८८. मान्छे खुसी पारिहिँड्ने व्यक्ति हुनुका नमीठा पाठहरू

फान्यी, चीन

सन् २०२१ को फेब्रुअरीमा, वाङ हुआ र म दुवै जना मण्डली अगुवा चुनियौँ। वाङ हुआसँग अगुवाका रूपमा पूर्ववर्ती अनुभव भएकाले र उनी सुसमाचार प्रचारमा पनि अनुभवी भएकीले, उनी मुख्य रूपमा सुसमाचारको काम हेर्थिन् भने म चाहिँ अन्य कामहरू सम्हाल्थेँ। काममा समस्या वा कठिनाइहरू आइपर्दा म उनीसँग सोधखोज गर्थेँ, र उनी मसँग सङ्गति गर्न र मलाई मदत गर्न सधैँ इच्छुक हुन्थिन्। हामी एकदमै मिलेर बस्थ्यौँ। केही समयपछि, मैले वाङ हुआ आफ्नै पारामा चल्ने खालकी रहेको देखेँ, विशेष गरी मानिसहरूलाई छान्ने र प्रयोग गर्ने कुरामा। उनी सधैँ सत्यता सिद्धान्तहरू नखोजीकनै आफ्नै दृष्टिकोणमा भर पर्थिन्, र अरूका सुझावहरूलाई विचार गर्न कुनै इच्छा देखाउँदिनथिन्। एक दिन, सुसमाचार डिकनले टोली अगुवा ली जी आफ्ना कर्तव्यमा सधैँ झारा टारुवा भएको, कुनै बोझको बोध नदेखाएको, र धेरै पटक सङ्गति गर्दा पनि आफ्नो व्यवहार नसच्याएको रिपोर्ट गरे। उनले त व्यक्तिगत मामिलाका कारण एक हप्तासम्म आफ्ना कर्तव्यमा ध्यान नदिएको, त्यसलाई पूर्ण रूपमा नजरअन्दाज गरेका थिए। यो सुनेपछि, मलाई निकै रिस उठ्यो र ली जी टोली अगुवा रहिरहन अयोग्य छन्, र सिद्धान्तहरूअनुसार, उनलाई बर्खास्त गरेर नयाँ काममा खटाउनुपर्छ भन्ने लाग्यो। मैले आफ्नो दृष्टिकोण वाङ हुआलाई बताएँ, तर अचम्मको कुरा, उनले सुन्न अस्वीकार मात्र गरिनन्, उल्टै मेरो सोचाइ अपरिपक्व छ र म अरूबाट धेरै माग गर्छु भन्दै मेरो कडा आलोचना गरिन्। उनले त ली जी राम्रो स्थितिमा हुँदा उनी सुसमाचार प्रचार गरेर मानिसहरू प्राप्त गर्न सक्छन् र उनलाई थप सङ्गति र मदतको खाँचो छ समेत भनिन्। मैले भनेँ, “टोली अगुवा हुनका लागि बोझ र जिम्मेवारीको बोध हुनैपर्छ। ली जीले आफ्नो कर्तव्यमा देखाएको निरन्तरको व्यवहारका आधारमा, उनी टोली अगुवाको पदका लागि पटक्कै उपयुक्त छैनन्। तैपनि तपाईँ उनलाई यही भूमिकामा राख्न जिद्दी गर्नुहुन्छ। यो त सिद्धान्तहरूविपरीत जानु हो!” तर वाङ हुआ अझै पनि मानिनन् र भनिन्, “यदि हामीले ली जीलाई बर्खास्त गर्‍यौँ र तुरुन्तै उनको ठाउँ लिन उपयुक्त व्यक्ति भेट्टाउन सकेनौँ भने, कामका नतिजामा असर पर्न सक्छ, र अगुवाहरूले यसबारे सोध्नुभयो भने हामीले चित्तबुझ्दो जवाफ दिन सक्नेछैनौँ। पदमा कोही पनि नहुनुभन्दा त कोही हुनु नै राम्रो हो।” उनले यसो भनेको सुनेर, मैले बुझेँ, उनी आफ्नो प्रतिष्ठा र हैसियतमा मात्र केन्द्रित थिइन्, र उनले मण्डलीको कामलाई पटक्कै विचार गरिरहेकी थिइनन्। त्यसैले मैले उनको यस्तो व्यवहारको प्रकृति र परिणामहरूलाई खुलासा पार्न चाहेँ। तर उनको क्रोधित मुद्रा देखेर मलाई चिन्ता लाग्यो, सोचेँ “सामान्यतया, मैले उनको काममा रहेका समस्या संक्षिप्त रूपमा उल्लेख गर्दा पनि उनी अधीर हुन्छिन्। यदि मैले अति स्पष्ट र सीधै कुरा गरेँ भने, मैले उनलाई पक्कै रिस उठाउनेछु, अनि उनले मलाई बेवास्ता गर्नेछिन्। यदि यसले हाम्रो सम्बन्धमा तनाव पैदा गर्‍यो भने, भविष्यमा हामीले कसरी सहकार्य गर्ने? यदि मलाई काममा कठिनाइहरू आइपरे र उनले मलाई मदत गरिनन् भने के गर्ने? बरु यो कुरा नउठाउँदै राम्रो होला। उनले यति धेरै वर्षदेखि आफ्नो कर्तव्य पूरा गर्दै आएकी छिन् र मानिसहरूलाई हेरफेर गर्ने सिद्धान्तहरू मभन्दा राम्ररी बुझ्छिन्। सायद उनका आफ्नै योजना होलान्। यसबारे धेरै चिन्ता नगरेकै बेस।” त्यसैले, मैले उनलाई मानिसहरू प्रयोग गर्नुका फाइदा र बेफाइदा विचार गर्न मात्रै सम्झाएँ र यो विषय फेरि उठाइनँ।

केही समय नबित्दै, वाङ हुआले मलाई शुशिन सिस्टर तीक्ष्ण दिमागकी र मानिसहरूसँग कुरा गर्न सिपालु छिन्, र उनले शुशिनलाई सुसमाचार प्रचार गर्न संवर्धन गर्ने योजना बनाएकी छिन् भनेर बताइन्। यो सुनेर, मैले सोचेँ, “म शुशिनसँग परिचित छु। उनी आफ्ना कर्तव्यमा सधैँ गैर-जिम्मेवार, स्वार्थी र छली रहँदै आएकी छिन्। पहिले नयाँ विश्वासीहरूलाई मलजल गर्नका लागि उनलाई संवर्धन गरिँदा, उनलाई त्यो झन्झटिलो लागेको थियो र नयाँ विश्वासीहरू छोडेर गए भने जिम्मेवारी लिनुपर्छ भनेर डराएकी थिइन्। बीस दिनभन्दा अलिकति मात्र बढी समयको मलजलपछि, उनी जानै छोडिन् र आफ्नो पतिले कर्तव्य पूरा गर्नबाट रोकिरहेका छन् भनेर झूटो दाबीसमेत गरिन्।” त्यसैले मैले आफूले थाहा पाएको कुरा वाङ हुआलाई बताएँ र शुशिनजस्ती व्यक्ति संवर्धनका लागि उपयुक्त छैनन् भनेर सम्झाएँ। वाङ हुआले मेरो सल्लाह पटक्कै सुनिनन्। उनले भनिन्, एक पटकको अन्तरक्रियाले मात्र पूर्ण रूपमा व्यक्तिको साँचो प्रकृतिको मूल्याङ्कन सकिँदैन, र त्यसको सट्टा हामीले उसलाई विकासात्मक दृष्टिकोणले हेर्नुपर्छ। मलाई यो अनुपयुक्त लाग्यो र मैले उनलाई रोक्न चाहेँ। तर फेरि सोचेँ, “उनले शुशिनलाई संवर्धन गर्नेबारे सबैलाई भनिसकेकी छिन्, त्यसैले यदि मैले असहमति जनाएँ भने, उनलाई पक्कै अप्ठ्यारो पर्नेछ। कतै उनलाई म अहङ्कारी र खसखसे भइरहेको लाग्ने हो कि? यदि यसले हाम्रो सम्बन्धमा तनाव ल्यायो भने के गर्ने? त्यसले त भविष्यमा घुलमिल हुन गाह्रो पार्नेछ।” यसबारे सोच्दा, मैले थप जिद्दी गर्ने आत्मविश्वास गुमाएँ र आफैलाई यसो भन्दै आश्वस्त पारेँ, “कम्तीमा, मैले दिनुपर्ने सबै सुझाव दिइसकेको छु। भविष्यमा कुनै समस्या उत्पन्न भयो भने, त्यो मेरो जिम्मेवारी हुनेछैन।”

पछि, मैले ली जी आफ्ना कर्तव्यप्रति अझै पनि उदासीन रहेका, र यसले ब्रदर-सिस्टरहरूको स्थितिलाई असर गरेको, जसले गर्दा कामको प्रभावकारितामा गम्भीर गिरावट आएको थाहा पाएँ। साथै, शुशिनले सुसमाचार प्रचारका लागि कुनै बोझको बोध देखाउँदिनथिन्, र उनी घरमा व्यस्त हुनासाथ आफ्ना कर्तव्य छोडिदिन्थिन्, अनि उनका कर्तव्यबाट कमै नतिजा निस्कन्थे। अगुवाहरूले हाम्रो सुसमाचारको काममा भएका विचलन र समस्याहरूलाई सम्बोधन गर्दै एउटा पत्र पठाउनुभयो, र हामीसँग सङ्गति गर्दै हामीलाई काटछाँट गर्नुभयो। तर वाङ हुआले अलिकति पनि आत्म-दोष देखाइनन्। उल्टै, उनले प्रतितर्क गरिन् र ब्रदर-सिस्टरहरूसँग आफ्ना कर्तव्यका लागि कुनै बोझको बोध नभएको भन्दै आफूलाई सही ठहराउने प्रयास गरिन्। म साँच्चै उनका समस्याहरूलाई खुलासा र चिरफार गर्न चाहन्थेँ, तर मलाई उनले म आफूलाई चिन्दिनँ र म खाली उनको काटछाँट मात्र गर्दैछु भनेर भन्लिन् भन्ने डर पनि थियो, त्यसैले मैले उनलाई आत्मचिन्तन गर्न र परमेश्‍वरसामु पश्चात्ताप गर्न संक्षिप्त रूपमा सम्झाएँ। पछि, मैले वाङ हुआसँग आफूबारे कुनै ज्ञान नरहेको देखेँ। ब्रदर-सिस्टरहरूले उनी भेलाहरूको दौरान उनीहरूको काममा खोट देखाउने र हप्काउने कुरामा मात्र ध्यान दिन्छिन्, वास्तविक समस्याहरू समाधान गर्दिनन्, र सबैजना उनीद्वारा नियन्त्रित भएको महसुस गर्छन् भनी रिपोर्ट गरेका थिए। मैले वाङ हुआ सम्भवतः झूटा अगुवा हुन् भन्ने महसुस गरेँ, त्यसैले मैले यो कुरा माथिल्लो तहका अगुवाहरूलाई रिपोर्ट गर्न चाहेँ। तर फेरि सोचेँ, “यदि मैले उनका समस्याबारे रिपोर्ट गरेँ भन्ने थाहा पाइन् भने, के उनले मप्रति रिस पाल्नेछैनन् र? आखिर, उनले मलाई मेरा कर्तव्यमा मदत गरेकी छिन्…।” मैले यसबारे सोचिरहेँ, तर अन्तमा, मैले अझै पनि उनको बारेमा केही लेख्ने आँट गरिनँ। पछि, माथिल्लो तहका अगुवाहरू कामको जाँचबुझ गर्न आउनुभयो। उहाँहरूले वाङ हुआ अहङ्कारी र आत्मधर्मी छिन्, उनी कुनै सिद्धान्तविना काम गर्छिन्, अरूका सुझाव स्वीकार गर्दिनन्, र कुनै वास्तविक काम नगरी अक्षर र धर्मसिद्धान्तहरूबारे मात्र बोल्छिन् भन्ने पत्ता लगाउनुभयो, त्यसैले उनलाई झूटो अगुवा भनेर पहिचान गरियो र बर्खास्त गरियो। साथै, मैले मान्छे खुसी पारिहिँड्ने व्यक्तिका रूपमा कार्य गर्दै आएको र मण्डलीको कामलाई कायम राख्न असफल भएकाले, मलाई पनि बर्खास्त गरियो। त्यसलगत्तै, ली जी र शुशिनलाई पनि बर्खास्त गरियो। यसरी तह लगाइएपछि, मलाई डर लाग्यो र मैले दुष्टता गरेको रहेछु भन्ने थाहा पाएँ। विशेष गरी, अगुवाहरूले मलाई, “जब तिमीले वाङ हुआले सिद्धान्तविपरीत काम गरेको देख्यौ र उनलाई रोक्न सकेनौ, तब तिमीले किन उनको रिपोर्ट गरेनौ? तिमीले किन उनीसँगको आफ्नो सम्बन्ध जोगाइरहने प्रयास गर्‍यौ? भनेर गरेका प्रश्न तिमी आफ्ना कर्तव्यमा निकै गैर-जिम्मेवार थियौ!” मेरो मुटुमा तीव्र पीडा महसुस भयो। वाङ हुआसँगको मेरो सम्बन्ध कायम राख्नका लागि, मैले मण्डलीको कामलाई विचार गरिनँ। मैले उनले मण्डलीको काममा बाधा र अवरोध पुऱ्याएकी छिन् भन्ने देखेँ, तर मैले उनलाई रोकिनँ। मैले यो झूटो अगुवाका दुष्ट कार्यहरूलाई मौन स्वीकृति दिइरहेको थिएँ र उनको मतियारका रूपमा काम गरिरहेको थिएँ! बर्खास्त गरिएपछिका महिनाहरूमा, म निकै दिक्दार भएँ, र म पूर्ण निराशाको स्थितिमा जिएँ र आफूबारे नकारात्मक फैसला गरेँ।

मलाई नराम्रो स्थितिमा देखेर, ब्रदर-सिस्टरहरूले मलाई मदत गर्न परमेश्‍वरका वचनहरू सुनाए। त्यहाँ एउटा खण्ड थियो जसले ममा गहिरो छाप छोड्यो। परमेश्‍वर भन्‍नुहुन्छ: “कुनै व्यक्तिले मुक्ति पाइरहेको अवधिमा, अर्थात्, उसको जीवन वृद्धि भइरहेको अवधिमा, उसले जीवनमा अपरिपक्वताका स्थिति र प्रकटीकरणहरू देखाउनेछ। कहिलेकाहीँ ऊ कमजोर वा नकारात्मक बन्न सक्छ, गलत कुरा बोल्न सक्छ, ठेस खान सक्छ, असफलता र रोकावटहरू सामना गर्न सक्छ, वा कहिलेकाहीँ बाटो बिराएर गलत मार्गमा लाग्न पनि सक्छ। यो सबै नै परमेश्‍वरको नजरमा सामान्य हुन्छ। यो कुराका कारण उहाँ उसका गल्तीहरूमा घोत्लिनुहुन्न। केही मानिसलाई आफ्नो भ्रष्टता अति गहन रहेको, र आफूले परमेश्‍वरलाई कहिल्यै सन्तुष्ट गर्न नसक्ने लाग्छ, त्यसैले तिनीहरू व्यथित महसुस गर्छन् र आफैलाई घृणा गर्छन्। ठ्याक्‍कै यस्तो पश्‍चात्ताप गर्ने हृदय भएकाहरूलाई नै परमेश्‍वरले मुक्ति दिनुहुन्छ। अर्कोतर्फ, आफूलाई परमेश्‍वरको मुक्ति जरुरी छैन भनेर विश्‍वास गर्नेहरू, जो आफूलाई असल मानिस र आफूमा केही गल्ती छैन भन्‍ने सोच्छन्, तिनीहरूलाई सामान्यतया परमेश्‍वरले मुक्ति दिनुहुन्न। मैले यहाँ तिमीहरूलाई के कुरा बताइरहेको छु? जसले बुझ्छ, बोल। (हामीले आफ्नो भ्रष्टताका प्रकटीकरणहरूलाई उचित रूपमा सम्हाल्नुपर्छ र सत्यता अभ्यासमा ध्यान दिनुपर्छ, अनि त्यसपछि हामीले परमेश्‍वरको मुक्ति प्राप्त गर्नेछौ। यदि हामीले निरन्तर परमेश्‍वरलाई गलत बुझ्यौँ र धारणाहरू पाल्यौँ भने, हामी सजिलै नकारात्मक बन्नेछौँ र आफूलाई निराशामा डुबाउनेछौँ।) तँमा विश्‍वास हुनुपर्छ र तैँले यसो भन्नुपर्छ, ‘म अहिले कमजोर भए पनि, मैले ठेस खाएको र म असफल भएको भए पनि, म वृद्धि हुनेछु, र एकदिन सत्यता बुझ्नेछु, परमेश्‍वरलाई सन्तुष्ट पार्नेछु, र मुक्ति प्राप्त गर्नेछु।’ तँसँग यस्तो सङ्कल्प हुनैपर्छ। तैँले जतिसुकै बाधा, कठिनाइ, असफलता, वा पतन सामना गर्नुपरे पनि तँ नकारात्मक हुनु हुँदैन। तँलाई परमेश्‍वरले कस्ता खालका मानिसहरूलाई मुक्ति दिनुहुन्छ भनेर थाहा हुनुपर्छ। यसबाहेक, यदि तँ अझै पनि परमेश्‍वरबाट मुक्ति पाउन योग्य छैनस् भन्‍ने महसुस गर्छस् भने, वा यदि तँ कहिलेकाहीँ परमेश्‍वरले घृणा गर्ने वा उहाँ असन्तुष्ट हुने स्थितिमा हुन्छस् भने, वा तैँले एक समयमा निकै खराब व्यवहार गरेको थिइस्, र परमेश्‍वरले त तँलाई तिरस्कार गर्नुभएको थियो भने, केही फरक पर्दैन। अब तँलाई थाहा छ, र धेरै ढिलो भएको छैन। जबसम्म तँ पश्‍चात्ताप गर्छस्, तबसम्म परमेश्‍वरले तँलाई अवसर दिनुहुनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमाथिको विश्‍वासमा सबैभन्दा महत्त्वपूर्ण कुरा उहाँका वचनहरू अभ्यास र अनुभव गर्नु हो)। परमेश्‍वरका वचनहरूमाथि मनन गर्दा, मैले उहाँको प्रेम महसुस गरेँ, र मानिसहरूलाई मुक्ति दिने परमेश्‍वरको हृदय कहिल्यै परिवर्तन भएको छैन भन्ने देखेँ। म मान्छे खुसी पारिहिँड्ने व्यक्ति भएको र मण्डलीको काममा हानि पुऱ्याएको कारणले नै परमेश्‍वरले मलाई मुक्ति दिन छोड्नुभएको थिएन। बरु, उहाँले यो असफलतामार्फत मैले आफ्नै समस्याहरूबारे चिन्तन गरूँ र जानूँ, पाठहरू सिकूँ, पश्चात्ताप गरूँ, र परिवर्तन होऊँ भन्ने आशा गर्नुभएको थियो। मैले आफूलाई उठाउनु, आफ्ना असफलताका कारणहरूबारे चिन्तन गर्नु, र इमानदारीपूर्वक पश्चात्ताप गर्नु आवश्यक थियो। त्यसैले, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर! मलाई थाहा छ म आफ्ना कर्तव्यमा लापरवाह भएको छु, र मलाई तपाईँको सामना गर्न लाज लाग्छ। तर म यो दिक्दारीको स्थितिमा रहन चाहन्नँ। कृपया मलाई आफ्नै समस्याहरू चिन्न अन्तर्दृष्टि र मार्गदर्शन दिनुहोस्।”

एक दिन, मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “जब तिमीहरूले सत्यता अभ्यास अनि परमेश्‍वरको घरको हितको सुरक्षा गर्नुपर्छ, तब के तिमीहरू आफ्ना भ्रष्ट स्वभावहरूको बन्धनलाई परास्त गरेर सत्यताको पक्षमा उभिन सक्छौ? उदाहरणका लागि, तँ कसैसँग मण्डलीलाई पखाल्ने काममा सहकार्य गर्छस्, तर ऊ सधैँ दाजुभाइ-दिदीबहिनीहरूलाई परमेश्‍वर मानिसलाई यथासम्भव मुक्ति दिनुहुन्छ, अनि हामीले मानिसलाई प्रेमपूर्वक व्यवहार गर्नुपर्छ र तिनीहरूलाई पश्चात्ताप गर्ने अवसर दिनुपर्छ भनी सङ्गति गर्छ। उसको सङ्गतिमार्फत, तैँले उसमा केही गडबडी छ भन्‍ने थाहा पाउँछस्। उसले बोल्ने शब्दहरू सही सुनिए पनि, तैँले विस्तृत विश्लेषण गर्दा उसले अभिप्राय र गुप्त मनसायहरू पालेको छ, कसैलाई चिढ्याउन इच्छुक छैन, अनि कामका बन्दोबस्तहरू पूरा गर्न चाहँदैन भन्‍ने पत्ता लगाउँछस्। उसले यसरी सङ्गति गर्दा सानो कद भएका अनि परख क्षमता नभएका मानिसहरूलाई बाधा दिनेछ। तिनीहरूले असैद्धान्तिक तवरले अन्धाधुन्ध प्रेम देखाउनेछन्, अरूलाई खुट्ट्याउन ध्यान पुऱ्याउनेछैनन्, र ख्रीष्टविरोधी, दुष्ट मानिस, वा अविश्‍वासीहरूको खुलासा गर्नेछैनन् वा तिनीहरूबारे रिपोर्ट गर्नेछैनन्। यो मण्डलीलाई पखाल्ने काममा रोकटोक गर्नु हो। यदि ख्रीष्टविरोधी, दुष्ट मानिस र अविश्‍वासीहरूलाई समयमै पखाल्न सकिएन भने, यसले परमेश्‍वरका चुनिएका मानिसहरूले उहाँको वचन सामान्य रूपमा खान र पिउन अनि तिनीहरूले सामान्य रूपमा कर्तव्य निर्वाह गर्नमा असर पार्नेछ, र त्यसभन्दा पनि बढी, यसले मण्डलीको कामलाई अवरोध र बाधा पुऱ्याउनेछ, र यसरी परमेश्‍वरको घरका हितहरूलाई हानि गर्नेछ। यस्तो समयमा, तैँले कसरी अभ्यास गर्नुपर्छ? तैँले समस्या देख्दा खडा भएर त्यस व्यक्तिको खुलासा गर्नैपर्छ र उसलाई रोक्नैपर्छ, र मण्डलीको कामको रक्षा गर्नैपर्छ। तँ सोच्लास्: ‘हामी काममा सहकर्मी हौँ। यदि मैले उसको सिधै खुलासा गरेँ र उसले त्यो स्विकारेन भने हाम्रो सम्बन्ध बिग्रनेछैन र? होइन, म यतिकै बोल्न हुँदैन, मिलाएर मात्र बोल्नुपर्छ।’ त्यसैले तँ उसलाई केही शब्दका साथ सम्झाउँछस् र अर्ती दिन्छस्। तेरो कुरा सुनेपछि ऊ त्यो स्विकार्दैन अनि तेरो खण्डन गर्न नानाथरी कारणहरू दिन्छ। तैँले उसले त्यो नस्विकारेको, र परमेश्‍वरको घरको कामले हानि भोग्नेछ भन्ने देख्दा, तँ के गर्छस्? तँ परमेश्‍वरलाई प्रार्थना गर्छस् र भन्छस्: ‘परमेश्‍वर, कृपया सबै कुराको बन्दोबस्त मिलाउनुहोस् र सबै कुरालाई योजनाबद्ध गर्नुहोस्। उसलाई ताडना दिनुहोस्। मैले गर्न सक्ने अझ धेरै केही पनि छैन।’ तँ उसलाई रोक्न सक्दैनस् भनी सोच्छस् र उसलाई अनियन्त्रित छाडिदिन्छस्। के यो जिम्मेवार व्यवहार हुनुको प्रकटीकरण हो? के तैँले सत्यता अभ्यास गरेको छस्? यदि तँ उसलाई रोक्न सक्दैनस् भने किन यो कुरा अगुवा र कामदारहरूलाई बताउँदैनस्? तँ किन यस मामिलालाई भेलामा लगेर सबैलाई यसबारे सङ्गति र छलफल गर्न दिँदैनस्? यदि तैँले यसो गरिनस् भने, के तैँले पछि साँच्चै दोषी महसुस गर्नेछैनस् र? यदि तँ, ‘म यो सम्हाल्न सक्दिनँ, त्यसैले बरु नदेखेझैँ गर्नेछु। मेरो विवेक सफा रहन्छ’ भन्छस् भने तेरो हृदय कस्तो छ? यो अरूलाई साँचो रूपमा प्रेम गर्ने हृदय हो कि हानि पुऱ्याउने हृदय हो? तेरो हृदय एकदम दुर्भावपूर्ण छ, किनकि तँमाथि केही आइपर्दा, तँ अरूलाई चिढ्याउनदेखि डराउँछस् र सिद्धान्तहरू पालन गर्दैनस्। वास्तवमा, तँलाई यस व्यक्तिले यसरी व्यवहार गर्नुमा उसका आफ्नै गुप्त मनसाय छन् र तैँले यस मामिलामा उसको कुरा सुन्नु मिल्दैन भन्‍ने राम्रोसँग थाहा छ। तर, तँ दृढ रूपमा सिद्धान्तहरूको पालन गर्न र उसलाई अरूलाई बहकाउनबाट रोक्न सक्दैनस्, र यसले अन्ततः परमेश्‍वरको घरका हितहरूलाई हानि गर्छ। के यसपछि तँ दोषी महसुस गर्ने थिइस् र? (गर्नेथेँ।) के दोषी महसुस गर्नुले तँलाई भएको हानिको भर्पाइ गर्न सक्षम बनाउँछ? हानिको भर्पाइ गर्न सकिँदैन। त्यसपछि, तँ फेरि सोच्छस्: ‘यसै पनि मैले आफ्ना जिम्मेवारीहरू पूरा गरिसकेको छु, र परमेश्‍वरलाई थाहा छ। परमेश्‍वर मानिसको हृदयको गहिराइको छानबिन गर्नुहुन्छ।’ यी कस्ता शब्द हुन्? यी मानिस र परमेश्‍वर दुवैलाई ठग्ने प्रयास गर्ने कपटी, दुष्ट शब्द हुन्। तैँले आफ्ना जिम्मेवारीहरू पूरा गरेको छैनस् अनि जवाफदेहिताबाट बच्ने कारण र बहानासमेत खोज्छस्। यो तेरो छली र हठी व्यवहार हो। के यस्तो व्यक्तिमा परमेश्‍वरप्रति कुनै निष्कपटता हुन्छ र? के उसमा इन्साफको बोध हुन्छ र? (हुँदैन।) यो अलिकति पनि सत्यता नस्विकार्ने, शैतानकै श्रेणीको व्यक्ति हो। तँलाई केही हुँदा, तँ संसारसँग व्यवहार गर्ने दर्शनअनुसार जिउँछस्; तँ सत्यता अभ्यास गर्दैनस्, र सधैँ सधैँ अरूलाई चिढ्याउँछु कि भनी डराउँछस्, तर परमेश्‍वरलाई चिढ्याउँछु कि भनी डराउँदैनस्, र तँ अन्तर्वैयक्तिक सम्‍बन्धहरू जोगाउन परमेश्‍वरको घरका हितहरूसमेत बलि चढाउन सक्छस्। यसरी व्यवहार गर्नुका परिणामहरू के हुन्छन्? तैँले आफ्‍ना अन्तर्वैयक्तिक सम्‍बन्धहरू त राम्ररी जोगाउनेछस्, तर तैँले परमेश्‍वरलाई चिढ्याएको हुनेछस्, र उहाँले तँलाई तिरस्कार गर्नुहुनेछ, र उहाँ तँदेखि क्रोधित हुनुहुनेछ। कुन चाहिँ बढी गम्भीर हो? यदि तँ यो कुरा महसुस गर्न सक्दैनस् भने, तँ पूर्ण रूपमा भ्रमित छस्; यसले तँ अलिकति पनि सत्यता बुझ्दैनस् भन्‍ने प्रमाणित गर्छ। यदि यो कुरा महसुसै नगरी तँ यसरी नै अघि बढिरहन्छस् भने खतरा वास्तवमै निकै ठूलो हुन्छ। अन्त्यमा, तैँले सत्यता प्राप्त गर्न सक्नेछैनस्, र तैँले नै नोक्‍सानी बेहोर्नेछस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरूले मेरो वास्तविक स्थिति खुलासा गरिदिए। मैले देखेँ, म त केवल मान्छे खुसी पारिहिँड्ने स्वार्थी र छली व्यक्ति रहेछु, जसमा मण्डलीको कामप्रति कुनै जिम्मेवारीबोध थिएन। मैले स्पष्ट रूपमा देखेँ, वाङ हुआ आफ्नै इच्छाअनुसार काम गरिरहेकी थिइन् र सिद्धान्तहरू खोजिरहेकी थिइनन्, र मलाई मैले सिद्धान्तहरू कायम राख्नुपर्थ्यो र मण्डलीको कामको रक्षा गर्न उनलाई खुलासा गरेर रोक्नुपर्थ्यो भन्ने पनि पनि थाहा थियो। तर जब मैले उनका समस्याहरू औँल्याएँ र उनले तिनलाई स्वीकार गरिनन्, तब म उनलाई चिढ्याउँला कि र हाम्रा कर्तव्यको सहकार्यमा क्षति पुऱ्याउँला कि भनेर डराएँ। उनीसँगको मेरो सम्बन्ध कायम राख्न, मैले सधैँ उनका समस्याहरूलाई हल्का रूपमा लिएँ र मैले कहिल्यै उनका समस्याहरूको सार खुलासा गरिनँ। मैले हाम्रा अगुवाहरूलाई उनका समस्याहरूबारे रिपोर्ट पनि गरिनँ। यसले अन्ततः सुसमाचारको कामलाई हानि पुऱ्यायो। तर यस्तो हुँदा पनि, मैले आत्मचिन्तन गरिनँ, बरु आफ्नै चित्त बुझाउन बहानाहरू बनाएँ। मैले सोचेँ, मैले उनलाई सम्झाइसकेको र उनले स्वीकार नगरेकी हुनाले, मैले गर्न सक्ने अरू केही थिएन। तर भित्रभित्रै, मलाई आफूले आफ्ना जिम्मेवारीहरू पटक्कै पूरा गरेको थिइनँ भनेर राम्ररी थाहा थियो। मैले कुनै वास्तविक प्रभाव हासिल नगरी, केवल सतही रूपमा कुराहरू उल्लेख गरेको थिएँ। म त केवल आफूलाई र अरूलाई छल गरिरहेको थिएँ! जब मैले उनलाई झूटो अगुवा भनेर खुट्ट्याएँ, तब पनि मैले उनलाई खुलासा वा रिपोर्ट गरिनँ, र उनले मण्डलीको काममा अवरोध पुऱ्याउँदा र रोकटोक गर्दा पनि मैले उनलाई मौन स्वीकृतिसमेत दिएँ। म व्यक्तिगत सम्बन्धहरू मिलाउनका लागि मण्डलीका हितहरूको बलि चढाइरहेको थिएँ, त्यस झूटो अगुवाले दुष्टता गरिरहँदा र मण्डलीको काममा बाधा पुऱ्याइरहँदा उनको रक्षा गरिरहेको र उनलाई मौन स्वीकृति दिइरहेको थिएँ। म त साँच्चै स्वार्थी र नीच थिएँ!

त्यसपछि मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “मानिसहरूले परमेश्‍वरको काम अनुभव गर्नु र सत्यता बुझ्नुभन्दा पहिले, भित्रैबाट नियन्त्रण लिने र प्रभुत्व कायम गर्ने भनेको शैतानको प्रकृति नै हो। त्यो प्रकृतिमा विशेष रूपमा के हुन्छ त? उदाहरणको लागि, तँ किन स्वार्थी छस्? तँ किन आफ्नै हैसियतको सुरक्षा गर्छस्? तँ किन आफ्ना भावनाहरूद्वारा यति प्रभावित छस्? तँ किन ती अधर्मी र दुष्ट कुराहरू मन पराउँछस्? तैँले त्यस्ता कुराहरू मन पराउनुको आधार के हो? यी कुराहरू कहाँबाट आउँछन्? त किन ती कुराहरू मन पराउँछस् र स्वीकार गर्छस्? अहिलेसम्ममा, तिमीहरू सबै यो कुरा बुझ्न पुगेका छौ: मुख्य कारण के हो भने, मानिसभित्र शैतानका विषहरू छन्। त्यसो भए, शैतानका विषहरू के हुन्? तिनलाई कसरी व्यक्त गर्न सकिन्छ? उदाहरणको लागि, यदि तैँले ‘मानिसहरू कसरी जिउनुपर्छ? मानिसहरू केको लागि जिउनुपर्छ?’ भनेर सोधिस् भने, सबैले जवाफ दिनेछन्, ‘अरूको होइन आफ्‍नै दुनो सोझ्याउनुपर्छ।’ यही एउटै वाक्यांशले यो समस्याको जड व्यक्त गर्छ। शैतानको दर्शन र तर्क मानिसहरूको जीवन बनेको छ। मानिसहरूले जेसुकैको खोजी गर्ने भए पनि, तिनीहरू वास्तवमा आफ्नै लागि त्यसो गर्छन्—अनि त्यसकारण तिनीहरू सबै आफ्‍नै लागि जिउँछन्। ‘अरूको होइन आफ्‍नै दुनो सोझ्याउनुपर्छ’—मानिसको जीवन दर्शन यही हो, र यसले मानव प्रकृतिको पनि प्रतिनिधित्व गर्छ। यी वचनहरू पहिले नै भ्रष्ट मानवजातिको प्रकृति भइसकेका छन्, र यी वचनहरू भ्रष्ट मानवजातिको शैतानी प्रकृतिको साँचो चित्रण हुन्। यो शैतानी प्रकृति पूर्ण रूपमा भ्रष्ट मानवजातिको अस्तित्वको जग बनिसकेको छ। भ्रष्ट मानवजाति कैयौँ हजार वर्षदेखि अहिलेको वर्तमान समयसम्म शैतानको यो विषअनुसार जिएको छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पत्रुसको मार्गमा कसरी हिँड्ने)। परमेश्‍वरका वचनहरूमाथि मनन गरेपछि, मैले मान्छे खुसी पारिहिँड्ने व्यक्ति बन्ने मेरो प्रवृत्तिको जड त मैले “सद्भाव खजाना हो; धैर्यता सान हो” “असल साथीको गल्तीमा चुप लाग्दा लामो र असल मित्रता कायम हुन्छ,” र “साथी बढे बाटो बढ्छ; शत्रु बढे बाधा बढ्छ,” जस्ता शैतानका विषहरूलाई जिउने नियमका रूपमा अपनाउनु पो रहेछ भन्ने महसुस गरेँ। मलाई लाग्थ्यो, यस संसारमा जिउँदा र अरूसँग अन्तरक्रिया गर्दा, फराकिला सामाजिक सम्पर्कहरू र राम्रा सम्बन्धहरू बनाउनु आवश्यक छ; नत्र, मानिस समाजमा दृढ रहन सक्दैन, र एकजना थप व्यक्तिलाई चिढ्याउनुको अर्थ एकजना थप शत्रु बनाउनु हुन्छ। मण्डलीमा कर्तव्य पूरा गर्दा पनि, म यी शैतानी दर्शनहरूअनुसार नै जिइरहेँ, अरूसँगको सम्बन्धलाई ठूलो महत्त्व दिएँ र मेरा कर्तव्यमा कुनै सिद्धान्त वा अडान राखिनँ। परमेश्‍वरले मलाई अगुवाका रूपमा तालिम लिने अवसर दिएर अनुग्रह देखाउनुभयो। मैले सबै कुरामा मण्डलीको कामलाई प्राथमिकता दिनुपर्थ्यो। मेरी सहकर्मी सिस्टरले सिद्धान्तहरूविपरीत कार्य गरेको देख्दा, मैले तुरुन्तै त्यो औँल्याएर उनलाई मदत गर्नुपर्थ्यो, र यदि उनी आफ्नै तरिकामा जिद्दी गर्थिन् भने, मैले उनलाई खुलासा गरेर रोक्नुपर्थ्यो, वा म मण्डलीको काममा कुनै हानि पुग्नबाट रोक्नका लागि समयमै हाम्रा अगुवाहरूलाई यो विषय रिपोर्ट पनि गर्न सक्थेँ। तर यसको सट्टा, आफ्नो अभिमान र हैसियतको रक्षा गर्न, मैले मान्छे खुसी पारिहिँड्ने व्यक्तिका रूपमा कार्य गरेँ र सत्यता अभ्यास गरिनँ। मैले उनको कामको सुपरिवेक्षण गरिनँ, र उनलाई दुष्टता गर्न मौन स्वीकृति दिएँ। मैले मण्डलीको कामको ख्याल नै गरिनँ र ममा न्यायबोधको अभाव थियो। वाङ हुआले जथाभावी दुष्कर्महरू गरिन् र उनी घृणित थिइन्, र मलाई उनले दुष्टता गरिरहेकी र बाधा पुऱ्याइरहेकी छिन् भनेर राम्ररी थाहा थियो, तैपनि मैले उनलाई समयमै खुलासा गरिनँ वा रोकिनँ, जसले गर्दा उनले मण्डलीको काममा हानि पुऱ्याउन पाइन्। मेरो व्यवहारको प्रकृति अझ बढी भयानक र लाजमर्दो थियो! यदि मैले वाङ हुआका समस्याहरूबारे पहिले नै रिपोर्ट गरेको भए, अगुवाहरूले ती समस्याहरूलाई छिट्टै सम्हालेर समाधान गर्नुहुने थियो, र परिस्थिति यो हदसम्म बिग्रने थिएन। शैतानका दर्शनहरूअनुसार जिएर, म साँच्चै स्वार्थी र छली बनेको थिएँ। मैले अरूमा देखेका समस्याहरू औँल्याउने आँट गरिनँ, र ममा इमानदारी र अरूप्रति साँचो प्रेमको कमी थियो। ममा आफ्ना कर्तव्यप्रति जिम्मेवारीबोध पनि थिएन। मैले जे गरेँ, त्यसले मण्डलीको काममा हानि पुऱ्यायो। मैले परमेश्‍वरले मलाई दिनुभएका सबै कुरा खाएँ, पिएँ र आनन्द लिएँ तर उहाँका अभिप्रायहरूको पटक्कै ख्याल गरिनँ। पटक-पटक, मैले झूटो अगुवाको पक्ष लिएँ, र मण्डलीको कामलाई हानि पुऱ्याएँ। म मानवता वा समझको अलिकति पनि बोध नभएको, एक बैगुनी विश्वासघातीबाहेक केही थिइनँ! म जस्तो व्यक्ति अगुवा हुन पूर्ण रूपले अयोग्य थियो, परमेश्‍वरसामु जिउनका लागि योग्य हुन त परै जाओस्। मण्डलीले मलाई बर्खास्त गर्नु परमेश्‍वरको धार्मिकताको प्रकटीकरण र मेरा आफ्नै कर्मको परिणाम थियो। यो कुरा बुझेपछि, म पछुतो र आत्म-धिक्कारले भरिएँ।

त्यसपछि, मैले आफ्नो भ्रष्ट स्वभावलाई समाधान गर्ने मार्ग खोज्दै परमेश्‍वरलाई प्रार्थना गरेँ। एक दिन, मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “यदि तँ राम्रोसित आफ्ना कर्तव्यहरू पूरा गर्न र परमेश्‍वरका अभिप्रायहरू सन्तुष्ट पार्न चाहन्छस् भने, तैँले पहिले अरूसित कसरी सामञ्‍जस्यपूर्वक सहकार्य गर्ने भनी सिक्‍नैपर्छ। अरू दाजुभाइ-दिदीबहिनीहरूसित सहकार्य गर्दा, तैँले यी कुराहरू विचार गर्नुपर्छ: ‘सामञ्‍जस्यता के हो? के मेरो बोलीवचन तिनीहरूसित सामञ्‍जस्यपूर्ण छ? के मेरा सोचविचारहरू तिनीहरूसित सामञ्‍जस्यपूर्ण छन्? के म जसरी काम गर्छु त्यो तिनीहरूसित सामञ्‍जस्यपूर्ण छ?’ कसरी सामञ्‍जस्यपूर्वक सहकार्य गर्ने भनी विचार गर्। कहिलेकाहीं, सद्भावको अर्थ सहनशीलता र सहिष्णुता हो, तर यसको अर्थ आफ्नो अडानमा अडिग रहनु र सिद्धान्तहरू कायम राख्नु पनि हो। सद्भावको अर्थ कामकुराहरू सहज बनाउनु, वा मानिसहरूलाई खुसी पारिहिँड्ने बन्न खोज्नु, वा सम्झौता गर्ने तरिका अपनाउनु होइन—र यसको अर्थ निश्चय नै कसैको प्रिय हुन खोज्नु होइन। यी सिद्धान्तहरू हुन्। तैँले यी सिद्धान्तहरू बोध गरिसकेपछि, थाहै नपाई तेरा बोली र कार्यहरू परमेश्‍वरका अभिप्रायहरूसँग मिल्नेछन्; तँसँग मानिसहरूलाई कसरी व्यवहार गर्ने भन्‍नेबारे सिद्धान्तहरू हुनेछन्, र तँ अरूलाई निष्पक्ष रूपमा व्यवहार गर्न सक्षम बन्नेछस्। यसरी, तँ भाइ-बहिनीहरूसँग मित्रैलो रूपमा रहन सक्षम हुनेछस्, र एकता हासिल गर्न सजिलो हुनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सामञ्‍जस्यपूर्ण सहकार्यको विषयमा)। “सहकार्य भनेको के हो? तिमीहरूले एक-अर्कासँग कामकुराबारे छलफल गर्न, र आफ्ना विचार र रायहरू व्यक्त गर्न सक्नुपर्छ; तिमीहरूले एक-अर्काको परिपूरक बनेर सुपरिवेक्षण गर्नुपर्छ, र एक-अर्काबाट खोजी गर्नुपर्छ, एक-अर्काको बारेमा सोधपुछ गर्नुपर्छ, र एक-अर्कालाई सतर्क गराउनु पर्छ। सद्भावपूर्ण सहकार्य गर्नु भनेको त्यही हो। उदाहरणको लागि, मानौँ तैँले कुनै कुरा आफ्नै इच्छा अनुसार सम्हालिस्, र कसैले यसो भन्यो, ‘तपाईँले गलत गर्नुभयो, तपाईँ पूर्ण रूपमा सिद्धान्तविपरीत जानुभयो। तपाईँले किन सत्यताको खोजी नगरी यसलाई आफूले चाहे अनुसार सम्‍हाल्‍नुभयो?’ यसको जवाफमा, तैँले यसो भन्छस्, ‘ठीक भन्‍नुभयो—तपाईँले मलाई सचेत गराउनुभएकोमा म खुशी छु! यदि तपाईँले त्यसो नगर्नुभएको भए, यसले विपत्ति ल्याउनेथियो!’ एक-अर्कालाई सतर्क गराउनु भनेको त्यही हो। त्यसोभए, एक-अर्काको सुपरिवेक्षण गर्नु भनेको के हो? हरेक व्यक्तिमा भ्रष्ट स्वभाव हुन्छ, र उसले आफ्नो कर्तव्य पूरा गर्दा झारा टार्न सक्छ, र परमेश्‍वरको घरका हितहरू कायम राख्नुको सट्टा आफ्नै हैसियत र अभिमानको रक्षा मात्रै गर्न सक्छ। हरेक व्यक्तिमा यस्ता स्थितिहरू हुन्छन्। यदि तैँले कसैसँग समस्या छ भन्‍ने थाहा पाइस् भने, तैँले ऊसँग सङ्गति गर्ने पहल गर्नुपर्छ, उसलाई सिद्धान्तहरू अनुसार आफ्नो कर्तव्य पूरा गर्न सम्झाउनुपर्छ, साथै यसलाई आफ्‍नो लागि चेतावनीको रूपमा लिनुपर्छ। त्यो पारस्परिक सुपरिवेक्षण हो। पारस्परिक सुपरिवेक्षणले के काम गर्छ? यसको उद्देश्य परमेश्‍वरको घरका हितहरूको रक्षा गर्नु हो, र मानिसहरूलाई गलत मार्गमा जानबाट रोक्नु पनि हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक))। परमेश्‍वरका वचनहरूबाट, मैले के बुझेँ भने सबैमा भ्रष्ट स्वभावहरू, साथै कमी-कमजोरीहरू हुन्छन्। मण्डलीले अगुवा र कामदारहरूलाई उनीहरूको कर्तव्यमा सहकार्य गर्ने प्रबन्ध गर्नु अर्थपूर्ण छ। यसको उद्देश्य उनीहरूले एक-अर्काको सुपरिवेक्षण गरून्, एक-अर्कालाई सम्झाऊन्, र एक-अर्काको पूरक बनून्, पारस्परिक संयम प्रदान गरून्, र उनीहरूका भ्रष्ट स्वभावमा आधारित कार्यहरूले गर्दा मण्डलीको काममा आउने बाधा र अवरोधहरूलाई टारून् भन्ने हो। सहकार्यमा कर्तव्य पूरा गर्दा, सिद्धान्तहरू पनि हुनैपर्छ। सत्यता सिद्धान्तहरू समावेश नभएका मामिलाहरूमा, हामी सहिष्णुता र धैर्यता अभ्यास गर्न सक्छौँ। तर सत्यता सिद्धान्तहरू र मण्डलीका हित समावेश भएका मामिलाहरू आउँदा, हामीले सम्झौता गर्नु वा चित्त बुझाउनु हुँदैन। हामीले सिद्धान्तहरूलाई कायम राख्नुपर्छ र दृढ रहनुपर्छ। यो मण्डलीका हितहरूको रक्षा गर्नु र कामका लागि जिम्मेवार हुनु हो। साँचो रूपमा सत्यता स्वीकार गर्न सक्नेहरूले अरूका सुझाव र मद्दत सामना गर्दा, ती कुराहरू परमेश्‍वरबाट आएका हुन् भनेर स्वीकार गर्न, आत्मचिन्तन गर्न र आफूलाई जान्न, र तुरुन्तै समस्या र विचलनहरूलाई सच्याउन सक्छन्। उनीहरूले अरूप्रति रिस नपाल्ने मात्र होइन, बरु उनीहरू आफ्नो हृदयमा आभारी पनि हुनेछन्। तर म कसैका समस्या औँल्याउँदा सम्बन्ध बिग्रन्छ र उनीहरूलाई चिढ्याउँछ भनेर बेतुकले विश्वास गर्थेँ। त्यसैले मैले उनीहरूका समस्याहरूलाई खुलासा वा रिपोर्ट नगरीकन, केवल उनीहरूलाई छुट र मौन स्वीकृति दिएँ। परिणामस्वरूप, मण्डलीको काममा ढिलाइ भयो, र म अपराधहरू बोकेर बसेँ। मैले मान्छे खुसी पारिहिँड्ने व्यक्ति हुनुले अरूलाई र आफैलाई साँच्चै हानि पुऱ्याउँदो रहेछ भनी महसुस गरेँ!

पछि, मैले परमेश्‍वरका अझ धेरै वचन पढेँ: “यदि तँमा मान्छे खुसी पारिहिँड्ने व्यक्तिको अभिप्राय र दृष्टिकोण छ भने, सबै मामिलामा, तैँले सत्यताको अभ्यास गर्नेछैनस् वा सिद्धान्तहरू कायम राख्नेछैनस्, र त्यसैले तँ सधैँ असफल हुनेछस् र लड्नेछस्। यदि तँ ब्यूँझिँदैनस् र कहिल्यै सत्यता खोज्दैनस् भने, तँ अविश्‍वासी होस्, र तैँले कहिल्यै सत्यता र जीवन प्राप्त गर्नेछैनस्। त्यसोभए, तैँले के गर्नुपर्छ? परमेश्‍वरको घरका हितहरू समावेश भएका मामिलाहरू सामना गर्दा, तैँले परमेश्‍वरलाई प्रार्थना गर्नैपर्छ र उहाँलाई पुकार्नैपर्छ, उहाँलाई विश्वास र शक्ति माग्नैपर्छ, ताकि तैँले सिद्धान्तहरू कायम राख्न, तैँले गर्नुपर्ने कुरा गर्न, सिद्धान्तहरूअनुसार मामिलाहरू सम्हाल्न, तैँले लिनुपर्ने अडानलाई दृढतापूर्वक पक्रिराख्न, परमेश्‍वरको घरका हितहरूको सुरक्षा गर्न, र परमेश्‍वरको घरको कामलाई कुनै पनि हानि हुनबाट रोक्न सकेस्। यदि तँ आफ्नो स्वार्थ, आफ्नो घमण्ड, र मान्छे खुसी पारिहिँड्ने व्यक्ति हुनेबारे आफ्नो दृष्टिकोणविरुद्ध विद्रोह गर्न सक्षम छस् भने, र यदि तँ आफूले इमानदार, अविभाजित हृदयले गर्नुपर्ने कुरा गर्छस् भने, तैँले शैतानलाई पराजित गरेको र सत्यताको यो पक्ष प्राप्त गरेको हुनेछस्। यदि तँ अरूसँगका तेरा सम्‍बन्धहरू बचाउँदै, सधैँ शैतानको दर्शनअनुसार जिउने जिद्दी गर्छस् भने, र यदि तँ कहिल्यै सत्यता अभ्यास गर्न सक्दैनस् र सिद्धान्तहरू कायम राख्ने आँट गर्दैनस् भने, के तैँले अरू मामलाहरूमा सत्यता अभ्यास गर्न सक्नेछस्? तँसँग अझै कुनै आस्था वा शक्ति हुनेछैन। यदि तँ कहिल्यै सत्यता खोज्दैनस् वा सत्यता स्विकार्दैनस् भने, के परमेश्‍वरमाथिको त्यस्तो आस्थाले तँलाई सत्यता हासिल गर्न दिनेछ? (दिनेछैन।) अनि यदि तँ सत्यता हासिल गर्न सक्दैनस् भने, के तैँले मुक्ति पाउन सक्छस्? सक्दैनस्। यदि तँ सधैँ शैतानको दर्शनअनुसार जिउँछस्, तँमा सत्यता वास्तविकता अलिकति पनि छैन, र अझै शैतानको शक्तिअन्तर्गत जिउँछस् भने, तैँले बिलकुलै कहिल्यै मुक्ति पाउन सक्दैनस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरूले मलाई अभ्यासको मार्ग दिए। मान्छे खुसी पारिहिँड्ने व्यक्ति बन्न चाहने परिस्थित फेरि सामना गर्दा, मैले तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ, र उहाँसँग बल माग्नुपर्छ ताकि मैले आफ्ना स्वार्थहरूलाई पन्छाएर सिद्धान्तहरूअनुसार कार्य गर्न, र मण्डलीको काममा हानि नहोस् भनी सुनिश्चित गर्न सकूँ। यो एक सृजित प्राणीले पूरा गर्नुपर्ने जिम्मेवारी हो। यदि म निरन्तर मान्छे खुसी पारिहिँड्ने व्यक्तिको मानसिकतामा टाँसिरहन्छु र निरन्तर अरूसँगका मेरा सम्बन्धहरूको रक्षा गर्ने प्रयास गर्छु भने, मेरो मान्छे खुसी पारिहिँड्ने शैतानी स्वभाव कहिल्यै परिवर्तन हुनेछैन, र अन्ततः, मैले कहिल्यै सत्यता पाउनेछैन, परमेश्‍वरको मुक्ति पाउने कुरा त परै जाओस्। त्यसैले, मैले आफ्नो हृदयमा सङ्कल्प गरेँ, “भविष्यमा जस्तोसुकै प्रकारका मानिस, घटना वा कामकुराहरू सामना गरे पनि, म अबउप्रान्त मेरो भ्रष्ट स्वभावद्वारा नियन्त्रित हुनुहुँदैन। मैले मण्डलीको कामको रक्षा गर्न सिद्धान्तहरूलाई कायम राख्नुपर्छ र एक जिम्मेवार व्यक्ति बन्नुपर्छ।”

केही महिनापछि, म फेरि मण्डली अगुवा चुनिएँ। मैले देखेँ, सामान्य मामिलाकी डिकन, झाङ जीको स्वभाव निकै अहङ्कारी थियो। उनी आफ्ना कर्तव्यमा मनमानी गर्थिन् र तानाशाही थिइन्, र उनी सबै कुरा आफैले गर्न खोज्थिन् र अरूसँग सहकार्य गर्दिनथिन्। त्यसैले म उनको यस शैलीको प्रकृति र परिणामहरूलाई खुलासा गर्न उनीसँग सङ्गति गर्न चाहन्थेँ। तर जब मैले म यो मण्डलीमा भर्खरै आएको छु र धेरै कार्यमा उनको सहायता र सहकार्य चाहिन्छ भन्नेबारे सोचेँ, तब मलाई आफूले धेरै कठोर रूपमा बोलेँ र उनले त्यो स्वीकार गर्न सकिनन् भने के गर्ने होला भन्ने चिन्ता लाग्यो। मैले सोचेँ, उनलाई नचिढ्याएर केही संक्षिप्त शब्दहरू मात्र भन्नु नै राम्रो होला। त्यस क्षणमा, मैले विगतमा मान्छे खुसी पारिहिँड्ने व्यक्तिका रूपमा कार्य गरेका कारण म कसरी असफल भएको थिएँ भन्ने सम्झिएँ, र मलाई कडा ग्लानिबोध महसुस भयो, र मैले सोचेँ, “मैले झाङ जीका समस्याहरू चिनिसकेको हुनाले, उनलाई सच्याउनुपर्छ र मदत गर्नुपर्छ। उनी एक कामदार हुन्, र यदि उनले अरूसँग मिलेर काम गर्न सक्दिनन् भने, यसले काममा पक्कै असर पार्नेछ।” त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, र मलाई सत्यता अभ्यास गर्न र मण्डलीको कामको रक्षा गर्न मार्गदर्शन गर्नुहोस् भनी उहाँसँग अनुरोध गरेँ। प्रार्थना गरेपछि, मैले बल पाएको महसुस गरेँ। मैले झाङ जीसँग सङ्गति गर्न र उनका समस्याहरूको चिरफार गर्न परमेश्‍वरका वचनहरूलाई आधार बनाएँ, र मैले उनलाई मदत गर्न आफ्नै अनुभवहरू पनि प्रयोग गरेँ। झाङ जीले मेरो मार्गदर्शन र मदत स्वीकार गरिन्, र आत्मचिन्तन गरी आफूलाई चिनिन्, र पछि, उनी अरूसँग सामान्य रूपमा सहकार्य गर्न सक्षम भइन्। यो नतिजा देखेर मलाई धेरै खुसी लाग्यो। जब मैले सत्यता अभ्यास गरेँ र मान्छे खुसी पारिहिँड्ने व्यक्तिका रूपमा व्यवहार गरिनँ, मैले कल्पना गरेजस्तो अरूलाई चिढ्याइनँ। यसरी अभ्यास गर्दा ब्रदर-सिस्टरहरूको जीवनलाई फाइदा मात्र भएन, बरु मण्डलीको कामको पनि रक्षा भयो। मैले देखेँ, परमेश्‍वरका वचनहरू अभ्यास गरेर र सिद्धान्तहरूअनुसार मामिलाहरूलाई सम्हालेर मात्र व्यक्तिले आफ्ना कर्तव्य राम्ररी पूरा गर्न सक्छ। परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो: ८७. आफ्नो कर्तव्य पूरा गर्नु नै मेरो मिसन हो

अर्को: ८९. मेरो गिरफ्तारीपछि

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्