८४. आफ्नो स्थान पत्ता लगाउनु महत्त्वपूर्ण कुरा हो

झोउ युकी, चीन

म मण्डलीमा सामान्य मामिलाको काम गर्थेँ। एकपटक, कुराकानीका क्रममा, मैले मण्डलकी एउटी अगुवाले यसो भनेको सुनेँ, “सिस्टर जेन सिनसँग राम्रो क्षमता, कामकुराको शुद्ध बुझाइ छ, र तिनी सत्यताबारे व्यावहारिक रूपमा सङ्गति गर्छिन्। म तिनलाई मलजल गर्ने कामका लागि संवर्धन गर्ने योजना बनाउँदै छु।” त्यसको केही समयपछि नै जेन सिन अगुवाका रूपमा चुनिइन्। यो खबर सुनेपछि, मेरो मन भारी नभई रहनै सकेन। विगतमा, जेन सिन र म दुवै सामान्य मामिलाको काम गर्थ्यौँ, तर अहिले, तिनी अगुवा भइसकेकी थिइन्, जबकि म अझै पनि सामान्य मामिलाकै काम गरिरहेकी थिएँ। ममा कसरी यति कमी हुन सक्छ? त्यो बिहानभरि म साह्रै उदास भएँ र मैले काममा ध्यान केन्द्रित गर्न सकिनँ। पछि, अगुवाले मलाई जेन सिनबाट सामान्य मामिलाको काम लिन म इच्छुक छु कि भनेर सोधिन्। म अलि खिन्न भएँ। मैले सुपरभाइजरको उपाधि पाउने भए पनि, यो त सामान्य मामिलाकै काम थियो। मैले जति राम्रो गरे पनि, कसैले थाहा पाउनेथिएन, अगुवा हुनुजस्तो कहाँ हो र, जसलाई मण्डलीले संवर्धन गर्न ध्यान दिन्छ, अनि ब्रदर-सिस्टरहरू सबैले मान गर्छन् र साथ दिन्छन्। मलाई सामान्य मामिलाको काम अलि तल्लो स्तरको हो भन्ने लाग्यो, त्यसैले मैले साँच्चै यो स्विकार्न चाहिनँ। मैले यो लिएँ भने ब्रदर-सिस्टरहरूले मलाई के सोच्ने हुन् भनेर मलाई चिन्ता लाग्यो। के तिनीहरूले मैले आस्था राखेको वर्षौँको दौरान पनि कहिल्यै सत्यता नपछ्याएकाले वा प्रगति नगरेकाले गर्दा सधैँ सामान्य मामिलाको काम गरिरहेकी छु भनेर सोच्नेछन्? त्यो त साह्रै लाजमर्दो कुरा हुनेछ! तर फेरि सोचेँ, यो कर्तव्य परमेश्‍वरको अनुमतिले नै मकहाँ आएको हो। त्यो मेरो चाहनाअनुरूप नभए पनि, म समर्पित हुनुपर्थ्यो र व्यक्तिगत रुचिअनुसार चल्नुहुँदैनथ्यो, त्यसैले मैले मन नलागी-नलागी अगुवालाई त्यो कर्तव्य स्विकार्न इच्छुक छु भनेर जवाफ दिएँ।

केही समयपछि, मैले अगुवाले यसो भनेको सुनेँ, “ब्रदर साङ जिनको क्षमता राम्रो छ, र तिनको जीवन प्रवेशमा अलि बढी प्रयास गर्ने हो भने, तिनी अगुवा वा कामदार बन्न सक्छन्। तिनलाई संवर्धन गर्न अझ धेरै प्रयास गर्नुहोस्।” यो सुनेर मलाई झनै नराम्रो लाग्यो। मैले साङ जिनको काम सुपरिवेक्षण गरेँ, र तिनी त अगुवाले संवर्धन गर्न चाहेका व्यक्तिसमेत थिए। कसैले मेरो नाम किन नलिएको? म तिनको काम सुपरिवेक्षण गर्थेँ, तर मेरो बढुवा भएको थिएन—म त जहाँको त्यहीँ थिएँ। अरूले मलाई कसरी हेर्ने हुन्? के म साँच्चै त्यति कमी भएको व्यक्ति थिएँ र? मसँग काम व्यवस्थापन गर्ने, समस्याहरू पत्ता लगाएर समाधान गर्ने केही क्षमता थियो। कहिलेकाहीँ, अगुवाले कामकुराहरू छलफल गर्दा, म केही राय व्यक्त गर्न र सुझावहरू दिन सक्थेँ। अगुवाले मेरा सबलताहरू किन देख्न नसकेका होला? यदि अगुवाले मेरो नाम मात्रै लिएर मलाई संवर्धन गर्न सकिन्छ, तर मैले सामान्य मामिलाको काम सुपरिवेक्षण गर्नुपर्छ भनेर भनेका भए, त्यसले म त्यति नराम्रो छैनँ भन्ने प्रमाणित गर्थ्यो, र मलाई राम्रो महसुस हुनेथ्यो। केही दिनसम्म, जबजब म यसबारे सोच्थेँ, साह्रै दुःखी हुन्थेँ। मेरो जोस पूरै हराएको थियो, मलाई मेरा ब्रदर-सिस्टरहरूसँग कुरा गर्न मन लाग्दैनथ्यो, र मैले आफ्नो कर्तव्यका लागि कुनै बोझ बोकिनँ। अरूले मलाई समस्याहरू रिपोर्ट गर्दा, म पहिले जस्तो ध्यान दिएर विचार गर्दिनथेँ।

एक दिन, अगुवाले मलाई जेन सिनको समूह भेलामा केही सामान पुर्‍याइदिन भनिन्। जेन सिनले मलाई के सोच्ने हुन् भन्ने डरले मलाई जानै मन लागेन। हामी पहिले एउटै कर्तव्य निर्वाह गर्थ्यौँ, तर अहिले, तिनी अगुवा भइसकेकी थिइन्, जबकि म अझै पनि सामान्य मामिलाकै काम गरिरहेकी थिएँ। के तिनले मलाई तुच्छ र बेकम्मा ठान्नेछिन्? तर म गइनँ भने काममा ढिलाइ हुन्छ भन्ने चिन्ता लाग्यो, त्यसैले मन नलागी-नलागी पनि जानैपर्‍यो। त्यहाँ पुगेपछि, जेन सिनले मलाई नचिनून् भनेर, म बैठक कोठाको सोफामा कुप्रो परेर बसेँ, र आधा घण्टाभन्दा बढी समय घोसेमुन्टो लगाएर फोन हेरिरहेँ। केही ब्रदर-सिस्टरहरूले मसँग कुरा गरे, तर जेन सिनले चिन्ने डरले मैले टाउको उठाउने आँट गरिनँ। मलाई आफू एकदमै बेकम्मा महसुस भयो, र यति नराम्रो लाग्यो कि मलाई रुन मन लाग्यो। म दौडेर अर्को कोठामा गई रात्रि आकाशलाई हेर्दै चुपचाप नरोई सक्दै सकिनँ। म आफू संवर्धन गर्न योग्य नभएका बारेमा सोचिरहेकी थिएँ। अरू अगुवा बन्न पाउँदा, म भने सामान्य मामिलाको काम गर्नमै अड्किएकी थिएँ। यसरी जिउनुको के अर्थ थियो र? आफूले यस्तो सोचिरहेको पाउँदा म झस्किएँ। ममा यस्ता सोचहरू कसरी आउन सके? त्यतिखेर, मैले अस्पष्ट रूपमा परमेश्‍वरका वचनहरू सम्झेँ: “ख्रीष्टविरोधीहरूका लागि प्रतिष्ठा र हैसियत तिनीहरूको जीवन हो। … तिनीहरूलाई तैँले पहाडको प्राचीन जङ्गलको भित्री भागमा छोडिस् भने पनि तिनीहरूले अझै पनि हैसियत र प्रतिष्ठाको खोजीलाई पन्छाउन सक्दैनन्।” मलाई यी वचनहरूले मेरो स्थिति वर्णन गरिरहेका छन् जस्तो लाग्यो, त्यसैले मैले यो खण्ड फेला पारेर पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “ख्रीष्टविरोधीहरूका लागि प्रतिष्ठा र हैसियत तिनीहरूको जीवन हो। तिनीहरू जे-जसरी बाँचे पनि, तिनीहरू जुनसुकै वातावरणमा बाँचे पनि, तिनीहरूले जे काम गरे पनि, तिनीहरूले जुनसुकै कुरा पछ्याए पनि, तिनीहरूको लक्ष्य जेसुकै भए पनि, तिनीहरूको जीवनको दिशा जतासुकै भए पनि, यो सबै राम्रो प्रतिष्ठा र उच्‍च हैसियत प्राप्त गर्नमा केन्द्रित हुन्छ। अनि यो लक्ष्य परिवर्तन हुँदैन; तिनीहरूले यस्ता कुराहरूलाई कहिल्यै पनि पन्छाउन सक्दैनन्। ख्रीष्टविरोधीहरूको साँचो अनुहार र तिनीहरूको सार यही हो। तिनीहरूलाई तैँले पहाडको प्राचीन जङ्गलको भित्री भागमा छोडिस् भने पनि तिनीहरूले अझै पनि हैसियत र प्रतिष्ठाको खोजीलाई पन्छाउन सक्दैनन्। तिनीहरूलाई तैँले जुनसुकै समूहका मानिसमाझ राख्‍न सक्छस् तर तिनीहरूले सोच्न सक्‍ने भनेकै प्रतिष्ठा र हैसियत मात्रै हुन्छ। ख्रीष्टविरोधीहरूले पनि परमेश्‍वरमा विश्‍वास गर्ने भए पनि, तिनीहरू आफ्नो प्रतिष्ठा र हैसियतको पछ्याइलाई परमेश्‍वरमाथिको विश्‍वास बराबर मान्छन् र यी दुई कुरालाई समान स्तरमा राख्छन्। भन्‍नुको मतलब, परमेश्‍वरमा विश्‍वास गर्ने मार्गमा हिँड्दा, तिनीहरूले आफ्नै प्रतिष्ठा र हैसियत पनि पछ्याउँछन्। के भन्‍न सकिन्छ भने, ख्रीष्टविरोधीहरूका हृदयमा, परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासमा सत्यताको पछ्याइ भनेको प्रतिष्ठा र हैसियतको पछ्याइ हो, अनि प्रतिष्ठा र हैसियतको पछ्याइ भनेको सत्यताको पछ्याइ पनि हो; प्रतिष्ठा र हैसियत प्राप्त गर्नु भनेको सत्यता र जीवन प्राप्त गर्नु हो। यदि तिनीहरूलाई आफ्नो कुनै ख्याति, प्राप्ति वा हैसियत छैन, कसैले पनि तिनीहरूलाई आदरभावले हेर्दैन, सम्मान गर्दैन, वा पछ्याउँदैन भन्‍ने लाग्यो भने, तिनीहरू अत्यन्तै निराश हुन्छन्, परमेश्‍वरमा विश्‍वास गर्नुको कुनै अर्थ छैन, कुनै मूल्य छैन भन्‍ने ठान्छन्, र तिनीहरूले मनमनै भन्छन्, ‘के परमेश्‍वरमाथिको त्यस्तो विश्‍वास असफलता हो? के म आशाहीन छैनँ र?’ तिनीहरू प्रायः आफ्ना हृदयमा त्यस्ता कुराहरूको हिसाबकिताब गर्छन्। तिनीहरू आफ्ना लागि परमेश्‍वरका घरमा कसरी स्थान बनाउन सकिन्छ, मण्डलीमा कसरी उच्‍च प्रतिष्ठा प्राप्त गर्न सकिन्छ, कसरी मानिसहरूलाई तिनीहरूको कुरा सुन्न लगाउन सकिन्छ, र तिनीहरूले काम गर्दा समर्थन गराउन सकिन्छ, आफू जहाँ भए पनि मानिसहरूलाई कसरी तिनीहरूलाई पछ्याउन लगाउन सकिन्छ, र कसरी मण्डलीमा प्रभाव जमाउन सकिन्छ, अनि ख्याति, प्राप्ति, र हैसियत पाउन सकिन्छ भनेर हिसाबकिताब गर्छन्—तिनीहरूले हृदयमा साँच्चै यस्ता कुराहरूमा ध्यान दिन्छन्। त्यस्ता मानिसहरूले पछ्याउने कुरा यिनै हुन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्‍वरका वचनहरूबाट मैले के सिकेँ भने ख्रीष्टविरोधीहरू आफूले गर्ने सबै कुरामा पहिले आफ्नै प्रतिष्ठा र हैसियतलाई ख्याल गर्छन्, ख्याति र हैसियतको पछ्याइ कहिल्यै त्याग्दैनन्, र तिनीहरूका लागि, हैसियत आफ्नो जीवन जत्तिकै महत्त्वपूर्ण हुन्छ। मैले आत्मचिन्तन गरेँ, “म किन कहिल्यै सामान्य मामिलाको काम गर्न चाहन्नँ? म किन अगुवा बन्नुलाई यति वास्ता गर्छु?” मैले यसको मुख्य कारण मलाई अगुवाहरूसँग हैसियत हुन्छ भन्ने लाग्नु रहेछ भनी बुझेँ। ब्रदर-सिस्टरहरूले तिनीहरूको प्रशंसा गर्ने मात्र होइन, माथिल्लो तहका अगुवाहरू पनि तिनीहरूलाई महत्त्व दिन्थे, र मण्डलीले तिनीहरूलाई संवर्धन गर्नमा ध्यान केन्द्रित गर्थ्यो। मलाई अगुवा हुनु, आफू चिनिन सक्नु राम्रो हो, र अगुवा बन्दा मात्र मेरो भविष्य छ भन्ने लाग्थ्यो। मलाई सामान्य मामिलाको काम भनेको बाहिरी मामिलाहरू सम्हाल्ने मात्र हो, सत्यता नपछ्याउनेहरूले मात्र यस्तो कर्तव्य निर्वाह गर्छन्, र कसैले तिनीहरूलाई मान गर्दैन भन्ने पनि लाग्थ्यो। यी गलत विचारहरूका कारण, जब मैले मेरो वरपरका सबैलाई बढुवा र संवर्धन गरिएको, र कोही त अगुवाका रूपमा समेत चुनिएको देखेँ, त्यो मेरा लागि ठूलो झट्का थियो, र म सधैँ अगुवाले मेरो नाम लिऊन् भन्ने चाहन्थेँ। तर जब अगुवाले मेरो सट्टा अरूलाई संवर्धन गरिन्, तब म यति दुःखी भएँ कि मलाई कसैलाई भेट्न मन लागेन, र ममा आफ्नो कर्तव्य पूरा गर्ने कुनै चाहना नै रहेन। हरेक दिन प्रतिष्ठा र हैसियतको सास्तीमा बिताउनु भयानक कुरा थियो, यहाँसम्म कि मलाई जीवन जिउन लायक छैन भन्ने लाग्यो। के यसरी प्रतिष्ठा र हैसियत पछ्याउनु ख्रीष्टविरोधीकै मार्गमा हिँड्नुजस्तै थिएन र? यो बुझ्दा मलाई अलि डर लाग्यो, त्यसैले मैले पश्चात्ताप गर्न तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, प्रतिष्ठा र हैसियतप्रति मेरो चाहना अत्यन्तै बलियो छ। म यो विद्रोही स्थितिमा जिउन चाहन्नँ। कृपया मलाई ख्याति र हैसियतको जन्जिरबाट मुक्त हुन मार्गदर्शन गर्नुहोस्।”

एक दिन, मैले परमेश्‍वरका केही वचन पढेँ जसले मलाई आफ्नो पछ्याइपछाडिको गलत दृष्टिकोण बुझ्न मद्दत गर्‍यो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “के तिमीहरू सधैँ आफ्‍नो पखेटा फैलाउन र उड्न चाहन्छौ, के तिमीहरू सधैँ एक्लै उड्न चाहन्छौ, फिस्टोको सट्टा चील बन्‍न चाहन्छौ? यो कस्तो स्वभाव हो? के यो आत्म-आचरणको सिद्धान्त हो? तिमीहरूको आत्म-आचरण परमेश्‍वरका वचनहरूमा आधारित हुनुपर्छ; परमेश्‍वरका वचनहरू मात्र सत्यता हुन्। तिमीहरूलाई शैतानले अत्यन्तै गहन रूपमा भ्रष्ट तुल्याएको छ, र तिमीहरूले सधैँ परम्‍परागत संस्कृति अर्थात् शैतानका वचनहरूलाई सत्यताका रूपमा, तिमीहरूको खोजीको लक्ष्यका रूपमा लिन्छौ, जसले गर्दा तिमीहरूले सहजै गलत मार्ग, परमेश्‍वरलाई विरोध गर्ने मार्ग लिन सक्छौ। भ्रष्ट मानवजातिका विचार र दृष्टिकोणहरू, र तिनीहरूले पछ्याउने कुराहरू परमेश्‍वरका चाहनाहरू, सत्यता, र सबै थोकमाथिको परमेश्‍वरको सार्वभौमिकता, सबै थोकमाथिको उहाँको योजनाबद्ध कार्य, र मानवजातिको नियतिमाथिको उहाँको नियन्त्रणका नियमविपरीत हुन्छन्। त्यसकारण यस्तो पछ्याइ मानव सोचाइ र धारणाहरूअनुसार जति नै उचित र मनासिब भए पनि, परमेश्‍वरका दृष्टिकोणमा ती सकारात्मक कुरा हुँदैनन्, र ती उहाँको अभिप्रायअनुरूप हुँदैनन्। तँ मानवजातिको नियतिमाथि परमेश्‍वरको सार्वभौमिकताको तथ्यविरुद्ध जाने हुनाले, र तँ एक्लै जान चाहने हुनाले, आफ्नो भाग्य आफ्नै हातमा लिने हुनाले, तँ सधैँ यति साह्रो गरी पर्खालमा ठोक्किन पुग्छस् कि तेरो टाउकोबाट रगत बग्न थाल्छ, अनि कुनै कुरा तेरो काम लाग्दैन। किन कुनै कुरा तेरो काम लाग्दैन? किनभने परमेश्‍वरद्वारा स्थापित नियमहरू सृष्टि गरिएको कुनै प्राणीले परिवर्तन गर्न सक्दैन। परमेश्‍वरको अख्तियार र शक्ति अरू सबै कुराभन्दा माथि छन्, सृष्टि गरिएको कुनै प्राणीले यसलाई उल्लङ्घन गर्न सक्दैन। मानिसहरू आफ्नो क्षमतालाई चाहिनेभन्दा बढी आँक्छन्। के कुराले गर्दा मानिसहरू सधैँ परमेश्‍वरको सार्वभौमिकताबाट मुक्त हुन, आफ्‍नो भाग्यलाई अँठ्याएर भविष्यको योजना बनाउन, अनि आफ्‍ना सम्‍भाव्यता, दिशा, र जीवन उद्देश्यलाई वशमा राख्‍न चाहन्छन्? यसको सुरुवात कहाँबाट हुन्छ? (भ्रष्ट शैतानी स्वभावबाट।) त्यसोभए, भ्रष्ट शैतानी स्वभावले मानिसहरूमा के ल्याउँछ त? (परमेश्‍वरको विरोध।) मानिसहरूले परमेश्‍वरको विरोध गर्नुको परिणाम के हुन्छ? (पीडा।) पीडा यसको आधा पनि हुँदैन—यो त विनाश हो! तँ आफ्नो आँखाअगाडि जे देख्छस् त्यो पीडा, नकारात्मकता, र कमजोरी हो, र यो प्रतिरोध र गुनासो हो—यी कुराहरूले कस्ता परिणामहरू ल्याउँछन्? सर्वनाश! यो सानो कुरा होइन, र यो कुनै खेल होइन। परमेश्‍वरको डर मान्‍ने हृदय नभएका मानिसहरूले यो कुरा देख्‍न सक्दैनन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यतालाई स्विकारेर मात्र भ्रष्ट स्वभावहरूलाई समाधान गर्न सकिन्छ)। म परमेश्‍वरका वचनहरूले प्रकट गरेको कुराजस्तै थिएँ। म चीलजस्तो बन्न चाहन्थेँ, सानो चराजस्तो होइन, र मलाई सामान्य मामिलाहरूको कामले मलाई सानो चराजस्तै बनाउँछ भन्ने लाग्थ्यो, जो संवर्धन वा मान गर्नलायक हुँदैन। मेरो नजरमा अगुवाहरू चीलजस्तै थिए। तिनीहरूमा सम्भावना थियो, र अरूले तिनीहरूलाई महत्त्व दिन्थे र मान गर्थे। म “मानिस उभोतिर जान खोज्छ, तर खोला तलतिर बग्छ,” “रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ,” “मानिसहरूले इज्जत कमाउने प्रयास गर्नुपर्छ,” र यस्तै अन्य शैतानी विषहरूद्वारा जिएँ। म सोच्थेँ, जीवनमा मानिसहरूले प्रयास गरिरहनुपर्छ, र तिम्रो हैसियत जति उच्च, उति राम्रो हो, नत्र तिमी निकम्मा हुन्छौ। यी गलत विचारहरूको नियन्त्रणमा परेर मैले व्यावहारिक रूपमा आफ्नो कर्तव्य पूरा गर्न सकिनँ, तर सधैँ अरूको प्रशंसा पाउनका लागि अगुवा बन्न पछ्याएँ। आफू वरपरका ब्रदर-सिस्टरहरू अगुवाका रूपमा चुनिएको देख्दा, म दुःखी, प्रतिरोधी भएँ, र त्यो स्विकार्न सकिनँ। म सोच्थेँ, “म अरू कोहीभन्दा पनि कम छैन। किन अरू मानिसहरू अगुवा बन्न सक्छन्, तर म सामान्य मामिलाको काम गर्नमै अड्किएँ?” मलाई सामान्य मामिलाको काम सत्यता नपछ्याउनेहरूका लागि हो भन्ने लाग्थ्यो, त्यसैले म नकारात्मकतामा जिएँ र म आफ्नो कर्तव्यमा झाराटारुवा र सुस्त हुन थालेँ। हैसियतप्रति मेरो चाहना अत्यधिक बलियो थियो! मलाई हरेक व्यक्तिको क्षमता र तिनीहरूले गर्न सक्ने कर्तव्यहरू सबै परमेश्‍वरद्वारा पूर्वनियोजित हुन्छन् भन्ने थाहा थियो। मेरो हालको कर्तव्य पनि परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूअन्तर्गत थियो, त्यसैले मैले यसलाई स्वीकार गरेर समर्पित हुनुपर्छ। मलाई सधैँ सामान्य मामिलाको काम गरेकामा मलाई कसैले महत्त्व दिँदैन भन्ने लाग्थ्यो, र म दुःखी भएँ, तर त्यो मेरो पछ्याइपछाडिको दृष्टिकोण गलत र म विद्रोही भएकीले गर्दा थियो। म परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुन सकिनँ, र म नकारात्मक थिएँ र गुनासो गर्थेँ। सारमा भन्नुपर्दा, म परमेश्‍वरको विरोध, प्रतिरोध र उहाँविरुद्ध विद्रोह गरिरहेकी थिएँ। यदि मैले यस्तै गरिरहेकी भए, मलाई परमेश्‍वरले तिरस्कार मात्रै गर्नुहुनेथ्यो।

त्यसपछि, मैले परमेश्‍वरका वचनहरूका दुइटा खण्ड पढेँ: “यदि तँसित मण्डलीको कामप्रति बोझको भावना छ, र तँ यसमा संलग्‍न हुन चाहन्छस् भने, यो राम्रो कुरा हो; तर तैँले आफूले सत्यता बुझ्छु कि बुझ्दिनँ, समस्याहरू समाधान गर्न सत्यता सङ्गति गर्न सक्छु कि सक्‍दिनँ, परमेश्‍वरका काममा साँचो रूपमा समर्पित हुन सक्छु कि सक्‍दिनँ, र कार्य बन्दोबस्तअनुसार मण्डलीको काम उचित रूपमा अघि बढाउन सक्छु कि सक्‍दिनँ भनी चिन्तन गर्नैपर्छ। यदि तँमा यी मापदण्डहरू पुग्छ भने, तैँले अगुवा वा कामदार बन्‍नका लागि दाबेदारी दिन सक्छस्। मैले यसो भन्‍नुको अर्थ के हो भने, कम्तीमा पनि, मानिसहरूमा आत्मसचेतना हुनुपर्छ। पहिले तैँले मानिसहरूलाई खुट्टयाउन सक्छस् कि सक्दैनस्, सत्यता बुझ्‍न र सिद्धान्तअनुसार कामकुरा गर्न सक्छस् कि सक्दैनस्, त्यो हेर्। यदि तैँले यी मापदण्डहरू पूरा गर्छस् भने, तँ अगुवा वा कामदार बन्‍न योग्य हुन्छस्। यदि तैँले आत्म-मूल्याङ्कन गर्न सक्दैनस् भने, तैँले आफ्ना चिनजानका वा आफ्ना नजिकका मानिसहरूलाई सोध्‍न सक्छस्। यदि तिनीहरू सबैले तँसँग अगुवा बन्‍ने पर्याप्त क्षमता छैन, र तैँले अहिलेको काम राम्रोसँग गर्नु नै पर्याप्त हो भनेर भन्छन् भने, तैँले तुरुन्तै आफूलाई चिन्‍नुपर्छ। तँ कमजोर क्षमताको भएकाले, अगुवा बन्‍ने चाहना गरेर आफ्‍नो सारा समय खर्च नगर्—आफूले सक्‍ने काम गर्, धरातलमा उभिएर अडिग भई आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्, ताकि तँलाई मनको शान्ति मिल्न सकोस्। यो पनि राम्रो कुरा हो। अनि, यदि तँ अगुवा बन्‍न योग्य छस्, यदि तँमा साँच्‍चै क्षमता र प्रतिभा छ, यदि तँसित कार्य सामर्थ्य, र बोझको बोध छ भने, तँ ठ्याक्कै त्यही प्रकारको प्रतिभा भएको व्यक्ति होस् जसको परमेश्‍वरका घरमा अभाव छ, र तँलाई प्रवर्द्धन र संवर्धन गरिने कुरा निश्चित छ; तर सबै कुरामा परमेश्‍वरको समय हुन्छ। यो कामना, अर्थात् प्रवर्द्धन हुने कामना भनेको महत्त्वाकाङ्क्षा होइन, तर अगुवा बन्नका लागि तँमा क्षमता हुनु, र तैँले मापदण्ड पूरा गर्नु जरुरी हुन्छ। यदि तेरो क्षमता कमजोर छ र पनि तँ सधैँ अगुवा बन्‍ने, वा कुनै महत्त्वपूर्ण काम गर्ने, वा समग्र कामको जिम्‍मेवारी लिने, वा आफूलाई पृथक् तुल्याउने काम गर्ने चाहना गर्दै समय बिताउँछस् भने, म तँलाई भन्छु: यो महत्त्वाकाङ्क्षा हो। महत्त्वाकाङ्क्षाले विपत्ति ल्याउन सक्छ, त्यसैले तँ त्यसबारे सतर्क हुनुपर्छ। सबै मानिसहरू प्रगति गर्ने चाहना राख्छन् र सत्यताप्रति लागिपर्न इच्‍छुक हुन्छन्, यो कुनै समस्या होइन। कतिपय मानिसहरूमा क्षमता हुन्छ, तिनीहरूले अगुवा बन्‍ने मापदण्डहरू पूरा गर्छन्, र तिनीहरू सत्यताप्रति लागिपर्न सक्षम हुन्छन्, र यो राम्रो कुरा हो। अरू मानिसहरूमा क्षमता हुँदैन, त्यसकारण तिनीहरू आफ्नै कर्तव्यमा अडिनुपर्छ, तिनीहरूले आफूसामु रहेको कर्तव्यलाई उचित रूपमा, सिद्धान्तहरूअनुसार र परमेश्‍वरको घरका मागहरूअनुसार पूरा गर्नुपर्छ; तिनीहरूका लागि, त्यो नै राम्रो, सुरक्षित, र यथार्थपरक हुन्छ(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (५))। “प्रवर्द्धन र संवर्धनप्रति मानिसहरूमा सही बुझाइ र मनोवृत्ति हुनुपर्छ; यी मामलाहरूमा, तिनीहरूले सत्यताको खोजी गर्नैपर्छ, र आफ्‍नो इच्‍छा पछ्याउने, वा महत्त्वाकाङ्क्षा र चाहनाहरू राख्‍ने गर्नु हुँदैन। यदि तँलाई तँसँग राम्रो क्षमता छ भन्‍ने लाग्छ तर परमेश्‍वरको घरले तँलाई कहिल्यै प्रवर्द्धन गरेको छैन, वा तँलाई संवर्धन गर्ने कुनै योजना बनाएको छैन भने, निराश नहो वा गुनासो गर्न नथाल्, सत्यता पछ्याउनमा र अघि बढ्न लागिपर्नमा मात्र ध्यान दे। जब तँसँग केही कद हुन्छ र तँ वास्तविक काम गर्न सक्षम हुन्छस्, तब परमेश्‍वरका चुनिएका मानिसहरूले स्वाभाविक रूपमै तँलाई अगुवाका रूपमा छनौट गर्नेछन्। अनि यदि तँलाई आफू कमजोर क्षमताको छु, र आफ्नो प्रवर्द्धन वा संवर्धन हुने कुनै सम्भावना छैन, र आफ्ना महत्त्वाकाङ्क्षाहरू पूरा हुन असम्‍भव छ जस्तो लाग्छ भने, के यो राम्रो कुरा होइन र? यसले तँलाई सुरक्षा दिनेछ! तँ कमजोर क्षमताको भएकाले, यदि तैँले एक हुल अन्धा खलबलेहरू भेटिस् जसले तँलाई अगुवाका रूपमा छनौट गरे भने, के तँलाई आगोको भुङ्ग्रोमा हिँडिरहेको जस्तो महसुस हुँदैन र? तँ कुनै काम गर्न सक्षम छैनस् र तेरा आँखा र मन अन्धा छन्। तैँले गर्ने हरेक कुरा अवरोध बन्छ; तेरो हरेक चाल दुष्कर्म बन्छ। तैँले हालको आफ्नो कर्तव्यको काम राम्रोसित गर्नु नै बेस हुन्छ; कम्तीमा पनि तैँले आफूलाई लज्‍जित पार्नेछैनस्, र झूटो अगुवा बन्‍नु र पर्दापछाडि आलोचना खेप्‍नुभन्दा त यो नै बेस हुन्छ। व्यक्तिका रूपमा, तँलाई आफ्नो औकात थाहा हुनैपर्छ, तँमा थोरै भए पनि आत्मसचेतना हुनैपर्छ; यस्तो भयो भने, तँ गलत मार्ग लिनबाट र गम्‍भीर गल्तीहरू गर्नबाट जोगिन सक्नेछस्(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (५))। परमेश्‍वरका वचनहरू पढ्दा म प्रभावित भएँ। मलाई सधैँ आफू वरपरका ब्रदर-सिस्टरहरूभन्दा म राम्रो छु भन्ने लाग्थ्यो र म अगुवा बन्न चाहन्थेँ, तर के म साँच्चै त्यसका लागि उपयुक्त थिएँ त? के मसँग साँच्चै अगुवा बन्ने क्षमता थियो त? अगुवाहरूले सत्यता पछ्याउनैपर्छ, र तिनीहरूमा कार्य क्षमता र असल मानवता हुनैपर्छ। जोकोही अगुवा बन्न सक्दैन। यदि तिमीसँग अगुवा बन्ने योग्यता छैन र तिमी वास्तविक काम गर्न सक्दैनौ भने, तिमी अगुवा बनिहाले पनि लामो समयसम्म टिक्दैनौ, र कोही त झुटो अगुवा बन्छन्। वास्तवमा पहिले म मण्डलीको कामका लागि जिम्मेवार थिएँ, तर मेरो क्षमता कम र कार्य क्षमता कमजोर भएकाले, मैले वास्तविक काम गर्न वा अरूको जीवन प्रवेशका समस्या र कठिनाइहरू समाधान गर्न सकिनँ, र अन्त्यमा मलाई अर्को काममा खटाइयो। क्षमता र कार्य क्षमताको हिसाबले, म साँच्चै अगुवा बन्न योग्य थिइनँ। तुलनामा, म सामान्य मामिलाको काममा काफी हदसम्म सिपालु थिएँ, त्यस क्षेत्रमा केही वास्तविक काम गर्न सक्थेँ। मण्डलीले हरेक व्यक्तिको क्षमता र सबलताका आधारमा कामको बन्दोबस्त गर्छ। यसरी मानिसहरूले आफ्नो भूमिका राम्ररी निर्वाह गर्न सक्छन्, र यसले मण्डलीको कामलाई पनि फाइदा पुर्‍याउँछ। तर मैले आफ्नो औकात चिनिनँ। ममा अगुवा बन्ने क्षमता र योग्यता छैन भन्ने प्रस्ट थियो, तैपनि मलाई सधैँ आफू प्रतिभाशाली र अरूभन्दा श्रेष्ठ छु भन्ने लाग्थ्यो, र म सधैँ बढुवा हुन चाहन्थेँ। अगुवाले मलाई नभई अरूलाई संवर्धन गरेको देख्दा, मैले अगुवाले मलाई महत्त्व दिइनन् भनेर गुनासो गरेँ, र म आफ्नो कर्तव्यमा झारा टारुवा, परमेश्‍वरप्रति नकारात्मक र शत्रुवत् बनेँ। म एकदमै अहङ्कारी र आत्म-सचेतना नभएकी थिएँ! यो देखेर, मलाई एकदमै दोषी महसुस भयो, र म आफ्नो हालको कर्तव्यलाई सही रूपमा लिन सक्ने बनेँ र आफ्नो स्थानमा उभिएर व्यावहारिक रूपमा आफ्नो कर्तव्य पूरा गर्न इच्छुक भएँ।

पछि, मैले परमेश्‍वरको वचनको एउटा भजन सुनेँ “म त सानो सृजित प्राणी मात्र हुँ”:

१  हे परमेश्‍वर! चाहे मसँग हैसियत होस् वा नहोस्, म अब आफूलाई बुझ्छु। यदि मेरो हैसियत उच्च छ भने यो तपाईंले उचाल्नुभएकोले गर्दा हो, र यदि यो तुच्छ छ भने यो तपाईँको नियोजनले गर्दा हो। सबथोक तपाईँकै हातमा छ। मसँग न त कुनै विकल्प छ, न कुनै गुनासो छ। म यस देशमा र यी मानिसहरूको बीचमा जन्मनुपर्छ भनी तपाईँले नै नियोजित गर्नुभयो, र मैले गर्नुपर्ने भनेको पूर्ण रूपमा तपाईँको प्रभुत्वमा समर्पित हुनु मात्र हो, किनकि सबै कुरा तपाईँले जे नियोजित गर्नुभएको कुराभित्रै छ।

२  म हैसियतको बारेमा विचार गर्दिनँ; आखिर, म एक सृजित प्राणी मात्र हुँ। यदि तपाईँले मलाई अतल कुण्डमा, आगो र गन्धकको कुण्डमा राख्नुभयो भने, म एक सृजित प्राणीबाहेक अरू केही पनि होइन। यदि तपाईँले मलाई प्रयोग गर्नुभयो भने, म एक सृजित प्राणी हुँ। यदि तपाईँले मलाई सिद्ध पार्नुभयो भने पनि म सृजित प्राणी नै हुँ। यदि तपाईँले मलाई सिद्ध पार्नुभएन भने पनि म तपाईँलाई प्रेम गर्नेछु, किनकि म सृजित प्राणीभन्दा बढी अरू केही होइन।

३  म सृष्टिकर्ताको एक क्षुद्र सृजित प्राणीबाहेक अरू केही पनि होइन, सारा सृजित मानवमध्ये एक जना मात्र हुँ। तपाईँले नै मलाई सृष्टि गर्नुभयो, र अब एकचोटि फेरि तपाईँले मलाई तपाईँको इच्छाअनुसार गर्न आफ्नो हातमा राख्नुभएको छ। म तपाईँको औजार र तपाईँको प्रतिभार बन्न इच्छुक छु, किनकि सबै कुरा तपाईँले नै नियोजित गर्नुभएको हो। यसलाई कसैले परिवर्तन गर्न सक्दैन। सबै कामकुरा र सबै घटनाहरू तपाईँकै हातमा छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तँ किन प्रतिभार हुन अनिच्छुक छस्?

मैले परमेश्‍वरका वचनहरू मनन गर्दै गर्दा, मेरो हृदय उज्यालो भयो। मेरो हैसियत उच्च होस् वा निम्न, परमेश्‍वरद्वारा पूर्वनियोजित थियो, र मेरो हैसियत भए पनि वा नभए पनि, म केवल तुच्छ सृजित प्राणी थिएँ। मेरो हैसियत उच्च हुँदा पनि म सृजित प्राणी थिएँ, र मेरो हैसियत निम्न हुँदा पनि म सृजित प्राणी नै थिएँ। मेरो सार परिवर्तन हुनेथिएन। मण्डलीले मलाई सामान्य मामिलाको काम गर्न खटायो, त्यसैले मैले आफ्नै स्थान लिनुपर्छ, आफ्ना सबलताहरूको को पूर्ण उपयोग गर्नुपर्छ, र त्यो काम राम्ररी गर्न सक्दो प्रयास गर्नुपर्छ। सृजित प्राणीका रूपमा यो मेरो दायित्व थियो। यस बुझाइले मलाई मुक्तिको अनुभूति दिलायो, र मैले परमेश्‍वरलाई मनमनै प्रार्थना गरेँ, “हे परमेश्‍वर! अबउसो म नकारात्मक हुन र तपाईँको विरोध गर्न चाहन्नँ। मेरो हैसियत जेसुकै भए पनि, म तपाईंको सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुनेछु र आफ्नो कर्तव्य पूरा गर्नेछु।” त्यसपछि, मैले परमेश्‍वरले बन्दोबस्त गरेका परिस्थितिहरूको प्रतिरोध गर्न छोडेँ। मैले आफ्नो हालको कर्तव्य कसरी राम्ररी पूरा गर्ने र आफ्नो काम व्यावहारिक रूपमा कसरी गर्ने भनेर मनन गरेँ। यो कुरा अभ्यास गर्दा, मैले साँच्चै ढुक्क महसुस गरेँ।

पछि, मैले चिन्तन गरेँ र मैले सामान्य मामिलाको कामलाई तुच्छ ठान्नुको अर्को कारण पनि रहेछ भनेर बुझेँ, त्यो के थियो भने मैले हास्यास्पद दृष्टिकोण राखिरहेकी थिएँ। म सोच्थेँ, सामान्य मामिलाको काम गर्ने मानिसहरू सत्यता पछ्याउँदैनन्, तिनीहरू तल्लो स्तरका हुन् र तिनीहरूसँग मुक्तिको आशा छैन, र संवर्धन गरिएका र महत्त्वपूर्ण भूमिका पाएकाहरूले मात्र सत्यता पछ्याउँछन्, र तिनीहरूसँग मात्र मुक्ति पाउने मौका हुन्छ। मैले यो भ्रमपूर्ण दृष्टिकोणलाई सम्बोधन गर्ने परमेश्‍वरका थप वचनहरू पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “परमेश्‍वरको घरमा, परमेश्‍वरको आज्ञा स्विकार्ने र उचित रूपमा कर्तव्य निभाउनेबारेमा बारम्‍बार कुरा चल्छ। कर्तव्य कसरी अस्तित्वमा हुन आउँछ? वृहत् रूपमा भन्दा, यो मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको व्यवस्थापन कार्यको परिणामस्वरूप अस्तित्वमा आउँछ; खास रूपमा भन्दा, मानवजातिबीच परमेश्‍वरको व्यवस्थापनको कार्य अघि बढ्ने क्रममा, विविध कार्यहरू देखा पर्छन्, र त्यसका लागि मानिसहरूले आफ्नो भाग गर्नु र त्यसलाई पूरा गर्नु आवश्यक हुन्छ। यसबाट मानिसहरूले पूरा गर्नुपर्ने जिम्‍मेवारीहरू र मिसनहरूको उदय हुन्छ, अनि यी जिम्‍मेवारीहरू र मिसनहरू नै परमेश्‍वरले मानवजातिलाई सुम्पनुहुने कर्तव्यहरू हुन्। परमेश्‍वरको घरमा मानिसहरूले आफ्नो भाग पूरा गर्न आवश्यक हुने विभिन्‍न कार्यहरू नै तिनीहरूले निर्वाह गर्नुपर्ने कर्तव्यहरू हुन्। त्यसो भए, के कर्तव्यहरूका बीचमा राम्रो र नराम्रो, उच्च र नीच, वा ठूलो र सानो भन्‍ने सन्दर्भमा भिन्नताहरू हुन्छन्? त्यस्ता कुनै भिन्नताहरू हुँदैनन्; जबसम्म कुनै कुरा परमेश्‍वरको व्यवस्थापन कार्यसँग सम्बन्धित हुन्छ, जबसम्म त्यो उहाँको घरको कामको मापदण्ड हुन्छ, र जबसम्म त्यो परमेश्‍वरको सुसमाचार प्रचारमा आवश्यक पर्छ, तबसम्म त्यो व्यक्तिको कर्तव्य हुन्छ। कर्तव्यको मूल र परिभाषा नै यही हो। … तेरो कर्तव्य जे सुकै भए पनि, त्यो परमेश्‍वरले तँलाई दिनुभएको एउटा मिसन हो। कहिलेकहीँ तैँले कुनै महत्त्वपूर्ण कुराको देखरेख वा सुरक्षा गर्नुपर्छ। यो तुलनात्मक रूपमा सानोतिनो कार्य हुन सक्छ जसलाई केवल तेरो जिम्मेवारी हो भनेर मात्र भन्न सकिन्छ, तर त्यो कार्य परमेश्‍वरले तँलाई दिनुभएको काम हो; तैँले त्यो उहाँबाट स्विकारेको होस्। तैँले त्यो परमेश्‍वरको हातबाट स्वीकार गरिस्, र त्यो तेरो कर्तव्य हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो कर्तव्य मानकअनुरूप निर्वाह गर्नु भनेको के हो?)। “मानिसहरूले आफ्‍नो कर्तव्य पूरा गर्न थालेलगत्तै तिनीहरू सत्यता वास्तविकताहरू भएका मानिसहरू बन्छन् भन्‍ने हुँदैन। आफ्‍नो कर्तव्य पूरा गर्नु भनेको एउटा विधि र माध्यम अपनाउनु भन्दा बढी केही पनि होइन। आफ्‍नो कर्तव्य पूरा गर्दा, मानिसहरूले परमेश्‍वरको काम अनुभव गर्न, सत्यतालाई बिस्तारै बुझ्‍न र स्वीकार गर्न, अनि सत्यता अभ्यास गर्नका लागि सत्यताको पछ्याइलाई प्रयोग गर्छन्। त्यसपछि तिनीहरू आफ्‍नो भ्रष्ट स्वभाव फाल्न सक्‍ने, र शैतानको भ्रष्ट स्वभावका बन्धन र नियन्त्रणबाट उम्कन सक्‍ने स्थितिमा पुग्छन्, र यसरी तिनीहरू सत्यता वास्तविकता र सामान्य मानवता भएका मानिसहरू बन्छन्। तँमा सामान्य मानवता छ भने मात्रै तेरो कर्तव्य निर्वाह र तेरो कार्य-व्यवहारले मानिसहरूको आत्मोन्नति गर्छ र परमेश्‍वरलाई सन्तुष्ट पार्छ। अनि परमेश्‍वरले मानिसहरूलाई तिनीहरूको कर्तव्य निर्वाहका निम्ति अनुमोदन गर्नुभएपछि मात्रै तिनीहरू सृजित प्राणीका रूपमा मानकअनुरूप हुन सक्छन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता प्राप्त गर्नको लागि आफ्नो वरपरका मानिस, घटना र कामकुराहरूबाट पाठहरू सिक्नुपर्छ)। परमेश्‍वरका वचनहरूले कर्तव्यप्रतिको मेरो भ्रमपूर्ण दृष्टिकोणलाई उल्टाइदिए। मैले कर्तव्यहरू मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको व्यवस्थापन कार्यबाट उत्पन्न हुन्छन्, र त्यसमा उच्च र निम्न, वा ठूलो र सानोबीच कुनै भिन्नता हुँदैन भन्ने सिकेँ। कर्तव्य जेसुकै भए पनि, यो मानिसहरूका लागि दायित्व र जिम्मेवारी हो, र हामीले यसलाई पूरा गर्न सक्दो प्रयास गर्नैपर्छ। मण्डलीको कामका लागि हरेक कर्तव्य निर्वाह गर्नेहरूबीच सहकार्य चाहिन्छ। ती प्रत्येक व्यक्ति अपरिहार्य छ। पहिले, मैले सत्यता बुझेकी थिइनँ। मैले सामान्य मामिलाको काम तुच्छ हो र मसँग मुक्ति पाउने कुनै आशा छैन भन्ने सोचेर आफ्नै धारणाहरू पछ्याएकी थिएँ। त्यो पूर्ण रूपमा परमेश्‍वरबारे गलत बुझाइ हो। वास्तवमा, कसैले मुक्ति पाउन सक्छ कि सक्दैन भन्ने कुराको उसको हैसियत वा कर्तव्यसँग कुनै सम्बन्ध हुँदैन। अगुवा हुनुको मतलब तिमीसँग सत्यता हुन्छ र तिमीले मुक्ति पाउँछौ भन्ने होइन। यदि म अगुवा बनेँ तर मैले सत्यता पछ्याइनँ वा सिद्धान्तबाहिर काम गरेँ भने, म अन्त्यमा बर्खास्त हुनेछु र हटाइनेछु। मैले प्रकट भएका ख्रीष्टविरोधीहरू र झुटा अगुवाहरूलाई सम्झेँ। मण्डलीले तिनीहरूलाई महत्त्वपूर्ण कर्तव्यहरूका लागि संवर्धन गर्‍यो, तर तिनीहरूले सत्यता पछ्याएनन्। तिनीहरूले प्रतिष्ठा र हैसियत पछ्याए, तिनीहरू व्यक्तिगत उद्यममा संलग्न भए, परमेश्‍वरको घरप्रति शत्रुवत् भए, र अन्त्यमा, तिनीहरू प्रकट भए र हटाइए। परमेश्‍वर धर्मी हुनुहुन्छ। उहाँ मानिसहरूको परिणाम तिनीहरूलाई संवर्धन गरियो कि गरिएन वा महत्त्व दिइयो कि दिइएन, वा तिनीहरूको हैसियत उच्च थियो कि थिएन भन्ने आधारमा निर्धारण गर्नुहुन्न। यो त तिनीहरूले सत्यता प्राप्त गरेका छन् कि छैनन् र तिनीहरूको जीवन स्वभाव परिवर्तन भएको छ कि छैन भन्नेमा आधारित हुन्छ। यो त कसैले मुक्ति पाउन सक्छ कि सक्दैन भनेर निर्धारण गर्ने परमेश्‍वरको मानक हो।

त्यस अवधिको मेरो अनुभवले मलाई प्रतिष्ठा र हैसियत पछ्याउनुको प्रकृति अझ अलि स्पष्ट रूपमा देखायो। ख्याति र हैसियत पछ्याउनु सही मार्ग होइन, परमेश्‍वरको प्रतिरोध गर्नु हो। सत्यता पछ्याउनुभन्दा महत्त्वपूर्ण कुरा केही छैन। त्यसबाहेक, यसले मलाई अलि आत्म-सचेतना, आफूबारे सही दृष्टिकोण पनि दियो, र अगुवा बन्न पछ्याउने मेरो चाहना अब त्यति बलियो छैन। जब म कुनै ब्रदर वा सिस्टर अगुवाका रूपमा चुनिएको सुन्छु, तब यसले मलाई कहिलेकाहीँ भावनात्मक रूपमा असर गर्ने भए पनि, म यसलाई उचित रूपमा सम्हाल्न सक्छु, म अब त्यति धेरै बन्धनमा पर्दिनँ, र म आफ्नो कर्तव्यमा मेरा ब्रदर-सिस्टरहरूसँग सामान्य रूपमा सहकार्य गर्न सक्छु। परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो: ८३. असफलतामार्फत सिकेका पाठहरू

अर्को: ८५. बुद्धिमती कन्याहरूले मात्रै प्रभुलाई स्वागत गर्न सक्छन्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्