८२. बर्खास्त भएपछिको पश्चात्ताप

झुओ जिङ, चीन

नोभेम्बर २०२० मा, मैले मण्डलीमा अगुवाको रूपमा सेवा गरिरहेकी थिएँ र भर्खरै चुनिएकी सिस्टर वाङ चेनसित सहकार्य गरिरहेकी थिएँ। त्यतिबेला, मण्डलीले चिनियाँ कम्युनिस्ट पार्टीको गिरफ्तारीको सामना गरिरहेको थियो, केही ब्रदर-सिस्टरहरू पक्राउ परेका थिए, र त्यसपछिका कामहरू सम्हाल्नुपर्ने थियो, यी सबै कारणले गर्दा, म हरेक दिन निकै व्यस्त हुन्थेँ। मसँग राम्रो कार्य सामर्थ्य थिएन, र मेरो स्वास्थ्य पनि त्यति राम्रो थिएन, त्यसैले मलाई निकै दबाब महसुस हुन्थ्यो। म सोच्थेँ, “मैले काम गर्ने यो गति र हरेक दिन पूरा गर्नुपर्ने यी सबै कामहरूले कति समय र ऊर्जा लिने हो? मेरो शरीर कमजोर छ, के म यसरी लामो समयसम्म टिकिरहन सक्छु?” यस्तै कुराहरू मनमा लिएर, मैले आफ्ना कर्तव्यहरू झाराटारुवा किसिमले निर्वाह गर्न थालेँ, र मैले ध्यान दिनुपर्ने कामहरूमा त्यति धेरै मेहनत गरिनँ। म मुख्यतया सुसमाचार र मलजल गर्ने कामको जिम्मेवार थिएँ, र त्यतिबेला हामीले सुसमाचारसम्बन्धी कामदार र मलजल गर्ने व्यक्तिहरूको संवर्धन गर्नुपर्ने थियो। यो काम तत्काल लागू गर्नुपर्छ भन्ने मलाई थाहा थियो, तर उपयुक्त जनशक्ति खोज्नुपर्ने अनि तिनीहरूलाई कसरी प्रभावकारी रूपमा सङ्गति र तालिम दिने त्यो कुरा पत्ता लगाउनुपर्ने र त्यसमा धेरै मेहनत र ऊर्जा लाग्‍ने हुनाले, मैले विस्तृत रूपमा फलो-अप गरिनँ, र सुसमाचार र मलजलका डिकनहरूलाई नै त्यो काम सुम्पिदिएँ। एकपटक, कामको रिपोर्टिङ गर्दा, मैले केही विचलन र समस्याहरू देखेँ, र काममा ढिलाइ नहोस् भनेर मैले छिटो सङ्गति गरेर तिनको समाधान गर्नुपर्छ भन्ने मलाई थाहा थियो। तर हरेक समस्याका लागि अभ्यासका सिद्धान्तहरू र समाधानहरू खोज्न धेरै समय र मेहनत लाग्छ भन्ने सोच्दा, मलाई असाध्यै बोझ महसुस भयो। म त्यसको सामना गर्न चाहन्नथेँ, त्यसैले यसको साटो मैले सजिला कामहरू मात्र रोजेँ। पछि, वाङ चेनले यी समस्याहरू देखिन् र काममा ढिलाइ हुन नदिन आफैँ अग्रसरता देखाएर सङ्गति तथा समाधान गरिन्। सफा गर्ने काम पनि थियो जसका लागि मानिसहरूलाई निकाल्न मैले केही सामग्रीहरू जाँच गर्नुपर्ने थियो, तर म दुःख गर्न चाहन्नथेँ, त्यसैले सकेसम्म काममा ढिलासुस्ती सार्थेँ। कहिलेकाहीँ धेरै सामग्रीहरू हुँदा, म धेरै ऊर्जा खर्च गर्न वा ध्यानपूर्वक समीक्षा गर्न चाहन्नथेँ, र एकपटक त, मापदण्ड पूरा नगर्ने व्यक्तिलाई पनि मैले झन्डै निकालिदिएकी थिएँ। जब म एउटा मात्र कामको कर्तव्य निर्वाह गरिरहेका ब्रदर-सिस्टरहरूलाई देख्थेँ, जसले आफूलाई व्यस्त राख्नु पर्दैनथ्यो वा थकाउनु पर्दैनथ्यो, तब मलाई डाहा लाग्थ्यो, र म अगुवा हुनु त साह्रै थकाइलाग्दो र व्यस्त हुने काम रहेछ भन्ने सोच्थेँ, अनि आफैँलाई पूरै लखतरान भने मेरो हालत के होला भनेर घोरिन्थेँ। विशेष गरी कठिनाइहरू बढ्दा, म झन् रिसाउथेँ र ती कामहरूबाट भाग्न चाहन्थेँ। जब म बर्खास्त भएकाहरूले घरमै बसेर आत्मिक भक्ति गर्न पाउँछन् भन्ने देख्थेँ, तब म सोच्थेँ, “मैले चाहिँ कहिले घरमा आराम गर्न पाउने होला? त्यसो भयो भने, मैले यी समस्याहरूका बारेमा सोच्नु पर्दैनथियो वा यो दुःख सहनु पर्दैनथियो।” तर फेरि म मण्डलीको कामको जिम्मेवारी हामी दुई जनामा मात्र छ, वाङ चेन भर्खरै चुनिएकी थिइन्, र गर्नुपर्ने काम धेरै थियो भन्‍ने बारेमा सोच्थेँ। यदि मैले कर्तव्य निर्वाह गर्दिनँ भनेर भनेँ भने, त्यसले ममा विवेक छैन भन्‍ने कुरा देखाउँथ्यो। यस्तो सोच्दा मलाई केही दोषी महसुस हुन्थ्यो। तर जब कामको दबाब धेरै हुन्थ्यो, तब म अझै पनि आफ्नो देहलाई जित्न सक्दिनथेँ, र मलाई कर्तव्य निर्वाह गर्न मन लाग्दैनथियो। म कर्तव्यमा धेरै निष्क्रिय भएको कुरा एक सिस्टरले देखिन्, त्यसैले उनले ममा बोझ नभएको र मैले देहको वास्ता गरेको कुरा औँल्याइन्। मलाई अलि दुःख लाग्यो, र मैले कर्तव्यलाई यसरी लिनु हुँदैन भन्ने सोचेँ, तर त्यसपछि पनि, मैले आफूलाई अनायासै देहमै जिइरहेको पाउँथेँ, र मलाई यो कर्तव्य साह्रै कष्टकर र थकाइलाग्दो लाग्थ्यो।

पछि, एक जना सिस्टरले मेरो रिपोर्ट गरिन्, र माथिल्लो अगुवाले स्थितिबारे छानबिन गरेर पुष्टि गरेपछि, मेरो लगातारको व्यवहारको आधारमा मलाई बर्खास्त गरियो। अगुवाले मलाई परमेश्‍वरका वचनको एउटा खण्ड पढेर सुनाउनुभयो: “यदि परमेश्‍वरमाथिको विश्‍वासमा मानिसहरूले आफ्नो हृदय उहाँमा अर्पित गर्दैनन् भने, यदि उनीहरूको हृदय उहाँमाथि छैन र उहाँको बोझलाई आफ्नै बोझको रूपमा लिँदैनन् भने, उनीहरूले जे गर्छन् त्यो सब परमेश्‍वरलाई ठग्‍ने काम हुन्छ, जुन ठ्याक्‍कै धार्मिक मानिसहरूले गर्ने काम हो र यसले परमेश्‍वरको अनुमोदन पाउनेछैन। यस प्रकारको व्यक्तिबाट परमेश्‍वरले केही पनि प्राप्त गर्न सक्‍नुहुन्‍न, त्यसले त परमेश्‍वरको काममा प्रतिभारको काम मात्र गर्न सक्छ। यस्ता मानिसहरू परमेश्‍वरको घरका सजावट सामग्री मात्रै हुन्—उनीहरू प्रतिस्थापन वस्तुहरू हुन्, उनीहरू रद्दी हुन्, र परमेश्‍वरले उनीहरूलाई प्रयोग गर्नुहुन्‍न। उनीहरूमा पवित्र आत्माले काम गर्ने सम्भावनै नहुने मात्र होइन, उनीहरूलाई सिद्ध पार्नुको समेत कुनै महत्त्व हुँदैन। यस प्रकारको व्यक्ति सच्‍चा जिउँदो लास हो। यस्ताहरूको कुनै पनि भाग पवित्र आत्माले प्रयोग गर्न सक्‍नुहुन्‍न—उनीहरू शैतानद्वारा पूर्ण रूपमा अधीन गरिएका र गहन रूपमा भ्रष्ट पारिएका हुन्छन्। परमेश्‍वरले यी मानिसहरूलाई हटाउनुहुनेछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरसँग सामान्य सम्बन्ध स्थापित गर्नु अति नै महत्त्वपूर्ण छ)। जब मैले “प्रतिभार”, “सजावट” र “कसिङ्गर” जस्ता शब्दहरू प्रयोग गरेर परमेश्‍वरले गर्नुभएको खुलासा देखेँ, तब मेरो मनमा साह्रै घोच्यो र मलाई दुःख लाग्यो। जबदेखि म अगुवा बनेकी थिएँ, तबदेखि मैले कहिल्यै पनि हृदयदेखि कर्तव्य स्वीकार गरिनँ, सधैँ देहको वास्ता गरेँ, र धेरै खास कामहरूलाई बेवास्ता गरेँ। म त कुनै सकारात्मक उद्देश्य पूरा नगर्ने केवल नाम मात्रकी अगुवा भएकी रहेछु। मैले के देखेँ भने, म त कसिङ्गर रहेछु, वास्तविक काममा संलग्न नहुने एउटी झूटो अगुवा रहेछु। मैले आफ्ना कर्तव्यहरू स्वीकार त गरेकी थिएँ तर म गैरजिम्मेवार भएँ, सधैँ दुःख र थकानबारे गुनासो गर्थेँ, र काममा मन लगाउन चाहन्नथेँ, अनि जब कामको चाप बढ्थ्यो, तब मलाई प्रतिरोध गर्न मन लाग्थ्यो। मैले आफ्ना जिम्मेवारीहरू पूरा गरेकी थिइनँ, र मैले आफ्ना कर्तव्यहरू राम्ररी निर्वाह गरेकी थिइनँ। यसले गर्दा काममा ढिलाइ भएको थियो। आफ्‍नो कर्तव्यप्रतिको मेरो व्यवहार त परमेश्‍वरलाई धोका दिन कार्य थियो, र परमेश्‍वरको विरोध गर्ने कार्य थियो! मलाई बर्खास्त भएकाहरूको समेत डाहा लाग्थ्यो, यदि मलाई बर्खास्त गरियो भने, म यति धेरै व्यस्त हुनु पर्दैनथियो भन्‍ने सोच्थेँ। अहिले मैले चाहेको कुरा पाएँ, र अब म बर्खास्त भइसकेकीले, म घरमै बस्न सक्थेँ र मैले देहमा दुःख भोग्नु पर्दैनथ्यो। तर मेरो हृदय अन्धकारमा थियो। मलाई त परमेश्‍वरले मलाई पन्छाउनुभएको छ र मलाई त्याग्न लाग्नुभएको छ जस्तो लाग्यो, र मलाई धेरै बेचैनी महसुस भयो। यस क्षणमा, मलाई डर लाग्न थाल्यो र म परमेश्‍वरतिर फर्कन चाहन्थेँ।

पछि, मैले आफ्ना समस्याहरू सम्बोधन गर्न परमेश्‍वरका सान्दर्भिक वचनहरू खान र पिउन खोजेँ, मैले परमेश्‍वरका वचनका दुईवटा खण्डहरू भेट्टाएँ जसले मलाई गहिरो रूपमा प्रभाव पारे। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “यदि तँमा साँच्‍चै जिम्मेवारीको बोध छ भने, त्यसले तँमा विवेक र समझ छ भन्‍ने देखाउँछ। कुनै काम जति ठूलो वा सानो भए पनि, त्यो काममा तँलाई जसले खटाएको भए पनि, चाहे त्यो काम तँलाई परमेश्‍वरको घरले सुम्पेको भए पनि वा मण्डली अगुवा वा कामदारले सुम्पेको भए पनि, तेरो मनोवृत्ति यस्तो हुनुपर्छ: ‘यो कर्तव्यमा मलाई खटाइएकाले, यो परमेश्‍वरको उत्थान र अनुग्रह हो। मैले यसलाई सत्यताका सिद्धान्तअनुसार राम्रोसित पूरा गर्नुपर्छ। मेरो क्षमता औसत भए पनि, म यो जिम्‍मेवारी लिन र त्यसलाई राम्ररी पूरा गर्न आफ्नो सब थोक लगाउन इच्छुक छु। यदि मैले राम्ररी काम गरिनँ भने, मैले यसको जिम्‍मेवारी लिनुपर्छ, र राम्रो काम गरेँ भने, यसको श्रेय मेरो हुँदैन। मैले गर्नुपर्ने नै यही हो।’ व्यक्तिले आफ्‍नो कर्तव्यलाई कसरी लिन्छ भन्‍ने कुरा सिद्धान्तसँग सम्‍बन्धित मामिला हो भनेर म किन भन्छु? यदि तँमा साँच्‍चै नै जिम्‍मेवारीको बोध छ र तँ जिम्‍मेवार व्यक्ति होस् भने, तैँले मण्डलीको काम वहन गर्न अनि आफूले पूरा गर्नुपर्ने कर्तव्य पूरा गर्न सक्‍नेछस्। यदि तँ आफ्‍नो कर्तव्यलाई हल्का रूपमा लिन्छस् भने, परमेश्‍वरमाथिको विश्‍वाससम्बन्धी तेरो दृष्टिकोण गलत छ, अनि परमेश्‍वर र कर्तव्यप्रतिको तेरो मनोवृत्ति समस्याग्रस्त छ। आफ्नो कर्तव्य पूरा गर्नेप्रति तेरो दृष्टिकोण त्यसलाई झाराटारुवा तरिकाले गर्नु र जसोतसो निप्टाउनु मात्र हो, र चाहे तँ त्यो गर्न इच्छुक भए पनि वा नभए पनि, तँ त्यसमा राम्रो भए पनि वा नभए पनि, तँ त्यसलाई सधैँ जसोतसो निप्टाउने मनोवृत्तिका साथ लिन्छस्, त्यसैले तँ अगुवा वा कामदार बन्‍न उपयुक्त छैनस् र मण्डलीको काम गर्न लायक छैनस्। अझ के भने, सिधै भन्‍नुपर्दा, तँजस्ता मानिसहरू नालायक हुन्, केही हासिल गर्न नसक्ने, र निकम्मा मानिस मात्र हुन्(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (८))। “अल्छी मानिसहरू केही पनि गर्न सक्दैनन्। दुई शब्दमा सारांश निकाल्नुपर्दा, तिनीहरू निकम्मा मानिस हुन्; तिनीहरूमा दोस्रो दर्जाको असक्षमता हुन्छ। अल्छी मानिसहरूको क्षमता जति नै राम्रो भए पनि, यो देखावटी कुरा मात्रै हुन्छ; तिनीहरूसँग राम्रो क्षमता भए पनि, त्यसको कुनै काम हुँदैन। तिनीहरू अत्यन्तै अल्छी हुन्छन्—तिनीहरूलाई आफूले के गर्नुपर्छ भनेर थाहा भए पनि, तिनीहरू त्यो गर्दैनन्; र तिनीहरूलाई कुनै कुरा समस्या हो भनेर थाहा भए पनि, तिनीहरू यसलाई समाधान गर्न सत्यताको खोजी गर्दैनन्; र काम प्रभावकारी हुनका लागि तिनीहरूले के-कस्ता कठिनाइहरू भोग्नुपर्छ भनेर तिनीहरूलाई थाहा भए पनि, तिनीहरू यी सार्थक कठिनाइहरू सहन इच्छुक हुँदैनन्—त्यसैले तिनीहरू कुनै सत्यता प्राप्त गर्न सक्दैनन्, र कुनै वास्तविक काम गर्न सक्दैनन्। तिनीहरू मानिसहरूले सहनुपर्ने कठिनाइ सहन चाहँदैनन्; तिनीहरूलाई सुखसयलमा लिप्त हुन, हर्ष र फुर्सतको समयको आनन्द उठाउन, अनि स्वतन्त्र र तनावरहित जीवनको आनन्द उठाउन मात्रै आउँछ। के तिनीहरू बेकामका हुँदैनन् र? कठिनाइ सहन नसक्ने मानिसहरू जिउन लायक हुँदैनन्। सधैँ परजीवीको जीवन जिउन चाहनेहरू विवेक वा समझ नभएका मानिस हुन्; तिनीहरू पशु हुन् र त्यस्ता मानिसहरू श्रम गर्नसमेत योग्य हुँदैनन्। तिनीहरूले कठिनाइ सहन नसक्ने हुँदा, तिनीहरूले श्रम गरे पनि, त्यो राम्ररी गर्न सक्दैनन्, र यदि तिनीहरू सत्यता प्राप्त गर्न चाहन्छन् भने, त्यसको आशा झनै कम हुन्छ। कष्ट भोग्न नसक्ने र सत्यतालाई प्रेम नगर्ने व्यक्ति रद्दी व्यक्ति हो; ऊ श्रम गर्नसमेत योग्य हुँदैन। ऊ अलिकति पनि मानवता नभएको पशु हो। त्यस्ता मानिसहरूलाई हटाउनैपर्छ; यो मात्र परमेश्‍वरका अभिप्रायहरूअनुरूप हुन्छ(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (८))। परमेश्‍वरका वचनहरूले दुई प्रकारका मानिसहरू र कर्तव्यप्रतिको तिनीहरूका फरक-फरक मनोवृत्तिको बारेमा उल्लेख गर्छन्: एक प्रकारका मानिसहरूले आफ्नो क्षमतालाई वास्ता गर्दैनन्, तिनीहरू पहिले आफ्नो मानसिकता सुधार्छन् र आफ्ना कर्तव्यहरूलाई हृदयमा राख्छन्, र तिनीहरूले परमेश्‍वरका मागहरूअनुसार सहकार्य गर्न र कर्तव्य निर्वाह गर्न सक्दो प्रयास गर्छन्। यसो गर्ने व्यक्ति मानवता र समझ भएको व्यक्ति हो। अर्को प्रकारका मानिसहरू केवल दैहिक सुखसुविधामा लिप्त हुन मात्र जान्दछन्। तिनीहरू कुनै पनि दुःखकष्ट भोग्न चाहँदैनन्, र जब काम व्यस्त वा थकाइलाग्दो हुन्छ, तब तिनीहरू भाग्न र सुस्त बन्‍न चाहन्छन्। यस्ता मानिसहरूसँग क्षमता भए तापनि, तिनीहरूले आफ्ना कर्तव्यहरू राम्ररी निर्वाह गर्न सक्दैनन्। यस्ता व्यक्तिहरूको चरित्रमा समस्या हुन्छ, तिनीहरूले केही पनि गर्न सक्दैनन्, र तिनीहरू कसिङ्गर हुन्, र तिनीहरू अन्ततः परमेश्‍वरद्वारा प्रकट गरिनेछन् र हटाइनेछन्। यसको प्रकाशमा आफ्नै व्यवहारलाई हेर्दा, मैले के देखेँ भने, म परमेश्‍वरद्वारा खुलासा गरिएका अल्छी मानिसहरू र कसिङ्गरमध्येका एक हुँ। जबदेखि म अगुवा बनेकी थिएँ, तबदेखि नै जब कामको दबाब बढ्थ्यो र प्रयास अनि त्यागको आवश्यकता पर्थ्यो, तब म रिसाउथेँ, गुनासो गर्थेँ, र शरीर थक्‍ने कुरामा चिन्ता गर्थेँ। मैले आफ्ना कर्तव्यहरूप्रति झाराटारुवा मनोवृत्ति अपनाएँ र सकेसम्म काममा ढिलासुस्ती गरिरहेकी हुन्थेँ। मैले मुख्य जिम्मेवारी पाएको सुसमाचार र मलजल गर्ने कामप्रति ममा कुनै बोझ वा जिम्मेवारीबोध थिएन, न त मैले सुसमाचारसम्बन्धी कामदार र मलजल गर्ने व्यक्तिहरूको संवर्धन गर्ने कामलाई फलो-अप वा कार्यान्वयन नै गरेँ, जसले गर्दा सुसमाचारको कामको प्रगतिमा ढिलाइ भयो। कामको रिपोर्टिङ गर्दा, मैले पत्ता लगाएका समस्याहरू सङ्गति गरेर समाधान गर्नका लागि अभ्यासका सिद्धान्तहरू खोज्न मलाई झन्झट लाग्थ्यो। मण्डलीको सफा गर्ने काममा सहकार्य गर्दा पनि म गैरजिम्मेवार हुन्थेँ र देहको वास्ता गर्थेँ, र मानिसहरूलाई निकाल्नका लागि सामग्रीहरू ध्यानपूर्वक जाँच नगरेकोले, मैले निकाल्न नहुने व्यक्तिलाई पनि झन्डै निकालिदिएकी थिएँ। कर्तव्यमा मेरो लगातारको व्यवहारको आधारमा, म वास्तवमै चरित्रमा समस्या भएको परमेश्‍वरद्वारा खुलासा गरिएको त्यस्तो व्यक्ति नै थिएँ। मैले परमेश्‍वरका अभिप्रायहरूको कुनै ख्याल गरिनँ, मण्डलीको हितलाई कायम राखिनँ, र म वास्तविक काममा संलग्न नहुने झूटो अगुवा थिएँ। मेरा कर्तव्यहरू जतिसुकै व्यस्त भए पनि वा काम जतिसुकै महत्त्वपूर्ण भए पनि, म केवल आफ्नो देहलाई सन्तुष्ट पार्न चाहन्थेँ। यदि सामान्यभन्दा अलि बढी काम भयो भने, म गुनासो गर्थेँ र गनगन गर्थेँ, प्रायजसो मेरो खराब स्वास्थ्यलाई कर्तव्यबाट भाग्ने बहाना बनाउथेँ। अन्तमा, मैले मेरा कुनै पनि जिम्मेवारीहरू पूरा गरिनँ र काममा ढिलाइ गरेँ। मेरो श्रम गर्ने प्रयासहरू पनि मानकभन्दा तल थिए। मेरो स्वास्थ्य त्यति राम्रो नभए पनि, मलाई कुनै गम्भीर रोग त थिएन, र यदि मैले कर्तव्यमा चित्त लगाएको भए, मैले अझै पनि काम धान्न सक्थेँ। पहिले जब कर्तव्यमा मेरो मानसिकता सही हुन्थ्यो, तब म कठिन परिस्थितिहरूमा सहकार्य गर्न परमेश्‍वरमा भर पर्न सक्थेँ, र म कामका केही मुद्दाहरू समाधान गर्न र समस्याहरूलाई सही रूपमा मूल्याङ्कन गर्न सक्षम हुन्थेँ। तर पछि, म देहको वास्ता गर्ने स्थितिमा जिएँ, र जब प्रयास र त्याग चाहिने कामहरू आउँथे, तब म तिनबाट उम्कन चाहन्थेँ। म आफूले गर्नुपर्ने कामहरू गर्थिनँ, र बिस्तारै, मेरो आत्मा झन्-झन् संवेदनहीन हुँदै गयो। म समस्याहरू पहिचान गर्न असक्षम मात्र भइनँ, तर मैले काममा पनि ढिलाइ गरेँ। परमेश्‍वरले मेरा ब्रदर-सिस्टरहरूलाई मेरो रिपोर्ट गर्न लगाउनुभयो, र अन्तमा, मलाई बर्खास्त गरियो; यसले परमेश्‍वरको धार्मिकतालाई प्रकट गर्यो। मैले आफ्नो निष्ठा र मर्यादा पूर्ण रूपमा गुमाइसकेकी थिएँ—मानिसहरू मलाई मन पराउँदैनथे, परमेश्‍वरले मलाई स्वीकार गर्नुभएन, र मैले आफूले गर्न सक्ने कर्तव्यहरू पनि निर्वाह गर्न सकिनँ। म साँच्चै कसिङ्गर र अविश्‍वासी व्यक्ति थिएँ।

त्यसपछि मैले निरन्तर खोजी गरेँ, र आफैँलाई सोधेँ, “किन म सधैँ सुखसुविधामा लिप्त हुन्छु र आफ्ना कर्तव्यहरू राम्ररी पूरा गर्न असफल हुन्छु? मेरो देहलाई अत्यधिक ख्याल गर्दा यसको परिणाम के होला?” एक दिन, मैले परमेश्‍वरका वचनका दुईवटा खण्डहरू पढेँ जसले मलाई यो समस्याको जड पत्ता लगाउन मद्दत गरे। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “मानिसहरूले परमेश्‍वरको काम अनुभव गर्नु र सत्यता बुझ्नुभन्दा पहिले, भित्रैबाट नियन्त्रण लिने र प्रभुत्व कायम गर्ने भनेको शैतानको प्रकृति नै हो। त्यो प्रकृतिमा विशेष रूपमा के हुन्छ त? उदाहरणको लागि, तँ किन स्वार्थी छस्? तँ किन आफ्नै हैसियतको सुरक्षा गर्छस्? तँ किन आफ्ना भावनाहरूद्वारा यति प्रभावित छस्? तँ किन ती अधर्मी र दुष्ट कुराहरू मन पराउँछस्? तैँले त्यस्ता कुराहरू मन पराउनुको आधार के हो? यी कुराहरू कहाँबाट आउँछन्? त किन ती कुराहरू मन पराउँछस् र स्वीकार गर्छस्? अहिलेसम्ममा, तिमीहरू सबै यो कुरा बुझ्न पुगेका छौ: मुख्य कारण के हो भने, मानिसभित्र शैतानका विषहरू छन्। त्यसो भए, शैतानका विषहरू के हुन्? तिनलाई कसरी व्यक्त गर्न सकिन्छ? उदाहरणको लागि, यदि तैँले ‘मानिसहरू कसरी जिउनुपर्छ? मानिसहरू केको लागि जिउनुपर्छ?’ भनेर सोधिस् भने, सबैले जवाफ दिनेछन्, ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ।’ यही एउटै वाक्यांशले यो समस्याको जड व्यक्त गर्छ। शैतानको दर्शन र तर्क मानिसहरूको जीवन बनेको छ। मानिसहरूले जेसुकैको खोजी गर्ने भए पनि, तिनीहरू वास्तवमा आफ्नै लागि त्यसो गर्छन्—अनि त्यसकारण तिनीहरू सबै आफ्‍नै लागि जिउँछन्। ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ’—मानिसको जीवन दर्शन यही हो, र यसले मानव प्रकृतिको पनि प्रतिनिधित्व गर्छ। यी वचनहरू पहिले नै भ्रष्ट मानवजातिको प्रकृति भइसकेका छन्, र यी वचनहरू भ्रष्ट मानवजातिको शैतानी प्रकृतिको साँचो चित्रण हुन्। यो शैतानी प्रकृति पूर्ण रूपमा भ्रष्ट मानवजातिको अस्तित्वको जग बनिसकेको छ। भ्रष्ट मानवजाति कैयौँ हजार वर्षदेखि अहिलेको वर्तमान समयसम्म शैतानको यो विषअनुसार जिएको छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पत्रुसको मार्गमा कसरी हिँड्ने)। “तैँले देहलाई जति धेरै सन्तुष्ट बनाउँछस्, देहले त्यति नै धेरै स्वतन्त्रता लिन्छ; यदि तैँले यस पटक देहलाई सन्तुष्ट बनाइस् भने, अर्को पटक यसले थप कुरा माग गर्नेछ। यो क्रम चलिरहँदा, मानिसहरू देहलाई अझै बढी प्रेम गर्न थाल्छन्। देहको लालसाहरू सधैँ अनावश्यक हुन्छन्; यसले तँलाई सधैँ यसलाई सन्तुष्ट बनाउन र तैँले यसभित्रै त्यसलाई तृप्त गर्न माग गर्दछ, चाहे त्यो तैँले खाने गरेको कुरामा होस्, तैँले लगाउने लुगामा होस्, वा आफूलाई रिस उठ्ने, वा आफ्नै अक्षमता र अल्छीपनलाई प्रश्रय दिने कुरामा होस्…। तैँले देहलाई जति धेरै सन्तुष्ट बनाउँछस्, यसका लालसाहरू उति नै धेरै हुन्छन् र यो त्यति नै लिप्त बन्छ, यहाँसम्‍म कि मानिसहरूका देहले अझ गहन धारणाहरूलाई आश्रय दिने, र परमेश्‍वरको विरुद्धमा विद्रोह गर्ने, र आफ्नै प्रशंसा गर्ने, र परमेश्‍वरका कार्यहरूप्रति सशङ्कित हुनेसम्‍म हुन्छ। तैँले देहलाई जति धेरै सन्तुष्ट बनाउँछस्, देहको कमजोरी त्यति नै बढ्छ; तँलाई तेरो कमजोरीप्रति कसैले ध्यान दिँदैन भन्‍ने सधैँ महसुस हुनेछ, परमेश्‍वरले अति गर्नुभएको छ भन्‍ने सधैँ विश्‍वास गर्छस् र तँ भन्छस्: ‘परमेश्‍वर कसरी यति कठोर बन्न सक्नुहुन्छ? उहाँले किन मानिसहरूलाई कठोर व्यवहार गर्न छोड्नुहुन्न?’ जब मानिसहरूले देहलाई सन्तुष्ट बनाउँछन् र यसलाई अत्यधिक मात्रामा माया गर्छन्, उनीहरूले आफैलाई पतन गरिरहेका हुन्छन्। … यस्तो भन्‍ने गरिन्छ कि एक जना किसान थिए जसले जाडोले जमेर कडा भएको सर्प बाटोमा देख्यो। उक्त किसानले सर्पलाई उठाएर आफ्नो छातीमा राख्यो, र जब सर्प बौरियो सर्पले किसानलाई टोकेर मार्‍यो। मानिसको देह सर्प जस्तै हो: यसको सारतत्त्व भनेको उसको जीवनलाई हानि गर्नु हो—र जब त्यसले पूर्ण रूपमा मनमाफिक गर्छ, तब तेरो जीवन खोसिन्छ। देह शैतानको हो। यसभित्र सधैँ अधिक चाहनाहरू हुन्छन्; यसले सधैँ आफ्नै लागि सोच्छ, र यसले सधैँ सहजताको चाहना राख्छ र ऐसआराममा लिप्त हुन चाहन्छ, यसमा व्यग्रता वा तात्कालिकताको बोध हुँदैन, यो निष्क्रियतामा डुबिरहन्छ। यदि तैँले यसलाई निश्चित बिन्दुसम्म सन्तुष्ट पारिस् भने, यसले अन्ततः तँलाई निल्नेछ। यसो भन्नुको अर्थ, यदि तैँले यसलाई यसपटक सन्तुष्ट पारिस् भने, अर्को पटक यसले फेरि सन्तुष्ट पारिमाग्छ। योसँग सधैँ अधिक चाहनाहरू तथा नयाँ मागहरू हुन्छन्, र तैँले देहलाई लाडप्यार गरेको फाइदा उठाएर यसले तँलाई यसलाई अझ बढी प्रिय ठान्न र त्यसको आराममा प्रेरित गर्छ—र यदि तैँले यसलाई कहिल्यै जित्न सकिनस् भने, अन्ततः तैँले आफैलाई बरबाद पार्नेछस्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो)। परमेश्‍वरका वचनहरू पढिसकेपछि, मैले के बुझेँ भने म यति पतित तरिकाले जिउनु र देहको वास्ता गर्नुको कारण “अरूको होइन आफ्‍नै दुनो सोझ्याउनुपर्छ” र “जीवन छोटो छ, त्यसैले बल हुँदा नै यसको आनन्द लिनुपर्छ” जस्ता शैतानी विषहरू ममा गहिरो गरी जरा गाडेर बसेकाले पो रहेछ। मैले दैहिक सुखको आनन्द लिनुलाई नै मेरो जीवनको लक्ष्य मानेकी थिएँ, र म जिउनु भनेको आफैँलाई राम्रो व्यवहार गर्नु र मेरो देहलाई आरामसँग जिउन दिनु हो भन्ने ठान्थेँ। जब मेरा कर्तव्यहरूमा केही दबाब हुन्थ्यो र बढी सोच्नुपर्ने हुन्थ्यो, तब म अनिच्छुक हुन्थेँ। म देहमा दुःख गर्ने र बोझ लिने कुराको पनि प्रतिरोध गर्थेँ, र त्यसो गर्नु भनेको नोक्सान सहनु हो भन्ने ठान्थेँ। उदाहरणका लागि, समस्याहरूका बारेमा समीक्षा गर्न र समाधान गर्न समय र मेहनत लाग्थ्यो, त्यसैले म ती कामहरूलाई पन्छाएर सजिला कामहरू रोज्थेँ, र ती समस्याहरूलाई समयमै सम्बोधन नगर्दा काममा असर पर्छ कि पर्दैन भन्ने कुरामा म पटक्कै विचार गर्दिनथेँ। सफा गर्ने काममा सहकार्य गर्दा पनि त्यस्तै भयो। मैले देहको वास्ता गरिरहेकी हुनाले, मानिसहरूलाई निकाल्ने सम्बन्धी सामग्रीहरू जाँच गर्नमा म इमानदार भइनँ, र मैले निकाल्न नहुने व्यक्तिलाई पनि झन्डै निकालिदिएकी थिएँ। मैले कुन तरिकाले कर्तव्य निर्वाह गरिरहेकी थिएँ? मैले त केवल दुष्टता गरिरहेकी थिएँ! तर मैले आफ्ना समस्याहरूबारे आत्मचिन्तन गरिनँ, र जब कामको चाप बढ्थ्यो, तब म गुनासो गर्थेँ। मलाई त बरु बर्खास्त गरिदिए हुन्थ्यो भन्ने लाग्थ्यो ताकि मैले चिन्ता लिनु नपरोस् वा धेरै काम गर्नु नपरोस्। म सधैँ आफैँमा लिप्त हुन्थेँ, र हर समय आफ्‍नो देहको मात्र विचार गर्थेँ। मलाई शैतानी विषहरूले कति गहिरो हानि पुर्याएको रहेछ, र म झन्-झन् पतित हुँदै गएकी छु भन्‍ने कुरा देखेँ। म स्वार्थी, छली र मानवताहीन भएकी थिएँ। मैले अगुवा बन्ने अवसर पाएकी थिएँ, जसमा धेरै मानिस, घटना र कामकुराहरूको सम्पर्कमा आउने कार्य समावेश हुन्थ्यो, धेरै सत्यताका सिद्धान्तहरू खोज्नुपर्थ्यो र तिनमा प्रवेश गर्नुपर्थ्यो, र मानिसहरूलाई कसरी खुट्ट्याउनुपर्छ भन्ने पनि सिक्नुपर्थ्यो। यसका साथै, मेरो भ्रष्टता र कमजोरीहरू पनि प्रकट हुन्थे, जसले मलाई आत्मचिन्तन गर्न, सत्यता अभ्यास गर्न र मेरो भ्रष्ट स्वभाव परिवर्तन गर्न प्रेरित गर्थ्यो। तर मैले सत्यतालाई पछ्याइनँ। म शैतानको स्वार्थी र तुच्छ स्वभावअनुसार जिएँ, आराममा लिप्त भएँ, कर्तव्यमा गैरजिम्मेवार भएँ, र मैले बारम्बार देहको वास्ता गरेर काममा ढिलाइ गरेँ। जब परमेश्‍वरले मलाई सच्याउन र मसँग सङ्गति गर्न ब्रदर-सिस्टरहरूलाई प्रयोग गर्नुभयो, तब मैले केवल आफ्नै ढिपी कसेँ र स्वीकार गर्न मानिनँ। नतिजास्वरूप, मैले मेरो मुख्य काम राम्ररी गर्न सकिनँ र काममा ढिलाइ गरेँ। मैले कर्तव्यप्रति गरेको व्यवहारले अपराध र दुष्ट कार्यहरू निम्त्याए! यस क्षणमा, मैले के महसुस गरेँ भने, देहको वास्ता गरेर र सुखसुविधामा लिप्त भएर कर्तव्य निर्वाह गर्दा साँच्चै म आफैँलाई अनि अरूलाई पनि हानि पुग्दो रहेछ, र यदि मैले यो भ्रष्ट स्वभावलाई समाधान गरिनँ, र पहिले जस्तै अन्योलग्रस्त र गैरजिम्मेवार तरिकाले कर्तव्य निर्वाह गरिरहेँ, र सधैँ आराममा जिउने लक्ष्य राखिरहेँ भने, मैले केवल थप दुष्टता गर्न पुग्नेथिएँ र म अन्ततः परमेश्‍वरद्वारा तिरस्कृत हुनेथिएँ र हटाइनेथिएँ। कर्तव्यमा आराममा लिप्त हुँदा हुने हानि र परिणामहरू देखिसकेपछि, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, र अबदेखि यसरी विद्रोह नगर्ने तर परमेश्‍वरसँग पश्चात्ताप गर्ने मेरो इच्छा व्यक्त गरेँ।

पछि, मेरो स्थितिमा केही सुधार आयो, र म फेरि मण्डली अगुवाको रूपमा चुनिएँ। यो परमेश्‍वरले मलाई पश्चात्ताप गर्न दिनुभएको अवसर हो भन्ने मलाई थाहा थियो र म परमेश्‍वरप्रति धेरै आभारी भएँ। मैले सही मानसिकता राख्ने र कर्तव्य राम्ररी निर्वाह गर्ने सङ्कल्प गरेँ। त्यतिबेला, म मुख्यतया सुसमाचारको कामको जिम्मेवार थिएँ, र नयाँ ठाउँमा भर्खरै आएकीले, म सबै क्षेत्रको स्थितिबारे अनभिज्ञ थिएँ, त्यसैले काम राम्ररी गर्नका लागि मैले ठूलो मूल्य चुकाउनुपर्ने थियो। केही समय सहकार्य गरेपछि, मलाई अलि तनाव महसुस भयो, विशेष गरी हरेक दिन फलो-अप गर्नुपर्ने धेरै कामहरू हुन्थे। जब मेरो देहले दुःख पाउने अवस्था आयो तब एउटा मात्र काम गर्न पाए राम्रो हुन्थ्यो भन्ने मलाई लाग्यो, किनकि त्यसमा मैले धेरै सोच्नु र मेहनत गर्नु पर्दैनथ्यो। जब यस्ता विचारहरू आए, तब मैले मेरो स्थिति ठीक छैन भन्ने महसुस गरेँ, त्यसैले मैले सचेत भएर परमेश्‍वरलाई प्रार्थना गरेँ। पछि, मैले परमेश्‍वरका वचनहरूले यसो भनेको पढेँ: “यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस् र उहाँको मुक्ति प्राप्त गर्न चाहन्छस् भने, तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नैपर्छ। पहिला, तैँले आफ्नो कर्तव्य पूरा गर्ने क्रममा जिम्मेवारी बोध विकास गरेर सक्दो कोसिस गर्नुपर्छ। परमेश्‍वरले तँलाई असल व्यक्तिका रूपमा हेर्नु नै तेरो आधा काम पूरा हुनु हो। तैँले आफ्नो कर्तव्य निभाउने क्रममा यदि सत्यता पछ्याउन सक्छस्, अनि जति भ्रष्ट स्वभाव प्रकट भए पनि वा आफूलाई जति नै कठिनाइहरू आइपरे पनि, ती समाधान गर्न सत्यता खोज्न सक्छस्; अनि यदि तँ काटछाँटमा पर्दा तँसित स्वीकार गर्ने र समर्पित हुने मनोवृत्ति हुन्छ भने, परमेश्‍वरको मुक्ति प्राप्त गर्ने तेरो आशा पूर्ण रूपले यथावत् रहनेछ। परमेश्‍वरका नजरमा सत्यता पछ्याउने व्यक्तिका रूपमा देखिनु उच्च मापदण्ड हो जुन तैँले पूरा गर्न नसक्लास्। तँमा इच्छा र कद छैन, अनि तेरो आस्था अत्यन्तै कमजोर छ। त्यसैले, सुरुमा आफूलाई आफू वरिपरिका दाजुभाइ-दिदीबहिनीहरूका नजरमा असल, सही र तुलनात्मक रूपले सकारात्मक कुराहरू मन पराउने, निष्पक्षता र धार्मिकता रुचाउने, र अपेक्षाकृत सोझो व्यक्ति बनेर देखा। तँ आफूले गल्तीहरू गर्दा ती सच्याउँछस्। तैँले आफ्नो विद्रोही अवस्था चिनेपछि, तुरुन्तै त्यो सुधार्छस्। तैँले आफ्नो भ्रष्ट स्वभाव पत्ता लगाउनेबित्तिकै सत्यता खोज्छस् र अरूसँग सङ्गति गर्छस्। तैँले बुझाइ प्राप्त गरेपछि, पश्चाताप गर्न सक्छस्। तैँले यसरी पछ्याएर अवश्य प्रगति गर्नेछस्। पहिला, आफूलाई आफ्ना दाजुभाइ-दिदीबहिनीहरूका नजरमा असल, सही र जीवन प्रवेश प्राप्त गरिसकेको व्यक्तिका रूपमा देखा। त्यसपछि, क्रमशः सत्यतालाई प्रेम गर्ने र सत्यता पछ्याउने व्यक्ति बन्‍ने प्रयास गर्। यसलाई अभ्यास गरेर प्रवेश पाउन अझ सजिलो हुनेछ, र आफूबाट यस्ता मागहरू गर्नु तेरा लागि अझ बढी व्यावहारिक हुनेछ। सबैभन्दा पहिला, तँ आफ्ना दाजुभाइ-दिदीबहिनीहरूका नजरमा असल व्यक्तिको रूपमा दरिनैपर्छ। असल व्यक्ति बन्‍ने मापदण्डहरू के-के हुन्? पहिलो, तैँले आफ्नो कर्तव्य पूर्तिलाई हेर्नैपर्छ। तेरो कर्तव्य निर्वाहमा कतिवटा मानक र मापदण्डहरू पूरा गर्नुपर्छ? मामिलाहरू सम्हाल्दा, तँ लगनशील, जिम्मेवार, कठिनाइ सहन, मूल्य चुकाउन इच्छुक, र होसियार हुनैपर्छ, झारा टार्ने गर्नु हुँदैन। अलि उच्च स्तरमा, तैँले हरेक मामिलामा सही सिद्धान्तहरू खोज्न र यी सिद्धान्तहरूअनुसार कार्य गर्न सक्नैपर्छ। जसले बोले पनि, तैँले सबैभन्दा कम प्रशंसा गर्ने दाजुभाइ वा दिदीबहिनीले सही र सत्यताअनुरूप सिद्धान्त बताए पनि, तैँले त्यो सुन्‍नुपर्छ, स्विकार्ने कोसिस गर्नुपर्छ, र आफ्ना राय र धारणाहरूका विरुद्धमा विद्रोह गर्ने प्रयास गर्नुपर्छ। तँलाई यो मनोवृत्तिबारे कस्तो लाग्छ? (यो राम्रो छ।) आफ्नो कर्तव्य राम्ररी निभाउनुपर्छ भनेर भन्‍नु सजिलो छ, यो भन्‍नाका लागि सजिलो कुरा हो; तर वास्तवमा मानकअनुरूप कर्तव्य निर्वाह गर्न कठिन छ। त्यसका लागि तैँले मूल्य चुकाउनुपर्छ र निश्चित कुराहरू त्याग्‍नुपर्छ। तैँले के दिनुपर्छ? सबैभन्दा आधारभूत तहमा, तैँले केही समय र शक्ति लगाउनुपर्छ। तैँले हरेक दिन अरू मानिसले भन्दा बढी समय खर्चनुपर्छ र बढी शक्ति लगाउनुपर्छ। तैँले अलि लामो समय जारी राख्नुपर्छ र अलि बढी प्रयास लगाउनुपर्छ। यदि तँ जिम्मेवारी बोध विकास गरेर आफ्नो कर्तव्य राम्ररी निभाउन चाहन्छस् भने, कसरी आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्ने भनी तैँले मनन गरिरहनुपर्छ। तैँले आफूलाई कस्ता सत्यताहरूले सुसज्जित पार्नुपर्छ र कस्ता समस्याहरू हल गर्नुपर्छ भनी विचार गर्नु आवश्यक छ। त्यसपछि प्रार्थनामार्फत सत्यता खोज्, परमेश्‍वरलाई आफ्नो आकाङ्क्षा बता, र परमेश्‍वरलाई बिन्ती बिसाउँदै अन्तर्दृष्टि र मार्गदर्शन माग। अरूहरू राति आराम गरिरहेका बेला, तैँले चाहिँ आफूलाई त्यस दिन कर्तव्य निर्वाहमा आइपरेका समस्याहरू र आफूले प्रकट गरेको भ्रष्टताबारे मनन गर्न अझ बढी समय खर्चनुपर्छ। तैँले यी कुराहरूबारे चिन्तन गर्नुपर्छ, अनि तैँले अघाडिको मार्ग पत्ता लगाएपछि मात्र आराम गर्नुपर्छ, ताकि त्यो दिन फलदायी साबित होस् र खेर नजाओस्। यदि तँ यी समस्याहरू समाधान गर्नेबारे मनन गर्दैनस् भने, राम्ररी खान वा सुत्न सक्नेछैनस्। यो कष्ट हो, यो तैँले चुकाउने मूल्य हो। तैँले अरूले भन्दा बढी कठिनाइ सहनुपर्नेछ र अरूले भन्दा ठूलो मूल्य चुकाउनुपर्नेछ, अनि सत्यताका लागि कोसिस गर्न बढी समय र शक्ति लगाउनुपर्छ। के यो चुकाउनुपर्ने व्यावहारिक मूल्य हो? (छ।)” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सारा हृदय, मनमस्तिष्क, र प्राणले राम्ररी आफ्‍नो कर्तव्य निर्वाह गर्ने व्यक्तिले मात्रै परमेश्‍वरलाई प्रेम गर्छ)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने कुनै व्यक्ति असल छ कि छैन भनेर जाँच्ने मुख्य मापदण्डहरू यिनै हुन्: उसले सत्यतालाई प्रेम गर्छ कि गर्दैन र त्यसलाई पछ्याउँछ कि पछ्याउँदैन, उसले आफ्नो भ्रष्ट स्वभाव पहिचान गरेपछि त्यसलाई समाधान गर्न सत्यता खोज्छ कि खोज्दैन, र उसले आफ्ना कर्तव्यहरूप्रति कस्तो व्यवहार गर्छ—के उसले परमेश्‍वरका मागहरू र सत्यताका सिद्धान्तहरूअनुसार कर्तव्य निर्वाह गर्न सक्छ, के ऊ कर्तव्यनिष्ठ र जिम्मेवार छ र दुःख भोग्न र मूल्य चुकाउन इच्छुक छ, र उसले कठिनाइहरू आउँदा समस्या समाधान गर्न सत्यता खोज्छ कि खोज्दैन। यदि कसैले यी सही कुराहरूमा मनन गर्न सक्छ र आफ्नो कर्तव्यलाई प्राथमिकता दिन्छ, परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्ने हृदय राख्छ र सत्यता अभ्यास गर्न आफ्नो देहविरुद्ध विद्रोह गर्न सक्छ भने, परमेश्‍वरको नजरमा, यस्तो व्यक्तिलाई असल मानवता भएको व्यक्ति र विश्‍वासयोग्य व्यक्ति मानिन्छ। यी कुराहरूको प्रकाशमा आफैँलाई हेर्दा, म परमेश्‍वरका मागहरूभन्दा धेरै टाढा छु भन्ने मैले देखेँ। विशेष गरी जब मैले देहको वास्ता गरेको कारण कसरी काममा ढिलाइ गरेकी थिएँ र अपराधहरू निम्त्याएकी थिएँ, र अहिले मैले कसरी यस्तो महत्त्वपूर्ण कर्तव्य गर्ने अर्को अवसर पाएकी छु भन्‍ने सम्झँदा, मैले के महसुस गरेँ भने, मैले पहिले जस्तै व्यवहार गर्ने कार्यलाई जारी राख्‍नु हुँदैन, र मैले साँच्चै पश्चात्ताप गर्नुपर्छ। मेरो कार्य सामर्थ्य केही हदसम्म कम थियो, त्यसैले मैले बढी समय, विचार र प्रयास लगाउनुपर्थ्यो, सहकार्य गर्न परमेश्‍वरमा भर पर्नुपर्थ्यो, र नबुझेका कुराहरूमा सङ्गति खोज्नुपर्थ्यो। पछि सहकार्यको क्रममा, एउटा काम आयो जसमा म त्यति पोख्त थिइनँ, जसका लागि सत्यताका सिद्धान्तहरूमा कडा मेहनत गर्नुपर्ने हुन्थ्यो, त्यसैले मैले मसँग सहकार्य गर्ने सिस्टरभन्दा बढी समय र प्रयास लगाउनुपर्थ्यो। जब मैले ब्रदर-सिस्टरहरूको जीवन प्रवेश र काममा समस्याहरू देखेँ, तब मैले पनि गम्भीरतापूर्वक चिन्तन गरेँ र आफ्नो क्षमताले भ्याएसम्म ती कुराहरू समाधान गर्न मद्दत गर्ने तरिकाहरू खोजेँ। जब मैले यसरी अभ्यास गरेँ, तब मैले हृदयमा सहज र शान्ति महसुस गरेँ।

विगतमा म सधैँ, जिउनु भनेको आफैँलाई राम्रो व्यवहार गर्नु हो, र आरामदायी र सजिलो जीवन जिउनु नै सबैभन्दा महत्त्वपूर्ण हो भन्ने सोच्थेँ। साँच्चै मूल्यवान् तरिकाले कसरी जिउने भन्ने मलाई थाहा थिएन। पछि, परमेश्‍वरका वचनहरू पढेर, मैले यी कुराहरू केही मात्रामा बुझ्न थालेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “व्यक्तिको जीवनको मूल्य के हो? के यो खाने, पिउने, र रमाइलो गर्ने जस्ता देहसुखका लागि मात्रै हो? (अहँ, होइन।) त्यसोभए केको लागि हो? आफ्ना विचारहरू सुनाऊ। (सृजित प्राणीको कर्तव्य पूरा गर्नका लागि हो, व्यक्तिले कम्तीमा पनि हासिल गर्नुपर्ने कुरा यही हो।) त्यो सही हो। मलाई भन त, यदि सारा जीवनभर व्यक्तिका दैनिक विचार र गतिविधिहरू रोग र मृत्युबाट बच्‍नमा, आफ्‍नो शरीर स्वस्थ र रोगबाट मुक्त राख्‍नमा, र लामो आयु कायम राख्‍नमा केन्द्रित छन् भने, के यसरी जिउनुको कुनै मूल्य, कुनै अर्थ हुन्छ? (हुँदैन।) यसरी जिउनुको कुनै मूल्य हुँदैन। त्यसोभए, व्यक्तिको जीवनको कस्तो मूल्य हुनुपर्छ? … एक हिसाबमा, यो सृजित प्राणीको कर्तव्य पूरा गर्नुसँग सम्‍बन्धित छ। अर्को हिसाबमा, यो आफ्‍नो सामर्थ्यले भ्याउने र आफूले सम्पन्न गर्न सक्ने सबथोक राम्ररी गर्नु, तँलाई तेरो विवेकले दोष नलगाउने, तँ आफ्नो विवेकसँग मैत्रीपूर्वक रहन सक्‍ने र अरूका नजरमा स्वीकारयोग्य हुने अवस्थामा पुग्‍नु हो। यसलाई अझै एक चरण अगाडि लगेर भन्दा, तँ जुन परिवारमा जन्‍मेको भए पनि, तेरो शैक्षिक पृष्ठभूमि वा व्यक्तिगत क्षमताहरू जे-जस्ता भए पनि, तैँले आफ्नो जीवनभर मानिसहरूले जीवनमा बुझ्‍नुपर्ने सबैभन्दा महत्त्वपूर्ण सत्यताहरू के-के हुन् भनेर मनन गर्नैपर्छ—उदाहरणका लागि, मानिसहरू कस्तो मार्गमा हिँड्नुपर्छ, साथै जीवनलाई अर्थपूर्ण बनाउनका लागि तिनीहरूले कसरी जिउनुपर्छ। तैँले कम्तीमा थोरै नै भए पनि जीवनको साँचो मूल्यको खोजी गर्नुपर्छ; तैँले यो जीवन व्यर्थमा जिउन मिल्दैन, र तँ यो पृथ्वीमा व्यर्थमा आएको हुँदैनस्। अर्को हिसाबमा, तेरो जीवनकालमा, तैँले आफ्‍नो मिसन पूरा गर्नुपर्छ; सबैभन्दा महत्त्वपूर्ण कुरा यही हो। हामी कुनै ठूलो मिसन, कर्तव्य वा जिम्‍मेवारी पूरा गर्नेबारे कुरा गर्नेछैनौँ, तर कम्तीमा पनि, तैँले केही न केही त हासिल गर्नैपर्छ। उदाहरणको लागि, मण्डलीमा, कतिपय मानिसहरूले सुसमाचार प्रचार गर्ने कर्तव्यमा आफ्नो सबै मेहनत लगाउँछन्, आफ्‍नो जीवनभरको ऊर्जा लगाउँछन्, ठूलो मूल्य चुकाउँछन्, अनि धेरै मानिसहरूलाई विश्‍वासमा ल्याउँछन्। यसले गर्दा, तिनीहरूलाई आफ्नो जीवन व्यर्थ भएन, साथै त्यसको मूल्य छ र त्यसले तिनीहरूलाई सान्त्वना दिलाउँछ भन्‍ने महसुस हुन्छ। रोग र मृत्यु सामना गर्दा, वा आफ्‍नो पूरै जीवनको लेखाजोखा गर्दा, तिनीहरू आफूले गरेको सबथोक, आफूले हिँडेको मार्गबारे फर्केर सोच्छन्, हृदयमा सहजता भेटाउँछन्; तिनीहरू आत्मदोष वा पछुतोबाट मुक्त हुन्छन्। कतिपय मानिसहरूले मण्डली अगुवाका रूपमा सेवा गर्दा वा कामको कुनै पक्षमा जिम्मेवार हुँदा कुनै कसर बाँकी राख्दैनन्। तिनीहरूले सक्दो प्रयास गर्छन्, आफ्‍नो सारा शक्ति खन्याउँछन्, आफूले गर्ने कामका लागि आफ्नो सारा रगत-पसिना समर्पित गर्छन् र मूल्य चुकाउँछन्। तिनीहरूको मलजल, नेतृत्व, सहयोग, र साथको कारण, नकारात्मकता र कमजोरीमा रहेका धेरै मानिसहरू बलिया बन्छन् र दह्रिलो रूपमा खडा हुन्छन्, पछि हट्दैनन्, बरु परमेश्‍वरको उपस्थितिमा फर्कन्छन् र अन्त्यमा उहाँको गवाहीसमेत दिन्छन्। यसको साथै, तिनीहरूले आफ्नो नेतृत्वको अवधिमा धेरै महत्त्वपूर्ण कार्यहरू पूरा गर्छन्, धेरै दुष्ट मानिसहरूलाई निकाल्छन्, परमेश्‍वरका चुनिएका धेरै मानिसहरूलाई रक्षा गर्छन्, र उल्लेखनीय हानिहरूको पूर्ति गर्छन्। तिनीहरूको अगुवाइ कालमा यो सबै र अझ धेरै घटनाहरू घट्छन्। आफूले हिँडेको मार्गलाई फर्केर हेर्दा, वर्षौँको अवधिमा आफूले गरेको काम र चुकाएको मूल्यलाई फर्केर हेर्दा, तिनीहरूलाई कुनै पछुतो वा दोषारोपण महसुस हुँदैन। तिनीहरूले यी कामकुरा गरेकोमा कुनै पछुतो मान्दैनन् र आफूले मूल्यवान् जीवन जिएका छौँ भन्ने विश्वास गर्छन्, र तिनीहरूले हृदयमा ढुक्क र आराम महसुस गर्छन्। कति राम्रो कुरा! के तिनीहरूले प्राप्त गरेको फल यही नै होइन र? (हो।) यस्तो शान्ति र आराम अनुभूति हुनु, अनि यसरी पछुतो नमान्नु भनेको सकारात्मक कुराहरू र सत्यतालाई पछ्याउनुको नतिजा र फल हो(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (६))। परमेश्‍वरका वचनहरूबाट, मैले अर्थपूर्ण जीवन के हो भन्ने कुरा बुझेँ। एक सृजित प्राणीको रूपमा, परमेश्‍वरको आज्ञा पूरा गर्न आफ्ना कर्तव्यहरू निर्वाह गर्दा यसले नै जीवनलाई मूल्यवान् बनाउँछ। आज हामीले निर्वाह गर्ने कर्तव्यहरूले परमेश्‍वरको राज्यको सुसमाचार फैलाउने कार्यमा सेवा गर्छन्, र आफ्ना जिम्मेवारीहरू पूरा गर्न र आफ्नो सानो योगदान दिन सक्दा यसलाई परमेश्‍वरले स्मरण गर्नुहुन्छ र यो नै सबैभन्दा अर्थपूर्ण कुरा हो। मैले ती गैरविश्‍वासीहरूलाई सम्झेँ जो केवल राम्रो खान र राम्रो लाउनका लागि मात्र जीवन जिउँछन्। तिनीहरू आफ्नो देहमा रमाए पनि र तिनीहरूले कुनै दुःखकष्ट नभोगे पनि, र आफैँलाई लाडप्यार गरेर जतिसुकै मोटाघाटा बने पनि, यो संसारमा बाँचेर, जीवन वास्तवमा केका लागि हो वा कसरी अर्थपूर्ण रूपमा जिउने भन्ने तिनीहरूलाई थाहा हुँदैन। यस्तो जीवनको कुनै मूल्य हुँदैन र यो व्यर्थमा जिइएको जीवन हुन्छ। मैले कर्तव्य निर्वाह गर्दाको समयलाई फर्केर सम्झँदा, म सधैँ मेरो देहको विचार गरिरहेकी हुन्थेँ, र समस्या तथा कठिनाइहरूको सामना गर्दा, म भाग्न चाहन्थेँ र आफूले गर्न सक्ने काम गर्दिनथेँ। मेरो देहले धेरै दुःख नपाए पनि, मैले हृदयमा कहिल्यै नमेटिने पछुतो र ऋणहरू छोडेँ। मैले के देखेँ भने, सुख वा आराम जतिसुकै ठूलो भए पनि, यी कुराहरूले साँचो खुशी ल्याउन सक्दैनन्, र आफ्ना जिम्मेवारी र कर्तव्यहरू पूरा गर्दा मात्र शान्ति र निश्चयताका साथ जिउन सकिन्छ। यस्तो सोचाइले गर्दा, मैले आफ्ना कर्तव्यहरू निर्वाह गर्ने प्रेरणा पाएँ। कर्तव्य निर्वाह गर्दा मेरो देहले दुःख पाउनु पर्ने अवस्था आउँदा, म यो मेरो कर्तव्य र जिम्मेवारी हो, र मैले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्दो प्रयास गर्नुपर्छ भनेर अझ बढी सोच्थेँ। कहिलेकाहीँ, व्यस्त वा थकित हुँदा, म उचित विश्राम लिन्थेँ, र मेरो शारीरिक अवस्थाअनुसार सक्दो गर्थेँ, र मलाई मेरो कर्तव्य धेरै गाह्रो वा पीडादायी लाग्दैनथ्यो। कर्तव्यको क्रममा, मैले अगुवा हुँदा यसका लागि व्यक्तिले धेरै चिन्ताहरू लिनुपर्ने हुन्छ भन्ने पनि महसुस गरेँ, तर काममा विभिन्न समस्याहरूसँग जुधेर, वा ब्रदर-सिस्टरहरूलाई उनीहरूको स्थितिका कठिनाइहरू समाधान गर्न मद्दत गरेर, म अझ बढी सत्यता बुझ्न र प्राप्त गर्न सक्षम भएँ। यी कुराहरूमा परमेश्‍वरले मलाई ठूलो अनुग्रह देखाउनुभएको थियो। मैले यो बुझाइ प्राप्त गर्नु र यो रूपान्तरण अनुभव गर्नु पूर्णतया परमेश्‍वरकै अनुग्रह हो। परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो: ८१. मैले साँचो सुखी जीवन भेट्टाएँ

अर्को: ८३. छोराप्रतिको ऋणी भावनालाई त्याग्दा

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्