२१. के अनुग्रहको आनन्द लिन मात्र खोज्नु परमेश्वरमाथिको साँचो विश्वास हो?
मैले प्रभु येशूलाई भेट्टाउनुअघि थुप्रै पीडा, कठिन परीक्षा, असफलता र अड्चनहरू भोगेँ। सुरुमा, मेरा समय नपुगी जन्मेका जुम्ल्याहा छोराहरू थिए र उनीहरू बाँच्न सकेनन्, त्यसपछि मैले व्यापारमा एकपछि अर्को असफलता भोगेँ र मानिसहरूले मेरो विरुद्धमा षड्यन्त्र रचे, यहाँसम्म कि म व्यापारमा टिक्न सकिनँ। तर मेरा लागि सबैभन्दा सहन गाह्रो कुरा त मेरा श्रीमान्को विश्वासघात थियो। एकपछि अर्को गरी आएका यी सबै प्रहारहरूले मलाई यति धेरै सताए कि मैले झन्डै जिउने साहस गुमाएँ। सन् २००१ मा मैले प्रभु येशूलाई भेट्टाएपछि मात्र आशा देखेँ। प्रभुलाई भेट्टाएपछि, मैले बाइबल पढ्न, भेलाहरूमा उपस्थित हुन, हरेक दिन प्रभुलाई प्रार्थना गर्न, र उहाँलाई आफ्ना बोझ र पीडाहरू सुम्पन थालेँ, अनि थाहै नपाई मेरो दुःख र चिन्ताहरू हराए, र मलाई हृदयमा आफूले पहिले कहिल्यै अनुभव नगरेको शान्ति र निश्चिन्ता अनुभूति भयो। म धेरै खुसी र अझ तनावमुक्त पनि भएँ। पछि, मेरो अर्को छोरो जन्मियो, र जीवन बिस्तारै सहज बन्दै गयो। यी परिवर्तनहरूले मलाई प्रभु येशू साँच्चै नै विश्वासयोग्य र अद्भुत हुनुहुन्छ भन्ने महसुस गरायो, र म प्रभुलाई पाएकामा म एकदमै खुसी थिएँ, अनि मलाई मुक्ति दिनुभएकामा प्रभु येशूप्रति साँच्चै आभारी भएँ।
सन् २००३ को मे महिनामा, मैले सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको काम स्वीकार गरेँ र प्रभुको पुनरागमनलाई स्वागत गरेँ। मैले यो मानवजातिलाई मुक्ति दिने परमेश्वरको कामको अन्तिम चरण हो, र यसको उद्देश्य मानिसको पापको जड र उनीहरूका भ्रष्ट स्वभावहरूलाई समाधान गर्नु, अनि अन्त्यमा मुक्ति पाएकाहरूलाई परमेश्वरको राज्यमा ल्याउनु हो भनी थाहा पाएँ। मैले साँच्चै ठूलो आशिष् पाएको महसुस गरेँ र अत्यन्तै उत्साहित अनि खुसी भएँ, र मैले लगनशील भई पछ्याउने अठोट गरेँ। त्यसपछि, म हरेक दिन प्रार्थना गर्थेँ र सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढ्थेँ, अनि भेलाहरूमा घामपानी नभनी कहिल्यै अनुपस्थित भइनँ। मेरा श्रीमान्ले मेरो आस्थाको विरोध गरे पनि, म विवश भइनँ, मैले घरमा अतिथिसत्कारको कर्तव्य निर्वाह गरेँ, र समय पाउने बित्तिकै सुसमाचार प्रचार गरेँ। मैले सोचेँ, यस्तो उत्साहले पछ्याउँदा परमेश्वरले निश्चय नै मलाई अनुमोदन गर्नुहुनेछ, र अझ बढी अनुग्रह र आशिष् दिनुहुनेछ, अनि भविष्यमा शान्तिको जीवन र सुरक्षा दिनुहुनेछ।
पछि, मेरो एक वर्षीय छोरालाई ज्वरो आइरहन्थ्यो, कोही बेला त ३९ डिग्री सेल्सियससम्म पुग्थ्यो, साथै उसलाई गम्भीर दम पनि थियो। कहिलेकाहीँ उसले बान्ता गर्थ्यो, ज्वरोको औषधिले काम गर्दैनथ्यो, र उसलाई निको हुनुअघि धेरै दिन वा आधा महिनासम्म लगातार स्लाइन चढाउन अस्पताल लानुपर्थ्यो। आफ्नो बच्चाले हरेक दिन सुई लगाएको वा औषधि खाएको, उसको भरिलो अनुहार दुब्लाउँदै गएको र पहिलेको रातोपना र चमक गुमाएको देख्दा, मेरो मुटु छियाछिया हुन्थ्यो र रुन्थेँ, अनि बरु यो रोग मलाई नै लागे हुन्थ्यो भन्ने चाह गर्थेँ। डाक्टरले त्यो जन्मजात एलर्जीको दम हो भनेर भने, र यो रोग निकै समस्याजनक छ किनभने यसको कुनै विशेष उपचार छैन, अवस्था नियन्त्रण गर्ने सामान्य उपचार मात्र छ भनेर भने, तर उनीहरूले ऊ ठूलो हुँदै जाँदा र उसको रोग प्रतिरोधात्मक क्षमता अझ बलियो भएपछि, उसको अवस्थामा सुधार आउन सक्छ भनेर भने। डाक्टरका अस्पष्ट कुराहरू सुन्दा मलाई असाध्यै पीडा भयो र असाध्यै असहाय महसुस भयो। म अक्सर परमेश्वरलाई मेरो बच्चाको बिमार निको पारिदिनुहोस् भनी बिन्ती गर्दै प्रार्थना गर्थेँ। तर मेरो बच्चाको बिमारीमा कहिल्यै सुधार आएन, र मैले धारणाहरू राख्न थालेँ, र सोचेँ, “म आफ्नो पछ्याइमा सधैँ उत्साही भएकी छु, मैले हरेक दिन प्रार्थना गर्दै र परमेश्वरका वचनहरू पढ्दै आएकी छु, र मैले भेलाहरूमा कहिल्यै ढिलाइ गरेकी छैनँ र सक्रिय रूपमा आफ्ना कर्तव्यहरू निर्वाह गर्दै आएकी छु। परमेश्वरले मलाई आशिष् दिनुपर्छ, होइन र? जब मैले प्रभु येशूलाई विश्वास गरेँ, तब मसँग अनुग्रह, आशिष्, शान्ति र आनन्द थियो। तर अब म सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्छु, किन उहाँले मेरो बच्चाको बिमार निको पार्नुभएको छैन? परमेश्वर सर्वशक्तिमान् हुनुहुन्छ, के उहाँले एउटै वचनले मेरो छोराको बिमार निको पार्न सक्नुहुन्न र? परमेश्वर किन मेरो प्रार्थना सुन्नुहुन्न?” मलाई विशेष गरी एक जना आफन्तको बच्चाको याद आयो, जसलाई तीव्र ज्वरोको ढिलो उपचार गर्दा मस्तिष्कमा क्षति पुगेको थियो। मेरो छोरा अझै सानै थियो, र कतै बारम्बार आउने तीव्र ज्वरोले उसको दिमागमा क्षति पुर्याएर उसको बौद्धिकतामा असर गर्ने पो हो कि भनेर मैले सोचेँ? यसबारे सोच्दा मात्रै पनि मलाई मुटु घोच्ने पीडा भयो। मेरा पहिलाका जुम्ल्याहा छोराहरू त गइसकेका थिए, र डाक्टरले मेरो शरीरलाई गर्भवती हुन गाह्रो छ भनेका थिए, त्यसैले यदि मेरो छोरालाई केही भयो भने, म कसरी जिउनु? यो सबबारे सोच्दा, म भक्कानिएर नरोई सक्दै सकिनँ, र मैले रुँदै व्याकुल भएर परमेश्वरलाई प्रार्थना गरेँ, उहाँलाई मेरो छोरामाथि कृपा गर्न र उसलाई सुरक्षा दिन, अनि चाँडै निको पारिदिन बिन्ती गरेँ। तर मैले जति नै प्रार्थना गरे पनि, परमेश्वरले मेरो कुरा सुनिरहनुभएको छैन जस्तो लाग्यो। केही समयपछि, मेरो बच्चाको बिमार निको भएन मात्र होइन, उसलाई झन्-झन् बारम्बार ज्वरो आउन थाल्यो, र जब-जब उसलाई ज्वरो आउँथ्यो, तब-तब उसले राम्ररी सास फेर्न सक्दैनथ्यो, ऊ केही खान सक्दैनथ्यो, र खाएपछि बान्ता गरिहाल्थ्यो। यति सानो उमेरमा मेरो बच्चाले यति धेरै कष्ट भोगेको देख्दा हृदयमा असह्य पीडा हुन्थ्यो, र मलाई परमेश्वरबारे शङ्का लाग्न थाल्यो, मैले सोचेँ, “जब म प्रभु येशूलाई विश्वास गर्थेँ, बिमारबारे प्रार्थना गर्दा उहाँ सधैँ निको पार्नुहुन्थ्यो, तर अब मैले सर्वशक्तिमान् परमेश्वरलाई विश्वास गर्न थालेकी छु, मेरा प्रार्थनाहरूको सुनुवाइ किन भइरहेको छैन? के मैले गलत कुरामा विश्वास गरिरहेकी छु? के सर्वशक्तिमान् परमेश्वर साँच्चै नै फर्केर आउनुभएका प्रभु येशू हुनुहुन्छ?” मेरो बच्चा प्रायः बिरामी भएकाले, मेरो सबै ध्यान उसकै हेरचाहमा थियो। म नियमित रूपमा भेलाहरूमा उपस्थित भइरहेकी थिइनँ, मैले परमेश्वरका वचनहरू खान र पिउनमा ध्यान केन्द्रित गर्न सकिनँ, र मसँग प्रार्थनामा भन्नलाई केही थिएन। मेरो हृदय परमेश्वरबाट टाढिँदै थियो।
पछि, केही सिस्टर मलाई मद्दत र साथ दिन आए, र उनीहरूले मेरा लागि पढ्नलाई परमेश्वरका वचनहरूका केही खण्ड भेट्टाए। मैले सर्वशक्तिमान् परमेश्वरका यी वचनहरू पढेँ: “परमेश्वरले मानिसहरूमा गर्ने कामको प्रत्येक कदम बाहिरी रूपमा मानिसहरूबीचको अन्तरक्रियाजस्तो देखिन्छ, मानौँ यो मानव प्रबन्ध वा मानव बाधाबाट उत्पन्न भएको हो। तर कामको प्रत्येक कदमपछाडि, र आइपर्ने सबै कुरा परमेश्वरसामु शैतानले थापेको बाजी हो, र तिनका लागि मानिसहरू परमेश्वरको गवाहीमा दृढ रहनु आवश्यक हुन्छ। उदाहरणका लागि, अय्यूबको परीक्षा लिइएको घटना लिऊँ: पर्दापछाडि, शैतानले परमेश्वरसँग बाजी थापिरहेको थियो, र अय्यूबलाई जे भयो, त्यो मानिसहरूका कार्यहरू र मानिसहरूको बाधा थियो। तिमीहरूमा परमेश्वरले गर्नुहुने कामको प्रत्येक कदमपछाडि शैतानले परमेश्वरसँग थापेको बाजी हुन्छ—यसको पछाडि एउटा लडाइँ हुन्छ। … मानिसहरूले गर्ने हरेक कुरामा तिनीहरूले निश्चित मात्रामा रगत-पसिना बगाउनुपर्ने हुन्छ। खास दुःख नभोगी, तिनीहरूले परमेश्वरलाई सन्तुष्ट पार्न सक्दैनन्; तिनीहरू परमेश्वरलाई सन्तुष्ट पार्ने नजिक पनि आउँदैनन्, र तिनीहरू खोक्रा नाराहरू मात्र फलाकिरहेका हुन्छन्! के यी खोक्रा नाराहरूले परमेश्वरलाई सन्तुष्ट पार्न सक्छन्? आत्मिक क्षेत्रमा परमेश्वर र शैतानबीच लडाइँ हुँदा, तैँले परमेश्वरलाई कसरी सन्तुष्ट पार्नुपर्छ, र उहाँप्रतिको गवाहीमा तँ कसरी दृढ रहनुपर्छ? तैँले यो थाहा पाउनुपर्छ कि तँलाई आइपर्ने हरेक कुरा एउटा ठूलो परीक्षा हो र त्यो परमेश्वरलाई तैँले गवाही दिनुपर्ने समय हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्वरलाई विश्वास गर्नु हो)। मेरा सिस्टरहरूमध्ये एउटीले भनिन्, “हाम्रो जीवनमा धेरै निराशाजनक कुराहरू आउँछन्, र हरेकको पछाडि एउटा आत्मिक लडाइँ हुन्छ। परमेश्वरको पक्षबाट हेर्दा, परमेश्वरले हामीलाई परीक्षाहरूमा राखिरहनुभएको छ, उहाँमा हाम्रो आस्था छ कि छैन र हामी आफ्नो गवाहीमा दृढ रहन सक्छौँ कि सक्दैनौँ भनेर हेरिरहनुभएको छ; शैतानको पक्षबाट हेर्दा, शैतानले हामीलाई आक्रमण र परीक्षा गरिरहेको छ, जसको उद्देश्य हामीलाई परमेश्वरको कामलाई शङ्का गर्न अनि त्यसपछि परमेश्वरलाई इन्कार र धोका दिन लगाउनु हो। यो ठ्याक्कै अय्यूबलाई भएको कुराजस्तै थियो। बाहिरबाट हेर्दा, डाँकुहरूले उसको सम्पत्ति लगेका जस्तो, र ऊ खटिराले ढाकिएको जस्तो देखिन्थ्यो, तर वास्तवमा, यो त अय्यूब कुन पक्षमा उभिन्छ भनेर हेर्न शैतानले परमेश्वरसँग बाजी लगाइरहेको थियो। आज, सर्वशक्तिमान् परमेश्वर हामीलाई मुक्ति दिनका लागि सत्यता व्यक्त गर्न आउनुभएको छ, र शैतानले यो सहन सक्दैन, त्यसैले शैतानले हामीलाई आक्रमण गर्न र बाधा दिन हाम्रा बच्चाहरूको बिमारलाई प्रयोग गर्छ, हामीलाई परमेश्वरमाथि शङ्का गर्न, वा उहाँलाई इन्कार गर्न र छोड्न लगाउन खोज्छ। हामीले शैतानका युक्तिहरूलाई छर्लङ्ग बुझ्न अझ धेरै प्रार्थना गर्न र परमेश्वरमा भर पर्न आवश्यक छ।” सिस्टरको सङ्गति सुनेपछि, मैले आफ्ना व्यवहार र आफूले प्रकट गरिरहेका कुराहरूबारे चिन्तन गरेँ, र मैले आफूमा परमेश्वरप्रति साँचो आस्था वा समर्पण छैन, र ममा शैतानका युक्तिहरूबारे खुट्ट्याइ पनि छैन भन्ने बुझेँ। म आफ्नो आस्थामा केवल आफ्नो उत्साहमा भर परिरहेकी थिएँ, र मैले आफ्ना धारणा र कल्पनाहरूअनुसार के सोचेँ भने, प्रभु येशूले बिरामी निको पार्नुभयो, पिशाचहरू निकाल्नुभयो अनि अनुग्रह र आशिष् दिनुभयो, अनि सर्वशक्तिमान् परमेश्वर नै फर्कनुभएको प्रभु येशू हुनुहुन्छ, उहाँ निश्चय नै बिरामी निको पार्न र पिशाचहरू निकाल्न चिन्ह र आश्चर्यजनक कार्यहरू देखाउन सक्नुहुन्छ। त्यसैले, मैले परमेश्वरलाई मेरो बच्चालाई निको पारिदिनुहोस् भनी बिन्ती गर्दै प्रार्थना गरिरहेँ। मैले परमेश्वर मेरो उत्कट पछ्याइलाई निश्चय नै ध्यानमा राख्नुहुनेछ र मेरो बच्चालाई चाँडै निको पार्नुहुनेछ भन्ने सोचेँ। तर वास्तविकता मैले सोचेको भन्दा ठिक उल्टो हुँदा, र मेरो बच्चाको अवस्थामा सुधार मात्र नभई झन् खराब हुँदा, मैले परमेश्वरलाई शङ्का गर्न थालेँ, र मैले प्रार्थना गर्ने, भेलामा उपस्थित हुने र आफ्ना कर्तव्यहरू पूरा गर्ने प्रेरणा गुमाएँ। मैले थाहै नपाई यति धेरै भ्रष्टता प्रकट गरेछु। मैले त मेरा विचारहरू पूर्ण रूपमा सही छन् भन्नेसमेत सोचेकी थिएँ, तर मैले आफू परमेश्वरमाथिको मेरो आस्थामा पूर्ण रूपमा अलमल्ल परेकी रहेछु भन्ने बुझेँ! आफ्ना कमीकमजोरीहरू थाहा पाएपछि, मैले सचेत रूपमा परमेश्वरका वचनहरू अझ धेरै खाएँ र पिएँ अनि म अझ धेरै भेलाहरूमा उपस्थित भएँ, र मैले परमेश्वरलाई प्रार्थना पनि गरेँ, उहाँलाई मेरो बच्चाको बिमारबाट पाठहरू सिक्न मार्गदर्शन मागेँ। एकदिन मेरो आत्मिक भक्तिको दौरान,
मैले परमेश्वरका वचनका केही खण्ड पढेँ र परमेश्वरको कामबारे केही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “मानिसका धारणाहरूमा, परमेश्वरले सधैँ चिन्हहरू र अचम्मका कामहरू प्रदर्शन गर्नुपर्छ, सधैँ बिरामीलाई निको पार्नुपर्छ र भूतप्रेतहरू धपाउनुपर्छ, र सधैँ येशूजस्तै हुनुपर्छ। तर यसपटक, परमेश्वर बिलकुलै त्यस्तो हुनुहुन्न। आखिरी दिनहरूमा, यदि परमेश्वरले अझै पनि चिन्हहरू र अचम्मका कामहरू प्रदर्शन गर्नुभएको, र अझै पनि भूतप्रेतहरू धपाउनुभएको र बिरामीलाई निको पार्नुभएको भए—यदि उहाँले ठ्याक्कै येशूले जस्तै गर्नुभएको भए—परमेश्वरले एउटै काम दोहोर्याउनुभएको हुनेथियो, र येशूको कामको कुनै महत्त्व वा मूल्य हुनेथिएन। त्यसैले, परमेश्वरले हरेक युगमा कामको एउटा चरण कार्यान्वयन गर्नुहुन्छ। उहाँको कामको हरेक चरण पूरा भएपछि, दुष्ट आत्माहरूले तुरुन्तै यसको नक्कल गर्ने कोसिस गर्छन्, र शैतानले परमेश्वरका पाइलाहरू पछ्याउन थालेपछि, परमेश्वरले अलग विधि अपनाउनुहुन्छ। परमेश्वरले उहाँको कामको एक चरण पूरा गर्नुभएपछि, दुष्ट आत्माहरूले यसको नक्कल गर्ने कोसिस गर्छन्। तिमीहरू यसबारे प्रस्ट हुनैपर्छ। परमेश्वरको आजको काम किन येशूको कामभन्दा फरक छ? परमेश्वरले आज किन चिन्हहरू र अचम्मका कामहरू प्रदर्शन गर्नुहुन्न, पिशाचहरू धपाउनुहुन्न, र बिरामीहरू निको पार्नुहुन्न? यदि येशूको काम व्यवस्थाको युगमा गरिएको कामजस्तै भएको भए, के उहाँले अनुग्रहको युगको परमेश्वरको प्रतिनिधित्व गर्न सक्नुहुन्थ्यो? के उहाँले क्रूसीकरणको काम पूरा गर्न सक्नुहुन्थ्यो? यदि येशू मन्दिरमा आबद्ध हुनुभएको र उहाँले व्यवस्थाको युगमा जस्तै शबाथको दिन पालन गर्नुभएको, उहाँलाई कसैले पनि नसताएको र सबैले अँगालेको भए, के उहाँ क्रूसमा टाँगिइन सक्नुहुन्थ्यो? के उहाँले छुटकाराको काम पूरा गर्न सक्नुहुन्थ्यो? यदि आखिरी दिनहरूका देहधारी परमेश्वरले पनि येशूले गर्नुभएजस्तै चिन्हहरू र अचम्मका कामहरू प्रदर्शन गर्नुभएको भए, यसको के अर्थ हुन्थ्यो? यदि परमेश्वरले आखिरी दिनहरूमा उहाँको व्यवस्थापन योजनाको भागलाई प्रतिनिधित्व गर्ने उहाँको कामको अर्को भाग गर्नुभयो भने मात्र मानिसले परमेश्वरबारे झनै गहिरो ज्ञान प्राप्त गर्न सक्छ, र परमेश्वरको व्यवस्थापन योजना पूरा हुन सक्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको वर्तमान कामसम्बन्धी ज्ञान)। “यो युगको अवधिमा परमेश्वरले गर्नुहुने काम मुख्य रूपमा मानिसका लागि जीवनका वचनहरू प्रदान गर्नु; मानिसको प्रकृति सार र उसको भ्रष्ट स्वभाव खुलासा गर्नु; र उसका धार्मिक धारणाहरू, सामन्ती सोच, पुरानो सोच, साथै ज्ञान र संस्कृतिलाई हटाउनु हो। यी सबै कुराहरू परमेश्वरका वचनहरूमार्फत खुलासा गरेर पखालिनुपर्छ। आखिरी दिनहरूमा, मानिसलाई सिद्ध पार्न, परमेश्वरले वचनहरू प्रयोग गर्नुहुन्छ, चिन्हहरू र अचम्मका कामहरू प्रयोग गर्नुहुन्न। उहाँले मानिसलाई प्रकाश गर्न, मानिसलाई न्याय गर्न, मानिसलाई सजाय दिन, र मानिसलाई सिद्ध पार्न आफ्ना वचनहरू प्रयोग गर्नुहुन्छ, ताकि परमेश्वरका वचनहरूमा, मानिसले परमेश्वरको बुद्धि र प्रेमिलो स्वभाव देखोस् र परमेश्वरको स्वभाव बुझोस्, ताकि परमेश्वरका वचनहरूमार्फत, मानिसले परमेश्वरका कार्यहरू देखोस्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको वर्तमान कामसम्बन्धी ज्ञान)। “आज, तिमीहरू सबैलाई यो कुरा प्रस्ट भएको हुनुपर्छ कि, आखिरी दिनहरूमा, परमेश्वरले पूरा गर्नुहुने कुरा मूलतः ‘वचन देह बन्नुहुन्छ’ भन्ने तथ्य नै हो। उहाँले पृथ्वीमा गर्नुभएको व्यावहारिक काममार्फत, उहाँ मानिसलाई उहाँलाई चिन्न र उहाँसँग संलग्न हुन, साथै उहाँका व्यावहारिक कार्यहरू देख्न मद्दत गर्नुहुन्छ। उहाँले मानिसहरूलाई यो कुरा प्रस्ट रूपमा देख्न मद्दत गर्नुहुन्छ कि उहाँले चिन्हहरू र अचम्मका कामहरू प्रदर्शन गर्न सक्नुहुन्छ तर उहाँले त्यसो गर्न नसक्ने समयहरू पनि हुन्छन्; यो कुरा युगमा भर पर्छ। यसबाट तैँले देख्न सक्छस् कि परमेश्वर चिन्हहरू र अचम्मका कामहरू प्रदर्शन गर्न असक्षम हुनुहुन्न, बरु उहाँले गर्नुपर्ने कामअनुसार र युगअनुसार आफ्नो काम गर्ने तरिका परिवर्तन गर्नुहुन्छ। कामको अहिलेको चरणमा, उहाँले चिन्हहरू र अचम्मका कामहरू प्रदर्शन गर्नुहुन्न; उहाँले येशूको युगमा केही चिन्हहरू र अचम्मका कामहरू प्रदर्शन गर्नुभयो किनभने त्यस युगमा उहाँको काम फरक थियो। परमेश्वरले आज त्यो काम गर्नुहुन्न, र कतिपय मानिसहरू उहाँलाई चिन्हहरू र अचम्मका कामहरू प्रदर्शन गर्न असक्षम ठान्छन्, वा तिनीहरू उहाँले चिन्हहरू र अचम्मका कामहरू प्रदर्शन नगर्ने भएकाले उहाँ परमेश्वर हुनुहुन्न भन्ने सोच्छन्। के त्यो भ्रम होइन र? परमेश्वरले चिन्हहरू र अचम्मका कामहरू प्रदर्शन गर्न सक्नुहुन्छ, तर उहाँ फरक युगमा काम गरिरहनुभएको छ, त्यसैले उहाँले त्यस्तो काम गर्नुहुन्न। फरक-फरक युगमा र उहाँको कामका फरक-फरक चरणहरूअनुसार, परमेश्वरले फरक-फरक कार्यहरू प्रकट गर्नुहुन्छ। मानिसले परमेश्वरमा गर्ने विश्वास चिन्हहरू र अचम्मका कामहरूमाथिको विश्वास होइन, न त यो आश्चर्यकर्महरूमाथिको विश्वास नै हो, यो त नयाँ युगको दौरान उहाँले गर्नुहुने व्यावहारिक काममाथिको विश्वास हो। मानिसले परमेश्वरलाई परमेश्वरको काम गर्ने तरिकामार्फत चिन्छ, र यो ज्ञानले मानिसमा परमेश्वरमाथिको विश्वास पैदा गर्छ, यसको मतलब परमेश्वरको काम र कार्यहरूमाथिको विश्वास पैदा गर्छ। कामको यो चरणमा, परमेश्वरले मुख्य रूपमा बोल्नुहुन्छ। चिन्हहरू र अचम्मका कामहरू हेर्ने प्रतीक्षा नगर्; तैँले एउटा पनि देख्नेछैनस्! किनभने तँ अनुग्रहको युगमा जन्मेको थिइनस्। यदि तँ जन्मेको थिइस् भने, तैँले चिन्हहरू र अचम्मका कामहरू देख्न सक्थिस्, तर तँ आखिरी दिनहरूको समयमा जन्मिस्, त्यसैले तैँले परमेश्वरको व्यावहारिकता र सामान्यता मात्र देख्न सक्छस्। आखिरी दिनहरूमा अलौकिक येशूलाई देख्ने अपेक्षा नगर्। तैँले व्यावहारिक देहधारी परमेश्वरलाई मात्रै देख्न सक्छस्, जो कुनै सामान्य मानवभन्दा कुनै फरक हुनुहुन्न। हरेक युगमा, परमेश्वरले फरक-फरक कार्यहरू प्रकट गर्नुहुन्छ। हरेक युगमा, उहाँले आफ्ना कार्यहरूका केही भाग प्रकट गर्नुहुन्छ, र हरेक युगको कामले परमेश्वरको स्वभावको एउटा पाटो र परमेश्वरका कार्यहरूको एउटा पाटोको प्रतिनिधित्व गर्छ। उहाँले प्रकट गर्नुहुने कार्यहरू उहाँ जुन युगमा काम गर्नुहुन्छ त्यो युगअनुसार फरक-फरक हुन्छन्, तर ती सबैले नै परमेश्वरबारे मानिसको ज्ञानलाई अझ गहिरो बनाउँछन्, र मानिसलाई परमेश्वरमाथि अझ साँचो र अझ ठोस विश्वास दिलाउँछन्। परमेश्वरका सबै कार्यहरूका कारणले, परमेश्वर अत्यन्तै अचम्मका, अत्यन्तै महान्, र सर्वशक्तिमान् हुनुभएको कारणले, र उहाँ अज्ञेय हुनुभएको कारणले मानिसले परमेश्वरमा विश्वास गर्छ—त्यही कारणले गर्दा मानिसले परमेश्वरमा विश्वास गर्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको वर्तमान कामसम्बन्धी ज्ञान)।
परमेश्वरका वचनहरू पढेपछि, मेरो हृदय अझ धेरै उज्यालो भयो। परमेश्वरले आखिरी दिनहरूको काम गर्नुहुँदा चिन्ह र आश्चर्यजनक कार्यहरू देखाउन सक्नुहुन्न भन्ने होइन, बरु के हो भने अन्तिम युगमा, परमेश्वर उप्रान्त त्यसरी काम गर्नुहुन्न। अहिले परमेश्वरले गरिरहेको काम भनेको मानिसहरूलाई सिद्ध र शुद्ध पार्न वचनहरू प्रयोग गर्ने काम हो। उहाँ आफ्ना वचनहरूमार्फत, मानिसहरूका शैतानी भ्रष्ट स्वभावहरू, मानिसहरूका पुराना विचारहरू, र परमेश्वरबारे मानिसहरूका विभिन्न धार्मिक धारणाहरूजस्ता कुराहरूलाई खुलासा गर्नुहुन्छ, जसले मानिसहरूलाई आफ्ना शैतानी भ्रष्ट स्वभावहरू फाल्न सक्षम बनाउँछ। यदि परमेश्वरका आखिरी दिनहरूको काम अझै पनि बिरामीलाई निको पार्ने, पिशाचहरू निकाल्ने, अनि चिन्ह र आश्चर्यजनक कार्यहरू देखाउने भएको भए, जसले गर्दा मानिसहरू परमेश्वरलाई विशेष रूपमा अलौकिक देख्न सक्षम हुन्छन्, मानिसहरूका भ्रष्ट स्वभावहरू, अनि परमेश्वरप्रतिको तिनीहरूको विद्रोह र प्रतिरोध सजिलै प्रकट हुनेथिएनन्, र हामीले कहिल्यै आफ्ना भ्रष्ट स्वभावहरू बुझ्नेथिएनौँ, झन् शुद्ध र रूपान्तरित हुनु त परको कुरा हो। ठ्याक्कै मलाई भएजस्तै, यदि मैले प्रार्थना गर्नेबित्तिकै मेरो बच्चाको बिमार निको भएको भए, ममा परमेश्वरबारे कुनै धारणा हुनेथिएन, न त उहाँबारे कुनै शङ्का नै हुनेथियो, र आफूमा परमेश्वरप्रति ठूलो आस्था छ र आफूले साँच्चै पछ्याइरहेकी छु भनी सोच्नेथिएँ। तर मेरो बच्चाको बिमार निको नहुँदा, मैले परमेश्वरबारे गलत बुझाइ र धारणाहरू विकास गरेँ, र मैले परमेश्वरले मेरो प्रार्थना सुनिरहनुभएको छैन भनी गुनासो गरेँ, र परमेश्वरलाई शङ्कासमेत गरेँ। मैले प्रार्थना गर्न वा भेलाहरूमा उपस्थित हुन चाहिनँ, र मेरो सुरुको उत्साह तुरुन्तै हराएर गयो। तथ्यहरू सामना गर्दा, मेरो भ्रष्टता, विद्रोहीपन, र परमेश्वरबारे धारणाहरू पूर्ण रूपमा प्रकट भए। त्यसपछि मात्र मैले चिन्ह र आश्चर्यजनक कार्यहरू देखाइए कि देखाइएनन्, वा रोग निको पारियो कि पारिएन, अनि पिशाचहरू निकालिए कि निकालिएनन् भन्ने आधारमा त्यो काम परमेश्वरबाटको हो कि होइन भनी मापन गर्ने मेरो दृष्टिकोण भ्रमित रहेछ भन्ने बुझेँ। परमेश्वर हरेक युगमा कामको एक चरण गर्नुहुन्छ, र नयाँ युगलाई नयाँ कामको आवश्यकता पर्छ। अनुग्रहको युगमा, प्रभु येशूले छुटकाराको काम गर्नुभयो, र उहाँले बिरामी निको पार्नुभयो, पिशाचहरू निकाल्नुभयो, अनि केही चिन्ह र आश्चर्यजनक कार्यहरू देखाउनुभयो। तर अहिले राज्यको युग हो, अन्तिम युग, र परमेश्वरले आफ्ना वचनहरूमार्फत् मानिसहरूको न्याय र शुद्धीकरणको काम गरिरहनुभएको छ, यसरी सबै मानिसहरूलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गरिरहनुभएको छ, त्यसपछि असललाई इनाम र दुष्टलाई दण्ड दिइरहनुभएको छ, र यो पुरानो युगलाई समाप्त गर्दै हुनुहुन्छ। यदि सर्वशक्तिमान् परमेश्वरले अझै पनि प्रभु येशूजस्तै चिन्ह र आश्चर्यजनक कार्यहरू देखाउँदै, बिरामी निको पार्दै, र पिशाचहरू हटाउँदै काम गर्नुभएको भए, के उहाँले आफ्नो काम दोहोऱ्याइरहनुभएको हुनेथिएन र? तब युग कसरी समाप्त हुन सक्थ्यो र? यसबाहेक, दुष्ट आत्माहरूले पनि परमेश्वरले गरेको कामको नक्कल गर्न सक्छन्, र यदि मैले चिन्ह र आश्चर्यजनक कार्यहरू देखाइन्छन् कि देखाइँदैनन् वा मानिसहरूका रोगहरू निको पारिन्छन् कि पारिँदैनन् भन्ने आधारमा यो काम परमेश्वरबाटको हो कि होइन भनी मापन गरेकी भए, शैतान र दुष्ट आत्माहरूको कामलाई परमेश्वरको कामका रूपमा लिनेथिएँ, र म परमेश्वरको निन्दा गरिरहेकी हुनेथिएँ! नामका लागि त, मैले सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको काम स्वीकार गरेँ, तर ममा परमेश्वरबारे साँचो बुझाइ थिएन, र मैले अनुग्रहको युगमा अझै पनि परमेश्वरको सबैभन्दा नयाँ कामलाई धित मरुन्जेल खान खोज्ने दृष्टिकोणले हेरिरहेकी थिएँ। म त नयाँ जुत्ता लगाएर पुरानै मार्गमा हिँड्न खोजिरहेकी थिएँ। यस्तो प्रकारको आस्थाले परमेश्वरको अनुमोदन पाउँदैन। परमेश्वरका आखिरी दिनहरूको कामले मानिसहरूलाई चिन्ह र आश्चर्यजनक कार्यहरूमार्फत् होइन, तर उहाँका वचनहरूमार्फत् सिद्ध पार्ने लक्ष्य राख्छ। यो साँच्चै परमेश्वरको सर्वशक्तिमान्ता र बुद्धि हो! यदि चिन्ह र आश्चर्यजनक कार्यहरू देखाइएको भए, मानिसहरू सबैले ती देख्नेबित्तिकै विश्वास गर्नेथिए, र कुनै प्रतिरोध हुनेथिएन, तर त्यसोभए बाख्रा र भेडा, सामा र गहुँ, साँचो विश्वासी र झुटो विश्वासी, अनि असल सेवक र दुष्ट सेवकलाई खुट्ट्याउन कसरी सम्भव हुनेथ्यो र? परमेश्वरले मानिसहरूलाई सिद्ध पार्ने, प्रकट गर्ने, र हटाउने काम कसरी गर्न सक्नुहुन्थ्यो? अब सर्वशक्तिमान् परमेश्वर मानिसहरूलाई विजय गर्न र मुक्ति दिन सत्यता व्यक्त गरेर काम गर्नुहुन्छ, र उहाँ चिन्ह र आश्चर्यजनक कार्यहरू देखाउनुहुन्न। उहाँ मानिसहरूले सत्यता स्विकार्न सक्छन् कि सक्दैनन् भनेर मात्र हेर्नुहुन्छ, र यसरी, परमेश्वरमा साँच्चै विश्वास गर्नेहरूले मात्र मुक्ति पाउन सक्छन्, र जो दियाबलस शैतानका हुन्, तिनीहरू प्रकट हुनेछन् र हटाइनेछन्। म परमेश्वरको काम जति सामान्य र व्यावहारिक हुन्छ, त्यति नै त्यसमा उहाँको बुद्धि हुन्छ भन्ने बुझ्छु। परमेश्वरको यसरी काम गर्ने तरिका साँच्चै अद्भुत छ! यदि तथ्यहरूको प्रकटीकरण र परमेश्वरका वचनहरूको खुलासा नभएको भए, मैले आफूले अस्पष्टता र धारणाहरूमा परमेश्वरलाई विश्वास गरिरहेकी छु भनेर कहिल्यै थाहा पाउनेथिइनँ, न त आफूले अझै परमेश्वरविरुद्ध प्रतिरोध र विरोध गरेकी छु भनेर नै थाहा पाउनेथिएँ, झन् परमेश्वरको व्यावहारिक कामबारे कुनै बुझाइ पाउनु त परको कुरा हो। त्यतिबेला, मलाई हृदयमा एकदमै निश्चिन्त र स्वतन्त्रता महसुस भयो, र मैले अब आफ्नो बच्चाको बिमार हटाउन परमेश्वरले चिन्ह र आश्चर्यजनक कार्यहरू देखाउनुहुनेछ भनी तीव्र आशा गर्न छोडेँ।
मेरो बच्चाको बिमारमार्फत्, मैले परमेश्वरप्रतिको आस्थाबारे मेरो भ्रामक दृष्टिकोण बुझेँ। त्यसपछि, मैले मनन गर्न थालेँ: परमेश्वरप्रतिको आस्थाबारे सही दृष्टिकोण के हो? मैले परमेश्वरका वचनहरू पढेँ: “के अब तिमीहरूले परमेश्वरमाथिको विश्वास भनेको के हो भनेर बुझ्छौ? के परमेश्वरमा विश्वास गर्नुको अर्थ चिन्हहरू र अचम्मका कामहरू हेर्नु हो? के यसको अर्थ स्वर्ग जानु हो? परमेश्वरमा विश्वास गर्नु कुनै रूपमा सजिलो कुरा होइन। विश्वासका धार्मिक विधिहरूलाई निमिट्यान्न पार्नुपर्छ; बिरामीको चङ्गाइ र पिशाचहरू निकाल्ने कामको पछि लाग्नु, चिन्हहरू र अचम्मका कामहरूमा ध्यान लगाउनु, परमेश्वरको अनुग्रह, शान्ति र आनन्दको अझ बढी लालसा गर्नु, देहको भविष्य र आरामको पछि लाग्नु—यी विश्वासका धार्मिक विधिहरू हुन्, र यस्ता विश्वासका विधिहरू अस्पष्ट किसिमका आस्था हुन्। आज परमेश्वरमाथिको व्यावहारिक विश्वास भनेको के हो? यो परमेश्वरको वचनलाई तेरो जीवन वास्तविकताको रूपमा स्वीकार गर्नु, परमेश्वरलाई उहाँको वचनबाट चिन्नु, र यसरी उहाँप्रति साँचो प्रेम हासिल गर्नु हो। प्रस्ट रूपमा भन्नुपर्दा: परमेश्वरमा विश्वास गर्नु भनेको तँ उहाँमा समर्पित भएस्, तैँले उहाँलाई प्रेम गरेस्, र सृजित प्राणीद्वारा पूरा गरिनुपर्ने कर्तव्य पूरा गरेस् भन्नका लागि हो। परमेश्वरमा विश्वास गर्नुको उद्देश्य यही नै हो। तैँले परमेश्वर कति प्रेमिलो हुनुहुन्छ, परमेश्वर कति आदर गर्न लायक हुनुहुन्छ, र परमेश्वरले उहाँका सृजित प्राणीहरूमा गर्नुहुने काम कसरी तिनीहरूको मुक्ति र तिनीहरूको सिद्धता हो भनेर जान्नैपर्छ—यी तैँले परमेश्वरमाथि विश्वास गर्नुका अत्यावश्यक तत्त्वहरू हुन्। परमेश्वरमा विश्वास गर्नु भनेको मूल रूपमा देहको जीवनबाट परमेश्वरलाई प्रेम गर्ने जीवनमा र भ्रष्टतामा जिउनुबाट परमेश्वरका वचनहरूको जीवनमा जिउनुमा सर्नु हो; यो शैतानको सत्ताबाट बाहिर निस्केर परमेश्वरको हेरचाह र सुरक्षामा जिउनु हो; यो तँ देहप्रति समर्पित हुनुभन्दा परमेश्वरप्रति समर्पित हुन सकेस्, परमेश्वरले तेरो सम्पूर्ण हृदय प्राप्त गर्न र तँलाई सिद्ध पार्न सक्नुहोस्, र तँ शैतानी भ्रष्ट स्वभावहरूबाट मुक्त हुन सकेस् भन्नका लागि हो। परमेश्वरमा विश्वास गर्नु भनेको मूलतः परमेश्वरको महान् शक्ति र महिमा तँमा प्रकट हुन सकोस्, तैँले परमेश्वरको इच्छालाई पछ्याएस्, परमेश्वरको योजना पूरा होस्, साथै तैँले शैतानको अगाडि परमेश्वरको गवाही दिन सकेस् भन्नका लागि हो। परमेश्वरमाथिको विश्वास चिन्हहरू र अचम्मका कामहरू हेर्ने चाहनामा केन्द्रित हुनु हुँदैन, न त त्यो तेरो आफ्नै देहको खातिर नै हुनुपर्छ। त्यो परमेश्वरलाई चिन्ने, र परमेश्वरप्रति समर्पित हुन सक्ने, अनि पत्रुसजस्तै मृत्युपर्यन्त उहाँप्रति समर्पित हुने कुरामा केन्द्रित हुनुपर्छ। मुख्य उद्देश्य भनेको यो कुरा हासिल गर्नु हो। … यदि परमेश्वरमाथिको विश्वासमा तँ सधैँ चिन्हहरू र अचम्मका कामहरू हेर्ने कोसिस गर्छस् भने, परमेश्वरमाथिको विश्वासको यो दृष्टिकोण गलत छ। परमेश्वरमा विश्वास गर्नुको उद्देश्य भनेको मूलतः परमेश्वरको वचनलाई जीवन वास्तविकताका रूपमा स्विकार्नु हो। जब परमेश्वरद्वारा बोलिएका वचनहरू मानिसहरूद्वारा अभ्यास गरिन्छन् तिनीहरूमा साकार हुन्छन्, तब परमेश्वरको उद्देश्य यसरी पूरा हुन्छ। परमेश्वरमा विश्वास गर्दा, मानिसहरू परमेश्वरद्वारा सिद्ध पारिने, परमेश्वरप्रति समर्पित हुन सक्षम हुने र परमेश्वरप्रति पूर्ण समर्पण हासिल गर्ने पछ्याइमा लाग्नुपर्छ। यदि तँ कुनै गुनासो नगरी परमेश्वरप्रति समर्पित हुन सक्छस्, तैँले परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर्न, पत्रुसको कद हासिल गर्न, र परमेश्वरले भन्नुभएको जस्तो पत्रुसको शैली प्राप्त गर्न सक्छस् भने, तब तैँले परमेश्वरमाथिको विश्वासमा सफलता हासिल गरेको हुनेछस्, अनि त्यसले तँ परमेश्वरद्वारा प्राप्त गरिएको छस् भन्ने सङ्केत गर्नेछ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको वचनद्वारा सबै कुरा पूरा हुन्छ)। परमेश्वरका वचनहरूबाट, मैले परमेश्वरमा विश्वास गर्नेबारे सही दृष्टिकोण बुझेँ। परमेश्वरमा विश्वास गर्नु अनुग्रह र आशिष् पाउनको खातिर होइन, न त देहको शान्तिपूर्ण र सुमधुर जीवनका लागि नै हो। त्यो परमेश्वरमाथिको साँचो विश्वास होइन। परमेश्वर हामीले सत्यता पछ्याउन सकौँ, कामकुरा आइपर्दा हामी उहाँका वचनहरूअनुसार जिउन सकौँ, र परमेश्वरको गवाही दिन र उहाँको महिमा गर्न आफ्नो वास्तविक जीवन प्रयोग सकौँ भनी आशा गर्नुहुन्छ। परमेश्वरमाथिको साँचो विश्वास यही हो। म आफ्नो बच्चाको बिमार निको हुनेछ भन्ने आशामा मात्र पूर्णतया केन्द्रित थिएँ, तर मलाई परमेश्वरको अभिप्राय के हो, वा म कसरी परमेश्वरका निम्ति आफ्नो गवाहीमा दृढ रहनुपर्छ भन्ने थाहा थिएन। म आफ्नो भ्रष्ट स्वभावमा पूर्ण रूपमा डुबेँ, आफ्नै धारणाहरूका आधारमा परमेश्वरलाई आलोचना गरेँ र सीमित पारेँ, र यहाँसम्म कि परमेश्वरलाई शङ्का गरेँ र परमेश्वरको काम इन्कार गरेँ। कुन हिसाबले ममा परमेश्वरप्रति कुनै सच्चापन वा समर्पण थियो र? ममा साँच्चै पटक्कै गवाही थिएन! मेरो बच्चा बिरामी हुँदा, परमेश्वरले मेरो मनोवृत्तिलाई पनि छानबीन गरिरहनुभएको थियो, ममा उहाँप्रति साँचो आस्था र समर्पण छ कि छैन भनी हेरिरहनुभएको थियो। मैले आफ्ना धारणाहरूलाई पन्छाउनुपर्थ्यो, र मेरो बच्चाको बिमारलाई जेसुकै भए पनि, म यति साह्रो नकारात्मक, कमजोर हुनु हुँदैनथ्यो, वा परमेश्वरबाट तर्किनु हुँदैनथ्यो।
तर सङ्कल्पहरू गर्नु सजिलो छ, सत्यता अभ्यास गर्नु साँच्चै धेरै कठिन छ। एक दिउँसो, हामी भेला हुन लाग्दा, मेरो बच्चालाई फेरि ज्वरो आयो, र मलाई हृदयमा यो शैतानले मलाई परीक्षामा पार्न खोजिरहेको हो, र मलाई भेला छोड्न लगाउन खोजिरहेको हो भन्ने स्पष्टसित थाहा भयो। मैले परमेश्वरका वचनहरू सम्झेँ: “यदि तँ शैतानसामु गवाही दिन सक्दैनस् भने, शैतान तँलाई हेरेर हाँस्नेछ, त्यसले तँलाई मजाकको रूपमा, खेलौनाको रूपमा व्यवहार गर्नेछ, र यसले अक्सर तँलाई मूर्ख बनाउनेछ र मानसिक गडबडीमा पुर्याउनेछ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्वरलाई विश्वास गर्नु हो)। शैतानलाई म सबैभन्दा धेरै आफ्नो बच्चाबारे चिन्ता गर्छु भन्ने थाहा थियो, त्यसैले त्यसले मलाई बाधा दिन र भेला हुनबाट रोक्न मेरो बच्चाको बिमारलाई प्रयोग गरिरह्यो। विगतमा, मैले सत्यता बुझेकी थिइनँ र शैतानका युक्तिहरूलाई छर्लङ्ग बुझ्न सकिनँ, र हरेकपटक भेला र मेरो बच्चाको बिमारबीच कुरा बाझिँदा, म आत्तिन्थेँ र शैतानद्वारा नियन्त्रित भएकाले आफ्नो बच्चालाई डाक्टरकहाँ लैजान तुरन्तै भेला छोड्थेँ, मेरो भेला नहुँदा, मेरो छोरालाई ज्वरो आउँदैनथ्यो, तर मेरो भेला हुनेबित्तिकै, उसलाई ज्वरो आइहाल्थ्यो। मैले यसबारे जति धेरै सोचेँ, उति नै यो पूर्णतया शैतानको युक्ति हो भन्ने स्पष्ट भयो, र मलाई म उप्रान्त शैतानद्वारा बाँधिनु र नियन्त्रित हुनु मिल्दैन भन्ने थाहा भयो। मैले मनमनै परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, म उप्रान्त शैतानद्वारा मूर्ख बन्न वा सास्ती पाउन चाहन्नँ। म आफ्ना दाजुभाइ-दिदीबहिनीहरूसँग भेला हुन चाहन्छु। कृपया मलाई मद्दत गर्नुहोस्।” प्रार्थना गरेपछि, मेरो हृदय अलि शान्त भयो। मैले मेरो छोरालाई जाँचेँ, उसको ज्वरो सामान्य मात्र थियो, र ऊ राम्रो मुडमा देखिन्थ्यो, त्यसैले मैले उसलाई मेरी सासूसँग छोडेँ, उहाँलाई ज्वरोको केही औषधि खुवाइदिनुहोस् है भनेँ, र म भेलामा गएँ। अचम्म, भेलापछि म घर फर्केर आउँदा मेरो बच्चा खुसीसाथ खेलौनासँग खेलिरहेको देखेँ। मेरी सासूले औषधि नखाई नै ज्वरो घट्यो भनेर भन्नुभयो। म यति खुसी र भावुक भएँ कि आँसु बरबरी झऱ्यो। मैले पहिले मेरो छोराको ज्वरो कहिल्यै अन्त्य नभएको, र उसलाई निको पार्न हामीले स्लाइन चढाउन अस्पताल लानुपरेको कुराबारे सोचेँ, तर यसपटक, कुनै पनि औषधिविना नै ज्वरो घट्यो। मैले विश्वास गर्नै सकिनँ, र मैले मनमनै परमेश्वरलाई धन्यवाद दिइरहेँ र प्रशंसा गरिरहेँ। यो अनुभवमार्फत, मैले के पनि बुझेँ भने सुरुमा मैले आफ्नो बच्चा बिरामी हुँदा परमेश्वरलाई प्रार्थना गरे पनि, परमेश्वरले मेरो बच्चालाई निको पार्नुभएन, र यसमा परमेश्वरको बुद्धि थियो। त्यतिबेला, मेरो हृदय परमेश्वरप्रतिका धारणा, कल्पना र सीमितताहरूले भरिएको थियो, र मसँग परमेश्वरले आफ्ना वचनहरूमार्फत् मानिसहरूलाई विजय गर्ने र सिद्ध पार्ने उहाँका आखिरी दिनहरूको कामबारे बुझाइ थिएन, र ममा शैतानका परीक्षा र बाधाहरूबारे कुनै खुट्ट्याइ थिएन। त्यसैले परमेश्वरले मलाई शुद्ध पार्न, अनि मैले सत्यता बुझ्न र परमेश्वरलाई चिन्न सकूँ भनेर शैतानका बाधा र परीक्षाहरूलाई आइरहन दिनुभयो। यस प्रक्रियामा, मैले परमेश्वरप्रति धारणा, गलत बुझाइ, गुनासा, र शङ्काहरू प्रकट गरेँ, र त्यसपछि परमेश्वरले मलाई अन्तर्दृष्टि दिन र मार्गदर्शन गर्न आफ्ना वचनहरू प्रयोग गर्नुभयो, मेरा धारणाहरू र भ्रष्टतालाई खुलासा गर्नुभयो र आलोचना गर्नुभयो, मलाई परमेश्वरका आखिरी दिनहरूको कामको सामान्य र व्यावहारिक प्रकृति बुझ्न, र मेरो आफ्नै विद्रोह र प्रतिरोधलाई चिन्न सक्षम बनाउनुभयो, अनि मलाई शैतानका युक्तिहरू खुट्ट्याउन सिक्न पनि मद्दत गर्नुभयो। अन्ततः म आफ्ना धारणाहरू पन्छाउन, आफ्नो देहविरुद्ध विद्रोह गर्न, र सत्यता अभ्यास गर्न सक्षम भएँ। मैले के देखेँ भने परमेश्वरले यसरी काम गर्नु साँच्चै नै सर्वशक्तिमान्, व्यावहारिक, र अत्यन्तै बुद्धिमानी हो। यस अनुभवमार्फत्, मैले साँच्चै परमेश्वरका वचनहरूको अख्तियार र शक्तिलाई चिन्न थालेँ, र मैले परमेश्वर मानिसहरूलाई विजय गर्न र सिद्ध पार्न, अनि तिनीहरूका हृदयहरू प्राप्त गर्न व्यावहारिक वचनहरू र व्यावहारिक काम प्रयोग गर्नुहुन्छ भन्ने देखेँ। आखिरी दिनहरूमा परमेश्वरले यसरी काम गर्नु चिन्ह र आश्चर्यजनक कार्यहरू देखाउनुभन्दा धेरै अर्थपूर्ण छ। यसले मलाई परमेश्वरका वचनहरूको एक खण्डको याद दिलायो: “आखिरी दिनहरूको काममा, वचनको शक्ति चिह्न र चमत्कारका कार्यहरूको प्रकटीकरणभन्दा अझ ठूलो हुन्छ, र वचनको अख्तियारले चिह्न र चमत्कारहरूको अख्तियारलाई उछिन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। देहधारणको रहस्य (४))। यी वचनहरू एकदमै वास्तविक छन्!
पछि, मैले परमेश्वरका वचनहरूका दुईवटा थप खण्ड पढेँ, र मैले आफ्नो भ्रष्ट स्वभावबारे केही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “धेरै मानिसहरू ममा केवल यस कारणले विश्वास गर्छन् कि म उनीहरूलाई निको पारिदिऊँ। धेरैले ममा मैले तिनीहरूको शरीरबाट अशुद्ध आत्माहरू निकाल्न मेरो आफ्नो शक्ति प्रयोग गरूँ भनेर मात्र विश्वास गर्छन्, अनि धेरैले ममा तिनीहरूले मबाट शान्ति र आनन्द प्राप्त गर्न सकून् भनेर मात्र विश्वास गर्छन्। मबाट अझ धेरै भौतिक सम्पत्ति माग गर्नलाई मात्र धेरैले ममा विश्वास गर्छन्। यस जीवनलाई शान्तिमा बिताउन र आउँदो संसारमा सुरक्षित र सकुशल हुनलाई मात्रै धेरैले ममा विश्वास गर्छन्। नरकको कष्टहरूबाट बच्न र स्वर्गका आशिष्हरू प्राप्त गर्नलाई धेरैले ममा विश्वास गर्छन्। धेरैले अस्थायी सहजताका निम्ति मात्र ममा विश्वास गर्छन्, तैपनि आउँदो संसारको कुनै पनि कुरा प्राप्त गर्न खोज्दैनन्। जब म मेरो क्रोध मानिसहरूलाई प्रदान गर्छु र कुनै समय तिनीहरूसँग भएका सबै आनन्द र शान्ति खोस्छु, तब तिनीहरू सशङ्कित हुन्छन्। जब म मानिसहरूलाई नरकको कष्ट प्रदान गरेर स्वर्गको आशिष् फिर्ता लिन्छु, तब तिनीहरू क्रोधित हुन्छन्। जब मानिसहरू आफूलाई निको पारिदिन भनी मलाई बिन्ती गर्छन् र म तिनीहरूलाई ध्यान दिन्नँ र तिनीहरूप्रति घृणा महसुस गर्छु, तब तिनीहरू मबाट टाढा जान्छन् र बरु दुष्ट औषधि र टुनामुनाको मार्ग खोज्नतिर लाग्छन्। जब म मानिसहरूले मबाट माग गरेका सबैथोक खोस्छु, तिनीहरू सबैजना कुनै नामनिसानविनै गायब हुन्छन्। त्यसैले त म भन्छु, मैले प्रदान गर्ने अनुग्रह अत्यन्तै प्रशस्त भएको हुनाले र प्राप्त गर्नका लागि प्रशस्त लाभहरू भएकाले नै मानिसहरूले ममा विश्वास गर्ने गर्छन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। विश्वासको बारेमा तँलाई के थाहा छ?)। “तिमीहरू ममा किन विश्वास गर्छौ भन्ने कुरा तिमीहरूले बुझ्नुपर्छ; यदि तिमीहरू मेरो ‘शिष्य’ वा मेरो ‘बिरामी’ मात्र हुन वा स्वर्गका मेरा सन्तहरूमध्ये एक जना हुन चाहन्छौ भने, तिमीहरूले मलाई पछ्याउनु निरर्थक हुनेछ। यसरी मेरो पछि लाग्नु ऊर्जाको बरबादी मात्र हुन्छ; ममा यस्तो किसिमको आस्था राख्नु तिमीहरूको दिन गुजार्नु, तिमीहरूको जवानी खेर फाल्नु मात्र हुन्छ। अनि अन्तमा तिमीहरूले केही पनि पाउनेछैनौ। के त्यो व्यर्थको षड्यन्त्र हुँदैन र? म यहूदीहरूको माझबाट निस्केको धेरै भइसक्यो र यस उप्रान्त म मानिसको वैद्य होइन, न त म मानिसका निम्ति औषधी नै हुँ। यस उप्रान्त म मानिसले आफ्नो इच्छाअनुसार काम गर्न लगाइने वा काटिने भारी बोक्ने जनावर होइन; बरु, म मानिसले मलाई चिनोस् भनी न्याय गर्न र सजाय दिन मानिसमाझ आएको छु। कुनै समयमा मैले छुटकाराको काम गरेँ भन्ने कुरा तिमीहरूले जान्नुपर्छ; म कुनै समयमा येशू थिएँ, तर जसरी म कुनै समयमा यहोवा थिएँ र पछि येशू भएँ, त्यसै गरी म सदैव येशू रहन सक्दिनथेँ। म मानवजातिको परमेश्वर, सृष्टिकर्ता हुँ, तर म सदैव येशू वा यहोवा रहिरहन सक्दिनँ। म मानिसले वैद्य ठान्ने वैद्य भएको छु, तर यसले परमेश्वर मानवजातिका निम्ति वैद्य मात्र हुनुहुन्छ भनेर सङ्केत गर्दैन। त्यसैले, यदि मप्रतिको आस्थामा तँ पुरानै दृष्टिकोण राख्छस् भने, तैँले केही पनि प्राप्त गर्नेछैनस्। तैँले आज मेरो जति नै प्रशंसा गरे पनि: ‘परमेश्वर मानिसलाई निकै प्रेम गर्नुहुन्छ; उहाँ मलाई निको पार्नुहुन्छ र आशिष्, शान्ति र आनन्द दिनुहुन्छ। परमेश्वर मानिसका निम्ति कति असल हुनुहुन्छ; हामीले उहाँमा विश्वास गरेसम्म, हामीले पैसा बारे फिक्री गर्नुपर्दैन…,’ म अझ पनि मेरो मौलिक कामालाई अवरोध गर्न सक्दिनँ। यदि तँ आज ममा विश्वास गर्छस् भने, तैँले मेरो महिमा मात्र पाउनेछस् र तँ मेरो गवाही दिनका लागि हकदार हुनेछस् र सबै कुरा गौण हुनेछन्। तैँले यो स्पष्ट रूपमा जान्नैपर्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। विश्वासको बारेमा तँलाई के थाहा छ?)। परमेश्वरका वचनहरूलाई मनन गर्दा, मैले आफ्नो आस्थामा घृणित अभिप्रायहरू देखेँ। पहिले जब म प्रभु येशूलाई विश्वास गर्थेँ, तब म प्रभुले दिएको अनुग्रह, शान्ति, र आनन्दको उपभोग गर्थेँ, र त्यसैले मैले प्रभुमा विश्वास गरेर आफू साँच्चै आशिषित छु भन्ने सोचेँ। तर सर्वशक्तिमान् परमेश्वरलाई भेट्टाएपछि, मैले परमेश्वर मानिसहरूलाई मुक्ति दिन कसरी सत्यता व्यक्त गर्नुहुन्छ र अन्ततः तिनीहरूलाई स्वर्गको राज्यमा ल्याउनुहुन्छ भन्ने देखेँ, र त्यसैले म आफ्नो पछ्याइमा अझ बढी सक्रिय भएँ। हरेक दिन मैले परमेश्वरका वचनहरू खाएँ र पिएँ अनि परमेश्वरलाई प्रार्थना गरेँ, म भेलाहरूमा कहिल्यै ढिलो पुगिनँ, र मैले सुसमाचार प्रचार पनि गरेँ र अतिथिसत्कारको कर्तव्य पनि निर्वाह गरेँ। मैले यी सबै कुराहरू परमेश्वरलाई प्रसन्न पार्न गरेँ, यसो गर्दा परमेश्वरले मलाई अझ बढी अनुग्रह र आशिष् दिनुहुनेछ भन्ने सोचेँ। मैले म त आशिष् पाउने आफ्नो चाहना पूरा गर्नका लागि परमेश्वरलाई प्रयोग गर्न मात्र उहाँमा विश्वास गरिरहेकी रहेछु भन्ने बुझेँ। मैले परमेश्वरले के काम गरिरहनुभएको छ भन्नेबारे पटक्कै वास्ता गरिनँ, न त मलाई परमेश्वर मानिसहरूबाट के माग गर्नुहुन्छ, मानिसहरूले परमेश्वरको अभिप्रायसँग मिल्न र उहाँलाई सन्तुष्ट पार्न कसरी उहाँमा विश्वास गर्नुपर्छ, कस्ता प्रकारका मानिसहरू राज्यमा प्रवेश गर्न सक्छन्, मेरो विश्वास गर्ने तरिकाले परमेश्वरको अनुमोदन पाएको छ कि छैन, वा परमेश्वरप्रतिको आस्थाबारे सही दृष्टिकोण के हो भन्नेबारे कुनै चासो थियो। मलाई यी कुरामध्ये कुनै पनि थाहा थिएन, न त मैले यसबारे कहिल्यै सोचेकी नै थिएँ। म भेला हुन र सुसमाचार प्रचार गर्न आफ्नो उत्साहमा मात्र भर परेँ, यी कुराहरू गरेर मैले परमेश्वरलाई सन्तुष्ट पारिरहेकी छु र उहाँका आशिषहरू पाउनुपर्छ भन्ने सोचेँ। मेरो बच्चालाई नघट्ने उच्च ज्वरो आउँदा, मैले प्रार्थनामा मागेका अनुग्रह र आशिषहरू कतै देखिएनन्, तर मैले सत्यता खोजिनँ वा आत्मचिन्तन गरिनँ। बरु, मैले हृदयमा परमेश्वरलाई शङ्का गरेँ र उहाँको कामलाई इन्कार गरेँ। मैले आशिषका लागि आफ्नो चाहना एकदमै प्रबल छ भन्ने बुझेँ। परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ, र म एक सृजित प्राणी हुँ, त्यसैले एक सृजित प्राणीले परमेश्वरमा विश्वास गर्नु र आफ्नो कर्तव्य पूरा गर्नु पूर्ण रूपमा स्वाभाविक र न्यायोचित हो। मैले परमेश्वरसँग सौदा गर्ने प्रयास गर्नु हुँदैन, झन् उहाँसँग अनुचित मागहरू गर्नु त परको कुरा हो। अब मैले मेरो बच्चाको बिमारमा परमेश्वरका असल अभिप्रायहरू थिए भन्ने साँच्चै बुझेँ। यसले मलाई आफ्नो शैतानी स्वभाव र विश्वासबारे आफ्नो भ्रामक दृष्टिकोणहरूबारे चिन्तन गर्न र तिनलाई बुझ्न मदत गर्यो। मैले के पनि बुझेँ भने कुनै कुरा साँच्चै परमेश्वरको काम हो कि होइन भनी मूल्याङ्कन गर्दा, त्यो चिन्ह र आश्चर्यजनक कार्यहरू देखाइन्छन् कि देखाइँदैनन्, वा बिरामीलाई निको पार्ने, र पिशाचहरू निकाल्ने गरिन्छ कि गरिँदैन, वा अनुग्रह र आशिषहरू दिइन्छन् कि दिइँदैनन् भन्ने कुरामा आधारित हुनु हुँदैन, बरु, त्यसमार्फत् सत्यता व्यक्त गर्न सकिन्छ कि सकिँदैन, यस कामले मानिसहरूलाई परमेश्वरबारे अझ बढी बुझाइ पाउन अगुवाइ गर्न सक्छ कि सक्दैन, यस कामले मानिसहरूका शैतानी भ्रष्ट स्वभावलाई शुद्ध र रूपान्तरण गर्न सक्छ कि सक्दैन, र यस कामले मानिसहरूलाई मुक्ति दिन र सिद्ध पार्न सक्छ कि सक्दैन भन्ने कुरामा आधारित हुनुपर्छ। यदि त्यसले यी नतिजाहरू हासिल गर्न सक्छ भने, त्यो निश्चय नै परमेश्वरको काम हो।
आफ्नो बच्चाको बिमारबाट गुज्रिँदा, मैले उहाँको कामबारे केही बुझाइ प्राप्त गरेँ, र मैले आफ्नो आस्थामा सही दृष्टिकोणहरू र सही पछ्याइ प्राप्त गरेँ। यो मेरा लागि परमेश्वरको साँचो मुक्ति र मेरा लागि उहाँको महान् प्रेम हो। यो प्रेम मैले पहिले मागेका अनुग्रह र आशिषहरूभन्दा अनगिन्ती गुणा ठूलो हो। मैले परमेश्वरलाई आफ्नो हृदयको गहिराइबाट धन्यवाद दिएँ! यो बुझेर, मलाई आफ्नो आस्थामा अनुग्रह र आशिषहरू मात्र खोजेकामा र सत्यता नपछ्याएकामा, र आफू साँच्चै मूर्ख, अज्ञानी, र अन्धो भएकामा लाज र दोषी महसुस भयो! मैले आशिष् पाउने आफ्ना अभिप्रायहरू त्याग्नैपर्छ र म आफ्नो आस्थामा सही मार्गमा हिँड्नैपर्छ।