९५. कसरी आमाबुबालाई परमेश्वरको अभिप्रायअनुसार व्यवहार गर्ने
म सानी छँदा, मेरी हजुरआमाले प्रायः यसो भन्नुभएको सुन्थेँ, “फलानोको परिवारको त्यो बच्चालाई हेर त, कस्तो बेमतलबी कृतघ्न, कस्तो आमाबुबाप्रति कर्तव्यनिष्ठ नहुने सन्तान। त्यसका आमाबुबाले त्यसलाई हुर्काउन कति धेरै मेहनत गरे, तर त्यो आमाबुबाप्रति कर्तव्यनिष्ठ बिलकुलै छैन। स्वर्गले त्यसलाई अवश्य दण्ड दिनेछ!” उहाँले मलाई ठूली भएपछि आफ्ना आमाबुबालाई राम्रो व्यवहार गर्न र सासू-ससुराप्रति कर्तव्यनिष्ठ हुन सिकाउनुभयो, र उहाँ आमाबुबाप्रति कर्तव्यनिष्ठ हुनु त पूर्ण रूपमा स्वाभाविक र न्यायअङ्गगत कुरा हो, र यदि कुनै व्यक्ति आमाबुबाप्रति कर्तव्यनिष्ठ हुँदैन भने, उसले घोर अपराध गरिरहेको हुन्छ र उसमा विवेक हुँदैन भनेर पनि भन्नुहुन्थ्यो। त्यसैले, मेरो कलिलो हृदयमा, म मेरा आमाबुबाले मलाई जस्तो व्यवहार गरे पनि, उहाँहरूप्रति कर्तव्यनिष्ठ हुनुपर्छ, र यदि म कर्तव्यनिष्ठ भइनँ भने, मैले घोर अपराध गरिरहेकी हुनेछु र अन्तमा स्वर्गद्वारा दण्ड हुनुपर्नेछ भन्ने विश्वास गर्थेँ। सानैदेखि, म आफ्ना आमाबुबाको कुरा एकदमै ध्यान दिएर सुन्थेँ, अनि काम गर्न र पैसा कमाउन थालेपछि, मैले आफ्ना आमाबुबाप्रति कर्तव्यनिष्ठ हुन सक्दो कोसिस गरेँ। उहाँहरू बिरामी हुँदा, मसँग समय हुनासाथ म उहाँहरूको हेरचाह गर्न उहाँहरूकै साथमा हुन्थेँ, र बिदाहरूमा, म उहाँहरूलाई सबै प्रकारका उपहारहरू किनिदिन्थेँ। आफ्ना आमाबुबालाई खुसी र सन्तुष्ट देख्दा म धेरै खुसी हुन्थेँ। सन् २००१ मा, मैले परमेश्वरको आखिरी दिनहरूको काम स्वीकार गरेँ। केही समयपछि, मैले मण्डलीमा आफ्नो कर्तव्य निर्वाह गर्न थालेँ, तर म अझै पनि घर फर्केर आफ्ना आमाबुबालाई भेट्ने समय निकाल्थेँ। लगभग दश वर्षपछि, एक जना यहूदाले धोका दिएको कारणले, मलाई पक्राउ गर्न प्रहरी मेरो घरमा आयो। परमेश्वरको सुरक्षाले गर्दा, म भाग्न सफल भएँ, तर म यति हतारमा निस्केँ कि मैले आफ्ना आमाबुबालाई धेरै कुराहरू बताउन पाइनँ। मेरी वृद्धा सासूले अझै पनि मेरो बच्चाको हेरचाह गर्नुपर्यो, र मेरा आमाबुबा र सासू मुछिनुभएको कुरा सोच्दा मात्र पनि, मलाई आफूले समस्या निम्त्याएछु जस्तो लाग्यो। मैले मलाई हुर्काउन मेरा आमाबुबाले गर्नुभएका सबै मेहनतबारे, र मेरो खानपिन, लुगाफाटो र पढाइको प्रबन्ध गर्न कति गाह्रो भएको थियो भन्नेबारे सोचेँ। अब उहाँहरू बुढो हुँदै जानुभएकाले, उहाँहरूलाई आफ्ना छोराछोरीको हेरचाह र साथको खाँचो थियो, तर मैले छोरीका रूपमा आफ्नो जिम्मेवारी पूरा नगर्नुको साथै, उहाँहरूलाई पनि मुछेकी थिएँ, जसले गर्दा उहाँहरू मेरो बारेमा चिन्तित र व्याकुल हुनुभयो। मैले मेरा आमाबुबा र छिमेकीहरूले मलाई विवेक र मानवता नभएकी, र कर्तव्यच्युत छोरी भन्लान् कि भनी सोचेँ। त्यतिबेला, ठूलो रातो अजिङ्गरको निगरानीका कारण, मैले घरमा फोन गर्ने आँट गरिनँ। मेरा आमाबुबा कस्तो अवस्थामा हुनुहुन्थ्यो भन्ने मलाई कुनै पत्तो थिएन, जसले मलाई चिन्तित बनायो। आफ्नो कर्तव्य निर्वाह गर्दा मैले आफ्नो मन शान्त पार्न सकिनँ, र मेरा विचार बेला-बेला यताउता डुलरहन्थे। यसले मेरो कामको प्रगतिमा असर पार्यो। मलाई आफूले यो स्थितिलाई छिट्टै परिवर्तन गर्नुपर्छ भन्ने थाहा थियो, त्यसैले मैले सबै कुरा परमेश्वरमा सुम्पँदै र उहाँको मार्गदर्शन माग्दै उहाँलाई प्रार्थना गरेँ।
आफ्नो भक्ति साधनाको समयमा, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ: “चिनियाँ परम्परागत संस्कृतिको सिकाइमा परेर चिनियाँ मानिसहरूले उनीहरूका परम्परागत धारणाहरूमा छोराछोरीको धर्म निभाउनैपर्छ, र छोराछोरीको धर्म ननिभाउने जोकोही पनि विद्रोही सन्तान हो भन्ने विश्वास गर्छन्। मानिसहरू सानै हुँदादेखि यी विचारहरू तिनीहरूको मनमस्तिष्कमा हालिएका हुन्छन्, र लगभग हरेक परिवारमा, साथै हरेक विद्यालय र समग्र समाजमा यिनै कुराहरू सिकाइन्छन्। जब व्यक्तिको मगजमा यस्ता कुरा भरिएको हुन्छ, उसले ‘छोराछोरीको धर्म निभाउनु कुनै पनि कुराभन्दा महत्त्वपूर्ण हो। यदि म छोराछोरीको धर्म निभाउँदिनथेँ भने, म असल व्यक्ति हुनेथिइनँ; म एक विद्रोही सन्तान हुनेथिएँ, म सार्वजनिक रायद्वारा निन्दित हुनेथिएँ। म विवेक नभएको व्यक्ति हुनेथिएँ’ भनेर सोच्छ। के यो दृष्टिकोण सही छ? मानिसहरूले परमेश्वरद्वारा व्यक्त गरिएका कति धेरै सत्यता देखेका छन्—के व्यक्तिले आफ्ना आमाबुबाप्रति छोराछोरीको धर्म निभाउनुपर्छ भनेर परमेश्वरले माग गर्नुभएको छ? के यो परमेश्वरका विश्वासीहरूले बुझ्नैपर्ने सत्यता हो? अहँ, होइन। परमेश्वरले केही सिद्धान्तहरू मात्रै सङ्गति गर्नुभएको छ। परमेश्वरका वचनहरूले मानिसहरूलाई कुन सिद्धान्तद्वारा अरूसँग व्यवहार गर्न माग गर्छन्? परमेश्वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्नू, र परमेश्वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नू। मानिसहरूले पालन गर्नुपर्ने सिद्धान्त यही हो। परमेश्वरले सत्यता पछ्याउने र उहाँको इच्छा पछ्याउन सक्नेहरूलाई प्रेम गर्नुहुन्छ; हामीले पनि प्रेम गर्नुपर्ने मानिसहरू यिनै हुन्। परमेश्वरको इच्छा पालन गर्न नसक्नेहरू, परमेश्वरलाई घृणा गर्नेहरू, र परमेश्वरको विरुद्धमा विद्रोह गर्नेहरू—यी मानिसहरूलाई परमेश्वर घिन गर्नुहुन्छ, र हामीले पनि तिनीहरूलाई घिन गर्नुपर्छ। परमेश्वर मानिसबाट यही माग गर्नुहुन्छ। … शैतानले यी परम्परागत संस्कृतिहरू र नैतिकतासम्बन्धी यी धारणाहरूलाई तेरो हृदय र मनलाई बाँध्न प्रयोग गर्छ, जसले गर्दा तेरा दृष्टिकोणहरू बेतुके बन्छन् र तैँले आफ्नो हृदयमा परमेश्वरलाई इन्कार गर्छस् र उहाँको प्रतिरोध गर्छस्, यसरी तँ परमेश्वरका वचनहरू स्वीकार गर्न असक्षम हुन्छस्; तँलाई शैतानका यी कुराहरूले कब्जा गरेको हुन्छ, र तँलाई परमेश्वरका वचनहरू स्वीकार गर्न असक्षम तुल्याइएको हुन्छ। यदि तँ परमेश्वरका वचनहरू अभ्यास गर्न चाहन्छस् भने, यी कुराहरूले काम गर्नेछन् र तँभित्र बाधाहरू उत्पन्न गर्नेछन्, र तँलाई सत्यता र परमेश्वरका मागहरूको प्रतिरोध गर्न लगाउनेछन्। यदि तैँले परम्परागत संस्कृतिको बन्धनबाट आफूलाई मुक्त गर्न चाहे पनि, तँसँग त्यसो गर्ने शक्ति नै हुनेछैन। केही समय सङ्घर्ष गरेपछि, तैँले सम्झौता गर्छस्। तैँले परम्परागत नैतिकताका धारणाहरू सही छन् र सत्यतासँग मिल्दो छन् भनी विश्वास गर्नेछस्, र त्यसैले तैँले परमेश्वरका वचनहरूलाई इन्कार वा शङ्का गर्नेछस्, परमेश्वरका वचनहरूलाई सत्यताका रूपमा स्वीकार गर्नेछैनस्, तैँले मुक्ति प्राप्त गर्न सक्छस् कि सक्दैनस् भनी वास्ता गर्नेछैनस्, र यस्तो महसुस गर्छस् कि, आखिरमा, तँ अझै पनि यही संसारमा जिउने हो, र यी कुराहरूमा भर परेर मात्रै जीवनमा अगाडि बढ्ने बाटो पाउन सकिन्छ। जनमतको निन्दा सहन नसकेर, तैँले सत्यता र परमेश्वरका वचनहरू त्याग्ने निर्णय गर्नेछस्, र बरु तँ परम्परागत संस्कृतिको नैतिकतासम्बन्धी धारणाहरूमा टाँसिनेछस्, शैतानको पक्षमा जानेछस् र शैतानसँग खडा हुनेछस्, सत्यता स्वीकार गर्नुभन्दा बरु परमेश्वरलाई चिढ्याउन रुचाउनेछस्। मलाई भन त, के मानिस दयनीय छैन र? के उसलाई परमेश्वरको मुक्ति चाहिएको छैन र? कतिपय मानिसले परमेश्वरमा विश्वास गरेको धेरै वर्ष भएको हुन्छ, तर तिनीहरूले अझै पनि छोराछोरीको धर्मको मामिलालाई छर्लङ्ग देखेका हुँदैनन्। सत्यतामा जसरी सङ्गति गरिए पनि, तिनीहरू त्यो बुझ्न सक्दैनन्। तिनीहरू यो सांसारिक सम्बन्धलाई कहिल्यै जित्न सक्दैनन्; तिनीहरूमा साहस हुँदैन, न त आस्था नै हुन्छ, झन् सङ्कल्प हुनु त परै जाओस्, त्यसैले तिनीहरू परमेश्वरलाई प्रेम गर्न र उहाँप्रति समर्पित हुन सक्दैनन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना गलत दृष्टिकोणहरू जानेर मात्र साँच्चिकै रूपान्तरित हुन सकिन्छ)। परमेश्वरका वचनहरूमा मनन गर्दै गर्दा, मैले अचानक के महसुस गरेँ भने, म सधैँ मेरा आमाबुबाप्रति ऋणी र दोषी महसुस गर्ने स्थितिमा जिउँदै आएकी रहेछु, र शैतानका परम्परागत विचारहरू मेरो हृदयमा गहिरो गरी जरा गाडेर बसेकाले गर्दा यसो भएको रहेछ। मेरी हजुरआमाले मलाई प्रायः सिकाउनुभए झैँ, “तिमी आफ्ना आमाबुबाप्रति कर्तव्यनिष्ठ हुनैपर्छ, र यदि भएनौ भने, तिमीले घोर अपराध गरिरहेकी हुनेछौ,” “तिमी आफ्ना आमाबुबाप्रति कर्तव्यनिष्ठ हुनैपर्छ, नत्र, तिमी स्वर्गद्वारा दण्डित हुनेछौ।” मैले सधैँ यी वचनहरूलाई आफूलै आचरणमा ढाल्ने सिद्धान्तहरू बनाएकी थिएँ। बाल्यकालदेखि नै, मैले आफ्ना आमाबुबाको कुरा सुन्ने र उहाँहरूलाई रिस उठाउनबाट बच्ने कोसिस गरेकी थिएँ। पैसा कमाउन थालेपछि, मैले आफ्ना आमाबुबाप्रति कर्तव्यनिष्ठ हुन सक्दो कोसिस गरेँ, र बिदाहरूमा, म उहाँहरूलाई सबै प्रकारका उपहारहरू किनिदिन्थेँ, र जब उहाँहरू बिरामी पर्नुहुन्थ्यो, म उहाँहरूलाई उपचारका लागि अस्पताल लैजान्थेँ। आफ्ना आमाबुबालाई खुसी देख्दा म पनि खुसी हुन्थेँ। जब ठूलो रातो अजिङ्गरले मलाई खेद्न थाल्यो र म घरबाट भाग्न बाध्य भएँ, म आफ्ना आमाबुबाको हेरचाह गर्न असक्षम मात्र भइनँ, मैले उहाँहरूलाई पनि मुछेँ, जसले गर्दा उहाँहरू मेरो बारेमा चिन्तित हुनुभयो। मैले आफ्ना आमाबुबाप्रति ऋणी महसुस गरेँ र आफ्नो कर्तव्यमा ध्यान केन्द्रित गर्न सकिनँ, जसले गर्दा मेरो काममा ढिलाइ भयो। मलाई एक सृजित प्राणीका रूपमा, मेरो कर्तव्य भनेको मैले पन्छाउनै नमिल्ने जिम्मेवारी हो भन्ने थाहा थियो, तर म अझै पनि “सन्तानी माया नै सबैभन्दा ठूलो पुण्य हो,” र “आमाबुबाको साथ नछोड्नू” जस्ता भ्रामक दृष्टिकोणहरूअनुसार जिइरहेकी थिएँ। आफ्ना आमाबुबाप्रति कर्तव्यनिष्ठ हुन नसकेकाले, मेरो विवेकमा असहज महसुस भयो र आफ्नो कर्तव्य निर्वाह गर्दा, मैले मेरा विचारलाई यताउता डुल्नबाट रोक्न सकिनँ। परम्परागत संस्कृतिले मलाई कति गहिरो गरी हानि पुऱ्याएको रहेछ भनी मैले देखेँ।
खोज्ने क्रममा, मैले परमेश्वरका केही वचन पढेँ: “के आफ्ना आमाबुबाप्रति सन्तानीय भक्ति देखाउनु सत्यता हो त? (अहँ, होइन।) आफ्ना आमाबुबाको भक्त हुनु सही र सकारात्मक कुरा हो, तर हामी किन यो सत्यता होइन भन्ने गर्छौँ? (किनभने मानिसहरू सिद्धान्तद्वारा आफ्ना आमाबुबाप्रति पितृभक्ति देखाउँदैनन् र तिनीहरू आफ्ना आमाबुबाहरू साँच्चिकै कस्ता मानिस हुन् भनी खुट्ट्याउन सक्दैनन्।) व्यक्तिले आफ्ना आमाबुबालाई कस्तो व्यवहार गर्नुपर्छ भन्ने कुरा सत्यतासँग सम्बन्धित छ। तेरा बुबाआमाले परमेश्वरमा विश्वास गर्छन् र तँलाई राम्रो व्यवहार गर्छन् भने, के तँ तिनीहरूको पितृभक्ति गर्ने हुनुपर्छ? (हुनुपर्छ।) अनि, तँ कसरी पितृभक्त हुन्छस्? तैँले तिनीहरूलाई दाजुभाइ-दिदीबहिनीहरूभन्दा फरक व्यवहार गर्छस्। तँ तिनीहरूले भन्ने हरेक कुरा मान्छस्, र तिनीहरू पाका उमेरका छन् भने, तिनीहरूको हेरचाह गर्न तँ तिनीहरूसँगै बस्नुपर्छ, जसले तँलाई कर्तव्य निर्वाह गर्न जानबाट रोक्छ। के यसो गर्नु ठिक हो? (होइन।) त्यस्तो बेला तैँले के गर्नुपर्छ? यो परिस्थितिमा निर्भर हुन्छ। यदि तैँले घरनजिकै रहेर कर्तव्य निर्वाह गर्दै तिनीहरूको हेरचाह गर्न सक्छस् र तेरा बुबाआमाले परमेश्वरमाथिको तेरो विश्वासको विरोध गर्दैनन् भने, तैँले छोरा वा छोरीको रूपमा तेरो जिम्मेवारी पूरा गर्नुपर्छ र बुबाआमालाई केही काममा सघाउनुपर्छ। तिनीहरू बिरामी छन् भने, तिनीहरूको हेरचाह गर्; यदि कुनै कुराले तिनीहरूलाई समस्यामा पारिरहेको छ भने, तिनीहरूलाई सान्त्वना दे; यदि तेरो आर्थिक स्थिति राम्रो छ भने, तेरो गच्छेअनुसार तिनीहरूलाई पौष्टिक कुराहरू किनिदे। तर यदि तँ कर्तव्यमा व्यस्त छस्, तेरा बुबाआमालाई हेरचाह गर्ने कोही पनि छैन, अनि तिनीहरूले पनि परमेश्वरमा विश्वास गर्छन् भने तैँले के गर्नुपर्छ? तैँले कुन सत्यता अभ्यास गर्नुपर्छ? आमाबुबाको पितृभक्ति गर्ने सन्तान बन्नु सत्यता होइन, यो त मानव जिम्मेवारी र दायित्व मात्रै हो, त्यसकारण तेरो दायित्व तेरो कर्तव्यसँग बाझिन्छ भने तैँले के गर्नुपर्छ? (कर्तव्यलाई प्राथमिकता दिनुपर्छ; कर्तव्यलाई पहिलो स्थानमा राख्नुपर्छ।) दायित्व व्यक्तिको कर्तव्य नै हो भन्ने हुँदैन। कर्तव्य निभाउने निर्णय गर्नु सत्यता अभ्यास गर्नु हो, तर दायित्व पूरा गर्नु सत्यता अभ्यास गर्नु होइन। यदि तँसँग यो क्षमता छ भने, तैँले यो जिम्मेवारी वा दायित्व पूरा गर्न सक्छस्, तर वर्तमान अवस्थाले यो हुन अनुमति दिँदैन भने, तैँले के गर्नुपर्छ? तैँले यसो भन्नुपर्छ, ‘मैले कर्तव्य पूरा गर्नैपर्छ—त्यो सत्यता अभ्यास गर्नु हो। आमाबुबाप्रति पितृभक्ति देखाउनु विवेकअनुसार जिउनु हो तर त्यो सत्यता अभ्यासभन्दा तल हुन्छ।’ त्यसैले, तैँले कर्तव्यलाई प्राथमिकता दिनुपर्छ र यसैको परिपालन गर्नुपर्छ। यदि अहिले तँसँग कुनै कर्तव्य छैन, र घरबाट टाढा काम गर्दैनस्, र आमाबुबाको नजिकै बस्छस् भने, तिनीहरूको हेरचाह गर्ने उपाय लगा। तिनीहरूलाई अलिक राम्ररी जिउन र तिनीहरूको कष्ट कम गर्न मदत गर्न सक्दो गर्। तर यो कुरा तेरा आमाबुबा कस्ता मानिसहरू हुन् त्यसमा पनि भर पर्छ। यदि तेरा आमाबुबाको मानवता खराब छ र तिनीहरूले तँलाई परमेश्वरमा विश्वास गर्न र आफ्नो कर्तव्य पूरा गर्नबाट निरन्तर बाधा दिइरहन्छन्, र यदि तैँले परमेश्वरमा विश्वास गरेकोमा तिनीहरूले तँलाई घृणा गर्ने र सराप्ने समेत गर्छन् भने, तैँले के गर्नुपर्छ? तैँले कुन सत्यता अभ्यास गर्नुपर्छ? (इन्कार।) यस्तो बेलामा, तैँले तिनीहरूलाई इन्कार गर्नैपर्छ। अब तँसँग तिनीहरूलाई सन्तानले देखाउनुपर्ने पितृभक्ति देखाउने कुनै दायित्व छैन। तिनीहरूले परमेश्वरमा विश्वास गर्छन् भने, तिनीहरू तेरो परिवार र आमाबुबा हुन्। यदि तिनीहरूले परमेश्वरमा विश्वास गर्दैनन् र उहाँको प्रतिरोधसमेत गर्छन् भने, तिमीहरू फरकफरक मार्गमा हिँडिरहेका छौ। तिनीहरू शैतानमा विश्वास गर्छन् र दियाबलस राजाको आराधना गर्छन्, र शैतानको मार्ग हिँड्छन्; तिनीहरू तँभन्दा फरक मार्गमा छन्। तिमीहरू अब परिवार रहँदैनौ। तिनीहरू परमेश्वरका विश्वासीहरूलाई आफ्ना विरोधी र शत्रुहरू मान्छन्, त्यसकारण तँसँग तिनीहरूलाई हेरचाह गर्ने कुनै दायित्व बाँकी हुँदैन र तैँले तिनीहरूसँग पूरै सम्बन्ध तोड्नुपर्छ। कुनचाहिँ सत्यता हो: आमाबुबाको पितृभक्ति गर्नु कि कर्तव्य निभाउनु? अवश्य नै, कर्तव्य निभाउनुचाहिँ सत्यता हो। परमेश्वरको घरमा कर्तव्य निभाउनु भनेको केवल दायित्व पूरा गर्नु र आफूले गर्नुपर्ने काम गर्नु मात्रै होइन। यो त सृजित प्राणीको कर्तव्य निभाउनु हो। यसमा परमेश्वरको आज्ञा समावेश हुन्छ; यो तेरो दायित्व र जिम्मेवारी हो। यो साँचो जिम्मेवारी हो, अर्थात् सृष्टिकर्ताको अघि आफ्नो जिम्मेवारी र दायित्व पूरा गर्नु। यो सृष्टिकर्ताले मानिसहरूलाई दिनुभएको माग हो, र यो जीवनको ठूलो विषय हो। तर आमाबुबाप्रति सन्तानीय आदर देखाउनु छोराछोरीको जिम्मेवारी र दायित्व मात्रै हो। यो निश्चय नै परमेश्वरले आज्ञा गर्नुभएको होइन, यो परमेश्वरको मागबमोजिम हुने त परको कुरा हो। त्यसकारण, आमाबुबालाई सन्तानीय आदर देखाउनु र कर्तव्य निभाउनुबीचमा, निस्सन्देह नै कर्तव्य निभाउनु मात्रै सत्यता अभ्यास गर्नु हो। सृजित प्राणीको रूपमा कर्तव्य निभाउनु नै सत्यता हो, र यो हामीले पूरा गर्नैपर्ने कर्तव्य हो। आमाबुबाप्रति पितृभक्ति देखाउनु भनेको मानिसहरूप्रति भक्ति देखाउनु हो। यसको अर्थ व्यक्तिले आफ्नो कर्तव्य निभाउँदै छ भन्ने हुँदैन, न त यसबाट उसले सत्यता अभ्यास गरिरहेको छ भन्ने नै बुझिन्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता वास्तविकता भनेको के हो?)। “तैँले परमेश्वरका आज्ञाहरूलाई कसरी व्यवहार गर्नुपर्छ भन्ने कुरा अत्यन्तै महत्त्वपूर्ण छ। यो एकदमै गम्भीर कुरा हो! यदि परमेश्वरले तँलाई सुम्पनुभएको कुरा तँ पूरा गर्न सक्दैनस् भने, तँ उहाँको उपस्थितिमा जिउन लायक छैनस् र तैँले आफ्नो दण्ड स्विकार्नुपर्छ। परमेश्वरले सुम्पनुभएका आज्ञाहरू मानिसहरूले पूरा गर्नु पूर्ण रूपमा स्वाभाविक र न्यायोचित हो। यो मानिसको सर्वोच्च जिम्मेवारी हो, र यो उसको जीवनजत्तिकै नै महत्त्वपूर्ण छ। यदि तैँले परमेश्वरका आज्ञाहरूलाई हल्का रूपमा लिन्छस् भने, यो परमेश्वरलाई दिइएको सबैभन्दा गम्भीर धोका हो। त्यसो गरेर, तँ यहूदाभन्दा पनि बढी निन्दनीय हुन्छस्, र तँ श्रापित हुनुपर्छ। मानिसहरूले परमेश्वरका आज्ञाहरूलाई कसरी व्यवहार गर्ने भन्नेबारेमा स्पष्ट बुझाइ प्राप्त गर्नैपर्छ र, कम्तीमा पनि, तिनीहरूले यो बुझ्नुपर्छ: परमेश्वरले मानिसहरूलाई आज्ञाहरू सुम्पनु भनेको उहाँले मानिसलाई उच्च पार्नुभएको हो, र यो उहाँले मानिसलाई देखाउने एक प्रकारको विशेष अनुग्रह हो, यो सबैभन्दा महिमामयी कुरा हो, र अरू सबै कुरा—आफ्नै जीवन समेत—त्याग्न सकिन्छ—तर परमेश्वरका आज्ञाहरू पूरा गरिनैपर्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने)। परमेश्वरका वचनहरू पढेपछि, मैले आफ्ना आमाबुबालाई व्यवहार गर्ने सिद्धान्तहरू बुझेँ। जब आमाबुबाप्रति कर्तव्यनिष्ठ हुने कुरा आफ्नो कर्तव्यसँग बाझिन्छ, तब व्यक्तिले आफ्नो कर्तव्यलाई प्राथमिकता दिनुपर्छ, किनकि आफ्नो कर्तव्य पूरा गर्नु नै जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा हो। आफ्ना आमाबुबाप्रति कर्तव्यनिष्ठ हुनुमा जिम्मेवारी र दायित्वहरू पूरा गर्नु समावेश हुन्छ, तर व्यक्तिले यी कुराहरू जतिसुकै राम्ररी गरे पनि, त्यो सत्यता अभ्यास गर्नु होइन। एक सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य पूरा गर्नु मात्र सत्यता अभ्यास गर्नु हो। कर्तव्यहरू भनेको सृजित प्राणीहरूलाई सृष्टिकर्ताले दिनुभएको आज्ञा भएकाले, ती सर्वोच्च जिम्मेवारी हुन् र तिनलाई पूरा गर्नु पूर्ण रूपमा स्वाभाविक र न्यायसङ्गत हुन्छ। मैले सत्यता बुझेको थिइनँ र आफ्ना आमाबुबाप्रति कर्तव्यनिष्ठ हुनुलाई मैले आफूलाई आचरणमा ढाल्ने सिद्धान्त बनाएकी थिएँ। जब म आफ्नो कर्तव्यमा व्यस्त हुन्थेँ वा जब मेरो पिछा गरिन्थ्यो र म भागिरहेकी हुन्थेँ र आफ्ना आमाबुबाको हेरचाह गर्न सक्दिनथेँ, तब म आफ्ना आमाबुबाप्रति ऋणी महसुस गर्थेँ र आफूलाई कर्तव्यच्युत छोरी ठान्थेँ, र परमेश्वरका वचनहरू नपढुञ्जेल मैले मेरो यो दृष्टिकोण गलत रहेछ भनी महसुस गरेकी थिइनँ। म परमेश्वरको आवाज सुन्न पाएकोमा भाग्यमानी थिएँ। मैले परमेश्वरको आखिरी दिनहरूको मुक्ति पाएकी थिएँ, उहाँका धेरै वचन खाएकी र पिएकी थिएँ, र केही सत्यता बुझ्न पुगेकी थिएँ, तैपनि मैले परमेश्वरको प्रेम चुक्ता गर्नेबारे कहिल्यै सोचेकी थिइनँ। म साँच्चै मानवताहीन र विवेकविहीन थिएँ! अब मलाई थाहा भयो, एक सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य पूरा गर्नु नै सर्वोच्च प्राथमिकता हो, र यो मेरो आफ्नै जीवन जत्तिकै महत्त्वपूर्ण छ, मैले यो पूरा गर्न सक्दो कोसिस गर्नैपर्छ, किनकि यो पूरा नगर्नु नै घोर अपराध हुनेछ। त्यसपछि, मेरो मन शान्त हुन सक्यो र मैले आफ्नो कर्तव्यमा ध्यान केन्द्रित गर्न सकेँ।
सन् २०२० को मे महिनाको मध्यतिर, म गोप्य रूपमा मेरा आमाबुबाको घर गएँ। मेरा बुबाले मलाई पहिलो पटक देख्दा उहाँको मनोवृत्ति राम्रै थियो, तर केही समयपछि, उहाँको अनुहारको भाव अचानक बदलियो, र उहाँले मलाई हप्काउन थाल्नुभयो। उहाँले मलाई विगत केही वर्षदेखि के गरिरहेकी थिइस् भन्दै केरकार गर्नुभयो, र उहाँले यो पनि भन्नुभयो कि, दुई वर्षअघि उहाँ गम्भीर रूपमा बिरामी पर्नुभएको थियो र झण्डै ज्यान गुमाउनुभएको थियो, तैपनि उहाँले मेरो अत्तोपत्तो पाउनुभएन। उहाँ मेरो श्रीमान् र म सुसमाचार प्रचार गर्दा पक्राउ पर्छौँ कि भनेर चिन्तित हुनुहुन्थ्यो र रातभर सुत्न सक्नुहुन्नथ्यो, र उहाँ निकै मानसिक तनावमा हुनुहुन्थ्यो। उहाँले मलाई बेमतलबी कृतघ्न र कर्तव्यच्युत सन्तान समेत भन्नुभयो। उहाँले सुरुमा त मैले उहाँको बुढेसकालमा हेरचाह गर्नेछु भन्ने आशा गर्नुभएको थियो, तर उहाँले मेरा लागि यति धेरै गरिसकेपछि, मेरो कारणले गर्दा उहाँ रिसले झण्डै मर्नुभएको थियो…। उहाँको कुरा सुन्दा मेरो मनमा सियोले घोचेजस्तो महसुस भयो। मलाई मेरो बुबाले मलाई हुर्काउन, मेरो खानपिन र लुगाफाटोको प्रबन्ध गर्न र मेरो शिक्षाको खर्च जुटाउन कति धेरै मेहनत गर्नुभएको थियो, र मैले आमाबुबाप्रति कर्तव्यनिष्ठ हुन असफल हुनुका साथै, उहाँलाई मेरो बारेमा चिन्तित तुल्याएकी छु भन्ने महसुस भयो। उहाँ गम्भीर रूपमा बिरामी हुँदा समेत, म उहाँको हेरचाह गर्न वा उहाँको साथमा हुन त्यहाँ थिइनँ। म साँच्चै कर्तव्यच्युत छोरी थिएँ! मैले आफ्ना आमाबुबाप्रति धेरै ऋणी महसुस गरेँ। सुन्दै गर्दा, मेरो अनुहारबाट आँसुका धारा बगे, र मलाई साँच्चै अझै केही समय घरमै बस्ने चाहना भयो ताकि मैले आफ्ना आमाबुबाको राम्ररी हेरचाह गर्न र मेरो हृदयमा भएको यो ऋण चुकाउन सकूँ। त्यतिबेला, मैले लामो समयसम्म आफ्नो मन शान्त पार्न सकिनँ, त्यसैले मैले चुपचाप परमेश्वरलाई प्रार्थना गरेँ, र मेरो मन विचलित नहोस् भनी त्यसलाई सुरक्षा दिन उहाँलाई बिन्ती गरेँ। प्रार्थना गरेपछि, मेरो मन धेरै शान्त भयो, र मैले खाएका र पिएका परमेश्वरका वचनहरू सम्झिएँ। मैले आफ्ना आमाबुबाप्रति पितृभक्ति देखाउनु सत्यताको अभ्यास गर्नु होइन, एक सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य पूरा गर्नु नै सत्यता अभ्यास गर्नु हो, र आफ्ना आमाबुबासँग बस्न र छोरा वा छोरीका रूपमा आफ्नो जिम्मेवारी पूरा गर्न आफ्नो कर्तव्य त्याग्नु भनेको परमेश्वरलाई धोका दिनु हो, र त्यो घोर अपराध हुनेछ भनी आफ्नो हृदयमा स्पष्ट रूपमा बुझेँ। त्यसपछि, मैले शान्तपूर्वक मेरो बुबासँग तर्क गरेँ, र उहाँको मनोव्रित्ति बिस्तारै नरम भयो, अनि म जे गर्न आएकी थिएँ, सो गरेर सिध्याएपछि म हतार-हतार गएँ।
पछि, जब-जब म मेरा बुबाका वचनहरूबारे सोच्थेँ, मेरो हृदयमा पीडाको झट्का महसुस हुन्थ्यो। अरूले मलाई नबुझेको कुरा म स्विकार्न सक्थेँ, तर मेरा बुबाले मलाई किन त्यस्ता कुराहरू भन्नुपर्यो? त्यस समयमा, मैले आफ्नो कर्तव्य निर्वाह गरेर दिनहरू बिताइरहेकी भए पनि, मेरो मन भारी महसुस हुन्थ्यो, मैले गह्रौँ बोझ बोकेजस्तो महसुस हुन्थ्यो, र म सधैँ दोषी भावनाले दबिएकी हुन्थेँ। यी नकारात्मक भावनाहरूमा जिइरहँदा, मेरो हृदय अँध्यारो र दबिएको महसुस हुन्थ्यो र मेरो कर्तव्यको दक्षतामा उल्लेखनीय गिरावट आयो। मेरो स्थितिमा बिस्तारै सुधार हुनुभन्दा पहिले, यो सायद एक वा दुई महिनासम्म रहिरह्यो। पछि, मैले आमाबुबा तिम्रा ऋणदात होइनन् भन्ने बारेमा परमेश्वरले सङ्गति गर्नुभएको सत्यता पढेपछि, मैले आमाबुबा र छोराछोरीबीचको सम्बन्धलाई अझ स्पष्ट रूपमा देख्न थालेँ र म यी दमनकारी भावनाहरूबाट मुक्त भएँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “मानिसहरूसँग यो सास र जीवन हुन्छ, र यी तिनको स्रोत र मूल तिनीहरूका आमाबुबा होइनन्। मानिसहरू तिनीहरूका आमाबुबाले तिनीहरूलाई जन्म दिने कार्यमार्फत पैदा भएका मात्र हुन्—मूल रूपमा, यो त परमेश्वरको प्रबन्ध, परमेश्वरको पूर्वनियोजन हो। त्यसकारण, तेरा आमाबुबा तेरो जीवनका मालिक होइनन्, तेरो जीवनको मालिक त परमेश्वर हुनुहुन्छ। परमेश्वरले मानवजातिको सृष्टि गर्नुभयो, उहाँले मानवजातिको जीवन सृष्टि गर्नुभयो, र उहाँले मानवजातिलाई जीवनको सास दिनुभयो, जुन मानिसको जीवनको स्रोत हो। तसर्थ, के ‘तेरा आमाबुबा तेरो जीवनका मालिक होइनन्’ भन्ने हरफ बुझ्न सजिलो छैन र? तँलाई तेरा आमाबुबाले सास दिएका होइनन्, र तेरा आमाबुबाले तँलाई यसको निरन्तरता दिनु त परको कुरा हो। परमेश्वरले तेरो जीवनको हरेक दिनको हेरचाह गर्नुहुन्छ र उहाँ त्यसमाथि सार्वभौम हुनुहुन्छ। तेरा आमाबुबाले तेरो जीवनको हरेक दिन कसरी बित्छ भनेर, प्रत्येक दिन खुसीसाथ र सहज रूपमा चल्छ कि चल्दैन, तैँले हरेक दिन कसलाई भेट्छस्, वा तँ प्रत्येक दिन कुन परिवेशमा जिउँछस् भन्ने कुरा निर्धारण गर्न सक्दैनन्। यति मात्र हो कि, परमेश्वरले तँलाई तेरा आमाबुबामार्फत तेरो हेरचाह गर्नुहुन्छ—तेरा आमाबुबा भनेको परमेश्वरले तेरो हेरचाह गर्न पठाउनुभएका मानिस मात्र हुन्। … स्पष्ट रूपमा भन्नुपर्दा, तिनीहरू सृष्टि गरिएका साधारण प्राणी मात्र हुन्। यति मात्र हो कि, तेरो दृष्टिकोणबाट हेर्दा, तिनीहरूको एक विशेष पहिचान छ—तिनीहरूले तँलाई जन्म दिए र हुर्काए, तिनीहरू तेरा मालिक हुन्, र तेरा आमाबुबा हुन्। तर परमेश्वरको दृष्टिकोणबाट त, तिनीहरू साधारण मानिस मात्र हुन्, तिनीहरू भ्रष्ट मानवजातिका सदस्य मात्र हुन्, र तिनीहरूमा केही विशेष कुरा छैन। तिनीहरू आफ्नै जीवनको त मालिक होइनन् भने, तिनीहरू कसरी तेरो जीवनको मालिक हुन सक्छन्? तिनीहरूले तँलाई जन्म दिए पनि, तिनीहरूलाई तेरो जीवन कहाँबाट आयो भन्ने थाहा हुँदैन, र तिनीहरूले तेरो जीवनको आगमन कुन समयमा, कुन घण्टामा, र कुन ठाउँमा हुनेछ, वा तेरो जीवन कस्तो हुनेछ भन्ने कुरा निर्धारण गर्न सक्दैनन्। तिनीहरूलाई यीमध्ये कुनै पनि कुरा थाहा हुँदैन। तिनीहरूले त निष्क्रिय रूपमा पर्खिरहेका मात्र हुन्छन्, परमेश्वरको सार्वभौमिकता र उहाँको बन्दोबस्त पर्खिरहेका हुन्छन्। तिनीहरू यसबारे खुसी भए पनि नभए पनि, तिनीहरूले यसमा विश्वास गरे पनि नगरे पनि, यो सबै कुरा परमेश्वरले योजनाबद्ध गर्नुहुन्छ र उहाँकै हातमा हुन्छ। तेरा आमाबुबा तेरो जीवनका मालिक होइनन्—के यो कुरा बुझ्न सजिलो छैन? (छ।)” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१७))। “तँलाई हुर्काएर, तेरा आमाबुबाले आफ्नो जिम्मेवारी र दायित्व मात्रै पूरा गरिरहेका हुन्छन्; यो लेनदेनका रूपमा नभई निःशुल्क गरिनुपर्छ। त्यसकारण, तैँले आफ्ना आमाबुबालाई व्यवहार गर्दा वा तँ र तिनीहरूबीचको सम्बन्धलाई सम्हाल्दा प्रतिदान गर्ने मानसिकता राख्नु हुँदैन। यदि तैँले त्यस्तो मानसिकता बोकेर आफ्ना आमाबुबासँग व्यवहार गर्छस्, तिनीहरूलाई प्रतिदान गर्छस्, र तँ र तिनीहरूबीचको सम्बन्धलाई सम्हाल्छस् भने, त्यो वास्तवमा अमानवीय हुन्छ। साथ-साथै, त्यसो गर्दा तँ तेरा दैहिक भावनाहरूद्वारा रोकिने र बाँधिने सम्भावना हुन्छ, र तँलाई यी उल्झनहरूबाट बाहिर निस्कन गाह्रो हुनेछ, यहाँसम्म कि तैँले आफ्नो बाटो बिराउनसमेत सक्छस्। तेरा आमाबुबा तेरा ऋणदाता होइनन्, त्यसैले तँसँग तिनीहरूका सबै अपेक्षाहरू पूरा गर्ने दायित्व हुँदैन। तँसँग तिनीहरूको अपेक्षाहरू पूर्ति गर्ने कुनै दायित्व हुँदैन। तिनीहरूका आफ्नै अपेक्षाहरू हुन सक्छन्, तर तैँले आफै निर्णयहरू गर्नुपर्छ। परमेश्वरले तेरा लागि एउटा जीवन मार्ग तय गर्नुभएको छ, उहाँले तेरा लागि एउटा नियति बन्दोबस्त गर्नुभएको छ, र तेरा आमाबुबासँग यी कुराको कुनै सरोकार छैन। त्यसकारण, तेरा आमाबुबामध्ये एक जनाले: ‘तँ आमाबुबालाई प्रेम नगर्ने सन्तान होस्। तँ यति वर्षसम्म मलाई भेट्न आएनस्, र तैँले मलाई फोन नगरेको धेरै दिन भयो। म बिरामी छु र मेरो हेरचाह गर्ने कोही छैन। मैले साँच्चै तँलाई व्यर्थैमा हुर्काएँ। तँ साँच्चै बैगुनी होस्, र अकृतज्ञ कुकुर होस्!’ भनेर भन्दा यदि तँ ‘तेरा आमाबुबा तेरा ऋणदाता होइनन्’ भन्ने सत्यता बुझ्दैनस् भने, यी शब्दहरू सुन्दा छुराले मुटु रोपेजस्तै पीडादायी हुनेछ, र तेरो विवेकले दोषी महसुस गर्नेछ। यी प्रत्येक शब्दहरू तेरो हृदयमा गाडिनेछन्, र तिनले तँलाई आफ्ना आमाबुबाको मुख हेर्न लज्जित भएको, आफ्ना आमाबुबाप्रति ऋणी भएको, र तिनीहरूप्रति दोषी भावनाले भरिएको महसुस गराउनेछन्। तेरा आमाबुबाले तँलाई तँ कसैको वास्ता नगर्ने बैगुनी होस् भनेर भन्दा, तँलाई वास्तवमै यस्तो महसुस हुनेछ: ‘तिनीहरूले साँच्चै सही कुरा भने। तिनीहरूले मलाई हुर्काएर यत्रो बनाए, र तिनीहरूले मेरो सफलताको फल पाउन सकेका छैनन्। अहिले तिनीहरू बिरामी छन्, र म तिनीहरूको सेवा गर्दै र तिनीहरूलाई साथ दिँदै तिनीहरूको छेउमा बसूँ भन्ने आशा गर्छन्। तिनीहरू मैले तिनीहरूको दया-मायाको ऋण तिरेको हेर्न चाहन्थे, तर म तिनीहरूसँग थिइनँ। म वास्तवमै कसैको वास्ता नगर्ने बैगुनी हुँ!’ तैँले आफूलाई कसैको वास्ता नगर्ने बैगुनीका रूपमा वर्गीकरण गर्छस्—के त्यो तर्कसङ्गत छ? के तँ कसैको वास्ता नगर्ने बैगुनी होस्? यदि तँ आफ्नो घर छोडेर आफ्नो कर्तव्य पूरा गर्न अन्यत्र नगएको, र आफ्नो आमाबुबाको साथमा बसेको भए, के तैँले तिनीहरू कहिल्यै बिरामी नहुने सुनिश्चित गर्न सक्थिस्? (सक्थिनँ।) के तैँले तेरा आमाबुबा बाँच्छन् कि मर्छन् भन्ने कुरालाई नियन्त्रण गर्न सक्छस्? के तैँले तिनीहरू धनी हुन्छन् कि गरिब हुन्छन् भनेर नियन्त्रण गर्न सक्छस्? (सक्दिनँ।) तेरा आमाबुबालाई जुनसुकै रोग लागे पनि, तँलाई हुर्काउँदा धेरै थकित भएर, वा तिनीहरूलाई तेरो धेरै याद आएर त्यस्तो भएको हुँदैन; विशेषगरी तिनीहरू तेरो कारणले गर्दा ती कुनै पनि ठूला, गम्भीर रोगहरू वा घातक अवस्थाहरूको सिकार हुनेछैनन्। त्यो तिनीहरूको भाग्य हो, र तँसँग त्यसको कुनै सम्बन्ध हुँदैन। तैँले जति नै आमाबुबाप्रतिको धर्म निभाए पनि वा जतिसुकै विचारशील भएर तिनीहरूको ख्याल गरे पनि, बढीमा तैँले केवल तिनीहरूको शारीरिक पीडा र बोझलाई थोरै कम गर्नेछस्। तर तिनीहरू कहिले बिरामी हुन्छन्, तिनीहरूलाई कुन रोग लाग्छ, तिनीहरू कहिले मर्छन्, र कहाँ मर्छन् भन्ने कुराहरूको हकमा भन्दा—के यी कुराहरूसँग तैँले छेउमै बसेर तिनीहरूको हेरचाह गरिरहेको छस् कि छैनस् भन्ने कुराको कुनै सम्बन्ध हुन्छ? अहँ, हुँदैन। यदि तैँले आमाबुबाप्रति छोराछोरीको धर्म निभाउँछस् भने, यदि तँ कसैको वास्ता नगर्ने बैगुनी होइनस् भने, र तैँले दिनभरि तिनीहरूसँगै बसेर तिनीहरूको हेरचाह गरिस् भने, के तिनीहरू बिरामी पर्दैनन्? के तिनीहरू मर्दैनन्? यदि तिनीहरू बिरामी हुनु छ भने, जसरी पनि बिरामी हुँदैनन् र? यदि तिनीहरू मर्नु छ भने, जसरी पनि मर्दैनन् र? होइन र? … तेरा आमाबुबाले तँलाई कसैको वास्ता नगर्ने बैगुनी भने पनि वा नभने पनि, कम्तीमा तैँले सृष्टिकर्ताको अगाडि सृष्टि गरिएको प्राणीका रूपमा आफ्नो कर्तव्य पूरा गरिरहेको छस्। तँ परमेश्वरको नजरमा कसैको वास्ता नगर्ने बैगुनी होइनस् भने, त्यो नै पर्याप्त हुन्छ। मानिसहरूले के भन्छन्, त्यसले फरक पार्दैन। तेरा आमाबुबाले तेरो बारेमा जे भन्छन्, त्यो साँचो नै हुन्छ भन्ने हुँदैन, र तिनीहरूले जे भन्छन्, त्यो उपयोगी हुँदैन। तैँले त परमेश्वरका वचनहरूलाई आफ्नो आधारका रूपमा लिनुपर्छ। यदि परमेश्वरले तँलाई सृष्टि गरिएको एक योग्य प्राणी होस् भनेर भन्नुहुन्छ भने, मानिसहरूले तँलाई कसैको वास्ता नगर्ने बैगुनी भने पनि, तिनीहरूले केही हासिल गर्न सक्दैनन्। यति मात्र हो कि मानिसहरूलाई आफ्नो विवेकको प्रभावको कारण, वा तिनीहरूले सत्यता नबुझ्दा र तिनीहरूको कद सानो हुँदा यी अपमानहरूले असर गर्छन्, र तिनीहरू अलिक खराब मुडमा हुनेछन्, र अलिक उदास महसुस गर्नेछन्, तर जब तिनीहरू परमेश्वरसामु फर्कन्छन्, यी सबै कुरा समाधान हुनेछन्, र तिनले तिनीहरूलाई समस्यामा पार्न छोड्नेछन्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१७))। “सन्तानका रूपमा, तैँले तेरा आमाबुबा तेरा ऋणदाता होइनन् भन्ने कुरा बुझ्नुपर्छ। यदि तैँले आफ्ना आमाबुबाको दया प्रतिदान गर्नमा मात्रै ध्यान दिन्छस् भने, यो तैँले निर्वाह गर्नुपर्ने धेरै कर्तव्यहरूमा बाधक बन्नेछ। तैँले आफ्नो जीवनमा गर्नुपर्ने धेरै कुराहरू छन्, र तैँले निर्वाह गर्नुपर्ने यी कर्तव्यहरू एक सृजित प्राणीले गर्नुपर्ने, र सृष्टिकर्ताले तँलाई सुम्पनुभएका कामकुरा हुन्, र तैँले आफ्ना आमाबुबाको दया प्रतिदान गर्नुसँग तिनको कुनै सम्बन्ध छैन। आफ्ना आमाबुबाप्रति छोराछोरीको धर्म निभाउनु, तिनीहरूलाई प्रतिदान गर्नु, तिनीहरूको दया फर्काउनु—तेरो जीवनको मिसनसँग यी कुराहरूको कुनै सम्बन्ध छैन। तैँले आफ्ना आमाबुबाप्रति छोराछोरीको धर्म निभाउनु, तिनीहरूलाई प्रतिदान गर्नु, वा तिनीहरूप्रतिको आफ्नो कुनै पनि जिम्मेवारी पूरा गर्नु आवश्यक छैन भनेर पनि भन्न सकिन्छ। स्पष्ट रूपमा भन्दा, परिस्थितिहरूले साथ दिँदा तैँले यो काम अलिअलि गर्न र आफ्ना जिम्मेवारीहरू अलिअलि पूरा गर्न सक्छस्; परिस्थितिले साथ नदिँदा, तैँले जबरजस्ती त्यसो गर्नु आवश्यक छैन। यदि तैँले आफ्ना आमाबुबाप्रति छोराछोरीको धर्म निभाउनलाई आफ्नो जिम्मेवारी पूरा गर्न सक्दैनस् भने, यो भयानक गल्ती होइन, यो केही हदसम्म तेरो विवेक र नैतिक इन्साफको विरुद्ध जाने मात्र हो, र तँलाई केही मानिसहरूद्वारा निन्दा गरिनेछ—त्यति मात्रै हो। तर कम्तीमा पनि, यो सत्यताको विरुद्ध जाँदैन। यदि यो तेरो कर्तव्य निर्वाह गर्ने र परमेश्वरको इच्छा पछ्याउने खातिर हो भने, तँलाई परमेश्वरद्वारा समेत अनुमोदन गरिनेछ। त्यसकारण, आफ्ना आमाबुबाप्रति छोराछोरीको धर्म निभाउने सम्बन्धमा, जबसम्म तैँले सत्यता बुझ्छस् र मानिसहरूप्रति परमेश्वरका मागहरू बुझ्छस्, तेरा अवस्थाहरूले तँलाई आमाबुबाप्रति छोराछोरीको धर्म निभाउन नदिए पनि, तेरो विवेकले घोच्नेछैन” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१७))। परमेश्वरका वचनहरूबाट, मैले के बुझेँ भने, परमेश्वर सबै थोकको जीवनको स्रोत हुनुहुन्छ, र मेरो जीवन परमेश्वरबाट आएको हो। मैले परमेश्वरले दिनुभएको सास फेरिरहेकी थिएँ र परमेश्वरका वचनहरूको पोषणको आनन्द लिइरहेकी थिएँ, र मैले परमेश्वरको धेरै अनुग्रहको पनि आनन्द लिएकी थिएँ। मलाई आफूले एक सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य पूरा गर्नुपर्छ र परमेश्वरको प्रेम चुक्ता गर्नुपर्छ, र विवेक र मानवता हुनुको अर्थ यही हो भन्ने थाहा थियो। बाहिरबाट हेर्दा, मेरा आमाबुबाले मलाई जन्म दिएर हुर्काउनुभएको, र उहाँहरूले मलाई हुर्काउन, मेरो खानपिन, लुगाफाटो र शिक्षाको प्रबन्ध गर्न कडा मेहनत गर्नुभएको जस्तो देखिन्थ्यो, तर वास्तवमा, यो सबै परमेश्वरद्वारा प्रबन्धित र निर्धारित थियो। आमाबुबाहरूले केवल आफ्ना जिम्मेवारी र दायित्वहरू पूरा गरिरहेका हुन्छन्, यसलाई दया-माया भन्न मिल्दैन, र मैले यो चुक्ता गर्नु वा यसको बदलामा केही गर्नु आवश्यक छैन। म सत्यता नखोजी शैतानका विचार र दृष्टिकोणहरूअनुसार जिइरहेकी थिएँ, र मेरा आमाबुबाले मलाई हुर्काउन कडा मेहनत गर्नुभएकाले, मैले आमाबुबाको दया-माया चुक्ता गर्नुपर्छ भन्ने सोच्दै, मेरा आमाबुबालाई उहाँहरू मेरा ऋणदाता भए जस्तो व्यवहार गर्दै थिएँ। जब मेरा बुबा गम्भीर रूपमा बिरामी हुनुहुन्थ्यो, म उहाँको हेरचाह गर्न त्यहाँ थिइनँ, र यसले मलाई आफूलाई बेमतलबी कृतघ्न र कर्तव्यच्युत सन्तान ठान्न बाध्य बनायो, र मेरो हृदय अक्सर दोषी भावनाले भरिन्थ्यो। मैले आफ्नो कर्तव्य निर्वाह गरिरहेकी जस्तो देखिए पनि, मेरो दोषी भावनाले मेरो कामको दक्षतामा असर पारिरहेको थियो। परमेश्वरका वचनहरू खाएर र पिएर, मैले के भन्ने महसुस गरेँ भने, एक सृजित प्राणीका रूपमा, म यो संसारमा मेरा आमाबुबाप्रति कर्तव्यनिष्ठ हुन आएकी होइन, र मेरो लागि आफ्नो मिसन पूरा गर्नु र एक सृजित प्राणीकोका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्नु अझ महत्त्वपूर्ण छ। विवेक र मानवता भएको व्यक्तिले यही गर्नुपर्छ। मैले आफ्ना आमाबुबालाई कसरी व्यवहार गर्नेबारे सिद्धान्तहरू हुनुपर्छ भन्ने पनि बुझेँ। परिस्थितिले साथ दिएको खण्डमा, म छोरीका रूपमा आफ्ना जिम्मेवारी र दायित्वहरू पूरा गर्न र मेरा आमाबुबाको हेरचाह गर्न सक्छु, तर नदिएको खण्डमा, मैले दोषी महसुस गर्नुपर्दैन, न त मैले आफ्नो कर्तव्य निर्वाह गर्दा यसको बोझ नै महसुस गर्नुपर्छ। वास्तवमा, आमाबुबा र छोराछोरीबीचको सम्बन्ध केवल एक जैविक बन्धन हो, र कसैले कसैलाई केही दिनु-लिनु छैन। यदि मैले घर गएर कर्तव्यनिष्ठ छोरी बन्नका लागि आमाबुबाको दया-माया चुक्ता गर्न आफ्नो कर्तव्य त्यागेँ भने, वा यदि मैले मेरा आमाबुबाप्रति कर्तव्यनिष्ठ हुन नसकेकोमा दोषी र दिक्दार महसुस गरेँ र आफ्नो कर्तव्यमा ढिलाइ गरेँ भने, तब म साँच्चै विवेक र मानवताविहीन हुनेछु!
त्यसपछि मैले परमेश्वरका केही वचन पढेँ: “तँ सही मार्गमा हिँड्छस्, तैँले सृष्टि गरिएको प्राणीको कर्तव्य निर्वाह गर्ने, र परमेश्वरको मुक्ति ग्रहण गर्न सृष्टिको प्रभुको अगाडि आउने निर्णय गरेको छस्। यो संसारमा एउटै मात्र सही बाटो त्यही हो। तैँले सही निर्णय गरेको छस्। तेरा आमाबुबालगायत विश्वास नगर्नेहरूले तँलाई जति बुझ्न नसके पनि वा तँबाट निराश महसुस गरे पनि, यसले परमेश्वरमा विश्वास गर्ने मार्गमा हिँड्ने तेरो छनौट वा कर्तव्य निर्वाह गर्ने तेरो सङ्कल्पलाई असर गर्नु हुँदैन, न त यसले परमेश्वरमाथिको तेरो विश्वासलाई नै असर गर्नु हुन्छ। तँ दृढ भएर लागिपर्नुपर्छ, किनकि तँ सही बाटोमा हिँडिरहेको छस्। योभन्दा पनि बढी, तैँले आफ्ना आमाबुबाका अपेक्षाहरू त्याग्नुपर्छ। तँ सही बाटोमा हिँडिरहेको बेला ती कुराहरू तेरो लागि बोझ बन्नु हुँदैन। तैँले सही बाटो पछ्याइरहेको छस्, र तैँले जीवनको सबैभन्दा सही निर्णय गरेको छस्; यदि तेरा आमाबुबाले तँलाई साथ दिँदैनन् भने, यदि तिनीहरूले तँलाई सधैँ वास्ता नगर्ने बैगुनी भनी गाली गर्छन् भने, तैँले तिनीहरूलाई अझै बढी खुट्ट्याउनुर्छ, र भावनात्मक स्तरबाट तिनीहरूलाई त्याग्नुपर्छ, र तिनीहरूको बन्धनमा पर्नु हुँदैन। तिनीहरूले तँलाई साथ, प्रोत्साहन वा सान्त्वना नदिए पनि, तँलाई केही फरक पर्दैन—तँसँग यी कुराहरू भए पनि नभए पनि तैँले केही पाउँदैनस् वा गुमाउँदैनस्। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको तँप्रतिका परमेश्वरका अपेक्षाहरू हुन्। परमेश्वरले तँलाई प्रोत्साहन दिइरहनुभएको छ, भरणपोषण गरिरहनुभएको छ, र मार्गदर्शन गरिरहनुभएको छ। तँ एकलो छैनस्। तेरा आमाबुबाका अपेक्षाहरूविना पनि तैँले सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्न सक्छस्, र यस आधारमा, तँ अझै पनि एक असल व्यक्ति रहनेछस्। आफ्ना आमाबुबाका अपेक्षाहरू त्याग्नुको मतलब तैँले आफ्नो नैतिकता र आचार गुमाएको छस् भन्ने हुँदैन, र तैँले आफ्नो मानवता, वा नैतिकता र न्यायबोध त्यागेको छस् भन्ने त अवश्य नै हुँदैन। तैँले आफ्ना आमाबुबाका अपेक्षाहरू पूरा गर्न नसक्नुको कारण के हो भने, तैँले सकारात्मक कुराहरू रोजेको छस्, र तैँले सृष्टि गरिएको प्राणीको कर्तव्य निर्वाह गर्ने निर्णय गरेको छस्। यसमा केही गलत छैन, र यो सबैभन्दा सही बाटो हो। तँ आफ्नो विश्वासमा दृढ र अडिग रहनुपर्छ। तैँले आफ्ना आमाबुबाको सहारा नपाउने, र निश्चित रूपमा तिनीहरूको आशिष् नपाउने सम्भावना छ, किनभने तँ परमेश्वरमा विश्वास गर्छस् र सृष्टि गरिएको प्राणीको कर्तव्य निर्वाह गरिरहेको छस्, तर यसले केही फरक पार्दैन। यो महत्त्वपूर्ण छैन, तैँले केही पनि गुमाएको छैनस्। सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, जब तैँले परमेश्वरमा विश्वास गर्ने मार्गमा हिँड्ने र सृष्टि गरिएको प्राणीको कर्तव्य निर्वाह गर्ने निर्णय गरिस्, परमेश्वरले तँप्रति अपेक्षा र उच्च आशा पाल्न थाल्नुभयो। यस संसारमा जिउने क्रममा, यदि मानिसहरू आफ्ना साथी-भाइ र आफन्तहरूबाट विमुख भए भने पनि, तिनीहरू राम्रोसँग जिउन सक्छन्। अवश्य नै, आफ्ना आमाबुबाबाट विमुख भएपछि पनि तिनीहरूले सामान्य जीवन बिताउन सक्छन्। तिनीहरू परमेश्वरको मार्गदर्शन र आशिषबाट विमुख भएपछि मात्र अन्धकारमा पर्छन्। मानिसहरूबाट परमेश्वरले गर्नुहुने अपेक्षा र उहाँको मार्गदर्शनको तुलनामा, आमाबुबाका अपेक्षाहरू महत्त्वहीन हुन्छन् र उल्लेख गर्नलायक हुँदैनन्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१७))। “यस संसारमा कस्ता मानिसहरू आदर पाउन सबैभन्दा बढी योग्य हुन्छन्? के तिनीहरू सही बाटोमा हिँड्नेहरू होइनन् र? ‘सही बाटो’ ले यहाँ केलाई जनाउँछ? के यसको अर्थ सत्यता पछ्याउनु र परमेश्वरको मुक्ति स्वीकार गर्नु भन्ने होइन र? के सही मार्गमा हिँड्नेहरू परमेश्वरलाई पछ्याउने र उहाँमा समर्पित हुने मानिस होइनन् र? (हुन्।) यदि तँ यस प्रकारको व्यक्ति होस्, वा तैँले यस्तो बन्ने प्रयास गर्छस्, र तेरा आमाबुबाले तँलाई बुझ्दैनन्, र तँलाई सधैँ सराप्ने समेत गर्छन् भने—यदि तँ कमजोर, उदास र अन्योलग्रस्त अवस्थामा हुँदा, तिनीहरूले तँलाई साथ, सान्त्वना, वा प्रोत्साहन दिन नसक्ने मात्र होइन, तर तँलाई पैतृक निष्ठा देखाउन फर्केर आउन, धेरै पैसा कमाउन र तिनीहरूको हेरचाह गर्न, तिनीहरूलाई निराश हुन नदिन, तिनीहरूलाई तेरो सफलताको स्वाद चखाउन, र तँसँग सुखी जीवन बिताउन दिन माग गर्छन् भने—के यस्ता आमाबुबालाई पन्छाउनु पर्दैन र? (पर्छ।) के यस्ता आमाबुबाहरू तेरो आदर पाउन योग्य हुन्छन्? के तिनीहरू तेरो पैतृक निष्ठा पाउन योग्य हुन्छन्? के तिनीहरू तैँले तिनीहरूप्रतिको जिम्मेवारी पूरा गर्न योग्य हुन्छन्? (हुँदैनन्।) किन हुँदैनन्? किनभने तिनीहरू सकारात्मक कुराहरूदेखि वितृष्ण हुन्छन्, के यो तथ्य होइन र? (हो।) किनभने तिनीहरू परमेश्वरलाई घृणा गर्छन्, के यो तथ्य होइन र? (हो।) किनभने तिनीहरू तँलाई सही मार्गमा हिँडेको देख्दा तिरस्कार गर्छन्, के यो तथ्य होइन र? (हो।) तिनीहरू न्यायसङ्गत कार्यहरूमा संलग्न मानिसहरूलाई घृणा गर्छन्; तँ परमेश्वरलाई पछ्याउँछस् र आफ्नो कर्तव्य निर्वाह गर्छस्, त्यसकारण तिनीहरू तँलाई घृणा गर्छन् र तुच्छ ठान्छन्। यी कस्ता आमाबुबा हुन्? के तिनीहरू घृणित र नीच आमाबुबा होइनन् र? के तिनीहरू स्वार्थी आमाबुबा होइनन्? के तिनीहरू दुष्ट आमाबुबा होइनन्? (हुन्।) परमेश्वरमाथिको तेरो विश्वासका कारण ठूलो रातो अजिङ्गरले तँलाई अपराधीहरूको सूचीमा राखेको छ र सिकार बनाएको छ, तँ भाग्दै हिँडेको छस्, घर फर्कन सकेको छैनस्, र कतिपय मानिसहरू त विदेश पनि जानु परेको छ। तेरा आफन्त, साथीभाइ, र सहपाठीहरू सबैले तँ भगुवा बनेको छस् भनेर भन्छन्, र यी बाहिरी हल्ला र अफवाहका कारण, तेरा आमाबुबालाई तैँले अन्यायपूर्ण रूपमा कष्ट दिएको छस्, र तिनीहरूलाई लज्जित तुल्याएको छस् भन्ने लाग्छ। तिनीहरूले तँलाई नबुझ्ने, सहारा नदिने वा तँप्रति सहानुभूति नराख्ने मात्र होइन, तिनीहरूले ती अफवाह फैलाउने, र तँलाई तिरस्कार र भेदभाव गर्ने मानिसहरूलाई निन्दा नगर्ने मात्र होइन, तर तिनीहरूले तँलाई घृणा पनि गर्छन्, परमेश्वरमा विश्वास नगर्ने मानिसहरू र शक्तिमा भएका मानिसहरूले जस्तै तिनीहरूले पनि तेरो बारेमा त्यही कुरा गर्छन्। यी आमाबुबाका बारेमा तँलाई के लाग्छ? के तिनीहरू असल छन्? (छैनन्।) त्यसोभए के तँलाई अझै पनि तिनीहरूप्रति ऋणी छु भन्ने लाग्छ? (लाग्दैन।) … कतिपय आमाबुबाले प्रायजसो यसो भन्छन्: ‘तँलाई हुर्काउनु त कुकुरलाई हुर्काउनुभन्दा पनि बेकार भयो। कुकुर पाल्दा, त्यो तेरो धेरै नजिक हुन्छ र त्यसले मालिकलाई देख्दा पुच्छर हल्लाउन जान्दछ। मैले तँलाई हुर्काएर के आशा गर्न सक्छु? तँ सारा दिन परमेश्वरमा विश्वास गरेर आफ्नो कर्तव्य निर्वाह गर्दै बिताउँछस्, तँ व्यापार गर्दैनस्, काममा जाँदैनस्, तँ सुरक्षित आजीविकासमेत चाहँदैनस्, र अन्तमा हाम्रा सबै छिमेकीहरूले हामीलाई हाँसोमा उडाउन थालेका छन्। मैले तँबाट के पाएको छु? मैले तँबाट एउटा पनि राम्रो कुरा पाएको छैनँ, वा सफलताको स्वाद चाख्न पाएकै छैनँ।’ यदि तैँले संसारका दुष्ट प्रचलनहरू पछ्याएर त्यहाँ सफल हुने प्रयास गरेको भए, सायद तेरा आमाबुबाले तँ पीडामा हुँदा, बिरामी, वा दुःखी हुँदा तँलाई साथ, प्रोत्साहन र सान्त्वना दिनेथिए। तैपनि, तैँले परमेश्वरमा विश्वास गरेको र मुक्ति पाउने मौका पाएको छस् भनेर तिनीहरू खुसी वा आनन्दित हुँदैनन्। यसको विपरीत, तिनीहरूले तँलाई घृणा गर्छन् र सराप्छन्। तिनीहरूको सारका आधारमा हेर्दा, यी आमाबुबा तेरा बैरी र ठूला शत्रु हुन्, तिनीहरू तँजस्ता मानिस होइनन्, र तिनीहरू तैँले हिँड्ने बाटो हिँडिरहेका छैनन्। बाहिरबाट तँ परिवार जस्तो देखिए पनि, तेरो सार, खोजी, प्राथमिकता, तैँले पछ्याउने मार्ग, र तैँले सकारात्मक कुरा, परमेश्वर र सत्यतालाई हेर्ने विभिन्न मनोवृत्तिहरूका आधारमा हेर्दा, तिनीहरू तँजस्ता मानिस होइनन्। त्यसकारण, तैँले ‘मसँग मुक्तिको आशा छ, म जीवनको सही मार्गमा हिँडेको छु’ भनेर जतिसुकै भने पनि, तिनीहरूलाई यसले छुँदैन, र तिनीहरू तेरो लागि खुसी हुनेछैनन्, वा तेरो लागि आनन्दित हुनेछैनन्। बरु, तिनीहरूले लज्जित महसुस गर्नेछन्। भावनात्मक हिसाबमा हेर्दा, यी आमाबुबा तेरो परिवार हुन्, तर तिनीहरूको प्रकृति सारका आधारमा, तिनीहरू तेरो परिवार होइनन्, तिनीहरू तेरा शत्रु हुन्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१७))। परमेश्वरका यी वचनहरू पढेपछि, मेरो हृदय अझ उज्यालो भयो। परमेश्वरले आमाबुबालाई व्यवहार गर्नेसम्बन्धी सिद्धान्तहरू स्पष्ट रूपमा सङ्गति गर्नुभएको छ। यो आमाबुबाले भनेका सबै कुरा आँखा चिम्लेर मान्ने कुरा होइन; व्यक्तिले उनीहरू कस्ता प्रकारका मानिस हुन् भनी खुट्ट्याउनैपर्छ। मैले सम्झिएँ, आफ्नो कर्तव्यमा, म अक्सर मेरा बुबाका वचनहरूबाट प्रभावित हुन्थेँ, र मैले उहाँले बोल्नुभएका ती भ्रामक भ्रान्तिहरूलाई खुट्ट्याउन नसकेकी र मैले परमेश्वरका वचनहरूमा आधारित भएर मानिस वा मामिलाहरूलाई हेर्ने, वा आफूलाई आचरणमा ढाल्ने नगरेकी हुनाले यस्तो भएको थियो। मेरा बुबा म उहाँहरूप्रति कर्तव्यनिष्ठ हुन पैसा कमाऊँ, बुढेसकालमा उहाँहरूका लागि प्रबन्ध गरूँ र उहाँहरूलाई सम्मान दिलाऊँ भन्ने चाहनुहुन्थ्यो। पहिले, घरमा छँदा, म बिदाहरूमा मेरो बुबालाई भेट्न आउँदा राम्रो चुरोट, रक्सी र राम्रो खाना ल्याउँथेँ। उहाँ बिरामी पर्नुहुँदा, म उहाँलाई उपचारका लागि अस्पताल लिएर जान्थेँ, र उहाँ म आज्ञाकारी र समझदार भएकोमा मेरो प्रशंसा गर्नुहुन्थ्यो, र मलाई कर्तव्यनिष्ठ छोरी भन्नुहुन्थ्यो। तर अहिले म उहाँलाई भेट्न जान नसक्दा, र उहाँका शारीरिक आवश्यकताहरू पूरा नहुँदा, उहाँ मदेखि असन्तुष्ट हुनुभयो। मलाई ठूलो रातो अजिङ्गरले खेदिरहेकाले म घर फर्कन असमर्थ थिएँ, तैपनि उहाँले ठूलो रातो अजिङ्गरलाई घृणा गर्नुभएन। बरु, उहाँलाई मैले उहाँलाई लज्जित पारेको महसुस भयो, उहाँले मलाई बेमतलबी कृतघ्न र कर्तव्यच्युत छोरी भनी सराप्नुभयो, र उहाँले सोच्न सक्ने कुनै पनि कठोर शब्दहरू ममाथि बर्साउनुभयो। उहाँले बुबा र छोरीबीचको हाम्रो बन्धनलाई समेत पन्छाउनुभयो। मेरा बुबाले यी कुराहरू मेरो भलाइका लागि गरिरहनुभएको थिएन। यदि उहाँ साँच्चै मेरो वास्ता गर्नुहुन्थ्यो भने, उहाँले मलाई परमेश्वरमा विश्वास गर्ने र सत्यता पछ्याउने जीवनको सही मार्गमा हिँड्न सहयोग गर्नुपर्थ्यो। बरु, उहाँले मलाई सहयोग नगर्नु मात्र होइन, मेरो अपमान पनि गर्नुभयो, र एक पटक उहाँले मलाई करकाप गर्न आफ्नो मृत्यु प्रयोग गर्ने प्रयासमा नदीमा समेत हाम फाल्नुभयो। मैले सत्यतालाई घृणा गर्ने र परमेश्वरलाई घृणा गर्ने उहाँको साँचो प्रकृति देखेँ, र उहाँको सार परमेश्वरको प्रतिरोध गर्ने दियाबलस र शैतानको सार हो, र उहाँ परमेश्वरको शत्रु हुनुहुन्छ भन्ने पनि देखेँ। त्यस्तो बुबा मेरो चिन्ता वा कर्तव्यनिष्ठताको लायक हुनुहुन्नथ्यो। तर मैले उहाँको सारलाई खुट्ट्याएकी थिइनँ र म सधैँ आफूले उहाँलाई निराश पारेको महसुस गर्थेँ। म साँच्चै अलमल्ल परेकी मूर्ख, सही र गलतबीचको भिन्नता छुट्ट्याउन नसक्ने थिएँ! मेरो बुबाको सार छर्लङ्गै देखेपछि, मैले उहाँप्रति ऋणी महसुस गर्न छोडेँ।
परमेश्वरका वचनहरू पढेर, मैले मेरा आमाबुबालाई कसरी व्यवहार गर्ने भनी सिकेँ, र मैले एक सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य पूरा गरेर र सत्यता पछ्याएर मात्र जीवनको सही मार्ग हिँड्न सकिन्छ, र म यो मार्गमा बिना कुनै हिचकिचाहट अघि बढ्नुपर्छ भन्ने कुरा पनि बुझेँ। त्यसपछि, मैले मेरो हृदयमाथिको बोझको भावनालाई त्यागिदिएँ र आफूलाई आफ्ना कर्तव्यहरूमा समर्पित गरेँ, र समयसँगै, मेरो कर्तव्यको दक्षतामा धेरै सुधार भयो। मैले यी बुझाइ र प्राप्तिहरू पाउन सक्नु सबै परमेश्वरका वचनहरूको अन्तर्दृष्टि र मार्गदर्शनको कारणले थियो। परमेश्वरलाई धन्यवाद!