८९. रोगसँगको मेरो सङ्घर्षबारे चिन्तन

चेन जिई, चीन

सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको काम स्वीकार गरेदेखि नै, म सुसमाचार प्रचार गर्न र आफ्नो कर्तव्य निर्वाह गर्न सधैँ जोसिलो भएर लागेँ, अनि घाम होस् वा पानी, कुनै ढिलासुस्ती नगरी काम गर्थेँ। पछि, म मण्डली अगुवाको रूपमा चुनिएँ, अनि जब-जब दाजुभाइ-दिदीबहिनीहरूलाई समस्या वा कठिनाइहरू परेको देख्थेँ, तब-तब म ती समाधान गर्न सक्दो प्रयास गर्थेँ। भिडियोको कामको जिम्मा लिएपछि, मैले अतिरिक्त समय काम गरेँ, अनि कामको अनुगमन र मार्गदर्शन गरेँ। जब प्रगति सुस्त हुन्थ्यो वा विचलनहरू आउँथे, तब म तुरुन्तै सङ्गति गर्थेँ र ती समाधान गर्थेँ। केही समयपछि, मैले दाजुभाइ-दिदीबहिनीहरूको सीपमा सुधार आएको र भिडियोको काममा केही प्रगति भएको देखेँ। म निकै खुसी भएँ, र मैले सोचेँ, “जबसम्म मैले निरन्तर कठिनाइहरू सहन्छु, मूल्य चुकाउँछु, र आफ्नो कर्तव्यबाट केही नतिजाहरू निकाल्छु, तबसम्‍म भविष्यमा मैले पक्कै पनि परमेश्‍वरको अनुमोदन पाउनेछु र मसँग मुक्ति पाउने ठूलो आशा हुनेछ।” तर म आफ्नो कर्तव्यमा पूर्ण रूपमा व्यस्त भइरहेकै बेला, एकदिन, मलाई निकै थकाइ लाग्यो र भोक लाग्न छोड्यो, तर मैले यसबारे धेरै ध्यान दिइनँ, मैले सोचेँ, सायद पछिल्लो समय पर्याप्त आराम नपाएकोले यस्तो भएको होला, अनि यो कुनै गम्भीर समस्या होइन होला भन्ने मैले ठानेँ। तैपनि, मेरो भोक कम हुँदै गयो, र मेरो अनुहार पनि निन्याउरो देखिन थाल्यो। मसँग सहकार्य गरिरहेका ब्रदर ग्वान मिङले मलाई जाँचका लागि अस्पताल जान सल्लाह दिए। अचम्मको कुरा, डाक्टरले मलाई हेपाटाइटिस बी भएको, र मेरो कलेजोमा सानो कडा गाँठो रहेको, अनि यदि यो बिग्रँदै गयो भने, यो कलेजोको क्यान्सरमा परिणत हुन सक्ने बताए। मेरो टाउको रन्कियो, “यो हुन सक्दैन! मैले आफ्नो कर्तव्य निर्वाह गरिरहेको छु; मलाई कसरी यस्तो रोग लाग्न सक्छ? यो रोगको उपचार गर्न सजिलो छैन …” मलाई मेरो छातीमा ढुङ्गाले थिचेजस्तो महसुस भयो, र मेरो हृदय पीडा र कमजोरीले भरियो। मैले विगतका वर्षहरूमा, कसरी आफ्नो घर-परिवार र करियर त्यागेर, दुःख कष्ट सहेर आफूलाई समर्पित गरेको थिएँ भन्ने सोचेँ। कम्युनिस्ट पार्टीले खेदो गर्दा र सताउँदा पनि, मैले परमेश्‍वरलाई धोका दिएको थिइनँ। र पनि परमेश्‍वरले मलाई किन सुरक्षा दिनुभएन? मेरो पीडामा, मैले परमेश्‍वरका वचनहरूको एउटा भजन सम्झेँ: “तँमाथि बिमारी आइपर्दा, त्यो परमेश्‍वरको प्रेम हो, र त्योभित्र निश्चय नै उहाँका असल अभिप्रायहरू समावेश हुन्छन्। तेरो देहले अलिकति कष्ट भोग्‍नुपर्ने भए तापनि, शैतानबाट कुनै विचारहरू नस्विकार्। रोगका बीचमा परमेश्‍वरको प्रशंसा गर् र तेरो प्रशंसाका बीचमा परमेश्‍वरको आनन्द लिई। रोग सामना गर्दा निराश नबन्, बारम्‍बार खोजी गर् अनि हरेस नखा, अनि परमेश्‍वरले तँलाई ज्योति र अन्तर्दृष्टि दिनुहुनेछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ६)। परमेश्‍वरका वचनहरूले मेरो हृदयमा केही शान्ति ल्यायो। हो, यो रोग बिग्रन्छ कि बिग्रँदैन भन्ने कुरा परमेश्‍वरको हातमा थियो, र यतिबेला मैले परमेश्‍वरको अभिप्राय नबुझे पनि, मैले परमेश्‍वरको विरुद्धमा गुनासो गर्नु हुँदैनथियो। मैले उहाँको अभिप्राय खोज्नुपर्थ्यो, म आफ्नो कर्तव्यमा लागिरहनुपर्थ्यो, र आफ्नो गवाहीमा दृढ रहनुपर्थ्यो। यति सोचेपछि, मलाई अलि राम्रो महसुस भयो।

अगाडि बढ्दै जाँदा, भिडियोको कामको व्यस्ततालाई विचार गरेर, मेरो शरीरले त्यो धान्न सक्दैन भनेर अगुवाहरू चिन्तित भए, त्यसैले उनीहरूले ब्रदर ली छङ र मलाई सुसमाचार प्रचारमा सहकार्य गर्ने प्रबन्ध मिलाइदिए। उपचार गराउँदै गर्दा पनि, म निरन्तर आफ्नो कर्तव्यमा लागिरहेँ, र जब हामीले काममा कठिनाइहरूको सामना गर्थ्यौँ, तब हामी सङ्गति गर्थ्यौँ र ती समाधान गर्न सम्बन्धित सत्यताहरू खोज्थ्यौँ। मैले केही शारीरिक कठिनाइहरू सहेर केही मूल्य चुकाएको भए पनि, धेरैभन्दा धेरै मानिसहरूले परमेश्‍वरका आखिरी दिनहरूको काम स्वीकार गरेको देख्दा म निकै खुसी थिएँ, अनि मैले सोचेँ, “जबसम्म म आफ्नो कर्तव्यमा लागिरहन्छु र अझ धेरै कठिनाइहरू सहन्छु अनि अझ बढी मूल्य चुकाउँछु, तबसम्‍म सायद परमेश्‍वरले मलाई सुरक्षा दिनुहुनेछ र मेरो अवस्थामा सुधार हुनेछ।” तर केही समयपछि, मलाई मेरो अवस्था बिग्रँदै गएको महसुस भयो। मलाई हरेक दिन थकाइ लाग्थ्यो, जीउमा पूरै कमजोरी महसुस हुन्थ्यो, र मेरो भोक अझै घट्यो, त्यसैले म अर्को जाँचका लागि गएँ। डाक्टरले मेरो हेपाटाइटिस बी झन् बिग्रिएको, र उपचारका लागि म तुरुन्तै अस्पताल भर्ना हुनुपर्ने; नत्रभने, यो बढ्दै जानेछ र उपचार गर्न गाह्रो हुनेछ भनेर बताए। कम्युनिस्ट पार्टीले मेरो खेदो गरिरहेकोले, अस्पताल भर्ना हुँदा मेरो पहिचान खुल्ने र म खतरामा पर्ने सम्भावना थियो, त्यसैले औषधि र नसाबाट दिइने उपचारमै भर पर्नुपर्थ्यो, तर मेरो अवस्थामा अझै खासै सुधार आएन। समय बित्दै जाँदा, म निकै कमजोर भएँ, र मैले सोचेँ, “यो हेपाटाइटिस बी धेरै चोटि बल्झिसकेको छ; यदि यो अझै बिग्रियो र यो कलेजोको सिरोसिस वा कलेजोको क्यान्सरमा परिणत भयो भने, मेरो ज्यान जुनसुकै बेला खतरामा पर्न सक्छ। यदि म यसरी नै मरेँ भने, के मैले अझै मुक्ति पाउन सक्छु? परमेश्‍वरमाथिको मेरो विश्‍वासको जीवनको अन्त्य पक्कै पनि यसरी त हुनु नपर्ने हो?” यो सोच्दा, मलाई पूरै जीउ लल्याक-लुलुक भएको महसुस भयो, अनि मभित्र एक्कासि अन्योल र गुनासो उर्लेर आयो: “जबदेखि मैले परमेश्‍वरमा विश्‍वास गर्न थालेँ, तबदेखि म आफ्नो कर्तव्य निर्वाह गर्न र सुसमाचार प्रचार गर्न सधैँ जोसिलो भई लागेको छु। हावाहुरी होस् वा झरी, चर्को घाम होस् वा कठ्याङ्ग्रिने जाडो, अनि कम्युनिस्ट पार्टीले खेदो गर्दा र सताउँदा अनि घर फर्कन नसक्दा पनि, मैले आफ्नो कर्तव्यमा कहिल्यै ढिलासुस्ती गरिनँ। बिमारीका यी वर्षहरूमा पनि, म निरन्तर आफ्नो कर्तव्यमा लागिरहेको छु, कहिल्यै हरेस खाएको छैन, अनि मैले कुनै श्रेय नकमाएको भए पनि, मैले दुःख सहेको र परिश्रम त गरेको थिएँ। मेरो रोगमा सुधार आउनुको सट्टा किन झन् बिग्रिएको होला?” मैले अरू दाजुभाइ-दिदीबहिनीहरू त स्वस्थ्य छन् र तिनीहरूले सक्रियतापूर्वक आफ्नो कर्तव्य निर्वाह गरिरहेका छन्, तर म भने गम्भीर रोगले पीडित छु भन्ने देखेँ। म जति धेरै सोच्थेँ, मलाई त्यति नै धेरै दुखेसो लाग्थ्यो; आँसु थाम्नै नसकेर, म अतिथि सत्कारक निवासमा फर्किएँ। मलाई साँच्चै पीडा र नकारात्मक महसुस भयो, अनि ममा आफ्नो कर्तव्य निर्वाह गर्ने कुनै जाँगर थिएन। यतिबेला, ब्रदर ली छङले मलाई सम्झाए, “रोगको सामना गर्दा, हामीले परमेश्‍वरको अभिप्राय खोज्नुपर्छ र उहाँलाई गलत बुझ्नु वा उहाँको विरुद्धमा गुनासो गर्नु हुँदैन।” ब्रदर ली छङका कुराले मलाई शान्त हुन मद्दत गर्‍यो। जे हुन्छ त्यो परमेश्‍वरको अनुमतिमा हुन्छ, र मैले समर्पित भएर सत्यताको खोजी र आफैमा चिन्तन गरेर सुरुवात गर्नुपर्थ्यो। त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र खोजी गरेँ, अनि उहाँले मलाई उहाँको अभिप्राय बुझ्न डोर्‍याउनुहुनेछ भन्ने आशा गरेँ।

पछि, मैले परमेश्‍वरका केही वचनहरू पढेँ: “कतिपय मानिसहरू के सोच्छन् भने, परमेश्‍वरमाथिको विश्‍वासले शान्ति र हर्ष ल्याउनुपर्छ, र यदि तिनीहरूलाई परिस्थितिहरू आइपरे भने, तिनीहरूले परमेश्‍वरलाई प्रार्थना मात्रै गर्नुपर्छ, अनि परमेश्‍वरले तिनीहरूको पुकार सुन्‍नुहुनेछ, र तिनीहरूलाई अनुग्रह र आशिष् दिनुहुनेछ, र तिनीहरूका लागि सबै कुरा शान्तिपूर्ण र सहज रूपमा अघि बढ्ने सुनिश्‍चित गर्नुहुनेछ। परमेश्‍वरमा विश्‍वास गर्नुपछाडिको तिनीहरूको उद्देश्य भनेकै अनुग्रह खोजी गर्नु, आशिष्‌हरू प्राप्त गर्नु, र शान्ति र खुसीको आनन्द लिनु हो। यही दृष्टिकोणहरूका कारण तिनीहरू परमेश्‍वरप्रति आफूलाई समर्पित गर्न आफ्नो परिवार त्याग्छन् वा जागिर छोड्छन् र कठिनाइ सहन र मूल्य चुकाउन सक्छन्। तिनीहरू के विश्‍वास गर्छन् भने, जबसम्‍म तिनीहरूले कुराहरू त्याग्छन्, परमेश्‍वरप्रति आफूलाई समर्पित गर्छन्, कठिनाइ सहन्छन्, र लगनशीलतासाथ काम गर्छन्, असाधारण व्यवहार प्रदर्शन गर्छन्, तबसम्‍म तिनीहरूले परमेश्‍वरका आशिष्‌हरू र निगाह प्राप्त गर्नेछन्, र तिनीहरूलाई जस्तोसुकै कठिनाइहरू आइपरे पनि, तिनीहरूले परमेश्‍वरलाई प्रार्थना गरेसम्म, उहाँले ती कठिनाइहरू समाधान गरिदिनुहुनेछ र सबै कुरामा तिनीहरूका लागि मार्ग खोलिदिनुहुनेछ। परमेश्‍वरमा विश्‍वास गर्ने अधिकांश मानिसहरूले बोक्ने दृष्टिकोण यही हो। मानिसहरूलाई यो दृष्टिकोण जायज र सही हो भन्‍ने लाग्छ। वर्षौँसम्म आस्था नत्यागी परमेश्‍वरमाथिको आफ्नो आस्था कायम राखिराख्‍ने धेरै मानिसहरूको क्षमता प्रत्यक्ष रूपमा यही दृष्टिकोणसँग जोडिएको हुन्छ। तिनीहरू सोच्छन्, ‘मैले परमेश्‍वरप्रति निकै समर्पित गरेको छु, मेरो व्यवहार अत्यन्तै राम्रो रहेको छ, र मैले कुनै दुष्ट कार्यहरू गरेको छैनँ; परमेश्‍वरले पक्कै मलाई आशिष् दिनुहुनेछ। मैले धेरै कष्ट भोगेको छु र हरेक कार्यका लागि ठूलो मूल्य चुकाएको छु, कुनै गल्ती नगरी सबै कुरा परमेश्‍वरका वचनहरू र मागहरूअनुसार गरेको छु, त्यसकारण परमेश्‍वरले मलाई आशिष् दिनुपर्छ; उहाँले मेरा लागि सबै कुरा सहज रूपमा अघि बढ्ने, मेरो हृदयमा प्रायजसो शान्ति र हर्ष हुने, र मैले परमेश्‍वरको उपस्थितिमा आनन्द लिन पाउने सुनिश्‍चित गर्नुपर्छ।’ के यो मानव धारणा र कल्पना होइन र? मानव दृष्टिकोणबाट हेर्दा, मानिसहरूले परमेश्‍वरको अनुग्रहको आनन्द लिन्छन् र फाइदाहरू प्राप्त गर्छन्, त्यसकारण यसका लागि अलिकति कष्ट भोग्‍नु उचित हुन्छ, र यो कष्टलाई परमेश्‍वरका आशिष्‌हरूसँग साट्नु सार्थक हुन्छ। यो परमेश्‍वरसँग सौदा गर्ने मानसिकता हो। तर, सत्यताको र परमेश्‍वरको दृष्टिकोणबाट हेर्दा, यो आधारभूत रूपमा परमेश्‍वरको कामका सिद्धान्तहरूअनुरूप वा परमेश्‍वरले मानिसहरूबाट माग गर्नुहुने मानकहरूअनुरूप हुँदैन। यो पूर्णतया मनोकामना मात्रै हो, परमेश्‍वरमा विश्‍वास गर्नेबारे विशुद्ध मानव धारणा र कल्पना मात्रै हो। चाहे यसमा परमेश्‍वरसँग सौदा गर्ने वा परमेश्‍वरबाट विभिन्‍न कुराहरू माग गर्ने कार्य समावेश होस्, वा चाहे मानव धारणा र कल्‍पनाहरू नै समावेश होस्, जे भए पनि, यो कुनै पनि कुरा परमेश्‍वरका मागहरूअनुरूप हुँदैन, न त यसले मानिसहरूलाई आशिष् दिने परमेश्‍वरका सिद्धान्त र मानकहरू नै पूरा गर्छ। विशेषगरी, यो लेनदेनको सोच र दृष्टिकोणले परमेश्‍वरको स्वभाव चिढ्याउँछ, तर मानिसहरूले यो कुरा महसुस गर्दैनन्। जब परमेश्‍वरले गर्नुहुने कुरा मानिसहरूका धारणाहरूसँग मिल्दैन, तब तिनीहरूले तुरुन्तै आफ्नो हृदयमा उहाँबारे गुनासा र गलतफहमीहरू विकास गर्छन्। तिनीहरूले अन्यायमा परेको महसुस समेत गर्छन् र त्यसपछि परमेश्‍वरसँग बहस गर्न थाल्छन्, र तिनीहरूले उहाँलाई आलोचना र निन्दासमेत गर्न सक्छन्। … जब परमेश्‍वरले मानिसहरूका लागि तिनीहरूका धारणा र कल्पनाहरूसँग पूर्ण रूपमा बाझिने वातावरण खडा गर्नुहुन्छ, तब तिनीहरूले हृदयमा परमेश्‍वरविरुद्ध धारणा, आलोचना, र निन्दाहरू निर्माण गर्छन्, र उहाँलाई इन्कारसमेत गर्न सक्छन्। के त्यसपछि परमेश्‍वरले तिनीहरूका आवश्यकताहरू पूरा गर्न सक्नुहुन्छ? अवश्य नै सक्‍नुहुन्‍न। परमेश्‍वरले कहिल्यै आफ्नो काम गर्ने तरिका र चाहनाहरू मानव धारणाहरूअनुसार परिवर्तन गर्नुहुनेछैन। त्यसोभए परिवर्तन हुनुपर्ने को हो? मानिसहरू। परमेश्‍वरले गर्नुहुने कुरालाई सही छ कि छैन भनेर आफ्‍ना धारणाहरूसँग मापन गर्नुको सट्टा, बरु मानिसहरूले आफ्‍ना धारणाहरू त्याग्‍नुपर्छ, परमेश्‍वरले खडा गर्नुभएका वातावरणहरू स्विकार्नुपर्छ, तिनमा समर्पित हुनुपर्छ र ती अनुभव गर्नुपर्छ, अनि आफ्‍ना धारणाहरू समाधान गर्न सत्यता खोज्‍नुपर्छ। जब मानिसहरूले आफ्नै धारणाहरू पक्रिरहने जिद कस्छन्, तब तिनीहरूले परमेश्‍वरविरुद्ध प्रतिरोध विकास गर्छन्—यो स्वाभाविक रूपमै हुने कुरा हो। प्रतिरोधको जड कहाँ हुन्छ? यो सामान्यतया मानिसहरूका हृदयमा हुने कुरा भनेको निस्सन्देह आफ्नै धारणा र कल्पनाहरू हुन्, र सत्यता होइन भन्‍ने तथ्यमा निहित हुन्छ। त्यसैले, परमेश्‍वरको काम मानव धारणाहरूसँग नमिलेको देख्दा, मानिसहरूले परमेश्‍वरको अवज्ञा गर्न र उहाँविरुद्ध आलोचना गर्न सक्छन्(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (१६))। “तिनीहरूका लागि, आशिष्‌ पाउनुभन्दा परमेश्‍वरमा विश्‍वास गर्नुको कुनै पनि लक्ष्य बढी वैध हुँदैन—यो नै तिनीहरूको आस्थाको मूल्य हो। यदि कुनै कुराले यो लक्ष्यमा योगदान गर्दैन भने, त्यो जेसुकै भए पनि तिनीहरू त्यसबाट अविचलित रहन्छन्। आज परमेश्‍वरमा विश्‍वास गर्ने धेरैजसो मानिसको अवस्था यही हो। तिनीहरूको लक्ष्य र अभिप्राय वैध देखिन्छ, किनभने तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्दा, परमेश्‍वरका लागि आफूलाई समर्पित पनि गर्छन्, परमेश्‍वरप्रति आफूलाई अर्पित गर्छन्, र आफ्नो कर्तव्य निर्वाह गर्छन्। तिनीहरू आफ्नो यौवन त्याग्छन्, परिवार र करियर त्याग्छन्, र वर्षौँसम्म घरबाट टाढा दौडधुप समेत गर्छन्। आफ्नो अन्तिम लक्ष्यका खातिर, तिनीहरू आफ्ना रुचिहरू, जीवनप्रतिको आफ्नो दृष्टिकोण, र आफूले पछ्याउने दिशा समेत परिवर्तन गर्छन्; तैपनि तिनीहरू परमेश्‍वरमाथिको आफ्नो विश्‍वासको लक्ष्य परिवर्तन गर्न सक्दैनन्। … तिनीहरूसँग यति निकट रूपमा सम्बन्धित फाइदाहरूबाहेक, के परमेश्‍वरलाई कहिल्यै नबुझ्ने मानिसहरूले उहाँका लागि यति ठूलो मूल्य चुकाउनुका अरू कुनै कारणहरू हुन सक्छन्? यहाँ, हामी मानिसले पहिले पहिचान नगरेको एउटा समस्या पत्ता लगाउँछौँ: परमेश्‍वरसँगको मानिसको सम्बन्ध नाङ्गो स्वार्थको सम्बन्ध मात्रै हो। यो आशिष्‌ पाउने र दिनेबीचको सम्बन्ध हो। स्पष्ट रूपमा भन्नुपर्दा, यो एक कर्मचारी र एक रोजगारदाताबीचको सम्बन्ध हो। कर्मचारीले केवल रोजगारदाताले प्रदान गर्ने पुरस्कारहरू पाउनका लागि कडा परिश्रम गर्छ। स्वार्थमा आधारित यस प्रकारको सम्बन्धमा कुनै आत्मीय स्नेह हुँदैन, केवल लेनदेन हुन्छ। त्यहाँ प्रेम गर्नु वा प्रेम गरिनु हुँदैन, केवल दान र कृपा हुन्छ। त्यहाँ कुनै समझदारी हुँदैन, केवल विवश दमित आक्रोश र छल हुन्छ। त्यहाँ कुनै घनिष्ठता हुँदैन, केवल पार गर्न नसकिने खाडल हुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट ३: मानिसलाई परमेश्‍वरको व्यवस्थापनको बीचमा मात्रै मुक्ति दिन सकिन्छ)। परमेश्‍वरका न्यायका वचनहरूले उहाँमाथिको मेरो विश्‍वास पछाडिका गलत अभिप्रायहरू र दृष्टिकोणहरूलाई विस्तृत रूपमा खुलाइदिए, जसले मलाई लज्जित बनायो र म शर्ममा परेँ। मैले सधैँ के विश्‍वास गरेको थिएँ भने धेरै मूल्य चुकाएर र आफूलाई धेरै समर्पित गरेर, मैले परमेश्‍वरको सुरक्षा र आशिष्‌हरू पाउन सक्नेछु, र मेरो मुक्ति पाउने आशा अझ ठूलो हुनेछ। जब मलाई अचानक हेपाटाइटिस बी भएको पत्ता लाग्यो, तब मेरो हृदयमा परमेश्‍वरप्रति गुनासोहरू उब्जिए, र मैले यतिका वर्ष उहाँको लागि दुःख सहेको र आफूलाई समर्पित गरेको छु, त्यसैले परमेश्‍वरले मलाई यस्तो गम्भीर रोग लाग्न दिनुहुँदैनथियो भन्ने सोचेँ। म अन्ततः समर्पित भएको भए पनि, मैले अझै पनि के सोचेको थिएँ भने जबसम्म म निरन्तर आफ्नो कर्तव्यमा लागिरहन्छु, अझ धेरै कष्ट सहन्छु र अझ बढी मूल्य चुकाउँछु, तबसम्‍म सायद परमेश्‍वरले मलाई सुरक्षा दिनुहुनेछ र मेरो अवस्थामा सुधार हुनेछ। तर जब मेरो अवस्था बिग्रियो, र मैले क्यान्सर हुने र मर्ने सम्भावनाको समेत सामना गरेँ, तब मेरो आशिष्‌ पाउने चाहना चकनाचुर भएको मैले ठानेँ। त्यसैले म नकारात्मक भएँ र ममा गलत बुझाइहरू पलाए, अनि मैले हृदयमा परमेश्‍वरसँग तर्क-वितर्क गरेँ, अनि मेरो कुनै पुण्य नभए पनि, मैले दुःख र परिश्रम त गरेको छु, र परमेश्‍वरले मसँग यस्तो व्यवहार गर्नुहुँदैनथ्यो भन्ने विश्‍वास गरेँ; मलाई सुरक्षा नदिनुभएकोमा मैले परमेश्‍वरको विरुद्धमा गुनासो समेत गरेँ। तथ्यहरू प्रकट हुँदा, मैले के देखेँ भने मेरा प्रयासहरू र मैले गरेका त्यागहरू एउटा घृणास्पद अभिप्रायद्वारा निर्देशित थिए, किनभने म मेरो कडा परिश्रम, त्याग र समर्पणलाई एउटा असल भविष्य र गन्तव्यसँग साटफेर गर्न पुँजीको रूपमा प्रयोग गर्न चाहन्थेँ, जुन परमेश्‍वरसँग सौदाबाजी गर्नु थियो। मैले आशिष्‌ नपाउनेबित्तिकै, परमेश्‍वरलाई गलत बुझेँ र उहाँको विरुद्धमा गुनासो गरेँ। मैले जे प्रकट गरिरहेको थिएँ त्यो सबै मेरो शैतानी स्वभाव थियो। परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ, र परमेश्‍वरले कुराहरूलाई जसरी योजनाबद्ध गर्नुभए पनि र बन्दोबस्त मिलाउनुभए पनि, उहाँसँग माग गर्ने मसँग कुनै कारण छैन, र म उहाँका बन्दोबस्तहरूमा समर्पित हुनुपर्छ। तर म निरन्तर परमेश्‍वरले मेरा धारणाहरूअनुसार काम गर्नुभएको चाहन्थेँ, र जब कुराहरू मेरा धारणाहरूअनुसार भएनन्, तब मैले उहाँसँग तर्क गरेँ। मैले परमेश्‍वरका वचनहरूबाट यति धेरै मलजल र आपूर्ति सित्तैमा पाएको थिएँ, तैपनि मैले परमेश्‍वरको प्रेमको ऋण तिरेको थिइनँ, उल्टै मैले उहाँलाई गलत समेत बुझेको थिएँ र उहाँको विरुद्धमा गुनासो गरेको थिएँ। के म परमेश्‍वरमा साँच्चै विश्‍वास गर्ने व्यक्ति हुन सक्थेँ र?

पछि, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ, र मैले परमेश्‍वरसँगको मेरो सौदाबाजीको जडबारे केही बुझाइ हासिल गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “भ्रष्ट मानव सबै आफ्‍नै लागि जिउँछन्। अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ—मानव प्रकृतिको सारांश यही हो। मानिसहरू सबैले आफ्‍नै खातिर परमेश्‍वरमा विश्‍वास गर्छन्; तिनीहरू आशिषित् हुनकै लागि कामकुरा त्याग्छन् र आफूलाई समर्पित गर्छन्, साथै तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा सहने कष्ट र चुकाउने मूल्य पनि इनाम प्राप्त गर्नका लागि हो। छोटकरीमा भन्दा, यो सबै आशिषित् हुने, इनाम प्राप्त गर्ने, र स्वर्गको राज्यमा प्रवेश गर्ने उद्देश्‍यले गरिन्छ। संसारमा, मानिसहरूले आफ्नै फाइदाको लागि काम गर्छन्, र परमेश्‍वरको घरमा, तिनीहरू आशिष्‌हरू प्राप्त गर्नका लागि कर्तव्य निर्वाह गर्छन्। आशिष्‌हरू प्राप्त गर्नका खातिर मात्रै मानिसहरूले सबै कुरा त्याग्छन् र धेरै कष्ट सहन सक्छन्। यो सबै मानिसहरूमा शैतानी प्रकृति हुन्छ भन्ने कुराको सबैभन्दा प्रस्ट प्रमाण हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरूको खुलासाबाट, मैले के बुझेँ भने “अरूको होइन आफ्‍नै दुनो सोझ्याउनुपर्छ” र “इनामविना औँलो पनि नउठाउनू” भन्ने शैतानी दृष्टिकोणहरू मेरो हृदयमा गहिरोसँग जरा गाडेर बसेका छन्, र मेरो अस्तित्वको आधार बनेका छन्, त्यसैले मैले गरेका सबै कामहरू आफ्नै फाइदाका लागि थिए। अनि मेरा त्यागहरू र मैले आफूलाई गरेको समर्पण समेत आशिष्‌ पाउन र विपत्ति आउँदा मृत्युबाट जोगिनका लागि थिए। कर्तव्य निर्वाह गरेका यी वर्षहरूमा, मैले जतिसुकै शारीरिक कठिनाइहरू सहेको भए पनि, वा जस्तोसुकै मूल्य चुकाउनुपरेको भए पनि, यसले मलाई आशिष्‌ र मुक्तिको हिसाबमा फाइदा पुर्‍याउँछ भन्ने मैले ठान्थेँ, तबसम्म म जस्तोसुकै दुःख सहन तयार हुन्थेँ। तर जब मेरो रोग बिग्रँदै गयो र आशिष्‌ पाउने चाहना चकनाचुर भयो, तब मैले आफ्नो कर्तव्य निर्वाह गर्ने जाँगर गुमाएँ, र हृदयमा परमेश्‍वरसँग तर्कसमेत गरेँ र गुनासो गरेँ। मैले गरेका हरेक काममा मैले व्यक्तिगत लाभलाई पहिलो प्राथमिकतामा राखेको थिएँ, र मेरो कर्तव्यलाई इनाम र आशिष्‌हरूसँग साटफेर गर्ने सौदाबाजीको अस्त्र ठानेको थिएँ, अझ यो पूर्ण रूपमा न्यायोचित छ भन्ने समेत सोचेको थिएँ। यी शैतानी विषहरूद्वारा जिएर, मैले आफ्नो विवेक र समझ गुमाएको थिएँ, र परमेश्‍वरको विरुद्धमा गुनासो र विद्रोह गरेको थिएँ। यदि मैले पश्चात्ताप गरिनँ भने, म ढिलो वा चाँडो परमेश्‍वरद्वारा तिरस्कृत हुनेथिएँ र हटाइनेथिएँ। यो सोचले मलाई भयभीत तुल्यायो र पछुतोले भरिदियो। स्वभाव परिवर्तन नभएको मजस्तो स्वार्थी र घृणास्पद व्यक्तिले अझै पनि आशिष्‌को भ्रामक आशा राखेको थिएँ। कति लाजमर्दो कुरा! परमेश्‍वरको स्वभाव धर्मी र पवित्र छ। कसैले जतिसुकै काम गरे पनि, वा जतिसुकै दुःख सहे पनि, वा जतिसुकै मूल्य चुकाए पनि, यदि उसको स्वभावमा कुनै परिवर्तन आएको छैन भने, त्यो सबै व्यर्थ हुन्छ। हामीले धेरै कठिनाइहरू सहेका छौँ भन्दैमा परमेश्‍वरले कुनै अपवाद गरेर हामीलाई उहाँको राज्यमा ल्याउनुहुनेछैन। परमेश्‍वर भन्‍नुहुन्छ: “मैले कस्ता प्रकारका मानिसहरूलाई चाहन्छु तैँले जान्‍नैपर्छ; फोहोरीहरूलाई राज्यमा प्रवेश गर्ने अनुमति छैन, फोहोरीहरूलाई पवित्र भूमि मैलो बनाउने अनुमति छैन। तैँले धेरै काम गरेको, र धेरै वर्षसम्‍म खटेको हुन सक्‍ने भए तापनि, आखिरमा तँ अझै पनि अत्यन्तै फोहोरी छस् भने, तैँले मेरो राज्यमा प्रवेश गर्न चाहनु स्वर्गको नीति-नियममा असहनीय हुनेछ! संसारको सृष्टि भएदेखि अहिलेसम्‍म, मेरो चापलुसी गर्नेहरूलाई मैले राज्यमा त्यति सहज रूपमा प्रवेश गर्न कहिल्यै दिएको छैन। यो स्वर्गीय नियम हो, र कसैले पनि यसलाई तोड्न सक्दैन! तैँले जीवनको खोजी गर्नैपर्छ। आज, सिद्ध पारिनेहरू पत्रुसजस्तै हुन्: तिनीहरू आफ्‍नै स्वभावमा परिवर्तन खोज्‍ने, र परमेश्‍वरको गवाही वहन गर्न र सृष्टि गरिएको प्राणीको रूपमा आफ्‍नो कर्तव्य निभाउन इच्‍छुक हुने मानिसहरू हुन्। यस्ता मानिसहरूलाई मात्र सिद्ध पारिनेछ। यदि तँ इनामहरूलाई मात्रै आश गर्छस्, र आफ्‍नो जीवन स्वभावलाई परिवर्तन गर्न खोज्दैनस् भने, तेरा सबै प्रयासहरू व्यर्थ हुनेछन्—यो अपरिवर्तनीय सत्यता हो!(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता व्यक्तिले हिँड्ने मार्गमा निर्भर हुन्छ)। परमेश्‍वरले मानिसहरूलाई तिनीहरूको बाहिरी समर्पण वा भोगाइद्वारा नाप्नुहुन्न, बरु तिनीहरूले हिँड्ने मार्गद्वारा, तिनीहरूले सत्यता प्राप्त गरेका छन् कि छैनन्, र तिनीहरूको भ्रष्ट स्वभाव परिवर्तन भएको छ कि छैन भन्‍ने आधारमा नाप्नुहुन्छ। मैले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेको भए पनि, म केवल श्रम गर्न र काम गर्नमा मात्र केन्द्रित थिएँ, र मैले सत्यताको खोजी गरिरहेको थिइनँ, मेरो भ्रष्ट स्वभाव परिवर्तन भएको थिएन, र म अझै पनि आशिष्‌ पाउनका लागि परमेश्‍वरसँग सौदाबाजी गर्ने प्रयास गर्थेँ। मजस्तो स्वार्थी र घृणास्पद व्यक्ति कसरी मुक्तिको योग्य हुन सक्थ्यो र? मैले पावलको बारेमा सोचेँ। उनले सुसमाचार प्रचार गरे, धेरै काम गरे, र धेरै दुःख सहे, तर उनको भोगाइ र श्रम परमेश्‍वरका वचनहरू अभ्यास गर्नका लागि थिएन, न त एउटा सृजित प्राणीको कर्तव्य निर्वाह गर्नका लागि नै थियो, बरु आशिष्‌ र मुकुट पाउनका लागि थियो। उनले भनेका थिए, “मैले असल लडाइँ लडेको छु, मैले मेरो यात्रा पूरा गरेको छु, मैले आस्था कायम राखेको छु: अबदेखि मेरा लागि धार्मिकताको मुकुट राखिएको छ” (२ तिमोथी ४:७-८)। उनको मतलब के थियो भने यदि परमेश्‍वरले उनलाई मुकुट वा इनामहरू दिनुभएन भने, यसको अर्थ परमेश्‍वर अधर्मी हुनुहुन्छ। यो परमेश्‍वरसँग मुकुटको लागि गरिएको खुल्लमखुल्ला माग थियो, जुन परमेश्‍वरलाई बाध्य पार्ने प्रयास थियो। पावलले श्रम गरेको, दुःख सहेको, र आफूलाई समर्पित गरेको भए पनि, उनले सत्यताको खोजी गरेनन्, केवल आशिष्‌ मात्र खोजे, र उनी परमेश्‍वरको प्रतिरोध गर्ने मार्गमा हिँडे। अन्ततः, उनलाई परमेश्‍वरले दण्ड दिनुभयो। यदि म पावलकै बाटोमा हिँडिरहेँ भने, म पनि अन्ततः परमेश्‍वरद्वारा हटाइनेथिएँ। मैले अबदेखि परमेश्‍वरसँग कुनै माग वा अनुरोध गर्नु हुँदैनथियो, न त म आफ्नै लागि स्वार्थी र घृणास्पद भएर जिउनु हुन्थ्यो। मेरो अवस्था जस्तोसुकै भए पनि, म परमेश्‍वरका योजनाबद्ध कार्यहरू र बन्दोबस्तहरूमा समर्पित हुन तयार भएँ।

पछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ जसले मलाई एउटा मार्ग प्रदान गर्‍यो। परमेश्‍वर भन्‍नुहुन्छ: “मानिसको कर्तव्य र उसले आशिष्‌हरू पाउँछ कि दुर्भाग्य भोग्छ भन्‍ने बीच कुनै अन्योन्याश्रित सम्बन्ध छैन। कर्तव्य भनेको मानिसले पूरा गर्नुपर्ने कुरा हो; यो उसको स्वर्गबाट पठाइएको कार्य हो, र उसले यो कार्य क्षतिपूर्ति नखोजी, र सर्तहरू वा बहानाहरू बिनै गर्नुपर्छ। यसलाई मात्रै उसले आफ्नो कर्तव्य पूरा गर्नु भनिन्छ। आशिष्‌हरू प्राप्त गर्नुले न्यायको अनुभव गरिसकेपछि सिद्ध पारिँदा व्यक्तिले प्राप्त गर्ने आशिष्‌हरूलाई जनाउँछ। दुर्भाग्य भोग्नुले सजाय र न्याय भोगिसकेपछि पनि व्यक्तिको स्वभाव परिवर्तन नहुँदा—अर्थात्, तिनीहरू सिद्ध नपारिँदा उसले पाउने दण्डलाई जनाउँछ। तर चाहे तिनीहरूले आशिष्‌हरू पाऊन्‌ वा दुर्भाग्य भोगून्, सृजित प्राणीहरूले आफूले गर्नुपर्ने कार्य गर्दै, र आफूले गर्न सक्ने कार्य गर्दै आफ्नो कर्तव्य पूरा गर्नुपर्छ; कुनै पनि व्यक्ति, जो परमेश्‍वरको पछि लाग्छ, उसले गर्नुपर्ने न्यूनतम‌ कार्य यही हो। तैँले आशिष्‌हरू प्राप्त गर्नका लागि आफ्नो कर्तव्य निर्वाह गर्नु हुँदैन, र तैँले दुर्भाग्य भोग्नुपर्ने डरले आफ्नो कर्तव्य निर्वाह गर्न इन्कार गर्नु हुँदैन। म तिमीहरूलाई यो एउटा कुरा बताउन चाहन्छु: मानिसले पूरा गर्ने आफ्नो कर्तव्य भनेको उसले गर्नुपर्ने कार्य हो, र यदि ऊ आफ्नो कर्तव्य निर्वाह गर्दैन भने, यो उसको विद्रोह हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको कर्तव्य बीचको भिन्नता)। परमेश्‍वरका वचनहरूबाट, मैले के बुझेँ भने आशिष्‌ पाउनु वा दुर्भाग्य भोग्नुसँग आफ्नो कर्तव्य निर्वाह गर्नुको कुनै सम्बन्ध हुँदैन। परमेश्‍वरले मलाई जीवन र मसँग भएको सबथोक दिनुभएको छ, र एक विश्‍वासीको रूपमा परमेश्‍वरको लागि आफूलाई समर्पित गर्नु पूर्ण रूपमा स्वभाविक र न्यायोचित कुरा हो। यो एउटा व्यक्तिले पूरा गर्नुपर्ने जिम्मेवारी र कर्तव्य हो, र थोरै विवेक र समझ भएको व्यक्तिले गर्नुपर्ने काम यही हो। मैले मेरो समर्पणलाई परमेश्‍वरसँग आशिष्‌ माग्ने सौदाबाजीको अस्त्रको रूपमा प्रयोग गर्नु हुँदैन, न त मेरो गम्भीर रोगको लागि परमेश्‍वरको विरुद्धमा गुनासो नै गर्नु हुन्थ्यो। अय्यूबले जस्तै, परमेश्‍वरले उनलाई कुराहरू दिनुभए पनि वा उनीबाट खोस्नुभए पनि, उनले आफ्नो सर्वस्व गुमाउँदा र खटिराले सताउँदा समेत, परमेश्‍वरको विरुद्धमा गुनासो गरेनन् वा उहाँलाई आफ्नो पीडा कम गरिदिनुहोस् भनेर बिन्ती गरेनन्, बरु, उनले परमेश्‍वरको नामको प्रशंसा गरे र उहाँको लागि आफ्नो गवाहीमा दृढ रहे। अय्यूबको अनुभवबारे चिन्तन गर्दा, मैले अभ्यासको एउटा मार्ग फेला पारेँ। मेरो रोग जतिसुकै लामो समयसम्म रहहोस् वा जतिसुकै गम्भीर बनोस्, यहाँसम्म कि मेरो ज्यान नै जोखिममा परोस्, म परमेश्‍वरमा समर्पित हुनुपर्छ र उहाँको लागि आफ्नो गवाहीमा दृढ रहनुपर्छ। ममा हुनुपर्ने विवेक र समझ यही हो। त्यसपछि, जब-जब ममा आशिष्‌ पाउने विचारहरू आउँथे, तब-तब म ती चाहनाहरूको विरुद्ध विद्रोह गर्न परमेश्‍वरलाई प्रार्थना गर्थेँ, र म हरेक दिन परमेश्‍वरका वचनहरू अनुभव गर्न र सत्यता अभ्यास गर्नमा केन्द्रित भएँ, अनि त्यसो गर्दा, मेरो हृदय निकै शान्त भयो।

पछि, औषधि सेवनले, मेरो अवस्था बिस्तारै सुधार भयो, र म धेरै खुसी भएँ। तर केही समयपछि, मलाई फेरि थकाइ र कमजोरी महसुस भयो, त्यसैले म जाँचका लागि अस्पताल गएँ। डाक्टरले मेरो शरीरमा हेपाटाइटिस बी भाइरसको स्तर बढेर १० करोडभन्दा बढी पुगेको बताए, र कलेजोको कार्य सम्बन्धी अन्य धेरै सूचकहरू पनि उच्च बनेका थिए। उनले यदि यो यसरी नै बढ्दै गयो भने, समस्या हुन सक्ने बताए। यो सुनेर, म अलिकति आत्तिएँ र चिन्तित भएँ, र मैले सोचेँ, “यो रोग धेरै चोटि बल्झिसकेको छ; के यो साँच्चै बिग्रिएर क्यान्सर बन्न सक्छ? के मेरो रोग कहिल्यै निको होला त?” यी विचारहरूले मलाई अलिकति निराश बनायो। त्यसपछि मैले मेरो स्थिति ठीक छैन भन्ने महसुस गरेँ, त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ। मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “तँ परमेश्‍वरमा विश्‍वास गर्ने र उहाँलाई पछ्याउने हुनाले, तैँले सबै कुरा उहाँलाई नै चढाउनुपर्छ, र तैँले व्यक्तिगत छनौट वा मागहरू गर्नु हुँदैन, अनि तैँले परमेश्‍वरका अभिप्राय पूरा गर्नुपर्छ। तँ सृजित मानव भएको हुनाले, तँ आफूलाई सृष्टि गर्नुहुने प्रभुमा समर्पित हुनुपर्छ, किनभने तँ अन्तर्निहित रूपमा नै आफूलाई नियन्त्रण गर्न सक्दैनस्, र तँसँग तेरो आफ्नै भवितव्यलाई नियन्त्रण गर्ने कुनै अन्तर्निहित क्षमता छैन। … सृजित प्राणीका रूपमा, मानिसले सृष्टिकर्तालाई जान्न र सृजित प्राणीको कर्तव्य पूरा गर्न खोज्नुपर्छ, र सबैभन्दा महत्त्वपूर्ण रूपमा, अरू कुनै छनौटहरू बिलकुलै नगरी परमेश्‍वरलाई प्रेम गर्न खोज्नुपर्छ, किनभने परमेश्‍वर मानिसको प्रेमको योग्य हुनुहुन्छ। परमेश्‍वरप्रतिको प्रेमको पछि लाग्नेहरूले कुनै पनि व्यक्तिगत लाभ वा व्यक्तिगत आशाहरू पछ्याउनु हुँदैन; पछ्याउने सबैभन्दा सही तरिका यही हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता व्यक्तिले हिँड्ने मार्गमा निर्भर हुन्छ)। परमेश्‍वरका वचनहरूबाट, मैले परमेश्‍वरको अभिप्राय बुझेँ, र जीवन र मृत्यु परमेश्‍वरको हातमा छ भन्ने महसुस गरेँ। मैले अबदेखि परमेश्‍वरसँग अनुचित मागहरू गर्नु हुँदैनथियो, र मेरो रोग जतिसुकै बिग्रिए पनि, यसले गर्दा मर्नु परे पनि वा कुनै अन्तिम परिणाम वा गन्तव्य प्राप्त नहुने नै भए पनि, म अझै पनि परमेश्‍वरका योजनाबद्ध कार्यहरू र बन्दोबस्तहरूमा समर्पित हुनेछु। यस्तो सोचाइका साथ, म अबदेखि मेरो रोगको अवस्थाद्वारा बाँधिइन छोडेँ, मैले सधैँझैँ आफ्नो कर्तव्य निर्वाह गरिरहेँ, र मैले निकै स्वतन्त्रताको महसुस गरेँ। पछि, मैले परम्परागत चिनियाँ औषधि सेवनलाई जारी राखेँ, र मलाई अवस्था बिस्तारै सुधार भएको महसुस भयो। अन्तिम जाँच गरेपछि हेर्दा, कलेजोको कार्यका धेरै सङ्केतकहरू लगभग सामान्य अवस्थामा फर्किएका थिए।

यो रोगद्वारा आफू प्रकट भएको मेरो यो अनुभवमार्फत, मैले केही दुःख पाएको भए पनि, म परमेश्‍वरप्रति धेरै आभारी छु। यो वातावरण नआएको भए, मैले आफैलाई चिन्न सक्ने थिइनँ, र म साँचो रूपमा परमेश्‍वरको लागि आफूलाई समर्पित गरिरहेको छु भनेर नै सोचिरहने थिएँ। तर अब मैले परमेश्‍वरमा विश्‍वास गरेर आशिष्‌ खोज्ने मेरा गलत दृष्टिकोणहरूलाई स्पष्ट रूपमा देखेको छु, र मैले मेरो स्वार्थी, घृणास्पद, र नाफामुखी शैतानी स्वभावबारे केही बुझाइ हासिल गरेको छु। यो रोगको सामना गरेर मैले प्राप्त गरेका प्राप्तिहरू यिनै हुन्।

अघिल्लो: ८८. प्रतिकूल परिस्थितिमा कसरी आफ्नो कर्तव्य निर्वाह गर्ने

अर्को: ९०. म आफ्नो भाग्यबारे फेरि कहिल्यै गुनासो गर्नेछैनँ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्