विजयको कामको भित्री सत्यता (१)

मानवजाति शैतानद्वारा यति गम्भीर रूपले भ्रष्ट भएको छ कि उसले परमेश्‍वर हुनुहुन्छ भनी जान्दैन, र उसले परमेश्‍वरको आराधाना गर्न छाडेको छ। आदिमा, जब आदम र हव्वाको सृष्टि गरिएको थियो, यहोवाको महिमा र गवाही सधैं उपस्थित थिए। तर भ्रष्ट बनेपछि, मानिसले त्यो महिमा र गवाही गुमायो, किनकि सबैले परमेश्‍वरको विरुद्धमा विद्रोह गरे, र उहाँलाई पूरै आदर गर्न छाडे। आजको विजयको काम भनेको सम्पूर्ण गवाही र सम्पूर्ण महिमा फेरि प्राप्त गर्नु, र सबै मानिसहरूलाई परमेश्‍वरको आराधाना गर्ने बनाउनु हो, यसैले कि सृष्टि गरिएकाहरूका बीचमा गवाही होस्; यो यस चरणको दौरान गर्नुपर्ने काम हो। वास्तवमा, कसरी मानवजातिमाथि विजय प्राप्त गर्नुपर्छ? मानिसलाई पूर्ण रूपमा राजी बनाउन यस चरणको कामका वचनहरू प्रयोग गर्दै; उसलाई पूर्ण समर्पणतामा ल्याउन खुलासा, न्याय, सजाय र क्रूर श्राप प्रयोग गर्दै; मानिसको विद्रोहीपनलाई खुलासा गर्दै अनि उसको प्रतिरोधको न्याय गर्दै ताकि उसले मानवजातिको अधार्मिकता र फोहोरलाई जान्न सकोस्, र यसरी ती चीजहरूलाई परमेश्‍वरको धार्मिक स्वभावको प्रतिभारको रूपमा प्रयोग गर्न सकोस्। मुख्य रूपमा यी वचनहरूद्वारा नै मानिस उपर विजय प्राप्त गर्न र पूर्ण रूपमा राजी बनाउन सकिन्छ। वचनहरू मानवजातिलाई जित्ने अन्तिम माध्यम हुन्, र सबै जसले परमेश्‍वरको विजयलाई स्वीकार गर्दछन् उहाँको वचनको प्रहार र न्यायलाई पनि स्वीकार गर्नुपर्दछ। आजको बोल्ने प्रक्रिया ठ्याक्कै जित्ने प्रक्रिया हो। अनि मानिसहरूले कसरी सहयोग गर्नुपर्छ? यी वचनहरू कसरी खाने र पिउने भनी जान्दै, र ती बुझ्ने समझ प्राप्त गर्दै। मानिसहरूलाई कसरी जित्ने भन्ने सम्बन्धमा, तिनीहरू आफैँले गर्न सक्ने केही कुरा होइन। यी वचनहरू खाएर अनि पिएर तैँले गर्न सक्ने आफ्नो भ्रष्टता र फोहोर, आफ्नो विद्रोहीपन र अधार्मिकता थाहा पाउँने, र परमेश्‍वरको अगाडि अगि निहुरिने मात्र हो। यदि, परमेश्‍वरको इच्छा बुझेपछि, तैँले अभ्यास गर्न सकिस्, र यदि तँसँग दर्शनहरू छन् र यी वचनहरूप्रति पूर्ण रूपमा समर्पित हुन सकिस्, र आफैले कुनै छनौट गर्दैनस् भने, तँमाथि विजय भएको हुनेछ-अनि त्यो यी वचनहरूकै फलस्वरूप भएको हुनेछ। किन मानवजातिले गवाही गुमायो? किनकि परमेश्‍वरमाथि कसैको विश्‍वास छैन, किनकि मानिसहरूको हृदयमा परमेश्‍वरको कुनै स्थान छैन। मानवजातिलाई जित्नु भनेको मानवजातिको विश्‍वास पुनर्स्थापना गर्नु हो। मानिसहरू सधैं अनियन्त्रित रूपमा सांसारिक संसारमा दगुर्न चाहन्छन्, तिनीहरूले अत्यधिक आशा राख्छन्, तिनीहरूको भविष्यका लागि धेरै नै कुराहरू चाहन्छन्, र तिनीहरूका धेरै नै असाधारण मागहरू छन्। तिनीहरू जहिल्यै पनि शरीरको बारेमा सोच्दछन्, शरीरका लागि योजना गर्दछन्, र परमेश्‍वरप्रतिको विश्‍वासको मार्ग खोज्न कुनै चासो राख्दैनन्। तिनीहरूका हृदयहरू शैतानले हरण गरेको हुन्छ, तिनीहरूले परमेश्‍वरप्रति आफ्नो श्रद्धा गुमाएका छन्, र तिनीहरू शैतानमा अटल छन्। तर मानिसको सृष्टि परमेश्‍वरले गर्नुभएको थियो। यसैले, मानिसले उक्त गवाही गुमाएको छ, अर्थात उसले परमेश्‍वरको महिमा गुमाएको छ। मानवजाति उपर विजय प्राप्त गर्नुको उद्देश्य परमेश्‍वरप्रतिको मानिसको श्रद्धाको महिमा फेरि दाबी गर्नु हो। यसलाई यसरी भन्न सकिन्छः यस्ता धेरै मानिसहरू छन् जसले जीवनलाई पछ्याउँदैनन्; जीवनको पछि लाग्ने यदि कोही छन् भने पनि, तिनीहरूका सङ्ख्या औँलामा गन्न सकिने मात्र छ। मानिसहरू आफ्नो भविष्यमा व्यस्त छन् र जीवनप्रति कुनै ध्यान दिँदैनन्। कसै-कसैले परमेश्‍वरको विरुद्ध विद्रोह र विरोध गर्छन्, उहाँको पिठिउँ पछाडि उहाँलाई दोष लगाउँछन् र सत्यताको अभ्यास गर्दैनन्। अहिलेलाई यी मानिसहरूलाई बेवास्ता गरिन्छ; अहिलेलाई यी विद्रोहीका छोराहरूलाई केही पनि गरिदैँन, तर भविष्यमा तँ रुँदै र दाह्रा किट्दै, अन्धकारमा जिउनेछस्। तँ त्यसमा जिउँदा तैँले ज्योतिको बहुमूल्यता महसुस गर्नेछैनस्, तर एक पल्ट त्यो अँध्यारो रातमा जिइरहदा तैँले त्यो कति मूल्यवान् रहेछ भनी महसुस गर्नेछस् र तब तँ दुःखी हुनेछस्। तँलाई अहिले ठीकै लाग्छ, तर त्यस्तो दिन आउनेछ जब तँ दुःखी हुनेछस्। जब त्यो दिन आउँछ, तब अँध्यारो आइपर्छ र ज्योति रहँदैन, र पछुतो गर्न पनि धेरै ढिलो हुनेछ। किनकि तैँले आजको काम अझै बुझेको छैनस् र अहिले तँसँग भएको समयलाई कदर गर्न असफल छस्। जब सम्पूर्ण ब्रह्माण्डको काम सुरु हुन्छ, अर्थात् आज मैले भनेका सबै कुराहरू साँचो हुन्छ, धेरै मानिसहरू आफ्नो टाउको समातेर कष्टको आँसु रुनेछन्। अनि त्यसो गर्दा, के तिनीहरू रुँदै र दाह्रा किट्दै अन्धकारमा परेका हुँदैनन् र? वास्तवमा जीवनलाई पछ्याउने र पूर्ण बनाइएका सबैको प्रयोग गर्न सकिन्छ भने, प्रयोग गर्न अयोग्य विद्रोहका सबै छोराहरू अन्धकारमा पर्नेछन्। तिनीहरू पवित्र आत्माको कामबाट अलग्गिएका हुनेछन् र कुनै पनि कुराको अर्थ बुझ्न असमर्थ हुनेछन्। त्यसैले तिनीहरूलाई सजाय दिइनेछ र रुवाइका पीडा भोग्नेछन्। यदि तँ कामको यस चरणमा राम्रोसँग सुसज्जित भइस्, र तँ आफ्नो जीवनमा बढेको छस् भने, तँ प्रयोग हुन योग्य छस्। यदि तँ राम्ररी सुसज्जित छैनस् भने, तँलाई अर्को चरणको कामका लागि बोलाइएको छ भने पनि, तँ प्रयोगका निम्ति अयोग्य हुनेछस्—यो बेला तैँले आफैलाई सुसज्जित पार्ने इच्छा गरिस् भने पनि अर्को मौका पाउने छैनस्। परमेश्‍वरलाई छोडिएको हुनेछ; अहिले तेरो सामु रहेको यस किसिमको अवसर पाउँन तँ कहाँ जान सक्छस् र? परमेश्‍वरले व्यक्तिगत रूपमा प्रबन्ध गर्नुभएको त्यो अभ्यास प्राप्त गर्न तँ कहाँ जान सक्छस् र? त्यतिबेला, परमेश्‍वर व्यक्तिगत रूपमा बोल्नु हुनेछैन वा आवाज दिनु हुनेछैन; तैँले गर्न सक्ने भनेको आज बोलिएका कुराहरू पढ्न सक्ने मात्र हो-त्यस्तो भए समझ सजिलै कसरी आउँन सक्छ? आजको भन्दा भविष्यको जीवन कसरी राम्रो हुन सक्छ? त्यस स्थितिमा, के तैँले रुँदै र दाँत किट्दै जिउँदो मृत्यु भोगिरहेको हुँदैनस् त? तँलाई अहिले आशिषहरू दिइँदैछ, तर ती कसरी उपभोग गर्ने भनेर तँलाई थाहा छैन; तँ आशिषमा बाँचिरहेको छस्, तर पनि तँ अनजान छस्। यसबाट तैँले कष्ट भोग्ने निश्चित छ भनी प्रमाणित हुन्छ। आज, केही मानिसहरूले प्रतिरोध गर्छन्, केहीले विद्रोह गर्छन्, कसैले यो वा कसैले त्यो गर्छन्। म तँलाई यसै बेवास्ता गरिदिन्छु, तर म तिमीहरूले गर्न लागेका कुराबारे अनजान छु भनी नसोच। के म तिमीहरूको सार बुझ्दिनँ र? किन मेरो विरुद्ध झगडा गरिरहन्छौ? के तँ आफ्नै खातिर जीवन र आशिष्‌हरूको पछि लाग्नलाई परमेश्‍वरमा विश्‍वास गर्दिनस्‌? के तैँले विश्‍वास गरेको तेरो आफ्नै लागि होइन र? हाल, म केवल बोलेर विजयको कार्य गर्दैछु, र यो विजयको काम समाप्त भएपछि, तेरो अन्त्य पक्कै हुनेछ। के मैले तँलाई स्पष्ट रुपमा भनिरहनु पर्छ र?

आजको विजयको कामको उद्देश्य मानिसको अन्त्य कस्तो हुनेछ भनी स्पष्ट पार्नु हो। म किन भन्छु कि आजको दण्ड र न्याय आखिरी दिनहरूमा हुने ठूलो सेता सिंहासनको अघि हुने न्याय हो? के तँ यो देख्दैनस्‌? विजयको काम किन अन्तिम चरणमा छ? के यो सबै वर्गका मानिसहरूको अन्त्य कस्तो प्रकारको हुनेछ भन्ने कुरा स्पष्ट रूपमा प्रस्तुत गर्नका निम्ति होइन र? के यो दण्ड र न्यायको विजयको क्रममा सबैलाई आफ्नो वास्तविक रङ्ग देखाउने अनुमति दिन र त्यसपछि तिनीहरूका आ-आफ्नै प्रकारअऩुसार वर्गीकरण गर्नका लागि होइन र? यसलाई मानवजातिलाई जित्नु भन्नुभन्दा बरु प्रत्येक वर्गको व्यक्तिले कस्तो प्रकारको अन्त्यको सामना गर्नुपर्छ त्यो देखाउनु हो भन्नु राम्रो हुन्छ। यो मानिसहरूको पापहरूको न्याय गर्ने र त्यसपछि विभिन्न वर्गहरूका मानिसहरूलाई प्रकट गर्दै त्यसद्वारा तिनीहरू दुष्ट वा धर्मी के हुन् भनेर निर्णय गर्नु हो। विजयको कामपछि, असललाई इनाम दिने र दुष्टलाई दण्ड दिने काम हुन्छ। पूर्ण रूपमा आज्ञापालन गर्ने मानिसहरूलाई-अर्थात् पूर्ण रूपले जितिएका मानिसहरूलाई-सम्पूर्ण ब्रह्माण्डमा परमेश्‍वरको कार्य फैलाउने अर्को चरणमा राखिनेछ; अनि नजितिएकाहरूलाई अन्धकारमा राखिनेछन् र तिनीहरूले विपत्तिको सामना गर्नेछन्। यसरी मानिसलाई तिनीहरूका प्रकारअनुसार वर्गीकरण गरिनेछ, दुष्ट काम गर्नेहरू दुष्टहरूको समूहमा राखिनेछन्, फेरि सूर्यको किरणसँग नहुने गरी राखिनेछन्, र धर्मीहरू असल मानिसहरूको समूहमा राखिनेछन्, जसले ज्योति प्राप्त गर्नेछन् र सदासर्वदा ज्योतिमा जिउँनेछन्। सबै चीजहरूको अन्त्य नजिक छ; मानिसको अन्त्य उसको आँखाको अघि स्पष्ट देखाइएको छ, र सबै चीजहरू त्यसको प्रकारअनुसार वर्गीकृत गरिनेछ। त्यसोभए, मानिसहरूले तिनीहरूको प्रकारअनुसार वर्गीकरण गरिएको पीडाबाट कसरी उम्कन सक्छन्? सबै चीजहरूको अन्त्य नजिक आउँदा मानिसका प्रत्येक वर्गको विभिन्न अन्त्यहरू प्रकट हुन्छन्, र यो (विजयका सबै कामहरू लगायत, वर्तमान कार्यबाट सुरु गर्दै) सम्पूर्ण ब्रह्माण्डलाई जित्ने काम गरिने अवधिमा गरिन्छ। सबै मानवजातिको अन्त्यको प्रकाश न्यायको सिंहासनअघि, दण्ड दिने अवधिमा, र आखिरी दिनहरूको विजयको कामको क्रममा गरिन्छ। प्रकारअनुसार मानिसहरू वर्गीकरण गर्नु भनेको मानिसहरू तिनीहरूका सुरुको वर्गमा फर्कनु होइन, किनकि सृष्टिको समयमा मानिस सृष्टि गरिएको बेला एक किसिमको मानिस मात्र थियो, पुरुष र स्त्रीको भेद मात्र थियो। त्यहाँ धेरै प्रकारका मानिसहरू थिएनन्। हजारौं वर्ष भ्रष्टतापछि मात्र मानिसहरूका विभिन्न वर्गहरू देखा परेको हो, कोही फोहोर दियावलसहरूको क्षेत्रमा हुन्छन्, कोही दुष्ट दियावलसहरूको क्षेत्रमा पर्छन्, र कोही जीवनको पछि लाग्नेहरू जो सर्वशक्तिमान्‌को क्षेत्रमा हुन्छन्। केवल यसरी मानिसहरूको माझमा बिस्तारै वर्गहरू अस्तित्वमा आए, र मानिसको ठूलो परिवारभित्र त्यसरी मात्र मानिसहरू वर्गहरूमा बाँडिन्छन्। सबै मानिसहरूले भिन्न भिन्न “पिता” प्राप्त गरे; सबै मानिस पूर्ण रूपमा सर्वशक्तिमान्‌को प्रभुत्वमा हुन्छन् भन्ने होइन, किनकि मानिस अति विद्रोही छ। धार्मिक न्यायले प्रत्येक प्रकारको मानिसको वास्तविक रूप प्रकट गर्दछ, कुनै पनि कुरा लुक्दैन। सबैले ज्योतिमा आफ्नो वास्तविक अनुहार देखाउँछन्। यस अवस्थामा, मानिस सुरुमा जस्तो थियो अब त्यस्तो हुँदैन, उसका पुर्खाहरूको मूल स्वरूप धेरै समयअघि नै हराइ सक्यो, किनकि आदम र हव्वाका अनगिन्ती सन्तानहरू लामो समयदेखि शैतानको पासोमा परेका छन्, फेरि कहिल्यै स्वर्गको सूर्यका जान्दैनन्, र किनकि मानिसहरू शैतानको हर किसिमको विषद्वारा भरिएका छन्। यसैले, मानिसहरूले आफ्नो उचित गन्तव्य पाएका छन्। साथै, यो उनीहरूको भिन्न-भिन्नै विषको आधारमा तिनीहरूलाई तिनीहरूका प्रकारअनुसार वर्गीकृत गरिएको छ, जसको अर्थ हुन्छ, तिनीहरूलाई आज जुन हदसम्म जितिएको छ त्यसको आधारमा वर्गीकरण गरिएको छ। मानिसको अन्त्य संसारको सृष्टिदेखि पूर्वनिर्धारित गरिएको कुरा होइन। किनभने आदिमा, केवल एउटा मात्र वर्ग थियो, जसलाई सामूहिक रूपमा “मानवजाति” भनिन्थ्यो, र सुरुमा मानिस शैतानद्वारा भ्रष्ट भएको थिएन, र सबै मानिसहरू परमेश्‍वरको ज्योतिमा जिउँथे, तिनीहरूमाथि अन्धकार आइपरेको थिएन। तर मानिस शैतानद्वारा भ्रष्ट भएपछि, सबै प्रकार र किसिमका मानिसहरू पृथ्वीभरि फैलिए-त्यो परिवारबाट आएका सबै प्रकार र किसिमका मानिसहरूलाई “मानवजाति” भन्ने नाम दिइयो, जुन पुरुष र स्त्रीले रचना गरिए। तिनीहरू आफ्ना पुर्खाहरूले तिनीहरूका सबैभन्दा प्राचीन पुर्खाहरूबाट-पुरुष र स्त्रीले रचना गरिएको मानवजाति (अर्थात्, सुरुको आदम र हव्वा, सबैभन्दा प्राचीन पुर्खाहरूबाट)—भड्काइएका थिए। त्यस बेला, पृथ्वीमा जिउने मानिसहरू इस्रायलीहरू मात्र थिए, जो यहोवाद्वारा डोऱ्याइएका थिए। सम्पूर्ण इस्रायली (अर्थात् सुरुको परिवारको वंश) बाट निस्केका विभिन्न किसिमका मानिसहरूले यहोवाको मार्गनिर्देशन गुमाए। यी सुरुका मानिसहरू मानव संसारका मामिलाहरूबारे पूर्ण रूपमा अनभिज्ञ थिए, पछि उनीहरू आफ्ना पुर्खाहरूसँग उनीहरूले दाबी गरेका क्षेत्रहरूमा बस्न गए, जुन आजको दिनसम्म जारी छ। यसरी तिनीहरू कसरी यहोवाबाट तर्केर गए र आजको दिनसम्म तिनीहरू कसरी सबै प्रकारका फोहोर दियावलस र दुष्टात्माहरूबाट भ्रष्ट भएका छन् भन्ने कुराका बारेमा अनजान छन्। जो व्यक्तिहरू अहिलेसम्म गम्भीर रूपमा भ्रष्ट भएका र विषाक्त छन्-जसलाई आखिरीमा उद्धार गर्न सकिदैन, तिनीहरूका निम्ति आफ्ना पुर्खाहरू, अर्थात् तिनीहरूलाई भ्रष्ट पार्ने दियावलसहरूसँग जानु बाहेक अरू विकल्प हुनेछैन। तिनीहरू जसलाई आखिरीमा मुक्त गर्न सकिनेछ तिनीहरू मानवजातिको उपयुक्त गन्तव्यमा जानेछन्, जसको अर्थ हो, तिनीहरू मुक्ति पाएका र जितिएकाहरूका निम्ति आरक्षित गरिएको गन्तव्यमा जानेछन्। तिनीहरू जसलाई मुक्त गर्न सकिन्छ उनीहरूलाई मुक्त गर्नका निम्ति सबै कुरा गरिनेछ-तर असंवेदनशील र असाध्य मानिसहरूका लागि एकमात्र विकल्प तिनीहरूका पुर्खाहरूको पछिपछि दण्डको अतल कुण्डमा जानु हुनेछ। तेरो अन्त्य आदिमा पूर्वनिर्धारित थियो र अहिले प्रकट गरिएको छ भनेर नसोच्। यदि तँ त्यसरी सोच्छस् भने, के तैँले मानवजातिको प्रारम्भिक सृष्टिको क्रममा, कुनै पनि अलग शैतानी वर्गको सृष्टि गरिएको थिएन भनेर बिर्सिस्? के तैँले आदम र हव्वाले बनेको एउटा मात्र मानवजाति सृष्टि गरिएको थियो (अर्थात्, केवल पुरुष र स्त्री मात्र सृष्टि गरिएको थियो) भनेर बिर्सिस्? यदि तँ सुरुमा हुने शैतानको सन्तान भएको भए, के यसको अर्थ यहोवाले मानिसलाई सृष्टि गर्नुहुँदा उहाँले शैतानी समूहलाई उहाँको सृष्टिमा समावेश गर्नुभयो भन्ने हुँदैन र? के उहाँले त्यस्तो केही गर्नुहुन्छ र? उहाँले मानिसलाई उहाँको गवाहीका लागि सृष्टि गर्नुभयो; उहाँले मानिसलाई आफ्नो महिमाको लागि सृष्टि गर्नुभयो। उहाँको विरोध गर्छ भनी जान्दाजान्दै उहाँले शैतानको सन्तानको किन बनाउनु हुन्थ्यो र? यहोवाले त्यस्तो कार्य कसरी गर्न सक्नुहुन्थ्यो? यदि उहाँले त्यसो गर्नुहुन्थ्यो भने, कसले उहाँ धार्मिक परमेश्‍वर हुनुहुन्छ भनी भन्ने थियो होला? जब म अहिले तिमीहरूमध्ये कोही-कोही अन्त्यमा शैतानको साथ जानेछौ भन्छु, त्यसको अर्थ तँ सुरुदेखि नै शैतानको साथमा थिइस भन्ने होइन; बरु, यसको अर्थ तँ यति तल डुबेका छस् कि परमेश्‍वरले तँलाई मुक्त गर्ने कोसिस गर्नुभए पनि तँ त्यो मुक्ति प्राप्त गर्न असफल छस् भन्ने हो। तँलाई शैतानको वर्गमा राख्नु बाहेक अरू विकल्प छैन। किनभने तँ मुक्तिभन्दा पर छस्, तर परमेश्‍वर तँप्रति अधर्मी हुनुभएकोले र तँलाई जानीजानी शैतानको मूर्त रूप बनाएर शैतानको वर्गमा राख्दै जानीजानी दुःख दिन चाहनुभएकोले गर्दा होइन। यो विजयको कामको भित्री सत्यता होइन। यदि तैँले विश्‍वास गर्ने यही हो भने, तिमीहरूको समझ अति नै एकतर्फी हो! विजयको अन्तिम चरणको उद्देश्य मानिसहरूलाई मुक्त गर्नु र उनीहरूको अन्त्य प्रकट गर्नु हो। यो न्यायको माध्यमबाट मानिसहरूको पतित अवस्था प्रकट गर्नु, र त्यसो गरेर उनीहरूलाई पश्चात्ताप गर्न, माथि उठ्न, र जीवन र मानव जीवनको सही मार्गलाई पछ्याउने बनाउनु हो। यो चेतनाहीन र मन्द बुद्धिका मानिसहरूको हृदयलाई ब्युँझाउनु र न्यायद्वारा तिनीहरूका भित्री विद्रोहीपन देखाउनु हो। तथापि, यदि मानिसहरू अझै पनि पश्चात्ताप गर्न असमर्थ छन् भने, अझै पनि मानव जीवनको सही बाटोको पछि लाग्न असमर्थ छन् भने र यी भ्रष्टताहरू त्याग्न असमर्थ छन् भने, तिनीहरू मुक्तिभन्दा धेरै पर छन् र शैतानद्वारा निलिनेछन्। परमेश्‍वरको विजयको महत्त्व यस्तो छ: मानिसहरूलाई मुक्त गर्नु, र तिनीहरूका अन्त्यहरू पनि देखाउनु। असल अन्त्यहरू, खराब अन्त्यहरू-ती सबै विजयको कामद्वारा प्रकट हुनेछन्। मानिसहरू मुक्त बनाइनेछन् वा श्रापित हुनेछन् यी सबै विजयको कामको दौरान प्रकट गरिनेछ।

आखिरी दिनहरू ती हुन् जब सबै चीजहरूलाई विजयद्वारा तिनका प्रकारअनुसार वर्गीकृत गरिनेछ। विजय हासिल गर्नु आखिरी दिनहरूको काम हो; अर्को शब्दमा, प्रत्येक व्यक्तिको पापको न्याय गर्नु आखिरी दिनहरूको काम हो। अन्यथा, मानिसहरूलाई वर्गीकृत कसरी गर्न सकिन्छ? वर्गीकरणको काम जुन तिमीहरूको बीचमा गरिन्छ त्यो सम्पूर्ण ब्रह्माण्डमा गरिने यस्तो कामको सुरूवात हो। त्यसपछि, सबै देशहरू र सबै मानिसहरूलाई पनि विजयको कामको अधीनमा ल्याइनेछ। यसको अर्थ सृष्टिको प्रत्येक व्यक्तिलाई उसको प्रकारअनुसार वर्गीकृत गरी न्याय गरिनको लागि न्यायको आसन अगाडि ल्याइनेछ। कुनै व्यक्ति वा कुनै पनि कुरा यस दण्ड र न्याय भोग्नुबाट बच्न सक्दैन, न ता कुनै व्यक्ति वा चीजलाई त्यसको प्रकारले वर्गीकृत नगरिएको हुन्छ; प्रत्येक व्यक्तिलाई वर्गीकृत गरिनेछ, किनकि सबै चीजको अन्त्य नजिकै आउँदैछ, अनि आकाशमा र पृथ्वीमा भएका सबै कुरा आफ्नो निष्कर्षमा पुगेको छ। मानिस कसरी मानवजातिको अस्तित्वको अन्तिम दिनबाट उम्कन सक्छ? र यसैले, तिमीहरूको अनाज्ञाकारिताका कार्यहरू कहिलेसम्म लम्बिरहन्छ? के तिमीहरूका आखिरी दिनहरू नजिकै छ भनी बुझ्दैनौ? परमेश्‍वरलाई आदर गर्ने र उहाँ देखा परेको चाहनेहरूले परमेश्‍वरको धार्मिकताको देखा पर्ने घटनाको दिन किन देख्न सक्दैनन् र? तिनीहरूले भलाइका लागि अन्तिम पुरस्कार किन प्राप्त गर्न सक्दैनन् र? के तिमीहरू असल काम गर्नेहरू हौ वा खराब काम गर्नेहरू हौ? के तँ धार्मिक न्याय स्वीकार गर्ने र त्यसपछि आज्ञापालन गर्ने व्यक्ति होस्, वा के तँ धार्मिक न्याय स्वीकार गरेर श्रापित हुने व्यक्ति होस्? के तँ ज्योतिमा न्याय-आसनको अगि बस्छस् वा के तँ अन्धकारको बीचमा पातालमा बस्छस्? के तँ त्यो व्यक्ति होस्, जसलाई आफूले अन्त्यमा इनाम वा दण्ड के पाउनेछु भनी थाहा छैन? के तँ त्यो व्यक्ति होस्, जसले परमेश्‍वर धार्मिक हुनुहुन्छ भनी एकदमै स्पस्ट रुपले जानेको छ र गहिरो रूपले बुझेको छ? यसैले तेरो आचरण र हृदय कस्तो छ? आज मैले तँलाई जित्दा, के मैले तँलाई तेरो व्यवहार असल वा खराब छ भनी बताउनु आवश्यक छ? तिमीहरूले मेरो लागि कतिसम्म त्याग गरेका छौ? तैँले कतिसम्म गहिरो रूपमा आराधना गर्छस्? के तैँले मसित कस्तो व्यवहार गरेका छस् भन्ने कुरा आफै स्पष्ट जान्दैनस् र? तेरो अन्तिम अवस्था कस्तो हुनेछ भन्ने कुरा अरू कसैले भन्दा तैँले नै राम्ररी जान्नु पर्दछ! साँच्‍चै, म तँलाई भन्दछु: मानवजातिलाई मैले नै बनाएँ, र मैले तँलाई पनि सृष्टि गरें, तर मैले तिमीहरूलाई शैतानको हातमा दिइनँ; न ता मैले जानाजानी तिमीहरूलाई मेरो विरुद्ध विद्रोह गर्ने वा मेरो विरोध गर्ने बनाएर मद्वारा दण्ड पाउने बनाएको हुँ। के यी सबै विपत्तिहरू र कष्टहरू तिमीहरूका हृदय धेरै कठोर र तिमीहरूको आचरण पनि घृणित भएकोले होइन र? यसैले के तिमीहरू आफैले निर्धारित गरेको अन्त्यको सामना तिमीहरूले गर्नुपर्दैन र? के तिमीहरू आफ्नो हृदयमा तिमीहरूको अन्त्य कस्तो हुनेछ भनी अरू कसैले भन्दा राम्ररी जान्दैनौ र? मैले मानिसहरूलाई जित्नुको कारण तिनीहरूलाई खुलासा गर्नु र राम्रोसँगले मुक्तिमा ल्याउनु हो। यो तँलाई दुष्ट कार्य गराउनका लागि होइन, न ता यो जानाजानी विनाशको नरकमा जानका लागि हो। जब समय आउँछ, तेरा सबै ठूलो दु:ख, तिमीहरूको रुवाइ र दाह्रा किटाइ—के यी सबै तेरो पापहरूको कारणले होइन र? यसैले, के यो तेरो आफ्नै भलोपन वा तेरो आफ्नै खराबीको सर्वोत्तम न्याय होइन? के यो तेरो अन्त्य कस्तो हुनेछ भन्ने कुराको उत्तम प्रमाण होइन र?

आज, म चीनमा परमेश्‍वरले चुन्नुभएका मानिसहरूको माझमा तिनीहरूका सबै विद्रोही स्वभावहरू प्रकट गर्न र उनीहरूका सबै कुरूपताको नकाब उतार्नका निम्ति काम गर्दछु, र यसले मलाई मैले भन्नु पर्ने सबै कुरा भन्ने सन्दर्भ प्रदान गर्दछ। पछिबाट, जब म सम्पूर्ण ब्रह्माण्डमा विजय हासिल गर्ने अर्को चरणको काम सम्पन्न गर्दछु, मैले तिमीहरूमाथि गर्ने मेरो न्यायलाई म सम्पूर्ण ब्रह्माण्डमा भएका सबैको अधर्महरूको न्याय गर्न प्रयोग गर्नेछु, किनकि तिमीहरू मानवजाति बीचमा विद्रोहीहरूको प्रतिनिधिहरू हौ। तिनीहरू जो कदम बढाउन सक्दैनन् तिनीहरू केवल प्रतिभार र सेवा गर्ने वस्तुहरू बन्नेछन्, जबकि कदम अगि बढाउनेहरूलाई प्रयोगमा ल्याइनेछ। म किन भन्दछु, कि जो कदम बढाउँदैनन् तिनीहरूले बाधाको रूपमा मात्र काम गर्छन्? किनभने मेरो वर्तमान वचनहरू र काम सबै तिमीहरूको पृष्ठभूमितिर लक्षित हुन्छन्, अनि किनभने तिमीहरू सारा मानवजातिको बीचमा विद्रोहीहरूका प्रतिनिधि र प्रतीकहरू बनेका छौ। पछिबाट, तिमीहरूलाई जित्ने यी वचनहरू म लिएर पराई देशहरूमा लैजानेछु, र त्यहाँका मानिसहरूलाई जित्न ती प्रयोग गर्नेछु, तापनि तिमीहरूले तिनीहरूलाई प्राप्त गरेका हुनेछैनौ। के त्यसले तँलाई विफल बनाउँदैन र? सारा मानवजातिको भ्रष्ट स्वभाव, मानिसको विद्रोही कार्य, र मानिसको कुरूप छवि र अनुहार—यी सबै आज तिमीहरूलाई जित्न प्रयोग गरिएका वचनहरूमा अभिलेख राखिएका छन्। अनि म यी वचनहरू हरेक राष्ट्र र सबै सम्प्रदायका मानिसहरूलाई जित्न प्रयोग गर्नेछु, किनकि तिमीहरू मुख्य नमुना, उदाहरण हौ। तापनि, मैले जानाजानी तिमीहरूलाई त्याग्न लागेको थिइनँ; यदि तँ आफ्नो खोजीमा राम्रो गर्न असफल हुन्छस् र त्यसरी तँ निको नहुने साबित हुन्छस् भने, के तँ केवल सेवा गर्ने वस्तु र प्रतिभार हुँदैनौ र? मैले एक पटक भनें, कि मेरो बुद्धि शैतानका योजनाहरूको आधारमा प्रयोग गरिएको थियो। मैले किन त्यसो भनें? के मैले अहिले भनिरहेको र गरिरहेको कुराको पछि रहेको सत्यता यही होइन र? यदि तँ अगि बढन सक्दैनस् भने, यदि तँ सिद्ध बनाइएको छैनस्, बरु त्यसको साटो दण्ड पाएको छस् भने, के तँ प्रतिभार बन्दैनस्? तैँले आफ्नो समयमा धेरै दुःख भोगेको छस् होला, तर अझै पनि तँ केही बुझ्दैनस्; तँ जीवनबारे सबै विषयमा अनजान छस्। यद्यपि तँलाई दण्ड दिइएको र न्याय गरिएको भए पनि, तँ बिल्कुल परिवर्तन भएको छैनस्, र तैँले भित्रबाट जीवन प्राप्त गरेको छैनस्। जब तेरो कामको जाँच गर्ने समय आउँछ, तैँले आगोजस्तो कठोर जाँचको र अझ ठूलो सङ्कष्टको अनुभव गर्नेछस्। यो आगोले तेरो सम्पूर्ण अस्तित्वलाई खरानी बनाउँनेछ। कुनै जीवन नभएको व्यक्ति, भित्रपट्टि अलिकति पनि शुद्ध सुन नभएको व्यक्ति, अझै पनि पुरानो भ्रष्ट स्वभावसित अल्झेको व्यक्ति, विफल भइकन एउटै पनि राम्रो काम गर्न नसक्ने व्यक्तिको रूपमा, तँ किन हटाइदैनस् र? एक पैसाभन्दा कम मूल्य भएको, अनि जीवन नै नभएको व्यक्ति विजयको कामको लागि कुनै काम लाग्छ? जब त्यो समय आउँछ, तिमीहरूका दिनहरू नोआ र सदोमको भन्दा कठिन हुनेछ! त्यस बेला तेरो प्रार्थनाले तेरो निम्ति कुनै राम्रो गर्नेछैन। मुक्तिको काम अघिबाटै समाप्त भइसकेपछि, तँ पछि आएर फेरि कसरी नयाँगरी पश्चाताप शुरू गर्न सक्छस्? मुक्तिको सबै काम एक पल्ट समाप्त भइसकेपछि, त्यो फेरि हुनेछैन; दुष्टहरूलाई दण्ड दिने कामको सुरुआत मात्र हुनेछ। तँ प्रतिकार गर्छस्, तँ विद्रोह गर्छस्, र तँ ती कुरा गर्छस् जुन खराब छन् भनी तँ जान्दछस्। के तँ कठोर दण्डको भागिदार होइनस्? मैले आज यी कुराहरू तँलाई भन्दैछु। यदि तँ सुन्न अस्वीकार गर्छस् भने, पछि तँमाथि विपत्ति आइपर्दा, त्यसबेला पछुतो गर्न सुरु गर्नु र विश्‍वास गर्न थाल्नु के धेरै ढिलो हुनेछैन र? आजको दिन म तँलाई पश्चाताप गर्ने मौका दिंदैछु, तर तँ त्यसो गर्न तयार छैनस्। तँ कहिलेसम्म पर्खन चाहन्छस्? के दण्ड पाउने दिनसम्म? मलाई आज तेरो विगतका अपराधहरूको सम्झना छैन; म तँलाई तेरो नकारात्मक पक्षलाई नहेरेर तेरो सकारात्मक पक्षलाई मात्र हेरेर बारम्बार क्षमा दिन्छु, किनकि मेरा सबै वर्तमान वचनहरू र काम तँलाई मुक्त गर्नका लागि हुन् र तँप्रति मेरो कुनै खराब उद्देश्य छैन। तापनि तँ प्रवेश गर्न इन्कार गर्छस्; तँ असल र खराब छुट्ट्याउन सक्दैनस् र दयालाई कसरी कदर गर्ने त्यो जान्दैनस्। के त्यस्ता मानिसहरूले दण्ड र धार्मिक सजाय मात्र पर्खेर बसिरहेका हुँदैनन् र?

जब मोशाले चट्टानलाई हिर्काए र यहोवाले दिनुभएको पानी निस्कियो, त्यो उनको विश्‍वासको कारणले थियो। जब दाऊदले म, यहोवाको प्रशंसामा आनन्दले भरिएको हृदयले वीणा बजायो—त्यो उसको विश्‍वासको कारणले थियो। जब अय्यूबले डाँडाकाँडा ढाक्‍ने वस्तुभाउ र असंख्य सम्पत्ति गुमायो र उसको शरीर कष्टकर खटिराले ढाक्यो, त्यो उसको विश्‍वासको कारणले थियो। जब उसले मेरो, अर्थात् यहोवाको, आवाज सुन्‍न र मेरो, अर्थात् यहोवाको, महिमा देख्‍न सक्यो, त्यो उसको विश्‍वासको कारणले थियो। पत्रुसले येशू ख्रीष्टलाई पछ्याउन सक्‍नुको कारण उसको विश्‍वास नै थियो। उसले मेरो खातिर क्रूसमा टाँगिन र महिमित गवाही दिन सक्‍नु उसकै विश्‍वासको कारणले थियो। जब यूहन्‍नाले मानिसको पुत्रको महिमित प्रतिरूप देख्यो, त्यो उसको विश्‍वासको कारणले थियो। जब उसले आखिरी दिनहरूका चिन्हहरू देख्यो, त्यो सबै उसकै विश्‍वासको कारणले थियो। अन्यजाति भनाउँदा भीडहरूले मेरो प्रकाश प्राप्त गर्नु र मानिसको बीचमा मेरो काम गर्नको निम्ति म शरीरमा फर्केको छु भन्‍ने कुरा थाहा पाउनुको कारण पनि तिनीहरूको विश्‍वासकै कारणले हो। मेरा कठोर वचनहरूद्वारा प्रहार गरिएका र तीद्वारा सान्त्वना पाएका अनि मुक्ति पाएका सबैले यो कुरा तिनीहरूको आफ्नै विश्‍वासले गरेका होइनन् र? मानिसहरूले तिनीहरूको विश्‍वासको कारण धेरै कुरा पाएका छन्, र त्यो सधैं आशिष् नै हुँदैन। तिनीहरूले दाऊदले महसुस गरेको सुख र आनन्द नपाउन सक्छन्, वा मोशाले जस्तो यहोवाले दिनुभएको पानी नपाउन सक्छन्। उदाहरणका लागि, अय्यूबले आफ्नो विश्‍वासको कारण यहोवाद्वारा आशिष्‌ पाए, तर तिनले विपत्ति पनि भोगे। चाहे तँ आशिष पाएको व्यक्ति होस् वा विपत्ति भोगेको व्यक्ति, ती दुवै आशिषित घटनाहरू हुन्। बिना विश्‍वास, तँ यो विजयको काम प्राप्त गर्न सक्ने थिइनस्, आज तेरो आँखा अगाडि प्रकट गरिएका यहोवाका कामहरू देख्ने कुरा त परै जाओस्। तिमीहरूले देख्न सक्ने थिएनौँ, तिमीहरूले ग्रहण गर्न सक्ने कुरा त परै जाओस्। यी कोर्राहरू, यी विपत्तिहरू, र सबै न्यायहरू—यदि ती तँ माथि आइलागेनन् भने, के तँ आज यहोवाका कामहरू देख्न सक्ने थिइनस्? आज, विश्‍वासले नै तँलाई जित्न सकिने बनाउँछ, यो जितिएपछि नै तँ यहोवाको हरेक काममा विश्‍वास गर्न सक्ने हुन्छस्। विश्‍वासको कारणले नै तैँले त्यस्तो दण्ड र न्याय पाउँछस्। यो दण्ड र न्यायद्वारा, तँलाई जितिन्छ र सिद्ध बनाइन्छ। आज तैँले पाइरहेको यस किसिमको दण्ड र न्यायविना, तेरो विश्‍वास व्यर्थ हुनेथ्यो, किनकि तैँले परमेश्‍वरलाई चिनेको हुँदैन थिइस्, तैँले उहाँमाथि जत्ति धेरै विश्‍वास गरे पनि, तेरो विश्‍वास त रहनेथ्यो, तर वास्तवमा एउटा आधारहीन खाली अभिव्यक्ति मात्र। तैँले विजयको यो काम प्राप्त गरेपछि मात्र, जुन कामले तँलाई पूर्ण आज्ञाकारी बनाउँछ, त्यसले तेरो विश्‍वासलाई सत्य र विश्‍वसनीय बनाउँछ, र तेरो हृदय परमेश्‍वरतिर फर्कन्छ। यदि तैँले यो “विश्‍वास” शब्दको कारण ठूलो दण्ड र श्राप भोग्नुपर्यो भने पनि, तँसँग साँचो विश्‍वास छ भने तैँले अति सत्य, सबैभन्दा वास्तविक र सबैभन्दा बहुमूल्य चीज पाउछस्। यसको कारण यो हो कि न्यायको क्रममा मात्र तैँले परमेश्‍वरको सृष्टिको अन्तिम गन्तव्य देख्छस्; यो न्यायमा तैँले सृष्टिकर्तालाई प्रेम गरिनुपर्दछ भनी बुझ्छस्; विजयको यस्तो काममा तैँले परमेश्‍वरको बाहुली देख्छस्; यो विजयमा तैँले मानव जीवनलाई पूर्ण रूपमा बु्झ्छस्; यही विजयमा तैँले मानव जीवनको सही बाटो प्राप्त गर्छस् र “मानिस” को वास्तविक अर्थ बु्झ्छस्; यो विजयमा मात्र तैँले सर्वशक्तिमानको धार्मिक स्वभाव र उहाँको सुन्दर, महिमित अनुहार देख्छस्; यही विजयको काममा तैँले मानिसको उत्पत्तिबारे जान्दछस् र मानवजातिको “अमर इतिहास” लाई बु्झ्छस्; यही विजयमा तैँले मानवजातिका पुर्खाहरू र मानवजातिको भ्रष्टताको सुरुआतबारे बु्झ्छस्; यस विजयमा तैँले आनन्द र सान्त्वना पाउँछस्, साथै अनन्त ताडना, अनुशासन, र सृष्टिकर्ताबाट उहाँले सृष्टि गर्नुभएको मानवजातिलाई गर्नुहुने निन्दाका शब्दहरू प्राप्त गर्दछस्; यही विजयको काममा तैँले आशिष्‌हरू प्राप्त गर्दछस्, साथै मानिसले पाउनु पर्ने विपत्तिहरू प्राप्त गर्दछस्…। के यो सब तेरो थोरै विश्‍वासको कारणले होइन र? अनि के यी कुराहरू प्राप्त गरेपछि तेरो विश्‍वास बढ्यो? के तैँले धेरै मात्रामा प्राप्त गरेको छैनस् र? तैँले परमेश्‍वरको वचन सुनेको र परमेश्‍वरको ज्ञान देखेको मात्र छैइनस्, तर तैँले उहाँको कामको प्रत्येक चरणको व्यक्तिगत रूपमा अनुभव पनि गरेको छस्। हुन सक्छ, तैँले भन्छस् यदि तँमा विश्‍वास हुँदैनथ्यो भने, तैँले यस किसिमको दण्ड वा यस किसिमको न्याय भोग्नु पर्नेथिएन। तर तँलाई थाहा हुनुपर्छ, कि बिना विश्‍वास, तँ सर्वशक्तिमानबाट यस किसिमको दण्ड वा यस किसिमको वास्ता प्राप्त गर्न सक्ने मात्र थिइनस्, तर तैँले सृष्टिकर्तालाई भेट्ने अवसर सधैका निम्ति गुमाउने थिइस्। तैँले मानवजातिको उत्पत्तिको बारेमा कहिल्यै पनि जान्ने थिइनस् र मानव जीवनको महत्त्व कहिल्यै बुझ्ने थिइनस्। यदि तेरो शरीर मरेर तेरो प्राण निस्केर गयो भने पनि, तैँले अझै सृष्टिकर्ताका सबै कार्यहरू बुझ्न सक्ने थिइनस्, सृष्टिकर्ताले मानवजातिलाई सृष्टि गर्नुभएपछि पृथ्वीमा गर्नुभएका महान् कामलाई जान्ने कुरा त परै छाडौँ। उहाँले बनाउनुभएको मानवजातिको सदस्यको रूपमा, के तँ अनजानमा यस प्रकारले अन्धकारमा पर्न र अनन्त दण्ड भोग्न इच्छुक छस्? यदि तैँले आजको दण्ड र न्यायबाट आफूलाई अलग गर्छस् भने, तैँले कुन कुराको सामना गर्छस्? के तँ एक पल्ट वर्तमान न्यायबाट अलग हुँदा यो कठिन जीवनबाट उम्किन सक्छस् भनी विचार गर्छस्? के यो सत्य होइन कि यदि तैँले “यो ठाउँ” छोडिस् भने तैँले दियावलसले ल्याउने कष्टमय यातना वा क्रूर दुर्व्यवहारहरू सामना गर्छस्? हुन सक्छ, तैँले असहनीय दिनहरू र रातहरूको सामना गर्नुपर्छ? के तँ सोच्छस्, कि आज तँ यो न्यायबाट उम्किस् भने, सधैंका लागि त्यो भविष्यको यातनालाई छल्न सक्छस्? तेरो बाटोमा के आउँछ? के त्यो साँच्चै तैँले आशा गरेको साङ्ग्रिला हुन सक्छ? के तँलाई लाग्छ कि तँ आफुसँग अहिले भएको वास्तविकताबाट टाढा भागेर भविष्यको अनन्त दण्डबाट उम्किन सक्छस्? आजको दिनपछि, के तैँले यस किसिमको मौका र यस किसिमको आशिष पाउन सक्नेछस्? तँमाथि विपत्ति आइपर्दा के तँ ती पाउन सक्छस्? सारा मानवजाति विश्राममा प्रवेश गर्दा के तँ ती प्राप्त गर्न सक्छस्? तेरो अहिलेको सुखी जीवन र तेरो मिलेको सानो परिवार—के ति तेरो भविष्यको अनन्त गन्तव्यको प्रतिस्थापना हुन सक्छ। यदि तँसँग साँचो विश्‍वास छ भने, र यदि तैँले आफ्नो विश्‍वासको कारण ठूलो कुरा प्राप्त गरिस् भने, तँ—सृष्टि गरिएको प्राणीले—जे प्राप्त गर्नुपर्छ र तैँले पहिलो स्थानमा जे प्राप्त गर्नुपर्दछ, त्यो यही नै हो। त्यस्तो विजय भन्दा बढी कुनै कुरा तेरो विश्‍वास र जीवनको लागी लाभदायक हुँदैन।

आज, तैँले परमेश्‍वरले जितिएका मानिसहरूसँग के माग गर्नुहुन्छ, सिद्ध भएका व्यक्तिहरूप्रति उहाँको दृष्टिकोण कस्तो छ, र तँ अहिले कुन कुरामा प्रवेश गर्नुपर्दछ त्यो बुझ्नु आवश्यक छ। केही कुराहरू तैँले थोरै मात्र बुझ्नु आवश्यक हुन्छ। तैँले परमेश्‍वरका रहस्यहरूको केही छलफलहरू गहिरिएर जाँच्नु पर्दैन; ती कुराले जीवनलाई धेरै सहायता गर्दैन, र तिनलाई केवल सर्सर्ती मात्र हेर्नुपर्छ। तैँले आदम र हव्वाको रहस्यजस्ता रहस्यहरू पढ्न सक्छस्: आदम र हव्वा त्यति बेला के कस्ता थिए, र आज परमेश्‍वरले के काम गर्न चाहनुहुन्छ। तैँले यो बुझ्नु आवश्यक छ, कि मानिसलाई जित्ने र सिद्ध गर्ने काममा, परमेश्‍वर मानिसलाई आदम र हव्वाको जस्तो मार्गमा फर्काउन चाहनुहुन्छ। तेरो हृदयमा, पूर्णताको तहको बारेमा राम्रो विचार हुनुपर्दछ, जुन परमेश्‍वरका स्तरहरू पूरा गर्न प्राप्त गर्नैपर्दछ, र त्यसपछि तैँले त्यो प्राप्त गर्ने प्रयास गर्नैपर्छ। यो तेरो अभ्याससँग सम्बन्धित छ, र यो तैँले बुझ्नु पर्ने कुरा हो। यी विषयहरूको बारेमा तैँले परमेश्‍वरको वचनहरूअनुसार प्रवेश गर्न खोज्नु नै पर्याप्त छ। जब तँ “विगत दस हजारौं वर्षदेखिको मानवजातिको विकासको इतिहास” पढ्छस्, तँ उत्सुक हुन्छस्, र तँ दाजुभाइ तथा दिदी-बहिनीहरूसित जबाफ पाउने कोसिस गर्छस्। “परमेश्‍वर भन्नुहुन्छ, मानवजातिको विकास विगत छ हजार वर्षको छ, होइन त? यो दस हजारौं वर्षको कुरा के हो?” यस प्रश्नको उत्तर पाउन कोसिस गर्नुको के नै उपयोग छ र? चाहे परमेश्‍वर आफैले दस हजारौं वर्षदेखि वा लाखौं वर्षदेखि काम गरिरहनुभएको छ—के तैँले यसबारे साँच्चै जानेको उहाँ चाहनुहुन्छ? यो त्यस्तो चीज होइन जुन तँ सृष्टि गरिएको व्यक्तिले जान्नु आवश्यक छ। आफैलाई संक्षिप्तमा यस किसिमको कुराकानीलाई विचार गर्ने अनुमति देऊ, र यसलाई कुनै एउटा दर्शनजस्तो सोचेर बुझ्ने कोसिस नगर। आज तँ कुन कुरामा प्रवेश गर्नुपर्छ र बुझ्नुपर्छ त्यो जान्नुपर्छ, अनि तैँले त्यसलाई राम्ररी बुझ्नु आवश्यक छ। तब मात्र तँ जितिनेछस्। माथिको कुरा पढिसकेपछि, तँमा एउटा सामान्य प्रतिक्रिया हुनुपर्दछ: परमेश्‍वर चिन्ताले जल्दै हुनुहुन्छ, उहाँ हामीलाई जित्न अनि महिमा र गवाही पाउन चाहनुहुन्छ, त्यसोभए हामीले उहाँलाई कसरी सहकार्य गर्नुपर्छ? उहाँद्वारा पूर्ण रूपमा जितिन र उहाँको गवाही बन्नको निम्ति हामीले के गर्नुपर्दछ? परमेश्‍वरलाई महिमा प्राप्त गर्न सक्ने बनाउन हामीले के गर्नैपर्छ? हामीले आफूलाई शैतानको राज्य-क्षेत्रमुनि होइन तर परमेश्‍वरको राज्य-क्षेत्रअन्तर्गत जिउन दिन के गर्नैपर्छ? मानिसहरूले यस विषयमा सोचिरहेको हुनुपर्छ। तिमीहरूमध्ये हरेक परमेश्‍वरको विजयको महत्वको बारे स्पष्ट हुनुपर्दछ। त्यो स्पष्ट भएपछि मात्र तैँले प्रवेश पाउनेछस्, तैँले यो चरणको कामलाई जान्नेछस्, अनि तँ पूर्ण आज्ञाकारी बन्नेछस्। नत्र, तिमीहरूले साँचो आज्ञाकारिता प्राप्त गर्नेछैनौ।

अघिल्लो: एउटा अत्यन्तै गम्भीर समस्या: विश्‍वासघात (१)

अर्को: परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरले सबै मानवजातिको भविष्यमाथि नेतृत्व गर्नुहुन्छ

मानवजातिका सदस्यहरू र समर्पित इसाईहरूका रूपमा, परमेश्‍वरको आदेशलाई पूरा गर्नका निम्ति हाम्रा मन र शरीरलाई बलिदानको रूपमा चढाउने हामी सबैको...

कष्टपूर्ण परीक्षाहरू अनुभव गरेपछि मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्

आज तँ परमेश्‍वरलाई कति धेरै प्रेम गर्छस्? र परमेश्‍वरले तँमा गर्नुभएका सबै कामहरूमध्ये तैँले कति धेरै जान्दछस्? तैंले सिक्नुपर्ने कुराहरू...

सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा नै निर्भर हुन्छ

धेरैजसो मानिसहरूले आफ्‍नो भविष्यको गन्तव्यको खातिर, वा अस्थाई आनन्दको लागि परमेश्‍वरमा विश्‍वास गर्छन्। निराकरणबाट भएर नगएकाहरूका हकमा...

अध्याय ८

जब मेरा प्रकाशहरू तिनका उत्कर्षमा पुग्छन्‌, र जब मेरो न्याय अन्त्यतिर आइपुग्छ, तब मेरा सबै मानिसहरू प्रकट हुने र पूर्ण बनाइने समय यो हुनेछ।...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्