५२. आफ्नो कर्तव्य पूरा गर्नका लागि नीचताको समाधान गर्दा

ली जिङ्सिन, चीन

म प्रायजसो मण्डलीका भिडियोहरूको निर्माणमा प्रयोग हुने फोटो र भिडियो सामग्रीहरू खिच्न अन्य ठाउँहरूमा यात्रा गर्छु। जब मैले पहिलो पटक काम सुरु गरेँ, तब मैले सिद्धान्तहरूका आधारमा होसियारपूर्वक यी सामग्रीहरू छान्न सक्थेँ, तर पछि गएर, सामग्रीहरूको मात्रा बढ्दै गयो। कहिलेकाहीँ म दिनभरि सुटिङ गर्थेँ, र घर पुग्दा म लखतरान भइसकेको हुन्थेँ, अनि जब म आफूले मिलाउनुपर्ने त्यति धेरै सामग्रीहरू देख्थेँ, तब मलाई त्यो काम गर्न त्यति मन लाग्दैनथियो। किनभने सामग्रीहरू छान्दा तिनलाई सिद्धान्तहरूअनुसार मूल्याङ्कन गर्नुपर्छ, साथै हरेकको उपयोगिताको बारेमा पनि विचार गर्नुपर्छ, र खासगरी, फोटोहरूको हकमा त हरेक शटलाई एक-एक गरी जाँच गर्नुपर्छ, म यसमा त्यति धेरै समय र ऊर्जा खर्च गर्न चाहँदिनथेँ, किनभने मलाई यो साह्रै थकाइलाग्दो लाग्थ्यो। त्यसैले पछि, सामग्रीहरू मिलाउँदा, म तिनलाई सरसर्ती मात्र हेर्थेँ। पृष्ठभूमि धेरै भद्रगोल छैन र हेर्दा ठिकै देखिन्छ भने, म त्यसलाई राम्रै मान्थेँ। जब म केही सामग्रीहरूबारे अनिश्चित हुन्थेँ, तब म ती सुपरिवेक्षकलाई दिन्थेँ। यसरी, मैले सिद्धान्तहरूअनुसार तिनको मूल्याङ्कन गर्नु पर्दैनथियो वा धेरै मेहनत गर्नु पर्दैनथियो। मलाई याद छ, एकपटक सुटिङ सकेपछि, मैले सामग्रीहरूलाई छिटो सरसर्ती हेरेँ र अलि राम्रा जति छानेँ, अनि सुपरिवेक्षकलाई ती बुझाएँ। सुपरिवेक्षकले तिनको समीक्षा गर्नुभयो र मैले बुझाएकामध्ये एक तिहाइ सामग्री मानकअनुरूप नभएको बताउनुभयो। कि त फ्रेम भद्रगोल थियो, कि फोकस मिलेको थिएन, वा कम्पोजिसन खराब थियो, उहाँले के पनि भन्नुभयो भने, अरू मानिसहरूको तुलनामा मैले बुझाएका कुराहरूको समीक्षा गर्न झन्डै दोब्बर समय लाग्यो। यो सुनेर, मैले लज्जित र दोषी महसुस गरेँ। तर मलाई मेरा समस्याहरूबारे धेरै ज्ञान थिएन, अनि जब उच्च मानकको हुनुपर्ने सामग्रीहरू खिच्थेँ, तब म अझै पनि झाराटारुवा नभई बस्न सकिनँ। यस्ता प्रकारका सामग्रीहरू खिच्दा कोणहरूको सटीक नियन्त्रण, र सुटिङको दिशामा निरन्तर समायोजन आवश्यक हुन्छ। म के सोच्थेँ भने यो सबै मानसिक रूपमा साह्रै थकाइलाग्दो छ, र मोटामोटी रूपमा ठिकै देखियो भने पनि यो ठिकै हुन्थ्यो। म आफ्नो काममा गम्भीर नभएकोले, केही सामग्रीहरू सिद्धान्तहरूअनुसारका भएनन् र तिनलाई प्रयोग गर्न सकिएन, अनि केही शटहरूको त फोकस नै मिलेको थिएन। एकै पटकमा सकिने कामलाई फेरि दोहोर्याउनुपर्ने भयो। त्यसको केही समयपछि नै, कडा रूपमा मलाई काटछाँट गरियो। सुपरिवेक्षकले मेरो कर्तव्यमा देखिएको मेरो हालैको व्यवहारबारे कुरा गर्नुभयो, अनि मैले आफूले चाहेजस्तो र झाराटारुवा तरिकाले आफ्नो कर्तव्य निर्वाह गरेकोमा उहाँले मलाई काटछाँट गर्नुभयो। मैले खिचेका सामग्रीहरूलाई सधैँ दोहोर्याएर जाँच्‍नुपर्ने हुन्थ्यो, जसले गर्दा धेरै जनशक्ति र स्रोतसाधन खेर गइरहेको थियो। मैले फोटोग्राफीको कामलाई अवरोध पुऱ्याइरहेको र बाधा दिइरहेको छु भनेर उहाँले भन्नुभयो र आफ्‍नो कर्तव्यप्रतिको मेरो मनोवृत्तिमा गहन रूपमा चिन्तन गर्न मलाई आग्रह गर्नुभयो। सुपरिवेक्षक जानुभएपछि, मैले धेरै दुःखी र दोषी महसुस गरेँ। त्यसैले मैले परमेश्‍वरको सामु आएर उहाँलाई प्रार्थना गरेँ। मैले आफूलाई चिन्नका लागि मलाई मार्गदर्शन गर्नुहोस् भनेर परमेश्‍वरलाई अनुरोध गरेँ र आफ्‍नो कर्तव्यमा देखाउने यो झाराटारुवा स्थितिलाई समाधान गर्न परमेश्‍वरसँग बिन्ती गरेँ।

पछि, मैले मेरो समस्यासँग निश्‍चित रूपमा मिल्‍ने परमेश्‍वरका वचनहरू खोजेँ। मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “यदि तँ आफ्नो हृदयलाई आफ्नो कर्तव्यमा लगाउँदैनस्, न त सत्यताका सिद्धान्तहरू खोज्छस्, यदि तँ अलमलमा वा दुबिधामा छस्, र तैँले सक्दो सजिलो तरिकाले कामहरू गर्छस् भने त्यो कस्तो प्रकारको मानसिकता हो? यो झारातिरुवा शैलीमा काम गर्ने एउटा तरिका हो। यदि तँ आफ्नो कर्तव्यप्रति अर्पित छैनस्, यदि तँसित त्यसप्रति जिम्मेवारी बोध, वा मिसनको कुनै बोध छैन भने, के तँ आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्नेछस्? के तैँले मानकअनुरूप तरिकाले आफ्नो कर्तव्य निर्वाह गर्न सक्नेछस्? अनि यदि तैँले आफ्नो कर्तव्य मानक अनुरूप तरिकाले निर्वाह गर्न सकिनस् भने, के तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्नेछस्? अवश्य सक्नेछैनस्। यदि, प्रत्येक पटक आफ्नो कर्तव्य निभाउँदा, तँ बफादार हुँदैनस्, कुनै कोसिस गर्न चाहँदैनस्, र कुनै गेम खेलिरहेको जस्तो सोचविचार नगरी अल्याङटल्याङ गर्छस् भने, के त्यो समस्या होइन? तैँले यसरी आफ्नो कर्तव्य निर्वाह गरेर के हासिल गर्न सक्छस्? अन्त्यमा, मानिसहरूले तँ आफ्नो कर्तव्य निभाउँदा, तँमा जिम्मेवारी बोध नभएको, झाराटारुवा बनेको, अनि तैँले झारा मात्र टार्ने गरेको देख्छन्—जुन अवस्थामा तँ नै हटाइने खतरामा हुन्छस्। तैँले आफ्नो कर्तव्य निभाउँदाको सम्पूर्ण प्रक्रिया परमेश्‍वरले जाँचिरहनुभएको हुन्छ, अनि परमेश्‍वरले के भन्नुहुनेछ? (यो व्यक्ति उहाँको आज्ञा वा भरोसाको लायक छैन।) परमेश्‍वरले तँ भरपर्दो छैन र तँलाई हटाउनुपर्छ भनेर भन्नुहुनेछ। त्यसकारण, तैँले महत्त्वपूर्ण वा सामान्य जुनै कर्तव्य निर्वाह गरे पनि, यो काम तँलाई सुम्पिएको हुनाले, यदि तैँले त्यसमा आफ्नो हृदय लगाउँदैनस् वा आफ्नो जिम्मेवारी पूरा गर्दैनस्, अनि त्यसलाई परमेश्‍वरको आज्ञाको रूपमा हेर्दैनस्, वा आफ्नो कर्तव्य र दायित्वको रूपमा लिँदैनस् र सधैँ झाराटारुवा तरिकाले कामकुरा गर्छस् भने, यो समस्या बन्‍नेछ। ‘भरोसायोग्य छैन’—यी दुई शब्दले तेरो कर्तव्य निर्वाहलाई चित्रित गर्छन्। ती शब्दहरूको अर्थ के हो भने तेरो कर्तव्य गराइ मापदण्डअनुसार भएको छैन, र तँलाई निकालिएको छ अनि परमेश्‍वरले तेरो चरित्र ठिक छैन भन्‍नुहुन्छ। यदि तँलाई कुनै एउटा विषय सुम्पिइएको छ, तापनि त्यसप्रति तँ यस्तै मनोवृत्ति राख्छस् र तँ त्यसरी नै त्यसलाई सम्हाल्छस् भने, के भविष्यमा तँलाई अरू कुनै कामहरू दिइन्छ? के तँलाई कुनै महत्त्वपूर्ण कुरा सुम्पन सकिन्छ? तैँले साँचो पश्‍चात्ताप नदेखाउञ्जेल त्यसो गर्न बिलकुलै सकिँदैन। तर, परमेश्‍वरले भित्र मनमा तँप्रति सधैँ केही अविश्‍वास, र असन्तुष्टि राख्नुहुनेछ। यो एउटा समस्या हुनेछ, हुनेछैन र? तैँले आफ्नो कर्तव्य निभाउने कुनै पनि अवसर गुमाउन सक्छस्, र तैँले मुक्ति पाउन असम्भव हुनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरका वचनहरू बारम्बार पढेर अनि सत्यता मनन गरेर मात्र पछ्याउने मार्ग प्राप्त गर्न सकिन्छ)। परमेश्‍वरका वचनहरूले मेरो स्थितिको ठ्याक्कै खुलासा गरे। म आफ्नो कर्तव्य निर्वाह गर्नमा आधा मनले मात्र मेहनत गर्थेँ, मैले कहिल्यै आफ्नो हृदय लगाएर कामकुराहरू गरिनँ, र मैले झाराटारुवा र गैरजिम्मेवार भई काम गरेँ। यस्ता मानिसहरूको चरित्र खराब हुन्छ, तिनीहरू भरोसायोग्य हुँदैनन् र तिनीहरूमा भर पर्न सकिँदैन। आज, मैले परमेश्‍वरका आखिरी दिनहरूको सुसमाचार प्राप्त गर्ने र मण्डलीमा आफ्‍नो कर्तव्य निर्वाह गर्ने मौका पाएको छु। यो त परमेश्‍वरले मलाई धेरै माथि उठाउनुभएको हो। तर मेरो कर्तव्यमा, म छोटो बाटो अपनाउँथेँ र आधा मनले कामकुराहरू गर्थेँ। म कहिल्यै मूल्य चुकाउन वा सिद्धान्तहरूअनुसार काम गर्न चाहन्नथेँ। सामग्रीहरू छान्दा, म केवल झारा टार्थेँ, र अनिश्चित हुँदा, म होसियारपूर्वक तिनको मूल्याङ्कन गर्न सिद्धान्तहरू खोज्दिनथेँ, यसको सट्टा, म ती सिधै सुपरिवेक्षकलाई दिन्थेँ। यसले गर्दा सुपरिवेक्षकले मैले खिचेका सामग्रीहरूको समीक्षा गर्न र छान्न अनि यी सामग्रीहरूका समस्याहरू औँल्याउन धेरै समय र मेहनत खर्च गर्नुपर्थ्यो। यसले उहाँलाई अनावश्यक बोझ दियो। जब मैले सुपरिवेक्षकको प्रश्नको सामना गरेँ, तब मैले अलिकति दोषी महसुस गरेँ, तर पछि, मैले आत्मचिन्तन गरिनँ। उच्च मानकहरू पूरा गर्नुपर्ने सामग्रीहरू खिच्दा, मैले छोटो बाटो अपनाइरहेँ, र परमेश्‍वरको घरले माग गरेका सिद्धान्तहरू पालना गरिनँ। हरेक पटक, म केवल “ठिकै छ” भन्ने जतिको सामग्री निकाल्‍ने उद्देश्य राख्थेँ। यसले गर्दा धेरै सामग्रीहरू सिद्धान्तहरूअनुसारका भएनन्। यसले गर्दा सुपरिवेक्षकले गर्नुपर्ने जाँचको काम थपिएको मात्र होइन, बरु मैले पनि काम दोहोर्‍याउनुपर्यो, र पुनः काम गर्नुपरेकोले तत्काल आवश्यक पर्ने केही सामग्रीहरूको प्रगतिमा ढिलाइ भयो। मैले वास्तवमा मेरो कर्तव्य पटक्कै निर्वाह गरिरहेको थिइनँ, मैले त दुष्टता गरिरहेको थिएँ र अवरोध तथा बाधाहरू सिर्जना गरिरहेको थिएँ। मण्डलीले मलाई यो काम सुम्पेको थियो, तर मैले छोटो बाटो अपनाइरहेको थिएँ र म झाराटारुवा भइरहेको थिएँ। मैले कामको प्रभावकारिताबारे पटक्कै विचार गरिनँ। मैले के महसुस गरेँ भने ममा परमेश्‍वरको डर मान्‍ने हृदय रत्तिभर थिएन, र म भरोसा वा विश्‍वास गर्न लायक व्यक्ति थिइनँ।

पछि, जब मैले परमेश्‍वरको आज्ञाप्रतिको नोआको मनोवृत्तिको बारेमा परमेश्‍वरको सङ्‍गति पढेँ, तब मैले आफैबारे अझ बढी बुझाइ प्राप्त गरेँ। परमेश्‍वर भन्‍नुहुन्छ: “नोआले एकदुई वटा सन्देशहरू मात्रै सुनेका थिए, र त्यो बेला परमेश्‍वरले त्यति धेरै वचन व्यक्त गर्नुभएको थिएन, र त्यसैले नोआले त्यति धेरै सत्यता बुझेका थिएनन् भन्‍नेमा कुनै शङ्का छैन। उनले आधुनिक विज्ञान वा आधुनिक ज्ञान बुझेका थिएनन्। उनी अत्यन्त साधारण मानिस, मानवजातिको एक सामान्य सदस्य थिए। तैपनि एक पक्षमा, उनी हरकोहीभन्दा फरक थिए: उनले परमेश्‍वरका वचनहरू पालना गर्न जान्दथे, उनलाई परमेश्‍वरका वचनहरू पछ्याउन र पालन गर्न आउँथ्यो, उनलाई मानिसको उचित स्थान के हो भन्ने थाहा थियो, र उनी परमेश्‍वरका वचनहरूलाई साँचो रूपमा विश्‍वास र तीप्रति समर्पित हुन सक्षम थिए—तर त्योभन्दा बढी चाहिँ होइन। नोआका लागि यी सरल सिद्धान्तहरू परमेश्‍वरले उनलाई सुम्पनुभएका सबै कुरा पूरा गर्नलाई पर्याप्त थिए, र यस काममा उनी केही महिना वा वर्ष वा दशक मात्र नभई, पूरै एक शताब्दीभन्दा बढी समय लागिरहे। के यो गन्ती तीनछक पार्ने खालको छैन र? यो नोआबाहेक अरू कसले गर्न सक्थ्यो र? (कसैले सक्दैनथ्यो।) अनि, किन सक्दैनथ्यो त? कतिपयले सत्यता नबुझेकोले यस्तो भएको हो भन्छन्—तर त्यो तथ्यअनुरूप छैन। नोआले कति धेरै सत्यताहरू बुझ्थे? नोआ किन यी सबै गर्न समर्थ थिए? आजका विश्‍वासीहरूले परमेश्‍वरका धेरै वचनहरू पढेका छन्, उनीहरूले केही सत्यता बुझेका छन्—त्यसो भए, उनीहरू किन यो गर्न असमर्थ छन्? अरूहरू मानिसहरूमा भ्रष्ट स्वभाव भएको कारण यसो भएको हो भन्छन्—तर के नोआसित भ्रष्ट स्वभाव थिएन र? किन नोआले यस्तो उपलब्धि हासिल गर्न सके, तर आजका मानिसहरूले सकेनन्? (किनभने आजका मानिसहरू परमेश्‍वरका वचनहरूलाई विश्‍वास गर्दैनन्, तिनीहरूले ती वचनहरूलाई न त सत्यताको रूपमा व्यवहार गर्छन् न त पालन नै गर्छन्।) अनि किन उनीहरूले परमेश्‍वरका वचनहरूलाई सत्यताको रूपमा लिन सक्दैनन्? किन उनीहरू परमेश्‍वरका वचनहरू पालन गर्न असमर्थ छन्? (उनीहरूसित परमेश्‍वरको डर मान्ने हृदय छैन।) त्यसो भए, यदि मानिसहरूले सत्यता बुझेकै छैनन्, र त्यति धेरै सत्यता सुनेकै छैनन् भने, तिनीहरूमा परमेश्‍वरको डर मान्ने हृदय कसरी उत्पन्न हुन्छ त? (तिनीहरूमा मानवता र विवेक हुनैपर्छ।) ठिक भनिस्। मानिसहरूको मानवतामा दुईवटा सबैभन्दा बहुमूल्य कुराहरू हुनैपर्छ: पहिलो विवेक, र दोस्रो सामान्य मानवताको समझ। विवेक र सामान्य मानवताको समझ हुनु व्यक्ति बन्‍नका लागि चाहिने न्यूनतम मापदण्ड हो; यो व्यक्तिलाई मापन गर्ने न्यूनतम, सबैभन्दा आधारभूत मापदण्ड हो। तर यो आजका मानिसहरूमा छैन, र त्यसैले उनीहरूले जतिसुकै सत्यता सुने र बुझे पनि, परमेश्‍वरको डर मान्ने हृदय हुनु तिनीहरूभन्दा टाढाको कुरा हो। त्यसो भए, आजका मानिसहरू र नोआबीचको मूलभूत फरक के हो? (उनीहरूमा मानवता छैन।) अनि, यो मानवता अभाव हुनुको सार के हो? (पशु र पिशाचहरू।) ‘पशु र पिशाचहरू’ सुन्दा त्यति राम्रो लाग्दैन, तर यो तथ्यहरूअनुरूप छ; यसलाई अलिक विनम्र तरिकामा भन्‍नुपर्दा, उनीहरूमा मानवता छैन भनेर भन्‍नुपर्छ। मानवता र समझबिनाका मानिसहरू मानव होइनन्, तिनीहरू पशुभन्दा पनि निम्‍न स्तरका हुन्। नोआ परमेश्‍वरको काम पूरा गर्न सक्षम थिए किनभने उनले परमेश्‍वरका वचनहरू सुनेपछि, तिनलाई दृढताका साथ हृदयमा राख्‍न सक्षम भए; उनका लागि, परमेश्‍वरको आज्ञा जीवनभरको कार्य थियो, उनको आस्था अटल थियो, र उनको इच्छा एक सय वर्षसम्म अपरिवर्तित थियो। उनीसँग परमेश्‍वरको डर मान्ने हृदय भएकोले, उनी वास्तविक व्यक्ति भएकाले, र उनी पूर्णतः समझदार भएकाले परमेश्‍वरले ठूलो जहाज निर्माण गर्ने जिम्मा सुम्पनुभयो। नोआजत्तिकै मानवता र समझ भएका मानिसहरू एकदमै कम छन्, नोआजस्तो अर्को व्यक्ति भेट्टाउन धेरै गाह्रो छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट दुई: नोआ र अब्राहामले कसरी परमेश्‍वरका वचनहरू पालना गरे र उहाँप्रति समर्पित भए (भाग एक))। नोआले कुनै छोटो बाटो नअपनाई र कुनै मेहनत बाँकी नराखी परमेश्‍वरको आज्ञा पालन गरे, उनी १२० वर्षसम्म आफ्ना मेहनतहरूमा अडिग रहे, र अन्तमा, उनले जहाज बनाए र परमेश्‍वरको आज्ञा पूरा गरे। नोआमा विवेक र समझ थियो। उनी मानवता भएका व्यक्ति थिए। तर त्यसपछि मैले आफैबारे सोचेँ। सामग्रीहरू छान्दा, म तिनलाई केवल सरसर्ती हेर्थेँ, र झारा टार्ने काम गर्थेँ। म आफ्नो कर्तव्य कसरी राम्ररी निर्वाह गर्ने भन्नेबारे सोच्दिनथेँ, अर्थात् सामग्रीहरू कहाँ सिद्धान्तहरूअनुसारका छैनन् भनेर जाँच्ने, वा म कहाँ चुकेको छु र मैले कहाँ सुधार गर्नुपर्छ भनेर पत्ता लगाउने, वा आफ्ना जिम्मेवारीहरू कसरी पूरा गर्ने भन्नेबारे सोच्दिनथेँ। यसको सट्टा, मैले मेरो कर्तव्यलाई बोझको रूपमा हेरेँ र अझ बढी जटिल कामहरू सुपरिवेक्षकलाई सुम्पेँ। यस बीचमा, मैले सजिलो तरिका अपनाउने हुने उपायहरू खोजेँ। कुन अर्थमा ममा मानवता थियो र? परमेश्‍वरको घरका मागहरूको बारेमा वा मेरो व्यवहारले काममा कस्तो असर पार्छ भन्ने बारेमा पटक्कै विचार नगरी, मैले सम्भव भएसम्म कम मेहनत गरेर मेरो कर्तव्य निर्वाह गरेँ। आफ्‍नो कामप्रति मैले राखेको यो मनोवृत्ति आफ्नो हाकिमका लागि काम गर्ने गैरविश्‍वासीको भन्दा पनि खराब थियो। मैले परमेश्‍वरका वचनहरूबाट कति धेरै मलजल र पोषणको आनन्द लिएको छु भन्नेबारे सोचेँ, अनि कसरी परमेश्‍वरले हामीलाई बाँच्नका लागि आवश्यक पर्ने सबै कुरा दिनुभएको छ भन्नेबारे सोचेँ, तर पनि म एउटा सृजित प्राणीको रूपमा आफ्नो जिम्मेवारी पूरा गर्न असफल भएँ। मैले मण्डलीको काममा अवरोध र बाधाहरू मात्र ल्याएँ। मैले हृदयमा गहन पछुतो महसुस गरेँ र परमेश्‍वरलाई प्रार्थना गरेँ, मेरो झाराटारुवा मनोवृत्ति परिवर्तन गर्न र मेरो कर्तव्य उचित रूपमा निर्वाह गर्न इच्छुक भएँ। त्यसपछि, म आफ्नो कर्तव्यमा सामान्य समस्याहरूबाट बच्न अझ बढी सचेत भएँ। सामग्रीहरू छान्दा म अझ बढी होसियार पनि भएँ।

केही समयपछि, सुपरिवेक्षकले मलाई एउटा भिडियो खिच्ने कामको प्रबन्ध गरिदिनुभयो। जब मैले पहिलो पटक काम पाएँ, तब म धेरै खुसी थिएँ, र मैले मनमनै सोचेँ, “यसपटक मैले राम्ररी तयारी गर्नुपर्छ र राम्रो काम गर्नुपर्छ।” तर मेरा सीपहरूको मामलामा ममा अझै अलिकति कमी थियो, र मैले अनुसन्धान तथा अध्ययन गर्न समय खर्चनुपर्थ्यो। सुरुमा, म सक्रियतापूर्वक अध्ययन गर्न र तालिम लिन सक्षम भएँ, तर केही दिनपछि पनि, मैले खिचेको भिडियो त्यति राम्रो भएन, र मैले अध्ययन तथा अनुसन्धान गर्न अझ बढी समय र प्रयास लगाउनुपर्ने भयो। मलाई यो सबै साह्रै झन्झटिलो छ लाग्न थाल्यो, त्यसैले, मैले मूल काममा केही सानातिना हेरफेर मात्र गरेँ, र यसलाई “चल्छ” भनेँ। काम सकेपछि, मैले मेरो सहकर्मी ब्रदरलाई त्यो देखाएँ। उहाँले के याद गर्नुभयो भने भिडियो प्रवाहपूर्ण थिएन र त्यसमा केही ट्रान्जिसनका समस्याहरू थिए, र उहाँले मलाई यी भागहरू फेरि खिच्न सुझाव दिनुभयो। मैले यो साह्रै झन्झटिलो हुन्छ भन्‍ने सोचेँ, त्यसैले मैले उहाँलाई भनेँ, “यो भिडियो बुझाउने समयसीमा साँच्चै थोरै छ, यसलाई जस्तो छ त्यस्तै बुझाइदिऊँ। जे भए पनि मेरा सीपहरू अनुसार मैले गर्न सक्ने सबैभन्दा राम्रो यही त हो।” म आफ्नो कुरामा अडिग रहेको देखेर, ती ब्रदरले कुरालाई अगाडि बढाउनुभएन। पछि, सुपरिवेक्षकले मलाई भन्नुभयो, “तपाईं आफ्नो कर्तव्यमा झाराटारुवा भइरहनुभएको छ, तपाईंको मनोवृत्ति नीच छ, र तपाईंको काम साँच्चै लटरपटर छ। यो कामका लागि अब तपाईंको आवश्यकता छैन!” यो एउटा छोटो टिप्पणी मात्र भए तापनि, यसले मेरो हृदयमा छुरा रोपेजस्तो भयो। मैले के महसुस गरेँ भने झाराटारुवा हुनुको प्रभाव अझै पनि ममा गहिरोसँग टाँसिएको छ। मैले यो कुरा बुझिनँ—मैले सचेत भई आफ्नो झाराटारुवा मनोवृत्तिलाई सम्बोधन गर्ने प्रयास गरिरहेको थिएँ, र पनि किन कुनै परिवर्तन भएको थिएन र म किन अझै पनि आफ्नो कर्तव्यमा झाराटारुवा भइरहेको थिएँ? मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, र मैले समस्याको जड बुझ्‍न सकूँ भनेर मलाई मार्गदर्शन गर्नुहोस् भनी उहाँसँग बिन्ती गरेँ। पछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ र अन्ततः मेरा समस्याहरूको बारेमा केही स्पष्टता प्राप्त गरेँ। परमेश्‍वर भन्‍नुहुन्छ: “कुनै पनि कुरालाई त्यति बेवास्ते र गैरजिम्मेवार ढङ्गले सम्हाल्नु भ्रष्ट स्वभावको तत्त्व हो: प्राय यसलाई मानिसहरूले बदमासपन भन्छन्। आफूले गर्ने हरेक मामिलामा, तिनीहरू ‘त्यो लगभग सही छ’ र ‘काफी नजिक छ’ भन्‍ने हदसम्‍म काम गर्छन्; यो त ‘होला,’ ‘सायद,’ र ‘पाँचमा चार’ भन्‍ने मनोवृत्ति हो; तिनीहरू कामचलाउ तवरले काम गर्छन्, न्यूनतम मात्रामा काम गर्नमा सन्तुष्ट छन्, र छल गरेर परिस्थतिहरू पार गर्नमा सन्तुष्ट छन्; तिनीहरू कुनै पनि कुरालाई गम्भीर रूपमा लिनु वा ठ्याक्‍कै मिलाउनुको कुनै अर्थ देख्दैनन्, झन् तिनीहरूले सत्यता सिद्धान्तहरूको खोजी गर्नुमा कुनै अर्थ देख्‍ने त कुरै नगरौँ। के यो भ्रष्ट स्वभावको तत्त्व होइन र? के यो सामान्य मानवताको प्रकटीकरण हो? अहँ, होइन। यसलाई अहङ्‍कार भन्‍नु सही हुन्छ, र यसलाई अनुशासनहीन भन्‍नु पनि पूर्ण रूपमा उचित नै हुन्छ—तर यसलाई पूर्ण रूपमा बुझ्‍नका निम्ति मिल्‍ने शब्द ‘बदमासपन’ हो। धेरैजसो मानिसभित्र बदमासपन हुन्छ, त्यसको मात्रा मात्र फरक पर्ने हो। हरेक मामिलामा, तिनीहरू झाराटारुवा र लापर्बाही तरिकाले कामकुरा गर्ने इच्छा राख्छन्, र तिनीहरूले गर्ने हरेक कुरामा केही न केही छल हुन्छ। तिनीहरू अरूलाई सकेसम्म धोका दिन्छन्, सकेसम्म चोर बाटो अपनाउँछन् र सकेसम्म समय बचाउँछन्। तिनीहरू मनमनै विचार गर्छन्, ‘जबसम्म म खुलासा हुनबाट बच्‍न सक्छु र मैले कुनै समस्या खडा गर्दिनँ र मलाई जवाफदेही बनाइँदैन, तबसम्म म जसोतसो यसलाई टारेर अघि बढ्नेछु। मैले निकै राम्रो काम गर्नुपर्दैन, त्यसो गर्दा ज्यादै दुःख हुन्छ।’ यस्ता मानिसहरू कुनै पनि कुरामा कहिल्यै निपुण बन्दैनन्, अनि तिनीहरू आफ्नो अध्ययनमा आफूलाई होम्याउन वा कष्ट भोग्न र मूल्य चुकाउन अनिच्छुक हुन्छन्। तिनीहरू कुनै विषयलाई सतही रूपमा मात्र बुझ्न चाहन्छन्, र त्यसपछि आफू त्यो सिक्न सफल भएको विश्‍वास गर्दै आफूलाई त्यस विषयको प्रवीण भन्‍छन्, र लटरपटर गर्दै अगाडि बढ्नलाई त्यसैमा भर पर्छन्। अरू मानिस, घटना र कामकुराहरूप्रति मानिसहरूको मनोवृत्ति यही हुन्छ होइन र? के यो असल मनोवृत्ति हो त? अहँ, यो असल मनोवृत्ति होइन। सरल शब्दमा यसलाई ‘लटरपटर गर्दै अघि बढ्नु’ भनिन्छ। यस्तो बदमासपन सबै भ्रष्ट मानवजातिमा विद्यमान छ। आफ्नो मानवतामा बदमासपन भएका मानिसहरू आफूले गर्ने हरेक कुरामा ‘लटरपटर गर्दै अघि बढ्ने’ दृष्टिकोण र मनोवृत्ति राख्छन्। के यस्ता मानिसहरू आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्षम हुन्छन्? हुँदैनन्। के तिनीहरू सिद्धान्तअनुसार कामकुरा गर्न सक्षम हुन्छन् त? यो त झनै असम्भव छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग दुई))। मेरो कर्तव्यमा मैले प्रायजसो कामकुराहरूलाई गम्भीरतापूर्वक नलिने वा सिद्धान्तहरू पालना नगर्ने, र आधा मनले कामकुराहरू गर्दै केवल “चल्छ” वा “ठिकै छ” को लक्ष्य राख्ने बानी त मेरो नीचता धेरै गम्भीर भएकोले गर्दा पो देखिएको रहेछ। जब म फर्केर सोच्छु, तब मैले के महसुस गर्छु भने म सधैँ आफ्नो कर्तव्यमा झाराटारुवा भइरहेको हुन्थेँ, र जहाँ सकिन्छ म त्यहाँ छोटो बाटो अपनाउँथेँ। मैले कामकुराहरू गर्ने तरिकामा मसित कुनै सिद्धान्तहरू थिएनन्। म कहिल्यै कामकुराहरूबारे गहिराइमा सोच्न वा उत्तम नतिजाहरूको पछि लाग्न मेहनत गर्न चाहन्नथेँ, कुनै ठूलो समस्या नल्याएसम्म वा बर्खास्त नभएसम्म कामकुराहरू ठिकै हुन्छन् भन्ने सोच्थेँ। मैले परमेश्‍वरको घरमा केवल समय बिताइरहेको थिएँ, म यत्तिकै हल्लिहिँडिरहेको थिएँ। उदाहरणका लागि, जब मैले सामग्रीहरू खिचिरहेको थिएँ, तब यदि मैले अझ बढी मेहनत गरेको भए र सिद्धान्तहरूबारे अझ बढी मनन गरेको भए, मैले राम्रो काम गर्न सक्थेँ, तर यसको सट्टा, म केवल “कामचलाउ” वा “चल्छ” भन्‍ने कुरामै सन्तुष्ट हुन्थेँ। मलाई मूल्याङ्कन गर्न गाह्रो लाग्ने सामग्रीहरू सुपरिवेक्षकलाई सुम्पनका लागि मैले सिद्धान्तहरूको बारेमा ममा बुझाइ नभएको बहानासमेत बनाएँ। जब सुपरिवेक्षकले मलाई भिडियो खिच्न भन्नुभयो, तब मलाई भिडियोमा समस्याहरू छन् भन्ने प्रस्ट थाहा थियो, र मेरो सहकर्मी ब्रदरले फेरि खिच्न सुझाव दिनुभयो, तर म अझै पनि अतिरिक्त मेहनत गर्न वा मूल्य चुकाउन चाहन्नथेँ, र मैले जोडेको भिडियो नै काफी छ भन्ने सोचेँ। म केवल झारा टार्न र काम सक्न चाहन्थेँ। मैले के महसुस गरेँ भने मेरो नीचता साँच्चै गम्भीर रहेछ, र मैले सधैँ आफ्नो कर्तव्यमा छोटो बाटो अपनाउन खोजिरहेको थिएँ। यसले गर्दा सामग्रीहरू मानकअनुरूप भएनन् र कामको प्रगतिमा ढिलाइ भयो। यस्तो नीचताका साथ आफ्‍नो कर्तव्य निर्वाह गर्दा यसले वास्तवमा अरूलाई र म आफू दुवैलाई हानि पुर्‍याइरहेको थियो!

त्यसपछि, मैले परमेश्‍वरका अरू वचनहरू पढेँ: “तैँले परमेश्‍वरका आज्ञाहरूलाई कसरी व्यवहार गर्नुपर्छ भन्‍ने कुरा अत्यन्तै महत्त्वपूर्ण छ। यो एकदमै गम्भीर कुरा हो! यदि परमेश्‍वरले तँलाई सुम्‍पनुभएको कुरा तँ पूरा गर्न सक्दैनस् भने, तँ उहाँको उपस्थितिमा जिउन लायक छैनस् र तैँले आफ्नो दण्ड स्विकार्नुपर्छ। परमेश्‍वरले सुम्पनुभएका आज्ञाहरू मानिसहरूले पूरा गर्नु पूर्ण रूपमा स्वाभाविक र न्यायोचित हो। यो मानिसको सर्वोच्च जिम्मेवारी हो, र यो उसको जीवनजत्तिकै नै महत्त्वपूर्ण छ। यदि तैँले परमेश्‍वरका आज्ञाहरूलाई हल्का रूपमा लिन्छस् भने, यो परमेश्‍वरलाई दिइएको सबैभन्दा गम्भीर धोका हो। त्यसो गरेर, तँ यहूदाभन्दा पनि बढी निन्दनीय हुन्छस्, र तँ श्रापित हुनुपर्छ। मानिसहरूले परमेश्‍वरका आज्ञाहरूलाई कसरी व्यवहार गर्ने भन्‍नेबारेमा स्पष्ट बुझाइ प्राप्त गर्नैपर्छ र, कम्तीमा पनि, तिनीहरूले यो बुझ्नुपर्छ: परमेश्‍वरले मानिसहरूलाई आज्ञाहरू सुम्पनु भनेको उहाँले मानिसलाई उच्च पार्नुभएको हो, र यो उहाँले मानिसलाई देखाउने एक प्रकारको विशेष अनुग्रह हो, यो सबैभन्दा महिमामयी कुरा हो, र अरू सबै कुरा—आफ्नै जीवन समेत—त्याग्न सकिन्छ—तर परमेश्‍वरका आज्ञाहरू पूरा गरिनैपर्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने)। “बाहिरबाट हेर्दा, आफ्ना कर्तव्यहरू निर्वाह गर्ने समयभरि कतिपय मानिसहरूसँग कुनै पनि गम्भीर समस्या नभएजस्तो देखिन्छ। तिनीहरूले खुल्लमखुल्ला कुनै दुष्ट काम गर्दैनन्; तिनीहरूले अवरोध वा बाधा ल्याउँदैनन्, र तिनीहरू ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्दैनन्। आफ्ना कर्तव्यहरू पूरा गर्ने क्रममा, तिनीहरूले कुनै ठूलो गल्ती गर्दैनन् वा सिद्धान्तहरूसँग सम्‍बन्धित समस्याहरू पैदा हुँदैनन्, तर थाहै नपाई केही वर्षमा नै तिनीहरूले सत्यतालाई पटक्‍कै स्वीकार नगरेको, तिनीहरू गैरविश्‍वासीहरू भएको कुरा प्रकट हुन्छ। किन यसो हुन्छ त? अन्य मानिसहरूले समस्या देख्दैनन्, तर परमेश्‍वरले यी मानिसहरूको हृदयको गहिराइलाई छानबिन गर्नुहुन्छ, र समस्या देख्‍नुहुन्छ। तिनीहरू आफ्ना कर्तव्यहरूको पालनमा सधैँ झारा टार्ने र पश्‍चात्तापहीन रहँदै आएका हुन्छन्। समय बित्दै जाँदा, प्राकृतिक रूपमै तिनीहरूको प्रकट हुन्छ। पश्‍चात्तापहीन हुनु भनेको के हो त? यसको अर्थ के हो भने, तिनीहरूले सधैँ आफ्ना कर्तव्यहरू निर्वाह गरेका भए पनि तिनीहरूमा तीप्रति सधैँ गलत मनोवृत्ति रहेको हुन्छ, अर्थात् बेहोसी र लापरवाह मनोवृत्ति, र तिनीहरू कहिल्यै पनि विवेकशील हुँदैनन्, आफ्ना कर्तव्यहरूलाई आफ्नो पूरै हृदय दिने कुरा त परै जाओस्। तिनीहरूले थोरै प्रयास गर्न सक्छन्, तर तिनीहरूले झारा टार्ने काम मात्रै गरिरहेका हुन्छन्। तिनीहरूले आफ्ना कर्तव्यहरूमा आफ्नो सम्पूर्णता दिइरहेका हुँदैनन्, र तिनीहरूको अपराधको कहिल्यै अन्त्य हुँदैन। परमेश्‍वरको नजरबाट हेर्दा तिनीहरूले कहिल्यै पश्‍चात्ताप गरेका हुँदैनन्; तिनीहरूले सधैँ झारा टार्ने काम गर्दै आएका हुन्छन् र तिनीहरूमा कहिल्यै कुनै परिवर्तन भएको हुँदैन—अर्थात्, तिनीहरूले आफ्‍नो हातको दुष्टतालाई त्याग्दैनन् र उहाँको सामुन्ने पश्‍चात्ताप गर्दैनन्। परमेश्‍वरले तिनीहरूमा पश्‍चात्तापको मनोवृत्ति देख्‍नुहुन्‍न, र उहाँले तिनीहरूको मनोवृत्ति बदलिएको देख्‍नुहुन्‍न। तिनीहरूले त्यस्तै मनोवृत्ति र विधिअनुसार आफ्ना कर्तव्यहरूलाई र परमेश्‍वरका आज्ञाहरूलाई निरन्तरता दिन्छन्। पूरै समय, यो जिद्दी, हठी स्वभावमा कुनै परिवर्तन आउँदैन, यति मात्र होइन, तिनीहरूले कहिल्यै पनि परमेश्‍वरप्रति ऋणी अनुभव गरेका हुँदैनन्, तिनीहरूको झाराटारुवापन अपराध हो, दुष्कर्म हो भन्‍ने तिनीहरूले कहिल्यै अनुभव गरेका हुँदैनन्। तिनीहरूको हृदयमा, कुनै पनि ऋणी अनुभव, कुनै ग्लानि, कुनै आत्मधिक्कार हुँदैन, आत्म-दोषारोपणको कुरा त परै राखौँ। अनि समय बित्दै जाँदा, परमेश्‍वरले यस्तो प्रकारको मानिसलाई सुधार गर्न सकिँदैन भन्‍ने देख्‍नुहुन्छ। परमेश्‍वरले जे भन्‍नुभए पनि, र तिनीहरूले जति धेरै प्रवचन सुने पनि वा तिनीहरूले जति धेरै सत्यता बुझे पनि, तिनीहरूको हृदयमा प्रभाव पर्दैन र तिनीहरूको मनोवृत्ति परिवर्तन हुँदैन वा गलत बाटोबाट फर्की आउँदैन। परमेश्‍वरले यो देख्‍नुहुन्छ र भन्‍नुहुन्छ: ‘यो व्यक्तिको निम्ति कुनै आशा छैन। मैले भन्‍ने केही कुराले पनि तिनीहरूको हृदयलाई छुँदैन, र मैले भन्‍ने कुनै कुराले पनि तिनीहरूलाई गलत बाटोबाट फर्काउँदैन। तिनीहरूलाई परिवर्तन गर्ने कुनै माध्यम नै छैन। यो व्यक्ति आफ्‍नो कर्तव्य पूरा गर्नको निम्ति उपयुक्त छैन, र तिनीहरू मेरो घरमा श्रम गर्ने योग्यका छैनन्।’ किन परमेश्‍वरले यसो भन्‍नुहुन्छ त? किनभने जब तिनीहरूले आफ्‍नो कर्तव्य निभाउँछन् र काम गर्छन्, तिनीहरू निरन्तर झाराटारुवा हुन्छन्। तिनीहरूलाई जति नै काटछाँट गरिए पनि, र तिनीहरूप्रति जति नै सहनशीलता र धैर्यता देखाए पनि, त्यसको कुनै प्रभाव हुँदैन र त्यसले तिनीहरूलाई साँच्चै पश्‍चात्ताप गराउन वा बदल्न सक्दैन। यसले तिनीहरूलाई कर्तव्य राम्ररी निभाउने तुल्याउन सक्दैन, यसले तिनीहरूलाई सत्यता खोजी गर्ने मार्ग लिन दिँदैन। त्यसकारण, यो व्यक्तिलाई सुधार गर्न सकिँदैन। जब त्यो व्यक्तिलाई सुधार गर्न सकिँदैन भन्‍ने परमेश्‍वरले निर्धारित गर्नुहुन्छ, के उहाँले यो व्यक्तिलाई अझै पनि दह्रो गरी पक्रिराख्‍नुहुनेछ त? उहाँले त्यसो गर्नुहुनेछैन। परमेश्‍वरले तिनीहरूलाई छाडिदिनुहुनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने एउटा सृजित प्राणीको रूपमा, परमेश्‍वरको आज्ञा स्वीकार गर्नु र सृजित प्राणीहरूका रूपमा हाम्रो कर्तव्य पूरा गर्नु हाम्रा निम्ति पूर्ण रूपमा स्वभाविक र न्यायोचित कुरा हो, र हामीले यो कुरा पूर्ण हृदयले र लगनशीलताका साथ पूरा गर्नुपर्छ। यदि हामीले हाम्रो कर्तव्यलाई लापरबाह वा हल्का मनोवृत्तिले लियौँ भने, त्यो परमेश्‍वरलाई धोका दिनु हो र त्यो कार्य दण्ड गरिन लायक हुन्छ। मैले मण्डलीमा मेरो कर्तव्य निर्वाह गरिरहेको भए तापनि, म यसलाई राम्ररी निर्वाह गर्न साँच्चै प्रतिबद्ध थिइनँ। कामकुराहरू गर्न सबैभन्दा छिटो र सजिलो तरिका रोजेर, म सधैँ झाराटारुवा भइरहेको हुन्थेँ। समस्याहरू छन् भन्ने थाहा हुँदा पनि, म तिनलाई बेवास्ता गर्थेँ र नदेखेजस्तो गर्थेँ। यसले अन्ततः काममा अवरोध र बाधाहरू ल्यायो, र मैले मानकअनुरूप श्रमसमेत गरिरहेको थिइनँ। सुपरिवेक्षकले मेरो काटछाँट गर्नुभयो र मेरो कर्तव्य उचित रूपमा निर्वाह गर्न मलाई सम्झाउनुभयो, तर म जिद्दी नै भइरहेँ, र मैले आफ्नो भ्रष्ट स्वभावअनुसार काम गरेँ। मेरो हृदय साँच्चै हठी थियो! म सधैँ आफ्नो कर्तव्यलाई हल्का र गैरजिम्मेवार मनोवृत्तिले लिन्थेँ। यदि म फर्किनँ भने, म पक्कै पनि परमेश्‍वरद्वारा हटाइने थिएँ। मेरो सहकर्मी ब्रदर उहाँको कर्तव्यमा कसरी धेरै लगनशील हुनुहुन्छ र सिद्धान्तहरूलाई होसियारपूर्वक मनन गर्नुहुन्छ भन्नेबारे मैले सोचेँ। उहाँ सधैँ बारम्बार आफ्ना सामग्रीहरू जाँच्नुहुन्थ्यो, र बुझाउनुअघि कुनै समस्या छैन भन्‍ने सुनिश्चित गर्नुहुन्थ्यो। नतिजास्वरूप, उहाँको कर्तव्यले राम्रो फल दिन्थ्यो, र धेरै कम गल्ती वा विचलनहरू हुन्थे। तर जब म आफ्‍नो कर्तव्य निर्वाह गर्थेँ, तब मैले निरन्तर कामकुराहरू दोहोर्‍याउनुपर्थ्यो, र समस्याहरू आइरहन्थे। मैले म भरोसायोग्य छैनँ र ममा निष्ठा र मर्यादाको कमी छ भन्‍ने देखेँ।

पछि, मैले परमेश्‍वरका वचनहरूमा आफ्‍नो कर्तव्य राम्ररी निर्वाह गर्ने एउटा मार्ग फेला पारेँ। मैले परमेश्‍वरको वचनले यसो भन्छ भन्‍ने पढेँ: “हाल कर्तव्य निर्वाह गर्ने धेरै अवसरहरू छैनन्, त्यसैले तैँले सकेसम्म तिनलाई समात्नुपर्छ। कुनै कर्तव्य आइपर्दा नै तैँले वास्तविक प्रयास गर्नुपर्छ; त्यतिबेला नै तैँले आफूलाई अर्पण गर्नुपर्छ र परमेश्‍वरप्रति आफूलाई समर्पित गर्नुपर्छ र त्यतिबेला नै तैँले मूल्य चुकाउनु आवश्यक हुन्छ। कुनै पनि कुरा लुकाएर राख्ने, कुनै षड्यन्त्र पालेर राख्ने, कुनै छुट दिने, वा आफूलाई उम्कने बाटो छोड्ने काम नगर्। यदि तैँले कुनै छुट दिइस्, चालबाजी गरिस्, वा धूर्त भइस् र ढिलासुस्ती गरिस् भने, तैँले पक्कै पनि खराब काम गर्नेछस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो कर्तव्य निर्वाह गरेर जीवन प्रवेश सुरु हुन्छ)। “तैँले आफ्‍नो कर्तव्य निर्वाह गर्दा, तँ वास्तवमा आफूले जे गर्नुपर्ने हो त्यही गरिरहेको हुन्छस्। यदि तैँले यो कार्य परमेश्‍वरको अघि गर्छस् भने, यदि तँ इमानदारिताको मनोवृत्तिसहित हृदयबाटै आफ्‍नो कर्तव्य निर्वाह गर्छस् र परमेश्‍वरमा समर्पित हुन्छस् भने, के यो मनोवृत्ति धेरै नै सही हुँदैन र? त्यसो भए, तैँले यो मनोवृत्तिलाई कसरी वास्तविक जीवनमा लागू गर्न सक्छस्? तैँले ‘परमेश्‍वरलाई हृदय र इमानदारिताका साथ आराधना गर्नु’ लाई तेरो वास्तविकता बनाउनुपर्छ। जब-जब तँ झारा टार्न चाहन्छस्, जब-जब तँ अल्याङटल्याङ गर्न र अल्छी बन्‍न चाहन्छस्, र जब-जब तेरो ध्यान भङ्ग हुन्छ वा तँ रमाइलो गर्न चाहन्छस्, तैँले यो सोच्नुपर्छ: ‘यस्तो व्यवहार गर्दा, के म अविश्‍वसनीय भइरहेको छु? के यो मेरो हृदयलाई आफ्नो कर्तव्य निर्वाह गर्नमा लगाउनु हो? यसो गरेर, के म अर्पित हुन असफल भइरहेको छु? के म परमेश्‍वरले मलाई सुम्‍पनुभएको आज्ञा पूरा गर्नमा खरो उत्रन असफल भइरहेको छु?’ तैँले यसरी नै आफ्‍नो बारेमा मनन गर्नुपर्छ। यदि तैँले तँ आफ्नो कर्तव्यमा सधैँ झाराटारुवा भएको, अर्पित नभएको, र आफूले परमेश्‍वरलाई चोट पुर्‍याएको थाहा पाइस् भने, तैँले के गर्नुपर्छ? तैँले यसो भन्‍नुपर्छ, ‘त्यो समयमा, मलाई केही गलत छ भन्‍ने लागेको थियो, तर मैले यसलाई समस्याको रूपमा लिइनँ; मैले यसलाई त्यत्तिकै टारिदिएँ। अहिले मात्रै मलाई म साँच्‍चै झाराटारुवा थिएछु, मैले आफ्नो जिम्‍मेवारी पूरा गरेको रहेनछु भन्‍ने थाहा भयो। ममा साँच्‍चै नै विवेक र समझको कमी रहेछ!’ तैँले समस्या पत्ता लगाएको छस् र आफ्नो बारेमा थोरै भए नि थाहा पाएको छस्—त्यसकारण, अब तैँले आफूलाई सुल्टाउनैपर्छ! कर्तव्य निर्वाह गर्नेबारे तेरो मनोवृत्ति गलत थियो। तैँले त्यसलाई अतिरिक्त काम जस्तै व्यवहार गरिस् र देखावटी मेहनत मात्र लगाइस्, र तैँले यसमा आफ्‍नो मन लगाइनस्। यदि तँ यसरी नै फेरि पनि झाराटारुवा भइस् भने, तैँले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ र आफूलाई अनुशासनमा राख्‍न र ताडना दिन लगाउनुपर्छ। आफ्‍नो कर्तव्य निर्वाह गर्दा तँमा यस्तो सङ्कल्प छ भने मात्र तैँले साँचो रूपमा पश्‍चात्ताप गर्न सक्छस्। तेरो विवेक सफा छ र कर्तव्य निर्वाह गर्नेप्रति तेरो मनोवृत्ति रुपान्तरण भएको छ भने मात्रै तैँले आफूलाई सुल्टाएको हुनेछस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरका वचनहरू बारम्बार पढेर अनि सत्यता मनन गरेर मात्र पछ्याउने मार्ग प्राप्त गर्न सकिन्छ)। परमेश्‍वरका वचनहरूमार्फत, मैले हाम्रा कर्तव्यहरू परमेश्‍वरका सामु निर्वाह गरिनुपर्छ, र यसलाई राम्ररी निर्वाह गर्न एउटा इमानदार मनोवृत्ति आवश्यक हुन्छ भन्‍ने महसुस गरेँ। जब हामीलाई छोटो बाटो अपनाउने वा झाराटारुवा हुने इच्छा जाग्छ, तब हामी हाम्रा कर्तव्यहरूमा लगनशील र जिम्मेवार भएका छौँ कि छैनौँ र हाम्रा कार्यहरू परमेश्‍वरका निम्ति भरोसाको योग्य छन् कि छैनन् भनेर हामीले चिन्तन गर्नुपर्छ। आफैबारे अझ बढी चिन्तन गरेर, हामीले आफ्ना झाराटारुवा कार्यहरू कम गर्न सक्छौँ। यसले काममा हुने नोक्सानी पनि कम गर्नेछ। छोटकरीमा, हामीले कुनै मेहनत बाँकी नराखी हाम्रा क्षमताहरूको पूर्ण उपयोग गर्नुपर्छ। यसरी नै हामीले हाम्रा कर्तव्यहरू राम्ररी निर्वाह गर्न सक्छौँ।

मे २०२३ मा, मैले केही प्राविधिक कामको सुपरिवेक्षण गरिरहेको थिएँ। म यो कर्तव्यमा नयाँ भएकोले, ममा केही प्राविधिक सीपहरूको कमी थियो, र जब ब्रदर-सिस्टरहरूले रिपोर्ट गरेका समस्याहरूको कुरा आउँथ्यो, तब मलाई के भइरहेको छ भन्नेबारे मोटामोटी बुझाइ मात्र हुन्थ्यो, र म विवरणहरूबारे स्पष्ट हुन्थिनँ। यसका लागि मैले एक-एक गरी समस्याहरूको कारण पत्ता लगाउनुपर्थ्यो। कहिलेकाहीँ, जब धेरै समस्याहरू हुन्थे, तब म फेरि झाराटारुवा हुने कुराद्वारा जाँचिएको महसुस गर्थेँ, तर म ती आवेगहरूविरुद्ध सचेत भई विद्रोह गर्न सक्षम भएँ। मलाई याद छ एकपटक, एक जना सिस्टरको उपकरण बिग्रियो, र उहाँले मलाई यो किन भयो भनेर सोध्नुभयो। मलाई त्यो उपकरणबारे धेरै ज्ञान थिएन, त्यसैले वास्तवमा समस्या पत्ता लगाउन र बुझ्न समय र मेहनत लाग्थ्यो, अनि मैले आफूले बुझेका आधारमा मोटामोटी जवाफ दिने सोचेँ। तर जवाफ लेखिसकेपछि, मैले बेचैन महसुस गरेँ किनभने म फेरि झाराटारुवा भइरहेको छु भन्‍ने मैले थाहा पाएँ। मलाई मेरो कर्तव्यप्रतिको पहिलेको झाराटारुवा दृष्टिकोणले काममा कसरी नोक्सानी पुर्‍याएको थियो भन्ने कुरा याद आयो, अनि मलाई के थाहा थियो भने यदि म निरन्तर झाराटारुवा भइरहेँ भने, यसले खास समस्या समाधान गर्नेछैन, र अन्ततः, यसले धेरै पटक यताउति कुरा आदनप्रदान गरिरहनुपर्ने अवस्था ल्याउँछ, र ती सिस्टरको उपकरण प्रयोगमा असर पार्छ, जसले काममा ढिलाइ हुन्छ। ती सिस्टरलाई जवाफ दिनुअघि मैले समस्यालाई पूर्ण रूपमा स्पष्ट पार्न आफ्नो सक्दो प्रयास गर्नुपर्थ्यो। त्यसपछि, म समस्याको कारण पत्ता लगाउने प्रक्रियामा लागेँ र समस्याको जड फेला पारेँ। यसरी अभ्यास गर्दा, मैले ढुक्क महसुस गरेँ। पछि, जब मैले सम्हाल्न नसक्ने समस्याहरूको सामना गरेँ, तब म ब्रदर-सिस्टरहरूसँग सल्लाह लिन्थेँ, र समाधान निश्चित गरेपछि मात्र जवाफ दिन्थेँ। केही समय यसरी अभ्यास गरेपछि, आफ्‍नो कर्तव्यप्रतिको मेरो मनोवृत्ति परिवर्तन भयो, र मैले मेरा प्राविधिक सीपहरूमा उल्लेखनीय प्रगति गरेँ। अहिले मेरो भ्रष्ट स्वभावबारे मेरो बुझाइ गहिरो नभए तापनि, म मेरो नीचता समाधान गर्न र मेरो कर्तव्य मानकअनुरूप निर्वाह गर्न परमेश्‍वरमा भर पर्न इच्छुक छु।

अघिल्लो: ५१. मैले आफ्नो अन्योल किन लुकाएँ

अर्को: ५३. मेरो परिवारको पिँजडाबाट उम्‍कँदा

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्