१००. छद्म भेष धारण गर्दाको पीडा
सन् २०१८ को एक दिन, मेरो अगुवाले मलाई भर्खरै स्थापना भएको मण्डलीलाई सघाउने काममा नियुक्त गरे। यो खबर सुन्दा, मलाई अचम्म पनि लाग्यो र अलिक डर पनि लाग्यो। मेरो अगुवाले पक्कै पनि मलाई निकै उच्च ठानेजस्तो देखिन्थ्यो; सोचेँ, तर यदि मैले कुनै व्यवहारिक काम गर्न सकिनँ भने मेरा ब्रदर-सिस्टरहरूले मलाई कसरी हेर्लान्? के तिनीहरूले मलाई म असल अगुवा होइन भन्ने ठान्लान्? त्यसो भयो भने त, मसँग कुन इज्जत बाँकी रहनेछ र? यी कुराहरूबारे सोच्नेबित्तिकै, मलाई बेचैन हुन थाल्यो र सहज भएर आफ्नो कर्तव्य पूरा गर्न कठिन हुन थाल्यो। एक हप्तापछि, हृदयभरि अनिश्चितता बोकेर, म नयाँ मण्डलीतिर लागेँ। सुरुमा, ब्रदर-सिस्टरहरूले प्रश्नहरू गर्दा, मैले परमेश्वरका वचनहरू र सिद्धान्तहरूसित सङ्गतिसम्बन्धी आफ्नै अनुभव जोडेर तिनलाई समाधान गर्न सकेँ। तर पछि तिनीहरूले यस्ता समस्याहरू सामना गरे, जुन मैले पूर्ण रूपमा बुझ्नै सकिनँ, न त तिनलाई कसरी समाधान गर्ने भन्ने नै मलाई थाहा थियो, त्यसकारण मलाई तनाव हुन थाल्यो।
मलाई एउटा खास भेलाको याद आउँछ, त्यो बेला ब्रदर-सिस्टरहरूले आफ्नो काममा सामना गरेका केही प्रश्न र कठिनाइहरू उठाए, र ती समस्याहरू समाधान गर्न सत्यताको कुन पक्षमा सङ्गति गर्ने मैले सोच्न सकिनँ। मलाई तिनीहरूले कम आँक्छन् भन्ने चिन्ता थियो, र मलाई निकै तनाव पनि भइरहेको थियो। जतिसक्दो चाँडो सङ्गति गर्नको लागि मैले परमेश्वरका वचनहरूको खण्ड वा सिद्धान्तहरूको बारेमा सोच्ने प्रयास गर्दै मैले दिमागमा जोर लगाएँ, तर म जति उत्तेजित भएँ, मेरो मन त्यति नै खाली भयो। मेरो जबाफ पर्खँदै मेरा ब्रदर-सिस्टरहरू त्यहाँ चुपचाप बसिरहेको देख्दा, म अझै बढी आत्तिएँ, र सोचेँ, “यदि मैले तिनीहरूका समस्याहरू समाधान गर्न सकिनँ भने, के त्यसको अर्थ मैले सत्यता बुझेकी छैनँ र म व्यवहारिक काम गर्न सक्दिनँ भन्ने हुँदैन र? ब्रदर-सिस्टरहरूले मलाई के सोच्नेछन्? यो त लाजमर्दो हुनेछ!” अन्तिममा, मैले जे होला देखाजाला भनी सङ्गती गर्न परमेश्वरका वचनहरूको एउटा खण्ड छनौट गरेँ। वास्तवमा, मैले धर्मसिद्धान्तको ज्ञान पढेर सुनाइरहेकी छु र यसले तिनीहरूको समस्या समाधान गर्दैन भन्ने मलाई स्पष्ट रूपमा थाहा थियो। तर मेरा ब्रदर-सिस्टरहरूले सुनिरहेको र शिर हल्लाइरहेको, र थप टिप्पणी नदिएको देख्दा, मैले यसबारेमा थप विचार गरिनँ। अर्कोपटक, एक सिस्टरले आफ्नो छोरीको बारेमा मलाई केही कुरा सोधिन्, उनकी छोरी काममा अत्यन्तै व्यस्त भएकीले नियमित रूपमा भेलामा जान सक्दिनथिन्। ती सिस्टरलाई उनकी छोरीले सत्यताको खोजी गरिरहेकी छैनन्, त्यसकारण उनले मुक्ति पाउने मौका गुमाउनेछिन् भन्ने चिन्ता थियो, त्यसकारण उनले सधैँ आफ्नी छोरीलाई परमेश्वरका वचनहरू पढ्न र अझै बढी भेलाहरूमा सहभागी हुन स्मरण गराउँथिन्। तर यस क्रममा, उनलाई आफूले छोरीलाई अत्यन्तै धेरै दबाब दिँदा यसले तिनलाई रिस उठाउँछ भन्ने चिन्ता पनि लागेको थियो। यो समस्याले सिस्टरलाई निकै बोझ दिइरहेको थियो, र उनलाई अब के गर्ने भन्ने नै थाहा थिएन। त्यो बेला, ती सिस्टरको समस्यालाई समाधान गर्न कसरी उनीसँग सङ्गति गर्ने मलाई निश्चित रूपमा थाहा थिएन। मैले मनमनै सोचेँ, “सबैको अगाडि यो सिस्टरको लागि कुनै सङ्गति दिन नसकेमा त्यस्तो असफलताको औचित्य साबित गर्न सकिनेछैन। यो समूह भेलामा म आज पहिलोपटक आएकी छु। मैले तिनीहरूको कुनै पनि समस्याहरू समाधान गर्न सकिनँ भने, के ब्रदर-सिस्टरहरूले मलाई कम ठानेर म सत्यता सङ्गति गरेर समस्याहरू समाधान गर्न असक्षम छु भनेर भन्नेछैनन् र? जसरी भए पनि, मैले यो परिस्थितिमा आफ्नो इज्जत जोगाउनैपर्छ।” त्यसैले मैले यसो भन्दै सङ्गति गरेँ, “यस विषयमा, हामीले सत्यताको खोजी गर्नुपर्छ र परमेश्वरको इच्छालाई बुझ्नुपर्छ। परमेश्वरले उहाँमा साँचो विश्वास गर्ने र सत्यतालाई प्रेम गर्ने मानिसहरूलाई मुक्ति दिनुहुन्छ। उहाँले हामीलाई कहिल्यै पनि भेला हुन वा आफ्नो कर्तव्य पूरा गर्न जबरजस्ती गर्नुहुन्न, त्यसकारण यदि तपाईंकी छोरीले सत्यताको खोजी गर्दिनन् भने, तपाईंले तिनलाई जबरजस्ती गर्नु हुँदैन। तपाईं परमेश्वरका बन्दोबस्तहरूमा समर्पित हुनुपर्छ, र आफ्ना भावनाहरूको आधारमा व्यवहार गर्नबाट आफूलाई रोक्नुपर्छ।” मैले मेरो सङ्गति सकेपछि सिस्टरले केही पनि भनिनन्, तर उनले अझै पनि आफ्नो अनुहार खुम्च्याइरहेकी थिइन्। सिस्टरको समस्या समाधान नभएको देख्दा, अगुवा, सिस्टर वाङ्गले आफ्नै सङ्गति दिइन्, “तपाईंले आफ्नी छोरीलाई सहयोग गर्नुपर्छ र प्रेमसाथ सङ्गति दिनुपर्छ। समय बित्दै जाँदा, तपाईंकी छोरी सत्यताको खोजी गर्ने व्यक्ति हुन् कि होइनन् भन्ने कुरा स्पष्ट हुँदै जान्छ। यदि उनी परमेश्वरको साँचो विश्वासी हुन् भने, उनले सुरुमा सांसारिक इच्छाहरू देखाएर सत्यताको खोजी नगरे पनि, तपाईं धैर्य हुनुपर्छ र तपाईंले उनलाई स्वीकार गर्दै प्रेमसाथ सहयोग गर्नुपर्छ। त्यसपछि, उनले केही सत्यता बुझ्न थालेपछि, स्वाभाविक रूपमै उनले यसलाई अझै बढी प्राथमिकता दिन थाल्नेछिन्। यदि उनी सत्यतालाई प्रेम गर्ने व्यक्ति होइनन्, र आशिष्हरू प्राप्त गर्ने उद्देश्यले परमेश्वरमा नाममात्रको विश्वास गर्छिन् भने, जति नै सहयोग वा प्रार्थना गरे पनि त्यसले काम गर्नेछैन, किनभने परमेश्वरले गैरविश्वासीहरूलाई मुक्ति दिनुहुन्न। त्यसकारण, हामी उनलाई प्रेमसाथ सहयोग गरौँ र साथ दिऊँ, त्यसपछि उनी कस्तो व्यक्ति हुन् भन्ने निश्चित भएपछि, उनलाई कसरी व्यवहार गर्ने भनेर सिद्धान्तअनुसार निर्णय गर्न सक्छौँ।” सिस्टरले निरन्तर सहमतिमा शिर हल्लाइरहिन्, र मैले पनि समस्यालाई स्पष्ट रूपमा बुझेँ। सिस्टर वाङ्गको सङ्गतिले अभ्यासको स्पष्ट मार्ग प्रदान गर्यो। तर म बाहिरी रूपमा यो कुनै कुरा पनि स्वीकार गर्न तयार थिइनँ; यदि मैले त्यसरी स्वीकार गरेँ भने, ब्रदर-सिस्टरहरूले मैले धर्मसिद्धान्तको ज्ञानबारे मात्रै सङ्गति गरेँ भनेर थाहा पाउने सम्भावना अझै धेरै हुन्छ, र म पूर्ण रूपमा लाजमा पर्नेछु भन्ने मलाई लाग्यो। त्यहाँदेखि, म मेरा ब्रदर-सिस्टरहरूले उठाउने समस्याहरू समाधान गर्न सक्दिनँ होला भन्ने डरले मलाई निकै भारी महसुस हुन थाल्यो। कहिलेकहीँ समस्याहरू सामना गर्दा, म ब्रदर-सिस्टरहरूको विचार र दृष्टिकोणहरू सुन्न तिनीहरूसँग सङ्गति गर्न चाहन्थेँ। तर तिनीहरूलाई मलजल र सहयोग गर्ने म नै हुँ, र यदि मैले भूमिका परिवर्तन गरेर तिनीहरूलाई सहयोग माग्न गएँ भने, तिनीहरूले अवश्य नै मलाई कम आँक्नेछन् भन्ने कुरा मलाई याद आउँथ्यो। म मनमा यताउता कुरा खेलाइरहन्थेँ, अनि केही कुरा भन्न लागेको बेला, आफैलाई शङ्का गर्थेँ र चुप बस्थेँ। कहिले त म कठिन समस्या देखा पर्दा बाथरूम जाने बहाना बनाउथेँ, वा अरू काम गर्ने बहाना बनाउथेँ, अनि ब्रदर-सिस्टरहरूलाई सुरुमा तिनीहरूका आफ्नै बीचमा छलफल गर्न लगाउँथेँ। म फर्केर आउँदा, तिनीहरूले केही सम्भावित समाधानहरू पत्ता लगाइसकेका हुन्थे, त्यसकारण कसैले पनि मेरो वास्तविकतालाई देख्न सक्दैनथे। जब-जब म यसो गर्थेँ, म आफैलाई दोष दिन्थेँ, किनभने मैले समस्यालाई राम्ररी बुझेकी हुँदिनथेँ, र यदि मैले सङ्गतिमा मन खोलेर बोलेँ र मेरा ब्रदर-सिस्टरहरूबाट सहयोग मागेँ भने, मैले अझै गहन बुझाइ प्राप्त गर्न सक्थेँ भन्ने मलाई थाहा हुन्थ्यो। त्यस्तो बेला, म सधैँ त्यस्तो परिस्थितिबाट उम्कने कोसिस गर्दिनँ भनी सङ्कल्प गर्थेँ, तर जबजब केही समस्या देखा पर्थ्यो, म स्वभावैले आफ्नो हैसियत र इज्जत बचाउन चाहन्थेँ। म कि त केही धर्मसिद्धान्तको ज्ञान उद्धृत गर्दै आफ्नो छलफलमा झारा टार्थेँ, कि त त्यो परिस्थितिबाट भाग्थेँ। त्यो अवधिमा, मेरो स्थिति झन्-झन् खराब हुँदै गयो—भेलाहरूमा सङ्गति गर्दा मैले कुनै अन्तर्ज्ञान पाउँथिनँ, समस्याहरू सामना गर्ने प्रयास गर्दा मेरो मनमा बादल लागेको छ जस्तै हुन्थ्यो, र मलाई आफ्नो कर्तव्य पूरा गर्न झन्-झन् गाह्रो हुँदै गइरहेको थियो। सधैँ बाहिरी भेष धारण गरेर आफ्नो वास्तविक रूप लुकाउनुपर्दा म अत्यन्तै दबाबमा र तड्पाइमा परेकी थिएँ। मलाई त सायद यो कर्तव्य मेरो लागि एकदमै भारी भयो, र म मेरो पहिलेको कर्तव्यमा फर्केर जानु नै राम्रो हुन्छ जस्तो समेत लाग्थ्यो। म खराब स्थितिमा छु भन्ने मैले थाहा पाएँ, त्यसकारण मैले परमेश्वरसँग प्रार्थना गरेँ, “प्रिय परमेश्वर! आजभोलि मलाई यो काम निकै गाह्रो भइरहेको छ र म स्पष्ट रूपमा सोच्न सक्दिनँ। तपाईं मबाट टाढा जानुभएको छ जस्तै लाग्छ, तर मैले कहाँ गल्ती गरेँ मलाई थाहा छैन। हे परमेश्वर, बिन्ती छ मलाई आफ्नो बारेमा अझै राम्ररी बुझ्न सहयोग गर्नुहोस्।”
त्यसपछि, मैले परमेश्वरका वचनहरूको यो खण्ड भेटेँ: “भ्रष्ट मानिसहरू सबैमा एउटा साझा कमजोरी हुन्छ: जब तिनीहरूसँग हैसियत हुँदैन, तब तिनीहरूले अरूसँग अन्तरक्रिया गर्दा वा बोल्दा स्वाङ पार्दैनन् वा कुनै निश्चित शैली अपनाउँदैनन्। तिनीहरूको बोलीमा कुनै बनावटी स्वर हुँदैन र त्यो साधारण र सामान्य हुन्छ। तिनीहरूको देखावटी रूप हुँदैन, वा तिनीहरू अरूले तिनीहरूका बारेमा के सोच्छन् भनी चिन्ता गर्दैनन्। तिनीहरूले कुनै मनोवैज्ञानिक दबाब महसुस गर्दैनन्, र अरू मानिसहरूसँग खुलेर कुरा गर्न र सङ्गति र अन्तरङ्ग कुराकानीमा संलग्न हुन सक्षम हुन्छन्। अरूले तिनीहरू मित्रवत् र सजिलै नजिकिन सकिने स्वभावका भएको महसुस गर्छन्, र तिनीहरू निकै राम्रा छन् भनी सोच्छन्। तर, तिनीहरू हैसियत प्राप्त गर्नेबित्तिकै, उच्च र शक्तिशाली बन्छन्, साधारण मानिसहरूलाई बेवास्ता गर्छन्, तिनीहरूसँग कोही पनि रकुरा गर्न सक्दैन; तिनीहरूले आफू कुलीन हुँ, र आफू साधारण मानिसहरूभन्दा फरक वर्गको हुँ भन्ने ठान्छन्। तिनीहरू साधारण मानिसहरूलाई तुच्छ नजरले हेर्छन्, तिनीहरू ठाँटसित बोल्छन् र अरूसँग खुला रूपमा सङ्गति गर्न छोड्छन्। किन तिनीहरूले त्यसउप्रान्त खुला रूपमा सङ्गति गर्न छोड्छन्? तिनीहरूलाई आफूसँग अब हैसियत छ, र आफू अगुवा हुँ भन्ने लाग्छ। तिनीहरू अगुवाहरूको एउटा निश्चित छवि हुनैपर्छ, उनीहरू साधारण मानिसहरूभन्दा उच्च हुनुपर्छ, उनीहरूसँग अरूको भन्दा ठूलो कद र सहनशक्ति हुनुपर्छ भन्ने सोच्छन्; तिनीहरूले के विश्वास गर्छन् भने, सर्वसाधारण मानिसहरूका तुलनामा, अगुवाहरूसँग अझै बढी धैर्य हुनुपर्छ, उनीहरूले अझै बढी कष्ट भोग्न र समर्पित हुन, अनि शैतानको कुनै पनि परीक्षा सामना गर्न सक्नुपर्छ। तिनीहरूका आमाबुबा वा परिवारका अन्य सदस्यहरूको मृत्यु भए पनि, तिनीहरूलाई आफूसँग नरुनका लागि आत्म-नियन्त्रण हुनुपर्छ, वा तिनीहरूले अरूका अगाडि भन्दा पनि गोप्य रूपमा, नदेखिने गरी रुनुपर्छ भन्ने लाग्छ। तिनीहरूले कसैलाई पनि आफ्ना कमजोरी वा त्रुटि वा आफ्ना कुनै पनि दुर्बलताहरू देख्न दिनु हुँदैन, र तिनीहरूले आफू नकारात्मक भएको कुरा समेत कसैलाई थाहा दिनु हुँदैन; बरु, त्यस्ता सबै कुराहरू लुकाउनुपर्छ भन्ने सोच्छन्। तिनीहरूले हैसियत भएको व्यक्तिले यसरी नै व्यवहार गर्नुपर्छ भन्ने विश्वास गर्छन्। जब तिनीहरू आफूलाई यस हदसम्म कुण्ठित पार्छन्, तब के हैसियत नै तिनीहरूको परमेश्वर, तिनीहरूको प्रभु बनेको हुँदैन र? अनि यस्तो हुँदा, के तिनीहरूमा अझै सामान्य मानवता हुन्छ? जब तिनीहरूमा यी विचार हुन्छन्, जब तिनीहरूले आफूलाई सीमित दायरामा राख्छन्, र यस प्रकारको नाटक गर्छन्, तब के तिनीहरू हैसियतले मोहित भएका हुँदैनन् र?” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। हैसियतको परीक्षा र बन्धनलाई कसरी समाधान गर्ने)। परमेश्वरका वचनहरूको प्रकाशद्वारा, मैले के महसुस गरेँ भने म मेरो प्रतिष्ठा र हैसियतप्रति अत्यन्तै लिप्त भएकी हुनाले मलाई मेरो काम थकाइलाग्दो र कठिन लागेको रहेछ। म त्यो मण्डलीमा आउनुभन्दा पहिले, मलाई मेरा ब्रदर-सिस्टरहरूसँगको भेलामा स्वतन्त्र र बाधारहित महसुस हुन्थ्यो—कुनै दबाब हुँदैनथ्यो, र मैले कुनै कुरा बुझिनँ भने, म सङ्गतिको लागि यसबारे कुरा उठाउँथेँ। तर त्यो मण्डलीमा सहयोग गर्न आएदेखि नै, म तिनीहरूलाई सहयोग गर्न आएकी हुनाले म तिनीहरूभन्दा असल र अझै सिपालु छु भन्ने सोच्दै मैले आफैलाई उच्च स्थानमा राखेकी थिएँ। मलाई मेरा ब्रदर-सिस्टरहरूले उठाउने हरेक समस्यालाई समाधान गरेर मात्रै मैले आफ्नो हैसियतअनुसार काम गरिरहेकी हुनेछु भन्ने लाग्थ्यो। मेरा ब्रदर-सिस्टरहरूको आदर र स्वीकार पाउन, मैले छद्म रूप धारण गरे र देखावटी रूप प्रस्तुत गरेँ। मैले समस्याहरूलाई स्पष्ट रूपमा नबुझ्दा पनि, म मन खोलेर कुरा गर्न र खोजी गर्न तयार थिइनँ, बरु धर्मसैद्धान्तको ज्ञानबारे भाषण दिँदै जिद्दी भएर झारा टार्दै, ब्रदर-सिस्टरहरूलाई धोका दिइरहेँ, र कहिलेकहीँ त त्यस्तो परिस्थितिबाट भाग्न बहानाहरू समेत बनाएँ। मेरा ब्रदर-सिस्टरहरूको समस्या समाधान भयो कि भएन भन्नेबारेमा म अलिकति पनि ध्यान दिँदिनथेँ, र म “मैले यो समस्या बुझिनँ” भन्नेजस्तो सरल कुरा पनि भन्न सक्दिनथेँ। त्यसपछि मात्रै मलाई महसुस भयो कि मैले हैसियतलाई धेरै महत्त्व दिएकी रहेछु, र मैले गर्ने सबै कुरा त्यो हैसियतको रक्षा गर्नको लागि रहेछन्। मेरो उत्थान गरी परमेश्वरले मलाई त्यहाँ गएर मण्डलीले सामना गरेका समस्या र कठिनाइहरू समाधान गर्न मेरा ब्रदर-सिस्टरहरूसँग काम गर्न लगाउनुभएको थियो, तर मैले आफ्नो कर्तव्य कसरी सबैभन्दा राम्ररी पूरा गर्ने र व्यवहारिक काम गर्ने भन्नेबारेमा विचारै गरिनँ, बरु मैले मेरा ब्रदर-सिस्टरहरूले मलाई के सोच्नेछन्, र मेरो हैसियत र इज्जतलाई राम्ररी कसरी रक्षा गर्ने भन्नेबारेमा मात्रै विचार गरेँ। मैले आफ्नो इज्जत र हैसियतको रक्षा गर्नको लागि तिनीहरूलाई धोका दिने तरिकाहरू पनि अपनाएँ। मेरा कर्तव्यहरूलाई बेवास्ता गरेर, मैले आफैलाई कष्ट दिइरहेकी मात्र थिइनँ, मेरा ब्रदर-सिस्टरहरूलाई समेत हानि पुर्याइरहेकी र मण्डलीको काममा ढिलाइ गरिरहेकी थिएँ। त्यसले गर्दा मलाई परमेश्वरले पक्कै पनि अत्यन्तै घृणा र इन्कार गर्नुभएको हुनुपर्छ। म अन्धकारमा परेकी थिएँ—यो परमेश्वरको धर्मी स्वभाव ममाथि खनिएको अवस्था थियो, र मैले कर्तव्यनिष्ठ भएर आत्मचिन्तन गर्नु र परमेश्वरसँग पश्चात्ताप गर्नु जरुरी थियो।
भोलिपल्ट, मैले मेरा ब्रदर-सिस्टरहरूको अघि मेरो हालैको स्थितिको बारेमा मन खोलेर बताएँ, र मलाई समस्यामा पारेका केही प्रश्नहरू पनि सङ्गति गर्नको लागि अघि सारेँ। सँगै सङ्गति गरेर, अनि परमेश्वरको अगुवाइद्वारा, हामीले अन्त्यमा यी समस्याहरूलाई अझै राम्ररी बुझ्यौँ, र अभ्यास गर्ने मार्ग भेट्टायौँ। त्यसपछि पनि म अझै कठिनाइहरूको सामना गर्दा वा निश्चित समस्याहरूलाई बुझ्न नसक्दा, थाहै नपाई छद्म भेष धारण गर्ने गर्थेँ, र म मेरो ब्रदर-सिस्टरहरूको अघि मेरो कमजोरी खुलासा गर्न चाहँदिनथेँ, त्यसकारण मैले मार्गदर्शन माग्दै परमेश्वरसँग प्रार्थना गरेँ। त्यसपछि मैले परमेश्वरका वचनहरूको एउटा खण्ड भेटेँ र यसले मलाई अभ्यासको मार्ग दियो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “तैँले आफूलाई हैसियतको नियन्त्रणबाट मुक्त गर्न के गर्नैपर्छ? तैँले पहिलात्यसलाई तेरा उद्देश्यहरू, तेरा विचारहरू र तेरो हृदयबाट हटाउनुपर्छ। यो कसरी हासिल हुन्छ? पहिले, जब तँ हैसियत विनाको थिइस्, तैँले आफूलाई मन नपर्ने मानिसहरूलाई बेवास्ता गर्थिस्। अब जब तँसित हैसियत छ, यदि तैँले कुनै अनाकर्षक व्यक्ति, वा समस्यामा परेको कसैलाई देखिस् भने तिनीहरूलाई सहायता गर्न आफू जिम्मेवार भएको महसुस गर्छस्, त्यसैले तिनीहरूसित भएका केही व्यावहारिक समस्याहरू समाधान गर्ने प्रयास गर्दै, तिनीहरूसँग सङ्गतिमा धेरै समय बिताउँछस्। अनि यस्ता कामहरू गर्दा तेरो मनमा कस्तो भावना हुन्छ? यो आनन्द र शान्तिको अनुभव हो। त्यसैले तैँले पनि मानिसहरूमा भरोसा राख्नुपर्छ र आफू कठिनाइमा पर्दा वा असफल हुँदा, आफ्ना समस्या र कमजोरीहरू, आफूले कसरी परमेश्वरविरुद्ध विद्रोह गऱ्यो, र त्यसबाट आफू कसरी बाहिर निस्क्यो र परमेश्वरका अभिप्रायहरू पूरा गर्न ससक्षम भयो भनी बताउँदै तिनीहरूसित बारम्बार सङ्गति गर्नुपर्छ। अनि यस प्रकारले तिनीहरूलाई भरोसा गर्नुको प्रभाव कस्तो हुन्छ? निस्सन्देह, त्यो सकारात्मक हुन्छ। कसैले पनि तँलाई तुच्छ ठान्नेछैनन्—अनि तिनीहरूले यी अनुभवबाट गुज्रने तेरो क्षमताको ईर्ष्या गर्लान्। कतपिय मानिस सधैँ के सोच्छन् भने जब मानिसहरूसित हैसियत हुन्छ, तब तिनीहरूले अधिकारीहरूले जस्तै व्यवहार गर्नुपर्छ, र आफूलाई गम्भीरताका साथ लिइयोस् र सम्मान गरियोस् भनेर निश्चात तरिकामा बोल्नुपर्छ। के यस्तो प्रकारको सोचाइ सही हो? यदि तैँले यस प्रकारको सोचाइ गलत हो भनेर बुझ्न सक्छस् भने, तैँले परमेश्वरलाई प्रार्थना गर्नुपर्छ र दैहिक कुराहरूको विरुद्धमा जानुपर्छ। गमक्क नपर्, र पाखण्डको मार्गमा नहिँड्। तँमा त्यस्तो सोच आउनेबित्तिकै, सत्यता खोजेर त्यो समाधान गर्नुपर्छ। यदि तैँले सत्यता खोजिनस् भने, यो सोच, यो दृष्टिकोणले आकार लिनेछ र तेरो हृदयमा जरा गाड्नेछ। परिणामस्वरूप, त्यो तँमाथि हावी हुनेछ अनि तैँले भेष बदल्नेछस् र यस्ता हदमा आफ्नो छवि बनाउनेछस् कि कसैले पनि तँमा त्यो कुरादेख्न वा तेरा सोचहरू बुझ्न सक्नेछैनन्। तँ अरूसँग तिनीहरूबाट तेरो साँचो हृदय लुकाएर राख्ने मुकुण्डो ओढेर बोल्छस्। तैँले अरूलाई तेरो हृदय हेर्न दिन अनि अरूलाई आफ्नो हृदय खोल्न र तिनीहरूसँग नजिक हुन सिक्नैपर्छ। तैँले आफ्नो दैहिक रुचिहरूविरुद्ध विरुद्ध विद्रोह गर्नैपर्छ र परमेश्वरका मागहरूअनुसार अभ्यास गर्नैपर्छ। यसरी, तेरो हृदयले शान्ति र खुसी पाउनेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। हैसियतको परीक्षा र बन्धनलाई कसरी समाधान गर्ने)। परमेश्वरका वचनहरूले मलाई प्रतिष्ठा र हैसियतका बन्धनहरू त्याग्नको लागि, मैले मेरो हृदयबाट हैसियतको इच्छा त्याग्न सिक्नुपर्छ भन्ने कुरा महसुस गराए। वास्तवमा, मैले जुन कर्तव्य निर्वाह गरिरहेकी भए पनि वा मसँग जति नै धेरै हैसियत भए पनि, म अझै पनि गहन रूपमा शैतानद्वारा भ्रष्ट तुल्याइएकी थिएँ र ममा धेरै अपर्याप्तता र कमजोरीहरू थिए। यो पूर्ण रूपमा सामान्य कुरा थियो—जब कुनै व्यक्ति अगुवा बन्छ र उसले हैसियत प्राप्त गर्छ, तब ऊ अचानक अरूभन्दा असल बन्ने, र उसले कद प्राप्त गर्ने, सत्यता बुझ्ने र हरेक समस्यालाई निचोर्न र समाधान गर्न सक्ने हुँदैन। मैले आफ्नो बारेमा उचित धारणा राख्नुपर्थ्यो। पछि, जबजब मलाई मेरो हैसियतको रक्षा गर्न र आफ्ना अपर्याप्तताहरूलाई ढाकछोप गर्न मन लाग्थ्यो, म यसको ठीक विपरीत गर्थेँ: म कुनै बहाना नबनाई सबैको अघि मन खोलेर आफूलाई उदाङ्गो पार्थेँ, र यसरी ब्रदर-सिस्टरहरूलाई मेरो साँचो कद देखाउँथेँ। यदि मैले समाधान गर्न नसक्ने समस्या भेटेँ भने, म वास्तविक रूपमै मैले यो बुझिनँ भनेर स्वीकार गर्थेँ र मेरा ब्रदर-सिस्टरहरूसँग सत्यताको खोजी गर्थेँ, र यसरी हामीले एकअर्काका सबल पक्ष र कमजोरीहरूलाई परिपूर्ति गर्थ्यौँ। यसरी अभ्यास गर्दा, मलाई निकै स्वतन्त्र र ढुक्क महसुस हुन्थ्यो, र त्यसउप्रान्त मेरो कर्तव्य थकाइलाग्दो हुन छोड्यो।
तैपनि, कतिपय समयमा म सत्यता अभ्यास गर्न सक्दिनथेँ। एकपटक, अगुवा सिस्टर वाङ्ग, मभन्दा अगाडि भेलामा आइन्। मैले मनमनै सोचेँ: “सिस्टर वाङ्गलाई मेरो पछिल्लो सङ्गतिबाट मेरा अपर्याप्तता र कमीकमजोरीहरू थाहा भइसकेको छ, त्यो बेला मैले धर्मसिद्धान्तिको ज्ञानबारे मात्रै छलफल गरेँ। यदि मैले फेरि पनि मेरा ब्रदर-सिस्टरहरूको समस्या समाधान गर्न सकिनँ भने, उनले पक्कै पनि मलाई अझै कम आँक्नेछिन्। त्यसपछि मैले मेरो लाजलाई कसरी सहने?” यो कुरा महसुस भएपछि मलाई अलिक चिन्ता लाग्यो र उनीसँग भेलाको नतृत्व गर्दा धेरै तनाव हुन्छ जस्तो लाग्यो। मैले सिस्टर वाङ्गलाई भनेँ, “यदि तपाईंले अरू कुनै कर्तव्य पूरा गर्नु छ भने, तपाईं जान सक्नुहुन्छ, किनभने यो भेला म आफै सम्हाल्न सक्छु।” सिस्टर वाङ्ग केही नभनीकन गइन्। अचम्मको कुरा, केही दिनपछि सिस्टर वाङ्गले मलाई भनिन्, “त्यो दिन, भेलाको अन्त्यमा मैले काममा देखा परेका केही समस्या र विचलनको बारेमा कुरा उठाउने योजना बनाएकी थिएँ, तर भेला हुने ठाउँमा आउनेबित्तिकै, तपाईंले मलाई मेरो आवश्यकता छैन भनी भन्नुभयो। मैले यसबारेमा विचार गरेँ र तपाईंहरूले सामना गरिरहनुभएका केही समस्याहरूको बारेमा तपाईंलाई ध्यानाकर्षण गर्नुपर्छ भन्ने निर्णय गरेँ। यसले तपाईं र परमेश्वरको घरको काममा फाइदा पुर्याउनेछ।” सिस्टर वाङ्गले मलाई के भनिन् भने, मैले गर्ने सबै कुरामा मैले आफ्नो हैसियत र इज्जतको रक्षा गरिरहेकी हुन्छु, म सधैँ आफ्ना अपर्याप्ततालाई लुकाउँछु र छद्म भेष धारण गर्छु, र मेरा ब्रदर-सिस्टरहरूसँग मैले वास्तविक सहकार्य गर्न सकेकी छैन। मैले आफ्नो कर्तव्य पूरा गर्ने क्रममा गलत मनसाय राखेकी हुनाले मैले आफ्नो काममा पवित्र आत्माको कुनै काम प्राप्त गर्न र कुनै परिणाम हासिल गर्न कठिन हुनेछ। सिस्टर वाङ्गको टिप्पणीको कारण लाजले मेरो अनुहार रातो भयो। मलाई आफैप्रति लाज लाग्यो, र साँच्चै नरमाइलो अनुभव भयो। उनले भनेको कुरा सही थियो: मेरो काम भनेको मण्डलीलाई सहयोग गर्नु थियो, तर अरूले जित्छन् र म अपमानित हुन्छु भन्ने चिन्ताले गर्दा, उनले जतिसक्दो चाँडो समस्याहरू पहिचान र समाधान गर्न मसँग काम गर्न चाहँदा पनि मैले उनलाई भेलाबाट पठाउने बहाना बनाएँ। मण्डलीको कामको बारेमा उनी मभन्दा बढी परिचित थिइन्, त्यसकारण कर्तव्य निर्वाह गर्ने क्रममा उनीसँग सहकार्य नगरी मैले कसरी राम्रा परिणामहरू हासिल गर्न सक्थेँ र? सिस्टर वाङ्गले म सत्यताको वास्तविकताविहीन र समस्याहरू समाधान गर्न असक्षम छु भनेर मात्रै पत्ता लगाएकी थिइनन्, हैसियत र प्रतिष्ठाप्रति म कति आसक्त छु भन्ने कुरा पनि पत्ता लगाएकी थिइन्। त्यो बेला, मलाई पूर्ण रूपमा अपमानित भएको अनुभव भयो। कष्टमाझ, म प्रार्थनामा परमेश्वरसामु आएँ: “प्रिय परमेश्वर! आज मेरो लागि यो परिस्थिति मिलाएर मेरा समस्याहरू र कमीकमजोरीहरू औँल्याउन सिस्टर वाङ्गलाई पठाउनुभयो। मैले यो परिस्थितिबाट सिक्नैपर्छ त्यसकारण म बिन्ती गर्छु मलाई आफ्नो बारेमा अझै राम्ररी बुझ्न अगुवाइ गर्नुहोस्, ताकि मैले आफ्नो भ्रष्ट स्वभावलाई सुधार गरेर वास्तविक रूपान्तरण प्राप्त गर्न सकूँ।” प्रार्थनापछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड भेट्टाएँ, जसले त्यस बेलाको मेरो स्थितिलाई खुलासा गरिदियो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “मानिसहरू अन्तर्निहित रूपमै सृजित प्राणी हुन्। के सृजित प्राणीहरूले सर्वशक्तिमान्ता प्राप्त गर्न सक्छन्? के तिनीहरूले सिद्धता र निष्खोटता प्राप्त गर्न सक्छन्? के तिनीहरूले सबै कुरामा निपुणता प्राप्त गर्न, सबै कुरा बुझ्न, सबै कुरा स्पष्ट रूपमा देख्न, र सबै कुराका लागि सक्षम हुन सक्छन्? तिनीहरूले सक्दैनन्। तैपनि, मानिसहरूभित्र एउटा भ्रष्ट स्वभाव हुन्छ र एउटा घातक कमजोरी हुन्छ: तिनीहरूलाई आफूले कुनै सीप वा पेसा सिक्नेबित्तिकै आफू सक्षम छु, आफू हैसियत र महत्त्व भएको मानिस हुँ, र आफू पेसेवार हुँ भन्ने लाग्छ। तिनीहरूको वास्तविक सामर्थ्य जस्तो भए पनि, तिनीहरू सबै आफूलाई प्रसिद्ध वा असाधारण व्यक्तिको भेषमा प्रस्तुत गर्न चाहन्छन्, केही हदसम्म प्रसिद्ध व्यक्ति बन्न, र अरूलाई आफू एउटै पनि खोट नभएको सिद्ध र दोषरहित रहेको सोच्न लगाउन चाहन्छन्; तिनीहरू अरूको नजरमा भव्य र प्रभावशाली छविसहितको, कुनै पनि कुरा गर्ने क्षमता भएको, र आफूले गर्न नसक्ने केही पनि नभएको, कुनै सक्षम, शक्तिशाली, असाधारण, वा प्रसिद्ध र महान् व्यक्ति देखिन चाहन्छन्। तिनीहरू आफूले अरूको सहायता खोजेमा, आफू असक्षम र हीन देखिने, र मानिसहरूले तिनीहरूलाई तुच्छ ठान्ने सोच्छन्। यसकारण, तिनीहरू सधैँ नाटक गर्न चाहन्छन्। … यो कस्तो किसिमको स्वभाव हो? त्यस्ता मानिसहरूको अहङ्कारको कुनै सीमा हुँदैन, तिनीहरूले सबै समझ गुमाइसकेका हुन्छन्। तिनीहरू साधारण मानिस बन्न चाहँदैनन्, तिनीहरू मामुली, सामान्य मानिस बन्न चाहँदैनन्, बरु महामानव, असाधारण व्यक्ति, वा सक्षम मानिस बन्न चाहन्छन्। यो निकै ठूलो समस्या हो! सामान्य मानवताभित्रका कमजोरीहरू, कमीहरू, अज्ञानता, मूर्खता, र समझको कमीको सम्बन्धमा भन्दा, तिनीहरूले ती सबै कुरा पोको पार्छन्, र अरू मानिसहरूलाई त्यो देख्न दिँदैनन्—तिनीहरू आफ्नो भेष बदलिरहन्छन्। … तिनीहरू आफूलाई चिन्दैनन्, तिनीहरू आफू को हुन् भन्ने जान्दैनन्, र तिनीहरू सामान्य मानवतामा जिउन जान्दैनन्। तिनीहरूले मानिसहरूले गर्नुपर्ने काम व्यावहारिक तरिकाले कहिल्यै गरेका छैनन्, न त तिनीहरू कहिल्यै सामान्य व्यक्तिजस्तो जिएका नै छन्। तिनीहरू सधैँ कुहिरोमा, अलमल्ल तरिकाले जिउँछन्; तिनीहरू व्यावहारिक तरिकाले कामकुरा गर्दैनन्, तर सधैँ आफ्ना कल्पनाहरूअनुसार जिउँछन्। यसले समस्या निम्त्याउँछ। तिनीहरू आफूलाई आचरणमा ढाल्न जान्दैनन्, र तिनीहरूले रोजेको जीवन मार्ग गलत छ। यदि तैँले यसो गरिस् भने, तैँले परमेश्वरमा जसरी विश्वास गरे पनि तैँले सत्यता बुझ्नेछैनस्, न त सत्यता प्राप्त गर्न नै सक्नेछस्। इमानदारीसाथ भन्दा, तेरो सुरुआती बिन्दु नै गलत छ, त्यसैले तैँले सत्यता प्राप्त गर्न सक्दैनस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरमाथिको विश्वासको सही मार्गमा प्रवेश गर्नका लागि पूरा गर्नैपर्ने पाँच सर्तहरू)। परमेश्वरका वचनहरूको प्रकाशले मलाई के महसुस गर्न सहायता गर्यो भने, म आफ्नो अहङ्कारी स्वभावद्वारा नियन्त्रित भएको कारण नै मैले अरूको आदर पाउन सधैँ स्वभावैले छद्म भेष धारण गर्ने गरेकी रहेछु। म त सृष्टिको एउटा थोक मात्रै थिएँ, त्यसकारण मैले सबै कुरा बुझ्न र सबै समस्यालाई स्पष्ट रूपमा जान्न सक्दिनथेँ। आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा समस्या र कठिनाइहरू सामना गर्नु पूर्ण रूपमा सामान्य कुरा थियो। तैपनि मैले निश्चित हैसियत हासिल गर्नेबित्तिकै, मैले आफू “असाधारण” छु भन्ने विश्वास गरेँ, र म आफ्नो वास्तविकता पहिचान गर्न र अपर्याप्तताहरू सामना गर्न असफल भएँ। म सधैँ कुनै महान्, महत्त्वपूर्ण व्यक्ति, सिद्धताको नमुना बन्ने प्रयास गरिरहेकी हुन्थेँ, त्यसकारण मैले ब्रदर-सिस्टरहरूको नजरमा मेरो छवि र हैसियत जोगाउन हरमोडमा छद्म भेष धारण गरेर बहानाको खोल ओढिहिँड्थेँ। म यस्ता शैतानी भनाइहरूद्वारा पूर्ण रूपमा भ्रष्ट र गहन रूपमा प्रभावित थिएँ “मानिस आफू जहाँ जहाँ बस्छ त्यहाँ त्यहाँ उसले आफ्नो नाम छोडी राख्छ, त्यसरी नै जसरी हाँसले आफू जहाँ जहाँ उड्छ त्यहाँ त्यहाँ क्वाँक क्वाँक आवाज निकाल्छ” र “रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ” म मानिसहरूको जुन समूहमा काम गरे पनि, म सधैँ अरूमा उत्कृष्ट छाप छोड्न र सबैको आदर र प्रशंसा पाउन चाहन्थेँ, किनभने त्यसरी मात्रै गौरव र शिष्टताको जीवन जिउन सकिन्छ भन्ने मेरो विश्वास थियो। त्यसपछि, जब सबैको अघि मेरा कमी र अपर्याप्तताहरू खुलासा भए, मलाई निकै पीडा भयो र यी अपर्याप्तताहरूलाई ढाकछोप गर्ने र लुकाउने उपायहरू रचेँ। यो पछिल्लो घटना यसको एउटा राम्रो उदाहरण हो: सिस्टर वाङ्गले मेरो वास्तविकता पत्ता लगाउनेछिन् र उनको नजरमा मैले निर्माण गरेको छवि गुम्छ भन्ने डरले, मैले जानीजानी उनलाई अर्कै ठाउँ पठाएँ, ताकि मैले सत्यता बुझेकी छैनँ भन्ने कुरालाई लुकाउन सकूँ। मेरो आफ्नै हैसियत र प्रतिष्ठाको रक्षा गर्ने प्रयासमा, मैले मण्डलीको कामलाई अलिकति पनि ध्यान दिइनँ, न त मैले आफ्नै कर्तव्यको बारेमा नै सोचेँ। म अत्यन्तै स्वार्थी र दुष्ट रहेछु! मण्डलीमा समाधान गर्नुपर्ने व्यवहारिक समस्याहरू अझै धेरै थिए, र मैले सिस्टर वाङ्गसँग सहकार्य गरिनँ भने, समस्याहरू समाधान हुनेछैनन् भन्ने मैले महसुस गरेँ। त्यसले सम्पूर्ण मण्डलीको काममा ढिलाइ, र हाम्रा ब्रदर-सिस्टरहरूको जीवनमा हानि गर्नेथ्यो। मैले आफ्नो छवि जोगाउन मण्डलीका हितहरू परित्याग गरिरहेकी थिएँ—के मैले दुष्ट काम गरिरहेकी थिइनँ र? परमेश्वरको आराधना गर्दै र उहाँमा समर्पित हुँदै, अनि हाम्रा कामकाज व्यवहारिक रूपमा अघि बढाउँदै र परमेश्वरका आग्रहहरूअनुसार आफ्नो कर्तव्य निभाउँदै सामान्य मानवको रूपमा आफ्नो जीवन जिउन सकौँ भनेर परमेश्वरले हामीलाई सृष्टि गर्नुभएको थियो। तैपनि अहङ्कारमा डुबेर, ममा सामान्य मानवमा हुनुपर्ने समझको कमी भयो, त्यसकारण अरूको आदर पाउन र मेरा ब्रदर-सिस्टरहरूको हृदयमा परमेश्वरको ठाउँ लिन मैले सधैँ आफ्नो राम्रो छवि देखाउने प्रयास गरिरहेकी हुन्थेँ। मैले कुनै लाज-सरम नमानी हैसियतको लागि परमेश्वरसँग संघर्ष गरेँ, र यस कार्यले उहाँको स्वभाव उल्लङ्घन गर्यो। प्रधान स्वर्गदूतले हैसियतको लागि परमेश्वरसँग लडाइँ गरेर परमेश्वरको स्वभाव उल्लङ्घन गरेको थियो, र त्यसलाई स्वर्गबाट फ्याँकिएको थियो। मैले पनि उचित व्यवहार नगरी र सधैँ अरूको आदर र प्रशंसा पाउने प्रयास गर्दै, के त्यही प्रधान स्वर्गदूतले जस्तै व्यवहार गरिरहेकी थिइनँ र? मैले परमेश्वरको विरोध गर्ने मार्ग हिँडिरहेकी थिएँ। मैले पश्चात्ताप गरिनँ भने, मलाई दण्ड दिन अन्त्यमा नरकमा फ्याँकिनेथ्यो। यो कुरा महसुस गरेपछि, मलाई आफैप्रति घृणा र लाज लाग्यो, र पश्चात्ताप गर्ने र सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य इमान्दारीपूर्वक र व्यवहारिक रूपमा पूरा गर्ने इच्छा जाहेर गर्दै परमेश्वरसँग प्रार्थना गरेँ।
यी कुराहरू महसुस गरिसकेपछि, मैले आफ्ना समस्याहरू समाधान गर्न अभ्यासको मार्ग खोजेँ। मैले परमेश्वरका वचनहरूको दुई वटा खण्ड भेटेँ, जसमा यस्तो लेखिएको थियो: “परमेश्वरको उपस्थितिमा तैँले जस्तो देखावटी रूप धारण गरे पनि, आफूलाई जसरी ढाक-छोप गरे पनि, वा आफ्नो लागि जति जालसाजी गरे पनि, परमेश्वरले तेरा सबै वास्तविक सोचाइ र तैँले आफ्नो सबैभन्दा गहिराइमा, र अन्तस्करणमा लुकाएर राखेका सबै कुरा स्पष्ट रूपमा बुझ्न सक्नुहुन्छ; कुनै पनि व्यक्तिका गुप्त र भित्री कुराहरू परमेश्वरको छानबिनबाट उम्कन सक्दैनन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। जीवन वृद्धिका छ वटा सूचकहरू)। “तैँले जस्तोसुकै समस्याहरूको सामना गरे पनि, तिनलाई समाधान गर्न तैँले सत्यताको खोजी गर्नैपर्छ, तैँले कदापि छद्मभेष धारण गर्नु वा अरूको सामु झूटो स्वरूप प्रस्तुत गर्नु हुँदैन। चाहे त्यो तेरा कमीहरू होऊन्, तेरा अपर्याप्तताहरू होऊन्, तेरा त्रुटिहरू होऊन्, वा तेरा भ्रष्ट स्वभावहरू नै किन नहोऊन्, तैँले यी सबै कुराहरूका बारेमा खुलेर सङ्गति गर्नैपर्छ। तिनलाई ढाकछोप नगर्। आफूलाई कसरी खोल्ने भनी सिक्नु जीवन प्रवेशतर्फको पहिलो कदम हो, र यो पहिलो तगारो हो, जसलाई पार गर्न सबैभन्दा कठिन हुन्छ। तैँले यो तगारो पार गरेपछि, सत्यतामा प्रवेश गर्न सजिलो हुनेछ। जब तैँले यो कदम चाल्छस्, तब यसले के सङ्केत गर्नेछ? यसले के सङ्केत गर्नेछ भने, तँ आफ्नो हृदय खोलिरहेको छस्, र तेरा हरेक पक्षलाई—चाहे त्यो असल होस् वा खराब, सकारात्मक होस् वा नकारात्मक—अरू मानिसहरू र परमेश्वरले देख्ने गरी उदाङ्गो पारिरहेको र खोलिरहेको छस्, परमेश्वरबाट कुनै कुरा लुकाइरहेको वा ढाकछोप गरिरहेको, परमेश्वरप्रति कुनै छद्मभेष, छल, वा कपट प्रयोग गरिरहेको छैनस्, र त्यसरी नै अरू मानिसहरूसँग पनि स्पष्ट भइरहेको छस्। यसरी, तँ ज्योतिमा जिउनेछस्; परमेश्वरले तेरो छानबिन त गर्नुहुन्छ नै, तेरा कार्यहरूमा सिद्धान्त र पारदर्शिता छ भनी अरू मानिसहरूले पनि देख्नेछन्। तैँले आफ्नो प्रतिष्ठा, छवि, र हैसियतको रक्षा गर्न कुनै पनि विधिहरू प्रयोग गर्नु आवश्यक छैन, न त तैँले आफ्ना गल्तीहरूलाई कुनै किसिमले लुकाउनु वा ढाकछोप गर्नु नै आवश्यक छ। तँ यी व्यर्थका प्रयासहरूमा संलग्न हुनु आवश्यक छैन। यदि तँ यी कुराहरू त्याग्न सक्छस् भने, तेरो जीवन निकै तनावरहित, बन्धन र पीडाबाट मुक्त बन्नेछ, र तँ पूर्ण रूपमा ज्योतिमा जिउनेछस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरले मानिसको हृदय र मनभित्र खोजी गर्नुहुन्छ—जहाँसम्म मेरो साँचो वास्तविकता, मेरो फोहोरीपन र भ्रष्टता, र मेरा अभिप्राय र अशुद्धताहरूको कुरा छ, परमेश्वरलाई यी सबै कुराको हरेक पक्षबारे थाहा थियो। मैले आफ्नो वास्तविक रूप जति लुकाए पनि र झूटो आवरण धारण गरे पनि, मेरो भ्रष्ट स्वभाव रहिरह्यो, मेरो कद अपरिवर्तित थियो, र मैले अझै पनि सत्यतालाई बुझेकी वा सत्यताको वास्तविकता धारण गरेकी थिइनँ। वास्तवमा, छद्म रूप धारण गर्ने मेरो प्रयासलाई परमेश्वरले मात्र देख्नुभएको थिएन, सत्यतालाई बुझ्ने कुनै पनि ब्रदर वा सिस्टरले मेरो नौटङ्की देख्न सक्थे। आफूलाई सिद्ध व्यक्तिको रूपमा देखाउने मेरो प्रयास आत्मभ्रम र आत्मधोकाको एउटा स्वरूप मात्रै थियो। त्यसपछि मात्रै मैले हैसियत र इज्जतको नाममा झूटो आवरण धारण गर्नु र आफ्नो वास्तविकता लुकाउनु भनेको अर्थहीन प्रयास हो, र आफूलाई जति ढाकछोप गर्ने प्रयास गर्यो, त्यति नै आफ्नो खुलासा हुन्छ भन्ने महसुस गरेँ। यो जिउने मूर्ख तरिका थियो। यी कुराहरू महसुस गरिसकेपछि, मैले सचेत रूपमा परमेश्वरको छानबिनलाई स्वीकार गरेँ, र मलाई आफ्नो हैसियत र इज्जतको रक्षा गर्न मन लाग्दा, म सक्रिय भएर मन खोल्थेँ र सत्यताको अभ्यास गर्थेँ।
त्यो मण्डलीबाट बाटो लाग्नुभन्दा एक दिनपहिले, मलाई सिस्टर वाङ्गले कुनै समस्या वा कठिनाइको बारेमा छलफल गर्न चाहन्छिन् कि भनेर सोध्ने मन थियो, तर मैले उनका समस्याहरूलाई समाधान गर्न सहयोग गर्न सकिनँ भने, मैले आफूलाई उनको अघि मूर्ख बनाउनेछु भन्ने पनि मलाई चिन्ता भयो। मैले मनमनै विचार गरेँ, “आखिर म यहाँबाट भोलि जाँदै छु; अर्कोपटक म सत्यताको अभ्यास गर्नेछु।” ठीक त्यही बेला, परमेश्वरका वचनहरूको एउटा खण्ड याद आयो: “तँमाथि केही विशेष कठिनाइहरू आइपर्दा वा तैँले केही विशेष परिवेशहरू सामना गर्दा, यदि तेरो मनोवृत्ति सधैँ तीबाट जोगिने वा तीबाट भाग्ने, र तिनलाई सक्दो नकार्ने र मिल्काउने कोसिस गर्ने हुन्छ भने—यदि तँ आफूलाई परमेश्वरका योजनाबद्ध कार्यहरूको कृपामा छोड्न चाहँदैनस्, उहाँका योजनाबद्ध कार्य र प्रबन्धहरूप्रति समर्पित हुन अनिच्छुक छस्, र सत्यतालाई तेरो कमान सम्हाल्न दिन चाहँदैनस् भने—यदि तँ सधैँ हैकम जमाउन र तेरो शैतानी स्वभावअनुसार आफ्नो हरेक कुरा नियन्त्रण गर्न चाहन्छस् भने, परिणामस्वरूप, परमेश्वरले तँलाई निश्चय नै पन्छाउनुहुनेछ वा शैतानको जिम्मा लगाउनुहुनेछ, अनि यो ढिलो-चाँडो हुने नै छ। यदि मानिसहरूले यो मामिला बुझ्छन् भने, तिनीहरूले तुरुन्तै पछाडि फर्केर परमेश्वरले माग गर्नुहुने सही मार्गअनुसार आफ्नो जीवनको बाटो पछ्याउनैपर्छ—यो नै सही बाटो हो, र जब बाटो सही हुन्छ, त्यसको मतलब दिशा पनि सही हुन्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरूले मलाई के महसुस गराए भने, मेरी सिस्टरलाई उनीसँग कुनै समस्या वा कठिनाइ छन् कि भनेर सोध्नु महत्त्वहीन जस्तो देखिए पनि, यो हैसियत र इज्जतप्रतिको मेरो इच्छालाई त्यागेर सत्यताको अभ्यास गर्ने एउटा मौका थियो। यदि मैले अरूलाई छल गर्न र मेरो हैसियत र इज्जतको रक्षा गर्न आफ्नो वास्तविक रूप लुकाएर झूटो भेष धारण गरिरहन्थेँ भने, म आफ्नो भ्रष्ट स्वभावका साङ्ला र बन्धनबाट कहिल्यै पनि उम्कन सक्नेथिनँ। म अबउप्रान्त आफ्ना इच्छाहरूको अघि झुक्नु हुँदैनथ्यो—मैले शैतानलाई लाजमा पार्न सत्यताको अभ्यास गर्नुपर्थ्यो र मानवको रूपमा जिउनुपर्थ्यो। त्यसकारण, जानुभन्दा पहिले, मैले मेरी सिस्टरलाई उनका कुनै समस्या वा कठिनाइहरू छन् कि भनेर सक्रिय भई सोधेँ। उनको अवस्थालाई बुझेकी छु जस्तो लाग्दा मैले उनलाई सङ्गति दिएँ, र आफूसँग उत्तर नहुँदा, मैले उनलाई, “यो समस्या कसरी समाधान गर्ने मलाई नि थाहा छैन, त्यसकारण एकसाथ समाधान खोजौँ” भनेर भनेँ। यसरी अभ्यास गरेपछि, मलाई निकै स्थिर र शान्ति महसुस भयो, र यो परमेश्वरको आशिष् हो भन्ने मलाई थाहा भयो।
यदि म त्यो मण्डलीमा आफ्नो कर्तव्य पूरा गर्न नगएकी भए, र यसले गर्दा यो व्यवहारिक परिस्थितिबाट मेरो वास्तविकता खुलासा नभएको भए, मैले कहिल्यै पनि म हैसियतप्रति यति मरिहत्ते गर्दो रहेछु, र आफ्नो हैसियत र इज्जतको रक्षा गर्नु भनेको परमेश्वरलाई विरोध गर्ने एउटा तरिका हो रहेछ भनी कहिल्यै पनि बुझ्नेथिनँ। परमेश्वरको न्याय र सजायले मलाई हैसियत र इज्जतको साङ्लाबाट मुक्त हुन र छद्म भेष धारण गर्न छोड्न सहयोग गर्यो। मलाई मुक्ति दिनुभएकोमा सर्वशक्तिमान् परमेश्वरलाई धन्यवाद होस्!