१४९ म परमेश्वरको वचनछेउ शान्त भई बस्छु
१
म परमेश्वरको वचनछेउ शान्त भई बस्छु।
उहाँको वचन प्रार्थनार्थ पढ्छु, आत्मचिन्तन गर्छु।
सत्यताको बुझाइमार्फत, म आफू दरिद्र र दयनीय छु भन्ने देख्छु।
उहाँले मलाई पखाल्न, मुक्ति दिन आफ्नो रगत-पसिना समर्पित गर्नुभएको छ;
मैले आफ्नो कर्तव्य पूरा गरिनँ भने, म उहाँलाई मुख देखाउन सक्दिनँ।
आह … मैले परमेश्वरको वचन पढेको छु र सत्यता बुझेको छु,
त्यसोभए म किन त्यो अभ्यास गर्न सक्दिनँ?
मलाई पछुतो महसुस हुन्छ, आफैलाई दोष दिन्छु र रुन्छु।
२
म परमेश्वरको वचनछेउ शान्त भई बस्छु।
तिनमा रहेका सत्यता ध्यानपूर्वक मनन गर्छु।
न्याय र खुलासा भोगेर, म आफू अत्यन्तै भ्रष्ट छु भन्ने देख्छु।
परमेश्वरको पवित्रता र धार्मिकताले मेरो प्रशंसा जगाउँछन्।
म व्यग्र महसुस गर्छु—म कहिले बदलिन सक्नेछु?
मैले परमेश्वरसित कसरी सहकार्य गर्नुपर्छ, र मैले के मूल्य तिर्नैपर्छ?
म सत्यता बुझ्छु तर त्यो जिउन सक्दिनँ;
म कसरी परमेश्वरसामु जिउन लायक छु?
३
म परमेश्वरको वचनछेउ शान्त भई बस्छु।
उहाँको कामबारे र उहाँको सजाय र शोधनमा
कति प्रेम छ भनी सोचेर उहाँसामु शान्त हुन्छु।
परमेश्वर मलाई उहाँको मुक्ति प्रस्ताव गर्नुहुन्छ, तर म अत्यन्तै विद्रोही छु।
उहाँलाई गलत बुझ्छु र गुनासो गर्छु, जसले उहाँको कष्ट बढाउँछ।
मैले परमेश्वरको अनुग्रह तिर्न सकिनँ, बरु मैले उहाँको हृदयलाई चोट पुर्याएको छु।
विवेक नभएपछि, म कसरी मानव कहलिन योग्य हुन्छु?
मलाई ग्लानि हुन्छ, र म यसबारे जति सोच्छु, त्यति नै पीडा हुन्छ।
४
म परमेश्वरको वचनछेउ शान्त भई बस्छु।
उहाँको वचनमा, म आफूलाई चिन्न पुग्छु।
म सत्यता अभ्यास गर्दिनँ, र म अझै शैतानकै रूपमा जिउँछु।
परमेश्वरले वर्षौँदेखि गम्भीरतापूर्वक र धैर्यका साथ
मलाई खुवाउनुभएको र मलजल गर्नुभएको छ;
उहाँ म बदलिएको हेर्न, आतुर भई व्यग्रताले जल्नुहुन्छ।
अब मैले परमेश्वरका अभिप्रायहरू बुझेपछि, म कसरी उहाँलाई निराश पार्न सक्छु?
म सत्यता पछ्याउन र आफ्नो कर्तव्य पूरा गर्न चाहन्छु
अनि परमेश्वरको हृदयलाई सान्त्वना दिन मानव रूपमा जिउन चाहन्छु।