदर-सिस्टरहरूले मेरा समस्याहरू औंल्याउँदा, म त्यसलाई स्वीकार गर्न चाहन्नथेँ। दैनिक पारिवारिक जीवनमा, कहिलेकाहीँ मेरी बुहारीले मेरो कुरा नसुन्दा, म रिसाउँथेँ र श्रेष्ठताको भाव लिँदै उनलाई तल झारेर कुरा गर्थेँ। यी सबै भ्रष्ट स्वभावका प्रकटीकरणहरू थिए, र तिनलाई समाधान गर्न मैले सत्यता खोज्नु आवश्यक थियो, तसर्थ मैले गर्न सक्ने केही पनि थिएन भन्ने होइन। अब मसँग हरेक दिन घरमा परमेश्वरका अझ धेरै वचनहरू पढ्ने, मैले सामना गर्ने मानिस, कामकुरा र घटनाहरूमा सत्यता खोज्ने, र आफ्नो भ्रष्ट स्वभावलाई समाधान गर्ने प्रशस्त समय थियो। म अनुभवात्मक गवाही भिडियोहरू हेरेर ब्रदर-सिस्टरहरूका अनुभवहरूबाट पाठ सिक्न पनि सक्थेँ। म परमेश्वरको गवाही दिन आफ्ना वास्तविक अनुभवहरू लेख्दै, अनुभवात्मक गवाही लेखहरू लेख्न पनि सक्थेँ। यी सबै मैले गर्नुपर्ने कुराहरू थिए। अब मैले परमेश्वरको अभिप्राय बुझेपछि, मैले उहाँलाई गलत बुझ्न वा नकारात्मक स्थितिमा डुब्न छोडेँ, र आफूले कर्तव्य निर्वाह गर्न सक्छु कि सक्दिनँ भनेर चिन्ता गर्न छोडेँ। मैले मण्डलीले मेरो लागि कर्तव्यको बन्दोबस्त गरोस् वा नगरोस्, म परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुनेछु भन्ने सङ्कल्प गरेँ। त्यसबेलादेखि, म हरेक दिन शान्तपूर्वक बसेर परमेश्वरका वचनहरू खान र पिउन सक्षम भएँ, र आफूमाथि कामकुराहरू आइपर्दा, म प्रार्थना गरेर परमेश्वरका अभिप्राय खोज्न सक्थेँ।
पछि, मैले परमेश्वरका वचनहरूका थप दुई खण्ड पढेँ र परमेश्वरले मानिसहरूको परिणाम निर्धारण गर्ने मानक थाहा पाएँ। परमेश्वर भन्नुहुन्छ: “म प्रत्येक व्यक्तिको गन्तव्य निजको उमेर, वरिष्ठता, वा कष्टको परिमाणका आधारमा निर्धारित गर्दिनँ, ऊ कति दयनीय छ भन्ने कुराका आधारमा त झनै गर्दिनँ, बरु ऊसँग सत्यता छ कि छैन भन्ने आधारमा गर्दछु। योभन्दा अर्को कुनै विकल्प छैन” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आफ्नो गन्तव्यको लागि पर्याप्त असल कार्यहरू तयार गर्)। “परमेश्वरको चाहना हरेक व्यक्ति सिद्ध पारिओस्, अन्त्यमा उहाँद्वारा प्राप्त हुन सकोस्, उहाँद्वारा पूर्ण रूपमा धोइओस् र उहाँले प्रेम गर्नुहुने मानिसहरू बनोस् भन्ने छ। मैले तिमीहरू पिछडिएका छौ वा कम क्षमताका छौ भने पनि—यी सब तथ्य हुन्। तर, मैले यसो भन्नुले म तिमीहरूलाई त्याग्न चाहन्छु, मैले तिमीहरूमाथिको आशा गुमाएको छु भन्ने प्रमाणित गर्दैन, अनि म तिमीहरूलाई मुक्ति दिन अनिच्छुक छु भन्ने त झनै प्रमाणित गर्दैन। आज म तिमीहरूको लागि मुक्तिको काम गर्न आएको हुँ, जसको अर्थ यो हो कि मैले गर्ने काम भनेको मुक्तिको कामको निरन्तरता हो। प्रत्येक व्यक्तिसित सिद्ध पारिने मौका हुन्छ: यति हो तँ इच्छुक हुनुपर्छ, यति हो तैँले खोजी गर्नुपर्छ, अन्त्यमा तँ यो नतिजा प्राप्त गर्न सक्षम हुनेछस् र तिमीहरूमध्ये एक जना पनि त्यागिनेछैनौ। यदि तँ कमजोर क्षमताको छस् भने, तँसित मेरा मागहरू तेरो कमजोर क्षमताअनुरूप हुनेछ; यदि तँ उच्च क्षमताको छस् भने तँसित मेरा मागहरू तेरो उच्च क्षमताअनुरूप हुनेछ; यदि तँ अनजान र अशिक्षित छस् भने, तँप्रतिका मेरा मागहरू यसअनुरूप हुनेछन्; यदि तँ साक्षर छस् भने, तँसित मेरा मागहरू तँ साक्षर छस् भन्ने तथ्यअनुरूप हुनेछन्; यदि तँ बुढेसकालमा छस् भने, तँसँग मेरा मागहरू तेरो उमेरअनुरूप हुनेछन्; यदि तँ अतिथिसत्कारको कर्तव्य पूरा गर्न सक्षम छस् भने, तँप्रति मेरा मागहरू यही बमोजिम हुनेछन्; यदि तँ अतिथिसत्कारको कर्तव्य पूरा गर्न सक्दिनँ, निश्चित प्रकारका प्रकार्य मात्र गर्न सक्छु भन्छस् भने, चाहे त्यो सुसमाचार प्रचार गर्ने होस् वा मण्डलीको रेखदेख गर्ने होस्, वा अन्य सामान्य कुराहरूमा सहभागी हुने होस्, मैले तँलाई सिद्ध पार्ने काम तैँले गर्ने प्रकार्यअनुसार हुनेछ। बफादार हुनु, अन्त्यसम्म समर्पित हुनु र परमेश्वरप्रति सर्वोच्च प्रेम प्राप्त गर्न खोज्नु—यी तैँले पूरा गर्नैपर्ने कुरा हुन्, केवल यी तीन कुरा, र यी सबैभन्दा राम्रा अभ्यासहरू हुन्। अन्त्यमा, मानिसहरूले यी तीन कुरा हासिल गर्नु आवश्यक हुन्छ, र ती प्राप्त गर्न सक्नेहरूलाई सिद्ध पारिनेछ। तर सबैभन्दा मुख्य कुरा, तैँले साँच्चै खोजी गर्नुपर्दछ, तँ सक्रिय रूपमा अगाडि र माथितिर बढ्नुपर्छ र त्यस विषयमा निष्क्रिय हुनुहुँदैन” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु)। परमेश्वरका वचनहरू पढेपछि, मैले परमेश्वरले व्यक्तिको परिणाम उसको उमेर, वरिष्ठता, वा उसले कति दुःख भोगेको छ भन्ने आधारमा होइन, बरु उसमा सत्यता छ कि छैन भन्ने आधारमा निर्धारण गर्नुहुन्छ भन्ने बुझेँ। मैले म बुढी र अब काम नलाग्ने भएँ भन्ने सोचेँ, त्यसैले म परमेश्वरद्वारा हटाइनेछु भनेर डराएँ—यसले मैले मानिसहरूलाई मुक्ति दिने परमेश्वरको अभिप्राय वा मानिसहरूको परिणाम निर्धारण गर्न उहाँद्वारा माग गरिएका मानक बुझेकी छैनँ भन्ने देखायो। मानिसहरूलाई मुक्ति दिने र सिद्ध पार्ने परमेश्वरको कार्य उनीहरूको उमेर वा क्षमतामा आधारित छैन, बरु उनीहरू सत्यता पछ्याउँछन् कि पछ्याउँदैनन् भन्नेमा आधारित छ। यदि कसैले सत्यता स्वीकार गर्न सक्छ र ऊ परमेश्वरप्रति बफादार छ, र ऊ परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन्छ भने, उहाँ उसलाई त्याग्नुहुनेछैन। मैले परमेश्वरको घरलाई गैरविश्वासी संसार जस्तै ठानेकी थिएँ। समाजमा, वृद्धहरूलाई बेवास्ता र उपेक्षा गरिन्छ, र मैले परमेश्वरको घरमा पनि त्यस्तै हुन्छ—कोही वृद्ध भएपछि, परमेश्वर उसलाई चाहन छोड्नुहुन्छ भन्ने ठानेकी थिएँ। यो परमेश्वरप्रतिको गलत बुझाइ र ईशनिन्दा थियो। संसारमा शैतानले शासन गर्छ, र दियाबलस शैतानले मानिसहरूलाई त्यसका लागि श्रम गर्न प्रयोग गर्छ। जब मानिसहरू वृद्ध भएर श्रम गर्न नसक्ने हुन्छन्, तिनीहरूलाई फ्याँकिदिइन्छ। तर परमेश्वरको घरमा, सत्यता शक्तिमा हुन्छ। परमेश्वर मानिसहरूलाई उनीहरूको कर्तव्य निर्वाह गर्ने र सत्यता पछ्याउने मौका दिनुहुन्छ; आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, मानिसहरूले आफूलाई चिन्छन् र परिवर्तन हुन्छन्, र तिनीहरूले आफ्ना शैतानी भ्रष्ट स्वभावहरू फाल्छन्। मैले म कति बुढी छु, तैपनि परमेश्वरले उहाँका वचनहरू खाने र पिउने वा सत्यता पछ्याउने मेरो अवसर खोस्नुभएको छैन भन्नेबारे सोचेँ। परमेश्वरले हामीलाई मलजल गर्न र हाम्रो भरणपोषण गर्न निरन्तर वचनहरू व्यक्त गरिरहनुभएको छ। ममाथि कामकुराहरू आइपर्दा, उहाँले मलाई अन्तर्दृष्टि दिन र मार्गदर्शन गर्न आफ्ना वचनहरू पनि प्रयोग गर्नुभयो, र परमेश्वरको अभिप्राय नबुझ्ने म नै थिएँ। मैले म बुढी भएकी र अलमल्ल परेकीले, परमेश्वरले मलाई मुक्ति दिनुहुनेछैन भन्ने सोचेँ। तर वास्तवमा, जबसम्म कुनै व्यक्ति परमेश्वरमा इमानदारीपूर्वक विश्वास गर्दै सत्यता पछ्याउन इच्छुक हुन्छ, कुनै दिन, उसले एउटा कर्तव्य निर्वाह गर्न नसके पनि, परमेश्वरका घरले उसलाई निकाल्ने वा हटाउने छैन। मेरो वरिपरि धेरै वृद्ध ब्रदर-सिस्टरहरू मेरै उमेरका छन्। उनीहरूले अहिले धेरै कर्तव्य निर्वाह गर्न नसके पनि, उनीहरू परमेश्वरका वचनहरू खान र पिउन र मण्डली जीवन जिउनमा लागिरहन्छन्, र मण्डलीले तिनीहरूलाई निकालेको छैन। तैपनि निरन्तर कर्तव्यहरू निर्वाह गरेका केही तन्नेरी मानिसहरू छन्, तर उनीहरू सत्यता नपछ्याउने र उनीहरूका भ्रष्ट स्वभावहरू गम्भीर र अपरिवर्तित रहने भएकाले, उनीहरूले अन्ततः धेरै दुष्ट कार्यहरू गर्छन् र मण्डलीबाट निकालिन्छन्। यसबाट, मैले परमेश्वरको धर्मी स्वभाव देखेँ। परमेश्वर मानिसहरूलाई उनीहरू जवान छन् कि वृद्ध छन् भन्ने आधारमा नभई, बरु उनीहरूको हृदयलाई हेरेर र उनीहरू सत्यता पछ्याउँछन् कि पछ्याउँदैनन् भन्ने आधारमा मुक्ति दिनुहुन्छ। त्योबेलादेखि, आफ्नो कुनै कर्तव्य होस् वा नहोस्, मैले गम्भीरतापूर्वक परमेश्वरका वचनहरू खाने र पिउने, परमेश्वरको काम अनुभव गर्ने, आफ्ना कमीकमजोरी र त्रुटिहरू चिन्ने, आफ्नो भ्रष्ट स्वभाव बुझ्ने, र अब उप्रान्त परमेश्वरलाई गलत नबुझ्ने वा उहाँविरुद्ध गुनासो नगर्ने सङ्कल्प गरेँ।
भेलाको क्रममा, एउटी सिस्टरले मेरो स्थिति थाहा पाएपछि, उनले मलाई परमेश्वरका वचनहरूको एक खण्ड पढ्न लगाइन्: “मानिसको कर्तव्य र उसले आशिष्हरू पाउँछ कि सन्ताप भोग्छ भन्ने बीच कुनै सम्बन्ध छैन। कर्तव्य भनेको मानिसले पूरा गर्नुपर्ने कुरा हो; यो उसको स्वर्गबाट पठाइएको कार्य हो, र उसले यो कार्य क्षतिपूर्ति नखोजी, र सर्तहरू वा बहानाहरू बिनै गर्नुपर्छ। यसलाई मात्रै उसले आफ्नो कर्तव्य पूरा गर्नु भनिन्छ। आशिष्हरू प्राप्त गर्नुले न्यायको अनुभव गरिसकेपछि सिद्ध पारिँदा व्यक्तिले प्राप्त गर्ने आशिष्हरूलाई जनाउँछ। सन्ताप आइपर्नुले सजाय र न्याय भोगिसकेपछि पनि व्यक्तिको स्वभाव परिवर्तन नहुँदा—अर्थात्, ऊ सिद्ध नपारिँदा उसले पाउने दण्डलाई जनाउँछ। तर चाहे उसले आशिष्हरू पाओस् वा ऊमाथि सन्ताप आइपरोस्, सृजित प्राणीहरूले आफूले गर्नुपर्ने कार्य गर्दै, र आफूले गर्न सक्ने कार्य गर्दै आफ्नो कर्तव्य पूरा गर्नुपर्छ; व्यक्तिले, परमेश्वरको पछि लाग्ने व्यक्तिले गर्नुपर्ने न्यूनतम कार्य यही हो। तैँले आशिष्हरू प्राप्त गर्नका लागि आफ्नो कर्तव्य निर्वाह गर्नु हुँदैन, र तैँले सन्ताप आइपर्ने डरले आफ्नो कर्तव्य निर्वाह गर्न इन्कार गर्नु हुँदैन” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। देहधारी परमेश्वरको सेवकाइ र मानिसको कर्तव्य बीचको भिन्नता)। परमेश्वरका वचनहरू पढेपछि, मैले परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ, र मानिस एक सृजित प्राणी हो भन्ने बुझेँ; मानिसले आफ्नो कर्तव्य निर्वाह गर्नु पूर्ण रूपमा स्वाभाविक र न्यायोचित छ। यो मानिसको जिम्मेवारी र दायित्व हो, र यसको आशिष् पाउनु वा दुर्भाग्य भोग्नुसँग कुनै सम्बन्ध छैन। आफ्नो कर्तव्य निर्वाह गर्दा परमेश्वरका वचनहरूको न्याय र सजाय अनुभव गरेर र स्वभावमा परिवर्तन हासिल गरेर मात्र व्यक्तिले परमेश्वरको आशिष् पाउन सक्छ। तर मैले जबसम्म म आफ्नो कर्तव्य निर्वाह गर्छु, तबसम्म म परमेश्वरद्वारा आशिषित हुनेछु भन्ने विश्वास गरेँ, र मैले सधैँ कर्तव्य निर्वाह गर्नुको मतलब म आशिषित हुनेछु भन्ने सोचेँ। यो मेरा धारणाहरू र कल्पनाहरूभन्दा बढी केही थिएन। फर्केर सोच्दा, मैले धेरै कर्तव्य निर्वाह गरेकी थिएँ, तर मैले आफ्नो कर्तव्यमा सत्यता पछ्याइनँ र सधैँ आफ्नो इच्छाअनुसार कार्य गरेँ, र मैले परमेश्वरको अभिप्राय वा सत्यता खोज्न बिरलै प्रार्थना गरेँ, फलस्वरूप, अहिलेसम्म, मेरो स्वभावमा खासै परिवर्तन भएको थिएन। मैले यो तरिकाले जति धेरै कर्तव्य निर्वाह गरे पनि, मैले परमेश्वरको स्वीकृति प्राप्त गर्ने थिइनँ। मैले सत्यता नपछ्याएर धेरै वर्ष खेर फालेकी थिएँ। यस बिन्दुदेखि, जब ममाथि कामकुराहरू आइपर्थे, मैले परमेश्वरका अभिप्राय खोज्नुपर्थ्यो, परमेश्वरका वचनहरूको न्याय र सजाय स्वीकार गर्नुपर्थ्यो, र स्वभावमा परिवर्तन हासिल गर्न सत्यता पछ्याउनुपर्थ्यो। मैले अन्ततः मुक्ति पाउन सकिनँ भने पनि, यो म बुढी भएर परमेश्वरले मलाई नचाहनुभएका कारणले नभएर मेरो स्वभाव परिवर्तन नभएका कारणले हुनेछ। मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, मैले अब तपाईँको अभिप्राय बुझेँ। म तपाईँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन र अब उप्रान्त तपाईँलाई गलत नबुझ्न वा तपाईँ विरुद्ध गुनासो नगर्न तत्पर छु। मैले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, म तपाईँलाई सन्तुष्ट पार्न मेरो सारा हृदय र मनले यो गर्न चाहन्छु।”
पछि, ती सिस्टरले परमेश्वरका वचनहरूको अर्को खण्ड भेट्टाइन् जुन मेरो स्थितिसँग सम्बन्धित थियो। परमेश्वर भन्नुहुन्छ: “मानिसहरू सबैले आशिष्, पुरस्कार, र मुकुटहरू पाउनका लागि परमेश्वरमा विश्वास गर्छन्। के हरेक व्यक्तिको हृदयमा यही अभिप्राय हुँदैन र? वास्तवमा, हरेक व्यक्तिमा हुन्छ। यो तथ्य हो। मानिसहरूले यसबारे प्रायः कुरा नगरे पनि, र आशिष् प्राप्त गर्ने आफ्नो अभिप्राय र चाहनालाई ढाकछोप गरे पनि, मानिसहरूको हृदयको गहिराइमा रहेको यो चाहना, यो अभिप्राय र मनसाय कहिल्यै डगमगाएको छैन। मानिसहरूले जति धेरै आत्मिक सिद्धान्त बुझेका भए पनि, तिनीहरूसँग जे अनुभवात्मक ज्ञान भए पनि, तिनीहरूले जे कर्तव्य निर्वाह गर्न सक्ने भए पनि, जति धेरै कष्ट भोगे पनि, वा जति धेरै मूल्य चुकाए पनि, तिनीहरूले आशिष् प्राप्त गर्ने अभिप्राय कहिल्यै त्याग्दैनन् जुन तिनीहरूको हृदयको गहिराइमा लुकेको हुन्छ, र तिनीहरू सधैँ चुपचाप यसको सेवामा परिश्रम र दौडधुप गर्छन्। के मानिसहरूको हृदयको सबैभन्दा गहिराइमा गाडिएको कुरा यही हुँदैन र? आशिष् प्राप्त गर्ने यो अभिप्राय नहुने हो भने, तिमीहरूले कस्तो महसुस गर्नेथियौ? तिमीहरूले कस्तो मनोवृत्तिका साथ आफ्नो कर्तव्य निर्वाह गर्नेथियौ र परमेश्वरलाई पछ्याउनेथियौ? यदि मानिसहरूको हृदयमा लुकेको आशिष् प्राप्त गर्ने यो अभिप्रायलाई पूर्ण रूपमा उन्मूलन गरियो भने तिनीहरूको के हालत हुनेथियो? यो सम्भव छ कि धेरै मानिसहरू नकारात्मक बन्नेथिए, र कतिपय आफ्नो कर्तव्यमा अप्रेरित हुनेथिए, र परमेश्वरमाथि विश्वासमा तिनीहरूको रुचि हराउनेथियो। तिनीहरूले आफ्नो आत्मा गुमाएजस्तो देखिनेथियो, र तिनीहरूको हृदय खोसिएजस्तो देखिनेथियो। त्यसैले म भन्छु कि आशिष् प्राप्त गर्ने अभिप्राय मानिसहरूको हृदयको गहिराइमा लुकेर रहने कुरा हो। सायद, तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा वा मण्डलीको जीवन जिउँदा, तिनीहरूलाई आफूले केही सत्यताहरू बुझेको छु र आफ्नो परिवार त्याग्न र खुसीसाथ आफूलाई परमेश्वरप्रति समर्पित गर्न सक्षम छु, र अब आफूलाई आशिष् प्राप्त गर्ने आफ्नो अभिप्रायको ज्ञान छ, र यो अभिप्राय त्यागेको छु, र अब यसद्वारा शासित वा बाँधिएको छैन भन्ने महसुस हुन्छ। त्यसपछि, तिनीहरूले अब आफूसँग आशिष् प्राप्त गर्ने अभिप्राय छैन भनी सोच्छन्, तर परमेश्वरले अर्कै सोच्नुहुन्छ। मानिसहरूले विभिन्न कुराहरूलाई सतही रूपमा मात्रै हेर्छन्। परीक्षाहरूविना, तिनीहरूले आफ्नो बारेमा राम्रै अनुभव गर्छन्। जबसम्म तिनीहरूले मण्डली छोडेका वा परमेश्वरको नामलाई इन्कार गरेका हुँदैनन्, र तिनीहरू आफूलाई परमेश्वरप्रति समर्पित गर्न लागिरहन्छन्, तबसम्म तिनीहरूले आफू परिवर्तन भएको छु भन्ने विश्वास गर्छन्। तिनीहरू अब आफ्नो कर्तव्य निर्वाहमा आफ्नो जोस वा क्षणिक आवेगद्वारा उत्प्रेरित भएको महसुस गर्दैनन्। यसको साटो, तिनीहरू आफूले सत्यता पछ्याउन सक्ने, र आफ्नो कर्तव्य निर्वाह गर्दा आफूले निरन्तर सत्यताको खोजी र अभ्यास गर्न सक्ने, जसले गर्दा तिनीहरूका भ्रष्ट स्वभावहरू शुद्ध हुने र तिनीहरूले केही साँचो परिवर्तन हासिल गर्न सक्ने विश्वास गर्छन्। तर, जब तिनीहरूको गन्तव्य र परिणामसँग प्रत्यक्ष रूपमा सम्बन्धित घटनाहरू घट्छन्, तब तिनीहरूका प्रकटीकरणहरू के-के हुन्छन्? तिनीहरूको साँचो अवस्था पूर्ण रूपमा प्रकाश हुन्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। जीवन वृद्धिका छ वटा सूचकहरू)। परमेश्वरले मानिसहरूभित्र लुकेको आशिष् पाउने अभिप्रायलाई खुलासा गर्नुभएको छ। मानिसहरू परमेश्वरलाई सन्तुष्ट पार्न नभई बरु आशिष् र लाभ पाउन उहाँमा विश्वास गर्छन्। उनीहरूले कुनै कर्तव्य निर्वाह गर्न आफ्नो परिवार र करियर त्याग्न सक्दा समेत, त्यो सबै परमेश्वरसँग लेनदेन गर्ने प्रयास मात्र हो। मैले पहिलो पटक परमेश्वरलाई भेट्टाएको समयबारे फर्केर सोच्दा, मलाई मैले स्वर्गको राज्यमा प्रवेश पाउने आशा छ भन्ने लाग्यो र त्यसैले मैले उत्साहपूर्वक आफूलाई समर्पित गरेँ। मण्डलीले मेरो लागि बन्दोबस्त गरेको कुनै पनि कर्तव्यमा म समर्पित भएँ, र ममा हरेक दिन अनन्त ऊर्जा हुन्थ्यो। तर जब म बुढी हुँदै गएँ र थोरै कर्तव्यहरू जिम्मा लिन सक्ने भएँ, म आफूलाई आशिष् प्राप्त हुनेछैन भनेर चिन्तित हुन थालेँ, र परिणामस्वरूप म नकारात्मक भएँ। मैले परमेश्वरका वचनहरू खान र पिउनमा ध्यान दिन पनि छोडेँ। मैले आफूमाथि कामकुराहरू आइपर्दा, परमेश्वरका अभिप्राय खोज्न छोडेँ, र मैले मेरा दिनहरू वेचैनी र चिन्तामा डुबेर बिताएँ। मैले यत्तिका वर्ष आफूले परमेश्वरलाई सन्तुष्ट पार्न नभई—आशिष् र स्वर्गको राज्यमा प्रवेश पाउने पछ्याइमा आफ्नो कर्तव्य निर्वाह गरिरहेकी रहेछु भन्ने देखेँ। मैले यसरी परमेश्वरमा विश्वास गर्नु र कर्तव्य निर्वाह गर्नु भनेको परमेश्वरसँग लेनदेन गर्ने र उहाँलाई धोका दिने प्रयास गर्नु थियो। ममा साँच्चै मानवताको कमी थियो! यी वर्षहरूमाथि मनन गर्दा, मैले परमेश्वरका वचनहरू पढेर केही सत्यताहरू बुझ्न पाएँ, र मैले आफ्नो शैतानी प्रकृतिबारे केही समझ प्राप्त गरेँ। मैले मानिसलाई मुक्ति दिने परमेश्वरको श्रमसाध्य अभिप्राय पनि अलिकति बुझ्न पाएँ। मैले परमेश्वरबाट यति धेरै पाएकी थिएँ, तैपनि म उहाँसँग लेनदेन गर्ने प्रयास गरिरहेकी थिएँ। मैले आफूले आशिष् पाउनेछैनँ भन्ने महसुस गर्ने बित्तिकै, म नकारात्मक भएँ र अब अगाडि बढ्न चाहिनँ। ममा वास्तवमै विवेक र समझको अभाव रहेछ! म साँच्चै स्वार्थी र घृणित रहेछु! मैले परमेश्वरमा विश्वास नगर्ने मेरो उमेरका मानिसहरूलाई हेरेँ—उनीहरू आफ्ना दिनहरू खान, पिउन, र सुखभोग खोज्नमा बिताउँछन्, र यदि उनीहरू गफगाफ गरिरहेका हुँदैनन् भने, उनीहरू तास वा माजोङ खेलिरहेका हुन्छन्। उनीहरूलाई जीवनको अर्थ के हो थाहा छैन, र उनीहरूले हरेक दिन गर्ने भनेको बसेर मृत्युको प्रतीक्षा गर्नु मात्र हो। आफूले परमेश्वरमा विश्वास गरेका वर्षहरूमा, मैले अर्थपूर्ण जीवन के हो भन्ने बुझ्न पुगेकी थिएँ, र मैले सांसारिक सुखहरू पछ्याउन छोडेँ बरु सत्यता पछ्याउन, आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न, र परमेश्वरलाई सन्तुष्ट पार्न चाहेँ। मैले जीवनको लक्ष्य भेट्टाएकी थिएँ। मैले सन्तुष्ट र सहज महसुस गरेँ, र यदि म त्यसै बेला मरेकी भए पनि, मेरो जीवन सार्थक भएको हुनेथियो। मैले अब उप्रान्त परमेश्वरसँग लेनदेन गर्ने, वा केवल आशिष् पाउनका लागि पछ्याउने प्रयास गर्नु हुँदैन।
केही समय नबित्दै, ती सिस्टर मलाई मेरो अतिथि-सत्कारको कर्तव्य पुनः सुरु गर्न आग्रह गर्न आइन्। म धेरै खुसी भएँ। परमेश्वरले मलाई कर्तव्य निर्वाह गर्ने अर्को मौका दिनुभएको थियो, र म त्यसको उचित रूपले कदर गर्न चाहन्थेँ। पछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ, जसले मलाई निकै प्रभावित गर्यो। परमेश्वर भन्नुहुन्छ: “वृद्ध मानिसहरू आफ्नो क्षमताले भ्याउन्जेलसम्म आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्नेबाहेक अरू धेरै कुराहरू गर्न सक्छन्। जबसम्म तँ मन्द बुद्धिको र जर्जर भई सत्यता बुझ्न नसक्ने अवस्थामा हुँदैनस्, र जबसम्म तँ आफ्नो हेरचाह गर्न नसक्ने अवस्थामा हुँदैनस्, तबसम्म तैँले गर्नुपर्ने कुराहरू धेरै हुन्छन्। भक्खरकाहरूले जस्तै, तैँले पनि सत्यता पछ्याउन र सत्यता खोजी गर्न सक्छस्, र तँ प्रार्थना गर्न नियमित रूपमा परमेश्वरको अघि आउनुपर्छ, सत्यता सिद्धान्तहरू खोजी गर्नुपर्छ, र सत्यतालाई आफ्नो मापदण्ड बनाएर परमेश्वरका वचनहरूअनुसार मानिस र कामकुरालाई हेर्ने र सोहीअनुसार आफूलाई आचरणमा ढाल्ने र कार्य गर्ने प्रयास गर्नुपर्छ। तैँले पछ्याउनुपर्ने मार्ग यही हो, र तँ वृद्ध भइस् भन्दैमा, तँलाई धेरै रोगहरू छन् भन्दैमा, वा तेरो शरीर बुढो हुँदै छ भन्दैमा तैँले सधैँ हैरानी, बेचैनी वा चिन्ता महसुस गर्नु हुँदैन। हैरानी, बेचैनी र चिन्ता महसुस गर्नु सही कुरा होइन—यो अविवेकी प्रकटीकरण हो। … पाकाहरूमा पनि कम उमेरका मानिसहरूमा जस्तै भ्रष्ट स्वभाव हुने, र तिनीहरूले पनि जीवनमा अनि आफ्नो कर्तव्य निर्वाह गर्दा जवान मानिसहरूले जस्तै प्रायजसो भ्रष्ट स्वभावहरू प्रकट गरिरहने भएपछि, किन पाकाहरूले उचित कुरा गर्दैनन्, र सधैँ आफ्नो वृद्धावस्थाबारे र मृत्युपछि तिनीहरूलाई के हुन्छ भन्नेबारे हैरानी, बेचैनी र चिन्ता महसुस गर्छन्? तिनीहरूले किन जवान मानिसहरूले जस्तै आफ्नो कर्तव्य निर्वाह गर्दैनन्? किन तिनीहरूले कम उमेरका मानिसहरूले जस्तै सत्यता नपछ्याएको? तँलाई यो अवसर दिइएको छ, तर यदि तैँले यसलाई पक्रिनस् भने, जब तँ साँच्चिकै वृद्ध भएर सुन्न वा देख्न वा आफ्नो हेरचाह गर्न नसक्ने अवस्थामा पुग्छस्, तब तँलाई यो कुरामा पछुतो हुनेछ, र तेरो जीवन साँच्चिकै यसरी नै बितेर जानेछ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। त्यसपछि मैले मुक्ति पाउँछु कि पाउँदिनँ भनेर वेचैनी वा चिन्तामा डुब्नु, वा पहिले जस्तै परमेश्वरलाई गलत बुझिरहनु र उहाँविरुद्ध गुनासो गरिरहनु हुँदैन भन्ने बुझेँ। मैले गर्नुपर्ने भनेको आफ्नो भ्रष्ट स्वभावलाई समाधान गर्न सत्यता पछ्याउनु हो, र मैले आफू साँच्चै अलमल्ल पर्ने र हिँडडुल गर्न नसक्ने नभएसम्म कुर्नु हुँदैन, किनकि त्यतिबेला सत्यता नपछ्याएकोमा पश्चात्ताप गर्न धेरै ढिलो हुनेछ। म सत्यता पछ्याएर स्वभावमा परिवर्तन हासिल गर्नका लागि यो अन्तिम समयलाई सदुपयोग गर्न चाहन्छु। फर्केर सोच्दा, म सधैँ परमेश्वरका वचनहरू पूर्ण रूपमा नबुझी सरसर्ती मात्र पढ्थेँ, र म परमेश्वरका अभिप्रायहरू बुझ्दिनथेँ। अब म बुढी भएकीले, मसँग तन्नेरी मानिसको जस्तो स्मरणशक्ति छैन, तर म परमेश्वरका वचनहरू बारम्बार पढ्न र तिनलाई अझ बढी मनन गर्न सक्छु, र जब घटनाहरू घट्छन्, म परमेश्वरका अभिप्रायहरू खोज्न र उहाँका वचनहरूमा अभ्यासको मार्ग भेट्टाउन सक्छु। जसरी परमेश्वर भन्नुहुन्छ: “… सत्यतालाई आफ्नो मापदण्ड बनाएर परमेश्वरका वचनहरूअनुसार मानिस र कामकुरालाई हेर्ने र सोहीअनुसार आफूलाई आचरणमा ढाल्ने र कार्य गर्ने प्रयास गर्नुपर्छ।” म परमेश्वरका मागहरूप्रति लागिपर्नैपर्छ र मेरो जीवन प्रवेशमा केन्द्रित हुनैपर्छ, र मैले आफ्नो उचित कामलाई बेवास्ता गरिरहन मिल्दैन। मलाई वेचैनीबाट बाहिर डोऱ्याउनुभएकोमा म परमेश्वरलाई धन्यवाद दिन्छु!
त्यसपछि, चाहे आफ्नो कर्तव्यमा होस् वा परिवारसँग व्यवहार गर्दा, आफूमाथि कामकुराहरू आइपर्दा, मैले तिनलाई परमेश्वरबाट स्वीकार गर्न सिकेँ, र मैले परमेश्वरका अभिप्रायहरू खोजेँ र उहाँका वचनहरूअनुसार अभ्यास गरेँ। मेरो अहङ्कारी स्वभाव बिस्तारै-बिस्तारै परिवर्तन हुन थाल्यो, र मेरो छोराले म पहिले जस्तो हैकमी नभएको कुरा बतायो। मैले आफ्नो हृदयमा परमेश्वरप्रति साँच्चै कृतज्ञ महसुस गरेँ। परमेश्वर नै हुनुहुन्थ्यो जसले मलाई यो परिवर्तनतर्फ डोऱ्याउनुभयो, र त्यस बिन्दुदेखि, म आफ्नो दैनिक जीवनमा परमेश्वरका वचनहरू अभ्यास र अनुभव गर्न अनि परमेश्वरको महिमा गाउन उहाँका लागि गवाही दिन तत्पर भएँ।