१००. आफूलाई छद्मभेषी बनाउनुको पीडा

मु छन, चीन

सन् २०१८ को एक दिन, मेरो अगुवाले मलाई भर्खरै स्थापित भएको एउटा मण्डलीमा सहयोग गर्न खटाए। यो खबर सुन्दा म आश्चर्यचकित भएँ र मलाई घबराहट पनि भयो। मेरो अगुवाले मलाई उच्च नजरले हेरेको हुनुपर्छ जस्तो लाग्यो; तर मैले कुनै वास्तविक काम गर्न सकिनँ भने, ब्रदर-सिस्टरहरूले मलाई कसरी हेर्लान्? के उनीहरूले म त्यति राम्रो अगुवा होइन भनी सोच्लान्? त्यसो भयो भने, मेरो के नै इज्जत बाँकी रहला र? यस्ता कुराहरू सोच्नेबित्तिकै म चिन्तित भएँ र आफ्ना कर्तव्य निर्वाह गर्दा मैले सहज महसुस गर्न सकिनँ। एक हप्तापछि, अनिश्चित मन लिएर म त्यो नयाँ मण्डलीतर्फ लागेँ। सुरुमा, ब्रदर-सिस्टरहरूले प्रश्नहरू सोध्दा, मैले सङ्गतिमा परमेश्‍वरका वचन र सिद्धान्तहरूलाई आफ्नो अनुभवसँग जोडेर ती समस्याहरू समाधान गर्न सकेँ। तर पछि उनीहरूले केही यस्ता समस्याहरू सामना गरे जुन मैले पूर्ण रूपमा बुझ्न सकिनँ। म ती समाधान गर्न जान्दिनथेँ, त्यसैले म घबराउन थालेँ।

मलाई याद छ, एउटा खास भेलामा ब्रदर-सिस्टरहरूले आफ्नो काममा सामना गरिरहेका केही प्रश्न र कठिनाइहरू उठाए, र मैले ती समस्याहरू समाधान गर्न सत्यताको कुन पक्षमा सङ्गति गर्ने भनेर सोच्नै सकिनँ। उनीहरूले मलाई कम आँक्लान् कि भनेर मलाई चिन्ता लाग्यो, र म अत्यन्तै घबराएकी थिएँ। मैले सकेसम्म छिटो सङ्गति गर्नका लागि परमेश्‍वरका वचनहरू वा सिद्धान्तहरूका खण्डहरू सोच्न चाहँदै आफ्नो दिमाग खियाएँ, तर म जति धैरे आत्तिएँ, मेरो दिमाग त्यति नै खाली भयो। ब्रदर-सिस्टरहरू चुपचाप मेरो जवाफको प्रतीक्षामा बसिरहेको देखेर म झनै आत्तिएँ, र मनमनै सोचेँ, “यदि मैले उनीहरूका समस्याहरू समाधान गर्न सकिनँ भने, के यसको मतलब मैले सत्यता बुझेको छैन र वास्तविक काम गर्न असक्षम छु भन्ने हुँदैन र? ब्रदर-सिस्टरहरूले मेरो बारेमा के सोच्नेछन्? यो त कस्तो लाजमर्दो कुरा हुनेछ!” अन्तमा, मैले आँट गरेरै परमेश्‍वरका वचनहरूको एउटा खण्ड छानेर सङ्गति गरेँ। साँच्चै भन्नुपर्दा, म केवल शब्द र धर्मसिद्धान्तहरू सुनाइरहेकी छु र यसले उनीहरूका समस्याहरू समाधान गर्दैन भन्ने कुरा मलाई दिनको उज्यालो जस्तै छर्लङ्ग थियो। तर मेरा ब्रदर-सिस्टरहरूले सुनिरहेको र टाउको हल्लाइरहेको अनि थप केही नभनेको देखेर मैले यस विषयमा धेरै सोचिनँ। अर्को पटक, एक सिस्टरले आफ्नी छोरीबारे सोधिन् जो काममा यति व्यस्त थिइन् कि उनी नियमित रूपमा भेलामा उपस्थित हुन सक्दिनथिन्। छोरीले सत्यता नपछ्याएकीले उसले मुक्ति पाउने मौका गुमाउने हो कि भनेर ती सिस्टर चिन्तित थिइन्, त्यसैले उनी छोरीलाई परमेश्‍वरका वचनहरू पढ्न र अझ धेरै भेलाहरूमा उपस्थित हुन प्रायः सम्झाइरहन्थिन्। तर साथसाथै, छोरीलाई धेरै दबाब दिँदा ऊ रिसाउने हो कि भनेर पनि उनी चिन्तित थिइन्। यो समस्याले ती सिस्टरलाई साँच्चै बाँधिएको महसुस गरायो, र उनले कसरी अघि बढ्ने हो भनेर थाहा पाइनन्। त्यसबेला, ती सिस्टरको समस्या समाधान गर्न कसरी सङ्गति गर्ने भन्नेमा म निश्चित थिइनँ। मैले मनमनै सोचेँ, “सबैको अगाडि यी सिस्टरलाई अलिकति पनि सङ्गति प्रदान गर्न नसक्नुको औचित्य सिद्ध गर्ने कुनै उपाय हुनेछैन। यो भेला समूहमा म आज पहिलो पटक आएकी छु। यदि मैले उनीहरूका कुनै पनि समस्या समाधान गर्न सकिनँ भने, के ब्रदर-सिस्टरहरूले मलाई कम आँक्ने र म सत्यतामा सङ्गति गरेर समस्याहरू समाधान गर्न असक्षम छु भनेर भन्नेछैनन् र? जे भए पनि, मैले जसरी भए पनि यो परिस्थितिलाई सम्हाल्नुपर्छ।” त्यसैले, मैले यसो भन्दै सङ्गति गरेँ, “यस विषयमा, हामीले सत्यता खोज्नैपर्छ र परमेश्‍वरको अभिप्राय बुझ्नैपर्छ। परमेश्‍वरले उहाँमा साँचो आस्था राख्ने र सत्यतालाई प्रेम गर्नेहरूलाई मुक्ति दिनुहुन्छ। उहाँ हामीलाई भेला हुन वा कर्तव्य पूरा गर्न कहिल्यै जबरजस्ती गर्नुहुन्न, त्यसैले यदि तपाईँकी छोरीले सत्यता खोज्दिन भने, तपाईँले उसलाई जबरजस्ती गर्न मिल्दैन। तपाईँ परमेश्‍वरका प्रबन्धहरूमा समर्पित हुनुपर्छ र आफ्नो स्नेहअनुसार काम गर्नबाट जोगिनुपर्छ।” मैले सङ्गति सकेपछि ती सिस्टरले केही भनिनन्, तर उनी अझै पनि निधार खुम्च्याइरहेकी थिइन्। ती सिस्टरको समस्या समाधान नभएको देखेर, अगुवा सिस्टर वाङ लिनले आफ्नो सङ्गति दिइन्: “तपाईँले अझै पनि आफ्नी छोरीलाई मद्दत गर्नुपर्छ र प्रेमपूर्वक सङ्गति दिनुपर्छ। समयसँगै, तपाईँकी छोरी सत्यता पछ्याउने व्यक्ति हो कि होइन भन्ने स्पष्ट हुनेछ। यदि ऊ परमेश्‍वरको साँचो विश्वासी हो भने, सुरुमा उसले सांसारिक चाहनाहरू राखे पनि र सत्यता नपछ्याए पनि, तपाईँ धैर्यवान्, स्वीकार गर्ने र प्रेमपूर्वक सहयोगी हुनुपर्छ। त्यसपछि, जब उसले केही सत्यता बुझ्न थाल्छे, उसले स्वाभाविक रूपमा यसलाई अझ बढी महत्त्व दिन थाल्नेछे। यदि ऊ सत्यतालाई प्रेम गर्ने व्यक्ति होइन, र आशिष् पाउनका लागि मात्रै मुखले परमेश्‍वरमा आस्था राख्छे भने, उसलाई जतिसुकै मदत गरे पनि वा प्रार्थना गरे पनि कुनै काम लाग्नेछैन, किनभने परमेश्‍वरले अविश्‍वासीहरूलाई मुक्ति दिनुहुन्न। त्यसैले, पहिले हामी प्रेमपूर्वक मदत र सहयोग गरौँ र त्यसपछि, ऊ कस्तो प्रकारको व्यक्ति हो भनेर निश्चित रूपमा थाहा पाएपछि, हामी सिद्धान्तअनुसार उसलाई कसरी व्यवहार गर्ने भनेर निर्णय गर्न सक्छौँ।” ती सिस्टरले लगातार टाउको हल्लाइन्, र मैले पनि यो विषयमा स्पष्ट बुझाइ प्राप्त गरेँ। वाङ लिनको सङ्गतिले अभ्यासको स्पष्ट मार्ग देखायो। तर मैले यो कुरा खुलेआम स्वीकार गर्न इच्छुक थिइनँ; मैले सोचेँ, यदि मैले त्यस्तो कुरा स्वीकार गरेँ भने, ब्रदर-सिस्टरहरूले मैले धर्मसैद्धान्तिक ज्ञानमा मात्र सङ्गति गरेकी थिएँ भनेर खुट्ट्याउने अझै बढी सम्भावना हुनेछ, र मेरो पूरै बेइज्जत हुने थियो। त्यसबेलादेखि, मलाई झन् झन् बोझले थिचिएको महसुस हुन थाल्यो, ब्रदर-सिस्टरहरूले उठाएका समस्याहरू समाधान गर्न नसक्ने हो कि भनेर म त्रसित थिएँ। कहिलेकाहीँ कठिनाइहरू सामना गर्दा, म ब्रदर-सिस्टरहरूका विचार र रायहरू सुन्नका लागि उनीहरूसँग सङ्गति गर्न चाहन्थेँ। तर त्यसपछि मलाई याद आउँथ्यो कि म त्यहाँ उनीहरूलाई मलजल र सहयोग गर्न आएकी हुँ, र यदि मैले उल्टै उनीहरूसँग मदत मागेँ भने, उनीहरूले पक्कै पनि मलाई कम आँक्नेछन्। मेरो मनमा द्वन्द्व चल्थ्यो, र जब म केही भन्नै लागेकी हुन्थेँ, म आफैँमाथि शङ्का गर्थेँ र चुप लाग्थेँ। कहिलेकाहीँ म बाथरुम जाने बहाना बनाउँथेँ, वा कुनै कठिन समस्या आइपार्दा अरू कुनै काम सम्हाल्न जाने बहाना बनाउँथेँ र ब्रदर-सिस्टरहरूलाई पहिले आपसमा छलफल गर्न भन्थेँ। यसरी, मेरो वास्तविकता कसैले देख्न सक्दैनथ्यो। जबजब म यस्तो गर्थेँ, म आफैलाई दोषी ठहर्‍याउँथेँ, मलाई थाहा थियो कि मैले विषय राम्ररी बुझेको छैन, र यदि मैले खुलेर सङ्गतिमा ब्रदर-सिस्टरहरूसँग मदत मागेँ भने मैले अझ गहिरो बुझाइ प्राप्त गर्नेछु। यस्ता समयमा, म सधैँ भविष्यमा यस्ता परिस्थितिहरूबाट नभाग्ने सङ्कल्प गर्थेँ, तर जब कुनै कठिनाइ आइपर्थ्यो, मलाई स्वभावैले आफ्नो हैसियत र अभिमान जोगाउने चाहना हुन्थ्यो। म कि त केही शब्द र धर्मसिद्धान्तहरू बोलेर आलटाल गरिदिन्थेँ, कि त पूरै परिस्थितिलाई नै टार्ने गर्थेँ। त्यो अवधिमा, मेरो स्थिति बिस्तारै खराब हुँदै गयो—भेलाहरूमा सङ्गति गर्दा मसँग कुनै सुझबुझ हुँदैनथ्यो, काममा सधैँ गतिरोध हुन्थ्यो, र मेरो कर्तव्य पूरा गर्न झन् झन् गाह्रो हुँदै गइरहेको थियो। निरन्तर देखावटी र छद्मभेषी हुनुपर्दा मलाई एकदमै दबिएको र पीडामा परेको महसुस भयो। मैले त सायद यो कर्तव्य मेरो लागि साँच्चै धेरै गाह्रो भयो, र म आफ्नो पहिलेको कर्तव्यमा फर्किनु नै राम्रो हुन्छ भनेर पनि सोचेँ। मैले आफू खराब स्थितिमा रहेको महसुस गरेँ, त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर! मैले हालसालै आफ्नो कर्तव्य पूरा गर्न धेरै गाह्रो महसुस गरेकी छु र मेरो सोचाइमा स्पष्टताको कमी छ। तपाईँले मबाट आफ्नो मुख फर्काउनुभए जस्तो लाग्यो, तर मैले कहाँ गल्ती गरेँ भनेर मलाई थाहा छैन। हे परमेश्‍वर, म चाहन्छु कि तपाईंले मलाई आफैलाई अझ राम्रोसँग बुझ्न मार्गदर्शन गर्नुहोस्।”

त्यसपछि, मैले परमेश्‍वरका वचनहरूको यो खण्ड पढेँ: “भ्रष्ट मानिसहरू सबैमा एउटा साझा कमजोरी हुन्छ: जब तिनीहरूसँग हैसियत हुँदैन, तब तिनीहरूले अरूसँग अन्तरक्रिया गर्दा वा बोल्दा स्वाङ पार्दैनन् वा कुनै निश्चित शैली अपनाउँदैनन्। तिनीहरूको बोलीमा कुनै बनावटी स्वर हुँदैन र त्यो साधारण र सामान्य हुन्छ। तिनीहरूको देखावटी रूप हुँदैन, वा तिनीहरू अरूले तिनीहरूका बारेमा के सोच्छन् भनी चिन्ता गर्दैनन्। तिनीहरूले कुनै मनोवैज्ञानिक दबाब महसुस गर्दैनन्, र अरू मानिसहरूसँग खुलेर कुरा गर्न र सङ्गति र अन्तरङ्ग कुराकानीमा संलग्न हुन सक्षम हुन्छन्। अरूले तिनीहरू मित्रवत् र सजिलै नजिकिन सकिने स्वभावका भएको महसुस गर्छन्, र तिनीहरू निकै राम्रा छन् भनी सोच्छन्। तिनीहरूले हैसियत प्राप्त गर्नेबित्तिकै, तिनीहरू उच्‍च र शक्तिशाली बन्छन्, तिनीहरू साधारण मानिसहरूलाई बेवास्ता गर्छन्, तिनीहरूसँग कोही पनि नजिक हुन सक्दैन; तिनीहरू आफू कुलीन भएको, र आफू साधारण मानिसहरूभन्दा फरक वर्गका भएको ठान्छन्। तिनीहरू साधारण मानिसहरूलाई तुच्छ नजरले हेर्छन्, तिनीहरू ठाँटसित बोल्छन् र अरूसँग खुला रूपमा सङ्गति गर्न छोड्छन्। किन तिनीहरूले त्यसउप्रान्त खुला रूपमा सङ्गति गर्न छोड्छन्? तिनीहरूलाई आफूसँग अब हैसियत छ, र आफू अगुवा हुँ भन्‍ने लाग्छ। तिनीहरू अगुवाहरूको एउटा निश्‍चित छवि हुनैपर्छ, उनीहरू साधारण मानिसहरूभन्दा उच्‍च हुनुपर्छ, उनीहरूसँग अरूको भन्दा ठूलो कद र सहनशक्ति हुनुपर्छ भन्ने सोच्छन्; तिनीहरूले के विश्‍वास गर्छन् भने, सर्वसाधारण मानिसहरूका तुलनामा, अगुवाहरूसँग अझै बढी धैर्य हुनुपर्छ, उनीहरूले अझै बढी कष्ट भोग्‍न र समर्पित हुन, अनि शैतानको कुनै पनि प्रलोभन थेग्न सक्‍नुपर्छ। तिनीहरूका आमाबुबा वा परिवारका अन्य सदस्यहरूको मृत्यु भए पनि, तिनीहरूलाई आफूसँग नरुनका लागि आत्म-नियन्त्रण हुनुपर्छ, वा तिनीहरूले अरूका अगाडि भन्दा पनि गोप्य रूपमा, नदेखिने गरी रुनुपर्छ भन्‍ने लाग्छ। तिनीहरूले कसैलाई पनि आफ्ना कमजोरी वा त्रुटि वा आफ्ना कुनै पनि दुर्बलताहरू देख्न दिनु हुँदैन, र तिनीहरूले आफू नकारात्मक भएको कुरा समेत कसैलाई थाहा दिनु हुँदैन; बरु, त्यस्ता सबै कुराहरू लुकाउनुपर्छ भन्ने सोच्छन्। तिनीहरूले हैसियत भएको व्यक्तिले यसरी नै व्यवहार गर्नुपर्छ भन्‍ने विश्‍वास गर्छन्। जब तिनीहरू आफूलाई यो हदसम्म दबाउँछन्, तब के हैसियत नै तिनीहरूको परमेश्‍वर, तिनीहरूको प्रभु बनेको हुँदैन र? अनि यस्तो हुँदा, के तिनीहरूमा अझै सामान्य मानवता हुन्छ? जब तिनीहरूमा यी विचार हुन्छन्, जब तिनीहरूले आफूलाई सीमित दायरामा राख्छन्, र यस प्रकारको नाटक गर्छन्, तब के तिनीहरू हैसियतले मोहित भएका हुँदैनन् र?(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। हैसियतको परीक्षा र बन्धनलाई कसरी समाधान गर्ने)। परमेश्‍वरका वचनहरूको प्रकाशमार्फत, मैले महसुस गरेँ, म ख्याति र हैसियतमा अति आशक्त भएको कारण मलाई आफ्नो काम यति थकाइलाग्दो र कष्टकर लागेको रहेछ। त्यस मण्डलीमा आउनुअघि, मैले ब्रदर-सिस्टरहरूसँगको भेलामा धेरै स्वतन्त्र र निर्बाध महसुस गरेकी थिएँ—कुनै दबाब थिएन, र यदि मैले केही बुझिनँ भने, म त्यसलाई सङ्गतिका लागि उठाउँथेँ। तर जबदेखि त्यो मण्डलीलाई सहयोग गर्न आएँ, मैले आफूलाई उच्च स्थानमा राखेकी थिएँ, र सोच्थेँ, म त्यहाँका मानिसहरूभन्दा राम्रो र बढी सिपालु हुनुपर्छ किनभने म उनीहरूलाई सहयोग गर्न त्यहाँ गएकी थिएँ। ब्रदर-सिस्टरहरूले उठाएका हरेक समस्या समाधान गरेर मात्रै म आफ्नो हैसियत सुहाउँदो काम गरिरहेकी हुन्छु भन्ने मैले विश्वास गरेकी थिएँ। ब्रदर-सिस्टरहरूको प्रशंसा र स्वीकृति कमाउन, मैले आफूलाई छद्मभेषी बनाएँ र देखावटी गरेँ। मैले स्पष्ट रूपमा समस्याहरू बुझेको नभए पनि, म खुलस्त हुन र खोजी गर्न तयार थिइनँ, बरु शब्द र धर्मसिद्धान्तहरू बोलेर झारा टार्न ढिपी गर्थेँ, ब्रदर-सिस्टरहरूलाई छल गर्थेँ, र कहिलेकाहीँ त पूरै परिस्थितिबाट बच्न बहानाहरू खोज्ने गर्थेँ। ब्रदर-सिस्टरहरूका समस्याहरू समाधान भए कि भएनन् भन्ने कुरामा मैले अलिकति पनि विचार गरिनँ, र मैले “म यो समस्या बुझ्दिनँ” जस्तो सरल कुरा पनि भन्न सकिनँ। तब मात्र मैले महसुस गरेँ कि मैले हैसियतलाई धेरै महत्त्व दिएकी रहेछु, र मैले गरेका सबै कुरा हैसियतलाई जोगाउनका लागि रहेछ। मण्डलीले म त्यहाँ गएर आफ्नो कर्तव्य पूरा गर्ने प्रबन्ध मिलाएको थियो ताकि मैले ब्रदर-सिस्टरहरूसँग मिलेर त्यो मण्डलीले सामना गरिरहेका समस्या र मामिलाहरू समाधान गर्न सकूँ, तर मैले आफ्नो कर्तव्य कसरी राम्रोसँग पूरा गर्ने र वास्तविक काम गर्ने भन्नेबारे पटक्कै विचार गरिनँ, बरु ब्रदर-सिस्टरहरूले मेरो बारेमा के सोच्नेछन्, र मेरो हैसियत र अभिमान कसरी जोगाउने भन्नेबारे मात्र सोचेँ। म आफ्नो अभिमान र हैसियत जोगाउन उनीहरूलाई छल गर्ने तरिकाहरू समेत खोज्थेँ। आफ्नो कर्तव्यलाई बेवास्ता गरेर, मैले आफूलाई दुःख मात्र दिइरहेकी थिइनँ, म ब्रदर-सिस्टरहरूलाई हानि पुऱ्याइरहेकी र मण्डलीको काममा ढिलाइ गरिरहेकी पनि थिएँ। त्यसले गर्दा परमेश्‍वरलाई म कति घृणित र घिनलाग्दो लागेँ होला। म अन्धकारमा खसेकी थिएँ—यसले परमेश्‍वरको धार्मिकता प्रकट गर्‍यो, र मैले कर्तव्यनिष्ठ भई आत्मचिन्तन गर्नु र परमेश्‍वरसामु पश्चात्ताप गर्नु आवश्यक थियो।

भोलिपल्ट, मैले ब्रदर-सिस्टरहरूसँग आफ्नो हालैको स्थितिबारे खुलेर कुरा गरेँ, र सङ्गतिका लागि आफूलाई समस्या दिइरहेका केही प्रश्न पनि उठाएँ। सँगै सङ्गति गरेर, र परमेश्‍वरको मार्गदर्शनमा, हामीले अन्ततः यी समस्याहरूलाई अझ राम्रोसँग बुझ्यौँ, र अभ्यासको मार्ग भेट्टायौँ। त्यसपछि, कठिनाइहरू सामना गर्दा वा निश्चित मामिलाहरू बुझ्न नसक्दा, आफ्ना कमजोरीहरू ब्रदर-सिस्टरसामु खुलासा गर्न नचाहँदा, म अझै पनि स्वभावैले छद्मभेष धारण गर्ने हुनाले, मैले परमेश्‍वरसँग प्रार्थना गरेँ, र मार्गदर्शन मागेँ। त्यसपछि मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड फेला पारेँ, जसले मलाई अभ्यासको मार्ग दियो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “तँमाथि हैसियतको जुन नियन्त्रण छ त्यसबाट आफूलाई मुक्त गर्न, तैँले सुरुमा के गर्नुपर्छ? तैँले सुरुमा तेरा अभिप्रायहरू अनि तेरा गलत विचार र दृष्टिकोणहरूलाई हृदयबाट निमिट्यान्न पार्नुपर्छ। यो कसरी हासिल गरिन्छ? पहिले, तँसँग हैसियत नहुँदा, तँ आफूलाई अप्रिय लागेका मानिसहरूलाई बेवास्ता गर्थिस्। अब तँसँग हैसियत भएकोले, यदि तैँले आफूलाई अप्रिय लाग्ने र समस्याहरू भएको कसैलाई देखिस् भने, तैँले उसलाई मद्दत गर्ने आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ, र उसका वास्तविक समस्याहरू समाधान गर्न ऊसँग सत्यतामाथि अझ बढी सङ्गति गर्नुपर्छ। अनि तैँले यसरी अभ्यास गर्दा तेरो हृदयमा कस्तो अनुभूति हुन्छ? यो आनन्द र शान्तिको अनुभूति हो। त्यसैगरी, जब तँ आफूलाई कठिनाइमा पाउँछस् वा असफलता अनुभव गर्छस्, तब तैँले मानिसहरूसँग मनको कुरा खोल्नुपर्छ र तिनीहरूसामु अझ बढी खुल्नुपर्छ र आफूलाई उदाङ्गो पार्नुपर्छ, तेरा कठिनाइ र कमजोरीहरू के-के हुन्, तैँले कसरी परमेश्‍वरका विरुद्धमा विद्रोह गरिस्, र पछि यी स्थितिहरूबाट बाहिर निस्कन तैँले कसरी सत्यता खोजिस् र परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न सकिस् भन्‍नेबारे सङ्गति गर्नुपर्छ। अनि यसरी तिनीहरूसँग मनको कुरा खोल्नुको परिणाम के हुन्छ? यो पक्कै पनि निकै राम्रो हुन्छ। कसैले पनि तँलाई हेला गर्नेछैन—र तिनीहरूले यी अनुभवहरूबाट गुज्रने तेरो क्षमता देखेर डाहा गर्नेछन्। कतिपय मानिस सधैँ के सोच्छन् भने जब मानिसहरूसँग हैसियत हुन्छ, तब तिनीहरूले अधिकारीहरूले जस्तै व्यवहार गर्नुपर्छ र बनावटी तरिकाले बोल्नुपर्छ ताकि तिनीहरूलाई गम्भीर रूपमा लिइयोस् र उच्च आदर गरियोस्। के यो सोच्ने तरिका सही हो? यदि तँ अब यो सोच्ने तरिका गलत भएको महसुस गर्न सक्छस् भने, तैँले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ र देहको विरुद्धमा विद्रोह गर्नुपर्छ। स्वाङ नपार्, अनि पाखण्डी मार्गमा नहिँड्। तँमा यस्तो सोच आउनेबित्तिकै, तैँले सत्यता खोजेर यसलाई समाधान गरिहाल्नुपर्छ। यदि तैँले सत्यता खोजिनस् भने, जब यो विचार, यो दृष्टिकोणले तेरो हृदयमा आकार लिन्छ र जरा गाड्छ, तब यसले तँमाथि प्रभुत्व जमाउनेछ। तैँले आफ्नो भेष बदल्नेछस् र आफ्नो लागि एउटा छवि निर्माण गर्नेछस्, आफूलाई यति पूर्ण रूपमा सुरक्षित घेरामा राख्नेछस् कि कसैले पनि तँलाई छर्लङ्गै देख्‍न वा तेरा सोचहरू बुझ्न सक्नेछैन। तँ अरूसँग झूटो मुकुण्डो पछाडिबाट बोल्नेछस्, र तिनीहरूले तेरो हृदय देख्‍न सक्नेछैनन्। तैँले अरूलाई तेरो हृदय देखाउन सिक्नुपर्छ, साथै अरूसामु आफ्नो हृदय खोल्न र तिनीहरूसँग नजिक हुन सिक्नुपर्छ। तैँले तेरो देहका रुचिहरूका विरुद्धमा विद्रोह गर्नैपर्छ र परमेश्‍वरका मागहरूअनुसार अभ्यास गर्नुपर्छ। यसरी, तेरो हृदयले शान्ति महसुस गर्नेछ र आनन्द अनुभव गर्नेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। हैसियतको परीक्षा र बन्धनलाई कसरी समाधान गर्ने)। परमेश्‍वरका वचनहरूले मलाई ख्याति र हैसियतका बन्धनहरू फाल्न, मैले हृदयमा रहेको हैसियतको चाहना त्याग्न सिक्नुपर्दो रहेछ भन्ने कुरा महसुस गर्न मद्दत गर्‍यो। वास्तवमा, मैले जुनसुकै कर्तव्य निर्वाह गरिरहेकी भए पनि वा मसँग जतिसुकै हैसियत भए पनि, म अझै पनि शैतानद्वारा गहिरो रूपमा भ्रष्ट पारिएकी थिएँ र ममा धेरै कमीकमजोरीहरू थिए। यो एकदमै सामान्य कुरा थियो—अगुवा बन्नु र हैसियत हुनुको मतलब कोही अचानक अरू सबैभन्दा राम्रो हुन्छ, उसले कद प्राप्त गर्छ, सत्यता बुझ्छ र हरेक समस्यालाई बुझ्न र समाधान गर्न सक्छ भन्ने होइन। ममा आफूबारे सही अवधारणा हुनु आवश्यक थियो। पछि, जबजब म आफ्नो हैसियत जोगाउन र आफ्नै कमीकमजोरीहरू लुकाउन चाहन्थेँ, म ठीक उल्टो गर्थेँ: म कुनै ढोँग नगरी सबैको सामुन्ने खुलस्त भएँ र आफूलाई उदाङ्गो पारेँ, जसले गर्दा ब्रदर-सिस्टरहरूले मेरो साँचो कद देख्न सके। जब मैले समाधान गर्न नसक्ने कुनै समस्या सामना गर्थेँ, म यथार्थपरक रूपमा आफूले नबुझेको स्वीकार गर्थेँ ब्रदर-सिस्टरहरूसँग मिलेर सत्यता खोज्थेँ, र हामी एक-अर्काको सबलता र कमजोरीलाई पूर्ति गर्थ्यौँ। यसरी अभ्यास गर्दा, मैले अझ धेरै स्वतन्त्र र तनावमुक्त महसुस गरेँ, र मलाई मेरो कर्तव्य त्यति थकाइलाग्दो लाग्न छोड्यो।

तर, बेलाबेलामा, म अझै पनि सत्यता अभ्यास गर्न असफल हुन्थेँ। एक पटक, वाङ लिन मभन्दा पहिले भेलामा आइपुगिन्। मैले मनमनै सोचेँ: “मैले पछिल्लो सङ्गतिमा शब्द र धर्मसिद्धान्तहरू मात्र बोल्दा उनले मेरा कमीकमजोरीहरू थाहा पाइसकेकी छिन्। यदि मैले फेरि एक पटक ब्रदर-सिस्टरहरूका समस्याहरू समाधान गर्न सकिनँ भने, उनले पक्कै पनि मलाई झनै तुच्छ ठान्नेछिन्। त्यसबेला म मेरो अभिमान कसरी त्याग्न सकूँला र?” यो कुरा मनमा आएपछि म अलि चिन्तित भएँ र उनीसँगै भेलाको अगुवाइ गर्न ममाथि धेरै दबाब हुनेछ भन्ने महसुस गरेँ। मैले वाङ लिनलाई भनेँ, “यदि तपाईँले पूरा गर्नुपर्ने अरू कुनै कर्तव्यहरू छन् भने, तपाईँ जान सक्नुहुन्छ, म यो भेला आफै सम्हाल्न सक्छु।” उनी जवाफ नफर्काई गइन्। अचम्मको कुरा, केही दिनपछि, उनले मलाई भनिन्, “त्यो दिन, मैले भेलाको अन्त्यमा काममा भएका केही समस्या र विचलनहरूबारे छलफल गर्ने योजना बनाएकी थिएँ, तर म भेला स्थलमा पुग्नेबित्तिकै, तपाईँले त्यहाँ मेरो आवश्यकता नभएको भन्नुभयो। मैले यो विषयमा सोचेँ र तपाईँलाई भइरहेका केही समस्याहरूतर्फ तपाईँको ध्यानाकर्षण गराउनुपर्छ भन्ने निर्णय गरेँ। यो तपाईँ र मण्डलीको कामका लागि फाइदाजनक हुनेछ।” उनले मलाई भनिन्, मैले हरेक काममा आफ्नो हैसियत र अभिमान जोगाइरहेकी थिएँ, सधैँ आफ्ना कमीकमजोरीहरू लुकाइरहेकी र आफूलाई छद्मभेषी बनाइरहेकी थिएँ, र मैले ब्रदर-सिस्टरहरूसँग कुनै साँचो सहकार्य गर्न सकेकी थिइनँ। आफ्नो कर्तव्य निर्वाह गर्दा गलत अभिप्राय राखेकाले मेरा लागि पवित्र आत्माको काम प्राप्त गर्न र आफ्नो काममा कुनै पनि नतिजा हासिल गर्न गाह्रो हुने थियो। वाङ लिनका टिप्पणीहरूले गर्दा मेरो अनुहार लाजले रातो भयो। म आफैदेखि लज्जित भएँ, र साँच्चै नै धेरै नराम्रो लाग्यो। उनले भनेको कुरा सही थियो: मेरो काम मण्डलीलाई सहयोग गर्नु थियो, तर मेरो सक्कली रूप उदाङ्गो हुने र बदनाम हुने डरले, उनले मसँग मिलेर जतिसक्दो चाँडो समस्याहरू पहिचान र समाधान गर्न चाहँदा मैले उनलाई पठाउने बहाना खोजेँ। उनी मण्डलीको कामसँग बढी परिचित थिइन्, त्यसैले हाम्रो कर्तव्य निर्वाह गर्न उनीसँग सहकार्य नगरी मैले कसरी राम्रो नतिजा हासिल गर्न सक्थेँ र? वाङ लिनले म सत्यता वास्तविकताविहीन र समस्याहरू समाधान गर्न असक्षम छु भन्ने मात्र महसुस गरेकी थिइनन्, उनले म हैसियत र ख्यातिप्रति कति धेरै आशक्त थिएँ भन्ने कुरा पनि पत्ता लगाएकी थिइन्। त्यसबेला, मैले पूर्ण रूपमा अपमानित महसुस गरेँ। आफ्नो पीडाको बीचमा, म प्रार्थनामा परमेश्‍वरसामु आएँ: “हे प्रिय परमेश्‍वर! आज वाङ लिनले मेरा समस्या र कमीकमजोरीहरू औँल्याइदिइन्। मैले यो परिस्थितिबाट सिक्नैपर्छ, त्यसैले म तपाईँलाई बिन्ती गर्छु, मलाई आफैलाई अझ गहन रूपमा बुझ्न मार्गदर्शन गर्नुहोस् ताकि मैले मेरो भ्रष्ट स्वभाव सच्याउन सकूँ र साँचो रूपान्तरणबाट गुज्रन सकूँ।” प्रार्थनापछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड भेट्टाएँ, जसले त्यस समयको मेरो स्थिति खुलासा पार्‍यो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “मानिसहरू अन्तर्निहित रूपमै सृजित प्राणी हुन्। के सृजित प्राणीहरूले सर्वशक्तिमान्‌ता प्राप्त गर्न सक्छन्? के तिनीहरूले सिद्धता र निष्खोटता प्राप्त गर्न सक्छन्? के तिनीहरूले सबै कुरामा निपुणता प्राप्त गर्न, सबै कुरा बुझ्न, सबै कुरा स्पष्ट रूपमा देख्न, र सबै कुराका लागि सक्षम हुन सक्छन्? तिनीहरूले सक्दैनन्। तैपनि, मानिसहरूभित्र एउटा भ्रष्ट स्वभाव हुन्छ र एउटा घातक कमजोरी हुन्छ: तिनीहरूलाई आफूले कुनै सीप वा पेसा सिक्नेबित्तिकै आफू सक्षम छु, आफू हैसियत र महत्त्व भएको मानिस हुँ, र आफू पेसेवार हुँ भन्‍ने लाग्छ। तिनीहरूको वास्तविक सामर्थ्य जस्तो भए पनि, तिनीहरू सबै आफूलाई प्रसिद्ध वा असाधारण व्यक्तिको भेषमा प्रस्तुत गर्न चाहन्छन्, केही हदसम्म प्रसिद्ध व्यक्ति बन्न, र अरूलाई आफू एउटै पनि खोट नभएको सिद्ध र दोषरहित रहेको सोच्न लगाउन चाहन्छन्; तिनीहरू अरूको नजरमा भव्य र प्रभावशाली छविसहितको, कुनै पनि कुरा गर्ने क्षमता भएको, र आफूले गर्न नसक्ने केही पनि नभएको, कुनै सक्षम, शक्तिशाली, असाधारण, वा प्रसिद्ध र महान् व्यक्ति देखिन चाहन्छन्। तिनीहरू आफूले अरूको सहायता खोजेमा, आफू असक्षम र हीन देखिने, र मानिसहरूले तिनीहरूलाई तुच्छ ठान्ने सोच्छन्। यसकारण, तिनीहरू सधैँ नाटक गर्न चाहन्छन्। … यो कस्तो किसिमको स्वभाव हो? त्यस्ता मानिसहरूको अहङ्कारको कुनै सीमा हुँदैन, तिनीहरूले सबै समझ गुमाइसकेका हुन्छन्। तिनीहरू साधारण मानिस बन्‍न चाहँदैनन्, तिनीहरू मामुली, सामान्य मानिस बन्‍न चाहँदैनन्, बरु महामानव, असाधारण व्यक्ति, वा सक्षम मानिस बन्न चाहन्छन्। यो निकै ठूलो समस्या हो! सामान्य मानवताभित्रका कमजोरीहरू, कमीहरू, अज्ञानता, मूर्खता, र समझको कमीको सम्बन्धमा भन्दा, तिनीहरूले ती सबै कुरा पोको पार्छन्, र अरू मानिसहरूलाई त्यो देख्न दिँदैनन्—तिनीहरू आफ्नो भेष बदलिरहन्छन्। … तिनीहरू आफूलाई चिन्दैनन्, तिनीहरू आफू को हुन् भन्ने जान्दैनन्, र तिनीहरू सामान्य मानवतामा जिउन जान्दैनन्। तिनीहरूले मानिसहरूले गर्नुपर्ने काम व्यावहारिक तरिकाले कहिल्यै गरेका छैनन्, न त तिनीहरू कहिल्यै सामान्य व्यक्तिजस्तो जिएका नै छन्। यदि तँ सधैँ अलमल्लमा र अन्योलपूर्ण तरिकामा जिउँछस्, व्यावहारिक तरिकामा कामकुराहरू गर्दैनस् र सधैँ आफ्ना कल्पनाहरूअनुसार जिउँछस् भने, यसले समस्या ल्याउँछ—तँ आफूलाई कसरी आचरणमा ढाल्ने भनेर जान्दैनस् र तैँले रोजेको जीवन मार्ग गलत छ। त्यसोभए तैँले यसरी केही वर्षसम्म परमेश्‍वरमा विश्‍वास गरे पनि, सत्यता बुझ्नेछैनस्। इमानदारीपूर्वक भन्दा, तैँले जीवनभर विश्‍वास गरे पनि, सत्यता प्राप्त गर्नेछैनस्, किनभने तेरो सुरुवाती बिन्दु नै गलत छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा प्रवेश गर्नका लागि पूरा गर्नैपर्ने पाँच सर्तहरू)। परमेश्‍वरका वचनहरूको प्रकाशले मलाई आफूले सधैँ अरूको प्रशंसा जित्नका लागि स्वभावैले आफूलाई छद्मभेषी बनाउनुको कारण म आफ्नो अहङ्कारी स्वभावद्वारा नियन्त्रित हुनु रहेछ भन्ने कुरा महसुस गर्न मदत गर्‍यो। म केवल एक सृजित प्राणी थिएँ, त्यसैले मैले सबै कुरा बुझ्न र हरेक विषयमा पूर्ण रूपमा स्पष्ट हुन सम्भव थिएन। आफ्नो कर्तव्य पूरा गर्ने क्रममा समस्या र कठिनाइहरू सामना गर्नु एकदमै सामान्य थियो। तर, निश्चित हैसियत प्राप्त गर्नेबित्तिकै, म आफूलाई “असाधारण” ठान्थेँ, र आफ्नो साँचो आत्मलाई चिन्न र आफ्ना कमीकमजोरीहरूको सामना गर्न असफल हुन्थेँ। म सधैँ कुनै महान्, महत्त्वपूर्ण व्यक्ति, पूर्णताको कुनै नमुना बन्न खोजिरहेकी हुन्थेँ, त्यसैले मैले ब्रदर-सिस्टरहरूको नजरमा आफ्नो छवि र हैसियत जोगाउन हरेक मोडमा आफूलाई छद्मभेषी बनाएँ र ढोँग गरेँ। म “मानिस आफू जहाँ जहाँ बस्छ त्यहाँ त्यहाँ उसले आफ्नो नाम छोडी राख्छ, त्यसरी नै जसरी हाँसले आफू जहाँ जहाँ उड्छ त्यहाँ त्यहाँ हाँ हाँ आवाज निकाल्छ” र “रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ” जस्ता शैतानी भनाइहरूद्वारा भ्रष्ट पारिएकी र गहन रूपमा प्रभावित भएकी थिएँ। मैले जुनसुकै समूहका मानिसहरूसँग सङ्गत गरे पनि, म सधैँ सबैभन्दा राम्रो छाप छोड्न चाहन्थेँ र सबैको प्रशंसा र वाहवाही कमाउन चाहन्थेँ, र यसो गरेर मात्रै म गरिमा र चरित्रका साथ जिइरहेकी हुन्छु भन्ने विश्वास गर्थेँ। त्यसपछि, जब मेरा कमीकमजोरीहरू सबैको अगाडि खुलासा हुन्थे, मलाई धेरै पीडा हुन्थ्यो र मा ती कमीकमजोरीहरू लुकाउने र ढाकछोप गर्ने उपायहरू खोज्थेँ। यो पछिल्लो घटना एउटा सटीक उदाहरण थियो: वाङ लिनले मेरो ढोँग पत्ता लगाउनेछिन् भन्ने चिन्ताले गर्दा, मैले जानाजानी उनलाई पठाएँ ताकि मैले सत्यता नबुझ्ने तथ्यलाई लुकाउन सकूँ। आफ्नै हैसियत र अभिमान जोगाउने प्रयासमा, मैले मण्डलीको कामलाई अलिकति पनि ख्याल गरिनँ, न त मैले आफ्नै कर्तव्यलाई नै ख्याल गरेँ। म कति स्वार्थी र नीच रहेछु! मैले मण्डलीमा अझै पनि धेरै वास्तविक समस्याहरू रहेको, र मैले वाङ लिनसँग सहकार्य नगरेमा, समस्याहरू समाधान नहुने महसुस गरेँ। त्यसले पूरै मण्डलीको काममा ढिलाइ गराउने थियो, र हाम्रा ब्रदर-सिस्टरहरूको जीवनमा हानि पुऱ्याउने थियो। म आफ्नो छवि जोगाउन मण्डलीको हितलाई बलिदान चढाइरहेकी थिएँ—के मैले दुष्टता गरिरहेकी थिइनँ? परमेश्‍वर हामीबाट हामी सामान्य मानवका रूपमा पृथ्वीमा व्यवहारिक जीवन जिऔँ, परमेश्‍वरको आराधना गरौँ र उहाँमा समर्पित होऔँ, र इमानदारीपूर्वक आफूलाई आचरणमा ढालौँ परमेश्‍वरको अनुरोधअनुसार र आफ्नो कर्तव्य पूरा गरौँ भन्ने माग गर्नुहुन्छ। तैपनि म आफ्नो उन्मत्त अहङ्कारमा कुनै पनि सामान्य मानवमा हुनुपर्ने चेतनाविहीन भएकी थिएँ, र अरूको प्रशंसा कमाउन सधैँ आफ्नो सिद्ध छवि प्रस्तुत गर्ने लक्ष्य राख्थेँ। म परमेश्‍वरको प्रतिरोध गर्ने मार्गमा हिँडिरहेकी थिएँ। यदि मैले पश्चात्ताप गरिनँ भने, अन्त्यमा मलाई दण्ड पाउन नरकमा फ्याँकिने थियो। जब मैले यो सबै महसुस गरेँ, म आफैलाई घृणा गरेँ र म गहिरो पश्चात्तापले भरिएँ। मैले परमेश्‍वरसँग प्रार्थना गरेँ, पश्चात्ताप गर्न र एक सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य इमानदारीपूर्वक र व्यवहारिक रूपमा पूरा गर्न इच्छुक भएँ।

यी कुराहरू महसुस गरिसकेपछि, मैले आफ्ना समस्याहरू समाधान गर्न अभ्यासको मार्ग खोजेँ। मैले परमेश्‍वरका वचनहरूका दुईवटा खण्डहरू भेट्टाएँ जुन यस प्रकार थिए: “परमेश्‍वरको उपस्थितिमा तैँले जस्तो देखावटी रूप धारण गरे पनि, आफूलाई जसरी ढाक-छोप गरे पनि, वा आफ्‍नो लागि जति जालसाजी गरे पनि, परमेश्‍वरले तेरा सबै वास्तविक सोचाइ र तैँले आफ्‍नो सबैभन्दा गहिराइमा, र अन्‍तस्‍करणमा लुकाएर राखेका सबै कुरा स्पष्ट रूपमा बुझ्‍न सक्‍नुहुन्छ; कुनै पनि व्यक्तिका गुप्त र भित्री कुराहरू परमेश्‍वरको छानबिनबाट उम्‍कन सक्दैनन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। जीवन वृद्धिका छ वटा सूचकहरू)। “तैँले जस्तोसुकै समस्याहरूको सामना गरे पनि, तिनलाई समाधान गर्न तैँले सत्यताको खोजी गर्नैपर्छ, तैँले कदापि छद्मभेष धारण गर्नु वा अरूको सामु झूटो स्वरूप प्रस्तुत गर्नु हुँदैन। चाहे त्यो तेरा कमीहरू होऊन्, तेरा अपर्याप्तताहरू होऊन्, तेरा त्रुटिहरू होऊन्, वा तेरा भ्रष्ट स्वभावहरू नै किन नहोऊन्, तैँले यी सबै कुराहरूका बारेमा खुलेर सङ्गति गर्नैपर्छ। तिनलाई ढाकछोप नगर्। आफूलाई कसरी खोल्ने भनी सिक्नु जीवन प्रवेशतर्फको पहिलो कदम हो, र यो पहिलो तगारो हो, जसलाई पार गर्न सबैभन्दा कठिन हुन्छ। तैँले यो तगारो पार गरेपछि, सत्यतामा प्रवेश गर्न सजिलो हुनेछ। जब तैँले यो कदम चाल्छस्, तब यसले के सङ्केत गर्नेछ? यसले के सङ्केत गर्नेछ भने, तँ आफ्नो हृदय खोलिरहेको छस्, र तेरा हरेक पक्षलाई—चाहे त्यो असल होस् वा खराब, सकारात्मक होस् वा नकारात्मक—अरू मानिसहरू र परमेश्‍वरले देख्‍ने गरी उदाङ्गो पारिरहेको र खोलिरहेको छस्, परमेश्‍वरबाट कुनै कुरा लुकाइरहेको वा ढाकछोप गरिरहेको, परमेश्‍वरप्रति कुनै छद्मभेष, छल, वा कपट प्रयोग गरिरहेको छैनस्, र त्यसरी नै अरू मानिसहरूसँग पनि स्पष्ट भइरहेको छस्। यसरी, तँ ज्योतिमा जिउनेछस्; परमेश्‍वरले तेरो छानबिन त गर्नुहुन्छ नै, तेरा कार्यहरूमा सिद्धान्त र पारदर्शिता छ भनी अरू मानिसहरूले पनि देख्नेछन्। तैँले आफ्नो प्रतिष्ठा, छवि, र हैसियतको रक्षा गर्न कुनै पनि विधिहरू प्रयोग गर्नु आवश्यक छैन, न त तैँले आफ्ना गल्तीहरूलाई कुनै किसिमले लुकाउनु वा ढाकछोप गर्नु नै आवश्यक छ। तँ यी व्यर्थका प्रयासहरूमा संलग्न हुनु आवश्यक छैन। यदि तँ यी कुराहरू त्याग्न सक्छस् भने, तेरो जीवन निकै तनावरहित, बन्धन र पीडाबाट मुक्त बन्नेछ, र तँ पूर्ण रूपमा ज्योतिमा जिउनेछस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरले मानिसको हृदयको गहिराइको छानबिन गर्नुहुन्छ—मेरो भ्रष्ट स्वभाव, मेरा अभिप्रायहरू र अशुद्धताहरूको हरेक पक्षबारे परमेश्‍वरलाई थाहा थियो। मैले जतिसुकै आफूलाई छद्मभेषी बनाए पनि र झूटा आवरणहरू देखाए पनि, मेरो भ्रष्ट स्वभाव रहिरह्यो, मेरो कद अपरिवर्तित रह्यो, र मैले अझै पनि सत्यता बुझेको वा सत्यता वास्तविकता पाएको थिइनँ। वास्तवमा, परमेश्‍वरले मेरो छद्मभेषी हुने प्रयासलाई छानबिन गर्नुभएको मात्र होइन, सत्यता बुझ्ने कुनै पनि ब्रदर वा सिस्टरले पनि मेरो ढोँगलाई छर्लङ्गै देख्न सक्थे। सिद्ध व्यक्तिको छद्मभेष धारण गर्ने मेरो प्रयास केवल आत्म-भ्रम र आत्म-धोकाको एक रूप थियो। तब मात्र मैले अन्ततः महसुस गरेँ, हैसियत र अभिमानको नाममा आफूलाई आवरणमा ढाक्नु र छद्मभेषी बनाउनु एउटा अर्थहीन पछ्याइ थियो, र म आफूलाई जति ढाक्थेँ, त्यति नै खुलासा हुन्थेँ। यसरी जिउनु मूर्खतापूर्ण थियो। यी कुराहरू महसुस गरिसकेपछि, म सचेत रूपमा परमेश्‍वरको छानबिन स्वीकार गरेँ, र जब मलाई आफ्नो हैसियत र अभिमान जोगाउन मन लाग्थ्यो, म सक्रिय रूपमा खुल्थेँ र सत्यता अभ्यास गर्थेँ।

मैले त्यो मण्डली छोड्नुभन्दा अघिल्लो दिन, म एक सिस्टरलाई उनीसँग अझै पनि छलफल गर्नुपर्ने कुनै समस्या वा कठिनाइहरू छन् कि भनेर सोध्न चाहन्थेँ, तर मलाई आफूले उनका समस्याहरू समाधान गर्न नसकेमा, आफू उसको अगाडि मूर्ख देखिनेछु भन्ने चिन्ता पनि थियो। मैले मनमनै सोचेँ, “यसै पनि म भोलि यहाँबाट गइहाल्छु; अर्को पटक सत्यता अभ्यास गरौँला।” ठीक त्यही बेला, परमेश्‍वरका वचनहरूको एउटा खण्ड मेरो मनमा आयो: “तँमाथि केही विशेष कठिनाइहरू आइपर्दा वा तैँले केही विशेष परिवेशहरू सामना गर्दा, यदि तेरो मनोवृत्ति सधैँ तीबाट जोगिने वा तीबाट भाग्ने, र तिनलाई सक्दो नकार्ने र मिल्काउने कोसिस गर्ने हुन्छ भने—यदि तँ आफूलाई परमेश्‍वरका योजनाबद्ध कार्यहरूको कृपामा छोड्न चाहँदैनस्, उहाँका योजनाबद्ध कार्य र प्रबन्धहरूप्रति समर्पित हुन अनिच्छुक छस्, र सत्यतालाई तेरो कमान सम्हाल्न दिन चाहँदैनस् भने—यदि तँ सधैँ हैकम जमाउन र तेरो शैतानी स्वभावअनुसार आफ्नो हरेक कुरा नियन्त्रण गर्न चाहन्छस् भने, परिणामस्वरूप, परमेश्‍वरले तँलाई निश्चय नै पन्छाउनुहुनेछ वा शैतानको जिम्मा लगाउनुहुनेछ, अनि यो ढिलो-चाँडो हुने नै छ। यदि मानिसहरूले यो मामिला बुझ्छन् भने, तिनीहरूले तुरुन्तै पछाडि फर्केर परमेश्‍वरले माग गर्नुहुने सही मार्गअनुसार आफ्नो जीवनको बाटो पछ्याउनैपर्छ—यो नै सही बाटो हो, र जब बाटो सही हुन्छ, त्यसको मतलब दिशा पनि सही हुन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरूले मलाई के महसुस गर्न मद्दत गर्‍यो भने, मेरी सिस्टरलाई कुनै समस्या वा कठिनाइहरू छन् कि भनेर सोध्नु महत्त्वहीन जस्तो देखिए पनि, यो अझै पनि मेरा लागि हैसियत र अभिमानको चाहना त्याग्ने र सत्यता अभ्यास गर्ने एउटा मौका थियो। यदि मैले अरूलाई भ्रमित पार्न र आफ्नो हैसियत र अभिमान जोगाउन आफूलाई छद्मभेषी बनाइरहेँ र झूटो रूप देखाइरहेँ भने, म कहिल्यै आफ्नो भ्रष्ट स्वभावको बन्धन र नियन्त्रणबाट मुक्त हुन सक्ने थिइनँ। म अब उप्रान्त आफ्ना चाहनाहरूसामु झुक्न मिल्दैनथ्यो—मैले सत्यता अभ्यास गर्नुपर्थ्यो र शैतानलाई लज्जित पार्न मानव स्वरूपमा जिउनुपर्थ्यो। त्यसैले, जानुअघि, मैले सिस्टरलाई कुनै समस्या वा कठिनाइहरू छन् कि भनेर सक्रिय रूपमा सोधेँ। जब मलाई उनको अवस्था बुझेको महसुस हुन्थ्यो, म सङ्गति दिन्थेँ, र जब मसँग जवाफ हुँदैनथ्यो, तब म भन्थेँ, “म यो समस्या समाधान गर्न जान्दिनँ, हामी सँगै जवाफ खोजौँ।” यसरी अभ्यास गरेपछि, मैले धेरै स्थिर र शान्त महसुस गरेँ।

मैले यो अनुभवबाट साँच्चै धेरै कुरा पाएकी छु। यदि म आफ्नो कर्तव्य पूरा गर्न त्यो मण्डलीमा नगएकी भए, र फलस्वरूप यो वास्तविक परिस्थितिद्वारा मलाई प्रकाश नगरिएको भए, मैले आफूमा हैसियतप्रतिको यस्तो आशक्ति रहेछ, र आफ्नो हैसियत र अभिमान जोगाउनु परमेश्‍वरप्रति प्रतिरोधको मार्ग रहेछ भन्ने कुरा कहिल्यै महसुस गर्ने थिइनँ। परमेश्‍वरका वचनहरूको न्याय र खुलासाले मलाई हैसियत र अभिमानका बन्धनहरूबाट मुक्त हुन र आफूलाई छद्मभेषी बनाउन छोड्न मदत गर्‍यो। मलाई मुक्ति दिनुभएकोमा सर्वशक्तिमान् परमेश्‍वरलाई धन्यवाद।

अघिल्लो: ९९. मानसिक स्वास्थ्य केन्द्रमा बिताउँदाका मेरा दिनहरू

सम्बन्धित विषयवस्तु

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्