२०. इमानदार बनेर मैले शान्ति र आनन्द प्राप्त गरेको छु
मेरो परिवारको आर्थिक अवस्था अत्यन्तै सामान्य थियो: मेरा आमाबुबाको हातमा कुनै सीप थिएन, त्यसैले उहाँहरू खेती-किसानीबाट मात्र जीविका चलाउन सक्नुहुन्थ्यो। गाउँ नजिकै एउटा कारखाना थियो, जहाँ मेरा बुबाले पनि केही पैसा कमाउन सक्नुहुन्थ्यो। उहाँहरूको आम्दानी थोरै भए पनि, हाम्रो पाँच जनाको परिवार पाल्न त्यसैले पुग्थ्यो। तर, जब म भर्खर बाह्र वर्ष पुगेको थिएँ, म यसमा सन्तुष्ट थिइनँ र मलाई विशेष गरी धनी मानिसहरूको जीवन देखेर ईर्ष्या लाग्थ्यो। मेरो एक जना अत्यन्तै मिल्ने साथी थियो जसको परिवारसँग ठूलो ट्रक थियो। गाउँका सबै परिवारमध्ये तिनीहरूको जीवनस्तर उत्कृष्टमध्ये एक थियो, र सबैले तिनीहरूको डाह गर्थे। उसको खलकका मानिसहरू पनि समस्या पर्दा अक्सर यही परिवारसँग कुरा गर्न आउँथे। यी कुराहरू देखेर, मैले ठूलो भएपछि धेरै पैसा कमाउनुपर्छ र तिनीहरूको परिवारले जस्तै जीवन जिउनुपर्छ भन्ने निर्णय गरेँ। यो चाहना मेरो हृदयमा गहिरो रूपमा गढेको थियो। स्कुल पढ्दा मेरो पढाइ राम्रो थिएन, त्यसैले आधारभूत तह उत्तीर्ण गरेपछि म पैसा कमाउन निर्माण क्षेत्रमा काम गर्न गएँ। सत्र वर्षको हुँदा मैले सिकर्मीको काम सिक्न थालेँ। बिस्तारै, सामाजिक वातावरणको प्रभावमा परेर, “पैसा नै पहिलो कुरा हो,” र “दुनियाँ पैसाको इसारामा चल्छ” भन्ने भनाइहरू मेरा मूलमन्त्र बने र तिनले पैसाप्रतिको मेरो चाहनालाई अझ बलियो बनाए।
मैले एक जना सिकर्मीका लागि केही वर्ष काम गरेँ तर पैसा खासै कमाइनँ। मैले सोचेँ, “यदि मैले यस्तै गरिरहेँ भने, अरूले प्रशंसा गर्ने जीवन म कहिले जिउन सक्छु?” त्यसैले, मैले एउटा फरक बाटो भेट्टाएँ र आफै मालिक बनेर भित्री साजसज्जाको काम गर्न थालेँ। सुरुमा, धेरै काम पाउनका लागि, मैले मेरो मूल्य एकदमै कम राखेँ र ग्राहकहरूसँगै गएर सामग्रीहरू किन्थेँ, अनि काम राम्रो होस् भनेर कडा परिश्रम गर्थेँ। निर्माण सामग्री पसलका साहुले पठाएको सामानको गुणस्तर कमसल हुँदा, म उसलाई त्यसको सट्टामा राम्रो सामान पठाउन लगाउँथेँ। मैले मेरा ग्राहकहरूलाई अत्यन्तै ख्याल गरेको देखेर उनीहरू मप्रति निकै कृतज्ञ थिए। हाम्रो कामको गुणस्तर राम्रो र मेरो ज्याला कम भएकोले ग्राहकहरूबाट प्रशंसा मिल्यो, र बिस्तारै हामीले धेरै काम पाउन थाल्यौँ। पछि, एउटा निर्माण सामग्री पसलका साहुले थप नियमित ग्राहकहरू सुनिश्चित गर्न मलाई विशेष रूपमा खाना खाने निम्तो दिए। उनले मलाई सोधे, “तिमीले सामान किन्दा अरू साहुहरूले तिमीलाई कति कमिसन दिन्छन्?” मैले नबुझेर सोधेँ, “कस्तो कमिसन? मलाई त कसैले केही दिँदैनन्।” ती साहु छक्क परे र भने, “तिमी साह्रै इमानदार रहेछौ। तिमीले त्यसरी काम गरेर कति नै पैसा कमाउन सक्छौ र? हामी कुन जमानामा जिइरहेका छौँ? तिमी समयअनुसार चल्नुपर्छ! एउटा भनाइ छ, ‘चलाकीविनाको धन हुँदैन।’ जुनसुकै क्षेत्रमा पनि कमिसन त सामान्य कुरा हो। साधारणतया, घरको साजसज्जा गर्दा ग्राहकहरूले सामानमा १० देखि २० हजार युआन खर्च गर्छन्। त्यसबाट तिमीले एक-दुई हजार कमिसन पाउन सक्छौ। कुनै मेहनत नगरी, केवल बोलेको भरमा पैसा आउँछ भने किन नलिने? यसो गरे हुँदैन? तिमीले ग्राहकहरू म कहाँ लेऊ, अनि म तिमीलाई वर्षमा दशौँ हजार बढी कमाउन सघाउने वाचा गर्छु।” सुरुमा यो सुन्दा, मलाई यो वास्तवमै पैसा कमाउने राम्रो काइदा हो भन्ने लाग्यो, तर फेरि मैले सोचेँ, “यो त ग्राहकहरूलाई ठग्नु होइन र?” मलाई मेरो विवेकले यसो गर्न दिँदैन भन्ने लाग्यो, त्यसैले मैले भनेँ, “म त्यसो गर्न सक्दिनँ होला। मेरा धेरैजसो ग्राहकहरू चिनजानका मान्छेले पठाएका हुन्छन्। यदि मैले उनीहरूलाई ठगिरहेको छु भनेर उनीहरूले थाहा पाए भने, मेरो व्यापार चौपट हुन्छ!” ती साहुले विश्वस्त हुँदै भने, “मैले यो काम गर्न थालेको दशकौँ भइसक्यो, र अहिलेसम्म कुनै ग्राहक मलाई खोज्न आएका छैनन्, त्यसैले चिन्ता नगर! तिमीले आफ्नो तरिका बदल्नुपर्छ, नत्र तिमीले पैसा कमाउने छैनौ। मानिसहरू अक्सर भन्छन्, ‘मूर्खले मात्रै आफ्नो हातमा आएको पैसा लिँदैन।’ सोच त। यो कुरा साँचो होइन र?” मलाई उनको कुरा ठीक लाग्यो, र उनीसँग मिलेर काम गरेँ भने म धेरै पैसा कमाउन सक्छु भन्ने लाग्यो। फेरि, यदि मैले इमानदारीपूर्वक काम गरिरहेँ भने, मैले पछ्याएको त्यो ईर्ष्यायोग्य उच्च गुणस्तरको जीवन कहिले हासिल गर्न सकुँला र? साथै, मेरो क्षेत्रका अन्य मानिसहरू सबै गाडी चढेर काममा जान्थे, जुन निकै सानदार देखिन्थ्यो, र तिनीहरूका ग्राहकले पनि तिनीहरूलाई आदर गर्थे। अर्कोतर्फ, मेरो कम्पनी जतिसुकै सानो भए पनि म एउटा साहु त थिएँ, तर म मोटरसाइकल चढ्थेँ। यो त साह्रै बेइज्जतको कुरा थियो! यसबारे सोचेपछि, मैले हुन्छ भनेँ। केही दिनपछि, मेरो साथीको आफन्तलाई आफ्नो कार्यालयको साजसज्जा गर्नुपर्ने भएकोले उनी म कहाँ आए, र उनले मलाई सामान किन्न सघाउन भने। निर्माण सामग्री पसलका साहुले मलाई भने, “यो त दुर्लभ अवसर हो। तिमीले उसको लागि मूल्य अलिकति बढाइदियौ भने, तिमीले अझ बढी कमिसन पाउनेछौ।” मलाई मेरो विवेकले यो कुरा सहँदैन भन्ने लाग्यो। तर, मैले त्यसो गर्न नसकिरहेको देखेर, उनले भने, “तिमी साह्रै निष्कपट रहेछौ; आजकल विवेकलाई कसले गम्भीरतापूर्वक लिन्छ र? तिमीले ग्राहकको पैसा बचाइदियौ भने पनि, उसले तिम्रो बारेमा कुनै राम्रो कुरा भन्नेछैन। चिन्ता नगर, उसले बिल हेरेर कुनै समस्या पत्ता लगाउनेछैन।” तर मलाई अझै पनि अलिकति हिचकिचाहट महसुस भयो, त्यसैले म थोरै मात्र कमिसन लिन मन्जुर भएँ। त्यसपछि, पसलका साहु कम्पनीमा आए र मेरो साथीको आफन्तको हातमा बिल थम्याइदिए। कतै उसले पत्ता लगाउने हो कि भनेर म चिन्तित थिएँ, र मेरो मुटु पासोमा परेको खरायोझैँ धड्किरहेको थियो। मैले सोचेँ, “मेरो साथीको आफन्त बाठो मान्छे हो। यदि उसले केही गडबड छ भन्ने पत्ता लगायो भने, मेरो घोर बेइज्जत हुन्न र?” म आत्तिएको हुनाले, मैले साथीको आफन्तको अनुहारमा हेर्ने आँट गरिनँ। म चिन्तित भइरहेकै बेला, उसले मलाई सोध्यो, “के तिमीले सबै सामान जाँच्यौ?” मैले सोचेँ, “के उसले केही खराबी भेट्टाएको हो?” म अलि डराएँ, र मैले दोषी महसुस गर्दै भनेँ, “अँ, जाँचेँ।” नसोचेको कुरा, उसले मूल्य मात्र हेर्यो र हस्ताक्षर गरिदियो, अनि सामान बेच्ने साहुलाई पैसा लिन लेखा शाखामा जानू भनेर सिधै भन्यो। यसबेला, मलाई अलि ढुक्क महसुस हुन थाल्यो। मैले मनमनै सोचेँ, “भविष्यमा मेरो विवेकको विरुद्धमा जाने यस्ता कामहरू धेरै नगर्दा नै राम्रो हुन्छ। यदि गरेँ भने, मेरो विवेकलाई असहज हुनेछ!”
त्यसपछि, निर्माण सामग्री पसलका साहुले मलाई २,८०० युआन कमिसन दिए र खाना पनि खुवाए। मैले सजिलै कमाएको त्यो पैसालाई हेरेँ र मनमनै सोचेँ, “कुनै मेहनतविना, केवल बोलेकै भरमा मैले यति धेरै पैसा कमाएँ। ‘चलाकीविनाको धन हुँदैन’ भन्ने भनाइ साँच्चै सही रहेछ। यो त एउटा सानो प्रोजेक्ट मात्र थियो। यदि मैले केही ठूला प्रोजेक्टहरू लिन सकेँ भने, मैले कति धेरै पैसा कमाउँछु होला? यसरी नै काम गर्दै गएँ भने, मेरो आम्दानी पक्कै पनि निकै राम्रो हुनेछ। केही वर्षमा, म एउटा धनी व्यक्तिको जीवन जिइरहेको हुनेछु।” यद्यपि, जब मैले यो पैसा आफ्नो इमान बेचेर कमाएको हुँ भन्ने सोचेँ, तब मलाई अझै पनि बेचैनी महसुस भयो। अर्कोतर्फ, यदि मैले पहिले जस्तै इमानदारीपूर्वक काम गरिरहेको भए, मैले धेरै पैसा बिलकुलै कमाउने थिइनँ। म केही दिनसम्म द्विविधामा परेँ, र अन्त्यमा, सजिलै हात लाग्ने पैसालाई देखेर, मैले नाफा नै रोजेँ। त्यस बेलादेखि, “चलाकीविनाको धन हुँदैन” भन्ने भनाइ मेरो मूलमन्त्र बन्यो। धेरै पैसा कमाउन र अरूको भन्दा श्रेष्ठ जीवन जिउनका निम्ति, मैले बारम्बार मेरा ग्राहकहरूलाई झुक्याएँ र मेरो विवेकको विरुद्धमा जाने कामहरू गरेँ। एकपटक, मैले एक लट कमसल गुणस्तरका बोर्डहरू किनेँ र कामदारहरूलाई भनेँ, “यदि ग्राहक आए भने, काम सुरु नगर्नू। उनीहरूलाई तिमीहरूले प्रयोग गरिरहेको सामान हेर्न नदिनू।” तर काम चलिरहेकै बेला, ग्राहक अचानक भित्र आए। मेरो मुटु घाँटीमै आए जस्तो भयो र हत्केलाबाट पसिना छुट्यो; कतै ग्राहकले खोट देख्ला भनेर मलाई साह्रै डर लाग्यो। यदि यो कुरा पत्ता लागेको भए, मेरो ज्याला मात्र गुम्ने थिएन, मैले सामानमा लगाएको पैसा पनि डुब्नेथियो। भाग्यवश, त्यस बेला ग्राहकले त्यो चाल पाएनन्। काम सकेर घर पुग्दा, म अझै पनि चिन्तित थिएँ, “के ग्राहक राति साइटमा जान्छन् होला त? यदि उसले सामानमा कुनै समस्या भेट्टायो भने के गर्ने?” मलाई निरन्तर बेचैनी भइरहेको थियो, र काम सकिएर उसले बिल भुक्तानी नगरुन्जेल म ढुक्क हुन सकिनँ। बिस्तारै, मैले झन्-झन् धेरै पैसा कमाउँदै गएँ, र मैले एउटा घर किनेको र केही बचत गरेको मात्र नभई मेरा आफन्त र साथीभाइबाट ईर्ष्या र प्रशंसा पनि पाएँ। विगतमा मसँग पैसा नहुँदा, चिनजानका मान्छेहरूलाई भेट्दा म बोल्थेँ तर उनीहरू मलाई जवाफ फर्काउँदैनथे। अब, मलाई भेट्दा, उनीहरू सधैँ पहिले मलाई नमस्कार गर्थे, र हँसिलो अनुहारले स्वागत गर्थे। कहिलेकाहीँ मैले उनीहरूसँग मदत माग्दा, धेरैजसोले तुरुन्तै हुन्छ भन्थे। मलाई “पैसा सबथोक होइन, तर योविना काम चल्दैन,” र “दुनियाँ पैसाको इसारामा चल्छ” भन्ने भनाइहरू एकदमै साँचो लाग्थ्यो। तर कहिलेकाहीँ म एकछिन रोकिएर सोच्थेँ, यतिका वर्ष आफ्नो विवेकविरुद्ध गएर मैले पैसा त कमाएँ, घर र गाडी पनि किनेँ, तैपनि म त्यति खुसी भइनँ। बरु, म दिनभरि चिन्ता र संशय बोकेर जिइरहेको हुन्थेँ। यदि ग्राहकहरूले मैले गरेका यी अनैतिक कामहरूबारे थाहा पाए भने, उनीहरूले पक्कै पनि मतिर औँला ठड्याएर गाली गर्नेथिए। त्यो दृश्य कस्तो होला भनेर कल्पना गर्दा पनि मलाई अत्यास लाग्थ्यो। म र मेरा ग्राहकहरू एउटै सहरका थियौँ, त्यसैले हाम्रो सधैँ भेट भइरहन्थ्यो, तर कहिलेकाहीँ उनीहरूसँग जम्काभेट हुँदा, मलाई शिर ठाडो पारेर उनीहरूसँग आँखा जुधाउने आँट आउँदैनथ्यो। म मेरो हृदयभित्रका दोष र आरोपहरूलाई हटाउन सक्दिनथेँ, र कहिलेकाहीँ त म सपनामा पनि ग्राहकहरू मेरो ढोकामै आएको देख्थेँ, जसका कारण म डरले ब्युँझन्थेँ। कहिलेकाहीँ म यस्तो पनि सोच्थेँ, “मानिसहरूलाई ठग्न छोडिदेऊ। बरु पहिले जस्तै इमानदारीपूर्वक राम्रो काम गर्नु नै बेस हुन्छ। थोरै मात्र पैसा कमाए पनि हुन्छ।” तर त्यसपछि मैले मेरा छोराछोरी हुर्केपछि उनीहरूलाई यावत् किसिमका कुराका लागि पैसा चाहिन्छ भन्ने सोचेँ, त्यसमाथि, पैसा भएन भने मेरो भौतिक जीवनस्तर पनि खस्किनेथियो। ममा अलि अनिच्छा जाग्यो र म दोधारमा परेँ। म अक्सर सुस्केरा हाल्थेँ, “जीवन किन यति पीडादायी भएको होला?”
सन् २०१३ को अक्टोबरमा, मैले सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेँ र मण्डलीको जीवन जिउन थालेँ। भेलाहरूमा, मैले ब्रदर-सिस्टरहरू सबैले खुलेर मनको कुरा गरेको, र उनीहरूले जीवनमा प्रकट गर्ने भ्रष्टताबारे छलफल गरेको पाएँ। यो समाजमा कहिल्यै देख्न नपाइने कुरा हो। एकपटक, एउटा भेलामा, एक जना सिस्टरले आफू इमानदार व्यक्ति बनेको अनुभवबारे सङ्गति गरिन्। जब उनले आफू र श्रीमान्ले सामान बेच्दा मानिसहरूलाई झूट बोलेको र ठगेको बारेमा बताइन्, मैले पनि उस्तै महसुस गर्दै भनेँ, “यो संसारका मानिसहरू झन्-झन् खराब बन्दैछन्। यहाँ त तिमीले मलाई ठग्ने र मैले तिमीलाई ठग्ने मात्र भइरहन्छ। मलाई नै हेर्नूस् न, यदि मैले इमानदारीपूर्वक निर्माणको क्षेत्रमा मात्र काम गरेको भए, मैले कहिल्यै पैसा कमाउने थिइनँ। धेरै पैसा कमाउन चालबाजी र ठगी त गर्नै पर्छ।” तब ती सिस्टरले भनिन्, “यो सबै शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याउनुको परिणाम हो। यसले गर्दा हामी पापमा जिउँछौँ, आफ्नो आत्म-आचरणको आधारभूत सीमा गुमाउँछौँ, र लगभग आफ्नो विवेक महसुस गर्नै सक्दैनौँ।” त्यस बेला, हामीले परमेश्वरका वचनहरूको एउटा खण्ड पढ्यौँ: “शैतानले यी प्रत्येक प्रवृत्तिद्वारा मानिसका कस्ता पक्षहरूलाई भ्रष्ट तुल्याउँछ? शैतानले मुख्यतया मानिसको विवेक, समझ, मानवता, नैतिकता, र अस्तित्वसम्बन्धी दृष्टिकोणलाई भ्रष्ट तुल्याउँछ। र के यी सामाजिक प्रवृत्तिहरूले मानिसहरूलाई बिस्तारै पतन गराउँदैनन्, र तिनीहरूलाई झन्-झन् धेरै भ्रष्ट बनाउँदैनन्? शैतानले मानिसहरूलाई क्रमिक रूपमा दियाबलसहरूको चङ्गुलमा लोभ्याएर फसाउन यी सामाजिक प्रवृत्तिहरू प्रयोग गर्छ, ताकि मानिसहरूले थाहै नपाई सामाजिक प्रवृत्तिहरूमाझ पैसा, भौतिक चाहनाहरू, दुष्टता, र हिंसाको पूजा गरून्। मानिसहरूले यी नकारात्मक कुराहरूको पूजा गरेपछि, तिनीहरू के बन्छन्? तिनीहरू दियाबलस र शैतान बन्छन्! किनभने मानिसहरूको हृदय तिनीहरूले पूजा गर्ने कुराले भरिएको हुन्छ; जब मानिसहरू नकारात्मक कुराहरूको पूजा गर्छन्, तब तिनीहरू दुष्टता र हिंसालाई प्रेम गर्न थाल्छन्, अनि सुन्दरता, भलाइ, र शान्ति मन पराउन छोड्छन्। तिनीहरू सामान्य मानवतामा सरल जीवन जिउन अनिच्छुक बन्छन्, बरु उच्च हैसियत र धेरै धन पाउन, देहमा रमाउन, कुनै प्रतिबन्ध वा बन्धनविना—अर्को शब्दमा भन्दा, आफूले चाहेको जेसुकै गर्न—कुनै कसर बाँकी नराखी आफ्नो देहलाई सन्तुष्ट पार्न चाहन्छन्। … मानिसहरूमाझ अब कुनै स्नेह र बफादारी हुँदैन, परिवारका सदस्यहरूबीच अब कुनै प्रेम हुँदैन, नातेदार र साथीहरूबीच अब कुनै समझदारी हुँदैन; मानव सम्बन्धहरू हिंसाले भरिएका हुन्छन्। प्रत्येक व्यक्तिले हिंस्रक साधन र विधिहरूले अरूहरूमाझ जिउन, हिंसा प्रयोग गरेर आफ्नो जीविकोपार्जन सुरक्षित गर्न, हिंसा प्रयोग गरेर आफ्नो पद पाउन र आफ्नो नाफा प्राप्त गर्न, अनि आफूले चाहेका कुनै पनि कुराहरू गर्न हिंस्रक र दुष्ट तरिकाहरू प्रयोग गर्न खोज्छ। के यो मानवजाति डरलाग्दो छैन र?” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ६)। परमेश्वरका वचनहरूबाट मैले के बुझेँ भने शैतानले ख्याति, प्राप्ति र पैसाको प्रयोग गरेर हामीलाई प्रलोभनमा पार्छ, र हामीलाई अरू सबथोकभन्दा पैसालाई बढी महत्त्व दिन लगाउँछ। पैसा कमाउन र अरूबाट प्रशंसा पाउन, हामी नीतिभ्रष्ट हुन्छौँ र आफ्नै विवेकको विरुद्धमा गएर अरूलाई ठग्छौँ। हामी पारिवारिक स्नेह वा मित्रताको समेत कुनै वास्ता गर्दैनौँ, अनि हाम्रा सारा विवेक र समझ हराएर जान्छन्। मैले त्यतिबेलाको कुरा सम्झेँ जब मैले भर्खरै व्यवसाय सुरु गर्दा पनि म इमानदारीपूर्वक पैसा कमाउन सक्ने अवस्थामा थिएँ, तर जब मैले अरू मानिसहरूले ठगेर धेरै पैसा कमाएको, राम्रो भौतिक जीवन जिएको र प्रशंसा पाएको देखेँ, तब म पनि त्यही लयमा लाग्न थालेँ र मैले आफ्नो विवेकलाई धोका दिएँ, अनि आफ्ना ग्राहकहरूलाई ठग्न विभिन्न तरिकाहरू प्रयोग गर्न थालेँ। मैले कमिसन मात्र लिइनँ, निर्माण सामग्रीहरूमा पनि गडबड गरेँ। मैले केही पैसा कमाए पनि, त्यो सबै पैसा ठगी र छलकपट गरेर प्राप्त गरेको थिएँ, र म दिनभरि आकुलव्याकुल हुन्थेँ। खासमा यो सबै शैतानले मानवजातिलाई भ्रष्ट तुल्याउनुको परिणाम पो रहेछ।
पछि, मैले परमेश्वरका अरू धेरै वचनहरू पढेँ र परमेश्वरले कस्ता मानिसहरूलाई मन पराउनुहुन्छ भन्ने कुरा बुझेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “परमेश्वर इमानदार हुनेहरूलाई मन पराउनुहुन्छ भन्ने कुरा तिमीहरूलाई थाहा हुनुपर्छ। परमेश्वरसँग विश्वासयोग्यताको सार छ, त्यसैले उहाँका वचनहरूलाई सधैँ विश्वास गर्न सकिन्छ; यसबाहेक, उहाँका कार्यहरू त्रुटिरहित र निर्विवाद छन्। यसै कारण परमेश्वर उहाँसँग पूर्ण रूपमा इमानदार हुनेहरूलाई मन पराउनुहुन्छ। इमानदारी भनेको तिमीहरूको हृदय परमेश्वरलाई दिनु, कुनै पनि कुरामा परमेश्वरप्रति झूटो नहुनु, सबै कुरामा उहाँसँग खुलस्त हुनु, तथ्यहरू कहिल्यै नलुकाउनु, आफूभन्दा माथिकालाई छल गर्ने र आफूभन्दा तलकाबाट कुराहरू लुकाउने प्रयास कहिल्यै नगर्नु, र परमेश्वरको चापलुसी गर्ने फगत प्रयासका कामकुरा नगर्नु हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तीन अर्तीहरू)। परमेश्वरका वचनहरूबाट मैले परमेश्वर विश्वसनीय र पवित्र हुनुहुन्छ भनेर बुझेँ। परमेश्वरले पूर्ण इमानदारीका साथ बोल्नुहुन्छ, र उहाँका वचनहरूमा शुद्धता हुन्छ, अनि उहाँले इमानदार मानिसहरूलाई मन पराउनुहुन्छ। परमेश्वरले हामी सधैँ उहाँका वचनहरूअनुसार बोलौँ र काम गरौँ, स्पष्ट र सिधा कुरा गरौँ, परमेश्वर वा मानिसहरूलाई झुक्याउने प्रयास नगरौँ भन्ने आशा गर्नुहुन्छ। यसरी मात्र हामीले मानव रूपमा जिउन सक्छौँ र परमेश्वरद्वारा अनुमोदित हुन सक्छौँ। परमेश्वरको अभिप्राय बुझेपछि, निर्माणको काम गर्दा मैले परमेश्वरको छानबिनलाई स्वीकार गर्नुपर्छ र मेरा सबै ग्राहकहरूप्रति इमानदार हुनुपर्छ भन्ने मलाई थाहा भयो। मैले विगत केही वर्षदेखि पैसा कमाउनका लागि मैले कसरी दिनभरि झूट बोल्दै र ठग्दै आएको थिएँ, र आफ्नो विवेकलाई धोका दिने तरिकाले व्यवहार गरिरहेको थिएँ भन्ने कुरा सोचेँ। यसले परमेश्वरको तिरस्कार र घृणा निम्त्याएको थियो। त्यसैले, मैले इमानदार व्यक्ति बन्ने अभ्यास गर्न थालेँ, र ग्राहकहरूसँग बढी पैसा लिन र कमसल काम गर्न छोडिदिएँ। यसरी काम गर्दा मलाई निकै आनन्दित महसुस भयो, र मलाई अलि शान्त र सहज अनुभूति भयो। तर, केही बेरपछि, मैले प्रोजेक्टहरूमा यसरी काम गरिएमा धेरै पैसा कमाउनै सकिँदैन भन्ने महसुस गरेँ। मैले सोचेँ, परमेश्वरले हामीलाई इमानदार मानिस बन्न माग गर्नुहुन्छ, तर आजकल, हरेक क्षेत्रका मानिसहरूले चालबाजी र ठगी गरेर मात्र पैसा कमाउन सक्छन्, त्यसैले म एकदमै दोधारमा परेँ। मलाई कसरी अभ्यास गर्ने भन्ने थाहा थिएन। केही हिचकिचाहटपछि, मैले फेरि आफ्नै व्यक्तिगत स्वार्थ रोजेँ। मैले मनमनै सोचेँ, “इमानदार व्यक्ति बन्न समय लाग्छ। भविष्यमा इमानदार व्यक्ति बन्ने अभ्यास गर्न कहिल्यै ढिला हुँदैन।” एकपटक, एउटा ग्राहकको लागि साजसज्जाको काम गर्दा, मैले राम्रोको सट्टा कम गुणस्तरका सामग्रीहरू, अर्थात् सामान्य र उच्च-गुणस्तरीय देखिने नक्कली सामग्रीहरू प्रयोग गरेँ। त्यसको केही समय नबित्दै, ग्राहकले गल्तीवश मर्मत गरिएको ठाउँमा पानीले भिजाएछन्, अनि फलस्वरूप, गुणस्तरको समस्या छर्लङ्ग भयो। ग्राहकले मैले प्रयोग गरेको सामग्री राम्रो गुणस्तरको छैन भन्ने चाल पाए, त्यसैले उनले अन्तिम बिलबाट १०,००० युआन घटाउन जिद्दी गरे। त्यत्रो हुँदा पनि, मेरो आँखा खुलेन। केही समयपछि, एउटा कपडा पसलकी साहुनीले मलाई उनको पसलको अगाडिको भाग सजाउन भनिन्। मेरो अनुभवमा, कपडा पसलको अगाडिको भाग एकदमै चाँडो-चाँडो परिवर्तन भइरहन्छ। मैले मनमनै सोचेँ, “मैले उनलाई राम्रो सामान दिइनँ भने पनि, उनले थाहा पाउनेछैनन्, र मैले यसबाट धेरै पैसा कमाउन सक्छु। मैले यो प्रोजेक्टबाट पहिले गुमाएको १०,००० युआन पनि पूर्ति गर्न सक्छु।” त्यसैले, मैले उनको पसलका लागि सामान्य सामग्री प्रयोग गरेँ। काम गर्दै गर्दा, एउटा कामदारले भन्यो, “साहुजी, तपाईँलाई साँच्चै व्यापार गर्न आउँदो रहेछ। तपाईँले प्रयोग गरिरहनुभएको प्यानलहरू आल्मुनियम-प्लास्टिक कम्पोजिट प्यानल मात्र होइनन्, ती कम गुणस्तरका सामग्री पनि हुन्। तपाईँले यो प्रोजेक्टबाट टन्नै कमाउनुहुन्छ होला, हगि?” मैले रिसाउँदै भनेँ, “मैले यसो गरिनँ भने, के मेरो अघिल्लो घाटा तैँले तिरिदिन्छस्?” उक्त प्रोजेक्ट छिट्टै सकियो, तर बिल भुक्तानी हुनुअघि नै, ग्राहकले फोन गरेर एउटा प्यानल खसेको र झन्डै एक जनालाई लागेर घाइते बनाएको कुरा गरिन्। जब म त्यहाँ पुगेँ, कपडा पसलकी साहुनीले रिसाउँदै भनिन्, “तपाईँले मेरो काममा कमसल सामान प्रयोग गर्नुभएछ। अब पैसाको हिसाब कसरी मिलाउनुहुन्छ?” मसँग गल्ती स्वीकार गरेर माफी माग्नुको विकल्प थिएन, “म तपाईँलाई यो तुरुन्तै मर्मत गरिदिन्छु। म सामानको मात्र पैसा लिन्छु, ज्याला लिन्नँ।” ग्राहक राजी भइन्। त्यसपछि, म अलमल्ल पर्दै सोच्न बाध्य भएँ, “आजकल किन सधैँ कामकुरा बिग्रिरहन्छन्? मैले यो मौका छोपेर मेरा केही घाटाहरू पूर्ति गर्न चाहेको थिएँ, तर अहिले घाटा झनै बढेको बढ्यै छ। भाग्यवश, यसपालि कसैलाई लागेन, नत्र म ठूलो समस्यामा पर्नेथिएँ।” त्यो समयमा, मैले मनन गर्न थालेँ, “मलाई राम्ररी थाहा छ कि परमेश्वरले इमानदार मानिसहरूलाई प्रेम गर्नुहुन्छ, तर साजसज्जाको काम गर्दा, म अझै पनि मानिसहरूलाई ठग्न जिद्दी गर्छु। यसको कारण के हो?”
पछि, मैले परमेश्वरका वचनहरू पढेँ र मेरो हृदय केही उज्यालो भयो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “मानिसहरूले परमेश्वरको काम अनुभव गर्नु र सत्यता बुझ्नुभन्दा पहिले, भित्रैबाट नियन्त्रण लिने र प्रभुत्व कायम गर्ने भनेको शैतानको प्रकृति नै हो। त्यो प्रकृतिमा विशेष रूपमा के हुन्छ त? उदाहरणको लागि, तँ किन स्वार्थी छस्? तँ किन आफ्नै हैसियतको सुरक्षा गर्छस्? तँ किन आफ्ना भावनाहरूद्वारा यति प्रभावित छस्? तँ किन ती अधर्मी र दुष्ट कुराहरू मन पराउँछस्? तैँले त्यस्ता कुराहरू मन पराउनुको आधार के हो? यी कुराहरू कहाँबाट आउँछन्? त किन ती कुराहरू मन पराउँछस् र स्वीकार गर्छस्? अहिलेसम्ममा, तिमीहरू सबै यो कुरा बुझ्न पुगेका छौ: मुख्य कारण के हो भने, मानिसभित्र शैतानका विषहरू छन्। त्यसो भए, शैतानका विषहरू के हुन्? तिनलाई कसरी व्यक्त गर्न सकिन्छ? उदाहरणको लागि, यदि तैँले ‘मानिसहरू कसरी जिउनुपर्छ? मानिसहरू केको लागि जिउनुपर्छ?’ भनेर सोधिस् भने, सबैले जवाफ दिनेछन्, ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ।’ यही एउटै वाक्यांशले यो समस्याको जड व्यक्त गर्छ। शैतानको दर्शन र तर्क मानिसहरूको जीवन बनेको छ। मानिसहरूले जेसुकैको खोजी गर्ने भए पनि, तिनीहरू वास्तवमा आफ्नै लागि त्यसो गर्छन्—अनि त्यसकारण तिनीहरू सबै आफ्नै लागि जिउँछन्। ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ’—मानिसको जीवन दर्शन यही हो, र यसले मानव प्रकृतिको पनि प्रतिनिधित्व गर्छ। यी वचनहरू पहिले नै भ्रष्ट मानवजातिको प्रकृति भइसकेका छन्, र यी वचनहरू भ्रष्ट मानवजातिको शैतानी प्रकृतिको साँचो चित्रण हुन्। यो शैतानी प्रकृति पूर्ण रूपमा भ्रष्ट मानवजातिको अस्तित्वको जग बनिसकेको छ। भ्रष्ट मानवजाति कैयौँ हजार वर्षदेखि अहिलेको वर्तमान समयसम्म शैतानको यो विषअनुसार जिएको छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पत्रुसको मार्गमा कसरी हिँड्ने)। परमेश्वरका वचनहरूको खुलासाबाट, मैले के बुझेँ भने शैतानले मानिसहरूलाई प्रलोभनमा पार्न र भ्रष्ट तुल्याउन “अरूको होइन आफ्नै दुनो सोझ्याउनुपर्छ,” “पैसा नै पहिलो कुरा हो,” र “चलाकीविनाको धन हुँदैन” जस्ता शैतानी विषहरू प्रयोग गर्छ। जब मानिसहरू यी कुराअनुसार जिउँछन्, तब तिनीहरू झन्-झन् स्वार्थी र घृणास्पद बन्छन् र नाफा नै पहिलो कुरा हो भन्ने ठान्छन्। देश र राष्ट्रदेखि लिएर परिवार र व्यक्तिसम्म, सबैले आफ्नै स्वार्थका लागि चालबाजी गर्न र ठग्न चाहिरहेका हुन्छन्। आफ्ना चाहनाहरू पूरा गर्न तिनीहरू अरूको हितलाई हानि पुऱ्याउन समेत तयार हुन्छन्। तिनीहरूको विवेक नाश भएको हुन्छ र तिनीहरूको मानवता हराएको हुन्छ। सुरुमा, म अझै पनि आफ्नो विवेकको आधारमा साजसज्जा गर्न सक्थेँ, र मेरा ग्राहकहरूलाई राम्रो काम गरिदिन बढी दुःख भोग्न तयार थिएँ। अलिकति थकाइ लाग्ने भए पनि, मेरो हृदयलाई शान्त र सहज महसुस हुन्थ्यो। पछि, मैले मेरो क्षेत्रका मानिसहरू सबैले गाडी चढेको र वर्षमा एक लाख युआनभन्दा बढी कमाएको देखेँ, र मलाई निकै ईर्ष्या लाग्यो। अरूबाट प्रशंसा पाउन र उच्चस्तरीय जीवन जिउन, मैले आफ्नो विवेकको विरुद्धमा गएर ठगी गरेँ र कमिसन लिएँ। मैले कमसल सामानलाई राम्रो भनेर चलाउन नक्कली उच्च-गुणस्तरीय सामग्रीहरू प्रयोग गरेँ, र ग्राहकहरूले थाहा पाउँदा पनि म रोकिनँ; बरु म आफ्नो विवेकको विरुद्धमा जान तयार थिएँ तर पैसाको पछि लाग्न छोड्दिनथेँ। मैले आफू दुष्टताको छालमा पूर्ण रूपमा डुबिसकेको देखेँ। मैले व्यक्तिगत लाभका लागि आफ्नो आत्म-आचरणका आधारभूत सीमाहरू त्यागेँ, नीतिभ्रष्ट भई मेरा ग्राहकहरूलाई ठगेँ, म झन्-झन् स्वार्थी र लोभी बन्दै गएँ, र मैले आफ्नो निष्ठा र मर्यादा गुमाएँ। ती वर्षहरूमा, मैले अरूलाई ठगेर केही पैसा कमाएको भए पनि, मेरा दिनहरू खुसीसाथ बितेका थिएनन्। मैले म मानिसहरूलाई ठगिरहेको छु भन्ने सोच्नेबित्तिकै, मेरो हृदयलाई सास्ती हुन्थ्यो, र मलाई मेरा साथीभाइ र ग्राहकहरूसँग आमनेसामने हुन आँट आउँदैनथ्यो। मेरो मन सधैँ बेचैन हुन्थ्यो र मेरो विवेकले मलाई धिक्कार्थ्यो। म राति राम्ररी सुत्न पनि सक्दिनथेँ, र कहिलेकाहीँ त डरलाग्दो सपना देखेर झसङ्ग ब्युँझन्थेँ। मैले परमेश्वरमा विश्वास गर्न थालेपछि, परमेश्वरले इमानदार मानिसहरूलाई प्रेम गर्नुहुन्छ र इमानदार मानिसहरूले मात्र मुक्ति पाउन र परमेश्वरको राज्यमा प्रवेश गर्न सक्छन् भनेर मलाई राम्ररी थाहा भयो। तर, मेरो हृदयलाई लोभले डोर्याएको थियो, र म नाफाको लागि छली बनेको थिएँ, पापमा जिइरहेको थिएँ र आफैलाई बाहिर निकाल्न सकिरहेको थिइनँ। यदि परमेश्वरका वचनहरूले खुलासा नगरेका भए, मैले झूट बोल्नु र ठग्नुको गम्भीरता बुझ्ने थिइनँ। म दुष्टताको छालमा झन्-झन् गहिरो डुब्दै जानेथिएँ, र आफ्नो विवेकको विरुद्धमा गएर अवैध धन कमाइरहेको हुनेथिएँ। अन्त्यमा, म शैतानद्वारा निलिने थिएँ, र त्यससँगै नरकमा झरेर दण्डित हुनेथिएँ। परमेश्वरको मुक्तिका लागि मैले अन्तरात्मादेखि नै उहाँलाई धन्यवाद दिएँ, र अबउप्रान्त मेरा ग्राहकहरूलाई नछल्ने वा नठग्ने भनेर मनमनै सङ्कल्प गरेँ। मैले इमानदारीपूर्वक बोल्नुपर्थ्यो, इमानदारीपूर्वक काम गर्नुपर्थ्यो, र निष्ठा र मर्यादा भएको व्यक्ति बन्नुपर्थ्यो।
केही समयपछि, ममाथि परीक्षा आइपर्यो। कसैको सिफारिसमार्फत, मैले ७०,००० युआनको प्रोजेक्ट लिएँ। ग्राहक बीसको दशकका थिए र उनलाई सजावटबारे केही पनि थाहा थिएन। मैले ग्राहकसँग उनले प्रोजेक्टको बजेटअनुसार भुक्तानी गर्नु नपर्ने, बरु प्रोजेक्टमा प्रयोग भएको सामग्रीको परिमाणका आधारमा पैसा तिर्नुपर्ने भनी सहमति गरेँ। हामीबीच सहमति भएपछि, हामीले काम सुरु गर्यौँ। ग्राहक कार्यस्थलमा विरलै आउँथे, र मैले मनमनै सोचेँ, “यो त ठूलो अवसर हो। झाराटारुवा तरिकाले काम गरेर मैले हजारौँ युआन बचाउन र आफ्नै खल्ती भर्न सक्छु।” तर फेरि मैले सोचेँ, “मैले इमानदार व्यक्ति बन्नुपर्छ र झूट बोल्ने अनि ठग्ने काम रोक्नुपर्छ।” तर, हृदयमा मैले पैसा कमाउने यो राम्रो अवसरलाई अझै छोड्न सकिरहेको थिइनँ। “यदि मैले इमानदार व्यक्ति बन्ने अभ्यास गरेँ भने, मैले सजिलै हात लाग्ने यो सित्तैको पैसा गुमाउनेछु। फेरि, यस्ता अवसरहरू विरलै आउँछन्। यदि मैले यो अवसर गुमाएँ भने, अर्को अवसर कहिले आउँछ थाहा छैन।” के रोज्ने भनी थाहा नपाइरहेकै बेला, मैले परमेश्वरका वचनहरू पढेँ र हृदयमा शक्ति प्राप्त गरेँ। परमेश्वर भन्नुहुन्छ: “परमेश्वरले मानिसहरूलाई इमानदार हुन माग गर्नुहुने कुराले के प्रमाणित गर्छ भने उहाँले वास्तवमै छली मानिसहरूलाई तिरस्कार गर्नुहुन्छ, र तिनीहरूलाई पराउनुहुन्न। छली मानिसहरूप्रतिको परमेश्वरको घृणा तिनीहरूको काम गर्ने तरिका, तिनीहरूका स्वभाव, साथै तिनीहरूका अभिप्राय, र तिनीहरूले छल गर्ने माध्यमहरूप्रतिको घृणा हो; परमेश्वर यी सबै कुरालाई मन पराउनुहुन्न। यदि छली मानिसहरू सत्यतालाई स्वीकार गर्न, आफूमा छली स्वभाव छ भनेर मान्न सक्छन्, र तिनीहरू इमानदार मानिस बन्नका लागि परमेश्वरको मुक्ति स्विकार्न र सत्यता अभ्यास गर्न इच्छुक हुन्छन् भने, तिनीहरूसँग पनि मुक्ति पाउने आशा हुन्छ, किनभने परमेश्वरले कसैलाई पूर्वाग्रह देखाउनुहुन्न, न त सत्यताले नै त्यसो गर्छ। र त्यसकारण, यदि हामी परमेश्वरलाई प्रसन्न बनाउने मानिस बन्न चाहन्छौँ भने, हामीले सुरुमा आत्म-आचरणका सिद्धान्तहरूलाई परिवर्तन गर्नैपर्छ, शैतानी दर्शनहरूअनुसार जिउन छोड्नैपर्छ, आफ्नो जीवन जिउनका लागि झूट र छलमा भर पर्न छोड्नैपर्छ, र आफ्ना सबै झूटलाई फालेर इमानदार व्यक्ति बन्ने कोसिस गर्नुपर्छ। अनि, हामीप्रतिको परमेश्वरको दृष्टिकोण परिवर्तन हुनेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास)। मानिसहरूले छल गर्नु र ठग्नुलाई परमेश्वरले सबैभन्दा बढी घृणा गर्नुहुन्छ। परमेश्वरले मानिसहरू इमानदार बनून्, तिनीहरूले भन्ने र गर्ने हरेक कुरामा स्पष्ट र सिधा होऊन्, अनि छली नबनून् वा अरूलाई नठगून् भन्ने माग गर्नुहुन्छ। मैले इमानदार व्यक्ति बन्ने अभ्यास गर्नुपर्थ्यो, र छली बन्ने अनि अरूलाई ठग्ने काम रोक्नुपर्थ्यो। त्यसकारण, प्रयोग भएका सामग्रीहरूको मैले इमानदारीपूर्वक हिसाब गरेँ। जब प्रोजेक्ट सकिनै लागेको थियो, मैले हिसाब गर्दा ५७,००० युआन मात्र खर्च भएको रहेछ, र १०,००० युआन भन्दा बढी बाँकी थियो। यो दुई जना कर्मचारीको एक महिनाको तलब बराबर थियो। म सोच्दै थिएँ कि बाँकी रहेको पैसा आफैले राखौँ कि ग्राहकलाई साँचो कुरा बताऔँ, वा सायद दुई भागमा बाँडौँ र आधा-आधा राखौँ—यो मनासिब नै हुन्थ्यो किनभने मैले किनेका सामग्री सस्तो थियो, प्रोजेक्टमा कुनै पनि कुरा खेर गएको थिएन, र मैले उसको पैसा बचाइदिएको थिएँ। तर जब म बिल बनाउन लागेँ, मेरो हृदय बेचैन भयो। मैले फेरि मानिसहरूलाई ठग्न खोज्दै छु भन्ने महसुस गरेँ, अनि मैले परमेश्वरका वचनहरू सम्झेँ: “तेरो हरेक वचन र कर्म अवलोकन गर्दै, तैँले गर्ने हरेक काम-कुरा हेर्दै र तेरा सोच-विचारहरूमा आउने परिवर्तन हेर्दै परमेश्वर ठीक तेरो छेउमा रहनुहुन्छ—यही नै परमेश्वरको काम हो” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने)। जब मैले परमेश्वरका वचनहरू मनन गरेँ, म अलि डराएँ, मानौँ परमेश्वर मेरै छेउमा उभिएर मलाई हेरिरहनुभएको छ। परमेश्वरका वचनहरूले मलाई फेरि एकपटक इमानदार व्यक्ति बन्न र पैसाको लागि झूट नबोल्न वा नठग्न सम्झाए। त्यसैले, मैले तुरुन्तै ग्राहकसँग वास्तविक रकम नै लिएँ। ग्राहकले कृतज्ञ हुँदै भने, “यसको लागि धेरै धन्यवाद! तपाईँले मेरो पैसा बचाइदिनुभयो। यसपटक मैले सही व्यक्तिलाई भनेछु। यदि मैले कुनै बेइमान व्यक्तिलाई काममा लगाएको भए, मैले धेरै पैसा खर्च गर्नुपर्ने हुन्थ्यो।” उनले यसो भनेको सुनेर, मेरो हृदय साँच्चै खुसी र ढुक्क भयो।
त्यसपछि, कहिलेकाहीँ निर्माण प्रोजेक्टहरूमा ठूलो नाफाको सम्भावना हुँदा, ममा अझै पनि छली बन्ने र ठग्ने विचारहरू आउँथे, तर म परमेश्वरलाई प्रार्थना गर्थेँ र परमेश्वरका वचनहरूअनुसार अभ्यास गर्थेँ, अनि इमानदार व्यक्ति बन्ने अभ्यास गर्थेँ। यसरी अभ्यास गर्दा, मेरो हृदयलाई निकै सहज महसुस हुन्थ्यो, र मैले पहिलेभन्दा धेरै प्रोजेक्टहरू पाएँ। तीमध्ये ८० प्रतिशत कामहरू त ग्राहकहरूले एक-अर्कालाई सिफारिस गरेर आएका थिए। हाम्रा सबै ग्राहकहरूले हामी इमानदार भएकोमा, हामीले राम्रो काम गरेकोमा र राम्रो सामग्री प्रयोग गरेकोमा हाम्रो प्रशंसा गर्थे। हामी काममा हुँदा उनीहरूले निरन्तर निगरानी गरिराख्नु पर्दैनथ्यो, र हामीले गरेको काममा उनीहरू निकै ढुक्क थिए। ममा यस्तो परिवर्तन आउनु भनेको परमेश्वरका वचनहरूअनुसार अभ्यास गर्नुको परिणाम हो। मलाई पापको दलदलबाट बचाउन आफ्नो मुक्तिको हात बढाउनुभएकोमा म परमेश्वरप्रति कृतज्ञ छु। म अन्तरात्मादेखि नै परमेश्वरलाई धन्यवाद दिन्छु!