६१. पारिवारिक सतावटबीच एक छनोट
एक समय मेरो मिलेको परिवार थियो। हामी खान-लाउनको चिन्ता नभएको जीवन जिउँथ्यौँ। तर, मेरो दोस्रो गर्भको सुरुवाती चरणमा, थाहै नपाई मैले रक्त सञ्चार बढाउने परम्परागत चिनियाँ औषधि पिएँ, जसले गर्दा झन्डै गर्भपतन भएको थियो, तर पछि, डाक्टरी उपचारमार्फत, मैले छोरालाई जन्म दिन सकेँ। बच्चा र म दुवै सुरक्षित भए पनि, गर्भावस्थामा औषधि सेवन गर्दा बच्चामा पुड्कोपना हुन सक्छ भनेर मैले अनलाइनमा पढेँ। यो कुरा मेरो हृदयमा ठूलो बोझ बन्यो। जब म मेरो छोराभन्दा साना बच्चाहरू ऊभन्दा अग्लो देख्थेँ, मेरो हृदयमा गहिरो पीडा हुन्थ्यो, र म प्रायः आत्मग्लानिको स्थितिमा जिउँथेँ। यस विषयमा मैले कति आँसु बगाएँ, त्यसको कुनै लेखाजोखा थिएन। अक्टोबर २०१३ मा, मेरो एक जना आफन्तले मलाई सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको कामबारे गवाही दिइन्, र उनले मलाई “परमेश्वर मानिसको जीवनको स्रोत हुनुहुन्छ।” शीर्षकको सर्वशक्तिमान् परमेश्वरका वचनको एउटा खण्ड देखाइन्। त्यहाँको एउटा विशेष अंशले ममा गहिरो छाप पार्यो। परमेश्वर भन्नुहुन्छ: “तँ यस संसारमा रुँदै आएको क्षणदेखि नै, तैँले आफ्ना जिम्मेवारीहरू पूरा गर्न थाल्छस्। परमेश्वरको योजना र उहाँको निर्धारणका खातिर तैँले आफ्नो भूमिका खेल्छस् र तैँले आफ्नो जीवन यात्रा सुरु गर्छस्। तेरो पृष्ठभूमि जस्तोसुकै भए पनि र तेरो अगाडि जस्तोसुकै यात्रा भए तापनि, जेसकै भए पनि, स्वर्गको योजनाबद्ध कार्य र प्रबन्धबाट कोही पनि उम्कन सक्दैन, अनि कसैले पनि आफ्नो नियति नियन्त्रण गर्न सक्दैन, किनकि यावत् थोकमाथि सार्वभौम हुनुहुने उहाँ मात्र यस्तो काम गर्न सक्षम हुनुहुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर मानिसको जीवनको स्रोत हुनुहुन्छ)। परमेश्वरका वचनले मलाई गहिरो रूपमा छोयो। मानव जीवन परमेश्वरबाट आउँछ, कस्तो सन्तान पाउने भन्ने कुरा मानिसको हातमा हुँदैन, र यो सबै परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तअन्तर्गत हुन्छ भन्ने कुरा मैले थाहा पाएँ। त्यो क्षण, म नरोई बस्न सकिनँ, र मैले मेरा सारा पीडा र चिन्ताहरू परमेश्वरलाई पोखेँ। मैले मेरो हृदयमा हलुकापनको बोध महसुस गरेँ जुन मैले पहिले कहिल्यै महसुस गरेकी थिइनँ। पछि, परमेश्वरका वचन पढेर, मैले के पनि बुझेँ भने संसारमा व्यक्तिको लिङ्ग, रूप र उचाइ सबै परमेश्वरद्वारा पूर्वनिर्धारित हुन्छन् र बाह्य परिस्थितिहरूले यसमा असर गर्दैन। यदि परमेश्वरले मेरो बच्चा स्वस्थ हुनेछ भनेर नियोजन गर्नुभएको छ भने, मैले औषधि खाए पनि, त्यसले उसको स्वास्थ्यमा असर गर्ने छैन। मलाई परमेश्वरका वचन मेरा मनका चिन्ताहरू हटाउने अचुक औषधि रहेको अनुभूत भयो, र मलाई हृदयमा धेरै चैन र छुटकारा महसुस भयो।
सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको काम स्वीकार गरेको छ महिनापछि, मैले मण्डलीमा आफ्ना कर्तव्य निर्वाह गर्न थालेँ। सुरुमा, मेरो श्रीमानले यसको विरोध गरेनन्। तर मे २०१४ मा, उनले टिभी र इन्टरनेटमा चिनियाँ कम्युनिस्ट पार्टीले सर्वशक्तिमान् परमेश्वरको मण्डलीलाई लान्छित, निन्दा र बदनाम गर्न फैलाएका सबै नकारात्मक प्रचारहरू देखे, र उनले मेरो आस्थामा बाधा दिन थाले। उनले परमेश्वरका वचन पढ्न प्रयोग गर्ने मेरो एमपी-फाइभ प्लेयर समेत फुटाइदिए, र भने, “अनलाइनमा के भन्छन् हेर्। तेरो सर्वशक्तिमान् परमेश्वरप्रतिको आस्थाको राज्यले विरोध गर्छ, र पुलिसले तँलाई पक्राउ गर्नेछ। यदि तँ पक्राउ परिस् भने, यो साह्रै बेइज्जतको कुरा हुनेछ! इन्टरनेटले परमेश्वरमा विश्वास गर्नेहरूले आफ्नो परिवार त्याग्छन् र सामान्य जीवन जिउँदैनन् पनि भनेको छ।” मैले प्रतिवाद गरेँ, “मैले परमेश्वरमा विश्वास गर्न थालेदेखि अहिलेसम्म, के मैले मेरो परिवार त्यागेकी छु वा सामान्य तरिकाले जिउन छोडेकी छु र? हाम्रो भेलाहरूमा हामी सँगै बसेर परमेश्वरका वचन पढ्नेबाहेक केही गर्दैनौँ, र यो तपाईँले आफ्नै आँखाले देख्नुभएको छ। हामीले कुनै गैरकानुनी काम गरेका छैनौँ, अनि पुलिसले हामीलाई पक्राउ गर्नु के कानुनी कुरा हो र? चोरी, डकैती, जुवा खेल्ने र वेश्यावृत्तिमा संलग्न हुनेहरूलाई कारबाही गरिँदैन, तर तिनीहरूले विश्वासीहरूलाई चाहिँ पक्राउ गर्छन्। के यो सही र गलतलाई उल्ट्याउनु होइन र?” तर मैले जे भने पनि, मेरो श्रीमानले सुन्दै सुनेनन्। पछि, उनले मलाई परमेश्वरप्रतिको मेरो आस्थाका कारण निरन्तर सताए, र जबजब उनी बेखुसी हुन्थे, तबतब उनले मेरो परमेश्वरप्रतिको आस्थाको कुरा झिकिहाल्थे। उनी कामबाट घर फर्कंदा मलाई देखेनन् भने, उनी रिसले चूर हुन्थे र चिच्याउँथे, “हामी यसरी कसरी बसिरहन सक्छौँ? यदि तैँले यसरी नै विश्वास गरिरहिस् भने, म पुलिस बोलाउनेछु!” उनी राति प्रायः रक्सीले मातेर घर आउँथे र मलाई कराउँथे, मेरा सामानहरू खानतलासी गर्दै परमेश्वरका वचनका पुस्तकहरू खोज्थे, र तिनलाई नष्ट गरिदिन्छु भन्थे। उनले मेरो कपाल लुछ्थे र मलाई भुइँमा घिसार्थे, अनि मध्यरातमा मलाई घर छोडेर जा भन्थे। मलाई असाध्यै रिस उठ्यो, र सोचेँ, “परमेश्वरप्रतिको मेरो आस्था भनेको ब्रदर-सिस्टरहरूसँग भेला हुनु अनि परमेश्वरका वचन खानु-पिउनु मात्रै त हो, तैपनि मेरो श्रीमानले मलाई यस्तो व्यवहार गर्छन्—उनी त साक्षात् दियाबलस हुन्!” रिसको झोकमा, मैले घर छोडेर जानेबारे पनि सोचेँ, तर जब मैले मेरा दुई साना छोराछोरीलाई सम्झेँ, र मैले यत्रो दुःखले जोडेको वैवाहिक सम्बन्ध यसरी भत्किएको हेर्न चाहन्नँथिएँ, त्यसैले मैले सहेर बसेँ। तर अपेक्षा नै नगरेको कुरा, मप्रति मेरो श्रीमानको सतावट झन् तीव्र भयो।
१६ फेब्रुअरी २०१६ मा, दिउँसोको खाना खाएपछि, म भेलामा जाने तयार के थिएँ, मेरो श्रीमान चिच्याए, “तँ फेरि बाहिर जाँदै छेस्? तँ सामान्य जीवन बिताइरहेकी छैनस्!” मैले जवाफ दिएँ, “मैले सामान्य जीवन बिताइरहेकी छैन भनेर के भन्न खोज्नुभएको? मैले घरको कुनै काममा ढिलासुस्ती गरेकी छैनँ। मैले खाना पकाएकी छु, घर सफा गरेकी छु, र मलाई पनि त आफ्नो समय चाहिन्छ नि।” म ढोका खोल्न मात्रै के लागेकी थिएँ, उनले एक्कासि ढोकाको चुकुल लगाए र मलाई बाहिर निस्कनबाट रोके, अनि आफ्नो फोन देखाउँदै मलाई धम्की दिए, र भने, “यदि तँ फेरि बाहिर गइस् भने, म पुलिस बोलाउनेछु!” यति भन्दै, उनले आपत्कालीन नम्बर ११० डायल गरे। म धेरै आत्तिएँ। उनले हरियो डायल बटन थिच्न लागेको देखेर, मैले हतारहतार भनेँ, “यदि तपाईँले आज त्यो फोन गर्नुभयो भने, त्यसपछि के हुन्छ तपाईँलाई थाहा छ? दुष्टता गरेको भनेर दण्ड भोग्नुपर्छ!” फोन समातिरहेको उनको हात एकछिन काम्यो, त्यसपछि उनले डायल गर्ने स्क्रिन बन्द गरे, र रिसले चूर हुँदै भने, “म अब यसरी बस्न सक्दिनँ! म आज काममा जाँदिनँ। आज तैँले एउटा छनौट गर्नै पर्छ! हाम्रो डिभोर्सको बारेमा छलफल गर्न म तेरो बुबा र मेरी आमालाई बोलाउँदैछु!” त्यसपछि उनले मेरा बुबाआमा र आफ्नी आमालाई फोन गरे। मलाई के गर्ने केही थाहा थिएन, र मलाई निकै कमजोर महसुस भयो। भित्तामा रहेको पारिवारिक तस्बिर हेर्दा, म नसोची बस्न सकिनँ, “हामी सहजै यहाँसम्म आइपुगेका हैनौँ। जीवन कठिन थियो, र विगतमा मेरो श्रीमानको कामका कारणले हामी एकअर्कासँग थोरै समय मात्र बिताउँथ्यौँ। तर अहिले उनीसँग स्थिर जागिर छ, हामी ठूलो घरमा सरेका छौँ, हाम्रो जीवन निस्फिक्री छ, र हाम्रा छोरा र छोरी दुवै बुद्धिमान् र स्वस्थ छन्। हामीले वास्तवमै हाम्रो परिवार र करियर दुवैमा सफलता पाएका छौँ। यदि हामीले डिभोर्स गर्यौँ भने, मैले यो सब गुमाउनेछु। मैले परमेश्वरमा विश्वास गरेका कारण केही सतावट भोग्नुपरे पनि, कम्तीमा मसँग एउटा पूर्ण परिवार त छ, र छोराछोरीका आमा र बुबा दुवै छौँ। हामी कसरी यत्तिकै डिभोर्स गर्न सक्छौँ र? म साँच्चै कुरा त्यहाँसम्म नपुगोस् भन्ने चाहन्छु।” उनले मेरा आमाबुबालाई फोन गर्दा नरोकेकोमा मलाई पछुतो लाग्यो। यदि मैले मात्रै केही नरम वचन बोलेर केही समयका लागि बाहिर नजान सहमत भएकी भए, सायद उनले डिभोर्सको कुरा निकाल्ने थिएनन्। मलाई यो सब कुराबाट कसरी पार पाउने भन्ने थाहा थिएन, त्यसैले मैले परमेश्वरले मार्गदर्शन गर्नुहुनेछ भन्ने आशाले उहाँलाई प्रार्थना गरेँ। त्यो क्षण, मलाई प्रभु येशूले भन्नुभएको कुरा याद आयो: “आफ्नो हात हलोमा राख्ने, अनि पछि हेर्ने कुनै पनि मानिस परमेश्वरको राज्यको निम्ति योग्य हुँदैन” (लूका ९:६२)। मेरो हृदयमा एउटा प्रकाशको किरणले चिरेर गएजस्तो महसुस भयो, र यो तत्कालै उज्यालो भयो, अनि मैले सोचेँ, “के मैले आफ्नो देहलाई मात्रै विचार गर्दै छैनँ र? मेरो परिवार र आस्थाको बीचमा, म परिवार गुमाउन डराइरहेकी छु र मेरो श्रीमानसँग नरम वचन नबोलेकोमा पछुतो मानिरहेकी छु। म श्रीमानसँग सम्झौता गर्दैछु र परमेश्वरलाई धोका दिएर आफ्नो परिवार जोगाउने प्रयास गर्दैछु। मैले कुन हिसाबले परमेश्वरको गवाही दिइरहेकी छु र?” मैले छोरासँग सम्बन्धित समस्याहरूका कारण भयानक कष्ट भोगेका दिनहरू सम्झेँ, र सोचेँ, “यदि परमेश्वरले मलाई मुक्ति नदिनुभएको भए, म अहिले यति स्वतन्त्र रूपमा कसरी जिउन सक्थेँ? म यति गुन नदेख्ने वा विवेकहीन हुन सक्दिनँ।” त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, कृपया मलाई विश्वास दिनुहोस्। अब जेसुकै भए पनि, हाम्रो साँच्चै डिभोर्स नै किन नहोस्, म तपाईँमा विश्वास गर्ने र आफ्नो कर्तव्य निर्वाह गर्ने बाटो नै रोज्नेछु।” प्रार्थना गरेपछि, मैले मेरो हृदयमा छुटकाराको बोध महसुस गरेँ।
त्यो दिउँसो, मेरा बुबा, मेरा दुई बहिनी, र मेरा सासू-ससुरा सबै आए। तिनीहरू सबैले मेरो श्रीमानको कुरामा विश्वास गरे र उनीसँगै मिलेर मलाई सताए। अन्त्यमा, मेरा बुबा र बहिनीहरूले मलाई जबरजस्ती तान्दै गाडीमा हाले र मलाई मेरो माइती घर लगे। माइती घरमा पुगेपछि, तिनीहरूले मलाई हरेक दिन दिक्क लगाए। बुबाले परमेश्वरमा विश्वास गर्ने मेरो जिद्दी देख्नुभयो, र एक दिन दिउँसोको खाना खाने बेलामा, उहाँले भन्नुभयो, “राज्यले सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्नेहरूलाई धरपकड गरिरहेको छ। यदि तँ पक्राउ भई केही वर्ष जेल परिस् भने, के तँलाई लाग्छ तेरो श्रीमानले अझै तँलाई स्वीकार्नेछन्? तैँले आफ्नो घर गुमाउन पुग्नेछेस्। किन यसरी कष्ट पाउँछेस्? हाम्रो कुरा सुन्, आफ्नो यो आस्था त्याग्। टिभीमा भन्छन्, तिमीहरूको समूह राज्यविरोधी हो, त्यसैले राज्यको विरोधी भएर के फाइदा हुन्छ? अहिले आफ्नो परिवारलाई हेर्, तँसँग घर र गाडी छ, र तेरा दुई छोराछोरी बाठा र असल छन्। तँ किन परमेश्वरमा विश्वास गर्न भनेर यस्तो राम्रो जीवन त्याग्दै छेस्? तँ कति भाग्यमानी छेस् भन्ने तँलाई थाहा नै छैन!” उहाँको कुरा जति सुन्थेँ, मलाई त्यति नै रिस उठ्थ्यो। मलाई राज्यविरोधी भनेर उहाँ के भन्न खोज्दै हुनुहुन्थ्यो? राज्यको विरोध गर्नुको अर्थ के हो? परमेश्वरका वचनले स्पष्ट भन्छन्: “परमेश्वर मानवका राजनीतिमा सहभागी हुनुहुन्न, तैपनि उहाँ हरेक देश र जातिको नियतिलाई नियन्त्रण गर्नुहुन्छ, उहाँ यो संसार र सारा ब्रह्माण्डलाई नियन्त्रण गर्नुहुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्वरले सबै मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ)। मैले दृढता र गम्भीरताका साथ भनेँ, “बुबा, परमेश्वरमा विश्वास गर्नु भनेको हामीले परमेश्वरका वचन पढ्नु र सत्यताको बारेमा सङ्गति गर्न भेला हुनु मात्र हो। परमेश्वरले हामीलाई सही मार्गमा हिँड्न र सामान्य मानवता जिउन मार्गदर्शन गर्नुहुन्छ। हामी कसरी राज्यविरोधी हुन सक्छौँ? तपाईँले आधारहीन अफवाहहरूमा विश्वास गर्नु हुँदैन!” तर मेरी आमाले, मैले नटेरेको देखेर, मलाई कराउँदै भन्नुभयो, “यदि तैँले यस्तै गरिरहिस् भने, तँ पक्राउ पर्नेछेस् र सबै कुरा गुमाउनेछेस्। त्यतिबेला तेरो जीवन कस्तो होला? यदि तँलाई आस्था चाहिन्छ भने, मसँग गिर्जाघर आइज र थ्री-सेल्फमा रहेर परमेश्वरमा विश्वास गर्!” मैले भनेँ, “चिनियाँ कम्युनिस्ट पार्टीले गिर्जाघरका मानिसहरूलाई पक्राउ गर्दैन किनभने गिर्जाघरमा हुनेहरूले चिनियाँ कम्युनिस्ट पार्टीको आज्ञा पालन गर्छन्। तिनीहरूले प्रभु येशूमा विश्वास गर्छौँ भन्छन्, तर वास्तवमा तिनीहरूले मानिसको कुरा सुनिरहेका छन् र मानिसमा विश्वास गरिरहेका छन्, परमेश्वरमा विश्वास गरिरहेका छैनन्। साँचो मार्ग सधैँ सतावटमा परेको छ। जब प्रभु येशूले यहूदियामा काम गर्नुभयो, रोमी सरकार र फरिसीहरूले उहाँलाई बदनाम गरे र दोषी ठहराए। प्रभुलाई पछ्याउने चेलाहरूलाई सुसमाचार प्रचार गरेका कारण रोमी सरकारले पक्राउ गर्यो र सतायो। के तपाईँ प्रभु येशू साँचो परमेश्वर र साँचो मार्ग हुनुहुन्न भन्न सक्नुहुन्छ? आज, हामी साँचो परमेश्वरमा विश्वास गर्छौँ, र हामीले चिनियाँ कम्युनिस्ट पार्टीको शैतानी सरकारबाट पक्राउ र सतावटको सामना गर्नुपर्ने कुरा निश्चित छ। आमा, सर्वशक्तिमान् परमेश्वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ, र उहाँ अनुग्रहको युगको जगमा कामको नयाँ चरण सम्पादन गर्ने परमेश्वर हुनुहुन्छ। उहाँ मानवजातिलाई पूर्ण रूपमा मुक्ति दिन आउनुभएको हो। सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्नुको अर्थ हामी परमेश्वरको नयाँ कामलाई पछ्याइरहेका छौँ भन्ने हो। तपाईँले प्रभु येशूमा विश्वास गर्न पाउनुका कारण, धेरै मिसिनरीहरूले आफ्नो परिवार र करियर त्यागेर सुसमाचार प्रचार गर्न चीनमा आएकाले होइन र?” मेरो दृढ सङ्कल्प देखेर, मेरा बुबाले मेरो कुरा काट्दै मलाई कठोरतापूर्वक प्रश्न गर्नुभयो, “त्यसोभए तँ अब पछि हट्ने ठाउँ नै छैन, र तँ आफ्नो आस्थामा अडिग रहन्छेस् भनिरहेकी होस्? तेरा आमाबुबा भएका नाताले, हामीले तेरो भलाइका लागि यो गरिरहेका छौँ। यदि तँ पक्राउ परिस् भने, हामीले तँलाई सतर्क गराएनौँ भनेर दोष नदे! यदि तँ हाम्रो कुरा टेर्दिनस् र आफ्नो यो आस्थामा लागिरहन्छेस् भने, म तँलाई आफ्नो छोरी मान्दिनँ। डिभोर्सपछि तँ जहाँ मन लाग्छ त्यहीँ जान सक्छेस्। यो परिवारलाई अब तँ चाहिँदैन!” यति बोलिसकेपछि, मेरा बुबाका आँखाबाट आँसु झर्न थाल्यो। उहाँलाई यति विह्वल देखेर, म पनि रोएँ। मैले मनमनै परमेश्वरलाई प्रार्थना गरेँ, “हे सर्वशक्तिमान् परमेश्वर, कृपया मेरो हृदयलाई तपाईँको अघि शान्त राख्नुहोस्। मलाई यस्तो परिस्थितिलाई कसरी सम्हाल्ने थाहा छैन। कृपया मलाई विश्वास दिनुहोस् र मलाई मार्गदर्शन गर्नुहोस्।” प्रार्थना गरेपछि, मैले परमेश्वरका वचनको एउटा खण्ड सम्झेँ: “परमेश्वरले मानिसहरूमा गर्ने कामको प्रत्येक कदम बाहिरी रूपमा मानिसहरूबीचको अन्तरक्रियाजस्तो देखिन्छ, मानौँ यो मानव प्रबन्ध वा मानव बाधाबाट उत्पन्न भएको हो। तर कामको प्रत्येक कदमपछाडि, र घट्ने सबै कुरा शैतानले परमेश्वरसँग थापेको बाजी हो, र तिनका लागि मानिसहरू परमेश्वरको गवाहीमा दृढ रहनु आवश्यक हुन्छ। उदाहरणका लागि, अय्यूबको परीक्षा लिइएको घटना लिऊँ: पर्दापछाडि, शैतानले परमेश्वरसँग बाजी थापिरहेको थियो, र अय्यूबलाई जे भयो, त्यो मानिसहरूका कार्यहरू र मानिसहरूको बाधा थियो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्वरलाई विश्वास गर्नु हो)। परमेश्वरका वचनको मार्गदर्शनमा, मलाई अचानक के महसुस भयो भने मेरा बुबाले मलाई मनाउन खोजिरहेजस्तो देखिए पनि, वास्तवमा शैतानले मेरा स्नेहहरूलाई प्रयोग गरेर मलाई आफ्नो पक्षमा तान्ने, र मलाई परमेश्वरबाट टाढा लगेर उहाँलाई धोका दिन लगाउने प्रयास गरिरहेको थियो। यदि म मेरा बुबाको पक्षमा लागेँ भने, के म शैतानको चालमा फस्नेथिइनँ र? मैले अचानक प्रभु येशूका वचनहरू सम्झेँ: “मलाईभन्दा बढी आफ्ना बुबा वा आमालाई प्रेम गर्ने मेरो लायक हुँदैन” (मत्ती १०:३७)। मसँग भएका सबै कुरा परमेश्वरबाट आएका हुन्, र मेरो जीवन पनि उहाँबाटै आएको हो। परमेश्वरमा विश्वास गर्नु र उहाँको आराधना गर्नु पूर्ण रूपमा स्वभाविक र न्यायोचित कुरा हो, त्यसैले मेरा बुबाका भावनाहरूलाई ख्याल गर्नकै लागि म परमेश्वरप्रतिको मेरो आस्था त्याग्न सक्दिनथेँ। मैले पत्रुसको अनुभवलाई पनि सम्झेँ। पत्रुसका आमाबुबाले उनी सरकारी अधिकारी बनून् र सफलता तथा नाम कमाऊन् भन्ने आशा गरे, र तिनीहरूले पत्रुसलाई परमेश्वरमा विश्वास गर्न र उहाँका निम्ति आफूलाई समर्पित गर्नबाट विरोध गरे र रोके। तर पत्रुसले परमेश्वरमा विश्वास गर्ने र उहाँलाई पछ्याउने कुरा रोजे, र दृढतापूर्वक आफ्ना आमाबुबालाई पछि छोडे। यो कुरा सम्झेर, मैले विश्वास प्राप्त गरेँ र परमेश्वरलाई पछ्याउने मेरो सङ्कल्प बलियो भयो। मेरा बुबाले जेसुकै भने पनि, मैले शैतानका युक्तिहरू छर्लङ्ग देख्नुपर्थ्यो र धोकामा पर्नु हुँदैनथ्यो। म केही नबोलेको देखेर मेरा बुबाले मलाई फेरि कठोरतापूर्वक दबाब दिनुभयो, “त्यसोभए तँ आफ्नो कुरामा अडिग छेस्; तँलाई केहीले पनि रोक्नेछैन?” मैले दृढतापूर्वक जवाफ दिएँ, “केहीले पनि रोक्नेछैन। म परमेश्वरप्रतिको मेरो आस्थामा निरन्तर लागिरहनेछु; म गुन नदेख्ने बन्न इन्कार गर्छु। विगतमा, मलाई सधैँ मेरो छोरा पुड्को हुन्छ कि भनेर फिक्री लाग्थ्यो। म हरेक दिन डर, पीडा र ग्लानिमा जिउँथेँ। त्यतिबेला, तपाईँहरू सबैले मलाई ‘जे हुन्छ, हुन दे’ भनेर सल्लाह दिनुहुन्थ्यो, तर मेरो हृदयको पीडा मलाई मात्र थाहा थियो। पछि, मैले परमेश्वरको नयाँ काम स्वीकार गरेँ, उहाँका वचनहरू पढेँ, र सत्यता बुझेँ, र त्यसपछि मात्र मेरो हृदयको पीडा कम भयो। यदि परमेश्वरले मलाई मुक्ति नदिनुभएको भए, कसलाई थाहा छ, एक दिन मैले त्यो पीडा सहन नसकेर मर्ने बाटो पो रोज्न सक्थेँ कि, र त्यसपछि तपाईँहरूले आफ्नी छोरी गुमाउनुहुनेथियो। के तपाईँहरू मेरो भलाइ चाहनुहुन्न र?” मेरो दृढ सङ्कल्प देखेर, मेरा बुबा रिसाएर चुप लाग्नुभयो।
पछि, मेरा बुबाले मलाई फेरि लुकेर परमेश्वरका वचन पढिरहेको देख्नुभयो र रिसाएर भन्नुभयो, “यदि तैँले यसरी नै तेरो परमेश्वरमा विश्वास गरिरहिस् भने, म पुलिसलाई फोन गर्छु, तँलाई पक्राउँछु, र तँलाई होस हराउने गरी पिट्न लगाउँछु! तँ सुध्रिन्छेस् भन्ने मलाई विश्वास नै छैन!” मैले मेरा बुबाका आँखाहरू रिसले रातो भएको देखेँ, र उहाँको अनुहार कालो थियो। मलाई परमेश्वरमा विश्वास गर्नबाट रोक्नका लागि मात्रै, उहाँ मलाई चिनियाँ कम्युनिस्ट पार्टीको यातना भोग्न जेल पठाउन समेत तयार हुनुहुन्थ्यो। उहाँ कसरी यति क्रूर हुन सक्नुभयो? के उहाँ साँच्चै त्यै बुबा हुनुहुन्थ्यो जसलाई मैले सधैँ चिनेकी थिएँ? के उहाँ चिनियाँ कम्युनिस्ट पार्टीको मतियार र शैतानको नोकर बन्नुभएको थिएन र? मैले मेरा बुबाको सार परमेश्वरप्रतिको घृणा र विरोधले भरिएको देखेँ। मैले परमेश्वरका वचनको एउटा वाक्य सम्झेँ: “परमेश्वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्नू, र परमेश्वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नू। मानिसहरूले पालन गर्नुपर्ने सिद्धान्त यही हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना गलत दृष्टिकोणहरू जानेर मात्र साँच्चिकै रूपान्तरित हुन सकिन्छ)। जसले साँच्चै परमेश्वरमा विश्वास गर्छन्, तिनीहरूलाई मैले प्रेम गर्नुपर्छ। जसले परमेश्वरलाई घृणा गर्छन् र उहाँको विरोध गर्छन्, तिनीहरू सबै परमेश्वरका शत्रु हुन्। तिनीहरू दियाबलसहरू हुन्। परमेश्वरले तिनीहरूलाई घृणा गर्नुहुन्छ, त्यसैले मैले पनि तिनीहरूलाई इन्कार गर्नुपर्छ। मैले मेरा आमाबुबाको बन्धनमा नपरी, परमेश्वरका वचनअनुसार जिउनुपर्थ्यो र दृढतापूर्वक परमेश्वरलाई पछ्याउनुपर्थ्यो!
म मेरा आमाबुबाको घरमा साढे दुई महिना बसेँ। घर फर्केपछि, मेरो श्रीमानले मैले परमेश्वरमा विश्वास गर्न छोडेँ भन्ने सोच्नुभयो, त्यसैले मप्रति उहाँको मनोवृत्ति धेरै नरम भयो। दुई हप्ता जतिपछि, उहाँले म अझै परमेश्वरमा विश्वास गर्दैछु भन्ने थाहा पाउनुभयो र उहाँले कठोरतापूर्वक भन्नुभयो, “तँ अझै भेलामा जाँदै छेस् र परमेश्वरमा विश्वास गर्दै छेस्? यहाँबाट निस्किहाल!” यति भन्दै, उहाँ ढोकातिर लम्कनुभयो, ढोका खोल्नुभयो, र मलाई कराउँदै भन्नुभयो, “निस्किहाल! यो परिवारलाई अब तँ चाहिँदैन। तँ जहाँ मन लाग्छ त्यहीँ जा!” साँचो कुरा त के थियो भने म घर छोड्न चाहन्नँथिएँ, र म उहाँलाई तर्साउन एउटा तमासा गर्न मात्र चाहन्थेँ। म कोठातिर गएँ, दराजबाट सुटकेस निकालेँ, र मेरा लुगाहरू मिलाएर सुटकेसभित्र राख्न थालेँ। मैले मनमनै सोचेँ, “यदि उहाँले मलाई लुगा प्याक गरेको देख्नुभयो भने, सायद उहाँले हाम्रो वैवाहिक सम्बन्ध सम्झनुहुनेछ। यदि उहाँले म साँच्चै जाँदैछु भन्ने देख्नुभयो भने, उहाँले सम्झौता गर्नुहुनेछ।” तर अपेक्षाविपरीत, मेरो श्रीमान बैठक कोठाबाट भित्र आउनुभयो र मबाट सुटकेस खोस्नुभयो। उहाँले सबै लुगाहरू ओछ्यानमा खन्याउनुभयो, र मलाई सराप्दै ती लुगाहरू छामछुम गर्न थाल्नुभयो, र भन्नुभयो, “म हेर्छु, तैँले मेरो घरबाट सबै बहुमूल्य सामान लिएर पो जाँदै छेस् कि!” मेरो श्रीमानले छरपस्ट परेका लुगाहरू देखेर मलाई असाध्यै रिस उठ्यो। हामी दस वर्ष सँगै बसेपछि पनि उहाँले मलाई यस्तो कुरा कसरी भन्न सक्नुभयो? उहाँले मलाई चोरजस्तै व्यवहार गरिरहनुभएको थियो, र मेरो मन असाध्यै चिसो भयो। मैले लुगाहरू फेरि सुटकेसमा राखेँ र ढोकाबाट बाहिर निस्केँ। भर्खरै भएको घटना सम्झँदा, मेरो ह्रदय चस्कियो, र यसरी सोच्दै म नरोई बस्न सकिनँ, “मेरो श्रीमान साँच्चै निष्ठुर हुनुहुन्छ! परमेश्वरमा विश्वास गरेर म जीवनको सही मार्गमा हिँडिरहेकी छु, तैपनि उहाँले मलाई फेरि घर छोड्न बाध्य पारिरहनुभएको छ। के मेरो परिवार यसरी नै भत्किने हो त?” मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, मलाई तपाईँमाथिको विश्वास राख्न साह्रै कठिन भइरहेको छ। मेरो हृदय साह्रै कमजोर छ। मलाई अगाडिको बाटोमा कसरी हिँड्ने थाहा छैन। कृपया मलाई मार्गदर्शन गर्नुहोस्।” यो सबै भएपछि, म एउटी सिस्टरको घरमा बस्न गएँ।
भोलिपल्ट दिउँसो, मेरो मन शान्त हुन सकेन। मैले मेरो छोरालाई सम्झेँ, जो केवल पाँच वर्षको थियो र मबाट कहिल्यै टाढा भएको थिएन। के ऊ साँच्चै मबिना बाँच्न सक्ला? मेरो बच्चाको कोमल सानो अनुहार र उसको भविष्यको बारेमा सोच्दा मात्रै पनि मेरो हृदय छियाछिया हुन्थ्यो। मलाई फिक्री लाग्यो, यदि उसले आमा खोज्यो भने? के मेरो श्रीमानले रिसको झोकमा केही गर्नुहुनेछ कि? के यो सबैले मण्डली वा ब्रदर-सिस्टरहरूलाई असर पुर्याउनेछ? त्यो राति, म घर फर्केँ। मेरा सासू-ससुरा त्यहीँ हुनुहुन्थ्यो, र मेरो श्रीमानले छोराछोरीलाई खाना खुवाउन बाहिर लैजानुभएको थियो। मेरी सासूले भन्नुभयो, “तँ गएपछि हामी सबैलाई तेरो धेरै चिन्ता लागेको थियो। बस सामान्य जीवन बिता र तेरो यो आस्था त्याग्! के तैँले साँच्चै यत्रो बबण्डर गरेर डिभोर्स मै पुग्नुपर्छ र?” मैले शान्त भएर जवाफ दिएँ, “आमा, मैले सामान्य जीवन बिताउन नचाहेकी होइन, तर तपाईँको छोराले नै मलाई स्वीकार गर्न सक्नुहुन्न।” मेरी सासूले चिन्तित हुँदै भन्नुभयो, “डिभोर्स हुनु ठूला मान्छेका लागि केही नहोला, तर समस्या त यो हो कि छोराछोरीले दुःख पाउनेछन्। तिनीहरू अझै साना छन्। बिन्ती छ, तैँले छोराछोरीको बारेमा सोच्नुपर्छ।” मेरी सासूले यसो भनेको सुन्दा मलाई धेरै नरमाइलो लाग्यो, र मेरा आँखामा आँसु भरिए। साँचो कुरा त मलाई सबैभन्दा बढी चिन्ता छोराछोरीकै थियो। यदि म गएँ भने तिनीहरूको जीवन कस्तो होला? केही समयपछि, मेरो श्रीमान छोराछोरीसहित फर्कनुभयो। उनीहरू भित्र आउनेबित्तिकै, छोराछोरीले मलाई देखे र मतिर आए। तर मेरो श्रीमानले कराउँदै उनीहरूलाई मेरो नजिक आउन दिनुभएन, र उहाँले छोरीलाई भाइलाई कोठामा लगेर सुताउन अह्राउनुभयो। छोराछोरी आज्ञाकारी भएर कोठातिर गएको देख्नेबित्तिकै, मलाई मेरा चिन्ता र फिक्री अनावश्यक रहेछन् भन्ने महसुस भयो। परमेश्वर मानिसको जीवनको स्रोत हुनुहुन्छ, र उहाँले नै सबै कुरामाथि शासन गर्नुहुन्छ र सार्वभौमिकता राख्नुहुन्छ। भविष्यमा मेरा छोराछोरीको भाग्य पनि परमेश्वरको योजनाबद्ध कार्य र बन्दोबस्तअन्तर्गत छ। मैले परमेश्वरका वचनको एउटा खण्ड सम्झेँ: “स्वर्गको योजनाबद्ध कार्य र प्रबन्धबाट कोही पनि उम्कन सक्दैन, अनि कसैले पनि आफ्नो नियति नियन्त्रण गर्न सक्दैन, किनकि यावत् थोकमाथि सार्वभौम हुनुहुने उहाँ मात्र यस्तो काम गर्न सक्षम हुनुहुन्छ। सुरुमा मानिस अस्तित्वमा आएदेखि नै, ब्रह्माण्डलाई व्यवस्थापन गर्दै, अनि यावत् थोक परिवर्तन हुने व्यवस्थाहरू र तिनीहरूका चालहरूको मार्गचित्रलाई निर्देशन गर्दै परमेश्वरले यसरी नै आफ्नो काम गर्दै आउनुभएको छ। यावत् थोकहरूलाई जस्तै मानिसलाई पनि परमेश्वरबाट आएको मिठास, झरी र शीतले गुपचुप र अनजानमै पोषण दिइरहन्छन्; यावत् थोकहरू जस्तै, मानिस अन्जानमै परमेश्वरको बाहुलीको योजनाबद्ध कार्यअन्तर्गत जिउँछ। मानिसको हृदय र आत्मा परमेश्वरको पकडभित्र हुन्छन्, र उसको जीवनको सबै थोकमा परमेश्वरले नजर राख्नुहुन्छ। तैँले यो सब कुरामा विश्वास गरे वा नगरे पनि, कुनै पनि थोक र यावत् थोक, चाहे त्यो सजीव वा निर्जीव होस्, परमेश्वरका विचारअनुसार सर्नेछन्, परिवर्तन हुनेछन्, नवीकरण हुनेछन् र लोप हुनेछन्। परमेश्वरले यसरी यावत् थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर मानिसको जीवनको स्रोत हुनुहुन्छ)। हामी प्रत्येकले जन्मेको क्षणदेखि नै परमेश्वरले नियोजन गर्नुभएको जीवनको मार्गअनुसार जिउँछौँ, र आ-आफ्नो भूमिका निर्वाह गर्छौँ। हामीले जीवनमा अनुभव गर्ने परिस्थितिहरू सबै परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तको भाग हुन्। मानिसहरूसँग यो कुनै पनि बदल्ने शक्ति नै हुँदैन। त्यसैले, मेरा छोराछोरीले कस्ता दुःखकष्ट भोग्नेछन् र हुर्कँदै जाँदा कस्ता आशिषहरूमा रमाउनेछन्, मानिसहरूले उनीहरूसँग कस्तो व्यवहार गर्नेछन्, र उनीहरूको शारीरिक अवस्था कस्तो हुनेछ—यो सबै परमेश्वरको योजनाबद्ध कार्य र बन्दोबस्तअन्तर्गत छ। मेरो हेरचाह र पालनपोषणले गर्दा मेरा छोराछोरीको भाग्य बदलिनेछैन, न त म गएपछि उनीहरूको विकासमा असर पर्नेछ। मेरा छोराछोरीको भाग्य कस्तो हुनेछ भनेर परमेश्वरले धेरै पहिले नै प्रबन्ध गरिसक्नुभएको छ। त्यस दिन मेरी छोरीले भाइको हेरचाह गरेको देख्दा त्यसले मलाई कोही पनि अर्को व्यक्तिबिना बाँच्न सक्छ, र प्रत्येकको जिउने आफ्नै तरिका हुन्छ भन्ने बतायो। उमेर जस्तोसुकै भए पनि, परमेश्वरले सबै मानिस, घटना र कामकुराहरूलाई योजनाबद्ध गर्नुहुनेछ, र प्रत्येक व्यक्तिको विकासका लागि उपयुक्त वातावरण तयार गर्नुहुनेछ। यो कुरा मनमा राखेर, मैले धेरै चैन महसुस भयो, र म मेरा छोराछोरीलाई परमेश्वरमा सुम्पन इच्छुक भएँ। अचम्मको कुरा, छोराछोरी सुत्न गएपछि, मेरो श्रीमानले फेरि ढोका खोल्नुभयो र मलाई घरबाट बाहिर निकाल्न खोज्नुभयो, र मेरा सासू-ससुराले उहाँलाई सम्झाएपछि मात्र उहाँले तमासा गर्न छोड्नुभयो।
त्यो राति, म ओछ्यानमा पल्टेर, भएका घटनाहरूको बारेमा सोच्दै थिएँ। मेरो श्रीमानले चिनियाँ कम्युनिस्ट पार्टीले फैलाएका आधारहीन अफवाहहरू र दुष्ट शब्दहरू पत्याउनुभएको हुनाले, यसले उहाँको स्वार्थमा असर पर्ला भनेर उहाँ डराउनुभएको थियो, त्यसैले उहाँ रिसाउनुभएको थियो। हाम्रो वैवाहिक सम्बन्धको परवाह नगरी, मलाई मेरो आस्था त्याग्न लगाउन उहाँले मलाई बारम्बार सताउनुभयो, कहिले घरबाट निकाल्न खोजेर त कहिले डिभोर्सको धम्की दिएर। उहाँले मेरा आमाबुबालाई पनि मेरो नियन्त्रण र निगरानी गर्न लगाउनुभयो, र उहाँले मलाई धेरै पटक घरबाट निकाल्नुभयो। मैले परमेश्वरलाई पाएपछि, मैले मेरो परिवार वा मेरा छोराछोरीलाई बेवास्ता गरेकी थिइनँ, तैपनि उहाँले मलाई त्यस्तो व्यवहार गरिरहनुभएको थियो। मानिसहरूबीच कसरी साँचो स्नेह हुन सक्छ र? मैले परमेश्वरका वचनको एउटा खण्ड सम्झेँ: “पतिले आफ्नी पत्नीलाई किन प्रेम गर्छ? पत्नीले उनको पतिलाई किन प्रेम गर्छिन्? छोराछोरीहरू किन बुबाआमाप्रति कर्तव्यनिष्ठ हुन्छन्? बुबाआमा किन आफ्ना छोराछोरीहरूको यति धेरै ख्याल राख्छन्? मानिसहरूको सबै मनसाय केप्रति लक्षित हुन्छन्? के यो सबै उनीहरूका आफ्नै योजना र स्वार्थी चाहनाहरू सन्तुष्ट पार्नप्रति लक्षित हुँदैनन् र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्)। परमेश्वरका वचन एकदमै सत्य छन्। मानिसहरूबीचका सम्बन्धहरू सबै स्वार्थमा आधारित हुन्छन्, र ती सबै आफ्ना स्वार्थी इच्छाहरू पूरा गर्न एकअर्कालाई उपयोग गर्ने माध्यम मात्र हुन्। विगतमा, मेरो श्रीमानले मलाई राम्रो व्यवहार गर्नुभयो किनभने मैले उहाँको स्वार्थमा आँच पुर्याएकी थिइनँ, मैले हरसम्भव तरिकाले परिवारको हेरचाह गरेँ, म उहाँको विशेष ख्याल राखेँ, र उहाँको इज्जत बढाइदिएँ। तर अहिले जब म परमेश्वरमा विश्वास गर्दैथिएँ र आफ्नो कर्तव्य निर्वाह गर्दैथिएँ, र म कुनै पनि बेला चिनियाँ कम्युनिस्ट पार्टीद्वारा पक्राउ पर्ने जोखिममा भएँ, जसले उहाँलाई मुछ्नेथियो, तब उहाँ पूर्ण रूपमा अर्कै मान्छेमा परिवर्तन हुनुभएको थियो। सत्यता प्रकट भएको देखेर, मैले छक्क परेर मानिसहरूबीच कसरी कुनै प्रेम वा स्नेह हुन सक्छ भन्ने सोचेँ। मेरो श्रीमानले मलाई धेरै पटक घरबाट निकाल्नुभयो, तैपनि म हाम्रो वैवाहिक सम्बन्ध जोगाउन चाहन्थेँ, किनकि म “विवाह गरेपछि श्रीमान र श्रीमतीबीचको प्रेमको बन्धन गहिरो हुन्छ” भन्ने विश्वास गर्थेँ। यो सब मेरो एकतर्फी चाहना मात्र थियो भन्ने मैले महसुस नै गरिनँ। मैले जति यसको बारेमा सोचेँ, म कति मूर्ख रहेछु भन्ने मलाई त्यति नै महसुस भयो! मैले सधैँ यो परिवार जोगाउने प्रयास गरेँ, र मेरो श्रीमानबाट सतावट भोगेका कारण, मैले विरलै मात्र परमेश्वरका वचन खाएँ-पिएँ, मेरा भेलाहरू सीमित थिए, र मैले कुनै कर्तव्य निर्वाह गर्न सकिनँ। यो कुन हिसाबले परमेश्वरमाथिको साँचो आस्था थियो र? यसबाहेक, यदि मैले आफ्नो कर्तव्य निर्वाह गर्न सकिनँ भने, मैले परमेश्वरका वचन अनुभव गर्न सक्दिनथेँ, र यदि मैले सत्यता प्राप्त गर्न सकिनँ भने, म कसरी परमेश्वरद्वारा मुक्ति पाउन सक्थेँ? परमेश्वर भन्नुहुन्छ, आफ्नो कर्तव्य निर्वाह गर्नु नै मुक्ति पाउने एकमात्र बाटो हो, किनकि कर्तव्यको दौरानमा, सत्यता प्राप्त गर्ने धेरै अवसरहरू हुन्छन् र पवित्र आत्माको काम र मार्गदर्शन प्राप्त गर्ने धेरै क्षणहरू हुन्छन्। कर्तव्यको दौरानमा सत्यता पछ्याउँदा व्यक्तिले आफ्नो भ्रष्ट स्वभाव त्याग्न सक्छ र परमेश्वरद्वारा सिद्ध पारिने अझ धेरै अवसरहरू प्राप्त गर्छ। परमेश्वरमा विश्वास गर्नु र आफ्नो कर्तव्य निर्वाह गर्नु नै मानिसले गर्न सक्ने सबैभन्दा बहुमूल्य र अर्थपूर्ण कुरा हो! मैले मेरो परिवार र मेरो आस्थाबीच छनौट गर्नुथियो। त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, म आफ्नो कर्तव्य निर्वाह गर्न चाहन्छु। कृपया मेरा लागि बाटो खोलिदिनुहोस्। म आफूलाई पूर्ण रूपमा तपाईँमा सुम्पन इच्छुक छु।”
पछि, अर्को घटनाले घर छोडेर आफ्नो कर्तव्य निर्वाह गर्ने मेरो सङ्कल्पलाई अझ बलियो बनायो। एक दिन, दुई हप्ताजति पछि, म भेलाबाट घर फर्केर खाना पकाउँदै थिएँ, मेरो श्रीमान मेरो पछाडि आउनुभयो र मेरो कपाल बेस्सरी तान्नुभयो, र सोध्नुभयो, “तँ फेरि परमेश्वरमाथिको तेरो आस्थाका लागि भेलामा गएकी थिइस्?” जब उहाँले म केही नबोलेको देख्नुभयो, तब उहाँले मेरो कपाल फेरि बेस्सरी लुछ्नुभयो, जसले गर्दा मेरो कपालको जरा नै दुख्यो। मैले भनेँ, “जबसम्म मेरो सास रहन्छ, तबसम्म म परमेश्वरमा विश्वास गर्नेछु!” मेरो श्रीमान रिसले चूर हुनुभयो र चिच्याउँदै भन्नुभयो, “तँलाई लाग्छ म आज तँलाई मार्दिन्छु?” त्यसपछि उहाँले मलाई बेस्सरी धकेल्नुभयो, दराजबाट फलफूल काट्ने चक्कु निकाल्नुभयो, र उहाँको दाहिने पाखुरा मेरो घाँटीमा बेर्नुभयो, र देब्रे हातले चक्कु समात्नुभयो। उहाँले चक्कुको धार नभएको भाग मेरो घाँटीमा थिच्नुभयो र ठूलो स्वरले भन्नुभयो, “म तँलाई साँच्चै मार्न चाहन्छु!” आत्तिएर, मैले हतारहतार छोरीलाई बोलाएँ, र हजुरआमालाई बोलाइदेऊ भनेँ। यसपछि, मेरो श्रीमानले चक्कु डाइनिङ टेबलमा बेस्सरी पछार्नुभयो। यो सबैले मलाई फेरि एकपटक मेरो श्रीमानको परमेश्वरलाई घृणा गर्ने सार, र मलाई परमेश्वरमा विश्वास गर्नबाट रोक्नका लागि उहाँ मलाई मार्न समेत इच्छुक हुनुहुन्छ भन्ने देखायो। उहाँ साँच्चै एक दुष्ट व्यक्ति र दियाबलस हुनुहुन्थ्यो! यस्तो दियाबलससँग बसेर कसरी कुनै खुशी मिल्न सक्थ्यो र? मैले परमेश्वरका वचनको एउटा खण्ड सम्झेँ: “विश्वासी पति र गैरविश्वासी पत्नीबीच वस्तुतः कुनै सम्बन्ध हुँदैन, र विश्वासी छोराछोरीहरू र गैरविश्वासी आमाबुबाबीच कुनै सम्बन्ध हुँदैन; यी दुई किसिमका मानिसहरू मिल्दैनन्। विश्राममा प्रवेश गर्नुअघि, मानिसहरूसँग दैहिक, पारिवारिक स्नेह हुन्छ, तर तिनीहरू विश्राममा प्रवेश गरेपछि, त्यस उप्रान्त उल्लेख गर्न मिल्ने कुनै दैहिक, पारिवारिक स्नेह हुँदैन। कर्तव्य पूरा गर्नेहरू कर्तव्य पूरा नगर्नेहरूका शत्रुहरू हुन्; परमेश्वरलाई प्रेम गर्नेहरू र उहाँलाई घृणा गर्नेहरू एक अर्काको विपक्षमा छन्। विश्राममा प्रवेश गर्नेहरू र नष्ट पारिनेहरू दुई नमिल्ने किसिमका सृजित प्राणी हुन्। आफ्नाकर्तव्य पूरा गर्ने सृष्टि गरिएका प्राणीहरू बाँच्नेछन्, जबकि उनीहरूका कर्तव्य पूरा नगर्नेहरू विनाशका पात्रहरू हुनेछन्; यसको अतिरिक्त, यो अनन्तसम्म नै रहन्छ। के तैँले सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गर्नको निम्ति आफ्नो पतिलाई प्रेम गर्छस्? के तैँले सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गर्नको निम्ति आफ्नो पत्नीलाई प्रेम गर्छस्? के तँ सृष्टि गरिएको सृष्टिको रूपमा आफ्नो कर्तव्य पूरा गर्नको निम्ति आफ्ना गैरविश्वासी आमाबुबाप्रति कर्तव्यनिष्ठा छस्? के परमेश्वरमा विश्वास गर्ने बारेको मानवीय धारणा सही वा गलत छ? तैँले परमेश्वरमा किन विश्वास गर्छस्? तैँले के पाउन चाहन्छस्? तैँले परमेश्वरलाई कसरी प्रेम गर्छस्? सृष्टि गरिएका सृष्टिहरूको रूपमा उनीहरूका कर्तव्यहरू पूरा गर्न नसक्नेहरू र दिलोज्यानले प्रयास नगर्नेहरू विनाशका पात्रहरू हुनेछन्। अस्तित्वमा रहेका आजका मानिसहरू बीच शारीरिक नाता-सम्बन्धहरूका साथै रगतको सम्बन्धहरू छन्, तर भविष्यमा यी सबै कुराहरू चकनाचूर पारिनेछन्। विश्वासी र गैरविश्वासीहरू अन्तर्निहित रूपमै मिल्दो छैनन्; बरु, उनीहरू एक अर्काको विपक्षमा छन्। विश्राममा हुनेहरूले परमेश्वर हुनुहुन्छ भनी विश्वास गर्नेछन्, र परमेश्वरको अधीनमा रहनेछन्, जबकि परमेश्वरविरुद्ध विद्रोह गर्नेहरू सबै नष्ट पारिनेछन्। यस उप्रान्त परिवारहरू पृथ्वीमा रहनेछैनन्, अनि त्यहाँ आमाबुबा वा छोराछोरीहरू वा दाम्पत्य सम्बन्धहरू कसरी हुन सक्थ्यो? विश्वास र अविश्वासको असंगतताले नै यस्ता शारीरिक नाता-सम्बन्धहरूलाई पूर्ण रूपमा छुट्टाइएको हुनेछ!” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्)। विश्वासी र गैरविश्वासीहरू मौलिक रूपमा नमिल्ने हुन्छन्, र तिनीहरू हिँड्ने मार्ग पूर्ण रूपमा फरक हुन्छ। मेरो श्रीमानले परमेश्वरमा विश्वास गर्नुहुन्नथ्यो र उहाँलाई घृणा समेत गर्नुहुन्थ्यो; उहाँ सारमा एक दियाबलस हुनुहुन्थ्यो। उहाँसँग बस्दा मलाई रत्तिभर पनि खुशी मिल्दैनथ्यो, किनकि मैले उहाँबाट सतावट भोग्नुपरेको मात्र थिएन, मेरो सत्यता पछ्याइ र जीवनको विकासमा समेत बाधा पुगिरहेको थियो। म एक सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न असमर्थ थिएँ, र अन्त्यमा, म पनि उहाँजस्तै प्रकोपमा पर्नेथिएँ। जुलाई २०१६ को एक दिन, मैले मेरो श्रीमानका लागि यसो लेखेर एउटा नोट छोडेँ, “म जाँदैछु। कृपया मलाई फेरि कहिल्यै नखोज्नुहोला!” ढोकाबाट बाहिर पाइला टेक्नेबित्तिकै, मेरो हृदयमा छुटकाराको बोध महसुस भयो, र मैले परमेश्वरलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्ने सङ्कल्प गरेँ।
यो सबै घटनाक्रममा, मलाई विश्वास र शक्ति दिने, मलाई मेरो परिवारको अन्धकारमय प्रभावबाट बाहिर निस्कन एक-एक पाइला डोर्याउने, र मलाई परमेश्वरलाई पछ्याउन र आफ्नो कर्तव्य निर्वाह गर्न सक्षम बनाउने परमेश्वरका वचन नै थिए। यो सब परमेश्वरका वचनको नतिजा थियो। परमेश्वरलाई धन्यवाद!