२३. आफ्नो कर्तव्यमा मैले किन कठिनाइहरूको सामना गर्न सकिनँ
सन् २०२१ को नोभेम्बरमा, मलाई मण्डली अगुवा चुनियो। सुरुमा, मैले के सोचेँ भने, यो कर्तव्य निर्वाह गर्दा मैले सत्यता प्रयोग गरेर समस्याहरू समाधान गर्ने अभ्यास गर्न पाउनेछु, जसले मेरो जीवन वृद्धिलाई गति दिनेछ। ममा धेरै कुराको कमी भए तापनि, म स्वीकार र पालन गर्न इच्छुक थिएँ। केही समयको वास्तविक तालिमपछि, मैले के महसुस गरेँ भने मण्डली अगुवाहरूले कामका धेरै पक्षको जिम्मेवारी लिनुपर्ने रहेछ। अगुवाहरूले मण्डली जीवनका साथै मलजल गर्ने काम र सुसमाचारको कामको निगरानी गर्नुपर्ने मात्र नभएर, लेखन-पठनको काम र मण्डली सफा गर्ने कामजस्ता कार्यहरूमा पनि संलग्न हुनुपर्ने रहेछ। मेरो पहिलो हप्तामा, प्रायः हरेक दिन मैले विभिन्न भेला स्थानमा ब्रदर-सिस्टरहरूसँग सङ्गति गरी तिनीहरूको स्थिति समाधान गरिरहेकी थिएँ, साथै सबै कार्यहरूको व्यवस्था र कार्यान्वयन पनि गरिरहेकी थिएँ। म काममा चुर्लुम्म डुबेकी थिएँ। राती घर फर्केर पनि, मैले जवाफ दिनुपर्ने केही पत्रहरू हुन्थे, र मलाई यो कर्तव्य पूरा गर्नु साह्रै थकाइलाग्दो रहेछ भन्ने लाग्यो। मैले कहिले विश्राम पाउने? म शारीरिक रूपमा थकित हुने मात्र होइन, काममा हुने सबै प्रकारका कठिनाइ र समस्याहरूले गर्दा कामसम्बन्धी तनाव पनि सहन गर्नुपर्थ्यो। त्यस समय, मेरो सहकर्मी सिस्टर पारिवारिक मामिलामा अल्झनुभएको थियो, त्यसैले धेरै काममा उहाँले मलाई सहयोग गर्न सक्नुभएन। म एकलै सबै कुरा सम्हाल्न प्रायः असमर्थ हुन्थेँ, र बिस्तारै, सुसमाचार प्रचारक, मलजल गर्ने व्यक्ति र लेखन-पठनको कामको जिम्मा लिने ब्रदर-सिस्टरहरू सबैले अगुवाहरू कमै भेटिने गरेको र कामका बारेमा कुराकानी गर्न नपाएको भनेर भन्न थाले। तिनीहरू सबै मसँग असन्तुष्ट थिए। मैले सम्हाल्नुपर्ने सबै विभिन्न कामका बारेमा सोचेँ; ती सबैका लागि धेरै समय र ऊर्जा चाहिन्थ्यो। त्यसैले, मलाई एउटै कर्तव्य पूरा गर्ने ब्रदर-सिस्टरहरूप्रति अत्यन्तै ईर्ष्या लाग्यो, जो मैलेजस्तो थकित हुनु र धेरै चिन्ता लिनु पर्दैनथ्यो। यस्तो सोचेपछि, म आफ्नो कर्तव्यमा सुरुको भन्दा कम सक्रिय भएँ, र कहिलेकाहीँ, जब माथिल्लो तहका अगुवाहरूले कामको कार्यान्वयन कस्तो भइरहेको छ भनेर रिपोर्ट गर्न भन्नुहुन्थ्यो, तब म सक्रिय रूपमा जवाफ दिँदिनथिएँ।
एक दिन, माथिल्लो तहका अगुवाले मलाई एउटा पत्र पठाउनुभयो, जसमा एउटा निश्चित कामका लागि कम्प्युटरको आधारभूत ज्ञान र सौन्दर्यको परख भएको एक जना प्राविधिक चाहिएको भनी लेखिएको थियो। भित्रभित्रै, म काम गर्न उत्सुक भएँ, र मैले मनमनै सोचेँ, “मैले पहिले भिडिओहरू बनाएकी छु र मसँग केही मात्रामा कम्प्युटर सीप छ। अझ, एउटै कर्तव्य पूरा गर्दा मैले एउटा पेशामा ध्यान केन्द्रित गर्न पाउने छु। म नयाँ कुराहरू सिक्न सक्ने छु, र यो अगुवा हुँदाको जस्तो थकाउ वा चिन्ताप्रद काम हुनेथिएन।” त्यसैले, मैले माथिल्लो तहका अगुवाहरूलाई पत्र लेखी मेरो क्षमता र कार्य गर्ने सामर्थ्य कमजोर छ र म अगुवाइको कर्तव्य गर्न योग्य छैन भनेर बताउने योजना बनाएँ। त्यस बेला, मलाई आफ्नो स्थिति ठीक छैन भन्ने थाहा थियो। मैले, जब म भिडिओ बनाउँदा कठिनाइमा परें, कसरी मैले उचित मूल्य चुकाइनँ र व्यावसायिक सीपहरू अध्ययन गरिनँ भन्ने सम्झेँ। जब मैले अर्को कर्तव्यमा व्यावसायिक कुराहरू धेरै चाहिँदैन भन्ने देखेँ, तब मैले अगुवालाई मेरो कर्तव्य परिवर्तन गर्न अनुरोध गरेँ। मलाई नयाँ कर्तव्यमा खटाइएपछि, सुरुमा त्यहाँ त्यति ठूला कठिनाइहरू थिएनन्, र जब मैले नतिजाहरू देखेँ, तब म आफ्नो काममा जोसिलो भएँ। तर, पछि यो अझ बढी चुनौतीपूर्ण भयो, र मैले थप कठिनाइहरूको सामना गर्नुपर्यो। म यी कठिनाइहरूलाई पार गर्न मूल्य चुकाउन इच्छुक भइनँ, र फेरि मैले अर्को कर्तव्य परिवर्तन गर्न चाहेँ। अन्तमा, मेरो कर्तव्यमा नतिजाहरू खराब भएको कारण मलाई अर्को कर्तव्यमा खटाइयो। अहिले मैले अगुवाइको कर्तव्य निर्वाह गरिरहेकी बेला, कठिनाइहरूको सामना गर्दा मैले किन फेरि आफ्नो कर्तव्य फेर्न चाहेँ? यस प्रकारको स्थितिले मेरो कर्तव्यको कार्यक्षमता असर गरिसकेको थियो, र मैले सकेसम्म चाँडो सत्यता खोजेर यसलाई समाधान गर्नुपर्थ्यो।
भोलिपल्ट बिहान, मेरो आत्मिक भक्तिको समयमा, मैले मेरो स्थितिसँग मेल खाने परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “धेरै मानिसहरूले सत्यता बुझेका हुँदैनन् वा सत्यताको खोजी गर्दैनन्। तिनीहरूले कर्तव्य निर्वाह गर्ने कार्यलाई कसरी लिन्छन्? तिनीहरूले यसलाई एक प्रकारको काम, एक प्रकारको रुचि, वा आफ्नो चासोको लगानीका रूपमा लिन्छन्। तिनीहरूले यसलाई परमेश्वरले दिनुभएको कुनै मिसन वा काम, वा तिनीहरूले पूरा गर्नुपर्ने जिम्मेवारीका रूपमा लिँदैनन्। तिनीहरूले आफ्ना कर्तव्यहरू राम्ररी निर्वाह गर्न सकूँ र परमेश्वरको आज्ञा पूरा गर्न सकूँ भनेर आफ्ना कर्तव्यहरू निर्वाह गर्ने क्रममा सत्यता वा परमेश्वरका अभिप्रायहरू बुझ्ने प्रयास त झनै गर्दैनन्। त्यसकारण, आफ्ना कर्तव्यहरू निर्वाह गर्ने क्रममा कतिपय मानिसहरू अलिकति कठिनाइको सामना गर्नेबित्तिकै अनिच्छुक बन्छन् र भाग्न चाहन्छन्। जब तिनीहरूले केही कठिनाइहरूको सामना गर्छन् वा केही असफलताहरू भोग्छन्, तब तिनीहरू पछि हट्छन्, र फेरि भाग्न चाहन्छन्। तिनीहरू सत्यताको खोजी गर्दैनन्; तिनीहरू भाग्नेबारेमा मात्र सोच्छन्। कछुवा जस्तै, यदि केही समस्या आइपर्यो भने, तिनीहरू आफ्नो खोलमा लुक्ने काम मात्र गर्छन्, त्यसपछि समस्या पार हुञ्जेल पर्खन्छन् अनि मात्र देखा पर्छन्। यस्ता मानिसहरू धेरै छन्। विशेष गरी, कतिपय यस्ता मानिसहरू छन् जसलाई कुनै कामका लागि जिम्मेवारी लिन लगाइयो भने, तिनीहरूले कसरी आफ्नो बफादारी प्रदान गर्न सक्छु, वा यो कर्तव्य कसरी निर्वाह गर्न र यो काम कसरी राम्ररी पूरा गर्न सक्छु भनेर विचार गर्दैनन्। बरु, तिनीहरूले जिम्मेवारीलाई कसरी त्याग्ने, काट-छाँट हुनबाट कसरी जोगिने, कुनै पनि जिम्मेवारी लिनबाट कसरी बच्ने, र समस्या वा गल्तीहरू हुँदा त्यसबाट कसरी सकुशल बाहिर निस्कने भनेर विचार गर्छन्। तिनीहरूले कसरी आफ्ना कर्तव्यहरू राम्ररी निर्वाह गर्ने र आफ्नो बफादारी प्रदान गर्ने भन्ने बारेमा नभई पहिले कसरी आफ्नै भाग्ने बाटो र आफ्नै प्राथमिकता र चासोहरू पूरा गर्ने भनेर विचार गर्छन्। के यस्ता मानिसहरूले सत्यता प्राप्त गर्न सक्छन्? तिनीहरूले सत्यतामा मेहनत गर्दैनन्, र आफ्ना कर्तव्यहरू निर्वाह गर्ने क्रममा सत्यता अभ्यास गर्दैनन्। तिनीहरूको मन आफूसँग जे छ त्यसमा नभई जे छैन त्यसै कुरामा जान्छ। तिनीहरूलाई आज यो गर्न मन लाग्छ, भोलि त्यो गर्न मन लाग्छ, र तिनीहरूलाई अरू सबैको कर्तव्य तिनीहरूको भन्दा राम्रो र सजिलो छ भन्ने लाग्छ। तैपनि, तिनीहरूले सत्यतामा मेहनत गर्दैनन्। तिनीहरू आफ्ना यी विचारहरूमा के-कस्ता समस्याहरू छन् भनेर सोच्दैनन्, र तिनीहरूले समस्याहरू समाधान गर्न सत्यता खोज्दैनन्। तिनीहरूको दिमाग सधैँ आफ्ना सपनाहरू कहिले साकार हुन्छन्, कसले प्रसिद्धि कमाएको छ, कसले माथिबाटको पहिचान पाइरहेको छ, कसले काट-छाँटमा नपरी काम गर्छ र बढुवा हुन्छ भन्ने कुरामा नै केन्द्रित हुन्छ। तिनीहरूको मन यी कुराहरूले भरिएको हुन्छ। के सधैँ यी कुराहरूका बारेमा सोच्ने मानिसहरूले मानकअनुरूप हुनेगरी आफ्नो कर्तव्य निर्वाह गर्न सक्छन्? तिनीहरूले यो कुरा कहिल्यै पूरा गर्न सक्दैनन्। त्यसोभए, कस्ता मानिसहरूले आफ्नो कर्तव्य यसरी निर्वाह गर्छन्? के तिनीहरू सत्यताको पछि लाग्ने मानिसहरू हुन्? सर्वप्रथम, एउटा कुरा निश्चित छ: यस्ता मानिसहरू सत्यताको पछि लाग्दैनन्। तिनीहरू समाजमा जसोतसो जीवन गुजार्दा जस्तै परमेश्वरको घरमा पनि केही आशिष्हरूको आनन्द लिन खोज्छन्, प्रख्यात हुन खोज्छन्, र लोकप्रियता कमाउन खोज्छन्। सारको हिसाबमा भन्दा, तिनीहरू कस्तो प्रकारका मानिसहरू हुन्? तिनीहरू अविश्वासी हुन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक))। परमेश्वरको वचन पढेर मेरो मन छोयो। परमेश्वरले खुलासा गर्नुभएको कुरा मेरो वास्तविक स्थिति नै थियो। आफ्नो कर्तव्य निर्वाह गर्दा कठिनाइहरूको सामना गर्नेबित्तिकै, म पछि हट्न र त्यसबाट जोगिन चाहन्थेँ, सधैँ सजिलो कर्तव्यमा जान सकिन्छ कि भन्ने आशा राख्थेँ। विगतमा, भिडिओहरू बनाउँदा जब म कठिनाइमा पर्थेँ, तब मैले प्राविधिक सीपहरू सिक्न र तीमाथि विजय पाउन परमेश्वरमा भरोसा गरिनँ। बरु, म कठिनाइहरू आइपर्दा पछि हटेँ, यो कर्तव्य धेरै चुनौतीपूर्ण छ, व्यावसायिक सीपहरू सिक्न अत्यन्त धेरै समय र ऊर्जा खर्चनुपर्छ भन्ने सोचेँ। म त्यस्तो कर्तव्य पूरा गर्न रुचाउँथेँ जसमा धेरै व्यावसायिक वा प्राविधिक मागहरू नहोस्; त्यसो हुँदा मैले त्यति धेरै कष्ट भोग्नु वा थकित हुनु पर्दैनथ्यो। देहगत सहजताका लागि, मैले कर्तव्य फेरबदल गरिदिन निवेदन गरेँ। तर, मेरो नयाँ कर्तव्यमा कठिनाइहरू आउँदा, मैले अझै पनि कष्ट भोग्न वा मूल्य चुकाउन चाहिनँ, र फेरि म आफ्नो कर्तव्य परिवर्तन गर्ने बारे सोचेँ। मैले यो स्थितिलाई समाधान गर्न कहिल्यै सत्यता नखोजेकीले, मैले अझै पनि कठिनाइहरूप्रति त्यसरी नै प्रतिक्रिया दिएँ, यो कर्तव्य धेरै गाह्रो छ भन्ने सोच्दै सजिलो कर्तव्य रोज्न चाहेँ। मैले कसरी परमेश्वरले यस्ता मानिसहरू सत्यता पछ्याउँदैनन्, र कठिनाइहरू समाधान गर्न प्रयास गर्ने, परमेश्वरलाई प्रार्थना गर्ने, वा सत्यता खोज्ने गर्दैनन् भनी खुलासा गर्नुहुन्छ भन्ने देखेँ। तिनीहरू आफ्नो कुनै पनि कर्तव्यमा कहिल्यै गम्भीर भएका छैनन्, आफ्नो कर्तव्यलाई मृत्युको परिणामबाट बच्ने माध्यमका रूपमा मात्र प्रयोग गर्छन्। परमेश्वरले यस्ता मानिसहरू अविश्वासी हुन् भनेर भन्नुभएको छ। अविश्वासी शब्द देखेर, मलाई हैरानी र लाज महसुस भयो, र सोचेँ, “मण्डलीले मलाई यति लामो समयदेखि संवर्धन गरेको छ, तर म आफ्नो कर्तव्यमा कष्ट भोग्न डराउँछु र कठिनाइहरू आउँदा पछि हट्छु। मैले मेरो कुनै पनि कर्तव्यलाई अन्त्यसम्म निरन्तरता दिएकी छैन, र मैले कुनै वास्तविक नतिजाहरू ल्याएकी छैन। म साँच्चै नै परमेश्वरप्रति निकै ऋणी छु! यदि मैले व्यावहारिक तरिकाले आफ्नो कर्तव्य पूरा नगर्ने र सत्यताप्रति गम्भीर नहुने वा त्यसमा कुनै प्रयास नगर्ने कुरालाई निरन्तरता दिएँ भने, म अन्तमा प्रकाशित गरिनेछु र हटाइनेछु।” वास्तवमा, मलाई अगुवाका रूपमा संवर्धन गरेर, मण्डलीले मलाई तालिमको अवसर दिइरहेको थियो। मैले धेरै कठिनाइ र समस्याहरूको सामना गर्नु परे पनि र काम व्यस्त र थकाइलाग्दो भए पनि, यदि मैले कठिनाइ र समस्याहरूको सामना गर्दा परमेश्वरलाई प्रार्थना गर्न र उहाँबाट खोज्न सकेँ भने, मैले केही प्राप्त गर्नेछु र केही जीवन वृद्धि हासिल गर्नेछु। यो परमेश्वरले मलाई उन्नयन गर्नुभएको हो! यो कुरा बुझेपछि, म आफ्नो देहविरुद्ध विद्रोह गर्न र कठिनाइहरूको सामना गर्दा धेरै सत्यता खोज्न इच्छुक भएँ, र मैले पहिलेभन्दा धेरै होसियारीसाथ आफ्नो कर्तव्य निर्वाह गरेँ।
तीन महिनापछि, मलाई डिस्ट्रिक्ट अगुवा चुनियो। मैले भर्खरै यो कर्तव्य सम्हालेकी हुनाले, यस्ता धेरै समस्या आए जसलाई कसरी समाधान गर्ने भनेर मैले जानिनँ, तर मैले के सोचेँ भने, मैले भर्खरै तालिम सुरु गरेकी हुनाले, के गर्ने भनेर नजान्नु सामान्य नै हो, त्यसैले म जसरी भए पनि काम पूरा गर्ने प्रयास गर्न इच्छुक भएँ। तर, दुई महिना बितिसकेपछि, मैले सुपरिवेक्षण गरिरहेको मलजल गर्ने कामका नतिजाहरू घट्दै गइरहेको देखेँ। मेरो मन शिथिल भयो, र मलाई यो कर्तव्य साँच्चै कठिन छ भन्ने लाग्यो, अनि सोचेँ, “मलजल गर्ने व्यक्तिहरूसँगको भेला मैले लगभग कहिल्यै छुटाइनँ, र हरेक पटक नै मैले प्रत्येक नयाँ सदस्यलाई मलजल गर्ने काम कस्तो हुँदैछ भनेर विस्तृत रूपमा सोधखोज गरेँ र कमजोर रहेकालाई सहयोग गर्न मानिसहरूको व्यवस्था गरेँ। किन नतिजाहरू सुधार भइरहेको छैन?” म निकै नकारात्मक भएँ, र मैले यस्तो पनि सोचेँ, “म यी वास्तविक समस्याहरू समाधान गर्न सक्दिनँ; बरु एउटै काम मात्र गर्नुपर्ने कर्तव्यमा जानु नै राम्रो हुन्छ। एउटै काम मात्र गर्नुपर्ने कर्तव्यमा, मैले आफ्नो भागको काम मात्र गर्नुपर्नेछ र पूरै कामको चिन्ता लिनुपर्ने छैन। त्यसो हुँदा, यो त्यति थकाइलाग्दो वा गाह्रो हुनेछैन।” जब यी विचारहरू उत्पन्न भए, तब म आफ्नो कर्तव्य पूरा गर्दा झर्किन थालेँ। हरेक दिन जवाफ दिनुपर्ने सबै पत्रहरू देखेर, म गनगन नगरी बस्न सक्थिनँ, र सोच्थेँ, यति धेरै पत्रको जवाफ दिन सम्भव छ र? म प्रयास गर्न र यी पत्रहरूका बारेमा विस्तृत रूपमा सोच्न इच्छुक थिइनँ, र तीमध्ये केहीलाई त म सरसर्ती हेर्थेँ, धेरै जटिल ठानेर त्यसलाई एकातिर पन्छाइदिन्थेँ, र तिनलाई वास्तै गर्दिनथेँ। त्यतिबेला, मैले मलजल गर्ने काममा भएका समस्या र विचलनहरूलाई समयमै पत्ता लगाउन र समीक्षा गर्न सकिनँ, जसले काममा ढिलाइ भयो। एक दिन, माथिल्लो तहका अगुवाहरूले मलाई एउटा पत्र पठाउनुभयो, जसमा हामीले सुपरिवेक्षण गरिरहेको काममा धेरै समस्या छन् र कामले नतिजा दिइरहेको छैन भनेर भनिएको थियो। मैले हृदयमा यसको प्रतिरोध गरेँ, र सोचेँ, “काममा किन यति धेरै समस्या छन्? मैले किन कहिल्यै ती समाधान गरेर टुङ्ग्याउन सक्दिनँ? अझ, मैले गल्ती गर्दा म नै काटछाँटमा पर्नुपर्छ। म यो काम गर्न सक्दिनँ!” मलाई आफ्नो स्थिति गलत रहेको महसुस भयो, र परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, कठिनाइहरूको सामना गर्नसाथ मलाई तनाव महसुस हुन थाल्छ, मभित्र प्रतिरोधको भावना उत्पन्न हुन्छ, र म आफ्नो कर्तव्य जारी राख्न चाहन्नँ। हे परमेश्वर, कृपया मलाई मार्गदर्शन गर्नुहोस् ताकि म सत्यता खोज्न र यो समस्या समाधान गर्न सकूँ।”
मेरो खोजीको क्रममा, मलाई परमेश्वरका वचनहरूको एउटा खण्ड याद आयो। त्यसैले मैले त्यो खोजेँ र पढेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “मानिसहरूले ख्रीष्टले सङ्गति गरेको विशेष कार्य कार्यान्वयन गर्नुपर्दा र विशेष परियोजनाहरूको जिम्मेवारी लिनुपर्दा कठिनाइहरू सामना गर्लान्। नाराहरू फलाक्नु र धर्मसिद्धान्तहरू प्रचार गर्नु सजिलो छ, तर वास्तविक कार्यान्वयन त्यति सजिलो छैन। यी कामहरू गएर वास्तवमै कार्यान्वयन गर्नको लागि, कम्तीमा पनि, मानिसहरूले प्रयत्न गर्नुपर्छ, मूल्य चुकाउनुपर्छ, र समय खर्चनुपर्छ। यो एकातिर उपयुक्त व्यक्तिहरू खोज्ने कार्यसँग सम्बन्धित छ, र अर्कोतिर, संलग्न पेशाबारे सिक्ने, विभिन्न व्यावसायिक पक्षहरूसँग सम्बन्धित आम ज्ञान र सिद्धान्तहरू, र कार्यसञ्चालनका विशिष्ट विधि र शैलीहरू अनुसन्धान गर्ने कार्यसँग सम्बन्धित छ। यसअलावा, तिनीहरूले केही चुनौतीपूर्ण समस्याहरू पनि सामना गर्न सक्छन्। सामान्यतया, यी कठिनाइहरूबारे सुनेपछि सामान्य मानिसहरूले अलि त्रसित, र केही दबाब महसुस गर्छन्, तर जो परमेश्वरप्रति बफादार र समर्पित छन्, तिनीहरूले कठिनाइहरू सामना गर्दा र दबाब महसुस गर्दा मौन रूपमा हृदयमा प्रार्थना गर्नेछन्, र तिनीहरूको आस्था बढाउन र अन्तर्दृष्टि र सहयोगको लागि परमेश्वरलाई मार्गदर्शन माग्छन्, साथै गल्तीहरू गर्नबाट जोगाइमाग्छन्, ताकि तिनीहरूले प्रस्ट विवेक हासिल गर्नहेतु बफादारी निभाउन र सक्दो मेहनत लगाउन सकून्। तर ख्रीष्टविरोधी मानिसहरू यस्ता हुँदैनन्। जब तिनीहरूले काममा ख्रीष्टद्वारा मिलाइएका केही विशिष्ट प्रबन्धहरूबारे सुन्छन्, र जसलाई तिनीहरूले लागु गर्नुपर्ने हुन्छ र जुन काममा केही कठिनाइहरू हुन्छन्, तब तिनीहरू भित्री रूपमा प्रतिरोधी महसुस गर्न थाल्छन्, र अघि बढ्न अनिच्छुक हुन्छन्। यो अनिच्छा कस्तो देखिन्छ? तिनीहरू भन्छन्: ‘मलाई किन कहिल्यै राम्रा कुराहरू आइपर्दैनन्? मलाई किन सधैँ समस्याहरू दिइन्छ र मापदण्डहरू थोपरिन्छ? के मलाई निष्क्रिय ठानेर कामहरू अह्राइन्छ कि दास ठानेर? ममाथि चालबाजी गर्न त्यति सजिलो छैन! तिमी यति हल्का रूपमा भन्दै छौ, तिमी किन आफै कोसिस गर्दैनौ!’ के यो समर्पण हो? के यो स्वीकारको मनोवृत्ति हो? तिनीहरूले के गरिरहेका छन्? (प्रतिरोध र विरोध गरिरहेका छन्।) … के तिनीहरूले कठिनाइहरू सामना गर्नुपर्दा, शारीरिक कष्ट सहनुपर्दा, र अबउप्रान्त सहजतामा जिउन नसक्दा तिनीहरू प्रतिरोधी बन्ने हो? के यो निःसर्त, गुनासोरहित समर्पण हो? थोरै गाह्रो हुनेबित्तिकै तिनीहरू अनिच्छुक बन्छन्। तिनीहरू जे गर्न चाहँदैनन्, तिनीहरूलाई जुन काम गाह्रो, गर्न मन नलाग्ने, अपमानजनक, वा अरूद्वारा हेयको दृष्टिले हेरिने भन्ने लाग्छ, तिनीहरू त्यसलाई उग्र रूपमा प्रतिरोध, विरोध र अस्वीकार गर्छन्, अलिकति पनि समर्पण देखाउँदैनन्। ख्रीष्टविरोधीहरूले ख्रीष्टका वचनहरू, आदेशहरू, वा उहाँले सङ्गति गर्ने सिद्धान्तहरू सामना गर्नुपर्दा—त्यसले तिनीहरूलाई कठिनाइहरू निम्त्याउनेबित्तिकै वा दुःख भोग्नुपर्ने वा मूल्य चुकाउनुपर्ने तुल्याउनेबित्तिकै—तिनीहरूको पहिलो प्रतिक्रिया प्रतिरोध र इन्कार हुन्छ, र तिनीहरू हृदयमा घिन महसुस गर्छन्। तर तिनीहरूलाई गर्न इच्छा भएको वा फाइदा हुने कुराको सन्दर्भमा, तिनीहरूको मनोवृत्ति त्यस्तो हुँदैन। ख्रीष्टविरोधीहरू आराममा लिप्त हुने र अरूभन्दा अलग देखिने चाहना राख्छन्, तर तिनीहरूले दैहिक कष्टहरू सामना गर्नुपर्दा, मूल्य चुकाउनुपर्दा, वा अरूलाई चिढ्याउने जोखिम लिनुपर्दा, के तिनीहरू प्रसन्न र खुसीसाथ स्विकार्न इच्छुक हुन्छन्? के त्यसपछि तिनीहरूले पूर्ण समर्पण हासिल गर्न सक्छन्? कति पनि सक्दैनन्; तिनीहरूमा पूर्णतः अनाज्ञाकारिता र अवज्ञाको मनोवृत्ति हुन्छ। जब ख्रीष्टविरोधी मानिसहरूले आफूले गर्न नचाहेका काम, र तिनीहरूका अभिरूचि, रुचि, वा स्वार्थसँग नमिल्ने कुरा सामना गर्छन्, तब ख्रीष्टका वचनहरूप्रति तिनीहरूको मनोवृत्ति पूर्ण इन्कार र प्रतिरोध बन्छ, र त्यसमा एकै थोपा पनि समर्पण हुँदैन” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दस (भाग चार))। परमेश्वरका वचनहरूको खुलासामार्फत मैले के बुझेँ गरेँ भने सबैलाई आफ्नो कर्तव्य निर्वाह गर्दा कठिनाइ र तनाव हुन्छ, तर सत्यता पछ्याउनेहरूले यो परमेश्वरबाट आएको हो भनेर स्वीकार गर्न सक्छन्, र कठिनाइहरूको बीचमा, तिनीहरू परमेश्वरलाई प्रार्थना गर्न, समस्याहरू समाधानका लागि सत्यता खोज्न, र आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्षम हुन्छन्। ख्रीष्टविरोधीहरू भने देहको सहजताको लालसा गर्छन्, र तिनीहरू सजिलो र सबैको नजरमा परिने कर्तव्यहरू गर्न पाउँदा खुसी हुन्छन्। जब चुनौतीपूर्ण र देहले कष्ट भोग्नुपर्ने र मेहनत लाग्ने कर्तव्यहरूको सामना गर्नुपर्छ, तब तिनीहरूले कठिनाइहरू समाधान गर्नुको साटो, प्रतिरोध र विरोध गर्छन्। मेरो व्यवहार ख्रीष्टविरोधीहरूको जस्तै छ भन्ने मैले देखेँ। मैले केवल देहको सहजताको लालसा गर्ने कुरामा ध्यान दिएँ र आफ्नो कर्तव्यमा मूल्य चुकाउन इच्छुक भइनँ। जब म जिम्मेवार भएको मलजल गर्ने कामले नतिजाहरू दिएन र मैले कठिनाइहरूको सामना गर्नुपर्यो, तब मैले यो कर्तव्य गाह्रो छ भन्ने सोचेँ र अर्कोमा परिवर्तन गर्न चाहेँ ताकि मेरो देहले अलिकति आराम पाओस्। जब मैले हरेक दिन धेरै पत्रहरूको जवाफ दिनुपर्छ भन्ने देखेँ, मैले प्रतिरोध गरेँ र गनगन गरेँ, पत्रहरूलाई एकातिर पन्छाइदिएँ र तिनको वास्तै गरिनँ। फलस्वरूप, काममा भएका विचलनहरूलाई तुरुन्तै सच्चाइएन र समाधान गरिएन, जसले मलजल गर्ने कामको नतिजाहरूलाई असर गर्यो। अगुवाइको कर्तव्य पूरा गर्दा, मेरो मुख्य काम मलजल गर्ने कामको सुपरिवेक्षण गर्नु थियो र धेरै नयाँ सदस्यहरूलाई साँचो मार्गमा जरा गाड्न सहयोग गर्नु थियो। तर, मैले यो कामलाई बेवास्ता गरेँ र हल्का रूपमा लिएँ, विद्यमान समस्याहरू समाधान गर्न प्रयास गरिनँ र कामलाई ठप्प पारेँ। यसरी आफ्नो कर्तव्य निर्वाह गर्दा, म साँच्चै कसैको भरोसाको योग्य थिइनँ; ममा अलिकति पनि मानवता थिएन!
पछि, मैले मनन गरेँ, म किन आफ्नो कर्तव्यमा सधैँ सजिलो काम रोज्छु र गाह्रो कामबाट पन्छिन्छु, कठिनाइहरूबाट पछि हट्छु र दुःखको सामना गर्दा हरेस खान्छु? मैले परमेश्वरका वचनहरू पढेँ: “कर्तव्य निर्वाह गर्दा मानिसहरू सधैँ थकाइलाग्दो नहुने, र घरबाहिर गई नानाथरी कुराको सामना गर्नु नपर्ने हल्का काम छान्छन्। यसलाई सजिलो काम छान्नु र गाह्रो कामदेखि भाग्नु भनिन्छ, र यो देहसुखप्रतिको लालसाको प्रकटीकरण हो। अरू के-के छन्? (कर्तव्य अलिक गाह्रो, अलिक थकाइलाग्दो, र मूल्य चुकाउनुपर्ने हुँदा सधैँ गुनासो गर्नु।) (खानेकुरा र लुगाफाटा, अनि देहसुखमा तल्लीन हुनु।) यी सबै देहसुखप्रतिको लालसाका प्रकटीकरण हुन्। यस्तो व्यक्तिले एकदमै गाह्रो वा जोखिमपूर्ण काम देखेमा, त्यो अरू कसैलाई भिराउँछ; आफूले चाहिँ आरामदायी काम मात्र गर्छ, र आफ्नो क्षमता कमजोर भएको, कार्य क्षमता नभएको, र यो काम वहन गर्न नसक्ने भन्दै बहाना बनाउँछ—जबकि वास्तवमा देहसुखको लालसाले गर्दा त्यस्तो भएको हुन्छ। … साथै, कुनै कर्तव्य पूरा गर्दा, उनीहरू कठिनाइहरूबारे सधैँ गुनासो गर्छन् र कुनै प्रयास लगाउन चाहँदैनन्, र अलिकति फुर्सद हुनेबित्तिकै तिनीहरू आराम गर्ने, गफ चुट्ने, वा आराम र मनोरञ्जनात्मक क्रियाकलापमा भाग लिने गर्छन्। अनि कामको बोझ बढेर तिनीहरूको जीवनको तालमेल र दिनचर्या बिग्रँदा, तिनीहरू दुःखी र असन्तुष्ट हुन्छन्। तिनीहरू गनगन र गुनासो गर्छन्, अनि तिनीहरू आफ्नो कर्तव्य पूरा गर्दा झाराटारुवा बन्छन्। यो देहसुखको लालसा गर्नु हो, होइन र? … के देहसुखमा लिप्त हुने मानिसहरू कर्तव्य निर्वाह गर्न उपयुक्त हुन्छन्? कसैले कर्तव्य पूरा गर्ने कुरा उठाउनेबित्तिकै, वा मूल्य चुकाउने र कठिनाइ भोग्नेबारे बोल्नेबित्तिकै, तिनीहरूले टाउको हल्लाइरहन्छन्। तिनीहरूमा अति धेरै कठिनाइ हुन्छन्, तिनीहरू गुनासोका पोका हुन्, र तिनीहरू नकारात्मकताले भरिएका हुन्छन्। यस्ता मानिसहरू बेकारका हुन्, तिनीहरू आफ्ना कर्तव्यहरू निर्वाह गर्न योग्य हुँदैनन् र तिनीहरूलाई हटाइनुपर्छ” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (२))। “आज, मैले भन्ने वचनहरूलाई तँ विश्वास गर्दैनस्, र तँ तिनलाई ध्यानै दिँदैनस्; जब यो काम फैलिने दिन आउँछ र तैँले यसको सम्पूर्णता देख्छस्, तब तँ पछुताउनेछस्, र त्यतिबेला तँ अक्क न बक्क हुनेछस्। आशिष्हरू छन्, तैपनि तँ तिनको आनन्द लिन जान्दैनस्, र सत्यता छ, तैपनि तँ त्यसलाई पछ्याउँदैनस्। के तँ आफैमाथि समस्या ल्याउँदैनस् र? आज, परमेश्वरको कामको अर्को चरण सुरु हुन बाँकी नै भए पनि, तँबाट गरिएका मागहरू र तँलाई जिउन लगाइएका कुराहरूमा केही पनि अतिरिक्त छैन। काम धेरै छन्, र सत्यता धेरै छन्; के ती तैँले थाहा पाउन लायक छैनन् र? के सजाय र न्याय तेरो आत्मालाई बिउँझाउन असक्षम छ? के सजाय र न्याय तँलाई आफूले आफैलाई घृणा गर्ने बनाउन असक्षम छ? के तँ शैतानको प्रभावमा रही शान्ति र आनन्द एवम् थोरै दैहिक आराममा जिउनमै सन्तुष्ट छस्? के तँ सबै मानिसहरूमध्ये सबैभन्दा नीच छैनस् र? मुक्ति देखेका तर त्यसलाई प्राप्त गर्नुको पछि नलाग्ने मानिसहरूजत्तिको मूर्ख अरू कोही पनि हुँदैन; देहमा लिप्त हुने र शैतानको आनन्द लिने मानिसहरू यिनै हुन्। परमेश्वरमाथिको तेरो आस्थामा तँ कुनै पनि कठिनाइ वा सङ्कष्टहरू नहोऊन्, वा थोरै पनि कष्ट नहोओस् भन्ने आशा गर्छस्। तँ सधैँ त्यस्ता कुराहरू पछ्याउँछस् जुन व्यर्थ छन्, र तँ जीवनलाई कुनै महत्त्व दिँदैनस्, बरु आफ्नै विलासी विचारहरूलाई सत्यताभन्दा अगाडि राख्छस्। तँ कति बेकामे छस्! तँ सुँगुरजस्तै जिउँछस्—तँ अनि सुँगुर र कुकुरहरूको बीचमा के भिन्नता छ र? सत्यता नपछ्याउने, बरु देहलाई प्रेम गर्नेहरू सबै नै पशु होइनन् र? ती आत्माविहीन मृत मानिसहरू सबै जिउँदा लासहरू होइनन् र? तिमीहरूका माझमा कतिवटा वचनहरू बोलिएका छन्? के तिमीहरूका माझमा थोरै मात्र काम गरिएको छ? तिमीहरूका माझमा मैले कति प्रदान गरेको छु? त्यसोभए तैँले त्यो किन प्राप्त गरेको छैनस्? तँलाई केका बारेमा गुनासो गर्नु छ? के तँ देहसित ज्यादै मोहित भएकोले तैँले केही पनि प्राप्त नगरेको कुरा साँचो होइन र? … सधैँ देहको खोजी गर्ने तँजस्तो कायर—के तँसँग हृदय छ, के तँसँग आत्मा छ? के तँ पशु होइनस् र? बदलामा केही पनि नमागी म तँलाई साँचो मार्ग प्रदान गर्छु, तैपनि तैँले यसलाई पछ्याउँदैनस्। के तँ अझै पनि परमेश्वरमा विश्वास गर्नेहरूमा पर्छस्? म तँलाई साँचो मानव जीवन दिन्छु, तैपनि तँ पछ्याउँदैनस्। के तँ सुँगुर र कुकुरसँग एउटै प्रकारको छैनस् र? सुँगुरहरू मानिसको जीवन पछ्याउँदैनन्, तिनीहरू पखालिनुको पछि लाग्दैनन्, र तिनीहरू जीवन के हो भन्ने कुरा बुझ्दैनन्। हरेक दिन, टन्न खाएपछि तिनीहरू त्यत्तिकै सुत्छन्। मैले तँलाई साँचो मार्ग प्रदान गरेको छु, तैपनि तैँले त्यो प्राप्त गरेको छैनस्: तेरो हात रित्तो छ। के तँ यो जीवनलाई अर्थात् सुँगुरको जीवनलाई निरन्तरता दिन इच्छुक छस्? त्यस्ता मानिसहरू जीवित हुनुको अर्थ के छ र? तेरो जीवन घृणित र नीच छ, तँ फोहोर र दुराचारमाझ जिउँछस्, र तँ कुनै पनि लक्ष्यहरू पछ्याउँदैनस्, त्यसकारण, के तेरो जीवन सबैभन्दा नीच छैन र? के तँसँग परमेश्वरको सामना गर्ने दुस्साहस छ? तैँले यसरी नै अनुभव गरिरहिस् भने, के तैँले केही पनि प्राप्त नगर्ने होइन र? तँलाई साँचो मार्ग प्रदान गरिएको छ, तर तैँले अन्त्यमा त्यो प्राप्त गर्न सक्छस् कि सक्दैनस् भन्ने कुरा तेरो आफ्नै पछ्याइमा निर्भर हुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान)। परमेश्वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने, आफ्नो कर्तव्य निर्वाह गर्दा म कठिनाइहरूबाट पछि हट्नु र दुःखको सामना गर्दा हरेस खानुको मूल कारण मैले कष्ट भोग्न नचाहनु, देहको सहजताको लालसा गर्नु, र सत्यता प्राप्त गर्नका लागि कष्ट भोग्न र मूल्य चुकाउन इच्छुक नहुनु रहेछ। मैले गलत दृष्टिकोणले पछ्याइरहेकी हुनाले, आफ्नो कर्तव्यमा कठिनाइहरू आउनसाथ र मेरो देहले कष्ट भोग्नुपर्दा, मलाई अत्यन्तै दबिएको महसुस हुन्थ्यो र म गुनासोले भरिन्थेँ, यहाँसम्म कि आफ्नो कर्तव्यबाट पन्छिन समेत चाहेँ। मलाई विगतमा म विद्यार्थी छँदाको बेला, मेरा सहपाठीहरूलाई कडा अध्ययन गरिरहेको र भविष्यमा राम्रो विश्वविद्यालयमा भर्ना भएर उत्कृष्ट बन्ने कोसिस गरिरहेको देख्दा, कसरी म कडा अध्ययनसँग आउने कष्टका बारेमा सोच्नेबित्तिकै म पछि हट्थेँ भन्ने सम्झेँ। यसैकारण, म उनीहरूजस्तो उच्च शिक्षित हुन सकिनँ। विगतमा, म सोच्थेँ मेरो जीवनको मूल्यमान्यता अरू मानिसहरूको भन्दा फरक छ, र मलाई ख्याति र हैसियतको धेरै चाहना कहिल्यै भएन। अहिले आएर बल्ल मैले मलाई ख्याति, प्राप्ति र हैसियत मन नपर्ने होइनन्, बरू म त अस्तित्वसम्बन्धी शैतानको “जीवन धेरै छोटो छ; आफूलाई राम्रो व्यवहार गर” भन्ने नियमअनुसार जिइरहेकी रहेछु। मैले आफ्नो देहको अति धेरै ख्याल गरेँ। अहिले, परमेश्वरमा विश्वास गरे तापनि, शैतानको यो अस्तित्वको नियम अझै पनि मभित्र गहिरो रूपमा गाढिएर बसेको थियो। मेरो काममा कठिनाइहरू आउनसाथ, म गाह्रो भयो भनेर कराउँथेँ, र सजिलो कर्तव्य पूरा गर्न चाहन्थेँ। म मलजल गर्ने कामको प्रभारी थिएँ, जुन नयाँ सदस्यहरूको जीवन प्रवेशसँग सम्बन्धित थियो। यदि नयाँ सदस्यहरूलाई राम्ररी मलजल गरिएन र उनीहरूले साँचो मार्गमा जग बसाल्न सकेनन् भने, उनीहरू सजिलै पछि हट्थे, तर म आफ्नो कर्तव्यमा विभिन्न कठिनाइहरू समाधान गर्ने कुरामा मूल्य चुकाउन वा सत्यता खोज्न इच्छुक थिइनँ। बरु, म विपत्तिबाट पछि हटेँ, परमेश्वरको अभिप्रायलाई ख्याल गरिनँ र मण्डलीको कामलाई ध्यानै दिइनँ; म अत्यन्तै स्वार्थी र घृणास्पद थिएँ। वास्तवमा, परमेश्वरको घरमा कुनै पनि कर्तव्य राम्ररी पूरा गर्नका लागि आफूलाई अलिकति समर्पित गर्नु नै पर्छ। उदाहरणका लागि, सुसमाचार प्रचार गर्ने ब्रदर-सिस्टरहरूले सुसमाचार प्रचारसँग सम्बन्धित सत्यताहरूले आफूलाई सुसज्जित गर्ने प्रयास गर्नुपर्छ, साथै सुसमाचार स्विकार्ने सम्भावना भएका व्यक्तिहरूको खिल्ली र दुर्व्यवहार सहनुपर्छ र जुनसुकै बेला पक्राउ पर्ने र आफ्नो ज्यान गुमाउने खतराको सामना गर्नुपर्छ। साथै, प्राविधिक कर्तव्यहरूमा पनि, व्यावसायिक सीपहरू अध्ययन गर्न समय र ऊर्जा खर्च गरेर मात्र तिनलाई राम्ररी पूरा गर्न सकिन्छ। जब सत्यता पछ्याउने ब्रदर-सिस्टरहरूले यस्ता कठिनाइहरूको सामना गर्छन्, तब तिनीहरू सत्यता खोज्न र पाठ सिक्न सक्षम हुन्छन्, र जति लामो समयसम्म आफ्नो कर्तव्य पूरा गर्छन्, त्यति नै सिपालु हुँदै जान्छन्, र तिनीहरूलाई आफूले भोगेका सबै कष्ट सार्थक थिए भन्ने लाग्छ। विगतमा, ममा त्यस्तो पछ्याइ वा सङ्कल्प थिएन। आफ्नो कर्तव्यप्रतिको मेरो मनोवृत्ति एक कामचोरको जस्तै थियो, म आफूले गर्ने हरेक कुरामा झारा टार्न चाहन्थेँ, कुनै पनि कुरालाई अन्त्यसम्म पुर्याउँदिनथेँ र आफ्नो कुनै पनि काम पूरा गर्दिनथेँ। यदि मैले देहको सहजतालाई पछ्याइरहेँ र सत्यता राम्ररी पछ्याइनँ, र यदि मैले आफ्नो कर्तव्य राम्ररी पूरा गर्न कष्ट उठाइनँ र मूल्य चुकाइनँ भने, मैले कुनै पनि कर्तव्यमा राम्रो काम गर्ने थिइनँ; म साँच्चै नै हटाइनुपर्ने बेकम्मा फोहोर बन्नेथिएँ।
पछि, मैले परमेश्वरका अझ धेरै वचनहरू पढेँ: “सबै मानिसहरू अर्थपूर्ण जीवन जिउने खोजीमा लाग्नुपर्छ, र आफ्ना वर्तमान परिस्थितिहरूप्रति सन्तुष्ट हुनु हुँदैन। तिनीहरूले पत्रुसको स्वरूपमा जिउनैपर्छ, र तिनीहरूसँग पत्रुसका ज्ञान र अनुभवहरू हुनैपर्छ। तिनीहरूले अझै उच्च र अझै गहन कुराहरूको खोजी गर्नुपर्छ। तिनीहरूले परमेश्वरप्रतिको अझ गहिरो र शुद्ध प्रेम, साथै मूल्य र अर्थसहितको जीवनको खोजी गर्नुपर्छ। यो मात्र जीवन हो; तब मात्र तिनीहरू पत्रुसजस्तै हुनेछन्। तैँले सकारात्मक पाटोतर्फ सक्रिय रूपमा प्रवेश गर्न ध्यान दिनुपर्छ, र अस्थायी सहजतामा सन्तुष्ट भएकै कारण निष्क्रिय हुने र आफूलाई पछाडि धकेल्ने, र त्यो सँगसँगै अझै प्रगाढ, अझै विस्तृत र अझै व्यवहारिक सत्यताहरूलाई बेवास्ता गर्ने गर्नु हुँदैन। तँमा व्यवहारिक प्रेम हुनैपर्छ, र तैँले कुनै जनावरको भन्दा फरक नभएको यो पतित, निस्फिक्र जीवनबाट आफूलाई मुक्त गर्ने हरसम्भव उपाय पत्ता लगाउनैपर्छ। तैँले अर्थपूर्ण जीवन, मूल्यवान् जीवन जिउनैपर्छ, र तैँले आफैलाई मूर्ख बनाउनु वा आफ्नो जीवनलाई खेलौनाजस्तो व्यवहार गर्नु हुँदैन। सङ्कल्प भएका र परमेश्वरलाई प्रेम गर्ने हरेकका लागि प्राप्त गर्न नसकिने सत्यताहरू छैनन् र दह्रिलो गरी खडा हुन नसकिने कुनै इन्साफ छैन। तैँले आफ्नो जीवन कसरी जिउनुपर्छ? तैँले कसरी परमेश्वरलाई प्रेम गर्नुपर्छ र यो प्रेमलाई प्रयोग गरेर उहाँका अभिप्रायहरू पूरा गर्नुपर्छ? तेरो जीवनमा योभन्दा ठूलो विषय छैन। सबैभन्दा महत्त्वपूर्ण कुरा, तँसँग यस किसिमको सङ्कल्प र दृढता हुनैपर्छ, र तँ कायर, दुर्बल व्यक्ति बन्नु हुँदैन। तैँले अर्थपूर्ण जीवन र अर्थपूर्ण सत्यताहरूको अनुभव गर्न सिक्नैपर्छ, र आफूलाई त्यसरी झाराटारूवा व्यवहार गर्नु हुँदैन। तैँले थाहै नपाई, तेरो जीवन बितेर जानेछ; त्यसपछि के तैँले अझै पनि परमेश्वरलाई प्रेम गर्ने यस्तो अवसर पाउनेछस्? के मानिसले आफू मरेपछि परमेश्वरलाई प्रेम गर्न सक्छ? तँसँग पनि पत्रुसको जस्तै सङ्कल्प र विवेक हुनुपर्छ; तैँले अर्थपूर्ण जीवन जिउनैपर्छ, र आफैसँग खेलबाड गर्नु हुँदैन। मानवका रूपमा र परमेश्वरलाई पछ्याउने व्यक्तिका रूपमा, तैँले आफ्नो जीवनलाई होसियारीपूर्वक ख्याल गर्न र सम्हाल्न जरुरी छ—तैँले कसरी आफूलाई परमेश्वरप्रति अर्पित गर्नुपर्छ, तैँले कसरी परमेश्वरमा अझ अर्थपूर्ण विश्वास राख्नुपर्छ, र तैँले परमेश्वरलाई प्रेम गर्ने हुनाले, तैँले कसरी उहाँलाई अझै शुद्ध, अझै सुन्दर, अझै असल तरिकाले प्रेम गर्नुपर्छ भन्ने कुरालाई ख्याल गर्नुपर्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान)। परमेश्वरको वचनबाट, मैले के देखेँ भने मानिसहरूले सत्यता पछ्याइलाई आफ्नो जीवनको एउटा प्रमुख भागका रूपमा लिनुपर्छ भन्ने परमेश्वर आशा गर्नुहुन्छ। यदि मैले क्षणिक देहगत सहजताका लागि सत्यता प्राप्त गर्ने मौका गुमाएँ भने, के त्यो मूर्खता हुनेथिएन र? परमेश्वरको काम समाप्त हुँदा, हामीले सत्यता प्राप्त गरेका वा आफ्नो स्वभाव परिवर्तन गरेका छैनौँ भने, हामी जीवनभर पछुताउनु मात्र पर्नेछ। अगुवाइको कर्तव्य पूरा गर्दाको मेरो समयमा, ममा धेरै कुराको कमी रहेको भए पनि, र काममा उल्लेख्य मात्रामा कठिनाइ र तनाव रहेको भए पनि, मैले एउटै काम हुने कर्तव्य पूरा गर्दाभन्दा धेरै नै कुरा प्राप्त गरेकी थिएँ। यसले मेरो कार्य सामर्थ्यलाई मात्रै बढाएको थिएन, मैले केही सत्यता सिद्धान्तहरू पनि बुझेकी थिएँ। मैले के देखेँ भने कठिनाइ र तनाव—ती सबै परमेश्वरबाट आएका आशिष् हुन्। मैले म देहगत कुराहरूका लागि आफ्नो कर्तव्यबाट पन्छिरहन र भागिरहन चाहन्नँ; कठिनाइहरूको सामना गर्दा, म परमेश्वरलाई धेरै प्रार्थना गर्नेछु र उहाँमा भरोसा गर्नेछु र तिनलाई समाधान गर्न सत्यता खोज्नेछु भन्ने सङ्कल्प गरेँ। त्यस लगत्तै, मैले मलजल गर्ने कामले किन नतिजाहरू दिइरहेको छैन भन्ने कारण खोज्न र मनन गर्न थालेँ। चिन्तन र समीक्षामार्फत, मैले के देखेँ भने, यसको मुख्य कारण म आफ्नो कर्तव्यमा धेरै निष्क्रिय रहनु र मैले विचलनहरूको समीक्षामा ध्यान नदिनु रहेछ। नयाँ सदस्यहरूलाई समस्या हुँदा, आफू अयोग्य छु भन्ठानेर मैले ती समस्यालाई समाधान गरिनँ, जसले गर्दा धेरै समस्याहरू थुप्रिए र समाधानको बाटो नै देखिएन। पछि, जब मैले वास्तवमै आफ्नो काममा मूल्य चुकाउन थालेँ, तब मलजल गर्ने कामका नतिजाहरू निरन्तर सुधार हुन थाले। मैले कठिनाइहरूमुक्त जीवन जिउनु र परमेश्वरको वचनअनुसार अभ्यास गर्नुको मिठो अनुभूति प्रत्यक्ष अनुभव गरेँ, र यो अवस्थालाई अनुभव गर्ने मेरो विश्वास अझ बढ्यो।
पछि, मलाई अझ धेरै कामको जिम्मा दिइयो, र त्यसमाथि, म कामसँग परिचित थिइनँ र सत्यतामा सङ्गति गर्ने र समस्याहरू समाधान गर्ने कुरामा म पछि परेकी थिएँ। यो निकै कठिन लाग्यो, तर म आफ्नो देहविरुद्ध विद्रोह गर्न र आफ्नो कर्तव्यप्रति अधिकतम प्रयास गर्न इच्छुक भएँ। एक-दुई महिना काम गरेपछि पनि, नतिजाहरू त्यति राम्रा थिएनन्, र म अलिक हतोत्साहित भएँ, यो कर्तव्य पूरा गर्न धेरै गाह्रो रहेछ र मैले पहिले गरेका कर्तव्यहरू निकै आरामदायी थिए भन्ने सोचेँ। मलाई आफ्नो स्थिति गलत रहेको महसुस भयो, त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ र यसलाई समाधान गर्न सत्यता खोजेँ। मैले परमेश्वरका वचनहरू पढेँ: “परमेश्वरमा साँचो विश्वास गर्नेहरू सबै नै आफूले गर्नुपर्ने उचित काम पूरा गर्ने, आफ्नो कर्तव्य निर्वाह गर्न इच्छुक रहने, र कामको बोझ लिने अनि आफ्नो क्षमता र परमेश्वरको घरका नियमहरूअनुसार त्यो काम राम्ररी गर्न सक्ने मानिसहरू हुन्। अवश्य पनि, कामको सुरुमा, तँलाई के गर्ने भनेर प्रस्ट थाहा नहुन सक्छ वा तैँले सिद्धान्तहरू बुझ्न सक्दैनस्, र यो अलिकति थकाइलाग्दो महसुस हुन सक्छ। तर, यदि तँसँग आफ्नो भाग पूरा गर्ने सङ्कल्प छ, तँ सत्यता सिद्धान्तहरू खोज्न इच्छुक छस्, र तैँले अरूसँग सामञ्जस्यपूर्ण सहकार्य हासिल गर्न सक्छस् भने, तेरो कर्तव्य निर्वाहले स्वाभाविक रूपमा नतिजा दिनेछ, र साथसाथै तैँले सजिलै सत्यतालाई व्यवहारमा लागू गर्नेछस् र आफ्ना भ्रष्ट स्वभावहरू फाल्नेछस्, र तँ आफ्नो कर्तव्य निर्वाहमा मानकअनुरूप हुनेछस्। त्यसैले, तैँले अलिकति मूल्य चुकाउनुपर्छ। जब तँलाई मनमानी गर्ने हुटहुटी हुन्छ, तब तैँले परमेश्वरलाई प्रार्थना गर्नुपर्छ, तँलाई अनुशासनमा राख्न भनी उहाँलाई बिन्ती गर्नुपर्छ, र तैँले देहविरुद्ध विद्रोह गर्नुपर्छ र आफूलाई रोक्नुपर्छ, र तेरा स्वार्थी चाहनाहरूलाई बिस्तारै घट्न दिनुपर्छ। … तैँले यसो भन्न मिल्दैन, ‘म दबाबको कारणले यो गर्नेछैनँ। म त परमेश्वरको घरमा आफ्नो कर्तव्य निर्वाह र काम गर्ने क्रममा केवल फुर्सद, सहजता, खुसी र आराम खोजिरहेको छु।’ यस्तो गर्नु हुँदैन, र यो एक सामान्य वयस्कमा हुनुपर्ने सोचाइ होइन, र परमेश्वरको घर भनेको तँ आराममा लिप्त हुने ठाउँ होइन। हरेक व्यक्तिले आफ्नो जीवन र काममा निश्चित मात्रामा दबाब र जोखिम लिन्छ। कुनै पनि काममा, विशेष गरी परमेश्वरको घरमा आफ्नो कर्तव्य निर्वाह गर्दा, तैँले सर्वोत्तम नतिजाहरूका लागि प्रयास लगाउनुपर्छ। बृहत् स्तरमा, यो परमेश्वरको शिक्षा र माग हो। सानो स्तरमा, यो हरेक व्यक्तिले आफ्नो आत्म-आचरण र कार्यहरूमा राख्नुपर्ने मनोवृत्ति, दृष्टिकोण, मानक र सिद्धान्त हो” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (५))। परमेश्वरको वचनबाट, मैले के बुझेँ भने, सामान्य समझ भएको एक वयस्कका रूपमा, मैले कामको जिम्मा लिन सक्नुपर्छ। काममा कहिलेकाहीँ कठिनाइहरू आउने र त्यसका लागि केही कष्ट भोग्नुपर्ने भए पनि, यो मैले मुक्ति पछ्याउने क्रममा अनुभव गर्नुपर्ने कुरा हो। गैरविश्वासीहरूले पनि जीविकोपार्जनका लागि धेरै कष्ट भोग्नुपर्छ। हामी विश्वासीहरूका हकमा, आफ्नो कर्तव्य निर्वाह गर्दा हामीले भोग्ने कष्ट अर्थपूर्ण र हाम्रो जीवनको लागि लाभदायक हुन्छ। यो कुरा बुझेपछि, म समर्पित हुन र अनुभव गर्न इच्छुक भएँ। त्यसपछि, जब मेरो कर्तव्यमा धेरै कठिनाइहरू आउँथे, तब कहिलेकाहीँ म अझै पनि केही दिक्दार महसुस गर्थेँ, तर म ती कारणले आफ्नो कर्तव्यबाट राजीनामा दिने चाहना चाहिँ गर्थिनँ। बरु, म कठिनाइहरूको बीचमा परमेश्वरको अभिप्राय खोज्न, मापदण्ड पूरा गर्ने सक्दो प्रयास गर्न, र मेरो कर्तव्यमा भएका कठिनाइ र तनावलाई सही रूपमा हेर्न सक्षम भएँ। म हृदयदेखि नै परमेश्वरलाई धन्यवाद दिन्छु!