५६. निर्णय लिनुपर्दा

म गाउँले किसानको परिवारमा जन्‍मेर हुर्केको हुँ। मेरा आमाबुबा सरल सोचका किसानहरू हुनुहुन्थ्यो जसलाई प्राय अरूले हेप्‍ने गर्थे। बच्‍चा हुँदा नै मैले ठूलो भएपछि नाम कमाउनेछु र अरू गाउँलेहरूलाई हामीलाई नयाँ दृष्टिले हेर्न अनि हामीमाथि हेला र अत्याचार गर्न छोड्न लगाउनेछु भनेर सङ्कल्‍प गरेँ। ११ वर्षको हुँदा मैले मार्सल आर्ट सिक्‍न थालेँ; यो थकाइलाग्दो थियो र मलाई कहिलेकहीँ चोट लाग्थ्यो, तर जति नै गाह्रो हुँदा पनि मैले यसलाई कहिल्यै छोडिनँ। पछि, व्यापार सुरु गरेर भीडबाट माथि उठ्ने चाहनामा, म ऋण लिँदै उपहार दिँदै, र सम्‍बन्धहरू निर्माण गर्दै हिँड्न थालेँ। सन् १९९९ मा, मैले अन्ततः मार्सल आर्ट स्कूल दर्ता गर्न सकेँ।

स्कूल खोलेपछि, मेरो लगनशील व्यवस्थापनले यो फस्टायो र नाफा झन्झन् बढ्दै गयो। यसले स्थानीयहरूको आदर कमाएको थियो र मेरा आमाबुबा मैले हाम्रो परिवारमा इज्‍जत ल्याएको छु भनेर मप्रति गर्व गर्थे। विद्यार्थी र तिनीहरूका आमाबुबाले मसँग चापलुसी व्यवहार गर्थे, र नगर खेलकुद ब्यूरो र नगरका मेयरले मलाई निकै गन्थे र सधैँ मुस्कुराएर बोल्थे। सबैले आदर गरेको देख्दा मलाई आफू महत्त्वपूर्ण र सम्मानित भएको महसुस हुन्थ्यो, र हैसियत पाउने मेरो इच्‍छा पूर्ण रूपमा सन्तुष्ट भयो। म अत्यन्तै खुशी थिएँ, र मलाई मैले अन्ततः जीवनमा केही गरेँजस्तो लाग्थ्यो। स्कूलको स्थिति अझै दह्रिलो होस् भनेर म धेरै सामाजिक कार्यक्रमहरूमा भाग लिन्थेँ, विभिन्‍न विभागहरूमा घुस बाँड्थेँ र चाडपर्वमा नेताहरूलाई उपहार पठाउँथेँ, ताकि तिनीहरूले मलाई श्रेष्ठताको प्रमाणपत्र दिएर मेरो स्कूलको प्रवर्धन गरून्। तिनीहरूको चापलुसी गर्न, मैले आफ्‍नै विवेकविरुद्ध धेरै कुराहरू बोलेँ र गरेँ, किनभने अधिकारीहरूसँग कुरा मिलेन भने, मैले यति मेहनत गरी खडा गरेको व्यवसाय, प्रतिष्ठा र हैसियत एकैछिनमा बिलाउनेछ भन्‍ने डर लाग्थ्यो। सधैँ चिन्ता भइरहन्थ्यो र कहिल्यै ढुक्कले बस्‍न सक्दिनथेँ। त्यो शारीरिक र मानसिक दुवै रूपमा थकाइलाग्दो थियो—कठिन र गलाउने जीवनशैली थियो। त्यो बेला, म अन्योल भई सोच्थेँ: मेरो व्यापार सफल छ र मैले नाम र नाफा दुवै कमाएँ, र पनि किन जीवन यति कठिन र थकाइलाग्दो छ?

त्यसपछि, मे २०१२ मा मैले सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको सुसमाचार ग्रहण गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका ब्रदर-सिस्टरहरूसँग भेला हुँदा र छलफल गर्दा, मैले यो छलरहित, शक्ति र पैसाको लेनदेनरहित स्थान रहेछ भन्‍ने थाहा पाएँ। सबै जना सत्यता खोजी गर्नमै मात्र केन्द्रित थिए। आफूले भ्रष्ट स्वभाव प्रकट गर्दा, तिनीहरू आत्मज्ञानको बारेमा खुलस्त सङ्गति गर्थे, र आफ्‍ना समस्याहरू समाधान गर्न सत्यता खोजी गर्थे। त्यो मैले बाहिर समाजमा नदेखेको कुरा थियो। मलाई विश्‍वासको मार्ग नै जीवनको सही मार्ग हो भन्‍ने अनुभव भयो। परमेश्‍वरको वचन पढेर, मैले के सिकेँ भने, आखिरी दिनहरूमा, परमेश्‍वरले असललाई इनाम र दुष्टलाई दण्ड दिने काम गर्नुहुन्छ। परमेश्‍वरमा साँचो विश्‍वास गर्ने र सत्यता खोजी गर्नेहरूले मात्रै परमेश्‍वरको वास्ता र सुरक्षा पाउँछन्, र अन्तिममा मुक्ति पाएर विपत्तिहरूमा बाँच्छन्। विश्‍वास नगर्ने वा सत्यता खोजी नगर्नेहरूले जति राम्रो व्यापार चलाए पनि, वा जति धेरै पैसा कमाए पनि, अन्त्यमा यसको केही अर्थ हुँदैन, र यसले तिनीहरूको जीवन बचाउन सक्दैन। यो सब कुरा बुझेपछि, मैले स्कूलको विकासमा ध्यान दिन छोडेँ। बरु, खाली समयमा म बाहिर गएर सुसमाचार प्रचार गर्थेँ।

सुरुमा मेरो परिवारले मेरो विश्‍वासमा समर्थन जनाएको थियो। तर, पछि मेरो जेठो छोराले समाचारमा सरकारले विश्‍वासीहरूलाई दमन र पक्राउ गरिरहेको छ भन्‍ने देखेछ। मेरो विश्‍वासको कारण स्कूल खतरामा पर्छ भन्‍ने डरले, उसले मेरो विश्‍वासको विरोध गर्न थाल्यो, र मेरो बारेमा पुलिसलाई रिपोर्ट गर्छु भनेरसमेत धम्की दियो। मसँग राम्रो सम्‍बन्ध भएका एक सरकारी अधिकारीले पनि मलाई यस्तो सल्‍लाह दिए, “यो देशमा आस्थाको अनुमति दिइएको छैन। तपाईंले नि आफ्नो आस्था छोड्नुपर्छ। तपाईं पक्राउ पर्नुभयो भने, तपाईंलाई जेल मात्रै हुनेछैन, सायद तपाईंको स्कूल पनि बन्द हुनेछ। के यसले तपाईंको परिवार नष्ट गर्नेछैन र?” मैले तिनलाई मेरो विश्‍वास साँचो मार्ग हो र मैले अन्त्यसम्‍मै विश्‍वास गर्ने सङ्कल्‍प गरेको छु भनेर बताएँ। मलाई मनाउन नसकेपछि, तिनले मेरी श्रीमतीलाई सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई निन्दा गर्ने कम्युनिस्ट पार्टीका केही झूटहरू बताइदिए। तिनले “पूर्वीय ज्योति” का विश्‍वासीहरू सरकारको पक्राउका प्रमुख निसाना हुन्, र तिनीहरूका सन्ततिहरूले नकारात्मक असर भोग्‍नेछन्, तिनीहरूका छोराछोरीले कलेज जान, सेनामा भर्ती हुन वा सरकारी कर्मचारी हुन पाउनेछैनन् भनेर पनि बताइदिए। यो सुनेपछि मेरी श्रीमतीले मेरो विश्‍वासले हाम्रा छोराछोरीलाई नकारात्मक असर गर्नेछ भनेर डर मान्‍न थालिन्। तिनले मसँग ठूलो झगडा गर्न थालिन्, र मलाई डिभोर्स दिनेसमेत धम्की दिइन्। यो सब मेरो लागि पीडादायी थियो: “मेरो माइलो छोराले मास्टर्स डिग्री सकेपछि राम्रो जागिर पाएको थियो। मेरो विश्‍वासको कारण उसले त्यो सबै गुमाउँथ्यो भने, ऊ पक्‍कै मसँग जुध्‍न आउँथ्यो। यसको साथै, मैले औधी मेहनत गरेर स्थापना गरेको स्कूल अहिले फाइदामै गइरहेको थियो। मैले परमेश्‍वरमा विश्‍वास गरेको कारण यो बन्द हुन्थ्यो भने, के यतिका वर्षको मेहनत व्यर्थ हुन्‍नथ्यो र? मेरा छरछिमेकले मलाई के सोच्थे?” त्यो बेला, मलाई न खान मन लाग्थ्यो न त सुत्‍न नै। मलाई यति पीडा भयो कि मैले विश्‍वास छोड्नेसमेत विचार गरेँ, तर मुक्ति पाउने एउटै बाटो विश्‍वास हो भन्‍ने थाहा थियो, त्यसकारण म विश्‍वास नगरी बस्‍न सकिनँ।

मैले एउटा भेलामा आफ्‍नो स्थितिको बारेमा खुलस्त बताएँ। अगुवाले मलाई परमेश्‍वरका धेरै वचनहरूमा सङ्गति दिइन्, र त्यसमध्ये एउटा खण्ड यो पनि हो: “तँ यस संसारमा रुँदै आएको क्षणदेखि नै, तैँले आफ्ना जिम्मेवारीहरू पूरा गर्न थाल्छस्। परमेश्‍वरको योजना र उहाँको नियोजनका खातिर तँ आफ्नो भूमिका खेल्छस् र तँ आफ्नो जीवन यात्रा सुरु गर्छस्। तेरो पृष्‍ठभूमि जस्तोसुकै भए पनि र तेरो अगाडि जस्तोसुकै यात्रा भए तापनि, जेसुकै भए पनि, स्वर्गको योजनाबद्ध कार्य र प्रबन्धबाट कोही पनि उम्कन सक्दैन, अनि कसैले पनि आफ्‍नो नियति नियन्त्रण गर्न सक्दैन, किनकि यावत् थोकमाथि सार्वभौम हुनुहुने उहाँ मात्र यस्तो काम गर्न सक्षम हुनुहुन्छ” (वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ)। उनले यसो भन्दै सङ्गति दिइन्: “हाम्रो नियति सबै परमेश्‍वरकै हातमा छन्। हामी प्रत्येकको जन्‍म भएको क्षणदेखि, यो जीवनमा हामीले अनुभव गर्ने सबै कुरा, हामीले सामना गर्ने बाधा र कठिनाइहरू सबै परमेश्‍वरले नै पूर्वनिर्धारित गर्नुभएको हुन्छ। हामीले अहिले विश्‍वास गरेर परमेश्‍वरको मुक्ति स्विकार्न सक्छौँ भन्‍ने कुरा पनि उहाँले नै पूर्वनिर्धारित गर्नुभएको थियो। हामी चीनमा हुनु र हामीले हाम्रो विश्‍वासको लागि यस्तो दमन र कठिनाइ सहनुमा परमेश्‍वरको अनुमति छ, र उहाँले यो दमन प्रयोग गरेर परमेश्‍वरका चुनिएका मानिसहरूको विश्‍वास र भक्ति सिद्ध पार्नुहुन्छ। तपाईं पक्राउ पर्नुहुन्छ कि हुन्‍न, तपाईंको स्कूल बन्छ हुन्छ कि हुन्‍न, तपाईंका छोराछोरीको भविष्य कस्तो हुनेछ, यी सबै पूर्ण रूपमा परमेश्‍वरको हातमा छन्। कुनै पनि मानिसले यी कुराहरू निर्धारण गर्न सक्दैनन्, र सरकारले पनि यसको अन्तिम निर्णय गर्न सक्दैन।” परमेश्‍वरका वचनहरू र अगुवाको सङ्गति मेरो लागि अन्तर्दृष्टिपूर्ण थिए: “यो साँचो हो। मैले आफ्‍नो आधा जीवन बिताइसकेको थिएँ र धेरै कुरा अनुभव गरेको थिएँ, अनि अहिलेसम्‍म घटेको कुनै पनि घटना साँच्‍चिकै मेरो नियन्त्रणमा थिएनन् भन्‍ने महसुस भयो। उदाहरणको लागि, म सेनामा हुँदा मैले धेरै परिश्रम गरेँ र राम्रो कार्यप्रस्तुति देखाएँ। म अफिसरको पदमा पुग्‍नुपर्थ्यो, तर अन्तिममा मलाई अर्कैले उछिन्यो। अर्कोतर्फ, स्कूल स्थापना गर्दा मैले अनेक किसिमका कठिनाइहरू अनुभव गरेँ, तर अन्त्यमा मैले यसलाई सम्हाल्दै सहजसाथ सञ्चालन गरेँ, र अहिले यो राम्रो भइरहेको थियो। यी सफलता र असफलताहरू मानव नियन्त्रणभन्दा बाहिरका कुरा थिए।” यो सबबारे विचार गर्दा, मलाई के महसुस भयो भने, हामीले जीवनमा अनुभव गर्ने सबै कुरा परमेश्‍वरको नियमले निर्धारित गरेको हुन्छ, र हामीले यसको निर्णय गर्न सक्दैनौँ। म पक्राउ पर्नु-नपर्नुको बारेमा चिन्ता गर्नु व्यर्थ थियो। त्यो त परमेश्‍वरले नै धेरै पहिले निर्धारित गरिसक्‍नुभएको थियो, त्यसकारण मैले सबै कुरा परमेश्‍वरकै हातमा समर्पित गरेर उहाँका बन्दोबस्तहरूमा समर्पित हुनुपर्थ्यो। त्यसपछि अगुवाले मलाई अर्को कुरा सङ्गति गरिन्: “प्राचीनकालदेखि नै साँचो मार्गलाई दमन गरिँदै आइएको छ। यो जति साँचो मार्ग हो, शैतानका शक्तिहरूले यसलाई त्यति नै क्रूर रूपमा सताउँछन्। परमेश्‍वरले मानिसहरूलाई मुक्ति दिनुभएको देख्दा शैतान कसरी चुप बस्‍न सक्थ्यो र? जब प्रभु येशू काम गर्न आउनुभयो, तब रोमी सरकार र धार्मिक संसारले उहाँलाई नराम्ररी विरोध गरे र सताए, र उहाँलाई पछ्याउनेहरूलाई पनि त्यसै गरे। आज, हामीले साँचो परमेश्‍वरमा विश्‍वास गर्छौँ, त्यसैले हामीलाई शैतानी कम्युनिस्ट पार्टीको शासनले पक्राउ गर्नु र सताउनु अपरिहार्य कुरा हो। परमेश्‍वरले हामीलाई समझशक्ति पाउन मदत गर्नको लागि यो सतावट प्रयोग गर्नुहुन्छ, ताकि हामीले यो पार्टीको शैतानी, र परमेश्‍वरविरोधी सार स्पष्ट देख्‍न सकौँ।”

पछि, मैले परमेश्‍वरका वचनहरूको यो खण्ड पढेँ: “हजारौँ वर्षदेखिको फोहोर रहिआएको यो भूमि असहनीय रूपमा फोहोर छ, यसमा प्रचुर दुःख छ, प्रेतहरू जालझेल र छल गर्दै, आधारहीन आरोपहरू लगाउँदै, क्रूर उपाय अपनाउँदै, यो भूतको सहरलाई कुल्चिमिल्ची गर्दै र त्यसमा लासहरू छरपस्ट छोड्दै जताततै अनियन्त्रित रूपमा दगुर्छन्; कुहिएको दुर्गन्धले भूमिलाई ढाक्छ र त्यो हावामा फैलिन्छ, र त्यसलाई कडा सुरक्षामा राखिन्छ। आकाशभन्दा परको संसार कसले देख्न सक्छ? दियाबलसले मानिसको सम्पूर्ण शरीरलाई कसिलो गरी बाँधेर राख्छ, त्यसले उसका दुवै आँखा ढाकिदिन्छ, र उसका ओठहरू बलियो गरी बन्द गरिदिन्छ। दियाबलसहरूका राजाले हजारौँ वर्षदेखि आजको दिनसम्म उधुम मच्चाएको छ, जब यसले अझै पनि भूतको सहरमाथि निकट रूपमा नजर राख्छ, मानौँ यो पिशाचहरूको अभेद्य महल हो; यसबीच रखवारी गर्ने कुकुरहरूको यो झुन्डले परमेश्‍वरले उनीहरूलाई अप्रत्याशित रूपमा समातेर मेटाउनुहुनेछ, र उनीहरूलाई शान्ति र खुसीयालीको ठाउँबाट वञ्चित गर्नुहुनेछ भनी डराएर आँखा तर्छन्। यस्तो भूतको सहरका यस्ता मानिसहरूले कसरी परमेश्‍वरलाई देखेका हुन सक्छन् र? के तिनीहरूले कहिल्यै परमेश्‍वरको प्रियता र प्रेमिलो स्वभावको आनन्द उठाएका हुन सक्थे? के तिनीहरूले कहिल्यै मानव संसारका मामिला बुझ्ने सक्थे? तिनीहरूमध्ये कसले परमेश्‍वरका उत्सुक अभिप्राय बुझ्न सक्छ? त्यसैले देहधारी परमेश्‍वर पूर्ण रूपमा लुकेर रहनु त्यति अचम्मको कुरा होइन: पिशाचहरू निर्दयी र अमानवीय हुने यो जस्तो अन्धकारको समाजमा अलिकति पनि सङ्कोच नमानी मानिसहरूलाई मार्ने दियाबलसका राजाले एउटा यस्तो परमेश्‍वरको अस्तित्व कसरी सहन गर्न सक्थ्यो, जो प्रेमिलो, दयालु, साथै पवित्र पनि हुनुहुन्छ? त्यसले परमेश्‍वरको आगमनको प्रशंसा र जयजयकार कसरी गर्न सक्थ्यो? यी चाकरहरू! तिनीहरू दयाको बदलामा घृणा गर्छन्, तिनीहरूले धेरै पहिले नै परमेश्‍वरलाई शत्रुका रूपमा व्यवहार गर्न थालेका हुन्, तिनीहरू परमेश्‍वरसित दुर्व्यवहार गर्छन्, तिनीहरू चरम रूपमा बर्बर छन्, तिनीहरूमा परमेश्‍वरप्रति अलिकति पनि आदर छैन, तिनीहरू आक्रमण र लुटपाट गर्छन्, तिनीहरूले सबै विवेक गुमाएका छन्, तिनीहरू सबै विवेकको विरुद्धमा जान्छन्, र तिनीहरू निर्दोष मानवजातिलाई प्रलोभनमा पारेर अचेत बनाउँछन्। के प्राचीन सन्तका उत्तराधिकारीहरू? के प्रिय अगुवाहरू? तिनीहरू सबै परमेश्‍वरको विरोध गर्ने नीच मानिस हुन्! तिनीहरूको हस्तक्षेपले आकाशमुनिका सबैलाई अन्धकार र अराजकताको स्थितिमा छोडेको छ। के धार्मिक स्वतन्त्रता? के नागरिकहरूका वैधानिक अधिकार र हितहरू? ती सबै दुष्टतालाई ढाकछोप गर्ने युक्तिहरू हुन्” (वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (८))। परमेश्‍वरका वचनहरूले मलाई कम्युनिस्ट पार्टी नास्तिक पार्टी हो, र परमेश्‍वरको अस्तित्व रहन नदिने परमेश्‍वरको शत्रु हो भन्‍ने देखाए। यसले धार्मिक स्वतन्त्रताको अनुमति दिएको दाबी गर्छ, तर त्यो भ्रामक झूट मात्रै हो। यसलाई डर छ, यदि मानिसहरूले विश्‍वास गरे, परमेश्‍वरका वचनहरू पढे, र सत्यता जाने भने, तिनीहरूले त्यो पार्टी मानिसहरूलाई चोट पुर्‍याउने शैतान हो भनेर थाहा पाउनेछन्, र यसलाई त्याग्‍ने र इन्कार गर्नेछन्। त्यसपछि त, मानिसहरूलाई सदासर्वदा नियन्त्रणमा राख्‍ने यसको महत्त्वाकाङ्क्षा र उद्देश्य अपूरो रहनेछ। त्यसकारण मानिसहरूलाई परमेश्‍वरमा विश्‍वास गर्न र उहाँलाई पछ्याउनबाट रोक्‍नको लागि, यसले परमेश्‍वरका चुनिएका मानिसहरूलाई उन्माद रूपले पक्राउ गर्छ र सताउँछ र सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको बदनाम र निन्दा गर्न मिडिया प्रयोग गर्छ। यसले विश्‍वासीको परिवारलाई समेत धम्की दिन्छ, र तिनीहरूलाई तबसम्म विश्‍वासीहरूलाई दमन र इन्कार गर्न लगाउँछ, जबसम्‍म तिनीहरूले विश्‍वास त्याग्दैनन्, परमेश्‍वरको मुक्ति गुमाउँदैनन्, र त्यही पार्टीसँग नरकमा नष्ट हुँदैनन्। कम्युनिस्ट पार्टी अत्यन्तै खराब र दुष्ट छ! मेरो परिवारलाई यसले भ्रममा पारेको थियो र तिनीहरूले मलाई दमन गर्न थाले। यदि म मेरो परिवारको दमनमा झुक्थेँ भने, शैतानको चलाकीमा परिरहेको हुन्थेँ। म त्यसको अघि झुक्‍नु हुँदैनथ्यो। मेरो परिवारले मलाई जति नै बाधा दिए पनि, मैले आफ्‍नो विश्‍वास कायम राखेर कर्तव्य निभाउन जारी राख्‍नुपर्छ भन्‍ने मलाई थाहा थियो।

परमेश्‍वरलाई पछ्याउन म कति दृढ छु भन्‍ने देखेर, मेरो जेठो छोराले सतावटलाई अझै तीव्र पार्‍यो। एक दिन, उसले मलाई मेरा विद्यार्थीहरूकै अगाडि स्कूलबाट बाहिर लखेट्यो। मसँग रिसाउँदै चिच्यायो, “सरकारले धर्म मान्‍न दिँदैन, तर तपाईं धर्म मान्‍ने जिद्दी गर्नुहुन्छ! तपाईं पक्राउ पर्नुभयो भने, पूरै परिवारमा असर पुग्‍नछ, र मेरा छोराछोरीलाई समेत गाह्रो हुनेछ। यस्तो कुरा कसरी स्विकार्ने? तपाईंले आफ्‍नो विश्‍वास कायम राख्‍ने हो भने स्कूल छोड्नुहोस्, र हामीलाई यो समस्यामा नघिस्याउनुहोस्।” मेरो आफ्‍नै छोराले यस्तो निर्दयी कुरा भन्‍नेछ, परमेश्‍वरलाई विश्‍वास गरेकै कारण मलाई लखेट्नेछ भनेर मलाई पत्याउनै गाह्रो भयो। साह्रै मन दुख्यो: “मलाई मेरो स्कूलबाट निकालिन्थ्यो भने, के मेरो जीवनभरिको रगत, पसिना, र आँसु व्यर्थ हुन्थेन र? कसले मलाई ‘हेडमास्टर’ भन्थ्यो र कसले मलाई आदर गर्थ्यो? मैले यस्ता सम्मान पाउँदिनथेँ। म फेरि पनि सामान्य किसान बन्थेँ। मैले कसरी मेरा साथीभाइ र चिनेजानेका मानिसहरूको अनुहार हेर्न सक्थेँ?” यी कुराहरू सोच्दा मलाई साह्रै पिर पर्‍यो। “मेरो छोराले मलाई खेदायो भने म कहाँ जाने? कि म उसको कुरा चुपचाप मानूँ?” यो सब सोच्दा, मलाई परमेश्‍वरका यी वचनहरू याद आयो: “यदि मानिसहरूमा अलिकति पनि आत्मविश्‍वास छैन भने, तिनीहरूलाई त्यो बाटोमा अगि बढिरहन सहज हुँदैन। परमेश्‍वरको काम मानिसहरूका धारणा र कल्‍पनाहरूसँग अलिकति पनि मिल्दैन भनेर अहिले सबै जनाले देख्न सक्छन्। परमेश्‍वरले धेरै काम गर्नुभएको छ र धेरै वचनहरू बोल्नुभएको छ, अनि मानिसहरूले ती सत्यता हुन् भनेर स्वीकार गर्न सके पनि, तिनीहरूमा परमेश्‍वर सम्‍बन्धी धारणाहरू फैदा हुने सम्‍भावना अझै हुन्छन्। यदि मानिसहरूले सत्यता बुझेर यसलाई प्राप्त गर्न चाहन्छन् भने, तिनीहरूले पहिले नै जे देखेका छन् र तिनीहरूका अनुभवबाट जे प्राप्त गरेका छन् त्यसमा खडा हुन तिनीहरूमा आत्मविश्‍वास र इच्‍छाशक्ति हुनुपर्दछ। परमेश्‍वरले मानिसहरूमा जे गर्नुभए पनि, तिनीहरूमा जे छ त्यसलाई तिनीहरूले थामेर राख्नुपर्छ अनि परमेश्‍वरसामु इमानदार हुनुपर्छ र अन्त्यसम्मै उहाँप्रति समर्पित रहनुपर्छ। यही नै मानवजातिको कर्तव्य हो। मानिसहरूले जे गर्नुपर्छ त्यसलाई कायम राख्‍नुपर्छ” (वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तिमीले परमेश्‍वरप्रतिको आफ्नो बफादारी कायम राख्नुपर्छ)। “निराश नबन्, कमजोर नबन्, अनि म तँलाई कामकुराहरू प्रकाश गरिदिनेछु। राज्यमा पुग्‍ने मार्ग सहज छैन; कुनै पनि कुरा त्यति साधारण छैन! तिमीहरूकहाँ आशिष सहजै आएको नै तिमीहरू चाहन्छौ, होइन र? आज सबैले तितो परीक्षाको सामना गर्नु पर्नेछ। यस्तो परीक्षाविना मेरा निम्ति तिमीहरूसँग भएको प्रेमिलो हृदय अझ बलियो हुन सक्दैन अनि तिमीहरूमा मेरो निम्ति साँचो प्रेम हुनेछैन। यस्ता परीक्षाहरू स-साना परिस्थितिहरूले भरिएका भए तापनि सबैले यसबाट पार भएर नै जानुपर्नेछ; यति मात्र हो कि, परीक्षाहरूको चरमता फरक-फरक हुन्छ” (वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ४१)। परमेश्‍वरका वचनहरूले मलाई शान्त हुन मदत गरे। यो साँचो हो कि विश्‍वासको बाटो सजिलो छैन। हामीले केही कठिनाइहरू सामना गर्नुपर्छ, र आत्मविश्‍वासविना त्यो मार्गमा रहिरहन गाह्रो हुन्छ। यदि म यो दमनको कारण नकारात्मक भएर पछि हट्थेँ भने, मेरो आत्मविश्‍वास कहाँ हुन्थ्यो? परमेश्‍वरलाई विश्‍वास गर्नुअघि, सफल हुनको लागि वर्षौँ संसारमा संघर्ष गर्दा, यो जिउने शैली निकै कठिन, थकानपूर्ण, र निराशलाग्दो थियो। अहिले, सौभाग्यले मैले जीवनमा एकपटक पाइने अवसर पाएको थिएँ—परमेश्‍वर मानवजातिलाई मुक्ति दिन आउनुभएको थियो। मैले कसरी यसलाई त्यतिकै छोड्‍न सक्थेँ र? त्यसो गर्दा त परमेश्‍वरले मलाई कसरी मुक्ति दिन सक्‍नुहुन्थ्यो र? प्रभु येशूले भन्नुभयो: “आकाशका पक्षीहरूलाई हेर: किनकि तिनीहरूले रोप्दैनन्, न त तिनीहरूले कटनी नै गर्छन्, न त धनसारमा जम्मा नै गर्छन्; तापनि तिमीहरूका स्वर्गमा हुनुहुने पिताले तिनीहरूलाई खुवाउनुहुन्छ। के तिमीहरू तिनीहरूभन्दा निकै नै असल छैनौ र?” (मत्ती ६:२६)। परमेश्‍वरले आकाशका पन्छीहरू सृष्टि गर्नुभयो, तिनीहरूले न बिउ छर्छन् न कटनी गर्छन्, र पनि उहाँले तिनीहरूलाई बाँच्‍न दिनुहुन्छ। अहिले मैले परमेश्‍वरमा विश्‍वास गरेर कर्तव्य निभाउन थालेको थिएँ, त्यसैले परमेश्‍वरले मेरो लागि मार्ग खोलिदिनुहुने नै थियो। मेरो छोराले मलाई घरबाट निकाले पनि, परमेश्‍वरले मलाई डोर्‍याउनुहुनेछ भन्‍ने विश्‍वास थियो, र मैले चिन्ता गर्नुपर्ने केही थिएन। यो सोचले मेरो आत्मविश्‍वास जगायो र मैले उसको बाधामा महसुस गर्न छोडेँ। म आफ्‍नो विश्‍वासमा दृढ रहेको देखेर, उसले मलाई रिसाउँदै प्रवेशद्वारतिर घचेट्न थाल्यो। मसित स्कूल छोडेर मेरो आमाबुबाको घर गई बस्‍नेबाहेक कुनै विकल्‍प थिएन।

त्यो साँझ, आफ्‍नो दुर्दशाको बारेमा सोच्दा, मलाई साह्रै दुःख लाग्यो। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ: “परमेश्‍वर, यसमा तपाईंको इच्‍छा के छ मलाई थाहा छैन। तपाईंमा विश्‍वास गरेर म सही मार्ग हिँड्दै छु भन्‍ने मलाई थाहा छ, र पनि किन मेरो छोराले मसँग यस्तो व्यवहार गर्दै छ? बिन्ती छ तपाईंको इच्‍छा बुझ्‍न मलाई अगुवाइ गर्नुहोस्।” त्यसपछि, मलाई केही ब्रदर-सिस्टरहरूले मसँग बाँडेका परमेश्‍वरको वचनको एउटा खण्ड याद आयो: “परमेश्‍वरले मानिसहरूमा गर्ने कामको प्रत्येक कदम बाहिरी रूपमा मानिसहरूबीचको अन्तरक्रियाजस्तो देखिन्छ, मानौँ यो मानव प्रबन्ध वा मानव बाधाबाट उत्पन्न भएको हो। तर कामको प्रत्येक कदमपछाडि, र आइपर्ने सबै कुरा परमेश्‍वरसामु शैतानले थापेको बाजी हो, र तिनका लागि मानिसहरू परमेश्‍वरका लागि गवाहीमा दृढ रहनु आवश्यक हुन्छ। उदाहरणका लागि, अय्यूबको परीक्षा लिइएको घटना लिऊँ: पर्दापछाडि, शैतान परमेश्‍वरसँग बाजी थापिरहेको थियो, र अय्यूब भने मानिसहरूका कार्य र बाधाहरूको सामना गरिरहेको थियो। तिमीहरूमा परमेश्‍वरले गर्नुहुने कामको प्रत्येक कदमपछाडि शैतानले परमेश्‍वरसँग थापेको बाजी हुन्छ—यसको पछाडि एउटा लडाइँ हुन्छ” (वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो)। परमेश्‍वरका वचनहरू मनन गर्दा मैले के देखेँ भने, झट्ट हेर्दा यो समस्या कम्युनिस्ट पार्टीका झूटहरूद्वारा भ्रमित भएर मेरो छोराले मेरो विश्‍वासको दमन गरिरहेको र बाधा दिइरहेको, अनि मलाई स्कूलबाट निकालिरहेको जस्तो देखिन्थ्यो। तर वास्तवमा, मलाई बाधा दिने र यस्तो परिस्थिति ल्याउने त शैतान थियो र त्यसले हेर्न चाहन्थ्यो कि आखिर म के छनौट गर्छु—के मैले आफ्‍नो पारिवारिक सम्‍बन्ध कायम गरेर, आफ्‍नो नाम र हैसियत रक्षा गर्दै, परमेश्‍वरलाई धोका दिनेछु? कि यी व्यक्तिगत हितहरू त्यागेर म परमेश्‍वरलाई नै पछ्याइरहनेछु? मेरो परिस्थितिले मलाई चिन्तित तुल्यायो, किनभने ममा परमेश्‍वरमाथिको साँचो विश्‍वासको कमी थियो, र मसँग उहाँको लागि सबै कुरा त्याग्‍ने अठोट थिएन। शैतानले मलाई परमेश्‍वरलाई धोका दिन र उहाँलाई त्याग्‍न लगाउन मेरा कमजोरीहरू, अर्थात् प्रतिष्ठा र हैसियतप्रतिको मेरो इच्‍छा र परिवारप्रतिको मेरो चिन्तालाई निसाना बनाइरहेको थियो। त्यसरी, अन्तिममा त्यसले मलाई बरबाद गर्ने र निल्‍ने थियो। शैतान अत्यन्तै अनिष्टकर र दुष्ट छ! यो बुझेपछि मलाई अलिक ढुक्‍क लाग्यो। मलाई रोक्‍न मेरो परिवारले जे गरे पनि र मैले जीवनमा पछि जे-जस्ता कठिनाइहरू सामना गर्नु परे पनि, म आफ्‍नो विश्‍वासमा दह्रिलो रहेर अन्तिमसम्‍मै परमेश्‍वरलाई पछ्याउनेछु र शैतानलाई लज्‍जित पार्नेछु भनेर मैले सङ्कल्प गरेँ।

म मेरो आमाबुबाको घरमा लामो समय बस्‍न सक्दिनथेँ, त्यसकारण म स्कूल फर्केर जानुपर्‍यो। म फर्केर गएपछि, मैले भेलामा सहभागी हुने र सुसमाचार सुनाउने कार्यलाई जारी राखेँ। मैले विश्‍वास त्यागेको छैन भन्‍ने थाहा पाएपछि मेरो जेठा छोरा र बुहारीले ममाथिको दमनलाई अझै बढाए। तिनीहरूले प्राय ममाथि अपशब्‍द प्रयोग गर्थे, सराप्थे र गइहाल् भन्थे। तिनीहरूले स्कूलको पैसा पनि हातमा लिए र मलाई एक पैसा पनि दिएनन्। केही समयसम्‍म, मलाई सधैँ रिस उठिरहन्थ्यो र खान मन लाग्दैनथ्यो, त्यसैले मेरो स्वास्थ्य स्थिति खराब भयो। हिँड्दा आँखा अँध्यारो हुन्थ्यो, र धेरैपटक म झण्डैझण्डै बेहोस् भएँ। मलाई ग्यास्टिक भएछ, र साँझतिर मलाई साह्रै पेट दुख्थ्यो र पेटमा सिरानी चेपेर बसेपछि मात्रै पीडा अलिक कम भएजस्तो हुन्थ्यो। राती सुत्‍न नसक्दा म स्कूल ग्राउन्डमा गएर भवन, कार्यालय, चमेनागृह र सुत्‍ने कोठाहरू हेर्थेँ। मैले यति मेहनत गरेर बनाएको स्कूललाई हेर्दा मन भारी हुन्थ्यो। मैले यो स्कूल बनाउनकै लागि कति बाटो हिँडे, कतिसँग हात जोडेँ, र कति दुःख गरेँ भनेर सोच्थेँ। अहिले मैले केही सफलता पाएपछि, मेरो आफ्‍नै छोराले यो खोसिरहेको थियो। यो मेरो जीवनभरिको काम थियो। अहिले, मैले विश्‍वास रोज्थेँ भने, मैले यो सब गुमाउने खतरामा पर्थेँ। यस्तो सोच्दा हृदयमा छुरी घोपेझैँ भयो। त्यो बेला म एकदमै कमजोर भएको थिएँ र राती कसैले थाहा नपाउने गरी रोइरहन्थेँ। एकदिन मैले आँसु झार्दै परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, मैले जीवनभर दुःख गरेर बनाएको यो व्यवसाय गुमाउँदै छु, र म यसलाई छोड्नुपर्ने अवस्था सहनै सक्दिनँ। यो परिस्थितिबाट पार पाउन अगुवाइ गर्नुहोस्।”

पछि मेरा ब्रदर-सिस्टरहरूले मसित परमेश्‍वरका केही वचनहरू बाँडे जसले मलाई अभ्यासको मार्ग दिए। परमेश्‍वरका वचनहरूले भन्छ: “अब तैँले पत्रुसले ठ्याक्कै कुन मार्ग हिँडेको थियो त्यसलाई स्पष्ट रूपमा देख्‍न सक्‍नुपर्छ। यदि तैँले पत्रुसको मार्गलाई स्पष्ट रूपमा देख्‍न सक्छस् भने, आज गरिने कामको बारेमा तँ निश्‍चित हुनेछस्, ताकि तैँले कुनै गुनासो गर्ने छैनस्, वा नकारात्मक बस्ने छैनस्, वा कुनै कुराको तृष्णा गर्नेछैनस्। त्यो समयको पत्रुसको भावनालाई तैँले अनुभव गर्नुपर्छ: तिनी शोकले ग्रस्त थिए; तिनले भविष्य वा आशीषहरूको लागि अनुरोध गर्न छाडे। तिनी संसारमा ख्याति, प्राप्ति, खुसी, वा धनसम्पत्तिको पछि लागेनन्; तिनी सबैभन्दा अर्थपूर्ण जीवन जिउनुको पछि मात्र लागे, जसमा परमेश्‍वरको प्रेमको ऋण तिर्ने र तिनले सबैभन्दा बहुमूल्य ठानेको कुरा परमेश्‍वरलाई अर्पण गर्ने कार्य समावेश थियो। त्यसपछि तिनी आफ्‍नो हृदयमा सन्तुष्ट हुन्थे” (वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसले येशूलाई कसरी चिने)। परमेश्‍वरका वचनहरू मनन गर्दा मेरो आँखा खुल्यो। त्यो बेला, पत्रुसले पनि आफ्‍नो विश्‍वासको लागि परिवारबाट दमन भोगेका थिए। तिनले आफ्‍नो नाम र परिवारको इज्‍जत राखेको तिनको परिवार चाहन्थ्यो, तर तिनी तिनीहरूको बन्धनमा परेनन्। प्रभु येशूले बोलाएपछि, तिनले प्रभुलाई पछ्याउन र अर्थपूर्ण जीवन जिउन सबै कुरा त्यागे। पत्रुसको अनुभव मेरो लागि अन्तर्दृष्टिपूर्ण थियो। परमेश्‍वरमाथि पत्रुसको विश्‍वास साँचो थियो र तिनी उहाँलाई पछ्याउन सबै कुरा त्याग्‍न सक्षम थिए। तिनले सत्यता पछ्याए, र परमेश्‍वरलाई चिने र प्रेम गरे, अनि अन्तिममा परमेश्‍वरको अनुमोदन पाए। मैले विश्‍वास गरेको त्यति धेरै भएको थिएन र सत्यतासम्‍बन्धी मेरो बुझाइ सतही थियो, तर नाम र हैसियत खोजी गर्दा विगतमा मैले भोगेको कष्टबारे सोच्दा, र पत्रुसले हिँडेको मार्ग, जसद्वारा तिनले परमेश्‍वरको अनुमोदन पाए, त्यसलाई हेर्दा मलाई साँच्‍चै उत्प्रेरणा मिल्यो। म पनि पत्रुसको उदाहरण पछ्याएर, नाम र प्रतिष्ठा त्याग्‍न, र सत्यता पछ्याउन चाहन्थेँ। पछि मैले स्कूल छोडेर आफ्‍नो विश्‍वासको अभ्यास गरिरहने र कर्तव्य निभाइरहने निर्णय गरेँ।

केही दिनपछि, मेरो छोराले मलाई स्कूलबाट निकालेको थाहा पाएपछि मेरा केही सेना साथीहरू निकै रिसाए, र त्यो स्कूल फिर्ता लिन अनेक सोचविचारहरू गरे। इष्टमित्र र आफन्तहरूले यो अन्यायको विरोध गरे, र गाउँपालिकाका सचिवले मलाई स्कूलको मालिक म हुँ, र यसमा कसैको अधिकार लाग्दैन भनेर आधिकारिक प्रमाणपत्र दिएर मलाई सहयोग गरे। तिनीहरू सबैको कुरा सुन्दा, मैले सोचेँ: “अब, मसँग यो प्रमाणपत्र छ, त्यसैले मेरा सेना साथीहरूले मलाई स्कूल फिर्ता लिन मद्दत गरे भने, मैले गुमेको सबै प्रतिष्ठा फिर्ता पाउनेछु।” मलाई फेरि नाम र हैसियत पछ्याउने इच्‍छा भएको छ भन्‍ने महसुस भयो, त्यसकारण मैले मनमनै परमेश्‍वरलाई प्रार्थना गरेँ र दैहिकता पछ्याउन मद्दत गर्नुहोस् भनेर उहाँलाई अनुरोध गरेँ। प्रार्थनापछि मैले अय्यूबको अनुभवबारे सोचेँ। तिनको सारा सम्पत्ति रातारात खोसियो, र यो कुरा अत्यन्तै पीडादायी भए पनि, तिनले ती कुरा फिर्ता लिन आफ्‍नै बलको प्रयोग गरेनन्। बरु, तिनले प्रार्थना गरे र परमेश्‍वरका बन्दोबस्तहरूमा समर्पित भए। अय्यूबको धनको तुलनामा त मेरो सम्‍पत्ति केही पनि थिएन, तर यदि मैले यो परिस्थितिमा परमेश्‍वरलाई प्रार्थना र खोजी गरिनँ, बरु स्कूल फिर्ता लिने चाहना गरेँ भने, त्यो कसरी परमेश्‍वरमा समर्पित भएको भयो र? यसको साथै, मैले स्कूल फिर्ता पाएँ र यसलाई सञ्‍चालन गर्न दिनभरि मेहनत गर्नुपर्‍यो भने, मसँग विश्‍वास अभ्यास गर्ने र कर्तव्य निभाउने ऊर्जा बाँकी हुने थिएन। अहिले मेरो छोराले मबाट स्कूल लिएको हुनाले, मैले आफ्‍नो विश्‍वास अभ्यास गरेर पूर्ण हृदयले कर्तव्य निभाउन सक्थेँ। त्यो राम्रो कुरा थियो। यो विचारले मेरो हृदय निकै उज्यालो बनायो। अनि, म अत्यन्तै गहन रूपमा भ्रष्ट भएकोले र मैले प्रतिष्ठा र हैसियतको धेरै वास्ता गरेकोले मैले कहिल्यै स्कूल त्याग्‍न सकेको रहेनछु भन्‍ने महसुस भयो।

पछि मैले परमेश्‍वरका वचनहरूको यो खण्ड पढेँ: “यस्तो फोहोरी भूमिमा जन्मिएको मानिस समाजद्वारा गम्भीर रूपमा दूषित पारिएको छ, ऊ सामन्ती नैतिकताहरूबाट प्रभावित बनेको छ, र उसले ‘उच्‍च शिक्षालयहरूको’ शिक्षा प्राप्त गरेको छ। पश्चगामी सोच, भ्रष्‍ट नैतिकता, पतित जीवनदृष्टि, संसारसँग व्यवहार गर्ने घृणित दर्शन, पूर्णतया मूल्यहीन अस्तित्व, साथै नीच चलनहरू र दैनिक जीवन—यी सबै कुरा मानिसको हृदयमा गम्भीर रूपमा घुसपैठ गर्दै आएका छन्, र तिनले उसको विवेकलाई गम्भीर रूपमा क्षति पुर्‍याउँदै र आक्रमण गर्दै आएका छन्। फलस्वरूप, मानिस परमेश्‍वरबाट अझ धेरै टाढिन्छ, र अझ धेरै उहाँको विरोधी बनेको छ। मानिसको स्वभाव दिनदिनै अझ बढी निर्दयी बन्छ, र स्वेच्छाले परमेश्‍वरका निम्ति कुनै कुरा त्याग्न इच्छुक व्यक्ति एक जना पनि छैन, स्वेच्छाले परमेश्‍वरप्रति समर्पित हुने व्यक्ति एक जना पनि छैन, र स्वेच्छाले परमेश्‍वरको देखापराइलाई खोज्ने व्यक्ति त झनै छैन। बरु, मानिसले शैतानको सत्ताअन्तर्गत रहेर धीत मरुन्जेल आनन्द पछ्याउँछ र आफ्नो देहलाई लापरवाह रूपमा दलदलमा भ्रष्ट तुल्याउँछ। अन्धकारमा जिउनेहरू सत्यता सुनेर पनि त्यसलाई अभ्यास गर्ने चाहना राख्दैनन्, र परमेश्‍वर देखा परिसक्नुभएको छ भन्ने देख्दादेख्दै पनि तिनीहरूको झुकाव खोजी गर्नेतिर हुँदैन। यस्तो चरित्रभ्रष्‍ट मानवजातिका लागि कसरी मुक्तिको कुनै सम्भावना हुन सक्छ? यस्तो पतित मानवजाति कसरी ज्योतिमा जिउन सक्छ र?” (वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। स्वभावमा अपरिवर्तित रहनु भनेको परमेश्‍वरसँग शत्रुतामा हुनु हो)। परमेश्‍वरका वचनहरूले मेरो स्थितिलाई ठ्याक्‍कै खुलासा गरिदिए। म सानै हुँदादेखि मेरा आमाबुबा र शिक्षकहरूले मलाई “मानिस उभोतिर जान खोज्छ, तर खोला तलतिर बग्छ,” “दुःख नगरी सुख मिल्दैन,” “अरूभन्दा असल बन,” र “पुर्खाको नाम राख” जस्ता कुराहरू सिकाउँथे। यी शैतानी दर्शनहरूले मेरो हृदयमा गहिरो जरा गाडेका थिए, र मभित्र जीवन र यसका मूल्य-मान्यताहरूबारे विकृत दृष्टिकोण विकास गरेका थिए। म सोच्थेँ, सफल हुनु, अरूभन्दा असल हुनु, प्रतिष्ठा र हैसियत प्राप्त गर्नु मात्रै निष्ठा र मूल्यको जीवन हो। म आफ्‍नो नाम राख्‍न कुनै पनि कठिनाइ भोग्‍न तयार हुन्थेँ। मार्सल आर्ट स्कूल सञ्‍चालन गर्दा, हरेक दिन साह्रै थकाइलाग्दो हुन्थ्यो। सरकारी अधिकारीहरूको चापलुसी गर्न, जीउजीउ गर्न र चम्चागिरी गर्न म पसिनाले कमाएको रकम प्रयोग गर्थेँ, यसरी म निष्ठाहीन जीवन जिउँथेँ। अलिकति गलत कदम चालेँ भने पनि समस्यामा पर्छु भन्‍ने डरले मैले सरकारी नेताहरूलाई अग्रिम रूपमै चाडपर्वको उपहार पठाउनुपर्थ्यो। त्यस्ता जटिल सम्‍बन्धहरू कायम राख्‍नु मानसिक र शारीरिक रूपमा थकाइलाग्दो हुन्थ्यो, तर म यसको दलदलमा नराम्ररी फसेको थिएँ र म उम्‍कन सकिरहेको थिइनँ। नाम र हैसियत कमाएपछि मैले चिनेका मानिसहरूले हरकिसिमका निर्लज्ज काम गर्थे, भ्रष्टचार र घूसखोरीमा मस्त हुन्थे, वेश्‍यावृत्ति गर्थे अनि जुवातास खेल्थे—तिनीहरूको कुनै सीमा थिएन। शैतानले त्यसरी नै मानिसहरूलाई भ्रष्ट तुल्याउँछ र हानि गर्छ। मेरो छोराले मैले आफ्‍नै हातले बनाएको स्कूल कब्जा गर्नुको कारण पनि ऊ ख्याति र हैसियतको लोभमा पर्नु थियो। उसले त्यो पाउनको लागि बाबु-छोराको प्रेम लत्यायो। यसले मलाई प्राचीन सम्राट परिवारहरूको याद दिलायो, जहाँ दाजुभाइहरू, बाबु-छोराहरूले सिंहासन हत्याउन एकअर्काको हत्या गर्थे। मानिसहरूलाई सबै मानवता र समझ गुमाउने गरी भ्रष्ट पार्ने शैतानका भ्रम र झूट त्यही हुन्। त्यो बेला मैले प्रतिष्ठा र हैसियत शैतानले मानवजातिलाई बाँध्‍ने साङ्ला हुन् भन्‍ने देखेँ। यदि हामी शैतानका दर्शनहरूअनुसार जिउँछौँ, प्रतिष्ठा र हैसियत खोजिहिँड्छौँ भने, हामी झन्झन् भ्रष्ट हुनेछौँ र जीवन झन्झन् पीडादायी हुनेछ। परमेश्‍वरले मलाई अबदेखि शैतानको भ्रष्टतामा परेको हेर्न चाहनुहुन्‍नथ्यो, र यसैले म प्रतिष्ठा र हैसियतको दलदलमा फसेको बेला, परमेश्‍वरका वचनहरूले मलाई सत्यता पछ्याउनु नै सही मार्ग हो, र अर्थपूर्ण जीवन जिउने एउटै तरिका हो भन्‍ने कुरा देखाए। म शैतानी दर्शनहरूको बन्धन र बाधामा परेको थिएँ, त्यसकारण जब मैले पैसा, प्रतिष्ठा, र हैसियतको आनन्द गुमाएँ, तब मलाई त्यो भुल्न गाह्रो भयो, र म दयनीय भएँ। मलाई ती कुराहरू फिर्ता लिन मुद्दासमेत हाल्‍न मन लागेको थियो। म अत्यन्तै मूर्ख थिएछु। यदि मैले त्यही बाटो हिँडिरहेको भए, मैले शैतानलाई मेरो हानि गर्न दिइरहने थिएँ, र अन्तिममा योसँग म नष्ट हुने थिएँ। प्रभु येशूले भन्नुभयो: “किनकि यदि मानिसले सारा संसार पाएर आफ्नै प्राण गुमायो भने, उसलाई के फाइदा हुन्छ? अथवा आफ्नो प्राणको साटो मानिसले के दिन सक्छ?” (मत्ती १६:२६)। यो साँचो हो। कसैसँग जति नै धेरै पैसा वा प्रतिष्ठा भए पनि, यसले सत्यता वा जीवन किन्‍न सक्दैन! आज, मैले आफ्‍नो जीवनभरमा आर्जेको सम्पत्ति, प्रतिष्ठा र हैसियत गुमाको छु, तर यो अनुभवबाट मैले यी कुराहरूले कसरी मानिसहरूलाई हानि गर्छन्, र तिनको पछि लाग्दा कति डरलाग्दा परिणामहरू आउँछन् भन्‍ने कुरा सिकेको छु। मैले सत्यता पछ्याउनुको अर्थ र मूल्य पनि सिकेको छु, र परमेश्‍वरलाई पछ्याउन र आफ्‍नो कर्तव्य निभाउन भौतिक सम्पत्ति त्याग्‍न सक्‍ने भएको छु। यो मेरो लागि परमेश्‍वरको ठूलो मुक्ति हो। मैले परमेश्‍वरको इच्‍छा बुझेपछि, मलाई मेरो छोरासँग लड्न वा उसलाई मुद्दा हाल्‍न मन लागेन। मलाई परमेश्‍वरको नियममा समर्पित हुने, सत्यता पछ्याउने, र आफ्‍नो कर्तव्य निभाउने मात्रै चिन्ता थियो।

त्यहाँदेखि, मैले मण्डलीमा सुसमाचार सुनाउँदै र आफ्‍नो कर्तव्य निभाउँदै आएको छु। अहिले मलाई अरूले सम्‍मान नगरे पनि, मलाई पहिले कहिल्यै नमिलेको शान्ति मिलेको छ, र हरदिन सन्तुष्टिपूर्ण भएको छ। परमेश्‍वरलाई विश्‍वास गर्नु र पछ्याउनु नै सबैभन्दा उत्कृष्ट विकल्प र सबैभन्दा अर्थपूर्ण जिउने तरिका हो भन्‍ने कुरामा म हृदयमा निश्‍चित भएको छु। परमेश्‍वर धन्यवाद!

अघिल्लो: ५५. मानिसहरूलाई खुसी पार्न खोज्नेहरूपछाडिको वास्तविकता

अर्को: ५७. मैले अन्ततः गलत कार्यबारे रिपोर्ट गर्ने आँट गरेँ

सम्बन्धित विषयवस्तु

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्