२५. जिम्मेवारी स्विकारेर राजीनामा दिएपछिको चिन्तन

ली शुए, चीन

सन् २०२१ मा, मलाई मण्डली अगुवा चुनियो। मैले पहिले सधैँ एकल-कार्य काम गरेकी हुनाले, म मण्डलीको समग्र कामसित त्यति परिचित थिइनँ, त्यसैले मलाई आफूले राम्रो गर्न नसकेको खण्डमा बर्खास्त गरिनेछ, र त्यो त साह्रै लाजमर्दो हुनेछ भन्ने कुराको चिन्ता लाग्यो। तर मैले सोचेँ, “हामीले हरेक चरणमा निर्वाह गर्ने जुनसुकै कर्तव्य परमेश्‍वरद्वारा पूर्वनिर्धारित हुन्छ, त्यसैले ब्रदर-सिस्टरहरूले मलाई अगुवा चुनेको हुनाले, के उनीहरूले म यो काम गर्न योग्य छु भनी सोचेका हुन् त?” त्यसैले मैले त्यो काम स्विकार्ने र तालिम गरेर प्रयास गर्ने निर्णय गरेँ। पछि, जब मेरी सहकर्मी सिस्टर, झाओ युन र म हाम्रो बीचमा काम बाँडफाँड गर्दै थियौँ, कडा परिश्रम गरेँ भने, म त्यो काम राम्ररी गर्न सक्छु भन्ने सोच्दै, मैले आफू अलि सिपालु भएका केही काम रोजेँ। केही समयपछि नै, काम सारांशीकरण गर्ने बेला आयो, र मैले कामका धेरै विवरण आफूले बोध गरेकी रहेनछु भनेर बुझेँ, र मैले त्यसउप्रान्त अझ विशेष तरिकाले काम सम्हाल्न चाहेँ। तर जब मैले वास्तवमा त्यो गर्ने प्रयास गरेँ, तब त्यो आफूले सोचेजस्तो सजिलो रहेनछ भन्ने थाहा पाएँ, अनि यस्ता धेरै समस्या र कठिनाइ थिए, जसमा कहाँबाट सुरु गर्ने भन्ने समेत मलाई थाहा थिएन। मैले सोचेँ, “म यो कर्तव्य लगभग दुई महिनादेखि निर्वाह गर्दै आइरहेकी छु, र मैले राम्ररी पूरा नगरेका धेरै काम अझै बाँकी छन्। के माथिल्लो अगुवाले ममा यो कर्तव्य सम्हाल्ने कार्य सामर्थ्यको कमी छ भन्नुहुनेछ?” मैले यसबारे जति धेरै सोचेँ, त्यति नै बढी दबाब महसुस गरेँ, त्यसैले मैले माथिल्लो अगुवासँग बरु एकल-कार्य काम गर्नेबारे कुरा गर्न चाहेँ। कम्तीमा त्यसरी म त्यति असक्षम देखिनेथिइनँ। त्यसैले मैले अगुवालाई भनेँ, “मलाई मेरो क्षमता कमजोर छ भन्ने लाग्छ, र म मण्डली कामको अगुवाइ गर्न उपयुक्त छैनँ। बरु म एकल-कार्य काम गर्न रुचाउँछु।” अगुवाले भन्नुभयो, “तिमीले सुरुमा काम गर्दा दबाब महसुस गर्नु सामान्य हो, केही समय तालिम लिएपछि तिमीलाई राम्रो लाग्नेछ।” अगुवाले यसो भनेको सुन्दा, मैले सोचेँ, “त्यसोभए यो त मैले लामो तालिम नलिएकीले मात्रै रहेछ। यदि मैले अझै केही समय तालिम लिएँ र केही प्रयास लगाएँ भने, के म काम राम्ररी गर्न सक्नेछु होला?” त्यसपछि, मैले आफूलाई आफ्नो कर्तव्यमा समर्पित गरिरहेँ, र आफूले नबुझेको कुनै कुरा आइपर्दा, म झाओ युनबाट सिक्थेँ। बिस्तारै, मैले केही काम बोध गर्न सकेँ।

जुन २०२२ मा, झाओ युनलाई अर्को कर्तव्यमा खटाइयो, र मैले र नयाँ चुनिएकी अगुवा, सिस्टर वू फानले मण्डलीको काम सम्हाल्यौँ। तर झाओ युन जिम्मेवार रहेको कामसित म त्यति परिचित थिइनँ, र त्यसबेला वू फानलाई सन्चो नभएकाले, धेरैजसो काम मेरो काँधमा आइपर्‍यो, र मैले धेरै दबाब महसुस गरेँ। ममा धेरै पेसागत सीपहरूको कमी भएकाले, भेलाहरूको दौरान, मैले ब्रदर-सिस्टरहरूका केही स्थिति समाधान गर्न सङ्गति मात्र गर्न सकेँ, तर काममा उत्पन्न भएका समस्या र विचलनहरू सम्बोधन गरिनँ। एकपटक म भेलामा उपस्थित हुँदा, ब्रदर-सिस्टरहरूले भने, “झाओ युन भेलाका लागि यहाँ हुँदा, काममा अड्किँदा, उहाँ कारणहरू जाँचेर समस्याहरू समाधान गर्नुहुन्थ्यो, तर तपाईँ भेलाहरूमा आउँदा, स्थितिहरू मात्र समाधान गर्नुहुन्छ र हाम्रो काम विश्लेषण र सारांशीकरण गर्न हामीलाई बिरलै सहयोग गर्नुहुन्छ। हामी आफ्नो कमजोर कार्यसम्पादनले हाम्रो स्थितिलाई असर गर्ने हुनाले कठिनाइहरू सामना गर्छौँ।” त्यसपछि ब्रदर-सिस्टरहरूले मलाई अनुभवात्मक गवाही भिडियो: म कसरी झूटो अगुवा बनेँ हेर्न सिफारिस गरे। मैले सोचेँ, “उनीहरू भन्छन्, म झाओ युन जत्तिको राम्रो छैन; कतै उनीहरूले ममा कुनै कार्य सामर्थ्य छैन भन्ने सोचेर मलाई खुट्ट्याउन थालेका त होइनन्? के उनीहरूले मेरो रिपोर्ट गर्न लागेका हुन्? हालसालै मण्डलीको कामका समग्र नतिजाहरू त्यति राम्रा भएका छैनन्, र यदि मेरो साँच्चै रिपोर्ट गरियो, र माथिल्लो अगुवाले काम जाँच्नुभयो भने, उनले निश्चय नै मेरो क्षमता कमजोर छ र यति लामो समयपछि पनि म अझै काम सम्हाल्न असक्षम छु भन्नुहुनेछ। यदि मेरो रिपोर्ट गरिएर म बर्खास्त हुने अवस्था आयो भने, त्यो त साह्रै लाजमर्दो हुनेछ। बरु मैले पहिल्यै जिम्मेवारी स्विकारेर राजीनामा दिनु नै बेस हुन सक्छ, त्यसरी कम्तीमा म केही आत्म-सचेतना त देखाउनेछु।” त्यस दौरान, मेरो मनमा जिम्मेवारी स्विकारेर राजीनामा दिने सोच घरिघरि आउँथ्यो। एक दिन, मैले संयोगवश वू फान र माथिल्लो अगुवाले मेरो काममा रहेका केही विचलनबारे छलफल गरिरहेको सुनेँ। मैले मनमनै सोचेँ, “के उनीहरूलाई पनि ममा क्षमता र कार्य सामर्थ्यको कमी छ भन्ने लाग्छ?” त्यसपछि मैले हाल कामले कुनै नतिजा नल्याएकोबारे र ब्रदर-सिस्टरहरूले मेरोबारे भनेका कुराहरूबारे सोचेँ, त्यसैले मैले राजीनामा पत्र लेखेँ।

पत्र पठाएपछि, मलाई असहज महसुस भयो। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र मेरो राजीनामा सिद्धान्तअनुरूप छ कि छैन भनी खोजी गरेँ। पछि, मैले “दायित्व बहन र पद-त्यागसम्‍बन्धी सिद्धान्तहरू” मा यसो भनिएको छ भनेर पढेँ: “(१) सत्यतालाई स्वीकार नगर्ने, व्यवहारिक काम गर्न नसक्‍ने, र केही समयदेखि पवित्र आत्‍माको कार्यविहीन रहेको झूटा अगुवा वा सेवकले दायित्व वहन गरेर पद-त्याग गर्नैपर्छ; (२) कार्य बन्दोबस्तहरू वा प्रवचन तथा सङ्गति जारी वा कार्यान्वयन गर्न इन्कार गरेर परमेश्‍वरका चुनिएका मानिसहरूलाई माथिबाट दिइने नेतृत्व र गोठालोपन प्राप्त गर्ने मार्गमा खडा हुने जोकोहीले दायित्व वहन गरेर पद-त्याग गर्नैपर्छ; (३) कार्य बन्दोबस्तहरूलाई उल्‍लङ्घन गरेर खतरापूर्ण काम गरी परमेश्‍वरको घरको काम र उहाँका चुनिएका मानिसहरूलाई ठूलो घाटामा पार्ने र विपत्तिमा पार्ने जोकोहीले दायित्व वहन गरेर पद-त्याग गर्नैपर्छ” (सत्यता अभ्यास गर्ने १७० सिद्धान्त, ६५. दायित्व बहन र पद-त्यागसम्‍बन्धी सिद्धान्तहरू”)। मैले अगुवा र कामदारहरूले जिम्मेवारी स्विकारेर राजीनामा दिनु सिद्धान्तनिष्ठ हुन्छ भन्ने देखेँ। वास्तविक काम गर्न नसक्ने, कार्य प्रबन्धहरू लागू नगर्ने वा काममा रोकटोक गर्ने, र परमेश्‍वरको घरको काममा ठूलो नोक्सानी पुर्‍याउने अगुवा र कामदारहरूले जिम्मेवारी स्विकारेर राजीनामा दिनैपर्छ। सिद्धान्तका आधारमा आफूलाई हेर्दा, मैले आफू अगुवाका रूपमा काम गर्दाको समयमा, नतिजाहरू अलि कमजोर भए पनि, आफूले कामको प्रगतिमा ढिलाइ वा रोकटोक नगरेको, र आफू पूर्ण रूपमा वास्तविक काम गर्न असक्षम नरहेको देखेँ। मलजल गर्ने काममा रोकटोक गरिएको समयजस्तै, मेरो खोजी र सङ्गतिमार्फत, मलजल गरिँदै गरेका नयाँ विश्‍वासीहरूको स्थिति अलि सुध्रियो, र उनीहरूले आफ्ना कर्तव्यहरू आफ्नो क्षमताले भ्याएसम्म निर्वाह गर्न थाले। कहिलेकाहीँ, मैले समस्याहरू छर्लङ्ग देख्न नसकेकाले गर्दा कामको कार्यान्वयन राम्ररी हुँदैनथ्यो वा विचलनहरू आउँथे। तर, सान्दर्भिक सिद्धान्तहरू खोजेर, मैले परिस्थितिहरू बदल्न सकेँ, र मैले मण्डलीको काममा अवरोध वा बाधा पुर्‍याइनँ। यसबाहेक, म पहिले अगुवा वा कामदार भएकी थिइनँ, र मैले विभिन्न काममा संलग्न सिद्धान्तहरू बुझेकी थिइनँ, तर सिकाइ र तालिममार्फत, मैले बिस्तारै केही सिद्धान्त बोध गरेँ र केही समस्या पहिचान गर्न सकेँ। मेरा समाधानहरू पूर्ण नभए तापनि, म वास्तविक काम गर्न पूर्ण रूपमा असक्षम थिइनँ। सिद्धान्तहरूअनुसार मूल्याङ्कन गर्दा, मैले आफू जिम्मेवारी स्विकारेर राजीनामा दिनुपर्ने हदमा पुगेकी रहेनछु भन्ने देखेँ। त्यसैले, मैले खोजी र चिन्तन गर्दै आफैलाई सोधेँ, “यी मामिलाहरू सामना गर्दा, मैले किन सत्यता खोजिनँ वा मेरो काममा नतिजाहरूको कमी हुनुका कारणहरू सारांशीकरण गरिनँ, बरु जिम्मेवारी स्विकारेर राजीनामा दिने आवश्यकता महसुस गरेँ?” मैले परमेश्‍वरका वचनहरू सम्झेँ: “अधिकांश मानिसहरू सत्यता खोज्नुको सट्टा सानातिना चालहरूको सहारा लिन्छन्। तिनीहरू आफ्नै हित, अभिमान, र अरू मानिसहरूको मनमा आफ्नो स्थान वा हैसियतलाई ठूलो महत्त्व दिन्छन्। तिनीहरूले कदर गर्ने कुराहरू यिनै मात्र हुन्। तिनीहरू यी कुराहरूमा दह्रोसँग टाँसिन्छन् र तिनलाई आफ्नो जीवन नै ठान्छन्—तिनीहरू परमेश्‍वर यी कुराहरूलाई कसरी हेर्नुहुन्छ र व्यवहार गर्नुहुन्छ भन्‍ने कुरासँग कुनै सरोकार राख्दैनन्; तिनीहरू पहिले आफू समूहको मालिक हुँ कि होइन, आफूले अरूले उच्च सम्मान गर्ने पद सुरक्षित गर्न सक्छु कि सक्दिनँ, र कसैले आफूले भनेको कुरा सुन्छ कि सुन्दैन भन्ने कुरासँग सरोकार राख्छन्। तिनीहरू पहिले त्यो पद ओगट्नतिर लाग्छन्। समूहमा हुँदा, लगभग सबै मानिस यस प्रकारको पद, यस प्रकारको अवसर खोज्छन्। यदि तिनीहरू अत्यधिक सक्षम छन् भने, तिनीहरूले अवश्यै शीर्ष स्थान ओगट्ने प्रयास गर्छन्। यदि तिनीहरू औसत मात्रै छन् भने, तिनीहरूले अझै पनि समूहमा एक प्रमुख पद धारण गर्ने प्रयास गर्छन्। अनि यदि तिनीहरू समूहको तल्लो तहमा छन्, औसत क्षमता र सक्षमताका छन् भने, तिनीहरूले अरूलाई आफूलाई उच्च सम्मान गर्न लगाउने प्रयास पनि गर्छन्; तिनीहरूले अरूलाई आफूलाई हेयको नजरले हेर्न दिन सक्दैनन्। यी मानिसहरूले आफ्नो अभिमान र इज्जतमा नै सीमा कोर्छन्; तिनीहरूले यी कुराहरूलाई समातिराख्नैपर्छ भनी सोच्छन्। तिनीहरूले आफ्नो निष्ठा गुमाए पनि, वा परमेश्‍वर तिनीहरूसँग अप्रसन्‍न हुनुभए पनि र तिनीहरूलाई मान्यता दिनुहुन्न भने पनि, तिनीहरू अझै आफ्नो अभिमान र हैसियतका लागि लागिपर्नुपर्छ; तिनीहरू हर हालतमा अपमानबाट जोगिनैपर्छ। यो एक शैतानी स्वभाव हो। तैपनि तिनीहरू यो महसुस गर्दैनन्। तिनीहरूले आफूसँग बाँकी रहेको थोरै अभिमान गुमाउन सकिन्न भनी सोच्छन्। तिनीहरूलाई के थाहा छैन भने, जब यी सतही कुराहरू पूर्ण रूपमा त्यागिन्छन् र छोडिन्छन्, तब मात्रै तिनीहरू वास्तविक मानिस बन्नेछन्, र यदि तिनीहरूले त्यागिनुपर्ने यी कुराहरूलाई आफ्नो जीवनझैँ गरी जोगाए भने, तिनीहरूको जीवन गुम्नेछ। तिनीहरूलाई के दाउमा छ भन्‍ने कुरा थाहै छैन। त्यसकारण, आफूले गर्ने जुनै कुरामा पनि, तिनीहरू सधैँ केही कुरा लुकाएर राख्छन्, तिनीहरू सधैँ आफ्नै अभिमान र हैसियतको रक्षा गर्नको खातिर काम गर्छन्, र तिनीहरूले यी कुराहरूलाई प्राथमिकता दिन्छन्। तिनीहरू आफ्नै खातिर मात्रै बोल्छन् र भ्रामक तर्कहरू गर्छन्—तिनीहरूले आफ्नै लागि जे पनि गर्नेछन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वर व्यक्तिले आफ्नो जीवनभन्दा बढी आफ्नो इज्जत र हैसियतलाई महत्त्व दिनुले शैतानी स्वभाव प्रकट गर्छ भनी खुलासा गर्नुहुन्छ। चिन्तनमार्फत, मैले राजीनामा दिन चाहनुको कारण मुख्यतः आफ्नो इज्जत र हैसियतको सुरक्षा गर्न चाहनु, र म आफ्नो हैसियतबारे अत्यधिक चिन्तित भएकीले रहेछ भन्ने बुझेँ। जब काम प्रभावहीन हुन्थ्यो र ब्रदर-सिस्टरहरूले मेरो काममा भएका विचलन र समस्याहरू औँल्याउँथेँ, तब म उनीहरूले मलाई झुटो अगुवा, र म वास्तविक काम नगरी पद ओगटिरहेकी छु भन्लान् भनेर डराउँथेँ। म अरूले मलाई होच्याऊन वा म कुनै कामको छैन भनून् भन्ने चाहन्नथेँ, त्यसैले आफ्नो इज्जत र हैसियतको सुरक्षा गर्न, म पूरै पछि हट्न चाहन्थेँ, ताकि ब्रदर-सिस्टरहरूले कम्तीमा ममा केही आत्म-सचेतना छ भन्ने देखून्, यसरी मैले आफ्नो बाँकी रहेको अलिकति मर्यादा जोगाऊँ। वास्तवमा, ब्रदर-सिस्टरहरूले मेरा कर्तव्यमा औँल्याएका विचलन र कमीकमजोरीहरू साँचो थिए, र उनीहरूले मण्डलीको कामको सुरक्षा गर्दै मलाई मद्दत गरिरहेका थिए, तर मैले यसलाई सकारात्मक रूपमा लिइनँ। बरु, मैले उनीहरूले मलाई कमजोर क्षमताको र कार्य सामर्थ्यहीन ठानेको अनुमान लगाएँ, र मलाई उनीहरूले म वास्तविक काम गर्न नसक्ने झुटो अगुवा हुँ भन्लान्, र त्यसको अर्थ म फेरि आफ्नो अनुहार देखाउन सक्दिनँ भन्ने हो भनेर झनै डर लाग्यो। त्यसैले म इज्जत र हैसियत गुमाउनुभन्दा राजीनामा दिन बढी इच्छुक थिएँ। मेरो कामका कमजोर नतिजाहरू मेरो कार्य सामर्थ्यको कमीसँग सम्बन्धित भए तापनि, यो मैले राजीनामा दिन चाहनुको मुख्य कारण थिएन। मुख्य कारण त के थियो भने मैले आफूले आफ्नो काम राम्ररी गरेकी छैनँ र ब्रदर-सिस्टरहरूको अगाडि इज्जत गुमाएकी छु भनी बुझेँ, त्यसैले मैले अरूको हृदयमा आफ्नो छवि र हैसियत गुमाउनुभन्दा बरु आफ्ना कर्तव्य र जिम्मेवारीहरू त्याग्न रुचाएँ। मैले आफ्नो कर्तव्य र सत्यतालाई भन्दा धेरे आफ्नो इज्जतलाई महत्त्व दिएकी रहेछु, र यदि मैले आफ्नो यो स्थिति नबदल्ने हो भने, अन्त्यमा केही पनि पाउनेछैनँ भनेर बुझेँ!

पछि, मैले परमेश्‍वरका थप वचनहरू पढेँ: “तैँले परमेश्‍वरका आज्ञाहरूलाई कसरी व्यवहार गर्नुपर्छ भन्‍ने कुरा अत्यन्तै महत्त्वपूर्ण छ। यो एकदमै गम्भीर कुरा हो! यदि परमेश्‍वरले तँलाई सुम्‍पनुभएको कुरा तँ पूरा गर्न सक्दैनस् भने, तँ उहाँको उपस्थितिमा जिउन लायक छैनस् र तैँले आफ्नो दण्ड स्विकार्नुपर्छ। परमेश्‍वरले सुम्पनुभएका आज्ञाहरू मानिसहरूले पूरा गर्नु पूर्ण रूपमा स्वाभाविक र न्यायोचित हो। यो मानिसको सर्वोच्च जिम्मेवारी हो, र यो उसको जीवनजत्तिकै नै महत्त्वपूर्ण छ। यदि तैँले परमेश्‍वरका आज्ञाहरूलाई हल्का रूपमा लिन्छस् भने, यो परमेश्‍वरलाई दिइएको सबैभन्दा गम्भीर धोका हो। त्यसो गरेर, तँ यहूदाभन्दा पनि बढी निन्दनीय हुन्छस्, र तँ श्रापित हुनुपर्छ। मानिसहरूले परमेश्‍वरका आज्ञाहरूलाई कसरी व्यवहार गर्ने भन्‍नेबारेमा स्पष्ट बुझाइ प्राप्त गर्नैपर्छ र, कम्तीमा पनि, तिनीहरूले यो बुझ्नुपर्छ: परमेश्‍वरले मानिसहरूलाई आज्ञाहरू सुम्पनु भनेको उहाँले मानिसलाई उच्च पार्नुभएको हो, र यो उहाँले मानिसलाई देखाउने एक प्रकारको विशेष अनुग्रह हो, यो सबैभन्दा महिमामयी कुरा हो, र अरू सबै कुरा—आफ्नै जीवन समेत—त्याग्न सकिन्छ—तर परमेश्‍वरका आज्ञाहरू पूरा गरिनैपर्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने)। मैले परमेश्‍वरका वचनहरूमा बारम्बार मनन गरेँ। यी वचनहरूमा न्याय थियो, र मलाई दुःख लाग्यो र दोषी महसुस भयो। आफ्नो इज्जत र हैसियतको सुरक्षा गर्न, मैले जिम्मेवारी स्विकारेर राजीनामा दिएँ, र आफूमा आत्म-सचेतना छ भन्नेसमेत सोचेँ, तर परमेश्‍वरको नजरमा, यसको प्रकृति विश्‍वासघात थियो। मण्डलीले मलाई मण्डलीको कामको सुरक्षा गर्न लगाउन, र साथसाथै, सत्यताका विभिन्न पक्षमा प्रवेश गर्ने अभ्यास गराउन अगुवा बन्ने मौका दिएको थियो। यो परमेश्‍वरद्वारा मलाई गरिएको उत्थान र उहाँले ममाथि राखेको बोझ थियो। यदि ममा थोरै मानवता र समझ, र परमेश्‍वरको डर मान्‍ने हृदय भएको भए, म राजीनामा दिएर परमेश्‍वरलाई विश्‍वासघात गर्न चाहनेथिइनँ, र काम जतिसुकै कठिन भए तापनि, म प्रार्थना गरेर परमेश्‍वरमा भर पर्नेथिएँ, आफ्नो क्षमताअनुसार आफ्ना जिम्मेवारीहरू पूरा गर्न सक्दो प्रयास गर्नेथिएँ, र कम्तीमा पनि, म मण्डलीको काम प्रभावित हुन दिनेथिइनँ। तर जब मैले आफ्नो कर्तव्यमा कठिनाइहरू सामना गरेँ र काम प्रभावित भयो, तब म मण्डलीको कामको सुरक्षा गर्न असफल त भएँ नै, पछि पनि हटेँ। मलाई वू फान भर्खरै अगुवा बनेकी हुन् र कामसँग अपरिचित छिन्, र मण्डलीको काममा समाधान नभएका अझै धेरै समस्या छन् भन्ने राम्ररी थाहा थियो, तैपनि मैले राजीनामा दिन रोजेँ। मैले आफ्नो विवेकले काम गर्न छोडेको रहेछ भन्ने देखेँ। यो बुझेर, मैले पश्चात्तापमा परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, म अबउप्रान्त आफ्नो भ्रष्ट स्वभावअनुसार जिउन चाहन्नँ। मैले आफ्नो कर्तव्यमा जस्तोसुकै कठिनाइहरू सामना गरे पनि, म अब राजीनामा दिन चाहन्नँ, र जबसम्म म यो कर्तव्य निर्वाह गर्न सक्छु, तबसम्म म त्यो राम्ररी निर्वाह गर्न तपाईँमा भर पर्न इच्छुक छु।”

त्यसपछि, मैले आफ्ना कमीकमजोरीहरूका आधारमा समाधानहरू खोज्न थालेँ। मैले परमेश्‍वरका वचनहरू पढेँ: “अगुवाको नाताले, कामको बन्दोबस्त गरेपछि, तैँले कामको प्रगतिबारे अनुगमन गर्नैपर्छ। तँ त्यस क्षेत्रको कामसित परिचित नभए पनि—तँसँग यसबारे कुनै ज्ञान नभए पनि—तैँले कुनै उपाय खोजेर आफ्नो काम गर्न सक्छस्। तैँले छानबिन गर्न र सुझावहरू दिनका लागि त्यसलाई साँच्चिकै बोध गरेको, सम्बन्धित पेसा बुझेको व्यक्ति भेटाउन सक्छस्। तिनीहरूका सुझावहरूबाट तैँले उचित सिद्धान्तहरू पहिचान गर्न सक्छस्, र त्यसरी तैँले कामको अनुगमन गर्न सक्‍नेछस्। सम्‍बन्धित पेसासित तँ परिचित भए पनि नभए पनि वा तैँले त्यसलाई बुझे पनि नबुझे पनि, तैँले कम्तीमा पनि उक्त कामको नेतृत्व लिनुपर्छ, यसको अनुगमन गर्नुपर्छ, र निरन्तर रूपमा यसको प्रगतिबारे सोधपुछ गर्नुपर्छ र प्रश्‍नहरू सोध्नुपर्छ। तैँले यस्ता मामलाहरूको बोध कायम राख्‍नुपर्छ; यो तेरो जिम्‍मेवारी हो, यो तेरो कामकै पाटो हो(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (४))। अगुवा र कामदारहरूले कसरी वास्तविक काम गर्नुपर्छ भन्नेबारे परमेश्‍वरले अभ्यासको एउटा एकदमै विशेष मार्ग सङ्गति गर्नुभएको छ। अगुवा र कामदारहरूले वास्तवमा त्यस काममा भाग लिन, ब्रदर-सिस्टरहरूको काम प्रभावहीन हुनुका कारणहरू जाँच्न, समाधानहरू खोज्न छलफलमा भाग लिन आवश्यक छ, र केवल काम लागू गर्नु वा आफूले भेट्टाएका समस्याहरूबारे सामान्य सङ्गति दिनु र त्यो सकियो भनेर ठान्नु हुँदैन। उनीहरूले यी समस्याहरूको पछाडिका कारणहरू पहिचान गर्न र विस्तारमा अनुगमन गर्न पनि आवश्यक छ। यदि यो ब्रदर-सिस्टरहरूको स्थितिको समस्या हो भने, उनीहरूले यो समाधान गर्न वास्तवमा सत्यता सङ्गति गर्नैपर्छ, र यदि यो सीपको समस्या हो भने, उनीहरूले समाधानहरू खोज्न ब्रदर-सिस्टरहरूसँग मिलेर सारांशीकरण गर्न र सिक्न आवश्यक छ। विगतमा म सोच्थेँ, म पेसागत सीपहरूसँग सम्बन्धित काम बुझ्दिनँ, र ब्रदर-सिस्टरहरूको स्थिति समाधान गर्न सङ्गति गर्नु नै पर्याप्त छ, तर अब मैले यो विचलन थियो भन्ने बुझेँ, किनकि स्थितिहरूबारे मात्र सङ्गति गरेर वास्तविक समस्याहरू समाधान हुँदैनन्, र काममा अझै पनि कुनै नतिजा प्राप्त हुँदैन। यसका लागि अगुवा र कामदारहरूले समाधानहरू खोज्न ब्रदर-सिस्टरहरूसँग मिलेर काम गर्न, अनि सङ्गति गर्न र तिनमा सँगै प्रवेश गर्न सान्दर्भिक सिद्धान्तहरू खोज्न आवश्यक छ। जब मैले यी कुराहरू बुझेँ, मेरो स्थिति सुध्रियो। त्यसपछिका केही दिन माथिल्लो अगुवाले पनि मलाई सङ्गति गर्नुभयो र मद्दत दिनुभयो, र अन्त्यमा, मण्डलीले मेरो राजीनामा स्वीकार गरेन। जब मैले आफू कसरी एकदमै विद्रोही थिएँ र पनि परमेश्‍वरको घरले मलाई मौका दिएको थियो भन्ने देखेँ, मलाई परमेश्‍वरप्रति अत्यन्तै ऋणी महसुस भयो, र म आफ्नो कर्तव्यप्रतिको मेरो पहिलेको मनोवृत्ति परिवर्तन गर्न र राम्ररी काम गर्न थाल्न इच्छुक भएँ। त्यसबेलादेखि, जब काममा समस्याहरू उत्पन्न हुन्थे, म ब्रदर-सिस्टरहरूसँग छलफल र कुराकानी गर्थेँ, र यदि त्यो कुनै सीपको समस्या हुन्थ्यो भने, म ब्रदर-सिस्टरहरूसँग परामर्श लिन्थेँ र सुझावहरू खोज्थेँ, र म आफ्नो कर्तव्यमा भएका कठिनाइहरूबारे जान्न वास्तवमा सिद्धान्तहरू र सान्दर्भिक पेसागत ज्ञान पनि खोज्थेँ। केही समयपछि, ब्रदर-सिस्टरहरूले आफ्नो कर्तव्यमा प्राप्त गरिरहेका नतिजाहरू केही हदसम्म सुधार भए।

पछि, ब्रदर-सिस्टरहरूसँग सङ्गति गरेर, मैले आफूले राजीनामा दिन चाहनुका कारणहरूबारे केही अझ गहन बुझाइ प्राप्त गरेँ। मैले परमेश्‍वरका केही वचन पढेँ: “मानिसहरूले आफूलाई धेरै सिद्ध, धेरै विशिष्ट, धेरै कुलीन, वा अरूभन्दा धेरै फरक सोच्नु हुँदैन; यो सबै मानिसको अहङ्कारी स्वभाव र अज्ञानताबाट आउँदछ। सधैँ आफूलाई अलग ठान्नु—यो अहङ्कारी स्वभावले गराउँछ; आफ्‍ना कमीकमजोरीलाई कहिल्यै स्वीकार गर्न नसक्नु, र कहिल्यै आफ्ना गल्ती र असफलताहरू सामना गर्न नसक्नु—यो अहङ्कारी स्वभावले गराउँछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। व्यक्तिको आत्मआचरणलाई मार्गदर्शन गर्नुपर्ने सिद्धान्तहरू)। “अहङ्कारी र आत्मधर्मी मानिसहरू प्रायः यस्तै हुन्छन्। परमेश्‍वर समाधानहरूका लागि अधीर नहुन भन्‍नुहुन्छ, उहाँ सत्यता खोज्नू र सिद्धान्तअनुसार कार्य गर्नू भन्नुहुन्छ, तर अहङ्कारी र आत्मधर्मी मानिसहरू परमेश्‍वरका यी मापदण्डहरूलाई ध्यानपूर्वक विचार गर्दैनन्। बरु, तिनीहरू शक्ति र तागतसाथ कामकुरा पूरा गर्न, सफा र सुन्दर तरिकाले कामकुरा गर्न, र आँखा झिमिक्क गर्दा अरू सबैलाई उछिन्न जिद्दी गर्छन्। तिनीहरू महामानव बन्न चाहन्छन् र सामान्य मानिस बन्न इन्कार गर्छन्। के यो परमेश्‍वरले मानिसका लागि स्थापित गरेका प्रकृतिक नियमहरूविपरीत जानु होइन र? (हो।) पक्कै पनि, तिनीहरू सामान्य मानिस होइनन्। तिनीहरूमा सामान्य मानवताको कमी छ, र तिनीहरू अति अहङ्कारी छन्। तिनीहरू सामान्य मानवताको दायराभित्रका मापदण्डहरूलाई बेवास्ता गर्छन् जुन परमेश्‍वरले मानवजातिका लागि अघि सार्नुभएको छ। तिनीहरू सामान्य मानवता भएका मानिसहरूले प्राप्त गर्न सक्ने ती मानकहरूलाई बेवास्ता गर्छन् जुन परमेश्‍वरले मानवजातिका लागि तय गर्नुभएको छ। त्यसकारण, तिनीहरू परमेश्‍वरका मापदण्डहरूलाई तिरस्कार गर्छन् र यस्तो सोच्छन्, ‘परमेश्‍वरका मापदण्डहरू अति तुच्छ छन्। परमेश्‍वरका विश्‍वासीहरू कसरी सामान्य मानिस हुन सक्छन्? तिनीहरू पक्कै पनि असाधारण मानिस, सामान्य मानिसलाई पार गर्ने र उछिन्ने व्यक्ति हुनुपर्छ। तिनीहरू महान्‌ र नामी व्यक्तित्वहरू नै हुनुपर्छ।’ तिनीहरू परमेश्‍वरका वचनहरूलाई बेवास्ता गर्छन्, र परमेश्‍वरका वचनहरू सही र सत्यता भए पनि, ती केवल अति साधारण र सामान्य छन् भन्ठान्छन्, त्यसैले तिनीहरू उहाँका वचनहरूलाई उपेक्षा गर्छन् र तुच्छ ठान्छन्। तर ती तथाकथित महामानव र महान् व्यक्तित्वहरूले त्यसरी इन्कार गर्ने यी सामान्य र साधारण वचनहरूमा नै मानिसहरूले पालना र अभ्यास गर्नुपर्ने सिद्धान्त र मार्गहरू परमेश्‍वर औँल्याउनुहुन्छ। परमेश्‍वरका वचनहरू अति सच्चा, निष्पक्ष, र व्यावहारिक छन्। ती वचनहरूले मानिसबाट उच्च माग बिलकुलै गर्दैनन्। ती सबै त मानिसहरूले प्राप्त गर्न सक्ने र प्राप्त गर्नुपर्ने कुरा हुन्। यदि मानिसमा थोरै सामान्य समझ छ भने, उसले ज्यादै खुसीले हावामा उछिल्लिन खोज्नु हुँदैन, बरु अडिग भई पाउ धर्तीमै राखी परमेश्‍वरका वचनहरू र सत्यतालाई स्विकार्नुपर्छ, आफ्ना कर्तव्यहरू राम्ररी निर्वाह गर्नुपर्छ, परमेश्‍वरसामु जिउनुपर्छ, र सत्यतालाई आफ्नो आत्म-आचरण र कार्यहरूको सिद्धान्तका रूपमा लिनुपर्छ। तिनीहरू अति नै महत्वाकाङ्क्षी हुनु हुँदैन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरका वचनहरूलाई बहुमूल्य ठान्‍नु नै परमेश्‍वरमाथिको विश्‍वासको जग हो)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले राजीनामा दिने मेरो चाहना आफ्नो अहङ्कारी स्वभावका कारण रहेछ भन्ने बुझेँ। मैले आफूलाई साधारण व्यक्तिको स्थानमा राखिनँ, र मैले आफूलाई बढ्तै आँकेकी रहेछु। म सोच्थेँ, ब्रदर-सिस्टरहरूले मलाई अगुवा चुन्नुले सबैले मलाई सकारात्मक रूपमा हेर्छन् भन्ने सङ्केत गर्छ। त्यसैले म आफूलाई सक्षम प्रमाणित गर्न, र ब्रदर-सिस्टरहरूको प्रशंसा पाउन आफ्नो आफ्ना कर्तव्यहरू राम्ररी निर्वाह गर्न चाहन्थेँ। तर, जब म यो हासिल गर्न असमर्थ भएँ, मैले आफ्ना कमजोरी र कमीहरू सिधै सामना गर्न सकिनँ, र म सही तरिकाले आफ्ना असफलताहरू सामना गर्न झनै कम सक्षम भएँ। जब म पहिलोपटक अगुवा बनेँ, मैले आफ्नो काममा उत्कृष्ट हुन चाहेँ ताकि मैले अरूलाई मेरो प्रशंसा गर्न लगाउन सकूँ, तर केही समयपछि, मैले अझै पनि सिद्धान्तहरू पूर्ण रूपमा बोध गरेकी थिइनँ, र मेरो काममा समस्याहरू आइरहे। त्यसैले मलाई आफू पूर्ण रूपमा अयोग्य भएको महसुस भयो। विशेष गरी झाओ युनलाई अर्को काममा खटाइएपछि, मैले धेरै काम गरे पनि, मेरो काम अझै पनि समस्या र विचलनहरूले भरिएको देखेँ। ब्रदर-सिस्टरहरूले मेरो काम पहिचान त गरेनन् नै, अगुवाहरूले समेत मेरो काममा भएका विचलन र समस्याहरू औँल्याए। मलाई आफूमा कार्य सामर्थ्य र क्षमताको कमी छ भन्ने महसुस भयो, त्यसैले मैले हार मानेर राजीनामा दिने प्रयास गरेँ। मैले देखेँ, मैले आफूलाई अत्यन्तै उच्च ठानेकी थिएँ, अगुवाका रूपमा, मेरा कर्तव्यमा असफलता वा विचलनहरू हुनु हुँदैन, नत्र, मैले आफ्नो अगुवाइको कर्तव्य पूरा गरिरहेकी हुनेछैनँ, जसको अर्थ मैले समस्या खडा गरिरहेकी र ममा समझको कमी देखाइरहेकी हुन्छु भनी सोचेकी थिएँ। सामान्य व्यक्तिको कर्तव्यमा अनिवार्य रूपमा कमजोरीहरू र उसले हासिल गर्न नसक्ने कुराहरू हुन्छन्, र यो परमेश्‍वरको नजरमा पूर्ण रूपमा सामान्य हो, किनकि मानवहरू साधारण मानिस मात्र हुन् र उनीहरूले परमेश्‍वरद्वारा स्थापित सामान्य मानवताको दायरा पार गर्न सक्दैनन्। पहिले, मैले एकल-कार्यको काम मात्र गरेकी थिएँ र म मण्डलीको समग्र काममा संलग्न भएकी थिइनँ, त्यससँगै मेरो क्षमता पनि औसत भएकाले, म मण्डलीका विभिन्न कामका सिद्धान्तहरूमा प्रवेश गर्न सुस्त थिएँ। यसको मतलब मेरा कर्तव्यमा विचलन र त्रुटिहरू उत्पन्न हुनु सामान्य थियो। म ब्रदर-सिस्टरहरूले यी कुराहरू औँल्याएकै बेला सिद्धान्तहरूमा प्रवेश गर्नुपर्थ्यो, तर मैले यसलाई सही तरिकाले लिन सकिनँ, र जबजब मेरो काममा समस्या वा विचलनहरू उत्पन्न हुन्थे, म तिनलाई मेरो कार्य सामर्थ्य अस्वीकार गरिएको रूपमा हेर्थेँ। यी व्यवहारहरूबारे चिन्तन गर्दा, मैले आफू वास्तवमै साँचो रूपमा अहङ्कारी र अज्ञानी रहेछु, र आफूले आफूलाई अत्यन्तै उच्च ठानेकी रहेछु भन्ने बुझेँ। मेरो सबैभन्दा घातक त्रुटि के थियो भने, म अत्यन्तै अहङ्कारी थिएँ, तर म आफूलाई चिन्दिनथिएँ। ब्रदर-सिस्टरहरू मलाई मार्गदर्शन दिन्थे, तर म त्यो स्वीकार गर्दिनथेँ, र म आफूलाई साधारण व्यक्तिका रूपमा पटक्कै हेर्दिनथेँ। मैले आफूमा पूर्ण रूपमा समझको कमी भएको छ भन्ने देखेँ।

केही समयपछि, म जिम्मेवार रहेको भिडियो कामले त्यति राम्रा नतिजाहरू ल्याएन, र माथिल्लो अगुवाले केही समस्या औँल्याउनुभयो। काममा खुलासा भएका समस्याहरू देख्दा, मैले मनमनै सोचेँ, “अगुवाले मेरो बारेमा के सोच्नुहोला? उहाँले पक्कै पनि मैले सिद्धान्तअनुसार कामको निरीक्षण गर्न सकिनँ र मैले वास्तविक काम गरिनँ भन्नुहुनेछ।” तर मलाई धेरै बाँधिएको महसुस भएन, किनकि अगुवाले मेरो कर्तव्यमा भएका कमजोरी र कमीहरू औँल्याउनु भनेको मेरा लागि आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न मद्दत हो भन्ने मैले बुझेकी थिएँ, त्यसैले मैले यी कुराहरूलाई सही रूपमा लिन सकेँ। त्यसपछि, अगुवाले उठाएका मुद्दाहरूका सम्बन्धमा, ब्रदर-सिस्टरहरू र मैले सँगै सान्दर्भिक प्राविधिक ज्ञान अध्ययन गर्‍यौँ, र त्यसपछि हामीले भिडियोहरूमा भएका समस्याहरू वास्तवमै विश्लेषण र सारांशीकरण गऱ्यौँ। यस प्रकारको वास्तविक सहकार्यले काममा भएका केही समस्या र विचलन सच्याउन मद्दत गर्‍यो, र ब्रदर-सिस्टरहरूले आफ्नो कर्तव्यमा केही दिशा पाए। यस अनुभवमार्फत, मैले कठिनाइहरूबाट जोगिनु समस्या समाधान गर्ने तरिका होइन रहेछ, सत्यता खोज्नु र सिद्धान्तहरू बोध गर्न सिक्नु अत्यन्तै महत्त्वपूर्ण रहेछ, र सिद्धान्तअनुसार कर्तव्यहरू पूरा गरेर मात्र काममा नतिजाहरू निस्किन सक्दो रहेछ भन्ने महसुस गरेँ। अब म धेरै राहत महसुस गर्छु, र म परमेश्‍वरलाई उहाँको मार्गदर्शनका लागि धन्यवाद दिन्छु।

अघिल्लो: २४. आफूलाई उचाल्ने र देखावटी गर्नेबारे चिन्तन

अर्को: २६. कर्तव्य फेरबदल हुँदा किन म समर्पित हुन सकिनँ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्