३३. बर्खासीमा परेपछि मैले सिकेका पाठ

छेन जिन, चीन

सन् २०१२ मा, म मण्डली अगुवा चयन भएँ। परमेश्‍वरको मार्गदर्शनले गर्दा, हाम्रो मण्डलीको सुसमाचारको कामले केही नतिजा ल्यायो, अनि हामीले दुईवटा नयाँ मण्डली पनि स्थापना गर्‍यौँ। त्यो बेला, ब्रदर-सिस्टरहरूले मण्डलीको निर्वाचनको काम सञ्चालन गर्न मलाई मनोनयन गरे, अनि ब्रदर-सिस्टरहरू खराब स्थितिमा हुँदा, सङ्गति गरी तिनीहरूलाई मद्दत गर्न पनि मलाई आग्रह गर्थे। मेरो सङ्गतिपछि, तिनीहरू आफ्ना स्थिति बदल्न सक्षम हुन्थे। विशेष गरी सहकर्मी भेलाहरूमा, हाम्रो मण्डलीले सबैभन्दा धेरै नयाँ विश्वासी ल्याएको, अगुवा र डिकनहरूको सङ्ख्या सबभन्दै धेरै रहेको, अनि सबै पक्षमा काम सहज रूपमा अघि बढिरहेको देख्दा म एकदमै खुसी हुन्थेँ। मलाई आफूमा साँच्चै नै कार्य सामर्थ्य छ र मानिसहरूलाई छनोट गर्न र तिनीहरूको उपयोग गर्न म सिपालु छु जस्तो लाग्थ्यो।

पछि, म प्रचारक चयन भएँ। एक पटक, म एउटा मण्डलीको निर्वाचनको अध्यक्षता गर्न गएँ, र पहिलो चरणको निर्वाचनमा वाङ छेन नामकी सिस्टरले सबैभन्दा धेरै भोट पाइन्। मैले मनमनै सोचेँ, “वाङ छेन हैसियतप्रति आसक्त र देखावा गर्न मन पराउने भए तापनि, हाम्रो केही पटकको अन्तरक्रियामा, मैले उनमा आफ्नो भ्रष्ट स्वभावबारे केही बुझाइ रहेको देखेकी छु। उनी अगुवा हुन योग्य छिन्।” त्यस दिन, मैले झाङ लिनलाई देखेँ, जो पहिले मण्डलीको अगुवा पदबाट बर्खास्त भएकी थिइन्। झाङ लिनले मलाई भनिन्, “वाङ छेन अक्सर आफूबारे गवाही दिने र देखावा गर्ने गर्छिन्। आफ्नो स्थितिबारे सङ्गति गर्दा, उनी आफ्ना राम्रा पक्षहरू मात्र बताउँछिन् र आफ्नो भ्रष्टताका बारेमा कहिल्यै कुरा गर्दिनन्। यसले गर्दा ब्रदर-सिस्टरहरूले उनलाई उच्च ठान्छन्, सम्मानको दृष्टिले हेर्छन्, र उनले सत्यतामा सङ्गति गरी समस्याहरू समाधान गर्न सक्छिन् भन्छन्। साथै, उनले आफू अगुवाबाट बर्खास्त भएको कुरामा कुनै बुझाइ प्राप्त गरेकी छैनन्; उनलाई अगुवा चयन गर्नु उचित होइन!” यो सुनेपछि, मेरो मनमा झाङ लिनबारे आफ्नै केही विचार आए। मैले सोचेँ, “आफू भर्खरै बर्खास्त भएकीले, वाङ छेन चुनिएको देख्दा तिमीलाई नराम्रो लागेको त होइन? त्यसमाथि, मैले वाङ छेनसँग धेरै पटक अन्तरक्रिया गरेकी छु, र मलाई लाग्छ, उनले आफ्नो अघिल्लो बर्खासीका बारेमा केही बुझाइ देखाएकी छिन्। तिमीले भनेजस्तै चाहिँ होइन। तिमीले आफ्ना भनाइहरूपछाडिका मनसायबारे चिन्तन गर्नुपर्छ।” विगतमा, मण्डलीका लगभग सबै निर्वाचनहरू म आफैले सञ्चालन गर्दै आएकी थिएँ, र चुनिएका धेरैजसो आफ्ना कामका लागि योग्य नै थिए, त्यसैले मलाई आफ्नो निर्णय क्षमता राम्रो छ जस्तो लाग्यो र मैले झाङ लिनको सल्लाह स्वीकार गर्न चाहिनँ। घर पुगेपछि, मैले आफ्नो सहकर्मी सिस्टरलाई यस निर्वाचनमा वाङ छेनले सबैभन्दा धेरै भोट पाएको कुरा बताएँ। उनी यो सुनेर छक्क परिन्, र भनिन्, “वाङ छेनमा हैसियतको तीव्र चाहना छ र देखावा गर्ने गम्भीर समस्या छ। अगुवाका रूपमा, कामको रिपोर्ट गर्दा उनी आफ्नो राम्रो पक्षमा केन्द्रित हुन्थिन् र आफ्ना विचलनहरू कहिल्यै उल्लेख गर्थिनन्। उनले आफ्नो स्थितिका बारेमा कुरा गर्दा, सबै सकारात्मक मात्र हुन्थ्यो; उनले कहिल्यै कसैलाई आफ्नो भ्रष्ट पक्ष देख्न दिन्नथिन्। उनी भन्थिन्, केही कुरा आइपर्दा ब्रदर-सिस्टरहरू सबैले उनलाई नै भन्थे, तर सिद्धान्तहरू खोज्दैनथे। त्यो बेला, हामी उनीसँग सङ्गति गरेर देखावा गर्ने अनि आफ्नै गवाही दिने उनका समस्याहरू औँल्याउँथ्यौँ, तर उनले आफ्नो त्यस्तो अभिप्राय नभएको र ब्रदर-सिस्टरहरूले नै उनलाई उच्च मान्न चाहेको बताउँथिन्। बर्खास्त भएपछि, उनले कुनै आत्मबुझाइ प्राप्त गरेकी छैनन्। हामी अझै पनि वाङ छेनलाई छर्लङ्ग देख्न सक्दैनौँ; तपाईँले यस विषयमा सत्यता खोजिरहनुपर्छ।” यो सिस्टरले पनि मैले छानेको व्यक्तिलाई अस्वीकार गरेको सुन्दा, मलाई निकै नराम्रो लाग्यो। मैले मनमनै सोचेँ, “तिमी कयौँ वर्षअघिका कुरा भन्दै छौ। वाङ छेनसँगको पछिल्ला केही भेटमा मैले उनी आफूलाई बुझ्न सक्षम छिन् भनी देखेकी छु। तिमीले भनेजस्तो त होइन। उनका बारेमा यति चाँडै कुनै निष्कर्ष ननिकाल। त्यसमाथि, म अगुवा भएको केही वर्ष भइसकेको छ, र मेरो धेरै मानिससँग भेट भएको छ र कसरी खुट्याउने भनेर मलाई थाहा छ। मानिसहरू चयन गर्ने र तिनीहरूलाई उपयोग गर्ने कुरामा म तिमीभन्दा बढी अनुभवी छु; के म साँच्चै यस विषयमा गलत हुन सकूँला र?” तर बाहिरबाट भने मैले उनलाई नरम भएर भनेँ, “तपाईँले भनिरहेका कुरा कयौँ वर्षअघि भएका हुन्; वाङ छेनमा अहिले केही आत्मबुझाइ छ। हामीले मानिसहरूको विगत मात्र हेरेर हुँदैन; तिनीहरूलाई सही तरिकाले हेर्नुपर्छ।” ती सिस्टरले कुनै जवाफ नदिँदा, म नै सही छु भन्ने मेरो विश्वास झन् दृढ भयो।

अर्को एक पटक मैले ली ली नामकी सिस्टरलाई देखेँ। उनी अगुवाको भूमिकाबाट बर्खास्त भएकी थिइन् र अत्यन्तै नकारात्मक थिइन्। मैले सोचेँ, यदि मैले उनका लागि कुनै कर्तव्यको प्रबन्ध गरेँ भने, सायद त्यसले उनलाई आफ्नो नकारात्मक स्थितिबाट छिट्टै बाहिर आउन मद्दत गर्न सक्छ। मैले मण्डलीलाई साधारण मामिलाका डिकनको आवश्यकता छ भन्ने देखेँ, त्यसैले मैले ली लीलाई सम्झेँ, र उनलाई यो कर्तव्य सम्हाल्न दिने विचार गरेँ। ली लीलाई साधारण मामिलाका डिकनका रूपमा खटाउने विषयमा छलफल गर्न म मण्डली अगुवा झाङ हुइलाई भेट्न गएँ। झाङ हुइले भनिन्, “बर्खास्त भएपछि ली लीले कुनै आत्मबुझाइ देखाएकी छैनन्। ब्रदर-सिस्टरहरूले उनका समस्याहरू औँल्याउँदा उनी स्वीकार गर्दिनन्, बरु उल्टै जवाफ फर्काउँछिन् र विवाद गर्छिन्, जसले गर्दा सबैले उनीबाट नियन्त्रित भएको महसुस गर्छन्। ब्रदर-सिस्टरहरूले उनको मानवता खराब छ र उनले सत्यता स्वीकार गर्दिनन् भनेर रिपोर्ट गरेका छन्। सिद्धान्तअनुसार, उनी साधारण मामिलाका डिकन हुन योग्य छैनन्।” झाङ हुइका कुरा सुनेर मलाई निकै हेय भाव जाग्यो। मैले मनमनै सोचेँ, “ली ली भर्खरै बर्खास्त भएकी हुन्; उनले आफूलाई खासै नबुझ्नु सामान्य कुरा हो। अनि विगतमा उनीसँग अन्तरक्रिया गर्दा, मैले उनको मानवता खराब छ भन्ने याद गरेकी थिइनँ। के तिमीहरूलाई मानिसहरूलाई जाँच्‍न आउँछ र? ली लीलाई आफ्नो प्रतिष्ठाको निकै पर्वाह भए तापनि र आफ्ना समस्या औँल्याउने मानिसहरूसँग कहिलेकाहीँ तर्क गरे तापनि, उनी घटनापछि आत्मचिन्तन गरी आफूलाई चिन्न खोज्छिन्, अनि आफ्नो खराब मनस्थितिलाई आफ्नो कर्तव्यमा बाधा बन्न दिन्नन्। उनले आफ्नो कर्तव्यलाई बोझको बोधले हेर्छिन्।” त्यसैले मैले झाङ हुइलाई भनेँ, “म यो सिस्टरलाई राम्ररी चिन्छु, र मैले उनको मानवता खराब छ भन्ने याद गरेकी छैनँ। उनले साधारण मामिलाको कर्तव्य गर्दा ठीकै हुन्छ।” बाहिरबाट म धेरै जिद्दी नदेखिए तापनि, म अझै पनि मनमनै सोच्दै थिएँ, “म वर्षौँदेखि अगुवा भएकी छु; के म साँच्चै यस विषयमा गलत निर्णय गर्छु होला र? मैले भनेजस्तै हुनेछ। म त यहाँ तिमीलाई जानकारी दिन मात्र आएकी हुँ। अन्त्यमा, निर्णय मेरै हुन्छ।” त्यसपछि, मैले ली लीलाई साधारण मामिलाका डिकनका रूपमा सीधै खटाएँ। अनि त्यससँगै, म अहङ्कार र अभिमानको स्थितिमा जिएँ; मेरो कुरा कि त मान्नुपर्थ्यो, कि त छोडेर जानुपर्थ्यो भन्ने मेरो जिद्दी थियो, र मैले अरूको सल्लाह स्वीकार गरिनँ। मलाई लाग्थ्यो, म महान् छु, र विषयहरूलाई हेर्ने मेरो तरिकामा गहिराइ छ। साथै, मसँग सहकार्य गरिरहेकी सिस्टरसँग कामको विषयमा छलफल गर्दा, म सधैँ आफ्नो निर्णय क्षमता उनको भन्दा राम्रो छ भन्ने ठान्थेँ, र म आफ्नै विचारमा अडिग रहन्थेँ। त्यसपछि, मेरो कर्तव्यका नतिजाहरू खस्किन थाले, र मेरो स्थिति झन्-झन् खराब हुँदै गयो। परमेश्‍वरका वचनमा सङ्गति गर्दा समेत, मैले कुनै ज्योतिका बारेमा कुरा गर्न सकिनँ। आफ्नो कर्तव्य निर्वाह गर्दा म सधैँ झकाउथेँ, र बेलुका ८ वा ९ बज्नेबित्तिकै मलाई निद्रा लाग्थ्यो। मलाई आफूले पवित्र आत्माको काम गुमाएको जस्तो, अनि परमेश्‍वरले मबाट उहाँको मुहार लुकाइरहनुभएको जस्तो महसुस भयो। त्यतिबेला, म अझै पनि आफूमा भएका यी समस्याहरू पहिचान गर्न असमर्थ थिएँ। केही दिनपछि, मैले परमेश्‍वरको ताडना र अनुशासनको सामना गरेँ।

एक साँझ, मैले झुक्किएर एउटा रिपोर्ट पत्र खोलेँ। त्यस पत्रमा भनिएको थियो, प्रचारकका रूपमा मेरो समयमा मैले सिद्धान्तहरूअनुसार कामकुरा सम्हालेकी थिइनँ। ब्रदर-सिस्टरहरूले वाङ छेन अगुवा हुन योग्य छैनन् भनेर मलाई रिपोर्ट गर्दा, मैले त्यसलाई स्वीकार गरिनँ, र मैले वास्तविक अवस्था बुझ्ने प्रयास गरिनँ। वाङ छेन अगुवा भएको समयमा, ब्रदर-सिस्टरहरूको स्थिति खराब हुँदा उनले तिनीहरूलाई सङ्गति गरेर मद्दत गर्न परमेश्‍वरका वचन खोजिनन्, बरु सत्यता नपछ्याएको भन्दै तिनीहरूलाई हप्काउँथिन्। उनीसँग सहकार्य गरिरहेकी सिस्टर शिआओसुएले उनका समस्याहरू औँल्याइन्, तर उनले त्यसलाई स्वीकार नगरेकी मात्र होइनन्, ब्रदर-सिस्टरहरूमाझ शिआओसुएविरुद्ध आफ्ना गलत धारणाहरू पनि फैलाइन्। यसले गर्दा सबैले वाङ छेनको पक्ष लिए र शिआओसुए झूटो अगुवा हुन् भनी विश्वास गरे। यसले मण्डलीमा अस्तव्यस्तता उत्पन्न गर्‍यो, र ब्रदर-सिस्टरहरूले दुई महिनाभन्दा बढी समय सामान्य मण्डली जीवन बिताउन पाएनन्। तिनीहरूको जीवन प्रवेशमा हानि पुग्यो, अनि मण्डलीको काममा गम्भीर रूपमा बाधा र अवरोध आयो। यो रिपोर्ट पत्र पढेपछि, म शिरदेखि पाउसम्म कामिरहेकी थिएँ र मेरो मुटु ढुकढुक गर्न थाल्यो। पत्रको प्रत्येक शब्दले मेरो मुटु छेड्यो, र यस्तो लाग्यो कि मलाई दोषी ठहराइएको छ; म आतङ्कित र भयातुर अवस्थामा थिएँ। मैले मनमनै सोचेँ, “अब त म साँच्चै सिद्धिएँ। के माथिल्लो तहकी अगुवाले मलाई बर्खास्त गर्ने हुन्?” “परमेश्‍वरको काम अब अन्त्यतिर आइरहेको छ। यदि म यतिबेला बर्खास्त भएँ भने, के त्यसको अर्थ म प्रकट भएँ भन्ने हुनेछैन र? के त्यसको अर्थ मैले मुक्ति पाउने कुनै आशा रहनेछैन भन्ने हुनेछैन र?” मेरो छातीमा कुनै गह्रौँ भारीले थिचेजस्तो महसुस भयो। अगुवाले मलाई जुनसुकै बेला बर्खास्त गर्लिन् भन्ने डरले, ती केही दिन मैले राम्ररी खाइनँ, र म सुत्न पनि सकिनँ। चाँडै नै, माथिल्लो तहकी अगुवाले मसँग एउटा बैठकको प्रबन्ध गरिन्। ममा कुनै आत्मबुझाइ नरहेको देखेपछि, उनले मलाई खुलासा गरिन् र मेरो काटछाँट गरिन्, अनि म अत्यन्तै अहङ्कारी छु, ब्रदर-सिस्टरहरूको सल्लाह स्वीकार गर्दिनँ, आफ्नो कर्तव्यमा स्वेच्छाचारी र जथाभाबी व्यवहार गर्छु, अनि मण्डलीको काममा अवरोध पुर्‍याउने र बाधा दिने काम गरिरहेकी छु भनिन्। अन्ततः अगुवाले मलाई बर्खास्त गरिन्। बर्खास्त भएपछि, म धेरै नकारात्मक भएँ; मलाई परमेश्‍वरका वचन खान-पिउन वा प्रार्थना गर्न मन लागेन, र अगुवाले मलाई कसरी खुलासा गरिन् भनेर सम्झनेबित्तिकै म हृदयविदारक भएर दुःखी हुन्थेँ। मलाई आफू सिद्धिएँ, म अति अहङ्कारी छु, र मेरो उद्धार हुन सक्दैन जस्तो लाग्यो। मैले आफैलाई नै त्यागेँ र म निराशामा डुबेँ, समय हुँदा पनि आत्मचिन्तन गरिनँ, बरु पीडा भुलाउन केवल टीभी कार्यक्रमहरू हेरेर बसेँ। म एक अन्योल र लठ्ठिएको अवस्थामा दिनहरू बिताउँथेँ, जिउँदो लासजस्तै बाँचेँ। कहिलेकाहीँ म सोच्थेँ, “म खासमा केका लागि परमेश्‍वरमा विश्वास गर्दैछु त? म बर्खास्त भएकाले गर्दा के म अब साँच्चै सत्यता पछ्याउन छोड्नेछु त? विगतमा मैले जुन ऊर्जाका साथ पछ्याउथेँ, त्यो ऊर्जा अहिले किन हरायो? के म साँच्चै नै परमेश्‍वरमा इमानदारीपूर्वक विश्वास गर्ने व्यक्ति हुँ र?” यति सोचेर म परमेश्‍वरसामु गएँ र प्रार्थना गरेँ, “हे परमेश्‍वर! बर्खास्त भएपछि, म नकारात्मकतामा गएकी छु र यस्तो हालतमा आइपुगेकी छु। मैले आफ्नो कद साँच्चै नै यति सानो छ भन्ने देख्छु। परमेश्‍वर, बिन्ती मलाई यो नकारात्मक स्थितिबाट निस्कन मार्गदर्शन गर्नुहोस्।”

एक दिन, मेरो उपासनाको समयमा, मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “कतिपय मानिसहरू के सोच्छन् भने, एकपटक कुनै व्यक्तिले न्याय, सजाय, काटछाँट भोगिसकेपछि वा उसको साँचो रङ खुलासा भइसकेपछि, उसको परिणाम निर्धारित भइहाल्छ र उसले मुक्ति पाउने कुनै आशा रहँदैन। अधिकांश मानिसहरू यस मामिलालाई स्पष्ट रूपमा बुझ्न सक्दैनन्, तिनीहरू चौबाटोमा हिचकिचाउँदै बसिरहेका हुन्छन्, र तिनीहरूलाई अगाडिको मार्ग कसरी हिँड्ने थाहै हुँदैन। के यसको अर्थ तिनीहरूमा अझै पनि परमेश्‍वरको कामबारे साँचो ज्ञान छैन भन्‍ने होइन र? के परमेश्‍वरको काम र परमेश्‍वरद्वारा मान्छेलाई दिइने मुक्तिबारे सधैँ सन्देह राख्नेहरूसँग कुनै साँचो विश्‍वास हुन्छ र? सामान्यतया, जब कतिपय मानिसहरूलाई काटछाँट गर्न बाँकी हुन्छ र तिनीहरूले अझै पनि कुनै बाधा-व्यवधानको सामना गरेका हुँदैनन्, तिनीहरूलाई आफूले सत्यताको खोजी गर्नुपर्छ र आफ्‍नो विश्‍वासमा परमेश्‍वरका अभिप्रायलाई सन्तुष्ट तुल्याउनुपर्छ भन्‍ने लाग्छ। तैपनि, तिनीहरूले अलिकति ठक्‍कर खाइसकेपछि वा कुनै कठिनाइ देखा परिसकेपछि, तिनीहरूको धोका दिने प्रकृति देखा पर्छ, जुन हेर्दा घृणास्पद देखिन्छ। पछि गएर, तिनीहरूले पनि घृणित महसुस गर्छन्, र अन्तिममा आफ्‍नै परिणामबारे यसो भन्दै निष्कर्ष निकाल्छन्, ‘मेरो लागि सबै समाप्त भयो! यदि म यस्तो गर्न सक्‍छु भने, के त्यसको अर्थ म सकिएँ भन्‍ने हुँदैन र? परमेश्‍वरले मलाई कहिल्यै पनि मुक्ति दिनुहुनेछैन।’ धेरै मानिसहरू यही स्थितिमा छन्। सबैजना यस्तै छन् भनेर पनि भन्‍न सकिन्छ। मानिसहरूले किन आफैप्रति यस्तो निष्कर्ष निकाल्छन् त? तिनीहरूले अझै पनि मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको अभिप्रायलाई बुझ्दैनन् भन्‍ने यसले प्रमाणित गर्छ। एकपटक मात्रै काटछाँटमा पर्दा पनि यसले तँलाई लामो समयसम्म नकारात्मकतामा लैजान सक्छ, र तैँले यसबाट आफूलाई बाहिर निकाल्नै नसक्‍ने हुन सक्छ, यहाँसम्म कि तैँले आफ्नो कर्तव्य पनि छोड्न सक्छस्; सानो घटनाले समेत तँलाई तर्साएर अबउप्रान्त सत्यता पछ्याउनबाट रोक्न र तँलाई त्यहीँ अड्काएर राख्‍न सक्छ। मानौँ, आफू त्रुटिविहीन र निष्खोट छु भन्‍ने अनुभव गर्दा मात्रै मानिसहरू आफ्नो पछ्याइमा जोसिला हुन्छन्, तर आफू अत्यन्तै भ्रष्ट भएको थाहा पाउँदा, तिनीहरूसँग सत्यताको पछि लागिरहने हृदय नै हुँदैन। धेरै मानिसहरूले निराशा र नकारात्मकताका यस्ता शब्‍दहरू बोलेका छन्, ‘अवश्य नै मेरो लागि सबै सकियो; परमेश्‍वरले मलाई मुक्ति दिनुहुने छैन। यदि परमेश्‍वरले मलाई क्षमा दिनुभयो भने पनि, मैले आफूलाई क्षमा दिन सक्दिन; म कहिल्यै पनि परिवर्तन हुन सक्दिनँ।’ मानिसहरूले परमेश्‍वरको अभिप्रायलाई बुझ्दैनन्, जसले तिनीहरूले अझै पनि उहाँको कामलाई जानेका छैनन् भन्‍ने देखाउँछ। वास्तवमा, मानिसहरूले आफ्ना सबै अनुभवहरूको दौरान कहिलेकाहीँ केही भ्रष्ट स्वभाव प्रकट गर्नु वा दूषित तरिकाले वा गैरजिम्मेवार ढङ्गले वा झाराटारुवा किसिमले वा बफादारीविना काम गर्नु स्वाभाविक कुरा हो। यस्तो हुनुको कारण मानिसहरूमा भ्रष्ट स्वभाव हुनु हो; यो अटुट नियम हो। यदि यी प्रकटीकरणहरू हुँदैनथे भने, तिनीहरूलाई किन पो भ्रष्ट मानवजाति भनिन्थ्यो र? यदि मानवजाति भ्रष्ट हुँदैनथ्यो भने, परमेश्‍वरले गर्नुहुने मुक्तिको कार्य पनि निरर्थक हुनेथ्यो। अब समस्या के हो भने, मानिसहरूले सत्यता नबुझ्ने हुनाले, तिनीहरू आफूलाई साँचो रूपमा नबुझ्‍ने भएकाले, र तिनीहरूले आफ्नै स्थिति स्पष्टसँग देख्न नसक्ने हुनाले, तिनीहरूलाई प्रकाश देखाउन र खुलासा र न्यायका वचनहरू बोलिदिन परमेश्‍वरको आवश्यकता पर्छ। अन्यथा, तिनीहरू चेतनाशून्य र मन्दबुद्धिकै रहनेछन्। यदि परमेश्‍वरले यसरी काम गर्नु नभएको भए, मानिसहरू कहिल्यै बदलिने थिएनन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। यो परमेश्‍वरका वचनको खण्डले न्यानो बहावजस्तै मेरो हृदयलाई न्यानो बनायो, मलाई सान्त्वना दियो र प्रोत्साहित गर्‍यो। मैले अन्ततः के बुझेँ भने म यो निराशाको स्थितिमा बाँचिरहनुको कारण मैले परमेश्‍वरको कामलाई बुझ्न नसक्नु रहेछ। म सोच्थेँ, मैले आफ्नै इच्छाअनुसार मानिसहरूलाई छनोट गर्ने र तिनीहरूको उपयोग गर्ने, अनि मण्डलीको काममा अवरोध पुर्‍याउने र बाधा दिने काम गरेकी हुनाले परमेश्‍वरले मलाई अब मुक्ति दिनुहुनेछैन। वास्तवमा, परमेश्‍वरले मलाई आफ्नो भ्रष्टता बुझ्नका लागि मद्दत गर्न यो प्रकटीकरणको प्रयोग गरिरहनुभएको थियो। तथ्यहरू प्रकट नभएका र यो काटछाँट नभएको भए, मैले आफ्नो अहङ्कारी स्वभाव कति गम्भीर रहेछ, र परमेश्‍वरको प्रतिरोध गर्ने यति धेरै कुरा मैले कसरी गर्न सकेकी रहेछु भन्ने कुरा देख्ने थिइनँ। अब, म बर्खास्त भएकी थिएँ, र यो परमेश्‍वरले मलाई दिएको सुरक्षा थियो, मैले तुरुन्तै दुष्टता गर्न छोडेर आत्मचिन्तन गर्न, पश्चात्ताप गर्न र बदलिन सकूँ भनेर दिएको अवसर थियो। तर मैले अझै पनि परमेश्‍वरलाई गलत बुझेँ, उहाँले मलाई प्रकट गरी हटाउँदै हुनुहुन्छ भनी सोचेँ, त्यसैले म नकारात्मकतामा जिएँ र आफैलाई निराशा पुर्‍याएँ। मैले परमेश्‍वरलाई निकै गहिरो चोट पुर्‍याएकी थिएँ! मलाई परमेश्‍वरप्रति अत्यन्तै ऋणी महसुस भयो, त्यसैले मैले मनमनै आफैलाई भनेँ, “म जतिसुकै भ्रष्ट भए तापनि, माथि उठ्न मैले सक्दो प्रयास गर्नैपर्छ। म थप नकारात्मकतामा डुब्दै जान मिल्दैन।” त्यसपछि, मैले सामान्य रूपमा परमेश्‍वरका वचन खाएँ-पिएँ अनि उहाँलाई हरेक दिन प्रार्थना गरेँ, र बिस्तारै, मेरो स्थितिमा सुधार आउन थाल्यो।

त्यस समयमा, म किन असफल भएँ र लडखडाएँ भन्नेबारे पनि मैले चिन्तन गरेँ। मैले परमेश्‍वरका वचनको एउटा खण्ड पढेँ। “‘स्वेच्छाचारी र अविवेकी’ हुनुको अर्थ के हो? यसको अर्थ तैँले कुनै समस्या सामना गर्दा कुनै प्रक्रियागत सोच वा खोजीविना तँलाई जसरी ठिक लाग्छ त्यसरी नै कार्य गर्नु हो। अरूले भनेको कुनै कुराले तेरो हृदय छुन वा तेरो मन परिवर्तन गर्न सक्दैन। तँलाई सत्यता सङ्गति गरिँदा पनि तैँले यो स्विकार्न सक्दैनस्, तँ आफ्नै रायहरूमा टाँसिइरहन्छस्, अरूले कुनै सही कुरा भन्दा सुन्दै सुन्दैनस्, आफैलाई सही ठान्छस्, र आफ्नै विचारहरूमा झुण्डिरहन्छस्। तेरो सोचाइ सही छ भने पनि, तैँले अरू मानिसहरूका रायलाई पनि विचार गर्नुपर्छ। अनि यदि तैँले अरूका रायलाई पटक्‍कै विचार गर्दैनस् भने, के यो अति आत्मधर्मी हुनु होइन र? अति आत्मधर्मी र आफूखुसी गर्ने मानिसहरूलाई सत्यता स्विकार्नु सजिलो हुँदैन। यदि तैँले केही गलत गरिस् र अरूले तँलाई ‘तपाईंले यो सत्यताअनुसार गरिरहनुभएको छैन’ भनेर आलोचना गरे भने, तँ यसरी जवाफ दिन्छस्, ‘मैले यो सत्यताअनुसार गरिरहेको छैनँ भने पनि, म यसरी नै गर्नेछु,’ अनि त्यसपछि तैँले यो सही भनेर उनीहरूलाई सोच्न लगाउने केही कारण खोज्छस्। यदि उनीहरूले तँलाई ‘तपाईंले त उपद्रो गर्दै हुनुहुन्छ, र यसले मण्डलीको काममा हानि गर्नेछ’ भनेर निन्दा गरे भने, तैँले त्यो सुन्दैनस् मात्र होइन, बहानाहरूसमेत बनाइरहन्छस्: ‘मलाई यो सही तरिका लाग्यो र म त्यसरी नै गर्दै छु।’ यो कस्तो स्वभाव हो? (अहङ्कार।) यो अहङ्कार हो। अहङ्‌कारी प्रकृतिले तँलाई दुराग्रही बनाउँछ। यदि तँसित अहङ्‌कारी प्रकृति छ भने, तैँले स्वेच्छाचारी र अविवेकी व्यवहार गर्नेछस्, कसैले भनेको कुरा सुन्‍नेछैनस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरले खुलासा गरेको कुरा ठ्याक्कै मेरै व्यवहार थियो। उहाँले वर्णन गर्नुभएजस्तै म अहङ्कारी स्वभाव भएकी, जथाभाबी र स्वेच्छाचारी रूपमा काम गर्ने व्यक्ति थिएँ। मलाई लाग्थ्यो, मानिसहरू छान्ने र तिनीहरूको उपयोग गर्ने कुरामा म निकै अनुभवी छु, र सिद्धान्तहरूका आधारमा मानिसहरूलाई जाँच्‍न मलाई आउँछ, त्यसैले म ब्रदर-सिस्टरहरूका सुझावहरू सुन्न अनिच्छुक हुन्थेँ, आफू सही छु र कसैलाई गलत मूल्याङ्कन गर्नेछैनँ भनी सोच्थेँ मण्डलीका अगुवाहरू चुन्ने विषयमा, झाङ लिन र मसँग सहकार्य गरिरहेकी सिस्टरले वाङ छेन सधैँ देखावा गर्ने र आफ्नै गवाही दिने गर्छिन्, आफू बर्खास्त भएको बारेमा उनले कुनै साँचो बुझाइ प्राप्त गरेकी छैनन्, र उनी अगुवा हुन अयोग्य छिन् भनी मलाई सम्झाएका थिए। तर, मैले ती सिस्टरहरूको सल्लाहलाई ध्यान नै दिइनँ, म धेरै वर्षदेखि अगुवा रही आएकी छु र मानिसहरूलाई जाँच्‍न सुपालु छु भन्ने ठानिरहेँ। मैले यस मामिलामा थप खोजीनिती गर्ने र बुझ्ने प्रयास नगरेकी मात्र होइन, मैले ती सिस्टरहरूको कुरा खण्डन पनि गरेँ, तिनीहरूले मैले भनेजस्तै गरुन् भन्ने चाहेँ। म अहङ्कारी र आत्मधर्मी भएकी, र मैले आफ्नै विचारहरूमा अडिग रहेर जथाभाबी काम गरेकी कारण, वाङ छेन अगुवा बनिन्, जसले मण्डली जीवनमा अवरोध पुर्‍यायो र बाधा दियो। साथै, ली लीलाई पदोन्नति गर्ने सम्बन्धमा, झाङ हुइले उनी भर्खरै बर्खास्त भएकी र उनमा आत्मबुझाइ नरहेको, अनि उनको मानवता पनि खराब रहेको, उनी अरूको सल्लाह स्वीकार नगर्ने, र साधारण मामिलाका डिकन हुन अयोग्य रहेको कुरा मलाई बताएकी थिइन्। झाङ हुइले भनेको कुरा सही हो भन्ने मलाई थाहा भए तापनि, ली लीलाई कुनै कर्तव्य दिँदा उनको स्थिति चाँडो सुधार गर्न मद्दत पुग्छ भन्ने मलाई लाग्यो। मैले म उनलाई राम्ररी जान्दछु भन्ने पनि ठानेँ, त्यसैले मैले उनलाई पदोन्नति गर्ने कुरामा जिद्दी गरेँ। मानिसहरू छान्ने र तिनीहरूको उपयोग गर्ने यी दुई घटनामा, दुवै पटक ब्रदर-सिस्टरहरूले मलाई केही सुझाव दिए, तर तिनीहरूले भनेका कुरा मैले अलिकति पनि सुनिनँ। फलस्वरूप, मैले मण्डलीको काममा गम्भीर अवरोध र बाधाहरू ल्याएँ, र ब्रदर-सिस्टरहरूले दुई महिनाभन्दा बढी समय सामान्य मण्डली जीवन बिताउन पाएनन्। यो मैले आफ्नो अहङ्कारी स्वभावअनुसार काम गर्नु, स्वेच्छाचारी व्यवहार गर्नु, र अरूको सल्लाह स्वीकार नगर्नुको परिणाम यही थियो। यो कुरा बुझेपछि, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, यदि मेरो रिपोर्ट नगरिएको भए र मलाई बर्खास्त गरेर दुष्टता गर्नबाट नरोकिएको भए, मैले अझै कति धेरै दुष्ट कार्य गर्ने थिएँ होला मलाई थाहा छैन। परमेश्‍वर, मलाई प्रकट गर्नुभएकोमा धन्यवाद; म पश्चात्ताप गर्न चाहन्छु।”

पछि, मैले परमेश्‍वरका थप वचनहरू पढेँ र आफ्नो भ्रष्ट स्वभावबारे केही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “यदि तँमा अहङ्कारी र अभिमानी स्वभाव भएको भए, परमेश्‍वरको विरोध नगर भनेर भनिँदा कुनै फरक पर्ने थिएन, किनभने तैँले आफूलाई नियन्त्रण गर्न सक्ने थिइनस्—यो तेरा लागि अनायासै हुने कुरा हुनेथियो। तैँले जानाजानी त्यसो गर्ने थिइनस्; तैँले आफ्नो अहङ्कारी र अभिमानी प्रकृतिको प्रभुत्वमा परेर त्यसो गर्ने थिइस्। तेरो अहङ्कार र अभिमानले तँलाई परमेश्‍वरलाई हेयको नजरले हेर्न र उहाँलाई बेवास्ता गर्न लगाउनेथ्यो; तिनले तँलाई आफूलाई उच्च पार्नतिर प्रवृत्त गर्नेथिए, र तँलाई हरेक मोडमा आफूलाई प्रदर्शन गर्ने तुल्याउनेथिए; तिनले तँलाई अरूलाई हेयको नजरले हेर्न लगाउनेथिए, र तेरो हृदयमा आफूबाहेक अरू कसैलाई नराख्‍न लगाउनेथिए; तिनले तेरो हृदयबाट परमेश्‍वरको स्थान खोस्नेथिए, र अन्ततः तँलाई परमेश्‍वरको स्थानमा बस्न र मानिसहरूलाई तँप्रति समर्पित हुन माग गर्न लगाउनेथिए, र तँलाई आफ्नै विचार, सोच, र धारणाहरूलाई सत्यताका रूपमा पुज्न लगाउनेथिए। आफ्‍नो अहङ्कारी र अभिमानी प्रकृतिको वशमा पर्ने मानिसहरूले कति धेरै खराबी गरेका छन्!(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता पछ्याएर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ)। “अहङ्‍कार नै मानिसका भ्रष्ट स्वभावहरूको मूल कारण हो। मानिसहरू जति धेरै अहङ्‍कारी हुन्छन्, त्यति नै समझ विहीन हुन्छन्, र तिनीहरू जति धेरै समझविहीन हुन्छन्, तिनीहरूले परमेश्‍वरको प्रतिरोध गर्ने त्यति नै धेरै सम्भावना हुन्छ। यो समस्या कति गम्भीर छ? मानिसहरूमा अहङ्‍कारी स्वभावहरू हुने भएकाले, तिनीहरूले अरू सबैलाई आफूभन्दा तल्लो स्तरको सम्झने मात्र होइन, तर सबैभन्दा खराब कुरा त, तिनीहरूमा परमेश्‍वरका लागि कुनै सम्मान समेत हुँदैन, र तिनीहरूमा परमेश्‍वरको डर मान्‍ने हृदय पटक्कै हुँदैन। मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्ने र उहाँलाई पछ्याउने भए पनि, तिनीहरूले उहाँलाई परमेश्‍वरको रूपमा बिलकुलै व्यवहार गर्दैनन्। तिनीहरूले सधैँ तिनीहरूसँग सत्यता छ भन्‍ने ठान्छन् र आफैलाई अरूभन्दा श्रेष्ठ ठान्छन्। अहङ्‍कारी स्वभावको सार र जड यही हो, र यो शैतानबाट आउँछ। यसैले, अहङ्‍कारको समस्यालाई समाधान गरिनुपर्छ। अन्य सबैलाई आफूभन्दा तल रहेको ठान्नु सानोतिनो कुरा हो। महत्त्वपूर्ण विषय त के हो भने, अहङ्‍कारी स्वभावले मानिसहरूलाई परमेश्‍वर, उहाँको सार्वभौमिकता, उहाँको बन्दोबस्तमा समर्पित हुनदेखि रोक्‍छ, र यसले मानिसहरूलाई निरन्तर शक्तिका निम्ति परमेश्‍वरसँग प्रतिस्पर्धा गर्ने र अरूलाई नियन्त्रण गर्ने प्रयास गर्न लगाउँछ। यस्तो किसिमको व्यक्तिमा परमेश्‍वरको डर मान्‍ने हृदय अलिकति पनि हुँदैन, उसले परमेश्‍वरलाई प्रेम गर्ने वा ऊ उहाँमा समर्पित हुने त कुरै नगरौँ। मानिसहरू जो अहङ्‍कारी र अभिमानी छन्, विशेष गरी ती जो यति अहङ्‍कारी छन् कि आफ्नो समझ गुमाएका छन्, तिनीहरू परमेश्‍वरप्रतिको आफ्नो विश्वासमा उहाँमा समर्पित हुन सक्दैनन्, बरु आफ्नै बढाइ गर्छन् र आफ्नै गवाही दिन्छन्। यस्ता मानिसहरू परमेश्‍वरलाई सबैभन्दा बढी प्रतिरोध गर्छन्, र तिनीहरूमा परमेश्‍वरको डर मान्‍ने हृदय फिटिक्‍कै हुँदैन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनबाट मैले अहङ्कारी स्वभाव भएकाहरूले अवरोध र बाधा पुर्‍याउने अनि सिद्धान्तहरूको उल्लङ्घन गर्ने कामहरू गर्न सक्छन्; तिनीहरू परमेश्‍वरको प्रतिरोध गर्न सक्षम हुन्छन् भन्ने देखेँ। मैले परमेश्‍वरमा वर्षौँदेखि विश्वास गरेकी थिएँ र आफ्नो कर्तव्यमा केही नतिजा ल्याएकी थिएँ, त्यसैले मैले यी कुरालाई पुँजीका रूपमा लिएँ। म सोच्थेँ, ममा अलिकति सत्यता वास्तविकता छ, म प्रतिभावान् छु, र म अरू सबैभन्दा उत्तम छु। मलाई आफूमाथि ठूलो आत्मविश्वास थियो, र हरेक विषयलाई हेर्ने मेरो दृष्टिकोण सही छ भन्ने लाग्थ्यो। मानिसहरूलाई छान्ने र उपयोग गर्ने ती दुई घटनामा, परमेश्‍वरले यी मानिसहरूको उपयोग गर्नु सिद्धान्तअनुरूप छैन भनी मलाई पटक-पटक सम्झाउन ब्रदर-सिस्टरहरूको प्रयोग गर्नुभयो, तर मैले तिनीहरूलाई अलिकति पनि गम्भीरतापूर्वक लिइनँ। म सोच्थेँ, मैले सत्यता बुझेकी छु र मानिसहरूलाई जाँच्‍न म सिपालु छु, अनि म आफ्नै तरिका अपनाउन जिद्दी गर्थेँ, सत्यता सिद्धान्तहरूलाई बेवास्ता गर्दै आफ्नै विचारअनुसार मानिसहरूलाई छान्ने र उपयोग गर्ने गर्थेँ। म सबैलाई आफूभन्दा तल देख्थेँ र मैले आफ्नो हृदयमा परमेश्‍वरलाई राखिनँ; मेरो अहङ्कारको सीमा नै थिएन। विगतमा आफ्नो कर्तव्य निर्वाह गर्दा मैले केही नतिजा देख्नु मसँग राम्रो क्षमता भएको र मैले सत्यता बुझेकाले थिएन। वास्तवमा, पहिलो पटक आफ्नो कर्तव्य निर्वाह गर्न सुरु गर्दा, मैले नबुझेका धेरै कुराहरू थिए। कठिनाइहरूको सामना गर्दा म परमेश्‍वरलाई प्रार्थना गर्थें र उहाँमाथि भर पर्थें, उहाँको अभिप्राय खोज्थेँ र सिद्धान्तहरूअनुसार काम गर्थें। यसले मलाई पवित्र आत्माको मार्गदर्शन प्राप्त गर्न, र आफ्नो कर्तव्यमा केही नतिजा हासिल गर्न सघायो। तर, मैले पवित्र आत्माको काममार्फत प्राप्त भएका नतिजाहरूलाई आफ्नै पुँजीका रूपमा लिएँ, र आफूले सत्यता बुझेकी छु भनी सधैँ सोचिरहेँ। मैले ब्रदर-सिस्टरहरूको सल्लाह स्वीकार गरिनँ वा सत्यता सिद्धान्तहरू खोजिनँ, स्वेच्छाचारी र जथाभाबी काम गरेर काममा अवरोध र बाधाहरू ल्याएँ, पवित्र आत्माको काम गुमाएँ र बर्खास्त भएँ। मेरो असफलताको मूल कारण यही थियो। ख्रीष्टले हरेक भेलामा सत्यताको सङ्गति गर्दा, आफू बोलिसकेपछि, ब्रदर-सिस्टरहरूलाई बोल्ने मौका दिने, प्रश्नहरू राख्ने अनुमति दिने, अनि कसैले राम्रा सुझावहरू दिएमा, ख्रीष्टले त्यसलाई स्वीकार गर्ने र त्यसपछि एक-एक गरेर जवाफ दिने गरेको कुरा सम्झेँ। ख्रीष्टको नम्रता र गुप्‍तता अनि सुन्दरता र भलाइको सार देखेर, मलाई झन् धेरै लाज लाग्यो। म त केही पनि थिइनँ; मैले त केही धर्मसिद्धान्त बुझ्ने र केही कार्य अनुभव प्राप्त गर्ने बित्तिकै अरूको कुरा सुन्न छाडेँ, कि त मेरो कुरा मान्‍नुपर्छ नत्र जानुपर्छ भन्ने मनोवृत्तिले काम गरेँ। यदि त्यतिबेला मैले ब्रदर-सिस्टरहरूको सल्लाह खुला मनले सुन्न र सत्यता स्वीकार गर्ने मनोवृत्ति राख्न सकेकी भए, मैले मनलाग्दी तरिकाले मानिसहरूलाई छान्ने र उपयोग गर्ने थिइनँ, वा काममा त्यति ठूलो हानि पुर्‍याउने थिइनँ। यो सोच्दा, मलाई धेरै पछुतो लाग्यो। परमेश्‍वरले मलाई दुष्टता गर्नबाट रोक्न ब्रदर-सिस्टरहरूलाई मेरो रिपोर्ट गर्न र मलाई बर्खास्त गर्न लगाउनुभयो; यो त परमेश्‍वरले मलाई दिएको सुरक्षा थियो। उहाँको सुरक्षाविना, मेरो अहङ्कारी प्रकृतिलाई हेर्दा, मैले कस्ता दुष्ट कार्यहरू गर्थें होला, भन्न सकिँदैन। अब, परमेश्‍वरले मलाई चिन्तन गर्ने र पश्चात्ताप गर्ने मौका दिनुभएको थियो। मैले परमेश्‍वरको प्रेम कति महान् छ भनी महसुस गरेँ, र आफ्नो हृदयमा, मैले आफैलाई भनेँ, “भविष्यमा मैले जेसुकै गरे पनि, मैले अझ धेरै खोजी गर्नुपर्छ र परमेश्‍वरको डर मान्‍ने हृदय राख्नुपर्छ; मैले आफ्नै विचारहरूका आधारमा जथाभाबी काम गर्न हुँदैन।”

सन् २०२० मा, म फेरि एकपटक मण्डली अगुवा निर्वाचित भएँ। त्यतिबेला, हाम्रो मण्डलीलाई मलजल गर्ने डिकनका रूपमा काम गर्ने कसैको आवश्यकता थियो। मसँग सहकार्य गर्ने सिस्टरले, सिस्टर झेनशिन आफ्नो कर्तव्यमा सक्रिय छिन्, उनको शुद्ध हृदय छ, उनी सही व्यक्ति हुन्, र उनलाई संवर्धन गर्न सकिन्छ भनिन्। यो सुनेपछि, मैले मनमनै सोचेँ, “मैले यस सिस्टरसँग केही पटक अन्तरक्रिया गरेकी छु। उनको सङ्गति निकै सतही छ, र उनी आफ्नो भ्रष्टताका बारेमा छलफल गर्दिनन्। के यस्तो व्यक्ति मलजल गर्ने डिकन हुन सक्छिन् र?” यसैबेला, अन्य दुई सिस्टरहरूले समेत झेनशिन कामहरू गर्न सक्रिय भए पनि सत्यतामा सङ्गति गर्ने र समस्याहरू समाधान गर्ने पक्षहरूमा केही कमजोर छिन् भनी बताए। त्यसपछि, मलाई आफूले यसबारे सही मूल्याङ्कन गरेकी रहेछु, झेनशिन मलजल गर्ने डिकन हुन योग्य छैनन् भन्ने कुरामा अझ विश्वस्त भएँ। मेरो मनमा यो विचार आउँदा, मलाई आफू फेरि अहङ्कारी र आत्मधर्मी भइरहेकी छु भन्ने महसुस भयो। मैले विगतमा आफ्नै विचारहरूमा अडिग रहेको कारण कसरी अपराध गरेकी थिएँ भन्ने कुरा सम्झेँ, र मलाई अबउप्रान्त म आफ्नो भ्रष्ट स्वभावअनुसार जिउन हुँदैन, र मैले सत्यता बुझ्नेहरूबाट खोजी गर्नुपर्छ भन्ने लाग्यो। मैले परमेश्‍वरका थप वचनहरू पढेँ: “जब अरू मानिसहरूले असहमतिको रायहरू दिन्छन्, स्वेच्छाचारी र अविवेकी हुनबाट जोगिनको निम्ति तैँले कसरी अभ्यास गर्न सक्छस्? सर्वप्रथम त तँसँग विनम्रताको मनोवृत्ति हुनुपर्छ, तैँले सही ठानेका कुरालाई पन्छाउनुपर्छ र सबैलाई सङ्‍गति गर्न दिनुपर्छ। यदि तैँले तेरा मार्गहरू सही हुन् भनेर विश्‍वास गर्छस् भने पनि तैँले यसमा जोड दिइरहनु हुँदैन। त्यो एक प्रकारले अगाडिको कदम हो; यसले सत्यताको खोजी गर्ने, आफैँलाई इन्कार गर्ने र परमेश्‍वरका अभिप्रायहरू पूरा गर्ने मनोवृत्तिलाई देखाउँछ। तँमा यस्तो मनोवृत्ति आइसकेपछि, साथै तेरा आफ्नै रायहरूमा अडिग हुन छोडेपछि, तँले प्रार्थना गर्नुपर्छ, परमेश्‍वरबाट सत्यताको खोजी गर्नुपर्छ, अनि परमेश्‍वरका वचनहरूमा आधार खोज्‍नुपर्छ—परमेश्‍वरका वचनहरूमा आधारित भएर कसरी काम गर्ने भनी निर्धारण गर्नुपर्छ। यो सबैभन्दा उचित र सही अभ्यास हो। जब मानिसहरूले सत्यताको खोजी गर्छन् र सबैसामु समस्या उजागर गर्दै त्यसमाथि सँगै सङ्गति र खोजी गर्छन्, त्यसै बेला पवित्र आत्माले अन्तर्दृष्टि दिनुहुन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचन पढेपछि, मैले अभ्यासको मार्ग प्राप्त गरेँ। मेरी सिस्टरले फरक सुझाव दिएकी हुनाले, मैले पहिले आफ्नै विचारहरूलाई पन्छाउनुपर्थ्यो र सत्यता खोज्नुपर्थ्यो। त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, मेरी सहकर्मीले झेनशिन मलजल गर्ने डिकनका रूपमा काम गर्न सक्षम छिन् भनिन्, तर मलाई उनी उपयुक्त छैनन् जस्तो लाग्छ। मलाई थाहा छ ममा अहङ्कारी स्वभाव छ र मैले यस कुराको सही मूल्याङ्कन नगरेकी हुन सक्छु। कृपया मलाई आफ्ना विचारहरू त्याग्न अनि सिद्धान्तहरूसँग मेल खाने र मण्डलीको कामका लागि लाभदायक हुने तरिकाले काम गर्न मार्गदर्शन गर्नुहोस्।” हाम्रो भेलामा, प्रचारक पनि संयोगले त्यहीँ थिइन्, र मैले प्रचारकसँग खोजी गरेँ। प्रचारकले हामीसँग सङ्गति गरिन् र बहुमत ब्रदर-सिस्टरहरूले झेनशिनको मूल्याङ्कन कसरी गर्छन् भन्ने आधारमा हामीले निर्णय गर्न सक्छौँ भनिन्। मैले यताउता सोधेँ र सबैलाई झेनशिनमा असल मानवता भएको, उनी धैर्यवान् भएको, र अरूसँग अन्तरक्रिया गर्दा निष्कपट रूपमा आफूलाई खुलस्त पार्न सक्षम रहेको भन्ने कुरा थाहा पाएँ। तिनीहरूले उनको जीवन प्रवेश केही सतही भए तापनि, उनीसँग आफ्नो कर्तव्यमा बोझको बोध रहेको बताए। त्यतिबेला मण्डलीमा काम गर्ने मानिसहरूको अभाव थियो, र उनीभन्दा उपयुक्त व्यक्ति कोही उपलब्ध थिएन। त्यसैले उनलाई मलजल गर्ने डिकनका रूपमा छान्नु उचित थियो। ब्रदर-सिस्टरहरूको मूल्याङ्कनको आधारमा, अन्ततः हामीले झेनशिनलाई मलजल गर्ने डिकनका रूपमा छान्यौँ। यसपछि, मैले झेनशिनसँग सहकार्य गर्दा, मैले मामिलाहरू आइपर्दा उनी आफ्नो भ्रष्ट स्वभावलाई चिन्न सक्छिन्, र उनमा केही इन्साफको बोध पनि छ भन्ने याद गरेँ। धन्न, मैले पहिल्यै सबैको सल्लाह सुनेकी थिएँ र आफ्नै विचारहरूमा अडिग रहेकी थिइनँ। त्यसपछिका दिनहरूमा, मैले ब्रदर-सिस्टरहरूसँग मामिलाहरू छलफल गर्दा, र मलाई आफू सही छु जस्तो लाग्दा वा अरूले फरक सुझाव दिँदा, मैले सचेत भई परमेश्‍वरलाई प्रार्थना गरेँ र आफू विरुद्ध विद्रोह गरेँ, अनि खोजी गर्ने हृदयका साथ ब्रदर-सिस्टरहरूका सुझावहरू सुनेँ। यसरी अभ्यास गर्दा, मैले के देखेँ भने तिनीहरूका सुझावहरूमा प्रायः सुन्नलायक कुराहरू हुन्थे जसले मलाई मेरा कमीहरू पनि देखाउँथे। यसले मलाई आफ्नो कर्तव्य निर्वाहमा धेरै मद्दत गर्‍यो। म अलिकति भए पनि परिवर्तन हुन सक्नु परमेश्‍वरका वचनकै परिणाम हो। परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो: ३२. मेरो बुबालाई सुसमाचार सुनाउँदा

अर्को: ३४. मेरी आमा बिरामी हुनुभएको थाहा पाएपछि

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्