७७. “दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ” भन्ने दृष्टिकोण के सही छ?
सन् २०१७ को सुरुतिर, मेरो छिमेकी लि लानले मलाई सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको सुसमाचार प्रचार गरिन्। केही समयको खोजअनुसन्धानपछि, मैले परमेश्वरको काम हो भनी निधो गरेँ र केही सत्यताहरू बुझेँ। विशेष गरी जब मैले आखिरी दिनहरूमा देहधारी परमेश्वर मानिसको भ्रष्ट स्वभावलाई पखाल्न काम गर्नुहुन्छ, र साँचो रूपमा सत्यता पछ्याएसम्म मानिसहरूले मुक्ति पाउन र अनन्त जीवन प्राप्त गर्न सक्छन् भन्ने देखेँ, तब म एकदमै खुसी र उत्साहित भएँ। मलाई यो पैसा वा भौतिक सामानले किन्न सकिने कुरा होइन भन्ने महसुस भयो, र म हृदय भित्रैबाट लि लानप्रति साँच्चै कृतज्ञ भएँ। मैले आखिरी दिनहरूका परमेश्वरको कामलाई पहिलो पटक स्वीकार गर्दाको समय मलाई याद छ, पतिको सतावटको कारण म भेलामा सहभागी हुनबाट बाँधिएकी थिएँ, र मेरो स्थिति एकदमै नकारात्मक थियो, र लि लानको प्रेम र धैर्यताले नै मलाई पटक-पटक मदत र साथ दियो, जसले मलाई लड्नबाट बचायो। बिस्तारै, मैले केही सत्यताहरू बुझ्न थालेँ र आस्था प्राप्त गरेँ। म मेरो पतिद्वारा बन्धनमा पर्न छाडेँ र सामान्य रूपमा भेला हुन र आफ्नो कर्तव्य पूरा गर्न सक्ने भएँ। म आफ्नो कर्तव्य पूरा गर्न जाँदा, लि लानले मेरा छोराछोरीको हेरचाह गर्न र घरधन्दाको काम मिलाउन मदत गर्थिन्। म अक्सर सोच्थेँ, “आज म परमेश्वरमा विश्वास गर्न, र पतिद्वारा बन्धनमा नपरी सहजै आफ्नो कर्तव्य निर्वाह गर्न सक्नु सबै लि लानको मदतको कारणले हो। लि लान मेरो ठूलो उपकारी हुन् र उनी त्यस्तो व्यक्ति हुन् जसलाई म कहिल्यै बिर्सनेछैन। मैले भविष्यमा उनको गुन तिर्ने मौका खोज्नैपर्छ।”
सन् २०२१ को अक्टोबर महिनाको एक दिन, अगुवाले मलाई भनिन्, “लि लान भेलाको समयमा घरधन्दाका कुरा मात्र गर्छिन्, र यसले ब्रदर-सिस्टरहरूलाई बाधा दिन्छ र उनीहरूलाई परमेश्वरका वचनहरूमा मनन र सङ्गति गर्नबाट रोक्छ। हामीले उनीसँग धेरै पटक सङ्गति गरी उनको व्यवहार औँल्याएका छौँ, र उनले मौखिक रूपमा स्विकारेकी छिन्, तर अर्को भेलामा आउने बित्तिकै, उनले ठ्याक्कै त्यही कुरा गर्छिन्। अविश्वासीका रूपमा उनको व्यवहार एकदमै गभीर छ, र मण्डलीले उनीबारे ब्रदर-सिस्टरहरूबाट मूल्याङ्कन सङ्कलन गरिरहेको छ। तिमीहरूको घर नजिकै भएको र तिमीले उनीसँग धेरै वर्षदेखि अन्तरक्रिया गरेकी हुनाले, कृपया उनको बारेमा एउटा मूल्याङ्कन लेख।” अगुवाले यसो भनेको सुनेर, मेरो मन भारी भयो। लि लानको अवस्था मलाई राम्रैसँग थाहा थियो, हाम्रो घर नजिकै थियो, र उनी अक्सर मेरो घरमा आउँथिन्। जब हामी परमेश्वरका वचनहरू पढ्थ्यौँ र हाम्रा स्थितिहरूबारे सँगै सङ्गति गर्थ्यौँ, तब उनका विचारहरू परमेश्वरका वचनहरूमा पटक्कै हुँदैनथे, र उनी अक्सर सानातिना तुच्छ पारिवारिक मामिलाहरूबारे कुरा गर्थिन्, एउटा क्षण आफ्नो पतिले वास्ता नगरेको कुरा गर्थिन्, त अर्को क्षण आफ्नो छोरो अनाज्ञाकारी भएको कुरा गर्थिन्। मैले परमेश्वरबाट आएको भनी स्विकार्नू र पाठ सिक्न सत्यता खोजी गर्नू भनी उनीसँग सङ्गति गर्थेँ, तर उनले यी कुराहरूलाई कहिल्यै मनमा लिइनन्, र जब हामी फेरि भेट्थ्यौँ, उनी अझै तिनै कुराहरू गर्थिन्, र यसले मलाई साँच्चै दिक्क पार्थ्यो। यसबाहेक, उनले आफ्ना कर्तव्यहरूमा कहिल्यै मन लगाइनन्, र उनी सामान्य मामिलाहरूको काममा सधैँ लापरवाह थिइन्। मैले उनका कर्तव्यहरूको कार्यसम्पादनको सम्बन्धमा उनलाई धेरै पटक सुधारेँ र खुलासा गरेँ, तर उनले मौखिक रूपमा मात्रै स्वीकार्थिन् र त्यसपछि पुरानै तरिकाले निरन्तरता दिन्थिन्। अब उनले ब्रदर-सिस्टरहरूलाई पनि बाधा दिइरहेकी थिइन्, जसले गर्दा उनीहरूलाई शान्तिपूर्ण भेलाहरू गर्न गाह्रो भइरहेको थियो, र धेरै पटकको औँल्याइ र मदतको बाबजुद पनि, उनले यो सल्लाहलाई अझै पनि मनमा लिन सकिनन्। मैले के देखेँ भने लि लानले सत्यतालाई पटक्कै स्वीकार गर्दिनथिन् र मण्डली जीवनलाई निरन्तर अवरोध र बाधा पुर्याएकी थिइन्, र उनी मण्डलीमा बस्न उपयुक्त छैनन् भन्ने स्पष्ट थियो। तर मैले सोचेँ, यदि मैले उनको व्यवहारको खुलासा गरेँ भने, लि लानलाई अविश्वासी भनेर निकाल्नुपर्ने हुन्छ, र यो विचारले मलाई धेरै दुःखी बनायो। मैले आखिरी दिनहरूका परमेश्वरको कामलाई स्विकार्ने र सत्यता खोजी गर्ने तथा मुक्ति पाउने मौका पाएकी, र यो सबै लि लानले मलाई सुसमाचार प्रचार गरिदिएको कारणले नै हो भन्ने तथ्यमा मनन गरेँ। मेरो नकारात्मकता र कमजोरीको समयमा, लि लानले नै मलाई निरन्तर मदत र साथ दिएकी थिइन्। यसबाहेक, जब म आफ्नो कर्तव्य पूरा गर्न बाहिर हुन्थेँ, तब लि लानले अक्सर मेरा छोराछोरीको हेरचाह गर्न र घरधन्दाको काम मिलाउन मदत गर्थिन्। एउटा भनाइ छ नि, “सानो गुनको पैँचो पनि उदार मनले तिर्नुपर्छ,” अनि त्यसमाथि, लि लानले त मलाई यति धेरै मदत गरेकी थिइन्, त्यसैले यदि मैले उनको अविश्वासी व्यवहारको खुलासा गरेँ भने, त्यसो गर्नु विवेकहीनता देखाउनु हुनेथिएन र? यो कुरा मनमा राखेर, मैले चलाखीपूर्वक अगुवालाई भनेँ, “पछिल्ला दुई वर्षदेखि, म लि लानसँग भेला भइरहेकी छैन र त्यसैले म उनलाई त्यति राम्ररी चिन्दिनँ।” मैले लि लानको पक्षमा समेत बोल्दै भनेँ, “लि लान उत्साही छिन्, र उनको परिवारले उनलाई सताए तापनि, उनी वास्तवमै आफ्नो कर्तव्य पूरा गर्न चाहन्छिन्।” अगुवाले भनिन्, “लि लानसँग दुई पटक अन्तरक्रिया गरेकी एउटी सिस्टरले उनी मण्डली जीवनमा बाधा दिन्छिन् भन्ने पत्ता लगाइन्, र उनीप्रतिको सुझबुझ छ। सिद्धान्ततः, तिमीले उनलाई अझ राम्ररी चिन्नुपर्ने हो, के तिमीलाई उनीबारे साँच्चै केही सुझबुझ छैन?” मेरो झूटको खुलासा भएको बुझेर, म केही लज्जित भएँ, तर मैले लि लान मप्रति असल रहँदै आएको कुरा सोच्दा, मलाई अझै पनि उनको मूल्याङ्कन लेख्न मन लागेन। अगुवा गइसकेपछि, मलाई असहज महसुस भयो, मः मानौँ मेरो हृदयमा गह्रौं ढुङ्गाले थिचिरहेको थियो। एक दिन, मेरी छोरी भेलाबाट फर्केर आई र मलाई भनी, “भेलाको समयमा, लि लानले घरधन्दाका कुरा गरिरहिन्, र हामीले राम्ररी भेला गर्नै कठिन भयो, र ब्रदर-सिस्टरहरूले उनीसँग धेरै पटक सङ्गति गरी उनको व्यवहारको खुलासा गरे पनि, उनी अझै बदलिएकी छैनन्। सबैले अब उनीसँग भेला हुन नचाहेको बताएका छन्।” मेरी छोरीले यसो भनेको सुनेर, लि लानले अझै पनि मण्डली जीवनमा बाधा दिइरहेकी छिन् भन्ने मैले थाहा पाएँ, र मलाई साँच्चै दोषी महसुस भयो, र सोचेँ, “यदि मैले लि लानको व्यवहारको खुलासा गरेँ भने, लि लानलाई चाँडै नै मण्डलीबाट निकालिन सक्छ, र ब्रदर-सिस्टरहरूलाई कम बाधा हुनेछ। तर यदि मैले अगुवालाई उनको बारेमा रिपोर्ट गरेँ भने, लि लानले थाहा पाएपछि मलाई बैगुनी र विवेकहीन भनेर आरोप लगाउलिन् कि? मैले उनको सामना कसरी गर्ने?” यी कुराहरू सोचेर, मलाई धेरै दुविधा भयो, र अन्तमा, मैले अझै पनि लि लानको मूल्याङ्कन उपलब्ध गराइनँ।
केही समयपछि, सफाइको काम गर्ने एउटी सिस्टर हामीसँग भेलामा आइन्, र अचानक मलाई लि लानबारे थाहा छ कि छैन भनेर सोधिन्। मेरो मुटुले ठाउँ छोड्यो, र मैले सोचेँ, “यी सिस्टरले अचानक लि लानबारे किन सोधिरहेकी छिन्? मैले के जवाफ दिने? यदि मैले उनीबारे थाहा छ भनेँ भने, सिस्टरले मलाई लि लानको व्यवहारबारे विस्तृत रूपमा सोध्नुपर्नेछ, र यदि मैले इमानदारीपूर्वक भनेँ भने, लि लानलाई निकालिने सम्भावना धेरै छ। मैले थाहा छैन मात्रै भन्न सक्थेँ, तर मैले पहिले नै एक पटक झूट बोलिसकेकी छु। यदि मैले फेरि झूट बोलेँ भने, के म साँच्चै निर्लज्ज झूटी बन्नेछैन र?” मलाई धेरै दुविधा भयो, त्यसैले मैले तुरुन्तै परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर! यी सिस्टरको प्रश्न तपाईंले नै अनुमति दिनुभएको हुनुपर्छ, कृपया मलाई सत्यता अभ्यास गर्ने शक्ति प्रदान गर्नुहोस्।” प्रार्थना गरेपछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड सम्झेँ: “तिमीहरू सबै भन्छौ, तिमीहरू परमेश्वरको बोझलाई ख्याल गर्छौ र मण्डलीको गवाही कायम राख्नेछौ, तर तिमीहरूमध्ये कसले परमेश्वरको बोझलाई साँच्चै ख्याल गरेको छ? आफैलाई सोध्: के तँ परमेश्वरको बोझलाई ख्याल गर्ने व्यक्ति होस्? के तैँले परमेश्वरका निम्ति धार्मिकता अभ्यास गर्न सक्छस्? के तँ मेरा लागि खडा भएर बोल्न सक्छस्? के तैँले दृढताको साथ सत्यता अभ्यास गर्न सक्छस्? के तँ शैतानका सारा कार्यहरूका विरुद्धमा लड्न सक्नेगरी साहसी छस्? के तँ आफ्ना भावनाहरूलाई पन्छ्याएर मेरो सत्यताको खातिर शैतानको खुलासा गर्न सक्षम छस्? के तैँले मेरा अभिप्रायहरूलाई तँमा पूरा हुन दिन सक्छस्? के तैँले निर्णायक क्षणहरूमा आफ्नो हृदय अर्पण गरेको छस्? के तँ मेरो इच्छा पछ्याउने व्यक्ति होस्? आफैलाई यी प्रश्नहरू प्रायः सोध्ने गर्, र तिनीहरूको बारेमा बारम्बार सोच्ने गर्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय १३)। परमेश्वरको हरेक प्रश्नले मेरो हृदय छेड्यो। परमेश्वरले म उहाँको बोझलाई विचार गर्न र मण्डलीको हितको रक्षा गर्न सकूँ, र मण्डली जीवनमा बाधा दिइरहेको कुनै पनि व्यक्तिलाई तुरुन्तै खुलासा गर्न र रिपोर्ट गर्न सकूँ भनी आशा गर्नुहुन्छ। म लि लानसँग बारम्बार सम्पर्कमा थिएँ र उनका कार्यहरूबारे मलाई एकदमै स्पष्ट थाहा थियो। उनले निरन्तर रूपमा सत्यता स्विकार्न अस्वीकार गरेकी थिइन्, र भेलाको समयमा, उनले पारिवारिक मामिलाहरू उठाएर मानिसहरूलाई शान्तिपूर्वक परमेश्वरका वचनहरू खान र पिउनमा बाधा दिन्थिन्। धेरै पटक सङ्गति दिँदा र सच्याउँदा पनि, उनले अझै पश्चात्ताप गरेकी थिइनन्, र यसले मण्डली जीवनमा गम्भीर रूपमा बाधा पुर्याएको थियो। मैले मण्डलीको हितको रक्षा गर्न सत्यता अभ्यास गर्नुपर्छ, मैले बुझेको अवस्थाको विवरण यथार्थपूर्वक प्रदान गर्नुपर्छ, र लि लानलाई समयमै मण्डलीबाट सफाइ गर्नुपर्छ, ताकि ब्रदर-सिस्टरहरूले मण्डली जीवन बिताउने शान्तिपूर्ण वातावरण पाउन सकून्। यसो गर्नु परमेश्वरको अभिप्राय र उहाँको बोझको ख्याल राख्नु हुनेथियो। त्यसैले मैले यथार्थपूर्वक ती सिस्टरलाई लि लानको निरन्तरको व्यवहारबारे बताएँ, र ती सिस्टरले मैले भनेका सबै कुरा, एक-एक विवरण टिपेर राखिन्। उनलाई यी कुराहरू भनिसकेपछि, मैले आफ्नो हृदयमा शान्ति र सहजता महसुस गरेँ। केही समयपछि, लि लानलाई मण्डलीबाट निकालियो, र भेलाको समयमा ब्रदर-सिस्टरहरूलाई तबउप्रान्त बाधा भएन।
तर पछि, मैले अझै पनि लि लानप्रति ऋणी महसुस गरेँ। पछि, जब मैले यो कुरा एउटी सिस्टरलाई भनेँ, तब उनले मलाई सङ्गति दिइन्, “तिमीलाई लि लानप्रति निरन्तर ऋणी महसुस हुनु मुख्यतया दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ भन्ने दृष्टिकोणको प्रभावले गर्कोदा हो।” ती सिस्टरले मलाई परमेश्वरका वचनका दुईवटा खण्डहरू दिइन्: “दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ भन्ने कुरा चिनियाँ संस्कृतिमा कुनै व्यक्तिको आचरण नैतिक छ कि अनैतिक भनेर मूल्याङ्कन गर्ने एक विशिष्ट मापदण्ड हो। व्यक्तिको मानवता असल छ कि खराब छ र उसको आचरण कति नैतिक छ भनेर मूल्याङ्कन गर्ने क्रममा, एउटा मापदण्ड भनेको उसले आफूले पाएको निगाह वा सहयोगको ऋण तिर्छ कि तिर्दैन—ऊ आफूले पाएको दयाको ऋण कृतज्ञताले तिर्ने व्यक्ति हो कि होइन भन्ने कुरा हो। चिनियाँ परम्परागत संस्कृति र मानवजातिको परम्परागत संस्कृतिमा, मानिसहरू यसलाई नैतिक आचरणको महत्त्वपूर्ण मानकको रूपमा लिन्छन्। यदि कसैले दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ भनेर बुझ्दैन र ऊ बैगुनी हुन्छ भने, उसलाई विवेक नभएको र सङ्गत गर्न लायक नभएको व्यक्ति मानिन्छ, र सबैले उसलाई घृणा, तिरस्कार वा इन्कार गर्नुपर्छ। अर्कोतर्फ, यदि कसैले दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ भनेर बुझ्छ भने—यदि ऊ कृतज्ञ हुन्छ र आफूले पाएको निगाह र सहयोगको ऋण आफूसँग भएको हर माध्यमले तिर्छ भने—उसलाई विवेक र मानवता भएको व्यक्ति मानिन्छ। यदि कसैले अर्को व्यक्तिबाट फाइदा वा सहयोग प्राप्त गर्छ, तर त्यसको ऋण तिर्दैन, वा केवल ‘धन्यवाद’ भनेर साधारण रूपमा थोरै कृतज्ञता व्यक्त गर्छ र त्योभन्दा बढी केही गर्दैन भने, त्यो अर्को व्यक्तिले के सोच्नेछ? के उसलाई यसबारे असहज लाग्ला? के उसले यसो भन्न सक्नेछ, ‘यो मान्छे सहयोग गर्न लायक छैन, यो राम्रो व्यक्ति होइन। मैले उसलाई यति धेरै सहयोग गर्दा त यस्तो प्रतिक्रिया दिन्छ भने, उसमा कुनै विवेक वा मानवता छैन, र ऊ सङ्गत गर्न लायक छैन’? फेरि यस्तो व्यक्ति भेट्टाउँदा, के तिनीहरूले अझै सहयोग गर्नेछन्? तिनीहरूले कम्तीमा पनि सहयोगचाहिँ गर्न चाहनेछैनन्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (७))। “प्राचीन समयदेखि अहिलेसम्म, अनगिन्ती मानिसहरू दयाको ऋण तिर्नेसम्बन्धी नैतिक आचरणबारेको यो विचार, दृष्टिकोण र मापदण्डद्वारा प्रभावित हुँदै आएका छन्। तिनीहरूप्रति दया देखाउने त्यो व्यक्ति दुष्ट वा खराब व्यक्ति हुँदासमेत र उसले तिनीहरूलाई दुष्कर्म र खराब काम गर्न बाध्य पार्दासमेत, तिनीहरू विवेक र समझविपरीत जान्छन्, र उसको दयाको ऋण तिर्न आँखा चिम्लेर उसको आज्ञापालन गर्छन् र धेरै घातक परिणामहरू निम्त्याउँछन्। यो भन्न सकिन्छ कि, नैतिक आचरणको यो मापदण्डको प्रभाव, पकड, नियन्त्रण र बन्धनमा परेर कैयौँ मानिसहरूले अन्धाधुन्ध र गलत रूपमा दयाको ऋण तिर्ने यो दृष्टिकोण परिपालन गर्छन्, र दुष्ट मानिसहरूलाई मदत गर्न र उक्साउन सक्छन्। अहिले तिमीहरूले मेरो सङ्गति सुनेका छौ, र यो परिस्थिति प्रस्टसित बुझेका छौ, र तिमीहरूले यो मूर्ख बफादारी हो र यो व्यवहार भनेको आफूलाई कुनै सीमा नतोकी व्यवहारमा ढाल्नु, र बिनासमझ लापर्बाहीसाथ दयाको ऋण तिर्नु हो, र यसको कुनै अर्थ र मूल्य छैन भनी निर्धारण गर्न सक्छौ। मानिसहरू आम विचारको आलोचना खेप्नुपर्ला वा अरूको निन्दा भोग्नुपर्ला भन्ने डरले मन नलागीनलागी अरूको दयाको ऋण तिर्न आफ्नो जीवन समर्पित गरिदिन्छन्, र यस क्रममा आफ्नो जीवन नै बलिदानसमेत गरिदिन्छन्, तर काम गर्ने यस्तो तरिका भ्रामक र मूर्ख तरिका हो। परम्परागत संस्कृतिको यो भनाइले मानिसहरूको सोच मात्र जकडेको छैन, यसले त तिनीहरूको जीवनमा अनावश्यक बोझ र अप्ठ्यारो स्थिति थोपरिदिएको र तिनीहरूको परिवारमाथि थप कष्ट र बोझसमेत लादिदिएको छ। कैयौँ मानिसहरूले दयाको ऋण तिर्न ठूलो मूल्य चुकाएका छन्—तिनीहरू दयाको ऋण तिर्नुलाई सामाजिक जिम्मेवारी वा आफ्नै कर्तव्य ठान्ने गर्छन् र अरूको दयाको ऋण तिर्न आफ्नो सम्पूर्ण जीवनसमेत खर्चिदिन्छन्। तिनीहरू यसलाई गर्नुपर्ने पूर्ण प्राकृतिक र न्यायसङ्गत कुरा, र पन्छाउन नमिल्ने कर्तव्य मान्छन्। के यो दृष्टिकोण र काम गर्ने यस्तो तरिका मूर्ख र निरर्थक होइन र? यसले मानिसहरू कति अज्ञानी र अन्तर्दृष्टिहीन छन् भन्ने कुरा प्रकट गर्छ। कुनै घटनामा, दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ भन्ने नैतिक आचरणसम्बन्धी यो भनाइ मानिसहरूको धारणासँग त मेल खाला, तर यो सत्यता सिद्धान्तअनुरूप हुँदैन। यो परमेश्वरका वचनहरूसँग मेल खाँदैन, र यो गलत दृष्टिकोण हो र यो काम गर्ने गलत तरिका हो” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (७))। परमेश्वरका वचनहरूबाट, मैले के बुझेँ भने लि लानको व्यवहारबारे विवरणहरू दिन मेरो अनिच्छा कृतज्ञ हुने र दयाको ऋण तिर्ने दृष्टिकोणको बाँधा र बन्धनका कारणले थियो। बाल्यकालदेखि नै, मेरा आमाबुबाले मलाई अक्सर कृतज्ञ हुन र दयाको ऋण तिर्न सिकाउनुभएको थियो। कसैले मलाई उपकार गर्यो भने, मैले उसलाई तिर्ने तरिका खोज्नुपर्छ, र यदि मैले यो गर्न सकिनँ भने, मानिसहरूले मेरो पछाडि मेरो आलोचना गर्नेछन् र मलाई बैगुनी भन्नेछन् भनी मैले विश्वास गर्न थालेँ। त्यसैले मैले कृतज्ञ हुने र दयाको ऋण तिर्ने कुरालाई व्यवहारमा ढाल्ने सिद्धान्तका रूपमा लिएँ। मैले यो मनोवृत्ति बाहिरी संसारमा लिएर गएँ मप्रति दयालु हुने जो कोहीलाई पनि दोब्बर रूपमा तिर्थेँ, र मेरा छिमेकीहरू सबै मसँग अन्तरक्रिया गर्न मन पराउँथे, जसले मलाई यस्तो व्यवहार गर्दा विवेक र मानवता भएको व्यक्ति बनिन्छ भनी अझ बढी विश्वास दिलायो। परमेश्वरलाई पाएपछि, म अझै पनि यी परम्परागत विचारहरूअनुसार जिइरहेँ, र लि लानले मलाई आखिरी दिनहरूका परमेश्वरको सुसमाचार प्रचार गरेकी हुनाले, म कमजोर र नकारात्मक हुँदा मलाई साथ र मदत दिएकी हुनाले, र मेरा छोराछोरी र घरधन्दाको पनि हेरचाह गरिदिएकी हुनाले, म लि लानप्रति साँच्चै कृतज्ञ थिएँ। मलाई यस बिन्दुसम्म सामान्य रूपमा कर्तव्य पूरा गर्न सक्नु लि लानको सङ्गति र मदतको कारणले नै भएको हो भन्ने लाग्यो। उनी त्यस्तो व्यक्ति हुन् जसलाई म कहिल्यै बिर्सन सक्दिनँ भनी मैले महसुस गरेँ। वास्तवमा, लि लानसँगको मेरो नियमित अन्तरक्रियामार्फत, मैले उनी सधैँ मानिस र घटनाहरूमा मात्रै ध्यान दिन्छिन्, परमेश्वरबाट कुराहरू आएका भनी स्विकार्दिनन् वा पटक्कै पाठ सिक्दिनन्, र उनी आफ्ना कर्तव्यहरूमा मन लगाउँदिनन् भन्ने याद गरिसकेकी थिएँ। उनीसँग परमेश्वरका वचनहरू खाँदा र पिउँदा, उनले सानोतिनो पारिवारिक मामिलाहरूबारे मात्र कुरा गर्थिन्, र यसले सबैलाई समस्याग्रस्त र विचलित महसुस गराउँथ्यो। उनको व्यवहारले उनी एक अविश्वासी थिइन् भनी देखायो, र सिद्धान्तअनुसार, उनलाई निकालिनुपर्थ्यो। मैले तुरुन्तै अगुवाहरूलाई लि लानको व्यवहारबारे रिपोर्ट गर्नुपर्थ्यो र उनलाई मण्डलीबाट हटाउन लगाउनुपर्थ्यो। तर लि लानको दयाको ऋण तिर्न र बैगुनी भनिनबाट बच्न, म उनको व्यवहारबारे रिपोर्ट गर्न असफल मात्र भइनँ, उनलाई मण्डलीमा राख्न चाहेर उनलाई आश्रय र छुट पनि दिएँ। के म एउटी अविश्वासीलाई बचाइरहेकी थिइनँ र? मैले दुष्ट काम गरिरहेकी थिएँ र परमेश्वरको विरोध गरिरहेकी थिएँ! मण्डली त्यो ठाउँ हो जहाँ परमेश्वरका चुनिएका मानिसहरूले उहाँको आराधना गर्छन्, र यो ब्रदर-सिस्टरहरूले परमेश्वरका वचनहरूमा सङ्गति गर्ने ठाउँ हो। तर लि लानको बाधाको कारण, ब्रदर-सिस्टरहरूले परमेश्वरका वचनहरूमा शान्त भएर मनन गर्न सकेनन्। अनि लि लानको मप्रतिको तथाकथित दयाको ऋण तिर्न, मैले उनको खुलासा गरिनँ। कुन हिसाबले ममा कुनै विवेक वा मानवता थियो र? मैले साँच्चै असल र खराब, सही र गलत छुट्याउन सकिनँ। मैले साँच्चै परमेश्वरलाई घृणा गर्न लगाएँ! यो महसुस गरेर, म पछुतो र दोषले भरिएँ, त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, म कृतज्ञ हुने र दयाको ऋण तिर्ने यो परम्परागत दृष्टिकोणद्वारा कडा रूपमा बाँधिएकी छु, र म सही र गलत वा असल र खराब छुट्याउन असमर्थ भएकी छु भनी म देख्छु। हे परमेश्वर! म तपाईंसामु पश्चात्ताप गर्न चाहन्छु।”
पछि, मैले परमेश्वरका वचनका दुईवटा खण्डहरू पढेँ: “‘दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ’ भन्ने परम्परागत सांस्कृतिक अवधारणाको भित्री कुरा बुझ्नुपर्छ। सबैभन्दा महत्त्वपूर्ण शब्द ‘दया’ हो—यो दयालाई कसरी हेर्नुपर्छ? यसले दयाको कुन पक्ष र प्रकृतिलाई जनाइरहेको छ? ‘दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ’ भन्ने भनाइको अर्थ के हो? मानिसहरूले यी प्रश्नहरूको उत्तर पत्ता लगाउनैपर्छ र तिनीहरू कुनै पनि परिस्थितिमा दयाको ऋण तिर्ने यो विचारद्वारा नियन्त्रित हुनु हुँदैन—सत्यता पछ्याउने जोकोहीको लागि यो नितान्त आवश्यक छ। मानव धारणाअनुसार ‘दया’ भनेको के हो? सामान्य तहमा, दया भनेको तँ समस्यामा हुँदा कसैले तँलाई सहयोग गर्नु हो। उदाहरणको लागि, तँलाई साह्रै भोक लागेको बेला कसैले तँलाई एक थाल भात दिनु, वा तँ तिर्खाले मर्न लागेको बेला एक बोतल पानी दिनु, वा तँ लडेर उठ्न नसक्दा तँलाई उठ्न सहयोग गर्नु हो। यी सबै दयाका काम हुन्। दयाको ठूलो काम भनेको तँ कठिन परिस्थितिमा हुँदा कसैले तँलाई उद्धार गर्नु हो—त्यो जीवन बचाउने दया हो। तेरो ज्यान खतरामा हुँदा र कसैले तँलाई मर्नबाट जोगिन मद्दत गर्दा, उसले वास्तवमा तेरो जीवन बचाइरहेको हुन्छ। मानिसहरूले ‘दया’ को रूपमा लिने केही कुरा यिनै हुन्। यस प्रकारको दया सानातिना, भौतिक निगाहभन्दा निकै ठूलो हुन्छ—यो ठूलो दया हो जसलाई पैसा वा भौतिक कुराहरूको आधारमा मापन गर्न सकिँदैन। यो प्राप्त गर्ने मानिसहरूले यति कृतज्ञ महसुस गर्छन् जसलाई धन्यवादका केही शब्दहरूमा व्यक्त गर्न सकिँदैन। तैपनि, के मानिसहरूले यसरी दयालाई मापन गर्नु सही हो त? (होइन।) किन तँ सही होइन भनेर भन्छस्? (किनभने यो मापन परम्परागत संस्कृतिका मापदण्डहरूका आधारमा गरिएको हुन्छ।) यो सिद्धान्त र धार्मिक वादमा आधारित उत्तर हो, र यो सही देखिए पनि, यसले मामलाको सार प्रस्तुत गर्दैन। त्यसकारण, यसलाई कसरी व्यावहारिक रूपमा व्याख्या गर्न सकिन्छ? यसबारे ध्यान दिएर सोच। केही समयअगाडि, मैले एउटा भिडियोबारे सुनेको थिएँ, जसमा एउटा मान्छेले थाहै नपाई आफ्नो वालेट खसाउँछ। त्यो वालेट एउटा सानो कुकुरले भेट्छ र त्यो कुकुर उसको पछि लाग्छ, र त्यो मान्छेले त्यसलाई देखेपछि त्यो कुकुरले वालेट चोरेछ भनेर कुटेर त्यसलाई मार्छ। कस्तो मूर्खता, होइन? त्यो मान्छेमा कुकुरमा जत्ति पनि नैतिकता छैन! कुकुरको त्यो काम नैतिकतासम्बन्धी मानव मापदण्डअनुरूप नै थियो। मान्छे भए ‘तपाईंको वालेट खस्यो!’ भनेर भन्नेथियो, तर कुकुरको बोली नभएको कारण, यसले चुपचाप वालेट उठायो र त्यो मान्छेको पछि दगुर्यो। त्यसकारण, यदि एउटा कुकुरले परम्परागत संस्कृतिले प्रवर्धन गरेका केही असल व्यवहारहरू लागू गर्न सक्छ भने, त्यसले मान्छेबारे के भन्छ? मानिस विवेक र समझसहित जन्मेको हुन्छ, त्यसकारण यी कुराहरू गर्नका लागि तिनीहरू झन् सक्षम हुन्छन्। जबसम्म कुनै व्यक्तिमा आफ्नो विवेकको बोध हुन्छ, तबसम्म उसले यस्ता जिम्मेवारी र दायित्वहरू पूरा गर्न सक्छ। कठिन परिश्रम गर्नु वा मूल्य चुकाउनु आवश्यक हुँदैन, थोरै प्रयास गरे पुग्छ, आखिर यो कुरा अरूलाई मदत मिल्ने र फाइदा पुग्ने केही काम गर्नु मात्र हो। तर यस्तो प्रकृतिको कामलाई ‘दया’ भन्न सुहाउँछ? के यो काम दयाको स्तरमा पुग्छ? (पुग्दैन।) यदि पुग्दैन भने, के मानिसहरूले यसको ऋण तिर्नेबारे कुरा गरिरहनु आवश्यक छ? त्यो आवश्यक छैन” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (७))। “कहिलेकाहीँ, परमेश्वरले मानिसहरूलाई सहयोग गर्न शैतानका सेवाहरू प्रयोग गर्नुहुनेछ, तर हामीले यस्तो अवस्थामा परमेश्वरलाई अवश्यै धन्यवाद दिनुपर्छ र शैतानलाई दयाको ऋण तिर्नु हुँदैन—यो सिद्धान्तको कुरा हो। जब तँमाथि कुनै दुष्ट व्यक्तिले तँलाई दया देखाउने रूपमा परीक्षा आइपर्छ, तब तँ पहिले उसले तँलाई मद्दत र भरणपोषण गर्नुपछाडिका उसका अभिप्राय र उद्देश्यहरू के हुन्, र ऊ वास्तवमा असल व्यक्ति हो कि दुष्ट व्यक्ति हो भन्नेबारे आफ्नो हृदयमा स्पष्ट हुनुपर्छ। दया चुक्ता गर्ने विचार गलत नभए पनि, तैँले यो कसरी अभ्यास गर्छस् भन्नेबारे तँमा सिद्धान्त र सीमाहरू हुनुपर्छ। यो तेरो उपकारी कस्तो प्रकारको व्यक्ति हो र तैँले उसको दया चुक्ता गर्नुले के-कस्ता परिणामहरू ल्याउनेछ भन्नेमा पनि निर्भर हुन्छ। तैँले त्यस्ता परिस्थितिहरूलाई लचिलो तरिकाले सम्हाल्नैपर्छ। यदि परमेश्वर तँलाई मुक्ति दिन चाहनुहुन्छ भने, यो पूरा गर्न उहाँले जसका सेवाहरू प्रयोग गर्नुभए पनि, तैँले पहिला परमेश्वरलाई धन्यवाद दिनुपर्छ र परमेश्वरबाट यो स्विकार्नुपर्छ। तैँले मानिसहरूप्रति मात्र कृतज्ञता जाहेर गर्नु हुँदैन, कसैमाथि कृतज्ञ बन्दै आफ्नो जीवन अर्पण गर्न मिल्ने कुरै नगरौँ। यो ठूलो गल्ती हो। महत्त्वपूर्ण कुरा भनेको तेरो हृदय परमेश्वरप्रति कृतज्ञ हुनु र तैँले यो उहाँबाट स्वीकार गर्नु हो” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (७))। परमेश्वरका वचनहरूबाट, मैले मानिसहरूको दयालाई कसरी हेर्ने भनेर बुझ्न थालेँ। मण्डलीमा, जब मानिसहरू नकारात्मक र कमजोर हुन्छन्, वा कठिनाइहरूको सामना गर्छन्, तब ब्रदर-सिस्टरहरूले एकअर्कालाई मदत र साथ दिन सत्यतामा सङ्गति गर्छन्। यो सबै परमेश्वरका चुनिएका मानिसहरूको जिम्मेवारी हो, र यो उहाँका चुनिएका मानिसहरूमाथि परमेश्वरको माग हो। जब मलाई मेरो पतिले सताएका थिए, लि लानले सत्यतामा सङ्गति गरेर मलाई मदत गर्न सकिन्। यो उनको जिम्मेवारी थियो र यसलाई दया मान्न मिल्दैनथ्यो। मैले के पनि बुझेँ भने परमेश्वरको आवाज सुन्न र आखिरी दिनहरूका परमेश्वरको कामलाई स्वीकार गर्न सक्नुको सम्बन्धमा, बाहिरबाट हेर्दा लि लानले मलाई सुसमाचार प्रचार गरेकी जस्तो देखिन्थ्यो, तर यसको पछाडि परमेश्वरको सार्वभौमिकता र नियोजन थियो, त्यसैले मैले परमेश्वरको अनुग्रहका लागि उहाँलाई धन्यवाद दिनुपर्थ्यो। परमेश्वरलाई पाएपछि, म मेरो पतिको सतावटको कारणले डगमगाइनँ, र म अझै पनि आफ्ना कर्तव्यहरूमा लागिरहन सक्षम भएँ। यो कुनै पनि व्यक्तिको उपलब्धि थिएन, बरु परमेश्वरका वचनहरूको मलजल र पोषणको परिणाम थियो। तर मैले यसलाई परमेश्वरबाट आएको भनी स्वीकार गरिनँ र उहाँलाई धन्यवाद दिइनँ, बरु एक व्यक्तिप्रति कृतज्ञता व्यक्त गरेँ। म धेरै बैगुनी थिएँ र परमेश्वरविरुद्ध विद्रोह गरिरहेकी थिएँ!
मेरो खोजीमा, मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढेँ जसले मलाई आफूलाई मदत गरेकाहरूसँग कसरी व्यवहार गर्ने भनेर सिकायो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “यो अवस्थाबारे पनि विचार गर्: विगतमा कसैले तँलाई मद्दत गरेको थियो, ऊ तँप्रति निश्चित तरिकमा दयालु थियो र उसले तेरो जीवन वा तेरो कतिपय मुख्य घटनामा प्रभाव पारेको थियो, तर उसको मानवता र ऊ हिँड्ने मार्ग तेरो मार्ग र तैँले खोजी गर्ने कुरासँग मेल खाँदैन। तिमीहरूको कुरा पनि मिल्दैन, र तँ यो व्यक्तिलाई मन पराउँदैनस्, र सायद केही हदसम्म तेरो रुचि र तैँले खोजी गर्ने कुरा बिलकुलै फरक छन् भनेर भन्न सक्छस्। तेरो जीवन मार्ग, तेरो सांसारिक विचार, र जीवनप्रतिको तेरो दृष्टिकोण सबै फरक छन्—तिमीहरू दुई बिलकुलै फरकफरक प्रकारका व्यक्ति हौ। त्यसोभए, उसले विगतमा गरेको मद्दतलाई तैँले कसरी लिनुपर्छ र त्यसमा कस्तो प्रतिक्रिया जनाउनुपर्छ? के यो उत्पन्न हुन सक्ने वास्तविक परिस्थिति होइन र? (हो।) त्यसोभए, तैँले के गर्नुपर्छ? यो पनि सम्हाल्न सजिलो परिस्थिति हो। तिमीहरू दुई फरकफरक मार्ग हिँडिरहेकाले, उसलाई सक्दो भौतिक हर्जाना दिएपछि, तैँले तिमीहरूको विश्वास एकदमै फरक रहेको, र तिमीहरू एउटै मार्गमा हिँड्न नसक्ने, र मित्र बनिरहन र अन्तरक्रिया गरिरहनसमेत नमिल्ने रहेको पत्तो पाउँछस्। यसरी तिमीहरू कुनै अन्तरक्रिया गर्न नसक्ने भएकाले, अब तँ कसरी अघि बढ्नुपर्छ? तैँले ऊसँग दूरी बनाइराख्नुपर्छ। विगतमा ऊ तँप्रति दयालु भएको हुन सक्ला, तर समाजमा उसले छक्याउँदै र छल्दै हिँड्छ, हरप्रकारका दुष्कर्महरू गर्छ र तँ यो व्यक्तिलाई मन पराउँदैनस्, त्यसैले ऊसँग दूरी बनाइराख्नु एकदमै उचित हुन्छ। कतिपयले भन्लान्, ‘के त्यस्तो व्यवहार गर्नु भनेको विवेकको कमी हुनु होइन र?’ यो विवेकको कमी हुनु होइन—यदि उसलाई जीवनमा साँच्चै केही कठिनाइ आएको भए, तैँले अझै पनि उसलाई मद्दत गर्न सक्छस्, तर तँ ऊद्वारा नियन्त्रित हुनु वा ऊसँगसँगै दुष्कर्म र अनुचित काम गर्नतिर लाग्नु हुँदैन। उसले तँलाई विगतमा मद्दत वा ठूलो उपकार गरेको थियो भन्दैमा, तँ उसको लागि घोटिनु पनि पर्दैन—त्यो तेरो दायित्व होइन र ऊ त्यस्तो व्यवहारको योग्य हुँदैन। तँसँग आफूलाई मनपर्ने अनि आफूसँग ठ्याक मिल्ने र सही मानिसहरूसँग अन्तरक्रिया गर्ने, समय बिताउने र मित्रतासमेत गाँस्ने हक हुन्छ। तँ यस्तो व्यक्तिप्रति आफ्नो जिम्मेवारी र दायित्व पूरा गर्न सक्छस्, र यो तेरो अधिकार हो। अनि अवश्य नै, तैँले आफूलाई मननपर्ने मानिसहरूसँग मित्रता गाँस्न र व्यवहार गर्न अस्वीकार गर्न पनि सक्छस्, अनि तैँले ऊप्रति कुनै दायित्व वा जिम्मेवारी पूरा गर्नुपर्दैन—यो पनि तेरो अधिकार हो। तैँले यो व्यक्तिलाई त्याग्ने निर्णय गरिस् र ऊसँग अन्तरक्रिया गर्न वा ऊप्रति कुनै जिम्मेवारी वा दायित्व पूरा गर्न इन्कार गरिस् भने पनि, यो गलत हुनेछैन। तैँले आफूलाई व्यवहारमा ढाल्ने क्रममा निश्चित सीमा तय गर्नैपर्छ, र फरकफरक मानिसहरूलाई फरकफरक तरिकामा व्यवहार गर्नैपर्छ। तैँले दुष्ट मानिसहरूसँग सङ्गत गर्नु वा तिनीहरूको खराब उदाहरण पछ्याउनु हुँदैन, यसो गर्नु बुद्धिमानी निर्णय हो। कृतज्ञता, भावना र आम विचारजस्ता विविध कुराहरूको प्रभावमा नपर्—यसो गर्नु भनेको अडान लिनु र सिद्धान्त धारण गर्नु हो, र यो तैँले गर्नुपर्ने कुरा हो” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (७))। परमेश्वरका वचनहरू पढेपछि, मेरो हृदय धेरै उज्यालो भयो। व्यक्तिको व्यवहारमा एक अडान र सिद्धान्तहरू हुनुपर्छ, र हामीलाई मदत गरेकाहरूका लागि, हामीले उनीहरू कुन मार्गमा छन् भनी विचार गर्न आवश्यक छ। यदि उनीहरू सही मार्गमा छन् भने, उनीहरूका कार्यहरू सत्यता सिद्धान्तहरूसँग मेल खाँदैनन् भने हामी सहिष्णु र धैर्यवान् हुनुपर्छ र सत्यतामा सङ्गति गरेर उनीहरूलाई मदत गर्नुपर्छ। तर यदि उनीहरू परमेश्वरको प्रतिरोध गर्ने मार्गमा छन् भने, हामीले उनीहरूलाई खुलासा र रिपोर्ट गर्नुपर्छ, र यदि उनीहरूले पश्चात्ताप गर्दैनन् भने, हामीले आफूलाई उनीहरूबाट टाढा राख्नुपर्छ र उनीहरूलाई इन्कार गर्नुपर्छ। जस्तै लि लानले एक पटक मलाई मदत गरेकी थिइन्, यदि उनले जीवनमा कठिनाइहरूको सामना गरेकी भए, म उनलाई निश्चित रूपमा केही भौतिक सहायता प्रदान गर्न सक्थेँ, तर अब जब उनी मण्डली जीवनमा बाधा दिइरहेकी थिइन् र परमेश्वरको विरोध गर्ने बाटोमा थिइन्, म उनको गलत काममा उनीसँग संलग्न हुन सक्दिनथेँ। मैले उनको खुलासा गर्नुपर्थ्यो र मण्डलीको हितको रक्षा गर्नुपर्थ्यो। यही नै सही र गलत छुट्याउनु र सिद्धान्तअनुसार काम गर्नु हो।
परमेश्वरका वचनहरूको न्याय र खुलासाले नै मलाई मेरो गलत दृष्टिकोणलाई तुरुन्तै सच्याउन र उप्रान्त दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ भन्ने परम्परागत दृष्टिकोणद्वारा नबाँधिन अनुमति दियो, र परमेश्वरका वचनहरूअनुसार मानिस र कामकुराहरूलाई हेरेर मात्र हामी उहाँको अभिप्रायहरूसँग मेल खान सक्छौँ भनी बुझ्न मदत गर्यो। परमेश्वरलाई धन्यवाद!