२१. एउटी युरिमिया रोगीको चिन्तन
मैले चालिसको दशकमा सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको काम स्वीकार गरेँ। मैले के देखेँ भने, परमेश्वरको आखिरी दिनहरूको काम मानिसहरूलाई मुक्ति दिने काम हो, अनि परमेश्वरको सामु आएर, उहाँका वचनहरू पढेर र आफ्नो कर्तव्य निर्वाह गरेर मात्र सत्यता बुझ्न र प्राप्त गर्न, परमेश्वरको हेरचाह र सुरक्षा पाउन, अनि अन्ततः परमेश्वरको राज्यमा प्रवेश गर्ने मौका पाउन सकिन्छ। त्यसको लगत्तै, मैले आफ्नो कर्तव्य निर्वाह गर्न थालेँ। मण्डलीले मेरा लागि जस्तोसुकै कर्तव्यको बन्दोबस्त गरे पनि, मैले कहिल्यै नाइँनास्ति गरिनँ। मैले कसरी आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्ने भन्ने बारेमा मात्र सोचेँ। पछि, मेरो रक्तचाप २२० एम.एम.एच.जी. पुग्यो, त्यसैले यसलाई घटाउन मैले नसाबाट औषधि लिने उपचार गराएँ, र यसलाई मेरो कर्तव्य निर्वाह गर्नमा रोक लगाउन दिइनँ। मैले सोचेँ, “मैले सच्चाइका साथ आफ्नो कर्तव्य निर्वाह गरिन्जेल परमेश्वरले मलाई सुरक्षा दिनुहुनेछ।” वर्षौँसम्म, मैले आफू परमेश्वरको अनुमोदन प्राप्त गर्ने साँचो विश्वासी हुँ भन्ने सोचेर घाम-पानी नभनी निरन्तर आफ्नो कर्तव्य निर्वाह गरिरहेँ। तर अचानक आइपरेको एउटा रोगले मेरो असली रूपलाई खुलासा गरिदियो।
यो सन् २००९ को शरद ऋतुको कुरा हो। एक दिन, मैले अचानक दुवै खुट्टा सुन्निएको र दुखेको महसुस गरेँ, अनि ती सुन्निन थाले। त्यसको लगत्तै, मेरा अनुहार र आँखाहरू पनि सुन्निए, मेरो पूरै अनुहारको स्वरूप बिग्रियो, र मैले आँखा खोल्न सकिनँ। मेरी छोरीले मलाई जँचाउन अस्पताल लगिन्। डाक्टरले मेरा दुवै मिर्गौला खुम्चिएको, जुन युरिमियामा परिणत हुन सक्ने, र यदि यो गम्भीर भयो भने, यसले मृत्युसमेत निम्त्याउन सक्ने बताए। यो सुनेर म स्तब्ध भएँ। यदि स्थिति यसरी नै अघि बढ्यो भने, मृत्यु धेरै टाढा हुनेथिएन। मैले परमेश्वरलाई पाएको केही महिनापछि नै कर्तव्य निर्वाह गर्न सुरु गरेकी थिएँ, र घाम-पानी वा रोगसमेत नभनी, मैले कहिल्यै आफ्नो कर्तव्य निर्वाह गर्न छोडिनँ। वर्षौँको दौरान, मैले आफ्नो कर्तव्यमा दुःख भोगेकी र आफूलाई खियाएकी मात्र नभई मेरा आफन्तहरूबाट गलत बुझाइ, खिल्ली र अपमानसमेत सहेँ। के यस्तो मेहनत पर्याप्त थिएन र? के यो अझै पनि परमेश्वरको सुरक्षा पाउन पर्याप्त थिएन? मैले सुरुमा परमेश्वरलाई पाउँदा राज्यको जीवनप्रति राखेका ती उच्च आशाहरू सम्झिएँ, तर जुनसुकै बेला मेरो ज्यान जोखिममा पार्न सक्ने यस्तो गम्भीर रोगको सामना गर्नुपर्दा, मैले अझै राज्यमा प्रवेश गर्ने मौका पाउँछु कि पाउँदिनँ होला भनेर सोचेँ। त्यो सुन्दर गन्तव्यसँग अब मेरो कुनै सम्बन्ध छैन जस्तो देखिन्थ्यो। मैले यसबारे जति धेरै सोचेँ, त्यति नै मलाई अन्याय भएको महसुस भयो, र मैले आफ्नो कर्तव्य निर्वाह गर्ने उत्प्रेरणा गुमाएँ। म नकारात्मकतामा डुबेँ। मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, म किन यो रोगको सामना गरिरहेकी छु भनेर म बुझ्दिनँ, र मेरो हृदयमा तपाईँप्रति गुनासो छ। मलाई थाहा छ यो गलत हो, त्यसैले कृपया मलाई तपाईँको अभिप्राय बुझ्न अन्तर्दृष्टि र मार्गदर्शन दिनुहोस्।”
पछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ: “मानिसहरू यस्तो विश्वास गर्छन्, ‘अहिले म परमेश्वरमा विश्वास गर्छु, त्यसैले म उहाँकै हुँ, र परमेश्वरले मेरो हेरचाह गर्नुपर्छ, मेरो खाने र बस्ने व्यवस्था गर्नुपर्छ, मेरो भविष्य र भाग्य, साथै मेरो व्यक्तिगत सुरक्षा र पारिवारिक सुरक्षासमेत जिम्मा लिनुपर्छ, र मेरो सबथोक ठिक हुने र सबथोक शान्तिपूर्ण र समस्यारहित हुने प्रत्याभूति गर्नुपर्छ।’ यदि वास्तविकता मानिसहरूलाई चाहिएअनुरूप र तिनीहरूले कल्पेअनुरूप छैन भने, तिनीहरूले यस्तो सोच्छन्, ‘परमेश्वरमा विश्वास गर्नु मैले जस्तो हुनेछ भन्ने सोचेको थिए त्यो त्यति राम्रो वा सजिलो रहेनछ। परमेश्वरमाथिको विश्वासमा मैले अझै यो सब उत्पीडन र सङ्कष्ट अनि धेरै परीक्षाहरू भोग्नुपर्ने रहेछ—परमेश्वरले किन मेरो सुरक्षा गर्नुहुन्न?’ के यो सोचाइ सही हो कि गलत हो? के यो सत्यतासँग मिल्छ? (मिल्दैन।) त्यसोभए, के यो सोचाइले तिनीहरू परमेश्वरलाई अनुचित मागहरू गरिरहेका छन् भन्ने देखाउँदैन र? यस्तो सोचाइ भएका मानिसहरू किन परमेश्वरलाई प्रार्थना गर्ने वा सत्यता खोज्ने गर्दैनन्? परमेश्वरले मानिसहरूलाई यस्ता कुराहरू सामना गर्ने तुल्याउनुपछाडि स्वतः उहाँका असल अभिप्रायहरू हुन्छन्; मानिसहरू किन परमेश्वरका अभिप्राय बुझ्दैनन्? तिनीहरू किन परमेश्वरको कामसँग सहकार्य गर्न सक्दैनन्? परमेश्वरले जानीजानी मानिसहरूलाई यी परिस्थितिहरू सामना गर्ने तुल्याउनुहुन्छ ताकि तिनीहरूले सत्यता खोज्न र प्राप्त गरून्, र ताकि तिनीहरू सत्यतामा भर परेर जिऊन्। तर मानिसहरू सत्यता खोज्दैनन्, बरु सधैँ आफ्नै धारणा र कल्पनाहरू प्रयोग गरेर परमेश्वरको मापन गर्छन्—यो तिनीहरूको समस्या हो। तैँले यी अप्रिय कुराहरूलाई यसरी नै बुझ्नैपर्छ: कसैले पनि आफ्नो सम्पूर्ण जीवन दुःखविना बिताउन सक्दैन। केही मानिसहरूले परिवारबाट कष्ट पाउँछन्, कसैले काममा, कसैले वैवाहिक सम्बन्धमा, र कतिले शारीरिक बिमारीबाट कष्ट भोग्छन्। सबैले नै दुःख भोग्नुपर्छ। कसैले भन्छन्, ‘मानिसहरूले किन दुःख भोग्नु परेको? सम्पूर्ण जीवन शान्ति र खुसीसँग जिउनु कति ठूलो कुरा हुनेछ। के हामी दुःख नभोग्न सक्दैनौं?’ सक्दैनौं—सबैले कष्ट भोग्नैपर्छ। दुःख-कष्टले प्रत्येक व्यक्तिलाई शारीरिक जीवनका असङ्ख्य संवेदनाहरू अनुभव गराउँछ, चाहे ती संवेदनाहरू सकारात्मक वा नकारात्मक जस्तोसुकै होऊन्; कष्टले तँलाई भिन्नै भावना र बुझाइहरू दिन्छ, जुन तेरो निम्ति जीवनका सबै अनुभवहरू हुन्। त्यो एउटा पक्ष हो, र यो मानिसहरूलाई अझ बढी अनुभवी बनाउनको लागि पनि हो। यदि तैँले सत्यता खोजी गर्न र यसमार्फत परमेश्वरको अभिप्राय बुझ्न सक्छस् भने, तँ परमेश्वरद्वारा तँलाई दिइएको मापदण्डको अझ नजिक पुग्नेछस्। अर्को पक्ष के हो भने, यो परमेश्वरले मानिसहरूलाई दिनुहुने जिम्मेवारी हो। कुन जिम्मेवारी? तैँले भोग्नुपर्ने कष्ट यही हो। यदि तैँले यो कष्ट स्विकार्न र सहन सक्छस् भने, यो गवाही हो, लाजमर्दो कुरा होइन” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना धारणाहरूलाई समाधान गरेपछि मात्र व्यक्ति परमेश्वरमा विश्वास गर्ने सही बाटोमा प्रवेश गर्न सक्छ (१))। परमेश्वरका वचनहरू पढेपछि, मैले हामीले सामना गर्ने हरेक परिस्थिति र दुःखकष्टमा परमेश्वरको अभिप्राय हुन्छ भन्ने कुरा बुझेँ। ती सबै व्यक्तिको कदले थाम्न सक्ने क्षमताभित्र हुन्छन्। हामीले सत्यता र परमेश्वरका अभिप्रायहरू खोज्नुपर्छ, र आफ्ना धारणाहरूमा अल्झिरहनु वा कामकुरालाई आफ्नो दृष्टिकोणबाट हेर्नु हुँदैन। यदि हामीले कामकुरालाई देहको दृष्टिकोणबाट हेर्यौँ भने, हामी दुःखमा जिउनेछौँ, र रोग राम्रो कुरा होइन भनेर सोच्नेछौँ। तर यदि हामीले यस्ता कुराहरू परमेश्वरबाट आएका हुन् भनी स्वीकार गर्यौँ र सत्यता खोज्यौँ भने, हामीले रोगमार्फत पाठ सिक्न सक्छौँ, र तब यो एउटा असल कुरा बन्छ। यो रोगप्रतिको मेरो प्रतिक्रियाबारे चिन्तन गर्दा, मैले के सोचेँ भने, परमेश्वरमा विश्वास गरेको र कर्तव्य निर्वाह गरेको यतिका वर्षमा, चाहे आफन्त र छिमेकीहरूबाट अपमान र खिल्लीको सामना गर्नुपरेको होस्, वा हावा, पानी, कठाङ्ग्रिँदो जाडो र प्रचण्ड गर्मी नै सहनुपरेको होस्, मैले कहिल्यै आफ्नो कर्तव्य निर्वाह गर्न छोडेकी थिइनँ। त्यसैले मलाई लाग्यो कि परमेश्वरले मलाई गम्भीर रोगबाट सुरक्षा दिनुपर्छ, र अन्त्यमा, मैले जीवितै परमेश्वरको राज्यमा प्रवेश गर्न पाउनेछु। के यो ठ्याक्कै त्यही स्थिति थिएन जुन परमेश्वरले आफ्ना वचनहरूमा खुलासा गर्नुभएको छ: “अहिले म परमेश्वरमा विश्वास गर्छु, त्यसैले म उहाँकै हुँ, र परमेश्वरले मेरो हेरचाह गर्नुपर्छ, मेरो खाने र बस्ने व्यवस्था गर्नुपर्छ, मेरो भविष्य र भाग्य, साथै मेरो व्यक्तिगत सुरक्षा … जिम्मा लिनुपर्छ, र मेरो सबथोक ठिक हुने र सबथोक शान्तिपूर्ण र समस्यारहित हुने प्रत्याभूति गर्नुपर्छ”? जब मैले परमेश्वरले मलाई मैले कल्पना गरेजस्तो सुरक्षा दिनुभएन भन्ने देखेँ, तब मैले परमेश्वरबारे गुनासो गर्न थालेँ, र आफ्ना त्याग र समर्पणलाई पुँजीको रूपमा प्रयोग गरेर उहाँसँग तर्क गर्न थालेँ, अनि मैले झाराटारुवा तरिकाले आफ्नो कर्तव्य निर्वाह गर्न सुरु गरेँ। मेरो मानवता र समझ कहाँ थियो? मेरा पहिलेका त्याग र समर्पणहरू सच्चासमेत थिएनन्! यदि यो अवस्थाले मलाई प्रकट नगरेको भए, मैले आशिष्का निम्ति परमेश्वरमा विश्वास गर्नुमा मेरो भित्री मनसाय र गलत दृष्टिकोणहरू बुझेकी हुनेथिइनँ। यो कुरा बुझेपछि, मलाई हृदयमा त्यति धैरे पीडा महसुस भएन, र म समर्पित हुन तयार भएँ, अनि औषधी खाँदै निरन्तर आफ्नो कर्तव्य निर्वाह गर्न थालेँ। बिस्तारै, मेरो स्थितिमा सुधार आयो, र मेरो रोग केही कम भयो। यद्यपि मेरा खुट्टाहरू अझै कहिलेकाहीँ सुन्निन्थे, तैपनि म यसबाट नियन्त्रित भइनँ, र मैले सक्रिय रूपमा सुसमाचार प्रचार गर्न जारी राखेँ।
सन् २०१८ को हिउँदमा, मैले अचानक मेरो खुट्टामा डल्लो आएको देखेँ, र मेरो खुट्टा यति धेरै दुख्यो कि मैले आफ्नो शरीरको भार थेग्न पनि सकिनँ, र मलाई हिँड्नका लागि मेरी छोरीको सहारा चाहिने भयो। अस्पताल गएपछि, डाक्टरले यो एक प्रकारको बाथरोग भएको निदान गरे, र उनले मेरो क्रिएटिनिनको लेभल २०० माइक्रोमोल प्रतिलिटरबाट बढेर ५०० माइक्रोमोल प्रतिलिटर भन्दा माथि पुगेको, र म पहिल्यै युरिमियाको अन्तिम चरणतिर पुगिसकेको पत्ता लगाए। मैले यथार्थलाई सम्हाल्न सक्दिनँ कि भन्ने डरले, डाक्टरले मेरो अवस्थाको पूर्ण गम्भीरतालाई लुकाए। सुरुमा, म मेरो रोगबारे त्यति चिन्तित थिइनँ, तर चौथो दिन, जब मेरी छोरीले अचानक काजकिरियाको तयारी गर्नेबारे सोधिन्, तब मलाई मेरो अवस्था बिग्रिएछ भन्ने थाहा भयो। मेरो मुटु काँप्यो, र मैले सोचेँ, “के साँच्चै मसँग अब धेरै समय बाँकी नभएको हो, र म अब मर्न लागेकी हुँ?” मैले यसबारे सोच्ने आँटसमेत गरिनँ, त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, मेरो जीवन र मृत्यु तपाईँको हातमा छ। म तपाईँका योजनाबद्ध कार्य र बन्दोबस्तप्रति समर्पित हुन तयार छु।” केही दिनपछि, मैले मेरो रोग साँच्चै अन्तिम चरणमा पुगेको थाहा पाएँ, र त्यो क्षण, मैले मेरा हातहरू काँप्नबाट रोक्नै सकिनँ, यहाँसम्म कि मैले कपसमेत समाउन सकिनँ। मैले यो वास्तविकतालाई स्विकार्न सकिनँ, र कतै डाक्टरले गल्ती पो गरे कि भनेर सोचेँ। मलाई अचम्म लाग्यो, “मेरो रोग यति छिटो कसरी बिग्रिन सक्छ? म परमेश्वरमा विश्वास गर्ने व्यक्ति हुँ, त्यसैले पक्कै पनि परमेश्वरले मलाई यति सजिलै मर्न दिनुहुन्न।” तर फेरि मैले सोचेँ, “म युरिमियाको अन्तिम चरणमा पुगेको निदान गरिएको छ। अब यसमा विश्वास नगरेर के काम? यो वास्तविकता हो।” मलाई मेरो जीवन अन्त्य हुन लागेजस्तो महसुस भयो र म पीडा र निराशाले भरिएँ। जब मैले मसँग अब धेरै समय बाँकी छैन र मैले राज्यको सुन्दरता देख्न पाउनेछैनँ भन्नेबारे सोचेँ, तब मलाई आफ्नो नियति स्वीकार गर्न मन लागेन, र मैले सोचेँ, “मैले यतिका वर्ष प्रयत्न गरेर के प्राप्त गरेँ? मैले यतिका समय आफ्नो कर्तव्य निर्वाह गर्दै आएकी छु, त्यसोभए मेरो रोग किन झन्-झन् बिग्रिँदै गयो?” मलाई परमेश्वर मप्रति साँच्चै अन्यायी भइरहनुभएको छ जस्तो लाग्यो। राति ओछ्यानमा पल्टिरहँदा, मैले हामीसँग व्यापार गर्ने एउटी महिलाका बारेमा सोचेँ। उनलाई पनि मलाई जस्तै रोग लागेको थियो, र रोग निदान गरिएपछि, उनी घर गइन् र दश दिनभित्रै बितिन्। मलाई मेरो मृत्यु पनि नजिकै छ, र मेरो मृत्युको उल्टो गिनती सुरु भएको छ भन्ने लाग्यो। मलाई म मरेतुल्य नै भइसकेकी छु जस्तो लाग्यो, त्यसैले परमेश्वरका वचनहरू पढेर के काम? म बीस दिनभन्दा बढी समयसम्म नकारात्मक भएँ, र धेरै पीडामा जिएँ। म परमेश्वरबाट टाढिएकी छु भन्ने मलाई थाहा थियो, त्यसैले मैले मलाई अन्तर्दृष्टि र ज्योति दिनुहोस् भनी उहाँलाई पुकारेँ। त्यसपछि मैले परमेश्वरका वचनहरूको एउटा भजन सम्झिएँ:
जाँचहरूले विश्वास माग गर्छन्
१ परीक्षाहरू भोग्दा, मानिसहरू कमजोर हुनु, भित्री रूपमा नकारात्मक हुनु, परमेश्वरका अभिप्रायहरू नबुझ्नु वा अभ्यासको मार्गबारे प्रस्टता नहुनु सामान्य हो। तर जे भए पनि, तँमा परमेश्वरको कामप्रति आस्था हुनैपर्छ, अनि अय्यूबले जस्तै, तैँले परमेश्वरलाई इन्कार गर्नु हुँदैन। अय्यूब कमजोर भए पनि र उसले आफू जन्मेको दिनलाई धिक्कारे पनि, उसले मानिसहरू जन्मेपछि, तिनीहरूसँग हुने सबै थोकहरू, यहोवाले नै दिनुहुन्छ, र यहोवाले नै ती लैजानु पनि हुन्छ भन्ने कुरा इन्कार गरेन। उसलाई जस्तोसुकै परीक्षाहरू भोगाइएको भए पनि, उसले यो विश्वास थामेर राख्यो।
२ तैँले आफ्ना अनुभवहरूमा, परमेश्वरका वचनहरूबाट जे शोधन भोगे पनि, समग्रमा, परमेश्वरले चाहने कुरा भनेको, तेरो आस्था र परमेश्वरलाई प्रेम गर्ने हृदय नै हो। यस्तो प्रकारले काम गरेर उहाँ मानिसहरूको आस्था, प्रेम र सङ्कल्पलाई सिद्ध पार्नुहुन्छ। …
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सिद्ध पारिनुपर्नेहरू शोधन भएर जानैपर्छ
परमेश्वरका वचनहरू मनन गर्दा, मेरो हृदयले अन्तर्दृष्टि पायो। वास्तवमा, परमेश्वरले हाम्रो विश्वासलाई सिद्ध पार्न मानिस, घटना र कामकुराहरूको बन्दोबस्त गर्नुहुँदो रहेछ। मैले अय्यूबले त्यति ठूला परीक्षाहरू सहेको बारेमा सोचेँ—उनको सम्पत्ति लुटियो, उनका छोराछोरी मरे, र उनको शरीरभरि पिलो आयो, तैपनि उनले कहिल्यै गुनासो गरेनन् र परमेश्वरमा विश्वास राखे, अनि उनी उहाँका निम्ति आफ्नो गवाहीमा दृढ रहे। परमेश्वरले जे गर्नुहुन्छ त्यो मानवीय धारणाहरूसँग मेल खाँदैन, र जब मानिसहरूले यसलाई स्पष्ट रूपमा देख्न सक्दैनन् वा परमेश्वरका अभिप्रायहरू बुझ्न सक्दैनन्, तब तिनीहरूलाई यो अनुभव गर्न विश्वासको खाँचो पर्छ। यो महसुस गरेपछि, मेरो हृदय अझ बढी प्रस्ट भयो।
त्यसपछि, मैले थप चिन्तन गरेँ। जब मैले म युरिमियाको अन्तिम चरणमा छु भन्ने थाहा पाएँ, म डर र त्रासमा जिएँ, र सत्य कुरा के हो भने, म मृत्युसँग डराएकी थिएँ। त्यसैले मैले मेरो स्थितिका सम्बन्धमा परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “किन तिनीहरू मृत्युको डरको कष्टबाट उम्कन सक्दैनन्? मृत्युको सामना गर्दा, कतिपय मानिसहरू डरले पिसाब फेर्छन्; अरूहरू काँप्छन्, बेहोस हुन्छन्, स्वर्ग र मानिसविरुद्ध प्रहार गर्छन्; कतिपय त विलाप गर्ने र रुनेसमेत गर्छन्। कुनै पनि हालतमा यी कुराहरू अचानक मृत्यु नजिकिँदा देखिने प्राकृतिक प्रतिक्रिया होइनन्। मानिसहरूले यस्तो लाजमर्दो किसिमले व्यवहार गर्नुको मुख्य कारण के हो भने, मानिसहरूले आफ्नो भित्री हृदयमा मृत्युको डर मान्छन्, तिनीहरूसँग परमेश्वरको सार्वभौमिकता र उहाँको बन्दोबस्तको स्पष्ट ज्ञान र बुझाइ छैन, ती कुराहरूप्रति तिनीहरू साँचो रूपमा समर्पित हुने त कुरै छाडौँ। मानिसहरूले यस्तो प्रतिक्रिया दिन्छन् किनभने तिनीहरू अरू केही चाहँदैनन्, केवल सबै कुरा आफैले बन्दोबस्त र सञ्चालन गर्न, आफ्नो नियति, आफ्नो जीवन र मृत्यु आफै नियन्त्रण गर्न चाहन्छन्। त्यसकारण, मानिसहरू कहिल्यै पनि मृत्युको डरबाट उम्कन सक्दैनन् भन्नेमा कुनै आश्चर्य छैन” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ३)। परमेश्वरका वचनहरू पढेपछि, मैले बुझेँ कि मृत्युको सामना गर्दा मानिसहरू डराउँछन् र त्रसित हुन्छन् किनभने तिनीहरूले सृष्टिकर्ताको सार्वभौमिकता र बन्दोबस्तहरू बुझ्दैनन्। मानव जीवन र मृत्यु परमेश्वरको नियन्त्रणमा हुन्छन्, र यी मानिसहरूले आफै निर्णय गर्न सक्ने कुरा होइनन्। कसैले पनि आफ्नो भाग्यलाई नियन्त्रण गर्न सक्दैन। अय्यूबले आफ्नो जीवनको मिसन पूरा गरेपछि शान्त भई मृत्युको सामना गरे भनेर परमेश्वरले भन्नुभएको मैले सम्झेँ, र म यसबाट गहिरो रूपमा प्रभावित भएँ। अय्यूबले जीवनभर परमेश्वरको डर माने र दुष्टताबाट अलग बसे, उनले कहिल्यै परमेश्वरसँग लेनदेन गर्ने वा माग राख्ने प्रयास गरेनन्। परमेश्वरले उनलाई केही दिँदा उनले परमेश्वरलाई धन्यवाद दिए, र परमेश्वरले केही लैजाँदा उनी समर्पित भए। परमेश्वरले उनीसँग जस्तोसुकै व्यवहार गर्नुभए पनि, उनी समर्पित हुन सके, र उनले शान्त भई मृत्युको सामना गर्न सके। तर मेरो हकमा भने, जब मैले म युरिमियाको अन्तिम चरणमा छु र अब धेरै समय बाँच्दिनँ भन्ने थाहा पाएँ, तब मैले परमेश्वरसँग गुनासो गरेँ। ममा परमेश्वरप्रति कुनै समर्पण थिएन र ममा परमेश्वरको डर मान्ने हृदय थिएन। म यसरी नै जिइरहन सक्दिनथेँ। म अय्यूबको उदाहरण पछ्याउन, आफ्नो जीवनलाई परमेश्वरको हातमा सुम्पन, र आफूलाई उहाँको सार्वभौमिकता र बन्दोबस्तको कृपामा राख्न तयार भएँ। म जीवित रहुन्जेल आफ्नो क्षमताले भ्याएसम्म आफ्नो कर्तव्य निर्वाह गर्नेथिएँ, र मेरो मृत्यु आएपछि म शान्त भई यसको सामना गर्नेथिएँ, र परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तप्रति समर्पित हुनेथिएँ। यो कुरा बुझेपछि, मैले धेरै राहत महसुस गरेँ।
पछि, मैले चिन्तन गरेँ, “रोगको सामना गर्नुपर्दा, मैले किन मलाई अन्यायपूर्ण व्यवहार गर्नुभयो भनी परमेश्वरबारे गुनासो गरेँ?” मैले परमेश्वरका थप वचनहरू पढेँ: “मानिसहरू परमेश्वरसँग सर्त राख्न योग्य छैनन्। परमेश्वरसँग सर्तहरू राख्नु जत्तिको अनुचित कुरा अरू केही छैन। उहाँले आफूले गर्नुपर्ने काम गर्नुहुनेछ, र उहाँको स्वभाव धर्मी छ। धार्मिकता कुनै पनि हिसाबले निष्पक्षता वा तर्कसङ्गतता होइन; यो समानतावाद, वा तँलाई तैँले गरेको कामका लागि पाउनुपर्ने कुरा दिनु, वा तैँले पूरा गरेको कामको ज्याला तँलाई दिनु, वा तैँले कति कोसिस गरिस् त्यसको आधारमा तँलाई दिनु होइन। यो धार्मिकता होइन, यो त निष्पक्ष र तर्कसङ्गत हुनु मात्रै हो। अत्यन्तै थोरै मानिसहरू मात्रै परमेश्वरको धर्मी स्वभावलाई बुझ्न सक्ने हुन्छन्। मानिलिऊँ, अय्यूबले परमेश्वरको गवाही दिएपछि उहाँले तिनलाई नष्ट पार्नुभयो: के यो धर्मी कार्य हुनेथियो? वास्तवमा, हुनेथियो। किन यसलाई धार्मिकता भनिन्छ? मानिसहरूले धार्मिकतालाई कसरी हेर्छन्? यदि कुनै कुरा मानिसहरूका धारणाहरूअनुरूप छ भने, परमेश्वर धर्मी हुनुहुन्छ भनेर भन्न तिनीहरूलाई निकै सहज हुन्छ; तर, यदि तिनीहरूले केही कुरा आफ्ना धारणाहरूसँग मिल्ने देखेनन् भने—यदि त्यो तिनीहरूले बुझ्न नसक्ने कुरा हो भने—तिनीहरूलाई परमेश्वर धर्मी हुनुहुन्छ भन्न गाह्रो पर्छ। … परमेश्वरको सार धार्मिकता हो। उहाँले गर्ने कुरा बुझ्न सजिलो नभए पनि, उहाँले गर्नुहुने सबै कार्य धर्मी हुन्छन्; यति मात्र हो कि मानिसहरूले त्यो बुझ्दैनन्। जब परमेश्वरले पत्रुसलाई शैतानको हातमा दिनुभयो, तब पत्रुसले कस्तो प्रतिक्रिया दिए? ‘मानवजाति तपाईंले गर्नुहुने काम बुझ्न असमर्थ छ, तर तपाईँले गर्ने सबै कुरामा तपाईँका असल अभिप्रायहरू छन्; ती सबैमा धार्मिकता छ। तपाईँको बुद्धि र कार्यहरूका लागि म तपाईँको प्रशंसा नगरी बस्न कसरी सक्छु र?’ अब त तिमीहरूले देख्नुपर्ने हो, परमेश्वरले मानिसलाई मुक्ति दिनुहुने समयमा शैतानलाई नष्ट नगर्नुको कारण भनेकै शैतानले मानिसहरूलाई कसरी भ्रष्ट तुल्याएको छ र यसले तिनीहरूलाई कति हदसम्म भ्रष्ट तुल्याएको छ भनेर स्पष्ट रूपमा देख्न सकून्, अनि परमेश्वरले कसरी तिनीहरूलाई शुद्ध पार्नुहुन्छ र मुक्ति दिनुहुन्छ भनेर देख्न सकून् भन्ने हो। अन्तिममा, जब मानिसहरूले सत्यता बुझेका र शैतानको घिनलाग्दो अनुहार स्पष्टसित देखेका हुन्छन्, अनि शैतानले तिनीहरूलाई भ्रष्ट पारेको राक्षसी पाप देखेका हुन्छन्, तब परमेश्वरले शैतानलाई नष्ट गर्नुहुनेछ, र तिनीहरूलाई उहाँको धार्मिकता देखाउनुहुनेछ। शैतानलाई नष्ट पार्ने समय निर्धारणमा परमेश्वरको स्वभाव र बुद्धि निहित हुन्छ। परमेश्वरले गर्नुहुने सबै कुरा धर्मी हुन्छन्। मानिसहरूले यो बुझ्न नसक्लान्, तर तिनीहरूले आफ्नै इच्छाले फैसला गर्नु हुँदैन। यदि उहाँले गर्नुभएको कुनै काम तिनीहरूलाई बेमनासिब लाग्छ भने, वा यदि तिनीहरूसित त्यसको बारेमा कुनै धारणाहरू छन्, र त्यसपछि तिनीहरू उहाँ धर्मी हुनुहुन्न भनेर भन्छन् भने, तिनीहरू सबैभन्दा समझहीन भइरहेका हुन्छन्। तैँले देख्छस् कि पत्रुसले बुझ्न नसकिने केही कुरा भेट्टाए, तर तिनमा परमेश्वरको बुद्धि उपस्थित छ र ती कुरामा उहाँको असल इच्छा छ भनी तिनी निश्चित थिए। मानिसहरूले सबै कुरा बुझ्न सक्दैनन्; तिनीहरूले बुझ्न नसक्ने कुरा धेरै छन्। यसैले, परमेश्वरको स्वभाव जान्नु कुनै सजिलो कुरा होइन” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरू पढेपछि, मैले परमेश्वरको धर्मी स्वभाव भनेको मैले कल्पना गरेजस्तो निष्पक्षता, तर्कसङ्गतता, वा मेहनत गरेबापत इनाम दिनु होइन रहेछ भन्ने बुझेँ। मैले जति धैरे दिएको जस्तो देखिए पनि, परमेश्वरले मलाई बदलामा फिर्ता दिनैपर्छ भन्ने होइन। परमेश्वरको धर्मी स्वभाव उहाँको सारद्वारा निर्धारण हुन्छ। परमेश्वरले जे गर्नुहुन्छ त्यो धर्मी हुन्छ र त्यसका पछाडि उहाँका असल अभिप्रायहरू हुन्छन्। तर मैले मेहनत गरेपछि इनाम पाउनैपर्छ, र मैले आफ्नो कर्तव्यमा जति धेरै दिएँ, परमेश्वरले मलाई त्यति नै धेरै इनाम दिनुपर्छ भन्ने सोचेकी थिएँ। त्यसैले जब मैले परमेश्वरमाथिको विश्वासमा केही त्याग गरेँ र आफूलाई समर्पित गरेँ, तब मलाई लाग्यो कि मैले परमेश्वरको सुरक्षा र आशिष्हरू पाउनुपर्छ र मलाई उहाँको राज्यमा ल्याइनुपर्छ, अन्यथा, म परमेश्वरलाई अधर्मी ठान्थेँ। परमेश्वरको धार्मिकताबारे मेरो बुझाइ असङ्गत थियो! परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ, र म केवल एउटी सृजित प्राणी हुँ। चाहे परमेश्वरले कामकुरा जसरी बन्दोबस्त गर्नुभए पनि वा मलाई जस्तोसुकै व्यवहार गर्नुभए पनि, त्यो उचित र धर्मी हुन्छ। यदि परमेश्वरले मलाई आशिष दिनुभयो भने, उहाँ धर्मी हुनुहुन्छ, र यदि उहाँले दिनुभएन भने पनि उहाँ धर्मी नै हुनुहुन्छ। यदि मैले मेरा धारणाहरूद्वारा परमेश्वरको मापन गरेँ भने, म उहाँको प्रतिरोध गरिरहेकी हुन्छु। मैले परमेश्वरले एकपटक भन्नुभएको कुरा सम्झिएँ: “फोहोरीहरूलाई राज्यमा प्रवेश गर्ने अनुमति छैन, फोहोरीहरूलाई पवित्र भूमि मैलो बनाउने अनुमति छैन। तैँले धेरै काम गरेको, र धेरै वर्षसम्म खटेको हुन सक्ने भए तापनि, आखिरमा तँ अझै पनि अत्यन्तै फोहोरी छस् भने, तैँले मेरो राज्यमा प्रवेश गर्न चाहनु स्वर्गको नीति-नियममा असहनीय हुनेछ!” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सफलता वा असफलता व्यक्तिले हिँड्ने मार्गमा निर्भर हुन्छ)। “म प्रत्येक व्यक्तिको गन्तव्य निजको उमेर, वरिष्ठता, वा कष्टको परिमाणका आधारमा निर्धारित गर्दिनँ, ऊ कति दयनीय छ भन्ने कुराका आधारमा त झनै गर्दिनँ, बरु ऊसँग सत्यता छ कि छैन भन्ने आधारमा गर्दछु। योभन्दा अर्को कुनै विकल्प छैन” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आफ्नो गन्तव्यको लागि पर्याप्त असल कार्यहरू तयार गर्)। परमेश्वरले व्यक्तिको गन्तव्य उसमा सत्यता छ कि छैन भन्ने आधारमा निर्धारण गर्नुहुन्छ, उसका देखिएका त्याग र समर्पणका आधारमा होइन। व्यक्तिले सत्यता प्राप्त गरेर मात्र असल परिणाम पाउन सक्छ। यदि कसैले सत्यता प्राप्त गर्दैन तर ऊ अझै शैतानको भ्रष्ट स्वभावले भरिएको छ, र उसले आफ्ना त्याग र समर्पणलाई प्रयोग गरेर परमेश्वरसँग सौदाबाजी गर्ने र उहाँलाई धोका दिने प्रयास गर्छ भने, त्यस्तो व्यक्तिलाई परमेश्वरले घृणा गर्नुहुन्छ र ऊ राज्यमा प्रवेश गर्न अयोग्य हुन्छ। यो नै परमेश्वरको धार्मिकता हो। मैले लेनदेन र साटासाट गर्ने मानसिकताका साथ परमेश्वरमा विश्वास गरेँ, र म मेरा देखिएका कष्ट र समर्पणहरू प्रयोग गरेर परमेश्वरका आशिषहरू प्राप्त गर्न चाहन्थेँ। म परमेश्वरलाई धोका दिइरहेकी र शोषण गरिरहेकी थिएँ। त्यो तरिकाले मैले कसरी परमेश्वरको अनुमोदन पाउन वा राज्यमा प्रवेश गर्न सक्थेँ र? मैले पावलका त्याग र समर्पणहरूबारे सोचेँ। उनले जताततै, र युरोपका धेरैजसो भागमा समेत, प्रभु येशूको सुसमाचार प्रचार गरे, र धेरै मण्डलीहरू स्थापना गरे। अन्त्यमा, उनले भने, “मैले असल लडाइँ लडेको छु, मैले मेरो यात्रा पूरा गरेको छु, मैले आस्था कायम राखेको छु: अबदेखि मेरा लागि धार्मिकताको मुकुट राखिएको छ” (२ तिमोथी ४:७-८)। पावलले आफ्ना त्याग र समर्पणलाई पुँजीका रूपमा प्रयोग गरेर परमेश्वरसँग धार्मिकताको मुकुट माग गरे, र अन्त्यमा, उनलाई दण्ड भोग्न नरकमा फालियो। परमेश्वरमाथिको विश्वासबारे मेरो दृष्टिकोण पावलको जस्तै थियो। जब आशिष्प्रतिको मेरो चाहना चकनाचुर भयो, तब मैले परमेश्वरबारे गुनासो गरेँ। यदि मैले पश्चात्ताप गरिनँ भने, के मेरो पनि पावलको जस्तै हविगत हुनेथिएन र?
पछि, ब्रदर-सिस्टरहरूसँग सङ्गति गर्दा, एउटी सिस्टरले मेरा लागि परमेश्वरका वचनहरूको एउटा खण्ड फेला पारिन्: “भ्रष्ट मानव सबै आफ्नै लागि जिउँछन्। अरूको होइन आफ्नै दुनो सोझ्याउनुपर्छ—मानव प्रकृतिको सारांश यही हो। मानिसहरू सबैले आफ्नै खातिर परमेश्वरमा विश्वास गर्छन्; तिनीहरू आशिषित् हुनकै लागि कामकुरा त्याग्छन् र आफूलाई समर्पित गर्छन्, साथै तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा सहने कष्ट र चुकाउने मूल्य पनि इनाम प्राप्त गर्नका लागि हो। छोटकरीमा भन्दा, यो सबै आशिषित् हुने, इनाम प्राप्त गर्ने, र स्वर्गको राज्यमा प्रवेश गर्ने उद्देश्यले गरिन्छ। संसारमा, मानिसहरूले आफ्नै फाइदाको लागि काम गर्छन्, र परमेश्वरको घरमा, तिनीहरू आशिष्हरू प्राप्त गर्नका लागि कर्तव्य निर्वाह गर्छन्। आशिष्हरू प्राप्त गर्नका खातिर मात्रै मानिसहरूले सबै कुरा त्याग्छन् र धेरै कष्ट सहन सक्छन्। यो सबै मानिसहरूमा शैतानी प्रकृति हुन्छ भन्ने कुराको सबैभन्दा प्रस्ट प्रमाण हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने वर्षौँसम्म परमेश्वरमा विश्वास गरेर, कुराहरू त्यागेर र आफूलाई समर्पित गरेर पनि, त्यो सबै आशिष्हरू प्राप्त गर्नका लागि मात्र रहेछ। म परमेश्वरले मेरो रक्षा गर्नुभएको, मलाई सुरक्षित राख्नुभएको, र रोग वा विपत्तिबाट मुक्त राख्नुभएको चाहन्थेँ। यो परमेश्वरसँग सौदाबाजी गर्ने प्रयास थियो। म “इनामविना औँलो पनि नउठाउनू,” र “अरूको होइन आफ्नै दुनो सोझ्याउनुपर्छ” जस्ता शैतानी विषहरूद्वारा जिइरहेकी थिएँ, र मैले गर्ने हरेक काममा “नाफा” नै सबैभन्दा अगाडि हुन्थ्यो। जतिसुकै गाह्रो वा थकाइलाग्दो किन नहोस्, जबसम्म यसले फाइदा ल्याउँथ्यो, मलाई त्यो सार्थक लाग्थ्यो। जब मैले परमेश्वरमा विश्वास गरेर कर्तव्य निर्वाह गर्दा परमेश्वरको सुरक्षा र असल गन्तव्य पाउन सकिन्छ भन्ने सुनेँ, तब मैले कुराहरू त्यागेँ र आफूलाई समर्पित गरेँ, अनि जतिसुकै दुःख वा मूल्य चुकाउनुपरे पनि, मलाई त्यो जायज लाग्थ्यो। तर जब मैले मलाई युरिमिया भएको र मेरो ज्यान जाने जोखिमसमेत रहेको थाहा पाएँ, तब मलाई लाग्यो कि यदि म मरेँ भने, म राज्यमा प्रवेश गर्न र आशिष्हरू पाउन सक्दिनँ, त्यसैले मैले अब परमेश्वरका वचनहरू पढ्न वा प्रार्थना गर्न चाहिनँ, यहाँसम्म कि मैले उहाँबारे गुनासो गरेँ, उहाँसँग तर्क गरेँ, उहाँको आलोचना गरेँ, र उहाँलाई अधर्मी भनी न्याय गरेँ। मैले मेरा त्याग र समर्पणलाई परमेश्वरसँग अनुरोध गर्न, र मेरा कार्यहरूको प्रतिदान माग्न प्रयोग गरेँ। मेरो मानवता र समझ कहाँ थियो? म अत्यन्तै स्वार्थी र छली भएकी रहेछु! त्यस्ता त्यागहरूले कसरी परमेश्वरको अनुमोदन पाउन सक्थे? परमेश्वरको काम मानिसहरूलाई मुक्ति दिनु, र मानिसहरूलाई आफ्नो कर्तव्य निर्वाह गर्दा सत्यता पछ्याएर आफ्नो स्वभावमा परिवर्तन हासिल गर्न र परमेश्वरको मुक्ति प्राप्त गर्न दिनु हो। तर मैले आशिष्हरू पाउनका लागि मात्र परमेश्वरमा विश्वास गरेँ र आफ्नो कर्तव्य निर्वाह गरेँ। मैले शैतानी विषहरूद्वारा जिउँदा म साँच्चै स्वार्थी र घृणास्पद बनेको देखेँ। म अब यसरी जिउन सक्दिनथेँ र म परमेश्वरसँग पश्चात्ताप गर्न चाहन्थेँ। पछि, मैले अतिथिसत्कार गर्ने कर्तव्य निर्वाह गरेँ, र मलाई भित्री रूपमा खुसी र आनन्द महसुस भयो। मैले आफ्ना कर्तव्यहरूलाई आफ्नो जिम्मेवारीको रूपमा लिएर मात्र म अर्थपूर्ण जीवन जिउन सक्छु भन्ने महसुस गरेँ।