अध्याय ५

जब परमेश्‍वरले मानवलाई व्याख्या गर्न कठिन हुने मापदण्डहरू दिनुहुन्छ, र जब उहाँका वचनहरूले सीधै मानव हृदयमा प्रहार गर्छ र मानिसहरूले उहाँलाई आनन्द दिनको लागि आफ्‍नो इमानदार हृदय प्रदान गर्छन्, तब परमेश्‍वरले तिनीहरूलाई मनन गर्ने, संकल्प गर्ने, र अभ्यासको मार्ग खोजी गर्ने अवसर दिनुहुन्छ। यसरी, उहाँका मानिसहरू सबैले फेरि पनि संकल्पमा मुठ्ठी कसेर आफ्‍नो सम्पूर्णता नै परमेश्‍वरलाई अर्पण गर्नेछन्। सायद कतिपयले परमेश्‍वरको व्यवस्थापन योजनाको निम्ति महिमा ल्याउन र यसको समाप्तितिर यसलाई धकेल्‍नको लागि यसतर्फ आफ्‍नो सानोभन्दा सानो सामर्थ्य समेत समर्पित गर्दै कठिन परिश्रम गर्न आफैलाई परिचालन गर्ने तयारीको क्रममा एउटा योजना बनाउन र दैनिक कार्य-तालिका स्थापित गर्न सक्छन्। मानिसहरूले आफ्‍ना दैनिक क्रियाकलापलाई अघि बढाउने क्रममा, तिनीहरूले कुराकानी र काम गर्ने क्रममा, यी कुराहरूलाई मनमा राख्दै जब मानिसहरूले यो मानसिकता राख्‍न थालेका हुन्छन्, तब परमेश्‍वर फेरि बोल्‍न थाल्‍नुहुन्छ: “मेरो आत्माको आवाज मेरो स्वभावको सम्पूर्णताको अभिव्यक्ति हो। तिमीहरू बुझ्छौ?” मानवले जति धेरै सङ्कल्‍प गरेको हुन्छ, परमेश्‍वरको इच्‍छालाई बुझ्‍नको लागि तिनीहरू त्यति नै लागिपरेर तृष्णा गर्छन् र परमेश्‍वरले तिनीहरूलाई मापदण्डहरू दिऊन् भनेर तिनीहरूले त्यति नै तत्परताको साथ तृष्णा गर्छन्। यही कारणले गर्दा, लामो समयदेखि तयार रहेको उहाँका वचनहरूलाई तिनीहरूको अस्तित्वको सबैभन्दा भित्री भागमा राखिदिनको लागि यो अवसरको फाइदा उठाउँदै परमेश्‍वरले मानिसहरूको चाहना पूरा गरिदिनुहुनेछ। यी वचनहरू रूखो वा कठोर सुनिने भए तापनि, मानवजातिको लागि ती अतुलनीय रूपमा मीठो सुनिन्छ। अचानक, तिनीहरूको हृदय आनन्दले फक्रिन्छन्, मानौं तिनीहरू स्वर्गमा छन्, वा तिनीहरूलाई अर्को क्षेत्रमा स्थानान्तरण गरिएको छ—कल्‍पनाको एउटा साँचो स्वर्गलोक—जहाँ बाहिरी संसारका मामलाहरूले मानवजातिलाई अबउप्रान्त अतिक्रमण गर्दैन। मानिसहरूले विगतमा बानी परेझैँ बाहिरबाट बोल्‍ने र बाहिरबाट काम गर्ने र उचित जरा गाड्न असफल हुने सम्भावनालाई टार्नको लागि, मानिसहरूले आफ्‍नो हृदयमा चाहना गरेको कुरा हासिल गरेपछि, यसको साथै, तिनीहरूले जोसिलो उत्साहका साथ काम गर्ने तयारी गरेपछि, परमेश्‍वरले अझै पनि तिनीहरूको मानसिकताअनुसार बोल्‍नको लागि आफ्‍नो बोल्‍ने शैलीलाई अनुकूल बनाउनुहुन्छ, अनि तिनीहरूले आफ्‍नो हृदयमा राखेको सबै आवेग र धार्मिक संस्कारलाई तुरुन्तै र कुनै कुरा बाँकी नराखी झूटो ठहर्‍याउनुहुन्छ। परमेश्‍वरले भन्‍नुभएको छ, “के तिमीहरूले यसमा रहेको महत्त्वलाई साँच्चिकै देखेका छौ?” मानिसहरूले कुनै कुराको बारेमा सङ्कल्प गर्नुभन्दा अघि होस् वा पछि, तिनीहरूले परमेश्‍वरलाई उहाँका कार्यहरू वा उहाँका वचनहरूमा चिन्‍ने कार्यलाई त्यति धेरै महत्त्व दिँदैनन्, तर यस्ता प्रश्‍नहरू सोचिरहन्छन्, “मैले परमेश्‍वरको लागि के गर्न सक्छु? यो नै मुख्य समस्या हो!” यसैले परमेश्‍वर भन्‍नुहुन्छ, “र आफैलाई मेरो अगाडि मेरा जनहरू भनी भन्‍ने साहस तिमीहरूसँग छ—तिमीहरूसँग लाज छैन, कुनै समझ हुने कुरा त परै जाओस्!” परमेश्‍वरले यी वचनहरू बोलिसक्नुभएपछि, तुरुन्तै मानिसहरू होसमा आउँछन्, अनि दोस्रोपटक परमेश्‍वरलाई क्रोधित तुल्याउने गहन डरले करेन्ट लागेझैँ तिनीहरूले हतार-हतार आफ्‍नो हात तानेर छातीको सुरक्षित भागमा लुकाउँछन्। यसबाहेक, परमेश्‍वरले यो पनि भन्‍नुभएको छ, “ढिलो वा चाँडो, तिमीहरू जस्ता मानिसहरू मेरो घरबाट निष्कासित हुनेछौ! मेरो लागि तँ साक्षी बनेको छस् भन्ने ठानेर मेरो अघि अनेक बहानाहरू बनाउँदै नआइज!” यस्ता वचनहरू सुनेर, मानिसहरू सिंहलाई देखेझैँ अझै बढी डराउँछन्। तिनीहरूलाई आफ्‍नो हृदयमा यो कुरा राम्ररी थाहा हुन्छ। तिनीहरू सिंहको आहारा बन्‍न चाहँदैनन्, अर्कोतर्फ तिनीहरूलाई कसरी उम्कने भन्‍ने पनि थाहा हुँदैन। ठीक यही क्षणमा, मानव हृदयभित्र रहेको योजना कुनै नाम-निशाना नै नरहने गरी पूर्ण रूपमा हराउँछ। परमेश्‍वरका वचनहरूद्वारा, मलाई यस्तो लाग्छ, मानौं मैले मानवजातिको लाजको हरेक पक्षलाई देख्‍न सक्छु: सन् २००० सम्‍ममा चार आधुनिकीकरण पूरा गर्ने लगायत, ठूला-ठूला सपनाहरू, सुखी परिवार, सुन्दर भविष्य, र यस्तै अन्य आकांक्षा बोकेर कलेजको प्रवेश परीक्षा दिँदा, त्यसमा असफल भएर सबै कुरालाई खोक्रो गफ र विज्ञान-कल्‍पना चलचित्रको एउटा काल्‍पनिक दृश्यमा परिणत गरेको, टाउको निहुर्‍याउँदै लुरुक्‍क परेको विद्यार्थीजस्तै। यो मानिसहरूलाई तिनीहरूको निष्क्रियतामाझ परमेश्‍वरले तिनीहरूलाई तोक्नुभएको पदमा खडा हुन लगाउँदै सक्रिय तत्वहरूको ठाउँमा निष्क्रियता साट्ने कार्य हो। अत्यन्तै महत्त्वपूर्ण कुरा के छ भने मानवजाति यो पदवी नाउँलाई गुमाउँछौ भनेर अति डराउँछन्; त्यसकारण, कसैले तिनलाई खोसेर लैजान्छ कि भनेर डराउँदै तिनीहरूले आफ्‍नो पदको तक्मालाई आफ्‍नै ज्यान जत्तिकै प्यारो ठान्छन्। जब मानवजाति यस्तो मनस्थितिमा हुन्छ, परमेश्‍वरले मानिसहरू निष्क्रिय हुनेछन् भनेर चिन्ता गर्नुहुन्‍न, त्यसकारण उहाँले सोहीअनुरूप उहाँका न्यायका वचनहरूलाई सोधपुछका वचनहरूमा परिवर्तन गर्नुहुन्छ। उहाँले मानिसहरूलाई सास फेर्ने मौका मात्रै दिनुहुन्‍न, उहाँले त तिनीहरूलाई तिनीहरूका पहिलेका आकांक्षाहरूलाई लिने र तिनलाई भविष्यको सन्दर्भको लागि व्यवस्थित गर्ने मौका पनि दिनुहुन्छ: अनुपयुक्त सबै कुरालाई परिवर्तन गर्न सकिन्छ। किनभने परमेश्‍वरले अहिलेसम्‍म आफ्‍नो काम सुरु गर्नुभएको छैन—यो ठूलो दशाको बीचमा सौभाग्यको सानो अंश हो—यसअलावा, उहाँले तिनीहरूलाई दोषी ठहर्‍याउनुहुन्‍न। त्यसकारण, म उहाँलाई मेरो सम्पूर्ण भक्ति दिने कार्यलाई जारी राख्छु!

त्यसपछि, तैँले डर मानेर परमेश्‍वरका वचनहरूलाई पन्छाउनु हुँदैन। परमेश्‍वरसँग कुनै नयाँ मापदण्डहरू छन् कि छैनन् त्यसलाई हेर्। अवश्य नै, तैँले यस्तो कुरा पत्ता लगाउनेछस्: “यो समयदेखि उसो, सबै कुराहरूमा, तँ अभ्यासको वास्तविकतामा प्रवेश गर्नुपर्छ; विगतमा तैँले गरे जस्तो तेरो मुख चलाएर मात्र तँ अघि बढ्न सक्दैनस्।” यहाँ अझै पनि परमेश्‍वरको बुद्धि प्रकट हुन्छ। परमेश्‍वरले सधैँ आफ्‍नै गवाहीहरूलाई रक्षा गर्नुभएको छ, र जब विगतका वचनहरूको वास्तविकता यसको समाप्तिमा आइपुगेको हुन्छ, कसैले पनि “अभ्यासको वास्तविकता” को ज्ञानलाई बुझ्‍न सक्दैन। परमेश्‍वरले भन्‍नुभएको कुराको सत्यतालाई प्रमाणित गर्न यो नै पर्याप्त छ: “म मेरै काम गर्न यो भार उठाउँछु।” यो ईश्‍वरीयतामा हुने कामको साँचो अर्थ, र मानवजाति नयाँ सुरुवातको बिन्दुमा पुगेपछि पनि अझै परमेश्‍वरका वचनहरूको साँचो अर्थलाई बुझ्‍न असमर्थ हुनुको कारणसँग सम्‍बन्धित छ। यस्तो किन हुन्छ भने, विगतमा बहुसंख्यक मानिसहरू परमेश्‍वरका वचनहरूको वास्तविकतामा अड्केका थिए, जबकि आज तिनीहरूले यी वचनहरूका सारलाई होइन सतही पक्षहरूलाई मात्रै बुझेकाले तिनीहरूसँग अभ्यासको वास्तविकताको बारेमा केही पनि ज्ञान छैन। अझै महत्त्वपूर्ण के छ भने, राज्यको निर्माण गर्ने कार्यमा आज कसैलाई पनि हस्तक्षेप गर्ने अनुमति छैन, बरु स्वचालित यन्त्रले जस्तो परमेश्‍वरको आज्ञापलन मात्रै गर्नुपर्ने हुन्छ। यो कुरालाई राम्ररी याद गर! जब-जब परमेश्‍वरले विगतको बारेमा कुरा उठाउनुहुन्छ, उहाँले आजको वास्तविक अवस्थाको बारेमा बोल्‍न थाल्‍नुहुन्छ; यो अघि जे आयो र पछि जे आउँछ ती दुईबीचमा ठूलो भिन्‍नता पैदा गर्दै बोल्‍ने शैली हो, र यही कारणले गर्दा। यसले मानिसहरूलाई विगतसँग वर्तमानलाई तुलना गर्न सक्षम तुल्याउँदै अझै राम्रो परिणाम हासिल गर्न सक्छ, र यसरी यी दुईबीचको अन्योलता हट्छ। यो परमेश्‍वरको बुद्धिको एउटा पक्ष हो, र यसको उद्देश्य भनेको कामको फल प्राप्त गर्नु हो। यसपछि, मानवजातिले दैनिक रूपमा उहाँका वचनहरू खान र पिउन कहिल्यै नबिर्सून् भनेर, अनि अझै महत्त्वपूर्ण कुरा, तिनीहरूले आफूलाई चिन्‍न सकून् र तिनीहरूले यसलाई दैनिक रूपमा आफूले सिक्‍नुपर्ने पाठको रूपमा लिन सकून् भनेर परमेश्‍वरले फेरि पनि मानवजातिको कुरूपतालाई प्रकट गर्नुहुन्छ।

यी वचनहरू बोलिसकेपछि, परमेश्‍वरले आफ्‍नो मूल उद्देश्यमा रहेको प्रभावहरूलाई हासिल गरिसक्‍नुभएको छ। त्यसकारण, मानवजातिले बुझ्यो कि बुझेन भनेर थप ध्यान नै नदिईकन, उहाँले एक-दुई वाक्यमा यी कुराहरू बताउनुहुन्छ, किनभने शैतानको कामसँग मानिसको कुनै लेनदेन छैन—जसको बारेमा मानजातिलाई केही पनि थाहा छैन। अब, आत्माको संसारलाई छोड्दै, हामी परमेश्‍वरले कसरी मानवजातिलाई मापदण्डहरू दिनुहुन्छ त्यसको बारेमा थप हेरौं: “मेरो निवासमा विश्राम गर्दै म नजिकबाट अवलोकन गर्छु: पृथ्वीमा सबै मानिसहरू आफ्‍ना गन्तव्य र आफ्‍ना भविष्यको लागि मात्र ‘संसारभरि यात्रा गर्न’ र यताउता दगुर्न दौडधूप गर्छन्। तर, मेरो राज्य निर्माणको लागि दिनलाई अलिकति पनि ऊर्जा छैन, सास फेर्नको लागि चाहिने जति ऊर्जा समेत छैन।” यी प्रचलनहरूका बारेमा मानवसँग कुराकानी गरिसकेपछि पनि परमेश्‍वरले तिनीहरूलाई कुनै ध्यान दिनुहुन्‍न, बरु आत्माको दृष्टिकोणबाट बोल्‍ने कार्यलाई जारी राख्‍नुहुन्छ, अनि, यी वचनहरूमार्फत मानवजातिको जीवनका आम परिस्‍थितिहरूलाई पूर्ण रूपमा प्रकट गर्नुहुन्छ। “संसारभरि यात्रा गर्न” र “यताउता दगुर्न” भन्‍ने वाक्यांशहरूबाट मानव जीवनमा अलिकति पनि अन्तर्वस्तु छैन भन्‍ने स्पष्ट देखिन्छ। परमेश्‍वरको सर्वशक्तिमान् मुक्ति नभएको भए, र चीनको पतन हुँदै गइरहेको ठूलो सम्राट परिवारमा जन्‍मेकाहरू नभएको भए, मानिसहरूले सम्पूर्ण जीवन व्यर्थमा बिताउने सम्‍भावना अझै बढी हुनेथियो, र तिनीहरू संसारमा आउनुभन्दा पाताल वा नरकमा खस्‍नु नै असल हुनेथियो। ठूलो रातो अजिङ्गरको प्रभुत्वमा रहेर तिनीहरूले थाहै नपाई परमेश्‍वरलाई रिस उठाएका छन्, त्यसकारण स्वतः र अनजानमा परमेश्‍वरको सजायमा परेका छन्। यही कारणले गर्दा, परमेश्‍वरले “बचाएको छु” र “अकृतज्ञ” भन्‍ने वाक्यांशहरूलाई लिनुहुन्छ र तिनलाई एक-अर्काको विपरीत राख्‍नुहुन्छ, ताकि मानवजातिले यसबाट उहाँको उद्धारक अनुग्रहको प्रतिभार सिर्जना गर्दै आफूलाई अझै स्पष्ट रूपमा चिन्‍न सकून्। के यसले अझै प्रभावकारी परिणाम दिँदैन र? अवश्य नै, परमेश्‍वरका वाणीहरूको विषयवस्तुबाट मानिसहरूले धिक्‍कारको तत्व, मुक्ति र अपीलको तत्व, र उदासीनताको केही सङ्केत लिन सक्छन् भनेर मैले स्पष्ट रूपमा भनिरहनु नपर्ला। यी वचनहरू पढ्दा, मानिसहरूले अचेत रूपमा नै व्याकुलता अनुभव गर्न थाल्छन्, र आँसु नझारी बस्‍न सक्दैनन्…। तैपनि, केही शोकजन्य भावनाहरूको कारण परमेश्‍वर सीमित हुनुहुनेछैन, न त सम्पूर्ण मानवजातिको भ्रष्टतालाई हेरेर उहाँका मानिसहरूलाई अनुशासनमा राख्‍ने र तिनीहरूलाई मापदण्डहरू दिने उहाँको कार्यलाई नै त्याग्‍नुहुन्छ। यसकारणले गर्दा, उहाँको विषयहरूले सीधै आजका जस्ता परिस्‍थितिहरूलाई छुन्छ, र यसअलावा, उहाँले मानवजातिकहाँ उहाँका प्रशासनिक आदेशहरूको प्रतापको घोषणा गर्नुहुन्छ, ताकि उहाँको योजना अघि बढिरहन सकोस्। यही कारणले गर्दा, आवश्यक गतिमा यसलाई पछ्याउँदै र सही समयमा कामकुरा अघि बढाउँदै, परमेश्‍वरले यो महत्त्वपूर्ण बिन्दुमा यस समयको लागि संविधान स्थापना गर्नुहुन्छ—यस्तो संविधान जसको हरेक धारालाई मानवले परमेश्‍वरको इच्‍छालाई बुझ्‍नुभन्दा पहिले होशियारीसाथ ध्यान दिँदै पढ्नैपर्छ। अहिले यस विषयमा थप अघि बढ्नुपर्ने आवश्यक छैन; मानिसहरूले थप ध्यान दिएर पढ्नु मात्रै आवश्यक छ।

आज, तिमीहरू—यहाँ उपस्थित मानिसहरूको यो समूह—मात्रै परमेश्‍वरका वचनहरूलाई साँचो रूपमा देख्‍न सक्‍ने मानिसहरू हौ। तर पनि, परमेश्‍वरलाई चिन्‍ने क्रममा, आजका मानिसहरू विगतका युगहरूको कुनै व्यक्तिभन्दा निकै पछि परेका छन्। यसले यी हजारौं वर्षको अवधिमा शैतानले मानिसहरूमा कति धेरै प्रयास लगाएको छ, साथै यसले मानवजातिलाई कुन हदसम्म भ्रष्ट तुल्याएको छ भन्ने कुरा स्पष्ट पार्छ—त्यो हद यति ठूलो छ कि परमेश्‍वरले धेरै वचनहरू बोल्नुभएको भए पनि, मानवजातिले न त उहाँलाई बुझ्छ न त चिन्छ, बरु उहाँलाई सार्वजनिक रूपमा खडा भई विरोध गर्ने आँट गर्छ। त्यसकारण, आजका असंवेदनशील र सुस्त मानिसहरूलाई सन्दर्भको यथार्थ बुँदाहरू प्रदान गर्नका लागि परमेश्‍वरले आजका मानिसहरूलाई विगतको युगका मानिसहरूसँग तुलना गर्नुहुन्छ। मानजातिसँग परमेश्‍वरको कुनै ज्ञान नभएकोले, र तिनीहरूमा उहाँप्रतिको सच्‍चा ज्ञानको कमी भएको हुनाले, परमेश्‍वरले मानवजातिसँग योग्यता र तर्क-शक्तिको कमी छ भनेर ठहर गर्नुभएको छ; त्यसकारण उहाँले मानिसहरूलाई बारम्‍बार सहनशीलता देखाउनुभएको छ र तिनीहरूलाई मुक्ति दिनुभएको छ। आत्मिक क्षेत्रमा यस्तै किसिमको युद्ध लडिन्छ: शैतानले मानवजातिलाई निश्‍चित हदसम्‍म भ्रष्ट तुल्याउने, संसारलाई अत्यन्तै खराब र दुष्ट तुल्याउने, र मानिसहरूलाई आफूसँग दलदलमा तानेर परमेश्‍वरको योजनालाई नष्ट गर्ने आशा गर्नु व्यर्थ छ। तैपनि, परमेश्‍वरको योजना भनेको सबै मानवजातिलाई उहाँलाई चिन्‍ने मानिसहरू बनाउनु होइन, बरु सम्पूर्णतालाई प्रतिनिधित्व गर्न एउटा भाग छनौट गरेर, बाँकीलाई खेर गाएका उत्पादन, फोहोरको थुप्रोमा फ्याँकिनुपर्ने बिग्रेको समानको रूपमा छोड्नु हो। तसर्थ, शैतानको दृष्टिकोणबाट हेर्दा एक-दुई जना व्यक्तिहरूलाई पकडमा लिनु परमेश्‍वरको योजनालाई नष्ट गर्ने राम्रो अवसरको रूपमा देखिने भए पनि, शैतानजस्तो मूर्खलाई परमेश्‍वरको अभिप्रायको बारेमा के थाहा हुन सक्छ र? यही कारणले गर्दा, परमेश्‍वरले धेरै पहिले यसो भन्‍नुभएको थियो, “मैले यो संसारलाई हेर्न नपरोस् भनेर मेरो अनुहार छोपेको छु।” हामीलाई यसबारेमा अलि-अलि थाहा छ, र परमेश्‍वरले मानवजातिलाई कुनै काम गर्न सक्षम हुनू भनेर भन्‍नुहुन्‍न; बरु, तिनीहरूले उहाँले जे गर्नुहुन्छ त्यो आश्‍चर्यपूर्ण र बुझ्‍न नसकिने छ भनेर पहिचान गरून्, र उहाँलाई आफ्‍नो हृदयमा श्रद्धा गरी राखून् भन्‍ने चाहनुहुन्छ। यदि मानवले कल्‍पना गरेजस्तै, परमेश्‍वरले तिनीहरूलाई परिस्‍थितिहरूको बारेमा कुनै परवाह नगरीकन सजाय दिनुहुन्थ्यो भने, सम्पूर्ण संसार धेरै पहिले नै नष्ट भइसक्‍नेथियो। के यो शैतानको फन्दामा पर्नुसरह हुनेथिएन र? त्यसकारण, परमेश्‍वरले आफ्‍नो मनमस्तिष्कमा राख्‍नुभएका परिणामहरूलाई प्राप्त गर्नको लागि मात्रै आफ्‍ना वचनहरूको प्रयोग गर्नुहुन्छ, तर त्यसमा तथ्यहरूको उदय विरलै हुन्छन्। के यो उहाँका यी वचनहरूको एउटा उदाहरण होइन र, “यदि मैले तिमीहरूका योग्यताहरू, विवेक, र अन्तर्दृष्टिहरूको कमीमा सहानुभूति नराखेको भए, मेरो सजायको बीचमा तिमीहरू सबै नष्ट हुने थियौ, अस्तित्वबाटै मेटिनेथियौ। यद्यपि, पृथ्वीमा मेरो काम नसिद्धिएसम्म, मानवजातिप्रति म क्षमाशील रहनेछु”?

अघिल्लो: अध्याय ४

अर्को: अध्याय ६

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

अभ्यासमा ध्यान केन्द्रित गर्नेहरूलाई मात्र सिद्ध तुल्याउन सकिन्छ

आखिरी दिनहरूमा, परमेश्‍वर आफूले गर्नुपर्ने काम गर्न र उहाँको वचनको सेवकाइ गर्नका लागि देह बन्नुभयो। उहाँको हृदयअनुसारका मानिसहरूलाई सिद्ध...

मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु

मानिसले आजको काम र भविष्यको कामबारे थोरै जान्दछ तर उसले त्यो गन्तव्य बुझ्दैन जसमा मानवजाति प्रवेश गर्नेछ। एक सृष्टि भएको हैसियतले, मानिसले...

पद र पहिचानको सम्‍बन्धमा

यदि तँ परमेश्‍वरद्वारा प्रयोगयोग्य हुन चाहन्छस् भने, तैँले परमेश्‍वरको कार्यलाई जान्‍नैपर्छ, तैँले यसभन्दा पहिले (नयाँ र पुरानो करारमा)...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्