८३. छोराप्रतिको ऋणी भावनालाई त्याग्दा

सिन छङ, चीन

म सानो छँदा, मेरी आमाले हाम्रो खानपिन र लवाइखवाइको जिम्मेवारी मात्र लिनुहुन्‍नथियो, तर उहाँ खेतमा काम गर्न पनि जानुपर्थ्यो। त्यो सकेपछि, उहाँले फर्केर घरको काम गर्नुपर्थ्यो। त्यसैले, मलाई के लाग्थ्यो भने असल श्रीमती र मायालु आमा बन्न महिला यसरी नै जिउनुपर्छ। विवाहपछि, मेरी आमाले जस्तै, म पनि श्रीमान् र छोराको लागि दिनको तीन छाक खाना पकाउँथेँ, उनीहरूको आधारभूत आवश्यकता पूरा गर्थेँ र घरका सबै काम सम्हाल्थेँ। तर, छोरा एक वर्षको हुँदा, श्रीमान्‌को सवारी दुर्घटनामा मृत्यु भयो। म त्यो बेला धेरै पीडामा परेँ र मलाई जीवनको कुनै अर्थ छैन जस्तो लाग्यो, तर म छोराको लागि बाँचेँ। छोरालाई पूर्ण परिवार दिन, मैले दोस्रो विवाह गरेँ। उहाँले छोरालाई माया गरेको देख्दा मेरो मनमा केही शान्ति मिल्यो। आखिरी दिनहरूको परमेश्‍वरको काम स्वीकार गरेपछि, म प्रायः दाजुभाइ-दिदीबहिनीहरूसँग भेला हुन्थेँ र परमेश्‍वरका वचन खाने-पिउने गर्थेँ। मैले केही सत्यताहरू बुझेँ र आफ्नो कर्तव्य निर्वाह गर्न थालेँ। पछि, गाउँमा मैले परमेश्‍वरमा विश्वास गरेको कुरा थाहा भएपछि, प्रहरीले ममाथि निगरानी राख्न थाल्यो, र मैले आफ्नो कर्तव्य निर्वाह गर्न घर छोड्नुपर्‍यो। मैले छोरालाई श्रीमान् र सासु-ससुराको जिम्मामा सुम्पेँ। कर्तव्य निर्वाह गर्न बाहिर हुँदा, मलाई छोराको धेरै याद आउँथ्यो, र मलाई सधैँ के लाग्थ्यो भने मैले आमाको रूपमा आफ्नो जिम्मेवारी पूरा गरिनँ। म परिस्थिति अनुकूल भएपछि घर फर्केर छोराप्रतिको ऋणी भाव मेटाउने दिनको प्रतीक्षा गरिरहन्थेँ।

जुलाई २०२३ मा, म सुटुक्क घर फर्किएँ र श्रीमान्‌ले सम्बन्धविच्छेदको मुद्दा दायर गरिसक्नुभएको रहेछ भन्ने थाहा पाएँ। उहाँले छोराले कडा परिश्रम गर्दैन र ऊ कुनै पनि काममा लामो समय टिक्दैन, र यदि मैले उसको वास्ता गरिनँ भने, ऊ बर्बाद हुनेछ भनेर पनि भन्नुभयो। मेरा आमाबुबाले पनि छोराको हेरचाह नगरेको र उसको भविष्य बिगारेको भन्दै मलाई दोष दिनुभयो। यो सुनेर, मैले मनमनै सोचेँ, “यदि म घरमै बसेर उसलाई अलिकति कर गरेँ भने, के ऊ कुनै राम्रो काममा लाग्नेछैन र सही मार्गमा हिँड्नेछैन र?” छोराको अवस्था देखेर र वरपरका मानिसहरूको आलोचना खेपेर, मलाई छोराप्रति झन् धेरै दोषी छु भन्‍ने महसुस भयो। एक दिन, मेरी फुपू हाम्रो घर आउनुभयो र उहाँकी छोरीले आफ्ना छोराका लागि पोलेको कुखुराको मासु बेच्ने पसल खोलिदिनुभएको कुरा सुनाउनुभयो। तर, उहाँको छोरालाई त्यो काम धेरै फोहोर लाग्यो र ऊ दिनभरि घरमै बसेर गेम खेलिरह्यो। मेरी फूपूकी छोरीले जति सम्झाए पनि उसले मानेन। फुपूको कुरा सुनेर मलाई परमेश्‍वरका वचनको एउटा खण्ड याद आयो: “‘छोराछोरीले सही मार्ग पछ्याउन नसक्नु भनेको आमाबुबासँग सम्बन्ध भएको कुरा हो’ भनेर भन्‍नु गलत हो। व्यक्ति जोसुकै भए पनि, यदि ऊ निश्‍चित प्रकारको व्यक्ति हो भने, ऊ त्यही निश्‍चित मार्गमा हिँड्छ। के यो निश्‍चित कुरा होइन र? (हो।) व्यक्तिले लिने मार्गले नै ऊ वास्तवमा को हो भन्‍ने कुरा निर्धारित गर्छ। उसले हिँड्ने मार्ग र ऊ कस्तो व्यक्ति बन्छ भन्‍ने कुरा उसको आफ्‍नै हातको कुरा हो। यी कुराहरू पूर्वनिर्धारित, अन्तर्निहित, अनि व्यक्तिको प्रकृतिसँग सम्बन्धित हुन्छन्। त्यसोभए आमाबुबाको शिक्षाको उपादेयता के हो त? के यसले व्यक्तिको प्रकृति नियन्त्रण गर्न सक्छ त? (सक्दैन।) आमाबुबाको शिक्षाले मानव प्रकृति नियन्त्रण गर्न र व्यक्तिले कुन मार्ग लिन्छ भन्‍ने समस्या सुल्झाउन सक्दैन। आमाबुबाले प्रदान गर्न सक्‍ने एउटै शिक्षा के हो? छोराछोरीको दैनिक जीवनका केही सरल व्यवहारहरू, केही सतही विचारहरू र आत्मआचरणका नियमहरू—यी आमाबुबासँग सम्बन्ध भएका कुराहरू हुन्। आमाबुबाले छोराछोरी वयस्कतामा पुग्‍नुपहिले, आफ्नो उचित जिम्मेवारी पूरा गर्नुपर्छ, र त्यो भनेको छोराछोरीलाई सही मार्ग हिँड्न, मेहनतसाथ अध्ययन गर्न, र हुर्किएपछि अरूभन्दा माथि उठ्न सक्षम हुन प्रयास गर्न, खराब काम नगर्न वा खराब मानिसहरू नबन्न सिकाउनु हो। आमाबुबाले छोराछोरीको व्यवहारलाई नियमन पनि गर्नुपर्छ, तिनीहरूलाई शिष्ट व्यवहार गर्न र अग्रजहरूलाई देख्दा अभिवादन गर्न सिकाउनुपर्छ, र व्यवहारसम्बन्धी अन्य कुराहरू सिकाउनुपर्छ—आमाबुबाले पूरा गर्नुपर्ने जिम्मेवारी यही हो। छोराछोरीको जीवनको हेरचाह गर्ने र आत्मआचरणका केही आधारभूत नियमहरूबारे तिनीहरूलाई शिक्षा दिने—आमाबुबाको प्रभाव यही हो। छोराछोरीको व्यक्तित्वको हकमा भन्दा, आमाबुबाले यो कुरा सिकाउन सक्दैनन्। कतिपय आमाबुबा सहज हुन्छन् र सबै कुरा बिस्तारै गर्छन्, तर तिनीहरूका छोराछोरी अत्यन्तै हतारे हुन्छन् र केही पल पनि त्यतिकै बस्न सक्दैनन्। तिनीहरू १४-१५ वर्षको हुँदा आफै कमाई खान जान्छन्, सबै कुरामा तिनीहरूले आफ्नै निर्णय गर्छन्, तिनीहरूलाई आमाबुबाको आवश्यकता पर्दैन, र तिनीहरू अत्यन्तै आत्मनिर्भर हुन्छन्। के तिनीहरूलाई आमाबुबाले यो कुरा सिकाएका हुन्छन् त? हुँदैनन्। त्यसकारण, व्यक्तिको व्यक्तित्व, स्वभाव, र उसको सारसमेत, साथै उसले भविष्यमा रोज्ने मार्गसँग उसका आमाबुबाको कुनै पनि सम्बन्ध हुँदैन। … यहाँ, यो ‘शिक्षा नदिई पालनपोषण गर्नु बुबाको गल्ती हो’ भन्‍ने अभिव्यक्तिमा समस्या छ। आमाबुबाले छोराछोरीलाई शिक्षा दिने जिम्मेवारी पाएका भए पनि, सन्तानको नियति आमाबुबाले निर्धारित गर्दैनन्, यो कुरा सन्तानको प्रकृतिले निर्धारित गर्छ। के शिक्षाले सन्तानको प्रकृतिसम्बन्धी समस्या समाधान गर्न सक्छ त? पटक्‍कै सक्दैन। व्यक्तिले जीवनमा लिने मार्ग उसका आमाबुबाले निर्धारित गर्दैनन्, यो त परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको हुन्छ। भनाइ नै छ नि, ‘मानिसको भाग्य स्वर्गले निर्धारित गर्छ,’ र यो भनाइलाई मानव अनुभवले सारांशित गरेको छ। व्यक्ति वयस्कतामा पुग्‍नुपहिले, उसले कुन मार्ग लिनेछ भन्‍ने कुरा भन्‍नै सकिँदैन। तिनीहरू वयस्क बनेपछि, र तिनीहरूसँग विचारहरू भएर समस्याहरूबारे मनन गर्न सक्‍ने भएपछि, तिनीहरूले बाहिर वृहत्तर समुदायमा के गर्ने भन्‍ने छनौट गर्नेछन्। कतिपय मानिसहरूले वरिष्ठ अधिकारी बन्‍न चाहन्छु भन्छन्, र अरूले वकिल बन्‍न चाहन्छु, र अझै अरूले लेखक बन्‍न चाहन्छु भनेर भन्छन्। हरेकको आ-आफ्नै छनौट र आ-आफ्नै विचार हुन्छ। कसैले पनि ‘म मेरा आमाबुबाले मलाई शिक्षा दिऊन् भनेर पर्खनेछु, र मेरा आमाबुबाले मलाई जे बन्‍न शिक्षा दिनुहुन्छ म त्यही बन्‍नेछु,’ भनेर भन्दैन। यति साह्रो मूर्ख त कोही पनि हुँदैन। वयस्कतामा पुगेपछि, मानिसहरूका विचारहरू मडारिँदै क्रमशः परिपक्‍व हुन थाल्छन्, र त्यसैले तिनीहरूको अगाडि रहेका मार्ग र उद्देश्यहरू झन्झन् स्पष्ट हुँदै जान्छन्। यति नै बेला, तिनीहरू कस्ता व्यक्ति हुन्, र तिनीहरू कुन समूहका सदस्य हुन् भन्‍ने कुरा पनि बिस्तारै स्पष्ट हुँदै जान्छ। यस बिन्दुदेखि, हरेक व्यक्तिको व्यक्तित्व क्रमशः स्पष्ट रूपमा परिभाषित हुँदै जान्छ, र सँगसँगै, तिनीहरूको स्वभाव, साथै तिनीहरूले पछ्याइरहेका मार्ग, तिनीहरूको जीवन दिशा, र तिनीहरू कुन समूहमा पर्छन् त्यो कुरा पनि स्पष्ट हुँदै जान्छ। यो सबै केमा आधारित हुन्छ? अन्ततः परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको कुरा नै यही हो—यससँग व्यक्तिका आमाबुबाको कुनै सम्बन्ध हुँदैन(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग एक))। परमेश्‍वरले कति स्पष्टसँग बोल्नुभएको छ। बच्चा सही मार्गमा हिँड्छ कि हिँड्दैन भन्ने कुरा आमाबुबाले कसरी शिक्षा दिन्छन् भन्ने कुरामा भर पर्दैन; यो बच्चाको प्रकृतिले निर्धारण गर्छ। आमाबुबाले बच्चाको सतही बानीब्यहोरालाई सिकाउन र नियममा राख्न सक्छन्, तर उनीहरूले बच्चाको भाग्य बदल्न सक्दैनन्। बच्चाले कुन पेसा अपनाउँछ र कुन मार्ग पछ्याउँछ भन्ने कुरालाई आमाबुबाले बदल्न वा निर्धारण गर्न सक्दैनन्। उदाहरणका लागि, मेरी फूपूकी छोरीले आफ्नो छोरालाई हरेक दिन निगरानी गर्नुहुन्थ्यो र धेरै अनुशासनमा राख्नुहुन्थ्यो, तर उहाँको छोरा उस्तै रह्यो, दिनभरि गेम खेल्ने र स्कुल पनि नजाने गर्थ्यो। मेरी फूपूकी छोरीले उसको लागि पसल खोलिदिनुभयो, ऊ कुनै राम्रो काममा लागोस् भनेर चाहनुभयो, तर पनि ऊ बरालिएर हिँडिरह्यो, खाली आमाबुबासँग पैसा मात्र मागिरह्यो। मैले मेरी भाउजूलाई पनि सम्झिएँ, जो प्रायः श्रीमान्‌सँग झगडा गर्नुहुन्थ्यो। रिसाएको बेला, उहाँ माइत गएर बस्नुहुन्थ्यो र उहाँलाई छोरालाई पढाउने वा सिकाउने मन हुँदैनथियो। तर, उहाँको छोराको पढाइ सधैँ निकै राम्रो थियो, र ऊ आफ्नो उमेरभन्दा बढी समझदार थियो। यो भाउजूले उसलाई निकै राम्रोसँग सिकाएर भएको होइन; ऊभित्र पढ्ने भित्री इच्छा नै थियो। उसले आफैँ मिहिनेत गर्न सक्थ्यो र ऊ लगनशील हुन सक्थ्यो। मेरो छोरा सानो हुँदा, म उसलाई सधैँ कडा मिहिनेत गरेर पढ्न र सही मार्गमा हिँड्न सिकाउँथेँ, तर ऊ अनुशासनमा बस्न नचाहने खालको बच्चा थियो। स्कुलबाट फर्केपछि, ऊ सिधै कम्प्युटर गेम खेल्न थाल्थ्यो र मैले भनेको केही पनि मान्दैनथ्यो, र यदि मैले कडाइ गर्न खोजेँ भने, ऊ रिसाएर भद्रगोल गर्थ्यो। अहिले, ऊ सही मार्गमा हिँडिरहेको थिएन वा कुनै राम्रो काममा लागेको थिएन, र यो उसको आफ्नै छनौट थियो, जुन उसको प्रकृतिले निर्धारण गरेको थियो। मैले उसलाई जे सिकाए पनि उसको छनौट बदलिने थिएन, न त यसले उसको भविष्य नै निर्धारण गर्नेथियो। यो बुझेपछि, मैले छोराको साथमा नभएको र उसलाई नसिकाएकोमा आफैँलाई दोष दिन छोडेँ, र मैले आफ्नो अहङ्कार र अज्ञानता पनि देखेँ। म सधैँ छोराको भविष्य र जीवन बदल्‍नलाई छोरालाई शिक्षा दिने कार्यमा भर पर्न चाहन्थेँ; मेरो त्यो सोच कति बेतुकको थिएछ!

नोभेम्बर २०२३ मा, मेरो छोरासँग सम्पर्क भयो। त्यसबेला, छोरा हाम्रो पुरानो घरमा एक्लै बसिरहेको थियो, मेरो श्रीमान् र सासु-ससुरासँग थिएन। ऊ खाना पकाउँदैनथ्यो, बाहिर गएर किनेर खान्थ्यो, र कोठा पनि सफा गर्दैनथ्यो, ओछ्यानमा फोहोर लुगाहरू थुपारेर राख्थ्यो। यो देख्दा मेरो मन धेरै दुख्यो। जब म उसँग कुरा गर्थेँ, तब ऊ धेरै रुखो र उदासीन बन्थ्यो, मैले उसको हेरचाह नगरेकोमा मप्रति असन्तुष्टि पोख्थ्यो र मलाई आमाको रूपमा स्वीकार्दैनथ्यो। मलाई ऊप्रति झन् धेरै ऋणी भएको महसुस भयो, र आमाको रूपमा मैले उसको राम्रो हेरचाह नगरेको वा उसप्रतिको जिम्मेवारी पूरा नगरेको जस्तो लाग्यो। मैले उसको कोठा भित्र र बाहिर सफा गरिदिएँ र उसका सबै लुगाहरू धोइदिएँ। ऊ प्रायः काममा जाँदैनथियो र दिनभरि घरमै बसेर गेम खेलिरहन्थ्यो, त्यसैले मैले उसलाई भनेँ, “तिमीले केही राम्रो काम गर्नुपर्छ; सधैँ परिवारलाई पिरलोमा नपार।” तर, उसले पटक्कै मानेन; त्यसपछि पनि ऊ बदलिएन। पछि, श्रीमान्‌ले छोरा कुनै राम्रो काममा नलागेको देखेर उसलाई हेला गर्नुभयो र अबदेखि उसलाई पाल्न चाहनुभएन। मैले मनमनै सोचेँ, “सायद मैले कुनै जागिर खोज्नुपर्छ र काम गर्दै छोराको हेरचाह गर्नुपर्छ, यसरी आमाको जिम्मेवारी पूरा गर्नुपर्छ।” तर मैले अझै पनि नयाँ विश्वासीहरूलाई मलजल गर्नुपर्थ्यो, र यदि मैले पैसा कमाउन र छोराको हेरचाह गर्न जागिर खाएँ भने, यसले मलजल गर्ने काममा ढिलाइ गर्नेथियो। म धेरै दुबिधामा परेँ। मेरो कर्तव्य परमेश्‍वरबाट आएको हो र मैले विवेकहीन भएर यसलाई त्याग्न मिल्दैन भन्ने सोचेर, मैले काम नखोज्ने निर्णय गरेँ। तर, मैले छोराको मोह त्याग्न सकिनँ; जब म कर्तव्यमा व्यस्त हुँन्थिनँ, तब म घर गएर उसको हेरचाह गर्थेँ, र कर्तव्य निर्वाह गरिरहँदा पनि म उसकै बारेमा सोचिरहन्थेँ। केही नयाँ विश्वासीहरू नियमित रूपमा भेलामा आउन सकिरहेका थिएनन्, त्यसैले म शान्त भएर यो समस्या कसरी समाधान गर्ने भनेर खोजी गर्न र मनन गर्न चाहन्थेँ। तर म सधैँ छोराकै चिन्ता र तनावमा हुन्थेँ, र नयाँ विश्वासीहरूको समस्या समाधान गर्नलाई मेरो मनस्थिति ठीक थिएन। जब नयाँ विश्वासीहरू धेरै नकारात्मक भएर छोड्न चाहने अवस्थामा पुगे, तब मात्र मैले हतारहतार गएर उनीहरूलाई मद्दत गरेँ। पछि, कामको आवश्यकताले गर्दा, मैले देशको अर्को भागमा गएर कर्तव्य निर्वाह गर्नुपर्ने भयो, र म छोराको मोह त्याग्न झन् असमर्थ भएँ, घरबाट टाढा हुँदा उसको हेरचाह गर्ने कुनै उपाय हुनेछैन भन्ने चिन्ता लाग्यो। तर त्यसपछि मैले राज्यको सुसमाचार विस्तारको काममा मानिसहरूको सहकार्यको खाँचो छ भन्ने कुरा सम्झेँ। मैले केही वर्षदेखि आफ्नो कर्तव्य निर्वाह गर्दै आएकी थिएँ, केही तालिम पाएकी र सत्यताहरू बुझेकी थिएँ, र परमेश्‍वरको अनुग्रहको सामु म विवेकहीन हुन सक्दिनथेँ, त्यसैले म अर्को ठाउँमा गएर कर्तव्य निर्वाह गर्न राजी भएँ। तर मैले नसोचेको कुरा के भयो भने, त्यही समयतिर, मेरो छोराले आफूलाई मनपर्ने जागिर पायो। ऊ काममा जान थाल्यो र उसले पैसा कमाउन थाल्यो, ऊ आफ्नो खानेलाउने खर्च आफैँ जुटाउन सक्ने भयो, र मेरा श्रीमान्‌ले पनि उसलाई फेरि स्वीकार्नुभयो। यो साँच्चै नसोचेको कुरा भयो।

पछि, मैले आफैँलाई नियालेँ र सोचेँ, “मैले छोराको मोह त्याग्न नसक्नुको मुख्य कारण के हो त?” मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “यस वास्तविक समाजमा जिउने मानिसहरू शैतानद्वारा गहिरोसित भ्रष्ट पारिएका हुन्छन्। तिनीहरू शिक्षित भए पनि वा नभए पनि, तिनीहरूका विचार र दृष्टिकोणहरूमा परम्परागत संस्कृतिबाट आएका धेरै कुराहरू रहेका हुन्छन्। विशेषतः महिलाहरूले आफ्ना श्रीमान्‌को ख्याल गर्नुपर्ने र आफ्ना सन्तानलाई हुर्काउनुपर्ने, र उनीहरू असल श्रीमती र स्नेही आमा बन्नुपर्ने, आफ्नो सारा जीवन आफ्ना श्रीमान्‌ र सन्तानलाई समर्पित गर्नुपर्ने अनि उनीहरूका लागि जिउनुपर्ने हुन्छ। उनीहरूले घरायसी कामहरू सबै उचित तरिकाले सम्हाल्नुपर्छ, जस्तै परिवारको दैनिक खाना, धुने र सफा गर्ने काम। यो नै असल श्रीमती र स्नेही आमा हुनुको स्वीकार्य मानक हो। हरेक महिलाले पनि आफूले यही गर्नुपर्छ, र यदि आफूले त्यसो नगरे आफू असल नारी होइँदैन, र आफूले आफ्नो विवेक र नैतिकताको यो परम्परागत मानक उल्लङ्घन गरेको हुन्छ भनेर सोच्छे। कतिपय मानिसहरू यो नैतिक मानक उल्लङ्घन गर्नुलाई आफ्नो विवेकसँग मिलाउन सक्दैनन्; तिनीहरूलाई आफूले श्रीमान्‌ र सन्तानप्रति गलत गरेको, आफू असल नारी नभएको भन्‍ने लाग्नेछ। तर जब तैँले परमेश्‍वरमा विश्‍वास गर्छस्, उहाँका धेरै वचनहरू पढ्छस्, केही सत्यताहरू बुझ्छस्, र केही मामिलाहरू छर्लङ्गै बुझ्छस्, तब तैँले सोच्नेछेस्, ‘म एक सृजित प्राणी हुँ र मैले एक सृजित प्राणीको कर्तव्य निर्वाह गर्नुपर्छ, र परमेश्‍वरप्रति आफूलाई समर्पित गर्नुपर्छ।’ यस बेला, असल श्रीमती र स्नेही आमा हुनु, र सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्नुबीच कुनै द्वन्द्व छ? यदि तँ असल श्रीमती र स्नेही आमा हुन चाहन्छेस् भने, तँ पूर्णकालीन रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न सक्दिनस्, तर यदि तँ पूर्णकालीन कर्तव्य निर्वाह चाहन्छेस् भने, तँ असल श्रीमती र स्नेही आमा बन्न सक्दिनस्। अब के गर्छेस्? यदि तँ आफ्नो कर्तव्य राम्ररी निभाउन र मण्डलीको कामका लागि जिम्मेवार बन्‍न, र परमेश्‍वरप्रति अर्पित हुन रोज्छस् भने, तैँले असल श्रीमती र स्नेही आमा हुन छोड्नैपर्ने हुन्छ। अब तँ के सोच्नेछेस्? तेरो मनभित्र कस्तो किसिमको अस्थिरता हुनेछ? के तँलाई आफूले आफ्नो सन्तान र श्रीमान्‌लाई निराश बनाएको महसुस हुनेछ? यो दोषीपन र असहजताको बोध कहाँबाट आउँछ? तैँले सृजित प्राणीको कर्तव्य पूरा नगर्दा, के तैँले परमेश्‍वरलाई निराश बनाएको छु भन्ने महसुस गर्छस्? तँमा दोषीपन वा धिक्कारको बोध हुँदैन किनकि तेरो मनमस्तिष्कमा सत्यताको नामनिसान केही छैन। त्यसैले, तँ के बुझ्छेस्? परम्परागत संस्कृति—असल श्रीमती र स्नेही आमा बन्‍नुपर्ने कुरा। त्यसैले तेरो दिमागमा ‘यदि म असल श्रीमती र स्नेही आमा होइन भने, असल वा सुशील नारी होइन’ भन्‍ने धारणा पलाउँछ। त्यसपछि तँ यो धारणाद्वारा बाँधिनेछेस् र जकडिनेछेस्, अनि तैँले परमेश्‍वरमा विश्‍वास गरेपछि र आफ्नो कर्तव्य निर्वाह गरेपछि पनि तँ त्यसरी नै बाँधिएकी र जकडिएकी हुनेछेस्। जब आफ्नो कर्तव्य निर्वाह गर्ने अनि असल श्रीमती र स्नेही आमा बन्ने कुराबीच द्वन्द्व हुन्छ, तब तैँले सायद मन नलागी-नलागी आफ्नो कर्तव्य निर्वाह गर्न वा परमेश्‍वरप्रति थोरै अर्पण देखाउन रोज्छेस्, तैपनि तेरो हृदयमा अझै पनि असहजताको अनुभूति र थोरै धिक्कार हुनेछ। तसर्थ, जब तँसँग कर्तव्य निर्वाह गर्ने क्रममा अलिअलि खालि समय हुन्छ, तब तँ आफ्ना सन्तान र श्रीमान्‌को हेरचाह गर्ने मौका खोज्नेछेस्, उनीहरूका लागि झन् बढी गर्न चाहनेछेस्, र अझ बढी कष्ट भोग्नुपरे पनि मनको शान्ति मिलेसम्म यसो गर्नु ठिकै हुन्छ भनी सोच्नेछेस्। के यो असल श्रीमती र स्नेही आमा बन्ने परम्परागत संस्कृतिको विचार र सिद्धान्तले ल्याएको होइन र? अब तैँले दुइटा डुङ्गामा खुट्टा हालेकी छस्, अर्थात् तँ आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न पनि चाहन्छेस् अनि असल श्रीमती र स्नेही आमा बन्न पनि चाहन्छेस्। तर परमेश्‍वरसामु हाम्रो एउटा मात्र जिम्मेवारी र दायित्व, एउटा मात्र मिशन छ: सृजित प्राणीको कर्तव्य राम्ररी पूरा गर्नु। के तैँले यो कर्तव्य राम्रोसँग पूरा गरेकी छस्? तँ किन फेरि मार्गबाट तर्किस्? के तँलाई हृदयमा साँच्चै दोषी र ग्लानि महसुस हुँदैन? किनकि तेरो हृदयमा सत्यताले अझै पनि जग बसालेको छैन, र त्यसमा सत्यताले अझै शासन गर्दैन, त्यसैले तँ आफ्नो कर्तव्य निर्वाह गर्दा बाटो बिराउन सक्छस्। अहिले तँ आफ्नो कर्तव्य पूरा गर्न सक्षम भए पनि, वास्तवमा अझै सत्यताका मानक र परमेश्‍वरका मागहरूभन्दा धेरै टाढा छस्। … हामीले परमेश्‍वरमा विश्‍वास गर्न सक्नु त उहाँद्वारा दिइएको अवसर हो; यसलाई परमेश्‍वरले नै तोक्‍नुभएको हो, र यो उहाँको अनुग्रह हो। त्यसकारण, तैँले अरू कसैप्रति आफ्नो दायित्व वा जिम्मेवारी पूरा गर्न आवश्यक छैन; तैँले सृजित प्राणीका रूपमा आफूले परमेश्‍वरप्रति पूरा गर्नुपर्ने कर्तव्य मात्र पूरा गर्नुपर्छ। मानिसहरूले अरू कुनै पनि कुराभन्दा माथि राखेर गर्नुपर्ने काम यही हो, र यो मानिसहरूले आफ्नो जीवनमा सबैभन्दा पूरा गर्नैपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यदि तैँले आफ्‍नो कर्तव्य राम्ररी निर्वाह गर्दिनस् भने, तँ मानकअनुरूपको सृजित प्राणी होइनस्। अरूको नजरमा, तँ सायद असल श्रीमती र स्नेही आमा, सक्षम गृहिणी, आमाबुबाभक्त छोरी, र समाजकी असल सदस्य होलिस्, तर परमेश्‍वरसामु, तँ उहाँविरुद्ध विद्रोह गर्ने, परमेश्‍वरमा विश्वास गर्ने तर सृजित प्राणीको कर्तव्य र दायित्व पूरा नगर्ने, परमेश्वरमा विश्वास गर्ने तर सत्यता नपछ्याउने, साँचो रूपमा परमेश्वरप्रति समर्पित नहुने व्यक्ति होस्, र तँलाई खुलासा गरेर हटाइनेछ। के यस्तो व्यक्तिले परमेश्‍वरको अनुमोदन पाउन सक्छ? यस्ता मानिसहरू रद्दी हुन्छन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना गलत दृष्टिकोणहरू जानेर मात्र साँच्चिकै रूपान्तरित हुन सकिन्छ)। परमेश्‍वरका वचनहरूले मलाई के बुझाए भने जब मैले मेरा वरपरका महिलाहरू सबै असल श्रीमती र आमा बन्ने कुराको पछि लागिरहेको देखेँ, तब मैले पनि यसैलाई असल महिला बन्ने मापदण्ड मानेँ। मलाई के लाग्थ्यो भने असल महिलाले आफ्नो बच्चा र श्रीमान्‌को राम्रो हेरचाह गर्छे र घरका सबै कामकुरा व्यवस्थित राख्छे। विवाहपछि, मैले घरका सबै कामको जिम्मा लिएँ, र जतिसुकै थकाइलाग्दो भए पनि यो मैले गर्नुपर्ने काम हो भन्ने ठान्थेँ। जब म कर्तव्य निर्वाह गर्न बाहिर निस्किएँ र छोराको लागि दिनको तीन छाक खाना पकाउन वा उसको दैनिक जीवनमा हेरचाह गर्न सकिनँ, तब मलाई के लाग्यो भने म आमाको रूपमा आफ्नो जिम्मेवारी पूरा गर्न असफल भएँ, र म आफैँलाई धिक्कार्थेँ र दुःखी हुन्थेँ, अनि छोराप्रति ऋणी महसुस गर्थेँ। जब मलाई संसारका मानिसहरूले आलोचना गरे र मेरो दोष लगाए, तब मलाई मैले छोरालाई बेवास्ता गरेकी छु भन्ने झन् बढी लाग्यो, र म सधैँ कसरी छोराको हेरचाह गर्ने, उसको कष्ट कसरी कम गर्ने, र उसप्रतिको ऋणी भाव मेटाउन कसरी आफ्नो सक्दो प्रयास गर्ने भन्ने बारेमा मात्र सोच्थेँ। जब मैले नयाँ विश्वासीहरू नियमित रूपमा भेलामा आउन नसकेको देखेँ, तब मैले उनीहरूको समस्या समाधान गर्न तुरुन्तै सम्बन्धित सत्यताहरू खोजिनँ, र उनीहरू धेरै नकारात्मक भएर छोड्न चाहने अवस्थामा पुगेपछि मात्र उनीहरूलाई मद्दत गरेँ। नयाँ विश्वासीहरूको जीवनले नोक्सान भोग्यो। मैले संसारका मानिसहरूको प्रशंसा र छोराप्रतिको जिम्मेवारी पूरा गर्ने कुरालाई प्राथमिकता दिएकी थिएँ, र मण्डलीको कामलाई विचार नगरी आफ्नो कर्तव्यमा झारा टार्ने काम गरेकी थिएँ। मैले आमाको जिम्मेवारी पूरा गरेर छोराको लागि दिनको तीन छाक खाना पकाए पनि, म सृजित प्राणीको रूपमा गर्नुपर्ने कर्तव्य पूरा गर्न असफल हुनेथिएँ। मैले युगौँदेखिका सबै सन्तहरू र अगमवक्ताहरू, साथै धेरै दाजुभाइ-दिदीबहिनीहरूलाई सम्झेँ, जसले सुसमाचार प्रचार गर्न र परमेश्‍वरको गवाही दिन आफ्नो परिवार र करियर त्यागेका थिए, र धेरै मानिसहरूलाई परमेश्‍वरको सामु ल्याएका थिए ताकि उनीहरूले उहाँको मुक्ति स्वीकार गर्न सकून्। यो परमेश्‍वरले अनुमोदन गर्नुहुने कुरा हो, एक असल र न्यायोचित कार्य हो, र यसरी जिउनुको मूल्य र अर्थ छ। मेरो जीवन र मसँग भएको सबै कुरा मलाई परमेश्‍वरले नै दिनुभएको हो। मैले परमेश्‍वरका वचनहरूबाट धेरै मलजल र आपूर्ति पाएकी थिएँ, र यो सबै उहाँको प्रेम र अनुग्रह थियो। यसको अर्थ मैले खास री आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्थ्यो र परमेश्‍वरको प्रेमको मूल्य चुकाउनुपर्थ्यो। तर, जब मैले आफ्नो कर्तव्य राम्ररी पूरा गरिनँ, तब पनि मलाई यसको कारणले गर्दा परमेश्‍वरप्रति कुनै ऋणी महसुस भएन, बरु उल्टै मैले त छोराप्रति ऋणी महसुस गरिरहेकी थिएँ। के ममा अलिकति पनि विवेक वा मानवता थियो र? मैले के देखेँ भने अरूको नजरमा असल आमा बन्ने कुराको पछि लाग्दा मानिसहरूलाई सन्तुष्ट पार्न र उनीहरूबाट प्रशंसा पाउन सकिएला, तर यसो गर्नुको अर्थ केवल आफ्नो परिवार र शरीरका लागि जिउनु हो; यो सबै समयको बर्बादी हो र यसले मलाई अर्थपूर्ण जीवन जिउन दिँदैन।

पछि, मैले परमेश्‍वरका वचनका थप दुई खण्डहरू पढेँ र आफ्ना छोराछोरीसँग कसरी व्यवहार गर्ने भन्नेबारे अभ्यास गर्ने मार्ग पाएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “त्यसकारण, छोराछोरी वयस्क भए पनि नभए पनि, आमाबुबाको जीवन आमाबुबाकै मात्र हो, त्यो तिनीहरूका छोराछोरीको सम्पत्ति होइन। स्वाभाविक रूपमै, आमाबुबाहरू छोराछोरीका सुसारे वा दास होइनन्। छोराछोरीप्रति आमाबुबासँग जे-जस्ता अपेक्षाहरू भए पनि, तिनीहरूले छोराछोरीलाई आमाबुबामाथि स्वेच्छाचारीतापूर्वक पारितोषिकबिना खटनपटन गर्ने अनुमति दिनु हुँदैन, तिनीहरूले छोराछोरीको नोकर, नोकर्नी, वा दास-दासी बन्नु जरूरी छैन। छोराछोरीप्रति तँसँग जे-जस्ता अपेक्षाहरू भए पनि, तँ अझै पनि स्वतन्त्र व्यक्ति नै होस्। उनीहरू तेरा छोराछोरी भएकै कारण, तैँले उनीहरूको वयस्क जीवनको जिम्मेवारी लिनु हुँदैन, र त्यसो गर्नु पूर्णतया ठिक हो नै जस्तो गर्नु हुँदैन। त्यसो गर्नुपर्ने कुनै आवश्यकता छैन। उनीहरू वयस्क भइसकेका छन्; तैँले उनीहरूलाई हुर्काउने जिम्मेवारी पहिल्यै पूरा गरेको छस्। भविष्यमा उनीहरूको जीवन राम्रो होला वा नराम्रो, उनीहरू सम्पन्न बन्लान् वा गरिब, र उनीहरूको जीवन खुसीपूर्ण होला वा खुसीहीन, त्यो उनीहरूको कुरा हो। यी कुराहरूको तँसित कुनै सम्बन्ध छैन। आमाबुबाको नाताले, तँसित ती कुराहरू परिवर्तन गर्ने कुनै दायित्व छैन। यदि उनीहरूको जीवन खुसीहीन भयो भने, तँसित यसो भन्‍ने दायित्व हुँदैन: ‘तँ बेखुसी छस्—म यसको समाधान गर्ने तरिका सोच्नेछु, म आफूसँग भएको सबथोक बेच्नेछु, म मेरो जीवनको सम्पूर्ण ऊर्जा प्रयोग गरेर भए पनि तँलाई खुसी तुल्याउनेछु।’ यसो गर्नु जरूरी छैन। तैँले खालि तेरा जिम्मेवारीहरू मात्र पूरा गर्नुपर्छ, कुरो त्यति हो। यदि तँ उनीहरूलाई मद्दत गर्न चाहन्छस् भने, तैँले उनीहरूलाई बेखुसी हुनुको कारण सोध्न र उक्त समस्यालाई सैद्धान्तिक र मनोवैज्ञानिक तवरबाट बुझ्न मद्दत गर्न सक्छस्। उनीहरूले तेरो मद्दत स्विकार्छन् भने, त्यो झनै राम्रो हो। यदि स्विकार्दैनन् भने, तैँले खालि आमाबुबाका जिम्मेवारीहरू पूरा गरे पुग्छ, कुरो त्यति हो। यदि तेरा छोराछोरीले दुःख भोग्न चाहन्छन् भने, त्यो उनीहरूको कुरा हो। तैँले त्यसबारे चिन्ता लिनुपर्ने वा निराश हुनुपर्ने, वा राम्ररी खान र सुत्न नसक्‍ने हुनुपर्ने आवश्यकता छैन। त्यसो गर्नु अति हुनेछ। त्यो किन अति हुनेछ? किनभने उनीहरू वयस्क हुन्। उनीहरूले आफ्नो जीवनमा सामना गर्ने सबथोक आफैले व्यवस्थापन गर्न सिक्नुपर्छ। यदि तँलाई उनीहरूप्रति चिन्ता लाग्छ भने, त्यो स्नेह मात्र हो; यदि तँलाई उनीहरूप्रति चिन्ता लाग्दैन भने, त्यसको अर्थ यो होइन कि तँ हृदयहीन छस् वा तैँले आफ्ना जिम्मेवारीहरू पूरा गरेको छैनस्। उनीहरू वयस्क हुन्, र वयस्कले वयस्कका समस्याहरू सामना गर्नैपर्छ र वयस्कले सम्हाल्‍नुपर्ने सबथोक सम्हाल्नैपर्छ। उनीहरू सबै कुरामा आमाबुबामाथि भर पर्नु हुँदैन। अनि अवश्य नै, छोराछोरी वयस्कतामा पुगेपछि, आमाबुबाले उनीहरूको जागिर, करियर, परिवार वा विवाह राम्रो गरी चल्छ चल्दैन भन्‍ने कुराको जिम्मेवारी आफूमाथि राख्नु हुँदैन। तैँले यी कुराहरूबारे चिन्ता लिन र सोधपुछ गर्न सक्छस्, तर तैँले यी कुराहरूको पूर्ण जिम्मेवारी लिने, छोराछोरीलाई सधैँ आफूसँगै बाँधेर राख्‍ने, आफूसँगसँगै लैजाने, र आफू जहाँ गए पनि उनीहरूको निगरानी गर्ने गर्नु जरुरी छैन, र तैँले उनीहरूबारे यस्तो सोच्नु आवश्यक छैन: ‘के आज उनीहरूले राम्ररी खाइरहेका छन्? के उनीहरू खुसी छन्? के उनीहरूको काम राम्रै भइरहेको छ? के उनीहरूको मालिकले उनीहरूको प्रशंसा गर्छ? के उनीहरूको जहानले उनीहरूलाई प्रेम गर्छ? के उनीहरूका छोराछोरी आज्ञाकारी छन्? के उनीहरूका छोराछोरीले राम्रो ग्रेड ल्याउँछन्?’ यी कुराहरूको तँसित के सम्बन्ध छ? तेरा छोराछोरीले उनीहरूका समस्याहरू आफै समाधान गर्न सक्छन्, तँ संलग्न हुनै पर्दैन। अनि, मैले यी कुराहरूको तँसित के सम्बन्ध छ भनेर सोध्नुको कारण के हो? यसमार्फत मैले भन्न खोजेको यो हो कि यी कुराहरूको तँसित कुनै सम्बन्ध छैन। तैँले आफ्ना छोराछोरीप्रति तेरा जिम्मेवारीहरू पूरा गरेको छस्, तैँले उनीहरूलाई वयस्कतासम्म हुर्काएको छस्, त्यसैले तँ पछि हट्नुपर्छ। तर तँ पछि हटेपछि, त्यसको अर्थ तैँले केही पनि गर्नुपर्नेछैन भन्‍ने होइन। तैँले गर्नुपर्ने कामहरू अझै थुप्रै छन्। तैँले यो जुनीमा पूरा गर्नुपर्ने मिसनहरूको कुरा आउँदा, तैँले छोराछोरीलाई वयस्कतासम्म हुर्काउनुबाहेक, तैँले पूरा गर्नुपर्ने अरू मिसनहरू पनि छन्। आफ्ना छोराछोरीको आमाबुबा हुनुबाहेक, तँ एक सृष्टि गरिएको प्राणी पनि होस्। तँ परमेश्‍वरसामु आउनुपर्छ, र तैँले उहाँले दिनुभएको कर्तव्य स्विकार्नुपर्छ। अनि, तेरो कर्तव्य के हो? के तैँले त्यो पूरा गरेको छस्? के तैँले आफूलाई त्यसप्रति समर्पित गरेको छस्? के तँ मुक्तिको मार्गमा लागेको छस्? तैँले सोच्नुपर्ने कुराहरू यिनै हुन्। जहाँसम्‍म वयस्क बनेपछि तेरा छोराछोरी कहाँ जानेछन्, उनीहरूको जीवन कस्तो हुनेछ, उनीहरूका परिस्थितिहरू कस्ता हुनेछन्, उनीहरू खुसी र प्रसन्न हुनेछन् कि छैनन् भन्‍ने कुरा छ, यी कुराहरूको तँसित कुनै सम्बन्ध छैन। तेरा छोराछोरी बाह्य र मानसिक दुवै रूपले स्वतन्त्र भइसकेका छन्। तैँले उनीहरूलाई स्वतन्त्र हुन दिनुपर्छ, उनीहरूलाई छोडिदिनुपर्छ, र नियन्त्रणमा राख्‍न खोज्‍नु हुँदैन। चाहे त्यो कामकुराको बाहिरी पाटोको सन्दर्भमा होस्, वा स्नेह वा दैहिक नाता सम्बन्धहरूको सन्दर्भमा होस्, तैँले तेरा जिम्मेवारीहरू पूरा गरिसकेको छस्, तँ र तेरा छोराछोरीबीच कुनै सम्बन्ध बाँकी छैन(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१८))। “परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्तिका रूपमा, यदि तँ सत्यता पछ्याउन र मुक्ति प्राप्त गर्न चाहन्छस् भने, तेरो बाँकी जीवनमा रहेको ऊर्जा र समय तैँले निर्वाह गर्ने कर्तव्यमा र परमेश्‍वरले तँलाई सुम्पनुभएको कुरामा खर्चिनुपर्छ; तैँले छोराछोरीमाथि समय खर्चनु हुँदैन। तेरो जीवन छोराछोरीको स्वामित्वको होइन, र त्यसलाई तिनीहरूको जीवन वा अस्तित्वको लागि वा तिनीहरूप्रति तेरा अपेक्षाहरू पूरा गर्नका लागि सक्‍काउनु हुँदैन। बरु, त्यसलाई परमेश्‍वरले तँलाई दिनुभएको कर्तव्य र आज्ञा, साथै तैँले सृजित प्राणीका रूपमा पूरा गर्नुपर्ने मिसनमा अर्पित गर्नुपर्छ। तेरो जीवनको मूल्य र अर्थ यसैमा हुन्छ। यदि तँ आफ्नो इज्जत गुमाएर तेरा छोराछोरीको दास बन्न, तिनीहरूबारे चिन्ता लिन, र तिनीहरूप्रतिका तेरा आफ्नै अपेक्षाहरू पूरा गर्न तिनीहरूको लागि जे पनि गर्न तत्पर छस् भने, यो सबै व्यर्थ र मूल्यहीन छ, र यसलाई याद गरिनेछैन। यदि तँ त्यसो गर्न जिद कस्छस् र यी विचार र व्यवहारहरू त्याग्दैनस् भने, त्यसको अर्थ तँ सत्यता पछ्याउने व्यक्ति हैनस्, तँ मानकअनुरूपको सृजित प्राणी हैनस्, र तँ एकदमै विद्रोही छस्, साथै तैँले परमेश्‍वरले तँलाई दिनुभएको जीवन र समय दुवैलाई प्रिय ठान्दैनस् भन्ने मात्र हुन्छ। यदि तेरो जीवन र समय तेरो देह र स्नेहको लागि मात्र खर्चिइयो, र परमेश्‍वरले तँलाई दिनुभएको कर्तव्यमा खर्चिइएन भने, तेरो जीवन अनावश्यक र मूल्यहीन छ। तँ जिउन लायक छैनस्, तँ परमेश्‍वरले दिनुभएको जीवनको आनन्द लिन लायक छैनस्, र तँ परमेश्‍वरले तँलाई प्रदान गर्नुभएको सबथोक उपभोग गर्न योग्य छैनस्(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१९))

परमेश्‍वरका वचनहरूबाट मैले के बुझेँ भने आमाबुबाको जिम्मेवारी र दायित्व आफ्ना छोराछोरीलाई वयस्क नहुन्जेल हुर्काउनु हो, र उनीहरूलाई आफूलाई आचरणमा ढाल्न सिकाउनु हो। छोराछोरी वयस्क भइसकेपछि र उनीहरूमा स्वतन्त्र रूपमा जिउने र समस्याहरू समाधान गर्ने क्षमता आएपछि, आमाबुबाले उनीहरूलाई स्वतन्त्र छोडिदिनुपर्छ। यदि कोही असल श्रीमती र आमा बन्ने कार्यको पछि लाग्छ र आफ्नो सम्पूर्ण जीवन केवल परिवार र छोराछोरीका लागि जिउँछ, तर उसले सृजित प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गर्दैन भने, उसको जीवनको कुनै मूल्य वा अर्थ हुँदैन। छोराप्रतिको मेरो जिम्मेवारी केवल उसलाई वयस्क नहुन्जेल हुर्काउनु, उसको दिमागलाई प्रबुद्ध पार्नु, र उसलाई सही मार्गमा हिँड्न र सही काममा लाग्न शिक्षा दिनु मात्र हो। मेरो छोरा सानो छँदा ऊ प्रायः राति अबेरसम्म गेम खेल्थ्यो भन्‍ने कुरा सम्झेँ। मैले उसलाई अनलाइन गेम खेल्दा मानिसलाई कसरी हानि हुन्छ भनेर सम्झाउँथेँ र एक व्यावहारिक व्यक्ति बन्न सिकाउँथेँ, यहाँसम्म कि परमेश्‍वरले कसरी स्वर्ग र पृथ्वी अनि यावत् थोक सृष्टि गर्नुभयो भनेर बताउँथेँ र परमेश्‍वरको साँचो अस्तित्वको गवाही दिन्थेँ। तर, उसले सुनेन र ऊ केवल सुख-विलास र मोजमस्तीको पछि लाग्यो, त्यसैले मेरा श्रीमान्‌ले ऊ सही काममा नलागेकोले उसलाई घृणा गर्नुभयो र उप्रान्त उसलाई पाल्न चाहनुभएन। यो उसले रोजेको बाटोको परिणाम थियो, र यो उसले भोग्नुपर्ने दुःख थियो। मैले उसको आमाको रूपमा आफ्नो जिम्मेवारी पूरा गरिसकेकी थिएँ, र म ऊप्रति ऋणी थिइनँ। यदि मैले उसको जीवनको बारेमा मात्र विचार गरेर म आफ्नो कर्तव्य छोडेर उसको हेरचाह गर्न गएँ भने, उसलाई मेरो सम्पूर्ण समय र ऊर्जा दिएँ र उसको भविष्यको जिम्मा पूर्ण रूपमा लिएँ, यहाँसम्म कि यसो गर्दा आफ्नो बाँकी जीवन नै बलिदान गरेँ भने, म साँच्चै ठूलो मूर्ख हुनेथिएँ! मैले यो महसुस गरेँ: मेरो छोरा अब वयस्क भइसक्यो। उसका आफ्नै निर्णयहरू छन् र हिँड्नुपर्ने आफ्नै जीवन मार्ग छ, ऊसँग साथै स्वतन्त्र रूपमा जिउने र समस्याहरूसँग जुध्ने क्षमता पनि छ। मैले सधैँभरि उसको हेरचाह गर्न सक्दिनँ, उसको भाग्य बदल्ने कुरा त परै जाओस्। म मेरो छोराको आमा मात्र होइन, म एक सृजित प्राणी पनि हुँ। म त मेरो मिसन पूरा गर्न र आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नका लागि जिउनुपर्छ। अहिले पनि धेरै मानिसहरू परमेश्‍वरको सामु आउन बाँकी छन्, साथै धेरै नयाँ विश्वासीहरूले अझै जरा गाड्न सकेका छैनन् र उनीहरूलाई सकेसम्म चाँडो मलजल गर्न आवश्यक छ। यो मेरो जिम्मेवारी र कर्तव्य हो, र मैले यसमा बढी समय र ऊर्जा लगाउनुपर्छ। मेरो छोराको हकमा भने, मैले गर्न सक्‍ने एउटै कुरा भनेको सबै कुरा परमेश्‍वरलाई सुम्पनु र उहाँको सार्वभौमिकता र बन्दोबस्तमा समर्पित हुनु हो।

पछि, मैले परमेश्‍वरका थप वचनहरू पढेँ: “हरव्यक्तिको नियति परमेश्‍वरले निर्धारण गर्नुहुन्छ; त्यसकारण, तिनीहरूले जीवनमा कति आशिष् वा दुःख भोग्छन्, तिनीहरूले कस्तो परिवार, विवाह र छोराछोरी पाउँछन्, तिनीहरू समाजमा कस्ता अनुभवहरूमार्फत गुज्रन्छन्, र तिनीहरूले जीवनमा कस्ता घटनाहरू अनुभव गर्छन्, त्यस्ता कुराहरू तिनीहरू आफैले पूर्वानुमान गर्न वा बदल्न सक्दैनन्, र ती कुराहरू बदल्ने गर्ने क्षमता आमाबुबामा त झनै कम हुन्छ(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१९))। परमेश्‍वरका वचनहरूबाट मैले के बुझेँ भने मानिसले जीवनमा भोग्ने दुःख, उसले प्राप्त गर्ने खुशी, र उसले अनुभव गर्ने कुराहरू सबै परमेश्‍वरद्वारा पुर्वनियोजन गरिएका हुन्छन् र त्यसलाई कसैले पनि बदल्न सक्दैन। आमाबुबाले आफ्नै भाग्य त बदल्न सक्दैनन् भने आफ्ना छोराछोरीको भाग्य कसरी बदल्न सक्छन् र? बच्चाको जीवनको भाग्य, साथै उसले भोग्नुपर्ने उतारचढाव र सङ्कष्टहरू, सबै धेरै अघि नै परमेश्‍वरद्वारा पुर्वनियोजन गरिएका हुन्छन्। यो उनीहरूको जीवन मार्ग हो र उनीहरू आफैँले अनुभव गर्नुपर्ने कुरा हो। ठूलो रातो अजिङ्गरको गिरफ्तारी र सतावटको कारण, म अहिले छोराको हेरचाह गर्न असमर्थ छु, र म उसलाई कुनै आर्थिक सहयोग गर्न सक्दिनँ। तर ऊ अब ठूलो भइसक्यो, र उसले स्वतन्त्र रूपमा जिउनुपर्छ, आफैँलाई पाल्नुपर्छ, र आफ्नो भविष्यको मार्ग पछ्याउनुपर्छ। अहिले जब मैले अभ्यास गर्ने मार्ग पाएँ, तब मलाई हलुका महसुस भएको छ। यदि परिस्थितिले साथ दिएको भए र मैले राम्रो मौका पाएको भए, म घर गएर उसलाई भेट्नेथिएँ, तर मैले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न बढी समय र ऊर्जा खर्च गरेँ। यसरी जिउँदा मात्र मेरो हृदय सुरक्षित र शान्त भयो।

अघिल्लो: ८२. बर्खास्त भएपछिको पश्चात्ताप

अर्को: ८४. निराकरणपछि गरिएको चिन्तन-मनन

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्