१२. आफ्‍नो बाहिरी भेष हटाएर इमानदार व्यक्ति बन्दा

छङछियान, चीन

२०२२ मा, म मण्डली अगुवाको रूपमा निर्वाचित भएँ। मलाई म सायद सबै पक्षमा राम्रै छु, नत्र ब्रदर-सिस्टरहरूले मलाई छान्ने थिएनन् भन्‍ने लागेको थियो। एक पटक, एउटा भेलामा, सुसमाचार डिकन सिस्टर ली यु, आफ्नो क्षमता कमजोर छ भनेर आफूलाई सीमित गर्ने स्थितिमा जिइरहेकी थिइन्। उनी निकै नकारात्मक थिइन् र उनले हार मान्न चाहन्थिन्। मलाई ली युको क्षमता त्यति नराम्रो छैन भन्‍ने थाहा थियो। उनी मुख्य रूपमा भ्रष्ट स्वभावको समस्याको कारण हार मान्न चाहन्थिन्। मैले मनमनै सोचेँ, “म भर्खरै मण्डली अगुवा भएको छु, र यस्ता समस्याहरू आउँदा, मैले तीबारे सङ्गति गरेर छिट्टै समाधान गर्नुपर्छ। यसले मलाई काममा सक्षम देखाउनेछ र ली युले पनि मलाई अनुमोदन गर्नेछिन्।” म पनि कुनै बेला ली यु जस्तै स्थितिमा थिएँ भन्ने सोचेर, मैले त्यतिबेला पढिरहेको परमेश्‍वरका वचनहरूको एउटा खण्ड खोजेँ, र परमेश्‍वरका तिनै वचनहरूको आधारमा आफ्नो बुझाइ बाँडे। उनले सहमति जनाएको देख्दा, मलाई मनमा खुसी लाग्यो। त्यसपछि, ली युले मलाई सोधिन्, “त्यसोभए तपाईंले पछि कसरी अभ्यास र प्रवेश गर्नुभयो?” म तुरुन्तै अत्तालिएँ, किनभने मसँग त्यतिबेला थोरै मात्र बुझाइ थियो र मैले अभ्यास र प्रवेश गरेकै थिइनँ। मैले मनमनै सोचेँ, “मैले आफ्नो बुझाइ त राम्ररी सङ्गति गरेँ, तर अभ्यास र प्रवेशको कुरा आउनेबित्तिकै मसँग भन्नलाई केही छैन। ली युले मेरो बारेमा के सोच्नेछिन्? यसरी त हुँदैन। मैले अगाडि बढ्ने बाटोको बारेमा सङ्गति गर्ने उपाय खोज्नैपर्छ।” समस्या समाधान गर्ने उपाय निकाल्न मेरो दिमाग चल्न थाल्यो, र मैले चुपचाप आफ्नो अनुभवका छुटेका भागहरू ढाकछोप गरेँ। अनि मैले त्यतिबेला पढेका परमेश्‍वरका वचन र आफूले बुझेका कुरा मात्र गरेँ। जब मैले अनुभव नै नगरेका कुराहरू आए, तब मैले तिनलाई छोडिदिएँ, र त्यसपछि परमेश्‍वरका वचनबारेको मेरो हालसालैको बुझाइको कुरा गरेँ। यसरी टालटुल पारेर मैले आखिरमा मेरो सङ्गति टुङ्ग्याएँ। जब मैले ली युको कुनै प्रतिक्रिया देखिनँ, तब मलाई भित्रभित्रै साह्रै निराशा लाग्यो, र सोचेँ, “मेरो वास्तविक स्तर खुलासा भयो, र अब ली युले मलाई हेप्नेछिन्।” पछि, जब हामीले सुसमाचारको कामबारे कुरा गर्‍यौं, तब ली युले अझै केही प्रश्नहरू सोधिन्। इज्जत जोगाउन मैले केही समाधानहरू प्रस्ताव गर्न चाहे पनि, लामो समयसम्म घोरिँदा पनि मैले कुनै काम लाग्ने सुझावहरू निकाल्न सकिनँ। त्यसपछि मैले सोचेँ, म अहिले मण्डली अगुवा हुँ, र जेसुकै भए पनि, मैले अगाडि बढ्ने बाटो देखाउनैपर्छ। त्यसैले मैले ली युलाई भनेँ, “वास्तवमा, यी समस्याहरूको सामना गर्दा, परमेश्‍वरले हाम्रो कर्तव्यप्रतिको दृष्टिकोण हेर्नुहुन्छ। हामीले अझ बढी सोचविचार गर्यौँ र अझ बढी मूल्य चुकायौँ भने, परमेश्‍वरले पक्कै पनि हामीलाई डोर्‍याउनुहुनेछ।” सङ्गति गर्दै गर्दा मैले ली युको अभिव्यक्ति नियालेँ। मेरो सङ्गतिभरि, ली युले कुनै प्रतिक्रिया जनाइनन्। मैले त्यति धेरै भन्दा पनि त्यसले कुनै नतिजा नल्याएको देख्दा, मलाई मैले पूर्ण रूपमा इज्जत गुमाएको छु जस्तो महसुस भयो। मसँग मण्डली अगुवाको पद मात्र थियो तर म समस्या समाधान गर्न सक्दिनथिएँ। ली युले मेरो बारेमा के सोच्नेछिन्? घर फर्किँदा, मलाई साह्रै नराम्रो लाग्यो, र म एकदमै दिक्दार भएँ। मैले मनमनै सोचेँ, “मैले भर्खरै अगुवाको रूपमा काम गर्न सुरु गरेको हुँ र यति धेरै कमजोरीहरू देखाइसकेँ। मलाई थाहा छैन भविष्यमा म कति भेलाहरूमा सहभागी हुनुपर्नेछ र मैले कति समस्याहरूको सामना गर्नुपर्नेछ। यदि हरेक पटक आजजस्तै भयो भने, म के गर्ने? यदि सबैले मेरो वास्तविकता थाहा पाए भने, भविष्यमा म यो मण्डलीमा कसरी बस्ने?” मलाई दबाब बढेको महसुस भयो, र मेरो मुटु गह्रौं भयो, मानौं त्यसलाई ढुङ्गाले थिचिएको छ।

घर पुगेपछि, मैले छद्मभेष र छलद्वारा आफैँलाई हानि पुर्‍याएँ भन्ने अनुभवात्मक गवाही भिडिओ हेरेँ। म ली युको अगाडि, बुझेजस्तो बहाना गरेर बसेका ती दृश्यहरू सम्झँदा, बल्ल मैले के महसुस गरेँ भने, म आफैलाई बाहिरी भेषमा लुकाउने स्थितिमा जिइरहेको रहेछु। मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड सम्झेँ र त्यसलाई पल्टाएर पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “कतिपय अगुवा र कामदारहरूले मण्डलीभित्र रहेका वास्तविक समस्याहरू देख्‍न सक्दैनन्। भेलामा हुँदा, तिनीहरूलाई आफूसँग भन्‍नको लागि केही पनि महत्त्वपूर्ण कुरा छैन भन्‍ने लाग्छ, त्यसकारण तिनीहरू जबरजस्ती केही शब्द र धर्मसिद्धान्तहरू प्रस्ताव गर्छन्। आफूले भनिरहेको कुरा धर्मसिद्धान्त मात्रै हो भन्‍ने कुरा तिनीहरूलाई राम्ररी थाहा हुन्छ, तर पनि तिनीहरूले त्यो कुरा भन्छन् नै। अन्त्यमा, तिनीहरू आफैलाई आफ्ना वचनहरू खल्लो पनि लाग्छ, र तिनीहरूका ब्रदर-सिस्टरहरूलाई पनि त्यो आत्मिक रूपमा उन्नतिदायक लाग्दैन। यदि तँलाई यो समस्याबारे थाहा छैन, तर तँ केवल जिद्दी गर्दै यस्ता कुराहरू बोलिरहन्छस् भने, पवित्र आत्माले काम गरिरहनुभएको छैन, र मानिसहरूलाई फाइदा हुँदैन। यदि तैँले सत्यता अनुभव गरेको छैनस्, तैपनि यसको बारेमा बोल्‍न चाहन्छस् भने, तैँले जेसुकै नै भने पनि सत्यताको भित्री कुरालाई बताउन सक्‍नेछैनस्; तैँले थप रूपमा बताउने कुरा शब्द र धर्मसिद्धान्तहरू मात्रै हुनेछन्। तँलाई आफूले अलिकति अन्तर्दृष्टि पाएको जस्तो लाग्ला, तर त्यो त धर्मसिद्धान्तहरू मात्रै हो; त्यो सत्यता वास्तविकता होइन। मानिसहरूले चाहे जति नै कठिन प्रयास गरे पनि, तैँले त्यसबारे सङ्गति गरेको सुनेर तिनीहरूले कुनै पनि वास्तविक कुरा बोध गर्न सक्दैनन्। सुन्दा खेरी, तैँले भनेको कुरा निकै सही हो भन्‍ने तिनीहरूलाई लाग्‍न सक्छ, तर पछि गएर, तिनीहरूले यसलाई पूर्ण रूपमा बिर्सनेछन्। यदि तैँले आफ्‍ना वास्तविक स्थितिहरूबारे कुरा गर्दैनस् भने, तैँले मानिसहरूको हृदय छुन सक्‍नेछैनस्, मानिसहरूले त्यो सुनेर याद राख्ने छैनन्। त्यसले कुनै रचनात्मक कुरा दिन सक्दैन। तैँले यस्तो परिस्थिति सामना गर्दा, तँलाई आफूले बोलिरहेको कुरा व्यावहारिक छैन भनेर थाहा हुनुपर्छ; तँ यसरी नै बोलिरहन्छस् भने, त्यसले कसैलाई राम्रो गर्नेछैन, र यदि कसैले तैँले उत्तर दिन नसक्ने प्रश्न सोध्यो भने, परिस्थिति झनै अप्ठ्यारो हुनेछ। तैँले तुरुन्तै चुप लागेर अरूलाई सङ्गति गर्न दिनुपर्छ—त्यो बुद्धिमानी निर्णय हुनेछ। यदि तँ भेलामा छस् र तँलाई कुनै निश्चित मामलाबारे केही कुरा थाहा छ भने, तैँले त्यसबारे केही व्यावहारिक कुरा बताउन मिल्छ। त्यो अलिक सतही होला, तर त्यो सबैले बुझ्नेछन्। यदि तँ सधैँ अरूलाई प्रभावित पार्न गहन तरिकामा बोल्न चाहन्छस् तर आफूलाई प्रस्ट व्यक्त गर्न सक्दैनस् भने तैँले बोल्न छोडिहाल्नुपर्छ। तैँले त्यसपछि बोल्ने सबै कुरा खोक्रो धर्मसिद्धान्त हुनेछन्; तैँले अरू कसैलाई सङ्गति जारी राख्‍न दिनुपर्छ। यदि तँलाई आफूले बुझ्ने कुरा धर्मसिद्धान्त हो र त्यो भन्‍नु रचनात्मक हुँदैन भन्‍ने लाग्छ भने, तैँले त्यस्तो क्षणमा बोल्दा, पवित्र आत्माले काम गर्नुहुनेछैन। यदि तँ जबरजस्ती बोल्छस् भने, विसङ्गति र विचलनहरू निम्तिन सक्छन् अनि मानिसहरू बहकिन सक्छन्। धेरै मानिसको जग र क्षमता यति कमजोर हुन्छ कि तिनीहरू गहन कुराहरूलाई छोटो समयमा ग्रहण गर्न वा तिनलाई सजिलै याद गर्न सक्दैनन्। अर्कोतर्फ, तिनीहरू विकृत, प्रावधान र धर्मसिद्धान्तसम्बन्धी कुराहरूचाहिँ झट्टै टिप्छन्। यो त तिनीहरूको दुष्टता हो, होइन र? त्यसैले, तँ आफूले सत्यताबारे सङ्गति गर्दा सिद्धान्तहरूमा अडिग हुनैपर्छ र आफूले जे बुझ्छस् त्यसबारे बोल्नुपर्छ। मानिसहरूको हृदयमा अभिमान हुन्छ, र कहिलेकाहीँ, तिनीहरू अभिमानद्वारा नियन्त्रित हुँदा, आफूले बोल्ने कुरा धर्मसिद्धान्त हो भन्‍ने थाहा भएर पनि बोल्ने जिद्दी गर्छन्। तिनीहरू यस्तो सोच्छन्, ‘मेरा दाजुभाइ-दिदीबहिनीहरूले खुट्ट्याउन नसक्लान्। म आफ्नो प्रतिष्ठाको खातिर त्यो सब बेवास्ता गरिदिन्छु। अहिले वर्तमान हालतलाई जस्ताका त्यस्तै ठिकठाक छ जस्तो देखाइराख्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो।’ के यो मानिसहरूलाई मूर्ख बनाउने प्रयास होइन? यो त परमेश्‍वरप्रति अबफादार हुनु हो! यदि यस व्यक्तिमा अलिकति पनि समझ छ भने, उसलाई पछुतो हुनेछ र आफूले बोल्न छोड्नुपर्छ भन्‍ने महसुस हुनेछ। उसलाई आफूले विषय बदल्नुपर्छ र आफूले अनुभव गरेको कुरा, वा सायद सत्यताबारे आफ्नो बुझाइ र ज्ञानमा सङ्गति गर्नुपर्छ भन्‍ने महसुस हुनेछ। कुनै व्यक्तिले जति बुझ्छ, त्यति नै बोल्नुपर्छ। व्यक्तिले जतिसुकै बोले पनि, उसले बोल्न सक्ने व्यावहारिक कुराको सीमितता हुन्छ। अनुभवविना, तेरा कल्पना र सोचाइ सिद्धान्त मात्र हुन्, मानव धारणाका कुरा मात्र हुन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वर भन्नुहुन्छ, भेलाहरूमा सङ्गति गर्दा, मानिसहरूले जति बुझेका छन् त्यति मात्र बोल्नुपर्छ। तिनीहरूसँग हुनुपर्ने समझ यही हो। यदि मानिसहरूले आफूले अनुभव नै नगरेका वा स्पष्टसँग नदेखेका कुराहरूमा बोल्न कर गर्छन्, र आफूले धर्मसिद्धान्तहरू फलाकिरहेको छु भन्ने राम्ररी थाहा हुँदाहुँदै पनि त्यसो गर्छन् भने, तिनीहरूले केवल आफ्नो अभिमानलाई सन्तुष्ट पारिरहेका हुन्छन्, र मानिसहरूलाई मूर्ख बनाइरहेका हुन्छन्। भेलामा मैले गरिरहेको पनि त्यही थियो। जब मैले सुसमाचार डिकनले विभिन्न समस्याहरूबारे कुरा गरेको सुनेँ, तब म उनका समस्याहरू छिट्टै समाधान गर्न चाहन्थेँ, ताकि मैले मण्डली अगुवाको रूपमा म कुनै निश्चित स्तरमा छु भन्‍ने कुरा देखाउन सकूँ। तर सङ्गति गर्दै जाँदा, मैले मेरो थोरै बुझाइ छलफल गरिसकेपछि, मसँग भन्नलाई अरू केही छैन भन्‍ने महसुस गरेँ। आफ्नो छवि कायम राख्न, मैले धर्मसिद्धान्तहरू फलाकेर निरन्तरता दिन कर गरेँ, र म आफूलाई अनुभवी व्यक्तिको रूपमा बाहिरी भेष बदल्न चाहन्थेँ। परिणामस्वरूप, ली युको समस्या अझै समाधान भएन। म यो सम्पूर्ण प्रक्रियामा कसरी इज्जत जोगाउने भन्ने बारेमा मात्र सोचिरहेको थिएँ। समस्याहरू वास्तवमा कसरी समाधान गर्ने भन्ने बारेमा मैले सोच्दै सोचिनँ। सुसमाचार डिकनको स्थिति राम्रो थिएन, र सुसमाचारको काममा वास्तविक कठिनाइहरू आएका थिए, तर मलाई त्यसको कुनै चिन्ता लागेन, र मैले त इज्जत गुमाएँ कि कमाए भन्ने कुरालाई मात्र मनमा लिएँ। म कति धेरै स्वार्थी र घृणास्पद भइरहेको थिएँ! मैले धर्मसिद्धान्तहरू फलाकेर ली युलाई मूर्ख बनाएको थिएँ, तर परमेश्‍वरले हाम्रो हृदयको गहिराइ छानबीन गर्नुहुन्छ। त्यसरी कर्तव्य निर्वाह गर्नु, वास्तविक काम नगर्नु वा वास्तविक समस्याहरू समाधान नगर्नु भनेको झूटो अगुवाको व्यवहार देखाउनु थियो।

मेरा ब्रदर-सिस्टरहरूले मेरो स्थितिबारे थाहा पाएपछि, उनीहरूले मलाई परमेश्‍वरका वचनहरूको एउटा खण्ड खोजिदिए। यसले मलाई मेरा समस्याहरू अझ स्पष्ट रूपमा देख्न सक्षम बनायो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “मानिसहरू अन्तर्निहित रूपमै सृजित प्राणी हुन्। के सृजित प्राणीहरूले सर्वशक्तिमान्‌ता प्राप्त गर्न सक्छन्? के तिनीहरूले सिद्धता र निष्खोटता प्राप्त गर्न सक्छन्? के तिनीहरूले सबै कुरामा निपुणता प्राप्त गर्न, सबै कुरा बुझ्न, सबै कुरा स्पष्ट रूपमा देख्न, र सबै कुराका लागि सक्षम हुन सक्छन्? तिनीहरूले सक्दैनन्। तैपनि, मानिसहरूभित्र एउटा भ्रष्ट स्वभाव हुन्छ र एउटा घातक कमजोरी हुन्छ: तिनीहरूलाई आफूले कुनै सीप वा पेसा सिक्नेबित्तिकै आफू सक्षम छु, आफू हैसियत र महत्त्व भएको मानिस हुँ, र आफू पेसेवार हुँ भन्‍ने लाग्छ। तिनीहरूको वास्तविक सामर्थ्य जस्तो भए पनि, तिनीहरू सबै आफूलाई महत्त्वपूर्ण वा असाधारण व्यक्तिको भेषमा प्रस्तुत गर्न चाहन्छन्, केही हदसम्म प्रसिद्ध व्यक्ति बन्न, र अरूलाई आफू एउटै पनि खोट नभएको सिद्ध र दोषरहित रहेको सोच्न लगाउन चाहन्छन्; तिनीहरू अरूको नजरमा भव्य र प्रभावशाली छविसहितको, कुनै पनि कुरा गर्ने क्षमता भएको, र आफूले गर्न नसक्ने केही पनि नभएको, कुनै सक्षम, शक्तिशाली, असाधारण, वा प्रसिद्ध र महान् व्यक्ति देखिन चाहन्छन्। तिनीहरू आफूले अरूको सहायता खोजेमा, आफू असक्षम र हीन देखिने, र मानिसहरूले तिनीहरूलाई तुच्छ ठान्ने सोच्छन्। यसकारण, तिनीहरू सधैँ नाटक गर्न चाहन्छन्। … यो कस्तो किसिमको स्वभाव हो? त्यस्ता मानिसहरूको अहङ्कारको कुनै सीमा हुँदैन, तिनीहरूले सबै समझ गुमाइसकेका हुन्छन्। तिनीहरू साधारण मानिस बन्‍न चाहँदैनन्, तिनीहरू मामुली, सामान्य मानिस बन्‍न चाहँदैनन्, बरु महामानव, असाधारण व्यक्ति, वा सक्षम मानिस बन्न चाहन्छन्। यो निकै ठूलो समस्या हो! सामान्य मानवताभित्रका कमजोरीहरू, कमीहरू, अज्ञानता, मूर्खता, र समझको कमीको सम्बन्धमा भन्दा, तिनीहरूले ती सबै कुरा पोको पार्छन्, र अरू मानिसहरूलाई त्यो देख्न दिँदैनन्—तिनीहरू आफ्नो भेष बदलिरहन्छन्। कतिपय मानिस कुनै पनि कुरा स्पष्ट रूपमा देख्न सक्दैनन्, तैपनि तिनीहरू आफ्नो हृदयमा बुझ्ने दाबी गर्छन्। आफ्ना विचारहरू व्यक्त गर्न भनिँदा, तिनीहरू केही भन्न सक्दैनन्, तर अरूले आफ्ना विचारहरू व्यक्त गर्दा तिनीहरू भन्छन्, ‘मैले पनि भन्न चाहेको कुरा यही थियो, मैले मौका मात्रै पाइनँ।’ तिनीहरू आफ्नो भेष बदलिरहन्छन् र देखावटी गरिरहन्छन्। मलाई भन, के यस्ता मानिसहरू सधैँ कुहिरोमा जिइरहेका हुँदैनन् र? के तिनीहरू सपना देखिरहेका छैनन् र? तिनीहरू आफूलाई चिन्दैनन्, तिनीहरू आफू को हुन् भन्ने जान्दैनन्, र तिनीहरू सामान्य मानवता जिउन जान्दैनन्। तिनीहरूले मानिसहरूले गर्नुपर्ने काम व्यावहारिक तरिकाले कहिल्यै गरेका छैनन्, न त तिनीहरू कहिल्यै सामान्य व्यक्तिजस्तो जिएका नै छन्। तिनीहरू सधैँ कुहिरोमा, अलमल्ल तरिकाले जिउँछन्; तिनीहरू व्यावहारिक तरिकाले कामकुरा गर्दैनन्, तर सधैँ आफ्ना कल्पनाहरूअनुसार जिउँछन्। यसले समस्या निम्त्याउँछ। तिनीहरू आफूलाई आचरणमा ढाल्न जान्दैनन्, र तिनीहरूले रोजेको जीवन मार्ग गलत छ। यदि तैँले यसो गरिस् भने, तैँले परमेश्‍वरमा जसरी विश्‍वास गरे पनि तैँले सत्यता बुझ्नेछैनस्, न त सत्यता प्राप्त गर्न नै सक्नेछस्। इमानदारीसाथ भन्दा, तेरो सुरुआती बिन्दु नै गलत छ, त्यसैले तैँले सत्यता प्राप्त गर्न सक्दैनस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा प्रवेश गर्नका लागि पूरा गर्नैपर्ने पाँच सर्तहरू)। परमेश्‍वरले के खुलासा गर्नुभयो भने, मानिसहरूसँग अहङ्कारी स्वभाव हुन्छ, र उनीहरू साधारण मानिसको रूपमा रहेको आफ्नो स्थानमा बस्न चाहँदैनन्, र सधैँ आफूले सबै कुरा गर्न सक्छु र सबै कुरा बुझ्छु भन्ने बहाना गर्न चाहन्छन्, अनि तिनीहरूले अरूलाई आफू औसत मानिस नभई उच्च स्तरमा छु भनेर गलत रूपमा सोच्न लगाउने प्रयास गर्छन्। मैले पनि त्यसरी नै व्यवहार गरिरहेको थिएँ। मण्डली अगुवा निर्वाचित भएपछि, मलाई सबै पक्षमा म राम्रै छु भन्ने लागेको थियो। म यो बोझ काँधमा लिन सक्छु भनेर अरूलाई देखाउन चाहन्थेँ, र जस्तोसुकै समस्या आए पनि, म ब्रदर-सिस्टरहरूलाई समाधान गर्न मद्दत गर्न सक्छु, र यो कुरा मात्रै मेरो वर्तमान पहिचानअनुरूप हुन्छ भन्ने मलाई लागेको थियो। तर जब मैले अरूका समस्याहरू समाधान गर्न खोज्दा अभ्यासको बाटो दिन सकिनँ, तब मैले उनीहरूलाई सङ्गति गर्नका लागि केही कुराहरू बटुलेँ, र बाहिरी देखावटीपन कायम राख्न केही शब्द र धर्मसिद्धान्तहरू फलाक्न आफैलाई कर गरेँ। मसँग जे कमी थियो, मैले जे बुझेको थिइनँ, र म जे गर्न सक्दिनथेँ, मैले ती कुराहरू सधैँ लुकाएँ। म अरूका अगाडि कुनै पनि समस्याले मलाई जित्न सक्दैन भन्ने बहाना गर्न चाहन्थेँ। के मैले आफैलाई महामानवको भेषमा देखाउने प्रयास गरिरहेको थिइनँ र? म पहिले मण्डली अगुवा भएको थिइनँ, र यसमा समावेश धेरै मुद्दाहरूबारे म परिचित थिइनँ। मैले ली युका समस्याहरू तुरुन्तै समाधान गर्न नसक्नु सामान्य कुरा थियो। तैपनि, आफ्नो राम्रो छवि बनाउन, मैले आफूले स्पष्ट नदेखेका वा नबुझेका कुराहरूलाई ढाकछोप गरेँ। म साधारण मानिसको रूपमा आफ्नो उचित स्थानमा बस्न इच्छुक थिइनँ। मेरो प्रकृति साह्रै अहङ्कारी थियो, ममा समझको कति धेरै कमी थियो!

त्यसपछि, मैले सधैँ भेष बदल्ने मानिसहरूलाई खुलासा गर्ने सम्बन्धी परमेश्‍वरका वचनहरू मनन गर्नका लागि खोजेँ, र आफ्नो बारेमा अझ बढी बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “कतिपय मानिस सधैँ आफ्नो साँचो रूप ढाकछोप गर्ने प्रयास गर्छन्, सधैँ आफूलाई चोख्याउँछन्, अरूले तिनीहरूलाई उच्च मानून्, र तिनीहरूका दोष वा कमजोरीहरू देख्न नसकून् भनी सधैँ भेष बदल्छन्, र सधैँ आफ्नो सबैभन्दा राम्रो पक्ष अरूसामु प्रस्तुत गर्ने चाहना राख्छन्—त्यो कस्तो प्रकारको स्वभाव हो? त्यो अहङ्कार, आडम्बर, पाखण्ड हो, यो शैतानको स्वभाव हो, यो एक प्रकारको दुष्टता हो। यो त शैतानी शासनका सदस्यहरूले गोप्य रूपमा जति नै लडाइँ, झगडा, वा काटमार गरे पनि कसैलाई पनि तिनीहरूको रिपोर्ट वा पर्दाफास गर्न नदिइने कुरा जस्तै हो। तिनीहरू मानिसहरूले तिनीहरूको पैशाचिक रूप देख्लान् भनेर डराउँछन्, र त्यसलाई ढाकछोप गर्न आफूले सकेजति सबै गर्छन्। जनसमुदायअघि तिनीहरू आफूलाई सेतो पोत्न आफूले सक्नेजति सबै गर्दै, तिनीहरू मानिसहरूलाई धेरै प्रेम गर्छन्, तिनीहरू धेरै महान्, महिमित र अचूक छन् भन्छन्। यो शैतानको प्रकृति हो। शैतानको प्रकृतिको सबैभन्दा विशिष्ट विशेषता छल र धोखा हो। अनि यो छल र धोखाको उद्देश्य के हो? मानिसहरूका आँखा छल्नु, तिनीहरूलाई यसको सार र यसको साँचो रूप देख्नबाट रोक्नु, र त्यसो गरेर सधैँभरि शासन गर्ने उद्देश्य प्राप्त गर्नु हो। साधारण मानिसहरूमा शक्ति र हैसियत नहोला, तर तिनीहरू पनि अरूले तिनीहरूलाई राम्रो नजरले हेरून् भन्‍ने चाहन्छन्, र मानिसहरूले तिनीहरूलाई उच्च नजरले हेरून्, र मनमा तिनीहरूलाई उच्च हैसियतमा राखून् भन्‍ने चाहन्छन्। यो भ्रष्ट स्वभाव हो, र यदि मानिसहरूले सत्यतालाई बुझ्दैनन् भने, यसलाई चिन्न सक्दैनन्। भ्रष्ट स्वभावलाई चिन्नु सबैभन्दा गाह्रो कुरा हो: आफ्नै गल्ती र कमीकमजोरीहरू चिन्न सजिलो छ, तर आफ्नै भ्रष्ट स्वभावहरू चिन्न सजिलो छैन। आफूलाई नचिन्ने मानिसहरूले आफ्नो भ्रष्ट स्थितिहरूबारे कहिल्यै कुरा गर्दैनन्—तिनीहरू सधैँ आफू अत्यन्तै राम्रो भएको सोच्छन्। र थाहै नपाई तिनीहरू देखावटी गर्न थाल्छन्: ‘मैले विश्‍वास गरेको यत्तिका वर्षमा, धेरै सतावट र धेरै कठिनाइ भोगेको छु। के तपाईंहरूलाई थाहा छ, मैले यो सबै कसरी पार गरेँ?’ के यो अहङ्कारी स्वभाव होइन र? तिनीहरूले आफ्नो प्रदर्शन गर्नुपछाडिको अभिप्राय के हो? (मानिसहरूलाई आफूलाई उच्च ठान्न लगाउनु।) उसले मानिसहरूलाई आफूलाई उच्च ठान्न लगाउनुको उद्देश्य के हो? (मानिसहरूका मनमा हैसियत बनाउनु।) जब अरू कसैको मनमा तेरो हैसियत हुन्छ, तब ऊसँग अन्तरक्रिया गर्दा, उसले तँलाई आदर गर्छ, र तँसित बोल्दा ऊ अत्यन्तै शिष्ट बन्छ। उसले सधैँ तँलाई आदरभावले हेर्छ, र सबै कुरामा, उसले तँलाई पहिले जान दिन्छ, बाटो छोडिदिन्छ, अनि फुर्काउँछ र तेरो आज्ञा पालन गर्छ। सबै कुरामा, ऊ तँलाई खोज्छ र तँलाई निर्णयहरू गर्न दिन्छ। र तँलाई यसबाट आनन्द अनुभूति हुन्छ—तँलाई आफू अरू कोहीभन्दा श्रेष्ठ र राम्रो हुँ भन्ने लाग्छ। यो कसैको मनमा हैसियत हुनुको अनुभूति हो; सबै मानिसहरू यस्तो अनुभूतिमा रमाउन चाहन्छन्। … तेरो बोली र काम हैसियतको पछ्याइ र प्राप्तिद्वारा प्रेरित हुन्छन्, र तँ यसका लागि अरूसँग लडाइँ, ठेलमठेल र प्रतिस्पर्धा गर्छस्। तेरो लक्ष्य पद कब्जा गर्नु, र परमेश्‍वरका चुनिएका मानिसहरूलाई तेरो कुरा सुन्न, तेरो समर्थन गर्न र तँलाई पुज्न लगाउनु हो। तैँले त्यो ओहोदा लिइसकेपछि, शक्ति प्राप्त गरेको हुन्छस् अनि हैसियत, अरूले गर्ने पुजाइ, र त्यस पदसँगै आउने अन्य सबै सुविधाहरूको लाभ उठाउन सक्छस्। मानिसहरू सधैँ भेष बदल्छन्, अरूको अगाडि प्रदर्शन गर्छन्, आफूलाई चोख्याउँछन्, आफूलाई चिटिक्क पार्छन्, र आफू सिद्ध छु भनी अरूलाई सोच्न लगाउन आफूलाई सुशोभित पार्छन्। यसमा तिनीहरूको लक्ष्य नै हैसियत प्राप्त गर्नु हो, ताकि तिनीहरूले हैसियतका फाइदाहरूको आनन्द लिन सकून्। यदि तँ यो विश्‍वास गर्दैनस् भने, यसबारे ध्यानपूर्वक विचार गर्: तँ किन सधैँ मानिसहरूलाई तँलाई उच्च ठान्न लगाउन चाहन्छस्? तँ तिनीहरूलाई तेरो आराधना र मान गर्न लगाउन चाहन्छस्, ताकि तैँले अन्ततः शक्ति लिन र हैसियतका फाइदाहरूको आनन्द लिन सकोस्। तैँले यति बेस्सरी खोजेको हैसियतबाट धेरै फाइदा पाउने छस्, र अरूले ठ्याक्कै यी नै फाइदाहरूको ईर्ष्या र चाह गर्छन्। जब मानिसहरूले हैसियतले दिने धेरै फाइदाहरूको स्वाद पाउँछन्, यसको तिनीहरूलाई नशा लाग्छ, र तिनीहरू त्यो विलासी जीवनमा लिप्त हुन्छन्। मानिसहरू यो मात्र खेर नफालिएको जीवन हो भन्‍ने सोच्छन्। भ्रष्ट मानव यी कुरामा लिप्त भएर रमाउँछ। तसर्थ, व्यक्तिले निश्चित पद प्राप्त गरेर यसबाट प्राप्त हुने विभिन्न लाभहरू पाउन थालेपछि, ऊ अथक रूपमा यी पापमय मोजमज्जामा लिप्त हुन्छ, र ती कहिल्यै नत्याग्ने हदसम्म समेत पुग्छ। मुख्यतः प्रसिद्धि र हैसियतको पछ्याइ निश्चित पदबाट प्राप्त हुने फाइदाहरूमा रमाउने, राजाझैँ शासन गर्ने, परमेश्‍वरका चुनिएका मानिसहरूमाथि नियन्त्रण जमाउने, सबै कुरामा प्रभुत्व जमाउने र आफ्नो हैसियतका फाइदाहरूमा विलासी जीवन जिउन र पापमय मोजमज्जामा लिप्त हुन सक्ने स्वतन्त्र राज्य स्थापना गर्ने इच्छाले प्रेरित हुन्छ। शैतानले मानिसहरूलाई धोका दिन, छल गर्न र मूर्ख बनाउन र तिनीहरूमा झूटो छाप छोड्न सबै प्रकारका तरिकाहरू प्रयोग गर्छ। शैतान मानिसहरूलाई त्यसको आदर गर्न र त्यसको डर मान्न लगाउन डर-धम्कीसमेत प्रयोग गर्छ, त्यसको अन्तिम लक्ष्य तिनीहरूलाई त्यसप्रति समर्पित हुन र त्यसको आराधना गर्न लगाउनु हो। यही कुराले शैतानलाई खुसी तुल्याउँछ; यो मानिसहरूलाई जित्न परमेश्‍वरसँग प्रतिस्पर्धा गरेर त्यसले हासिल गर्न खोजेको लक्ष्य पनि हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। व्यक्तिको आत्मआचरणलाई मार्गदर्शन गर्नुपर्ने सिद्धान्तहरू)। परमेश्‍वरले के खुलासा गर्नुहुन्छ भने, सधैँ देखावटीपन गर्न र भेष बदल्न चाहने मानिसहरू पाखण्डी हुन्, तिनीहरू प्रकृतिमै अहङ्कारी र ढोँगी हुन्छन्, र तिनीहरूले अरूबाट उच्च प्रशंसा पाउन र विशेष व्यवहारको आनन्द लिनका लागि मात्र आफ्ना समस्याहरू ढाकछोप गर्छन् र झूटा आवरणले मानिसहरूलाई छल गर्छन्। मण्डली अगुवाको रूपमा निर्वाचित भएपछि, जब मैले ली युको समस्या समाधान गर्ने प्रयास गरे, तब मसँग कुनै अनुभव नहुँदा पनि मैले बुझेको र अनुभव भएको बहाना गरेँ, र अरूलाई झुक्याउन टालटुल शब्दहरू प्रयोग गरेँ। मेरो उद्देश्य भनेको आफ्नो राम्रो छवि कायम राख्नु थियो। म अरूले मेरो प्रशंसा गरून्, मलाई उच्च ठानून्, अरू मेरो वरिपरि घुमून्, र ममै केन्द्रित होऊन् भन्‍ने चाहन्थेँ। अन्ततः, मैले अरूले गरेको प्रशंसाबाट आउने श्रेष्ठताको भावको आनन्द लिन पनि त्यसो गरेँ। मेरो भित्री हृदय कति दुष्ट थियो! मण्डली अगुवाको रूपमा निर्वाचित हुनुअघि, जब म ब्रदर-सिस्टरहरूले प्रश्न सोधेको सुन्थेँ, तब म सधैँ उनीहरूसँग मेरा अनुभवहरूबारे कुरा गर्न चाहन्थेँ, किनभने मलाई सबैले अनुभवी मानिसहरूलाई सम्मान गर्छन् भन्‍ने लाग्थ्यो। त्यसैले, मसँग धेरै अनुभवात्मक बुझाइ नभए पनि, म अझै धेरै कुरा गर्ने प्रयास गर्थेँ। मण्डली अगुवा निर्वाचित भएपछि पनि, म अझै भेलाहरूमा सङ्गति गरेर आफूलाई स्थापित गर्न चाहन्थेँ। मैले आफूलाई स्थापित गरे पनि नगरे पनि, जहाँसम्म मेरो अभिप्रायको कुरा छ, म मानिसहरूले मलाई सम्मान गरून् र उच्च ठानून् भन्ने चाहन्थेँ। यो त ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्नु थियो। मण्डली अगुवा बन्नेबित्तिकै, मैले कसरी मानिसहरूलाई मलाई सम्मान गर्न लगाउने र उच्च ठान्‍न लगाउने भन्ने बारेमा सोच्न थालेँ। मैले आफ्ना ब्रदर-सिस्टरहरूलाई झुक्याउन र हैसियतका फाइदाहरूको आनन्द लिन भेष र छलको पनि प्रयोग गरेँ। ममा समझको कति धेरै कमी थियो! मैले जे कुरा पछ्याइरहेको थिएँ त्यो परमेश्‍वरका मागहरूको ठीक विपरीत थियो। यदि यो क्रम जारी रहेको भए, यसले मेरा ब्रदर-सिस्टरहरूको जीवन प्रवेश र मण्डलीको काममा बाधा पुर्‍याउने थियो। ढिलो वा चाँडो, मैले परमेश्‍वरलाई चिढ्याउनेथिएँ! जब मैले यो कुरा बुझेँ, तब मैले ली युलाई पत्र लेखेँ र त्यो दिनको मेरो स्थिति र बुझाइबारे खुलेर कुरा गरेँ, र उनलाई मद्दत गर्न परमेश्‍वरका अझ बढी वचनहरू खोजेर पठाएँ। ली युले पनि मलाई पत्र लेखिन् र आफ्नो केही बुझाइबारे सङ्गति गरिन्। आफ्नो वास्तविक रूप उदाङ्गो पारेर, मैले केही मात्रामा आफ्नो उचित स्थान फेला पारेको महसुस गरेँ, र मलाई निकै हल्का महसुस भयो।

जब मैले देखावटीपन गर्ने र भेष बदल्ने मेरो समस्या धेरै गम्भीर छ भन्ने महसुस गरेँ, तब मैले प्रवेश गर्नका लागि अभ्यासको बाटो खोजेँ। खोजी गर्ने क्रममा, मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “तैँले जस्तोसुकै समस्याहरूको सामना गरे पनि, तिनलाई समाधान गर्न तैँले सत्यताको खोजी गर्नैपर्छ, तैँले कदापि छद्मभेष धारण गर्नु वा अरूको सामु झूटो स्वरूप प्रस्तुत गर्नु हुँदैन। चाहे त्यो तेरा कमीहरू होऊन्, तेरा अपर्याप्तताहरू होऊन्, तेरा त्रुटिहरू होऊन्, वा तेरा भ्रष्ट स्वभावहरू नै किन नहोऊन्, तैँले यी सबै कुराहरूका बारेमा खुलेर सङ्गति गर्नैपर्छ। तिनलाई ढाकछोप नगर्। आफूलाई कसरी खोल्ने भनी सिक्नु जीवन प्रवेशतर्फको पहिलो कदम हो, र यो पहिलो तगारो हो, जसलाई पार गर्न सबैभन्दा कठिन हुन्छ। तैँले यो तगारो पार गरेपछि, सत्यतामा प्रवेश गर्न सजिलो हुनेछ। जब तैँले यो कदम चाल्छस्, तब यसले के सङ्केत गर्नेछ? यसले के सङ्केत गर्नेछ भने, तँ आफ्नो हृदय खोलिरहेको छस्, र तेरा हरेक पक्षलाई—चाहे त्यो असल होस् वा खराब, सकारात्मक होस् वा नकारात्मक—अरू मानिसहरू र परमेश्‍वरले देख्‍ने गरी उदाङ्गो पारिरहेको र खोलिरहेको छस्, परमेश्‍वरबाट कुनै कुरा लुकाइरहेको वा ढाकछोप गरिरहेको, परमेश्‍वरप्रति कुनै छद्मभेष, छल, वा कपट प्रयोग गरिरहेको छैनस्, र त्यसरी नै अरू मानिसहरूसँग पनि स्पष्ट भइरहेको छस्। यसरी, तँ ज्योतिमा जिउनेछस्; परमेश्‍वरले तेरो छानबिन त गर्नुहुन्छ नै, तेरा कार्यहरूमा सिद्धान्त र पारदर्शिता छ भनी अरू मानिसहरूले पनि देख्नेछन्। तैँले आफ्नो प्रतिष्ठा, छवि, र हैसियतको रक्षा गर्न कुनै पनि विधिहरू प्रयोग गर्नु आवश्यक छैन, न त तैँले आफ्ना गल्तीहरूलाई कुनै किसिमले लुकाउनु वा ढाकछोप गर्नु नै आवश्यक छ। तँ यी व्यर्थका प्रयासहरूमा संलग्न हुनु आवश्यक छैन। यदि तँ यी कुराहरू त्याग्न सक्छस् भने, तेरो जीवन निकै तनावरहित, बन्धन र पीडाबाट मुक्त बन्नेछ, र तँ पूर्ण रूपमा ज्योतिमा जिउनेछस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। “तँ कसरी साधारण र सामान्य व्यक्ति हुन अभ्यास गर्नुपर्छ? यो कसरी हासिल गर्न सकिन्छ? … पहिले, आफूलाई उपाधि नदे र त्यसपछि त्यसलाई तँलाई बाँध्न नदे, र यसो नभन्, ‘म अगुवा हुँ, म टोली प्रमुख हुँ, म सुपरिवेक्षक हुँ, वा म यस क्षेत्रमा सबैभन्दा ज्ञानी र प्राविधिक रूपमा निपुण व्यक्ति हुँ।’ आफूले आफैलाई दिएको उपाधिद्वारा नियन्त्रित नहो। यसो हुनेबित्तिकै, यसले तँलाई कसिलो गरी बाँध्नेछ; तेरा वचन र कार्यहरू यसबाट प्रभावित हुनेछन्, साथै तेरो सामान्य सोचाइ र निर्णय पनि प्रभावित हुनेछन्। तैँले आफूलाई यो हैसियतका बन्धनहरूबाट मुक्त गर्नैपर्छ। पहिले, यो आधिकारिक उपाधिको पदबाट हट्, र एक साधारण व्यक्तिको पद धारण गर्। त्यसपछि तेरो मानसिकता केही हदसम्म सामान्य हुनेछ। तैँले यो पनि स्वीकार गर्नुपर्छ: ‘मलाई यो कसरी गर्ने भन्‍ने थाहा छैन, र म त्यो बुझ्दिनँ—मैले केही अनुसन्धान र अध्ययन गर्नुपर्छ,’ वा ‘मैले यो कहिल्यै अनुभव गरेको छैन, त्यसैले मलाई के गर्ने भन्‍ने थाहा छैन।’ जब तँ आफूले साँच्चै के सोचिरहेको छु भनी भन्न सक्छस् र यसरी इमानदारीपूर्वक बोल्न सक्छस्, तब तँसँग सामान्य समझ हुनेछ। यदि तैँले अरूलाई आफ्नो वास्तविक रूप चिन्‍न दिइस् भने, तिनीहरूले तँप्रति सामान्य दृष्टिकोण राख्‍नेछन्, र तैँले देखावटी गर्नु पर्नेछैन। तैँले उप्रान्त गह्रौँ दबाब महसुस गर्नेछैनस्, र तँ अरूसँग सामान्य रूपमा कुराकानी गर्न सक्षम हुनेछस्। यसरी जिउनु स्वतन्त्र र सहज हुन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरका वचनहरूलाई बहुमूल्य ठान्‍नु नै परमेश्‍वरमाथिको विश्‍वासको जग हो)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने देखावटीपन गर्ने र भेष बदल्ने समस्या समाधान गर्नका लागि, हामीले अरूलाई हाम्रो सबैभन्दा वास्तविक पक्ष देखाउनुपर्छ, हामीले गर्न नसक्ने र नबुझेका सबै कुराहरूबारे पूर्ण रूपमा खुलस्त हुनुपर्छ, र मानिसहरूलाई यी कुराहरू देख्न र थाहा पाउन दिनुपर्छ। यसरी मात्र हामीले बिस्तारै इज्जत र हैसियतका बन्धनहरूबाट छुटकारा पाउन सक्छौं। वास्तवमा, मेरो जस्तो कदको आधारमा भन्दा त, म भर्खरै अगुवाको रूपमा कर्तव्य निर्वाह गर्न सिक्दै गरेको मात्र थिएँ, तर मैले लामो समयदेखि सिकिरहेको भए पनि म हरेक समस्याको भित्री कुरा देख्न र समाधान गर्न सक्षम हुने थिइनँ। मैले गर्नुपर्ने भनेको केवल खुलस्त हुनु हो, र देखावटीपन नगर्नु वा भेष नबदल्नु हो। कर्तव्य निर्वाह गर्दा समस्याहरू समाधान गर्ने क्रममा मैले जे बुझेको छु त्यही मात्र सङ्गति गर्नुपर्छ, जे बुझेको छैन वा अनुभव गरेको छैन त्यसबारे अरूसँग इमानदार हुनुपर्छ, र त्यसपछि मेरा ब्रदर-सिस्टरहरूसँग मिलेर सत्यता सिद्धान्तहरू खोज्नुपर्छ, वा अन्य ब्रदर-सिस्टरहरूसँग परामर्श गरेर सिक्नुपर्छ। मैले प्रवेश गर्नुपर्ने कुरा यही हो।

पछि, एउटी सिस्टरले सम्झाएपछि, मैले आफूले पनि गलत दृष्टिकोण राखेको कुरा पत्ता लगाएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “जब कसैलाई दाजुभाइ-दिदीबहिनीहरूले अगुवा बन्न चयन गर्छन्, वा उसलाई कुनै एक निश्चित काम गर्न वा एक निश्चित कर्तव्य निर्वाह गर्नका लागि परमेश्‍वरको घरद्वारा प्रवर्धन गरिन्छ, तब यसको अर्थ उसको विशेष हैसियत वा पद छ, वा उसले बुझेका सत्यताहरू अन्य मानिसहरूले बुझेका सत्यताभन्दा गहिरो र धेरै छन् भन्ने होइन—उसले आफूलाई परमेश्‍वरमा समर्पित गर्न सक्छ, र उहाँलाई धोका दिनेछैन भन्ने त झनै होइन। निश्चय नै, यसको अर्थ उसले परमेश्‍वरलाई चिन्छ, र ऊ परमेश्‍वरको डर मान्ने व्यक्ति हो भन्ने पनि होइन। वास्तवमा, उसले यीमध्ये कुनै पनि कुरा हासिल गरेको हुँदैन। प्रवर्धन र संवर्धन त सिधा अर्थको प्रवर्धन र संवर्धन मात्रै हो, र यो उसलाई परमेश्‍वरले पूर्वनियोजन गर्नुभएको र योग्य ठान्नुभएको बराबर होइन। उसको प्रवर्धन र संवर्धनको अर्थ उसलाई प्रवर्धन गरिएको छ, र ऊ संवर्धन हुने प्रतीक्षामा छ भन्ने मात्र हो। अनि यो संवर्धनको अन्तिम परिणाम यो व्यक्तिले सत्यता पछ्याउँछ कि पछ्याउँदैन, र सत्यता पछ्याउने मार्ग छनौट गर्न सक्छ कि सक्दैन भन्ने कुरामा निर्भर हुन्छ। तसर्थ, जब मण्डलीमा कसैलाई अगुवा हुनका निम्ति प्रवर्धन र संवर्धन गरिन्छ, उसलाई केवल सिधा अर्थमा प्रवर्धन र संवर्धन गरिएको हुन्छ; यसको अर्थ अगुवाका रूपमा ऊ पहिलेदेखि नै मानकअनुरूप र दक्ष छ, ऊ पहिल्यै अगुवाइको काम गर्न सक्षम छ, र उसले वास्तविक काम गर्न सक्छ भन्‍ने होइन—कुरा त्यस्तो होइन। … त्यसोभए, कसैलाई प्रवर्द्धन र संवर्धन गर्नुको उद्देश्य र महत्त्व के हो त? यही कि यो व्यक्तिलाई, एउटा व्यक्तिगत रूपमा प्रवर्द्धन गरिन्छ ताकि उसले अभ्यास गरोस्, र उसले विशेष रूपमा मलजल र तालिम प्राप्त गरोस्, यसरी ऊ सत्यता सिद्धान्तहरू, अनि विभिन्न कामकुरा गर्ने र विभिन्न समस्याहरू समाधान गर्ने सिद्धान्त, उपाय, र विधिहरू बुझ्न, साथसाथै उसले सामना गर्ने विभिन्न प्रकारका वातावरण र मानिसहरूलाई परमेश्‍वरका अभिप्रायहरूअनुसार, र परमेश्‍वरको घरका हितहरूको सुरक्षा गर्ने तरिकाले कसरी सम्हाल्ने र व्यवहार गर्ने भनी बुझ्न सक्षम होओस्। यी बुँदाहरूका आधारमा मूल्याङ्कन गर्दा, के परमेश्‍वरको घरद्वारा प्रवर्द्धन र संवर्धन गरिने प्रतिभावान् मानिसहरू प्रवर्द्धन र संवर्धन गरिने अवधिमा वा प्रवर्द्धन र संवर्धनको अगावै राम्रोसित आफ्नो काम गर्न र आफ्नो कर्तव्य पूरा गर्न पर्याप्त रूपमा सक्षम हुन्छन् त? अवश्य नै हुँदैनन्। यसैले, संवर्धनको दौरान, यी मानिसहरूले काँटछाँट, न्याय र सजाय, खुलासा र बर्खास्ती समेत भोग्‍नु अपरिहार्य हुन्छ; यो सामान्य कुरा हो, यो तालिम र संवर्धन हो(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (५))। परमेश्‍वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने परमेश्‍वरको घरद्वारा कुनै व्यक्तिको पदोन्नति र संवर्धन हुनुको अर्थ त्यो व्यक्ति सत्यता वास्तविकतामा प्रवेश गरेको छ भन्ने हुँदैन। यसको मतलब त्यो व्यक्तिले सबै कुरा गर्न सक्छ र सबै कुरा बुझ्न सक्छ भन्ने हुँदैन। परमेश्‍वरको घरले मानिसहरूलाई तालिम दिनका लागि संवर्धन गर्छ, ताकि तिनीहरूले सिद्धान्तअनुसार काम गर्न सिक्ने अझ बढी अवसरहरू पाऊन्, र तिनीहरू छिटो सत्यता वास्तविकताहरूमा प्रवेश गर्न सकून्। यो ब्रदर-सिस्टरहरूले मलाई मण्डली अगुवा निर्वाचित गरेको कुरा जस्तै थियो; यो केवल ममा निश्चित क्षमता र बुझ्ने क्षमता भएकोले मात्र थियो। तर यसको मतलब मैले पहिले नै सत्यता सिद्धान्तहरू बुझिसकेको थिएँ र काम गर्न सक्षम थिएँ भन्ने थिएन। अगुवाको कर्तव्य काँधमा लिन, व्यक्तिले खोज, सिकाइ र तालिमको अवधि पार गर्नुपर्छ, र सत्यता सिद्धान्तहरू धेरै खोज्नुपर्छ। अहिले, मैले अगुवाको रूपमा तालिम मात्रै लिइरहेको थिएँ। यो धेरै सिक्ने बहुमूल्य अवसर थियो। यदि मैले आफ्नो साँचो नाप स्पष्ट रूपमा देख्न सकिनँ, र सधैँ यति अहङ्कारी भई, हैसियतका लागि मेरा समस्याहरू ढाकछोप गर्नलाई बुझेको बहाना गरेँ भने, परमेश्‍वरले मलाई जतिसुकै अवसरहरू दिनुभए पनि, र मैले जतिसुकै लामो समय अध्ययन गरे पनि, म त्यति धेरै सत्यतामा प्रवेश गर्न सक्षम हुनेथिइनँ। यसको विपरीत, हैसियत पछ्याएको कारण मैले ख्रीष्टविरोधीहरूको मार्ग पछ्याइरहेको हुनेथिएँ, जुन परमेश्‍वरका अभिप्रायको विपरीत हुनेथियो।

पछि, म क्षेत्रीय अगुवाको रूपमा निर्वाचित भएँ। एक पटक, सुसमाचार टोलीका अगुवाहरूसँग हाम्रो भेला थियो। जब मैले मसँग सहकार्य गर्ने सिस्टरले टोली अगुवाहरूसँग सङ्गति गरेको सुनेँ, तब मैले आफू अपरिचित रहेका धेरै कामहरू रहेछन् भन्‍ने पत्ता लगाएँ। केही बेर त, मलाई के भन्ने वा कहाँबाट सुरु गर्ने भन्ने नै थाहा भएन। त्यतिबेला मैले मनमनै सोचेँ, “यदि म पूरै समय चुप लागेँ भने, के टोली अगुवाहरूले म नाम मात्रको क्षेत्रीय अगुवा रहेछु भनी सोच्नेछन्? उनीहरूसँगको यो पहिलो भेट हो, र यदि उनीहरूले मैले केही पनि बुझ्दिनँ भन्ने सोचे भने, भविष्यमा सुसमाचारको कामको फलोअप गर्दा म हेपिने छैन र?” जब मैले यो सोचेँ, तब मलाई तुरुन्तै केही भन्न मन लाग्यो, ताकि टोली अगुवाहरूले मलाई अनुमोदन गरुन्। तर मैले मेरो स्थिति गलत छ भन्ने महसुस गरेँ, र हतार-हतार आफ्नो मनलाई सच्याइहालेँ। मैले परमेश्‍वरका वचनहरूमा देखाइएको बाटो सम्झेँ। परमेश्‍वर भन्‍नुहुन्छ: “जब तँ आफूलाई अगुवा वा कामदार ठान्न छोड्छस्, र जब तँ आफूलाई अरू मानिसहरूभन्दा राम्रो ठान्न छोड्छस् र बरु तँ एक साधारण व्यक्ति, अरू सबैजस्तै होस्, र तँ केही क्षेत्रमा अरूभन्दा निम्नस्तरीय छस् भनी महसुस गर्छस्, तब तैँले यस मानसिकताका साथ सत्यता र कामसँग सम्बन्धित मामिलाहरूमा सङ्गति गर्दा, नतिजा र वातावरण दुवै फरक हुनेछन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरका वचनहरूलाई बहुमूल्य ठान्‍नु नै परमेश्‍वरमाथिको विश्‍वासको जग हो)। परमेश्‍वरका वचनहरू मनन गरेपछि, मैले के महसुस गरेँ भने यदि मैले आफूलाई साधारण मानिसको स्थानमा राखेँ भने मात्र, यस भेलाको वातावरण सहज र स्वाभाविक हुनेछ, र तब मात्र यसले नतिजा ल्याउनेछ। मैले क्षेत्रीय अगुवाको रूपमा रहेको मेरो पहिचान त्याग्नुपर्छ, आफूलाई थाहा नभएका सबै कुराहरूबारे निधक्क ब्रदर-सिस्टरहरूलाई सोध्नुपर्छ, र सबैलाई मेरो वास्तविक पक्ष देखाउनुपर्छ। जब मैले यो सोचेँ, तब मैले सुसमाचारको कामबारे सबैले गरेको सङ्गति निरन्तर सुनिरहेँ। मैले नबुझेका वा स्पष्ट नदेखेका कुराहरूबारे सोधेँ, र जब मैले समस्या भेटाएँ, तब मैले आफ्ना विचार र सुझावहरू पनि व्यक्त गरेँ। यसरी, हामीले दिनभरि भेलालाई कायम राख्यौँ, र मैले धेरै काम लाग्ने सुझावहरू दिन नसके पनि, ब्रदर-सिस्टरहरूसँगको आपसी छलफल र सङ्गतिद्वारा, हामीले सुसमाचारको कामका लागि केही उपायहरू निकाल्यौं, र मलाई अगाडि बढेर कर्तव्य निर्वाह गर्नलाई केही दिशा मिल्यो। मलाई धेरै हल्का महसुस भयो, र आनन्द मिल्यो। त्यसपछि, कर्तव्य निर्वाह गर्ने क्रममा, म अझै कहिलेकाहीँ आफूले नबुझेका र गर्न नसक्ने कुराहरू ढाकछोप गर्न चाहन्थेँ। जब-जब म आफूलाई फेरि भेष बदल्न चाहेको पाउँथेँ, तब म सचेत भई मेरो स्थिति मिलाइदिनुहोस् भनी परमेश्‍वरसँग प्रार्थना गर्थेँ। त्यसपछि, सबैलाई मेरो वास्तविक अवस्था थाहा दिन म खुलस्त कुरा गर्थेँ र ब्रदर-सिस्टरहरूलाई मेरो स्थिति खुलासा गर्थेँ। जब मैले यसलाई व्यवहारमा लागू गरेँ, तब ब्रदर-सिस्टरहरूले मलाई तुच्छ नठानेका मात्र होइन, बरु तिनीहरू वास्तवमा मसँग सहकार्य गर्न अझ इच्छुक भए, र हामीले आफ्ना कर्तव्यहरू निर्वाह गर्दा अझ राम्रोसँग एउटै मनका हुन सक्यौं। यी प्राप्तिहरूका लागि म परमेश्‍वरप्रति धेरै कृतज्ञ छु!

अघिल्लो: ११. सुपरिवेक्षण स्वीकार गर्दा मलाई कसरी मदत मिल्यो

अर्को: १३. जीवन प्रवेशलाई नपछ्याउनुका परिणाम

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्