५५. मैले आफ्‍नो स्थान भेट्टाएँ

रोजाली, दक्षिण कोरिया

परमेश्‍वरमा विश्‍वास गरेपछि, मैले उत्साहको साथ खोजी गरेँ। मण्डलीले मेरो लागि जे कर्तव्य बन्दोबस्त गरे पनि, मैले पालना गरेँ। आफ्नो कर्तव्यमा कठिनाइ वा समस्याहरू आइपर्दा, समाधानको खोजी गर्न म कुनै गुनासो नगरी कष्ट भोग्‍न र मूल्य चुकाउन सक्थेँ। केही समयपछि नै, मैले नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने अभ्यास गर्न थालेँ, र मलाई निरन्तर बढुवा दिइयो। मलाई म एक प्रतिभा हुँ, मण्डलीले वृद्धि-विकास गरिरहेको व्यक्ति हुँ, र म अरूले भन्दा बढी खोजी गर्छु, र जबसम्म मैले आफ्‍नो कर्तव्यमा कठिन परिश्रम गर्छु, तबसम्म मलाई पदोन्‍नति गरी महत्त्वपूर्ण पद दिइनेछ भन्‍ने लागेको थियो। यसबारेमा विचार गर्दा, मलाई आफैदेखि एकदमै खुसी लाग्यो।

केही पछि, मैले मेरो उमेरका धेरै जना ब्रदर-सिस्टरहरूले टोली अगुवा वा सुपरभाइजरको रूपमा सेवा गरिरहेको देखेँ, र मलाई डाहा लाग्यो। मैले सोचेँ, “यदि तिनीहरूले यस्तो कलिलो उमेरमै त्यस्ता महत्त्वपूर्ण कर्तव्यहरू निर्वाह गर्न सक्छन्, अगुवाहरूबाट कदर गरिन्छन्, र ब्रदर-सिस्टरहरूको आदर पाउँछन् भने, म जहाँको त्यहीँ बसेर सन्तुष्ट हुनु हुँदैन। मैले राम्ररी खोजी गर्नुपर्छ र आफ्‍नो कर्तव्यमा ठूलो उपलब्धि हासिल गर्न लागिपर्नुपर्छ ताकि मैले पनि महत्त्वपूर्ण भूमिका प्राप्त गर्न सकूँ।” त्यसकारण, मैले आफ्‍नो कर्तव्यमा अझै बढी मेहनत गर्न थालेँ। म राती अबेरसम्‍म बस्‍न र कष्ट भोग्‍न अप्ठ्यारो मान्‍न छोडेँ। आफ्‍नो कर्तव्यमा समस्या आउँदा, म त्यसलाई समाधान गर्न परमेश्‍वरका वचनहरू खोजी गर्थेँ। तर मेरो कडा परिश्रमले कुनै परिवर्तन ल्याएन। मेरो कमजोर कार्यक्षमताको कारण, मलाई अरू नै सामान्य काममा खटाइयो। त्यसपछि, मैले चिनेजानेका मानिसहरूले बढुवा पाउँदा, मलाई झन् धेरै डाहा लाग्थ्यो। म त्यतिबेलासम्म तिनीहरूभन्दा अझै पनि तल्लो स्तरमै छु भन्‍ने मलाई थाहा थियो, त्यसकारण म आफूलाई हतोत्साहित नहुन वा यथास्थितिमै नरहनको लगि सधैँ प्रोत्साहित गर्थेँ, र मैले खोजी गर्नु र सुधार हुनु जरुरी थियो, र मैले अझै पनि परमेश्‍वरको वचन अझ धेरै पढ्नु र आफ्‍नो जीवन प्रवेशमा अझ धेरै प्रयास गर्नु आवश्यक थियो। मलाई लाग्थ्यो, आफ्‍नो व्यावसायिक सीपलाई सुधार गरेर, र जीवन प्रवेशमा अझ धेरै प्रयास गरेपछि, अवश्य नै बढुवा पाइन्छ। त्यसकारण, मैले सुधार हुनको लागि कठिन परिश्रम गरेँ, र यस क्रममा मैले बढुवा हुने दिनको पनि प्रतीक्षा गरिरहेँ।

थाहै नपाई, दुई वर्ष बित्यो, र मेरा नयाँ साझेदार सहकर्मीहरू आउने-जाने गरिरहे। कति जनाले बढुवा पाए, र कति अगुवा र सेवकहरू बने। मलाई शङ्का लाग्‍न थाल्यो, “मैले यो कर्तव्य निर्वाह गरेको धेरै भइसक्यो, र मभन्दा थोरै समय काम गर्नेहरूले एकपछि अर्को गरी बढुवा पाए, तर मेरो कर्तव्यचाहिँ किन अझै परिवर्तन गरिएको छैन? के अगुवाहरू म जगेर्ना गरिन योग्य छैन, सामान्य कामको लागि मात्रै योग्य छु भन्‍ने सोच्छन्? के मेरो बढुवा हुने सम्भावना हुँदै नभएको हो त? के म यस्तो गुमनाम कर्तव्यमा सधैँ अल्झिरहनेछु?” यो सोच्दा, मलाई अचानक खोक्रो महसुस भयो। मेरो जोसजाँगर सबै सेलायो, र म आफ्नो कर्तव्यमा पहिलेजस्तो लगनशील हुन छोडेँ, र मलाई त्यति आतुरीसाथ काम गर्न मन लाग्‍न छोड्यो। हरदिन म काममा झारा टार्ने वा अल्याङटल्याङ गर्ने गर्थेँ। फलस्वरूप, मेरो काममा केही न केही विचलन वा भुलचुक देखा पर्थ्यो, तर म त्यसलाई गम्‍भीर रूपमा लिँदिनथेँ, र मैले उचित रूपमा आफ्‍नो बारेमा मनन पनि गरिनँ। पछि, मैले चिनेजानेका अझ धेरै ब्रदर-सिस्टरहरूले बढुवा पाउँदै छन् भन्‍ने सुनेँ, र मलाई झनै व्याकुल महसुस भयो। मैले सोचेँ, “तिनीहरूमध्ये कतिले त मेरो जस्तै कर्तव्य निर्वाह गर्थे, तर अहिले तिनीहरू सबैले एकपछि अर्को गरी बढुवा पाएका छन्, तर म भने जहाँबाट सुरु गरेँ त्यहीँ नै छु। सायद म सत्यताको खोजी गर्ने व्यक्ति वा जगेर्ना गर्नको लागि योग्य व्यक्ति होइन।” यो सोच्दा मलाई निकै भारी महसुस भयो। म निकै दयनीय भएँ। ती दिनहरूमा, म निकै निराश स्थितिमा थिएँ, र कर्तव्यप्रतिको मेरो जोसजाँगर हराएको थियो। मलाई सधैँ परमेश्‍वरमाथिको मेरो विश्‍वासमा मेरो निम्ति कुनै भविष्य छैन जस्तो लागिरहन्थ्यो। मलाई निकै दुःख लाग्थ्यो, र मैले जे भइरहेको थियो, त्यो कुरालाई स्विकार्नै सकिनँ। मैले सोचेँ, “के म त्यति खराब नै छु त? के म सामान्य काम गर्नको लागि मात्रै योग्य छु त? के मेरो वृद्धि-विकास हुनुमा कुनै मोल छैन त? म एउटा मात्रै मौका चाहन्छु। म किन सधैँ एक कुनामा बस्‍नुपर्ने, जहाँ कसैले मलाई देख्दै देख्दैन?” मैले यसबारेमा जति विचार गरेँ, मलाई त्यति नै दुःख र निराशा लाग्यो। म दिनभरि सुस्केरा हाल्दै बस्थेँ, र मेरा खुट्टाहरू गह्रौँ लाग्थ्यो। कहिलेकाहीँ, राती म ओछ्यानमा चुपचाप रुन्थेँ, र सोच्थेँ, “यदि मेरो व्यावसायिक सीप अरूको भन्दा तल्लो स्तरको छ भने, म सत्यताको खोजी गर्न कठिन परिश्रम गर्नेछु। म अझै बढी परमेश्‍वरका वचनहरू पढ्नेछु र जीवन प्रवेशमा अझै बढी ध्यान दिनेछु। जब म केही व्यवहारिक ज्ञानको बारेमा सङ्गति गर्ने हुन्छु, र अगुवाहरूले म सत्यताको खोजी गर्नमा ध्यान दिन्छु भनेर देख्छन्, तब के तिनीहरूले मलाई पनि बढुवा दिनेछैनन् र?” तर जब मैले यसरी विचार गरेँ, मलाई अलिक ग्‍लानि पनि भयो। मैले सोचेँ, “सत्यताको खोजी गर्नु सकारात्मक कुरा हो, र यो विश्‍वासीले पछ्याउनुपर्ने कुरा हो। तर मैले यस मौकालाई अरूभन्दा माथि उठ्ने उद्देश्‍यको लागि प्रयोग गरिरहेकी छु। यदि मैले त्यस्तो महत्त्वाकाङ्क्षा र इच्छा बोकेर खोजी गरेँ भने, परमेश्‍वरले यस कार्यलाई घृणा गर्नुहुनेछ, होइन र? किन म गुमनाम रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न तयार नभएकी हुँ?” मलाई आत्मग्‍लानि महसुस भयो, त्यसकारण मैले परमेश्‍वरलाई यसो भन्दै रुँदै प्रार्थना गरेँ, “हे परमेश्‍वर, मेरो हैसियतको खोजी गलत छ भन्‍ने मलाई थाहा छ, तर मेरा महत्त्वाकाङ्क्षा र इच्‍छाहरू अत्यन्तै प्रबल छन्। मलाई यसरी सधैँ गुमनाम भएर आफ्‍नो कर्तव्य निर्वाह गर्नु व्यर्थ हो जस्तो लाग्छ। हे परमेश्‍वर, म यो स्थितिबाट निस्कन सक्दिनँ। बिन्ती छ मलाई तपाईंको इच्‍छा बुझ्‍न र आफैलाई चिन्‍न अगुवाइ र मार्गनिर्देशित गर्नुहोस्।”

एक दिन, मैले परमेश्‍वरका केही वचनहरू पढेँ: “ख्रीष्टविरोधीहरूका लागि प्रतिष्ठा र हैसियत तिनीहरूको जीवन हो। तिनीहरू जे-जसरी बाँचे पनि, तिनीहरू जुनसुकै वातावरणमा बाँचे पनि, तिनीहरूले जे काम गरे पनि, तिनीहरूले जुनसुकै कुरा पछ्याए पनि, तिनीहरूको लक्ष्य जेसुकै भए पनि, तिनीहरूको जीवनको दिशा जतासुकै भए पनि, यो सबै राम्रो प्रतिष्ठा र उच्‍च हैसियत प्राप्त गर्नमा केन्द्रित हुन्छ। अनि यो लक्ष्य परिवर्तन हुँदैन; तिनीहरूले यस्ता कुराहरूलाई कहिल्यै पनि पन्छाउन सक्दैनन्। ख्रीष्टविरोधीहरूको साँचो अनुहार र तिनीहरूको सार यही हो। तिनीहरूलाई तैँले पहाडको प्राचीन जङ्गलको भित्री भागमा छोडिस् भने पनि तिनीहरू ख्याति र हैसियतको पछ्याइ त्याग्दैनन्। तैँले तिनीहरूलाई जुनसुकै समूहका मानिसमाझ राखे पनि, तिनीहरू अझै पनि ख्याति र हैसियतबारे मात्रै सोच्न सक्छन्। ख्रीष्टविरोधीहरूले परमेश्‍वरमा विश्‍वास गर्ने भए पनि, तिनीहरू आफ्नो प्रतिष्ठा र हैसियतको पछ्याइलाई परमेश्‍वरमाथिको विश्‍वास बराबर मान्छन् र यी दुइटा कुरालाई समान स्तरमा राख्छन्। भन्‍नुको मतलब, परमेश्‍वरमा विश्‍वास गर्ने मार्गमा हिँड्दा, तिनीहरूले आफ्नै प्रतिष्ठा र हैसियत पनि पछ्याउँछन्। के भन्‍न सकिन्छ भने, ख्रीष्टविरोधीहरूका हृदयमा, परमेश्‍वरमाथि विश्‍वास गर्दा सत्यताको पछ्याइ भनेको ख्याति र हैसियतको पछ्याइ हो, अनि प्रतिष्ठा र हैसियतको पछ्याइ भनेको सत्यताको पछ्याइ पनि हो—प्रतिष्ठा र हैसियत प्राप्त गर्नु भनेको सत्यता र जीवन प्राप्त गर्नु हो। यदि तिनीहरूलाई आफूले ख्याति, प्राप्ति वा हैसियत प्राप्त गरेको छैन, कसैले पनि आफूलाई आदरभावले हेर्दैन, उच्च सम्मान गर्दैन, वा पछ्याउँदैन भन्‍ने लाग्यो भने, तिनीहरू उदास हुन्छन्, परमेश्‍वरमा विश्‍वास गर्नुको कुनै अर्थ छैन, कुनै मूल्य छैन भन्‍ने ठान्छन्, र तिनीहरूले मनमनै सोच्छन्, ‘के यसरी परमेश्‍वरमाथि विश्‍वास गरेर म असफल भएको हुँ? के मेरो लागि कुनै आशा छैन?’ तिनीहरू प्रायः आफ्ना हृदयमा त्यस्ता कुराहरूको हिसाबकिताब गर्छन्। तिनीहरू आफ्ना लागि परमेश्‍वरका घरमा कसरी स्थान बनाउन सकिन्छ, मण्डलीमा कसरी उच्‍च प्रतिष्ठा प्राप्त गर्न सकिन्छ, कसरी मानिसहरूलाई तिनीहरूको कुरा सुन्न लगाउन सकिन्छ, र तिनीहरूले काम गर्दा तिनीहरूको गुणगान गराउन सकिन्छ, आफू जहाँ भए पनि मानिसहरूलाई कसरी तिनीहरूलाई पछ्याउन लगाउन सकिन्छ, र कसरी मण्डलीमा प्रभाव जमाउन सकिन्छ, अनि ख्याति, प्राप्ति, र हैसियत पाउन सकिन्छ भनेर हिसाबकिताब गर्छन्—तिनीहरूले हृदयमा साँच्चै यस्ता कुराहरूमा ध्यान दिन्छन्। त्यस्ता मानिसहरूले पछ्याउने कुरा यिनै हुन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। “ख्रीष्टविरोधीहरूको लागि उनीहरूको प्रतिष्ठा वा हैसियतलाई आक्रमण गर्नु र खोसी लैजानु उनीहरूको ज्यान लिने प्रयास गर्नुभन्दा पनि गम्भीर कुरा हुन्छ। उनीहरूले जति उपदेशहरू सुने पनि वा परमेश्‍वरका वचनहरू जति धेरै पढे पनि आफूले सत्यताको कहिल्यै अभ्यास नगरेकोमा र ख्रीष्टविरोधीहरूको मार्ग लिएकोमा अनि ख्रीष्टविरोधीहरूको प्रकृति सार धारण गरेकोमा दुःख वा पछुतो महसुस गर्नेछैनन्। यसको सट्टा उनीहरू सधैँ आफ्नो हैसियत प्राप्त गर्ने र आफ्नो इज्‍जत बढाउने उपायहरूका निम्ति आफ्नो दिमाग खियाइरहेका हुन्छन्। … प्रतिष्ठा र हैसियत सम्‍बन्धी निरन्तरको खोजीमा तिनीहरूले परमेश्‍वरले गर्नुभएका कुराहरूलाई पनि स्वेच्छाचारी रूपमा नकार्छन्। म किन यसो भन्छु त? ख्रीष्टविरोधीहरूले आफ्‍नो हृदयको गहिराइमा यस्तो विश्‍वास गर्छन्, ‘सबै प्रतिष्ठा र हैसियत आफ्‍नै प्रयासहरूद्वारा कमाइन्छ। मानिसहरूमाझ दह्रिलो स्थान हासिल गरेर अनि प्रतिष्ठा र हैसियत प्राप्त गरेर मात्रै तिनीहरूले परमेश्‍वरका आशिष्‌हरू प्राप्त गर्न सक्छन्। मानिसहरूले पूर्ण शक्ति र हैसियत प्राप्त गरेपछि मात्रै जीवनको मूल्य हुन्छ। यो मात्रै मानव जसरी जिउनु हो। यसको विपरीत परमेश्‍वरको वचनमा भनिएजस्तै सबै कुरामा परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुनु, सृजित प्राणीको स्थानमा उभिन इच्छुक हुनु र सामान्य व्यक्तिजस्तै जिउनु व्यर्थ हुनेछ—कसैले पनि त्यस्तो व्यक्तिलाई आदरको नजरले हेर्दैन। व्यक्तिको हैसियत, प्रतिष्ठा र खुसी आफ्नै संघर्षबाट प्राप्त गर्नुपर्छ; ती कुराका लागि लडाइँ लड्नुपर्छ र सकारात्मक र सक्रिय मनोवृत्तिले तिनलाई टपक्‍कै टिप्‍नुपर्छ। अरू कसैले तँलाई ती कुराहरू दिनेछैन—हात बाँधेर प्रतीक्षा गर्दा असफलता मात्र हात लाग्छ।’ ख्रीष्टविरोधीहरूले यसरी नै हिसाबकिताब गर्छन्। यो ख्रीष्टविरोधीहरूको स्वभाव हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्‍वरले ख्रीष्टविरोधीहरू हैसियतलाई जीवनभन्दा बढी महत्त्वपूर्ण ठान्छन् भनी खुलासा गर्नुभयो। तिनीहरूले बोल्‍ने र गर्ने सबै कुरा हैसियत र प्रतिष्ठामै केन्द्रित हुन्छ, र तिनीहरू यसलाई प्राप्त गर्ने र आफ्‍नो पकडमा राख्‍नेबारेमा मात्रै विचार गर्छन्। आफ्‍नो हैसियत गुमाए भने तिनीहरूले जिउने जाँगर गुमाउँछन्। हैसियतको खातिर, तिनीहरूले परमेश्‍वरको विरोध गर्न, उहाँलाई धोका दिन, र आफ्‍नै राज्य स्थापना गर्नसमेत सक्छन्। मैले हैसियतलाई सधैँ अत्यन्तै महत्त्वपूर्ण ठान्दै आएकी रहेछु भन्‍ने मलाई थाहा भयो। म सानो हुँदा, मेरो परिवारले बारम्बार मलाई “अब्बल हुनको लागि ठूलो कष्ट सहनुपर्छ” र “मानिस उभोतिर जान खोज्छ, तर खोला तलतिर बग्छ” भनेर सिकाउँथ्यो। म सधैँ जीवनअस्तित्वका यी शैतानी नियमहरूलाई जीवन जिउने वाणीको रूपमा लिन्थेँ। मलाई त सधैँ हैसियत प्राप्त गरेर र सम्‍मानको स्थानमा रहेर मात्र गौरवशाली र सार्थक जीवन जिउन सकिन्छ, तर आफ्नो नियतिमा चित्त बुझाउँदै, साधारण र व्यावहारिक व्यक्ति भएर जिउनुले आफूमा महत्वाकाङ्क्षा वा वास्तविक उद्देश्य नभएको देखाउँछ भन्‍ने लाग्थ्यो। यसरी जिउनु त व्यर्थमा जिउनु हो जस्तो लाग्थ्यो। मैले परमेश्‍वरमा विश्‍वास गरेपछि पनि, मेरा सोचाइ र दृष्टिकोणहरू परिवर्तन भएनन्। बाहिरी रूपमा, म हैसियतको लागि प्रतिस्पर्धा र होड गर्दिनथेँ, तर ममा तीव्र महत्त्वाकाङ्क्षा र चाहनाहरू थिए। म त बस अझै महत्त्वपूर्ण कर्तव्य निर्वाह गर्न, उच्‍च हैसियत प्राप्त गर्न, र अरूको आदर प्राप्त गर्न मात्र चाहन्थेँ। मेरो चिनजानका मानिसहरूलाई बढुवा भएर टोली अगुवा र सुपरभाइजर बनेको देख्दा, यसले मेरो इच्‍छालाई अझै तीव्र बनायो, र आफ्नो वर्तमान अवस्थाप्रति मेरो असन्तुष्टि अझ बढेर गयो। बढुवा पाउनको लागि, म एकाबिहानै उठ्थेँ र राती अबेरसम्‍म बस्थेँ, अनि म आफ्‍नो कर्तव्यको लागि जुनसुकै कष्ट भोग्‍न र मूल्य चुकाउन तयार थिएँ। जब मेरा आशाहरू बारम्‍बार तुहिए, तब म आफ्नो वरपरको परिस्थितिप्रति गुनासो र प्रतिरोधले भरिएँ। मैले परमेश्‍वरलाई पछ्याउनुको पनि कुनै अर्थ देखिनँ, र मैले आफ्‍नो कर्तव्यप्रतिको उत्साह गुमाएँ। म अल्याङटल्याङ गरिरहन्थेँ र आफूले गर्न सक्‍ने कुरामा पनि झारा टारिरहन्थेँ। परमेश्‍वरमा विश्‍वास गरेदेखि मैले जुन मार्ग पछ्याउँदै आएकी थिएँ त्यो सत्यता खोजी गर्ने मार्ग होइन रहेछ भनेर मैले थाहा पाएँ। मैले गरेको सबै कुरा नाम र हैसियतको लागि मात्रै थियो। हाम्रो कर्तव्यमा, हामीले सत्यताको खोजी गर्न, सत्यताका वास्तविकताहरूमा प्रवेश गर्न, र हाम्रा भ्रष्ट स्वभावहरूबाट उम्कन सकूँ भन्‍ने परमेश्‍वरको आशा हुन्छ। तर मैले आफ्‍नो कामलाई बेवास्ता गरेँ। मेरो दिमागले सत्यताको खोजी गरिरहेको हुँदैनथ्यो, म ठूलो हैसियतबाहेक अरू केही प्राप्त गर्न चाहँदिनथेँ, र जब मेरा इच्‍छाहरू पूरा हुँदैनथे, तब म सुस्ताउँथेँ र आफूलाई अझ गहन समस्यामा डुबाउँथेँ। ममा कुनै विवेक वा समझ थिएन! मैले परमेश्‍वरमा विश्‍वास गरेको वर्षौं भएको भए पनि, म सत्यताको पछि नलागेकी हुनाले, अहिलेसमेत मलाई आफ्‍नो भ्रष्ट स्वभावको बारेमा त्यति धेरै ज्ञान छैन भन्‍नेबारेमा सोचेँ। मैले पहिले राम्रोसित पूरा गरेको कर्तव्यसमेत राम्ररी पूरा गर्न सक्दिनथेँ। म अझै पनि अल्याङटल्याङ गर्थेँ, र मेरो काममा बारम्बार समस्या र विचलनहरू आउँथे। यस्तो अवस्थामा समेत, म बढुवा पाउन र अझै ठूलो काम गर्न चाहन्थेँ। म कति लाज पचेकी रहेछु! त्यसपछि मात्रै मैले सत्यताको खोजी नगरी, र अन्धाधुन्ध हैसियतको पछि लागेर परमेश्‍वरमा विश्‍वास गर्दा, त्यसले मलाई झन्झन् महत्त्वाकाङ्क्षी र मेरो स्वभावलाई झन्झन् अहङ्कारी मात्रै बनाउँछ, र सधैँ अरूभन्दा माथि उठ्ने चाहना गर्ने, र परमेश्‍वरको सम्प्रभुता र बन्दोबस्तहरूलाई पालना गर्न नसक्‍ने तुल्याउँछ भन्‍ने थाहा पाएँ। त्यस्तो खोजी आत्मविनाशक हुन्छ, र परमेश्‍वरले यस्तो कार्यलाई घृणा र धिक्‍कार गर्नुहुन्छ। मण्डलीबाट निष्कासित गरिएका ख्रीष्टविरोधीहरूलाई जस्तै। तिनीहरू सत्यताको पछि लागेनन्, बरु सधैँ नाम, फाइदा र हैसियतको पछि लागे। तिनीहरूले सधैँ आदर र श्रद्धा पाउन, र मानिसहरूलाई पासो र नियन्त्रणमा पार्ने कोसिस गरे। परिणामस्वरूप, तिनीहरूले अत्यन्तै धेरै दुष्कर्म गरे, र परमेश्‍वरले तिनीहरूलाई खुलासा गरेर हटाउनुभयो। के मेरो खोजी पनि तिनीहरूको जस्तै थिएन र? के म परमेश्‍वरलाई विरोध गर्ने मार्गमा हिँडिरहेकी थिइनँ र? परमेश्‍वरको स्वभाव धर्मी र चिढ्याउन नसकिने छ। यदि मैले आफूलाई सुधार्न मान्दिनथेँ भने, मलाई अवश्य नै परमेश्‍वरले इन्कार र निष्कासन गर्नुहुनेथ्यो। यो कुरा ध्यानमा राख्दै, मैले मनमनै शपथ खाएँ: अबदेखि, म हैसियतको पछि लाग्‍नेछैन, बरु परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुनेछु। म सत्यताको पछि लाग्‍नेछु, र उचित रूपमा र वास्तविक धरातलमा रही आफ्‍नो कर्तव्य निर्वाह गर्नेछु।

एक दिन, मेरो भक्तिको समयमा, मैले परमेश्‍वरको वचनहरू पढेँ: “मानिसहरूलाई परमेश्‍वरका योजनाबद्ध कार्यहरू र परमेश्‍वरको सार्वभौमिकता थाहा नहुने हुनाले, तिनीहरू सधैँ अवज्ञाकारी मनस्थिति र विद्रोही मनोवृत्तिका साथ नियतिको सामना गर्छन्, र तिनीहरू सधैँ परमेश्‍वरको अख्तियार र सार्वभौमिकता साथै नियतिमा रहेका कुराहरूबाट मुक्त हुन चाहन्छन्, र आफ्ना वर्तमान परिस्‍थितिहरू परिवर्तन गर्ने र आफ्‍नो नियति बदल्ने व्यर्थको आशा गर्छन्। तर तिनीहरू कहिल्यै सफल हुन सक्दैनन् र तिनीहरू हर मोडमा पछारिन्छन्। तिनीहरूको आत्माको गहिराइमा हुने यो सङ्घर्षले तिनीहरूलाई पीडा दिन्छ, र यो पीडा तिनीहरूको हड्डीमै खोपिन्छ, र साथसाथै तिनीहरूलाई आफ्नो जीवन खेर फाल्ने तुल्याउँछ। यो पीडाको कारण के हो त? के यसको कारण परमेश्‍वरको सार्वभौमिकता हो, वा खराब नियति हुनु हो? अवश्य नै, दुवै सत्य होइनन्। अन्तिम विश्लेषणमा, मानिसहरूले लिने मार्गहरू र तिनीहरूले आफ्‍नो जीवन जिउन रोज्ने तरिकाहरूका कारण यस्तो हुन्छ। कतिपय मानिसले यी कुराहरू अनुभव नगरेका हुन सक्छन्। तर जब तँ मानव नियतिमाथि परमेश्‍वरले सार्वभौमिकता राख्नुहुन्छ भनेर साँच्चै जान्दछस् र मान्छस्, जब तँ परमेश्‍वरले सार्वभौमिकता राख्ने र तेरो लागि प्रबन्ध गर्ने सबै कुरा तेरो लागि अत्यन्तै फाइदाजनक र सुरक्षात्मक छ भनी साँच्चै बुझ्छस्, तब तैँले आफ्नो पीडा बिस्तारै हल्‍का भएको अनुभव गर्नेछस्, र तेरो सम्पूर्ण सत्त्व बिस्तारै सहज, स्वतन्त्र र आजाद बन्नेछ। अधिकांश मानिसहरूका स्थितिहरूको आधारमा मूल्याङ्कन गर्दा, तिनीहरूले व्यक्तिपरक हिसाबमा पहिलेजस्तो जिउन र आफ्‍नो पीडाबाट राहत पाउन नचाहने भए पनि, तिनीहरूले मानव नियतिमाथिको सृष्टिकर्ताको सार्वभौमिकताको व्यवहारिक मूल्य र अर्थलाई वस्तुपरक रूपमा स्वीकार गर्न सक्‍दैनन्; वस्तुगत हिसाबमा, तिनीहरू सृष्टिकर्ताको सार्वभौमिकतालाई साँचो रूपमा पहिचान गर्न र यसमा समर्पित हुन सक्दैनन्, तिनीहरूले सृष्टिकर्ताका योजनाबद्ध कार्य र बन्दोबस्तहरूलाई कसरी खोजी र स्वीकार गर्ने भन्‍नेबारेमा जान्‍नु त परै जाओस्। त्यसैले, यदि मानिसहरूले मानव नियतिमाथि र सम्पूर्ण मानव मामलाहरूमाथि सृष्टिकर्ताको सार्वभौमिकता छ भन्‍ने तथ्यलाई साँचो रूपमा पहिचान गर्न सक्दैनन् भने, यदि तिनीहरू सृष्टिकर्ताको प्रभुत्वमा साँचो रूपमा समर्पित हुन सक्दैनन् भने, तिनीहरू ‘आफ्‍नो नियति आफ्‍नै हातमा हुन्छ’ भन्‍ने विचारद्वारा सञ्‍चालित हुन र बन्धनमा पर्न कठिन हुनेछैन। तिनीहरूले नियति र सृष्टिकर्ताको अख्तियारविरुद्धको आफ्नो तीव्र संघर्षको पीडालाई हटाउन कठिन हुनेछ, अनि, अवश्य पनि तिनीहरूले साँचो रूपमा स्वतन्त्र र मुक्त हुन, र परमेश्‍वरको आराधना गर्ने मानिस बन्‍न पनि कठिन नै हुनेछ” (वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३)। परमेश्‍वरको वचनले हृदयमा हलचल गरायो। पहिले मैले मेरो स्थितिलाई परमेश्‍वरका वचनहरूले प्रकट गरेका कुराहरूसँग कहिल्यै तुलना गरेकी थिइनँ। मलाई त यी वचनहरू अविश्‍वासीहरूप्रति लक्षित छन् भन्‍ने लाग्थ्यो, तर म परमेश्‍वरमा विश्‍वास गर्थेँ, र म परमेश्‍वरको सार्वभौमिकतालाई विश्‍वास र पालना गर्थेँ। तर जब मैले शान्त भएर परमेश्‍वरको वचनको यो खण्डको बारेमा मनन गरेँ, तब मात्र मैले परमेश्‍वरको सार्वभौमिकता स्वीकार गर्नुले परमेश्‍वरको सर्वशक्तिमान्‌ सार्वभौमिकताको बारेमा ज्ञान हुनुलाई जनाउँदैन, र यसले परमेश्‍वरको सार्वभौमिकताको पालन गर्नुलाई जनाउने त झन् कुरै आउँदैन भन्‍ने महसुस गरेँ। म परमेश्‍वरमा विश्‍वास गर्थेँ, तर मेरा दृष्टिकोणहरू अविश्‍वासीहरूका जस्तै थिए। अविश्‍वासीहरूले मानिसहरूको भाग्य तिनीहरूको आफ्‍नै हातमा हुन्छ भनेर विश्‍वास गर्छन्, र सधैँ भाग्यको विरुद्धमा लड्छन्। तिनीहरू आफ्‍नै प्रयासहरूद्वारा आफ्‍नो नियति परिवर्तन गरेर उत्कृष्ट जीवन जिउन चाहन्छन्। फलस्वरूप, तिनीहरूले धेरै कष्ट भोग्छन्, ठूलो मूल्य चुकाउँछन्, अन्तिममा तिनीहरू घायल र कायल बन्छन्, तर चोटैचोटले भरिए पनि तिनीहरू वास्तविकतामा फर्कँदैनन्। के म पनि त्यस्तै थिइनँ र? म सधैँ आफ्‍नै प्रयासद्वारा यथास्थितिलाई बदल्‍न चाहन्थेँ, र बढुवा र महत्त्वपूर्ण भूमिका पाउन आफ्‍नै संघर्षमा भर पर्थेँ। यही उद्देश्यको लागि, मैले चुपचाप कष्ट भोगेँ, मूल्य चुकाएँ, र व्यावसायिक सीपहरू सिक्‍न कडा मेहनत गरेँ। मेरो इच्‍छा पूरा नहुँदा, म निष्क्रिय र अटेरी भएँ, र आफैलाई अझ गम्भीर समस्यामा डुबाएँ। त्यसपछि मात्रै मैले मैले गलत मार्ग अपनाएर जिउने गलत तरिका छनौट गरेकीले म यति दुःखी र थकित भएकी रहेछु भन्‍ने थाहा पाएँ। मैले “आफ्नो नियति आफ्नै हातमा हुन्छ” र “मानिसले आफ्नै हातहरूले रमाइलो मातृभूमि सृजना गर्न सक्छ” भन्‍ने शैतानी भ्रमहरूलाई जीवन उक्तिको रूपमा लिएकी थिएँ। मलाई के विश्‍वास थियो भने आफ्‍नो उद्देश्य हासिल गर्नको लागि, मैले आफ्नै प्रयासमा भर परी यसलाई पाउने कोसिस गर्नुपर्छ। बारम्बार आफ्ना चाहनाहरू चकनाचूर भएको र बढुवा वा महत्त्वपूर्ण पदहरू पाउन नसकेको अवस्था सामना गर्नुपर्दा, म सधैँ परमेश्‍वरको विरुद्धमा लड्न, उहाँको बन्दोबस्तहरूबाट मुक्त हुन, र आफ्‍नै प्रयासहरूद्वारा हैसियत र प्रतिष्ठा प्राप्त गर्न चाहन्थेँ। त्यसपछि मात्रै मलाई म नाममात्रको विश्‍वासी रहेछु भन्‍ने थाहा भयो। वास्तवमा, मैले हृदयमा परमेश्‍वरको सार्वभौमिकतामा समेत विश्‍वास गर्दिनथेँ, उहाँका बन्दोबस्तहरूलाई पालन गर्न इच्छुक हुने त कुरै नगरौँ। मजस्तो विश्‍वासी र गैरविश्‍वासीको बीचमा के नै भिन्‍नता थियो र? परमेश्‍वर सृष्टिका प्रभु हुनुहुन्छ, र परमेश्‍वरसँग सबै थोकमाथिको सार्वभौमिकता र नियन्त्रण रहेको छ। हरेक व्यक्तिको नियति, उसको क्षमता र सामर्थ्य, मण्डलीमा उसले निर्वाह गर्न सक्‍ने कर्तव्य, र उसले कुन समयमा कस्तो परिस्थितिको अनुभव गर्छ, आदि इत्यादि कुराहरू परमेश्‍वरले नै बन्दोबस्त र पूर्वनिर्धारित गर्नुभएको हुन्छ, र कुनै पनि व्यक्तिले तीबाट उम्किभाग्‍न वा तिनलाई परिवर्तन गर्न सक्दैन। परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूलाई पालना गरेर मात्रै हाम्रो हृदय शान्तिमा रहन सक्छ। यो थाहा पाएपछि, मलाई अचानक म आफू दुःखी र दयनीय छु भन्‍ने लाग्यो। मैले परमेश्‍वरमा विश्‍वास गरेको वर्षौं भएको थियो, र मैले परमेश्‍वरको यति धेरै वचन खाएकी र पिएकी थिएँ, तैपनि म त अझै अविश्‍वासीजस्तै थिएँ। मैले परमेश्‍वरको सर्वशक्तिमान्‌ता र सार्वभौमिकताको बारेमा जानेकै थिइनँ। म सधैँ परमेश्‍वरको विरोध गरिरहन्थेँ। म अत्यन्तै अहङ्कारी र अज्ञानी थिएँ! परमेश्‍वरका वचनहरूले भन्छन्: “जब तँ परमेश्‍वरले सार्वभौमिकता राख्ने र तेरो लागि प्रबन्ध गर्ने सबै कुरा तेरो लागि अत्यन्तै फाइदाजनक र सुरक्षात्मक छ भनी साँच्चै बुझ्छस्, तब तैँले आफ्नो पीडा बिस्तारै हल्‍का भएको अनुभव गर्नेछस्, र तेरो सम्पूर्ण सत्त्व बिस्तारै सहज, स्वतन्त्र र आजाद बन्नेछ” (वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३)। परमेश्‍वरको वचन मनन गर्दै मैले सोचेँ, यो वातावरण मेरो लागि फाइदाजनक र मलाई रक्षा गर्ने किसिमको छ भनेर मैले कसरी थाहा पाउने? खोजी गर्ने क्रममा, मैले के थाहा पाएँ भने, परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि नै, मैले कहिल्यै कुनै ठूलो असफलता वा बाधा भोगेकी थिइनँ, र मलाई कहिल्यै बर्खास्त वा स्थानान्तर गरिएको थिइनँ। मलाई निरन्तर बढुवा र जगेर्ना गरिएको थियो। थाहै नभई मैले आफूलाई सत्यताको खोजी गर्ने र मण्डलीमा वृद्धिविकास गरिनयोग्य व्यक्ति ठान्‍न थालेकी थिएँ, त्यसकारण मैले स्वाभाविक रूपमै “बढुवा” हुनुलाई खोजी गर्नुपर्ने उद्देश्यको रूपमा लिएकी थिएँ। हरेकपटक मलाई बढुवा गरिँदा, मैले यसलाई परमेश्‍वरबाट पाएको जिम्‍मेवारी र कर्तव्यको रूपमा लिइनँ, र मैले वास्तविक धरातलमा रही सत्यताको खोजी गर्ने वा आफ्‍नो कर्तव्यमा कसरी सिद्धान्तहरूको प्रयोग गर्ने भनेर सोच्‍ने गरिनँ। बरु, मैले आफ्नो कर्तव्यलाई हैसियतको खोजी गर्ने र अरूको आदर पाउने औजारको रूपमा हेरेँ। मलाई कर्तव्य जति ठूलो हुन्छ र हैसियत जति उच्‍च हुन्छ, मानिसहरूले मलाई उति नै आदर र मान दिन्छन् भन्‍ने लाग्थ्यो, त्यसकारण म बढुवा हुनुमा अत्यन्तै चासो दिन्थेँ, र म यी नाफा र घाटाहरूको बारेमा सधैँ चिन्ता गर्दै दिनहरू बिताउँर्थेँ। परमेश्‍वरमाथिको विश्‍वासमा मैले जुन कुराको खोजी गर्नुपर्थ्यो त्यो कुरालाई बिर्सेको धेरै भइसकेको थियो। अहिले सोच्दा, मेरा महत्त्वाकाङक्षा र चाहनाहरू निकै ठूला थिएछन्, र यदि मलाई मैले चाहेजस्तै गरी साँच्‍चै बढुवा र महत्त्वपूर्ण भूमिका दिइएको भए, म कति अहङ्कारी हुन्थेँ वा मैले कति दुष्ट काम गर्थेँ भनेर मलाई नै थाहा छैन। त्यस्ता असफलताहरूका कैयौँ उदाहरणहरू छन्। धेरै मानिसहरूले हैसियत नपाइञ्‍जेलसम्‍म आफ्‍नो कर्तव्य इमानदारीपूर्वक निर्वाह गर्न सक्छन्, तर तिनीहरूले हैसियत प्राप्त गर्नेबित्तिकै, तिनीहरूको महत्त्वाकाङक्षा बढ्छ, अनि तिनीहरूले दुष्कर्म गर्न र मानिसहरूलाई छल्न र पासोमा पार्न थाल्छन्। आफ्‍नो नाम, फाइदा र हैसियतलाई कायम राख्‍न, तिनीहरूले अरूलाई बहिष्कार र दमन गर्छन्, र यसको फलस्वरूप आफैलाई बरबाद गर्छन्। मैले के पनि थाहा पाएँ भने, सत्यताको पछि लाग्‍ने र सही मार्गमा हिँड्नेहरूका लागि त हैसियत केवल अभ्यास र सिद्धता हुन सक्छ। तर सत्यताको पछि नलाग्‍ने र सही मार्गमा नहिँड्नेहरूका लागि यो परीक्षा र प्रकाश हो। त्यो बेला, मसँग अझै पनि हैसियत थिएन, र आफूलाई बढुवा नगरिएको र महत्त्वपूर्ण नमानिएको कारण, मन यति चिढिएको थियो कि मलाई आफ्‍नो कर्तव्यसमेत निर्वाह गर्न मन लाग्‍न छोडेको थियो। मैले मेरा महत्त्वाकाङ्क्षा र इच्‍छाहरू साधारण मानिसहरूको भन्दा ठूला छन् भनेर देख्‍न सकेँ, र वास्तवमा मलाई बढुवा गरेर महत्त्वपूर्ण कर्तव्य दिइएको थियो भने, म पनि अवश्य नै पहिले असफल भएकाहरू जसरी नै असफल हुनेथिएँ। यस विन्दुमा, मलाई साँच्‍चै के लाग्यो भने मलाई टोली अगुवा वा सुपरभाइजरमा बढुवा नदिइनुमा परमेश्‍वरको अनुमति रहेछ। परमेश्‍वरले मलाई रोकिएर आफ्‍नो बारेमा मनन गर्न बाध्य गर्नको लागि, र मैले आफ्नो शैली सुधार्न र सत्यता खोज्‍ने मार्गमा हिँड्न सकूँ भनेर त्यो परिस्थिति प्रयोग गर्नुभएको रहेछ। मेरो जीवनको लागि त्यस्तै परिस्थितिको आवश्यकता थियो, र त्यो मेरो लागि परमेश्‍वरको महान सुरक्षा थियो। यो कुरा सोचेपछि, म अत्यन्तै अन्धी र अज्ञानी रहेछु, र मैले परमेश्‍वरको इच्छालाई बुझेकी रहेनछु भन्‍ने महसुस भयो। मैले परमेश्‍वरलाई गलत बुझेँ र दोष दिएँ। मैले साँच्‍चै नै परमेश्‍वरको हृदयमा चोट पुर्‍याएकी थिएँ।

त्यसपछि, मैले परमेश्‍वरका वचनहरू पढेँ: “परमेश्‍वर मानिसहरूसँग कस्तो हृदय होस् भन्‍ने चाहनुहुन्छ? सबैभन्दा पहिला, यो हृदय इमानदार हुनुपर्छ, र तिनीहरू पाउ जमिनमै राखेर निष्ठापूर्वक आफ्नो कर्तव्य निभाउन र मण्डलीको काममा साथ दिन सक्षम हुनुपर्छ, र तिनीहरूले अबउप्रान्त तथाकथित ‘महान् महत्त्वाकाङ्क्षा’ वा ‘उच्च लक्ष्यहरू’ राख्नुहुन्न। तिनीहरूले परमेश्‍वरलाई पछ्याउँदा र आराधना गर्दा र सृष्टि गरिएका प्राणीको रूपमा व्यवहार गर्दा, तिनीहरूको हरेक पाइलाले पदचिह्न छोड्छ। तिनीहरू अबउप्रान्त असाधारण वा महान्‌ व्यक्ति बन्न खोज्दैनन्, विशेष शक्ति भएको व्यक्ति बन्न त झनै खोज्दैनन्, र तिनीहरूले सृष्टि गरिएका अन्यग्रहीय प्राणीको आराधना पनि गर्दैनन्। यसका साथै, यो हृदयले सत्यतालाई प्रेम गर्नैपर्छ। सत्यतालाई प्रेम गर्नुको मुख्य अर्थ के हो? यसको अर्थ सकारात्मक कुराहरूलाई प्रेम गर्नु, न्यायको बोध हुनु, आफूलाई इमानदारीपूर्वक परमेश्‍वरको लागि खर्चन सक्षम हुनु, उहाँलाई साँच्चै प्रेम गर्नु, उहाँमा समर्पित हुनु र उहाँको गवाही दिनु हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा प्रवेश गर्नका लागि पूरा गर्नैपर्ने पाँच सर्तहरू)। परमेश्‍वरका वचनहरू पढेपछि, म निकै भावुक भएँ। मैले मानिसहरूप्रतिको परमेश्‍वरको आशा र मापदण्डहरूलाई अनुभव गरेँ। परमेश्‍वरले मानिसहरू चर्चित, महान्, वा उत्कृष्ट भएको चाहनुहुन्‍न। परमेश्‍वरले हामी ठूलो काम-कार्यवाहीमा लागेको वा महान् उपलब्धि प्राप्त गरेको चाहनुहुन्‍न। परमेश्‍वर मानिसहरूले आफ्‍नो कर्तव्यमा सत्यताको खोजी गरून् र उहाँका बन्दोबस्तहरूलाई पालन गरून्, अनि वास्तविक रूपमा आफ्‍नो कर्तव्य पूरा गरून् भन्‍ने चाहनुहुन्छ। तर मैले परमेश्‍वरको इच्‍छालाई बुझेकी थिइन, र मैले आफूलाई चिनेकी थिइनँ। म सधैँ हैसियत चाहन्थेँ, र मालिक वा शक्तिशाली व्यक्ति बन्‍न चाहन्थेँ। हैसियत र ध्यान-मानविना, म उकुसमुकुस लाग्दो, व्यर्थको जीवन जिइरहेकी हुन्छु भन्‍ने मलाई लाग्थ्यो। ममा कुनै पनि मानवता वा समझशक्ति थिएन। म त घाँस थिएँ तर रूख बन्‍न चाहन्थेँ, फिस्टा थिएँ तर चील बन्‍न चाहन्थेँ, अनि परिणाम स्वरूप म ग्रसित र हैरान भइञ्‍जेल तनावमा बसेँ। यो कुरा महसुस गरिसकेपछि, मैले परमेश्‍वरसँग प्रार्थना गरेँ, “हे परमेश्‍वर! विगतमा, मैले सधैँ ख्याति र हैसियतको खोजी गरेँ। म सधैँ आदर-सम्‍मान पाउन चाहन्थेँ। म अपरिचित भएर आफ्‍नो कर्तव्य पूरा गर्न चाहन्‍नथिएँ, जुन कुरालाई तपाईं मन पराउनुहुन्‍न तर घृणा गर्नुहुन्छ। अब मैले यो गलत तरिका हो भन्‍ने बुझेँ। म तपाईंका बन्दोबस्तहरू पालना गर्न चाहन्छु। भविष्यमा मलाई बढुवा दिइए पनि नदिइए पनि, म वास्तविक रूपमा सत्यताको पछि लाग्‍नेछु र आफ्‍नो कर्तव्य पूरा गर्नेछु।” प्रार्थना गरिसकेपछि, मलाई निकै ढुक्‍क लाग्यो, र परमेश्‍वरको अझै नजिक भएको अनुभव भयो।

पछि, परमेश्‍वरको वचन पढेर, मैले खोजीसम्‍बन्धी मेरो गलत दृष्टिकोणको बारेमा केही ज्ञान प्राप्त गरेँ। परमेश्‍वरका वचनहरूले भन्छ: “जब कसैलाई अगुवा वा कामदारका रूपमा सेवा गर्न बढुवा गरिन्छ, वा उसलाई कुनै प्राविधिक कामको सुपरिवेक्षक बन्नका लागि संवर्धन गरिन्छ, तब त्यो परमेश्‍वरको घरले उसलाई एउटा बोझ सुम्पनुभन्दा बढी केही होइन। यो एउटा आज्ञा, एउटा जिम्मेवारी हो, र यो अवश्यै एउटा विशेष कर्तव्य, एउटा विशेष अवसर पनि हो, र यो असाधारण उत्थान हो—उसमा प्रशंसायोग्य कुरा केही हुँदैन। जब कसैलाई परमेश्‍वरको घरले प्रवर्धन र संवर्धन गर्छ, त्यसको मतलब यो होइन कि परमेश्‍वरको घरमा उसको विशेष स्थान वा हैसियत छ, ताकि उसले विशेष व्यवहार र निगाह पाउन सकोस्। बरु, परमेश्‍वरको घरले उसलाई असाधारण रूपमा उत्थान गरेपछि, उसलाई परमेश्‍वरको घरबाट तालिम प्राप्त गर्ने, मण्डलीको कुनै सारगत काम गर्न अभ्यास गर्ने उत्कृष्ट अवस्थाहरू दिइन्छ, र त्यो सँगसँगै परमेश्‍वरको घरले यस व्यक्तिबाट अझ उच्च मानकहरू माग गर्नेछ, जुन उसको जीवन प्रवेशका लागि निकै लाभदायक हुन्छ। जब कुनै व्यक्तिलाई परमेश्‍वरका घरमा प्रवर्धन र संवर्धन गरिन्छ, यसको अर्थ ऊबाट कडा मागहरू गरिन्छ र उसलाई कडाइका साथ सुपरिवेक्षण गरिन्छ भन्ने हुन्छ। उसले गर्ने कामलाई परमेश्‍वरको घरले कडाइका साथ निरीक्षण, सुपरिवेक्षण गर्छ र अघि धकेल्छ, र उसको जीवन प्रवेशलाई बुझ्ने र ध्यान दिने प्रयास गर्छ। यी दृष्टिकोणहरूबाट हेर्दा, के परमेश्‍वरको घरले प्रवर्धन र संवर्धन गरेका मानिसहरूले विशेष व्यवहार, विशेष हैसियत, र विशेष पद पाउँछन् त? अवश्य नै पाउँदैनन्, र तिनीहरूले कुनै विशेष पद-प्रतिष्ठा त झनै पाउँदैनन्। यदि प्रवर्धन र संवर्धन गरिएका मानिसहरूले आफ्नो कर्तव्य धेरथोर प्रभावकारी रूपमा पूरा गरेको प्रतिफलस्वरूप आफूसँग पुँजी छ भन्ने ठान्छन्, र गतिहीन भई सत्यता पछ्याउन छोड्छन् भने, परीक्षा र सङ्कष्टहरू सामना गर्दा तिनीहरू खतरामा पर्नेछन्। यदि मानिसहरूको कद अत्यन्तै सानो छ भने, तिनीहरू दृढ रहन नसक्ने सम्भावना हुन्छ। कतिले भन्छन्, ‘यदि कसैलाई अगुवाका रूपमा प्रवर्धन र संवर्धन गरिएको छ भने, ऊसँग पद-प्रतिष्ठा हुन्छ। ऊ ज्येष्ठ पुत्रहरूमध्येको एक नभए पनि, उसमा कम्तीमा पनि परमेश्‍वरका मानिसहरूमध्येको एक बन्ने आशा हुन्छ। मलाई कहिल्यै प्रवर्धन वा संवर्धन गरिएको छैन, त्यसोभए के म परमेश्‍वरका मानिसहरूमध्येको एक बन्ने आशा नै छैन?’ यस तरिकाले सोच्नु गलत हो। परमेश्‍वरका मानिसहरूमध्येको एक बन्नका लागि, तँसँग जीवन अनुभव हुनैपर्छ, र तँ परमेश्‍वरमा समर्पित हुने व्यक्ति हुनैपर्छ। चाहे तँ अगुवा, कामदार, वा साधारण अनुयायी जे भए पनि, जोसँग सत्यता वास्तविकताहरू छन् ऊ परमेश्‍वरका मानिसहरूमध्येको एक हो। तँ अगुवा वा कामदार नै भए पनि, यदि तँमा सत्यता वास्तविकताहरू छैनन् भने, तँ अझै पनि श्रमिक नै हुन्छस्” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (५))। परमेश्‍वरको वचनबाट मैले के बुझेँ भने, मण्डलीमा बढुवा र जगेर्ना गरिनुको अर्थ मानिसहरूसँग विशेष हैसियत हुन्छ, वा तिनीहरूले बाह्य संसारका अधिकारीहरूले जस्तो विशेष इज्‍जत पाउँछन् भन्‍ने हुँदैन। यो त अभ्यास गर्ने मौका मात्रै हो। यो त मानिसहरूलाई दिइने अलिक ठूलो जिम्‍मेवारी मात्रै हो। बढुवा र वृद्धि-विकास गरिनुको अर्थ व्यक्ति एउटा कर्तव्यबाट अर्को कर्तव्यमा सरिरहेको छ भन्‍ने मात्रै हुन्छ। यसको अर्थ त्यस व्यक्तिको हैसियत अरूको भन्दा उच्‍च छ भन्‍ने हुँदैन, र यसको साथै त्यस व्यक्तिले सत्यता बुझ्छ भन्‍ने पनि हुँदैन। तपाईंलाई बढुवा नगरिनुको अर्थ तपाईं अरूभन्दा सानो हुनुहुन्छ भन्‍ने हुँदैन, र तपाईंको कुनै भविष्य छैन र तपाईंले मुक्ति पाउन सक्‍नुहुन्‍न भन्‍ने हुँदैन। छोटकरीमा, तपाईंले जुनसुकै कर्तव्य निर्वाह गर्नुभए पनि, तपाईंलाई बढुवा गरिए पनि नगरिए पनि, परमेश्‍वरले सबै मानिसहरूलाई निष्पक्ष व्यवहार गर्नुहुन्छ, र हरेक व्यक्तिलाई आफ्नो कर्तव्यमा अभ्यास गर्ने मौका प्रदान गरिन्छ। मण्डलीले हरेक व्यक्तिको क्षमता र सामर्थ्यअनुसार उसलाई उचित रूपमा कर्तव्य प्रदान गर्छ, ताकि हरेक व्यक्तिको क्षमता र सामर्थ्यको अधिकतम प्रयोग होस्। यसले मण्डलीको काम र हाम्रो व्यक्तिगत जीवन प्रवेश दुवै कुरामा फाइदा पुर्‍याउँछ। तपाईंलाई महत्त्वपूर्ण कर्तव्यमा बढुवा गरिए पनि नगरिए पनि, मानिसहरूप्रतिको परमेश्‍वरको अपेक्षा र हरेकको निम्ति उहाँले गर्नुभएको बन्दोबस्‍त उही हुन्छ। मानिसहरूले कर्तव्यपालनको क्रममा सत्यताको खोजी गरून् र आफ्‍नो स्वभाव परिवर्तन गरून् भन्‍ने परमेश्‍वर चाहनुहुन्छ। त्यसकारण, परमेश्‍वरबाट प्राप्त हुने मुक्ति मानिसहरूको हैसियत वा योग्यतामा कहिल्यै निर्भर हुँदैन। बरु, यो सत्यता र कर्तव्यप्रतिको मानिसहरूको मनोवृत्तिमा निर्भर हुन्छ। यदि तपाईं सत्यता खोजी गर्ने मार्ग हिँड्नुभयो भने, तपाईंले आफ्‍नो कर्तव्य निर्वाह गर्ने क्रममा, अझै धेरै अभ्यासको मौका पाउनुहुनेछ, र जीवनमा प्रगति गरिरहनुहुनेछ। यदि तपाईं सत्यताको खोजी गर्नुहुन्‍न भने, तपाईंको हैसियत जति नै उच्‍च भए पनि, तपाईं लामो समय टिक्‍नुहुन्‍न। ढिलोचाँडो, तपाईंलाई बर्खास्त गरी हटाइनेछ। विगतमा मलाई बढुवाको बारेमा साँचो ज्ञान थिएन। मलाई त बढुवा हुनु भनेको हैसियत प्राप्त गर्नु हो, र मेरो हैसियत जति उच्‍च हुन्छ, मेरो भविष्य र भवितव्य उति नै राम्रो हुन्छ भन्‍ने लागेको थियो। फलस्वरूप, मैले आफ्‍नो कर्तव्यमा सत्यताको खोजी गर्ने कार्यमा ध्यान दिइनँ, बरु हैसियतको पछि मात्रै लागेँ। अहिले मात्रै मलाई यस्तो दृष्टिकोण हास्यास्पद छ भन्‍ने थाहा भयो! वास्तवमा, मण्डलीले मलाई अभ्यास गर्ने मौका दिएको थियो, तर धेरै महत्त्वपूर्ण कामहरूको लागि मेरो क्षमता अत्यन्तै कमजोर थियो। तममा कुनै आत्मसचेतना थिएन, त्यसकारण मलाई सधैँ म सक्षम छु र मलाई अझ महत्त्वपूर्ण काम गर्नको लागि बढुवा गरिनुपर्छ भन्‍ने लागेको थियो। मैले आफूलाई रत्तीभर चिनेकी थिइनँ। परमेश्‍वरको घरमा हामीले जे काम गरे पनि, हाम्रो कामले असल नतिजाहरू हासिल गर्नको लागि, हामी सबैले सत्यता बुझेर सत्यता सिद्धान्तहरूमा प्रवेश गर्नुपर्छ। तर मैले सत्यता बुझेकी थिइनँ, र मैले कुनै पनि व्यवहारिक काम गर्न सक्दै सक्दिनथेँ। मलाई बढुवा नै गरिएको भए पनि, मैले के राम्रो काम गर्थेँ होला र? के मैले बाधा मात्रै खडा गर्नेथिनँ र? म अत्यन्तै थकित हुन्थेँ होला, र मैले मण्डलीको काममा पनि बाधा दिन्थेँ होला, यसबारे के कुरा गर्ने र! त्यो कुरा सार्थक नै हुँदैनथ्यो। यस बेला मलाई बल्‍ल मेरो हालको कर्तव्य नै मेरो लागि अत्यन्तै उपयुक्त छ भन्‍ने महसुस भयो। म यो काम गर्न सक्षम थिएँ, र यसमा मेरा सबल पक्षहरू प्रयोग हुन्थे। मेरो आफ्नै जीवन प्रवेशको लागि यो उपयोगी थियो, र मण्डलीको लागि पनि लाभदायक थियो। परमेश्‍वरका वचनहरूको अन्तर्दृष्टि र अगुवाइमार्फत, म परमेश्‍वरको इच्‍छाको बारेमा झन्झन् सचेत हुँदै गएँ, र मैले आफ्नो स्थान भेट्टाएँ। मैले के गर्नुपर्छ भनेर मलाई थाहा भयो, र त्यसपछि मेरो नकारात्मक स्थितिमा सुधार आयो।

त्यसपछि, म नाम, फाइदा र हैसियतको नियन्त्रणमा कमै मात्र रहन थालेँ, र मैले आफ्‍नो कर्तव्यमा बोझ लिन थालेँ। काममा व्यस्त नहुँदा, म मेरो खाली समय सुसमाचार प्रचार गर्ने र परमेश्‍वरको गवाही दिने अभ्यासमा बिताउँथेँ। परमेश्‍वरमा साँचो विश्‍वास गर्ने र सत्यताको तृष्णा गर्ने मानिसहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कार्यलाई स्वीकार गरेको देख्दा, मलाई निकै सहज र आराम अनुभूति हुन्थ्यो। अहिले, मैले बल्‍ल व्यक्तिलाई जतिसुकै महत्त्वपूर्ण पदमा राखे पनि त्यसको मतलब हुँदैन, आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा सृष्टि गरिएको प्राणीको भूमिका निर्वाह गर्न सक्‍नुचाहिँ महत्त्वपूर्ण हुन्छ भन्‍ने कुरा बुझेँ। सबैभन्दा महत्त्वपूर्ण कुरा यही हो। अहिले, मैले चिनेजानेका ब्रदर-सिस्टरहरूलाई बढुवा गरियो भनेर मैले बारम्‍बार सुनिरहे पनि, म शान्त रहन्छु, र पहिलेजस्तो डाहा गर्दिनँ, किनभने मलाई थाहा छ हामीले फरकफरक कर्तव्य पूरा गरे पनि, हामी सबै एउटै उद्देश्य पूरा गर्न लागिपरेका छौँ, र हामी सबैले परमेश्‍वरको राज्यको सुसमाचार फैलाउन सक्दो गर्छौँ। अहिले, मैले अन्ततः आफ्‍नो स्थान भेट्टाएको छु। म सृष्टि गरिएको सानो प्राणी मात्रै हुँ। मेरो कर्तव्य भनेको सृष्टिकर्ताका योजनाबद्ध कार्य र बन्दोबस्तहरूलाई पालना गर्नु हो। भविष्यमा, मेरो कर्तव्य जे भए पनि, परमेश्‍वरलाई सन्तुष्ट पार्नको लागि म आफनो कर्तव्यमा स्वीकार, आज्ञापालन र सक्दो गर्न तत्पर रहनेछु!

अघिल्लो: ५४. स्वार्थ खराब हुन्छ

अर्को: ५६. मेरो कर्तव्य कसरी लेनदेन बन्यो

सम्बन्धित विषयवस्तु

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्