८८. प्रतिकूल परिस्थितिमा कसरी आफ्नो कर्तव्य निर्वाह गर्ने
२०२२ को जुन महिनामा, मैले ३० जनाभन्दा बढी ब्रदर-सिस्टरहरूलाई प्रहरीले पक्राउ गरेको कुरा थाहा पाएँ, जसमा केही अगुवाहरू पनि समावेश थिए। धेरै ब्रदर-सिस्टरहरू र भेला हुने घरहरूमा सुरक्षाको जोखिम आइपरेको थियो, अनि परमेश्वरका वचनका पुस्तकहरू तत्कालै सार्नुपर्ने आवश्यकता भयो। अगुवाहरूले म र दुई जना सिस्टरलाई चेन्गुआङ मण्डलीमा गई बाँकी रहेका कामहरू सम्हाल्न बन्दोबस्त गरिदिए। मैले मनमनै सोचेँ, “अघिल्लो पक्राउले गर्दा मेरो आपराधिक रेकर्ड छ, र कम्युनिस्ट पार्टीले मलाई वर्षौँदेखि लगातार खेदिरहेको छ। यदि म बाँकी रहेका कामहरू सम्हाल्न गएँ भने, म सार्वजनिक रूपमा बाहिर निस्कनु अपरिहार्य हुन्छ, र सुरक्षा जोखिम भएका मानिसहरूसँग सम्पर्कमा आउनुपर्ने हुन्छ। यदि म फेरि पक्राउ परेँ भने, कम्युनिस्ट पार्टीले मलाई पक्कै पनि सजिलै छोड्नेछैन। मलाई कुटेर मारेनन् भने पनि, तिनीहरूले सम्भवतः मलाई आठदेखि दश वर्षको जेल सजाय दिनेछन्। परमेश्वरको काम अन्त हुन लाग्दा, यदि प्रहरीले मलाई कुटेर मार्यो वा अपाङ्ग बनाइदियो भने के होला? के मैले परिवार र करियर त्यागेका मेरा यी सबै वर्षहरू, र मेरा सबै त्याग र समर्पण व्यर्थ हुनेछैनन् र? मैले कसरी मुक्ति पाउनेछु र म स्वर्गको राज्यमा प्रवेश गर्नेछु?” तर यस्तो सोच्दा मलाई अलिक दोषी महसुस भयो, अनि सोचेँ, “यस्तो समयमा पनि मैले अझै आफ्नै बारेमा सोचिरहेको छु। म त अति नै स्वार्थी भइरहेको छु।” मैले परमेश्वरका केही वचन सम्झेँ: “परमेश्वरको कार्य मानवजातिको खातिर गरिन्छ र मानिसको सहकार्य परमेश्वरको व्यवस्थापनको खातिर दिइन्छ। परमेश्वरले आफूले गर्नुपर्ने सबै कुरा गरिसक्नुभएपछि, मानिसले आफ्नो अभ्यासलाई खुला मनले गर्न र परमेश्वरसँग सहकार्य गर्न आवश्यक छ। परमेश्वरको कार्यमा, मानिसले कुनै पनि प्रयास गर्नुहुँदैन, उसले आफ्नो बफादारीता दिनुपर्छ र विभिन्न धारणाहरूमा लुप्त हुने वा निष्क्रिय बसेर मृत्यु पर्खिने गर्नुहुँदैन। परमेश्वरले मानिसको लागि आफैलाई बलिदान दिन सक्नुहुन्छ, तब मानिसले किन परमेश्वरलाई आफ्नो बफादारीता दिन सक्दैन? मानिसप्रति परमेश्वर एउटै हृदय र मनको हुनुहुन्छ, तब मानिसले किन सानो सहकार्य दिन सक्दैन? परमेश्वरले मानवजातिको लागि काम गर्नुहुन्छ, तब मानिसले किन परमेश्वरको व्यवस्थापनको खातिर आफ्ना केही कर्तव्यलाई पूरा गर्न सक्दैन? परमेश्वरको काम यति हदसम्म आइसकेको छ, तैपनि तिमीहरू हेर्छौ तर काम गर्दैनौ, तिमीहरू सुन्छौ तर हलचल गर्दैनौ। के यस्ता मानिसहरू अनन्त विनाशका पात्रहरू होइनन् र? परमेश्वरले पहिले नै आफ्नो सम्पूर्णता मानिसलाई समर्पित गरिसक्नुभएको छ, तब आज किन मानिस इमानदारीताको साथ आफ्नो कर्तव्य पूरा गर्न असमर्थ छ? परमेश्वरको लागि, उहाँको कार्य नै उहाँको पहिलो प्राथमिकता हो र उहाँको व्यवस्थापनको काम नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। मानिसको लागि, परमेश्वरको वचनहरूलाई अभ्यास गर्नु र परमेश्वरका मागहरूलाई पूरा गर्नु उसको पहिलो प्राथमिकता हो। यो तिमीहरू सबैले बुझ्नुपर्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कार्य र मानिसको अभ्यास)। परमेश्वरका वचन मनन गर्दा, मेरो विवेकमा गहिरो दोषबोध भयो। कम्युनिस्ट पार्टीले मण्डलीलाई उन्मत्त भएर सताइरहेको थियो, ब्रदर-सिस्टरहरू खतरामा थिए र उनीहरूलाई लुक्नू भनेर तुरुन्तै खबर गर्नुपर्ने थियो, परमेश्वरका वचनका पुस्तकहरू पनि सार्नुपर्ने थियो, साथै तुरुन्तै सम्हाल्नुपर्ने मण्डलीका धेरै कामहरू थिए। यस्तो समयमा, कसैले अघि सरेर बाँकी रहेका कामहरू छिटो सम्हाल्नु र क्षतिलाई कम गर्नु आवश्यक थियो। यो परमेश्वरको अभिप्रायअनुरूप थियो। तर मैले आफ्नै सुरक्षाको बारेमा मात्र विचार गरिरहेको थिएँ, मण्डलीको कामलाई पटक्कै वास्ता गरिरहेको थिइनँ, र परमेश्वरको अभिप्रायलाई ख्याल गरिरहेको थिइनँ। ममा साँच्चै विवेकको कमी थियो, र म अति नै स्वार्थी र घृणास्पद भइरहेको थिएँ! त्यसैले मैले यो कर्तव्य स्वीकार गरेँ, र दुई जना सिस्टरसँग बाँकी रहेका कामहरू कसरी सम्हाल्ने भन्नेबारे विस्तृत रूपमा छलफल गरेँ।
एक रात, एउटी सिस्टरले उनको इलेक्ट्रिक स्कुटरमा केही चिज जडान गरिएको छ भनिन्, त्यसैले हामीले तुरुन्तै जाँच गर्यौँ, र हाम्रा दुवै स्कुटरमा ट्र्याकरहरू जडान गरिएको पायौँ, जसको अर्थ हामीलाई प्रहरीले पहिले नै निशाना बनाइसकेको हुन सक्थ्यो र हामी जुनसुकै बेला पक्राउ पर्न सक्थ्यौँ। मलाई छटपटी र बेचैनी भयो, र अघिल्लो पक्राउको बेला पाएका यातनाका दृश्यहरू मेरा आँखा अगाडि झलझली आए। म पहिले पक्राउ पर्दा, मण्डलीको धनसम्पत्ति र ब्रदर-सिस्टरहरूलाई धोका दिन बाध्य पार्नका लागि प्रहरीले मलाई यातना दिएको थियो, उनीहरूले मलाई कठोर किसिमको र लामो समयसम्म निद्राबाट वञ्चित गर्ने तरिका अपनाएका थिए, उनीहरूले मलाई दिनभर जागा बस्न लगाउँथे, र म निदाउन खोज्दा मलाई कुट्थे वा तर्साउँथे। उनीहरूले लगातार बीस दिनसम्म यस्तो गरे। उनीहरूले मलाई जिउनु भन्दा मर्नु नै जस्तो लाग्ने हदसम्म यातना दिए, र यदि परमेश्वरको हेरचाह र सुरक्षा नभएको भए, म धेरै अघि मरिसक्ने थिएँ। यसको सम्झनाले मलाई अझै पनि तर्साउँछ। मैले के पनि सोचेँ भने, अहिले म ६० वर्षभन्दा माथिको भइसकेको छु र मेरो स्वास्थ्य पनि कमजोर छ, मलाई मुटुको रोग र उच्च रक्तचाप छ, र मलाई लाग्यो, “यदि म फेरि पक्राउ परेँ भने, के म त्यो यातना र निर्दयी कुटाइ सहन सक्छु होला र?” कम्युनिस्ट पार्टीले विश्वासीहरूलाई सम्भव भएसम्मका जुनसुकै उपाय लगाएर यातना दिन्छ, र उनीहरूलाई कुटेर मारे पनि तिनीहरूले कुनै नतिजा भोग्नु पर्दैन। यदि मलाई कुटेर मारियो वा अशक्त बनाइयो भने, मैले कसरी परमेश्वरमा विश्वास गर्न वा मेरा कर्तव्यहरू पूरा गर्न सक्छु? मैले सोचेँ, “जे सुकै होस्, म अहिलेलाई मेरा कर्तव्यहरू पूरा गर्न छोड्छु र लुक्ने ठाउँ खोज्छु। त्यसरी नै सुरक्षित भइन्छ।” अगुवाहरूले यो कर्तव्य अरू कसैका लागि किन बन्दोबस्त गरेनन् भनी मैले मनमनै गुनासो पनि गरेँ। आखिर, मजस्तो सुरक्षा जोखिममा परेको व्यक्तिलाई उनीहरूले कसरी बाँकी रहेका कामहरू सम्हाल्न दिन सके? मैले जति यस्तो सोचेँ, मेरो हृदय त्यति नै भारी भयो। पछि, मैले मेरो स्थिति गलत छ भन्ने महसुस गरेँ, त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ: “हे परमेश्वर, मेरो विश्वास ज्यादै सानो छ। स्कुटरमा ट्र्याकरहरू भेट्टाउँदा, म डरमा डुबेँ र टाउको लुकाउने कछुवाझैँ लुक्न चाहेँ। म साँच्चै स्वार्थी छु। हे परमेश्वर, म तपाईँमा भर पर्न, तपाईँतर्फ हेर्न, र विश्वासका साथ यो परिस्थितिको अनुभव गर्न चाहन्छु, र तपाईँले मलाई आत्मचिन्तन गर्न र मेरा समस्याहरू पहिचान गर्न डोर्याउनुहुनेछ भन्ने म आशा गर्छु।” प्रार्थना गरेपछि, मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ: “मानिसहरूले परमेश्वरको काम अनुभव गर्नु र सत्यता बुझ्नुभन्दा पहिले, भित्रैबाट नियन्त्रण लिने र प्रभुत्व कायम गर्ने भनेको शैतानको प्रकृति नै हो। त्यो प्रकृतिमा विशेष रूपमा के हुन्छ त? उदाहरणको लागि, तँ किन स्वार्थी छस्? तँ किन आफ्नै हैसियतको सुरक्षा गर्छस्? तँ किन आफ्ना भावनाहरूद्वारा यति प्रभावित छस्? तँ किन ती अधर्मी र दुष्ट कुराहरू मन पराउँछस्? तैँले त्यस्ता कुराहरू मन पराउनुको आधार के हो? यी कुराहरू कहाँबाट आउँछन्? त किन ती कुराहरू मन पराउँछस् र स्वीकार गर्छस्? अहिलेसम्ममा, तिमीहरू सबै यो कुरा बुझ्न पुगेका छौ: मुख्य कारण के हो भने, मानिसभित्र शैतानका विषहरू छन्। त्यसो भए, शैतानका विषहरू के हुन्? तिनलाई कसरी व्यक्त गर्न सकिन्छ? उदाहरणको लागि, यदि तैँले ‘मानिसहरू कसरी जिउनुपर्छ? मानिसहरू केको लागि जिउनुपर्छ?’ भनेर सोधिस् भने, सबैले जवाफ दिनेछन्, ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ।’ यही एउटै वाक्यांशले यो समस्याको जड व्यक्त गर्छ। शैतानको दर्शन र तर्क मानिसहरूको जीवन बनेको छ। मानिसहरूले जेसुकैको खोजी गर्ने भए पनि, तिनीहरू वास्तवमा आफ्नै लागि त्यसो गर्छन्—अनि त्यसकारण तिनीहरू सबै आफ्नै लागि जिउँछन्। ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ’—मानिसको जीवन दर्शन यही हो, र यसले मानव प्रकृतिको पनि प्रतिनिधित्व गर्छ। यी वचनहरू पहिले नै भ्रष्ट मानवजातिको प्रकृति भइसकेका छन्, र यी वचनहरू भ्रष्ट मानवजातिको शैतानी प्रकृतिको साँचो चित्रण हुन्। यो शैतानी प्रकृति पूर्ण रूपमा भ्रष्ट मानवजातिको अस्तित्वको जग बनिसकेको छ। भ्रष्ट मानवजाति कैयौँ हजार वर्षदेखि अहिलेको वर्तमान समयसम्म शैतानको यो विषअनुसार जिएको छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पत्रुसको मार्गमा कसरी हिँड्ने)। परमेश्वरका वचनको खुलासाबाट मैले के महसुस गरेँ भने जब-जब म खतरनाक परिस्थितिको सामना गर्थेँ, तब-तब म सधैँ आफैबारे मात्र सोच्थेँ, र यसको जडमा “अरूको होइन आफ्नै दुनो सोझ्याउनुपर्छ”, र “इनामविना औँलो पनि नउठाउनू” जस्ता शैतानी विषहरू थिए, किनकि यी विचारहरूले मलाई गहिरो प्रभाव पारेका थिए। यी भनाइहरू मेरा लागि काम र व्यवहार गर्ने मापदण्ड बनेका थिए। यी विचार र दृष्टिकोणअनुसार जिउँदा, म स्वार्थी र आत्म-केन्द्रित बनेको थिएँ, र मैले नाफा कमाउने र घाटाबाट बच्ने कुरालाई आफ्नो सिद्धान्त बनाएको थिएँ। पहिले समाजमा काम गर्दा पनि म यसरी नै चल्थेँ, अझ साथीहरू पनि तिनै छान्थेँ जो मेरा लागि उपयोगी हुन सक्थे। परमेश्वरलाई पाएपछि र मेरा कर्तव्यहरू सुरु गरेपछि पनि, मैले अझै आफ्नोबारे मात्र सोचिरहेको थिएँ, र अगुवाहरूले राम्रो ठान्ने सजिला कामहरू गर्न रुचाउँथेँ। जब परिस्थिति सहज हुन्थ्यो, तब म कष्ट सहँदै र कर्तव्यहरू पूरा गर्न आफूलाई समर्पित गर्न सक्थेँ, तर जब परिस्थिति कठिन हुन्थ्यो र व्यक्तिगत सुरक्षाको कुरा आउँथ्यो, तब म आफ्नै हितबारे मात्र सोच्थेँ र मण्डलीको कामको कुनै वास्ता गर्दिनथेँ। जब अगुवाहरूले मलाई बाँकी रहेका कामहरू सम्हाल्न बन्दोबस्त गरे, तब मेरो पहिलो चिन्ता आफ्नै सुरक्षाको थियो, र विशेष गरी जब मैले हाम्रा स्कुटरहरूमा ट्र्याकरहरू जडान गरिएको थाहा पाएँ, तब म प्रहरीको निगरानीमा परेको छु भन्ने कुराले अझ बढी चिन्तित भएँ, र म जुनसुकै बेला पक्राउ पर्न सक्छु वा मैले ज्यान गुमाउन सक्छु भन्ने जोखिमले सतायो। मैले आफ्नै ज्यान बचाउनलाई मेरा कर्तव्यहरू छोडेर लुक्नेबारे पनि सोचेँ। मैले आफ्नै बारेमा मात्र सोचिरहेको थिएँ, मण्डलीको काम वा ब्रदर-सिस्टरहरू पक्राउ पर्छन् कि पर्दैनन् भन्ने कुरालाई बेवास्ता गरिरहेको थिएँ। म कति स्वार्थी र घृणास्पद थिएँ! बाँकी रहेका कामहरू सम्हाल्नका लागि समयसँगै दौडनुपर्छ, र यस्तो महत्त्वपूर्ण समयमा, विवेक र समझ भएको जोकोहीले पनि परमेश्वरको घरको हितको रक्षा गर्न र क्षतिलाई कम गर्न आफ्नो सक्दो प्रयास गर्नेछ। पक्राउ पर्ने, जेल पर्ने वा ज्यान गुमाउने नै भए पनि, तिनीहरूले परमेश्वरको हृदयलाई सान्त्वना दिन मण्डलीको कामको रक्षा गर्ने छनौट गर्नेछन्। तर मेरो हकमा भने, जब खतराको सामना गर्नुपर्थ्यो, तब म टाउको लुकाउने कछुवाझैँ भाग्न र लुक्न चाहन्थेँ। के ममा कुन प्रकारको मानवता थियो र? यो महसुस गर्दा, मलाई गहिरो लाज र पछुतो लाग्यो, र मलाई आफैदेखि घृणा लाग्यो। म अब यो परिस्थितिबाट भाग्न चाहन्नथेँ, र म समर्पित हुन र बाँकी रहेका कामहरू उचित रूपमा सम्हाल्न तयार भएँ।
पछि, मैले परमेश्वरका वचनको अर्को खण्ड पढेँ: “शैतान जतिसुकै ‘अत्यन्तै शक्तिशाली’ भए पनि, यो जतिसुकै दुस्साहसी र महत्त्वाकाङ्क्षी भए पनि, क्षति पुऱ्याउने यसको क्षमता जतिसुकै ठूलो भए पनि, मानिसलाई भ्रष्ट तुल्याउने र प्रलोभनमा पार्ने यसका सक्षमताहरूको दायरा जतिसुकै फराकिलो भए पनि, यसले मानिसलाई धम्काउने युक्ति र जालझेलहरू जतिसुकै चलाख भए पनि, वा यसको अस्तित्वका रूपहरू जतिसुकै विविध भए पनि, यसले कहिल्यै एउटै जीवित प्राणी सृष्टि गर्न, यावत् थोकको अस्तित्वका लागि व्यवस्था वा नियमहरू स्थापित गर्न, वा कुनै पनि सजीव वा निर्जीव वस्तुमाथि शासन गर्न वा सार्वभौमिकता राख्न सकेको छैन। ब्रह्माण्ड र आकाशभित्र, एउटा पनि व्यक्ति वा थोक छैन जुन यसद्वारा अस्तित्वमा ल्याइएको होस् वा यसको कारणले अस्तित्वमा रहेको होस्; यसको सार्वभौमिकता वा शासनअन्तर्गत एउटा पनि व्यक्ति वा थोक छैन। यसको विपरीत, यो परमेश्वरको प्रभुत्वअन्तर्गत अस्तित्वमा रहनुपर्ने मात्रै होइन, यसले परमेश्वरका सबै आज्ञा र आदेश पनि पालन गर्नैपर्छ। परमेश्वरको अनुमतिविना, शैतानले जमिनमा भएको एक थोपा पानी वा बालुवाको एक कणलाई सजिलै छुन समेत सक्दैन; परमेश्वरको अनुमतिविना, शैतानले जमिनमा भएका कमिलाहरूलाई समेत छेडछाड गर्न सक्दैन, परमेश्वरले सृष्टि गर्नुभएको मानवजातिको त कुरै छोडौँ। परमेश्वरको नजरमा, शैतान पहाडका लिलीहरू, हावामा उड्ने चराहरू, समुद्रका माछाहरू, र पृथ्वीका कीराहरूभन्दा तुच्छ छ। यावत् थोकहरूमाझ यसको भूमिका भनेको यावत् थोकहरूको सेवा गर्नु, मानवजातिको सेवा गर्नु, र परमेश्वरको काम र उहाँको व्यवस्थापनको योजनाको सेवा गर्नु हो” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय १)। परमेश्वरका वचनमा साँच्चै अख्तियार र शक्ति छ। परमेश्वरका वचन पढेपछि, म विश्वासले भरिएँ, र मैले के महसुस गरेँ भने कम्युनिस्ट पार्टी जतिसुकै उन्मत्त भए पनि, यो अझै पनि परमेश्वरकै हातमा छ। यो त परमेश्वरले आफ्ना चुनिएका मानिसहरूलाई सिद्ध पार्न प्रयोग गर्नुहुने सेवाको एउटा औजार हो। यसले गर्ने सबै कुरा परमेश्वरको अनुमतिभित्र हुन्छ, र यदि परमेश्वरले अनुमति दिनुभएन भने, यसले कसैलाई हानि गर्न सक्दैन। म प्रहरीसँग जम्काभेट नै भए पनि, म पक्राउ पर्ने थिइनँ। मैले केही वर्ष पहिलेको कुरा सम्झेँ, जतिबेला हाम्रो क्षेत्रका धेरै अगुवा र कामदारहरू पक्राउ परेका थिए, र हामी अझै पनि अन्जानमै भेलाहरूमा सहभागी भइरहेका थियौँ। अचानक, दश जनाभन्दा बढी प्रहरी अधिकृतहरू आए र ढोका ढकढक्याए। उनीहरूले धेरै मिनेटसम्म ढोका ढकढक्याइरहे, र हामीले केवल प्रार्थना गरिरह्यौँ र ढोका खोलेनौँ। आधा घण्टापछि, प्रहरीले घरमा कोही छैन भन्ने ठाने र दुई जना अधिकृतलाई पहरामा राखेर अरू सबै गए। पछि, हामीले झ्यालबाट हेर्यौँ, र जब प्रहरीको ध्यान अन्यत्र थियो, तब हामीले भाग्ने मौका पायौँ। अर्को पटक, जब हामीले भेला सिध्याएका थियौँ, र एक जना ब्रदर र म भर्खरै निस्केका थियौँ, तब दुई जना सिस्टरलाई कोठाभित्रै प्रहरीले थुनिदिए। सिस्टरहरूले हतार-हतार कम्प्युटरहरू च्यापे र तिनीहरू ओछ्यानमुनि लुके, र उनीहरू प्रहरीको ठ्याक्कै अगाडि भए तापनि, उनीहरू फेला परेनन्। यी तथ्यहरूबाट, मैले परमेश्वरको सर्वशक्तिमान्ता देखेँ, र मलाई सबै कुरा परमेश्वरकै हातमा छ भन्ने थाहा भयो। मेरो स्कुटरमा ट्र्याकर जडान गरिएको भए तापनि, म पक्राउ पर्ने वा नपर्ने कुरा प्रहरीको हातमा थिएन; यो त परमेश्वरको हातमा थियो। यदि परमेश्वरले मलाई प्रहरीद्वारा पक्राउ पर्न दिनुभयो भने, म जहाँसुकै लुके पनि, उम्कन सक्ने थिइनँ। म परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तप्रति समर्पित हुनुपर्थ्यो। यो महसुस गरेपछि, मेरो हृदय स्थिर र शान्त भयो, र मलाई त्यति कायरता र डरको महसुस भएनँ। त्यसपछि हामीले बाँकी रहेका कामहरू सम्हाल्ने कार्य जारी राख्यौँ, परमेश्वरका वचनका सबै पुस्तकहरू सुरक्षित रूपमा स्थानान्तरण गर्यौँ र ब्रदर-सिस्टरहरूलाई उनीहरूको कर्तव्य पूरा गर्नका लागि सुरक्षित ठाउँहरूमा सार्यौँ।
यस मण्डलीको कामको बन्दोबस्त गरिसकेपछि, म अर्को मण्डलीको बाँकी रहेका कामहरू सम्हाल्न गएँ। मण्डलीको कामलाई कसरी छिट्टै सामान्य अवस्थामा फर्काउने भनेर छलफल गर्न मैले दुई जना सुपरिवेक्षकहरूलाई भेटेँ। तर अचम्मको कुरा, तीमध्ये एक जना सुपरिवेक्षकको स्कुटरमा पनि ट्र्याकर जडान गरिएको रहेछ, र प्रहरी अनुसन्धान गर्नका लागि हाम्रो निवासमा समेत आइसकेको रहेछ। फेरि एकपटक तनावपूर्ण वातावरणले हामीलाई घेर्यो र मलाई निकै दबाबको महसुस भयो। कम्युनिस्ट पार्टी भूतजस्तै हो, जसले विश्वासीहरूलाई निरन्तर पक्राउ गर्छ र सताउँछ, तथा मण्डलीको काममा बाधा पुर्याउँछ र त्यसलाई नष्ट गर्छ। यो साँच्चै श्रापित र निन्दनीय छ! भोलिपल्ट, मैले माथिल्लो नेतृत्वबाट एउटा पत्र प्राप्त गरेँ, जसमा म र एउटा सिस्टरलाई रिपोर्ट पत्र सम्हाल्ने बन्दोबस्त गरिएको थियो। पत्रमा मण्डलीमा सत्तामा रहेको एक जना ख्रीष्टविरोधीले मानिसहरूलाई दमन र सास्ती दिइरहेको, र मण्डलीमा अस्तव्यस्तता मच्चाइरहेको कुरा उल्लेख गरिएको थियो। उनीहरूले यो मामला जरुरी भएको बताए र तुरुन्तै सम्हाल्न भनेर मलाई भने। म जान चाहन्नथेँ र पत्र लेख्ने व्यक्तिप्रति गुनासो गरेँ, अनि सोचेँ, “यहाँको स्थिति पहिल्यै भयावह छ, र तिमीले उजुरी पत्र लेख्नका लागि यही समय रोज्यौ। हामी बाँकी रहेका कामहरू सम्हाल्नमा पहिल्यै व्यस्त छौँ, र अब तिमीले अस्तव्यस्तता मात्र थप्दैछौ!” ठीक त्यही बेला, मैले पक्राउ परेका दुई जना व्यक्ति यहुदा बनेको कुरा थाहा पाएँ, र उनीहरू दुवैले मलाई चिन्थे। प्रहरीले उनीहरूलाई मेरो बारेमा सोधपुछ समेत गरेको थियो र उनीहरूले मेरो बारेमा प्रहरीलाई कति जानकारी खुलाएका थिए भन्ने मलाई थाहा थिएन। मैले सोचेँ, “प्रहरीले मलाई पहिल्यै खोजिरहेको छ, यदि म फेरि सार्वजनिक रूपमा बाहिर निस्केँ भने, के म जानिजानी खतराको मुखमा पर्नेछैन र? यदि म पक्राउ परेँ भने, प्रहरीले मलाई सजिलै छोड्नेछैन। मलाई कुटेर मारेनन् भने पनि, उनीहरूले पक्कै पनि मलाई अपाङ्ग बनाइदिनेछन्।” मलाई निकै द्विविधा भयो, “रिपोर्ट पत्र सम्हाल्ने कुरा मण्डलीको कामसँग सम्बन्धित छ, र यदि यी ख्रीष्टविरोधी र दुष्ट मानिसहरूलाई तुरुन्तै निराकरण गरिएन भने, यसले थप अस्तव्यस्तता निम्त्याउनेछ, र ब्रदर-सिस्टरहरू दमन र सास्तीमा परिरहनेछन्। तर यो रिपोर्ट पत्रमा धेरै वटा मण्डलीहरू समावेश छन् र स्थलगत अनुसन्धान र प्रमाणीकरणको आवश्यकता पर्छ, र यदि म त्यो काम गर्न सार्वजनिक रूपमा बाहिर निस्केँ भने, ढिलो-चाँडो म पक्राउ पर्ने जोखिममा हुनेछु!” यस्तो कुरा मनमा आउँदा, मलाई निकै डर लाग्यो र म शान्त हुनै सकिनँ। त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, र उहाँसँग मलाई विश्वास र शक्ति दिनुहोस् भनी बिन्ती गरेँ। प्रार्थना गरेपछि, प्रभु येशूका चेलाहरू उहाँका लागि कसरी शहीद भएका थिए भन्ने उल्लेख गरिएको परमेश्वरका वचनहरू मैले सम्झेँ। मैले पढ्नका लागि ती वचनहरू हतार-हतार खोजेँ।
सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “प्रभु येशूका ती चेलाहरू कसरी मरे? चेलाहरूमध्ये, कतिलाई ढुङ्गाले हानियो, घोडामा बाँधेर घिस्स्याइएका, उँधोमुन्टो क्रूसमा टाँगिएका, पाँचवटा घोडाले तानेर शरीर चुँडाइएकाहरू पर्थे—तिनीहरूमाथि विभिन्न किसिमको मृत्यु आइपऱ्यो। तिनीहरूको मृत्युको कारण के थियो? के त्यसको कारण तिनीहरू कुनै गलत कार्यमा संलग्न भएपछि कानुनअनुसार तिनीहरूलाई मृत्युदण्ड दिइनु थियो? होइन। तिनीहरूले प्रभुको सुसमाचार प्रसार गरे, तर संसारका मानिसहरूले त्यो स्विकारेनन्, बरु तिनीहरूको निन्दा गरे, तिनीहरूलाई कुटे, र झपारे, अनि तिनीहरूको ज्यान समेत लिए—तिनीहरू त्यसरी नै शहीद भए। … वास्तवमा, तिनीहरूका शरीर यसरी मरेका र बितेका थिए; मानव संसारबाट बिदा हुने तिनीहरूको तरिका यही थियो, तैपनि यसको अर्थ तिनीहरूको परिणाम उस्तै थियो भन्ने होइन। तिनीहरूको मृत्यु र बिदा हुने तरिका चाहे जे नै भए पनि, वा त्यो चाहे जसरी भए पनि, परमेश्वरले ती जीवनका, ती सृजित प्राणीहरूका अन्तिम परिणाम त्यस्तो होस् भनी निर्धारित गर्नुभएको थिएन। यो तैँले स्पष्ट रूपमा बुझ्नुपर्ने कुरा हो। यसको विपरीत, तिनीहरूले ठ्याक्कै यही तरिकाले नै यस संसारलाई निन्दा गरे र परमेश्वरका कार्यहरूको गवाही दिए। यी सृजित प्राणीहरूले आफ्नो सबैभन्दा मूल्यवान् जीवन—आफ्ना जीवनको अन्तिम क्षण परमेश्वरका कार्यहरूको गवाही दिन, परमेश्वरको महान् शक्तिको गवाही दिन, र शैतान र संसारलाई परमेश्वरका कार्यहरू सही छन्, प्रभु येशू परमेश्वर हुनुहुन्छ, उहाँ प्रभु हुनुहुन्छ, र परमेश्वरको देहधारी शरीर हुनुहुन्छ भनी घोषणा गर्न प्रयोग गरे। आफ्नो जीवनको अन्तिम क्षणसम्म पनि, तिनीहरूले प्रभु येशूको नाउँलाई कहिल्यै इन्कार गरेनन्। के यो संसारमाथिको एक प्रकारको न्याय थिएन र? तिनीहरूले प्रभु येशू नै प्रभु हुनुहुन्छ, प्रभु येशू नै ख्रीष्ट हुनुहुन्छ, उहाँ परमेश्वरको देहधारी शरीर हुनुहुन्छ, उहाँले गर्नुभएको सारा मानवजातिलाई छुटकारा दिने कामले नै मानवजातिलाई जिइरहन दिन्छ भनी संसारलाई घोषणा गर्न, मानवजातिसामु प्रमाणित गर्न आफ्नो जीवन प्रयोग गरे—यो तथ्य सदैव अपरिवर्तनीय हुन्छ। प्रभु येशूको सुसमाचार प्रसार गरेका कारण शहीद भएकाहरूले कुन हदसम्म आफ्नो कर्तव्य निर्वाह गरे? के त्यो अन्तिम हद थियो? त्यो अन्तिम हद कसरी प्रकट भयो? (तिनीहरूले आफ्नो जीवन दिए।) त्यो सही हो, तिनीहरूले आफ्नो प्राण दिएर त्यो मूल्य चुकाए” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सुसमाचार प्रचार गर्नु सबै विश्वासीहरूले पूरा गर्नुपर्ने कर्तव्य हो)। “परमेश्वरप्रति बफादार मानिसहरूलाई वातावरण खतरनाक छ भन्ने स्पष्टसित थाहा हुँदा पनि तिनीहरू घटनाको घटना सम्हाल्ने खतरा मोल्छन्, अनि आफू पछि हट्नुअघि परमेश्वरको घरमा हुने घाटा कम बनाइराख्छन्। तिनीहरूले आफ्नो सुरक्षालाई प्राथमिकतामा राख्दैनन्। मलाई भन्, ठूलो रातो अजिङ्गरको यो दुष्ट देशमा, परमेश्वरमा विश्वास गर्दा र आफ्नो कर्तव्य निभाउँदा पटक्कै खतरा छैन भनेर कसले सुनिश्चित गर्न सक्छ? व्यक्तिले जुनसुकै कर्तव्य लिए पनि, यसमा केही खतरा हुन्छ नै—तैपनि कर्तव्य निभाउनु परमेश्वरको आज्ञा हो, र परमेश्वरलाई पछ्याउने क्रममा, व्यक्तिले आफ्नो कर्तव्य निभाउने खतरा मोल्नैपर्छ। व्यक्तिले बुद्धि चलाउनुपर्छ, र आफ्नो सुरक्षा सुनिश्चित गर्न उपायहरू अपनाउनुपर्छ, तर व्यक्तिगत सुरक्षालाई प्राथमिकता दिनु हुँदैन। उसले पहिले परमेश्वरका अभिप्रायहरूलाई विचार गर्नुपर्छ, उहाँको घरको कामलाई पहिलो स्थानमा राख्नुपर्छ र सुसमाचार सुनाउने कार्यलाई पहिलो स्थानमा राख्नुपर्छ। परमेश्वरले तिनीहरूलाई दिनुभएको आज्ञा पूरा गर्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो, र यो नै पहिले आउँछ। ख्रीष्टविरोधीहरूले आफ्नो व्यक्तिगत सुरक्षालाई उच्च प्राथमिकता दिन्छन्; तिनीहरू अरू कुनै कुरासित तिनीहरूको सम्बन्ध छैन भनी विश्वास गर्छन्। अरू कसैलाई केही भयो भने तिनीहरू वास्ता गर्दैनन्, चाहे त्यो व्यक्ति जोसुकै होस्। जबसम्म ख्रीष्टविरोधीहरू आफैलाई केही नराम्रो हुँदैन, तबसम्म तिनीहरू ढुक्क नै हुन्छन्। तिनीहरूमा कुनै बफादारीता हुँदैन, जुन कुरा ख्रीष्टविरोधीको प्रकृति सारद्वारा निर्धारित हुन्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग दुई))। अनुग्रहको युगमा, प्रभु येशूका चेलाहरूले उहाँको गवाही दिए र सुसमाचार फैलाए, र यसका लागि, उनीहरू आफ्नो जीवन बलिदान दिन तयार थिए। उदाहरणका लागि, पत्रुस परमेश्वरका लागि उल्टो क्रुसमा टाँगिएर मारिए, र मृत्युसम्मै बफादार बने, स्तिफनस प्रभु येशूको सुसमाचार प्रसार गरेको कारण ढुङ्गाले हानेर मारिए, इत्यादि। उनीहरूले संसारमा परमेश्वरको वचन प्रसार गर्न र उहाँको कामको गवाही दिन आफ्नो जीवनको मूल्य चुकाए। उनीहरू सताइएका र शरीरमा मरेका भए पनि, उनीहरूको मृत्यु बहुमूल्य र अर्थपूर्ण थियो, र उनीहरूले परमेश्वरको अनुमोदन पाए। मैले आखिरी दिनहरूमा, परमेश्वरलाई पछ्याउने साँचो विश्वासीहरू सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको सुसमाचार प्रसार गरेको र गवाही दिएको कारण पक्राउ परेका थिए र तिनीहरूले क्रूर यातना भोगेका थिए भन्ने कुरा सम्झेँ। कतिलाई कुटेर मारिएको थियो, र कतिलाई अपाङ्ग बनाइएको थियो, तर उनीहरूले परमेश्वरलाई इन्कार गर्नु वा धोका दिनु भन्दा जीवनभर जेलमा बिताउन रोजेका थिए। उनीहरू यहुदा बन्नुभन्दा मर्न तयार भए। अन्ततः, उनीहरूले शैतानमाथि विजय प्राप्त गर्ने गवाही दिए। अहिले, मण्डलीको काम सम्हाल्नका लागि कसैको तत्काल आवश्यकता थियो, तर मैले सधैँ आफ्नै सुरक्षालाई प्राथमिकता दिइरहेको थिएँ र आफ्नो जीवनलाई सबैभन्दा माथि राखिरहेको थिएँ। म परमेश्वरप्रति न बफादार थिएँ, न त समर्पित नै, उहाँका लागि कुनै गवाही दिने त कुरै छोडौँ। आफ्ना कर्तव्यहरू पूरा नगरी यसरी नीच अस्तित्वलाई लम्ब्याउनुमा के अर्थ थियो र? मेरो बुझाइ विकृत रहेको कुरा पनि मैले महसुस गरेँ, किनकि यदि मलाई कुटेर मारियो वा अपाङ्ग बनाइयो भने, मैले मुक्ति पाउने मौका गुमाउनेछु भन्ने कुराको मलाई सधैँ चिन्ता लाग्थ्यो, तर वास्तवमा, मुक्ति पाउनु भनेको परमेश्वरको कामलाई यस्तो बिन्दुसम्म अनुभव गर्नु हो जहाँ व्यक्तिले आफ्नो भ्रष्ट स्वभाव त्याग्न सक्छ र परमेश्वरप्रति साँचो समर्पण प्राप्त गर्न सक्छ। यदि म परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तप्रति समर्पित हुन सकिनँ भने, र यदि म सत्यताको पछि लागिन र मेरा कर्तव्यहरू राम्ररी पूरा गरिन भने, साथै परमेश्वरले बन्दोबस्त गर्नुभएको परिस्थितिमा आफ्नो भ्रष्ट स्वभाव पनि त्यागिन भने, यसको सट्टा टाउको लुकाउने कछुवाझैँ भाग्न र लुक्न रोजेँ भने, मैले साँच्चै मुक्ति पाउने मौका गुमाउनेछु। यो महसुस गरेपछि, मैले परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तप्रति समर्पित हुने सङ्कल्प गरेँ, र भविष्यमा जस्तोसुकै परिस्थितिको सामना गर्नुपरे पनि, म आफ्ना कर्तव्य र जिम्मेवारीहरू उचित रूपमा पूरा गर्न सुरु गर्नेछु। यदि म कुनै दिन पक्राउ परिहालेँ भने पनि, त्यो परमेश्वरले नै अनुमति दिनुभएको हुनेछ, र म प्रभु येशूका चेलाहरूको उदाहरण पछ्याउनेछु, र मृत्युसम्मै परमेश्वरप्रति बफादार रहनेछु। त्यसैले, मैले भेष बदलेँ, र बाँकी रहेका कामहरू सम्हाल्दै गर्दा, मैले रिपोर्ट पत्रलाई प्रमाणीकरण गर्ने काम पनि गरेँ। पछि, प्रमाणीकरण गरिसकेपछि, मैले रिपोर्ट पत्रका धेरैजसो विषयवस्तु तथ्यहरूसँग मेल खाँदैनरहेछन्, र यसको सानो हिस्सा निन्दा र झूटा आरोपहरू रहेछन् भन्ने देखेँ। मैले के पनि थाहा पाएँ भने रिपोर्ट पत्र लेख्ने व्यक्तिले प्रायजसो मानिसहरू र कामकुराका बारेमा निरन्तर खोइरो खन्ने, समस्या खडा गर्ने र फाटो ल्याउने गर्थिन्, र जसले उनको कुरा सच्याउँथ्यो उसैसँग बदला लिन्थिन्, र उनको मानवता दुर्भावनापूर्ण थियो। अन्तमा, धेरैजसो मण्डली सदस्यहरूको सहमतिमा, उनलाई मण्डलीबाट निष्कासित गरियो।
बाँकी रहेका कामहरू सम्हाल्ने यो अनुभवमार्फत, मैले आफ्नो स्वार्थी प्रकृतिको बारेमा केही बुझाइ प्राप्त गरेँ, र मैले के पनि देखेँ भने परमेश्वरको काम अत्यन्तै बुद्धिमानी छ। परमेश्वरले आफ्ना चुनिएका मानिसहरूलाई सिद्ध पार्नका लागि सेवा प्रदान गर्न, र विभिन्न प्रकारका मानिसहरूलाई प्रकट गर्न पनि चिनियाँ कम्युनिस्ट पार्टीको पक्राउ र सतावट प्रयोग गर्नुहुन्छ। उदाहरणका लागि, यसपटक मण्डलीका धेरै अगुवा र कामदारहरू अनि ब्रदर-सिस्टरहरू पक्राउ परे, र कोही, यस प्रतिकूल परिस्थितिमा आफूलाई सुरक्षित राख्नका लागि, आफ्ना कर्तव्यहरू गर्नदेखि धेरै डराए, जबकि अरू, पक्राउ परेपछि, आफ्नो ज्यान बचाउन यहुदा बने, र तिनीहरूले आफ्ना ब्रदर-सिस्टरहरूलाई धोका दिए, र परमेश्वरलाई इन्कार गर्न र धोका दिन “तीन बयानको पत्र” मा हस्ताक्षर समेत गरे। तर केही मानिसहरू, पक्राउ परेपछि, र ठूलो रातो अजिङ्गरको ब्रेनवस, करकाप, प्रलोभन र यातनाबाट गुज्रिएर पनि, तिनीहरूले परमेश्वरमाथिको विश्वास गुमाएनन्। उनीहरूले यहुदा बन्नुभन्दा जेल सजाय भोग्न र दोषी ठहरिन रोजे, र मृत्युसम्मै परमेश्वरलाई धोका नदिने शपथ खाए। उनीहरूले परमेश्वरका लागि सुन्दर र जोरदार गवाही दिए, र उनीहरूले शरीरमा धेरै दुःख भोगेका भए पनि, उनीहरूको गवाहीले परमेश्वरको अनुमोदन पायो र उहाँले त्यसलाई याद गर्नुभयो। यसरी, परमेश्वरले प्रत्येक व्यक्तिलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गर्नुभयो। ठूलो रातो अजिङ्गरले अझै पनि हामीलाई पक्राउ गरिरहेको र सताइरहेको भए पनि, मण्डलीको काम सधैँझैँ चलिरह्यो, र जोखिममा रहेका ब्रदर-सिस्टरहरू, साथै परमेश्वरका वचनका पुस्तकहरू सबै सुरक्षित रूपमा स्थानान्तरण गरिए, र अवरोध र बाधा पुर्याउने दुष्ट मानिसहरू र अविश्वासीहरूलाई मण्डलीबाट निकालियो। यो परिस्थितिले मलाई परमेश्वरका अचम्मका कामहरू देख्ने मौका दियो, र मैले परमेश्वरका सबै काम परमेश्वर स्वयम्ले गर्नुहुन्छ भन्ने थाहा पाएँ। परमेश्वरमाथिको मेरो विश्वास बढेको छ। परमेश्वरलाई धन्यवाद!