अध्याय ३१

परमेश्‍वरको स्वभाव परमेश्‍वरका सबै वाणीहरूमा व्याप्त छ, तर उहाँका वचनहरूको मुख्य धागोले सारा मानवजातिको विद्रोह प्रकट गर्दछ र तिनीहरूका अनाज्ञाकारिता, अधीनमा नबस्ने, अन्याय, अधर्म र परमेश्‍वरलाई प्रेम गर्न नसक्‍ने क्षमता जस्ता कुराहरूलाई उदाङ्गो पार्दछ, यतिसम्म कि परमेश्‍वरको वचनले भन्छ, मानिसहरूका शरीरको प्रत्येक प्वालमा परमेश्‍वरप्रतिको विरोध भरिएको हुन्छ, प्रत्येक रक्तनलीले परमेश्‍वरलाई चुनौती दिन्छ। यदि मानिसहरूले यी कुराहरूलाई जाँच गर्न कोसिस गर्दैनन् भने, तिनीहरू सधैँ तिनलाई जान्न असमर्थ हुनेछन्, र तिनलाई कहिल्यै पनि एकातिर पन्साउन सक्नेछैनन्। भन्नुको अर्थ, परमेश्‍वरको विरुद्धको त्यो जीवाणु तिनीहरूमा फैलिनेछ र अन्त्यमा तिनीहरूका सेता रक्त कोशिकाले तिनीहरूका रातो रक्त कोशिकाहरूलाई खाइदिएको जस्तो हुनेछ, र तिनीहरूका सम्पूर्ण शरीरलाई रातो रक्त कोशिकाविहीन अवस्थामा छोड्नेछ; अन्त्यमा, तिनीहरू ल्युकेमिया लागेर मर्नेछन्। यो मानिसको वास्तविक अवस्था हो, र कसैले पनि यसलाई अस्वीकार गर्न सक्दैन। ठूलो रातो अजिङ्गर गुँडुल्किएर बसेको देशमा जन्मेको, प्रत्येक व्यक्तिभित्र कम्तीमा एउटा कुरा हुन्छ जसले ठूलो रातो अजिङ्गरको विषको नमुना र उदाहरण बोकेको हुन्छ। यसैले, कामको यो चरणमा, परमेश्‍वरका वचनहरूभरिको मुख्य सूत्र भनेको आफूलाई चिन्नु, आफूलाई इन्कार गर्नु, आफूलाई त्याग्नु र आफूलाई मार्नु हो। यो भन्न सकिन्छ, कि आखिरी दिनहरूमा परमेश्‍वरको मुख्य काम यही हो, र यो कामको चक्रमा सबैभन्दा विस्तृत र पूर्ण छ—यसले देखाउँछ, कि परमेश्‍वरले युगको अन्त्य गर्ने योजना बनाउँदै हुनुहुन्छ। कसैले पनि यो आशा गरेको थिएन, तर यसको साथसाथै, यो तिनीहरूले आफ्ना भावनाहरूमा अपेक्षा गरेको कुरा थियो। परमेश्‍वरले स्पष्ट रूपमा नभन्‍नुभएको भए पनि, मानिसहरूका इन्द्रियहरू अत्यन्त तीक्ष्ण छन्—तिनीहरू सधैँ समय थोरै छ भन्‍ने महसुस गर्छन्। म भन्न सक्छु, व्यक्तिले यो कुरालाई जति धेरै महसुस गर्छ, ऊसित युगको बारेमा त्यति नै स्पष्ट ज्ञान हुन्छ। यो संसारलाई सामान्य रूपमा हेरेर परमेश्‍वरका वचनहरूलाई रद्द गर्नु होइन; बरु, यो परमेश्‍वरले जुन माध्यमहरूद्वारा काम गर्नुहुन्छ त्यसद्वारा परमेश्‍वरको कामको विषयवस्तु जान्नु हो। यस कुरालाई परमेश्‍वरका वचनहरूको भावद्वारा निर्धारण गरिन्छ। परमेश्‍वरका वाणीहरूको भावमा एउटा रहस्य छ, जसलाई कसैले पनि पत्ता लगाएको छैन, र मानिसहरूलाई प्रवेश गर्नु धेरै कठिन हुने कुरा पनि ठीक यही नै हो। मानिसहरूले परमेश्‍वरका वचनहरू बुझ्न नसक्नुको मुख्य कारण के हो भने, तिनीहरू परमेश्‍वर जुन भावद्वारा बोल्नुहुन्छ त्यसप्रति अनजान हुन्छन्—यदि तिनीहरूले यो रहस्यलाई जान्न सके भने, तिनीहरू परमेश्‍वरका वचनहरूका केही ज्ञान प्राप्त गर्न सक्षम हुनेछन्। परमेश्‍वरका वचनहरूले सधैँ एउटा सिद्धान्त पालन गरेको छ: यसले मानिसहरूलाई परमेश्‍वरका वचनहरू नै सबै कुरा हो भनी जान्ने तुल्याउँछ र परमेश्‍वरका वचनहरूद्वारा सबै मानिसका कठिनाइहरूको समाधान गर्छ। आत्माको दृष्टिकोणबाट, परमेश्‍वरले आफ्ना कामहरू स्पष्ट पार्नुहुन्छ; मानिसको दृष्टिकोणबाट, उहाँले मानिसहरूको धारणा खुलासा गर्नुहुन्छ; आत्माको दृष्टिकोणबाट, उहाँ भन्नुहुन्छ, कि मानिसले उहाँको इच्छालाई ध्यान दिँदैन; र मानिसको दृष्टिकोणबाट, उहाँ भन्नुहुन्छ, कि उहाँले मानवीय अनुभवको मीठो, अमिलो, तीतो र चर्को स्वादहरू चाख्नुभएको छ, र उहाँ बतासमा आउनुहुन्छ र वर्षाको साथमा जानुहुन्छ, उहाँले परिवारको सतावटको अनुभव गर्नुभएको छ, र जीवनमा उतावचडाव अनुभव गर्नुभएको छ। यी फरक दृष्टिकोणहरूबाट बोलिएका वचनहरू हुन्। जब उहाँ परमेश्‍वरका मानिसहरूसँग बोल्नुहुन्छ, यो घरको जिम्मेवार व्यक्तिले दासहरूलाई हप्काउनु जस्तो, वा हास्य नाटक जस्तो हो; उहाँका वचनहरूले मानिसहरूलाई लज्जित बनाउँछ, तिनीहरूले आफ्नो सर्म कतै पनि लुकाउन सक्दैनन्, मानौं तिनीहरूलाई कुनै कठोर यातना भोगेको स्वीकारोक्ति दिनका लागि विगतको सामन्ती शासनद्वारा रोकिएको छ। जब उहाँ परमेश्‍वरका मानिसहरूसँग बोल्नुहुन्छ, परमेश्‍वर आन्दोलनकारी विश्‍वविद्यालयका विद्यार्थीहरू जस्तै असंयमित बन्‍नुहुन्छ जसले केन्द्रीय सरकारमा भएका काण्डहरूको पर्दाफास गर्छन्। यदि परमेश्‍वरका सबै वचनहरू उपहास हुन्थे भने मानिसहरूलाई ती स्वीकार गर्न गाह्रो हुनेथियो; यसैले, परमेश्‍वरले बोल्नुभएका वचनहरू सीधा छन्; तिनमा मानिसका लागि गुप्त सङ्केतहरू हुँदैनन्, तर सीधै मानिसको वास्तविक अवस्थालाई औंल्याउँछ—यसले देखाउँछ, कि मानिसप्रति परमेश्‍वरको प्रेम केवल शब्दहरू मात्र होइनन्, तर यो वास्तविक प्रेम हो। मानिसहरूले वास्तविकतालाई महत्त्व दिने भए पनि परमेश्‍वरप्रतिको तिनीहरूको प्रेममा कुनै वास्तविकता हुँदैन। मानिसमा यही कुराको कमी छ। यदि परमेश्‍वरप्रतिको मानिसहरूको प्रेम वास्तविक छैन भने, सबै कुराको सम्पूर्णता रित्तो र भ्रमात्मक हुनेछ, मानौं यसको कारण सबै कुरा हराउनेछ। यदि परमेश्‍वरप्रतिको तिनीहरूको प्रेमले ब्रह्माण्डलाई पार गर्छ भने, त्यसरी तिनीहरूको हैसियत र पहिचान पनि वास्तविक हुनेछ, र रित्तो हुनेछैन, र यी वचनहरू पनि वास्तविक हुनेछन् र रित्तो हुनेछैनन्—के तैँले यो कुरालाई देख्छस्? के तैँले मानिसका लागि परमेश्‍वरका सर्तहरूलाई देखेको छस्? मानिसले प्रतिष्ठाका लाभहरू मात्र उपभोग गर्नु हुँदैन, तर ऊ प्रतिष्ठाको वास्तविकतामा जिउनुपर्छ। परमेश्‍वरले उहाँका मानिसहरू र सबै मानिससँग गर्नुभएको माग यही हो, र यो कुनै भव्य रित्तो सिद्धान्त होइन।

परमेश्‍वरले किन यस प्रकारका वचनहरू बोल्‍नुहुन्छ, “मानौं, मैले गर्ने सबै काम तिनीहरूलाई खुसी पार्ने कोसिस हो, जसको फलस्वरूप मेरो कामहरूद्वारा तिनीहरूमा सधैँ घृणा उत्पन्‍न हुन्छ”? के तँ परमेश्‍वरप्रति वास्तविक रूपमा प्रकट भएको मानिसको घृणाको बारेमा बोल्न सक्छस्? मानिसहरूका धारणाहरू अनुसार त मानिस र परमेश्‍वर “उत्साहपूर्ण प्रेममा” हुनुहुन्छ र आज, परमेश्‍वरको वचनप्रति मानिसहरूको तिर्सना यस्तो बिन्दुमा पुगेको छ कि तिनीहरू परमेश्‍वरलाई एकै गाँसमा निल्न चाहन्छन्—तापनि परमेश्‍वरले निम्न प्रकारका वचनहरू बोल्‍नुहुन्छ: “मानिसले मलाई घृणा गर्दछ। किन मेरो प्रेमको बदलीमा मानिसको घृणा दिइएको छ?” के यो मानिसहरूभित्रको खनिज भण्डार होइन र? के खनेर निकाल्नु पर्ने कुरा यही होइन? मानिसको खोजीमा रहेको दोष यही हो; यो समाधान गर्नुपर्ने एउटा ठूलो समस्या हो, र यो परमेश्‍वरसम्बन्धी मानिसको ज्ञानको बाटोमा खडा हुने सिंह हो र यसलाई मानिसका लागि हटाइनुपर्छ—के गर्नुपर्ने काम यही होइन र? सुँगुरको जस्तै मानिसको कुनै स्मरण शक्ति छैन र सधैँ सुखविलासको लोभ गर्छ, त्यसकारण परमेश्‍वरले मानिसलाई बिर्सने रोग निको पार्ने औषधि दिनुहुन्छ—उहाँ अझ बढी बोल्नुहुन्छ, अझ धेरै कुराहरू भन्नुहुन्छ, र मानिसहरूलाई कानमा पक्रनुहुन्छ र तिनीहरूलाई ध्यानपूर्वक सुन्न लगाउनुहुन्छ, अनि उहाँले तिनीहरूका कानमा सुन्न सहयोग गर्ने औजार राखिदिनुहुन्छ। उहाँका केही वचनहरूलाई एक पटक मात्र बोल्दा समस्या समाधान हुन सक्दैन; ती वचनहरू बारम्बार दोहोर्‍याइनुपर्छ, किनकि “मानिसहरूले आफ्‍नो जीवनमा सधैँ बिर्सने बानीको समस्या भोग्छन्, र सारा मानवजातिको जीवनका दिनहरू लथालिङ्ग छन्।” यस प्रकार, मानिसहरूलाई त्यस्तो स्थितिबाट मुक्ति दिन सकिन्छ, जुन अवस्थामा “तिनीहरूले समय हुँदा पढ्छन्, फुर्सद हुँदा सुन्छन्, र तिनीहरूसँग समय नहुँदा त्यतिकै छोडिदिन्छन्; यदि वचनहरू आज बोलिएका हुन् भने, तिनीहरूले ध्यान दिन्छन्, तर यदि ती वचनहरू भोलि बोलिएनन् भने तिनीहरूले त्यसलाई आफ्नो मनमा राख्नेछैनन्।” जहाँसम्म मानिसहरूको प्रकृतिको कुरा छ, यदि आज परमेश्‍वरले तिनीहरूको वास्तविक स्थितिको बारेमा बोल्नुभयो र तिनीहरूले त्यसको सम्पूर्ण ज्ञान प्राप्त गर्छन्, त्यसपछि तिनीहरू पछुतोले भरिन्छन्—तर पछि तिनीहरू आफ्ना पुराना चालहरूमा फर्केर जान्छन्, अनि परमेश्‍वरका वचनहरूलाई वास्ता गर्न छोड्छन् र स्मरण गराउँदा मात्र माथि वर्णन गरिएको दृश्य फेरि दोहोऱ्याएर सम्झन्छन्। यसैले, जब तँ काम गर्छस् वा बोल्छस्, मानिसको यस वास्तविकतालाई नबिर्सी; काम गर्दा यो वास्तविकतालाई पन्साउनु एउटा गल्ती हुनेछ। सबै कामहरू गर्दा, विशेष गरी जब तँ बोल्छस् त्यसबेला मानिसहरूको धारणाहरूलाई सम्बोधन गर्नु जरुरी हुन्छ। विशेष गरी, तैँले परमेश्‍वरका वचनहरूमा आफ्नो अन्तर्दृष्टि थप्नुपर्छ र तिनीहरूसँग बातचित गर्नुपर्छ। यो मानिसहरूलाई प्रदान गर्ने र तिनीहरूलाई आफैलाई चिन्‍न लगाउने मार्ग हो। परमेश्‍वरका वचनहरूको विषयवस्तुको आधारमा मानिसहरूलाई प्रदान गर्दा, तिनीहरूको वास्तविक स्थितिलाई बुझ्नु अनिवार्य रूपमा सम्भव हुन्छ। परमेश्‍वरका वचनहरूमा, मानिसको वास्तविक स्थितिलाई बुझ्नु र तिनीहरूका लागि प्रबन्ध गर्नु नै पर्याप्त हुन्छ—त्यसरी नै, म “परमेश्‍वरले पृथ्वीमा भोजको टेबलमा बस्ने निमन्त्रणा स्वीकार गर्नुभएको छ” भनी औँल्याउँदै परमेश्‍वरका वचनहरू थप रूपमा बताउनेछैन।

अघिल्लो: अध्याय ३०

अर्को: अध्याय ३२

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

सच्चा हृदयका साथ परमेश्‍वरको आज्ञापालन गर्नेहरूलाई अवश्य पनि परमेश्‍वरले प्राप्त गर्नुहुनेछ

पवित्र आत्माको काम दिन प्रतिदिन परिवर्तन हुन्छ। प्रत्येक कदमसँगै यो अझ माथि जान्छ, आजको भन्दा भोलिको प्रकाश अझ माथि हुन्छ, यो एकपछि अर्को...

परमेश्‍वर स्वयम् अद्वितीय २

परमेश्‍वरको धर्मी स्वभावतिमीहरूले परमेश्‍वरको अख्तियारको बारेमा रहेको अघिल्‍लो सङ्गति सुनिसकेका हुनाले, म आश्‍वस्त छु कि तिमीहरू यस विषयमा...

मानिसलाई परमेश्‍वरको व्यवस्थापनको बीचमा मात्रै मुक्त गरिन सकिन्छ

हरेक व्यक्तिको नजरमा, परमेश्‍वरको व्यवस्थापन अत्यन्तै अपरिचित कुरा हो किनभने उहाँको व्यवस्थापन तिनीहरूबाट पूर्ण रूपमा हटाइएको छ भन्‍ने...

स्वभाव परिवर्तन भएका मानिसहरू परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गरेकाहरू हुन्

मानिसहरूभित्र पवित्र आत्माको मार्गको पहिलो पाइला भनेको सबैभन्दा पहिले मानिसको हृदयलाई मानिस, घटना र वस्तुहरूबाट टाढा राखेर परमेश्‍वरको...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्