७. अरूका समस्याहरू खुलासा गर्न मलाई रोक्ने मेरा सुर्ताहरू
सन् २०२३ को जुलाईको सुरुमा, म जिल्ला अगुवा चुनिएँ, र म मुख्यतया सुसमाचारको कामको जिम्मेवार थिएँ। मलाई के थाहा थियो भने अगुवाको रूपमा, मेरो जिम्मेवारीको क्षेत्रभित्रका सबै ब्रदर-सिस्टरहरूको कामको सुपरिवेक्षण र रेखदेख गर्नु मेरो काम हो। तर, कामको रेखदेख र कार्यान्वयनमा मेरो प्रगति धेरै सुस्त थियो किनकि म एक पटकमा एउटा काम कार्यान्वयन गर्थेँ र अर्कोमा जानुअघि ब्रदर-सिस्टरहरूले त्यो सकाउन् भनेर पर्खन्थें। कामको चापले उनीहरू नअत्तालिऊन् वा निराश नहून् भनेर म यसो गर्थेँ। म सबैले मलाई उनीहरूको कुरा बुझ्ने र सहानुभूति राख्ने व्यक्तिका रूपमा हेरून् भन्ने चाहन्थेँ, त्यसैले कामको सुपरिवेक्षण र रेखदेख गर्दा म धेरै सतर्क हुन्थेँ, किनकि ब्रदर-सिस्टरहरूले म अति नै कठोर छु, मसँग सहानुभूति छैन र म असल अगुवा होइन भनेर भन्नेछन् भन्ने मलाई डर लाग्थ्यो।
एक पटक, जब मैले क्रिसान्टा नाम गरेकी सुसमाचार सुपरभाइजरको कामको रेखदेख गरिरहेकी थिएँ, तब मैले सुरुमा उनले जिम्मेवारी लिएका हरेक सुसमाचार कामदारको कामको रेखदेख र छानबिन गर्ने योजना बनाएकी थिएँ, र सुसमाचार स्विकार्ने सम्भावना भएका हरेक व्यक्तिको स्थितिको रेखदेख र छानबिन गर्ने योजना बनाएकी थिएँ, तर उनले भर्खरै एउटा भेला सकेकी थिइन्। अनि मैले मनमनै सोचेँ, “उनले भर्खरै भेला सकेकी छिन्, त्यसैले उनलाई सायद विश्राम चाहिएला। यदि मैले अहिले नै गएर उनको कामको रेखदेख गरेँ भने, के उनले मसँग समझदारीको कमी छ भन्ने ठान्नेछिन् त?” मेरो रेखदेख गर्ने तरिकाको कारण उनले दबाब महसुस गरून् भन्ने म चाहन्नथेँ। “भेलाको समयमा उनले सुसमाचार कामदारहरूको कामबारे सायद हेरिसकेकी होलिन्, त्यसैले उनलाई यससम्बन्धी प्रश्नहरूको जवाफ दिन सजिलो होला, तसर्थ म अहिले नै उनलाई अरू विषयमा सोध्दिनँ। त्यसो गर्दा, उनले म धेरै प्रश्न सोध्छु भनेर गुनासो गर्नेछैनन्, र मैले उनको स्थितिलाई ख्याल गरिरहेकी छु, र म समझदार छु अनि मसँग सहानुभूति छ भन्ने उनले महसुस गर्नेछिन्।” एक असल अगुवाले आफ्ना ब्रदर-सिस्टरहरूलाई बुझ्नैपर्छ र उनीहरूको भावनाको ख्याल गर्नैपर्छ भन्ने मेरो विश्वास थियो, त्यसैले त्यतिबेला, मैले क्रिसान्टालाई सुसमाचार कामदारहरूको काम र योजनाबारे मात्र सोधेँ, र सुसमाचार स्विकार्ने सम्भावना भएकाहरूको अवस्था कस्तो छ भनेर सोधपुछ गरिनँ। जब उनले पछि आफ्नो कर्तव्य पूरा गरिन्, तब उनले सुसमाचार कामदारहरूको कामको मात्र रेखदेख गरिन्, जबकि अन्य कामको प्रगति वा सुसमाचार स्विकार्ने सम्भावना भएकाहरूको अवस्थाबारे उनले जानकारी राखिनन्। उनले समयमै यी कुराहरूको विस्तृत विवरण नहेरेकी हुनाले, उनको कर्तव्यमा कमजोर प्रभावकारिता देखियो। अर्को सुसमाचार सुपरभाइजर, बेल्लाको रेखदेख गर्दा पनि मेरो समस्या उही थियो। बेल्ला भर्खरै मेरो जिम्मेवारीको क्षेत्रमा आएकी थिइन्, र जब एक पटक मैले उनलाई केही सुसमाचार कामदारहरूबारे सोधेँ, तब उनले जवाफ दिइन्, “मैले अहिलेसम्म यी कुराहरूको रेखदेख गरेकी छैन। म यी मानिसहरूसँग धेरै परिचित छैन, र म अझै उनीहरूलाई बुझ्न खोज्दैछु।” मैले सोचेँ, “पाँच दिन भइसक्यो, के यी कुराहरू हेर्न साँच्चै यति लामो समय लाग्छ र?” म उनलाई यो तरिका अक्षम छ र यसले काममा ढिलाइ गर्छ भनेर सम्झाउन चाहन्थेँ, तर फेरि मैले के सोचेँ भने, “यदि मैले उनका समस्याहरू औँल्याएँ भने उनी आएको धेरै समय नहुँदै, उनले म समझदार छैन वा मसँग सहानुभूति छैन, र म उनका कठिनाइहरूलाई ख्याल गर्दिनँ भन्ने ठान्लिन्। म उनीमा नराम्रो छाप छोड्न चाहन्नँ, र यदि मैले यी कुराहरू भनेँ भने, पछि मलाई उनको मद्दत चाहिँदा वा काम कार्यान्वयन गर्नुपर्दा उनले मसँग सक्रिय रूपमा सहकार्य गर्दिनन् कि भन्ने मलाई चिन्ता छ, अनि मलाई उनले पनि पछि मेरा समस्या र कमजोरीहरू औँल्याउन सक्छिन् भन्ने डर छ।” यी कुराहरू मनमा राखेर, मैले बेल्लाका समस्याहरू औँल्याइनँ, र फलस्वरूप, उनले जिम्मेवारी लिएको सुसमाचारको कामको प्रगति धेरै सुस्त भयो। सुसमाचारको कामको सुपरिवेक्षण र रेखदेख गर्ने मेरो नेतृत्वको कर्तव्य पूरा नगरेको कारणले, मेरो जिम्मेवारीको क्षेत्रभित्र सुसमाचारको कामको प्रगति कछुवाको गतिमा अघि बढिरहेको थियो।
जब हामीले सँगै कामको सारांश निकाल्यौँ, तब बेल्लाले खुलेर भनिन्, “म अगुवाले मेरो कर्तव्यमा मेरा कमजोरीहरू औँल्याइदिनुहुन्छ भनेर पर्खिरहेकी थिएँ।” उनले यसो भनेको सुन्दा, मैले एक अगुवाको रूपमा आफ्ना जिम्मेवारीहरू पूरा नगरेकी रहेछु, मैले उनको कामको रेखदेख नगरेकी र उनको कर्तव्यमा भएका समस्याहरू औँल्याइनछु भन्ने महसुस गरेँ। मलाई निकै दोषी महसुस भयो, त्यसैले मैले आफ्नो स्थितिबारे सङ्गतिमा खुलेर कुरा गरेँ। मेरो सङ्गतिपछि, सुपरभाइजर लिनाले परमेश्वरका वचनहरूको एउटा खण्ड बाँडिन्। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “मानिसहरूका आचरण र संसारसँग व्यवहार गर्ने तरिकाहरू परमेश्वरका वचनहरूमा नै आधारित हुनुपर्छ; आत्म-आचरणको सबैभन्दा आधारभूत सिद्धान्त यही हो। यदि मानिसहरूले आत्म-आचरणका सिद्धान्तहरू बुझ्दैनन् भने तिनीहरूले कसरी सत्यता अभ्यास गर्न सक्छन्? सत्यता अभ्यास गर्नु भनेको खोक्रा कुराहरू भन्नु वा नाराहरू भट्ट्याउनु होइन। बरु यो, मानिसहरूले जीवनमा जेसुकै सामना गर्नु परे पनि, जबसम्म त्यसमा आत्म-आचरणका सिद्धान्त, परिस्थितिबारे तिनीहरूको दृष्टिकोण, वा आफ्नो कर्तव्य निभाउने विषय समावेश हुन्छ, तबसम्म कसरी तिनीहरूले नै निर्णय गर्नुपर्ने परिस्थिति आइपर्छ, अनि सत्यता खोज्नुपर्छ, र परमेश्वरका वचनहरूमा आधार र सिद्धान्तहरू खोज्नुपर्छ, र त्यसपछि अभ्यासको मार्ग खोज्नुपर्छ भन्ने कुरा हो। यसरी अभ्यास गर्न सक्नेहरू नै सत्यताको खोजी गर्न सक्ने मानिसहरू हुन्। कठिनाइहरू जति नै ठूला भए पनि यसरी सत्यताको खोजी गर्न सक्नु भनेको सत्यता खोजी गर्ने पत्रुसको मार्गमा हिँड्नु हो। उदाहरणका लागि: अरूसँग अन्तरक्रिया गर्दा कस्तो सिद्धान्त पालना गर्नुपर्छ? तेरो मूल दृष्टिकोण ‘सद्भाव खजाना हो; धैर्य सान हो,’ र तैँले सबैसित राम्रो सम्बन्ध कायम राख्नुपर्छ, अरूको इज्जतमा धक्का पुऱ्याउनु हुँदैन, र कसैलाई पनि चिढ्याउनु हुँदैन, ताकि भविष्यमा अरूसँग मिलेर रहन सजिलो होस्। यस दृष्टिकोणद्वारा बाँधिएर तँ अरूले खराब कामहरू गरिरहेको वा सिद्धान्तहरू उल्लङ्घन गरिरहेको देख्दा चुप रहन्छस्। तँ कसैलाई चिढ्याउनुभन्दा बरु मण्डलीको काममा क्षति हुन दिन्छस्। तँ चाहे जोसुकैसँग अन्तरक्रिया गरिरहेको होस्, तँ ऊसँग राम्रो सम्बन्ध कायम राख्न खोज्छस्। तँ बोल्दाखेरी सधैँ मानव भावनाबारे र इज्जत जोगाउनेबारे सोच्छस्, र अरूलाई खुसी तुल्याउन सधैँ मिठा शब्दहरू बोल्छस्। तैँले कुनै व्यक्तिमा समस्याहरू छन् भन्ने थाहा पाइस् भने पनि, तँ ती सहनतिर लाग्छस्, र बस उसको पिठ्युँ पछाडि कुरा काट्छस्, तर उसलाई भेट्दा तँ अझै शान्त रहन्छस् र आफ्नो सम्बन्धलाई कायम राख्छस्। तैँले आफूलाई यसरी आचरणमा ढाल्नेबारे तँलाई के लाग्छ? के यो मान्छे खुसी पारिहिँड्ने व्यक्तिको आचरण होइन र? के यो निकै धूर्त होइन र? यसले आत्म-आचरणका सिद्धान्तहरू उल्लङ्घन गर्छ। के आफूलाई यस्तो आचरणमा ढाल्नु निकृष्ट कुरा होइन र? यस्तो व्यवहार गर्नेहरू असल मानिस होइनन्, र यो आफूलाई आचरणमा ढाल्ने शिष्ट तरिका होइन। तैँले जतिसुकै कष्ट भोगेको र जतिसुकै मूल्य तिरेको भए पनि, यदि तैँले सिद्धान्तविना आफूलाई आचरणमा ढाल्छस् भने, तँ यस अर्थमा चुकेको छस्, र तँ परमेश्वरसामु चिनिने छैनस्, सम्झिइने छैनस् वा स्विकारिने छैनस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नका लागि, व्यक्तिमा कम्तीमा पनि विवेक र समझ हुनुपर्छ)। त्यसपछि लिनाले मसँग सङ्गति गरिन्, “तपाईँले अरूसँगको सम्बन्ध जोगाउनका लागि, कामको रेखदेख गर्न छोड्नुहुन्छ, र तपाईँले ती सम्बन्धहरू जोगाउनुभए तापनि, फलस्वरूप काममा ढिलाइ भयो। बेल्लाले भर्खरै जे भनिन्, त्यसबाट के बुझिन्छ भने उनी वास्तवमा तपाईँले कामको रेखदेख गरिदिनुहुन्छ भन्ने आशा गरिरहेकी रहेछिन्, ताकि उनले आफ्नो कर्तव्यमा केही निर्देशन र बाटो पाउन सकून्। तर तपाईँ मान्छे खुसी पारिहिँड्ने मानसिकता लिएर काम गर्नुहुन्छ, र तपाईँले उनका समस्याहरू नऔँल्याएर आफ्नो छवि जोगाउने र सम्बन्ध कायम राख्ने प्रयास मात्र गरिरहनुभएको थियो। अन्तमा, तपाईँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नुभएन, र तपाईँको रेखदेख र मार्गदर्शनको कमीले गर्दा, बेल्लाको काम दिशाहीन भयो, जसको प्रत्यक्ष नतिजा स्वरूप सुसमाचारको काम प्रभावहीन हुन पुग्यो। तपाईँले मान्छे खुसी पारिहिँड्ने व्यक्ति बन्ने आफ्नो समस्यामाथि गम्भीरतापूर्वक चिन्तन गर्नुपर्छ!” सिस्टरको कुरा सुनेपछि, मलाई धेरै लज्जित महसुस भयो। अरूसँगको अन्तरक्रियामा मसँग साँच्चै “मान्छे खुसी पारिहिँड्ने” मानसिकता हुन्थ्यो। म कसैलाई पनि चिढ्याउन चाहन्नथेँ, म ब्रदर-सिस्टरहरूसँगको मेरो सम्बन्धमा असर पार्न चाहन्नथेँ, र उनीहरूले म ख्याल गर्ने किसिमको छैन भनेर सोचून् भन्ने चाहन्नथेँ। सुरुमा म क्रिसान्टासँग धेरै कामको रेखदेख गर्न चाहन्थेँ, तर मलाई यदि मैले धेरै रेखदेख र छानबिन गरेँ भने, उनले म समझदार छैन भन्ने ठान्नेछिन् भन्ने डर लागेको थियो, त्यसैले मैले उनका लागि सजिला कामहरूको मात्र रेखदेख र सोधपुछ गर्ने बाटो रोजेँ, र उनलाई शारीरिक रूपमा बोझ पर्ने झन्झजिला कामहरूबारे मैले रेखदेख वा सोधपुछ गरिनँ। यसरी, उनले मेरो बारेमा गुनासो गर्नेछैनन् वा मप्रति नराम्रो धारणा राख्नेछैनन् भन्ने मैले सोचेकी थिएँ। फलस्वरूप, उनले जिम्मेवारी लिएको सुसमाचारको काम प्रभावहीन भयो। मैले बेल्लाको कामको रेखदेख पनि त्यसरी नै गरेँ। मैले उनको कर्तव्यमा दक्षता कम भएको र त्यसले काममा ढिलाइ भइरहेको देखेँ, तर उनलाई चिढ्याउने डरले मैले यो कुरा औँल्याउन चाहिनँ। मैले जे गरेँ र जसरी व्यवहार गरेँ, त्यो परमेश्वरले यसो भन्नुहुँदा खुलासा गर्नुभएको अवस्था नै थियो: “… र सबैसित राम्रो सम्बन्ध कायम राख्, अरूको इज्जतमा धक्का नपुऱ्या, र कसैलाई पनि नचिढ्याउ।” मैले पहिले के सोच्थेँ भने यसरी व्यवहार गरेर मैले राम्रो गरिरहेकी हुन्छु, र मैले ब्रदर-सिस्टरहरूसँगको द्वन्द्वलाई टालिरहेकी हुन्छु। मलाई के लाग्थ्यो भने मैले सधैँ अरूको भावना र कठिनाइहरूलाई विचार गरिरहेकी छु, र म असल मान्छे हुँ, तर परमेश्वरले त यो मानिसले आफूलाई व्यवहारमा ढाल्ने सिद्धान्तहरूको विपरित हो भनेर भन्नुभएको छ। मेरा सिस्टरहरूलाई मैले बारम्बार छुट दिँदा सुसमाचारको कामको प्रगति सुस्त भयो, र यसले मण्डलीको कामलाई हानि पुऱ्याइसकेको थियो। म पटक्कै असल मान्छे थिइनँ, बरु मान्छे खुसी पारिहिँड्ने व्यक्ति, एक छली व्यक्ति थिएँ। यदि मैले यो मान्छे खुसी पारिहिँड्ने मानसिकतालाई परिवर्तन गरिनँ भने, मैले गरेका सबै कुरा व्यर्थ हुनेछन्, किनकि मैले सत्यताको अभ्यास गरिरहेकी थिइनँ वा परमेश्वरलाई सन्तुष्ट पारिरहेकी थिइनँ, र परमेश्वरले मलाई अनुमोदन गर्नुहुने थिएन। यो कुराको बोधले ममा परिवर्तन हुने चाहना जगायो। मैले मेरा ब्रदर-सिस्टरहरूको कर्तव्य पालनामा देखेका कुनै पनि समस्या वा कमीकमजोरीहरू औँल्याउनुपर्छ, र मैले सङ्गति र मद्दत प्रदान गर्नुपर्छ, अनि आफ्नो इज्जतको विचार गर्न छोड्नुपर्छ भन्ने मलाई महसुस भयो। म अब उप्रान्त अरूसँगको आफ्नो सम्बन्ध जोगाउन चाहन्नथेँ। त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे सर्वशक्तिमान् परमेश्वर, मैले केवल मेरा ब्रदर-सिस्टरहरूसँगको सम्बन्ध जोगाउने प्रयास गरिरहेकी रहेछु भन्ने मैले देखेँ, जसमा मैले परमेश्वरको घरको हितलाई प्राथमिकता दिएकी थिइनँ। अब मलाई आफैबारे केही बुझाइ प्राप्त भएको छ, र म पश्चात्ताप गर्न, सत्यताको अभ्यास गर्न, सिद्धान्तहरूअनुसार काम गर्न, र अगुवाको रूपमा मेरा कर्तव्यहरू पूरा गर्न तयार छु।” प्रार्थना गरेपछि, ममा ठूलो साहस आयो। जब पछि मैले मेरा ब्रदर-सिस्टरहरूको कामको रेखदेख गरेँ, तब मैले देखेका समस्याहरूबारे उनीहरूलाई बताएँ। जब मैले सत्यताअनुसार अभ्यास गरेँ, तब मेरा ब्रदर-सिस्टरहरू मैले सोचेजस्तो मसँग रिसाएनन्, र हाम्रो सम्बन्धमा कुनै असर परेन। वास्तवमा, उनीहरू मार्गदर्शन स्वीकार गर्न तयार थिए। म इमानदार व्यक्ति बन्न चाहन्थेँ, र मेरा ब्रदर-सिस्टरहरूलाई समस्याहरू औँल्याउन वा सुझावहरू दिन आफ्नो सक्दो प्रयास गरिरहन चाहन्थेँ। तैपनि, सत्यताको अभ्यास गर्न सजिलो छैन, र सत्यता थाहा पाउँदैमा मानिसले त्यसको अभ्यास गर्न सक्छ भन्ने हुँदैन। परमेश्वरले मेरो भ्रष्टता प्रकट गर्न अर्को वातावरणको प्रबन्ध गर्नुभयो।
जुलाई १३ मा, एउटा मण्डलीमा चुनाव भयो, र मण्डली अगुवाको रूपमा सिस्टर अउवा चुनिइन्। करिब एक हप्तापछि, उनले मलाई अचानक उनले एउटा जागिर खान सुरु गरेकी छिन् किनकि उनले केही ऋण तिर्नुपर्नेछ भनेर बताइन्। उनको काम गर्ने समय बिहान ५ बजेदेखि राति ९ बजेसम्म थियो। म निकै छक्क परेँ, किनकि उनी अगुवा भएको केही दिन मात्र भएको भए तापनि, उनले जागिर सुरु गरिसकेकी थिइन् र यति लामो समय काम गर्थिन्, जसले गर्दा उनलाई आफ्नो कर्तव्य पूरा गर्ने समय नै हुँदैनथ्यो। मैले उनीसँग सङ्गति गरेँ, तर उनले भनिन्, “मैले ऋण तिर्नका लागि काम गर्नैपर्छ।” मैले सोचेँ, “यो सिस्टरलाई साँच्चै कठिनाइहरू भएको छ र उनले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्दिनन्, त्यसैले उनी अब मण्डली अगुवा हुन उपयुक्त छैनन्। उनको कर्तव्य फेरबदल गर्नेबारे छलफल गर्न मैले यो कुरा सुपरभाइजरलाई रिपोर्ट गर्नुपर्छ।” तर फेरि मैले के सोचेँ भने, “यदि मैले यो कुरा भनेँ, र उनको कर्तव्य फेरबदल गरियो भने, यसले उनको आत्मसम्मानमा चोट पुग्न सक्छ, र उनले मैले उनका कठिनाइहरू बुझिनँ र उनलाई मौका दिइनँ भन्ने सोच्नेछिन्, अनि उनी मबाट टाढा हुनेछिन्।” म उनीसँगको सम्बन्ध जोगाउन चाहन्थेँ, त्यसैले मैले उनको स्थितिबारे सुपरभाइजरलाई बताइनँ। मैले के सोचेँ भने उनले तिर्नुपर्ने ऋण धेरै छैन, र सायद उनले एक महिना काम गरिन् भने, उनले आफ्नो ऋण तिर्न सक्नेछिन्, र त्यसपछि उनीसँग कर्तव्य पूरा गर्ने समय हुनेछ। उनी काममा भएको समयमा, म उनलाई केही कामको रेखदेख गर्न मद्दत गर्न सक्थेँ। त्यसैले, अउवाले दिनभरि काम गर्थिन् र मण्डलीको कुनै पनि काम गर्थिनन्, जसले गर्दा धेरै काममा ढिलाइ भयो।
एक हप्तापछि, जब अउवाले आफ्नो कर्तव्य पूरा गरिरहेकी छैनन् भन्ने कुरा सुपरभाइजर लिनाले देख्नुभयो, तब उहाँले मलाई उनको स्थितिबारे सोध्नुभयो, अनि मात्र मैले उहाँलाई अउवाको कामबारे बताएँ। लिनाले मसँग सङ्गति गर्नुभयो, “अउवाको व्यवहारका आधारमा हेर्दा, उनले अब अगुवाको रूपमा आफ्नो कर्तव्य पूरा गर्न सक्दिनन्। मण्डलीको अगुवाइ समग्र मण्डलीको कामको प्रगतिसँग जोडिएको हुन्छ। एक असल अगुवाले मण्डलीको कामको जिम्मेवारी काँधमा लिन सक्छ, र एक गैरजिम्मेवार अगुवाले मण्डलीको कामलाई हानि पुऱ्याउन सक्छ। सत्य कुरा के हो भने, तपाईँले पनि यो मण्डलीको स्थिति देख्नुभएको छ, त्यसैले तपाईँलाई अउवा अगुवाइको काम गर्न पूर्ण रूपमा असमर्थ छिन् भन्ने थाहा थियो। तपाईँले यो समस्या पत्ता लगाउनेबित्तिकै तुरुन्तै रिपोर्ट गरेर समाधान गर्नुपर्ने थियो, तर तपाईँले कुनै कदम चाल्नुभएन। तपाईँले समयमै उनको कर्तव्य फेरबदल गर्नुभएन, न त उनका समस्याहरू रिपोर्ट गर्नुभयो; तपाईँले उनलाई सोही पदमा रहन दिनुभयो। यस्तो कार्यले मण्डलीको काममा ढिलाइ गर्छ।” सिस्टरको सङ्गति सुनेपछि, मलाई धेरै नराम्रो लाग्यो। मैले समस्या देखेकी थिएँ तर सत्यताको अभ्यास गर्नुको साटो आफ्नै विचारअनुसार काम गरेँ, र यसले मण्डलीको काममा ढिलाइ गर्छ कि गर्दैन भनेर विचार गरिनँ। म कस्तो मूर्ख रहेछु। सिस्टर लिनाले मलाई सर्वशक्तिमान् परमेश्वरका केही वचनहरू पढेर सुनाउनुभयो: “जब केही मण्डली अगुवाहरूले दाजुभाइ-दिदीबहिनीहरूले झाराटारूवा रूपमा आफ्नो कर्तव्य पूरा गरिरहेको देख्छन्, तब उसले तिनीहरूलाई हप्काउनुपर्ने भए पनि हप्काउँदैन। उसले परमेश्वरको घरका हितहरूमा समस्या भइरहेको स्पष्ट रूपमा देख्दा, यसमा कुनै चासो राख्ने वा सोधपुछ गर्ने गर्दैन, र अरूलाई अलिकति पनि चिढ्याउँदैन। वास्तवमा, उसले मानिसहरूको कमजोरीलाई साँच्चै ख्याल गरिरहेको हुँदैन; बरु, उसको अभिप्राय र उद्देश्य त मानिसहरूको हृदय जित्नु हुन्छ। ऊ यस कुराबारे पूर्णत: सचेत हुन्छ: ‘यदि मैले यसो गरेँ र कसैलाई चिढ्याइनँ भने, तिनीहरूले मलाई असल अगुवा ठान्नेछन्। तिनीहरूले राम्रो ठान्नेछन्, सम्मान गर्नेछन्। तिनीहरूले मलाई अनुमोदन गर्नेछन् र मन पराउनेछन्।’ परमेश्वरको घरका हितहरूमा कति क्षति भयो, वा परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा कति ठूलो घाटा भयो, वा तिनीहरूको मण्डली जीवनमा कति धेरै बाधा पुग्यो भन्ने कुरालाई ऊ वास्ता गर्दैन, केवल आफ्नो शैतानी दर्शनमा अडिग रहन्छ र कसैलाई चिढ्याउँदैन। उसलाई हृदयमा कहिल्यै आत्मग्लानि हुँदैन। उसले कसैले अवरोध र बाधा पुऱ्याएको देख्दा, बढीमा त्यसबारे तिनीहरूसँग केही शब्द बोल्न सक्छ, समस्यालाई सानो पार्छ, त्यसपछि यसलाई यतिमा नै सकाउँछ। उसले सत्यताबारे सङ्गति गर्नेछैन, वा त्यस व्यक्तिलाई समस्याको सार औँल्याएर देखाउनेछैन, झन् उसले आफ्नो स्थिति विश्लेषण गर्नु त परको कुरा हो, र उसले परमेश्वरका अभिप्रायहरू के हुन् भनेर कहिल्यै सङ्गति गर्नेछैन। झुटा अगुवाहरूले मानिसहरूले बारम्बार गर्ने गल्तीहरू, वा मानिसहरूले प्रायजसो प्रकट गर्ने भ्रष्ट स्वभावहरूलाई कहिल्यै खुलासा वा चिरफार गर्दैनन्। उसले कुनै वास्तविक समस्या समाधान गर्दैन, बरु उसले सधैँ मानिसहरूको गलत अभ्यास र भ्रष्टताका प्रकटीकरणहरूलाई प्रोत्साहित गर्छ, र मानिसहरू जति नै नकारात्मक वा कमजोर भए पनि, उसले यस कुरालाई गम्भीरतापूर्वक लिँदैन। ऊ झारा टार्दै परिस्थिति सम्हाल्न सद्भाव कायम राख्ने प्रयास गर्दै केही शब्द र धर्मसिद्धान्त प्रचार गर्छ र केही अर्तीका शब्दहरू बोल्छ। परिणामस्वरूप, परमेश्वरका चुनिएका मानिसहरूलाई आफूबारे कसरी मनन गर्ने र आफूलाई कसरी चिन्ने भन्ने थाहा हुँदैन, तिनीहरूले जुनसुकै भ्रष्ट स्वभाव प्रकट गरे पनि त्यसको कुनै समाधान हुँदैन, र तिनीहरू शब्द र धर्मसिद्धान्त, धारणा र कल्पनाहरूमा, कुनै जीवन प्रवेशविना जिउँछन्। तिनीहरू हृदयमा यस्तोसमेत विश्वास गर्छन्, ‘हाम्रो अगुवाले हाम्रा कमजोरीहरूबारे परमेश्वरले भन्दा बढी बुझेको छ। परमेश्वरका मापदण्डहरू अनुसार जिउन हाम्रो कद अत्यन्तै सानो छ। हामीले हाम्रो अगुवाका मापदण्डहरू पूरा गरे मात्र पुग्छ; हामी आफ्ना अगुवामा समर्पित भएर परमेश्वरमा समर्पित भइरहेका हुन्छौं। यदि कुनै दिन माथिले हाम्रो अगुवालाई बर्खास्त गर्नुभयो भने, हामी आवाज उठाउनेछौँ; हामी हाम्रो अगुवालाई राख्न अनि बर्खास्त हुनबाट रोक्नका लागि माथिसँग कुरा गर्नेछौँ र उहाँलाई हाम्रा मागहरूमा सहमत हुन बाध्य पार्नेछौँ। यसरी हामी हाम्रो अगुवालाई उचित व्यवहार गर्नेछौँ।’ जब मानिसहरूका हृदयमा त्यस्ता विचारहरू हुन्छन्, जब तिनीहरूले आफ्नो अगुवासँग यस्तो सम्बन्ध स्थापित गरेका हुन्छन्, र तिनीहरूका हृदयमा आफ्नो अगुवाप्रति यस्तो निर्भरता, ईर्ष्या, र आराधना पैदा भएको हुन्छ, तब तिनीहरू यस अगुवामा झन्-झन् बढी आस्था राख्छन्, र परमेश्वरका वचनहरूमा सत्यता खोज्नुको सट्टा सधैँ त्यस अगुवाका शब्दहरू सुन्न चाहन्छन्। त्यस्तो अगुवाले मानिसहरूको हृदयमा परमेश्वरको स्थान लगभग लिएको हुन्छ। यदि कुनै अगुवा परमेश्वरका चुनिएका मानिसहरूसँग यस्तो सम्बन्ध कायम राख्न इच्छुक हुन्छ भने, यदि उसले यसबाट हृदयमा आनन्द अनुभूति गर्छ, र परमेश्वरका चुनिएका मानिसहरूले उसलाई यसरी नै व्यवहार गर्नुपर्छ भन्ने विश्वास गर्छ भने, यो अगुवा र पावलबीच कुनै भिन्नता छैन, उसले ख्रीष्टविरोधीका बाटामा पाइला चालिसकेको हुन्छ…। ख्रीष्टविरोधीले वास्तविक काम गर्दैन, समस्याहरू समाधान गर्न सत्यतामा सङ्गति गर्दैन, मानिसहरूलाई परमेश्वरका वचनहरू खान र पिउन अनि सत्यता वास्तविकतामा प्रवेश गर्नमा मार्गदर्शन गर्दैन। ऊ हैसियत, ख्याति र प्राप्तिका लागि मात्रै काम गर्छ, आफूलाई स्थापित गर्न, मानिसहरूका हृदयमा आफ्नो स्थान जोगाउन, र सबैलाई तिनीहरूको आराधना गर्न, आदर गर्न र सधैँ पछ्याउन लगाउन मात्रै वास्ता गर्छ; उसले हासिल गर्न चाहने उद्देश्यहरू यिनै हुन्। ख्रीष्टविरोधीले यसरी नै मानिसहरूको हृदय जित्ने र परमेश्वरका चुनिएका मानिसहरूलाई नियन्त्रण गर्ने प्रयास गर्छ—के त्यस्तो काम गर्ने तरिका दुष्ट होइन र? यो अत्यन्तै घृणित कुरा हो!” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु एक: तिनीहरूले मानिसहरूको हृदय जित्ने प्रयास गर्छन्)। जब अगुवा र कामदारहरूले काममा भएका समस्याहरूप्रति आँखा चिम्लन्छन्, र केवल आफ्नो छवि र ब्रदर-सिस्टरहरूसँगको सम्बन्ध जोगाउन खोज्छन्, तब त्यस्ता मानिसहरू झुटा अगुवा हुन्, र तिनीहरू ख्रीष्टविरोधीको मार्गमा हिँडिरहेका हुन्छन् भनेर परमेश्वरले खुलासा गर्नुभएको छ। म ठ्याक्कै परमेश्वरले खुलासा गर्नुभएको जस्तै व्यक्ति थिएँ। मलाई बेल्लाको कर्तव्यमा कार्यकुशलताको कमी छ भन्ने स्पष्ट थाहा थियो, तर मसँग उनका समस्याहरू औँल्याउने साहस थिएन। मैले उनका कठिनाइहरू बुझेकी छु भन्ने उनले महसुस गरून् भन्ने मात्र चाहन्थेँ, ताकि हामीबीच द्वन्द्व नहोस् र हामीले राम्रो सम्बन्ध कायम राख्न सकौँ। अउवाले आफ्नो जागिरका कारण अगुवाइको जिम्मेवारी पूरा गर्न सकेकी थिइनन्, त्यसैले उनको कर्तव्य तुरुन्तै फेरबदल गर्नका लागि मैले उनको स्थितिबारे माथिल्लो नेतृत्वलाई रिपोर्ट गर्नुपर्ने थियो, तर मलाई यदि उनले यो कुरा थाहा पाइन् भने, उनले मेरो बारेमा नकारात्मक धारणा बनाउनेछिन् भन्ने डर लाग्यो, त्यसैले मैले माथिल्लो नेतृत्वलाई जानकारी दिइनँ। यसले मण्डलीको काममा ढिलाइ हुन्छ भन्ने कुराको भी मैले वास्ता गरिनँ। म केवल मेरा ब्रदर-सिस्टरहरूको स्वीकृति र समर्थन चाहन्थेँ ताकि उनीहरूमा मेरो राम्रो छाप परोस्, त्यसैले मैले सधैँ परमेश्वरको घरको हितलाई पन्छाएँ। मेरो व्यवहार साँच्चै दुष्ट र परमेश्वरले घृणा गर्नुहुने खालको थियो। मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, मैले मेरो कर्तव्यमा मण्डलीको हितलाई ख्याल गरेकी छैन, र मैले सधैँ मेरा ब्रदर-सिस्टरहरूसँगको सम्बन्धबारे मात्र सोचेकी छु, जसमा उनीहरूले मलाई असल अगुवाका रूपमा हेरून् र मलाई आदर गरून् भन्ने चाहेकी छु भन्ने मलाई महसुस भयो। मेरा कार्यहरू सत्यता अनुरूप छैनन् र तिनले मण्डलीको काममा असर गरेका छन्। मैले अगुवाको रूपमा रहेका मेरा कर्तव्यहरू निर्वाह गरेकी छैन र म ख्रीष्टविरोधीको मार्गमा हिँडिरहेकी छु। हे सर्वशक्तिमान् परमेश्वर, मेरा विचलनहरू देख्न र मेरा कमजोरीहरू औँल्याउन सिस्टर लिनाको प्रबन्ध गरिदिनुभएकोमा तपाईँलाई धन्यवाद छ। अब उप्रान्त, म सत्यताको अभ्यास गर्न र अउवासँगको सम्बन्ध जोगाउने प्रयास गर्न छोड्न तयार छु, र म मण्डलीको हितलाई विचार गर्नेछु।” त्यही दिउँसो, मैले अउवासँग सङ्गति गरेँ, र उनले आफूले आफ्नो कर्तव्य राम्ररी नगरेको र मण्डलीको काममा ढिलाइ गरेको कुरा स्वीकार गरिन्। तैपनि, उनले आफ्नो जागिर छोड्न नसकेकी हुनाले, मैले उनको कर्तव्य फेरबदल गरेँ।
पछि, मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढेँ: “संसारसँग व्यवहार गर्ने दर्शनमा एउटा सिद्धान्त छ, ‘असल साथीको गल्तीमा चुप लाग्दा लामो र असल मित्रता कायम हुन्छ।’ यसको अर्थ यो असल मित्रता जोगाउनका लागि, व्यक्तिले आफ्नो मित्रमा भएका समस्याहरू स्पष्ट देखे पनि ऊ यसबारे मौन बस्नैपर्छ। तिनीहरू मान्छेलाई अनुहारमा नहिर्काउने वा उनीहरूको कमजोरीमाथी औँला नउठाउने सिद्धान्तहरू पालना गर्छन्। तिनीहरू एकअर्कालाई धोका दिन्छन्, एकअर्काबाट कुराहरू लुकाउँछन्, र एकअर्काविरुद्ध षड्यन्त्र रच्छन्। अर्को व्यक्ति कस्तो हो भन्ने कुरा छर्लङ्गै थाहा भए पनि, तिनीहरू त्यो कुरा सिधै भन्दैनन्, बरु तिनीहरूको सम्बन्ध जोगाउन धूर्त विधिहरू अपनाउँछन्। किन व्यक्तिले यस्तो सम्बन्ध जोगाउन चाहन्छ? त्यो त समाजमा र आफ्नो समूहभित्र शत्रु बनाउन नचाहनका लागि हो, किनभने त्यसो गर्दा आफू अक्सर खतरनाक परिस्थितिमा परिन्छ। तैँले कुनै व्यक्तिका कमजोरीहरूमाथि औँला उठाएपछि वा उसलाई चोट पुर्याएपछि ऊ तेरो शत्रु बन्नेछ र उसले तँलाई हानि गर्नेछ भन्ने तँलाई थाहा हुन्छ, र तैँले आफूलाई यस्तो परिस्थितिमा राख्न चाहँदैनस्, र त्यसैले तैँले ‘अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू’ भन्नेजस्ता संसारसँग व्यवहार गर्ने दर्शनका सिद्धान्तहरू अपनाउँछस्। यो कुरालाई ध्यानमा राख्दा, यदि दुई व्यक्ति यस्तो सम्बन्धमा छन् भने, के तिनीहरूलाई साँचो मित्र भनेर भन्न सकिन्छ? (सकिँदैन।) तिनीहरू साँचो मित्र होइनन्, झन् एकअर्काका विश्वासपात्र हुनु त परको कुरा हो। त्यसोभए, यो वास्तवमा कस्तो सम्बन्ध हो? के यो आधारभूत सामाजिक सम्बन्ध होइन र? (हो।) त्यस्ता सामाजिक सम्बन्धहरू, मानिसहरू अन्तरङ्ग छलफल गर्न सक्दैनन्, न त गहिरो सम्बन्ध राख्न सक्छन्, न त आफूले चाहेको कुरा बोल्न नै सक्छन्। तिनीहरू आफ्नो हृदयको कुरा, आफूले अरू मानिसमा देखेका समस्याहरू, वा अरू मानिसलाई फाइदा पुग्ने शब्दहरू खुलस्त रूपमा भन्न सक्दैनन्। बरु, तिनीहरू अरूको चापलुसी गर्न राम्रा कुराहरू छानेर बोल्छन्। तिनीहरू सत्य कुरा बोल्ने वा सिद्धान्तहरू पालना गर्ने आँट गर्दैनन्, त्यसरी आफूप्रति अरूमा शत्रुता विकास हुन रोक्छन्। कुनै व्यक्तिलाई कोही पनि खतरा नहुँदा, के त्यो व्यक्ति तुलनात्मक रूपमा सहज र शान्तिमा जिउँदैन र? ‘अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू’ भन्ने भनाइ प्रवर्धन गर्नुपछाडि मानिसहरूको उद्देश्य यही हुँदैन र? (यही हुन्छ।) स्पष्टै छ, यो सावधानीको तत्व बोकेर बाँच्ने कुटिल र छली तरिका हो, जसको उद्देश्य आफ्नो सुरक्षा गर्नु हो। यसरी जिउँदा, मानिसहरूसँग कुनै पनि विश्वासपात्र हुँदैन, कुनै पनि घनिष्ठ मित्र हुँदैन जोसँग आफूलाई भन्न मन लागेको जे पनि भन्न सकियोस्। मानिसहरूबीच आपसी सावधानी, आपसी शोषण, अनि आपसी षड्यन्त्र मात्र हुन्छन्, जसमा हरेक व्यक्तिले उक्त सम्बन्धबाट आफूलाई चाहेको कुरा लिन्छ। के यो यस्तै हुँदैन र? ‘अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू’ भन्ने भनाइको मूल उद्देश्य भनेको अरूलाई रिस नउठाउनु र शत्रु नकमाउनु, अनि कसैलाई चोट नपुर्याएर आफ्नो रक्षा गर्नु हो। यो आफूलाई चोट लाग्न नदिनका लागि अपनाइने तरकिप र विधि हो। सारका यी कैयौँ पक्षहरूलाई हेर्दा, ‘अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू’ भन्ने मानव नैतिक आचरणको माग के उच्चकोटिको माग हो? के यो सकारात्मक माग हो? (होइन।) त्यसोभए, यसले मानिसहरूलाई के सिकाउँछ? तैँले कसैलाई चिढ्याउनु वा चोट पुऱ्याउनु नै हुँदैन, नत्र आफैलाई चोट पुग्नेछ; र साथै, तैँले कसैलाई भरोसा गर्नु हुँदैन भन्ने सिकाउँछ। यदि तैँले आफ्ना असल मित्रहरूमध्ये कसैलाई चोट पुऱ्याइस् भने, त्यो मित्रता चालै नपाई बद्लिन थाल्छ: ऊ तेरो असल, परिचित मित्रबाट अपरिचित व्यक्ति वा शत्रु बन्नेछ। यस प्रकारको शिक्षणले वास्तवमा कस्ता समस्याहरू हल गर्न सक्छ? यसरी व्यवहार गरेर, तैँले शत्रु नबनाए पनि र केही शत्रु घटाए पनि, के यसले गर्दा मानिसहरूले तँलाई आदर र अनुमोदन गर्नेछन्, र सधैँ तँलाई साथी बनाइराख्नेछन्? के यसले पूर्ण रूपमा नैतिक आचरणको मानक पूरा गर्छ? बढीमा, यो संसारसँग व्यवहार गर्ने दर्शनभन्दा अरू केही होइन” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (८))। परमेश्वरका वचनहरू पढेपछि, मैले अन्ततः के बुझेँ भने “असल साथीको गल्तीमा चुप लाग्दा लामो र असल मित्रता कायम हुन्छ” भन्ने भनाइ संसारसँग व्यवहार गर्ने शैतानका दर्शनहरूमध्ये एउटा हो। धेरैजसो मानिसहरूले अरूसँग राम्रो सम्बन्ध कायम राख्न यो दर्शन प्रयोग गर्छन्, र अरूसँग अन्तरक्रिया गर्ने मेरो तरिका पनि यही थियो। एक विचारशील र समझदार साथीको रूपमा देखिनका लागि, म अरूसँग धेरै सतर्क हुन्थेँ, र अरूका समस्याहरू देख्दा पनि म केही बोल्दिनथेँ, यसरी म यसो गर्दा मैले कसैलाई शत्रु बनाउँदिनँ वा कसैलाई चिढ्याउँदिनँ भन्ने सोच्थेँ। वास्तवमा, यदि हामीले अरूमा समस्याहरू भएको पत्ता लगायौँ तर आफ्नै हितका लागि ती औँल्याएनौँ भने, र यदि हामीले सत्य नबोलेर एकअर्काको बचाउ गर्छौं, र इमानदार व्यक्तिका रूपमा काम गर्दैनौँ भने, यसलाई साँचो मित्रता भन्न सकिँदैन। अरूसँगको सम्बन्ध कायम राख्नका लागि यो शैतानी दर्शन प्रयोग गर्दा, यसले एकअर्काप्रति सतर्कता मात्र बढाउँछ। यो छली र कपटपूर्ण व्यवहारबाहेक अरू केही होइन। मैले के महसुस गरेँ भने मैले क्रिसान्टा, बेल्ला र अउवालाई मण्डलीका मेरा सिस्टरहरूका रूपमा मानेकी थिइनँ, र मैले उनीहरूलाई आफ्ना समस्याहरू चिन्ने कार्यमा मद्दत गर्नका लागि केही भी गरेकी थिइनँ। मैले केवल उनीहरूको अनुमोदन खोजिरहेकी थिएँ, र म उनीहरूले मेरो बारेमा नकारात्मक धारणा राखून् भन्ने चाहन्नथेँ। आफ्ना हितहरूको रक्षा गर्नका लागि, मैले उनीहरूले आफ्नो कर्तव्य राम्ररी निर्वाह गरेका छैनन् र काममा ढिलाइ गरेका छन् भन्ने देख्दा पनि, यो कुरा औँल्याइनँ वा समाधान गर्न सङ्गति गरिनँ। मेरा ब्रदर-सिस्टरहरूप्रति मसँग साँचो प्रेम थिएन। मैले सधैँ के सोच्थेँ भने जबसम्म म उनीहरूका समस्याहरू औँल्याउँदिनँ, तबसम्म हामीले सहकार्य जारी राख्न सक्छौँ, र सायद हाम्रो सम्बन्ध पनि राम्रो हुन सक्छ। तर वास्तविकतामा, संसारसँग व्यवहार गर्नका लागि “असल साथीको गल्तीमा चुप लाग्दा लामो र असल मित्रता कायम हुन्छ” भन्ने दर्शनमा टाँसिइरहँदा राम्रो नतिजा आएन—मैले मण्डलीको काममा ढिलाइ मात्र गरिनँ, तर म उनीहरूका समस्याहरू समाधान गर्न पनि असफल भएँ र मैले उनीहरूलाई आफ्नो कर्तव्य राम्ररी गर्न मद्दत गरिनँ। त्यसपछि मैले के बुझेँ भने एक अगुवाको रूपमा, मैले ब्रदर-सिस्टरहरूका कर्तव्यमा भएका समस्याहरू औँल्याउनुपर्छ, र उनीहरूलाई आफैलाई चिन्न र गल्तीहरू सच्याउन मार्गदर्शन गर्नुपर्छ। साँचो ब्रदर-सिस्टरहरूले गर्नुपर्ने काम यही हो।
पछि, मैले परमेश्वरको सङ्गतिमा अगुवा र कामदारहरूका जिम्मेवारीहरूबारे उल्लेख गरिएको छ भन्ने देखेँ:
१. मानिसहरूलाई परमेश्वरको वचन खान र पिउन तथा बुझ्न अनि परमेश्वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्नको निम्ति अगुवाइ गर्ने।
२. हरेक किसिमका मानिसहरूको स्थितिलाई राम्ररी बुझ्नु र तिनीहरूले आफ्नो वास्तविक जीवनमा सामना गर्ने जीवन प्रवेशसम्बन्धी विविध कठिनाइहरू समाधान गर्ने।
३. हरेक कर्तव्य उचित तरिकाले निर्वाह गर्नका निम्ति बुझ्नुपर्ने सत्यता सिद्धान्तहरूमा सङ्गति गर्ने।
४. विविध कामका सुपरिवेक्षकहरू र विविध महत्त्वपूर्ण कामका लागि जिम्मेवार कर्मचारीहरूका परिस्थितिहरूका बारेमा सुसूचित रहने, र आवश्यकताअनुसार तिनीहरूलाई तोकिएका कर्तव्यहरूलाई तुरुन्तै समायोजन गर्ने वा तिनीहरूलाई बर्खास्त गर्ने, ताकि अनुपयुक्त मानिसहरूलाई प्रयोग गर्दा हुने क्षति रोक्न वा घटाउन सकियोस्, र कामको कार्यकौशलता र सहज प्रगतिको प्रत्याभूति दिन सकियोस्।
५. प्रत्येक कामको स्थिति र प्रगतिको अद्यावधिक बोध र बुझाइ कायम राख्ने, अनि तुरुन्तै समस्याहरू समाधान गर्न, विचलनहरूलाई सच्याउन र कामका त्रुटिहरूको परिपूर्ति गर्न सक्षम हुने ताकि कामको प्रगति सहज होस्।
—वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (१)
परमेश्वरका वचनहरू पढेपछि, मैले मेरा कार्यहरूले परमेश्वरले नेतृत्व सम्बन्धी गर्नुभएका मागहरू पूरा गरेका थिएनन्, किनकि मैले अगुवाको रूपमा मेरा कर्तव्य र जिम्मेवारीहरू पूरा गरेकी थिइनँ भन्ने कुरा अझ स्पष्ट रूपमा देखेँ। मण्डली अगुवा हुनु भनेको ब्रदर-सिस्टरहरूलाई परमेश्वरका वचनहरू खान र पिउन अनि बुझ्न नेतृत्व गर्नु हो, ताकि उनीहरूले सत्यताको अभ्यास गर्न र जीवन प्रवेश प्राप्त गर्न सकून्। एक अगुवाको रूपमा, मेरो जिम्मेवारीहरूमध्ये एउटा भनेको मण्डलीको कामका सबै पक्षहरूको निरीक्षण गर्नु थियो, जसमा कर्मचारीहरूको स्थितिदेखि लिएर कामको प्रगतिसम्म पर्छ। यदि कामको कुनै एउटा पक्षले मण्डलीको समग्र काममा बाधा पुऱ्याइरहेको छ भने, त्यसलाई तुरुन्तै समाधान गर्नुपर्छ। यो त यस्तो कुरा थियो जुन मैले पहिले गरिरहेकी थिइनँ। परमेश्वरका वचनहरू पढेर, मैले अगुवाको रूपमा आफ्नो कर्तव्य कसरी राम्ररी निर्वाह गर्ने भन्ने कुरा बुझेँ।
फेब्रुअरी २०२४ को एक दिन, ब्रदर एर्भेनले मलाई मण्डली अगुवा सिस्टर स्टेसीले सुसमाचार प्रचार गर्दा बुद्धि नपुर्याई बोलिन् भनेर रिपोर्ट गर्नुभयो। उदाहरणका लागि, उनले सुसमाचार स्विकार्ने सम्भावना भएकाहरूसँग कुराकानी गर्नेबित्तिकै धर्म, पाष्टर र एल्डरहरूको भण्डाफोर गरिन्, जसले गर्दा सुसमाचार स्विकार्ने सम्भावना भएकाहरूमा धारणा उत्पन्न भयो र उनीहरू भेलामा आउन चाहेनन्। मैले पनि स्टेसीले बुद्धि नपुर्याई बोलेको कुरा याद गरेँ, र मैले उनीसँग यस विषयमा सङ्गति गर्नुपर्छ भन्ने मलाई थाहा थियो, तर मैले मनमनै सोचेँ, “स्टेसी धेरै ठाडो स्वभावकी छिन् भन्ने कुरा साँचो हो, तर उनले केही समयदेखि सुसमाचार प्रचार गरिरहेकी छिन्, के उनले मेरो मार्गदर्शन स्वीकार गर्लिन्? यदि उनले स्वीकार गरिनन् भने, के उनले मप्रति नकारात्मक धारणा राख्लिन् त?” तर यदि मैले उनका समस्याहरू औँल्याइनँ भने, उनको कर्तव्यले राम्रो नतिजा दिनेछैन, त्यसैले मैले जसरी पनि उनका समस्याहरू औँल्याउनुपर्छ भन्ने कुरा पनि सोचेँ। केही दिनपछि, मैले स्टेसीसँगै सुसमाचार प्रचार गरेँ, र अन्त्यतिर, मैले मौन रूपमा प्रार्थना गरेँ, “हे सर्वशक्तिमान् परमेश्वर, कृपया मलाई स्टेसीका समस्याहरू औँल्याउने साहस दिनुहोस्। उनले मेरो कुरा स्वीकार गर्नेछैनन् र मेरो बारेमा नराम्रो धारणा राख्नेछिन् भन्ने मलाई अलिकति डर लागेको छ, तर म मेरो भ्रष्ट स्वभावमा बाँधिन चाहन्नँ, न त म अरूसँग राम्रो सम्बन्ध कायम राख्नका लागि मात्र सुसमाचारको काममा असर पार्न चाहन्छु। हे परमेश्वर, कृपया मलाई साहस दिनुहोस्।” त्यसपछि, मैले सुसमाचारको कामको दौरान हामीले सामना गरेका समस्याहरूको सारांश निकालेँ, र मैले स्टेसीका केही समस्याहरू औँल्याएँ। स्टेसीले भनिन्, “मेरा कमीकमजोरी र समस्याहरू औँल्याइदिनुभएकोमा धन्यवाद, यो मेरो लागि ठूलो मद्दत हो।” त्यसपछि, उनले बिस्तारै यी समस्याहरू सच्याउने अभ्यास गरिन्।
परमेश्वरले प्रबन्ध गर्नुभएका यी वातावरणहरूलाई व्यावहारिक रूपमा अनुभव गरेर, मैले के बुझेँ भने “असल साथीको गल्तीमा चुप लाग्दा लामो र असल मित्रता कायम हुन्छ” भन्ने भनाइ संसारसँग व्यवहार गर्ने शैतानी दर्शन हो जसले मानिसहरूलाई भ्रमित र भ्रष्ट तुल्याउँछ र यो वास्तवमै सत्यता अनुरूप छैन। आखिरी दिनहरूको परमेश्वरको काम धेरै व्यावहारिक छ, र यो हामीलाई मुक्ति दिन र हामीले बोकेका शैतानी दृष्टिकोण र दर्शनहरूलाई फाल्न सक्षम बनाउनका लागि गरिएको काम हो। यदि मैले सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको काम अनुभव नगरेकी भए, म अझै पनि यही शैतानी दर्शनअनुसार जिइरहेकी हुन्थेँ, र म अझै पनि थाहा नपाइकन झुटा आवरणहरूले अरूलाई धोका दिने प्रयास गरिरहेकी हुन्थेँ। परमेश्वरका वचनहरूको मार्गदर्शनले नै मलाई मानिसले आफूलाई कसरी व्यवहारमा ढाल्ने भन्ने यी सिद्धान्तहरू बुझ्न सक्षम बनायो। सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको काम स्वीकार गर्न पाउनु मेरो लागि साँच्चै आशिष्को कुरा हो, किनकि यसले मलाई मेरो भ्रष्ट स्वभाव परिवर्तन गर्ने अवसर दिएको छ। म सर्वशक्तिमान् परमेश्वरप्रति साँच्चै कृतज्ञ छु!