२६. कोभिड सङ्क्रमण भएपछिको चिन्तन
सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको सुसमाचार स्वीकार गरेको केही समयपछि नै मैले परमेश्वरका वचनहरूबाट के थाहा पाएँ भने परमेश्वरले आखिरी दिनहरूको आफ्नो काम समाप्त गर्दैगर्दा, असललाई इनाम र दुष्टलाई दण्ड दिन मानवजातिमाथि महाविपत्तिहरू आउनेछन्। दुष्टता अनि परमेश्वरको विरोध गरेकाहरू महाविपत्तिहरूमा नष्ट हुनेछन्, तर परमेश्वरका वचनहरूको न्याय स्वीकार गरेका र शुद्ध पारिएकाहरूले परमेश्वरको सुरक्षा पाउनेछन् र तिनीहरू बाँच्नेछन्। उहाँले तिनीहरूलाई अनन्त आशिष्हरूको आनन्द लिनका लागि उहाँको राज्यमा ल्याउनुहुनेछ। त्यतिबेला मलाई राज्यमा प्रवेश गर्नु र अनन्त जीवन पाउनु नै ठूलो आशिष् हुनेछ भन्ने लाग्यो। मलाई थाहा थियो, जीवनमा एक पटक मात्र आउने यो अवसरलाई मैले कदर गर्नुपर्छ, परमेश्वरको काम समाप्त हुँदा म बाँकी रहन योग्य हुनका लागि मैले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ, र परमेश्वरका लागि कडा परिश्रम गर्नुपर्छ। त्यसैले, मैले मेरो जागिर छोडेँ अनि सुसमाचार प्रचार गर्ने कर्तव्य सुरु गरेँ। प्रकोपहरू झन्-झन् बढ्दै गएको यस सङ्कटपूर्ण समयमा, मैले धेरैभन्दा धेरै असल कार्यहरू तयार गर्नुपर्ने थियो र अझै धेरै मानिससम्म परमेश्वरको आखिरी दिनहरूको सुसमाचार प्रचार गर्नुपर्ने थियो। त्यसरी मैले राज्यको सुसमाचार फैलाउने काममा योगदान दिन सक्थेँ। त्यसैले, मैले आफ्नो सारा ऊर्जा सुसमाचार प्रचार गर्नमा लगाएँ, अनि हरेक दिन बिहान सबेरैदेखि बेलुका अबेरसम्म व्यस्त रहन्थेँ। मेरो इलाकामा धेरैभन्दा धेरै मानिसहरूले परमेश्वरको आखिरी दिनहरूको काम स्वीकार गरिरहेका थिए, अनि एकपछि अर्को गर्दै मण्डलीहरू स्थापना भए। यी नतिजाहरू देख्दा म आफैसँग दङ्ग पर्थेँ। मलाई सुसमाचारको काममा मैले दिएको योगदान कसैको नजरबाट लुक्न सक्दैन भन्ने लाग्थ्यो। महामारीको प्रकोप फैलिएर संसारभरि सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा, म भने पूर्ण रूपमा शान्त रहेँ। मैले सोचेँ, आफ्नो कर्तव्यमा परमेश्वरप्रति आफूलाई अर्पण गरेकी हुनाले महामारी जतिसुकै फैलिए पनि मलाई असर गर्नेछैन। तर, भाइरसबाट अचानक सङ्क्रमित भएपछि, म विगतका वर्षमा आफ्नो कर्तव्य निर्वाह गर्दा त्यसभित्र पछाडि लुकेका मनसाय र अशुद्धताहरूमाथि चिन्तन गर्न बाध्य भएँ।
सन् २०२१ को मे महिनाको एक दिन मलाई अचानक खोकी लाग्न थाल्यो, त्यसपछि ज्वरो आयो र पूरै शरीरले कमजोरी महसुस गर्यो। सुरुमा मैले रुघाखोकी लागेको होला भन्ठानेर त्यति वास्ता गरिनँ, तर एक हप्तासम्म पनि लक्षणहरू निको भएनन्। एक जना सिस्टरले मेरा लक्षणहरू कोभिडसँग धेरै मिल्दोजुल्दो भएको देखेर मलाई सङ्क्रमण भएको हुन सक्ने भनी चिन्ता व्यक्त गरिन्, अनि अस्पताल गएर चेकजाँच गराउन सुझाव दिइन्। मैले त्यो कुरामा त्यति ध्यान दिइनँ, र सोचेँ, “मैले दिनभरि खटेर काम गरेकी छु, आफ्नो कर्तव्यका लागि कष्ट सहेकी र बलिदान दिएकी छु, अनि धेरै राम्रो गरेकी छु। साथै, मैले दुष्टता गरेकी र मण्डलीको काममा अवरोध पुर्याएकी छैनँ। अनि मलाई कसरी सङ्क्रमण हुन सक्छ र?” तर परीक्षणको नतिजा पोजिटिभ आयो, जुन मैले अपेक्षा नै गरेकी थिइनँ। म अक्कनबक्कको अवस्थामा घरको बाटो हिँडिरहेँ, के भइरहेको छ भनेर बुझ्नै सकिनँ। मैले सोचेँ, “मैले वर्षौंदेखि कर्तव्यहरू निर्वाह गर्दै आएकी छु, अनि मलाई कसरी कोभिड लाग्न पुग्यो? ब्रदर-सिस्टरहरूले यो कुरा थाहा पाए भने मेरा बारेमा के सोच्ने होलान्? परमेश्वरलाई चिढ्याउने कुनै काम गरेकीले मलाई दण्ड दिइँदै छ भन्ठान्ने पो हुन् कि? तर मैले दुष्टता गरेकी र मण्डलीको काममा अवरोध पुर्याएकी छैनँ।” अघिल्लो वर्ष महामारी सुरु भएयता संसारभरि लाखौँ मानिसको मृत्यु भइसकेको थियो, त्यसैले अब म सङ्क्रमित भएकी छु, के मेरो पनि मृत्यु हुने हो त? परमेश्वरको काम समाप्त हुन लागेको बेला मेरो मृत्यु भयो भने, मेरा विगत केही वर्षदेखिको बलिदान र अर्पण खेर जाने त होइन? त्यसो भयो भने भविष्यको राज्यको आशिष्हरूमा मेरो कुनै भाग रहनेछैन। मैले यसबारे जति धेरै सोचेँ, मलाई त्यति नै नराम्रो महसुस भयो। मैले यो परिस्थितिबाट कसरी पार पाउने होला? मैले प्रार्थना गरेँ, अनि परमेश्वरलाई पुकार्दै भनेँ, “हे परमेश्वर, तपाईँले, आफ्नो असल अभिप्रायअनुसार नै, मलाई यो रोग लाग्न दिनुभएको हो। तपाईँ कहिल्यै गल्ती गर्नुहुन्न, त्यसैले के यो मैले तपाईँका विरुद्ध कुनै तरिकाले विद्रोह र विरोध गरेकीले हो त? म सङ्क्रमित हुनु कुनै संयोग होइन, र यो सब तपाईँको सार्वभौमिकता अनि बन्दोबस्तहरूअन्तर्गत नै हुन्छ, त्यसैले म तपाईँको अभिप्राय खोज्न र आत्मचिन्तन गर्न चाहन्छु। तर मैले तपाईँको स्वभावलाई कसरी चिढ्याएँ भन्ने कुरा मलाई थाहा छैन। कृपया मलाई अन्तर्दृष्टि दिनुहोस् र मैले कहाँ गल्ती गरेँ भनेर जान्न मलाई मार्गदर्शन गर्नुहोस्। म पश्चात्ताप गर्न तयार छु।” त्यसपछि मैले परमेश्वरका वचनहरूको एउटा खण्ड सम्झिएँ: “आफू बिरामी हुँदा, त्यसको अनुभव तैँले कसरी गर्नुपर्छ? तँ परमेश्वरसामु आउनुपर्छ, र प्रार्थना गर्नुपर्छ, परमेश्वरको अभिप्रायको खोजी गर्नुपर्छ र त्यसलाई बोध गर्नुपर्छ; तैँले आफैलाई जाँचेर सत्यताविरुद्ध हुने गरी के गरिस्, र तँभित्रका कुन भ्रष्ट स्वभावहरू समाधान भएका छैनन् भनी पत्ता लगाउनुपर्छ। कष्ट नभोगीकन तेरा भ्रष्ट स्वभावहरू समाधान गर्न सकिँदैन। कष्टद्वारा खारिएर मात्र मानिसहरू ऐयास नहुन सक्छन्, र सधैँ परमेश्वरसामु जिउन सक्षम हुन्छन्। व्यक्ति कष्टमा हुँदा, ऊ जहिले पनि प्रार्थनामै हुन्छ। उसको ध्यान खानपान, लत्ताकपडा, र अन्य सुखसयलमा केन्द्रित हुँदैन; उसले हृदयमा निरन्तर प्रार्थना गर्छ, र आफूले हालसालै कुनै गलत काम गरेँ कि वा कुनै हिसाबले सत्यताविरुद्ध गएँ कि भनेर आफैलाई जाँच्छ। सामान्यतया, जब तैँले कुनै गम्भीर बिमार वा अनौठो रोग सामना गर्छस् जसले तँलाई भयानक पीडा दिन्छ, त्यो संयोगवश हुँदैन। तँ बिरामी हुँदा र स्वस्थ हुँदा दुवैमा परमेश्वरको अभिप्राय हुन्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरमा विश्वास गर्ने क्रममा, सत्यता प्राप्त गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो)। परमेश्वरका वचनहरूको समयमै पाएको अन्तर्दृष्टिले मलाई मेरो सङ्क्रमण कुनै संयोग होइन रहेछ, यो पूर्ण रूपमा परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तअन्तर्गत नै भएको रहेछ भन्ने देखायो। मैले परमेश्वरको अभिप्राय खोजी गरी उचित रूपमा आत्मचिन्तन गर्नुपर्ने थियो। जेसुकै भए पनि मैले परमेश्वरको बारेमा गुनासो गर्न मिल्दैनथ्यो। त्यसपछिका केही दिन घरमा क्वारेन्टाइन बस्दा, मैले आफूले प्रकट गरेका भ्रष्टताबारे ब्रदर-सिस्टरहरूसँग खुलेर कुरा गरेँ। मैले आफ्ना भ्रष्टताहरूको चिरफार गरेँ, आफैलाई चिनेँ, र परमेश्वरका वचनहरूमा अभ्यास र प्रवेशको मार्ग खोजी गरेँ। साथै, शारीरिक रूपमा मलाई जस्तोसुकै महसुस भए पनि, मैले अनलाइनमार्फत सुसमाचार प्रचार गरेर आफ्नो कर्तव्य निर्वाह गरिरहेँ। केही दिनपछि, मलाई निकै सन्चो महसुस भयो। खोकी लाग्न लगभग बन्द भइसकेको थियो, मेरो तापक्रम सामान्य थियो, र मेरो ऊर्जा एवं शक्ति फर्किसकेको थियो। यस कुरामा म साँच्चै खुसी थिएँ, र मेरो आज्ञाकारिता र पश्चात्ताप देखेर परमेश्वरले मेरो हेरचाह र सुरक्षा गर्नुभएको हो भन्ने मलाई लाग्यो। यस्तो सोच्दा मेरो चिन्ता कम भयो।
तर भोलिपल्ट अचानक मेरो छाती कस्सियो, असहज महसुस भयो र लगातार खोकी लागिरह्यो। त्यसपछि मलाई ज्वरो आयो र पूरै शरीर कमजोर भयो। म डरले आत्तिएँ। रोग पत्ता लागेदेखि नै मैले परमेश्वरप्रति गुनासो गरेकी थिइनँ र आफ्नो कर्तव्य निरन्तर निर्वाह गरिरहेकी थिएँ। म झन् बिरामी कसरी पर्न सकेँ? कोभिड निको पार्ने कुनै औषधी थिएन, त्यसैले परमेश्वरले मलाई मुक्ति दिनुभएन भने, म मर्ने निश्चित थियो। मृत्युको सोच साँच्चै डरलाग्दो थियो—मैले यसलाई स्विकार्नै सकिनँ। मैले सोचेँ, मैले १० वर्षभन्दा बढी समयदेखि परमेश्वरलाई पछ्याउँदै आएकी छु, घर र जागिर छोडेर आफ्नो कर्तव्यमा दिनभरि खटेर काम गरेकी छु। मैले धेरै दुःख सहेकी छु र ठूलो मूल्य चुकाएकी छु। के परमेश्वरले ती कुनै पनि कुरालाई सम्झनुहुनेछैन त? यदि म मरेँ भने, मैले कहिल्यै राज्यको सुन्दरता देख्न पाउनेछैनँ, न स्वर्गको राज्यका आशिष्हरूको आनन्द लिन पाउनेछु। जति धेरै यसबारे सोचेँ, म त्यति नै बढी नकारात्मक बन्दै गएँ। म अझै पनि मेरो कर्तव्य त निर्वाह गर्दै थिएँ, तर मसँग भित्री उत्साह थिएन। मेरो कर्तव्यमा धेरै काम हुँदा, मलाई एकदमै दिक्क लाग्थ्यो र अलि आराम पाउनका लागि म कामलाई हतार-हतार सिध्याउने गर्थेँ। पहिले, म आफ्नो कर्तव्यमा बिहानदेखि रातिसम्म काम गर्थेँ, अनि परमेश्वरले मलाई सुरक्षा दिनुहुनेछ भनी सोच्थेँ, तर अहिले परमेश्वरले त्यसो नगर्नुभएकाले, मैले आफ्नै भलाइको बारेमा सोच्नुपर्ने र आफ्नो स्वास्थ्यको ख्याल राख्नुपर्ने भयो। धेरै तनाव लिँदा र थकित हुँदा मलाई निको हुन मद्दत पुग्नेथिएन। भेलाहरूमा, अरू ब्रदर-सिस्टरहरू बोल्दा उनीहरूसँग कति धेरै जोस हुन्थ्यो। तर म भने, बोल्नेबित्तिकै खोक्न थालिहाल्थेँ, र परमेश्वरका वचनहरूका केही पङ्क्ति पढिसक्दा मेरो सास फुल्थ्यो। म एकदमै दुःखी भएँ र तर्क नगरी रहन सकिनँ, “म सामान्यतया आफ्नो कर्तव्यमा एकदमै लगनशील हुन्छु, र म गम्भीर तथा जिम्मेवार छु। कतिपय अरू मानिसहरू आफ्नो कर्तव्यमा मेरो बराबरी गर्न सक्दैनन्। अरू सबै जना स्वस्थ छन् र आ-आफ्नो कर्तव्य निर्वाह गर्दै छन्, अनि मलाई मात्र किन भाइरस लाग्यो? यदि यो परमेश्वरबाट आएको परीक्षा हो भने, मण्डलीमा मभन्दा पनि बढी सत्यता पछ्याउने अरू मानिसहरूलाई किन यस्तो भएन त? अनि यदि यो परमेश्वरबाट आएको दण्ड हो भने, किन यस्तो भयो, जबकि मैले न कुनै दुष्टता गरेकी छु, न त मण्डलीको काममा अवरोध पुर्याएकी छु, न उहाँको स्वभावलाई चिढ्याएकी छु? हे परमेश्वर, म अझै पनि मेरो कर्तव्य निर्वाह गर्न चाहन्छु। मलाई यो मन पर्छ, र मेरो धित अझै मरेको छैन। म जीवित रहेर आफ्नो कर्तव्य राम्रो काम गरिरहन चाहन्छु। हे परमेश्वर, म अहिले एउटा महत्त्वपूर्ण कर्तव्य निर्वाह गर्दै छु र म अझै पनि तपाईँका लागि श्रम गर्न सक्छु। कृपया मलाई सुरक्षा दिनुहोस् ताकि म जीवित रहिरहन र तपाईँका लागि श्रम गरिरहन सकूँ…।” जब मैले यसबारे त्यसरी सोचेँ, परमेश्वरका वचनहरूको एउटा खण्ड मेरो मनमा स्पष्ट रूपमा आयो: “सृजित प्राणीका रूपमा तँ केका आधारमा परमेश्वरसँग मागहरू राख्छस्? मानिसहरू परमेश्वरसँग मागहरू राख्न योग्य छैनन्। परमेश्वरसँग मागहरू राख्नु जत्तिको अनुचित कुरा अरू केही छैन। उहाँले आफूले गर्नुपर्ने काम गर्नुहुनेछ, र उहाँको स्वभाव धर्मी छ। धार्मिकता कुनै पनि हिसाबले निष्पक्षता वा तर्कसङ्गतता होइन; यो समानतावाद, वा तँलाई तैँले गरेको कामका लागि पाउनुपर्ने कुरा दिनु, वा तैँले पूरा गरेको कामको ज्याला तँलाई दिनु, वा तैँले कति कोसिस गरिस् त्यसको आधारमा तँलाई दिनु होइन। यो धार्मिकता होइन, यो त निष्पक्ष र तर्कसङ्गत हुनु मात्रै हो। धेरै कम मानिस परमेश्वरको धर्मी स्वभावलाई चिन्न सक्षम हुन्छन्। मानिलिऊँ, अय्यूबले परमेश्वरका लागि साक्षी दिएपछि उहाँले तिनलाई नष्ट पार्नुभयो: के यो धर्मी कार्य हुनेथियो? वास्तवमा, हुनेथियो। किन यसलाई धार्मिकता भनिन्छ? मानिसहरूले धार्मिकतालाई कसरी हेर्छन्? यदि कुनै कुरा मानिसहरूका धारणाहरूअनुरूप छ भने, परमेश्वर धर्मी हुनुहुन्छ भनेर भन्न तिनीहरूलाई निकै सहज हुन्छ; तर, यदि तिनीहरूले केही कुरा आफ्ना धारणाहरूसँग मिल्ने देखेनन् भने—यदि त्यो तिनीहरूले बुझ्न नसक्ने कुरा हो भने—तिनीहरूलाई परमेश्वर धर्मी हुनुहुन्छ भन्न गाह्रो पर्छ। यदि परमेश्वरले त्यो बेला अय्यूबलाई नष्ट गर्नुभएको भए, मानिसहरूले उहाँ धर्मी हुनुहुन्छ भनेर भन्नेथिएनन्। खासमा, मानिसहरू भ्रष्ट तुल्याइएका भए पनि वा नभए पनि, र तिनीहरू अत्यन्तै भ्रष्ट भएका भए पनि नभएका भए पनि, के परमेश्वरले तिनीहरूलाई नष्ट गर्दा उहाँले आफ्नो स्पष्टीकरण दिनुपर्छ? उहाँले कुन आधारमा त्यसो गर्नुहुन्छ भन्ने कुरा उहाँले मानिसहरूलाई व्याख्या गर्नुपर्छ र? के परमेश्वरले मानिसहरूलाई आफूले नियोजन गरेका व्यवस्थाहरू बताउनैपर्छ र? त्यो आवश्यक छैन। परमेश्वरको नजरमा, भ्रष्ट र परमेश्वरको प्रतिरोध गर्न सक्ने व्यक्तिको कुनै मूल्य हुँदैन; परमेश्वरले उसलाई जसरी सम्हाल्नुभए पनि त्यो उचितै हुनेछ, र यो सबै परमेश्वरका बन्दोबस्तहरूअनुसार हुन्छ। यदि तँ परमेश्वरको नजरमा मन नपर्दो छस्, र तैँले गवाही दिइसकेपछि तेरो कुनै काम छैन भनी उहाँले भन्नुभयो, र यसैको कारणले तँलाई नष्ट गर्नुभयो भने, के यो उहाँको धार्मिकता हुनेथियो त? त्यो पनि हुनेथियो। … परमेश्वरले गर्नुहुने सबै कुरा धर्मी हुन्छन्। मानिसहरूले यो बुझ्न नसक्लान्, तर तिनीहरूले आफ्नै इच्छाले गलत ठहराउनु हुँदैन। यदि उहाँले गर्नुभएको कुनै काम तिनीहरूलाई बेमनासिब लाग्छ भने, वा यदि तिनीहरूसित त्यसको बारेमा कुनै धारणाहरू छन्, र त्यसपछि तिनीहरू उहाँ धर्मी हुनुहुन्न भनेर भन्छन् भने, तिनीहरू सबैभन्दा समझहीन भइरहेका हुन्छन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरू मनन गर्दा, उहाँले मलाई प्रत्यक्ष रूपमा जवाफदेही बनाउन बोलाउँदै हुनुहुन्छ जस्तो लाग्यो। के मैले भर्खरै मात्र परमेश्वर अन्यायी र अधर्मी हुनुहुन्छ भनेर गुनासो गरेकी थिइनँ र? अनि के त्यो परमेश्वरसँग मोलतोल गर्नु, आफैलाई सही ठहराउने प्रयास गर्नु र सर्तहरू राख्नु थिएन र? मलाई लाग्थ्यो, मैले वर्षौंदेखि कष्ट भोगेर र आफ्नो कर्तव्यमा मूल्य चुकाएर केही उपलब्धि हासिल गरेकी छु, त्यसैले परमेश्वरले मलाई प्रकोपबाट सुरक्षा दिनुपर्छ। त्यो नै उहाँको धार्मिकता हुनेछ। तर वास्तवमा ती सबै मेरा धारणा र कल्पनाहरू थिए, जुन सत्यतासँग बिलकुलै मिल्दैनथ्यो। परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ र म एउटी सिर्जित प्राणी हुँ। मैले आनन्द लिने हरेक कुरा परमेश्वरबाटै आउँछ, र मेरो जीवन पनि परमेश्वरले नै दिनुभएको हो। परमेश्वरले मेरो नियतिको बन्दोबस्त कसरी गर्नुहुन्छ र मलाई कति समय जिउन दिनुहुन्छ, यो सब उहाँमै निर्भर छ। एउटी सिर्जित प्राणीको हैसियतमा, म समर्पित हुनुपर्छ र त्यसलाई स्वीकार गर्नुपर्छ। म को नै हुँ परमेश्वरसँग बहस गर्ने र उहाँसँग सर्तहरू राख्न खोज्ने? मैले यतिका वर्ष आस्था राखेकी थिएँ र परमेश्वरबाट सत्यताको मलजल र भरणपोषणको यति धेरै आनन्द लिएकी थिएँ, तर पनि ममा कुनै कृतज्ञता थिएन। अहिले भाइरस लागेर मृत्युको खतरा सामना गरेपछि भने, म परमेश्वरसँग आफ्नो कुराको बहस गर्दै थिएँ, उहाँको प्रतिरोध अनि उहाँ धर्मी नभएको भनेर गुनासो गर्दै थिएँ। मेरो विवेक र समझ कहाँ थियो? यसबारे सोच्दैजाँदा मलाई झन् ग्लानि र लज्जित महसुस भयो, अनि मैले परमेश्वरसामु घुँडा टेकेर प्रार्थना गरेँ। “हे परमेश्वर, म कति समझहीन रहेछु! मलाई तपाईँले नै सृष्टि गर्नुभएको हो; म एउटी सृजित प्राणी हुँ। म तपाईँको सबै योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुनुपर्छ। त्यो पूर्ण रूपमा स्वभाविक र न्यायोचित छ। तपाईँले मलाई यो ज्यानै लिन सक्ने भाइरस लाग्न दिनुभएको छ। म समर्पित हुन चाहिनँ, र तपाईँसँग बहस गरेँ, तपाईँले सही काम गर्नुभएन भनेर गुनासो गरेँ र मलाई जीवितै रहन दिनुहोस् भनी तपाईँसँग बिन्ती गरेँ। म पूर्ण रूपमा समझहीन थिएँ। म कति विद्रोही थिएँ! हे परमेश्वर, म उचित रूपमा आत्मचिन्तन गर्न र तपाईँसामु पश्चात्ताप गर्न चाहन्छु।”
त्यसपछिका केही दिनसम्म, परमेश्वरप्रतिको मेरो गुनासो र गलत बुझाइबारे सोच्दा मलाई एकदमै ग्लानि महसुस भयो। विशेषगरी मेरो अवस्था झन् गम्भीर बन्दै जाँदा, मैले कसरी परमेश्वरसँग बहस गरेँ, नकारात्मक बनेँ, काम छलेँ, कर्तव्यमा झाराटारुवा बनेँ र आलटाल गरेँ भन्ने कुरा सोच्दा मलाई झन् बढी ग्लानि र बेचैन महसुस भयो। म बिरामी नभएको बेला र कुनै सङ्कट नपरेको बेला, म परमेश्वरको धार्मिकताको घोषणा गरिरहन्थेँ र सृजित प्राणीहरू सृष्टिकर्ताको योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित रहनुपर्छ भनिरहन्थेँ। बिरामी पर्दा चाहिँ मैले किन यति धेरै विद्रोहीपन र प्रतिरोध प्रकट गरेँ? मेरो उपासनाको समयमा मैले परमेश्वरका वचनहरूमा निम्नलिखित कुरा पढेँ: “परमेश्वरसँगको मानिसको सम्बन्ध नाङ्गो स्वार्थको सम्बन्ध मात्रै हो। यो आशिष् पाउने र दिनेबीचको सम्बन्ध हो। स्पष्ट रूपमा भन्नुपर्दा, यो एक कर्मचारी र एक रोजगारदाताबीचको सम्बन्ध हो। कर्मचारीले केवल रोजगारदाताले प्रदान गर्ने पुरस्कारहरू पाउनका लागि कडा परिश्रम गर्छ। स्वार्थमा आधारित यस प्रकारको सम्बन्धमा कुनै आत्मीय स्नेह हुँदैन, केवल लेनदेन हुन्छ। त्यहाँ प्रेम गर्नु वा प्रेम गरिनु हुँदैन, केवल दान र कृपा हुन्छ। त्यहाँ कुनै समझदारी हुँदैन, केवल विवश दमित आक्रोश र छल हुन्छ। त्यहाँ कुनै घनिष्ठता हुँदैन, केवल पार गर्न नसकिने खाडल हुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट ३: मानिसलाई परमेश्वरको व्यवस्थापनको बीचमा मात्रै मुक्ति दिन सकिन्छ)। “ख्रीष्टविरोधीहरूका विचारमा, कुनै व्यक्तिले कर्तव्य पूरा गर्न, मूल्य चुकाउन, र केही कठिनाइ भोग्न सक्छ भने, उसलाई परमेश्वरले आशिष दिनुपर्छ। त्यसकारण, तिनीहरूले केही समय मण्डलीको काम गरिसकेपछि, मण्डलीका लागि आफूले गरेका कामहरू, परमेश्वरको घरका निम्ति आफूले दिएका योगदानहरू, र दाजुभाइ-दिदीबहिनीहरूका लागि आफूले गरेका कुराहरूबारे हिसाबकिताब गर्न थाल्छन्। तिनीहरू यो सब कुरा मनमा जकडेर राख्छन् र ती कार्यका लागि परमेश्वरबाट के-कस्ता अनुग्रह र आशिषहरू पाइन्छ भनेर हेर्न कुरेर बस्छन्, ताकि तिनीहरूले गरिरहेको काम सार्थक छ कि छैन भनेर निर्धारित गर्न सकून्। किन तिनीहरू यस्ता कुराहरूमा सधैँ लिप्त हुन्छन्? तिनीहरूले हृदयको गहिराइमा के कुरा खोजिरहेका हुन्छन्? परमेश्वरप्रति तिनीहरूको विश्वासको उद्देश्य के हो? सुरुदेखि नै, तिनीहरूले आशिषहरू प्राप्त गर्न परमेश्वरमा विश्वास गरेका छन्। अनि तिनीहरूले प्रवचनहरू सुनेका जति नै वर्ष भए पनि, वा परमेश्वरका जति नै वचनहरू खाए र पिए पनि, जति धेरै धर्मसिद्धान्तहरू बुझे पनि, आशिषहरू प्राप्त गर्ने आफ्नो इच्छा र अभिप्राय कहिल्यै त्याग्नेछैनन्। यदि तैँले तिनीहरूलाई सृष्टि गरिएको कर्तव्यनिष्ठ प्राणी बन्न अनि परमेश्वरका सार्वभौमिकता र बन्दोबस्तहरू स्वीकार गर्न अनुरोध गरिस् भने, तिनीहरू भन्नेछन्, ‘त्यसको मसँग कुनै लिनुदिनु छैन, मैले प्रयत्न गर्नुपर्ने कुरा त्यो होइन। मैले प्रयत्न गर्नुपर्ने कुरा त यो हो, मैले लडाइँ लडिसकेपछि, मैले आवश्यक प्रयास गरिसकेपछि र आवश्यक कठिनाइ भोगिसकेपछि—मैले यो परमेश्वरका मापदण्डहरूअनुसार गरिसकेपछि—परमेश्वरले मलाई इनाम दिनुपर्छ र मलाई रहन दिनुपर्छ, अनि राज्यमा मुकुट दिनुपर्छ, र परमेश्वरका मानिसहरूको भन्दा उच्च पद दिनुपर्छ। कम्तीमा पनि म दुई-तीनवटा सहरको इन्चार्ज हुनुपर्छ।’ ख्रीष्टविरोधीहरू सबैभन्दा बढी यही कुराको वास्ता गर्छन्। परमेश्वरको घरले सत्यताबारे जसरी सङ्गति गरे पनि, आशिषहरू प्राप्त गर्ने तिनीहरूको अभिप्राय र इच्छालाई हटाउन सकिँदैन; तिनीहरू पावलजस्तै हुन्। के त्यस्तो खुला लेनदेनले दुष्ट र क्रूर स्वभावलाई प्रश्रय दिँदैन र? धर्मका कतिपय मानिस भन्छन्, ‘हाम्रो पुस्ताले परमेश्वरलाई क्रूसको मार्गमा पछ्याउँछ। परमेश्वरले हामीलाई चुन्नुभएको छ, त्यसकारण हामी आशिषका हकदार भएका छौँ। हामीले कष्ट भोगेर मूल्य चुकाएका छौँ, र हामीले तितो कचौराबाट पिएका छौँ। हामीमध्ये कतिपयले पक्राउ परेर जेल सजाय पाएका छौँ। यो सब कठिनाइ भोगेपछि, यति धेरै प्रवचन सुनेपछि, अनि बाइबलबारे धेरै कुरा सिकेपछि, कुनै दिन हामीले आशिष् पाएनौँ भने, हामी तेस्रो स्वर्गमा गएर परमेश्वरसँग तर्क गर्नेछौँ।’ के तिमीहरूले कहिल्यै यस्तो कुनै कुरा सुनेका छौ? तिनीहरू तेस्रो स्वर्गमा गएर परमेश्वरसँग तर्क गर्नेछौँ भनी भन्छन्—कस्तो साहस? के यो सुन्दा मात्रै पनि तिमीहरूलाई डर लाग्दैन र? कसले परमेश्वरसँग तर्क गर्न प्रयास गर्ने साहस गर्छ? … के त्यस्ता मानिसहरू प्रधान स्वर्गदूत होइनन् र? के तिनीहरू शैतान होइनन् र? तँ कसैसँग पनि तर्क गर्न सक्छस् तर परमेश्वरसँग सक्दैनस्। तैँले त्यस्तो कुरा गर्नु हुँदैन, वा यसबारे सोच्नुसमेत हुँदैन। आशिष् परमेश्वरबाट आउँछ: उहाँ त्यो जसलाई चाहनुहुन्छ उसलाई दिनुहुन्छ। तैँले आशिष् प्राप्त गर्ने सर्तहरू पूरा गरे पनि र परमेश्वरले तँलाई त्यो प्रदान गर्नुभएन भने पनि, तैँले परमेश्वरसँग तर्क गर्नु हुँदैन। सम्पूर्ण ब्रह्माण्ड र सारा मानवजाति परमेश्वरको शासनका अधीनमा छन्; परमेश्वर निर्णय गर्नुहुन्छ। तँ तुच्छ मानव भएर पनि, कसरी परमेश्वरसँग तर्क गर्ने आँट गर्न सक्छस्? तँ कसरी आफ्नो क्षमतालाई यति बढी ठान्न सक्छस्? किन तँ आफू को हो भनेर हेर्न ऐना हेर्दैनस्? के तँ यसरी सृष्टिकर्ताविरुद्ध सोर मच्चाउने र लडाइँ गर्ने आँट गरेर, काल खोजिरहेको हुँदैनस् र? ‘कुनै दिन हामीले आशिष् पाएनौँ भने, हामी तेस्रो स्वर्गमा गएर परमेश्वरसँग तर्क गर्नेछौँ’ भन्ने भनाइ परमेश्वरविरुद्ध खुल्लमखुल्ला सोर मच्चाउनु हो। तेस्रो स्वर्ग कस्तो स्थान हो? त्यो परमेश्वरको बासस्थान हो। परमेश्वरसँग तर्क गर्न तेस्रो स्वर्गमा जाने आँट गर्नु त परमेश्वरलाई ‘हटाउने’ प्रयास गर्नुजस्तै हो! के कुरा यही होइन र? कतिपयले यस्तो सोध्न सक्छन्, ‘ख्रीष्टविरोधीहरूसँग यसको के सम्बन्ध छ?’ तिनीहरूसँग यसको धेरै सम्बन्ध छ, किनभने परमेश्वरसँग तर्क गर्न तेस्रो स्वर्गमा जान चाहने सबै ख्रीष्टविरोधी हुन्। ख्रीष्टविरोधीहरूले मात्रै यस्ता कुराहरू भन्न सक्छन्। यस्ता शब्दहरू ख्रीष्टविरोधीहरूले आफ्नो हृदयभित्र पाल्ने आवाज हुन्। यो तिनीहरूको दुष्टता हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग दुई))। परमेश्वरका वचनहरूको प्रकटीकरणसामु म लज्जित भएँ र मैले के देखेँ भने आफ्नो कर्तव्य निर्वाहका क्रममा मेरा वर्षौंका कष्ट र बलिदान परमेश्वरका अभिप्रायहरूको ख्याल गर्न र सृजित प्राणीको कर्तव्य निर्वाह गर्दै परमेश्वरको प्रेमको गुन तिर्नका लागि रहेनछन्। ती सबै राज्यमा प्रवेश गरेर अनन्त आशिष्हरूको आनन्द लिनका लागि मात्र रहेछन्। मैले कर्तव्य निर्वाहलाई प्रकोपबाट बच्ने बाटोका रूपमा, अनि परमेश्वरसँग सौदाबाजी गर्ने साधन र पुँजीका रूपमा लिएकी थिएँ। त्यसैकारण म सधैँ मैले कति काम गरेकी छु, कति जना मानिसलाई विश्वासमा ल्याएकी छु, कति कष्ट भोगेकी र बलिदान दिएकी छु भनेर हिसाबकिताब गरिरहन्थेँ। मलाई लाग्थ्यो, यी कुराहरू जति धेरै हुन्छन्, मैले त्यति नै धेरै श्रेय कमाएकी हुन्छु र परमेश्वरद्वारा सुरक्षा पाउन र प्रकोपबाट बच्नका लागि म त्यति नै बढी योग्य भएकी हुन्छु। तर अचानक कोभिड लागेर बिरामी पर्दा, मैले परमेश्वरप्रति कसरी समर्पित हुने भनेर नखोजिकनै, उहाँका बारेमा गुनासो गरेँ र उहाँलाई गलत बुझेँ। त्यसको साटो, मैले परमेश्वरको निगाह पाउनका लागि कसरी राम्रो व्यवहार गर्ने भन्ने कुरा सोचेँ, ताकि उहाँले मलाई सुरक्षा दिनुहोस् र म छिट्टै निको हुन सकूँ। जब मैले आफ्नो अवस्था बिग्रँदै गएको देखेँ, तब म परमेश्वरप्रति निराश भएँ। मैले उहाँ निष्पक्ष नहुनुभएको र मलाई सुरक्षा नदिनुभएको भन्दै गुनासो गरेँ। तथ्यहरूले के प्रकट गरे भने मेरा आस्था र कर्तव्य केवल आशिष् पाउने उद्देश्यका लागि मात्र रहेछन्। म परमेश्वरलाई केवल आशिष् प्राप्त गर्ने मेरो आफ्नै लक्ष्य हासिल गर्नका लागि प्रयोग गर्दै थिएँ, यो त परमेश्वरसँग सौदा गर्नु र उहाँलाई छल्ने प्रयास गर्नु जस्तै थियो। म कति स्वार्थी र छली थिएँ! मैले अनुग्रहको युगमा सुसमाचार प्रचार गर्न युरोपभरि यात्रा गर्ने पावलका बारेमा सोचेँ। तिनले धेरै कष्ट भोगे र बलिदान दिए, तर तिनले अर्पण गरेका ती सबै कुरा स्वर्गको राज्यमा प्रवेश गर्न र इनाम पाउनका लागि थिए। अन्त्यमा, तिनले भने, “मैले असल लडाइँ लडेको छु, मैले मेरो यात्रा पूरा गरेको छु, मैले आस्था कायम राखेको छु: अबदेखि मेरा लागि धार्मिकताको मुकुट राखिएको छ” (२ तिमोथी ४:७-८)। त्यसको वास्तविक आशय परमेश्वरले तिनलाई मुकुट दिनुभएन भने, परमेश्वर धर्मी हुनुहुन्न भन्ने थियो। धार्मिक संसारका मानिसहरू पावलका यी वचनहरूबाट गहिरो रूपमा प्रभावित छन्। प्रभुको नाममा काम गर्ने र कष्ट भोग्नेहरू सबै स्वर्ग जान र आशिष् पाउनका लागि नै त्यसो गर्छन्। आशिष् पाएनन् भने, तिनीहरू परमेश्वरसँग आफ्ना कुरामा बहस गर्छन्। र म पनि तिनीहरू जस्तै थिएँ, होइन र? त्यसपछि म डराएँ। मैले आशिष् नपाए, ख्रीष्टविरोधीले जस्तै, परमेश्वरसँग बहस गर्नेछु र उहाँको अवज्ञा गर्नेछु भनेर कल्पना नै गरेकी थिइनँ। यदि तथ्यहरूको प्रकटीकरण नभएको भए, ममा यति गम्भीर ख्रीष्टविरोधी स्वभाव छ भन्ने कुरा मलाई थाहा हुने थिएन। मैले परमेश्वरका केही वचन सम्झिएँ: “मैले सुरुदेखि नै मानिसका लागि कडा मानक राखेको छु। यदि तेरो बफादारी अभिप्राय र सर्तहरूसहित आउँछ भने, बरु मलाई तेरो तथाकथित बफादारी नभएकै ठिक छ, किनभने मानिसहरूले आफ्ना अभिप्रायहरूद्वारा मलाई धोका दिने र सर्तहरू राखेर मबाट जबरजस्ती असुल्न खोज्ने कुरालाई म घृणा गर्छु। म मानिस मप्रति पूर्ण रूपमा बफादार होस्, र उसले एउटै शब्दको खातिर र त्यसलाई प्रमाणित गर्नका लागि सबै काम गरोस् भन्ने मात्र चाहन्छु: त्यो हो विश्वास। तिमीहरूले चिप्ला कुरा गरेर मलाई खुसी पार्ने प्रयास गर्दा म त्यसलाई घृणा गर्छु, किनभने मैले तिमीहरूलाई सधैँ सच्चाइका साथ व्यवहार गरेको छु, त्यसैले म तिमीहरूले पनि मप्रति साँचो विश्वासका साथ काम गर भन्ने चाहन्छु” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। के तँ साँच्चै परमेश्वरको विश्वासी होस्?)। परमेश्वरका वचनहरूबाट मैले उहाँको स्वभाव धर्मी र पवित्र छ, र यसले उल्लङ्घन सहँदैन भन्ने महसुस गर्न सकेँ। परमेश्वरले मानवजातिलाई मुक्ति दिन काम गर्नुहुन्छ, र उहाँले चाहनुभएको कुरा मानिसको साँचोपन र बफादारी हो। यदि मानिसहरूले दिने कुरा र आफूलाई अर्पण गर्ने कार्यमा लुकेका मनसाय र अशुद्धताहरू छन्, अनि त्यसभित्र मोलतोल र छलछाम समावेश छन् भने, तिनीहरूले परमेश्वरको अनुमोदन प्राप्त गर्नेछैनन्, र वास्तवमा तिनीहरू परमेश्वरलाई वाक्क र घृणित लाग्नेछन्, र उहाँद्वारा दोषी ठहरिनेछन्। यो पावलले भोगे जस्तै हो, उनले परमेश्वरको आशिष् पाउनुको साटो, अन्ततः नरकमा कठोर दण्ड पाए। के परमेश्वरलाई आफ्नो कर्तव्य निर्वाहमा मैले अपनाएको लेनदेनमुखी र मिसावटपूर्ण तरिकाबाट वाक्क र घृणा लागेको थिएन र? आज, बिरामी पर्दा यसले मेरो आस्था पछाडि लुकेका घृणास्पद अभिप्रायहरू प्रकट गरिदिएको र मलाई परमेश्वरको धार्मिकता र पवित्रता देखाएको थियो। त्यसपछि, मैले यो रोग लागेको कुरालाई हृदयदेखि नै पूर्ण रूपमा स्वीकार गरेँ र यसप्रति समर्पित भएँ।
पछि मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढेँ: “जब कुनै व्यक्ति सृजित प्राणीको हैसियतले सृष्टिकर्तासामु आउँछ, तब उसले आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ। यसो गर्नुपर्ने अत्यन्तै उचित कुरा हो, र उसले यो जिम्मेवारी पूरा गर्नुपर्छ। सृजित प्राणीहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने आधारमा, सृष्टिकर्ताले मानवजातिमाझ योभन्दा अझ महान् काम गर्नुभएको छ, उहाँले मानिसहरूमाझ कामको थप कदम सम्पन्न गर्नुभएको छ। अनि त्यो काम के हो त? उहाँ मानवजातिलाई सत्यता प्रदान गर्नुहुन्छ, अनि तिनीहरूले आफ्ना कर्तव्यहरू निर्वाह गर्दैगर्दा परमेश्वरबाट सत्यता हासिल गर्न सक्छन्, अनि यसमार्फत आफ्ना भ्रष्ट स्वभावहरूलाई फाल्न र शुद्ध पारिन, परमेश्वरका अभिप्रायहरू सन्तुष्ट पार्न र जीवनको सही मार्गमा लाग्न सक्छन्, अनि अन्ततः तिनीहरू परमेश्वरको डर मान्न र दुष्टताबाट अलग बस्न, पूर्ण मुक्ति हासिल गर्न, र अब उप्रान्त शैतानका कुनै कष्टहरूमा नपरी बस्न सक्षम हुन्छन्। परमेश्वरले मानवजातिलाई कर्तव्यहरू निर्वाह गर्न लगाएर हासिल गर्ने अभिप्राय राख्नुभएको आखिरी प्रभाव यही हो। त्यसैकारण, तैँले तेरो कर्तव्य निर्वाह गर्ने सिलसिलामा, परमेश्वर तँलाई केवल एउटा कुरा स्पष्टसित देख्न वा अलिकति सत्यता बुझ्न मात्र लगाउनुहुन्न, न त उहाँ तँलाई तैँले सृजित प्राणीको हैसियतले आफ्नो कर्तव्य निर्वाह गरेर प्राप्त गर्ने अनुग्रह र आशिष्हरू उपभोग गर्न सक्षम मात्र नै तुल्याउनुहुन्छ। बरु यसको साटो, उहाँ त तँलाई शुद्ध पारिन र मुक्ति पाउन दिनुहुन्छ, अनि अन्ततः सृष्टिकर्ताको मुहारको ज्योतिमा जिउन ल्याउनुहुन्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग सात))। परमेश्वरका वचनहरूले साँच्चिकै मेरो मन छोए। एउटा सृजित प्राणीका लागि, कर्तव्य निर्वाह गर्नु भनेको पन्छिन नमिल्ने जिम्मेवारी र दायित्व हो। त्योभन्दा पनि बढी, यो सत्यता प्राप्त गर्ने र स्वभावमा परिवर्तन ल्याउने मार्ग हो। हाम्रा कर्तव्यहरूको क्रममा, परमेश्वरले मानिसहरूका भ्रष्ट स्वभावहरू प्रकट गर्न विभिन्न प्रकारका परिस्थितिहरू खडा गर्नुहुन्छ। त्यसपछि, उहाँका वचनहरूको न्याय र खुलासाद्वारा, अनि उहाँको काटछाँट र ताडनामार्फत, उहाँले हामीलाई हाम्रो भ्रष्ट स्वभाव बुझ्ने र परिवर्तन गर्ने अवसर दिएर, शैतानको भ्रष्टता अनि हैरानीहरूको अधीनमा पर्नबाट जोगाउनु हुन्छ। परमेश्वरको श्रमसाध्य अभिप्राय यही नै हो। वर्षौंदेखि आफ्नो कर्तव्य निर्वाहका क्रममा, परमेश्वरद्वारा खडा गरिएका परिस्थितिहरूमा मैले धेरै भ्रष्टता प्रकट गरेकी थिएँ। मैले आफ्ना भ्रष्ट स्वभावहरूबारे केही बुझाइ प्राप्त गरेकी थिएँ। त्यसपछि मैले आफैलाई घृणा गर्न थालेकी थिएँ र पश्चात्ताप गरेर परिवर्तन भएकी थिएँ, र केही मानव रूपमा जिउन थालेकी थिएँ। मैले आफ्नो कर्तव्यमार्फत यति धेरै कुरा प्राप्त गरेकी थिएँ, तर पनि म कृतज्ञ थिइनँ। बरु त्यसको साटो, मैले आफ्नो कर्तव्य निर्वाहलाई प्रकोपबाट बच्ने मोलतोलको साधन र पुँजीको रूपमा प्रयोग गरेकी थिएँ, अनि परमेश्वरलाई छल र दोहन गर्न सकिन्छ जस्तो गरी उहाँसँग व्यवहार गरेकी थिएँ। कति घृणास्पद! परमेश्वरले यति धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ, तर तिनको कदर गर्नुको साटो मैले कसरी आशिषित हुने, प्रकोपबाट बच्ने, स्वर्गको राज्यमा प्रवेश गर्ने र इनाम पाउने भन्नेबारे मात्र सोचेँ। म कति नीच थिएँ! मैले परमेश्वरलाई प्रार्थना गरेँ र अब म आशिषित हुने खातिर मात्र आफ्नो कर्तव्य निर्वाह गर्नेछैनँ, म परमेश्वरको प्रेमको गुन तिर्न आफ्नो कर्तव्यमा लगनशीलताका साथ सत्यता पछ्याउनेछु भनी कसम खाएँ। मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढेँ जसले मलाई अभ्यासको मार्ग दिए। परमेश्वरका वचनहरूले भन्छन्: “यदि, परमेश्वरमाथिको तेरो विश्वासमा र सत्यताको पछ्याइमा, तँ यसो भन्न सक्छस् भने, ‘परमेश्वरले मलाई कुनै बिमार आइपर्न दिनुभएको होस् वा मन नपर्ने घटना आइपर्न दिनुभएको होस्—परमेश्वरले चाहे जे नै गर्नुभए पनि—मैले समर्पण देखाउनैपर्छ, र सृजित प्राणीका रूपमा मेरो ठाउँमा रहनुपर्छ। सबै कुराभन्दा पहिले, मैले सत्यताको यो पक्ष—समर्पण—लाई व्यवहारमा उतार्नैपर्छ, मैले यसलाई लागू गर्नैपर्छ र परमेश्वरप्रतिको समर्पणको वास्तविकतामा जिउनुपर्छ। यसबाहेक, परमेश्वरले मलाई आज्ञा गर्नुभएको कुरा र मैले निर्वाह गर्नुपर्ने कर्तव्यलाई मैले पन्छाउनु हुँदैन। मेरो अन्तिम सासमा पनि, म आफ्नो कर्तव्यमा दृढ हुनैपर्छ,’ के यो गवाही दिनु होइन र? जब तँसँग यस्तो सङ्कल्प र यस्तो स्थिति हुन्छ, के तैँले अझै पनि परमेश्वरका बारेमा गुनासो गर्नेछस्? अहँ, गर्नेछैनस्। त्यस्तो बेला, तैँले मनमनै विचार गर्नेछस्, ‘परमेश्वर मलाई यो सास दिनुहुन्छ, उहाँले मलाई यतिका वर्षदेखि भरणपोषण र सुरक्षा गर्दै आउनुभएको छ, उहाँले मलाई धेरै पीडाबाट जोगाउनुभएको छ, मलाई धेरै अनुग्रह, र धेरै सत्यताहरू दिनुभएको छ। मैले मानिसहरूले युगौँयुग र पुस्तौँपुस्तादेखि नबुझेका सत्यता र रहस्यहरू बुझेको छु। मैले परमेश्वरबाट धेरै कुरा प्राप्त गरेको छु, त्यसकारण मैले परमेश्वरलाई प्रतिदान गर्नैपर्छ! पहिले, मेरो कद सानो थियो, मलाई केही थाहा थिएन, र मैले सधैँ परमेश्वरलाई चोट पुर्याउने कामहरू गरेँ। भविष्यमा मैले परमेश्वरलाई प्रतिदान गर्ने मौका नपाउन सक्छु। मेरो जिउने समय जति बाँकी भए पनि, मैले आफूसँग भएको थोरै शक्ति चढाउनुपर्छ, र मैले गर्न सक्ने सबै कुरा परमेश्वरलाई अर्पण गर्नुपर्छ, ताकि परमेश्वरले मलाई यतिका वर्षसम्म भरणपोषण गरेर व्यर्थ भएको छैन, बरु यसले नतिजा दिएको छ भनी देख्न सक्नुहोस्, र ताकि मैले परमेश्वरलाई सान्त्वना दिन सकूँ, र उहाँलाई अब चोट पुर्याउने वा निराश तुल्याउने काम नगरूँ।’ त्यो कस्तो सुनिन्छ? आफूलाई कसरी बचाउने वा कसरी उम्कने भन्नेबारे सोचेर यस्तो नसोच्, ‘यो रोग कहिले निको हुन्छ? जब यो निको हुन्छ, म आफ्नो कर्तव्य निर्वाह गर्न र अर्पित हुन सक्दो प्रयास गर्नेछु। म बिरामी हुँदा कसरी अर्पित हुन सक्छु? म एक सृजित प्राणीको कर्तव्य कसरी निर्वाह गर्न सक्छु?’ जबसम्म तँसँग एक सास बाँकी छ, के तँ आफ्नो कर्तव्य निर्वाह गर्न सक्षम हुँदैनस्? जबसम्म तँसँग एक मुठ्ठी सास बाँकी हुन्छ, के तँ परमेश्वरलाई लज्जित नपार्न सक्दैनस् र? जबसम्म तँसँग एक मुठ्ठी सास बाँकी हुन्छ, जबसम्म तेरो मन स्पष्ट हुन्छ, के तँ परमेश्वरलाई गनगन नगरी बस्न सक्छस्? (सक्छु।) अहिले ‘सक्छु’ भन्न सजिलो छ, तर जब तँ साँच्चै बिरामी हुन्छस्, तब तैँले ‘यो सजिलो छैन’ भन्नेछस्। त्यसैले, तिमीहरूले सत्यता पछ्याउनुपर्छ, प्रायः सत्यतामा कडा मेहनत गर्नुपर्छ, र परमेश्वरका अभिप्रायहरूलाई कसरी पूरा गर्न सकिन्छ, कसरी परमेश्वरको प्रेमको प्रतिदान गर्न सकिन्छ, र एक सृजित प्राणीको कर्तव्य कसरी पूरा गर्न सकिन्छ भनी अझ बढी मनन गर्नुपर्छ। सृजित प्राणी भनेको के हो? के सृजित प्राणीको जिम्मेवारी परमेश्वरका वचनहरू सुन्नु मात्रै हो? होइन—यो त परमेश्वरका वचनहरूमा जिउनु पनि हो। परमेश्वरले तँलाई यति धेरै सत्यता, यति धेरै मार्ग, र यति धेरै जीवन दिनुभएको छ, ताकि तैँले यी कुराहरू जिउन र उहाँका लागि गवाही दिन सकेस्। सृजित प्राणीले गर्नुपर्ने यही नै हो, र यो तेरो जिम्मेवारी र दायित्व हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरका वचनहरू बारम्बार पढेर अनि सत्यता मनन गरेर मात्र पछ्याउने मार्ग प्राप्त गर्न सकिन्छ)। परमेश्वरका वचनहरू मेरा लागि एकदमै मन छुने खालका छन्। परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ र म सृजित प्राणी हुँ, त्यसैले मेरो नियति उहाँकै हातमा छ। उहाँले मलाई यो रोग लाग्न दिनुभयो, त्यसैले म बाँचे पनि या मरे पनि परमेश्वरको सार्वभौमिकता अनि बन्दोबस्तहरूप्रति समर्पित हुनुपर्छ। सृजित प्राणीमा हुनुपर्ने आधारभूत बोध यही नै हो। अनि कर्तव्य भनेको सृजित प्राणीले दृढतापूर्वक पालना गर्नुपर्ने कुरा हो। जुनसुकै बेला, जेसुकै भए पनि, जबसम्म मेरो शरीरमा सास रहन्छ, तबसम्म मैले मेरो कर्तव्य दृढतापूर्वक पालना गर्नुपर्छ। वर्षौंदेखि मैले परमेश्वरको प्रेमको यति धेरै आनन्द लिएकी थिएँ, तर सत्यता नपछ्याएकी हुनाले म सधैँ उहाँको विरुद्ध विद्रोह गरिरहन्थेँ र उहाँलाई चोट पुर्याइरहन्थेँ। म परमेश्वरको ठूलो ऋणमा थिएँ। जबसम्म म जीवित रहन्थेँ, तबसम्म मैले परमेश्वरको प्रेमको गुण तिर्न आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्थ्यो। त्यसपछिका दिनहरूमा, म हरेक दिन परमेश्वरलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य कसरी राम्ररी निर्वाह गर्ने भनेर मनन गर्थेँ। मैले सहकार्य गर्ने सिस्टर सुसमाचार प्रचार गर्ने काममा नयाँ थिइन् र तिनलाई धेरैजसो सिद्धान्तहरू थाहा थिएन, त्यसैले समस्याहरू देखा परिरहन्थे। म अनलाइनमार्फत तिनलाई मद्दत र मार्गदर्शन गरिरहन्थेँ। म प्रायः परमेश्वरसामु आफैलाई शान्त गराउँथेँ, उहाँका वचनहरू पढ्थेँ र उहाँको प्रशंसामा भजनहरू गाउँथेँ। मलाई अझै पनि खोकी लागिरहेको थियो र ज्वरो पनि थियो, तर म अब बिमारीको बन्धनमा थिइनँ, र म मर्छु कि भनेर सोच्न छाडेकी थिएँ। मलाई थाहा थियो, मेरो जीवन परमेश्वरको हातमा छ र परमेश्वरको सार्वभौमिकता र पूर्वनियोजनले नै म कति समय जिउँछु भनेर तय गर्नेछ। परमेश्वरले मलाई दिने हरेक दिन मैले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न र परमेश्वरको प्रेमको गुण तिर्न प्रयास गर्ने दिन हो। जब परमेश्वरले मलाई मृत्युको मुखमा पर्न दिने दिन आउँछ, तब म समर्पित हुनेछु र कुनै गुनासो गर्नेछैनँ।
एक साँझ मलाई लगातार खोकी लागिरह्यो र मेरो घाँटी कफले भरिएको थियो। मलाई उच्च ज्वरो आएको थियो र पूरै शरीर दुखेको थियो। म ओछ्यानमा यताउता पल्टिरहेँ, मलाई धेरै गाह्रो भइरहेको थियो र निदाउन सकेकी थिइनँ। मैले सोचेँ, “के म मर्न लागेकी हुँ त? सुतेपछि फेरि कहिल्यै नबिउँझने पो हो कि?” मृत्युको विचार एकदमै व्याकुल बनाउने खालको थियो, र म परमेश्वरका वचनहरू पढ्ने मौका फेरि कहिल्यै नपाउने हो कि भन्ने सोचले म रुन थालेँ। म उठेँ, मेरो कम्प्युटर खोलेँ, र परमेश्वरका वचनहरूको यो खण्ड पढेँ: “सबैको आयु परमेश्वरद्वारा पूर्वनियोजित गरिएको छ। कुनै रोग चिकित्साको दृष्टिकोणबाट ज्यानै जाने हुन सक्छ, तर परमेश्वरको दृष्टिकोणबाट, यदि तेरो आयु अझै सकिएको छैन र तेरो समय आउन बाँकी नै छ भने, तँ चाहेर पनि मर्न सक्दैनस्। यदि तँलाई परमेश्वरले आज्ञा दिनुभएको छ, र तेरो मिसन पूरा भएको छैन भने, तँलाई प्राणघातक रोग लागे पनि, तँ मर्नेछैनस्—परमेश्वरले तँलाई अझै लानुहुनेछैन। यदि तँ प्रार्थना गर्दैनस् र सत्यता खोज्दैनस्, र आफ्नो रोगको उपचारमा ध्यान दिँदैनस्, वा तेरो उपचारमा ढिलाइ भयो भने पनि, तँ मर्नेछैनस्। यो कुरा विशेष गरी परमेश्वरले महत्त्वपूर्ण आज्ञा दिनुभएकाहरूका हकमा सत्य हो। जब तिनीहरूको मिसन पूरा हुन बाँकी हुन्छ, तब तिनीहरूलाई जुनसुकै रोग लागे पनि, तिनीहरू तुरुन्तै मर्नेछैनन्; तिनीहरू मिसन पूरा हुने अन्तिम क्षणसम्म जिउनेछन्। के तँसँग यो विश्वास छ? … तथ्य के हो भने, चाहे तेरो मोलतोल आफ्नो रोग निको पार्न र मर्नबाट जोगिनका लागि होस्, वा यसको पछाडि तेरो अरू कुनै अभिप्राय वा उद्देश्य होस्, परमेश्वरको दृष्टिकोणमा, तैँले आफ्नो कर्तव्य निर्वाह गर्न सकेसम्म, तँ अझै पनि प्रयोग गरिन लायक भएसम्म, र परमेश्वरले तँलाई प्रयोग गर्ने निर्णय गर्नुभएसम्म, त्यसको अर्थ के हो भने तँ मर्नु हुँदैन। तँ चाहेर पनि मर्न सक्नेछैनस्। तर तैँले जथाभाबी रूपमा समस्या ल्याइस्, र अनेक किसिमका दुष्ट कार्यहरू गरिस्, र परमेश्वरको स्वभाव चिढ्याइस् भने, तँ झन् छिटो मर्नेछस्; तेरो आयु घटाइनेछ। परमेश्वरले हरेक व्यक्तिको आयु संसारको सृष्टि हुनुभन्दा पहिले नै पूर्वनियोजन गर्नुभएको थियो। यदि तिनीहरू परमेश्वरका प्रबन्ध र योजनाबद्ध कार्यहरूप्रति समर्पित हुन सक्छन् भने, तिनीहरूले बिमारी भोगे वा नभोगे पनि, र तिनीहरूको स्वास्थ्य राम्रो वा खराब भए पनि, तिनीहरू परमेश्वरले पहिले नै पूर्वनियोजन गर्नुभएको वर्ष सङ्ख्या नै बाँच्नेछन्। के तँमा यो विश्वास छ?” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरू पढ्दा, मैले उहाँको प्रेम र कृपा महसुस गर्न सकेँ। यसले मेरो हृदयलाई न्यानो बनायो। मैले परमेश्वरको अभिप्रायलाई अलि राम्ररी बुझेँ। म आखिरी दिनहरूमा जन्मन, परमेश्वरमा विश्वास गर्न र कर्तव्य निर्वाह गर्न पाउनु सबै परमेश्वरद्वारा नै निर्धारण गरिएको थियो। म बिरामी होऊँ या नहोऊँ, यदि परमेश्वरले मेरा दिनहरू सकिएका छन् भनी नियोजन गर्नुभएको छ भने म मर्नुपर्ने नै हुन्थ्यो। अनि यदि परमेश्वरले अन्यथा नियोजन गर्नुभएको छ भने, मलाई ज्यानै लिने रोग लागे पनि म मर्नेथिइनँ। मलाई केले पर्खिरहेको छ भन्ने मलाई थाहा थिएन, तर मैले मेरो जीवन परमेश्वरका हातमा सुम्पनुपर्थ्यो अनि उहाँको योजनाबद्ध कार्य र बन्दोबस्तहरूलाई पछ्याउनुपर्थ्यो। म जुनसुकै बेला मर्न सक्छु भनी सोचेर, म साँच्चिकै एकपटक परमेश्वरसँग फेरि हृदयदेखि बोल्न चाहन्थेँ। मैले घुँडा टेकेर परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर! मलाई तपाईँको आवाज सुन्न दिनुभएकोमा र तपाईँले भनेका यति धेरै कुराबाट मलजल र भरणपोषण प्राप्त गर्न दिनुभएकोमा, अनि मलाई सत्यता बुझ्न र आफूलाई सही आचरणमा ढाल्न सिक्ने अवसर दिनुभएकोमा तपाईँलाई धन्यवाद। मेरो जीवन व्यर्थ भएको छैन भन्ने मलाई लागेको छ। यो सबै तपाईँको कृपा र मुक्तिद्वारा नै भएको हो! कुरा के मात्र हो भने, म अति नै गहिरो रूपमा भ्रष्ट छु, र म सधैँ तपाईँको विरुद्ध विद्रोह गरिरहन्छु र तपाईँलाई चोट पुर्याइरहन्छु। मैले राम्ररी सत्यता पछ्याएकी छैनँ वा तपाईँको प्रेमको गुन तिर्न साँचो रूपमा आफ्नो कर्तव्य निर्वाह गरेकी छैनँ। साथै, मैले तपाईँलाई अलिकति पनि सान्त्वना दिएकी छैनँ। म तपाईँको ठूलो ऋणमा छु। मलाई थाहा छैन मैले तपाईँको प्रेमको गुण तिर्ने अर्को मौका पाउनेछु कि छैन। यदि म बाँचेँ भने, म साँच्चै सत्यता पछ्याउन चाहन्छु र तपाईँलाई सन्तुष्ट पार्न मेरो कर्तव्य राम्ररी निर्वाह गर्न चाहन्छु…।” त्यो रात, म कतिबेला निदाएँ मलाई पत्तै भएन। भोलिपल्ट बिउँझनेबित्तिकै, मलाई पूर्ण रूपमा आराम महसुस भयो, मानौँ म कहिल्यै बिरामी नै भएकी थिइनँ। मेरो घाँटी ठीक थियो र कफ सबै हराइसकेको थियो। म हतार-हतार आफ्नो तापक्रम जाँच्न गएँ र सामान्य अवस्थामा फर्किएको पाएँ। यस कुराबाट म एकदमै प्रभावित भएँ, र मलाई यो परमेश्वरको कृपा र सुरक्षा हो भन्ने थाहा भयो। कोभिड लाग्दा मैले धेरै विद्रोहीपन र प्रतिरोध प्रकट गरे तापनि, परमेश्वरले अझै पनि मेरो हेरचाह र सुरक्षा गर्नुभयो। मैले आँसु थाम्न सकिनँ, र परमेश्वरलाई धन्यवाद र प्रशंसा अर्पित गरेँ।
दुई महिना बित्यो, र यस अवधिभरि मेरो तापक्रम सामान्य नै रह्यो। बिमारी फेरि बल्झिएन, र पत्तै नपाई म पूर्ण रूपमा निको भएँ। कोभिड लाग्दा यसले मेरो आस्था र कर्तव्यमा लुकेका अभिप्राय र अशुद्धताहरूलाई प्रकट गरिदियो, र आशिष् पाउनका लागि परमेश्वरसँग सौदाबाजी गर्ने मेरो नीच मनसायहरू देख्ने मौका दियो। यसबाट, मैले आफैबारे केही बुझाइ प्राप्त गरेँ र आफैलाई घृणा गरेँ। साथै, मैले परमेश्वरको पवित्र, धर्मी स्वभावको बारेमा केही वास्तविक अनुभव र बुझाइ, अनि परमेश्वरको सार्वभौमिकता अनि बन्दोबस्तहरूप्रति समर्पणताको बोध प्राप्त गरेँ। बिरामी पर्ने यो अनुभवमार्फत मैले शोधन र पीडा भोगे तापनि, मैले धेरै कुरा प्राप्त पनि गरेँ जुन मैले कम कष्टदायी परिस्थितिबाट प्राप्त गर्न सक्नेथिइनँ। जब-जब म यो अनुभवबाट मैले के पाएँ भन्ने कुरा फर्केर सोच्छु, तब-तब म परमेश्वरप्रति कृतज्ञता र प्रशंसाले भरिन्छु। परमेश्वरको मुक्तिका लागि म उहाँलाई धन्यवाद दिन्छु!