१२. आमाबुबाको उपकारप्रति कस्तो व्यवहार गर्ने
बाल्यकालदेखि नै, हाम्रो परिवार तुलनात्मक रूपमा गरिब थियो। आफन्त र साथीभाइले हामीलाई हेला गर्थे, र मेरा हजुरबुबा-हजुरआमाले समेत हामीलाई तिरस्कार गर्नुहुन्थ्यो। मेरी आमाले मलाई बारम्बार कचकच गर्दै भन्नुहुन्थ्यो, “तैँले राम्ररी पढ्नुपर्छ, र परिवारको इज्जत राख्नुपर्छ!” मैले उहाँको कुरा मनमा लिएँ, पढाइमा कडा मिहिनेत गरेँ, र सधैँ कक्षामा उत्कृष्ट विद्यार्थीहरूमध्ये पर्थेँ। तर पछि, मेरो गाडी दुर्घटना भयो र अरू नराम्रा घटनाहरू पनि भए, र मेरो तीन पटक शल्यक्रिया गर्नुपर्यो। हरेक पटक मेरो शल्यक्रिया हुँदा, मेरो परिवार गहिरो चिन्तामा हुन्थ्यो, र कहिलेकाहीँ मेरी आमा गुनासो गर्दै के भन्नुहुन्थ्यो भने, मेरो शल्यक्रियामा यति धेरै पैसा खर्च नभएको भए हाम्रो परिवार यस्तो गरिबीमा हुने थिएन। उच्च माध्यमिक विद्यालयको प्रवेश परीक्षापछि, मैले सफलतापूर्वक एउटा प्रतिष्ठित उच्च माध्यमिक विद्यालयमा भर्ना पाएँ। आफ्नो परिवारको बोझ कम गर्नका लागि छिट्टै काम गरेर पैसा कमाउन मैले धेरै पटक आफ्नो पढाइ छोड्ने बारेमा सोचेँ, तर मेरा आमाबुबाले मान्नुभएन र मलाई पढाइमा ध्यान केन्द्रित गर्न प्रोत्साहन दिनुभयो। म धेरै प्रभावित भएँ र आफू हुर्केपछि राम्रोसँग उहाँहरूको गुण तिर्ने सङ्कल्प गरेँ। पछि, मेरो शैक्षिक यात्रा सहज रूपमा अघि बढ्यो, र विश्वविद्यालयका प्रवेश परीक्षापछि, मैले सहजै एउटा पहिलो दर्जाको विश्वविद्यालयमा भर्ना पाएँ। त्यसपछि, मैले ग्राजुएट अध्ययनका लागि एउटा प्रतिष्ठित विश्वविद्यालयमा पढाइलाई निरन्तरता दिएँ। त्यस समयमा, हाम्रो परिवारको आर्थिक अवस्था एकदमै नाजुक थियो, मेरा आमाबुबा प्रायः बिरामी हुनुहुन्थ्यो र गाह्रो काम गर्न सक्नुहुन्नथ्यो, र हाम्रो परिवार सधैँ ऋणमा हुन्थ्यो। हरेक वर्ष चिनियाँ नयाँ वर्षमा घर फर्किंदा, म मेरी आमालाई हामीले आफन्त र साथीभाइलाई अझै कति तिर्न बाँकी छ भनेर सोध्ने गर्थेँ। म कहिलेकाहीँ मेरी आमाले भन्नुभएको के कुरा सुन्थेँ भने, परिवार पाल्न र मेरो कलेजको पढाइ खर्च तिर्न मेरा बुबा दुई ओटा काम गरिरहनुभएको थियो, र ती दुवै कडा परिश्रमका काम थिए। हरेक दिन उहाँ काममा जाँदा सुकेका लुगा लगाएर जानुहुन्थ्यो र फर्किँदा निथ्रुक्क भिजेर आउनुहुन्थ्यो। उहाँ मलाई परिवारलाई निराश नपार्नु र कहिल्यै कृतघ्न नबन्नु है भन्नुहुन्थ्यो। मेरी आमाले यसो भन्नुभएको सुनेर, म मध्यरातमा सिरकभित्र लुकेर रुन्थेँ, र मनमनै सोच्थेँ, “काम गर्न थालेपछि, म हरेक महिना मेरो तलबको केही हिस्सा आमाबुबालाई दिनेछु, ताकि उहाँहरूले सुखको जीवन बिताउन सक्नुहोस्।”
ग्राजुएसन पछि काम गर्न थालेको दोस्रो महिनामा, मैले परमेश्वरका आखिरी दिनहरूको काम स्वीकार गरेँ। परमेश्वरका वचनहरूद्वारा, मैले बुझेँ, हामीभित्रको जीवनको सास परमेश्वरबाट आउँछ, र जीवित प्राणीका रूपमा, मानिसहरूले उहाँको आराधना गर्नुपर्छ। आफू परमेश्वरका वचनहरूद्वारा सिञ्चित भएकीले, मैले उहाँका वचनहरू पढ्न र सत्यतालाई पछ्याउन अझ धेरै समय समर्पित गर्नुपर्छ भन्ने महसुस गर्दै गएँ। त्यसैले, मैले स्वेच्छाले आफ्नो जागिर छोडेँ र मण्डलीमा आफ्नो कर्तव्य निर्वाह गर्ने छनौट गरेँ। कहिलेकाहीँ, म मेरा आमाबुबालाई उहाँहरूले काम गर्ने ठाउँमा भेट्न जान्थेँ। हरेक पटक उहाँहरूको फुल्दै गरेको कपाल देख्दा, उहाँहरूका खातिर मेरो मन दुख्थ्यो, र काम गरेर पैसा नकमाई उहाँहरूलाई सहयोग नगरेर मैले उहाँहरूलाई निराश पारेँ भन्ने सोच्दै गहिरो रूपमा दोषी महसुस गर्थेँ। हरेक पटक उहाँहरूलाई भेट्न जाँदा, म उहाँहरूका लागि केही सामान वा पूरक वस्तु किनिदिन्थेँ, र आफूले हृदयमा महसुस गरेको ऋणी भएको भावनालाई पूर्ति गर्ने कोसिस गर्थेँ। सन् २०२१ मा, म सम्बन्धित रहेको मण्डलीमा ठूलो दमन भयो, र म पनि प्रहरीको खोजीमा परेँ। परमेश्वरको सुरक्षाका कारण, म पक्राउ परिनँ, तर मैले आफ्नो परिवारसँग अब सम्पर्क गर्न सकिनँ। जब मैले आफ्ना आमाबुबाले मलाई सम्पर्क गर्न नसक्दा कति चिन्ता गर्नुहोला भन्ने सोचेँ, तब मलाई एकदमै दोषी महसुस भयो, र सोचेँ, “म सानो छँदा धेरै पटक दुर्घटनामा परेँ, र मेरा आमाबुबा मेरा खातिर असाध्यै चिन्तित हुनुभयो। उहाँहरूले मलाई यो उमेरसम्म हुर्काउन धेरै कडा मिहिनेत गर्नुभएको छ, जुन पटक्कै सजिलो थिएन। अहिले, मैले उहाँहरूलाई सहयोग गर्न राम्रो पैसा नकमाइरहेकी मात्र होइन, उहाँहरूलाई मेरो चिन्ता र फिक्री गर्न बाध्य पारिरहेकी छु। म वास्तवमै कुपुत्री हुँ!” मेरो हृदय पीडाले चहर्यायो, र हरेक पटक आफ्ना आमाबुबालाई सम्झँदा, मलाई रुन मन लाग्थ्यो। मैले परमेश्वरका वचनहरू मनमा लिन सकिनँ, र मेरा ब्रदर-सिस्टरहरूको सङ्गति पनि ग्रहण गर्न सकिनँ। जब-जब म मेरा आमाबुबाको उमेर सरहका ब्रदर-सिस्टरहरूलाई देख्थेँ, म आफ्नै आमाबुबाको बारेमा सोच्थेँ, “उहाँहरू बूढो हुँदै हुनुहुन्छ, र उहाँहरूको स्वास्थ्य पनि राम्रो छैन। अहिले उहाँहरूलाई कस्तो छ होला? यदि उहाँहरू बिरामी पर्नुभयो भने, उहाँहरूसँग उपचारका लागि पैसा होला कि नहोला?” म आफ्नो कर्तव्य त निर्वाह गरिरहेकी भएपनि, मेरो मन निरन्तर मेरा आमाबुबाको चिन्तामा हुन्थ्यो र म आफ्नो कर्तव्यमा झारा टार्ने काम मात्रै गरिरहेकी थिएँ, र जब-जब कुनै कुरा मेरो इच्छाअनुसार हुँदैनथ्यो, मलाई घर जाने विचार आउँथ्यो। तर घर गएमा पक्राउ परिन्छ भन्ने सोचेर, मैले फर्कने आँट गरिनँ। त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, र मेरो स्नेहले बाँधिनबाट मलाई जोगाउनुहोस् भनी बिन्ती गरेँ।
एक दिन, मैले परमेश्वरका वचनहरूका दुई खण्ड पढेँ, र आफ्नो समस्याबारे केही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “चिनियाँ परम्परागत संस्कृतिको सिकाइमा परेर चिनियाँ मानिसहरूले उनीहरूका परम्परागत धारणाहरूमा छोराछोरीको धर्म निभाउनैपर्छ, र छोराछोरीको धर्म ननिभाउने जोकोही पनि विद्रोही सन्तान हो भन्ने विश्वास गर्छन्। मानिसहरू सानै हुँदादेखि यी विचारहरू तिनीहरूको मनमस्तिष्कमा हालिएका हुन्छन्, र लगभग हरेक परिवारमा, साथै हरेक विद्यालय र समग्र समाजमा यिनै कुराहरू सिकाइन्छन्। जब व्यक्तिको मगजमा यस्ता कुरा भरिएको हुन्छ, उसले ‘छोराछोरीको धर्म निभाउनु कुनै पनि कुराभन्दा महत्त्वपूर्ण हो। यदि म छोराछोरीको धर्म निभाउँदिनथेँ भने, म असल व्यक्ति हुनेथिइनँ; म एक विद्रोही सन्तान हुनेथिएँ, म सार्वजनिक रायद्वारा निन्दित हुनेथिएँ। म विवेक नभएको व्यक्ति हुनेथिएँ’ भनेर सोच्छ। के यो दृष्टिकोण सही छ? मानिसहरूले परमेश्वरद्वारा व्यक्त गरिएका कति धेरै सत्यता देखेका छन्—के व्यक्तिले आफ्ना आमाबुबाप्रति छोराछोरीको धर्म निभाउनुपर्छ भनेर परमेश्वरले माग गर्नुभएको छ? के यो परमेश्वरका विश्वासीहरूले बुझ्नैपर्ने सत्यता हो? अहँ, होइन। परमेश्वरले केही सिद्धान्तहरू मात्रै सङ्गति गर्नुभएको छ। परमेश्वरका वचनहरूमा मानिसहरूलाई कुन-कुन सिद्धान्तद्वारा एक-अर्कालाई व्यवहार गर्न भनिन्छ? परमेश्वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्नू, र परमेश्वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नू। मानिसहरूले पालन गर्नुपर्ने सिद्धान्त यही हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना गलत दृष्टिकोणहरू जानेर मात्र साँच्चिकै रूपान्तरित हुन सकिन्छ)। “तैँले आमाबुबाका अपेक्षाबाट कस्तो शिक्षा पाउँछस्? (परीक्षामा राम्रो गर्नुपर्छ र सफल भविष्य बनाउनुपर्छ भन्ने शिक्षा।) तैँले तेरो प्रण देखाउनुपर्छ, तेरी आमाको प्रेम, मेहनत र त्याग साकार पार्नुपर्छ, र आमाबुबाका अपेक्षाहरू हासिल गर्नुपर्छ र तिनीहरूलाई निराश तुल्याउनु हुँदैन। तिनीहरूले तँलाई औधी प्रेम गर्छन्, तेरो लागि सबथोक दिएका छन्, र आफ्नो जीवनमार्फत तेरो लागि सबथोक गरिरहेका छन्। अनि, तिनीहरूका सबै त्याग, शिक्षा र प्रेम के बनेका हुन्छन् त? ती तैँले तिर्नैपर्ने ऋण बनेका हुन्छन्, र त्यो सँगसँगै, ती तेरो बोझ बनेका हुन्छन्। बोझ यसरी नै उत्पन्न हुन्छ। आमाबुबाले आफ्नै नैसर्गिक प्रवृत्तिबाट, आफ्नै प्रेमले वा सामाजिक दायित्वको कारण यी कुराहरू गर्ने भए पनि, अन्त्यमा, तँलाई शिक्षा दिन वा व्यवहार गर्न यी विधिहरू प्रयोग गर्नु, र तँभित्र अनेक प्रकारका विचारहरूसमेत भर्नुले तेरो प्राणलाई स्वतन्त्रता, मुक्ति, आराम, वा खुसी दिनेछैन। अनि, यी कुराहरूले तँमाथि के ल्याउँछन्? दबाब र डर ल्याउँछन्, तेरो विवेकमाथि निन्दा र असहजता ल्याउँछन्। अरू केके ल्याउँछन्? (जन्जिर र बन्धनहरू ल्याउँछन्।) जन्जिर र बन्धनहरू ल्याउँछन्। यसको साथै, आमाबुबाका यस्ता अपेक्षाहरूमा रहँदा, तँसित तिनीहरूको आशाको लागि जिउनुबाहेक अर्को कुनै विकल्प हुनेछैन। तिनीहरूका अपेक्षाहरू पूरा गर्न, तिनीहरूका अपेक्षाहरूमा नचुक्न, र तिनीहरूलाई तँप्रतिको आशा गुमाउन नदिनको निम्ति, तैँले प्रत्येक विषय लगन र इमानदारीसाथ हरेक दिन अध्ययन गर्छस्, र तिनीहरूले गर्नू भनेको हरेक थोक गर्छस्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१६))। परमेश्वरले मेरो वास्तविक स्थितिलाई खुलासा गर्नुभयो। सानैदेखि मलाई, मेरी आमाले मेरा आमाबुबाले मेरा लागि धेरै त्याग गर्नुभएको, र म हुर्केपछि कृतघ्न बन्नु हुँदैन भन्ने सिकाउनुभएको थियो। आफन्त र छिमेकीहरू पनि प्राय, हाम्रो परिवारको गरिबीका बाबजुद, मेरा आमाबुबाले मेरो पढाइलाई निरन्तरता दिनुभएको, र मैले भविष्यमा उहाँहरूलाई राम्रोसँग गुण तिर्नुपर्छ र आफ्नो मूल बिर्सनु हुँदैन भन्ने गर्थे। मैले मेरा आमाबुबाले मेरा लागि गर्नुभएको त्याग पनि देखेँ। म सानो छँदा, म धेरै पटक दुर्घटनामा परेँ, र मेरा आमाबुबा मेरो शल्यक्रियाका लागि पैसा जुटाउँदा चिन्ताले सेतै फूल्नुभयो। उहाँहरू मेरो पढाइका लागि आवश्यक रकम जुटाउन जताततै भौँतारिनुभयो। त्यसैले मैले मेरो परिवार, आफन्त र साथीभाइबाट आएको यो शिक्षादीक्षालाई बिना कुनै हिचकिचाहट पूर्ण हृदयले स्वीकार गरेँ। मैले राम्ररी पढेर हाम्रो परिवारको आर्थिक अवस्था सुधार गर्नु र मेरा आमाबुबाले राम्रो जीवन बिताउन पाउने कुरा सुनिश्चित गर्नुलाई नै आफ्नो लक्ष्य बनाएँ। यो लक्ष्य हासिल गर्न, मैले उच्च शिक्षा प्राप्त गर्न कडा मिहिनेत गरेँ, र जीवन जस्तोसुकै भए पनि, हरेक महिना आफ्नो तलबको केही हिस्सा आमाबुबालाई दिने योजना बनाएँ। तर परमेश्वरलाई पाएपछि र आफ्नो कर्तव्य निर्वाह गर्न जागिर छोड्ने निर्णय गरेपछि, मैले आफ्ना आमाबुबालाई निराश पारेकोमा दोषी महसुस गरेँ। पछि, चिनियाँ कम्युनिस्ट पार्टीले गरेको खेदो र पक्राउका कारण, मैले आफ्नो परिवारसँग सम्पर्क गर्न सकिनँ, जसले गर्दा मैले आफूलाई झनै दोषी ठहराएँ र आफूलाई एउटी कुपुत्री जस्तो महसुस गरेँ। जब मैले मेरा आमाबुबाले मेरो पढाइ खर्च धान्नुभएको र अहिले मैले अन्ततः ग्राजुएट भएपछि, उहाँहरूको गुण तिर्न पैसा नकमाएर उल्टै उहाँहरूलाई चिन्तित बनाइरहेकी भन्ने सोचेँ, म अपराधबोध र आत्म-ग्लानिले भरिएँ। जब म मेरा आमाबुबाको उमेरका मानिसहरूलाई देख्थेँ, मलाई मेरा आमाबुबाको चिन्ता लाग्थ्यो, र मेरो ध्यान आफ्नो कर्तव्यबाट हट्थ्यो। मैले परमेश्वरलाई धोका दिने र घर जान आफ्नो कर्तव्य त्याग्ने समेत सोचेँ। परिवार र समाजले मभित्र भरिदिएका, “सबै सद्गुणहरूमध्ये पितृभक्ति नै पहिलो हो,” र “आमाबुबालाई आदर नगर्ने व्यक्ति पशुभन्दा गिरेको हुन्छ” जस्ता परम्परागत विचारहरू मेरो हृदयमा गहिरो रूपमा जरा गाडेर बसेका थिए। तिनीहरू मलाई कसिलो र पीडादायी रूपमा बेर्ने पासो जस्तै थिए। मानिसको जीवन परमेश्वरबाट आउँछ, र परमेश्वरमा विश्वास गर्नु, उहाँको आराधना गर्नु, र आफ्नो कर्तव्य निर्वाह गर्नु जीवनका सही मार्ग हुन् र यी पूर्ण रूपमा स्वभाविक र न्यायोचित छन् भन्ने कुरा मलाई स्पष्ट रूपमा थाहा थियो, तर पनि मैले आफ्नो कर्तव्यमा शान्त महसुस गर्न सकिनँ। मलाई निरन्तर लाग्थ्यो आफ्ना आमाबुबाको अपेक्षाहरूका विरुद्धमा जानुको अर्थ ममा विवेक छैन र म एउटी कृतघ्न व्यक्ति र कुपुत्री हुँ।
पछि, मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढेँ, जसले मलाई मेरा आमाबुबाले मेरो लागि सधैँ गर्नुभएको त्यागप्रति सही व्यवहार गर्न मद्दत गर्यो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “‘तेरा आमाबुबा तेरा ऋणदाता होइनन्’ भन्ने भनाइलाई ठ्याक्कै कसरी व्याख्या गर्नुपर्छ भन्ने बारेमा कुरा गरौँ। तेरा आमाबुबा तेरा ऋणदाता होइनन्—के यो एउटा तथ्य होइन र? (हो।) यो तथ्य भएकाले, हामीले यसभित्र रहेका कुराहरू पूर्ण रूपमा न्यायोचित आधारमा व्याख्या गर्नुपर्छ। तेरा आमाबुबाले तँलाई जन्म दिने कुरालाई हेरौँ। के तँलाई तिनीहरूले जन्माऊन् भनेर तैँले रोजेको होस्, कि तँलाई जन्माऊँ भनेर तेरा आमाबुबाले रोजेका हुन्? यदि तैँले यसलाई परमेश्वरको दृष्टिकोणबाट हेरिस् भने, यो मानवले रोज्ने कुरा होइन। तँलाई तेरा आमाबुबाले जन्माऊन् भनेर तैँले रोजेको होइनस्, न त तिनीहरूले नै रोजेका हुन्। यस मामलाको जडलाई हेर्दा, यो परमेश्वरद्वारा नियोजन गरिएको हो। हामी यो विषयलाई अहिलेका लागि पन्छाउनेछौँ, किनकि मानिसहरूलाई यो कुरा बुझ्न सहज नै हुन्छ। तेरो दृष्टिकोणबाट हेर्दा, तँ निष्क्रिय रूपमा तेरा आमाबुबाबाट जन्मिएको थिइस्, र यस विषयमा तँसँग कुनै विकल्प थिएन। तेरा आमाबुबाको दृष्टिकोणबाट हेर्दा, छोराछोरी जन्माउनु र हुर्काउनु तिनीहरूको व्यक्तिगत इच्छा थियो। अर्को शब्दमा भन्दा, परमेश्वरको नियोजनलाई पन्छाएर हेर्दा, छोराछोरी जन्माउने र हुर्काउने कुरामा तेरा आमाबुबाको नै सबै हात थियो। तिनीहरूले तँलाई जन्माउने निर्णय गरे। तँ तिनीहरूबाट निष्क्रिय रूपमा जन्मिएको थिइस्। यस मामलामा तँसँग कुनै विकल्प थिएन। त्यसकारण, तेरा आमाबुबाको नै सबै हात भएकोले, र तिनीहरूले तँलाई जन्म दिएकाले, तिनीहरूमा तँलाई हुर्काएर वयस्क बनाउने दायित्व र जिम्मेवारी रहन्छ। चाहे तँलाई शिक्षा दिने कुरा होस्, वा खान-लाउन दिने कुरा होस्, यो तिनीहरूकै दायित्व र जिम्मेवारी हो, र तिनीहरूले गर्नुपर्ने कुरा यही हो। जबकि तिनीहरूले तँलाई हुर्काइरहेका बेला तँ सधैँ निष्क्रिय थिइस्, तँसँग छनौट गर्ने अधिकार थिएन—तिनीहरूद्वारा नै तँ हुर्काइनुपर्थ्यो। तँ सानै भएकोले, तँसँग आफ्नो हेरचाह गर्ने क्षमता थिएन, तँसँग तेरा आमाबुबाको हातबाट निष्क्रिय रूपमा हुर्किनेबाहेक अरू कुनै विकल्प थिएन। तेरा आमाबुबाले तँलाई जसरी हुर्काए पनि, त्यो तेरो हातको कुरा थिएन। यदि तिनीहरूले तँलाई राम्रो खानपान दिए भने, तैँले राम्रो खानपान पाउँथिस्। यदि तेरा आमाबुबाले तँलाई रोटी र पानी खाएर बाँच्ने वातावरण दिएका भए, तँ रोटी र पानी नै खाएर बाँचिस्। जे भए पनि, जब तँ हुर्किरहेको थिइस्, तब तँ निष्क्रिय थिइस्, र तेरा आमाबुबाले आफ्नो जिम्मेवारी पूरा गरिरहेका थिए। यो कुरा त तेरा आमाबुबाले कुनै फूलको हेरचाह गरेजस्तै हो। तिनीहरू फूलको हेरचाह गर्न इच्छुक भएका हुनाले, तिनीहरूले त्यसलाई मलजल गर्नुपर्छ, र त्यसले घामको प्रकाश पाउने सुनिश्चित गर्नुपर्छ। त्यसैले, जब मानिसहरूको कुरा आउँछ, तेरा आमाबुबाले तँलाई सावधानीपूर्वक हेरचाह गरे पनि वा तेरो राम्रो देखभाल गरे पनि, आखिरमा तिनीहरूले आफ्नो जिम्मेवारी र दायित्व मात्रै पूरा गरिरहेका थिए। … यो जिम्मेवारी र दायित्व भएको हुनाले, यो निःशुल्क हुनुपर्छ, र तिनीहरूले तँलाई प्रतिदान माग्नु हुँदैन। तँलाई हुर्काएर, तेरा आमाबुबाले आफ्नो जिम्मेवारी र दायित्व मात्रै पूरा गरिरहेका हुन्छन्; यो लेनदेनका रूपमा नभई निःशुल्क गरिनुपर्छ। त्यसकारण, तैँले आफ्ना आमाबुबालाई व्यवहार गर्दा वा तँ र तिनीहरूबीचको सम्बन्धलाई सम्हाल्दा प्रतिदान गर्ने मानसिकता राख्नु हुँदैन। यदि तैँले त्यस्तो मानसिकता बोकेर आफ्ना आमाबुबासँग व्यवहार गर्छस्, तिनीहरूलाई प्रतिदान गर्छस्, र तँ र तिनीहरूबीचको सम्बन्धलाई सम्हाल्छस् भने, त्यो वास्तवमा अमानवीय हुन्छ। साथ-साथै, त्यसो गर्दा तँ तेरा दैहिक भावनाहरूद्वारा रोकिने र बाँधिने सम्भावना हुन्छ, र तँलाई यी उल्झनहरूबाट बाहिर निस्कन गाह्रो हुनेछ, यहाँसम्म कि तैँले आफ्नो बाटो बिराउनसमेत सक्छस्। तेरा आमाबुबा तेरा ऋणदाता होइनन्, त्यसैले तँसँग तिनीहरूका सबै अपेक्षाहरू पूरा गर्ने दायित्व हुँदैन। तँसँग तिनीहरूको अपेक्षाहरू पूर्ति गर्ने कुनै दायित्व हुँदैन। तिनीहरूका आफ्नै अपेक्षाहरू हुन सक्छन्, तर तैँले आफै निर्णयहरू गर्नुपर्छ। परमेश्वरले तेरा लागि एउटा जीवन मार्ग तय गर्नुभएको छ, उहाँले तेरा लागि एउटा नियति बन्दोबस्त गर्नुभएको छ, र तेरा आमाबुबासँग यी कुराको कुनै सरोकार छैन” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१७))। परमेश्वरका वचनहरूमा मनन गरेर, मैले के बुझेँ भने आमाबुबा छोराछोरीका ऋणदाता होइनन्, र आमाबुबाले आफ्ना छोराछोरीलाई स्वेच्छाले हुर्काउँछन्, र उनीहरूले त्यसो गर्ने छनौट गरेकाले, उनीहरूलाई हुर्काउने जिम्मेवारी र दायित्व उनीहरूकै हो। यस प्रक्रियामा आमाबुबाले जतिसुकै त्याग गरे पनि, यो आमाबुबाको रूपमा उनीहरूको जिम्मेवारी हो र परमेश्वरले सृजित प्राणीहरूका लागि तोकिदिनुभएको एक प्रकारको नियम हो। जसरी प्रकृतिमा धेरै प्राणीहरूले आफ्ना सन्तानलाई जन्माउँछन् र हुर्काउँछन्, तिनीहरू सृष्टिकर्ताले तोकिदिनुभएका नियम र सिद्धान्तहरूलाई मात्र पालना गरिरहेका हुन्छन्। यही कुरा मानिसहरूमा पनि लागू हुन्छ। छोराछोरी जन्माउने कुरा छनौट गर्ने आमाबुबाले उनीहरूलाई हुर्काउनुपर्छ र उनीहरूलाई आफ्नो जीवनको बाटो छनौट गर्ने अनुमतिमार्फत स्वतन्त्रता दिनुपर्छ, यदि आमाबुबाले आफ्ना छोराछोरीलाई हुर्काएकै कारण गुण चुकाउने र क्षतिपूर्तिको माग गर्छन् वा राम्रो जीवन बिताउने आफ्नो इच्छा पूरा गर्न छोराछोरीको जीवनको बाटो छनौट गर्ने स्वतन्त्रता समेतको बलि चढाउँछन् भने, यो वास्तवमा अमानवीय हो। यस्ता आमाबुबा धेरै स्वार्थी हुन्छन्। आफ्ना आमाबुबाप्रति सन्तानको कर्तव्य पूरा गर्न पैसा नकमाएकोमा मलाई किन दोषी महसुस भयो भनी चिन्तन गर्दा, मैले आफूले उहाँहरूको त्याग र हेरचाहलाई एउटा उपकारको रूपमा हेरेकी, उहाँहरूलाई मेरा ऋणदाताका रूपमा मानेकीले यस्तो भएको रहेछ भन्ने महसुस गरेँ। मलाई विश्वास थियो भविष्यमा पैसा कमाउने क्षमता भएपछि, मैले उहाँहरूलाई राम्रोसँग गुण तिर्नुपर्छ; नत्र, म कृतघ्न, कुपुत्री, र मानवताविहीन हुनेछु। परमेश्वरका वचनहरूबाट, मैले आफ्नो हेराइको दृष्टिकोण नै गलत रहेछ भन्ने बुझेँ। मेरा आमाबुबाले मलाई हुर्काउनु र हेरचाह गर्नु भनेको आमाबुबाको रूपमा उहाँहरूले आफ्नो जिम्मेवारी र दायित्व पूरा गर्नु मात्र थियो। मैले उहाँहरूलाई तिर्नुपर्ने केही थिएन, न त म उहाँहरूको अपेक्षा पूरा गर्न नै बाध्य थिएँ। मैले जीवनमा कस्तो बाटो रोज्नुपर्छ भन्ने छनौट गर्ने अधिकार मसँग छ, र म यो तथाकथित उपकारद्वारा बाँधिनु हुँदैन, किनभने यसले मलाई यस जीवनमा मेरो स्वतन्त्रता गुमाउन बाध्य पार्नेछ अनि सत्यता पछ्याउने र मुक्ति पाउने मेरो अवसरबाट समेत बञ्चित गर्नेछ। आफ्नो जीवनको हरेक चरणमाथि चिन्तन गर्दा, मैले बाल्यकालमा धेरै खतरनाक दुर्घटनाहरू भोगेँ, तापनि म परमेश्वरको चमत्कारी सुरक्षाले बाँचेँ। एक पटक, मलाई तीव्र गतिमा आएको कारले ठक्कर दिएर सडकको अर्को छेउमा फालिदियो, र म बेहोस भएँ, तर जब म ब्युँझेँ, मलाई सामान्य फ्र्याक्चर मात्र भएको र केही सामान्य चोटपटक मात्र लागेको थियो। अर्को पटक, मलाई सिजोफ्रेनिया भएको एक व्यक्तिले हिंसात्मक रूपमा कुटपिट गर्यो। त्यो एकदमै रक्तपातपूर्ण र हिंसात्मक घटना थियो, तर मेरो मस्तिष्कमा चोट लागेन, र मेरो अनुहार पनि कुरूप भएन, र मेरो टाउकोमा केही टाँका मात्र लगाउनुपर्यो र एउटा हड्डी मात्र भाँचिएको थियो, अरू कुनै ठूलो चोटपटक थिएन। मेरो हुर्काइका यी अनुभवहरू बारे थाहा पाउनेहरू सबैले म साँच्चै भाग्यमानी रहेछु भने। वास्तवमा, यो भाग्यको कुरा थिएन। यो सबै परमेश्वरको सुरक्षा थियो। फर्केर सोच्दा, मैले म परमेश्वरकै हेरचाह र सुरक्षामा आजसम्म आइपुगेकी हुँ भन्ने बुझेँ। मेरो जीवनका निम्ति परमेश्वरले तोकिदिनुभएको एउटा बाटो थियो र पूरा गर्नुपर्ने एउटा मिसन थियो। म केवल मेरा आमाबुबाको लागि मात्र जिउनु हुँदैनथ्यो।
पछि, मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढेँ: “तेरा आमाबुबाका अपेक्षाहरूबारे तैँले कुनै बोझ बोक्नु जरुरी छैन। यदि तैँले आमाबुबाले भनेअनुसार नै गरिस् भने तेरो भाग्य त्यस्तै रहन्छ; यदि तैँले आमाबुबाका अपेक्षाहरू पूरा गरिनस् र तिनीहरूलाई निराश तुल्याइस् भने पनि तेरो भाग्य उस्तै रहन्छ। तेरो भावी मार्ग जेजस्तो हुनुपर्ने हो, त्यो त्यस्तै नै हुनेछ; त्यो कुरा परमेश्वरले पहिल्यै तोकिसक्नुभएको छ। यसैगरी, यदि तैँले आमाबुबाका अपेक्षाहरू पूरा गरिस्, आमाबुबालाई सन्तुष्ट पारिस्, र तिनीहरूलाई निराश पारिनस् भने, के त्यसको अर्थ तिनीहरूले झनै राम्रो जीवन जिउन पाउँछन् भन्ने हुन्छ त? के त्यसले तिनीहरूको दुःख र दुर्व्यवहार भोग्ने भाग्य बदल्न सक्छ र? (सक्दैन।) कतिपय मानिसहरू आमाबुबाले आफूलाई अत्यन्तै मायाले हुर्काएका छन्, र त्यो समयमा आमाबुबाले धेरै दुःख भोगे भन्ने सोच्छन्। त्यसैले तिनीहरू एउटा राम्रो जागिर खोजेर, कठिनाइ सहन, परिश्रम गर्न, लगनशील हुन, र कडा मेहनत गरेर धेरै पैसा र प्रशस्त धन आर्जन गर्न चाहन्छन्। तिनीहरूको उद्देश्य भविष्यमा आफ्ना आमाबुबालाई विलासी महलमा बसाउने, र राम्रो गाडी, राम्रो खानपान र चैनको जीवन दिने हुन्छ। तर वर्षौँको अथक मेहनतपश्चात् तिनीहरूको जियाइ अवस्था र परिस्थितिहरूमा सुधार आए पनि तिनीहरूका आमाबुबा एक दिन पनि त्यो समृद्ध जीवन जिउन नपाई बित्छन्। यसको दोषी को हो? यदि तैँले परिस्थितिहरूलाई आफ्नै लयमा चल्न दिइस्, परमेश्वरलाई योजनाबद्ध गर्न दिइस्, र यो बोझ बोकिनस् भने, तेरा आमाबुबा बितेर जाँदा तँलाई दोषी महसुस हुनेछैन। तर तैँले आमाबुबाको गुन तिर्न र तिनीहरूलाई राम्रो जीवन जिउन मद्दत गर्न हड्डी खियाएर पैसा कमाइस्, तर तिनीहरू बितेर गए भने, तैँले कस्तो महसुस गर्नेछस्? यदि तैँले आफ्नो कर्तव्यपालनमा ढिलाइ गरिस् र सत्यता प्राप्त गर्नमा ढिलो भयो भने, के तैँले अझै पनि बाँकी जुनी आरामसाथ जिउन सक्नेछस् र? (सक्नेछैन।) तेरो जीवन प्रभावित हुनेछ, र तैँले ‘आमाबुबालाई निराश तुल्याएको’ बोझ बाँकी जीवनभर सधैँ बोकिरहनेछस्। … आमाबुबाले आफ्नै अवस्थाअनुसार र परमेश्वरले तय गर्नुभएको अवस्था र परिवेशअनुसार सन्तानप्रतिका जिम्मेवारीहरू पूरा गर्नुपर्छ। सन्तानले आमाबुबाको लागि के गर्नुपर्छ भन्ने कुरा पनि उनीहरूले हासिल गर्न सक्ने अवस्था र उनीहरूको परिवेशमै आधारित हुन्छ; कुरो यति हो। आमाबुबा र सन्तानले गर्ने सबथोकको उद्देश्य आफ्नो प्रयासको फलस्वरूप अर्को पक्षले राम्रो, खुसीपूर्ण, र थप आदर्श जीवन जिउन सकोस् भनेर आफ्नो शक्ति वा स्वार्थी चाहनामार्फत अर्को पक्षको भाग्य बदल्ने हुनु हुँदैन। आमाबुबा होऊन् वा सन्तान, हरव्यक्तिले परिस्थितिलाई परमेश्वरले बन्दोबस्त गर्नुभएका परिवेशहरूअनुसार आफ्नै लयमा चल्न दिनुपर्छ, आफ्नो प्रयास वा व्यक्तिगत सङ्कल्पहरूमार्फत परिस्थितिहरू बदल्न खोज्नु हुँदैन। तँसित तेरा आमाबुबाबारे यस्ता सोचहरू भएकै कारण तिनीहरूको भाग्य बद्लिनेछैन—तिनीहरूको भाग्य परमेश्वरले धेरै पहिल्यै तोकिसक्नुभएको छ। परमेश्वरले नै तिनीहरूको जीवनको दायरामा तैँले जिउनुपर्ने, तिनीहरूद्वारा तँ हुर्काइनुपर्ने, र तिनीहरूसित तेरो यो सम्बन्ध हुनुपर्ने तोक्नुभएको हो। त्यसैले, तिनीहरूप्रतिको तेरो जिम्मेवारी भनेको तेरो आफ्नै अवस्थाअनुसार तिनीहरूलाई साथ दिने र केही दायित्वहरू निभाउने मात्र हो। तेरा आमाबुबाको हालको परिस्थिति बदल्न चाहने वा तिनीहरूले अझै राम्रो जीवन जिऊन् भन्ने चाहने सम्बन्धमा भन्नुपर्दा, त्यो सबै अनावश्यक कुरा हो। अथवा, तेरा छिमेकी र नातेदारलाई तँलाई आदर गर्ने तुल्याउनु, तेरा आमाबुबालाई सम्मान दिलाउनु, परिवारभित्र तेरा आमाबुबाको लागि प्रतिष्ठा जोगाउनु—यो त झनै अनावश्यक कुरा हो। त्यस्ता एकल आमाबुबाहरू पनि छन् जसले आफ्नो जोडी गुमाए र तँलाई वयस्कतासम्म आफैले हुर्काए। तँलाई तिनीहरूको लागि त्यो काम कति कठिन थियो भनेर झनै बढी महसुस हुन्छ, र तँ आफ्नो पूरै जीवन तिनीहरूको ऋण फिर्ता र पूर्ति गर्नमा बिताउन चाहन्छस्, यतिसम्म कि तँ तिनीहरूले भनेको जे पनि गर्छस्। तिनीहरूले तँबाट के माग्छन्, के अपेक्षा गर्छन्, साथै तँ आफैचाहिँ के गर्न इच्छुक छस्, यी सबै तेरो जीवनका बोझहरू बन्नेछन्—तर यस्तो हुनु हुँदैन। सृष्टिकर्ताको छेउमा, तँ एक सृष्टि गरिएको प्राणी होस्। तैँले यो जुनीमा गर्नुपर्ने भनेको आमाबुबाप्रतिका तेरा जिम्मेवारीहरू मात्र होइन, सृष्टि गरिएको प्राणीको रूपमा तेरा जिम्मेवारी र कर्तव्यहरू पनि पूरा गर्नु हो। तैँले परमेश्वरका वचन र सत्यता सिद्धान्तहरूको आधारमा मात्र तेरा आमाबुबाप्रतिका जिम्मेवारीहरू पूरा गर्न सक्छस्, तेरा भावनात्मक चाहना वा तेरो विवेकका चाहनाहरूको आधारमा जेसुकै गरेर पूरा गर्न सक्दैनस्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१६))। मैले बारम्बार परमेश्वरका वचनहरूमा मनन गरेँ र व्यक्तिको भाग्य त सृष्टिकर्ताकै हातमा हुने रहेछ भन्ने बुझेँ। मेरा आमाबुबाले यस जीवनमा भोग्नुपर्ने दु:ख र उहाँहरूले राम्रो जीवन बिताउन पाउने-नपाउने भन्ने कुरा परमेश्वरद्वारा धेरै अघि नै नियोजन गरिएको थियो र यसको मसँग खासै सम्बन्ध थिएन। मैले उच्च शिक्षा हासिल गरेर पैसा कमाउन सक्दैमा उहाँहरूको भाग्य बदलेर उहाँहरूलाई राम्रो जीवन दिन सक्छु भन्ने थिएन। मेरो भाग्यका, साथै म कलेज पढ्न वा निश्चित डिग्री हासिल गर्न सक्छु-सक्दिनँ भन्ने कुरा, पनि परमेश्वरद्वारा नै नियोजित थियो र यो मेरा आमाबुबाको देन थिएन। मैले उच्च शिक्षा हासिल गरेर पनि आफ्ना आमाबुबाप्रति सन्तानी कर्तव्य पूरा गर्न काम गरेर पैसा नकमाएको सोच्दा मलाई दोषी महसुस भएको त मैले मानिसको भाग्य परमेश्वरकै हातमा हुन्छ भन्ने तथ्यलाई नबुझेका कारणले पो रहेछ। म अझै पनि “ज्ञान नै शक्ति हो; ज्ञानले तिम्रो भाग्य बदल्न सक्छ” भन्ने शैतानी विषअनुसार बाँचिरहेकी थिएँ, र उच्च शिक्षा र राम्रो जागिरले मेरा आमाबुबाको भाग्य बदलेर उहाँहरूलाई राम्रो जीवन दिन सक्छ भन्ने विश्वास गर्थेँ। वास्तवमा, के मैले मेरा आमाबुबाको भाग्य साँच्चै बदल्न सक्थेँ र? मैले मेरा काकाको बारेमा सोचेँ, जसले आफ्नो छोराको कलेज दाखिलामा मद्दत गर्न आफ्नो जीवनको अधिकांश समय कडा परिश्रम गर्नुभयो। अन्तमा, उहाँको छोरा कलेजमा भर्ना भयो र शहरमा एउटा घर किन्यो, र जब परिवारले अन्ततः राम्रो जीवन बिताउन सक्ने जस्तो देखियो, मेरा काकाको अप्रत्याशित रूपमा निधन भयो। अनि मेरी माइजु हुनुहुन्थ्यो, जसले मेरो कजन भाइले राम्रो जागिर पाउला भन्ने आशामा उसलाई कलेज पढाउन कडा मिहिनेत गर्नुभएको थियो। तर मेरो कजन भाइ आफ्नो उचित कामप्रति समर्पित थिएन, र उसले राम्ररी काम गर्न नसक्नुका साथै ऊ ठगियो पनि। उसले लगानी गर्न परिवारबाट एक लाख युआनभन्दा बढी लिएको थियो, तर पूरै पुँजी गुमायो। मेरो वरिपरि यस्ता धेरै उदाहरणहरू थिए, जसले के प्रमाणित गर्थे भने न त आमाबुबाले न त छोराछोरीले नै एकअर्काको भाग्य बदल्न सक्छन्। कसैको जीवन राम्रो हुन्छ कि हुँदैन भन्ने कुरा परमेश्वरद्वारा नै नियोजित हुन्छ, र कुनै पनि व्यक्तिगत प्रयासले यसलाई बदल्न सक्दैन। यदि मैले परमेश्वरमा विश्वास नगरेकी भए, म पनि त्यसरी नै संसारकै प्रवृत्तिको पछि लाग्थेँ, विवाह गर्ने, घर र गाडी किन्ने, छोराछोरी जन्माउने, र घर र गाडीको ऋण तिर्ने काममा लाग्ने थिएँ। त्यसोभए मेरा आमाबुबाप्रति सन्तानको कर्तव्य पूरा गर्न मसँग कति ऊर्जा र अतिरिक्त पैसा हुन्थ्यो र? यदि म दैनिक जीवनको महत्त्वपूर्ण दबाबमा परेकी भए, मैले सायद मेरा आमाबुबाकै सहारा लिनुपर्थ्यो। म सोच्थेँ मैले आफ्नो कर्तव्य निर्वाह गरेकी र आफ्ना आमाबुबाप्रति सन्तानी कर्तव्य पालन गर्न पैसा कमाउन काम नगरेकीले उहाँहरूको जीवन राम्रो भएन। यो एकदमै तर्कहीन कुरा हो। मेरा आमाबुबाको जीवनको अवस्था, उहाँहरूले आफ्नो जीवनभर अनुभव गर्ने वातावरण, र उहाँहरूले भोग्ने दुःखहरू सबै परमेश्वरद्वारा पूर्वनिर्धारित छन्। ती कुराहरूको मैले परमेश्वरमा विश्वास गर्ने-नगर्ने वा आफ्नो कर्तव्य निर्वाह गर्ने-नगर्ने कुरासँग कुनै सम्बन्ध छैन। मैले अब समाज र मेरो परिवारले ममा भरेका गलत धारणाहरूअनुसार जिउन छोड्नुपर्छ। मेरा आमाबुबाको बारेमा अत्यधिक चिन्ता गर्नु मूर्खतापूर्ण र अर्थहीन छ। एक सृजित प्राणीका रूपमा, परमेश्वरले नै मलाई जीवन दिनुभयो र मलाई वरदान र प्रतिभाहरू प्रदान गर्नुभयो, र मेरो अनुभव र ज्ञानलाई फराकिलो बनाउन विभिन्न परिस्थितिहरूको बन्दोबस्त गर्नुभयो। अन्ततः, उहाँले मलाई सृष्टिकर्ताको आवाज सुन्न र उहाँका वचनहरूको मलजल र आपूर्तिमा रमाउन दिनुभयो। त्यसैले, मैले आफ्नो समय र ऊर्जा सकारात्मक कुराहरूलाई पछ्याउन र धेरै मानिसहरूलाई परमेश्वरको आवाज सुन्न र उहाँको मुक्ति पाउन मद्दत गर्नमा समर्पित गर्नुपर्छ। यही मात्र अर्थपूर्ण छ र यही नै सृजित प्राणीका रूपमा मैले पूरा गर्नुपर्ने जिम्मेवारी र कर्तव्य हो।
मैले परमेश्वरका वचनहरूका अरू दुई खण्ड पढेँ: “सर्वप्रथम, धेरैजसो मानिसले आफ्नो कर्तव्य निर्वाह गर्न घर छोड्ने छनौट गर्नुको कारण एक हिसाबमा अझ फराकिलो वस्तुगत परिस्थिति हो, जसले गर्दा तिनीहरूले आफ्ना आमाबुबालाई छाडेर जानुपर्ने हुन्छ र तिनीहरू आमाबुबालाई हेरचाह गर्न र साथ दिन तिनीहरूको साथमा बस्न सक्दैनन्। तिनीहरूले इच्छापूर्वक आमाबुबालाई छाड्न रोज्छन् भन्ने होइन। यो त वस्तुगत कारण हो। अर्को हिसाबमा, व्यक्तिपरक रूपमा भन्नुपर्दा, तँ आफ्नो कर्तव्य निर्वाह गर्न बाहिर जानुको कारण आफ्ना आमाबुबाप्रतिको जिम्मेवारी पन्छाउनका लागि नभई, परमेश्वरको बोलावटको कारणले हो। परमेश्वरको कामसँग सहकार्य गर्न, उहाँको बोलावट स्विकार्न, र सृजित प्राणीको कर्तव्य निर्वाह गर्न, तँसित आमाबुबालाई छोड्नुबाहेक अरू विकल्प थिएन; तँ तिनीहरूलाई साथ दिन र हेरचाह गर्न तिनीहरूको छेउमै बसिरहन मिल्थेन। तैँले जिम्मेवारीहरूबाट पन्छिन तिनीहरूलाई छोडेको त होइनस् नि, होइन र? आफ्ना जिम्मेवारीहरूबाट पन्छिन तिनीहरूलाई छोड्नु अनि परमेश्वरको बोलावट स्विकार्न र आफ्नो कर्तव्य निर्वाह गर्न तिनीहरूलाई छोड्नुपर्ने हुनु—के यी दुई फरक प्रकृतिका कुरा होइनन् र? (हजुर।) तेरो हृदयमा, तँसित आफ्ना आमाबुबाका लागि चिन्ता छ र तँलाई तिनीहरूको याद आउँछ; तेरो भावना खोक्रो हुँदैन। यदि वस्तुगत परिस्थितिहरूले साथ दिन्छन् र तँ आफ्नो कर्तव्य पनि निर्वाह गर्दै तिनीहरूको साथमा रहन सक्छस् भने, तँ तिनीहरूलाई साथ दिन इच्छुक हुनेथिइस्, र नियमित रूपमा तिनीहरूको ख्याल गरिरहेको र आफ्ना जिम्मेवारीहरू पूरा गरिरहेको हुनेथिइस्। तर वस्तुगत परिस्थितिहरूका कारणले गर्दा तैँले तिनीहरूलाई छोड्नैपर्छ र तँ तिनीहरूको साथमा बस्न मिल्दैन। यो होइन कि तँ तिनीहरूको बच्चा भएर आफ्ना जिम्मेवारीहरू पूरा गर्न चाहँदैनस्, बरु यो हो कि तैँले त्यो पूरा गर्नै सक्दैनस्। के यसको प्रकृति फरक छैन र? (छ।) यदि तैँले कर्तव्यनिष्ठ सन्तान नबन्न र आफ्ना जिम्मेवारीहरू पूरा नगर्न घर छोडिस् भने, त्यो आमाबुबाप्रति कर्तव्यनिष्ठ नहुनु हो र त्यसमा मानवता हुँदैन। तेरा आमाबुबाले तँलाई हुर्काए, तर तँ आफ्ना पखेटाहरू फिँजाएर आफ्नो बाटो लाग्न आतुर छस्। तँ आमाबुबा हेर्न चाहँदैनस्, र तिनीहरू कुनै कठिनाइमा परेको सुन्दा तँ केही चासो दिँदैनस्। तँ आफूसँग स्रोतसाधन भएर पनि मद्दत गर्दैनस्; तँ नसुनेझैँ गर्छस् र अरूलाई तेरो बारेमा जे मन लाग्छ त्यो भन्न दिन्छस्—तँ बस आफ्ना जिम्मेवारीहरू पूरा गर्न चाहँदैनस्। यो आमाबुबाप्रति कर्तव्यनिष्ठ नहुनु हो। तर के अहिलेको अवस्था यस्तो हो त? (होइन।) धेरै मानिसहरूले कर्तव्य निभाउन आफ्नो सहर, प्रान्त, वा आफ्नो देशसमेत छाडेका छन्; तिनीहरू आफ्नो गृहनगरबाट धेरै टाढा छन्। साथै, विविध कारणहरूले गर्दा तिनीहरूलाई आफ्ना परिवारलाई सम्पर्क गर्न सहज छैन। बेलाबेलामा, तिनीहरू आफ्नो गृहनगरबाट आएका मानिसहरूलाई आफ्ना आमाबुबाको हालखबर सोध्छन् र तिनीहरू स्वस्थ छन् र तिनीहरूको राम्रै गुजारा चलिरहेको छ भन्ने सुनेर राहत महसुस गर्छन्। खासमा, तँ आमाबुबाप्रति कर्तव्यनिष्ठ नभएको होइनस्। तँ आफ्ना आमाबुबाको चासो राख्न वा तिनीहरूप्रतिका जिम्मेवारीहरू पूरा गर्नसमेत नचाहने गरी मानवता नै नभएको बिन्दुमा पुगेको छस् भन्ने होइन। विविध वस्तुगत कारणहरूले गर्दा नै तँ आफ्ना जिम्मेवारीहरू पूरा गर्न असक्षम भएको होस्—यसको अर्थ तैँले छोराछोरीको धर्म पूरा नगरेको होइन” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१६))। “यदि तैँले सत्यता सिद्धान्तहरूको एउटा पक्ष वा सही र परमेश्वरबाट आउने एउटा विचार र दृष्टिकोण पालना गरिस् भने, तँलाई जीवनमा साँच्चिकै सहज महसुस हुनेछ। उपरान्त, तैँले आफ्ना आमाबुबासँगको सम्बन्धलाई कसरी लिन्छस् भन्ने कुरालाई न त जनमतले, न त तेरो विवेकको सचेतनाले, न त तेरो भावनाको बोझले नै अवरोध गर्न सक्छ; यसको सट्टा, यी सत्यता सिद्धान्तहरूले तँलाई यो सम्बन्धलाई सही र तर्कसङ्गत ढङ्गले सामना गर्न र सम्हाल्न सक्षम तुल्याउनेछन्। यदि तैँले परमेश्वरले मानिसलाई दिनुभएका सत्यता सिद्धान्तअनुसार काम गरिस् भने, मानिसहरूले तँलाई तेरो पिठ्यूँपछाडि आलोचना गरे पनि, हृदयको गहिराइमा तँलाई शान्त र सुरक्षित महसुस हुनेछ, र तँ अप्रभावित हुनेछस्। कम्तीमा पनि, तेरो हृदयको गहिराइमा, तैँले आफूलाई कसैको वास्ता नगर्ने बैगुनी भएको भन्दै हप्काउनेछैनस् र विवेकले घोचेको महसुस गर्न छोड्नेछस्। किनभने तेरा सबै कार्यहरू परमेश्वरले तँलाई सिकाउनुभएका विधिअनुरूप छन्, र तैँले परमेश्वरका वचनहरू सुनिरहेको र तिनमा समर्पित भइरहेको, र उहाँको मार्ग पछ्याइरहेको छस् भन्ने कुरा तँलाई थाहा हुन्छ। परमेश्वरका वचनहरू सुन्नु र उहाँको मार्ग पछ्याउनु नै मानिसहरूमा सबैभन्दा बढी हुनुपर्ने विवेकको भावना हो। तैँले यी कुराहरू गर्न सक्ने भएपछि मात्रै तँ एक साँचो व्यक्ति हुनेछस्। यदि तैँले गरेको छैनस् भने, तँ कसैको वास्ता नगर्ने बैगुनी होस्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१७))। परमेश्वरका वचनहरूका यी दुई खण्ड पढेर, म गहिरो रूपमा प्रभावित भएँ। मेरा आँखाबाट आँसु अनियन्त्रित रूपमा बग्न थाले। परमेश्वरले हामीलाई कत्ति राम्ररी बुझ्नुहुन्छ। उहाँलाई हामी परिवार र समाजबाट आएका विभिन्न दुष्ट र गलत विचारहरूद्वारा गहिरो रूपमा भ्रमित र हानिग्रस्त छौँ भन्ने थाहा छ, जसले गर्दा हाम्रा आत्माहरू मुक्त हुँदैनन्। त्यसैले, उहाँ हामीलाई बिस्तारै यी मामिलाहरूको सार बुझ्न र तिनीहरूलाई सही र विवेकी दृष्टिकोणले हेर्नमा मद्दत गर्न सत्यता व्यक्त गर्नुहुन्छ। मैले सृष्टिकर्ताको आवाज सुनेकी थिएँ त्यसैले धेरै मानिसहरूले परमेश्वरको मुक्ति पाऊन् भनेर सुसमाचार प्रचार गर्ने र आफ्नो कर्तव्य निर्वाह गर्ने कुरा छनौट गरेकी थिएँ। यही नै गर्नुपर्ने सबैभन्दा धर्मी र अर्थपूर्ण कुरा हो, र यो मेरो जिम्मेवारी र मिसन हो। आफ्ना आमाबुबाप्रति सन्तानी कर्तव्य पूरा गर्न नसकेकोमा मैले आफूलाई दोषी ठहराउनु हुँदैन, किनभने खासगरी म जानाजानी बच्चाको रूपमा आफ्ना जिम्मेवारीहरूलाई बेवास्ता गरिरहेकी वा ती जिम्मेवारीहरू पूरा गर्न सक्ने अवस्थामा पनि कुपुत्री बनिरहेकी थिइनँ। यो बुझेपछि, मैले अब दोषी वा आत्म-ग्लानि महसुस गरिनँ। मैले परमेश्वरका वचनहरूअनुसार मानिस र कामकुराहरूलाई हेरेर मात्रै हामी पक्षपात र गलत धारणाहरूबाट बच्न सक्छौँ भन्ने बुझेँ। मैले आफ्ना आमाबुबाप्रतिको मेरा जिम्मेवारी र दायित्वहरू र सृजित प्राणीका रूपमा आफ्नो जिम्मेवारी र मिसन दुवै, साथै मानव जीवनको साँचो मूल्य र अर्थ पनि बुझेकी छु।
यो अनुभवबाट गुज्रेपछि, मलाई परमेश्वरका वचनहरू साँच्चै अद्भुत छन् भन्ने लाग्छ। परमेश्वरका वचनहरूले नै मलाई परम्परागत संस्कृतिबाट बाहिर निस्कन मार्गदर्शन गरेका छन्, जसले गर्दा मेरो हृदयले राहत र स्वतन्त्रता महसुस गरेको छ। अब म धेरै सहज महसुस गर्छु। मसँग खाली समय हुँदा, म परमेश्वरका थप वचनहरूमा मनन गर्न र आफ्ना कमीहरू थाहा पाउन सक्छु, र मेरा विचारहरू मेरा कर्तव्यहरूसँग सम्बन्धित मामिलाहरूमा बढी केन्द्रित हुन्छन्।