२४. एउटा त्यान्द्रोको भरमा झुन्डिएको म

झाङ, हुइ, चीन

मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको काम स्वीकार गरेको धेरै समय नबित्दै, मेरो पुरानो मण्डलीको एक जना ब्रदरलाई सुसमाचार सुनाएँ। अनि एकदिन दिउँसो, पाष्टर ली र सहकर्मी वाङ मेरो घरमा आए। मेरो मुटु ढुकढुक गरिरहेको थियो। मैले सोचेँ, “तिनीहरू केका लागि आएका होलान्? के मैले सर्वशक्तिमान्‌ परमेश्‍वरलाई स्वीकार गरेको कुरा तिनीहरूलाई थाहा भयो? मण्डलीका अरू सदस्यहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरलाई स्वीकार गर्दा, तिनीहरूले अफवाहहरू फैलाएका थिए, उनीहरूलाई धम्काएका थिए, र उनीहरूका परिवारलाई उक्साएर आस्थाको विरोध गर्न लगाएका थिए। तिनीहरूले मेरा विरुद्धमा कस्ता चालहरू चल्ने हुन्?” मेरो छोरा र छोरी छिट्टै आइपुगे। म अलमल्ल परेँ। मेरा छोराछोरीले आफूहरू निकै व्यस्त रहेको बताएका थिए, अनि आज किन उनीहरू दुवै जना आए त? के पाष्टर लीले नै यस्तो चाँजोपाँजो मिलाएका हुन् त? तिनीहरूले यसका लागि पहिले नै तयारी गरेका रहेछन् भन्‍ने मलाई महसुस भयो। मैले तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, तिनीहरूले ममाथि के गर्न खोज्दै छन् मलाई थाहा छैन। यसको कसरी सामना गर्ने भनेर बुझ्‍नका लागि मेरो कद धेरै सानो छ। कृपया मलाई मार्गदर्शन दिनुहोस् र साँचो मार्गमा दृढ रहन सहायता गर्नुहोस्।” प्रार्थना गरेपछि मैले शान्त महसुस गरेँ।

त्यही बेला, पाष्टर लीले मुस्कुराउँदै भने, “ब्रदर झाङ, तपाईँले अचेल पूर्वीय ज्योतिलाई स्वीकार गर्नुभएको छ भन्‍ने सुनेको छु। के त्यो साँचो हो? पूर्वीय ज्योतिमा जतिसुकै सत्यता भए पनि, हामीले त्यसलाई स्वीकार गर्न हुँदैन। हामी सबैले धेरै वर्षदेखि प्रभुमा विश्‍वास गरेका छौँ, अनि उहाँका लागि प्रचार गरेका छौँ र काम गरेका छौँ। प्रभु येशू क्रूसमा टाँगिनुभयो र पापबलि बन्‍नुभयो, जसले हामीलाई हाम्रा पापहरूबाट छुटकारा दियो भन्‍ने कुरा हामी सबैलाई थाहा छ। हामीले जतिबेला पनि प्रभुको नाम र मार्गलाई थामी राख्नुपर्छ। हामीले अर्को परमेश्‍वरमा विश्‍वास गर्नु हुँदैन। प्रभु येशूबाट टाढा भएर र सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गरेर, के तपाईँले प्रभुलाई धोका दिइरहनुभएको छैन र?” मैले विचलित नभई शान्त भएर भनेँ, “पाष्टर ली, हामी वस्तुनिष्ठ र व्यावहारिक हुनुपर्छ। हामी प्रमाणको आधारमा चल्नुपर्छ र यसलाई मनपरी ढङ्गले दोषी ठहराउनु हुँदैन। तपाईँले पूर्वीय ज्योतिको मार्ग अनुसन्धान गर्नुभएको छैन, न त सर्वशक्तिमान्‌ परमेश्‍वरका वचन पढ्नुभएको छ, अनि मैले पूर्वीय ज्योति स्वीकार गरेर प्रभुलाई धोका दिँदै छु भनेर तपाईँ कसरी निष्कर्ष निकाल्न सक्नुहुन्छ? के तपाईँलाई थाहा छ सत्यता कहाँबाट आउँछ? सत्यता कसले व्यक्त गर्छ? प्रभु येशूले भन्‍नुभयो: ‘म बाटो, सत्य र जीवन हुँ(यूहन्‍ना १४:६)। परमेश्‍वर सत्यताको स्रोत हुनुहुन्छ। तपाईँ कसरी भन्‍न सक्नुहुन्छ पूर्वीय ज्योतिमा जतिसुकै सत्यता भए पनि हामीले त्यसलाई स्वीकार गर्न हुँदैन भनेर? के त्यो जानीजानी सत्यताको प्रतिरोध गर्नु, अनि परमेश्‍वरकै प्रतिरोध गर्नु होइन र? के त्यसोभए हामी प्रभुमा विश्‍वास गर्नेहरूमा गनिन्छौँ र? मैले हालै सर्वशक्तिमान्‌ परमेश्‍वरका धेरै वचन पढेको छु, र ती सबै सत्यता हुन्, तिनले धेरै सत्यता र रहस्य प्रकाश गर्छन् भन्‍ने मैले देखेको छु। मेरो वर्षौंको आस्थामा मैले भोगेका सबै सङ्घर्षहरू सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनमार्फत समाधान भएका छन्। सर्वशक्तिमान्‌ परमेश्‍वर नै प्रभु येशूको पुनरागमन हुनुहुन्छ भन्‍नेमा मेरो दृढ विश्‍वास छ। सर्वशक्तिमान्‌ परमेश्‍वरलाई पछ्याउनु भनेको प्रभुको आगमनलाई स्वागत गर्नु हो। तपाईँ सर्वशक्तिमान्‌ परमेश्‍वरमाथिको आस्था प्रभु येशूप्रतिको धोका हो भन्‍नुहुन्छ। के त्यो सत्यताअनुसारको छ त? जब प्रभु येशू काम गर्न आउनुभयो, तब उहाँलाई पछ्याउन धेरै मानिसहरूले मन्दिर छाडे। के त्यसको अर्थ तिनीहरूले यहोवा परमेश्‍वरलाई धोका दिएका थिए त? यद्यपि प्रभु येशूको छुटकाराको काम यहोवा परमेश्‍वरले गर्नुभएको व्यवस्था घोषणा गर्ने कामभन्दा फरक थियो, र परमेश्‍वरको नाम पनि परिवर्तन भयो, तैपनि प्रभु येशू र यहोवा एउटै परमेश्‍वर हुनुहुन्छ। प्रभु येशूमा विश्‍वास गरेर, तिनीहरूले यहोवा परमेश्‍वरलाई धोका दिइरहेका थिएनन्, बरु तिनीहरूले थुमाका पदचापहरू पछ्याइरहेका र परमेश्‍वरको मुक्ति प्राप्त गरिरहेका थिए। वास्तवमा, जसले यहोवा परमेश्‍वरमा विश्‍वास गरे तर प्रभु येशूलाई स्वीकार गरेनन्, तिनीहरू नै परमेश्‍वरलाई त्याग्‍ने र उहाँलाई धोका दिनेहरू थिए। सर्वशक्तिमान्‌ परमेश्‍वरको काम प्रभु येशूको कामभन्दा फरक छ र परमेश्‍वरको नाम परिवर्तन भएको छ, तर उहाँहरू एउटै परमेश्‍वर हुनुहुन्छ। परमेश्‍वरले फरक-फरक युगहरूमा फरक-फरक काम मात्रै गर्नुहुन्छ। प्रभु येशूले अनुग्रहको युगमा छुटकाराको काम गर्नुभयो, त्यो हाम्रा पापहरूलाई क्षमा दिनु मात्र थियो। उहाँले मानवजातिको पापी प्रकृतिलाई समाधान गर्नुभएन। त्यहीकारण उहाँले न्यायको काम गर्न फेरि आउने प्रतिज्ञा गर्नुभयो। सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूमा आउनुभएको छ। उहाँले प्रभुको छुटकाराको कामको जगमा रही हाम्रो न्याय गर्न सत्यताहरू व्यक्त गर्दै हुनुहुन्छ, ताकि हाम्रा शैतानी स्वभावहरू र पापी प्रकृति समाधान हुन सकोस्, र हामीलाई पापबाट पूर्ण रूपमा मुक्ति दिएर परमेश्‍वरले प्राप्त गर्न सक्नुभएको होस्। सर्वशक्तिमान्‌ परमेश्‍वरको काम र वचनहरूले प्रभु येशूका अगमवाणीहरूलाई पूर्ण रूपमा पूरा गर्छन्। सर्वशक्तिमान्‌ परमेश्‍वरमाथिको मेरो विश्‍वास प्रभु येशूप्रतिको धोका होइन। यो त थुमाको पदचापहरू पछ्याउनु हो। हामीले प्रभु येशूमा विश्वास गर्ने तर सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार नगर्ने हो भने के हामी ठ्याक्कै ती फरिसीहरू जस्तै हुँदैनौँ र, जसले यहोवा परमेश्‍वरमा मात्र विश्‍वास गरे र प्रभु येशूलाई इन्कार गरे? यस्ता मानिसहरू नै हुन् जसले प्रभुको प्रतिरोध गर्छन् र उहाँलाई धोका दिन्छन्। तपाईँहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई राम्ररी बुझ्नुपर्छ र उहाँका वचनहरू परमेश्‍वरको आवाज हुन् कि होइनन् भनेर आफैले हेर्नुपर्छ। यसको मनोमानी ढङ्गले मूल्याङ्कन गर्ने र यसलाई दोषी ठहराउने काम नगर्नुहोस्, नत्र प्रभुको विरोध गरेकोमा तपाईँहरू दोषी ठहरिन सक्नुहुन्छ।”

मैले ती कुरा भनिसकेपछि, पाष्टर ली निकै असहज देखिए, त्यसैले कुरा मिलाउन सहकर्मी वाङले हतारहतार भने, “हामी पूर्वीय ज्योतिको विरोध गर्छौं र मण्डलीको सुरक्षा गर्न, बगालको हेरचाह गर्न हाम्रा सदस्यहरू यसमा सामेल होऊन् भन्‍ने हामी चाहँदैनौँ। त्यसका लागि प्रभुले हामीलाई कसरी दोषी ठहराउन सक्नुहुन्छ र? पाष्टर ली तपाईँको जीवनप्रति जिम्मेवार रहेको महसुस गर्नुहुन्छ। तपाईँ गलत बाटोमा गएको उहाँ चाहनुहुन्‍न। तपाईँ एक सहकर्मी रहिसक्नुभएको छ, र तपाईँले मण्डलीका लागि धेरै गर्नुभएको छ। सबैले तपाईँलाई आदर र भरोसा गर्छन्। यदि तपाईँ मण्डली छाडेर सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्न जानुभयो भने, तिनीहरू सबै धेरै निराश हुनेछन्!” पाष्टर लीले तुरुन्तै कुरा थपे, “ब्रदर वाङको कुरा सही हो। तपाईँले यतिका वर्ष धेरै मेहनत गर्नुभएको छ। तपाईँले आफ्ना लागि बनाएका इज्जत र हैसियतलाई यसरी चटक्कै छाडेर हिँड्नु त सार्है अफसोसको कुरा हुनेछ! फर्कनुहोस्। सबैले तपाईँलाई पर्खिरहेका छन्। हाम्रो मण्डलीले एउटा वृद्धाश्रम खोलेको छ, हामीले विदेशका धार्मिक समूहहरूसँग सम्बन्ध गाँसेका छौँ र तिनीहरूले हामीलाई आर्थिक सहयोग दिइरहेका छन्। तपाईँ फर्केर आउनुभयो भने, हामी तुरुन्तै तपाईँलाई एउटा कार दिनेछौँ। तपाईँ वृद्धाश्रम चलाउन चाहनुहुन्छ, वा मण्डली सम्हाल्न चाहनुहुन्छ, वा मण्डलीको आर्थिक कारोबार हेर्न चाहनुहुन्छ, त्यो सबै तपाईँकै निर्णयमा हुनेछ।” मैले तिनीहरूका कुरा जति धेरै सुनेँ, त्यति नै मलाई केही गडबड छ जस्तो लाग्यो। विश्‍वासीहरूले कसरी यस्तो कुरा गर्न सक्छन्? मलाई बाइबलमा दियाबलस शैतानले प्रभु येशूलाई गरेको परीक्षाको याद आयो: “फेरि, दियाबलसले उहाँलाई एकदमै अग्लो पहाडमा लैजान्छ र संसारका राज्यहरू र तिनको महिमा देखाउँछ; अनि उहाँलाई भन्यो, यदि तपाईंले लम्‍पसार परेर मेरो आराधना गर्नुभयो भने, म तपाईंलाई यी सबै थोक दिनेछु” (मत्ती ४:८-९)। के तिनीहरूले भनिरहेका यी सबै कुराहरूको लवज शैतानले भनेजस्तै थिएन र? मलाई लाग्यो, “यो त शैतानको चाल हो!” तिनीहरू मलाई हैसियत र पैसाको प्रलोभन देखाएर साँचो मार्गबाट भड्काउन र सर्वशक्तिमान्‌ परमेश्‍वरलाई धोका दिन उक्साउँदै छन्। तिनीहरू मलाई पासोमा पार्न, र मेरो विनाश गर्न खोज्दै छन्। म १० वर्षभन्दा बढी समयदेखि विश्‍वासी रहेको थिएँ र प्रभुको पुनरागमनलाई स्वागत गर्न पाउने म कति भाग्यमानी थिएँ। मैले शैतानको छलमा परेर प्रभुलाई धोका दिन हुँदैन भन्‍ने मलाई थाहा थियो। त्यसैले मैले भनेँ, “मैले परमेश्‍वरको आवाज सुनेको छु र अनन्त जीवनको मार्ग भेटाएको छु। म परमेश्‍वरलाई पछ्याउने कुरा रोज्छु। तपाईँहरू व्यर्थ प्रयास नगर्नुहोस्। म सर्वशक्तिमान्‌ परमेश्‍वरबाट टाढा जानेछैन।” त्यसपछि मेरी छोरी रुन थाली र भनी, “बुबा, एकैछिन मेरो कुरा सुन्नुहोस् न! आमा भर्खरै बित्नुभयो। हामीले धेरै कष्ट भोगिसक्यौँ। तपाईँ पूर्वीय ज्योतिमा विश्‍वास गरेको कारण मण्डलीबाट निष्कासित हुनुभयो भने, ब्रदर-सिस्टरहरूले हामीलाई दूर-दूर गर्नेछन्!” छोरी त्यसरी रोएको देख्दा मलाई एकदमै गाह्रो भयो। मेरो मनभित्र एउटा भयानक सङ्घर्ष चल्यो: “यदि मैले मण्डलीमा फर्कन सहमति जनाएँ भने, म अस्वीकृत हुनेछैन र मेरो पद जोगिनेछ, तर त्यो त प्रभुका लागि ढोका बन्द गर्नु हुनेछ। त्यो त प्रभुप्रतिको विश्‍वासघात हुनेछ।” कुनै पनि विकल्प सजिलो थिएन। यही पीडाका बीचमा मैले मौन रूपमा परमेश्‍वरलाई पुकारेँ, “हे सर्वशक्तिमान्‌ परमेश्‍वर, म ठुलो धर्मसङ्कटमा परेको छु। कृपया मलाई तिनीहरूको बाधाबाट जोगिने आस्था र शक्ति दिनुहोस्, ताकि म अडिग रहन र दृढतापूर्वक तपाईँलाई पछ्याउन सकूँ।” त्यति नै बेला मैले केही दिनअघि पढेका सर्वशक्तिमान्‌ परमेश्‍वरका केही वचन मेरो मनमा आए: “तिमीहरू सधैँ जागा रहनुपर्छ र पर्खिरहनुपर्छ, र तिमीहरूले मेरो सामु अझै बढी प्रार्थना गर्नुपर्छ। तिमीहरूले शैतानका विभिन्‍न षड्यन्त्रहरू र धूर्त चलाकीहरूलाई छर्लङ्ग देख्नैपर्छ, आत्माहरूलाई पहिचान गर्नुपर्छ, मानिसहरूलाई चिन्नुपर्छ, र हरेक प्रकारका मानिस, घटना, र कामकुराहरूलाई खुट्टयाउन सक्‍नुपर्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १७)। परमेश्‍वरका वचनले मलाई शक्ति दिए र मैले खुट्याउने अभ्यास गर्नुपर्छ भनेर मलाई सचेत गराए। त्यस दिन मैले सामना गरिरहेको कुराको पछाडि शैतानका चालहरू थिए। शैतानले मलाई लोभ्याउन र ममाथि प्रहार गर्न हैसियत र परिवारप्रतिको मेरो चिन्तालाई प्रयोग गरिरहेको थियो, र मबाट परमेश्‍वरलाई धोका दिन लगाउने लक्ष्यका साथ मेरो दिमागलाई बाधा दिइरहेको थियो। म शैतानको जालमा पर्नु हुँदैनथ्यो! मैले मेरा छोराछोरीलाई भनेँ, “मैले यसबारे राम्ररी बुझिसकेको छु र सबै कुरा प्रस्ट छ। सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु हुनुहुन्छ! हामी यतिका वर्षदेखि प्रभुको आगमनको तृष्णा गरिरहेका छौँ। अब उहाँ आउनुभएको छ र उहाँको न्यायको कामका लागि सत्यताहरू व्यक्त गर्दै हुनुहुन्छ, यदि हामीले परमेश्‍वरको न्याय र शुद्धीकरणलाई स्वीकार गर्‍यौँ भने, हामीले मुक्ति पाउनेछौँ र परमेश्‍वरको राज्यमा प्रवेश गर्नेछौँ। हामी अरूद्वारा अस्वीकृत हुनेछौँ भनेर डराउनु हुँदैन, बरु प्रभुद्वारा त्यागिने र हटाइनेछौँ भनेर, प्रभु फर्कनुहुँदा उठाई लगिने मौका गुमाउनेछौँ भनेर डराउनुपर्छ। नत्र हामी महाविपत्तिहरूमा रुँदै र दाह्रा किट्दै हुनेछौँ!” मेरा कुरा सुनेपछि, मेरा छोराछोरीले कर गर्न छाडे, र मैले मौन रूपमा परमेश्‍वरको मार्गदर्शनका लागि धन्यवाद दिएँ। मेरो मनोवृत्ति यति दृढ देखेर, पाष्टर ली र सहकर्मी वाङ झोक्किँदै त्यहाँबाट हिँडे।

केही दिनपछि पाष्टर ली विवाहको कुरा लिएर मेरो परीक्षा गर्न फेरि फर्केर आए। पाष्टर लीले भने, “तपाईँले भर्खरै आफ्नी पत्नी गुमाउनुभएको छ, छोरीको बिहे भइसक्यो, र छोरा पनि त्यति साथमा हुँदैन। एक्लै बस्न तपाईँलाई पक्कै पनि धेरै गाह्रो भएको होला। तपाईँका लागि खाना पकाइदिने कोही न कोही त यहाँ हुनैपर्छ। मण्डलीकी सिस्टर वाङ पनि एक्ली हुनुहुन्छ। उहाँ आर्थिक रूपमा सम्पन्न हुनुहुन्छ, सबैले उहाँलाई मन पराउँछन्, र उहाँ आफ्नो आस्थामा जोसिलो हुनुहुन्छ। यदि तपाईँहरू दुवै जना सँगै मिलेर बस्न, एकअर्काको सहारा बन्न र प्रभुको सेवा गर्न सक्नुभयो भने, कति राम्रो हुन्थ्यो होला, होइन र?” त्यस दिन साँझ सिस्टर वाङले मलाई फोन गरिन्, र मलाई पूर्वीय ज्योतिमा विश्‍वास नगर्न बारम्बार आग्रह गरिरहिन्। उनले मेरो छोराको बिहेका लागि पैसा अपुग छ भने भन्नु है पनि भनिन्। यो कुरा सुनेर मलाई एकदमै दोधारमा परेँ। मेरी पत्नी बिरामी भएर थला परेको समयमा, उनका लागि औषधी ल्याउन जाँदा मेरी छोरीको कार दुर्घटना भएको थियो। त्यसले गर्दा उनी अस्पताल भर्ना हुनुपरेको थियो। त्यतिबेला सिस्टर वाङ आएर मेरी पत्नी र छोरी दुवैको हेरचाह गरेकी थिइन्। म सधैँ उनीप्रति अत्यन्त आभारी थिएँ। यदि मैले उनको सल्लाह मानिनँ भने, उनको चित्त पो चित्त दुखाउनेछु कि? तर उनको कुरा मान्‍नु भनेको प्रभुलाई धोका दिनु हुनेछ। म निकै विचलित भएँ, र मैले बारम्बार परमेश्‍वरलाई प्रार्थना गरेँ। मैले यस विषयमा केही बेर सङ्घर्ष गरेँ, अनि त्यसपछि धेरै विनम्रतापूर्वक उनको प्रस्ताव अस्वीकार गरेँ।

एक दिन, म खेतमा काम गरिरहेको बेला पाष्टर ली मलाई खोज्दै आए। तिनले भने, “ब्रदर झाङ, आफ्नै लागि नभए पनि, आफ्ना छोराछोरीका बारेमा त सोच्नुहोस्। तपाईँको छोराको बिहेको भर्खरै कुरा छिनिएको छ, र उसकी हुनेवाला श्रीमतीको पूरै परिवार प्रभुमा विश्‍वास गर्छन्। यदि तपाईँ सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्नुहुन्छ भन्‍ने कुरा तिनीहरूले थाहा पाए भने आफ्नी छोरी तपाईँको घरमा भित्र्याउन देलान् र? के यसले तपाईँको छोराको बिहे नै बर्बाद पार्दैन र? तपाईँले यसबारे केही अरू विचार गर्नुपर्छ।” यो सुनेर मैले सोचेँ, “तपाईँ मलाई साँचो मार्गबाट भड्काउन मेरो छोराको बिहेलाई लिएर धम्काउँदै हुनुहुन्छ। यो कति नीच काम हो!” मैले प्रस्ट शब्दमा भनेँ, “सर्वशक्तिमान्‌ परमेश्‍वरमाथिको मेरो आस्था मेरो आफ्नै व्यक्तिगत मामला हो। मेरो छोराको बिहेसँग यसको कुनै सरोकार छैन। साथै, उसको बिहे सफल हुन्छ कि हुँदैन भन्‍ने कुरा परमेश्‍वरका हातमा छ। मैले सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भन्‍ने ठम्याइसकेको छु र म अन्त्यसम्मै उहाँलाई पछ्याउनेछु। यदि मेरो छोराले अहिले बुझेन भने पनि, एक दिन त पक्कै बुझ्नेछ।” सुरुमा त मलाई पाष्टर लीले यत्तिकै भनेका होलान् भन्‍ने लागेको थियो, तर अचम्मको कुरा त के भने, मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरलाई धोका दिन लगाउनका लागि तिनले साँच्चै मेरो छोराको बिहे जस्तो महत्त्वपूर्ण कुरालाई प्रयोग गर्दै थिए।

केही दिनपछि म मेरो छोराको वेल्डिङ पसलमा गएँ। उसले आफ्ना निधार खुम्च्याउँदै भन्यो, “बुबा, मेरी हुनेवाला श्रीमतीले पाष्टर ली उनको परिवारलाई भेट्न गएको र तपाईँ पूर्वीय ज्योतिमा विश्‍वास गर्नुहुन्छ भनेर बताएको भन्दै थिइन्। तपाईँले त्यो विश्वास छोड्नुभएन भने बिहे रद्द हुन्छ भन्थिन्।” म छाँगाबाट खसेझैँ भएँ र मलाई निकै रिस उठ्यो। पाष्टर लीले मलाई धम्काउन साँच्चै मेरो छोराको बिहेको प्रयोग गरिरहेका थिए। प्रभुमा विश्‍वास गर्ने व्यक्तिले कसरी यस्तो नीच काम गर्न सक्छ? मेरो छोरालाई त्यसरी निराश भएको देख्दा, मलाई एकदमै नराम्रो लाग्यो। बिहे हुन जम्मा १८ दिन मात्र बाँकी थियो। के त्यो साँच्चै यसरी नै टुट्न लागेको हो त? मेरा आँखा आँसुले भरिए। उसले भन्दै गयो, “बुबा, उनले बिहे गर्नका लागि आफ्ना तीन वटा सर्तहरू छन् भनेर पनि भनिन्। पहिलो, हाम्रो बाबु-छोराको नाता तोड्नुपर्ने। दोस्रो, तपाईँको बुढेसकालमा हामीले तपाईँको हेरचाह नगर्ने। तेस्रो, सबै परिवारिक सम्बन्ध विच्छेद गर्ने। मेरी आमा अब हामीसँग हुनुहुन्न। कृपया हाम्रो परिवारको खातिर पूर्वीय ज्योतिमा विश्‍वास गर्न छोडिदिनुहोस्।” छोराको कुरा सुन्दा र उसको पीडाले भरिएको अनुहार देख्दा मेरो मुटुमा छुरा रोपेजस्तै भयो। मैले सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गरेकै कारण, ती पाष्टरहरूले मलाई शत्रुजस्तै व्यवहार गरिरहेका थिए, र मेरो छोरालाई मसँगको नाता तोड्न बाध्य पारिरहेका थिए। कति घृणित कुरा हो! मैले छोरालाई भनेँ, “बाबु, तिमी अब वयस्क भइसक्यौ र तिमीलाई मेरो हेरचाहको खाँचो छैन। म बूढो भइसकेँ। म त बाँकी जीवनमा आफ्नो आस्थाको अभ्यास गर्न र परमेश्‍वरलाई पछ्याउन मात्र चाहन्छु। मलाई आशा छ तिमीले बुझ्नेछौ।” यति भनेर म फरक्क फर्किएर पसलबाट निस्किएँ। घर पुगेपछि, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे सर्वशक्तिमान्‌ परमेश्‍वर! पाष्टरले मलाई बाधा दिन र दबाब दिएर बाध्य पार्न हरेक चाल चलिरहेका छन्। मेरो छोराले मसँगको सबै नाता तोड्न लागिरहेको छ। म अहिले धेरै कमजोर महसुस गरिरहेको छु। कृपया मलाई मार्गदर्शन गर्नुहोस् र आस्था दिनुहोस्।”

भोलिपल्ट सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका एक जना ब्रदर मेरो घर आए र मैले उनलाई जे-जे भइरहेको थियो, सबै बेलिबिस्तार लगाएँ। उहाँले मेरा लागि सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनको एउटा खण्ड पढेर सुनाउनुभयो: “परमेश्‍वरले मानिसहरूमा गर्ने कामको प्रत्येक कदम बाहिरी रूपमा मानिसहरूबीचको अन्तरक्रियाजस्तो देखिन्छ, मानौँ यो मानव प्रबन्ध वा मानव बाधाबाट उत्पन्न भएको हो। तर कामको प्रत्येक कदमपछाडि, र आइपर्ने सबै कुरा परमेश्‍वरसामु शैतानले थापेको बाजी हो, र तिनका लागि मानिसहरू परमेश्‍वरका लागि गवाहीमा दृढ रहनु आवश्यक हुन्छ। उदाहरणका लागि, अय्यूबको परीक्षा लिइएको घटना लिऊँ: पर्दापछाडि, शैतान परमेश्‍वरसँग बाजी थापिरहेको थियो, र अय्यूब भने मानिसहरूका कार्य र बाधाहरूको सामना गरिरहेको थियो। तिमीहरूमा परमेश्‍वरले गर्नुहुने कामको प्रत्येक कदमपछाडि शैतानले परमेश्‍वरसँग थापेको बाजी हुन्छ—यसको पछाडि एउटा लडाइँ हुन्छ। … मानिसहरूले गर्ने हरेक कुरामा तिनीहरूले निश्चित मात्रामा रगत-पसिना बगाउनुपर्ने हुन्छ। खास दुःख नभोगी, तिनीहरूले परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्दैनन्; तिनीहरू परमेश्‍वरलाई सन्तुष्ट पार्ने नजिक पनि आउँदैनन्, र तिनीहरू खोक्रा नाराहरू मात्र फलाकिरहेका हुन्छन्!(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो)। परमेश्‍वरका वचन पढेपछि, ती ब्रदरले यस खण्डको सन्दर्भमा मसँग धेरै कुराहरू सङ्गति गरे। मैले के बुझेँ भने जब हामीलाई पाष्टरहरूले रोक्छन्, दुःख दिन्छन्, र दबाब दिएर बाध्य पार्छन्, त्यो बाहिरबाट हेर्दा मानिसहरूले गरेको जस्तो देखिए पनि, वास्तवमा यो शैतानले हामीलाई बाधा दिन मानिसहरूलाई प्रयोग गर्न खोजिरहेको हो। जहाँ परमेश्‍वरले काम गरिरहनुभएको हुन्छ, त्यहाँ शैतानले हस्तक्षेप गरिरहेको हुन्छ। शैतानले मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको कामलाई घृणा गर्छ, त्यसैले त्यसले मानिसहरूलाई परमेश्‍वरको पछि लाग्नबाट रोक्न र आफूसँगै नरकमा लैजान सबै प्रकारका युक्ति र छालहरू प्रयोग गर्छ। पाष्टर ली र अरूहरूले मलाई साँचो मार्गमा जानबाट रोक्न बारम्बार हैरान पारे, कहिले कार दिने त कहिले मण्डलीको आर्थिक कारोबार वा वृद्धाश्रम सम्हाल्न दिने लोभ देखाए। तिनीहरूले मेरा लागि श्रीमती खोजिदिने प्रस्तावसमेत राखे। जब ती कुनै पनि कुराले काम गरेनन्, तब तिनीहरूले मलाई परमेश्‍वरलाई धोका दिन बाध्य पार्न मेरो छोराको विवाहलाई हतियार बनाए। यो कति दुष्ट र दुर्भावपूर्ण काम थियो! ती ब्रदरले थप सङ्गति गर्दै भने, “जब प्रभु येशू देखा परेर काम गर्नुभयो, तब यहूदी धर्मका अगुवाहरूले परमेश्‍वरलाई असाध्यै घृणा गरे। प्रभु येशूको प्रचार अख्तियारपूर्ण छ भन्‍ने कुरा तिनीहरूलाई राम्ररी थाहा थियो। तिनीहरूले यसबारे अनुसन्धान गर्न अस्वीकार मात्रै गरेनन्, बरु पागलझैँ उहाँको प्रतिरोध गरे, उहाँलाई दोषी ठहराए र उहाँको ईशनिन्दा गरे। मानिसहरूलाई उहाँको पछि लाग्नबाट रोक्न तिनीहरूले सकेजति सबै कुरा गरे र अन्ततः उहाँलाई क्रूसमा टाँग्न लगाए। तिनीहरूले यसो गर्नुको कारण मानिसहरूले प्रभु येशूलाई पछ्याए भने आफ्नो हैसियत र रोजीरोटी गुम्ने डर थियो। ठीक त्यस्तै, जस्तो बाइबलमा लेखिएको छ: ‘तब मुख्य धर्मगुरुहरू र फरिसीहरू सभामा भेला भए, र भने हामी के गरौँ? किनकि यो मानिसले धेरै आश्‍चर्यकर्म गर्छ। यदि हामीले उसलाई छोडिदियौँ भने, सबै मानिसले उसमाथि विश्‍वास गर्नेछन्: अनि रोमीहरू आउनेछन् र हाम्रो स्थान र देश दुवैलाई लैजानेछन्। … तब त्यस दिनदेखि उहाँलाई मार्न तिनीहरू एकमत भए’ (यूहन्‍ना ११:४७-४८, ५३)। मानवजातिलाई शुद्ध पार्न र मुक्ति दिन परमेश्‍वर आखिरी दिनहरूमा न्यायको काम गर्न आउनुभएको छ। धार्मिक संसारका पाष्टर र एल्डरहरूलाई सर्वशक्तिमान्‌ परमेश्‍वरका वचन सत्यता हुन् भन्‍ने थाहा छ, तर तिनीहरू ती वचनको खोजी वा अनुसन्धान गर्दैनन्। तिनीहरू पागलझैँ उहाँको प्रतिरोध गर्छन् र उहाँलाई दोषी ठहराउँछन्, र अरूलाई उहाँको पछि लाग्नबाट रोक्छन्। तिनीहरूको सार प्रभु येशूको विरोध गर्ने फरिसीहरूको भन्दा कसरी फरक छ र? प्रभु येशूले धेरै पहिले नै ती पाखण्डीहरूलाई दोषी ठहर गर्दै श्राप दिनुभएको थियो। प्रभु येशूले भन्‍नुभयो: ‘शास्‍त्रीहरू र फरिसीहरू, ढोँगीहरू हो, तिमीहरूलाई धिक्‍कार छ! किनभने तिमीहरूले मानिसहरूसामु स्वर्गको राज्य बन्द गर्छौ: किनभने न त तिमीहरू आफै भित्र जान्छौ, न भित्र प्रवेश गरिरहेकाहरूलाई नै प्रवेश गर्न दिन्छौ(मत्ती २३:१३)। ‘शास्‍त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्‍कार छ! किनभने एक जनालाई आफ्‍नो मतमा ल्याउनको लागि तिमीहरू समुद्र र भूमि चहार्छौ, अनि ऊ मतमा आएपछि उसलाई तिमीहरूभन्दा दुई गुणा बढी नरकको बालक बनाउँछौ(मत्ती २३:१५)। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनले धार्मिक अगुवाहरूको परमेश्‍वरप्रति गर्ने विरोधको सार र मूल कारणलाई पनि खुलासा गर्छन्। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: ‘भव्य मण्डलीहरूमा बाइबल पढ्ने र दिनभरि खण्डहरू वाचन गर्नेहरू छन्, तैपनि तिनीहरूमध्ये कसैले पनि परमेश्‍वरको कामको उद्देश्य बुझ्दैन, न त तिनीहरूमाझ परमेश्‍वरलाई चिन्न सक्ने कोही नै छ—परमेश्‍वरका अभिप्रायहरूसँग मिल्न सक्ने कोही हुनु त परै जाओस्। तिनीहरू सबै निकम्मा, नीच मानिस हुन्, जो “परमेश्‍वर” लाई उपदेश दिन उच्च स्थानमा उभिन्छन्। तिनीहरू परमेश्‍वरको झण्डामुनि कार्य गर्ने तर जानाजानी परमेश्‍वरको प्रतिरोध गर्ने मानिस हुन्, जो मानिसको मासु खाँदै र रगत पिउँदै परमेश्‍वरमा विश्‍वास गर्ने बिल्ला भिर्छन्। त्यस्ता सबै मानिसहरू मानव प्राणहरू निल्ने दुष्ट दियाबलस, मानिसहरूलाई सही मार्गमा लाग्नमा जानाजानी बाधा दिने मुख्य पिशाच, र मानिसहरूलाई परमेश्‍वरको खोजी गर्नबाट रोक्ने व्यवधान हुन्। तिनीहरू “शारीरिक रूपमा हृष्टपुष्ट” देखिन सक्छन्, तर तिनीहरू मानिसहरूलाई परमेश्‍वरको प्रतिरोध गर्नतर्फ डोर्‍याउने ख्रीष्टविरोधीहरू हुन् भन्‍ने कुरा तिनीहरूका अनुयायीहरूले कसरी थाहा पाउन सक्छन् र? तिनीहरू मानव प्राणहरू निल्न समर्पित जीवित दियाबलस हुन् भन्‍ने कुरा तिनीहरूका अनुयायीहरूले कसरी थाहा पाउन सक्छन् र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई नचिन्‍ने सबै मानिस परमेश्‍वरको प्रतिरोध गर्ने मानिस हुन्)।” ती ब्रदरको सङ्गति सुनेपछि र परमेश्‍वरका वचन पढेपछि, मैले सत्यतालाई घृणा गर्ने र परमेश्‍वरको प्रतिरोध गर्ने धार्मिक अगुवाहरूको दियाबलसी प्रकृतिलाई अझ राम्ररी बुझेँ। तिनीहरू सर्वशक्तिमान्‌ परमेश्‍वरको उग्र रूपले प्रतिरोध गर्छन् र उहाँलाई दोषी ठहराउँछन् अनि विश्‍वासीहरूलाई परमेश्‍वरको आखिरी दिनहरूको काम स्वीकार गर्नबाट रोक्न सक्दो प्रयास गर्छन् किनभने तिनीहरू परमेश्‍वरका भेडाहरूलाई आफ्नै बनाउन, र तिनीहरूलाई आफ्नो कडा नियन्त्रणमा राख्न चाहन्छन्। तिनीहरू आफै पनि स्वर्गको राज्यमा प्रवेश गर्दैनन् र विश्‍वासीहरूलाई पनि प्रवेश गर्नबाट रोक्छन्। तिनीहरू परमेश्‍वरको प्रतिरोध गर्छन् र नरकमा जाने निश्चित छ, र अरूलाई पनि आफूसँगै त्यतै तान्छन्। तिनीहरू साँच्चै पिशाचहरूको झुण्ड हुन्! यदि देहधारी परमेश्‍वर आखिरी दिनहरूमा देखा परेर काम नगर्नुभएको भए, र मण्डलीहरूमा लुकेर बसेका यी दुष्ट नोकर र ख्रीष्टविरोधीहरूलाई प्रकाश नपार्नुभएको भए, अनि पाष्टरको अवरोध र बाधाबारे मेरो व्यक्तिगत अनुभव नभएको भए, मैले परमेश्‍वरको प्रतिरोध गर्ने तिनीहरूको पैशाचिक सारलाई कहिल्यै देख्नेथिइनँ। म तिनीहरूद्वारा भ्रमित हुनेथिएँ र पत्तो नपाई बर्बाद हुनेथिएँ। मैले तिनीहरूका पाखण्डी, घिनलाग्दा अनुहारहरू स्पष्ट रूपमा देखेँ र सर्वशक्तिमान्‌ परमेश्‍वरलाई पछ्याउने मेरो सङ्कल्प अझ बलियो भयो।

त्यसपछि, मैले मेरो पुरानो मण्डलीका ब्रदर-सिस्टरहरूलाई निरन्तर सुसमाचार प्रचार गरिरहेँ। एकदिन बिहान हामी भेलामा हुँदा, पाष्टर ली र तिनको टोली फेरि मेरो घरमा आए, र तिनले भने, “हामीले तपाईँलाई पूर्वीय ज्योति छाड्न बारम्बार भन्यौँ। तपाईँले हाम्रो कुरा सुन्‍न अस्वीकार गर्नुभएको मात्र नभई उल्टै मेरा भेडाहरू चोर्दै हुनुहुन्छ र तिनीहरूलाई पूर्वीय ज्योति प्रचार गर्दै हुनुहुन्छ। के तपाईँ साँच्चै मेरो विरुद्धमा जान चाहनुहुन्छ?” मैले भनेँ, “पाष्टर ली, त्यसो भन्‍नु सही होइन। मण्डली परमेश्‍वरको हो, र यो बगाल पनि उहाँकै हो। तपाईँ एउटा पाष्टर मात्र हुनुहुन्छ। भेडाहरू मेरा हुन् भनेर तपाईँ कसरी भन्‍न सक्नुहुन्छ? म ब्रदर-सिस्टरहरूलाई सुसमाचार प्रचार गरिरहेको छु ताकि तिनीहरूले परमेश्‍वरको आवाज सुन्‍न सकून् र उहाँको सिंहासनसामु फर्केर परमेश्‍वरको मुक्ति स्वीकार गर्न सकून्। तपाईँ किन यो बाटोमा तगारो बन्नुहुन्छ? सबै जनाले कमजोर र नकारात्मक महसुस गरिरहेका छन्। तिनीहरू आत्मिक रूपमा तिर्खाएका छन् र अन्धकारमा छन्। तिनीहरूले कुनै पनि जीवनदायी भरणपोषण पाइरहेका छैनन्। सर्वशक्तिमान्‌ परमेश्‍वरले सत्यता व्यक्त गर्नुभएको छ, र हामीलाई अनन्त जीवनको मार्ग दिनुभएको छ। तपाईँ किन मानिसहरूले उहाँका वचनहरू पढून् भन्ने चाहनुहुन्न? मानिसहरूको साँचो मार्ग अनुसन्धान गर्ने अधिकार र स्वतन्त्रतालाई तपाईँ किन खोस्नुहुन्छ? तिनीहरूलाई त्यसो गर्नबाट रोकेर, के तपाईँ तिनीहरूलाई तिर्खाले मर्न दिइरहनुभएको र धर्ममै अलपत्र पारिरहनुभएको छैन र? के त्यो असल नोकर हुनु हो कि दुष्ट नोकर हुनु हो?” पाष्टर लीको अनुहारको रङ्ग तुरुन्तै बदलियो र तिनी रिसले चूर हुँदै कराए, “मैले बुझिसकेँ अब तपाईँ सुध्रिनेवाला हुनुहुन्न! यदि तपाईँ आफ्नो आस्थामा हामीलाई पछ्याउनुहुन्न भने, बस पर्खनुहोस् र हेर्नुहोस्, तपाईँले नरकमा दण्ड भोग्नुहुनेछ!” मैले भनेँ, “म नरकमा जान्छु वा जान्न भन्‍ने विषयमा तपाईँको कुनै अधिकार छैन। तपाईँलाई प्रभुको आवाज कसरी चिन्‍ने वा उहाँलाई कसरी स्वागत गर्ने भन्‍नेसमेत थाहा छैन। तपाईँले अरूलाई कसरी स्वर्गको राज्यमा अगुवाइ गर्न सक्नुहुन्छ? आखिरी दिनहरूका ख्रीष्ट मात्र स्वर्गको राज्यमा प्रवेश गर्ने हाम्रो ढोका हुनुहुन्छ। उहाँलाई पछ्याएरै मैले अनन्त जीवनको मार्ग भेटाएको छु। मेरो जीवनको जिम्मेवारी परमेश्‍वरको हातमा छ, तपाईँकोमा होइन!” मैले त्यसो भनेपछि तिनीहरू निराश भएर त्यहाँबाट गए। फेरि कोही पनि मलाई दुःख दिन आएनन्।

पाष्टरको अवरोध र बाधाहरूबाट गुज्रेपछि मैले शैतानका चालहरूबारे केही खुट्याइ प्राप्त गरेँ। मैले धार्मिक संसारका पाष्टर र एल्डरहरू पाखण्डी फरिसीहरू मात्र हुन्, तिनीहरू परमेश्‍वरको प्रतिरोध गर्ने ख्रीष्टविरोधीहरू हुन् भन्‍ने कुरा पनि देखेँ। म तिनीहरूका बन्धन र नियन्त्रणहरूबाट पूर्ण रूपमा स्वतन्त्र भएँ। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनले मलाई हरेक पाइलामा शैतानमाथि विजय प्राप्त गर्न र साँचो मार्गमा दृढ रहन अगुवाइ गरे। म परमेश्‍वरलाई साँच्चै धन्यवाद दिन्छु! मैले भोगेका सबै कुराहरूलाई फर्केर हेर्दा, त्यो सबै एउटा ठूलो परीक्षा थियो। म जीवन र मारणको दोसाँधमा थिएँ। परमेश्‍वरका वचनको मार्गदर्शन नभएको भए, मैले शैतानका चालहरूलाई कहिल्यै छर्लङ्ग देख्न सक्नेथिइनँ। यदि मैले देहरलाई पछ्याएको भए र साँचो मार्ग छाडेर शैतानको सामु झुकेको भए, मैले मुक्तिको मेरो मौका पूर्ण रूपमा गुमाउनेथिएँ। म साँच्चै एकै त्यान्द्रोको भरमा झुन्डिरहेको थिएँ! म परमेश्‍वरको सुरक्षा र मुक्तिका लागि धेरै आभारी छु!

अघिल्लो: २३. मैले आफ्नो कर्तव्यमा किन मूल्य चुकाउन चाहिनँ

अर्को: २५. “आफूले नचाहेको कुरा अरूमाथि लाद्नु हुँदैन” भन्ने कुरामाथिको चिन्तन

सम्बन्धित विषयवस्तु

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्