अध्याय ३०

केही मानिसहरूमा परमेश्‍वरका वचनहरूको थोरै अन्तर्दृष्टि हुन सक्छ, तर तिनीहरूमध्ये कसैले पनि आफ्ना भावनाहरूमा विश्‍वास गर्दैनन्; तिनीहरू नकारात्मकतामा फसिएला भनी अति नै डराउँछन्। यसैले, तिनीहरू सधैँ पालैपालो गरी खुसी र दु:खमा हुन्छन्। यो भन्नु उचित छ, कि सबै मानिसको जीवन शोकले भरिएको छ; यसलाई थप रूपमा भन्दा, सबै मानिसहरूको दैनिक जीवनमा शोधन हुन्छ, तापनि, म भन्न सक्छु, कि कसैले पनि हरेक दिन आफ्ना आत्मामा छुटकारा पाउँदैन, र यस्तो हुन्छ मानौं, तीनवटा ठूला पहाडहरूले तिनीहरूको टाउकोमा थिचिरहेका छन्। तिनीहरू कसैको जीवनमा सारा दिनभरि खुसी र रमाइलो हुँदैन—र तिनीहरू अलि-अलि खुसी भए पनि, तिनीहरूले आफ्नो बाहिरी रूप ठीकठाक राख्ने मात्रै कोसिस गरिरहेका हुन्छन्। मानिसहरूले तिनीहरूका हृदयमा सधैँ कुनै कुरा अधुरो छ भन्‍ने महसुस गर्छन्। यसैले, तिनीहरू आफ्नो हृदयमा स्थिर हुँदैनन्; यस तरिकाले जिउँदा, काम-कुराहरू रित्तो र अनुचित लाग्छन्, र जब परमेश्‍वरमा विश्‍वास गर्ने कुरा आउँछ, तिनीहरू व्यस्त हुन्छन् र तिनीहरूसँग समयको अभाव हुन्छ, वा तिनीहरूसँग परमेश्‍वरका वचनहरू खाने र पिउने समय हुँदैन, वा परमेश्‍वरको वचन उचित प्रकारले कसरी खाने र पिउने त्यो तिनीहरू जान्दैनन्। तिनीहरूमध्ये एक जना पनि शान्तिमा, मानसिक रूपमा स्वस्थ, र आफ्‍नो हृदयमा स्थिर हुँदैन। मानौं, तिनीहरू सधैँ बादल छाएको आकाशमुनि जिउँछन्, मानौं, तिनीहरू अक्सिजन विहीन अन्तरिक्षमा बस्छन् र यस कुराले तिनीहरूको जीवनमा अन्योलता ल्याएको छ। परमेश्‍वरले सधैँ सीधै मानिसका कमजोरीहरूको बारेमा बोल्नुहुन्छ, उहाँले सधैँ तिनीहरूको कमजोर क्षेत्रमा प्रहार गर्नुहुन्छ—उहाँ सुरुदेखि अन्त्यसम्म कुन सुरमा बोल्नुभएको छ के तैँले स्पष्ट रूपमा देखेको छैनस्? परमेश्‍वरले मानिसहरूलाई पश्चात्ताप गर्ने कुनै मौका कहिल्यै दिनुभएको छैन, र उहाँले सबै मानिसलाई अक्सिजनविना “चन्द्रमा” मा बस्न लगाउनुहुन्छ। सुरुदेखि आजको दिनसम्म, बाहिरी रूपमा परमेश्‍वरका वचनहरूले मानिसको स्वभाव प्रकट गरेको छ, तापनि कसैले यी वचनहरूको सारलाई स्पष्टसँग बुझ्न सक्दैन। यस्तो लाग्छ, कि मानिसको सार प्रकट गर्दा मानिसहरूले आफैलाई चिन्छन् र त्यसरी परमेश्‍वरलाई चिन्छन्, तापनि वास्तवमा मार्ग त्यो होइन। परमेश्‍वरका वचनहरूको सुर र अझ ठूलो गहनताले परमेश्‍वर र मानिसबीच स्पष्ट भिन्नता देखाउँदछ। तिनीहरूका भावनाहरूमा, यसले मानिसहरूलाई अनजानमा नै परमेश्‍वर पहुँचदेखि बाहिरका र अगम्य हुनुहुन्छ भनी विश्‍वास गर्ने बनाउँछ; परमेश्‍वरले सबै कुरालाई उदाङ्गो पार्नुहुन्छ, र यस्तो लाग्छ, कि परमेश्‍वर र मानिस बीचको सम्बन्ध जस्तो हुने गर्थ्यो त्यो फर्काएर ल्याउन कोही पनि सक्षम छैन। परमेश्‍वरका सबै वाणीहरूको उद्देश्य सबै मानिसहरूलाई “लडाउनु” हो, अनि त्यसो गरेर उहाँको काम पूरा गर्नु हो भनी बुझ्नु गाह्रो छैन। यी परमेश्‍वरको कामका चरणहरू हुन्। तापनि मानिसहरूले आफ्नो मनमा यस कुरामा विश्‍वास गर्दैनन्। तिनीहरू परमेश्‍वरको काम चरम सीमामा पुग्दैछ, र ठूलो रातो अजिङ्गरलाई जित्नका निम्ति त्यसको सबैभन्दा स्पष्ट प्रभावको नजिकै आइरहेको छ भनी विश्‍वास गर्छन्, भन्नुको अर्थ, उहाँले मण्डलीहरूलाई सफल बनाउँदै हुनुहुन्छ, यसरी देहधारी परमेश्‍वरको बारेमा कसैमा पनि धारणा छैन, अथवा सबै मानिसहरूले परमेश्‍वरलाई चिन्छन्। तैपनि परमेश्‍वरले के भन्नुहुन्छ हामी पढौं: “मानिसहरूको मनमा, परमेश्‍वर त परमेश्‍वर नै हुनुहुन्छ, जोसँग सजिलै संलग्न हुन सकिँदैन, जबकि मानिस भनेको मानिस नै हो, र सजिलै भ्रष्ट हुनु हुँदैन। … यसको परिणामस्वरूप तिनीहरू मेरो सामु सधैँ नम्र र धैर्यवान् हुन्छन्; तिनीहरू मसँग मिलेर बस्न सक्दैनन्, किनकि तिनीहरूसँग धेरै धारणाहरू छन्।” यसबाट के देख्न सकिन्छ भने, परमेश्‍वरले जे भन्नुभए पनि वा मानिसले जे गरे पनि, मानिसहरू परमेश्‍वरलाई चिन्न पूर्ण रूपमा असमर्थ छन्; तिनीहरूको सारले खेलेको भूमिकाका कारण, चाहे जे भए पनि आखिरमा तिनीहरू परमेश्‍वरलाई चिन्न असमर्थ हुन्छन्। यसैले, जब मानिसहरूले आफैलाई नरकका छोराहरूको रूपमा हेर्छन्, तब परमेश्‍वरको काम समाप्त हुनेछ। परमेश्‍वरले मानिसमाथि आफ्नो क्रोध पोखाउनु, वा सीधै तिनीहरूलाई दोषी ठहर्‍याउनु वा उहाँको सम्पूर्ण व्यवस्थापनको योजना अन्त्य गर्नको लागि आखिरमा तिनीहरूलाई मृत्युदण्ड दिनुको कुनै आवश्यकता हुँदैन। उहाँ आफ्नै गतिमा सानो कुराकानीमा मात्र संलग्न हुनुहुन्छ, मानौं, उहाँको काम संयोगवस पूरा भएको हो, उहाँको फुर्सदको समयमा अलिकति पनि कोसिस नगरी पूरा भएको हो। बाहिरबाट हेर्दा, परमेश्‍वरको काममा केही आतुरी देखिन्छ—तर पनि परमेश्‍वरले केही गर्नुभएको छैन, उहाँले बोल्नुबाहेक केही गर्नुहुन्न। मण्डलीहरू बीचको काम बितेको समयमा जस्तो ठूलो मात्रामा हुँदैन: परमेश्‍वरले मानिसहरू थप्नुहुन्न, वा तिनीहरूलाई निष्कासन गर्नुहुन्न, वा तिनीहरूलाई प्रकट गर्नुहुन्न—त्यस्ता कामहरू अति नगण्य छन्। यस्तो देखिन्छ, कि परमेश्‍वरसँग यस्तो काम गर्ने कुनै मन छैन। उहाँले जे भन्नुपर्छ त्यसमध्ये थोरै मात्र भन्नुहुन्छ, त्यसपछि उहाँ अर्कोतिर फर्कनुहुन्छ अनि कुनै नामनिसाना नछोडी हराउनुहुन्छ—जुन स्वाभाविक रूपमा उहाँका वाणीहरू पूरा भएको दृश्य हो। अनि जब यो क्षण आउँछ, सबै मानिसहरू तिनीहरूका निद्राबाट बिउँझनेछन्। मानवजाति हजारौं वर्षदेखि लामो सुस्त निद्रामा छ परेको छ, ऊ पूर्ण रूपमा निद्रालु भएको छ। अनि धेरै वर्षदेखि मानिसहरू आफ्ना सपनाहरूमा यहाँ अनि त्यहाँ दगुर्दै आएका छन्, र आफ्‍नो हृदयभित्र अन्यायको बारेमा बोल्‍न नसकेर तिनीहरूका सपनाहरूमा चिच्याइरहेका छन्। यसैले, तिनीहरू “आफ्नो हृदयमा केही उदासी महसुस गर्छन्”—तर जब तिनीहरू बिउँझन्छन्, तब तिनीहरूले वास्तविक तथ्यहरू थाहा पाउनेछन् र यसो भन्दै जोडले कराउनेछन्: “यस्तो पो भइरहेको रहेछ!” त्यसकारण यसो भनिएको छ, कि “आज, अधिकांश मानिसहरू अझै मस्त निद्रामा छन्। जब राज्यको स्तुतिगान गुञ्जन्छ तब मात्र तिनीहरू आफ्ना निन्द्रालु आँखाहरू खोल्छन् र आफ्‍ना हृदयमा केही उदासी महसुस गर्छन्।”

कसैको आत्माले कहिल्यै पनि छुटकारा पाएको छैन, कसैको आत्मा कहिल्यै पनि निश्चिन्त र खुसी भएको छैन। जब परमेश्‍वरको काम पूर्ण रूपमा समाप्त हुन्छ, मानिसहरूको आत्मा स्वतन्त्र हुनेछ, किनकि प्रत्येकलाई उसको प्रकारअनुसार छुट्ट्याइएको हुनेछ, र यसरी तिनीहरू सबै आफ्नो हृदयमा स्थिर हुनेछन्। मानौं, मानिसहरू टाढा-टाढा ठाउँहरूका यात्रा गरिरहेका छन् र तिनीहरू घर फर्कंदा तिनीहरूको हृदय स्थिर हुन्छ। घर पुगेपछि मानिसहरूले संसार रित्तो र अनुचित छ भनी फेरि महसुस गर्नेछैनन्, तर आ-आफ्नो घरमा शान्तिसाथ बस्नेछन्। सारा मानवजातिका परिस्थितिहरू यस्तै हुनेछन्। यसैले परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले आफूलाई शैतानको दासत्वबाट कहिल्यै पनि छुटाउन सकेका छैनन्।” देहमा हुँदा कसैले पनि आफूलाई यो अवस्थाबाट मुक्त गर्न सक्दैन। केही क्षणका लागि, परमेश्‍वरले मानिसका विभिन्न वास्तविक अवस्थाहरूको बारेमा के भन्नुहुन्छ, त्यस कुरालाई एकातिर पन्साऔं, र परमेश्‍वरले मानिसको निम्ति प्रकट गर्नु अझै बाँकी रहेका रहस्यहरूको मात्र कुरा गरौं। “असङ्ख्य पटक मानिसहरूले मलाई गिल्लाको नजरले हेरेका छन्, मानौं मेरो शरीर काँडाले ढाकिएको छ र म तिनीहरूका निम्ति घृणित छु, यसरी मानिसहरूले मलाई घृणा गर्छन्, र म मूल्यहीन छु भन्‍ने विश्‍वास गर्छन्।” यसको विपरीत, सारांशमा भन्नुपर्दा, मानिसका वास्तविक रङ्गहरू परमेश्‍वरका वचनहरूमा प्रकट गरिएका छन्: मानिस प्वाँखहरूले ढाकिएको छ, उसमा मनपर्ने कुरा केही पनि छैन, यसरी मानिसप्रतिको परमेश्‍वरको घृणा बढ्दै जान्छ, किनकि मानिस काँडाहरूले ढाकिएको दुम्सीबाहेक अरू केही होइन, जसमा प्रशंसा गर्नुपर्ने कुनै कुरा हुँदैन। बाहिरी रूपमा, यी शब्दहरूले परमेश्‍वरप्रति मानिसका धारणाहरूका बारेमा वर्णन गरेको जस्तो देखिन्छ—तर वास्तवमा, परमेश्‍वरले मानिसको स्वरूपको आधारमा उसको चित्र चित्रण गरिरहनुभएको छ। यी शब्दहरू परमेश्‍वरले कोर्नुभएको मानिसको चित्र हो, मानौं, यो मानिसको चित्रमाथि परमेश्‍वरले छर्कनुभएको स्थिर गराउने वस्तु हो; यसैले ब्रह्माण्डमा मानिसको स्वरूप उच्च छ, र यसले मानिसहरूलाई पनि अचम्ममा पार्दछ। उहाँले बोल्‍न थाल्‍नुभएदेखि नै, परमेश्‍वरले मानिससँग एउटा ठूलो लडाइँ गर्नका लागि आफ्नो फौजलाई ठाउँमा राख्दैआउनुभएको छ। उहाँ मानिसका लागि तथ्यहरू प्रस्तुत गर्ने विश्‍वविद्यालयको बीजगणितको प्राध्यापकजस्तो हुनुहुन्छ, अनि उहाँले सूचीमा राख्नुभएका तथ्यहरूले जे प्रमाणित गर्छ—प्रमाण र प्रतिप्रमाण—त्यसले सबै मानिसहरूलाई पूर्ण रूपमा विश्‍वस्त बनाउँछ। परमेश्‍वरका सबै वचनहरूको उद्देश्य यही हो, र यसैकारण परमेश्‍वरले सामान्य रूपमा मानिसकहाँ यी रहस्यमय शब्दहरू प्रस्तुत गर्नुभएको छ: “समग्रमा म मानिसको हृदयमा पूर्ण रूपमा मूल्यहीन हुन्छु, एक अनावश्यक घरेलु सामान बन्छु।” यी शब्दहरू पढेपछि, मानिसहरू आफ्ना हृदयमा प्रार्थना नगरी रहन सक्दैनन्, र तिनीहरूले आफू परमेश्‍वरप्रति कति ऋणी रहेछन् भनी महसुस गर्छन्, जसको कारण तिनीहरूले आफैलाई दोषी ठहराउँछन्, आफैलाई मानिस मर्नुपर्छ, र मानिस अलिकति मूल्यको पनि छैन भनी विश्‍वास दिलाउँछन्। परमेश्‍वर भन्नुहुन्छ, “यही कारणले गर्दा म आजको परिस्थितिमा आइपुगेको छु,” र जुन कुरालाई आजको वास्तविक परिस्थितिहरूसित जोड्दा त्यसले मानिसहरूलाई आफैलाई दोषी ठहराउने तुल्याउँछ। के तथ्य यही होइन र? यदि तँलाई आफैलाई चिन्न लगाइयो भने, के “म साँच्चै मर्नुपर्छ” जस्ता शब्दहरू तेरो मुखबाट निस्कन सक्छन्? मानिसका साँचो परिस्थितिहरू त्यस्तै छन्, र यो धेरै सोचविचार गर्न लायकको कुरा होइन—यो एउटा उपयुक्त उदाहरण मात्र हो।

एक अर्थमा, जब परमेश्‍वरले मानिसलाई क्षमा र सहिष्णुताका लागि बिन्ती गर्नुहुन्छ, तब मानिसहरूले त्यो परमेश्‍वरले तिनीहरूको खिल्ली उडाउनुभएको भएको हो भन्‍ने ठान्छन्, र अर्को अर्थमा, तिनीहरूले आफ्नै विद्रोहलाई पनि देख्छन्—तिनीहरू परमेश्‍वरको मानिसका निम्ति आफैलाई सक्दो काममा लगाउनुभएको होस् भनी पर्खिरहेका हुन्छन्। यसबाहेक, मानिसहरूका धारणाहरूको कुरा गर्दा, परमेश्‍वर भन्नुहुन्छ उहाँ मानिसको जीवन दर्शन वा मानिसको भाषामा दक्ष हुनुहुन्न। यसैले, यस सम्बन्धमा यसले मानिसहरूलाई यी वचनहरूलाई व्यावहारिक परमेश्‍वरसँग तुलना गर्ने बनाउँछ, र अर्कोतिर, तिनीहरूले परमेश्‍वरका वचनहरूमा उहाँको अभिप्राय देख्छन्—परमेश्‍वरले तिनीहरूको गिल्ला गरिरहनुभएको छ, किनकि परमेश्‍वरले मानिसको वास्तविक अनुहार प्रकट गर्दैहुनुहुन्छ, र उहाँले मानिसहरूलाई परमेश्‍वरको वास्तविक परिस्थितिहरूको बारेमा बताइरहनुभएको छैन भन्‍ने तिनीहरूले बुझ्दछन्। परमेश्‍वरका वचनहरूको अन्तर्निहित अर्थ मानिसप्रतिको उपहास, व्यङ्ग्य, गिल्ला, र घृणाले भरिएको छ। मानौं, मानिसले गर्ने सबै कुरामा उसले व्यवस्था भङ्ग गरिरहेको हुन्छ र घूसहरू लिइरहेको हुन्छ; मानिसहरू वेश्याहरू हुन्, र जब परमेश्‍वरले बोल्नलाई आफ्नो मुख खोल्नुहुन्छ, तिनीहरू डरले काम्छन्, तिनीहरूको सत्यता पूर्ण रूपले पर्दाफास हुनेछ कि भनेर अति नै डराउँछन्, तिनीहरू लाजले कसैको सामना गर्न मान्दैनन्। तर तथ्यहरू भनेका तथ्यहरू नै हुन्। मानिसको “पश्चात्ताप” को कारण परमेश्‍वरले आफ्ना वाणीहरू समाप्त गर्नुहुन्न; मानिसहरू शब्दहरूमा वर्णन गर्न नसकिने प्रकारले जति लज्जित हुन्छन् र सर्ममा पर्छन्, परमेश्‍वरले उहाँको जल्दो दृष्टि तिनीहरूमाथि त्यति नै लगाउनुहुन्छ। उहाँको मुखबाट निस्कने वचनहरूले मानिसका सबै घिनलाग्दा कार्यहरूलाई टेबुलमा उदाङ्गो पार्छन्—यसो गर्नु न्यायी र निष्पक्ष हुनु हो, यसलाई किंगटियन[क] भनिन्छ यो जनताको सर्वोच्च अदालतको फैसला हो। यसैले, जब मानिसहरूले परमेश्‍वरका वचनहरू पढ्छन्, तब तिनीहरू अचानक हृदयघातको शिकार हुन्छन्, तिनीहरूको रक्तचाप बढ्दछ, मानौं तिनीहरू मुटुको धमनीको रोगबाट पीडित छन्, मानौं तिनीहरूका पक्षाघातले तिनीहरूलाई आफ्ना पितापुर्खाहरूसित भेट्न पश्चिमी स्वर्गमा फिर्ता पठाउन लागेको छ—तिनीहरूले परमेश्‍वरका वचनहरू पढ्दा तिनीहरूका प्रतिक्रिया यस्तै हुन्छ। वर्षौंको कडा परिश्रमले मानिस कमजोर बनेको छ, ऊ भित्रदेखि बाहिरसम्म बिरामी छ, र उसको मुटुदेखि रक्तनलीहरू, ठूलो आन्द्रा, सानो आन्द्रा, पेट, फोक्सो, मृगौला, आदिसम्‍म ऊ सम्पूर्ण रूपमा बिरामी छ। उसको सम्पूर्ण शरीरमा केही पनि स्वस्थ छैन। यसैले, परमेश्‍वरको काम मानिसले प्राप्त गर्न नसक्ने स्तरमा पुग्दैन, तर यसले मानिसहरूलाई आफैलाई चिन्ने बनाउँछ। मानिसको शरीर जीवाणुहरूले पिरोलिएकोले गर्दा, र ऊ बूढो भएकोले गर्दा उसको मृत्युको दिन नजिक आउँछ, र पछाडि फर्कने कुनै बाटो छैन। तर यो कथाको एउटा भाग मात्र हो; भित्री अर्थ प्रकट हुनु अझै बाँकी नै छ, किनकि मानिसको रोगको स्रोत खोजी भइरहेको छ। वास्तवमा, परमेश्‍वरको काम सम्पूर्ण रूपमा पूरा हुने समय त्यो समय होइन जब पृथ्वीमा उहाँको काम समाप्त भएको हुन्छ, किनकि यस चरणको काम पूरा भएपछि, भविष्यमा देहमा काम गर्ने कुनै उपाय हुनेछैन, अनि त्यसलाई पूरा गर्न परमेश्‍वरका आत्माको आवश्यकता हुनेछ। यसैले, परमेश्‍वर भन्नुहुन्छ, “जब मैले औपचारिक रूपमा चर्मपत्रको मुट्ठो खोल्छु, त्यसै बेला ब्रह्माण्डभरिका मानिसहरूले सजाय पाउँछन्, मेरो काम चरम सीमामा पुग्‍ने समय नै, विश्‍वभरिका मानिसहरू परीक्षाको सिकार हुन्छन्।” जुन बेला देहमा गरिने काम समाप्त हुन्छ त्यस बेला परमेश्‍वरको काम चरम सीमामा पुगेको हुँदैन—यो समयको चरमसीमाले यो चरणको कामलाई मात्रै बुझाउँछ, र यो सम्पूर्ण व्यवस्थापन योजनाको चरमसीमा होइन। यसैले, परमेश्‍वरले मानिससँग गर्नुभएका मागहरू उच्च छैनन्। उहाँले केवल मानिसहरूले आफूलाई चिनून्, र त्यसरी कामको अर्को चरणमा सेवा गरून् भनी आज्ञा गर्नुहुन्छ, जसमा परमेश्‍वरको इच्छा हासिल भएको हुनेछ। जब परमेश्‍वरको काम परिवर्तन हुन्छ, मानिसहरूको “कामको एकाइ” बदलिन्छ। आज पृथ्वीमा परमेश्‍वरले गर्नुहुने कामको चरण हो, यसैले तिनीहरूले तल्लो तहमा काम गर्नुपर्दछ। भविष्यमा, यो देशको प्रशासन गर्नु आवश्यक हुनेछ, यसरी तिनीहरूलाई “केन्द्रीय समिति” मा फेरि नियुक्त गरिनेछ। यदि तिनीहरूले विदेश भ्रमण गरे भने, तिनीहरूले विदेशमा जाने कार्यविधिहरूको पालना गर्नुपर्नेछ। त्यस्तो समयमा तिनीहरू आफ्नो मातृभूमिबाट टाढा विदेशमा हुनेछन्—तर यो पनि अझै परमेश्‍वरको कामका आवश्यकताहरूको कारणले नै हुनेछ। मानिसहरूले भनेका छन्, “जब आवश्यक पर्छ, हामी परमेश्‍वरका लागि आफ्नो ज्यान अर्पण गर्नेछौं”—के यो भविष्यमा हिँड्नुपर्ने बाटो होइन? यस्तो जीवन कसले कहिल्यै उपभोग गरेको छ? व्यक्तिले सबै ठाउँको यात्रा गर्न सक्छ, विदेश भ्रमण गर्न सक्छ, गाउँ-बस्तीहरूमा मार्गदर्शन प्रदान गर्न सक्छ, आफूलाई सामान्य मानिसहरूका बीचमा सम्मिलित गर्न सक्छ, र तिनीहरूले उच्च-स्तरीय संगठनहरूका सदस्यहरूसँग राष्ट्रको महत्त्वपूर्ण विषयहरूको बारेमा पनि कुरा गर्न सक्छन्; र आवश्यक पर्दा, तिनीहरूले व्यक्तिगत रूपमा नरकको जीवनको स्वाद लिन सक्छन्, त्यसपछि तिनीहरू फर्कन सक्छन् र फेरि स्वर्गीय आशिष्‌हरूको आनन्द लिन सक्छन्—के यी मानिसका आशिषहरू होइनन् र? को कहिल्यै परमेश्‍वरसँग तुलना भएको छ? कसले कहिल्यै सबै देशहरूको यात्रा गरेको छ? वास्तवमा, मानिसहरूले कुनै सङ्केतक वा स्पष्टीकरणहरूविना नै परमेश्‍वरको वचनका थोरै कुराहरू बुझ्न सक्छन्—यति मात्र हो कि, तिनीहरू आफैमा भने विश्‍वास छैन, र यही कुराले नै आजसम्म परमेश्‍वरको कामलाई तन्काइरहेको छ। मानिसहरूमा धेरै कुराको अभाव भएकोले—परमेश्‍वरले भन्नुभएको यो वचन जस्तै, “तिनीहरूसँग केही पनि छैन”—आजको कामले तिनीहरूका अगाडि ठूला कठिनाइहरू प्रस्तुत गर्छ; अझ अर्को कुरा, तिनीहरूको कमजोरीले स्वाभाविक रूपमा नै परमेश्‍वरको मुखलाई सीमित बनाएको छ—अनि के वास्तवमा यी नै कुराहरूले नै परमेश्‍वरको काममा बाधा पुर्‍याइरहेका छैनन् र? के तँ अझै पनि यो कुरालाई देख्न सक्दैनस्? परमेश्‍वरले भन्नुहुने सबै कुरामा लुकेको अर्थ हुन्छ। जब परमेश्‍वर बोल्नुहुन्छ, उहाँले हातमा रहेको मुद्दालाई आफ्नो हातमा लिनुहुन्छ, र कुनै नीतिकथा जस्तो, उहाँले बोल्नुहुने सबै वचनहरूमा गहन सन्देश हुन्छ। यी सरल वचनहरूमा गहिरो अर्थ छन्, यसैले तिनले महत्त्वपूर्ण मुद्दाहरूको व्याख्या गर्दछन्—के परमेश्‍वरका वचनहरूले यही कार्य राम्ररी गर्दैनन् र? के तँलाई यो कुरा थाहा छ?

फूटनोट:

क. किंगटियन: यो शब्द चीनको साम्राज्यको समयको धर्मी न्यायाधीशलाई बुझाउन प्रयोग गरिन्थ्यो।

अघिल्लो: अध्याय २९

अर्को: अध्याय ३१

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वर स्वयम् अद्वितीय ८

सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ (२)हामी हाम्रो पछिल्लो विषयको सङ्गतिलाई निरन्तरता दिनेछौं। हाम्रो गत सङ्‍गतिको विषय के...

परमेश्‍वर स्वयम् अद्वितीय १

परमेश्‍वरको अख्तियार (१)मेरा विगतका धेरै सङ्गतिहरू परमेश्‍वरको कार्य, परमेश्‍वरको स्वभाव, र परमेश्‍वर स्वयम्‌सँग सम्‍बन्धित थिए। यी...

परमेश्‍वरलाई नचिन्‍ने सबै मानिस परमेश्‍वरको विरोध गर्नेहरू हुन्

परमेश्‍वरको कामको उद्देश्य, उहाँको कामले मानिसमा हासिल गर्ने प्रतिफल, र मानिसको लागि उहाँको खास इच्छालाई बुझ्‍नु: परमेश्‍वरलाई पछ्याउने...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्