८७. आफ्नो कर्तव्य पूरा गर्नु नै मेरो मिसन हो

सु रान, चीन

म स्कुलमा हुँदा, हाम्रा शिक्षकहरूले हामीलाई प्राय: आमाबुबाप्रति भक्तिभाव राख्नु र ठूलाबडालाई आदर गर्नु परम्परागत चिनियाँ सद्गुण हो भनेर सिकाउनुहुन्थ्यो। मेरा आमाबुबाले पनि मलाई प्राय: यही कुरा सिकाउनुहुन्थ्यो, र उहाँहरू आफै पनि त्यसै गर्नुहुन्थ्यो। हजुरआमाको घरमा केही काम गर्नुपर्दा, मेरा बुबा आफ्नो काम छोडेर उहाँलाई मद्दत गर्न जानुहुन्थ्यो, र सप्ताहन्तमा हामीलाई पनि हजुरआमाको खेतबारीको काममा सघाउन लानुहुन्थ्यो। त्यसबेला, मेरा आमाबुबा प्रायः खेतमा काम गर्न जानुहुन्थ्यो, र हामी दिदीबहिनीहरू साना थियौँ र हाम्रो हेरचाह गर्ने कोही थिएन, मेरी हजुरआमाले पनि हाम्रो हेरचाह गर्नुभएन। तर मेरी आमाले हजुरआमाप्रति कुनै रिस राख्नुभएन; बरु उहाँको हेरचाह गर्नुभयो। उहाँले हजुरआमालाई मनपर्ने खानेकुराहरू पकाइदिनुहुन्थ्यो र बिरामी हुँदा डाक्टरकहाँ लानुहुन्थ्यो। आफन्त, साथीभाइ, र छिमेकीहरू सबैले मेरा आमाबुबाको मातृपितृभक्ति र असल मानवताको प्रशंसा गर्थे। यो देख्दा, म मनमनै सोच्थेँ, “भविष्यमा म पनि मेरा आमाबुबा जस्तै बन्न चाहन्छु, आफ्ना आमाबुबा र सासु-ससुराको आदरसम्मान गर्नेछु र भक्तिभाव राख्नेछु। असल मानवता भएको व्यक्तिले गर्नुपर्ने नै यही हो।”

सन् २०१३ मा, मैले सर्वशक्तिमान् परमेश्‍वरको काम स्वीकार गरेँ। चिनियाँ कम्युनिस्ट पार्टीका निराधार अफवाहहरूबाट प्रभावित भएर, मेरा श्रीमानले मेरो आस्थाको विरोध गर्नुभयो र २०१४ मा मसँग सम्बन्धविच्छेद गर्नुभयो। सम्बन्धविच्छेदपछि, म मेरा आमाबुबासँग बस्न थालेँ, आफ्नो कर्तव्य निर्वाह गर्दै आमाबुबाको हेरचाह गर्ने र घरको काममा सघाउने गर्थेँ। सन् २०१७ मा, म आफ्नो कर्तव्य निर्वाह गर्न अर्को ठाउँमा गएँ। त्यसलगत्तै, मैले घरबाट एउटा पत्र पाएँ, जसमा पुलिस मेरो घरमा मेरा आमाबुबालाई अबदेखि परमेश्‍वरमा विश्वास नगर्नू भनेर चेतावनी र धम्की दिन आएको कुरा लेखिएको थियो। उनीहरूले मेरो फोटो पनि मागेछन् र मेरो अत्तोपत्तोबारे सोधपुछ गरेछन्। त्यसपछि, मैले घर जाने आँट गर्न सकिनँ। जब म मेरा आमाबुबाबारे सोच्थेँ, जो लगभग साठी वर्षका हुनुहुन्थ्यो र उहाँहरूको स्वास्थ्य पनि राम्रो थिएन, विशेष गरी मेरी आमा, जसको केही वर्षअघि खुट्टा नराम्ररी भाँचिएपछि पुरानै समस्या बल्झिरहन्थ्यो, र खुट्टा अत्यधिक दुख्दा काम गर्न गाह्रो हुन्थ्यो, मलाई सधैँ कहिले घर गएर उहाँहरूलाई भेट्न पाउँछु होला जस्तो लाग्थ्यो।

अगस्ट २०१९ मा, मैले खतरा मोलेर घर फर्कने निर्णय गरेँ। मेरा आमाबुबालाई देख्नेबित्तिकै, मैले उहाँहरूको अनुहार धेरै ठाउँमा चाउरिएको, र कन्चटको कपाल फुलेको देखेँ। मेरी आमा पनि धेरै दुब्लाउनुभएको थियो, र मेरो मनमा अमिलोपन र पीडा भयो। हाम्रा आमाबुबालाई हामीलाई हुर्काउन सजिलो थिएन, र अब, यो उमेरमा र कमजोर स्वास्थ्यका बावजुद, उहाँहरूले अझै पनि खेतमा यति धेरै परिश्रम गर्नुपरेको थियो। उहाँहरूकी छोरी भएर पनि, म उहाँहरूको हेरचाह गर्न र उहाँहरूलाई काममा सघाउन त्यहाँ उपस्थित हुन सकिनँ, त्यसैले मैले आफूलाई पितृ-भक्तिरहित र अलिकति दोषी महसुस गरेँ। मेरी फुपूले पनि मलाई आलोचना गर्दै भन्नुभयो, “तँ धेरै वर्षदेखि फर्करै नआई टाढा बसेकी छेस्। तेरा आमाबुबा बुढा हुँदै गएका छन्, भोलि उनीहरू बिरामी परे वा कुनै दुर्घटना भयो भने, हेरचाह गर्ने कोही पनि हुनेछैन। केही दिनअघि, तेरो बुबा खेतमा औषधि छर्किँदै हुनुहुन्थ्यो, र गर्मीले गर्दा विष लाग्यो। यदि समयमै अस्पताल नपुर्‍याएको भए, उहाँको ज्यानै जान सक्थ्यो।” यो सुनेर मलाई धेरै दुःख लाग्यो, र मैले “आमाबुबा जीवित छँदा उहाँहरूको काँध नछोड्नु” भन्ने भनाइ सम्झिएँ। तर म उहाँहरूको हेरचाह गर्न वा उहाँहरूका लागि केही गर्न उहाँहरूसँग हुन सकिनँ। मलाई मेरा आमाबुबाले मलाई हुर्काएर आफ्नो समय खेर फाल्नुभएछ जस्तो लाग्यो। विगतमा, आफन्तहरूले मलाई एउटी समझदार र आज्ञाकारी छोरीका रूपमा हेरेका थिए, तर अहिले म एक पितृ-भक्तिहीन सन्तान, एक कृतघ्न व्यक्ति बनेकी थिएँ। मैले घर छोड्नुभन्दा अघिल्लो रात, बुबाले उहाँको सबैभन्दा ठूलो चिन्ताको विषय म नै हो भन्नुभयो। उहाँले अहिले मेरो कुनै घर वा जागिर नभएकाले, उहाँ मेरा लागि अझै धेरै पैसा जम्मा गर्न कडा मेहनत गरिरहनुभएको बताउनुभयो। उहाँले म पक्राउ पर्छु कि भनेर आफू निरन्तर चिन्तित रहेको, आफू प्रायः रातभरि जागा बस्ने, र दिनहरू चिन्तामा बिताउने गरेको पनि बताउनुभयो। गाउँ समितिबाट फोन आउँदा, उहाँ त्यो कतै मलाई पुलिसले पक्राउ गरेको खबरबारे पो हो कि भनेर चिन्तित बन्नुहुँदो रहेछ। मेरा बुबाले आँखाभरि आँसु लिएर यो सबै कुरा भन्नुभयो। मलाई हृदयमा हथौडाले हानेजस्तो महसुस भयो, र मैले आफ्नो आँसु थाम्न सकिनँ। मलाई लाग्यो, उहाँहरूको यस्तो उमेरमा, मैले उहाँहरूको हेरचाह नगर्नु त छँदैछ, उल्टै, मैले गर्दा उहाँहरू मेरो चिन्ता गरिरहनुभएको छ, म साँच्चै पितृ-भक्तिहीन रहेछु! आफ्नो अतिथि-सत्कारक परिवारमा फर्केपछि, म बुबाका कुराहरू र उहाँको मलिन अनुहार सम्झिरहन्थेँ, र मनमा गहिरो पीडा महसुस गर्थेँ। यदि म आफ्नो कर्तव्य निर्वाह गर्न बाहिर नगएकी भए, के मैले आफ्ना आमाबुबाप्रति पितृभक्ति देखाउन सक्दिनथेँ र? यस्तो सोचेपछि, मलाई त्यसपछि बाहिर बसेर आफ्नो कर्तव्य निर्वाह गर्ने इच्छा भएन। म साँच्चै घर गएर आमाबुबाको हेरचाह गर्न चाहन्थेँ, ताकि उहाँहरूले मेरो लागि अब चिन्ता वा कष्ट भोग्नु नपरोस्। तर पुलिस अझै मेरो पछि लागेको थियो, र घर फर्कनुको मतलब सम्भवत: म पक्राउ पर्नेथिएँ। यसबाहेक, म आफ्ना कर्तव्यमा धेरै व्यस्त थिएँ, र मैले तिनलाई त्यागेको भए, के म परमेश्‍वरलाई धोका दिइरहेकी हुन्नथेँ र? ती दिनहरूमा, म गहिरो मानसिक द्वन्द्वमा परेँ र ठूलो पीडा र सास्ती महसुस गरेँ। यस्तो स्थितिमा जिउँदा, म आफ्ना कर्तव्यमा केन्द्रित हुन सकिनँ, जसले गर्दा काममा ढिलाइ भयो। आफ्नो स्थिति सही छैन भन्ने थाहा पाएर, मैले मलाई मार्गदर्शन गरेर यो गलत स्थितिबाट बाहिर निकाल्न बिन्ती गर्दै, परमेश्‍वरलाई प्रार्थना गरेँ।

आफ्नो आत्मिक भक्तिको समयमा, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “के आफ्ना आमाबुबाप्रति सन्तानीय भक्ति देखाउनु सत्यता हो त? (अहँ, होइन।) आफ्ना आमाबुबाको भक्त हुनु सही र सकारात्मक कुरा हो, तर हामी किन यो सत्यता होइन भन्‍ने गर्छौँ? (किनभने मानिसहरू सिद्धान्तद्वारा आफ्ना आमाबुबाप्रति पितृभक्ति देखाउँदैनन् र तिनीहरू आफ्ना आमाबुबाहरू साँच्चिकै कस्ता मानिस हुन् भनी खुट्ट्याउन सक्दैनन्।) व्यक्तिले आफ्ना आमाबुबालाई कस्तो व्यवहार गर्नुपर्छ भन्‍ने कुरा सत्यतासँग सम्बन्धित छ। तेरा बुबाआमाले परमेश्‍वरमा विश्‍वास गर्छन् र तँलाई राम्रो व्यवहार गर्छन् भने, के तँ तिनीहरूको पितृभक्ति गर्ने हुनुपर्छ? (हुनुपर्छ।) अनि, तँ कसरी पितृभक्त हुन्छस्? तैँले तिनीहरूलाई दाजुभाइ-दिदीबहिनीहरूभन्दा फरक व्यवहार गर्छस्। तँ तिनीहरूले भन्‍ने हरेक कुरा मान्छस्, र तिनीहरू पाका उमेरका छन् भने, तिनीहरूको हेरचाह गर्न तँ तिनीहरूसँगै बस्नुपर्छ, जसले तँलाई कर्तव्य निर्वाह गर्न जानबाट रोक्छ। के यसो गर्नु ठिक हो? (होइन।) त्यस्तो बेला तैँले के गर्नुपर्छ? यो परिस्‍थितिमा निर्भर हुन्छ। यदि तैँले घरनजिकै रहेर कर्तव्य निर्वाह गर्दै तिनीहरूको हेरचाह गर्न सक्छस् र तेरा बुबाआमाले परमेश्‍वरमाथिको तेरो विश्‍वासको विरोध गर्दैनन् भने, तैँले छोरा वा छोरीको रूपमा तेरो जिम्‍मेवारी पूरा गर्नुपर्छ र बुबाआमालाई केही काममा सघाउनुपर्छ। तिनीहरू बिरामी छन् भने, तिनीहरूको हेरचाह गर्; यदि कुनै कुराले तिनीहरूलाई समस्यामा पारिरहेको छ भने, तिनीहरूलाई सान्त्वना दे; यदि तेरो आर्थिक स्थिति राम्रो छ भने, तेरो गच्छेअनुसार तिनीहरूलाई पौष्टिक कुराहरू किनिदे। तर यदि तँ कर्तव्यमा व्यस्त छस्, तेरा बुबाआमालाई हेरचाह गर्ने कोही पनि छैन, अनि तिनीहरूले पनि परमेश्‍वरमा विश्‍वास गर्छन् भने तैँले के गर्नुपर्छ? तैँले कुन सत्यता अभ्यास गर्नुपर्छ? आमाबुबाको पितृभक्ति गर्ने सन्तान बन्‍नु सत्यता होइन, यो त मानव जिम्‍मेवारी र दायित्व मात्रै हो, त्यसकारण तेरो दायित्व तेरो कर्तव्यसँग बाझिन्छ भने तैँले के गर्नुपर्छ? (कर्तव्यलाई प्राथमिकता दिनुपर्छ; कर्तव्यलाई पहिलो स्थानमा राख्‍नुपर्छ।) दायित्व व्यक्तिको कर्तव्य नै हो भन्‍ने हुँदैन। कर्तव्य निभाउने निर्णय गर्नु सत्यता अभ्यास गर्नु हो, तर दायित्व पूरा गर्नु सत्यता अभ्यास गर्नु होइन। यदि तँसँग यो क्षमता छ भने, तैँले यो जिम्‍मेवारी वा दायित्व पूरा गर्न सक्छस्, तर वर्तमान अवस्थाले यो हुन अनुमति दिँदैन भने, तैँले के गर्नुपर्छ? तैँले यसो भन्‍नुपर्छ, ‘मैले कर्तव्य पूरा गर्नैपर्छ—त्यो सत्यता अभ्यास गर्नु हो। आमाबुबाप्रति पितृभक्ति देखाउनु विवेकअनुसार जिउनु हो तर त्यो सत्यता अभ्यासभन्दा तल हुन्छ।’ त्यसैले, तैँले कर्तव्यलाई प्राथमिकता दिनुपर्छ र यसैको परिपालन गर्नुपर्छ। यदि अहिले तँसँग कुनै कर्तव्य छैन, र घरबाट टाढा काम गर्दैनस्, र आमाबुबाको नजिकै बस्छस् भने, तिनीहरूको हेरचाह गर्ने उपाय लगा। तिनीहरूलाई अलिक राम्ररी जिउन र तिनीहरूको कष्ट कम गर्न मदत गर्न सक्दो गर्। तर यो कुरा तेरा आमाबुबा कस्ता मानिसहरू हुन् त्यसमा पनि भर पर्छ। यदि तेरा आमाबुबाको मानवता खराब छ र तिनीहरूले तँलाई परमेश्‍वरमा विश्‍वास गर्न र आफ्नो कर्तव्य पूरा गर्नबाट निरन्तर बाधा दिइरहन्छन्, र यदि तैँले परमेश्‍वरमा विश्‍वास गरेकोमा तिनीहरूले तँलाई घृणा गर्ने र सराप्ने समेत गर्छन् भने, तैँले के गर्नुपर्छ? तैँले कुन सत्यता अभ्यास गर्नुपर्छ? (इन्कार।) यस्तो बेलामा, तैँले तिनीहरूलाई इन्कार गर्नैपर्छ। अब तँसँग तिनीहरूलाई सन्तानले देखाउनुपर्ने पितृभक्ति देखाउने कुनै दायित्व छैन। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्छन् भने, तिनीहरू तेरो परिवार र आमाबुबा हुन्। यदि तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्दैनन् र उहाँको प्रतिरोधसमेत गर्छन् भने, तिमीहरू फरकफरक मार्गमा हिँडिरहेका छौ। तिनीहरू शैतानमा विश्‍वास गर्छन् र दियाबलस राजाको आराधना गर्छन्, र शैतानको मार्ग हिँड्छन्; तिनीहरू तँभन्दा फरक मार्गमा छन्। तिमीहरू अब परिवार रहँदैनौ। तिनीहरू परमेश्‍वरका विश्‍वासीहरूलाई आफ्‍ना विरोधी र शत्रुहरू मान्छन्, त्यसकारण तँसँग तिनीहरूलाई हेरचाह गर्ने कुनै दायित्व बाँकी हुँदैन र तैँले तिनीहरूसँग पूरै सम्‍बन्ध तोड्नुपर्छ। कुनचाहिँ सत्यता हो: आमाबुबाको पितृभक्ति गर्नु कि कर्तव्य निभाउनु? अवश्य नै, कर्तव्य निभाउनुचाहिँ सत्यता हो। परमेश्‍वरको घरमा कर्तव्य निभाउनु भनेको केवल दायित्व पूरा गर्नु र आफूले गर्नुपर्ने काम गर्नु मात्रै होइन। यो त सृजित प्राणीको कर्तव्य निभाउनु हो। यसमा परमेश्‍वरको आज्ञा समावेश हुन्छ; यो तेरो दायित्व र जिम्‍मेवारी हो। यो साँचो जिम्‍मेवारी हो, अर्थात् सृष्टिकर्ताको अघि आफ्‍नो जिम्‍मेवारी र दायित्व पूरा गर्नु। यो सृष्टिकर्ताले मानिसहरूलाई दिनुभएको माग हो, र यो जीवनको ठूलो विषय हो। तर आमाबुबाप्रति सन्तानीय आदर देखाउनु छोराछोरीको जिम्‍मेवारी र दायित्व मात्रै हो। यो निश्‍चय नै परमेश्‍वरले आज्ञा गर्नुभएको होइन, यो परमेश्‍वरको मागबमोजिम हुने त परको कुरा हो। त्यसकारण, आमाबुबालाई सन्तानीय आदर देखाउनु र कर्तव्य निभाउनुबीचमा, निस्सन्देह नै कर्तव्य निभाउनु मात्रै सत्यता अभ्यास गर्नु हो। सृजित प्राणीको रूपमा कर्तव्य निभाउनु नै सत्यता हो, र यो हामीले पूरा गर्नैपर्ने कर्तव्य हो। आमाबुबाप्रति पितृभक्ति देखाउनु भनेको मानिसहरूप्रति भक्ति देखाउनु हो। यसको अर्थ व्यक्तिले आफ्‍नो कर्तव्य निभाउँदै छ भन्‍ने हुँदैन, न त यसबाट उसले सत्यता अभ्यास गरिरहेको छ भन्‍ने नै बुझिन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता वास्तविकता भनेको के हो?)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले केही राहत महसुस गरेँ, र मैले आमाबुबाप्रति भक्तिभाव राख्नु सकारात्मक कुरा हो र सामान्य मानवताको हिस्सा हो, तर यो सत्यताको अभ्यास गर्नु होइन भन्ने बुझेँ। सृजित प्राणीको कर्तव्य पूरा गर्नु नै सत्यता अभ्यास गर्नु हो। मेरा आमाबुबाले मलाई मेरो आस्था र कर्तव्यमा सधैँ समर्थन गर्नुभएको थियो, र उहाँहरूको सन्तानका रूपमा उहाँहरूप्रति पितृभक्ति देखाउनु मेरो जिम्मेवारी हो। उपयुक्त परिस्थिति र अवस्थामा, म उहाँहरूको हेरचाह गर्न, उहाँहरूका चिन्ता र कठिनाइहरू कम गर्न, र उहाँहरूको सन्तानका रूपमा आफ्नो जिम्मेवारी पूरा गर्न सक्दो प्रयास गर्न सक्छु। तर मलाई पुलिसले खोजिरहेको थियो र घरमा उहाँहरूको हेरचाह गर्न सक्दिनथेँ, र मेरो कर्तव्यमा पनि व्यस्तता थियो, त्यसैले यस्तो समयमा, मैले आफ्नो कर्तव्यलाई प्राथमिकता दिनुपर्थ्यो। परमेश्‍वरका वचनहरूद्वारा, मैले एक सृजित प्राणीका रूपमा, सृजित प्राणीको कर्तव्य पूरा गर्नु मेरो मिसन हो, जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा हो, र पूरा गर्नै पर्ने एक बाध्यकारी कर्तव्य हो भन्ने पनि बुझेँ। आमाबुबाप्रति भक्तिभाव राख्नु सन्तानको जिम्मेवारी पूरा गर्नु मात्र हो, र यसको अर्थ व्यक्ति सत्यता अभ्यास गर्छ भन्ने होइन, न त यसको अर्थ ऊ परमेश्‍वरमा समर्पित हुन्छ भन्ने नै हो। जब आमाबुबाप्रतिको भक्ति र आफ्नो कर्तव्य निर्वाहबीच द्वन्द्व हुन्छ, मैले सृजित प्राणीको कर्तव्य पूरा गर्ने कुरा छनौट गर्नुपर्छ। यी कुराहरू महसुस गरेपछि, मेरो मनमा त्यसपछि कुनै मानसिक द्वन्द्व वा पीडा रहेन। म परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धहरूमा समर्पित हुन र स्थिर भएर आफ्नो कर्तव्य पूरा गर्न तयार भएँ।

पछि, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ र आफ्नो स्थितिबारे केही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “चिनियाँ परम्परागत संस्कृतिको सधाइमा परेर चिनियाँ मानिसहरूले उनीहरूको परम्परागत धारणाहरूमा आफ्‍ना आमाबुबाप्रति पितृभक्ति हुनुपर्छ भन्‍ने विश्‍वास गर्छन्। पितृभक्ति पालन नगर्ने जोसुकै अबफादार सन्तान हो। मानिसहरू सानै हुँदादेखि यी विचारहरू तिनीहरूको मनमस्तिष्कमा हालिएका हुन्छन्, र लगभग हरेक परिवारमा, साथै हरेक स्कूल र समग्र समाजमा यिनै कुराहरू सिकाइन्छ। जब व्यक्तिको मगजमा यस्ता कुरा भरिएको हुन्छ, उसले ‘पितृभक्ति कुनै पनि कुराभन्दा महत्त्वपूर्ण हो। यदि मैले यस कुराको पालना गरिनँ भने, म असल व्यक्ति बन्‍नेछैन—म पितृभक्ति नगर्ने सन्तान हुनेछु, अनि मलाई समाजले निन्दा गर्नेछ। म विवेक नभएको व्यक्ति हुनेछु,’ भनेर सोच्छ। के यो दृष्टिकोण सही छ? मानिसहरूले परमेश्‍वरद्वारा व्यक्त गरिएका कति धेरै सत्यता देखेका छन्—के परमेश्‍वरले व्यक्तिले आफ्‍ना पितृभक्ति देखाउनुपर्छ भनेर माग भन्‍नुभएको छ? के यो परमेश्‍वरका विश्‍वासीहरूले बुझ्‍नैपर्ने सत्यता हो? अहँ, होइन। परमेश्‍वरले केही सिद्धान्तहरूबारे मात्रै सङ्गति गर्नुभएको छ। परमेश्‍वरका वचनहरूले मानिसहरूलाई कुन सिद्धान्तद्वारा अरूसँग व्यवहार गर्न माग गर्छन्? परमेश्‍वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्नू, र परमेश्‍वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नू: मानिसहरूले पालन गर्नुपर्ने सिद्धान्त यही हो। परमेश्‍वरले सत्यको पछि लाग्ने र उहाँको इच्छा पछ्याउन सक्नेहरूलाई प्रेम गर्नुहुन्छ; यिनीहरू हामीले पनि प्रेम गर्नुपर्ने मानिस हुन्। परमेश्‍वरको इच्छा पालन गर्न नसक्नेहरू, परमेश्‍वरलाई घृणा गर्नेहरू, र परमेश्‍वरको विरुद्धमा विद्रोह गर्नेहरू—यी मानिसहरूलाई परमेश्‍वर घिन गर्नुहुन्छ, र हामीले पनि तिनीहरूलाई घिन गर्नुपर्छ। परमेश्‍वर मानिसबाट यही माग गर्नुहुन्छ। … शैतानले यस प्रकारका परम्परागत संस्कृति र नैतिकताका धारणाहरू प्रयोग गरी तेरो सोचविचार, तेरो दिमाग, र तेरो हृदयलाई बन्धनमा पार्छ, अनि तँ परमेश्‍वरका वचनहरू स्वीकार गर्न नसक्‍ने अवस्थामा पुग्छस्; तँ शैतानका यी कुराहरूद्वारा कब्जा गरिएको छस्, र तँलाई परमेश्‍वरका वचनहरू स्विकार्न नसक्‍ने तुल्याइएको छ। तैँले परमेश्‍वरका वचनहरू अभ्यास गर्न चाहँदा, यी कुराहरूले तँभित्र बाधा पैदा गर्छन्, र तँलाई सत्यता र परमेश्‍वरका मागहरूको विरोध गर्ने र आफैलाई यो परम्परागत संस्कृतिको बन्धनबाट छुटाउन नसक्‍ने बनाउँछन्। केही समयसम्‍म संघर्ष गरिसकेपछि, तैँले सम्झौता गर्छस्: तैँले नैतिकताका परम्‍परागत धारणाहरू सही र सत्यताअनुरूप छन् भनी विश्‍वास गर्न रुचाउँछस्, त्यसकारण तैँले परमेश्‍वरका वचनहरूलाई इन्कार गर्छस् वा त्याग्छस्। तैँले परमेश्‍वरका वचनहरूलाई सत्यताको रूपमा स्वीकार गर्दैनस् र तैँले मुक्ति पाउने बारेमा केही वास्ता गर्दैनस्, र तैँले अझै पनि यो संसारमा जिउनु छ, र यी कुराहरूमा भर परेर मात्र बाँच्न सकिन्छ भन्‍ने महसुस गर्छस्। समाजले गरेको निन्दा सहन नसकेर, तँ सत्यता र परमेश्‍वरका वचनहरू त्याग्‍न रोज्छस्, आफूलाई नैतिकताका परम्‍परागत धारणाहरू र शैतानको प्रभावमा सुम्पन्छस्, परमेश्वरलाई चिढ्याउन र सत्यता अभ्यास नगर्न रुचाउँछस्। मलाई भन् त, के मानिस दयनीय छैन र? के उसलाई परमेश्‍वरको मुक्ति चाहिएको छैन र? कतिपय मानिसले परमेश्‍वरमा विश्‍वास गरेको धेरै वर्ष भएको हुन्छ, तर छोराछोरीले पालन गर्नुपर्ने धर्मको मामिलाबारे अझै पनि अन्तर्ज्ञान पाएका हुँदैनन्। तिनीहरूले वास्तवमै सत्यता बुझ्दैनन्। तिनीहरू यी सांसारिक सम्बन्धहरूको पर्खाल कहिल्यै नाघ्न सक्दैनन्; तिनीहरूमा साहस हुँदैन, न त आस्था नै हुन्छ, झन् सङ्कल्प हुनु त परै जाओस्, त्यसैले तिनीहरू परमेश्‍वरलाई प्रेम गर्न र उहाँप्रति समर्पित हुन सक्दैनन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना गलत दृष्टिकोणहरू जानेर मात्र साँच्चिकै रूपान्तरित हुन सकिन्छ)। परमेश्‍वरका वचनहरूबारे मनन गर्दा, मैले मेरो दुःखको जरा परम्परागत संस्कृतिमा रहेछ भन्ने महसुस गरेँ। बाल्यकालदेखि नै, हाम्रा शिक्षकहरूले हामीलाई हामीले आमाबुबाप्रति भक्तिभाव राख्नुपर्छ, र यो चिनियाँ जनताको परम्परागत सद्गुण हो भन्ने कुरा सिकाउनुभएको थियो, र मेरा आमाबुबाले पनि ममा म हुर्केपछि, मैले ठूलाबडा र आमाबुबाप्रति पितृभक्ति देखाउनुपर्छ भन्ने विचार भरिदिनुभयो, र उहाँहरू आफैले त्यसो गरेर उदाहरण कायम गर्नुभयो, जसले गर्दा यो विचार मेरो कलिलो हृदयमा गहिरोसँग गाडियो। मैले आमाबुबाप्रति पितृभक्ति देखाएर मात्र कोही मानिस सुसन्तान र असल व्यक्ति मानिन सक्छ, र यदि कोही व्यक्तिले त्यसो गर्न सकेन भने, ऊ पितृभक्तिहीन र कृतघ्न हो, र तिनीहरूलाई घृणा गरिन्छ, निन्दा गरिन्छ, र तिनीहरू मानव कहलिन अयोग्य हुन्छन् भन्ने विविश्वास गर्न थालेँ। जब मैले आफ्नो कर्तव्य पूरा गर्न घर छोडेँ र आमाबुबाको हेरचाह गर्न सकिनँ, मलाई आफू पितृभक्तिहीन छोरी हुँ जस्तो लाग्यो, र विशेष गरी, जब मैले मेरा आमाबुबा म पक्राउ पर्छु भनेर चिन्तित हुनुहुन्छ भन्ने सुनेँ, मलाई झनै बढी पितृभक्तिहीन भएको महसुस भयो। मैले उहाँहरूको हेरचाह गर्न सकेकी त थिइनँ नै, मैले गर्दा उहाँहरू मेरो चिन्ता पनि गरिरहनुभएको थियो, जसले मलाई उहाँहरूप्रति ऋणी महसुस गरायो। “बाबु-आमाप्रतिको धर्म नै सबैभन्दा ठूलो पुण्य हो,” “बुढेसकालमा सहारा दिन छोराछोरी हुर्काउनू,” र “आमाबुबा जीवित छँदा उहाँहरूको काँध नछोड्नु” जस्ता परम्परागत विचारहरूले मलाई बाँधे र नियन्त्रणमा राखे। आफ्ना आमाबुबाको छेउमा बसेर उहाँहरूको हेरचाह गर्न नसकेकोमा मलाई निरन्तर दोषी महसुस हुन्थ्यो, र मैले आफ्नो कर्तव्य पूरा गर्न घर छोडेकोमा पछुतोसमेत गरेँ। म घर नफर्किेए पनि, मेरो हृदय परमेश्‍वरबाट टाढा भइसकेको थियो। म आफ्नो कर्तव्यमा झारा टारिरहेकी थिएँ र ममा बफादारीको कमी थियो। त्यस विन्दुमा आएर, मैले अन्ततः शैतानले भरेका यी परम्परागत विचारहरूले गर्दा म परमेश्‍वरबाट टाढिएर उहाँलाई धोका दिने भएकी रहेछु, जसले गर्दा म अनजानमै परमेश्‍वरको विपक्षमा उभिएकी रहेछु भन्ने बुझेँ। मैले अनुग्रहको युगका पत्रुसलाई सम्झेँ, जसले प्रभु येशूलाई पछ्याउन आफ्नो परिवार र आमाबुबालाई त्यागे, टाढा-टाढासम्म सुसमाचार प्रचार गरे, र मण्डलीको गोठालो गरे। मैले ती पश्चिमी धर्म-प्रचारकहरूलाई पनि सम्झेँ जसले प्रभुका अभिप्रायहरूलाई ख्याल गरे, र धेरै मानिसहरूलाई प्रभुको मुक्ति स्वीकार गराउनका लागि आफ्ना परिवार, आमाबुबा र छोराछोरीलाई त्यागे। उनीहरू प्रभुको सुसमाचार प्रचार गर्न हजारौँ माइल यात्रा गरेर चीन आए र आफ्नो मिसन पूरा गरे। यिनीहरू मानवता र विवेक भएका व्यक्तिहरू थिए। अहिले, प्रकोपहरू झन् गम्भीर हुँदै जाँदा, राज्यको सुसमाचारको ठूलो विस्तारको समय आएको छ, र सुसमाचार प्रचार गर्न र परमेश्‍वरको गवाही दिन धेरै मानिसहरू खडा हुन आवश्यक छ। मैले परमेश्‍वरका यति धेरै वचन खाएकी र पिएकी छु र केही सत्यता बुझेकी छु, र एक सृजित प्राणीका रूपमा, मैले परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्नुपर्छ र अझ धेरै मानिसलाई उहाँको मुक्ति स्वीकार गर्न उहाँसामु ल्याउन सुसमाचार प्रचार गर्नुपर्छ। मानवता भएको व्यक्ति हुनुको अर्थ यही हो। यी कुराहरू महसुस गरेपछि, मैले मेरा कर्तव्यमा मेरो मन शान्त राख्न सकेँ।

पछि, मैले घरबाट अर्को पत्र पाएँ, जसमा अगस्ट २०२२ मा, पुलिस मलाई पक्रन मेरो घरमा आएको थियो भनेर लेखिएको थियो। मेरा बुबाले उनीहरूलाई म घरमा नभएको बताउनुभएछ, तर उनीहरूले विश्वास गरेनछन्, त्यसैले उनीहरूले गोप्य रूपमा मेरो परिवारको भण्डार कोठामा एउटा सुन्ने यन्त्र जडान गरेछन्। एकदिन दिउँसो, प्रहरी चौकीबाट चार जना मानिस आएछन्। उनीहरू मलाई पक्रन बन्दुक लिएर मेरो घरमा आएछन् र मेरा आमाबुबालाई घरबाट बाहिर निकालेर, भित्र दश मिनेटभन्दा बढी खानतलासी गरेछन्। पुलिसले त्यसपछि मेरा आफन्तहरूलाई फोन गरेर म कहाँ छु भनेर सोधेछ। यो पत्रले मलाई निकै दुःखी बनायो र म नरोई बस्नै सकिनँ। मैले कसरी यतिका वर्षदेखि बाहिर आफ्नो कर्तव्य निर्वाह गर्दा मेरा आमाबुबा म पक्राउ पर्छु भनेर चिन्तित हुनुभएको थियो, र कसरी पुलिसले मलाई पक्रनका लागि मेरो घरमा सुन्ने यन्त्रसमेत राखेको थियो, र मेरा आमाबुबाका अन्तिम वर्षहरू पुलिसको निगरानीमा बित्नेछ भन्नेबारे सोचेँ। मेरै कारणले गर्दा नाइँ मेरा आमाबुबाले यी कष्टहरू भोग्नुपरेको थियो। म साँच्चै विचलित थिएँ र आफ्ना कर्तव्य निर्वाह गर्दा पनि मन शान्त पार्न सकिनँ। पछि, मैले आफ्नो स्थिति सही नभएको महसुस गरेँ, त्यसैले मैले सचेत भई प्रार्थना र खोजी गरेँ। मैले पहिले पढेका परमेश्‍वरका केही वचन सम्झेँ र तुरुन्तै ती वचनहरू खोजेर पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “कतिपय मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्ने र आफ्ना कर्तव्य पूरा गर्ने भएकाले आफ्नो परिवार त्याग्छन्। तिनीहरू यही कारणले चर्चित बन्छन्। सरकारले बारम्बार तिनीहरूको घरको खानतलासी गर्छ, तिनीहरूका आमाबुबालाई दुर्व्यवहार गर्छ, र तिनीहरूलाई सरकारसामु सुम्पन आमाबुबालाई धम्क्याउनेसमेत गर्छ। सारा छिमेकीहरू यसो भन्दै तिनीहरूबारे कुरा गर्छन्, ‘यो व्यक्तिमा विवेक छैन। ऊ आफ्ना पाका आमाबुबाको वास्ता गर्दैन। ऊ अनुत्तरदायी सन्तान त हो नै, उसले आमाबुबालाई धेरै समस्यामा समेत पार्छ। ऊ अनुत्तरदायी सन्तान हो!’ के यी कुनै शब्द सत्यतासँग मिल्छन्? (मिल्दैनन्।) तर के यी सबै शब्दहरू गैरविश्‍वासीहरूको नजरमा सही मानिँदैनन् र? गैरविश्‍वासीहरू यो नै यसलाई हेर्ने सबैभन्दा मान्य र तर्कसङ्गत तरिका हो, र यो मानव नैतिकतासँग मिल्दो, र आत्मआचरणका मानकहरूबमोजिम छ भन्ठान्छन्। यी मापदण्डहरूमा आमाबुबाप्रति सन्तानीय आदर कसरी देखाउने, वृद्धावस्थामा उनीहरूको हेरचाह कसरी गर्ने, अनि दाहसंस्कार कसरी गर्ने, वा उनीहरूको मायाको ऋण कसरी तिर्नेजस्ता जतिसुकै कुराहरू समेटिएका भए पनि, र यी मापदण्डहरू सत्यतासँग मिले पनि नमिले पनि, तिनलाई गैरविश्‍वासीहरूले सकारात्मक कुराका रूपमा हेर्छन् र सही देख्छन्, र सबै समूहका मानिसहरूले दोषरहित मान्छन्। गैरविश्‍वासीहरूको लागि त मानिसहरूले जिउने मापदण्डहरू यिनै हुन्, र तिनीहरूको हृदयमा मानकअनुरूप असल व्यक्ति हुनलाई तैँले यी कामकुराहरू गर्नुपर्छ। परमेश्‍वरमा विश्‍वास गरेर सत्यता बुझ्नुअघि, के तैँले पनि यसरी आफूलाई आचरणमा ढाल्नुको मतलब तँ असल व्यक्ति होस् भनेर दृढतापूर्वक विश्‍वास गर्दैनथिस् र? (गर्थेँ।) साथै, तैँले यी कुराहरूद्वारा नै आफूलाई मूल्याङ्कन गर्ने र संयमित पार्ने कामसमेत गर्थिस्, र तैँले आफूलाई यस्तो व्यक्ति हुन आवश्यक गराउँथिस्। यदि तँ असल व्यक्ति हुन चाहेको भए, तैँले आफ्नो आत्मआचरणका मानकहरूमा आफ्ना आमाबुबाप्रति कसरी उत्तरदायी हुने, उनीहरूको चिन्ता कसरी घटाउने, उनीहरूलाई कसरी इज्जत दिलाउने र श्रेय दिने, र आफ्ना पुर्खाहरूलाई कसरी महिमा दिने भन्‍नेजस्ता कुराहरू समावेश गरेको हुनुपर्छ। तेरो हृदयमा भएका आत्मआचरणका मानकहरू र तेरो आत्मआचरणको दिशा यिनै थिए। तर तैँले परमेश्‍वरका वचन र उहाँका प्रवचनहरू सुनेपछि, तेरो दृष्टिकोण बदलिन थाल्यो, र तैँले बुझिस् कि सृजित प्राणीका रूपमा कर्तव्य पूरा गर्न तैँले सबथोक त्याग्नुपर्छ, र परमेश्‍वर मानिसहरूले आफूलाई यस्तै आचरणमा ढालून् भन्‍ने मापदण्ड दिनुहुन्छ। तँ सृजित प्राणीका रूपमा कर्तव्य पूरा गर्नु नै सत्यता हो भनी निश्‍चित हुनुअघि, तैँले आफू आमाबुबाप्रति उत्तरदायी हुनुपर्छ भन्‍ने सोच्थिस्, तर तँलाई आफूले सृजित प्राणीका रूपमा कर्तव्य पूरा गर्नुपर्छ भन्‍ने पनि लाग्थ्यो, र तँ भित्री रूपमा दोधारमा थिइस्। परमेश्‍वरका वचनहरूको निरन्तरको मलजल र रखवारीमार्फत, तैँले बिस्तारै सत्यता बुझिस्, र त्यसपछि नै तैँले सृजित प्राणीका रूपमा कर्तव्य पूरा गर्नु पूर्णतया स्वाभाविक र न्यायसङ्गत कुरा हो भन्‍ने महसुस गरिस्। आजको दिनसम्ममा, धेरै मानिसले सत्यता स्विकार्न सकेका छन्, र तिनीहरूले मान्छेका परम्परागत धारणा र कल्पनाहरूमा भएका आत्मआचरणका मानकहरू पूर्ण रूपमा त्यागेका छन्। अनि यी कुराहरू पूरै त्यागेपछि, परमेश्‍वरलाई पछ्याउँदा र आफ्नो कर्तव्य पूरा गर्दा, तँ गैरविश्‍वासीहरूका आलोचना र निन्दाका वचनहरूद्वारा बाँधिन छोडिस्, र परम्परागत धारणाहरूले तँमाथि राखेका जन्जिरहरूलाई तैँले सजिलै फाल्न सकिस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता वास्तविकता भनेको के हो?)। परमेश्‍वरका वचनहरूको अन्तर्दृष्टि र मार्गदर्शनले मलाई म फेरि शैतानले भरेका परम्परागत सांस्कृतिक मूल्यहरूअनुसार जिइरहेकी रहेछु भन्ने महसुस गरायो। मैले कसरी यतिका वर्षदेखि मैले आफ्ना आमाबुबाको हेरचाह गर्न सकेकी थिइनँ, र कसरी मेरै कारण, पुलिस मलाई पक्रन मेरो घरमा गएको थियो, अनि मेरा आमाबुबाले छिमेकीहरूको उपहास मात्र सहनु परेन, मेरो सुरक्षाबारे चिन्तित हुनुका साथसाथै, पुलिसको लामो समयसम्मको हैरानी सहनु समेत पर्नेछ भन्ने बारे सोचेँ। त्यसैले मलाई मेरा आमाबुबाले भोग्नु परिरहेको सबै दुःखको कारण मै हो, र म नभएकी भए, मेरा आमाबुबाले यी कष्ट भोग्नुपर्ने थिएन भन्ने लाग्यो। यसले गर्दा मलाई आफू पितृभक्तिहीन सन्तान भए जस्तो महसुस भयो। मेरो दृष्टिकोण गैरविश्‍वासीहरूको जस्तै थियो र सत्यतासँग मेल खाँदैनथ्यो। परमेश्‍वरमाथिको मेरो आस्था भनेको केवल उहाँका वचनहरू खानु र पिउनु अनि सत्यता पछ्याउनु थियो, र मैले कुनै अपराध गरेकी थिइनँ, तैपनि सीसीपी पुलिस बन्दुक लिएर हुलका हुल मेरो घरमा मलाई पक्रन आएको थियो, मेरा आमाबुबालाई धम्क्याएको, र मेरो अत्तोपत्तो मागेको थियो। मेरा आमाबुबालाई यति धेरै दुःख दिने वास्तविक अपराधी स्पष्ट रूपमा ठूलो रातो अजिङ्गर थियो, तर त्यो ठूलो रातो अजिङ्गरलाई घृणा गर्नुको सट्टा, भूलवश, मैले मेरो आस्थाले मेरा आमाबुबालाई फसाएको थियो भन्ने विश्वास गरेँ। के म सहीलाई गलतबाट नछुट्टयाइरहेकी थिइनँ र? मैले मेरा आमाबुबाले भोगिरहेका सबै दुःखका लागि आफूलाई दोष दिन मिल्दैनथ्यो, न त म उहाँहरूप्रति निरन्तर ऋणी महसुस गर्ने स्थितिमा जिइरहनु नै आवश्यक थियो। यतिखेर, म आफ्नो कर्तव्यमा केन्द्रित हुनुपर्थ्यो, आफ्नो गवाहीमा दृढ रहनुपर्थ्यो, र शैतानलाई लज्जित पार्नुपर्थ्यो।

पछि, मैले परमेश्‍वरका थप वचनहरू पढेँ: “यदि तँ सबथोक परमेश्‍वरको हातमा हुन्छ भन्‍ने कुरामा साँच्चिकै विश्‍वास गर्छस् भने, तैँले तेरा आमाबुबाले जीवनभर कति कठिनाइ भोग्छन् र कति खुसी प्राप्त गर्छन् भन्‍ने कुरा पनि परमेश्‍वरकै हातमा हुन्छ भनी विश्‍वास गर्नुपर्छ। तँ कर्तव्यनिष्ठ सन्तान हुनु वा नहुनुले केही फरक पार्दैन—तँ कर्तव्यनिष्ठ सन्तान भएको कारण तेरा आमाबुबाले कम दुःख भोग्ने र तँ कर्तव्यनिष्ठ सन्तान नभएकोले तिनीहरूले बढी दुःख भोग्ने होइन। परमेश्‍वरले तिनीहरूको भाग्य धेरै पहिले नै पूर्वनिर्धारण गरिसक्‍नुभएको छ, र तिनीहरूप्रतिको तेरो मनोवृत्तिको कारणले वा तिमीहरूबीचको भावनाको गहिराइले यो कुरामा केही परिवर्तन हुनेवाला छैन। तिनीहरूको आफ्नै भाग्य छ। चाहे तिनीहरू जीवनभर धनी होऊन् वा गरिब, तिनीहरूको लागि परिस्थितिहरू उतारचढावरहित होऊन् वा नहोऊन्, वा तिनीहरूले जस्तोसुकै जीवनको गुणस्तर, भौतिक लाभ, सामाजिक हैसियत र जियाइका परिस्थितिहरू प्राप्त गरे पनि, यी कुनै कुराको पनि तँसित खासै केही सम्बन्ध हुँदैन। यदि तँलाई तिनीहरूप्रति ग्लानि महसुस हुन्छ भने, र यदि तैँले तिनीहरूलाई केही दिनु छ र तँ तिनीहरूको छेउमा हुनुपर्छ भने, तँ तिनीहरूको छेउमै भए पनि के फरक पर्नेथ्यो र? (केही फरक पर्नेथेन।) … धेरैजसो मानिसहरू कर्तव्य निभाउनलाई घर छोड्न रोज्‍नुको कारण भनेको केही हदसम्म त्यो व्यापक वस्तुगत परिस्थिति हो, जसले तिनीहरूलाई आफ्ना आमाबुबालाई छाडेर जान बाध्य तुल्याउँछ; तिनीहरू आमाबुबालाई हेरचाह गर्न र साथ दिन तिनीहरूको छेउमा बस्न सक्दैनन्। तिनीहरूले इच्छापूर्वक आमाबुबालाई छाड्न रोज्छन् भन्‍ने होइन; यो त वस्तुगत कारण हो। अर्को कुरा, व्यक्तिपरक रूपमा भन्नुपर्दा, तँ तेरा कर्तव्यहरू निभाउन बाहिर जानुको कारण तैँले आफ्ना आमाबुबाप्रतिको जिम्मेवारी पन्छाउनलाई होइन, त्यो परमेश्‍वरको बोलावटले गर्दा हो। परमेश्‍वरको कामसँग सहकार्य गर्न, उहाँको बोलावट स्विकार्न, र सृजित प्राणीका कर्तव्यहरू निभाउनको निम्ति, तँसित आमाबुबालाई छोड्नुबाहेक अरू विकल्प थिएन; तँ तिनीहरूलाई साथ दिन र हेरचाह गर्न तिनीहरूको छेउमै बसिरहन मिल्थेन। तैँले जिम्मेवारीहरूबाट पन्छिन तिनीहरूलाई छोडेको त होइनस् नि, होइन र? जिम्मेवारीहरूबाट पन्छिन तिनीहरूलाई छाड्नु अनि परमेश्‍वरको बोलावट स्विकार्न र तेरा कर्तव्यहरू निभाउन तिनीहरूलाई छोड्नुपर्ने हुनु—के यी दुई फरक प्रकृतिका कुरा होइनन् र? (हजुर।) तेरो हृदयमा, तँसित आमाबुबाका लागि भावनात्मक सम्बन्ध र सोचहरू हुन्छन्; तेरो भावना खोक्रो हुँदैन। यदि वस्तुगत परिस्थितिहरूले साथ दिन्छन् र तँ आफ्नो कर्तव्य पनि निभाउँदै तिनीहरूको छेउमा रहन सक्छस् भने, तँ तिनीहरूको छेउमा बस्न इच्छुक हुनेथिस्, र नियमित रूपमा तिनीहरूको ख्याल गरिरहेको र आफ्ना जिम्मेवारीहरू पूरा गरिरहेको हुनेथिस्। तर वस्तुगत परिस्थितिका कारणले गर्दा तैँले तिनीहरूलाई छोड्नैपर्छ; तँ तिनीहरूको छेउमा बस्न मिल्दैन। यो होइन कि तँ तिनीहरूको बच्चा भएर आफ्ना जिम्मेवारीहरू पूरा गर्न चाहँदैनस्, बरु यो हो कि तैँले त्यो पूरा गर्नै सक्दैनस्। के यसको प्रकृति फरक छैन र? (छ।) यदि तैँले कर्तव्यनिष्ठ सन्तान नबन्न र आफ्ना जिम्मेवारीहरू पूरा नगर्न घर छोडिस् भने, त्यो आमाबुबाप्रति कर्तव्यनिष्ठ नहुनु हो र त्यसमा मानवता हुँदैन। तेरा आमाबुबाले तँलाई हुर्काए, तर तँ आफ्ना पखेटाहरू फिँजाएर आफ्नो बाटो लाग्न आतुर छस्। तँ आमाबुबा हेर्न चाहँदैनस्, र तिनीहरू कुनै कठिनाइमा परेको सुन्दा तँ केही चासो दिँदैनस्। तँ आफूसँग स्रोतसाधन भएर पनि मद्दत गर्दैनस्; तँ नसुनेझैँ गर्छस् र अरूलाई तेरो बारेमा जे मन लाग्छ त्यो भन्न दिन्छस्—तँ बस आफ्ना जिम्मेवारीहरू पूरा गर्न चाहँदैनस्। यो आमाबुबाप्रति कर्तव्यनिष्ठ नहुनु हो। तर के अहिलेको अवस्था यस्तो हो त? (होइन।) धेरै मानिसहरूले कर्तव्य निभाउन आफ्नो सहर, प्रान्त, वा आफ्नो देशसमेत छाडेका छन्; तिनीहरू आफ्नो गृहनगरबाट धेरै टाढा छन्। साथै, विविध कारणहरूले गर्दा तिनीहरूलाई आफ्ना परिवारलाई सम्पर्क गर्न सहज छैन। बेलाबेलामा, तिनीहरू आफ्नो गृहनगरबाट आएका मानिसहरूलाई आफ्ना आमाबुबाको हालखबर सोध्छन् र तिनीहरू स्वस्थ छन् र तिनीहरूको राम्रै गुजारा चलिरहेको छ भन्‍ने सुनेर राहत महसुस गर्छन्। खासमा, तँ आमाबुबाप्रति कर्तव्यनिष्ठ नभएको होइनस्। तँ आफ्ना आमाबुबाबारे चासो राख्न वा तिनीहरूप्रतिका जिम्मेवारीहरू पूरा गर्नसमेत नचाहने गरी मानवता नै नभएको बिन्दुमा पुगेको छस् भन्ने होइन। विविध वस्तुगत कारणहरूले गर्दा नै तँ आफ्नो जिम्मेवारी पूरा गर्न असक्षम भएको होस्, त्यसैले तँ आमाबुबाप्रति कर्तव्यनिष्ठ नभएको होइनस्। यसका दुई कारणहरू यिनै हुन्। अनि अर्को एउटा कारण पनि छ: यदि तेरा आमाबुबा तँलाई असाध्यै सताउने वा परमेश्‍वरमाथिको विश्‍वासमा बाधा दिने मानिसहरू होइनन् भने, यदि तिनीहरूले परमेश्‍वरमाथिको तेरो विश्‍वासमा साथ दिन्छन् भने, वा यदि तिनीहरू तँजस्तै परमेश्‍वरमा विश्‍वास गर्ने दाजुभाइ-दिदीबहिनी, र परमेश्‍वरको घरका सदस्यहरू हुन् भने, भित्री रूपमा आफ्ना आमाबुबाबारे सोच्दा तिमीहरूमध्ये कसले मौन रूपमा परमेश्‍वरलाई प्रार्थना गर्दैन? तिमीहरूमध्ये कसले आफ्ना आमाबुबालाई—साथै तिनीहरूको स्वास्थ्य, सुरक्षा, र जीवनका सम्पूर्ण आवश्यकताहरू—परमेश्‍वरको हातमा सुम्पिँदैन? आमाबुबालाई परमेश्‍वरको हातमा सुम्पनु नै तिनीहरूप्रति सन्तानीय सम्मान देखाउने सबभन्दा उत्तम तरिका हो। तँ तिनीहरूले जीवनमा अनेकथरी कठिनाइहरू भोगून्, नराम्रो जीवन जिऊन्, राम्ररी खान नपाऊन्, वा तिनीहरूको स्वास्थ्य खराब होस् भन्‍ने आशा गर्दैनस्। हृदयको गहिराइमा, तँ निश्‍चय नै परमेश्‍वरले तिनीहरूलाई रक्षा गर्नुहोओस् र सुरक्षा दिनुहोओस् भन्‍ने आशा गर्छस्। यदि तिनीहरू परमेश्‍वरका विश्‍वासी हुन् भने, तँ तिनीहरूले कर्तव्यहरू निर्वाह गर्न सकून् भन्ने आशा गर्छस् र तिनीहरू आफ्नो गवाहीमा दृढ रहन सकून् भन्ने आशा पनि गर्छस्। यो व्यक्तिले मानवीय जिम्मेवारीहरू पूरा गर्नु हो; मानिसहरूले आफ्नै मानवताद्वारा यति मात्र हासिल गर्न सक्छन्। यसअलावा, सबभन्दा महत्त्वपूर्ण कुरा के हो भने, वर्षौँसम्म परमेश्‍वरमा विश्‍वास गरेपछि र अत्यन्तै धेरै सत्यताहरू सुनेपछि, मानिसहरूमा कम्तीमा पनि यो थोरै बुझाइ र बोध हुन्छ: मान्छेको भाग्य स्वर्गले निर्धारण गर्छ, मान्छे परमेश्‍वरको हातमा जिउँछ, र परमेश्‍वरबाट हेरचाह र सुरक्षा पाउनु भनेको छोराछोरीले दिने चासो, सन्तानीय भक्ति वा साथभन्दा ज्यादा महत्त्वपूर्ण कुरा हो। के तँलाई तेरा आमाबुबा परमेश्‍वरको हेरचाह र सुरक्षामा भएकोमा राहत महसुस हुँदैन र? तैँले तिनीहरूबारे चिन्ता लिनुपर्दैन। यदि चिन्ता लिन्छस् भने, त्यसको अर्थ तँ परमेश्‍वरमा भरोसा गर्दैनस् भन्‍ने हुन्छ; उहाँमाथिको तेरो आस्था अति सानो छ। यदि तँ आफ्ना आमाबुबाबारे साँच्चै चिन्तित छस् र उनीहरूबारे चासो राख्छस् भने, तैँले बारम्बार परमेश्‍वरलाई प्रार्थना गर्ने, तिनीहरूलाई परमेश्‍वरको हातमा सुम्पने, र परमेश्‍वरलाई सबथोक योजनाबद्ध र बन्दोबस्त गर्न दिने गर्नुपर्छ। परमेश्‍वरले मानवजातिको भाग्यमाथि र तिनीहरूको हरेक दिन र तिनीहरूलाई हुने हरेक कुरामाथि सार्वभौमिकता राख्नुहुन्छ, तसर्थ तँ अझै केको चिन्ता लिन्छस्? तँ तेरो आफ्नै जीवनसमेत नियन्त्रण गर्न सक्दैनस्, तँ आफैसँग एक टन कठिनाइहरू छन्; तैँले तेरा आमाबुबालाई सदा खुसीसाथ जिउन दिन के गर्न सक्छस्? तैँले गर्न सक्ने भनेकै सबथोक परमेश्‍वरको हातमा सुम्पनु हो। यदि तिनीहरू विश्‍वासी हुन् भने, तिनीहरूलाई सही मार्गमा डोर्‍याउनुहोस् भनी परमेश्‍वरलाई अनुरोध गर् ताकि अन्त्यमा तिनीहरूले मुक्ति पाउन सकून्। यदि तिनीहरू विश्‍वासी होइनन् भने, तिनीहरूलाई जे मन लाग्यो त्यही मार्ग हिँड्न दे। बढी दयालु र केही मानवता बोकेका आमाबुबाको हकमा, तैँले तिनीहरूलाई आशिषित् तुल्याउनुहोस् ताकि बाँकी वर्षहरू तिनीहरूले खुसीसाथ बिताउन सकून् भनी परमेश्‍वरलाई प्रार्थना गर्न सक्छस्। परमेश्‍वरले कसरी काम गर्नुहुन्छ भनेर भन्नुपर्दा, उहाँसित आफ्ना बन्दोबस्तहरू छन्, र मानिसहरू तीप्रति समर्पित हुनुपर्छ(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१६))। परमेश्‍वरका वचनहरू पढेपछि, म एकदमै प्रफुल्लित भएँ। मलाई सधैँ आमाबुबाको साथमा बसेर उहाँहरूको हेरचाह गर्न नसक्नुको अर्थ ममा विवेक र मानवताको कमी छ भन्ने लाग्थ्यो, तर मैले वास्तवमा साँच्चै पितृभाव राख्नुको अर्थ के हो भन्ने बुझिनछु। उदाहरणका लागि, केही मानिस आफ्ना आमाबुबासँगै वा उहाँहरूको नजिकै बस्छन्, र उनीहरूसँग आफ्ना आमाबुबाको हेरचाह गर्ने अवसर हुन्छ, तर व्यक्तिगत लाभ वा शारीरिक सुखभोगका लागि, उनीहरू सन्तानका रूपमा आफ्नो जिम्मेवारीलाई बेवास्ता गर्छन्, र आमाबुबा बुढाबुढी वा बिरामी हुँदा तिनीहरूलाई वास्ता गर्दैनन्। यस्ता मानिसहरू साँच्चै पितृभक्तिरहित र मानवताविहीन हुन्छन्। पहिले घरमा हुँदा, मैले आफ्नो कर्तव्य निर्वाह गर्दै गर्दा आमाबुबालाई घरको काममा सक्दो सघाउँदै, आमाबुबाको हेरचाह गर्न सकेकी थिएँ। मैले आफ्नो विवेक गुमाएकी वा ममा मानवताको कमी भएका कारणले अहिले आफ्ना आमाबुबाको हेरचाह नगरिरहेकी थिइनँ, न त म सन्तानका रूपमा आफ्नो जिम्मेवारीबाट भागिरहेका कारणले नै थियो, बरु, मलाई ठूलो रातो अजिङ्गरले खोजिरहेकाले मैले फर्कने आँट नगर्नु चाहिँ आंशिक कारण थियो, साथै थप कारण के थियो भने, एक सृजित प्राणीका रूपमा, मैले आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ; यही मेरो मिसन हो। मैले आफ्ना आमाबुबाको हेरचाह गर्नका लागि आफ्नो कर्तव्य त्याग्न मिल्दैनथ्यो। मैले आफूसँग घरमा समय भएर पनि आमाबुबाप्रतिको आफ्नो जिम्मेवारी पूरा नगर्ने कुरा छनौट गरेकी होइन। मैले यो मामिलालाई परमेश्‍वरका वचनहरू र सत्यताअनुसार हेर्नुपर्थ्यो। त्यसै समयमा, मैले मेरा आमाबुबाले जीवनमा कति दुःख भोग्नुपर्छ र कस्ता कष्टहरूबाट गुज्रनुपर्छ, र आफ्ना अन्तिम वर्षहरूमा उहाँहरू खुसी हुनुहुनेछ वा छैन भन्ने सबै परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको छ, र यसको मैले उहाँहरूको हेरचाह गर्छु कि गर्दिन वा उहाँहरूको साथमा हुन्छु कि हुँदिन भन्ने कुरासँग कुनै सम्बन्ध छैन भन्ने कुरा पनि बुझेँ। म केही पनि परिवर्तन गर्नै सक्दिनँ। मैले म घरमा हुँदा, मेरी आमाको खुट्टामा साइनोभाइटिस भएको बेलाको कुरा सम्झेँ। मैले घरको केही काममा सघाउन र उहाँको हेरचाह गर्न सक्ने भए पनि, मेरो हेरचाहले उहाँको पीडा अलिकति पनि कम भएन। मैले घर छोडेपछिका वर्षहरूमा, मेरी आमाको खुट्टा बिस्तारै निको भयो, र अहिले उहाँ जुनसुकै काम गर्न सक्नुहुन्छ। तथ्यहरूले मेरा आमाबुबा कत्तिको राम्रोसँग जिउनुहुन्छ र उहाँहरूका अन्तिम वर्षहरू कस्ता हुनेछन् भन्नेजस्ता सबै कुरा परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको छ भनी प्रमाणित गर्छन्। मैले आफ्ना आमाबुबालाई परमेश्‍वरका हातमा सुम्पनुपर्थ्यो र उहाँको सार्वभौमिकता र प्रबन्धहरूमा समर्पित हुनुपर्थ्यो।

पछि, मैले परमेश्‍वरका थप वचनहरू पढेँ: “परमेश्‍वरले ‘परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ’ भनेर भन्नुहुँदा, यसको अर्थ के हुन्छ? यसको अर्थ सबैलाई यो कुरा बोध गराउनु हो: हाम्रो जीवन र आत्मा सबै परमेश्‍वरबाट आउँछन्; र ती उहाँद्वारा सृष्टि गरिएका थिए—ती हाम्रा बुबाआमाबाट आउँदैनन्, र प्रकृतिबाट त झन् ती पक्कै आउँदैनन्, ती त हामीलाई परमेश्‍वरले दिनुभएको हो; यति मात्र हो कि हाम्रो देहको जन्म हाम्रा बुबाआमाबाट भएको हुन्छ, र हाम्रा छोराछोरी हामीबाट जन्मन्छन्, तर हाम्रा छोराछोरीको भाग्य पूर्ण रूपमा परमेश्‍वरको हातमा हुन्छ। हामीले परमेश्‍वरमा विश्‍वास गर्न सक्नु त उहाँद्वारा दिइएको अवसर हो; यसलाई परमेश्‍वरले नै तोक्‍नुभएको हो, र यो उहाँको अनुग्रह हो। तसर्थ, तैँले अरू कसैप्रतिको दायित्व वा जिम्मेवारी पूरा गर्न आवश्यक छैन; तैँले सृजित प्राणीका रूपमा आफूले परमेश्‍वरप्रति पूरा गर्नुपर्ने कर्तव्य मात्र पूरा गर्नुपर्छ। मानिसहरूले अरू सबै कुराभन्दा माथि राखेर गर्नैपर्ने, मानिसहरूले आफ्नो जीवनमा सबैभन्दा पूरा गर्नैपर्ने मुख्य कुरा र प्रमुख मामला यही हो। यदि तैँले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्दिनस् भने, तँ मानकअनुरूपको सृजित प्राणी होइनस्। अरूको नजरमा, तँ सायद असल श्रीमती र स्नेही आमा, उत्तम गृहिणी, आमाबुबाभक्त छोरी, र समाजको सज्जन सदस्य होलिस्, तर परमेश्‍वरसामु, तँ उहाँविरुद्ध विद्रोह गर्ने, आफ्‍नो दायित्व वा कर्तव्य पूरा गर्दै नगरेकी, र परमेश्‍वरको आज्ञा स्विकारेकी तर त्यसलाई पूरा नगरेकी, र आधाउधीमै हार मान्ने व्यक्ति हुन्छेस्। के यस्तो व्यक्तिले परमेश्‍वरको अनुमोदन पाउन सक्छ? यस्ता मानिसहरू रद्दी हुन्छन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना गलत दृष्टिकोणहरू जानेर मात्र साँच्चिकै रूपान्तरित हुन सकिन्छ)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले म आज परमेश्‍वरको सुरक्षाकै कारण जीवित छु भन्ने बुझेँ। परमेश्‍वरले मलाई जीवन दिनुभयो र आजसम्म सधैँ मेरो भरणपोषण गर्नुभएको छ र मेरो हेरविचार गर्नुभएको छ। मेरो जीवनको स्रोत मेरा आमाबुबा नभई परमेश्‍वर हुनुहुन्छ। वास्तवमा, मेरा आमाबुबाले मेरा लागि गर्नुभएका सबै कुरा उहाँहरूले आमाबुबाका रूपमा आफ्ना जिम्मेवारी र दायित्वहरू पूरा गरिरहनुभएको हो। मेरा आमाबुबाले जे-जे गर्नुभएको भए पनि, मैले त्यसलाई परमेश्‍वरबाट आएको भनी स्विकार्नुपर्छ। म मेरा आमाबुबाप्रति नभई परमेश्वरप्रति सबैभन्दा धेरै धन्यकृतज्ञ बन्नुपर्छ। विगतका सबै वर्षलाई फर्केर हेर्दा, मैले म पितृभक्ति र सन्तानको जिम्मेवारी पूरा गर्नुलाई आफ्नो व्यवहारको मार्गदर्शक सिद्धान्तका रूपमा लिँदै, यी कुराहरूलाई अरू सबैभन्दा महत्त्वपूर्ण ठान्दै, परम्परागत सांस्कृतिक विचार र मूल्यमान्यताहरूअनुसार जिइरहेकी रहेछु भन्ने देखेँ। मैले आफ्ना आमाबुबाको हेरचाह गर्न घर फर्कनका लागि आफ्ना कर्तव्य त्याग्ने विचारसमेत गरेँ। यसो गरेर, के म परमेश्‍वरविरुद्ध विद्रोह गरिरहेकी थिइनँ र? मैले मेरा आमाबुबाको जतिसुकै राम्रो हेरचाह गरेकी भए पनि, त्यो सत्यता अभ्यास गर्नु हुनेथिएन, न त त्यसको अर्थ ममा विवेक वा मानवता छ भन्ने नै हुन्थ्यो। सृजित प्राणीको कर्तव्य पूरा गरेर मात्र व्यक्तिमा साँच्चै मानवता हुन्छ। म अझै पनि कहिलेकाहीँ मेरा आमाबुबाको बारेमा सोच्ने र उहाँहरूको चिन्ता गर्ने भए पनि, परमेश्‍वरका वचनहरूबाट मैले कुनै व्यक्तिले आफ्नो जीवनकालमा कति दुःख भोग्छ र कस्ता अनुभवहरूबाट गुज्रन्छ भन्ने जस्ता सबै कुरा परमेश्‍वरको हातमा हुन्छ भन्ने बुझेँ। म मेरा आमाबुबासँग सम्बन्धित सबै कुरा परमेश्‍वरलाई सुम्पन, उहाँको सार्वभौमिकता र प्रबन्धहरूमा समर्पित हुन, र आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न तत्पर छु।

अघिल्लो: ८६. बिमारीको सामना गर्नु परमेश्‍वरको अनुग्रह हो

अर्को: ८९. मेरो गिरफ्तारीपछि

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्